प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।०९ गते ०५:०० बजे देखि २०८३।०४।१० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-१०

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु,

काठमाण्डौ मिति २०८३।०४।०८ गते अं. ०७:३० बजे जि.नुवाकोट तादी गा.पा. ०५ स्थायी घर भई हाल का.जि. तारकेश्वर न.पा. ०९ शुभकामना चोक नजिक घर भई बस्ने अं. वर्ष ४५ की रेश्मी रिजाल नक्साल स्थित सानीमा क्यापिटल कार्यालय जान भनि BAE 0410 MG comet गाडीमा घरबाट निस्किएकोमा सानिमा क्यापिटल नगई घरपरिवारसँग समेत सम्पर्क विहिन रहेकोमा ऐ.०९ गते अं. १३:१३ बजे का.जि. तारकेश्वर न.पा. ०१ साङला विहानीचोक झोर जाने बाटोको भित्री बाटोमा पार्किङ गरि राखेको अबस्थामा उक्त नम्बरको गाडी भित्र महिलाको मृत लाश फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को कमाण्डमा SOCO टोलि खटि गई थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको, मृत शवको अनुहार तथा खुट्टाको भागमा केही  जलेको अबस्थामा रहेको । ऐ.अं.१५:१७ बजेको समयमा घटनास्थल लाश जाँच मुचुल्का सम्पन्न गरी पो.माको लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंज पठाएको ।उक्त गाडी घटनास्थालबाट निकाली यस कार्यालयको नियन्त्रणामा रहेको ।

 

ज.ज.क./ उद्योग/  बाल यौन दुर्व्यवहार,

मोरङ, ०३।२५ गते अं. २०:०० बजे, सुन्दरहरैचा न.पा.-७ बेलगाछी बस्ने वर्ष १७ की बालिकालाई जि. मोरङ सुन्दरहरैचा न.पा.-६ सिसौबारी टोल बस्ने अं. वर्ष २३ को प्रतिक राईले ऐ. चारडोकेबन छेउ बाँसघारीमा लगि ज.ज.क. गरेको भनि निज पीडितको आफन्तले मिति २०८३।०४।०९ गते अं. ०८:०० बजे इ.प्र.का. बेलबारीमा लिखित जाहेरी दिनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पीडकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

 

इलाम, मिति २०८२ साल माघ महिनाको दिनको समयमा घरमा कोही पनी नभएको मौका पारी इलाम न.पा.२ बस्ने वर्ष १६ की बालिकालाई ऐ.बस्ने वर्ष ६६ को प्रसादे दर्जीले विभिन्न मिति समयमा पटक-पटक ज.ज.क.गरेको भनी मिति २०८३।०४।०९ गते अं.१७:१० बजे प्र.चौ.बन्दुकेमा जनाकारी गराउनासाथ प्र.चौ.बन्दुकेबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई पक्राउ गरी जि.प्र.का.इलाममा ल्याई अनुसन्धान भईरहेको ।

 

पहिरोले पुरी मृत्यु,

रोल्पा, सुनछहरी गा.पा. १ सेरम स्थित दवाङ लेकमा गाई बाख्रा चरिरहेको अबस्थामा एक्कासी माथिबाट पहिरो आई पशु चौपाया पुरिएको र गोठालाहरु पनि सम्पर्कमा नरहेकोले पुरिएको आसंखा रहेको भनि ऐ.वडाका नि.वर्तमान अध्यक्षले ऐ.१४;३० बजे इ.प्र.का.पोवाङ रोल्पामा जानकारी गराउनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटि गएको, ऐ.१६:२० बजे फोन सम्पर्क भइ बुझ्दा हाल सम्म २ जना महिला(गोठाला) पुरिएको र पशु चौपायाको विवरण नखुलेको, इ.प्र.का.सुलिचौर रोल्पाबाट प्र.नि.को कमाण्डमा SOCO को सहित टोली थप खटि गई ऐ.१८;०० बजे स्थानिय र प्रहरीको सहयोगमा  पहिरोमा पुरिएका ऐ.ऐ.बस्ने अं.वर्ष ५१ की असौजि घर्ति मगर,ऐ.ऐ.बस्ने अं.वर्ष ३६ की अमरा घर्ति मगर दुबै जनाको शव र चौपायाहरु(बाख्रा ४,गाई २)पहिरोबाट बाहिर निकालिएको,अन्य चौपायाहरुको खो.त.(निकाल्ने)कार्य भइरहेको र ऐ.ऐ.बस्ने वर्ष ६० को कुले घर्ति मगरलाई उद्दार गरी उपचारको लागी ऐ.स्थित सेरम स्वास्थ्य चौकितर्फ पठाइएको, अवस्था मध्यम, स्थानियहरु सँग बुझ्दा गोठाला ३ जना मात्र गएको भन्ने बुझिएको ।

 

जंगलि च्याउँ खाइ बिरामी,

रुकुम पूर्व, पुथाउत्तरगंगा गा.पा.२ तिज्याङ स्थित रलवाङ  बस्ने वर्ष अं. ४५ को दन्त रोका लगायत ७ जना मानिसहरु जंगलि च्याउँ खाइ बिरामी भएको भनि ऐ. १४:०० बजेको समयमा ऐ.वडाका वडा अध्यक्ष मार्फत जानकारी प्राप्त भएकोले उक्त स्थानमा इ.प्र.का.रन्मामैकोट रुकुम (पूर्वी भाग) बाट प्र.ना.नि.को कमाण्डमा र स्वास्थ्य कर्मचारी सहितको खटि गएको, उद्दारको लागि  जिल्ला प्रशासन रुकुम (पूर्वी भाग) बाट हे.क.को पहल भएकोमा प्रतिकुल मौसमको कारणले नआएको, घाइते मध्ये ६ जनाको अवस्था गम्भिर १ जना मध्यम रहेको, ऐ.१८:३५ बजे प्रहरी टोली घटनास्थलमा पुगेको पानी परिरहेको स्वास्थ्यको टोली बाटोबाट फिर्ता भएको, ऐ.१९:१५ बजे ई.प्र.का.रन्मामैकोटबाट  प्र.स.नि.को कमाण्डमा ४ जना र  स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी  दीपन्द्र  शाही सहितको टोली  खटी गई ऐ.२३:०० बजे उक्त स्थाननमा पुगेर प्राथमिक उपचार भइरहेको ।

 

आत्मदाह,

काठमाडौ, मिति २०८३।०४।०४ गते अं.१४:५० बजे का.जि.का.म.न.पा. ६ बौद्ध गेट नजिक जि.काभ्रेपलान्चोक तेमाल गा.पा. ३ घर भई हाल का.जि.गोकर्णेश्‍वर न.पा. ८ माकलबारी बस्ने वर्ष २७ की सालु गुरुङले श्रीमान अभिषेक तामाङसंग बिबाद हुदा श्रीमान श्रीमतीले संचालक गरेको सम्झना खाजा घर पछाडीको पार्किङमा आफुले आफ्नै शरिरमा पेट्रोल छर्की आगो लगाएको अवस्थामा निजको श्रीमान अभिषेक तामाङले फेला पारी आगो निभाई उपचारको लागी शुस्मा कोइराला मेमोरियल अस्पताल साखु लगी उपचार भई रहेकोमा सामान्य उपचार पश्‍चात थप उपचारको लागि किर्तिपुर स्थित बर्न  अस्पताल रिफर भएकोमा ऐ.०९ गते १४:४५ बजे उपचारको क्रममा मृत्यु भएको शव सोही अस्पतालमा रहेको, कानुनी प्रकृयाको लागि प्रहरी बृत्त किर्तिपुरबाट टोली खटिने, उक्त घटनास्थल प्रहरी बृत्त बौद्धबाट अन्दाजी ८०० मिटर पूर्व पर्ने ।

 

कैलाली, धनगढी उ.म.न.पा.७ बस्ने वर्ष ३५ को ज्योती चौधरीले आफ्नै घर भित्र आफैले शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा आफन्तले देखी उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको, शरीरको ६० प्रतिशत भाग जलेको, अवस्था गम्भीर, साथमा निजको बुवा सुधराम चौधरी र श्रीमती बसन्ती चौधरी रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.ले जि.प्र.का.कैलालीमा जानकारी गराएको ।

 

चोरी,

इलाम, मिति २०८३।०४।०८ गते अं.१७:३० बजे माङसेबुङ गा.पा.४ सिमलटार बस्ने श्याम ब. लिम्बुको १तले घरमा कोही नभएको अवस्थमा को-कुन मानिसले घरको ढोकाको ताल्चा फोडी कोठाभित्र रहेको सुटकेशको ताल्चा फोडी सुटकेश भित्र रहेको रु.१८ लाख ५० पचास हजार चोरी लगेको भनी ऐ.९ गते १४:३० बजे निजको छोरा युगेन लिम्बुले प्र.चौ.बाँझोमा निवेदन दिनासाथ प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको पहिचान तथा खो.त.कार्य भइरहेको ।

 

काठमाण्डौ, मिति २०८३।०३।३२ गतेबाट पुजामा गएकोमा मिति २०८३।०४।०९  गते अ.१६:४५  बजे  घर फर्किदा का.म.न.पा.१५ स्वयम्भू हुलाक घर  नजिक मिलनटोल तामाङ गल्ली स्थितमा रहेको वर्ष ८५ की उर्केन गुरुङको तिन तले घरमा कोही नभएको बेला  घरको मुल ढोकाको ताला फोडी पहिलो, दोस्रो र तेस्रो तल्लाको सबै कोठा भित्र प्रबेश गरी कोठा भित्र रहेका सुनको सिक्री ६ तोला, सुनको बाला ४ तोला, चाँदिका पुजाको लागि बनाएका सामाग्री अं.७४४ तोला, मुगा १० तोला (हालको बजार मुल्य अनुसार जम्मा अं.मु.रु.७३ लाख ४१ हजार ४ सय बराबर) चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायत chance-print उठाउने कार्य भएको ।

 

लागु औषध,

सुनसरी, भोक्राहा नरसिंह गा.पा.-६ ईश्रायल कामत स्थित प्र.चौ. नरसिंहटप्पुबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलिले पैदल यात्री जि. धनकुटा हिले न.पा.-१ घर भई हाल जि. सुनसरी ईटहरी न.पा.-४ स्थित डेरा गरी बस्ने वर्ष ३५ को मन बहादुर थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्लाष्‍टिक बाहेक नापतौल गर्दा  १०८.०१  ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित फेला पारी नियन्त्रणमा लिई गरी थप अनुसन्धान भईरहेको ।

 

सर्लाही, बलरा न.पा.०७ डुमरिया स्थित रहेको ऐ.ऐ.बस्ने भोला सिंहको कुखुरा फर्ममा बा.प्र.०१-०२६ च २८८६ नं.को योद्धा पिकअप लोड गाडीमा ला.औ.गाँजा अनलोड भईरहेको भन्ने गोप्य सुचना प्र.चौ.मधुवनीगाउँ सर्लाहीमा प्राप्त हुनासाथ प्र.स.नि. र इ.प्र.का.गडहियाबाट प्र.नि.को कमाण्डमा समेत प्रहरी टोली खटि गई उक्त फर्ममा गई हेर्दा अदुवा १३ क्विन्टल, ला.औ.गाँजा प्लाष्टिक बाहेक ३२० के.जी.मो.सा.थान २ र पिकअप गाडी सहित  ऐ.कुखुरा फर्ममा रहेको व्यक्ती जि.सर्लाही बलरा न.पा.०७ डुमरिया बस्ने सुरेन्द्र राउतको छोरा वर्ष २८ को अमरजित राउत समेतलाई नियन्त्रणमा लिई घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रकृया पुरा गरी जि.प्र.का.सर्लाहीमा ल्याई राखिएको, अन्य अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।