प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।१० गते ०५:०० बजे देखि २०८३।०४।११ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-११

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु,

मकवानपुर, हेटौडा उ.म.न.पा.११ थानाभर्‍याङ यातायात व्यवस्थापन कार्यालय नजिक तत्काल नामथर वतन नखुलेको अं. वर्ष ३५ को पुरुष ब्यक्ती मृत अवस्थानमा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. मकवानपुरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, घटनास्थल आसपासममा रगतहरु देखिएकोले थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुरबाट प्र.उ. को कमाण्डमा टोली खटी गएको, घटनास्थल नजिक फेला परेको झोलाबाट मृतकको नागरिकता अनुसार जि.मकवानपुर थाहा न.पा.१० स्थायी ठेगाना भएको वर्ष अं. ४१ को आश्मान गोपाले रहेको (घर परिवारलाई जानकारी गराइएको), ऐ. ०८:३० बजे घटनास्थलमा बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखाबाट प्र.स.नि. को कमाण्डमा  १ वटा कुकुर सहितको टोली खटि गइ थप अनुसन्धान भइरहेको, ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

उदयपुर, लिम्चुङबुङ गा.पा.४ डाँडा टोल बस्ने अं. वर्ष ३४ को तोयाहाङ राईले ऐ.ऐ. बस्ने अं. वर्ष १६ की नाबालिकालाई ज.ज.क. गरी ६ महिनाको गर्भ रहेको भनि इ.प्र.का. लिम्चुङबुङमा मौखिक उजुरी दिए पश्चात इ.प्र.का. लिम्चुङबुङबाट प्र.ना.नि. को कमाण्डमा २ जना प्रहरी टोली खटीगई तोयाहाङ राईलाई निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. लिम्चुङबुङ राखि अनुसन्धान भईरहेको, ।

 

कैलाली, मिति २०८३।०४।०९ गते अं.१२:३० बजे टीकापुर न.पा. १ ब्लक नं. २५ बस्ने वर्ष ९ की बालिकालाई ऐ. बस्ने वर्ष २१ को दिवश डगौराले पिडितको घरमा कोही नभएको मौका पारी बिस्तारामा ज.ज.क. गर्न खोजेको भनि पीडितको हजुरबुबा मार्फत ऐ.१० गते १०:०० बजे खबर प्राप्त हुनासाथ  इ.प्र.का. टिकापुरबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटि गई प्रतिवादी दिवश डगौरालाई निजकै घर ठेगानाबाट पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का. टिकापुर ल्याई अनुसन्धान भइरहेको ।

 

मोरङ, सुन्दरहरैचा न.पा. ८ सलकपुर बस्ने  अं. वर्ष १० की बालिकालाई  ऐ. बस्ने वर्ष ३५ को रमेस बस्नेतले बालबालिका बिरुद्धको कसुर (बालयौन दुर्व्यबहार) गरेको भनि  पिडितको आफन्तले ऐ.१० गते अं. १६:०० बजे इ.प्र.का. बेलबारीमा लिखित जाहेरी दरखास्त दिनसाथ इ.प्र.का .बिराटचोक बाट प्र.ना.नि.को  कामाण्डमा टोली खटी गई निज पिडक रमेस बस्नेतलाई नियन्त्रणमा लिई इ.प्र.का. बेलबारीमा ल्याई आवश्यक अनुसन्धान भइ रहेको ।

 

झापा, बिर्तामोड न.पा.-२ रामचोक नजिक जि. झापा अर्जुनधारा न.पा.-५ गिरीगाउँ बस्ने वर्ष ६१ को गंगा प्रसाद नेपाललले वर्ष १० की बालिकालाई बालयौन दुर्व्यवहार गरेको भनि ऐ. १० गते १४:०० बजे इ.प्र.का. अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटि गई निज गंगा प्रसाद नेपाललाई नियन्त्रणमा लिई इ.प्र.का. अनारमनीमा ल्याई सम्मानित झापा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी थप अनुसन्धान भईरहेको, पीडक र पीडित दुवैको स्वास्थ्य परिक्षण भईसकेको,।

 

मोरङ, सुनवर्षी न.पा.-०५ बस्ने वर्ष १२ की बालिकालाई र ऐ. बस्ने निजकै एक जना साथी रंगेली न.पा.-०७ स्थितमा रहेको श्री संसारी माई मन्दिरमा पूजा गर्न आई पूजा सकिएपछि उक्त मन्दिरको गेट बाहिरबाट सिटी सफारीमा सवार भई आफ्नो घर फर्की ऐ. ०५ गते झुँगी टोल स्थितमा साथीलाई छाडी पीडितलाई सिटी चालक जि. मोरङ रंगेली न.पा.-०३ आमतोला बस्ने अं. वर्ष १८ को बालकले ललाई फकाई पुनः रंगेली न.पा.-०७ स्थितमा रहेको युमी क्याफेमा लगि विभिन्न प्रलोभनमा पारी सोही क्याफेको कोठामा ऐ. रातको अं. २२:०० बजे ज.ज.क. गरी निज सो स्थानबाट गएको र पछि सोही क्याफेका संचालक जि. मोरङ सुनवर्षी न.पा.-०९ बस्ने अं. वर्ष २१ सुमन कुमार साहले समेत ज.ज.क. गरेको, मिति २०८३।०४।०४ गते रातको अं. २१:०० बजे निज पीडित बालिकालाई ऐ. रंगेली न.पा.-०७ जर्वी टोल बस्ने वर्ष २० को करण मण्डलले जि. मोरङ रंगेली न.पा.-०७ स्थितमा संसारी मन्दिर छेउमा रहेको The 90s क्याफेमा लगि मादक पदार्थ सेवन गरी गराई निज करण मण्डल समेतको मिलेमतोमा ऐ. बस्ने वर्ष १८ को बालक र ऐ. ०६ बस्ने वर्ष १८ को अर्को बालक समेतले पालै पालो सामुहिक ज.ज.क. गरेको भन्ने पीडितको आफन्त (मामा) ले मिति २०८३।०४।१० गते १६:१० बजे इ.प्र.का. रंगेलीमा किटानी जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई घटनामा संलग्न ५ जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिई इ.प्र.का. रंगेलीमा ल्याई थप अनुसन्धान भईरहेको, पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, अवस्था सामान्य रहेको ।

 

झडप (हिन्दु मुस्लिम समुदायबीच),

सुनसरी, देवानगंज गा.पा.-३ कप्तानगंज स्थित शिव मन्दिरमा साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मालम्बीका मानिसहरु कोशी ब्यारेजबाट जल लिन भनि सवारी साधनमा डिजे समेत राखि बजाई नाचगान गर्दै नजिकै रहेको कप्तानगंज चोकमा जाने क्रममा डिजेको आवाज ठुलो भएको भनि मुस्लिम धर्मालम्वीका मानिसहरु आई विरोध जनाउने क्रममा दुबै पक्ष बीच ठेलाठेल भए पछि प्र.चौ. कप्तानगंजबाट प्र.स.नि.को कमाण्डमा रहेको टोली गई दुवै पक्षलाई सम्झाई बुझाई गर्दै गर्दा दुबै समुदायका थप मानिसहरु हातमा चिर्पट, ढुंगा, बाँस, भाला लाठी बोकी आउन थाले पछि तत्काल इ.प्र.का. देवानगंजबाट प्र.नि., प्र.चौ. घुस्की साहेवगंगबाट थप मद्धत पठाईएको, सोही स्थानमा रहेको स.प्र.ना.उ.को कमाण्डमा समेत टोली घटनास्थलमा पुग्दा दुबै समुदायका भिड बढ्न गई एक आपसमा ढुंगा लगायत प्रहार गर्दा समाउने क्रममा इ.प्र.का. देवानगंजका प्र.नि. राकेश राई समेत ८ जना प्र.क.लाई ढुंगाले लागी घाईते बनाई प्रहरीलाई आक्रमण गर्न खोजे पछि प्र.नि.को साथमा रहेको CF 98 ठूलो चाईनिज पेस्तोलबाट ३ राउण्ड हवाई फायर गरी निजहरु उपचारका लागि स्थानीय मेडिकलमा गएको, उपचारमा नै रहेको बेला अं. २२:४५ बजे सोही स्थलमा प्रहरी माथी हमला गर्न खोजेकोले सो क्रममा प्रतिकार स्वरूप APF टोलीबाट अं. २०/२२ राउण्ड गोली चलेको भनि प्र.नि.बाट बुझिएको, गोली प्रतिकारबाट सर्वसाधारण तर्फ घाईते भएकालाई स्थानीय मानिसहरुले बिराटनगर स्थित न्युरो अस्पतालमा लगिएकोमा जि. सुनसरी देवानगंज गा.पा.-४ बस्ने वर्ष ३० को ओम प्रकाश मेहताको मृत्यु भएको, जि. सुनसरी देवानगंज गा.पा.-३ बस्ने वर्ष २० को जय प्रकाश मेहता लगायत ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको (१ गम्भीर, ३ मध्यम) र बिराट नर्सिङ होममा जि. सुनसरी देवानगंज गा.पा.-३ बस्ने वर्ष २१ को रविन्द्र मेहता लगायत ५ जनाको उपचार भइरहेको (१ गम्भीर, ३ मध्यम र १ सामान्य), नेपाल प्रहरी कर्मचारी तर्फ प्र.नि. राकेश राई लगायत १० जना घाईते भई उपचार भइरहेको (१० सामान्य), साथै शसस्त्र तर्फ स.प्र.ना.उ. नन्द किशोर प्रसाद महतो लगायत ५ जना घाईते (५ सामान्य) भएको बुझिएकोमा नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीको ५ जना गरी १५ जना उपचार पश्चात डिस्चार्ज भएको, साथै तत्कालै सो स्थानमा कोशी प्रदेश प्रहरी गण बिराटनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, जि.प्र.का. सुनसरी, इ.प्र.का. इटहरी, दुहवी, लौकही, हरिनगरा, प्र.चौ. नरसिंह र शिसुवा धरमपुरबाट गरी जम्मा २११ जना र सशस्त्र प्रहरीका तर्फबाट स.प्र.उ. को कमाण्डमा १६५ थप मद्धत टोली खटि गएको, हाल दुवै पक्षका मानिसहरु फरक-फरक स्थानमा भेलाजम्मा भई बसी रहेकोमा खटि गएको थप मद्धत समेतको टोलीले निजहरुलाई सम्झाई-बुझाई गरी ऐ. ०२:०० बजे सबै मानिसहरू तितरबितर भएको, हालको अवस्था सामान्य रहेको, सवारी साधनमा प्र.चौ. घुस्कीको को. १ ब २११६ नं.को मो.सा.को भईजर सकपमा तोडफोड भई सामान्य क्षति भएको, BR38E8923 नं. को मो.सा. आगजानी भई क्षति, नम्बर नखुलेको मो.सा. १ थान र सिटी सफारी १ थानमा आगजानी भई क्षति भएको, घटनास्थल प्र.चौ. कप्तानगंजबाट अं. २ कि.मि. दक्षिण पर्ने ।

 

ला.औ.,

सुनसरी, देवानगंज गा.पा.३ सरदार टोल स्थित भित्री सडक खण्डमा देवानगंजबाट मोतीटप्पु तर्फ जाँदै गरेको को १२ प २२७७ नं.को मो.सा.मा सवार दुई जना व्यक्तिहरुले अ.प्र.चौ.मोतीटप्पुबाट प्र.ह. को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ मो.सा.र झोला फाली मानिस फरार भएकोमा झोला खोली हेर्दा ला.औ. गाँजा जस्तो देखिने शुद्ध तौल २५ के.जि. फेला परेकोले उक्त ला.औ. र मो.सा. बरामद गरी अ.प्र.चौ.मोतीटप्पुमा ल्याइ राखिएको, फरार व्यक्तिहरुको खो.त. कार्य भइरहेको, ।

 

काठमाण्डौ, गोकर्णेश्वर न.पा.१ सुनदरीजल स्थित जि.सिन्धुपाल्चोक मेलम्चि न.पा.३ हैबुङ घर भई हाल  कागेश्वरी मनोहरा न.पा.२ आलापोट डेरा गरी बस्ने वर्ष २६ को औतार सिह तामाङ र ऐ.घर भई का.जि सुन्दरीजल बस्ने वर्ष ५४ को अम्बर तामाङलाई गोप्य सुचनाको आधारमा प्रहरी बृत बौद्धबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई निज औतार सिह तामाङ र अम्बर तामाङलाई अं.३० के.जि.गाँजा बा.८३प.४३७७ नं.को मो.सा.साहित नियन्त्रंणमा लिई प्रहरी  वृत्त बौद्वमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।