प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।११ गते ०५:०० बजे देखि २०८३।०४।१२ गते ०५:०० सम्मका मुख्य आपराधिकघटनाहरु ।

२०८३-०४-१२

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु,

झापा, मिति २०८३ बैशाख महिनादेखि मेचीनगर न.पा.६ स्थित रहेको अरुणोदय माध्यमिक विद्यालयमा जि.पर्सा बीरगंज उ.म.न.पा.१६ बस्ने वर्ष ३० को रतन गुप्ता र निजकै श्रीमती जि.सर्लाही लालबन्दी न.पा.२ बस्ने वर्ष २९ की कबिता कुमारी ढुङ्गाना सोही स्कुलको एउटा कोठामा बसी सोही स्कुलमा पढाउँदै आएकोमा ऐ.०४।०५ गतेदेखि विद्यालय बिदा भई ऐ.११ गते विद्यालय संचालन भएकोमा निजहरु दुवै जना स्कुलमा नदेखिएको, निजहरुको कोठामा ताल्चा लगाएको, फोन सम्पर्क गर्दा दुवैसँग सम्पर्क नभएकोमा, ऐ.१६:३० बजे स्कुलको प्रिन्सिपलको फोनमा रतन गुप्ताले आफ्नै श्रीमती भान्सा कोठामा झुण्डिएको अवस्थामा फेला पारी तत्काल पासो काटी सुत्ने कोठामा ल्याई हेर्दा निजको मृत्यु भई सकेकोले, आफू डरले शव सोही कोठामा छोडी भागेको भन्ने व्यहोरामा म्यासेज गरेको भनि इ.प्र.का. काँकरभिट्टामा खबर प्राप्त हुनासाथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटि गई स्थानीय जनप्रतिनिधिहरु समेतको रोहबरमा ताला फोडी हेर्दा निज श्रीमती कोठाको खाटमा उत्तानो परी दुर्गन्धित अवस्थामा शव रहेको, मृतकको आफन्तहरुलाई खबर भएको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

काठमाडौ, वर्ष २८ की महिलालाई का.म.न.पा.१७ बस्ने रन्जनमान श्रेष्ठको छोरा वर्ष ४० को अभय राज श्रेष्ठले बिहे गर्छु भनि आश्वासन दिई ललाई फकाई मिति २०८२।०८।०२ गते देखि अन्तिम पटक मिति २०८३।०२।२९ गते अं.२२:३० बजे का.म.न.पा.२७ ज्याठा स्थित रहेको बुद्वल्याण्ड होटेलमा लगी जबरजस्ती करणी गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त ऐ.११ गते ११:३० बजे जिल्ला प्रहरी परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकाली काठमाडौं प्राप्त हुनासाथ टोली खटी गई प्रतिवादी फरार रहेको हुँदा खो.त.तथा अ.अ.कार्य भईरहेको ।

 

तनहुँ, मिति २०८३।०४।११ गते अं. ०९:०० बजे, शुक्लागण्डकी न.पा. ३ टार स्थितमा रहेको कमेरी कुँवाको आडमा प्रष्ट बोल्न नसक्ने, कान कम सुन्ने महिलालाई ज.ज.क. गरेको भनि ऐ. १४:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलचौताराबाट प्र.ना.नि. को कमाण्डमा टोली खटि गई बुझ्दा ऐ. घिरिङ गा.पा. ५ स्थायी वतन भई हाल ऐ. शुक्लागण्डकी न.पा. ४ गाछेपानी बस्ने वर्ष ४३ को छविलाल थापाले  ऐ. बस्ने प्रष्ट बोल्न नसक्ने कान कम सुन्ने वर्ष ७८ की वृद्ध महिलालाई ज.ज.क. गरेको भनि पिडितमार्फत खुल्न आएकोले पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. बेलचौतारा ल्याई अनुसन्धान भइरहेको ।

 

आत्महाद /घाईते,

रूपन्देही, मिति २०८३।०४।११ गते अं २२:३० बजेको समयमा जिल्ला रूपन्देही रोहिणी गा.पा १ श्रीरामपुर बस्ने वर्ष अं ४८ को केदार प्रसाद चाई ले मा.प.से. गरी घरमा श्रीमती र छोरा बुहारी सँग झै-झगडा गरी आफूले लगाएको कपडामा कम्मरदेखि माथिको भागमा आफै आगो लगाई घाइते भएको उक्त आगो श्रीमती छोरा छोरीले निभाएको भन्ने खबर ऐ. २२:४५ बजे प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी चनौली बगाहा रुपन्देही बाट प्र.स.नि. रामलाल घर्तीको कमाण्डमा २ जनाको टोली र तालुक इ.प्र.का.बेलहिया बाट प्र.ब.ना.नि. सुरेन्द्र बहादुर टेरको कमाण्डमा ५ जनाको टोली खटीगएको घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएको निजको कम्मरदेखि माथिको भाग १८% जलेको अवस्था मध्यम,उपचारमा निजको श्रीमती बिन्दा चाई र छिमेकी हिरा गुप्ता (९८१७४३५७३४) संलग्न रहेको ।

 

शिशु मृत फेला,

काठमाडौ, मिति २०८३।०४।१० गते रातिको अं.०७:३० बजे का.जि.का.म.न.पा. ११ स्थित प्रसुती गृहको शौचालयमा शौचालय जाम भयो भनि सफा गर्ने क्रममा भिजेको प्याड सहित कुहिएको अबस्थामा साल नाल सहित सडेको अबस्थमा बच्चा पनि भेटिएको हुदाँ उक्त बच्चाको अविभाबक कोही पनि नखुलेको भन्ने जानकारी ऐ.११ गते ०८:३० बजे प्रहरी वृत्त सिंहदरबारमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटिई गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि  त्रि.वि.सिक्षण अस्पताल पठाईएको ।

 

कुटपिट,

सर्लाही, धनकौल गा.पा.१ शेखौना बस्ने नामचुन बैठा सहनीको छोरा वर्ष २१ को बसन्ता बैठा धोबीले ऐ.बागमति न.पा.५ टेकानी स्थित ससुरालीमा आई आफ्नै श्रीमती अ.वर्ष १८ कि चिन्ता देवीलाई कुटपिट गरी घाटीमा साडीको पासो लगाई झुण्डीयाउन खोजेकोमा बहिनी नाता पर्ने अ.वर्ष १० की कुसुम कुमारीले देखि आफन्तलाई बोलाई तत्काल पासो खोलेको निज घाईते भएको भनि खबर प्राप्त हुनासाथ प्र.चौ.राजघाटबाट प्र.स.नि. को कमाण्डमा टोली खटि गई घाईतेलाई उपचारको लागि बागमती मोडेल अस्पताल कर्मैया तर्फ पठाइएको, सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज रिफर गरेकोमा ऐ.२२:३० बजे बेटर नेपाल गरुडा रौतहटमा लगि उपचार भईरहेको, अवस्था गम्भिर रहेको, कुटपिट गर्ने बसन्ता बैठा धोबी प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागि इ.प्र.का.बरहथवाबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटि गएको, उक्त स्थान प्र.चौ.राजघाटबाट अं.४ कि.मि.उत्तर पर्ने ।

 

लागु औषध,

मोरङ, पथरिशनिश्चरे न.पा.३ सेवारे चोक स्थित लागु औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट किर्तिपुर मोरङबाट प्र.स.नि. को कमाण्डमा र इ.प्र.का. पथरीबाट प्र.नि. को  कमान्डमा टोली खटि गई चेकजाँच गर्दा ऐ. बस्ने वीर बहादुर लिम्बुको छोरी बर्ष अं ३०कि सुजा लिम्बुको आफ्नै घर नजिकै खाल्डो खनि खाल्डोमा पुरेर लुकाई छिपाई राखेको Dicyclominc HCL नामक २०१ पत्ता २०१० ट्याब्लेट र Tramol ५० लेखिएको २०० पत्ता २०००पिस ट्याब्लेट लागु औषध फेला पारी इ.प्र.का. पथरीमा ल्याई राखिएको निज सुजा लिम्बू तत्काल घर परिवारको सम्पर्कमा नरहेको, अनुसन्धान भईरहेको, उक्त स्थान अ.प्र.पोष्ट किर्तिपुरबाट अं.५कि.मि पूर्व पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।