प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।१३ गते ०५:०० बजे देखि २०८३।०४।१४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-१४

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

रुकुम पश्चिम, सानिभेरी गा.पा.८ हुसीखोला बस्ने अं.वर्ष २८ को पारस घर्तीले आफ्नै बुवा वर्ष ७४ को ठगेन्द्र घर्तीलाई धारीलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा हानी घटनास्थलमै मृत्यु  भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.सिम्लीबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज पारस घर्तीलाई नियन्त्रणमा लिई जि.प्र.का.तर्फ ल्याउँदै गरेकोनिजको टाउकोमा चोट लागेको, अवस्था सामान्य रहेको ।

 

डोटी, जोरायल गा.पा.४ देउथली बस्ने अं.वर्ष ५१ को चन्द्र बहादुर ओलीले मा.प.से.गरी आफ्नै  श्रीमती  वर्ष ४७ की अमृता ओलीलाई कुटपिट गर्दा पेटको बाँया भागमा चोट लागि घाईते भई उपचारको लागि स्वास्थ्य चौकी चन्कट्टे पठाएको, अवस्था गम्भीर रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.जोरायलबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने चन्द्र ब. ओलीलाई नियन्त्रणमा लिएको, घाईतेलाई थप उपचारको लागी धनगढी कैलाली पठाएकोमा ऐ. १८:०० बजे सेती प्रादेशिक अस्पताल धनगढी,कैलाली पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत घोषण गरेको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

रुकुम पूर्व, मिति २०८३।०४।०८ गते अं. ११:४५ बजे, भुमे गा.पा.-७ गुनाम बस्ने अं. वर्ष ४९ की महिलालाई ऐ. बस्ने (अंकल नाता पर्ने)  अं. वर्ष ५१ को पुरूषले  निज पीडित महिला गाउँबाट घर तर्फ फर्किने क्रममा पीडितको घरदेखि अं. १०० मि. टाढा मकै बारीमा लगि ज.ज.क. गरेको भनि ऐ. १३ गते अं. १२:०० बजे जि.प्र.का. रुकुम (पूर्वी भाग) मा जाहेरी दरखास्त दिनासाथ उक्त घटनास्थलमा अ.प्र.पोष्ट महतबाट प्र.ना.नि. र  इ.प्र.का. चुनवाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गएको, निज पीडित महिलाको अवस्था सामान्य रहेको, पीडकलाई खो.त. गर्दै जाँदा रोल्पा जिल्लाको वडाएरियामा लुकिछिपी बसेको हुँदा जि.प्र.का. लिवाङ रोल्पाले फेला पारी नियन्त्रणमा लिई राखेको ।

 

झापा, बुद्धशान्ती गा.पा.३ बुधबारे बस्ने अं.वर्ष २१ की महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा ऐ.गा.पा.३ बस्ने अं.वर्ष ५० को ज्ञान बहादुर घिमिरेले ललाई फकाई कोठाभित्र लगी ज.ज.क.गरेको भनी ऐ. १६:०० बजे इ.प्र.का.धुलाबारीमा किटानी जाहेरी दिएकोले इ.प्र.का.बुधबारेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी ल्याई पीडित र पीडक दुवै पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको ।

 

कञ्चनपुर, मिति २०८३।०३।२० र २१ गते राति तदनुसार जुलाई ४ र ५ तारिकका दिन जि.कञ्चनपुर पुनर्वास न.पा.-९ (ख) गाउँ घर भई  हाल कामको सिलसिलामा भारत बस्ने वर्ष २८ को राजेन्द्र बि.क.ले ऐ. घर भई कामको सिलसिलामा भारत बस्ने अं. वर्ष २६ की महिलालाई  भारतको तमिननाडु राज्यको अन्नानगर स्थित कारपार्कीङमा ज.ज.क. गरेको भनि ऐ. ०४।१३ गते १८:०० बजे पीडित महिला इ.प्र.का. त्रिभुवनबस्तीमा आई जाहेरी दरखास्त दिएकोमा उक्त जाहेरी दर्ता गरी पीडितलाई स्वास्थ्य परिक्षणको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र प्रतिवादीको नाममा सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमती पत्र प्राप्त भएको, निज प्रतिवादी भारतमा रहेको भन्ने बुझिएको, पीडकको खो.त. लगायत थप अनुसन्धान कार्य भइरहेको ।प्रतिवादी फरार रहेकोले फलोअपमा राखीएको

 

झुण्डी मृत्यु प्र.क.,

कैलाली, धनगढी उ.म.न.पा.२ सन्तोषी टोल स्थित जामुनको रुखमा जि.दार्चुला महाकाली न.पा.९ दत्तु स्थायी वतन भई हाल धनगढी उ.म.न.पा.२ स्थित कोठा गरी बस्ने प्र.चौ. सुल्लेखान बैतडी दरबन्दी भई सु.प.प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा कार्यरत (क.कोड नं.४७५०१०) वर्ष ३१ को प्र.ज. राजेन्द्र सिंह सामन्त प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट बसपार्कबाट प्र.स.नि.र व.प्र.का.धनगढीबाट प्र.नि.र जि.प्र.का. कैलालीबाट प्र.उ.को कमाण्डमा टोली खटी गई ऐ. १८:३५ बजे घटनास्थल कार्य पुरा गरी शव पो.मा.को लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएको ।

 

कैदी मृत्यु,

बर्दिया, मिति २०८२।०९।१३ गते का.सु.गार्ड तुलसिपुर दाङबाट स्थानन्तरण भई मिति २०८२।१०।२९ गते का.सु.गार्ड बर्दियामा ल्याई राखिएको, १८ महिना कैद फैसला भई गर्भपतन मुद्दाको कैदी जि.दाङ घोराही उ.म.न.पा.१८ दाङ बस्ने वर्ष ५६ की तुलसा गौतम क्यान्सर सम्बन्धी बिरामी भई प्र.ह.को कमाण्डमा खटिएको टोलीले उपचारको लागि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके लगेकोमा ऐ.१०:४० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको ।

 

थुनुवा फरार/पक्राउ,

दाङ, मिति २०८३।०४।११ गते पक्राउ परी सम्मानित जिल्ला प्रशासन कार्यालय घोराहीबाट दिन ७ म्याद  थप भई अनुसन्धानको क्रममा इ.प्र.का.तुलसीपुरको हिरासतमा रहेको अभद्र ब्यवहार मुद्दाको थुनुवा ऐ. तुलसीपुर उ.म.न.पा.१२ बस्ने वर्ष २७ को शुधन चौधरी पेट दुख्ने, रिङ्गटा लाग्ने, हातखुट्टा बाउडीने  समस्या भई उपचारको लागि १३:१५ बजे प्र.स.ह.जिवन चन्दको निग्रानीमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ लगी उपचार भईरहेकोमा शौचालय जाने क्रममा भागेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेकोमा ऐ.१६:२५ बजे  ऐ. तुलसीपुर उ.म.न.पा.१० टिकरी स्थित जङ्गलमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुरतर्फ ल्याउँदै गरेको ।

 

लागु औषध,

दाङ, अ.प्र.पो.कालाकाटेबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले जि.दाङ गढवा गा.पा.१ जुरौनी स्थित पूर्व-पश्चिम राजमार्गमा बुटवलबाट नेपालगन्ज तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख०८३७ नं.को EV हाइस चेकजाँच गर्ने क्रममा पछाडि सिटमा रहेको २ वटा कालो झोला र निलो रङको सुड्केस चेकजाँच गर्दा उक्त सिटमा रहेका  नामथर, वतन नखुलेका अं.वर्ष २५ को पुरुष ब्यक्ति भागि फरार भएको, उक्त झोला र सुड्केस मेरो हो भनि भाडा तिरि आएका जि.रुकुम पूर्व भुमे गा.पा.२ बस्ने वर्ष अं.२६ को हिक्मत पुन र निजको झोलाहरु र सुड्केस चेकजाँच गर्ने क्रममा ला.औ.चरेस जस्तो देखिने कालो पदार्थ प्लाष्टिक, टेपले प्याकिङ गरेको अवस्थामा रहेका ३५ प्याकेट ३५ के.जि. सहित फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी आ.अ.भईरहेको ।

 

मोरङ, ‍बिराटनगर म.न.पा.१७ मटेरुवा स्थित स.प्र.बल नेपाल सिमा सुरक्षा गुल्म रानी मोरङबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 39 BB 2562 नं.को स्कुटरलाई शंका लागि चेकजाँच गर्न खोज्दा स्कुटर छाडि मानिस फरार भएको,उक्त स्कुटरमा लुकाई छिपाई अवैध रुपमा ल्याएको tramadol hydrochloride १८०६० tablet, dicyclominc HCL tablet र अं. मुल्य रु. १,५०,०००।–(एक लाख पचाँस हजार) बराबरको स्कुटी समेत नियन्त्रणमा लिइ ऐ.१३ गते १७:४५ बजे इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

मोरङ, सुन्दरहरैचा न.पा.-१० मुनालझोडा स्थित ला.औ. बिक्री वितरण हुँदै छ भन्ने खबर स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. बेलबारीबाट प्र.नि.को कमाण्डमा खटि गएको टोलीले ऐ. बस्ने अं. वर्ष ५६ को बल बहादुर राईको घरको किचन कोठामा खानतलासी गर्दा किचनको माथिपट्टि लुकाई छिपाई राखेको भरुवा बन्दुक थान-१ र नजिकै रहेको ग्वाली गोठमा लुकाई छिपाई राखेको अं. १.५ के.जी. ला.औ. गाँजा समेत फेलापारी निज बल बहादुर राईलाई ला.औ. गाँजा र भरुवा बन्दुक सहित नियन्त्रणमा लिई इ.प्र.का. बेलबारीमा ल्याइ थप अनुसन्धान भइरहेकको, उक्त स्थान इ.प्र.का. बिराटचोकबाट अं. ३ कि.मि. उत्तर पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।