प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।१५ गते ०५:०० बजे देखि २०८३।०४।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-१६

  • A
  • A-
  • A+
Share

शव बुझे सम्बन्धी,

सुनसरी, मिति २०८३।०४।१० गते भएको हिन्दु, मुस्लीम समुदाय बीचको झडपमा गोली लागी घाईते भई उपचारको क्रममा मृत्यु भएका देवानगंज गा.पा. ४ बस्ने वर्ष २४ को ओम प्रकाश मेहता र देवानगंज गा.पा.३ बस्ने वर्ष २२ को जय प्रकाश मेहताको शव ऐ. १५ गते १६:५९ बजे कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा ऐ.१७:५७ बजे दुवै शवको पो.मा. समाप्‍त भई ऐ.१८:२० बजे आफन्तहरुले शव  बुझी दाहासंस्कारको लागी लिई हिँडेकोमा दाहसंस्कार समेत भइसकेको

 

भेटघाट तथा छलफल/ सहमती,

सिरहा, औरही गा.पा.२ तुल्सिपुर स्थित ऐ.१४ गते गोलबजारमा बिरोध प्रदर्शनको क्रममा मृत्यु भएको मृतकको घरमा माननिय गृह-मन्त्री सुदन गुरुङ्ग ज्यूको प्रमुख आतिथ्यतामा सिरहा जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननिय बब्लु गुप्ता, सामानुपातिक संसद पुरुश्वोतम यादव, सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रनामनि ओम प्रकाश अधिकारी, नं.२ छिन्नमस्ता बाहिनीबाट स.प्र.ना.म.नि.बिष्णु प्रसाद भट्ट , नेपाल सेना नं २७ बाहिनी चौहर्वाबाट सहायक रथी उज्जल थापा,  जि.प्र.का.सिरहाबाट प्र.उ.बाशुदेव पाठक र नं.७ गण सिरहाबाट स.प्र.उ. सुमन जंग थापा क्षेत्री लगायतको उपस्थितमा गोलबजारमा भएको घट्नाको मृतको परिवारहरू सँग भेटघाट तथा छलफल कार्यक्रम शुरु भई ऐ.१६ गते ०१:५० बजे सरकार पक्ष र पिडित पक्ष बिच निम्न बुँदाहरूमा

१. मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने। साथै मृतकका परिवारलाई रु.१०,००,०००/- (अक्षरेपि दश लाख मात्र) नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने ।

२. २०८३ साल श्रावण १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया तत्काल अगाडि बढाउने ।

३. मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने ।

४. उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने ।

५. मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने । साथै शालिक निर्माणका लागि आवश्यक पहल गर्ने ।

६. मिति २०८३/०४/१६ गते दिनको १०:०० बजे मृतकको अन्तिम संस्कार गर्ने ।

७. मृतकको भाइ र बहिनीको निशुल्क शिक्षा र मृतकको बुबा, आमा को सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने ।

सहमति भएको, उक्त स्थानमा जि.प्र.का.सिरहाबाट प्र.ना.उ.को कमाण्डमा ६० जना र नेपाली  सेना र सशस्त्र प्रहरी बलको समेत टोली खटिएको ।

 

कर्तव्य ज्यान,

न.प.(पूर्व), थप अपडेटः मिति २०८२।१२।२३ गते ०७:१५ बजे, देवचुली न.पा.१६ टाँगिकोट बस्ने वर्ष ७५ को जिवन राम थनेत र निजको श्रीमती वर्ष ७० की गुलबसिनिया थनेत राती खाना खाई सुतेकोमा बिहान अवेर सम्म नउठेकोमा छोरा बिर ब.थनेत गई हेर्दा निजहरु घाईते अवस्थामा रहेको भनि ०७:४५ बजे जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई घाईतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको, दुबैको अवस्था गम्भीर, ऐ.०८:२० बजे जिवन राम थनेतको उपचारको क्रममा मृत्यु भएको, शव पो.मा.को लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएको, मृतकको श्रीमतीलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज पठाई उपचार भइरहेकोमा मिति २०८३।०२।०१ गते घाईते गुलबसनिया थनेतको अवस्थामा सुधार नदेखिएकोले डिश्चार्ज गरी आफुखसी घर ल्याएकोमा मिति २०८३।०४।१५ गते २२:१० बजे गुलबसिनिया थनेतको घरमा नै मृत्यु भएको, मिति २०८३।०१।१५ गते कुटपिट गर्ने जि.बागलुङ गल्कोट न.पा.९ बासकोट बस्ने वर्ष ३१ को संजय बि.क.लाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय समेतको सहयोगमा जि.काठमाण्डौ का.म.न.पा.४ सुकेधारा स्थितबाट पक्राउ गरी मिति २०८३।०१।१६ गते सम्मानित नवलपुर जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी कर्तब्य ज्यान सम्बन्धी कसुरमा आ.अ.भईरहेको ।

 

धनुषा, मिति २०८३।०४।१४ गते राती के-कुन समयमा जि. धनुषा सबैला न.पा.-१२ रघुनाथपुर नहर चोक स्थित शिव मन्दिर परिसरभित्र नामथर, वतन नखुलेको तराइ मुलको जस्तो देखिने अं. वर्ष ४० को पुरुष व्यक्ति मन्दिरभित्र रहेको काठको खाटमा घोप्टो परी शरीरको विभिन्न भागमा धारिलो हतियारले काटी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. बरमझियाबाट प्र.स.नि. र इ.प्र.का. सबैलाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, ऐ. ०८:३६ बजे लालगढ केनाईन शाखाबाट प्र.ह.को कमाण्डमा Dog सहितको टोली खटी गई अनुसन्धान कार्य भइरहेको, मृतक शव जि. धनुषा हंसपुर न.पा.३ मल्हेनिया बस्ने वर्ष ४० को बंन्ठु राउत कडेरीको हो भनी घटनास्थलमा आएका स्थानीयले ऐ. ०८:४५ बजे सनाखत गरेको, शवको कानूनी प्रक्रिया पुरा गरी पो.मा.को लागि सरकारी अस्पताल बर्दिवास महोत्तरी पठाएको अन्य अ.अ.कार्य जारी रहेको । प्रतिवादी फरार रहेकोले फलोअपमा राखीएको ।

 

सुन बरामद,

काठमाण्डौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन (Arrival) पार्किङ क्षेत्रस्थित, जिल्ला नुवाकोट बिदुर न.पा.१० बटाल बस्ने हरि बहादुर तिमिल्सिनाको छोरा बर्ष ३९ को देवेन्द्र तिमिल्सिनाले बायाँ खल्तीमा iPhone 16 pro max model A3296 मोवाइल थान १, दाया खल्तीमा लुकाई छुपाई लगी रहेको ३१.११ ग्राम सुन जस्तो देखिने पहेलो धातुको सिक्री लकेट थान-१, ५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको औठी थान १ र ६.९१ सुन जस्तो देखिने पहेलो धातुको कुण्डल थान १ गरी जम्मा अन्दाजी ४३.०२ ग्राम  अवैध रूपमा लैजान लागेको हुँदा निजलाई नियन्त्रणमा लिई निजको साथमा भएको सुनजस्तो देखिने धातुका गरगहना बरामद गरी निज देवेन्द्र तिमिल्सिनालाई आवश्यक अनुसन्धान तथा प्रचलित कानून बमोजिम कारवाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको ।

 

चोरी,

ललतिपुर, गोदावरी न.पा.१० बिष्टगाउँ स्थित उषा थापाको १ तले कच्ची घरमा कोहि नभएको अबस्थामा अपरिचित ब्यक्तीहरु प्रबेश गरी दराजमा रहेको सुनको सानो तिलरी १ थान २ आना (अं. मुल्य रु ३५००० ।–), सुनको  सिक्री १ थान १ तोला  (अं. मुल्य रु २,८५,००० ।–), सुनको  माईली तिलरी १ थान १.२ तोला (अं. मुल्य रु १४२५००।–),सुनको औठी १ थान  ६ आना (अं. मुल्य रु१०६००० ।–), सुनको झुम्का जोर १ ६ आना (अं. मुल्य रु१०६००० ।–), VIVO कम्पनी को मोवाईल फोन १ थान  (अं. मुल्य रु ३५००० ।–), नगद रु ४०,०००।, खुत्रुके १ थान भित्र रहेको नगद (अं. १००००।-) गरी जम्मा रु.७,५९,५०० ।- (सात लाख  उनान्साठी हजार पाच सय मात्र) बराबरको धनमाल चोरी गरी फरार भएको भनी प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी बृत चापागाउबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोलि खटी गएको । प्रतिवादी फरार रहेकोले फलोअपमा राखीएको ।

 

मानव कंकाल फेला,

काभ्रे, पाँचखाल न.पा.६ थुम्काली एकता बस्ती स्थित कोलाचौर ठाडो खोल्साको बीचमा बगाएर ल्याएको जस्तो देखिने हाल नामथर वतन नखुलेको सडिगलेको अवस्थामा मानव कंकाल फेला परेको  भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पाँचखालबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी उक्त मानव कंकाल धुलिखेल अस्पताल काभ्रे पठाएको ।

 

भरुवा बन्दुक पड्किई घाईते,

काभ्रे, मण्डन देउपुर न.पा.१ गैरीगाउँ भैसेपु स्थित खेतमा जंगली जनावर बदेलले मकै बाली नष्ट गरेको भनी बदेल मार्न  सोही ठाउँ घर हुने वर्ष ४६ को थामी तामाङ आफैंले बोकी भरुवा बन्दुक लिई जाने क्रममा लडि बन्दुक आँफै पड्किँदा घाइते भई  उपचारको राष्ट्रिय ट्रमा सेन्टर ल्याई उपचार भइरहेको,अवस्था गम्भीर,उक्त स्थानमा अ.प्र.पोष्ट अट्टेडाँडाबाट प्र.स.नि.र प्र.चौ.पाँचखालबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गएको  ।

 

पक्राउ नियन्त्रण,

बाँके, खजुरा गा.पा वडा नं.८, रनियापुर स्थित ऐ.बस्ने बर्ष अं.४० को हासिम खाँको घरमा गाई/ गोरुको मासु काटिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ रनियापुरबाट प्र.स.नि.को कमाण्डमा ४ जना र इ.प्र.का धनौलीबाट प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा ११ जनाको टोली खटि गई उक्त स्थान पुग्दा निज हासिम खाँले गाई/गोरु जस्तो देखिने मासु काटिरहेको अवस्थामा फेला पारी काट्दै गरेको ६० के.जि.गाई/गोरु जस्तो देखिने मासु र निम्न बमोजिमका मासु काट्न प्रयोग गरिने टिनको बाटा थान-२, फलामको तराजु थान- १, फलामको चक्कु थान-२, फलामको रेती थान -१, फलामको दाउ थान-१ र  काठको अचाना थान- १ औजारहरु सहित हासिम खाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का धनौली ल्याई राखिएको ।

 

लागु औषध,

मोरङ, विराटनगर म.न.पा.१५ एक नम्बर ढाँट छेउ स्थित इ.प्र.का.रानी र ला.औ. नि.व्यूरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.०२-०४८ प ६१३९ नं.को स्कुटरलाई शंका लागी रोकी चेकजाँच गर्दा स्कुटर चालक जि.मोरङ सुन्दरहरैचा न.पा.१२ बस्ने वर्ष २६ को प्रेम अछामीको साथबाट ला.औ. खैरो हेरोईन जस्तो देखिने पदार्थ १२ ग्राम ५०० मिलिग्राम फेला पारी स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

मोरङ, रतुवामाई न.पा.१० सोमबारे स्थित इ.प्र.का.सिजुवाबाट प्र.नि.को कमाण्डमा १० जना र  सशास्र्त प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बङ्डा चुनिबारीबाट स.प्र.ना.उ.को कमाण्डमा १० जनाको संयुक्त टोलीले उर्लाबारी आमबारी सडक खण्डमा उर्लाबारीबाट आमबारी तर्फ आउँदै गरेको को १ ख ४३७३ नं.को मिनि ट्कमा ला.औ.गाँजा रहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त ट्रक रोकी चेकजाँच गर्दा ट्रकको पछाडि धानको भुसाको बोरा मुनि कालो प्लाष्टिकमा प्याक गरेको ३१ पोकामा १०३३ के.जी,४८४ ग्राम ला.औ गाँजा फेला पारी मिनी ट्रक र ट्रक चालक जि.धनकुटा पाख्रीबास न.पा.९ हिले बस्ने वर्ष २८ को उमेश तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का.सिजुवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

झापा, दमक न.पा.५ आकाशे पुल स्थित पुर्वाञ्चल बेकरी अगाडी भित्री सडक खण्डमा ला.औ.खरिद बिक्री गर्दै गरेको भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का.दमकबाट प्र.स.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले को.३४ प.२६८९ नं.को स्कुटर र मे.६ प.१८२७ नं.स्कुटर संकास्पद लागि रोकी सोधपुछ गर्ने क्रममा को.३४ प.२६८९ नं.स्कुटर चालक जि.सुनसरी ईटहरी उप.म.न.पा.२० तरहरा बस्ने राम ब.राईको छोरा वर्ष अं.३४ को बुद्ध राई र सोही स्कुटरमा पछाडी सवार जि.मोरङ मिक्लाजुङ गा.पा.२ बस्ने वर्ष २३ की रोमी लिम्बु र मे.६ प.१८२७ नं.को स्कुटर चालक जि.झापा दमक न.पा.७ बस्ने कैलाश मल्लिकको छोरा वर्ष २९ को करण मल्लिक समेतलाई शंका लागी चेकजाँच गर्दा बुद्ध राईको साथबाट १ ग्राम ५२० मिलीग्राम ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ र को ३४ प २६८९ नं स्कुटरको डिकी भित्र Tramadol Hydrochloride capsules Ip,Tramol-50 लेखिएको २५६ पत्तामा (१ पत्तामा १० क्याप्सुलको दरले) जम्मा २५६० क्याप्सुल र करण मल्लिकले चलाएको मे ६ प १८२७ नं को स्कुटरको डिकी भित्र Tramadol Hydrochloride capsules Ip,Tramol-50 लेखिएको प्रतिबन्धित लागु औषध २४० पत्तामा (१ पत्तामा १० क्याप्सुलको दरले) जम्मा २४०० क्याप्सुल फेला पारी बरामद गरि लागू औषधको कारोबारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।