प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।१७ गते ०५:०० बजे देखि २०८३।०४।१८ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-१८

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

इलाम, देश भारत जिल्ला आलेपुर ग्राम पंचायत लंकापारा घर भई हाल जि. इलाम सुर्योदय न.पा.४ तकपत फुफुको घरमा बस्दै गरेकी अं. वर्ष १७ की बालिकालाई घरमा कोही नभएको अवस्थामा ऐ.०४।१६ गते अं.१६:३० ऐ. सुर्योदय न.पा.४ तकपत बस्ने अं.वर्ष ५६ को बिर बहादुर लेप्चाले बाल यौन दुरुपयोग गर्दा हो-हल्ला गरि छिमेकी आएको देखी बिर बहादुर लेप्चा फरार भएको भनी प्र.चौ.श्रीअन्तुमा जानकारी गराउनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७ गते विहानको राती ०२:०० बजे निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगरमा ल्याई अनुसन्धान कार्य भईरहेको, बालिकाको अवस्था सामान्य रहेको ।

 

बालिकालाई मा.प.से.गराई बेहोस,

कैलाली, मिति २०८३।०४।१७ गते २३:५० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ रुबस चोक स्थित ऐ.ऐ.३ मिलन चोक बस्ने बर्ष २२ को सुजल पडालले संन्चालन गरेको  टोम एन जेरी क्याफेमा ऐ.ऐ.४ बस्ने बर्ष १९ को प्रतिक कार्की, ऐ.ऐ.३ बस्ने बर्ष १५ को अनुराग चन्द र जि.कञ्चनपुर पुनर्बास न.पा.११ डोके बजार बस्ने बर्ष १७ को गौरव शर्माले जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बस्ने मिलन शाहीको छोरी बर्ष १३ कि गुन्जन शाहीलाई बोलाई मा.प.से.गराएको भनि आफन्तले जानकारी गराउना साथ अ.प्र.पोष्ट बसपार्कबाट प्र.स.नि.चक्र बहादुर बोहारा को कमाण्डमा टोलि खटिगई बालिका लाई उपचारको लागी निजको दाइ प्युस शाही को जिम्मा लगाई नवजिवन अस्पतालमा पठाएको, उपचार भइरहेको, अवस्था बेहोस, संन्चालक सहित चारै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.कैलालीको हिरासतमा ल्याई राखेको,थप अनुसन्धान भइरहेको ,ऐ १८ गते ०२:०० बजे सोही अस्पतालको आइ.सि.यु.मा राखि उपचार भइरहेको ।

 

कुटपिट,

काठमाण्डौ, गोकर्णेश्‍वर न.पा. ७ माकलबारी गेट स्थित जि. सिन्धुपाल्चोक मेलम्ची न.पा. ६ घर भई बस्ने वर्ष २७ को होम बहादुर तामाङ र  शंखरापुर न.पा. १ घर भई हाल गोकर्णेश्‍वर न.पा. ६ नारायणटार बस्ने वर्ष ३० को बुद्ध लामा बिच विवाद भई कुटपिट हुँदा दुवै जना घाईते भई उपचारको लागि बुद्ध लामालाई शंखरापुर अस्पताल नारायणटार लगी उपचार भइरहेको टाउको र दाहिने आँखा मुनि चोट अवसथा मध्य, होम बहादुर तामाङलाई KMC अस्पताल दुवाकोट भक्तपुर लगि उपचार भइरहेको, टाउकोमा चोट अवस्था गम्भीर, उक्त स्थानमा प्रहरी वृत्त बौद्धबाट प्र.ना.नि. को कमाण्डमा टोली खटि गएको ।

 

चोरी,

सुनसरी, धरान उ.म.न.पा.११ सुनसरी टेक्निकल कलेज अगाडि बस्ने राजु साहको घरको माथिल्लो तलाको कोठामा कोही नभएको समयमा सुनका विभिन्न प्रकारका गर-गहनाहरू अं.१० तोला, नगद रू.४,००००० गरी जम्मा ३०,००,०००/- बराबर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई चोरीमा संलग्न ऐ. धरान उ.म.न.पा.३ बस्ने नरेश बराईलीको छोरा वर्ष २३ को सुमित बराईली, निजको श्रीमती वर्ष २१ की सम्झना बराईली र ऐ.९ बस्ने हरि माया वि.क.को छोरा वर्ष १६ को मनिस वि.क.को साथबाट नगद रु. ४४,४६३/- चाँदी तथा सुनको विभिन्न प्रकारका गर-गहनाहरू फेला पारी ३ जनालाई नै नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखी आ.अ.भईरहेको ।

 

फुटकर ज्यान,

बर्दिया, थप अपडेट:- मिति २०८३।०४।१५ गते अं.०६:३० बजे, ठाकुरबाबा न.पा.९ बागचोक स्थित नहर भित्री सडक-खण्डमा लु.प्र.०१-०१२ प ०८२५ नं.को मो.सा.पल्टिएको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पो.ठाकुरद्वाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मो.सा.धनी ऐ.७  कालीगौडी बस्ने वर्ष अं.२० को गोविन्द जैसी, ऐ.८ मडेला बस्ने अं.वर्ष १९ को दिनेश बटुवाल सम्पर्कमा आएको र चालक ऐ.९ बस्ने अं.वर्ष २७ को आशाराम चौधरी हाल सम्पर्कमा नआएकोले थप अनुसन्धानको लागि इ.प्र.का.बग्नाहबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोविन्द जैसी र ऐ.८ मडेला बस्ने दिनेश बटुवाललाई नियन्त्रणमा लिएको, आशाराम चौधरीको खो.त.भइरहेकोमा मिति २०८३।०४।१७ गते अं.११:१० बजे उक्त नहरको पानी अर्को नहरमा लगाउँदा घटनास्थल देखि अं.१५० मिटर दक्षिण नहरमा आशाराम चौधरी मृत अवस्थामा फेला परेको, उक्त स्थानमा इ.प्र.का.बग्नाहबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया पठाईएको ।

 

सवारी दुर्घटना(प्र.क.घाईते),

बारा, पचरौता न.पा.८ तेलकुवा स्थित नहर सडक-खण्डमा तेलकुवाबाट सिम्रौनगढ तर्फ जाँदै गरेको प्र.१-०१-००१च.८७३१नं.को स्कारपियो तियर खोला स्थितमा रोकी रहेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको  BR05BT 5839 नं.को  मो.सा.ले पछाडीबाट उक्त स्कारपियोमा ठक्कर दिँदा मो.सा.चालक जि.रौतहट पोरहा न.पा.४ लौकहा घर भएका प्र.चौ.मधुवन पर्सा दरवन्दी भई हाल उच्च अदालत विरगंज पर्सामा कार्यरत (कम्प्युटर कोड नं.३६५४११) अं.वर्ष ४४ को प्र.व.ह.बोधनाथ प्रसाद यादवको कम्मर र बाँया खुट्टामा चोट लागि घाईते भई उपचारको लागि नारायणी अस्पताल पर्सा पुगी उपचार भईरहेको, (निज ऐ.११:०० बजे कार्यालयमा निस्केको भन्ने बुझिएको, मा.प.से.नगरेको ) उक्त स्थानमा अ.प्र.पोष्ट लङडाचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई दुवै सवारी साधन र स्कारपियो चालक जि. बारा सिम्रौनगढ न.पा.८ ईटवाल टोल बस्ने अं.वर्ष २९ को खौसी महतो कोईरीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

 

गोरुको मासु सहित मानिस नियन्त्रणमा,

इलाम, रोङ गा.पा.३ याङरे बस्ने अं. ४२ को मिलन राईले आफ्नै घरको आगनमा गोरु काटी रहेको भन्ने खबर  जि.प्र.का.मा प्राप्त हुनासाथ प्र.चौ. हर्कटेबाट प्र.स.नि. को कमाण्डमा ३ जना र प्र.चौ. फिक्कलबाट प्र.ना.नि. को कमाण्डमा ४ जनाको टोली गरी जम्मा ७ जनाको  टोली खटी गई, निज मिलन राईलाई गोरुको मासु सहित नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगर ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

प्र.क.माथी हातपात,

जुम्ला, चन्दननाथ न.पा.६ बसपार्क स्थित जि.प्र.का.बाट पिकेट डियुटिमा खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा ऐ. छिना बस्ने वर्ष ३४ को किसान थापाले तल्लो जुगार्ड पुलबाट ट्राफिक चोक तर्फ चलाई लगेको बा.४० प ७५३६ नं.को मो.सा चालक र सोही मो.सा पछाडी सवार ऐ.बस्ने वर्ष ३६ को धर्म रावलहरुले मा.प.से गरी डियुटीमा खटिएको प्रहरी टोलीलाई अपसब्द प्रयोग तथा हातपात समेत गर्दा का.सु.गार्ड जुम्ला दरबन्दी (क.कोड.नं.४१७५६९) को प्र.ज सुनिल पटेलको दाँया हात र दाँया खुट्टाको गोली गाठाको भागमा भित्री चोट लागि उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाई उपचार पश्चात डिस्चार्ज भएको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा थप टोली खटि गई उक्त मो.सा सहित दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भइरहेको ।

 

लागु औषध,

सुर्खेत, वीरेन्द्रनगर न.पा.५ कालिकाटोल स्थितमा गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.ना.नि.र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट प्र.व.ह.को संयुक्त टोलीले ऐ.बस्ने वर्ष ३० को प्रकाश कडेलको कोठाबाट १ पोका, ९ पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १० ग्राम,६५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट अं.२ कि.मि.उत्तर पश्चिम पर्ने ।

 

कञ्चनपुर, कञ्चनपुर बेलौरी न.पा. ७ पौलाहास्थित सडक किनारमा कालो प्लास्टिकको पोकोमा शंकास्पद वस्तु फेला परेको भनी खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलौरीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटि गई उक्त पोको खोली हेर्दा शुद्ध तौल ८ ग्राम ४२० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ बेवारिसे अवस्थामा फेला पारी बरामद गरी इ.प्र.का. बेलोरी ल्याई राखिएको  ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।