प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।१८ गते ०५:०० बजे देखि २०८३।०४।१९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-१९

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

कैलाली, मिति २०८३।०३।२९ गते १७:०० बजे, भजनी न.पा.९ भुरुवा स्थित ऐ. बस्ने अं. वर्ष ५५ को प्रेम ब. राजीलाई निजकै नाति नाता पर्ने ऐ. बस्ने वर्ष ३१ को गति राजीले सामान्य विवाद भई कुटपिट गरी ढाँडमा चोट लागी घाइते भई तत्काल सेति प्रादेशिक अस्पताल धनगढीमा लगि उपचार पश्चात ऐ. ३२ गते कैलाली अस्पतालको लागी रिफर गरी उक्त अस्पतालबाट समेत मिति २०८३।०४।०४ गते भारतको लखिमपुर भन्ने स्थानमा रिफर गरिएकोमा ऐ. ०४।१७ गते १९:३० बजे उपचार पश्चात घर तर्फ ल्याई पुनःअक्सिजनको समस्याको कारण प्रा.स्वा.के.भजनी कैलालीमा ल्याई ऐ. २०:०० बजे नवजीवन अस्पताल कैलाली रिफर गरेकोमा ऐ. ०४।१८ गते ०१:०० बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, शव घरमा ल्याई मृतकका आफन्तिले ऐ.१८ गते ०९:३० बजे प्र.चौ.गन्जहुवामा खबर गर्नासाथ प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.भजनीबाट प्र.नि.को कमाण्डमा टली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि टीकापुर अस्पताल पठाइएको, कुटपिट गर्ने गति राजी प्रहरीको नियन्त्रणमा,

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

सल्यान, दार्मा गा.पा.४ लामाडाँडा बुगेनी बस्ने अं.वर्ष १४ की बालिकालाई मिति २०८२।१२।१६ गते अं.१६:०० बजे ऐ.दार्मा गा.पा.४ लामाडाँडा बुगेनी स्थित खोल्सामा लगी ऐ. बस्ने अं.वर्ष ५५ को रुद्र बहादुर चन्दले पैसा दिई प्रलोभन देखाई कोही कसैलाई नभन्नु भनी डरत्रास समेत देखाई ज.ज.क.गरेको भनी इ.प्र.का.थारमारेमा ऐ.०४।१७ गते अं.१७:०० बजे जाहेरी दरखास्त दिएकोले पीडकलाई ऐ.०४।१८ गते अं.०५:३० बजे इ.प्र.का.दर्माबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिई गई निजको घर वतनबाटै नियन्त्रणमा लिई आ.अ.भईरहेको, बलिकाको अवस्था सामान्य रहेको,

 

बांके, कोहलपुर न.पा. वडा नं. ११, हरियालीमार्ग बस‌पार्क नजिक रहेको सल्यानी गेष्ट हाउसमा प्रतिवादी जि. बाँके खजुरा गा.पा.०२ बस्ने बर्ष २० को प्रदिप सुनार र ऐ.ऐ बस्ने वर्ष २८ को मोहन सत्याल ले पीडित १४ कि परिवर्तित नाम ६५ (८३/८४) क र बर्ष १५ की परिवर्तित नाम ६५ (८३/८४) ख लाइ लिइ उक्त गेष्ट हाउसमा रात भरी राखी पालै पालो सामुहिक जवरजस्ती करणी गरेकाले प्रतिवादी मध्येका प्रदिप सुनार मिति २०८३/०४/१२ गते पक्राउ परि म्यादथप भई इ.प्र.का धनौली,बाँकेको हिरासत कक्षमा राखिएको अर्का प्रतिवादी मोहन सत्याल वारदात पश्चात फरार रहेकोमा इ.प्र.का धनौली,बाँकेबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोलिले निजलाई खोजतलास गर्दै जाने क्रममा मिति २०८३/०४/१७ गते अं.२०:०० बजेको समयमा जि.बाँके खजुरा गा.पा.०५ स्थित नेपालगंज गुलरिया-हुलाकी सडक खण्डमा लुकीछिपी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरि निजलाई मिति २०८३/०४/१७ गतेबाट लागू हुने गरि पहिलो पटक दिन ४ को मिलान म्यादथप गरिएको ।

 

मोरङ, लेटाङ न.पा.१ लाख स्थित तत्काल नाम थाहा नभएको होटलको कोठामा ऐ.बिराटनगर म.न.पा.१६ बस्ने वर्ष २१ की महिलालाई ऐ.५ बस्ने अं.वर्ष २५ की सुम्निमा भन्ने सोनुमा लिम्बु ऐ.केराबारी गा.पा.८ बस्ने अं.वर्ष ५० को कमल बहादुर आले मगर, ऐ.सुन्दरहरैचा  न.पा.१० बस्ने अं.वर्ष ३८ को डम्बर खतिवडा समेत संगै बसी मादक पदार्थ  सेवन गरी नशाको अवस्थामा सोनुमा लिम्बु र कमल बहादुर आले मगर समेतको मिलोमतोमा डम्बर खतिवडाले धाकधम्की दिई ज.ज.क.गरेको भनी पिडितले मिति २०८३।०४।१८ गते इ.प्र.का.बेलबारीमा जाहेरी दिनासाथ इ.प्र.का.बेलबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.लेटाङमा ल्याई बुझाएकोले घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको,

 

पर्सा, बिरगंज म.न.पा.१६ नगवा चालिस फिटे स्थित जिल्ला सर्लाही घर भइ हाल ऐ.वडामा डेरा गरी बस्ने बाल किशोर सहनीको छोरी अं.वर्ष १० की रोशनी कुमारी सहनीलाई ऐ.बस्ने भोला साह को छोरा अं.वर्ष ३५ को गोपाल साहले पैसाको प्रलोभन देखाई निज बालिकालाई बाल दुर्व्यवहार गर्न खोजेको भनी स्थानीले इ.प्र.का.नगवामा आई जानकारी गराउनासाथ इ.प्र.का.नगवाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई गोपाल साहलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तापठाएको, थप अनुसन्धान कार्य भईरहेको र निज बालिकालाई नारायणी अस्पताल बिरगंज पर्सामा यौनजन्य बिशेष स्वास्थ्य परिक्षण गराई निज बालिकालाई आमाको जिम्मा लगाई पठाएको,

 

सवारी दुर्घटना,

सिन्धुली, फिक्कल गा.पा.२ नवलपुर स्थित मध्यपहाडी लोकमार्गमा काठमाण्डौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको जि.सिन्धुली फिक्कल गा.पा.६ बस्ने वर्ष २६ को हेम बहादुर तामाङले चलाई ल्याएको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले सोही दिशाबाट जाँदै गर्दा सोही स्थानमा रोकी राखेको चालक जि. सिन्धुपाल्चोक जुगल गा.पा.७ बस्ने अं.वर्ष ३९ को दिल कुमार लामाले चलाई ल्याएको प्रदेश ३-०१-०२४ च ९५७३ नं.को कारलाई ठक्कर दिँदा कार सडकबाट अं.५० फिट तल सुनकोशी नदीमा खसी कार, कार चालक र कारमा सवार स्काईभेटर चालक जि. सिन्धुली गोलान्जोर गा.पा.१ बस्ने अं.वर्ष २८ को गणेश थापा र नाम थर, वतन नखुलेको १ जना हेल्पर समेत नदीमा वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खाङसाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बस र चालकलाई नियन्त्रणमा लिई प्र.चौ.खाङसाङमा राखिएको, बेपत्ता कार र मानिसको खो.त.तथा उद्दार कार्यको लागि थप इ.प्र.का.खुर्कोटबाट प्र.नि. र शसस्त्र प्रहरी बल बिपद बेस खुर्कोटबाट स.प्र.नि.को कमाण्डमा गरी जम्मा १७ जनाको संयुक्त टोली खटिई गएको ।

 

झै-झगडा तथा कुटपिट,

कास्की, पोखरा म.न.पा. ५ मालेपाटन गोलचौतारा नजिक स्थित मा.प.से. गरी सामान्य बिबाद भई एकआपसमा झगडा गरि निम्न मानिसहरु घाईते भएको भन्ने ऐ. २२:५५ बजे सुचना प्राप्त हुनसाथ व.प्र.का. बैदामबाट प्र.ना.उ. सुर्य बहादुर बोगटी (९८५६०८०१६७) को कमाण्डमा ५ जना टोली खटिइ गई तत्काल उद्धार गरी उपचारको लागि GMC अस्पताल लगिएको, उक्त घट्नामा संलग्न जि. तनहुँ भानु न.पा. १ घर भई हाल पोखरा म.न.पा. ५ मालेपाटन बस्ने बर्ष १८ को बिजय परियार व.प्र.का. बैदामको नियन्त्रणमा रहेको, घाईते निम्नः- १. जि. तनहुँ भानु न.पा.२ घर भई हाल जि. कास्की पोखरा ५ मालेपाटन बस्ने बर्ष २२ को नबिन गुरुङ बाँया कोखमा धारिलो हतियारले काटे जस्तो देखिने चोट, अवस्था हल्का बोल्न सक्ने सिरियस, मा.प.से. गरेको भन्ने बुझिएको । २. जि. तनहुँ भानु न.पा.४ घर भई हाल जि. कास्की पोखरा ५ मालेपाटन बस्ने बर्ष ४६ को मदन आचार्य पछाडी ढाडमा धारिलो हतियारले काटे जस्तो देखिने चोट, अवस्था हल्का बोल्न सक्ने सिरियस, मा.प.से. गरेको भन्ने बुझिएको ।

 

ला.औ.,

सर्लाही, लालबन्दी न.पा.-१ स्थितमा जि.ट्रा.का. नवलपुर सर्लाहीको कार्यालय अगाडी इ.प्र.का. नवलपुरबाट प्र.ब.ह. र जि.ट्रा.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटि गएको संयुक्त टोलीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुर तर्फ जाँदै गरेको BR 09 M 3766 नं.को भारतीय कारलाई रोकी चेकजाँच गर्दा डिक्किमा लुकाई छिपाई गरी लैजाँदै गरेको २३ पोकामा अं. १०९ के.जी. प्लाष्टिक सहित ला.औ. गाँजा सहित, कार र कार चालक देश भारत जि. सितामढी थाना समुद्र बस्ने अं. वर्ष २६ को दिपक कुमार महतो र सोही कारमा सवार ऐ. बस्ने अं. वर्ष २५ को अमन कुमारलाई नियन्त्रणमा लिई जि.ट्रा.प्र.का. नवलपुर सर्लाहीमा राखिएको, इ.प्र.का. लालबन्दीमा खबर गराउनासाथ प्र.नि.को कमाण्डमा मुचुल्का सहितको टोली खटी गई अन्य अनुसन्धान कार्य भइरहेको ।

 

बाँके, नेपालगंज उ.म.न.पा.४ न्युरोड स्थित रण बहादुर के.सी.को घरमा ला.औ.कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा ला.औ.नियन्त्रण ब्युरो नेपालगंजबाट प्र.स.नि.र व.प्र.का.नेपालगंजबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त घरमा डेरा गरी बस्ने ऐ. नेपालगंज उ.म.न.पा. ४ सुर्जी गाउँ घर भएका वर्ष ३० को सुशील भण्डारी र ऐ. नेपालगंज उ.म.न.पा.१० घर भएका वर्ष ५५ को अरुण कुमार जैसवालको कोठा खानतलासी गर्दा दराजभित्र लुकाई राखेको अवस्थामा ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ शुद्ध तौल ५२६ ग्राम २९० मिलिग्राम, डिजिटल तराजु थान-१, मोवाइल थान-२ र नगद भारु रुपैया रू.२,०१,४००।- र ने.रु १,८०,०००।गरी जम्मा ने.रू.५,०२,२४०।फेला परेकोले उक्त ला.औ., नगद र सामानहरू सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.‍का.मा पठाइएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।