प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।१९ गते ०५:०० बजे देखि २०८३।०४।२० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-२०

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

सोलुखुम्बु, सोलुदुधकुण्ड न.पा.१ लुदु बस्ने अं.वर्ष ५० को कृष्ण गोपाल बिश्वकर्मा ऐ.०४।१८ गते अं.२०:०० बजे ऐ.बस्ने  निजको नाती अं.वर्ष २३ को निर बहादुर बिश्वकर्माको घरमा न्वारन पुजामा गएकोमा निज कृष्ण गोपाल बिश्वकर्मालाई  निर बहादुर बिश्वकर्माले कुटपिट गरी घाइते भएको भन्ने खबर ऐ.०४।१९ गते ऐ.१३:३० बजे प्र.चौ.नुनथलामा प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा घाईतेलाई ऐ.स्थित रहेको स्वास्थ्य चौकी, नुनथलामा ल्याई चेकजाँच गर्दा मृत्यु भएको, कुटपिट गर्ने निर बहादुर बिश्वकर्मालाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको, शव सोही स्वास्थ्य चौकी नुनथलामा रहेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटिई गएको ।

 

हिन्दु मुस्लिम झडपमा घाइते उपचारको क्रममा मृत्यु,

सुनसरी, थप टिपोट:-मिति २०८३।०४।१० गते जि.सुनसरी देवानगंज गा.पा.३ स्थित हिन्दु पक्ष र मुस्लिम पक्षबीच भएको झडपमा घाइते भएका ऐ. बस्ने विजय मेहताको छोरा वर्ष २१ को रविन्द्र मेहतालाई ऐ.१५ गते १६:४५ बजे विराट नर्सिंङ होम बिराटनगरबाट थप उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं रिफर भई उपचार भइरहेकोमा ऐ. १९ गते १०:४५ बजे उपचारको क्रममा मृत्यु भएकोमा ऐ. १९ गते १९:५३ बजे सरकार पक्ष र मृतकका आफन्तहरु बीच भएको छलफल बिना सहमति समाप्त भई मृतकको शव ऐ. अस्पताको शवगृहमा राखिएको, पुन: अर्को छलफल गरी सहमति भए पश्चात मात्र शवको पो.मा. गर्ने भनि छलफल टुङ्गिएको, ऐ. १२:२४ बजे सोही विषयलाई लिएर स्थानीय अं. १०० जनाको संख्यामा भेलाजम्मा भई देवानगंज गा.पा.३ मृतक रविन्द्र मेहता र देवानगंज गा.पा. अध्यक्ष बेचन प्रसाद मेहताको घर छेउ आसपास देवानगंज-कप्तानगंज सडक खण्डमा दाउराहरु संकलन गरी दाउरा बालेर बाटो अवरोध गरेको, उक्त स्थानमा इ.प्र.का. देवानगंजबाट प्र.नि.को कमाण्डमा ४८ जना र BOP कप्तानगंजबाट स.प्र.ना.उ.को कमाण्डमा ७४ जनाको टोली खटी गएको ।

 

ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,

कैलाली, १८ गते २३:०० बजे, गोदावरी न.पा.११ बस्ने वर्ष ४५ को पुरूष व्यक्तिले आफ्नै छोरी वर्ष १२ की बालिकालाई ऐ.१८ गते अं.२३:०० बजे ज.ज.क.उद्योग गरेको भनी ऐ.०४।१९ गते ०९:२७ बजे इ.प्र.का.मालाखेतीमा लिखित जाहेरी दिए पश्चात इ.प्र.का.मालाखेतीबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

 

सोलुखुम्बु, महाकुलुङ गा.पा.-१ पात्लटोल बस्ने वर्ष ६८ की महिलालाई मिति २०८३।०४।१६ गते २१:०० बजे ऐ. बस्ने आसवर्ण राईको छोरा अं.वर्ष ३९ को वसन्त कुलुङ राईले पीडितकै घरभित्र सुतिरहेको अवस्थामा आई ज.ज.क. प्रयास गरेको भनी पीडितले ऐ.१८ गते १०:०० बजे इ.प्र.का.सोताङमा लिखित जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएकोमा ऐ.१९ गते जि.प्र.का.सोलुमा ल्याई थप अनुसन्धान भइरहेको ।

 

बाँके, कोहलपुर न.पा.-११ लोकनगर घर भई ऐ. स्थित पुरानो बसपार्कमा रहेको माईतीको सुहाना जाजरकोटी बर्दियाली होटलमा आएकी वर्ष १९ महिलाले छोरी अं. २ वर्ष ६ महिनाकी बालिकालाई उक्त होटलको कोठामा सुताएको अवस्थामा जि. सुर्खेत सिम्ता गा.पा.-४ बस्ने अं. वर्ष ४६ को कर्ण कामीले पीडित बालिकाको यौनीमा हातको औंला छिराएको भनि बालिकाको आमाले इ.प्र.का. कोहलपुरमा खबर गर्नासाथ प्र.नि.को कमाण्डमा टोली खटि गई निज पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. कोहलपुरमा ल्याई पीडक र पीडित (बालिका)लाई विस्तृत स्वास्थ्य परिक्षणको लागी भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको, पीडित (बालिका)को अवस्था सामान्य रहेको ।

 

शिशु मृत फेला,

रौतहट, गुजरा न.पा. ३ सिमरी टोल स्थित झोलुङगे पुल भन्दा अं. ५० मिटर उतर तर्फ सार्बजनिक बाटोमा सालनाल सहितको हातखुट्टा र टाउको देखिने अं.५ महिनाको (बालिका) नबजात शिशुको शव फेला परेको भन्ने जानकारी प्रप्तहुनासाथ प्र.चौ. हरीनगर र इ.प्र.का. लक्ष्मिनियाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटी गई मुचुल्का पश्चात शव पो.मा. को लागि प्रादेशिक अस्पताल गौरमा पठाई आवश्यक अ.अ. कार्य जारी रहेको ।

 

ठगी,

काठमाण्डौं शंखरापुर न.पा.५ पालुवारी स्थितमा जि. गोरखा गोरखा न.पा.३ घर भई हाल का.जि.बालाजु बस्ने वर्ष ३८ को पुस्कल खड्काको साथबाट नामथर, वतन नखुलेका अपरिचित अं.६० वर्षको २ जना पुरूष ब्यक्तिहरुले डलर दिन्छु भनि नेपाली रू. १५,०००००/- ठगी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई फरार व्यक्तिहरूको खो.त.कार्य भईरहेको ।

 

कैदि मृत्यु,

रामेछाप, जिल्ला कारागार रामेछापमा ज.ज.क. शिर्षकको कैद भुक्तान गर्दै आएका जि. ओखलढुङगा सुनकोशी गा.पा.-३  घर भएको वर्ष ५४ को शुक्र बहादुर कामी एक्कासी बेहोस भई लडी उपचारको लागी सोही कारागारबाट प्र.ना.नि.को कमाण्डमा टोलीले जि. अस्पताल रामेछापडाँडा लगि उपचार भईरहेकोमा ऐ. २३:४५ बजे चिकित्सकले  मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, मृतकले प्रेसरको औषधी सेवन गर्दै आएको ।

 

हा.ह. बरामद,

सिरहा, लहान न.पा.-२२ सलोखरी स्थितमा प्र.चौ. सितापुरबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. बस्ने बद्री दासको छोरा अं. वर्ष २० को सबरजीत दासलाई चेकजाँच गर्दा निजले लगाएको हाप पाईन्टको दाहिने गोजीबाट 9mm जस्तो देखिने म्याग्जिन सहित पुरानो पेस्तोल फेला परेकोले निजको साथीहरु ऐ. बस्ने रामु दासको छोरा अं. वर्ष २० को गुरुदेव दास र ऐ. बस्ने अरुण दासको छोरा अं. वर्ष १९ को संजय दास समेत गरी ३ जना मानिसहरू र 9mm जस्तो देखिने म्याग्जिन सहित पुरानो पेस्तोल नियन्त्रणमा लिई प्र.चौ. सितापुरमा राखिएको, थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाको लागी इ.प्र.का. लहान पठाइएको ।

 

लागु औषध,

सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक-खण्डमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको ट्राफिक सहितको टोली र ला.औ. नियन्त्रण व्युरो शाखा कार्यालय, बर्दीबासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि. सिन्धुली कमलामाई न.पा.१२ बस्ने अं.वर्ष २९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं.को यात्रुबाहक E.V. हायसको ४ नं. सिटमा  सवार जि. सिराह मिर्चैया न.पा.५ बस्ने अं.वर्ष २० को  सन्देश यादवलाई शंका लागि चेकजाँच गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा कालो र  सेतो प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० ग्राम फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मो.सा.मा चालक जि. सिराहा कल्याणपुर न.पा.६ बस्ने अं.वर्ष १९ को अविशेक कुमार शाहले चलाएको बा.प्र. ०२-०४६ प ४८५३ नं.को मो.सा.र सोही मो.सा. पछाडी सवार जि.धनुषा मिथिला न.पा. ७ बस्ने अं.वर्ष २० को राहुल कुमार मण्डललाई मो.सा.सहित गरी उक्त कार्यमा ३ जना नै संलग्न रहेकोले ३ जनालाई नै नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको ।

 

पर्सा, बिन्दवासिनी गा.पा.-५ स्थित तिलावे भिष्वा सडक खण्डमा इ.प्र.का. पोखरिय र प्र.चौ. प्रसौनीभाट्टाबाट खटि गएको टोलीले चेकजाँच गर्ने क्रममा जि. मकवानपुर हेटौंडा उ.म.न.पा.-१३ बस्ने अं. वर्ष ४८ को कृष्ण लामाले चलाएको प्रदेश ३-०१-०२४ च ५३८५ नं.को टाटा योद्धा पिकअप रोकी चेकजाँच गर्दा पिकअप गाडिभित्र सिमेन्टको बोरामा लुकाई छिपाई ल्याएको २०७ के.जी. ला.औ. गाँजा बरामद गरी, मानिस सहित नियन्त्रणमा लिई अ.अ.कार्य भइरहेको ।

 

न.प. पश्चिम, सरावल गा.पा.-६ बडसारे स्थितमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चालक जि. नवलपरासी सरावल गा.पा.-४ बस्ने अं. वर्ष १८ को भाष्कर गुप्ताले चलाएको लु. ६ प ६८४१ नं. को मो.सा. लाई ला.औ. नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि. र इ.प्र.का. महेशपुरबाट प्र.ना.नि. को कमाण्डमा खटि गएको संयुक्त टोलीले मो.सा.लाई शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.को बीच झोलामा ला.औ. ब्रफिन ५०० एम्पुल, डाइजेपाम ५०० एम्पुल, फेनेरागन ५०० एम्पुल, मोबाइल २ थान समेत फेला पारी चालक सहित २ जना मानिस, मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का. महेशपुरमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।