प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।२० गते ०५:०० बजे देखि २०८३।०४।२१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-२१

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

सोलुखुम्बु, परिवर्तित नाम वतन जिल्ला ११ बस्ने वर्ष २८ की सोलुखुम्बु ३A(०८३/०८४) लाई जिल्ला ओखलढुंगा लिखु गा.पा. ५ बस्ने गुनाराज तामाङको छोरा अं.वर्ष ३० को हेम सागर तामाङ निज महिलाको घरमा भित्र प्रबेश गरी जबरजस्ती करणी गर्ने प्रयास गरेको भनि मिति २०८३।४।१९ गते १३:००बजे पिडितले प्रहरी चौकी वाकु,सोलुखुम्बुमा मौखिक जानकारी गराएको हुदाँ तत्काल प्र.चौ. वाकुबाट प्र.स.नि. र इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले निज हेम सागर तामाङलाई ऐ.१६:०० बजे जिल्ला सोलुखुम्बु थुलुङ दुधकोशी गा.पा.-८ हेलीप्याड स्थितमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएकोमा पिडितले मिति २०८३।०४।२० गते अं.१२:०० बजे लिखित जाहेरी दिएको हुदाँ निज पिडकलाई जि.प्र.का.सोलुखुम्बुमा ल्याई सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट दिन ७ म्याद लिई आवश्यक अनुसन्धान भईरहेको ।

 

धादिङ, निलकण्ठ न.पा.३ एमालेचोक स्थित प्रतिवादीको घरमा ऐ. ज्वालामुखि गा.पा.१ घर भई ऐ.३ शान्त बजारमा डेरा गरी बस्ने वर्ष ३३ की महिलालाई ऐ. निलकण्ठ न.पा.३ एमालेचोक बस्ने अं.वर्ष ६० को लिला बहादुर श्रेष्ठले ज.ज.क.गरेको भनि पीडितले ऐ.०४/२० गते ११:३० बजे जि.प्र.का.धादिङमा जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा ज.ज.क.मा संलग्न व्यक्ति हाल फरार रहेकोले खो.त.कार्य भईरहेको ।

 

अर्घाखाँची, भुमिकस्थान न.पा. ९ बस्ने वर्ष २३ की महिलालाई (बोल्न नसक्ने र राम्रोसँग हिँडडुल गर्न नसक्ने अपाङ्ग) निजकै घरमा ऐ. बस्ने वर्ष ७६ को इन्द्र बहादुर शाहीले घरमा कोही नभएको समयमा ज.ज.क गरेको, पीडितको भाउजुले दुवै जनालाई नङ्ग अवस्थामा फेला पारेको भनि खबर प्राप्त हुनासाथ अ.प्र.चौ.धनचौरबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई निज पीडकलाई नियन्त्रणमा लिएको थप अनुसन्धानको लागी जि.प्र.का.अर्घाखाँचीबाट प्र.नि. को कमाण्डमा SOCO सहितको टोली खटि गई कानुनी प्रक्रिया पूरा गरी पीडकलाई जि.प्र.का. अर्घाखाँची ल्याई राखिएको,

कैलाली, गौरीगंगा न.पा. ०७ इन्द्रपुर बस्ने वर्ष १३ को नावालकले ऐ. मोहन्याल गा.पा. ०५ घर भई हाल ऐ. स्थित डेरामा अभिभावकसँग बस्ने वर्ष अं. ४ की नावालिकालाई ललाई फकाई आफ्नो घरको कोठा भित्र लगी ज.ज.क. गरेको भनि ऐ. १७:४० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. मसुरियाबाट प्र.ना.नि. को कमाण्डमा टोली खटिगएको, निज पीडक नावालक भागी फरार भएको, पीडित नावालिका लाई अभिभावकको संरक्षणमा आवश्यक प्रक्रिया भइरहेको, निज नावालकलाई निजको काका नाता पर्ने ऐ. बस्ने वर्ष १८ को खेमराज वि.क. ले भगाएको भन्ने बुझिएकोले निज काकालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इ.प्र.का. मालाखेती पठाइएको,

 

मोरङ, मिति २०८३।०४।१६ गते अं. २२:३० बजे जिल्ला धनकुटा महालक्ष्मी न.पा. १ कटहरे स्थायी घर भई हाल जिल्ला मोरङ लेटाङ न.पा. ९ स्थित दिदीको घरमा करिब डेढ वर्ष देखि बस्दै आएकी अं. वर्ष २४ की महिलालाई ऐ. बस्ने वर्ष ३४ को आदित्य भन्ने गंगा बहादुर गुरुङले  निज पिडित बस्दै आएको दिदिको घरको कोठामा आई दुवै जनाले मा.प.से गरे पश्चात ज.ज.क. गरेको भनि पिडितले ऐ. २० गते अं. १७:०० बजे इ.प्र.का. लेटाङमा जाहेरी दिएको हुँदा इ.प्र.का. लेटाङबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई आदित्य भन्ने गंगा बहादुर गुरुङलाई निजको घर वतनबाट नियन्त्रणमा लिई इ.प्र.का. लेटाङमा ल्याई अनुसन्धान भईरहेको,

 

झुण्डी मृत्यु (श्रिमान-श्रीमती),

रामेछाप, रामेछाप न.पा.७ दिङला बस्ने देव बहादुर हायुको श्रीमती वर्ष अं.१९ की मिना हायु घर देखी अं.५०० मिटर पूर्व तर्फ आफ्नै बारीको डिलमा रहेको खनिउको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर ऐ.१८:३० बजे प्राप्त हुनासाथ प्र.चौ.रामेछापडाँडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, निजको माइती घर (जिल्ला सिन्धुली)मा जानकारी भई सकेको, ऐ.२० गते अं.०५:३० बजे मृतक मिना हायुको श्रीमान वर्ष अं.२० को देव बहादुर हायु घर देखि  अं.२०० मिटर पश्चिममा रहेको आपको रुखमा सलको पासो लगाई झून्डी मृत अवस्थामा फेला परेको, कानुनी प्रकृयाको लागि  ऐ.२० गते बिहान जि.प्र.का.रामेछापबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी  दुबै शव पो.मा.को लागि जिल्ला अस्पताल रामेछाप पठाएकोमा मिति २०८३।०४।२० गते अं.१८:३० बजे पो.मा. पश्चात २ वटै शव मृतक देव बहादुर हायुको बुबा फिर बहादुर हायुले बुझि लगेको,

 

हामफाली बेपत्ता,

काभ्रेपलान्चोक, भुम्लु गा.पा. ८ दुलालेश्वर महादेव मन्दिर छेउबाट ऐ. मण्डनदेउपुर न.पा ७ बस्ने वर्ष अं. ६८ को केदारनाथ पराजुली र निजको श्रीमती वर्ष अं.६७ की तिल कुमारी पराजुली (बोनम्यारो क्यान्सर भई अपाङ्ग भएको) सुनकोशी नदीमा हामफाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. दोलालघाटबाट प्र.व.ना.नि. को कमाण्डमा ४ जना, प्र.चौ.पाँचखालबाट प्र.नि.को कमाण्डमा ७ जना र स.प्र.बल नेपाल नं. १५ गण हेक्वा पाँचखालबाट स.प्र.नि को कमाण्डमा १० जनाको टोली खटि गई खो.त कार्य भइरहेको,

 

ला.औ.,

मोरङ, बिराटनगर म.न.पा. १५ स्थित एक नं. ढाँटमा इ.प्र.का. रानी र ला.औ.नि.व्यूरो बिराटनगरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको ऐ. लेटाङ न.पा. २ बस्ने वर्ष अं. १८ को सुमित ठकुरी र ऐ. बस्ने वर्ष २५ को विकास भुजेललाई शंका लागी चेकजाँच गर्दा सुमित ठकुरीको साथबाट ला.औ. खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल १० ग्राम ९४० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान भइरहेको,

 

मोरङ, धनपालथान गा.पा.-२ स्थित मानिसहरूले ला.औ. (गाँजा) नेपालबाट भारततर्फ ओसारपसार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. रंगेलीबाट प्र.नि., प्र.चौ. कर्सियाबाट प्र.व.ना.नि. र प्र.चौ. गडेरियाबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले BR38 H8733 नं. को मो.सा.मा बसिरहेको ऐ. धनपालथान गा.पा.-१, नोचा बस्ने वर्ष २७ को सुमन कुमार साह र ऐ. बस्ने वर्ष २७ को अमर साहलाई शंका लागि नियन्त्रणमा लिई इ.प्र.का. रंगेलीमा ल्याई सोधपुछ गरी उल्लेखित स्थानमा पुनः खटि गई खोजी गर्ने क्रममा ऐ. १८:०० बजे ऐ. धनपालथान गा.पा.-२, भवानीपुर स्थित रामचन्द्र चौधरीको पटुवाबारीमा लुकाई छिपाई राखिएको कालो प्लास्टिकमा पोका पारी राखिएको अवस्थामा ३ वटा पोका लागू औषध (गाँजा) जस्तो वनस्पति फेला परेको हुँदा उक्त लागू औषध (गाँजा) तौल गर्दा ९६ के.जि. १९८ ग्राम बरामद गरी इ.प्र.का. रंगेलीमा ल्याई आ.अ. भइरहेको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।