प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।२१ गते ०५:०० बजे देखि २०८३।०४।२२ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु ।

२०८३-०४-२२

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

बर्दिया, बारबर्दिया न.पा.११ लम्कीफाटा बस्ने अं. वर्ष २९ की महिलालाई ऐ.०४।०४ गते अं.०३:०० बजे राती सुतिरहेको अवस्थामा ऐ.बस्ने अं.वर्ष ४५ को कमलराज बि.क.ले घरमा बुहारीलाई सुत्केरी व्यथा लागेकोले सहयोग गरिदिने बहाना बनाई ढोका खोल्न लगाई ज.ज.क.गरेको भनि ऐ.२१ गते अं.१४:३० बजे इ.प्र.का.मोतिपुर बर्दियामा पीडितले जाहेरी दिए पश्चात प्र.चौ.कतर्नियाघाट बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई बुझ्दा पीडक फरार रहेकोले खोजतलास भईरहेको ।

 

रसुवा, मितिः  २०८३।०४।२० गते अं.१६:१५ बजे नौकुण्ड गा. पा.२ रालमाने स्थितमा ऐ.बस्ने वर्ष अं. ४५ की  महिलालाई ऐ.बस्ने वर्ष अं.५० को उर्बा लोप्चनले ऐ.स्थित रहेको निजको गोठमा गाईबस्तु चराउन गएको बेला कोही नभएको अबस्थामा जबरजस्ती करणी प्रयास गरेको भनि मिति २०८३।०४।२१ गते अं. १२:०० बजे प्र.चौ.यार्सामा खवर प्राप्त हुनासाथ प्र.स.नि.को  कमाण्डमा टोलि खटि गई  निज ज.ज.क. प्रयास गर्ने ब्यक्तिलाई निजकै घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

बर्दिया, मधुवन न.पा.७ ताराताल बस्ने कन्ता थारुको श्रीमती अ.वर्ष ३२ की (संकेत नम्बर ६६ मधुबन s) (फरक क्षमता भएकी) आफ्नै घरमा सुत्ने कोठामा सुतिरहेको अवस्थामा ऐ.बस्ने बर्ष अं.७५ को राम प्रसाद थारुले ज.ज.क. प्रयास गर्न खोजेको भनि ऐ.१५:३० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.ताराताल बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निज ज.ज.क.प्रयास गर्न खोज्ने मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको

 

बर्दिया, मिति २०८३।०४।२० गते अ.१९:३० बजे जि.बर्दिया गुलरिया न.पा.५ मनकामना टोल स्थित बस्ने वर्ष १६ को बालकले ऐ.बस्ने वर्ष ६ की बालिकालाई ऐ.स्थितमा रहेको कालुराम विश्वकर्माको घरमा भाडामा लिई संचालनमा रहेको सामुदायिक मण्डलीमा ट्युसन पढ्न गएको अवस्थामा ज.ज.क.गरेको भनि मिति २०८३।०४।२१ गते १८:०० बजे जानकारी गराउनासाथ जि.प्र.का.बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको

 

बाँके, मिति २०८३।०४।१८ गते अं.१०:०० बजे जि.बाँके राप्तिसोनारी गा.पा.१ भम्पा स्थित ऐ.बस्ने वर्ष अ.१८ की बालिका ऐ.स्थित लामेडाडा सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा ऐ.बस्ने वर्ष अं.३८ को रुपलाल खुनाले ललाइ फकाइ ज.ज.क.गरेको भनि पीडितको बुबाले मिति २०८३।०४।२१ गते १७:०० बजे इ.प्र.का.कोहलपुरमा आई जाहेरी दिए पश्चात इ.प्र.का.कुसुमबाट प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई निजकै वतनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

पक्राउ/ नियन्त्रणमा,

जाजरकोट, मिति २०८३/०४/२० गते अं.१३:२० बजेको समयमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट Fu Chey नामक आईडीबाट एक जना पुरुष ब्यक्तिले बालिकालाई कुटपिट गरेको भिडियो प्राप्त हुन आएकोमा उक्त भिडियोमा कैद भएका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा निजहरुको घरवतन  जिल्ला जाजरकोट बारेकोट गाउपालिका वडा नम्बर-६ धुम रहेको भन्ने बुझिन आएको हुँदा उक्त स्थानमा मिति २०८३।०४।२१ गते अं.०६:०० बजे इ.प्र.का.नायकवाडाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि ऐ. बारेकोट गाउपालिका वडा नम्बर ६ धुम भन्ने स्थानमा खटि गई बुझ्दा ऐ.बस्ने अं.वर्ष ५८ को हिरालाल चलाउने (झाक्री,धामी) लाई आवश्यक अनुसन्धानको लागि ऐ.१५:०० बजेको समयमा नियन्त्रणामा लिई अड्डासार गर्दे जिल्ला प्रहरी कार्यालय जाजरकोट खलगांमा ल्याई राखिएको, ऐ.बस्ने अन्दाजी वर्ष-१४ की सुनिता चलाउने र वुवा किरण चलाउने जिल्ला प्रहरी कार्यालय जाजरकोटको सम्पर्कमा रहेको, निज भलगर जिल्ला जाजरकोट बारेकोट गाउपालिका वडा नम्बर-६  धुम बस्ने पर्ख बहादुर चलाउने छोरा अन्दाजी वर्ष-१७ को डम्बर चलाउने कोहलपुर बाँके तर्फ कामको शिलसिलामा गएको बुझिएको ।

 

सुन सहित मानिस पक्राउ,

काठमाण्डौं, हिमालय एयरलाईन्सबाट कतारको दोहा हुँदै नेपाल आउने क्रममा भन्सार छली गरी अवैध रुपमा लैजान लागेको जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.१२ बेतौला बस्ने वर्ष २५ को फलकुमार मुखिया (२५ ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१), जिल्ला सिरहा कर्जन्हा न.पा. वडा नं. ४ बस्तीपुर बस्ने वर्ष ४२ को जितेन्द्र दास (२५ ग्रामको सुन जस्तो देखिने पहेलो धातुको सिक्री थान १)जिल्ला सल्यान बागचौर न.पा. वडा नं. ५ सिरपा बस्ने वर्ष ४१ को धनश्याम ओली (१७.५० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१), जिल्ला सल्यान बागचौर न.पा. वडा नं. ५ सिरपा बस्ने वर्ष ३३ को पाण्डव ओली (अन्दाजी २० ग्रामको सुनजस्तो देखिने पहेलो धातुको सिक्री थान-१ र IPHONE 17 Pro Max थान -१) सहित नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखिएको , थप अनुसन्धान भईरहेको ।

 

लुटपाट,

काठमाण्डौं, का.म.न.पा.२२ सुन्धाराबाट लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ  वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डको प्रहरी टोलिले घटनास्थलमा गएर बुझ्दा सुन्धारा स्थित युनिभर्सल दोहोरीबाट भारत उत्तर प्रदेश घर भई बस्ने जय कुमार सिंह,जित बहादुर सिंह र सचिन सिंहलाई ऐ.२१ गते अ.२३;०० बजे  उक्त दोहोरीको कोठामा लगि राखेको र केही  खानेकुरा र सामनहरु अर्डर गर्न लगाई उक्त दोहोरीका स्टाफहरुले  जय कुमार सिंह (९७१६०१४०७३) को मोवाईलबाट उक्त सामानहरुको बिल भुक्तानिको लागि अस्वभाविक रुपमा अनलाईन मार्फत भारु ८०,०००/-( असी हजार ) ट्रान्सफर गराएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको, उक्त घटनाको बारेमा थप अनुसन्धान भईरहेको ।

 

ला.औ.,

सिरहा, सखुवानान्कारकट्टी गा.पा. ४ सिमरा स्थित बलान खोलामा इ.प्र.का. महेशवारी सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको प्रहरी गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा के-कुन ४ जना मानिसहरुले पलाष्टिकको ४ वटा बोरा भित्र राखिएको ला.औ. गाजा जस्तो देखिने पदार्थ कपडाको नाम्लो बनाई टाउकोमा बोकी ओसार पसार गरी रहेको अवस्थामा गस्ति टोलिलाई देख्नासाथ ४ बोरा ला.औ. गाजा जस्तो देखिने पदार्थ फ्याकी मानिसहरु फरार भएको, उक्त ४ बोरा ला.औ. गाजा जस्तो देखिने पदार्थ बरामद गरी तालुक इ.प्र.का. लहान सिरहा ऐ. २२ गते ०२;३० बजे बुझाईएको, तौल हुन बाकी (अ.१००के.जि.) ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।