मिति २०८३।०४।२३ गते ०५:०० बजे देखि २०८३।०४।२४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०४-२४
- A
- A-
- A+
कर्तव्य ज्यान
सप्तरी, मिति २०८३।०४।२० गते
अं. १८:०० बजे सुरुङ्गा न.पा. १ शिशुवारी मुसहरी टोल स्थित ऐ. बस्ने वर्ष अं. ५०
को केसिया सदाले मा.प.से. गरी आफ्नै श्रीमती वर्ष अं.३७ की फुल कुमारी सादालाई
कुटपिट तथा इँट्टाले टाउकोमा प्रहार गर्दा घाइते भएको भनि ऐ. २२:३० बजे खबर
प्राप्त हुनासाथ इ.प्र.का. भेडियाबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटि गई घाइतेलाई
उपचारको लागि प्रादेशिक अस्पताल लाहान पठाइएकोमा ऐ.२४ गते अं. ०३:३० बजे उपचारको क्रममा
डा.ले मृत घोषणा गरेको शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने निजको
श्रीमान इ.प्र.का. भेडियाको नियन्त्रणमा रहेकोमा ऐ.२१ गते आवश्यक कार्बाहिको लागि
इ.प्र.का. कडोरवाना पठाईएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
संखुवासभा, पाँचखपन न.पा. ८
सुनखानी बस्ने वर्ष २० को सविन न्यौपानेले ऐ. बस्ने वर्ष ११ की बालिकालाई मिति
२०८२ साल भदौ महिनाको के कुन गते रातको अं. २२:०० बजे पीडितको घर कोठामा गई ज.ज.क.
गरेको र मिति २०८३।०४।२१ गते अं. १३:०० बजे ऐ. स्थित राधाकृष्ण मन्दिरको पछाडि
पेटिमा लगि ज.ज.क. गर्न खोजेको भनि ऐ.२२ गते पीडितको आमा मार्फत इ.प्र.का. वानामा
खबर प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोलि खटि गई पीडक सविन न्यौपानेलाई
हेवाखोलाबाट वाना आउने भित्र कच्ची सडक खण्डमा फेला पारी नियन्त्रणमा लिई
जि.प्र.का. ल्याई अनुसन्धान भईरहेको, ऐ. २३ गते अं. १६:०० बजे
जि.प्र.का. संखुवासभामा पिडितको आमा मार्फत जाहेरी प्राप्त भएको ।
बाँके, मिति २०८३।०४।२२ गते
२०:०० बजे राप्तीसोनारी गा.पा.९ उद्यान देखि पश्चिम तर्फ रहेको नहरको बाटोमा
ऐ.ढकेरी बस्ने वर्ष अं.४२ की महिलालाई ऐ. बस्ने वर्ष २० को बिसाल रावतले
ज.ज.क.उद्योग तथा लुटपाट गरेको भनि ऐ. २३ गते अं. १७:०० बजे इ.प्र.का.कोहलपुरमा
पीडितले जाहेरी दिए पश्चात प्रहरी बिट ढकेरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई
पीडकलाई ऐ.ढकेरी स्थितबाट नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुरमा ल्याई थप अनुसन्धान
भइरहेको ।
उदयपुर, चौदण्डिगढी न.पा. वडा नं
७ भुल्के स्थित आफ्नै घरको कोठामा सांकेतिक नाम वर्ष १६ की ०८३/०८४ बेल्टार ‘क’ मोबाइल चलाउँदै बसेको बखत ऐ.ऐ. बस्ने अ. वर्ष ३५
को केशे भन्ने केशव विश्वकर्माले उक्त घरमा कोही नभएको मौका पारी एक्कासी कोठा
भित्र पसी बाल यौन दुरुपयोग गरेको भनि निज नाबालिकाले आफ्नै आमा सांकेतिक वतन
जिल्ला १४–CH-७ बस्ने बर्ष ३९ की सांकेतिक नाम ०८३/०८४
बेल्टार क १ लाई जानकारी गराउना साथ निजको आमाले आज मिति २०८३।०४।२३ गते अं २०:३०
बजे इप्रका बेल्टार उदयपुरमा आई लिखित जाहेरी दिन साथ इप्रका बेल्टार उदयपुरबाट
प्र.स.नि. को टोलि खटि गई निज पीडकको खोजतलास
कार्य भईरहेको ।
काठमाण्डौं, जि.सिन्धुपाल्चोक
मेलम्ची न.पा.७ घर भई हाल कागेश्वरीमहोहरा न.पा. १ ठुलो ढिक स्थित कमल तामाङको
घरमा कोठा गरी बस्ने वर्ष ४८ की सिता जि.सी.लाई जि.सुर्खेत भेरीगंगा न.पा. ३ घर भई
काठमाण्डौ कलंकी बस्ने वर्ष ३२ को लिलाराम चलाउनेले घर कोठामाआई महिला माथि
दुर्ब्यवहार गरेको भनि खबर प्राप्त हुनासाथ प्रभाग साँखुबाट प्र.नि.को कमाण्डमा
टोलि खटि गई निजलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
अवैध रकम बरामद,
काठमाडौं, चन्द्रागिरी न.पा. २
नागढुङ्गा स्थित चेक प्वाइन्टमा सप्तरी देखि काठमाण्डौतर्फ आउँदै गरेको ज १ च १६६४
नम्बरको स्कारपियो लाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्ने क्रममा उक्त स्कारपियोमा चिनिया नागरीक गुंग यागको साथमा रहेको झोला र
कार्टुनमा राखी ल्याएको नेपाली रुपैयाँ रु. ५९ लाख ९३ हजार ५ सय फेला परेको हुनाले
सवारी चालक जि.सप्तरी आग्निसाईर कृष्णासरवन गा.पा. बस्ने वर्ष ३५ को शंकर प्रसाद
चौधरी, चिनिया नगारिक र स्कारपियो सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी बृत्त थानकोट काठमाण्डौ पठाईएको ।
।गोली लागि मानिस मृत्यु,
सल्यान, कालिमाटी गा.पा.-३
स्थित धरानी सामुदायिक वनमा ऐ. वडा नं.-२ बराहढुंगा बस्ने अं. वर्ष ६२ को टोप ब.
पुन मगर साथीहरूसँग शिकार गर्न भनि सो जंगलमा गएकोमा शिकार खेल्ने क्रममा निजहरूले
बोकेको भरुवा बन्दुकबाट गोलि चल्दा निजको पेटको तल कम्मरको भागमा गोलि लागि मृत्यु
भएको भन्ने ऐ. २२:०० बजे इ.प्र.का. कालिमाटीमा जानकारी प्राप्त हुनासाथ
प्र.ब.ना.नि.को कमाण्डमा टोली घटनास्थल तर्फ खटि गई शिकार खेल्न गएका जि. सल्यान
कालिमाटी गा.पा.-३ बल्ले बस्ने अं. वर्ष ५६ को मान ब. बि.क. लगायत ६ जना
मानिसहरूलाई नियन्त्रणमा लिई इ.प्र.का. कालिमाटीमा ल्याई राखिएको, उक्त
घटनास्थलमा दुईवटा भरुवा बन्दुक तथा मृतकको शव घटनास्थलमा रहेको, घटनास्थल सुरक्षित राखिएको, ऐ. २३:३० बजे थप
अनुसन्धानको लागी इ.प्र.का. लुहामबाट प्र.नि.को कमाण्डमा SOCO सहित ११ जनाको टोली खटि गएको,।
ला.औ.,
मोरङ, बिराटनगर म.न.पा. १५ मण्ठा पोखरी स्थितमा
इ.प्र.का. रानी र ला.औ.नि. व्यूरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको संयुक्त
प्रहरी टोलिले शंकास्पद अवस्थामा हिड्दै गरेको जि.मोरङ बिराटनगर म.न.पा. १५ बस्ने
अं.वर्ष ३१ को मोहमद हुसेनलाई शंका लागी चेकजाँच गर्दा ला.औ. खैरो हेरोईन जस्तो
देखिने पदार्थ प्लाष्टिक बाहेक १०० ग्राम ६०० मिलिग्राम सहित फेला पारी
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
सप्तरी, प्र.चौ. झुट्कीबाट
प्र.ना.नि. र सशस्त्र प्रहरी बल बनेनिया
सप्तरी बेश क्यामबाट स.प्र.नि.को कमाण्डमा खटि गएको संयुक्त टोलीले गस्ती गर्दै
जाने क्रममा जि. सप्तरी राजगढ गा.पा.-१ कजराहा टोल स्थितमा पश्चिमतर्फ नहरको छेउमा
बेवारिसे अवस्थामा ५ बोरा ला.औ. (गाँजा)को बोरा सहित तौल गर्दा १९६ के.जि. ५७०
ग्राम र बोरा बाहेक १९० के.जि. ५२० ग्राम
फेला पारी नियन्त्रणमा लिई प्र.चौ. झुट्कीमा ल्याई राखिएको ।