मिति २०८३।०४।२५ गते ०५:०० बजे देखि २०८३।०४।२६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०४-२६
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
रोल्पा, जि. गुल्मी मुसिकोट
न.पा.३ धरमपानी घर भई हाल जि.रोल्पा माडि गा.पा. २ घर्तिगाउँमा कोठा लिई बस्ने
ऐ.स्थित श्री कृष्ण मा.बि.का शिक्षक अं.वर्ष ५७ को बिष्णु प्रसाद आचार्यले मिति
२०८३।०३।३० गते अं.२१:०० बजे जि.दाङ घोराही उ.म.न.पा.१९ राम्चे घर भई जि.रोल्पा
माडि गा.पा.२ घर्तिगाउँमा कोठा लिई बस्ने वर्ष १५ की बालिकालाई आफ्नै कोठामा खाना
खाउला र कपि चेक गराउला भनि बोलाई कोठामै बालबालिका सम्बन्धि कसुर गरेको भनि ऐ.२५
गते अं.१४:०० बजे इ.प्र.का.घर्तिगाउँ,रोल्पामा पीडितको बुवाले जानकारी
गराए पश्चात इ.प्र.का.घर्तिगाउँ रोल्पा बाट प्र.नि.को कमाण्डमा टोलि खटि गई
पीडकलाई ऐ.स्थित घर्तिगाउँ बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
पाँचथर, फाल्गुनन्द गा.पा.२ खरी
डाँडा बस्ने धन कुमार तामाङको छोरी अं. वर्ष १४ की बालिकालाई निजकै काका नाता
पर्ने ऐ. बस्ने अं. वर्ष ३२ को पुरुषले ज.ज.क. गरेको भनि प्र.चौ. पौवासर्तापमा खबर
प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई नियन्त्रणमा लिई ज.ज.क.
कसुर मुद्दामा सम्मानित जिल्ला अदालत पाँचथरबाट ७ दिन म्याद थप गरी जि.प्र.का.
पाँचथरको हिरासतमा राखिएको ।
बर्दिया, बाँसगढी न.पा.-५ घर भई
हाल ऐ. ठाकुरबाबा न.पा.-१ भुरीगाउँ स्थित ससुराली घरमा बस्दै आएको अं. वर्ष २९ को
कमल रावतले जि. कैलाली टिकापुर घर भई हाल जि. बर्दिया ठाकुरबाबा न.पा.-१
भुरीगाउँमा कोठा डेरा गरी बस्ने अं. वर्ष २३ की महिलालाई निजकै कोठामा गई ज.ज.क.
गरेको भन्ने सूचना ऐ. १७:२० बजे प्राप्त हुनासाथ इ.प्र.का. बगनाह भुरीगाउँबाट
प्र.नि.को कमाण्डमा टोलि खटि गई पीडकलाई ऐ. ठाकुरबाबा न.पा.-१ भुरीगाउँ बजारमा हिँडिरहेको
अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
हातहतियार बरामद,
काठमाडौं, जि.मकवानपुर बागमति
गा.पा.०९ अगौटे घर भई हाल का.जि.का.म.न.पा.चावहिल बस्ने वर्ष १९ को टेक बाहदुर
सिङ्तानलाई मिति २०८२।०५।२३ र २४ गते जेन्जी प्रदर्शनको क्रममा हतियार लुटपाट
सम्बन्धी गोप्य सूचनाको आधारमा प्रहरी बृत्त नयाँ बानेश्वरमा ल्याई सोधपुछको गर्ने
क्रममा निजले आफ्नै घरमा हातहतियार लुकाई छिपाई राखेको छु भने पश्चात
इ.प्र.का.फापरबारी, मकवानपुरसंग समन्वय गरी
का.जि.का.म.न.पा.३१ तीनकुनेबाट मिति २०८३।०४।२४ गते १५:०० बजे ना.५ च.२२७ नं.को
निजि जिपमा प्र.नि.को कमाण्डमा ४ जना सादा पोशाक टोलि खटि गई निजको घरबाट १ थान
नं. 017110 लेखिएको १ थान पेस्तोल बरामद गरी इ.प्र.का.फापरबारी, मकवानपुरले रितपूर्वक प्रक्रिया पुरा गरी प्रहरी बृत्त नयाँ बानेश्वरमा
पठाएको, थप अनुसन्धान भईरहेको ।
धारिलो हतियार प्रहार/झुण्डि मृत्यु,
पाँचथर, मिति २०८३।०४।२५ गते
अं. ०९:५० बजेको समयमा जिल्ला पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं.- ८ दुर्दिम्बा
स्थित ऐ.ऐ. बस्ने वर्ष अं. ५० को चन्द्र बहादुर तामाङले आफ्नै श्रीमति वर्ष अं. ४७
की शुसिला तामाङलाई घरायसी विवादको कारण के कुन घारिलो हतियारले गर्धन र देब्र
कानको साईडमा प्रहार गरी घाइते बनाएको भनि ऐ.१०:३० बजे अ.प्र.चौ. दुर्दिम्बा
पाँचथरमा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.ब.ह. खगेन्द्र लिम्बुको कमाण्डमा
टोलि खटि गई बुझ्दा निज घाइतेको पछाडि गर्धन र देब्रे कानको कन्सिरीको भागमा
काटिएको, घाइतेको अवस्था बोल्न नसक्ने गम्भिर, स्थानीय
मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको बि.पी कोइराला स्वास्थ्य बिज्ञान
प्रतिष्ठान धरान घोपातर्फ पठाईएको, उपचारमा आफन्त महाबिर
मोक्तान(९८१०००२१३७) संलग्न रहेको,धारिलो हतियार प्रहार गर्ने
व्याक्ति तत्काल फरार रहेको खोजतलास कार्य भईरहेको,थप
अनुसन्धान तथा खोजतलास कार्यको लागि इ.प्र.का. रवि पाँचथरबाट प्रनि को कमाण्डमा
टोलि खटि गएको , ऐ.१३:३० बजेको समयमा माथि उल्लेखित घाइतेलाई
बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा पुर्याई इमेर्जेन्सी
वार्डमा उपचार भईरहेको, अबस्था बोल्न नसक्ने गम्भिर रहेको ,
ऐ. १४:४५ बजेको समयमा निज धारीलो हतियार प्रहार गर्ने ब्यक्ती लाई
ऐ. गा.पा. ८ दुर्दिम्बा स्थित आफ्नै घर देखि अं. ४०० मिटर दक्षिण पुर्व रहेको
अम्लिसो बारीको जङगलमा रहेको दुधिलोको रूखको हाँगामा सलको पासो लगाई झुण्डि मृत
अवस्थामा फेला परेको घट्नास्थल सुक्षित राखिएको, ऐ.१९:२० बजे
माथि उल्लेखित शवको घटनास्थल मुचुल्का तथा कानूनी प्रक्रिया पुरा गरी शव पो.मा.को
लागि वि.पि. स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाई शव गृहमा राखिएको ।
विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा मानिसको
मृत्यु / घाईते,
रसुवा, आमाछोदिङ्मो गा.पा.३ मनचेत
स्थित नेपाली सेनाको फाइरिङ रेन्जमा ऐ. गोसाइकुण्ड गा.पा.५ स्याफ्रुबेशी स्थित
नेपाली सेनाको श्रीनाथ गणको सुरक्षा वेशको बंकर घरमा भण्डार गरी राखिएको विभिन्न
आयोजनाहरुको खपत अवधि समाप्त भई काम नलाग्ने विष्पोटक पदार्थहरु डिस्पोज गर्ने क्रममा
नेपाली सेनाको अं.वर्ष २६ को अम. राजु भण्डारी समेत २ जना र भोटेकोसी जलविद्युत
आयोजनामा काम गर्ने कामदार ऐ. आमाछोदिङ्मो गा.पा.४ बस्ने अं.वर्ष २७ को सोनाम घले सहित ५ जना घाइते भई उपचारको लागि
जिल्ला अस्पताल रसुवा धुन्चेमा उपचार
भइरहेकोमा थप उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट रिफर भई उपचार भईरहेको ,
उक्त स्थानमा प्र.चौ. थाम्बुचेतबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटि
गएको, ऐ. १३:५५ बजे अम. राजु भण्डारी(श्री श्रीनाथ गण)लगायत
३ जना घाईतेहरुलाई नेपाली सेनाको हे.क. द्वारा थप उपचारको लागी काठमाण्डौ नेपाली सेनाको
छाउनी अस्पताल पठाईएको, घाइतेहरुको अवस्था मध्यम, ऐ.१५:०० बजे सोनाम घलेलाई डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेको । शव
जिल्ला अस्पताल रसुवा धुन्चेमा रहेको ।
पहिरोको कराण मानिस बेपत्ता/ घाइते,
म्याग्दी, अन्नपुर्ण गा.प.०६ पोखरे
बगर स्थितमा रहेको १४ मेगावाट घार खोला हाइड्रोपावरमा माथिबाट ढुङगा सहितको पहिरो आई उक्त हाइड्रोपावरमा डिउटी बसिरहेको
कामदार ऐ.बस्ने वर्ष अं.५५ को दिपक बरुवाललाई पहिरोले पुरि बेपत्ता भएको र गौरी गंगा न.पा.५ बस्ने वर्ष ३१ को सुरेन्द्र
बि.क. हाइड्रोपावर काम गर्न जाने क्रममा उक्त पहिरोबाट खसेको ढुङगाले लागि घाइते
भई उपचारको लागी स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पाताल
बेनी ल्याईएको दाहीने हात र दुबै खुट्टामा चोट लागेको अवस्था मध्यम, उक्त स्थानमा इ.प्र.का.भुरुङतातोपानीबाट प्र.ना.नि. मोहन गुरुङ
(९८५६७५३१००) को कमाण्डमा ५ जना प्रहरी टोलि खटिगएको , थप
बुझ्ने कार्य भईरहेको ।
ला.औ.,
पर्सा, पटेर्वा सुगौली
गा.पा.-३ सोनबर्सा स्थित ला.औ. गाँजा लुकाइ छिपाइ राखिएको भन्ने गोप्य सूचनाको
आधारमा इ.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि. र इ.प्र.का ठोरीबाट प्र.नि.को कमाण्डमा
खटि गएको संयुक्त टोलिले देश भारत बिहार राज्य जिल्ला वेतिया ग्राम उजहरु परजिलवा
भागा श्रीनगर ३ बस्ने अं. वर्ष ५० को सउरु चौधरीलाई प्लाष्टिक बाहेक १०५ किलोग्राम
ला.औ. गाँजा सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का. पर्सामा ल्याई
थप अनुसन्धान भईरहेको ।
सप्तरी, कञ्चनरुप न.पा. वडा नं.५
कोशि टप्पु स्थित कोशि ब्यारेजबाट अन्दाजी १५ कि.मि. उत्तर जंगलमा लुकाई छिपाई
बेवारिसे अवस्थामा बोरामा प्रतिबन्धित लागु औषध गाँजा जस्तो देखिने बस्तु रहेको
भन्ने बिशेष सूचनाको आधारमा तालुक जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्र.स.नि.को
कमाण्डमा र इ.प्र.का.भारदह सप्तरीबाट सादा पोशाकमा खटेको संयुक्त प्रहरी टोलिले
नेपाली सेना संग समन्वय गरी सम्बन्धित स्थानमा खटि गई हेर्दा प्लास्टिकको बोरामा
३० बोरा अं. १५ कुन्टल बेबारिसे प्रतिबन्धित लागु औषध गाँजा फेला पारी थप
अनुसन्धान तथा कानूनी प्रकृयाको लागी तालुक इ.प्र.का.कञ्चनपुर सप्तरीबाट प्र.ना.उ.
राजन रायमाझीको कमाण्डमा ११ जना र बिपद ब्यवस्थापन बेश भारदह सप्तरीबाट
स.प्र.ना.उ. प्रेम सागर बिष्टको कमाण्डमा ९ जना ( १ वटा मोटर बोट, १ वटा ड्रोन सहित ) संयुक्त प्रहरी टोलि खटि गएको, उक्त
लागुऔषध (गाँजा) को परिणाम धेरै तथा खोलाको बहाव बढी भई बरामद भएको गाँजालाई
ल्याउन कठिन भएको हुनाले नेपाली सेना, नेपाल प्रहरी तथा
कोशीटप्पु बन्यजन्तु आरक्ष कार्यलयका प्रतिनिधीहरुको सहमति गरी सोही स्थानमा
नेपाली सेना, नेपाल प्रहरी तथा कोशीटप्पु बन्यजन्तु आरक्ष
कार्यलयका प्रतिनिधीहरुको रोहवरमा उक्त लागु औषध (गाँजा) लाई ऐ.१८:०० बजेको समयमा
नष्ट गरिएको ।