मिति २०८३।०४।२६ गते ०५:०० बजे देखि २०८३।०४।२७ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०४-२७
- A
- A-
- A+
कर्तव्य ज्यान,
भक्तपुर, भक्तपुर न.पा.४
मंगलाछेँ श्री जनसेवा आधारभूत विद्यालय नजिक गल्लीमा ऐ.सूर्यविनायक न.पा.८ इटपु
बस्ने वर्ष २८ को मनिष सिंख्वाललाई निजसँगै हिँडको अं. वर्ष २५ को मा.प.से.गरेको
जस्तो देखिने पुरुष व्यक्तिले कुटपिट गरी घाइते अस्थामा रहेको भनी खबर प्राप्त
हुनासाथ प्रभाग दरबार स्क्वायरबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई घाइतेलाई
उपचारको लागि भक्तपुर अस्पताल दुधपाटी लगेको, अनुहारमा चोट, नाक र मुखबाट रगत बगेको, अवस्था गम्भीर रहेकोमा
उपचारको क्रममा ऐ.२०:५८ बजे डाक्टरले मृत घोषणा गरेको, शव
सोही अस्पतालमा रहेको, कुटपिट गर्ने व्यक्ति फरार रहेकोमा
प्रभाग दरबारस्क्वायरबाट प्र.व.ना.नि.को कमाण्डमा परिसर भक्तपुरबाट प्र.उ. को
कमाण्डमा र प्र.ना.उ.को कमाण्डमा मातहत समेतबाट प्रहरी परिचालन भई खो.त. भइरहेकोमा
कुटपिट गर्ने ऐ. न.पा ३ मोलाचाँ बस्ने वर्ष २७ को किशोर चौगुठीलाई प्रभाग दरबार
स्क्वायरबाट प्र.व.ना.नि.को कमाण्डमा खटीएको टोलीले ऐ.न.पा. ७ गोलमढीबाट
नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको, आवश्यक सोधपुछको लागी ऐ. २४:४५ बजे ऐ. न.पा १ ईताछें स्थितबाट ऐ. बस्ने
वर्ष २७ को बिकेश धौबन्जारलाई समेत परिसर भक्तपुरबाट प्र.ना.उ.को कमाण्डमा खटिएको
टोलीले नियन्त्रणमा लिएको, ।
बागलुङ, काठेखोला गा.पा.०३
धम्जा माझकटेरा स्थित ऐ. ढोरपाटन न.पा.०५ बस्ने वर्ष २५ को अर्जुन घर्तिले
मा.प.से.गरी ऐ. न.पा.०७ बस्ने वर्ष अं.४०
को असोक खत्रीलाई धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको, चक्कु
प्रहार गर्ने ब्यक्तीलाई स्थानियहरूले नियन्त्रणमा लिएको भनि स्थानिय मार्फत
ऐ.२२:१० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.धम्जा बिहुबाट प्र.स.नि. को कमाण्डमा र
जि.प्र.का.बागलुङबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
खटी गई चक्कु प्रहार गर्ने व्यक्तिलाई ऐ. बजे चक्कु सहित र अनुसन्धानको लागि ऐ.
बस्ने वर्ष ३६ को रिखे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको,
निजहरू बिगत ६/७ दिन अगाडी देखि उक्त स्थानमा आई सोही स्थानमा रहेको
निर्मल आधारभुत बिद्यालयको पुरानो भवनमा बसी सोही गाँउमा ज्याला मजदुरी काम गर्ने
गरेको भन्ने बुझिएको, हत्या गर्नुको कारण नखुलेको, ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
ईलाम, मिति २०८३।०४।२४ गते
अं.२०:०० बजे ईलाम न.पा. २ सुम्वेक बस्ने वर्ष ५६ को जिते भन्ने जित बहादुर राईले
ऐ. वस्ने वर्ष २५ की महिला र निजकै वर्ष ६ की नावालिका छोरीलाई बजारबाट घर फर्कीने
क्रममा आफ्नै घर कोठामा लगि ज.ज.क. गरेको भनी ऐ.२६ गते १८:३० बजे जि.प्र.का.
ईलाममा पीडितको श्रीमानले जाहेरी दिनासाथ प्र.चौ. बन्दुकेबाट प्र.स.नि. को
कमाण्डमा टोली खटिगई पीडकलाई निजकै घर वतनबाट फेला पारी नियन्त्रणमा लिई
जि.प्र.का. इलाममा ल्याइ अनुसन्धान भइरहेको, ।
पर्सा, मिति २०८३।०४।२० गते
अं.१३:०० बजे जिराभवार्ना गा.पा. १ शान्ति टोल घर भई ऐ. ठोरी गा.पा.५ घर भाडामा
बस्ने वर्ष अं. ०९ की बालिकालाई घरमा कोहि नभएको अवस्थामा देश भारत वेतिया पश्चिम
चम्पारण मस्शैली-२ विहार बस्ने वर्ष अं.१७ को सुरज कुमार पासवानले ज.ज.क. गरी
ब्लडिङ भइरहेको कारण उपचारको लागि सुवर्णपुर स्वास्थ्य चौकीमा ल्याइएको भनी ऐ.२६
गते अं.१७:०० बजे प्र.चौ. सुवर्णपुरमा खबर प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा
टोली खटी गई थप उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाइएको, उक्त
स्थानमा इ.प्र.का. ठोरीबाट प्र.नि. को कमाण्डमा टोली खटी गई पीडक सुरज कुमार
पासवानलाई नियन्त्रणमा लिइ जि.प्र.का. पर्सा पठाइएको, उक्त
स्थान प्र.चौ. सुवर्णपुरबाट अं.३ कि.मि. दक्षिण पर्ने ।
शरीरमा पट्रोल छर्की आगो लगाई घाइते,
सुर्खेत, भेरीगंगा न.पा.१३
रामघाट बस्ने वर्ष ५० की महेश्वरी रानालाई निजको श्रीमान जय बहादुर रानाले शरीरमा
पेट्रोल छर्की आगो सल्काएको अवस्थामा निजको छोरीले देखी आगो निभाई उपचारको लागि
कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत ल्याएको, अनुहार र घाँटीको भागमा
जलेको, अवस्था मध्यम, (अं.३५/३६
प्रतिशत जलेको) भनी सोही अस्पतालमा खटिएको प्र.ह. ले जानकारी गराए पश्चात
प्र.चौ.रामघाटबाट प्र.स.नि., इ.प्र.का.छिन्चुबाट प्र.नि.को
कमाण्डमा टोली खटी गएको, ऐ.१८:४० बजे थप उपचारको लागि
नेपालगंज रिफर भएकोमा ऐ.२२:३० बजे भेरी अस्पताल भैरहवा पुगी थप उपचारको ऐ.२३:३०
बजे भारतको लखनउ रिफर भई, ऐ.२७ गते ०२:५० बजे लखनउ जेभिअल
अस्पतालमा पुगी ICU मा
राखि उपचार भइरहेको, ऐ.१८:५० बजे सोही अस्पतालमा खटिएको
प्र.ह.को कमाण्डमा खटिएको टोलीले आगो सल्काउने निजको श्रीमानलाई कर्णाली प्रदेश
अस्पताल सुर्खेतको बाहिरबाट नियन्त्रणमा लिएको, ऐ. २३;४५ बजे निज जय बहादुर राना प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा बेड भर्ना
भई उपचार भईरहेको, शरिरको विभिन्न भागमा जलेको अवस्था
सामान्य, ।
स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण,
काठमाण्डौ, काठमाण्डौ म.न.पा. १४
कुलेश्वर फलफुल मण्डी स्थितमा रहेको ४५ नं. पसलमा केही व्यक्तिले अवैध रुपमा स्रोत
नखुलेको नगद रकमको कारोवार गरी रहेका छन्
भन्ने गोप्य सूचनाको आधारमा वृत कालिमाटीबाट प्र.ना.उ. कमाण्डमा र काठमाण्डौ उपत्यका
अपराध अनुसन्धान महाशाखाबाट खटिएको PCCB टोलीले जिल्ला पर्सा
छिपहरमाई गा.पा. १ स्थायी घर बताउने वर्ष ३३ को जितेन्द्र साह तुरहाले सञ्चालन
गरेको आँचल फ्रुट सेन्टर नामक फलफुल पसलमा खानतलासी गर्दा नगद रु. १०,७०,५००।- (दश लाख सत्तरी हजार पाँच सय) र ऐ.
कुलेश्वर स्थितमा रहेको निजको डेरा कोठामा खानतलासी गर्दा निजको डेरा कोठाबाट नगद
रु. ६५,५६,८००।– (पैँसठ्ठी लाख छप्पन्न हजार आठ सय) र भा.रु. ३,०४,३००।– (तीन लाख चार हजार तीन सय) गरी जम्मा नेपाली
नगद रु. ७६,२७,३००।- (पैँसठ्ठी लाख
छप्पन्न हजार आठ सय) र भा.रु. ३,०४,३००।–
(तीन लाख चार हजार तीन सय) बरामद गरी निज जितेन्द्र साह तुरहालाई
तत्काल पक्राउ गरी थप अनुसन्धानको लागी वृत्त कालिमाटिमा ल्याई राखिएको ।
ला.औ.,
काठमाण्डौ, मिति २०८३/०४/२६ गते
२३:४० बजेको समयमा क्याथे प्यासेफिक एयर बाट काठमाण्डौं आगमन भएका भारतीय नागरिक
स्थायी वतन भारत लुधियाना पञ्जाव घर हुने
वर्ष अं.२६ को रवी कुमर सहित २ जनाको
गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.वि.सु.का गौचरबाट खटिगएको सादा पोसाक, ला.औ.ब्यूरो
र केनाईन लगायतको प्रहरी सयुंक्त टोलीले निजहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलको आगमन पार्किङ एरियावाट चेकजाँच गर्दा निजहरुको साथबाट अं.१८ के.जी
प्रतिबन्धित लागु औषध गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई लैजान लागेको
अवस्थामा फेला पारी निज व्यक्तीहरुलाई बरामद ला.औ.सहित नियन्त्रणमा लिई थप
अनुसन्धान तथा कामकारवाहीका लागी ला.औ ब्यूरो कोटेश्वर पठाएको ।