प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।२७ गते ०५:०० बजे देखि २०८३।०४।२८ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु

२०८३-०४-२८

  • A
  • A-
  • A+
Share

ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,

मकवानपुर, मकवानपुर, हेटौडा उ.म.न.पा.०८ गौरीचोक बस्ने अं.वर्ष १२ की बालिकालाई ऐ. हेटौडा उ.म.न.पा.०८ श्रमिक चोक बस्ने कैलाश आले मगरको छोरा वर्ष अं.१८ को कौरव आले मगरले मिति २०८३।०४।२५ गते राति २१:०० बजे भेट्न बोलाई मनकामना मन्दिर घुमाउन लैजान्छु भनि ऐ.हेटौडा उ.म.न.पा.-०२ मनकामना चोकबाट भित्र मनकामना मन्दिर जाने जंगलमा लगि ऐ.२२:०० बजेक जवरजस्ती करणी गरेको भनि ऐ.२७ गते अं.१३:३० बजे जि.प्र.का. मकवानपुरमा जाहेरी दिनासाथ अ.प्र.पोष्ट हरियाली मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई कौरव आले मगरलाई निजकै घर वतनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

पहिरोले घर पुरिई मानिस मृत्यु,

रोल्पा, थबाङ गा.पा.५ कोटलबारा बस्ने कमल ब.पुन मगरको घर लगायत अं ६ वटा घर गोठहरु अबिरल बर्षाका कारण माथिबाट पहिरो आई पुरिन गएको भनी ऐ.२१:३० बजे इ.प्र.का.उवा रोल्पामा खबर प्राप्त हुनासाथ इ.प्र.का.उवाबाट प्र.ब.ह.को कमाण्डमा ५ जनाको टोली खटी गई बुझ्दा निज कमल ब. पुन मगर सहित ८ जना मानिसहरु तथा चौपायाहरु पहिरोमा बेपत्ता भएको भन्ने बुझिएको, पानि परिरहेकोले माथिबाट पहिरो (लेदो) आईनै रहेको हुँदा, तत्काल उद्धार गर्न सक्ने अवस्था नरहेको, ऐ.२३;५५ बजे ऐ.बस्ने वर्ष अं.२२ को हिमाल पुन मगर र ऐ.बस्ने बर्ष २५ को संजय घर्ती मगर  घाईते अबस्थामा प्रहरी र स्थानियको सहयोगमा उद्दार गरी उपचारार्थ पठाउने पहल भईरहेको अवस्था दुबैको गम्भीर रहेको र ऐ.बस्ने बर्ष अं.१८ कि शान्ती पुन मगर र बर्ष अं. ६० को कमल बहादुर पुन मगर पहिरोले पुरिएर मृत अबस्था देखा परेको, तत्काल उद्दार गर्न सक्ने अवस्था नरहेको प्रयास जारी रहेको,थप थप मद्दतको लागि ऐ.२८ गते ०४;०० बजे जि.प्र.का.रोल्पाबाट प्र.ना.उ.को कमाण्डमा विपद उद्धारको सामाग्री सहित र SOCO सहित १३ जनाको प्रहरी टोलि खटि गएको, ऐ.०४;३० बजेको समयमा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री ज्यु जानु भएको र हाल सम्म पहिरोमा पुरिएका मानिसहरुको संख्या १४ जना भन्ने खुलेको, ऐ.०५;०० बजे बुझ्दा उद्दार गरिएका दुवै घाइतेहरुलाई स्थानियको घरमा स्वास्थ्य कर्मीद्धारा घाइतेहरुको आफ्नहरुको संलग्नतामा उपचार भइरहेको, वर्ष अ.६० को कमल बहादुर पुन मगरको शव प्रा.स्वा.के.उवा रोल्पामा राखिएको र वर्ष अ.१८ कि शान्ति पुन मगरको लाश (लाश बोक्ने मानिस नभएको कारणले गर्दा मृतकको घरमा राखिएको,घटनास्थमा फोन सम्पर्क नभएको ।

 

आत्मदाह प्रयास,

बर्दिया, गुलरिया न.पा.९ गोडियनपुर बस्ने नरेश गोडियाको श्रीमती अ. वर्ष ४५ की माधुरी गोडियाले श्रीमान श्रीमती बिचको बादविवादको कारण भान्सा कोठामा रहेको डिजल छर्की आगो लगाउदा कम्मर मुनिको भाग जलेको अवस्था गम्भिर उपचारको लागि बर्दिया अस्पताल गुलरिया बर्दियामा ल्याई उपचार भइरहेकोमा ऐ.२०:२० बजे थप उपचारको लागी भैरी अस्पताल नेपालगञ्ज बाँके पठाएको, अवस्था ऐ.रहेको, उपचारमा निजको श्रीमान नरेश गोडिया रहेको ।

 

काठमाडौ, का.म.न.पा.११ थापाथली स्थित राम मन्दिरबाट सम्पुर्ण किसान मजदुर एक हौ,बित्तिय शोषण बिरुद्द संघर्ष गरौ भन्ने मुल नारा सहित लघुबित्त तथा बित्तिय शोषण बिरुद्द किसान मजदुर आन्दोलन नेपालको आयोजनामा  केन्द्रीय अध्यक्ष रमेश सेन्चुरी लगायत १४० जनाको संख्यामा १८ औं दिनको राजधानी मार्च शुरु भई उक्त मार्च रामन्दिरबाट माईतिघर माण्डलामा आई धर्ना कार्यक्रम सुरु भएकोमा ऐ.१५:२० बजे जि.सर्लाही घर बताउने वर्ष ४० को नथुनि मुखीयाले माईतिघर मण्डलामा आत्मदाह गर्छु भनि आफ्नो शरिरमा आफैले पेट्रोल छर्कि आत्मदाह गर्न खोज्दा आगो लागाउन नपाउँदै सोहि स्थानमा प्र.नि.को कमाण्डमा खटीएको टोलीले नियन्त्रणमा लिई नथुनी मुखिया, जि.कास्की पोखरा महान.पा.घर हुने वर्ष ३९ की सन्तु राणा र जि.कैलाली टिकापुर न.पा.१ घर बताउने वर्ष ४५ की तारा न्यौपाने बेहोस भएको अवस्थामा उपचारको लागि बिर अस्पताल लगेको, ऐ.१७:२६ बजे तारा न्यौपाने उपचार पश्चात आफूखुसि पुन:थापाथली राम मन्दिर फर्किएको, नथुनी मुखिया (सामान्य) र सन्तु राणा (होसमा आएको, सामान्य) को उपचार भइरहेको ।

 

श्रोत नखुलेको रकम बरामद,

सर्लाही, ब्रहम्पुरी गा.पा. २ राजदेवी मन्दिर अगाडि जि.प्र.का. सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलिले विशेष सूचनाको आधारमा भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नं.को स्कुटरलाई रोकी स्कुटरको डिकी लगायत अन्य फर्स बटमहरु र बोकी ल्याएको कालो झोला भित्र लुकाई छिपाई ल्याएको स्रोत नखुलेको ने.रु. १०००।को दरको नोट ३५००थान, ने.रु. ५००।को दरको नोट ३१०८ थान, ने.रु. १०० को दरको नोट ७०० थान र ने.रु. ५० को दरको नोट २०० थान गरी जम्मा ने. रु. ५१ लाख ३४ हजार  बरामद गरी नियन्त्रणमा लिने क्रममा स्कुटर आफै अनियन्त्रित भई स्कुटर चालक जि.महोत्तरी गौशला न.पा.१२ बस्ने वर्ष अं.५७ को जगन्नाथ महतो कोईरी घाइते भई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा सामान्य उपचार गराई ऐ.१३:४० बजे प्रहरीको निगरानीमा म्याक्स अस्पताल सर्लाही मलंगवामा उपचार भई रहेको, अवस्था सामान्य, प्रहरीतर्फ जि.प्र.का. सर्लाहीबाट खटिएको प्र.स.ह. राजेश कुमार यादव (क.कोड.नं. ४२१५२६) को र प्र.ज. राम चन्द्र महतो (क.कोड. ४९५१७०) घाइते भई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचार पश्चात डिस्चार्ज भई कार्यालयमा रहेको, बरामद भएको रकम, स्कुटर जि.प्र.का. सर्लाहीको नियन्त्रणमा रहेको, थप अनुसन्धान भईरहेको ।

 

विदेशी नागरिक मृत्यु,

मुस्ताङ, देश भारत बैसाली जिल्ला नयाँगञ्ज महानगर बिहार प्रदेश बस्ने वर्ष ८० को गौरी शंकर शाह मिति-२०८३।०४।२६ गते १६ जनाको समुहमा मुक्तिनाथ दर्शनको लागि आएकोमा दर्शन गरी सोही रात मुक्तिनाथ स्थित मोनालिसा होटलमा बास बसी ऐ. २७ गते फर्कने क्रममा अचानक श्वासप्रश्वासमा समस्या भई (बान्ता समेत गरेको) उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ ल्याएकोमा ऐ. ०९:०० बजे डाक्टरद्वारा मृत्यु घोषणा गरेको भनि उक्त अस्पतालमा खटिएको प्र.ह. मार्फत जानकारी प्राप्त भएको, साथमा  छोरा/बुहारी/छोरी/ज्वाई आफन्त समेत गरी १६ जनाको समुह रहेको, उक्त स्थानमा जि.प्र.का. मुस्ताङबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोलि खटि गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.पश्चात मृतकको आफन्तले बुझि लगेको ।

 

सवारी दुर्घटना,

सल्यान, वनगाड कुपिण्डे न.पा.१ अम्रा स्थित  छिन्चु जाजरकोट सडकखण्डमा वालुवासंग्राहीबाट सल्लिबजार,सल्यानतर्फ आँउदै गरेको चालक सहित ४(चार) जना सवार  लु १ ज  ३०२२ नं.को  बोलेरो जिप अनियन्त्रीत भई सडक देखी अं.२० मिटर तल भेरी नदीमा खस्दा बलेरो चालक जि.दाङ बस्ने अं.वर्ष २३ को हेमराज बि.सी. र गाडिमा सवार जि.सल्यान सिद्धकुमाख गा.पा.४ बस्ने अं. वर्ष २३ को भिम ब.राना भेरी नदिमा बेपत्ता भएको, घाइते जि.सल्यान वनगाड कुपिण्डे न.पा.१ आपखोली बस्ने अं. वर्ष २९ को प्रेम बि.क.लगायत २ जनाको सल्ली सिटि अस्पताल सल्लीबजार सल्यानमा उपचार भईरहेकोमा थप उपचारको लागि मेहलकुना अस्पताल, सुर्खेततर्फ रिफर भएको, उक्त स्थानमा इ.प्र.का.देवस्थल र जि.प्र.का.सल्यानबाट प्र.ना.उ. को कमाण्डमाको टोली गरी जम्मा ३० खटिगएको  र स.प्र.वल नेपाल गुल्म हे.क. सल्यानबाट स.प्र.ना.उ. दिपकराज गुरुङको कमान्डमा ११ जनाको टोली खटिएको ।

 

कुटपिट गरी झुण्डाईएको,

पर्सा, पर्सागढि न.पा.८ बस्ने  राजेन्द्र प्रसाद यादवको श्रीमती वर्ष २२ कि रेशनी देबिलाई पर्सागढी न.पा.९ बस्ने वर्ष अं.६९ को दुर्गा राउत अहिर, ऐ.बस्ने दुर्गा राउत अहिरको छोरा वर्ष अं.३६ को हरि नारायण यादव, ऐ.बस्ने मंगल राउत अहिरको छोरा वर्ष अं.५५ को जगदेव प्रसाद यादव र ऐ.बस्ने जगदेव प्रसाद यादवको छोरा बर्ष अं.२७ को राजेन्द्र यादवले  कुटपिट गरी निजकै घरमा सलको पासो लागइ झुण्डाई दिएको अवस्थमा निजको श्रीमानले देखी न्युरो अस्पताल बिरगंजमा लगी उपचार भईरहेको, बोल्न नसक्ने, अवस्था गम्भिर,उपचारमा निजको श्रीमान संलग्न रहेको भन्ने खबर ऐ.२२:३० बजे प्राप्त हुनासाथ इ.प्र.का.एकटांगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्न ४ जना व्यक्तिलाई नियान्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको, कुटपिटको कारण खुल्नमा नआएको, कुटपिट गर्ने अन्य ब्यक्तिहरु फरार रहेकोले खो.त.भइरहेको ।

 

लागु औषध,

सुनसरी, भोक्रहा नरसिंह गा.पा.६ उल्टी मोड स्थितमा लागू औषध नियन्त्रण व्युरो कोटेश्वर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय विराटनर र जि.प्र.का.सुनसरीको संयुक्त खटिएको प्रहरी टोलिले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको पैदल यात्री देश भारत विहार राज्य अररिया जिल्ला पतरा पंचायत वडा नं.६ बस्ने समिम आलामको छोरा वर्ष १९ को ईस्मत उल्हा लाई शंका लागी खानतलासी तथा चेकजाँच गर्ने क्रममा निजको साथबाट ३०४.११ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको, उक्त स्थान जि.प्र.का.सुनसरीबाट १० कि.मी .पश्चिम दक्षिण पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।