मिति २०८३।०४।२८ गते ०५:०० बजे देखि २०८३।०४।२९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०४-२९
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
कैलाली, गौरीगंगा न.पा.-०९
रजिया स्थित शिव शंकर सामुदायिक वनभित्र ऐ. वडा नं.-०९ रजिया बस्ने वर्ष ८४ को बिर
बहादुर जाग्रीले ऐ. वडा नं.-०९ रजिया बस्ने वर्ष १५ की बालिकालाई ज.ज.क. गरेको भनी
ऐ. ०४।२८ गते २२:०० बजे पीडितको भाउजुको रोहवरमा पीडितले इ.प्र.का. मालाखेतीमा
जाहेरी दरखास्त दिएको हुँदा ऐ. ०४।२९ गते ००:४५ बजे पीडित बालिकाको स्वास्थ्य
परिक्षण पश्चात निजको भाउजुले बुझिलिएको, प्रतिवादी बिर बहादुर जाग्रीलाई
इ.प्र.का. मसुरियाबाट प्र.ना.नि.को कमाण्डमा खटि गएको टोलीले जि. कैलाली गौरीगंगा
न.पा.-०९ रजिया स्थित शिव शंकर सामुदायिक वन भित्र लुकीछिपी बसेको अवस्थामा फेला
पारी नियन्त्रणमा लिई इ.प्र.का. मालाखेतीमा पठाइएको,।
कुटपिट तथा झै-झगडा,
सिराहा, मिति २०८३।०४।२२ गते
१९:०० बजे,
लहान न.पा.१० ग्रामिण टोल बस्ने शनिश्वर यादवको छोरा अं.वर्ष १८ को
सचिन कुमार यादवलाई के-कुन विषयलाई लिई ऐ.बस्ने सुसिल बरालको छोरा अं.वर्ष १८ को
अंकित बराल, ऐ. बस्ने अं. वर्ष १७ को सुदिप यादव लगायत १०/१५
जनाको समुहले कुटपिट गर्दा निज सचिन कुमार यादवको शरीरको विभिन्न भागमा चोट लागी
घाइते भई प्रादेशिक अस्पताल लहान सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि
जीवन विकास अस्पताल ग्रामथान लगेर उपचार भइरहेकोमा ऐ.२८ गते पुन: थप उपचारको लागि
बिराट टिचिंङ अस्पताल बिराटनगर रिफर भई भेन्टिलेटरमा राखेर उपचार भइरहेको, अवस्था गम्भीर रहेको भनी अस्पतालबाट जानकारी प्राप्त भएको, उक्त स्थानमा इ.प्र.का.लहानबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज
अंकित बराललाई नियन्त्रणमा लिएको, थप बुझ्ने कार्य भइरहेको,
।
स्याङजा, वालिङ न.पा.११ लखने
स्थितमा स्वारेकदेखी वालिङ तर्फ आउदै गरेको नं.नखुलेको मो.सा.मा सवार व्यक्तिहरुले
पैदलयात्री जि.स्याङजा वालिङ न.पा.११ अमले बस्ने वर्ष ४८ को कृष्ण ढुङगानालाई
हेल्मेट, हात र खुट्टाले कुटपिट गर्दा घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य
केन्द्र वालिङ स्याङजा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी ऐ.२२:५५
बजे पोखरा रिफर, टाउको, बायाँ हात र
दायाँ खुट्टामा चोट, अवस्था सिरियस, उपचारमा
श्रीमती संलग्न रहेको, मो.सा.र मो.सा.मा सवार व्यक्तिहरु
फरार रहेको, खो.त.कार्य भईरहेको, घट्नास्थलमा
व.प्र.का.वालिङबाट प्र.नि. योगेन्द्र कुमार राईको कमाण्डमा ५ जनाको प्रहरी टोली
खटिगएको, ।
शव फेला परेको,
प्युठान, स्वर्गद्धारी न.पा.९
जुडापाटा स्थित माडी खोलाको किनारमा अं.वर्ष १२ को बालक, ऐ.न.पा.
३ किमिचौर स्थित ऐ. खोलाको किनारमा नाम थर वतन नखुलेको कम्मर भन्दा माथिको भाग
मात्र रहेको पुरुष व्यक्ति, ऐ.न.पा.४ गोठीबाङ स्थित ऐ. खोलाको किनारमा नाम थर वतन नखुलेको महिला
ऐ.०९:३० बजे ऐ. न.पा. ५ सरोजा स्थित लुङग्री खोलाको किनारमा टाउँको खप्पर नभएको र
बायाँ खुट्टाको घुँडा देखि तल नभएको महिला र ऐ. १०:०० बजे ऐ. माण्डवी गा.पा. ५
अर्दुस स्थित माडि खोलाको किनारमा पुरुष व्यक्तिको शवहरु फेला परेको भनी स्थानीय
मार्फत खबर प्राप्त हुनासाथ इ.प्र.का.भि. प्युठानबाट प्र.ना.नि. को, प्र.चौ. लामाचौर प्युठानबाट
प्र.स.नि.को, अ.प्र.पो. चकचकेबाट प्र.स.नि. को, स.प्र.बल नेपाल अनाश्रीत गुल्म
प्युठानबाट स.प्र.ना.उ. को र इ.प्र.का. बिजुवारबाट प्र.नि.को कमाण्डमा SOCO
सहितको टोली खटिगएको ।