प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।३० गते ०५:०० बजे देखि २०८३।०४।३१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु

२०८३-०४-३१

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

कैलाली, टीकापुर नगरपालिका ९ झुंगा बस्ने बर्ष १९ की जिल्ला ७१ परिवर्तित नामथर धनगढी ६ लाई ऐ.टीकापुर न.पा. ६ बेलुवा बस्ने वर्ष २८ को रामसेवक कुश्मी चौधरीले मेरो घरमा कोहि नभएको मौका छोपि मेरो इच्छा विपरित ज.ज.क. गरेको भनि पिडितले मिति २०८३।०४।२८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्खास्त दिए पश्चात उक्त स्थानमा प्रहरी चौकी सत्ती कैलालीबाट प्र.ना.नि. ऐन बहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रतिवादी रामसेवक कुश्मी चौधरीलाई निजकै घर ठेगानाबाट मिति २०८३/०४/३० गते अं. ०६;०० बजेको समयमा पक्राउ गरी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय टीकापुरको कैलालीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको,

 

झापा, मिति २०८३।०४।१५ गते अं.२०:३० बजे बस्ने वर्ष ३६ को पीडितको काका नाता पर्ने र  ऐ.०४।२९ गते रातको अं. २०:०० बजे ऐ.अर्जुनधारा न.पा.२ स्थित फागुनन्दचोक स्थित प्रतिवादीकै किचन कोठामा प्रतिवादी ऐ.बस्ने वर्ष ३६ को सुजन आङ्वो लिम्बुले वर्ष ११ की बालिकालाई ज.ज.क. गरेको भनी पीडितको आमाले ऐ.०४।३० गते १३:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिनासाथ प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको,पीडित बालिकालाई ऐ.बिर्तामोड न.पा.४ स्थित सम्मुनत नेपाल संस्थामा लगी सुरक्षित राखिएको ।

 

संखुवासभा, रातको समयदेखि मिति २०८३।०४।२७ गते रातको समयसम्म पटक-पटक परिवर्तित जिल्ला ०७, (सा१) बस्ने वर्ष ३३ कि परिवर्तित नाम २०८२/०८३ संखुवासभा २ (क)को छोरी वर्ष १४ कि पीडित बालिका "परिवर्तित नाम २०८३/०८४ संखुवासभा २" लाई जिल्ला संखुवासभा, खाँदबारी न.पा.०३, सुमनचोक बस्ने अ. वर्ष २६ को अनिल दर्जिले ललाई फकाई प्रलोभन देखाई निज प्रतिवादीको घरको कोठामा लगेर जबरजस्ती करणी गरेको मिति २०८३।०४।२९ गते १५:०० बजे जिप्रका संखुवासभामा निज पीडित बालिकाको आमाले जाहेरी दरखास्त दिएकोले जिप्रका संखुवासभाबाट प्रहरी टोली खटिगई प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको ।

 

उदयपुर, उदयपुर ४/३० गते बिहानको राती अं. ००:३० बजेको समयमा चौदण्डिगढी न.पा. वडा नं १० देवधार स्थित आफ्नै घरको कोठामा श्रीमान नजिकै छिमेकीको मरिमराउमा परेको ठाउँमा गएको बखत पिडित वर्ष अ.३१ की सांकेतिक नाम ०८३/०८४-बेल्टार-धेरै गर्मी भएको कारण ढोका खोली सुति निधाएको अबस्थामा जिल्ला उदयपुर चौदण्डिगढी न.पा. वडा नं. १० बस्ने वर्ष अं. ४६ को दिपेन्द्र मगर म सुतेको कोठाभित्र प्रबेश गरी ओछ्यानमा आई म गर्भवती महिलाको शरिर माथि चढी मलाई थिची पेट भित्र असर पारी मेरो संवेदनशिल अंग समेतमा समाति मलाई करणी गर्ने नियतले ज.ज.क. उधोग गरेको भनी निज पिडितले ऐ. १७:०० बजे इप्रका बेल्टार उदयपुरमा आई लिखित जाहेरी दिनासाथ इप्रका बेल्टार उदयपुरबाट प्र.स.नि. ग्रिस शेर्मा(९८९८५२६९०३४५)को कमाण्डमा २ जना प्रहरी टोलि खटिगई निज पीडकलाई नियन्त्रणमा लिइ इ.प्र.का. बेल्टार उदयपुरमा ल्याइ राखिएको, पिडितको स्वास्थ्य अवस्था सामान्य रहेको,

 

मकवानपुर, ईन्द्रसरोवर गा.पा.०२ तोड्के बस्ने बर्ष अं.१० की बालिका परिवर्तित नाम ३१(०८३/०८४)इन्द्रसरोवर-२८ लाई सोही स्थान बस्ने बर्ष अं.१६ को परिवर्तित नाम ३१(०८३/०८४) इन्द्रसरोवर-(क) २० र बर्ष अं.१८ को परिवर्तित नाम(०८३/०८४) ईन्द्रसरोवर-(क) १७ ले निज परिवर्तित नाम ३१(०८३/०८४)इन्द्रसरोवर-२८ कि बालिकालाई मिति २०८३।०४।२८ गते अं.०८:३० बजेको समयमा तोड्के स्थित पिडितको घरमा पिडित सुत्ने कोठामा परिवर्तित नाम ३१(०८३/०८४) इन्द्रसरोवर-(क) २० ले जवरजस्ती समातेर परिवर्तित नाम(०८३/०८४) ईन्द्रसरोवर-(क) १७ ले जवरजस्ती करणी गरेको भनि बालिकाले मिति २०८३।०४।२९ गते घरपरिवारलाई जानकारी गराएको भनि आज मिति २०८३।०४।३० गते १७;१५ बजेको समयमा जि.प्र.का. मकवानपुरमा आई जाहेरी पेश गरेकोले प्र.चौ.खानिखेत मकवानपुरबाट प्र.स.नि.मनोज कु.यादवको(९८५५०७१९०२) कमाण्डमा टोली खटी गई ज.ज.क.मा संलग्न दुवै जनालाई निजहरुको घरबाट नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पिडित बालिकाको अबस्था सामान्य रहेको,

 

मकवानपुर, हेटौडा उ.म.न.पा.०१ राप्ती रोड स्थित रहेको हिमालयन नेपाल डेन्टलमा काम गर्न जि.सिन्धुली हरिहरपुरगढी गा.पा.०१ घर भई हाल जि.मकवानपुर हेटौडा उ.म.न.पा.०५ भैरवरोडमा डेरा गरि बस्ने बर्ष अं.१९ कि परिवर्तित नाम ३१(०८३।०८४) सिन्धुली-३२ लाई सोही डेन्टलका संचालक जि.धनुषा अन्तर्गत जनकपुर घर भई हाल जि.मकवानपुर हेटौडा उ.म.न.पा.०१ राप्तीरोडमा डेरा गरि बस्ने बर्ष अं.४५ को सौरभ चौधरीले पटक पटक अश्‍लिल शब्दहरू प्रयोग तथा कुटपिट अभद्र ब्यवहार गरि मुक्का र काठको टेबलले शरीरको विभिन्न भागमा प्रहार गरि शारीरिक तथा मानसिक यातना धम्की समेत दिई जवरजस्ती करणी गरेको भनि परिवर्तित नाम ३१(०८३।०८४) सिन्धुली-३२ ले मिति २०८३।०४।३० गते अं.१७;०० बजेको समयमा जि.प्र.का. मकवानपुरमा आई जाहेरी पेश गर्ना साथ जि.प्र.का. मकवानपुरबाट प्र.स.नि.हरिन्द्र साह(९८४५३०८७०९)को कमाण्डमा प्रहरी टोली खटि गई सौरव चौधरीलाई सोही हिमालयन नेपाल डेन्टल बाट नियन्त्रणमा लिई जि.प्र.का. मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,

 

संखुवासभा, पाँचखपन न.पा. ०२ माथ्लो स्याबुन बस्ने वर्ष १९ को सरजन दर्जिले परिबर्तित नाम २०८३/०८४ संखुवासभा ३(क)को छोरी वर्ष १४ की परिबर्तित नाम २०८३/०८४ संखुवासभा ३लाई ऐ.ऐ. बस्ने साथी पुष्पा दर्जिको घरको कोठामा बाल यौन दुर्व्यवहार गरेको भनी मिति २०८३।०४।३० गते १५:०० बजे जिप्रका संखुवासभामा निज बालिकाको आमाले जाहेरी दरखास्त दिएको हुँदा निज सरजन दर्जिलाई इप्रका वाना संखुवासभाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिप्रका संखुवासभामा ल्याई राखिएको ।

 

नदीमा हाम फाली बेपत्ता,

सुर्खेत, बिरेन्द्रनगर न.पा.११ भेरी पुलबाट एक जना पुरुष व्यक्ति नदीमा हामफाली बेपत्ता भएको भनी नदीमा बल्छी खेल्न गएका ऐ. १० पिपिरा बस्ने वर्ष ६२ को सकुरबक्स मियाँले देखी टे.फो. मार्फत जानकारी गराउनासाथ प्र.चौ.सुब्बाकुनाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज पुरुष व्यक्ति हाम फालेको स्थान पुलमा क्याप टोपी-१, मोबाईल थान-१सेन्ट, चप्पल, मोजा, लिप कार्ड, चार्जर थान-१ फेला परेको, निज व्यक्ति फेला नपरेको र साथै उक्त सामानहरु जि. सुर्खेत बीरेन्द्रनगर न.पा.३ तातापानी बस्ने मेरो सालो वर्ष २० को दिपक काफ्ले हो भनी ऐ. बस्ने नारायण प्रसाद पाण्डेले जानकारी गराएको, निज दिपक काफ्लेका आफन्तहरु र प्रहरीको सहयोगमा निज व्यक्तिको खो.त. कार्य भइरहेको,

 

ला.औ.,

मोरङ, बिराटनगर म.न.पा.१८ ईटाभट्टा स्थित इ.प्र.का.बुधनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ति टोलिले गस्ति गर्ने क्रममा ईटाभट्टा स्थित रेल्वेको पट्रि साईडमा बेवारिसे अवस्थामा ला.औ.गाँजा २० किलो ३२० ग्राम फेला पारी बरामद गरी उक्त ला.औ. गाँजा नियन्त्रणमा लिई इ.प्र.का. ल्याई राखिएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।