प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०४।३१ गते ०५:०० बजे देखि २०८३।०५।०१ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु

२०८३-०५-०१

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

न.प. पश्चिम, मिति २०८३।०४।३१ गते जि. नवलपरासी सुनवल न.पा.७, अस्नैया बस्ने अं. वर्ष २१ को दिपक जि.सी.ले ऐ.ऐ. बस्ने मेरो वर्ष १५ की नाबालिका छोरीलाई मिति २०८३।०२।०५ गते अं. १३:३० बजे ऐ. स्थित पीडकको घरमै लगि ज.ज.क.बाट गर्भ बसे पछि दिपक जि.सी.ले गर्भ पतनको औषधी ल्याई जबरजस्ती खुवाएकोले उक्त औषधीको प्रभावले अत्याधिक रक्तश्राव भई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगि भर्ना भई उपचार भईरहेको हुँदा निज पीडकलाई कानून बमोजिम ज.ज.क. सम्बन्धि कसुरमा कारवाही गरी पाउँ भनि ऐ. बस्ने पीडितको आमा मिति २०८३।०४।३१ गते १७:३० बजे जि.प्र.का. न.प. पश्चिममा जाहेरी दरखास्त दिनासाथ प्र.चौ. बैरागनाथबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई जि. नवलपरासी सुनवल न.पा.७ अस्नैया बस्ने दिपक जि.सी.लाई नियन्त्रणमा लिई जि.प्र.का. न.प. पश्चिममा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पीडितको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको, अवस्था मध्यम रहेको ।

 

महोत्तरी, औरहि न.पा.-३ बस्ने अं. वर्ष ४२ को मोमेन्द्र मण्डलले ऐ. बस्ने अं. वर्ष १५ की बालिकालाई खाना पकाउन भनि घरमा बोलाई आफ्नै घरको कोठाभित्र बालिकालाई ज.ज.क गरेको स्थानीयलेदेखि ऐ. २१:२० बजे अ.प्र.पोष्ट कठुधारमा जानकारी गराउनासाथ इ.प्र.का. गौशालाबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोलि खटि गई सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागि मोमेन्द्र मण्डल र बालिका दुबै जनालाई इ.प्र.का. गौशालामा ल्याई थप अनुसन्धान भईरहेको ।

 

स्याङ्जा, अर्जुनचौपारी गा.पा.-६ दरौ बस्ने वर्ष २५ की महिलालाई आफ्नै जेठाजु नाता पर्ने वर्ष ४२ को पुरूष व्यक्तिले हातपात (ज.ज.क. उद्योग) गर्न खोजेको र निजले मा.प.से. समेत गरेको भनि स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ प्र.चौ. पन्चमुलबाट प्र.व.ह.को कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

कर्तव्य ज्यान,

बर्दिया, गेरूवा गा.पा.५ जुगुतपुर बस्ने वर्ष १९ को सरगम आचार्यले आफ्नै बुवा अन्दाजी बर्ष ४९ को टेकराज उपाध्यायलाई भुइतले ४ कोठे पक्की घरको पूर्वतर्फको कोठामा कुटपिट गरी निज टेकराज उपाध्यायको मृत्यु भएको भनि ऐ.०१:३० बजे समयमा प्रहरी चौकी पशुपतिनगर बर्दियामा जानकारी आउनासाथ प्रहरी चौकी पशुपतिनगर बर्दियाबाट प्र.स.नि. को कमाण्डमा टोलि खटि गई निज सरगम आचार्यलाई नियन्त्रणमा लिएको, लाश घट्नास्थलमा रहेको, थप अनुसन्धानको लागि इ.प्र.का. पाताभार बर्दियाबाट प्र.नि. भोपेन्द्र कुमार बुढाथोकीको कमाण्डमा SOCO सहित ६ जना खटिएको । ऐ.०५:४० बजे घट्नास्थल कार्य समाप्त पश्चात उक्त लाश प्र.ज.दिपक दमाईको जिम्मा लगाई पो.मा.को लागि ट्याक्टर द्वारा प्रा.स्वा.केन्द्र राजापुर बर्दिया पठाईएको ।

 

नदीमा हाम फाली बेपत्ता,

सुनसरी, कोशी गा.पा.-०८ कोशीब्यारेज स्थितमा बोलबमको अवसर पारी भारतबाट भक्तजनहरू जल भर्न आएकोमा कोशी नदीको १२ नं. ढोकाको दक्षिण साईडमा फोटो खिच्ने क्रममा देश भारत सुपौल आचार सुरसार बस्ने अं. वर्ष १८ को संजित कुमार शर्मा नदिमा झरी हराई बेपत्ता भएको भनि प्र.चौ. कोशीब्यारेज सुनसरीमा जानकारी प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा ९ जना र सिमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट स.प्र.ना.उ.को कमाण्डमा ९ जनाको टोलि खटि गई खोजतलास भईरहेको ।

 

बाढी/पहिरो/मृत्यु,

जाजरकोट, थप अपडेट: भेरी न.पा.२ रिसाङ् क्षेत्रका विभिन्न स्थानमा पहिरो आई घरहरू भत्कि मानिस मृत्यु/बेपत्ता/घाइते भएको सम्बन्धमा ऐ.भेरी न.पा.२ रिसाङ बस्ने वर्ष ४५ को सिद्दी बहादुर कामीको आरनमा काम गरिरहेको ऐ.बस्ने वर्ष अं.६० को राम बहादुर शाही सहित ११ जना मानिसहरु घाइते भई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाईएकोमा ४ जना उपचार पश्चात डिस्चार्ज भएको, ३ जना जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको, ४ जनालाई थप उपचारको लागि  मेडिकल कलेज कोहलपुर बाँके पठाईएकोमा ऐ.३१ गते अं.०४:५० बजे ऐ. बस्ने वर्ष अं.५२ को केदार कार्कीलाई उपचारको क्रममा डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेकोमा इ.प्र.का. कोहल्पुरबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई कानूनी प्रकृया पुरा गरी शव पो.मा. पश्चात मृतकको आफन्तले बुझेको, ३ जना बेपत्ता भएकोमा ऐ.फारूला बस्ने वर्ष अं.५४ को उमासिंह खत्रीलाई ऐ.०८:५५ बजे आफ्नै भत्किएको घरमा पुरिएर मृत अवस्थामा फेला पारेकोऐ. बस्ने वर्ष अं.८७ की रती खत्रीलाई ऐ.०९:५५ बजे आफ्नै भत्किएको घरमा पुरिएर मृत अवस्थामा फेला पारेको र ऐ.चिसापानी बस्ने वर्ष अं.७० को भिम बहादुर कार्कीलाई ऐ.१०:४० बजे घरबाट अं.२०० मि.पश्चिम बगरमा मृत अवस्थामा फेला पारी तीनवटै शवलाई जिल्ला अस्पताल जाजरकोट पठाईएकोमा मृतक भिम बहादुर कार्कीको ऐ. १४:०० बजे पो.मा.पश्चात मृतकको छोराले शव बुझि लगेको, ऐ. एरियाका अं.७० घर र परिवारका अं.२०० जना ऐ.स्थित त्रिभुवन आधारभुत विद्यालय भवनमा बास बसेको, उक्त स्थानमा जि.प्र.का. जाजरकोटबाट प्र.नि.को कमाण्डमा ३५ जना, स.प्र.बल नेपाल आश्रित गुल्म हे.क.जाजरकोटबाट स.प्र.नि. को कमाण्डमा ४५ जना र श्री भवानी दलगण मालिका ब्यारेकबाट से.ना.नी. को कमाण्डमा ५५ जनाको टोली भेरी न.पा. २ रिसाङ् एरीयामा र ऐ.०५:५० बजे श्री भवानी दलगण मालिका ब्यारेकबाट उप-से.ना.नी. को कमाण्डमा २५ जना, अ.प्र.पोष्ट स्यालाबाट  प्र.स.नि.को कमाण्डमा ५ जना, अ.प्र.पोष्ट रावतगाउँबाट प्र.स.नि. को कमाण्डमा ५ जना ऐ. न.पा.३ स्यालातर्फ उद्धारको लागी खटि गएको, थप:- भेरी न.पा.२ रिसाङमा अविरल बर्षातको कारण उद्दार गरिएका मानिसरूलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर संचालनको लागि ऐ.३१ गते १३:०० बजे कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतबाट प्र.ना.उ.को कमाण्डमा ६ जनाको टोलि आवश्यक सामाग्री सहित खटिआएको टोलि १६:०० बजे जि.प्र.का. जाजरकोट आईपुगेको ।

 

ला.औ.,

पर्सा, बिरगंज म.न.पा.१५ बाईपास रोड दाश पेट्रोल पम्प नजिकबाट ला.औ. अनुसन्धान ब्युरो शाखा कार्यालय बिरगंज बाट प्र.ब.ना.नि. र जि.प्र.का. पर्साबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले बिशेष सूचनाको आधारमा जि. पर्सा पकहामैनपुर गा.पा. ४ बस्ने अब्दुल देवानको छोरा वर्ष २४ को सम्साद देवान र ऐ. बिन्दावासनी गा.पा.५ बस्ने एनैलु शेषको छोरा वर्ष २२ को सफैएज शेषलाई चेक गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ५०.७ ग्राम फेला पारी ONTEST DUKE मो.सा. थान-१ सहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सामा राखिएको ।

 

सर्लाही, लालबन्दी न.पा.१ नवलपुर अञ्जली हस्पिटल अगाडि डाबरीबाट लालबन्दी तर्फ जाँदै गरेको  म.प्र.०३००१ह २४४५ नं.को अटोलाई विशेष सूचनाको आधारमा इ.प्र.का.नवलपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई चेकजाँच गर्दा अटो भित्र लुकाई छिपाई गरी लैजाँदै गरेको ला.औ.गाँजा प्लास्टिक सहित २२ के.जी.८२० ग्राम गाँजा सहित अटो, अटो चालक र सोही अटोमा २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का. लालबन्दी पठाईएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।