प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०५।०२ गते ०५:०० बजे देखि २०८३।०५।०३ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु

२०८३-०५-०३

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

बर्दिया, मिति २०८३।०४।२५ गते अं. १२:३० बजे, बारबर्दिया न.पा. ३ बेल्वाबज्जा बस्ने अं. वर्ष ४० को करिङगवा थारुले ऐ. बस्ने वर्ष ७१ की महिलालाई ऐ. स्थित छिमेकी चेतरानीको घरमा बसिरहेको अवस्थामा मा.प.से.गरी ज.ज.क. उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ  ऐ.०२ गते १३:०५ बजे  इ.प्र.का.बनियाभारबाट प्र.नि. को कमाण्डमा टोलि खटि गई प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरेको र थप अनुसन्धान तथा पीडक करिङगवा थारुको खोजतलास कार्य भईरहेको ।

 

शंकास्पद मृत्यु,

बारा, जितपुर सिमरा उ.म.न.पा. १ हुलाश स्टिलको फ्याक्ट्री पछाडीको पुर्व पट्टी जंगल नजिकै रहेको विर बहादुर रोकाको टायलले छाएको एक तले घरको खालि कोठा भित्र हाल नाम थर वतन नखुलेको अं.३/४ वर्षको देखिने बालिका मृत (झीगां भन्की रहेको) अवस्थामा रहेको भन्ने खवर प्राप्त हुनासाथ इ.प्र.का.सिमर बाराबाट प्र.ना.उ.र जि.प्र.का.बाराबाट प्र.उ.को कमाण्डमा टोली खटी गई बुझदा उक्त बच्चा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.१ दशधुरे बस्ने मनोज चौधरिको छोरी अ.बर्ष ३ की गरिमा कुमारी चौधरी (बालिका) भन्ने खुलेको र ज.ज.क गरी झुण्ड्याई मारेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको, शव कानूनी प्रकृया पूरा गरी पो.मा.को लागि प्रादैशिक अस्पताल कलैया बारा पठाईएको, शंकास्पद जि.बारा जीतपुरसिमरा उ.म.न.पा.२ बस्ने अं.वर्ष १६ को सुमन थापा लगायत ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.बारा ल्याई राखिएको ।

 

बगाई मृत्यु ,बेपत्ता/घाईते (फुटकर ज्यान),

मकवानपुर, हेटौडा उ.म.न.पा.१९ बासुदेव स्थित बासुदेव खहरे खोलाले निर्मल मा.बि. बस्तिपुरबाट घर जादै गर्दा बाटो क्रस भइ पानी बग्ने खोलामा बग्ने लच्का तर्ने क्रममा हेटौडा उ.म.न.पा.१९  बस्तिपुर बस्ने दिप स्याङताङको छोरी बर्ष  ८ कि रेश्मा स्याङतान बगाएको स्थानबाट अं. ५०० मिटर तल रुखको जरामा अडिएको अवस्थामा फेला परेको, ऐ. बस्ने टिकाराम ब्लोन की छोरी बर्ष ११ की सुमित्रा ब्लोन, ऐ. बस्ने सिताराम ब्लोनको छोरी बर्ष १३ की सिमा ब्लोन र ऐ. बस्ने राजकुमार ब्लोनको छोरी बर्ष  १२ की बिनिता ब्लोनलाई बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोलि खटि गई खोजतलास गर्ने क्रममा १ जना बालिका फेला परी उपचारको लागी हेटौडा अस्पताल तर्फ पठाएको, अन्य ३ जनाको खो.त.भइ रहेको, थप खो.त. तथा उद्धारको लागी बा.प्र.बिपद ब्यवस्थापन गुल्म हेटौडाबाट प्र.नि.को कमाण्डमा ११ जना र श.प्र.बल नेपाल १४ नं. गण हे.क्वा. हेटौडाबाट स.प्र.उ. को कमाण्डमा १७ जनाको टोली  गरी जम्मा ४८ जनाको टोलि खटि गएकोमा, बालिकाहरुलाई उद्वार गरि उपचारको लागि हेटौडा अस्पतालमा ल्याई उपचार भईरहेकोमा रेश्मा स्याङतानको ऐ.१८:५२ बजे, उपचारको क्रममा मृत्यु भएकोसिताराम ब्लोनको छोरी अं.वर्ष १३ की सिमा ब्लोन खोलाले बगाई लग्ने क्रममा आफै पौडी खोलाबाट बाहिर निस्की घरमा पुगेको र सामान्य चोट लागेकोले उपचारको लागि हेटौडा अस्पताल तर्फ पठाएको, ऐ. २१:३० बजे लगातार पानी परिरहेको जुन सुकै बेला खहरे खोलाको बहाब बढ्न सक्ने र रातीको समयमा खो.त. गर्न जोखिम भएकोले खो.त.मा खटिएको सम्पूर्ण टोली फिर्ता भएको र ०३ गते बिहानै पुन: खो.त. को लागी खटि जाने भन्ने बुझिएको । ।

 

भरुवा बन्दुक सहित मानिस मृत फेला (फुटकर ज्यान),

कैलाली, बर्दगोरीया गा.पा.०३ लालिगुरास सामुदायिक जंगलमा ऐ.बस्ने वर्ष अं.४०/४२ को पदम बि.क.मृत अवस्थामा दाँया कोखाबाट रगत जस्तो पदार्थ देखिएको र दाहिने साईड तर्फ एक नाले भरुवा बन्दुक समेत फेला परेको रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.सडकपुर बौनियाबाट प्र.ना.उ.को कमाण्डमा टोलि खटि गई ऐ.२४:०० बजे कानूनी प्रकृया पुरा गरी शव पो.मा को लागि दोदोधरा अस्पताल सडकपुर बौनिया पठाएको, ऐ.०३ गते ०२:०० बजे शव पो.मा.पश्चात दोदोधरा अस्पतालको शव घरमा राखिएको, मिति २०८३।०५।०३ गतेको ०३;०० बजेको समयमा निम्न दुइ जना लाई सोधपुछ तथा अनुसन्धनको लागि नियन्त्रणमा लिई इ.प्र.का. सुखड कैलाली पठाएको ।

१) जिल्ला कैलाली बर्दगोरीया गा.पा. ३ रानिकुन्डा बस्ने बर्ष ३६ को कृष्ण बुढा ।

२) ऐ.ऐ. बस्ने बर्ष ४४को राकेस चौधरी ।

 

ला.औ.,

काठमाण्डौं, टोखा न.पा.०९ शान्तिटोल बुद्धमार्ग स्थित जि.कास्की पोखराम म.न.पा. ३३ स्थायी घर हुने वर्ष ५४ को मेघे सुनारले संचालन गरेको धौलागिरी पोखरा गेष्ट हाउसको (LATITUDE 27.735569, LONGITUDE 85.312473) गेष्ट हाउसको दोस्रो तलाको कोठा नं. २०४ मा ला.औ.सहित मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग गोँगबुबाट प्र.नि.को कमाण्डमा टोलि खटि गई सोधपुछ तथा खानतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखिएको ला.औ.ब्राउन सुगर जस्तो देखीने खैरो पदार्थ फेला पारी  प्लाष्टिक बाहेकको तौल ५९.६६ ग्राम सहित जि.मोरङ रतुवामाई न.पा. ८ स्थायी घर भई बस्ने वर्ष २४ को विशाल तामाङ लगायत ३ जनालाई नियन्त्रणमा लिई प्रभाग गोँगबुमा ल्याई थप अनुसन्धान भईरहेको ।

सर्लाही, कौडेना गा.पा.१ लक्ष्मीपुर स्थित बाँसघारीमा ऐ.बस्ने बिजनन पटेलको टालीको छोनो र बासँको बेरा भएको घरको कोठा भित्र सेतो बोरामा १५ बोरा  अं.३०० किलोग्राम ला.औ. गाँजा लुकाई छिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सर्लाहीबाट प्र.नि.को कमाण्डमा २५ जनाको प्रहरी टोली खटी गई उक्त बेवारीसे अवस्थामा फेला परेको ला.औ. गाँजा नियन्त्रणमा लिई जि.प्र.का. ल्याई राखिएको, उक्त गाँजा को-कसको हो खुल्न नआएको घर धनी बिजनन पटेल फरार रहेको, खोजतलास भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।