मिति २०८३।०५।०३ गते ०५:०० बजे देखि २०८३।०५।०४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-०४
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी
गा.पा.२ चोकटी घर भई हाल ऐ. बलेफी गा.पा. ७ लामोसाँघु डिहिगाँउ स्थित घरमा काम गरी
बस्ने वर्ष १९ की विवाहित महिलालाई ऐ. त्रिपुरासुन्दरी गा.पा. ३ पिस्कर बस्ने वर्ष
३८ को दिवश थामीले काम गर्न बसेको घर भित्र पसि ज.ज.क. प्रयास गरेको भनी पीडित
महिला मार्फत ऐ. १३:०० बजे इ.प्र.का. बाह्रबिसेमा लिखित जाहेरी प्राप्त हुनासाथ
इ.प्र.का. बाह्रबिसेबाट प्र.ना.नि. को कमाण्डमा टोली खटिगई ज.ज.क. प्रयास
गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई
इ.प्र.का. बाह्रबिसे ल्याई अनुसन्धान
भइरहेको,।
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गा.पा.
२ ढुस्कुन घर भएको वर्ष २१ की (अविवाहित) महिलालाई ऐ. बस्ने रत्न बहादुर बस्नेतको
छोरा वर्ष ३८ को जाल बहादुर बस्नेतले निज महिलाको घर भित्र गई महिलाको शरिरको
संवेदनशिल अंगहरुमा छोएको हातपात गरेको भनी ऐ. १३:०० बजे खबर प्राप्त हुनासाथ
प्र.चौ.पिस्करबाट प्र.स.नि. को कमण्डमा टोली खटिगई निज पीडकलाई नियन्त्रणमा लिएको
।
रामेछाप, रामेछाप नं पा ४
तिलबारी बस्ने वर्ष ६१ की एकल महिलालाई ऐ.लिखु बृहत खानेपानी आयोजनामा मजदुर काम
गर्ने जि.सुनसरी घर बताउने वर्ष अं.२१ को प्रेम बिसुंखेले निज महिलाकै घरमा
ज.ज.क.गरी फरार रहेको भनी ऐ.०३ गते १०:३० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.
धोविडाँडाबाट प्र.नि. को कमाण्डमा टोली खटिगई खो.त.गर्ने क्रममा ऐ.१४:२० बजे ऐ.
तिलबारी स्थित कोहि नबस्ने घरमा लुकि छिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको,।
धनुषा, जि.महोत्तरी जलेश्वर
न.पा.२ जलेश्वर घर भइ हाल जि.धनुषा जनकपुर उ.म.न.पा.७ मुसहरी टोलमा डेरा गरी बस्ने
मुकेश यादवको छोरा वर्ष १२ को ( नाम गोप्य रहेको) ले जि.महोत्तरी जलेश्वर न.पा.९
पर्कौली घर भइ हाल जि.धनुषा जनकपुर उ.म.न.पा.७ मुसहरी टोलमै एउटै घरमा डेरा गरी
बस्ने बिजय मुखियाको छोरी अं.वर्ष ५ कि (नाम गोप्य रहेको) बालिकालाइ बालकको
कोठामादुर्व्यवहार भएको भन्ने खबर बालिकाको अभिभावक मार्फत प्र.चौ.जिरोमाइल
धनुषामा प्राप्त हुनसाथ प्र.चौ.जिरोमाइल धनुषाबाट प्र.व.ना.नि.रमन पण्डितको
कमाण्डमा टोली खटिगइ दुबै बालक , बालिका , आफन्त
समेतलाइ तालुक जि.प्र.का.धनुषामा लगी थप अनुसन्धान कार्य भइरहेको ।
मोरङ, मिति २०८३/०५/०१ गते अं
१४;०० बजेको समयमा जिल्ला मोरङ केराबारी गापा ४ सिस्ने खोल्सिमा ऐ. बुढीगंगा
गापा ०६ सिसवाटोल बस्ने साङ्केतिक नाम ०८३ बेलबारी ४० को छोरी अ.वर्ष १५ की
साङ्केतिक नाम ०८३ बेलबारी ४१ लाई ऐ. ग्रामाथान गा.पा.०१ वस्ने अ.वर्ष २० को विशाल
हजारीले निज पिडितलाइ घुम्नजाम भनि मोसामा पछाडि राखि ऐ. केराबारी ०४ सिस्ने
खोल्सिमा लगी जबरजस्ती करणी गरेको भनि पिडितले निजको आमालाई भन्न साथ साङ्केतिक
नाम ०८३ बेलबारी ४० ऐ.०५।०३ गते ०७;३० बजे इलाका प्रहरी
कार्यालय बेलबारी मोरङमा लिखित जाहेरी दिन साथ ,उक्त स्थानमा
इप्रका निमुवा बाट प्रनानि खड्ग बहादुर राइ(९८४२३७९१२९) को कमाण्डमा टोली खटी गई
निज पिडकको विशाल हजारीलाई ऐ. बुढीगंगा गापा ०३ गोकुवा स्थित बाट नियन्त्रणमा लिई
इप्रका बेलबारीमा ल्याई अनुसन्धान कार्य भई रहेको,।
जनावर आक्रमण,
अछाम, मंगलसेन न.पा ३
लाछिमाना अछाम स्थित लाछीमाना जङ्गलबाट ऐ.गाउँमा बदेल आउदा स्थानीयहरुले उक्त
बदेललाई लखेट्ने क्रममा ऐ.बस्ने मिन बहादुर बोगटीको छोरा वर्ष १७ को सागर बोगटी
समेत ५ जनालाई बदेलले टोकी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ
प्र.चौ.मंगलसेनबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेहरुलाई उपचारको लागि
जिल्ला अस्पताल मंगलसेन अछाममा पठाई उपचार भईरहेकोमा सागर बोगटीलाई सामान्य उपचार
पश्चात थप उपचारको लागि कोहलपुर मेडिल कलेज रिफर गरेको, घाईते
मध्ये १ जनाको अवस्था गम्भीर, ३ जना मध्यम, १ जना सामान्य, जिल्ला वन डिभिजन कार्यालय अछामको टोली, प्रहरी,स्थानीयहरुले उक्त बदेललाई लखेट्ने कार्य भईरहेको, ऐ.१०:००
बजे उक्त जंगली जनावर बदेल ऐ.५ स्थित मंगलसेन बजारमा पसी अन्य मानिसहरुलाई समेत
क्षति गर्न सक्ने सम्भावना रहेको र नियन्त्रणमा लिन नसकिने अवस्था रहेकोले
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.१०:४५ बजे SLR बाट ४ राउण्ड गोली फायर गरी उक्त बदेललाई मारी आवश्यक कानूनी प्रक्रिया
पुरा गरी जिल्ला वन डिभिजन कार्यालय अछामको जिम्मा लगाएको,।
भरुवा बन्दुक सहित मानिस मृत फेला,
कैलाली, बर्दगोरीया गा.पा.३
लालिगुरास सामुदायिक जंगलमा ऐ.बस्ने वर्ष ४२ को पदम बि.क.को दाँया कोखाबाट रगत
जस्तो पदार्थ देखिएको अवस्थामा मृत फेला परेको र दाहिने साईड तर्फ एक नाले भरुवा
बन्दुक समेत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.सडकपुर बौनियाबाट
प्र.नि.र इ.प्र.का.सुख्खडबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया
पुरा गरी शव पो.मा को लागि दोधरा अस्पताल सडकपुर बौनिया पठाई ऐ.०३ गते १५:३० बजे
सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको, ऐ.०३:०० बजे ऐ. बर्दगोरीया
गा.पा. ३ रानिकुन्डा बस्ने वर्ष ३६ को कृष्ण बुढा र ऐ. बस्ने अं.वर्ष ४४ को राकेस
चौधरीलाई सोधपुछ तथा अनुसन्धानको लागि नियन्त्रणमा लिई इ.प्र.का. सुख्खड पठाएकोमा
अनुसन्धानको क्रममा ऐ. १४:०० बजे घटनास्थल देखि अं. ५०० मिटर उत्तर तर्फ काडा
नदिको किनारमा माटो मुनि लुकाइ राखेको राकेश चौधरीको भरुवा बन्दुक थान एक (१) फेला
पारी नियन्त्रणमा लिइ इ.प्र.का. सुखड पठाइएको,।
ला.औ.,
सर्लाही, लालबन्दी न.पा.१४ डाईनी
टोल बस्ने ऐ.लालबन्दी न.पा.१४ डाईनी टोल बस्ने वर्ष ६७ को नर बहादुर थिंङको घर बाट
२७ वटा बोरामा अ.५५० किलो ६८० ग्राम र ऐ.बस्ने वर्ष ५२ को जेसुन माँया थिंङको
घरबाट ४ वटा ड्रम र १ सानो झोला गरी अ.२३९ किलो २२० ग्राम र ड्रमबाट निकालेर प्लास्टिक
सहित अ.१९३ किलो ३० ग्राम जम्मा ला.औ. गाँजा परिमाण बोरा र प्लास्टिक सहित ७४३
किलो ९८० ग्राम रहेको २ जना मानिसहरुको घरमा ला.औ.गाँजा लुकाई छिपाई गरी राखिएको
भनी विशेष सुचनाको आधारमा जानकारी प्राप्त हुनसाथ इ.प्र.का लालबन्दी सर्लाहीबाट
प्र.नि., प्र.चौ. पत्थरकोटबाट प्र.स.नि. र ला.औ. नियन्त्रण ब्युरो कार्यालय
बर्दिवास महोत्तरीबाट प्र.स.नि.को कमाण्डमा संयुक्त टोली खटी गई निजहरुको घरबाट
ड्रम र बोरामा राखिएको निम्नानुसारको ला.औ.गाँजा सहित दुबै जना घरधनीलाई
नियन्त्रणमा लिई आवश्यक कारवाही तथा अनुसन्धानको लागि इ.प्र.का.लालबन्दी सर्लाहीमा
ल्याई राखिएको ।