मिति २०८३।०५।०४ गते ०५:०० बजे देखि २०८३।०५।०५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-०५
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
पाल्पा, मिति २०८३।०४।०५गते अं.
१५:३० बजे बग्नासकाली गा.पा. २ पोखराथोक ज्ञवाली बस्ने वर्ष १० की नाबालीकालाई ऐ.
बस्ने वर्ष १६ को बालकले आफ्नै घरको कोठामा
लगि ज.ज.क गरेको भनि पीडित नाबालीकाको दाजु मार्फत ऐ.०५।०४ गते १९:०० बजे
जि.प्र.का. पाल्पामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का. पाल्पाबाट प्र.नि.
को कमाण्डमा टोलि खटि गई पीडक बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
बाँके, खजुरा गा.पा.१ चन्द्रनगगर
बस्ने वर्ष अं. १० की बालिकालाई ऐ. बस्ने वर्ष अं. ४० को हरी मल्ल (बोल्न नसक्ने)
ले निज बालिकाको घर पछाडि लगि ज.ज.क. गर्न लागेको अवस्थामा निज बालिकाको आमाले
फेला पारेको भनि ऐ. अं.२२:५० बजे प्र.चौ.राधापुरमा खबर प्राप्त हुनासाथ प्र.स.नि.
को कमाण्डमा टोलि खटि गई निज हरी मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
महिला मृत अवस्थामा फेला( फुटकर ज्यान),
सिरहा, सखुवानन्कारकट्टी गा.पा.३
परियारपुर बस्ने स्व.सुखि यादवको श्रीमती अं.वर्ष ९० की पल्टी देवी यादव आफ्नै
बाँस र काठले बनेको जस्ताको छानो भएको भुईतले कच्ची घरको आफु सुत्ने कोठामा मृत
अवस्था निजको बुहारी अं.वर्ष ३५ की दुर्गी देवि यादवले देखि ई.प्र.का.महेशवारीमा
जानकारी गराउनासाथ ई.प्र.का.लहानबाट प्र.ना.उ.को कमाण्डमा र जि.प्र.का.सिरहाबाट
प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि धरान घो.पा. पठाईएको, मृतकको घाँटीमा निलडाम देखिएको , ऐ.ऐ. १८:०० बजे
धरान घोपा पुर्याई लास सव गृहमा सुरक्षित राखिएको । थप अनुसन्धान तथा सोधपुछको
लागी मृतकको नातिनि बुहारी वर्ष २४ कि शुभकला कुमारी यादवलाई नियन्त्रणमा लिई थप
अनुसन्धान भईरहेको ।
हतकडी थान र SLR को
गोली प्रहरीलाई बुझाएको,
काठमाण्डौं, का.म.न.पा.६
कपन भृकुटी चोक नजिक ट्राफिक प्रहरी प्रभाग कपनबाट प्र.ह.को कमाण्डमा चेकिङमा
खटिएको प्रहरी टोलिलाई जि.नुवाकोट शिबपुरी गा.पा.८ घर भई हाल का.जि.बुढानिलकण्ठ
न.पा.१२ कपन तेन्जिङचोक बस्ने वर्ष ४४ की निर्मला सिलवालले हतकडी थान-२ र SLR राईफलको
लाईभ राउण्ड २ बुझाएकोमा प्रहरी प्रभाग कपनबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि
गई उक्त सर सामान र निज निर्मला भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान
भईरहेकोमा आवश्यक सोधपुछ पश्चात ऐ.११:०० बजे निजको छोरा निश्चल सिलवालको जिम्मा
लगाई पठाईएको ।
महिला घाईते अवस्थामा फेला,
काठमाण्डौं, का. म.न.पा. ०३
महाराजगंज स्थित शितल निवास २ नं.गेट अगाडि फुटपातमा हाल नाम थर ठेगाना नखुलेको
अं.वर्ष ३० की (करेन्ट लागेको जस्तो देखिने घाईते) महिला लडिरहेको अवस्थामा रहेको
भनि ऐ.२१:०५ बजे खबर प्राप्त हुनासाथ वृत्त महाराजगंजबाट प्र.ना.उ.को कमाण्डमा
टोलि खटि गई उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगि उपचार भईरहेको,
अनुहार, घाँटी, बाँया
खुट्टा जलेको र टाँउकोमा चोट, बोल्न नसक्ने अवस्था गम्भिर,
घट्नाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
भरुवा बन्दुक बरामद,
गोरखा, मिति २०८३।०५।०१ गते
भिमसेन थापा गा.पा. २ सुनार गाउँ घर भई हाल ऐ. पालुङटार न.पा. १ खोप्लाङ स्थितमा
ज्यामी काम गर्ने वर्ष अं. ४३ को प्रेम
सुनारले Prem sunar नाम भएको आफ्नो फेसबुक मार्फत भरुवा बन्दुक लिएको फोटो पोष्ट
गरेको भनि ऐ.०४ गते अं. २०:४० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का आरुघाटबाट प्र.नि.
को समन्वयमा प्र.चौ. नयाँसाघुबाट प्र.स.नि. को कमाण्डमा टोलि खटि गई ऐ. २१:०० बजे
निजलाई ऐ. सिरानचोक गा.पा. ६ नयाँसाघुबाट भरुवा बन्दुक थान १ (साबुद) सहित फेला
पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
आगो लगाएर आत्महत्या (आत्महत्या मृत्यु /घाइते),
बर्दिया, मिति२०८३।०४।२७ गते अं.१७:१५
बजे गुलरिया न.पा.९ गोडियनपुर बस्ने नरेश गोडियाको श्रीमती वर्ष अं.४५ की माधुरी
गोडियाले श्रीमान श्रीमती बिचको वादविवादको कारण भान्सा कोठामा रहेको डिजल छर्की
आगो लगाउदा घाइते भई उपचारको लागि बर्दिया अस्पताल गुलरिया ल्याइ उपचार भईरहेको
कम्मर मुनिको भाग, दाँया हात, दाँया
तिघ्रा जलेको, अवस्था गम्भीरह रहेको, ऐ.
२०:२० बजे थप उपचारको लागी भेरी अस्पताल नेपालगञ्ज बाँके रिफर भएको उपचारमा निजको
श्रीमान संलग्न रहेको, ऐ. २८ गते अं. १७:२५ बजे गुलरिया
न.पा.को आर्थिक सहयोगमा थप उपचारको लागि किर्तिपुर वर्न अस्पताल काठमाण्डौ पठाइ
उपचार भइरहेकोमा उपचारको क्रममा ऐ.५।०४ गते अं.२१:४० बजे डा.ले मृत घोषणा गरेको,
शव सोही अस्पतालमा रहेको ।
ला.औ.,
मोरङ, बिराटनगर म.न.पा. १९ मिलन चोक स्थित कोशी
प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले प्रदेश
१-०२-०५२ प ६४८८ नं.को स्कुटर रोकी गफ गरी रहेको अवस्था शंका लागि चेकजाँच गर्दा
ऐ. सुन्दरहरैचा न.पा. १ बस्ने वर्ष ३३ को धुर्व प्रसाद रिजालको साथबाट ला.औ.
ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्ध तौल २८ ग्राम ६०० मिलिग्राम फेला पारी
बरामद गरी निज संगै रहेको ऐ.न.पा. ९ बस्ने वर्ष ३१ को नरेश भट्टराई र स्कटुर सहित
नियन्त्रणमा लिई जि.प्र.का. मोरङमा ल्याई
थप अनुसन्धान भईरहेको ।
कास्की, पोखरा म.न.पा.१८
अधेरीकुना स्थित लागुऔषध बिक्री बितरण भएको छ भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध
नियन्त्रण ब्यूरो कास्कीबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटि गई चेकजाँच गर्ने
क्रममा ऐ.ऐ. बस्ने वर्ष ४० को अनुप छत्कुलीको घरभित्र रहेको वासिङ मेसिनमा लुकाई
छिपाई Tapentadol(100 mg) लेखेको १,१७६ पत्ता र ८ ट्याब्लेट गरि जम्मा ११,७६८ ट्याब्लेट
लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई(लागुऔषध चालु मुद्दाको फरार व्यक्ति)
व.प्र.का. बैदाम ल्याई थप अनुसन्धान भईरहेको ।