मिति २०८३।०५।०८ गते ०५:०० बजे देखि २०८३।०५।०९ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-०९
- A
- A-
- A+
ज.ज.क./उद्योग/बाल यौन दुर्व्यवहार,
नवलपरासी पश्चिम, सुनवल न.पा. ६
तिलकाना स्थित ऐ. बस्ने वर्ष ४८ को नर
बहादुर खत्रीले आफ्नै घरको कोठामा वर्ष ४३ की महिलालाई डरत्रास देखाई जबरजस्ती
करणी गरेको भनि ऐ.५/८ गते १४:०० बजे जि.प्र.का. मा जाहेरी दरखास्त प्राप्त पश्चात
इ.प्र.का. सुनवलबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निज नर बहादुर खत्रीलाई
नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
अछाम, ढकारी गा.पा.३ स्याउडा बस्ने
अं. वर्ष १७ को बालकले निजको फुपु नाता पर्ने अं. वर्ष १७ की बालिकालाई (एकाघरका
फुपु भतिजा नाता पर्ने) सँग विगत केही महिना अगाडि देखि अनैतिक सम्बन्ध राखि
ज.ज.क. गरी केटी गर्भवती समेत भईसकेको भनि बालिकाको काका नाता पर्नेले ऐ. ०५।०८
गते अं. ०६:३० बजे प्र.चौ. ढकारीमा जानकारी गराउनासाथ प्र.स.नि. को कमाण्डमा टोलि
खटि गई निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई स्वास्थ्य परीक्षण गरी हिरासत
कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको ।
चितवन, राप्ती न.पा.७ खुरखुरे
बस्ने अं. वर्ष ५९ को पुरूषले आफ्नै भाइको छोरी (भतिजी) वर्ष १२ की बालिकालाई
बारम्बार ज.ज.क. उद्योग गर्दै आईरहेको भनि निज बालिकाको बुवाले ऐ.८ गते ११:०० बजे
इ.प्र.का. भण्डारामा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोलि खटि गई निज
पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. भण्डारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
सोलुखुम्बु, मिति
२०८३।०५।०७ गते अं.१८:०० बजे वर्ष ११ की बालिकालाई आफ्नै कान्छो मामा वर्ष १७ को
बालकले ज.ज.क.गरेको भनि पीडितको बुवाले मिति २०८३।०५।०८ गते १६:४० बजे
जि.प्र.का.सोलुखुम्बुमा जाहेरी दरखास्त दिएको हुँदा जि.प्र.का.सोलुखुम्बुबाट
प्र.ना.उ.को कमाण्डमा टोलि खटि निज बालकलाई पक्राउ गरी पिडक र पीडित दुवैको
स्वस्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु ल्याई थप अनुसन्धान कार्य
भईरहेको
कैलाली, मिति २०८३।४।२९ गते
अं.१७:०० बजे गौरीगंगा न.पा.५ अण्डैया बस्ने वर्ष ७० को पुरुषले आफ्नै छोरी वर्ष ६
की नाबालिकालाई करणी गरेको भनि मिति २०८३।०५।०८ गते १९:०० बजे पीडितको आमाले
इ.प्र.का.मालाखेतीमा जाहेरी दरखास्त दिएको र पीडित नाबालिकालाई स्वास्थ्य
परिक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी, पठाईएकोमा
ऐ.२२:३० बजे स्वास्थ्य परिक्षण पश्चात ऐ.गोदावरी न.पा.१ अत्तरीया स्थित रहेको श्री
महिला तथा बालबालिका सेफ हाउसमा राखिएको, पिडक वारदात मिति
देखि भागि फरार रहेको, इ.प्र.का.मसुरिया बाट प्रहरी टोलि खटि
गई खोजतलास भईरहेको ।
सडिगलेको शव फेला परेको (फुटकर ज्यान),
बाँके, नेपालगंज उ.म.न.पा.१० महेन्द्र
बहुमुखि क्याम्पसको पुरानो गार्ड बस्ने कोठा भित्र नामथर वतन नखुलेको पुरुष
ब्यक्तिको शव सडिगलेको अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ
इ.प्र.का.जयसपुरबाट प्र.व.ना.नि.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोलि खटी गई
ऐ.१७:१० बजे प्रारम्भिक कार्य पश्चात शव पो.मा.को लागि भेरी अस्पताल बाँके पठाईएको
।
लागु औषध,
महोत्तरी, गोप्य सूचनाको आधारमा
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्र.उ श्याम कुमार सारु मगर (९८५४०८५५५५)को
कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला महोत्तरी सोनमा गा.पा वडा नं०१ स्थित दक्षिण
खखना जाने सडकमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको जिल्ला रौतहट बौधीमाई न.पा ०२
इनर्वा टोल घर भई इ.प्र.का गौशाला महोत्तरी दरबन्दी भई प्र.चौ गैडाभेटपुर
महोत्तरीमा कार्यरत कम्प्युटर कोड (३६९९४१) नं का प्र.ब.ह अ.बर्ष ४३ को गर्भु
प्रसाद पटेलले चलाएको प्रदेश २-०२-००५प ३२९४ नम्बरको अपाचे मो.सा.को पछाडि सवार
जिल्ला महोत्तरी साविक किसाननगर गा.वि.स. ०३ माईतिघर भई किशोरी महतो नुनियाको छोरी
हाल सोनमा गा.पा वडा नं ०६ मगरथाना बस्ने अनिल महतोको श्रीमती अ.बर्ष ३६ की उषा
कुमारीको बिचमा राखि लागु औषध गाँजा जस्तो देखिने पदार्थ बोकी जादै गरेको अवस्थामा
निजहरुलाई मो.सा,
मानिस र गाँजासहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागी जि.प्र. का.
महोत्तरीमा ल्याइ राखिएको ,उक्त लागु औषध गाँजा तौल गर्दा
प्लाष्टिक सहित २१ किलो १० ग्राम रहेको , ऐ. ०९ गते अ. ०१;४० बजेको समयमा निज उषा कुमारीलाई सोधपुछ गर्दा निज बस्ने जिल्ला महोतरी
गौशाला न.पा. ४ पानी ट्याङ्कि नजिक सन्ता कुमारी आले को घरमा डेरा गरी बसेको
कोठामा थप गाँजा जस्तो देखिने पदार्थ रहेको भन्ने जानकारी खुल्न आएको हुँदा
जि.प्र.का. महोत्तरीबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोलि खटि गई कोठा भित्र रितपुर्वक
खानतलासी गर्दा प्लास्टिक सहित १०.३७५ किलोग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद
गरी नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरीमा ल्याइ थप अनुसन्धान भईरहेको । जम्मा
गाजा- प्लास्टिक सहित ३१.४७५ के.जि.
काठमाडौं, का.म.न.पा. ७ कुमारीगाल
स्थित शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा मानिसहरु छन भन्ने गोप्य सूचनाको
आधारमा सादा पोशाक प्र ब.ह को कमाण्डमा
टोलि खटि गई का.म.पा ७ कुमारी गाल घर भई
बस्ने वर्ष ३९ को विकाश श्रेष्ठलाई चेकजाँच गर्दा निजको पाईन्टको गोजीबाट लागु औषध
खैरो हेरोईन २ पोका (०.२७ मिलि ग्राम) र नगद सहित नियन्त्रमा लिई थप सोधपुछ गर्दा
का.म.न.पा ९ पिङ्गलास्थान स्थित पशुपति होटल एण्ड गेष्ट हाउसको चौथो तलाको १२३
नं.कोठाबाट जि.सिरहा अर्नामा गा.पा. २ घर हुने वर्ष ३० को सुरज कुमार महत्तो र
जि.सप्तरी सुरुङ्गा न.पा.५ घर हुने वर्ष १७ को आदित्य झालाई लागु औषध खैरो हिरोईन
३७.६४ ग्राम र डिजिटल तराजु सहित पक्राउ गरी प्रहरी वृत्त गौशालामा ल्याई थप
अनुसन्धान भईरहेको ।