प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८३।०५।११ गते ०५:०० बजे देखि २०८३।०५।१२ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु

२०८३-०५-१२

  • A
  • A-
  • A+
Share

ज.ज.क./बाल यौन दुर्व्यवहार,

कैलाली, जि. बैतडी सुर्नया गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा.३ कोठा गरी बस्ने वर्ष ३३ की महिलालाई जि. डडेल्धुरा गन्यापधुरा गा.पा.१ बस्ने वर्ष ४० को आंङ दावा शेर्पाले गोदावरी न.पा.२ स्थित महेश्वरी होटेलको कोठामा लगी ज.ज.क. गरेको भनी ऐ. ११ गते ०६:३० बजे इ.प्र.का.मालाखेतीमा लिखित जाहेरी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडित महिलालाई स्वास्थ्य परिक्षणको लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाएको, अवस्था सामान्य रहेको, पीडक फरार खो.त. कार्य भइरहेको,

 

सल्यान, बागचौर न.पा.८ चौरगाउँ  बस्ने वर्ष ८ की बालिकालाई ऐ.बस्ने वर्ष १५ को बालकले  ऐ.वडा नं.८ चौरगाउँ स्थित राती बि.क.को गोठमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भनी ऐ.११ गते १६:२० बजे पीडितको बुवाले इ.प्र.का.थारमारेमा जाहेरी दरखास्त दिए पश्चात अस्थायी प्रहरी पोष्ट पाथीहाल्नबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको4, पीडित बालिकाको शरीरमा बाहिरी चोटपटक नदेखीएको, अवस्था सामान्य ज.ज.क.गर्ने व्यक्ति फ++रार खो.त.कार्य भईरहेको।

 

मोरङ, मिति २०८३।०५।०१ गते अं.१२:०० बजे बेलबारी न.पा.८ त्रिबेणि चोक बस्ने वर्ष ४७ को पुरुषले आफ्नै छोरी वर्ष ८ की बालिकालाई आफ्नै घर कोठामा ज.ज.क.गरेको भनी पीडितको आमाले मिति २०८३।०५।११ गते अं.१७:०० बजे इ.प्र.का.बेलबारीमा जाहेरी सहित जानकारी गराउनसाथ इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा ल्याई अनुसन्धान कार्य भई रहेको,

 

काठमाण्डौं,जि.सि.पा.सुनकोसी गा.पा.३ घर भई हाल जि.काठमाण्डौं बु.न.पा.८ हात्तिगौडाबस्ने वर्ष २२ की बालिकालाई जि.काठमाण्डौ बु.न.पा.४ पासिकोट बस्ने वर्ष २१ को कृतेश भारतीले मिति २०८३।०४।३१ गते अं.१:३० बजे का.म.न.पा.७ चावहिल स्थित रहेको हलेसी गेष्ट हाउसमा लिई ज.ज.क.गरेको भनी परिसर काठमाण्डौमा जाहेरी दरखास्त प्राप्त भएको ।

 

तनहुँ, शुक्लागण्डकी न.पा.९ ढन्डर  स्थितमा रहेको सुरौदी खोलाको किनारमा ऐ.बस्ने वर्ष ३४ को इश्वर भुजेलले वर्ष १५ की बालिकालाई ज.ज.क.गरेको भनी मिति २०८३।५।११ गते १८:०० बजे इ.प्र.का.बेलचौतारामा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोलि खटी गइ निज इश्वर भुजेललाई नियन्त्रणमा लिई इ.प्र.का.बेलचौतारा ल्याइ थप अनुसन्धान कार्य भईरहको ।

 

धारिलो हतियारद्वारा आत्महत्या प्रयास,

सर्लाही, बरहथवा न.पा.१५ पिपराभिट्टा बस्ने अं.वर्ष २९ को रोशन रामले (मानसिक सन्तुलन ठीक नभएको १.५ महिना देखि औषधि सेवन गरीरहेको) आफ्नै  घरमा घाँस काट्न राखिएको हँसियाले आँफै आफ्नो घाँटी काटी घाइते भएको अवस्थामा फेला पारी आफन्तले नगर अस्पताल बरहथवा सर्लाहीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज लगेर उपचार भईरहेको, अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.हिरापुरबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्ने कार्य भइरहेको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८३।०५।१३ गते ०५:०० बजे देखि २०८३।०५।१४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१४

ज.ज.क./बाल यौन दुर्व्यवहार,गुल्मी, मुसिकोट न.पा.५ आँपचौर बस्ने पारस सुनारको श्रीमती वर्ष ३० की गंगा सुनारले ऐ.बस्ने २० की महिलालाई काममा लगाई दिन्छु भनी ललाई फकाई मुसिकोट न.पा.७ पल्टार स्थित जंगे कुमालको घरमा कोठा भाडामा लिई बस्ने जि.रौतहट ईशनाथ न.पा.९ स्थायी वतन भएका वर्ष ४७ को अवधलाल साहको कोठामा लगेर छाडेकोमा अवधलाल साहले जवरजस्ती करणी गरेको भनी पीडितले ऐ.१३ गते १४:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएकी हुंदा प्र.नि.को कमाण्डमा टोली खटी गई अवधलाल साह  र गंगा सुनारलाई पक्राउ गरी ऐ.१३ गते गुल्मी जिल्ला अदालतबाट दिन ६ को म्यादथप भइ जि.प्र.का.को हिरासतमा राखि अनुसन्धान भइरहेको,अवस्था सामान्य रहेको,। काठमाण्डौं, कीर्तिपुर न.पा.१० बाग भैरब स्थित सिद्धि महर्जन(9841301818) को घरमा कोठा गरी बस्ने जि.दार्चुला नौगाढ गा.पा.१ स्थाई ठेगाना भइ निजको ५ तले घरको तल्लो तलामा संगै डेरा (कोठा) गरी बस्ने सुवास ठगुन्ना (साझा यातायात थानकोट देखि बुढानिलकण्ठ सम्म चल्ने बसमा) सहचालक काम गर्न गएको मौका छोपी निजको श्रीमति वर्ष १९ कि परिवर्तित नाम कीर्तिपर ३ लाई सोही घरको बिच तलामा बस्ने निम्न व्यक्तिहरुले जवरजस्ति करणी गरेको भनि सुचना प्राप्त हुनासाथ प्रहरी चौकी किर्तीपुरबाट प्र.ना.नि.वैधनाथ दास (9851286241) को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गई ज.ज.क.मा संलग्न निम्न ३ जनालाइ नियन्त्रणमा लिई कार्यलयको हिरासत कक्षमा राखि थप अ.अ. कार्य भइरहेको, उक्त स्थान प्रहरी चौकी किर्तीपुरबाट अ.१ कि.मी.पश्चिम पर्ने । सोधपुछ को लागी नियन्त्रणमा लिएको ब्यक्तिहरु:- १.जिल्ला बर्दिया बाँसगढी न.पा. वडा न.३ घर भई हाल का.जि. किर्तीपुर नगरपालिका वडा न.१० बाघभैरव स्थित सिद्धि महर्जनको घरको बिच तलामा भडा गरी बस्ने वर्ष २८ को चन्द्र ब. थापा................१ २. जिल्ला बर्दिया बाँसगढी न.पा. ०३ घर भई हाल का.जि. किर्तीपुर नगरपालिका स्थित ऐ.ऐ. बस्ने बर्ष २६ को राजेन्द्र थापा……….१ ३.जिल्ला जाजरको शिवालय गा.पा वडा.न.०३ घर भई हाल का.जि किर्तीपुर नगरपालिका स्थित ऐ.ऐ. बस्ने बर्ष २२ को गणेश सुनार ………१ GR:27.679293,85.276348 थप-ऐ.१३ गते अं.०७;४५ बजे पिडित महिलालाई स्वास्थ्य परिक्षणको महिला प्र.क.सहित थापाथली स्थित परोपकार प्रसुती गृहमा पठाइएको । न.प. (पश्चिम), बर्दघाट न.पा.४ हरियालीनगर बस्ने वर्ष ३१ को निर्मल कुमालले ऐ.देवीनगर बस्ने वर्ष अं. १६ की बालिकालाई निजकै घर कोठामा गई ज.ज.क. प्रयास गरेको भनी पीडितको दिदि मार्फत इ.प्र.का.बर्दघाटमा किटानी जाहेरी प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोली खटिगई दुवै जनालाई इ.प्र.का.बर्दघाटमा ल्याई थप अनुसन्धान भइरहेको । सुन बरामद,काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित कतारको दोहा हुदै कतार एयरवेज मार्फत काठमाडौं आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसार पोसार गरी कारोबार गर्ने जिल्ला सिन्धुली दुधौली न.पा. २ बस्ने वर्ष अं. ५० को कमल बहादुर बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री थान-२ अं. ४६.६४  ग्राम रिसिभ (संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.२१:०० बजे  प्रहरी वृत्त गौशाला पठाइएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित दुवई हुँदै हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसार पोसार गरी कारोबार गर्ने जि.पर्वत फलेवास न.पा. ११ बस्ने वर्ष ४४ को पदम बहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुले भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने पहेँलो धातु औठी थान १ अं.तौल २५  ग्राम रिसिभ (संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१७:१० बजे प्रहरी वृत्त गौशला पठाईएको । कैदी/थुनुवा आत्महत्या,झापा, दमक नगरपालिका वडा नं. ८ किराँत चोक वस्ने वर्ष २७ की ईनिशा लिम्वुको ईन्जिन नं.JF99E7020080 चेसिस नं.ME4JK450MSW011495 भएको प्र.१-०२-०५९ प ९५७५ नं.को स्कुटर ऐ.ऐ. बस्ने बर्ष २२ को पवन कुमार गिरीले चोरी गरी लगेको घटना सम्बन्धमा मिति २०८३।०४।२६ गते पक्राउ परी दाखिला हुन आएकोमा निज पवन कुमार गिरीलाई चोरी कसुरमा सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई इप्रका दमकको हिरासतमा राखी अनुसन्धान भईरहेकोमा निज आज २०८३।०५।१३ गते अं.०७:३३ बजेको समयमा इप्रका दमकको हिरासतको शौचालय भित्र कपडाको गाम्छाको पासो लगाई झूण्डिएर आत्महत्या गर्ने प्रयास गरेको अवस्थामा सोही हिरासतमा रहेका जिल्ला झापा दमक न.पा.३ बस्ने बर्ष १९ को सुजन बिश्वा समेतले देखी हो-हल्ला गरी पासो खोली तत्काल उपचारको लागी दमक अस्पताल दमक लगी डाक्टरले चेक जाँच गर्दा ऐ ०८:०० मृत्यु घोषणा गरेको शव सोही अस्पतालमा रहेको, निजको श्रीमती वर्ष २० की रोनिसा मगर (गिरी) समेत मिति २०८३।०५।१२ गते साँझको समयमा चोरी सम्बन्धी घटनामा अनुसन्धानको क्रममा नियन्त्रणमा आई इप्रका दमकको हिरासतमै रहेको । थप अपडेट :- चौथो पटक मिति २०८३।०५।१० गते ५ दिन म्यादथप गरी, जम्मा २० दिन भएको, श्रीमतिको म्यादथप नभएको । ऐ.१२:२० बजेको समयमा मृतकको ठुली आमा चिन्ता देवी पुरी, श्रीमती रोनिसा मगर गिरी र छर छेमिकिको रोहबरमा कानुनी प्रकृया पुरा गरी शव पोष्ट मार्टमको लागी सोही अस्पतालको शव गृहमा रहेको । थप अपडेट- ऐ १६:०० बजे उक्त शवको पोष्ट मार्टम पश्चात निजको आमा गोमा देवी खतिवडा र ठुली आमा चिन्ता देवी पुरीले सदगदको लागि बुझिलेको । शव व्यवस्थापन,चितवन, रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले बिभिन्न स्थानबाट बगाई ल्याई चितवन जिल्लाको त्रीशुली नदी र नारायणी नदी किनार विभिन्न स्थानमा हालसम्म फेला परेका सनाखत हुन नसकेका शवहरु मध्य पुरुष ३५, महिला ५९, अन्य २ गरी जम्मा ९६ वटालाई DNA नमुना संकलन गरी ऐ. १३ गते जि. चितवन भरतपुर म.न.पा. १ रामनगर जंगलमा खाल्डो खनि पुरी व्यवस्थापन गरिएको । लागु औषध, सुनसरी, सुनसरी कोशी गा.पा. ०३ श्रीपुर जाने बाटो स्थितमा जंगल काश घारीमा त्रिपालले छोपेको १७ बोरा बेबारिसे अवस्थामा रहेको लागु औषध गाँजा नाप तौल गर्दा बोरा सहितको तौल ५७८ के.जी. ७२ ग्राम र बोरा बाहेक ५७५ के.जी. गाँजा जि.प्र.का. सुनसरीबाट गोप्य सुचनाको आधारमा प्र.नि. निराजन कार्कीको कमाण्डमा र सशस्त्र प्रहरी गण ४ नं. हेक्वा सुनसरीबाट स.प्र.नि. जय कुमार चौधरीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त खटिगएको टोलीले लागु औषध बरामद गरी जि.प्र.का. सुनसरीमा ल्याई राखिएको,।

मिति २०८३।०५।०९ गते ०५:०० बजे देखि २०८३।०५।१० गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१०

ज.ज.क./बाल यौन दुर्व्यवहार,कैलाली, गोदावरी न.पा. ०९ धनचौरी बस्ने वर्ष २८ को कृष्णराज भट्टराईले ऐ.बस्ने वर्ष ३० की (मानसिक अवस्था कमजोर, विवाहित) महिलालाई निज पीडितको माइति घरमा नै (माइति घरमा वस्दै आएकी) ज.ज.क गरेको भनी ऐ.१७:२० बजे इ.प्र.का.मालाखेतीमा जाहेरी दरखास्त दिनासाथ प्रहरी पोष्ट स्याउलेबाट प्र.स.नि. र इ.प्र.का.मालाखेतीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज ज.ज.क. गर्ने ब्यक्ति कृष्णराज भट्टराईलाई नियन्त्रणमा लिई इ.प्र.का.मालाखेतीमा ल्याई पीडक र पीडितलाई स्वास्थ्य परिक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको,। तेह्रथुम, छथर गा.पा.-२ हमर्जुङ बस्ने वर्ष ५६ की महिलालाई आफ्नै घरको भुइतलाको खाटमा एक्लै सुतिरहेको बेलामा ऐ. बस्ने वर्ष ४४ को खलेत्रे भन्ने लिलम ब. लिम्बुले आई ज.ज.क. गरेको भनि ऐ. ०९ गते १२:२६ बजे प्र.चौ. शुक्रबारेमा मार्फत जानकारी हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटि गई निज पीडकलाई ऐ. १३:५० बजे नियन्त्रणमा लिएर प्र.चौ. शुक्रबारेमा राखेको, ऐ. ०९ गते १९:३० बजे निज पीडित सुक माया लिम्बु इ.प्र.का. बसन्तपुरमा आई जाहेरी दरखास्त दिएको, पीडकलाई इ.प्र.का. बसन्तपुरमा ल्याई मेडिकल गरी इ.प्र.का. बसन्तपुरको हिरासतमा राखि आवश्यक अनुसन्धान भई रहेको,। धादिङ, गल्छि गा.पा. २ बसेरी बस्ने अं. वर्ष ४५ को तिर्थ ब. सुनारीले ऐ. बस्ने वर्ष ७० की महिलालाई ज.ज.क. गर्ने मनसाय राखेर पीडितको घर अगाडी आँगनमा समातेको भनि ऐ. ०५।०९ गते २१:०० बजे पीडितको बुहारीले इ.प्र.का. गजुरीमा जाहेरी दरखास्त सहित उपस्थित भएकोले निज प्रतिवादीलाई पक्राउको लागि तत्कालै प्र.चौ. बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि खो.त. कार्य गर्ने क्रममा निज फेला परेकोले पक्राउ गरी इ.प्र.का. गजुरीमा राखिएको, थप अनुसन्धान कार्य भइरहेको । काठमाडौं, का.न.म.पा.-१४ कलंकी स्थित ढुङ्गेअड्डा नजिक सडक पेटीमा जि. उदयपुर गाईघाट घर भई हाल का.जि. स्युचाटार नागार्जुन न.पा.१० बस्ने अं. वर्ष १७ की बालिका ढुङ्गेअड्डा नजिक सडक पेटीमा रोई रहेको अवस्थामा फेला पारी निजलाई सो.पु. गर्दा का.जि. कीर्तिपुरमा प्रकाश क्षेत्रीले आफ्नै कोठामा ललाई फकाई गरी लगि उक्त कोठामा ज.ज.क गरेको बुझिन आएको, निजलाई थप अनुसन्धानको लागि प्र.वृत्त कालिमाटी ल्याई राखिएको । ज.ज.क गर्ने केटा फरार रहेको भन्ने बुझिन आएको, घटनास्थलमा प्र.वृत्त कालिमाटीबाट प्र.नि.को कमाण्डमा टोली खटि गएको । शंकास्पद मृत्यु,सिराहा, मिर्चैया न.पा.५ पुरानो बजार स्थित विद्युतको तार सर्ट भई आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मिर्चैयाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने रंजित कुमार महतोको श्रीमती वर्ष ३० की विभा पुर्वे आफ्नै दुई तले घरमा माथिको तलामा आफु सुत्ने कोठामा  के-कसरी अचानक बिजुलीको तार सर्ट भई आगलागी हुँदा बेड र निज विभा पुर्वेको शरीरमा आगलागी भई निज बिभा घटनास्थलमै मृत्यु भएको, शव  हाल घटनास्थलमै रहेको, उक्त स्थानमा मिर्चैया सरकारी अस्पतालबाट डाक्टर र विद्युत प्राविधिक सहितको टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको, ऐ. १४:३० बजे अनुसन्धानको क्रममा मिनरल बोतलमा केही मात्रामा मट्टितेल र आगो बाल्ने लाईटरको टुक्रा फेला परेको र घटनास्थलको वरिपरी मट्टीतेलको गन्ध समेत आईरहेको घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको, । आत्महत्या प्रयास,काठमाण्डौ, का.म.न.पा ११ सर्वोच्च अदालतको बन्दै गरेको भवनको तेस्रो तलाबाट अधिवक्ता लाल बहादुर राईले स्ट्याण्डर्ड मल्टीपर्पोजको अपरेटिभ लि.को ठगी मुद्दामा कुनै किसिमको संलग्नता नभएको प्रमाणित हुँदा हुँदै मलाई षड्यन्त्रपूर्वक ललितपुर जिल्ला अदालतमा प्रतिवादी बनाएर मुद्दा दायर गरि थुनामा समेत राखेर अदालतको फैसला मिति २०७२।०२।२१ मा आउनु भन्दा १ वर्ष ५ महिना अघि नै मुद्दा दायर गरेर थुनामा समेत राखी अदालतले फैसला गर्दा पनि मलाई न्याय नदिएको भनी सुसाईट नोट सहित सर्वोच्च अदालतको बन्दै गरेको भवनको तेस्रो तलाबाट हाम फाल्न खोज्दा वृत्त सिंहदरवारबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले उद्दार गरी सम्झाई बुझाई गर्नको लागि रजिष्टारको अफिसमा लगेको, अवस्था  सामान्य रहेको,  । धारिलो हतियारद्वारा आत्महत्या प्रयास,सिन्धुली, हरिहरपुरगढी गा.पा.४ बेलपुर बस्ने वर्ष ७५ को डुँडे राईले ऐ.बस्ने सन्तराम राईको कोही पनि नबस्ने खाली घरमा गई आफुले आँफैलाई पेटमा छुरा प्रहार गरी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.महेन्द्रझ्याडीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई उद्धार गरी प्राथामिक स्वास्थ्य केन्द्र महेन्द्रझ्याडीमा ल्याई उपचार भई रहेकोमा ऐ.१४:५२ बजे थप उपचारको लागी ट्रमा सेन्टर काठमाडौँ तर्फ पठाईएको, उपचारमा निज घाईतेको छोरा सन्तराम राई संलग्न रहेको,अवस्था गम्भीर,छुरा प्रहार गर्नुको कारण नखुलेको बुझ्ने कार्य भईरहेको,। लागु औषध,रूपन्देही, बुटवल उ.म.न.पा.-०९ नयाँ बसपार्क स्थित सडकमा हिडिरहेको जि. धादिङ गजुरी गा.पा.-०९ कुबिन बस्ने वर्ष ५० को रण बहादुर तामाङले बोकेको झोला शंका लागि अ.प्र. बिट नयाँ बसपार्क रुपन्देहीबाट प्र.ह. को कमाण्डमा खटि गएको गस्ती टोलीले चेकजाँच गर्दा प्रतिबन्धित गाँजा जस्तो देखिने अं. १० के.जी. (तौल गर्न बाँकी) पदार्थ सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. बुटवलमा राखिएको, ।  सिरहा, धनगढीमाई न.पा. ९ मुसहर्निया स्थितमा इ.प्र.का. धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ती टोली र ला.औ. ब्युरो सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटि गएको संयुक्त टोलिले विशेष सुचनाको आधारमा नैनपुरबाट मुसहर्निया तर्फ आउँदै गरेको प्रदेश २-०१-००४ प ८३६४ नं.को मो.सा. लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा प्लाष्टिकको ३ वटा बोराभित्र राखिएको बोरा सहित तौल गर्दा ५५ के.जी. बोरा बाहेक तौल हुन बाँकी रहेको ला.औ. गाँजा जस्तो देखिने पदार्थ सहित मो.सा. र मो.सा. चालक जि. सिरहा औरही गा.पा.-४ कमलपुर बस्ने अं. वर्ष २८ को बिक्रम यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का. लहानमा राखिएको, ।