मिति २०८३।०५।१३ गते ०५:०० बजे देखि २०८३।०५।१४ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१४
- A
- A-
- A+
ज.ज.क./बाल यौन दुर्व्यवहार,
गुल्मी, मुसिकोट न.पा.५ आँपचौर
बस्ने पारस सुनारको श्रीमती वर्ष ३० की गंगा सुनारले ऐ.बस्ने २० की महिलालाई काममा
लगाई दिन्छु भनी ललाई फकाई मुसिकोट न.पा.७ पल्टार स्थित जंगे कुमालको घरमा कोठा
भाडामा लिई बस्ने जि.रौतहट ईशनाथ न.पा.९ स्थायी वतन भएका वर्ष ४७ को अवधलाल साहको
कोठामा लगेर छाडेकोमा अवधलाल साहले जवरजस्ती करणी गरेको भनी पीडितले ऐ.१३ गते
१४:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएकी हुंदा प्र.नि.को कमाण्डमा टोली खटी
गई अवधलाल साह र गंगा सुनारलाई पक्राउ गरी
ऐ.१३ गते गुल्मी जिल्ला अदालतबाट दिन ६ को म्यादथप भइ जि.प्र.का.को हिरासतमा राखि
अनुसन्धान भइरहेको,अवस्था सामान्य रहेको,।
काठमाण्डौं, कीर्तिपुर न.पा.१० बाग
भैरब स्थित सिद्धि महर्जन(9841301818) को घरमा कोठा गरी बस्ने जि.दार्चुला नौगाढ
गा.पा.१ स्थाई ठेगाना भइ निजको ५ तले घरको तल्लो तलामा संगै डेरा (कोठा) गरी बस्ने
सुवास ठगुन्ना (साझा यातायात थानकोट देखि बुढानिलकण्ठ सम्म चल्ने बसमा) सहचालक काम
गर्न गएको मौका छोपी निजको श्रीमति वर्ष १९ कि परिवर्तित नाम कीर्तिपर ३ लाई सोही
घरको बिच तलामा बस्ने निम्न व्यक्तिहरुले जवरजस्ति करणी गरेको भनि सुचना प्राप्त
हुनासाथ प्रहरी चौकी किर्तीपुरबाट प्र.ना.नि.वैधनाथ दास (9851286241) को कमाण्डमा
७ जनाको प्रहरी टोली खटि गई ज.ज.क.मा संलग्न निम्न ३ जनालाइ नियन्त्रणमा लिई
कार्यलयको हिरासत कक्षमा राखि थप अ.अ. कार्य भइरहेको, उक्त
स्थान प्रहरी चौकी किर्तीपुरबाट अ.१ कि.मी.पश्चिम पर्ने । सोधपुछ को लागी
नियन्त्रणमा लिएको ब्यक्तिहरु:- १.जिल्ला बर्दिया बाँसगढी न.पा. वडा न.३ घर भई हाल
का.जि. किर्तीपुर नगरपालिका वडा न.१० बाघभैरव स्थित सिद्धि महर्जनको घरको बिच
तलामा भडा गरी बस्ने वर्ष २८ को चन्द्र ब. थापा................१ २. जिल्ला
बर्दिया बाँसगढी न.पा. ०३ घर भई हाल का.जि. किर्तीपुर नगरपालिका स्थित ऐ.ऐ. बस्ने
बर्ष २६ को राजेन्द्र थापा……….१ ३.जिल्ला जाजरको शिवालय
गा.पा वडा.न.०३ घर भई हाल का.जि किर्तीपुर नगरपालिका स्थित ऐ.ऐ. बस्ने बर्ष २२ को
गणेश सुनार ………१ GR:27.679293,85.276348
थप-ऐ.१३ गते अं.०७;४५ बजे पिडित महिलालाई स्वास्थ्य
परिक्षणको महिला प्र.क.सहित थापाथली स्थित परोपकार प्रसुती गृहमा पठाइएको ।
न.प. (पश्चिम), बर्दघाट न.पा.४
हरियालीनगर बस्ने वर्ष ३१ को निर्मल कुमालले ऐ.देवीनगर बस्ने वर्ष अं. १६ की
बालिकालाई निजकै घर कोठामा गई ज.ज.क. प्रयास गरेको भनी पीडितको दिदि मार्फत
इ.प्र.का.बर्दघाटमा किटानी जाहेरी प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोली खटिगई
दुवै जनालाई इ.प्र.का.बर्दघाटमा ल्याई थप अनुसन्धान भइरहेको ।
सुन बरामद,
काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट
स्थित कतारको दोहा हुदै कतार एयरवेज मार्फत काठमाडौं आएका यात्रुहरुलाई प्रयोग गरी
नेपालमा सुन ओसार पोसार गरी कारोबार गर्ने जिल्ला सिन्धुली दुधौली न.पा. २ बस्ने
वर्ष अं. ५० को कमल बहादुर बरालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको
अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्य मुलुकबाट आगमन भएका
यात्रुहरुले भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री थान-२
अं. ४६.६४ ग्राम रिसिभ (संकलन) गरी अवैध
रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.२१:००
बजे प्रहरी वृत्त गौशाला पठाइएको ।
काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट
स्थित दुवई हुँदै हिमालय एयरलाइन्स मार्फत काठमाडौं आएका यात्रुहरुलाई प्रयोग गरी
नेपालमा सुन ओसार पोसार गरी कारोबार गर्ने जि.पर्वत फलेवास न.पा. ११ बस्ने वर्ष ४४
को पदम बहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन
तर्फको पार्किङ क्षेत्रमा बाह्य मुलुकबाट आगमन भएका यात्रुले भन्सार छली गरी
ल्याएको सुनजस्तो देखिने पहेँलो धातु औठी थान १ अं.तौल २५ ग्राम रिसिभ (संकलन) गरी अवैध रूपमा लैजान
लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१७:१० बजे प्रहरी
वृत्त गौशला पठाईएको ।
कैदी/थुनुवा आत्महत्या,
झापा, दमक नगरपालिका वडा नं.
८ किराँत चोक वस्ने वर्ष २७ की ईनिशा लिम्वुको ईन्जिन नं.JF99E7020080 चेसिस नं.ME4JK450MSW011495 भएको प्र.१-०२-०५९ प ९५७५ नं.को स्कुटर ऐ.ऐ. बस्ने बर्ष २२ को पवन
कुमार गिरीले चोरी गरी लगेको घटना सम्बन्धमा मिति २०८३।०४।२६ गते पक्राउ परी
दाखिला हुन आएकोमा निज पवन कुमार गिरीलाई चोरी कसुरमा सम्मानित झापा जिल्ला
अदालतबाट म्याद थप अनुमती लिई इप्रका दमकको हिरासतमा राखी अनुसन्धान भईरहेकोमा निज
आज २०८३।०५।१३ गते अं.०७:३३ बजेको समयमा इप्रका दमकको हिरासतको शौचालय भित्र
कपडाको गाम्छाको पासो लगाई झूण्डिएर आत्महत्या गर्ने प्रयास गरेको अवस्थामा सोही
हिरासतमा रहेका जिल्ला झापा दमक न.पा.३ बस्ने बर्ष १९ को सुजन बिश्वा समेतले देखी
हो-हल्ला गरी पासो खोली तत्काल उपचारको लागी दमक अस्पताल दमक लगी डाक्टरले चेक
जाँच गर्दा ऐ ०८:०० मृत्यु घोषणा गरेको शव सोही अस्पतालमा रहेको, निजको श्रीमती वर्ष २० की रोनिसा मगर (गिरी) समेत मिति २०८३।०५।१२ गते
साँझको समयमा चोरी सम्बन्धी घटनामा अनुसन्धानको क्रममा नियन्त्रणमा आई इप्रका
दमकको हिरासतमै रहेको । थप अपडेट :- चौथो पटक मिति २०८३।०५।१० गते ५ दिन म्यादथप
गरी, जम्मा २० दिन भएको, श्रीमतिको
म्यादथप नभएको । ऐ.१२:२० बजेको समयमा मृतकको ठुली आमा चिन्ता देवी पुरी, श्रीमती रोनिसा मगर गिरी र छर छेमिकिको रोहबरमा कानुनी प्रकृया पुरा गरी
शव पोष्ट मार्टमको लागी सोही अस्पतालको शव गृहमा रहेको । थप अपडेट- ऐ १६:०० बजे
उक्त शवको पोष्ट मार्टम पश्चात निजको आमा गोमा देवी खतिवडा र ठुली आमा चिन्ता देवी
पुरीले सदगदको लागि बुझिलेको ।
शव व्यवस्थापन,
चितवन, रसुवा जिल्लाको
भोटेकोशी नदीमा आएको बाढीले बिभिन्न स्थानबाट बगाई ल्याई चितवन जिल्लाको त्रीशुली
नदी र नारायणी नदी किनार विभिन्न स्थानमा हालसम्म फेला परेका सनाखत हुन नसकेका
शवहरु मध्य पुरुष ३५,
महिला ५९, अन्य २ गरी जम्मा ९६ वटालाई DNA
नमुना संकलन गरी ऐ. १३ गते जि. चितवन भरतपुर म.न.पा. १ रामनगर
जंगलमा खाल्डो खनि पुरी व्यवस्थापन गरिएको ।
लागु औषध,
सुनसरी, सुनसरी कोशी गा.पा. ०३
श्रीपुर जाने बाटो स्थितमा जंगल काश घारीमा त्रिपालले छोपेको १७ बोरा बेबारिसे
अवस्थामा रहेको लागु औषध गाँजा नाप तौल गर्दा बोरा सहितको तौल ५७८ के.जी. ७२ ग्राम
र बोरा बाहेक ५७५ के.जी. गाँजा जि.प्र.का. सुनसरीबाट गोप्य सुचनाको आधारमा प्र.नि.
निराजन कार्कीको कमाण्डमा र सशस्त्र प्रहरी गण ४ नं. हेक्वा सुनसरीबाट स.प्र.नि.
जय कुमार चौधरीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त खटिगएको
टोलीले लागु औषध बरामद गरी जि.प्र.का. सुनसरीमा ल्याई राखिएको,।