सामान्य सूचनाहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
सम्पर्क जानकारी
फोन नं. : ०१-५७१९८६८
मोबाईल नं. : ९८५१२९८१९८, ९८४९०९११३९
ईमेल : cicu@nepalpolice.gov.np / cicucid@gmail.com
-
मिति २०८२।१०।०२ गते ०५:०० बजे देखि २०८२।१०।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०३कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी न.पा.३ तेर्सेटार स्थितमा ऐ.बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जि.धनुषा मिथिला न.पा. ११ घर हुने वर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा वर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग सानोठिमी र बृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको,उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । रुकुम पश्रिम, मिति २०८२/१०/०१ गते अं. २३:०० बजे,त्रिबेणी गा.पा. १ बस्ने वर्ष ७४ को गणेश बहादुर कामीले मा.प.से. गरी सामान्य बिबादका कारण आफ्नै श्रीमती वर्ष ६५ की पम्फा कामीलाई सनासोले टाउको र हातमा हानि घाइते बनाएको उपचारको लागि जि.अस्पताल सल्ले रुकुम पश्चिम ल्याई सामान्य उपचार पश्चात थप उपचार को लागी नेपालगंज पठाईएकोमा बाटोमा मृत्यु भएको,शव जि.अस्पताल सल्ले रुकुम पश्चिमको शव गृहमा ल्याई राखिएको,प्र.चौ.सिम्रुतुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा जि.प्र.का.को हिरासत कक्षमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.रुकुम पश्चिमबाट अं.३ कि.मि. पश्चिम पर्ने । हात हतियार बरामद,काठमाण्डौ, का.म.न.पा.६ नयाँबस्ती नौतले अन्नपूर्ण मार्ग स्थित जि.अर्घाखाँची माला रानी गा.पा.३ घर भई हाल ऐ.नयाँबस्ती बस्ने वर्ष २६ को निशान खनालले थान १ हत्कडी र ,303 राइफलको (जंगी राउण्ड) थान ३ फेलापारी प्रहरी बिट नयाबस्तीमा ल्याई बुझाएकोमा प्रहरी बृत्त बौद्धबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई गोली र हत्कडी प्रहरी बृत्त बौद्धमा ल्याई राखिएको,उक्त स्थान बृत्त बौद्धबाट अं.१.५ कि.मि.दक्षिण पर्ने । झापा, दमक न.पा.१ सुकुम्बासी बस्ती बस्ने डेक बहादुर थापाको घरभित्र केही हातहतियार लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. दमकबाट प्र.ना.उ. को कमाण्डमा टोली खटी गई निज डेक बहादुर थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहरा भित्र खानतलासी गर्दा बटको भागमा १३२०४४७ नं.लेखिएको सर्टगनको बटको भाग थान-१ (एक) बेसाबुत हातहतियारको पार्टपुर्जा सोही टहराको भुईमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको र उक्त हातहतियार मिति २०८२।०५।२४ गते Gen-Z आन्दोलनको क्रममा इ.प्र.का.दमकबाट लुटी लगेको अभिलेखबाट देखिएको हुँदा उक्त हातहतियारको पार्टपूर्जा कानून बमोजिम बरामद गरी इ.प्र.का.दमकमा ल्याई राखेको,साथै निज डेक बहादुर थापाको खो.त.भईरहेको । लागु औषध,काठमाण्डौं, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगढी देखी काठमाण्डौ तर्फ आउँदै गरेको सु.प.प्र.००१-००१ ख ३८९२ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटीएको प्र.स.नि.को टोली तथा ला.औ.नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको साईड A को ९ नं.सिटमा सवार जि.कैलाली घोडाघोडी न.पा.०५ बस्ने अं.वर्ष २५ को कृष्ण बहादुर कुवँरलाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित ला.औ.खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ शुद्ध तौल ६ ग्राम रहेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाईएको । न.प.पश्चिम, रामग्राम न.पा.१० रामखण्डपुल स्थित परासी भैरहवा सडक-खण्ड आसपासबाट ला.औ.बिक्रि-बितरण गरेको भन्ने बिशेष सुचनाको आधारमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट खटी आएको प्र.ना.नि.र जि.प्र.का. नवलपरासीबाट खटिएको प्र.स.नि.को टोलीले भैरहवाबाट परासी तर्फ आउदै गरेको UP 42 AS 6818 नं. को मो.सा. लाई रोकि चेकजाँच गर्दा मो.सा. को दाहिने तर्फको लेगगार्डमा झुण्डाई राखेको पहेलो रङको सानो हाते बोरा भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम- ३४७ एम्पुल, फेनेरागन- २४९ एम्पुल, ब्रुफिनुर्फिन- ३०० एम्पुल सहित मो.सा. चालक जिल्ला नवलपरासी रामग्राम न.पा. २ हाटबजार बस्ने वर्ष अं. २६ को बिशाल हरिजन सहित २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं.१ कि.मि. पश्चिम पर्ने ।
[ विस्तृतमा ] -
मिति २०८२।१०।०१ गते ०५:०० बजे देखि २०८२।१०।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०२कर्तव्य ज्यान,भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा कुमार जाकी बन्जाराको ४ तल्ले पक्की घरको दोस्रो तल्लामा डेरागरी बस्ने जि.काभ्रे तिमाल गा.पा. ९ घर भएको वर्ष ३८ की लाल माया तामाङलाई निजको श्रीमान वर्ष ३७ को लनाम तामाङले सामान्य वादविवादको क्रममा सिलौटोले प्रहार गर्दा घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दरवार स्क्वारबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.११:०४ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेकोमा जि.प्र.प्र.भक्तपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि KMC दुवाकोट पठाएको , कुटपिट गर्ने निजको श्रीमान परिसर भक्तपुरको नियन्त्रणमा । ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, परिवर्तित जिल्ला ०५, (स१) बस्ने वर्ष ११ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ)” लाई निजकै बुवा वर्ष ३५ को “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)” ले विभिन्न मितिमा पटक-पटक आफ्नै घरमा जबरजस्ती करणी गरेको भनी निज पीडितले सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभामा जानकारी गराएको भनी सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभाको पत्र मिति२०८२।१०।०१ गते १७:०० बजे जि.प्र.का.संखुवासभामा प्राप्त हुन आएको हुँदा निज “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)”लाई प्र.चौ.धुपुबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी जि.प्र.का.संखुवासभामा ल्याई अनुसन्धान भईरहेको । शंकास्पद मृत्यु,बाँके, डुडुवा गा.पा.३ बनकट्टी स्थित ऐ.बस्ने राम फेरन कुर्मीको बारीमा रहेको पानी भएको इनार भित्र गन्ध आईरहेको खबर इ.प्र.का.बनकट्टी बाँकेमा प्राप्त हुना साथ प्र.ना.नि.र जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली तथा ३० नं.गण हे.क्वा.बागेश्वारी बाँकेबाट स.प्र.नि.को कमाण्डमा D.M.सहितको ११ जनाको टोली खटी गई बुझ्दा इनारबाट नामथर, वतन नखुलेको महिलाको शव निकाली हेर्दा शव सडी गलेको अवस्था रहेको भनी खटी गएको टोलीले ऐ.१७:०० बजे जानकारी गराएको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज पठाएको । धारिलो हतियार (खुकुरी) प्रहार,संखुवासभा, भोटखोला गा.पा.५ तुङ्खालिङ स्थितमा ऐ.बस्ने अं.वर्ष ३० को भोज विक्रम राईले निजकै घरमा झारफुक गर्ने आउने क्रममा के-कुन कारण धारिलो हतियार (खुकुरी) प्रहार गर्दा निजको मामा नाता पर्ने ऐ.भोटखोला गा.पा.५ तुङखालिङ बस्ने अं.वर्ष ३९ को पंच कुमार राई (टाउकोमा चोट, अवस्था मध्यम), निजको आफ्नै काका ऐ.बस्ने अं.वर्ष ३५ को सुवास राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) र निजको आफ्नै काका (धामि) ऐ.बस्ने अं.वर्ष ६० को राम कुमार राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.श्याक्सिलागोलाबाट प्र.हको कमाण्डमा प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि स्थानीय तुङखालिङ आधारतभुत स्वाश्थ्य चौकी पठाई उपचार भईरहेको, धारिलो हतियार (खुकुरी) प्रहार गर्ने भोज विक्रम राई प्र.चौ.श्याक्सिलागोलाको नियन्त्रणमा रहेको । कुटपिट,मकवानपुर, मकवानपुरगढी गा.पा.१ आँपटार स्थित ऐ.ऐ.अन्नपानी बस्ने वर्ष अं.६१ को रत्न बहादुर थिङलाई सोही स्थान बस्ने झलक बहादुरको छोरा वर्ष अं.१९ को इन्द्र बहादुर थिङ र अर्को छोरा वर्ष अं.१८ को चन्द्र ब.थिङ (गाउँमा बोलाउने) काले भन्नेले दुबै जना मिलि सामान्य विवाद हुदा कुटपिट गरी घाईतेलाई उपचारको लागी ऐ.००:१० बजे हेटौडा अस्पताल मकवानपुर ल्याएको, घाइतेको नाकबाट रगत बगेको, अवस्था गम्भीर, उपचारमा श्रीमती संलग्न रहेको, घाईतेको सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.०२:५० बजे मकवानपुर सहकारी अस्पताल रिफर भएको भनी सोही अस्पतालमा खटीएको प्र.क.मार्फत इ.प्र.का.मकवानपुरगढी खबर प्राप्त हुनासाथ इ.प्र.का.मकवानपुरगढीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने मानिस हाल फरार, खो.त.भईरहेको । कैदी मृत्यु, काठमाण्डौ, का.म.न.पा. ११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.०१ स्थायी वतन भएका वर्ष २९ को कर्तव्य ज्यान मुद्दाका कैदी (कारागार दाखिला मिति :- २०८२।०२।२७ गते, सजाय :- २५ वर्ष मुद्दा चलाउने निकाय:- गुल्मी जिल्ला अदालत) सन्तोष कुमाल मानसिक, सुगर तथा, प्रेसर सम्बन्धी बिरामी भई मिति २०८२।०९।३० गते उपचारको लागि केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भईरहेकोमा ऐ. १०।०१ गते १२:३३ बजे उपचारकै क्रममा मृत्यु भएको, वृत जनसेवा बाट प्र.नि.को टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको ।
[ विस्तृतमा ] -
मिति २०८२।०९।३० गते ०५:०० बजे देखि २०८२।१०।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०१फुटकर ज्यान (शंकास्पद मृत्यु), काठमाण्डौ, का.म.न.पा.४ चुनदेवी स्थित गणेश मन्दिर पछाडी रहेको सोम वहादुर थापाको घरको Under Ground मा रहेको रिजब पानी ट्यांङ्कीमा आधा भन्दा बढी पानी रहेको अवस्थामा पानी ट्यांङ्की भित्र हाल नामथर, वतन केही नखुलेको अं.वर्ष ३३ को जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त महाराजगंजबाट प्र.ना.उ., अपराध अनुशन्धान प्रहरी कार्यालय टेकुबाट प्र.ना.उ. र प्रहरी परिसर भद्रकालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पानी ट्यांङ्कीको पानी सुकाई मृत शव बाहिर निकाली कानूनी प्रकृया पुरा गरी शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको । ज.ज.क./बाल यौन दुर्व्यवहार, उदयपुर, बेलका न.पा.९ रामपुर बजार बस्ने अं.वर्ष २१ की किशोरीलाई जि.सुनसरी ईनरुवा न.पा.६ बस्ने वर्ष ३० को बिष्णु साहले मिति २०८२।०८।१५ गते अ.२२:००बजे निज पिडितकै घर कोठामा ज.ज.क.गरी फरार रहेको भनी पीडितले ऐ.३० गते ११:०० बजे जानकारी गराउनासाथ इ.प्र.का.रामपुरठोक्सिलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको । सुर्खेत, मिति २०८२-०९-१९ गते ०३:०० बजे जि.कालिकोट तिलागुफा न.पा.७ घर भई ऐ.वीरेन्द्रनगर न.पा.३ तातापानी बस्ने वर्ष ३२ की महिला लाई जि.कालिकोट शुभकालिका गा.पा.२ घर भई हाल ऐ.वीरेन्द्रनगर न.पा.३ बस्ने वर्ष अं. ५९ को अनिराम तिमिल्सेनाले निज महिलाकै कोठामा ज.ज.क.गरेको भनी ऐ.३० गते १४:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा ४ जनाको टोली खटी गई निज अनिराम तिमिल्सेना लाई नियन्त्रणमा लिई जि.प्र.का. मा राखी थप अनुसन्धान कार्य भईरहेको । हा.ह.बरामद, म्याग्दी, इ.प्र.का.दरवाङबाट प्र.नि.को कमाण्डमा गस्ती खटी गएको प्रहरी टोलीले ईजाजत पत्र नलिई लुकाई छिपाई राखिएका अवस्थामा ऐ.मालिका गा.पा.४ छाप स्थित छाप सामुदायिक जङंगलबाट भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङमा ल्याई राखेको । बाग्लुङ, इ.प्र.का बुर्तीबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा जि.बागलुङ ढोरपाटन न.पा ६ प्याङखोला स्थित चेनडाडा सामुदायीक जङ्गलमा लुकाइ छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -२ र ऐ.१२:०० बजे जि. बागलुङ वडिगाड गा.पा ८ सल्लेरी सामुदायीक वनमा लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -३ गरी दुबै ठाउँको थान-५ (सावुत) हतियार फेला पारी रितपूर्वक मुचुल्का गरी ऐ. १५:३० बजे इ.प्र.का. बुर्तीबाङ बागलुङ ल्याई राखिएको,उक्त हतियार को- कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको । थुनुवा मृत्यु, दाङ, मिति २०८२।०८।२८ गते ऐ. तुलसीपुर उ.म.न.पा.५ बाट लागु औषध सहित नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासत कक्षमा रहेको म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध मुद्दाको जिल्ला दाङ दंगिशरण गा.पा.४ बैवाङ बस्ने वर्ष २४ को रोसन चौधरी एक्कासी बेहोस भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगी उपचार भईरहेको,आफन्तलाई खबर भएकोमा ऐ.०९:५५ बजे उपचारको क्रममा मृत्यु भएको,ऐ.१३;३० बजे मृतकको बुवा अस्पतालमा आइपुगेको, उक्त स्थानमा इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१४:०५ बजे शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको, ऐ. १६:५५ बजे शव पो.मा.पश्चात मृतकको बुवाले बुझीलगेको । चोरी/लुटपाट, सिन्धुली, थप:- मिति २०८२।०९।२९ गते अ. २०;४० बजेको समयमा जि. सिन्धुली घ्याङलेख गा.पा २ हायुटार स्थीतमा रहेको एस.बि.आई बैक शाखा कार्यालयमा अपरीचित ५/६ जनाको समुह आई गरेको चोरी /लुटपाट भएको घटना सम्बन्धमा थप अनुसन्धान गर्दा ऐ. ३० गते १०:०५ बजे जि.सिन्धुली ध्याङलेख गा.पा.०१ सुकाजोरी स्थितबाट जि.चितवन भरतपुर म.न.पा.२ पोखराबसपार्क नजिक बस्ने सुरेश श्रेष्ठको छोरा वर्ष २५ को शसाङ्क श्रेष्ठ लगायत ४ जना पुरुष व्यक्तिहरुलाई नियन्त्रणमा लिई इ.प्र.का बस्तिपुरमा ल्याई अनुसन्धान कार्य भइरहेकोमा ऐ.१४:०० बजे, एस.बि.आई बैक बाट चोरी भएको तीन करोड सात लाख(ने.रु.३,०७,००,०००।-) मध्ये २०८२।०९।२९ गते वरामद भएको रकम.रु.एक करोड असि लाख दश हजार पाँच सय (ने.रु १,८०,१०,५००) र ऐ.३० गते बरामद भएको रकम अठासी लाख चौवालिस हजार छ सय पचहत्तर(ने.रु८८,४४,६७५) गरी जम्मा दुई करोड असठ्ठी लाख पचपन्न हजार एक सय पचहत्तर (ने.रु २,६८,५५,१७५) बरामद भएको, चालक सहित नियन्त्रणमा लिएका ५ जना मानिसहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली लगि राखिएको अन्य २ जना फरार रहेका । शिशु मृत फेला, सप्तरी, राजबिराज न.पा.१४ पर्साही स्थित बगही नहरको पुल मुनी अं.२ महिनाको जस्तो देखिने बालिका मृत अबस्थामा रहेको भनि अ.प्र.पोष्ट तितरीगाछीमा जानकारी प्राप्त हुनासाथ प्र.ह.को टोली खटी गई घट्ना स्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शव गृहमा राखिएको । सुर्खेत, गुर्भाकोट न.पा. नं १ राम्रीकाँडा बस्ने लिल ब. कार्किको छोरी १८ की गिता कार्की अत्याधिक रक्तश्राप भई उपचारको लागि मेहेलकुना अस्पताल मेहलकुना सुर्खेतमा आएकोमा डाक्टरले के भएको हो भनी सोधपुछ गर्दा निज बालिकाले जिल्ला सल्यान बालुवा संग्रही बस्ने वर्ष अं.२४/२५ को जनक सुवेदी बाट अबैध गर्भ रहनगई अत्याधिक पेट दुखि ऐ.ऐ.बस्ने बर्ष ३६ को राम बहादुर बि.क.ले चलाएको भे १ ह १८८८ नम्बरको अटोमा उपचार गराउन आउदै गर्दा गुर्भाकोट न.पा.१ काल्चे स्थित बाटोमानै शिशुको जन्म भई फ्याकि दिएको भनि भनेको र निज बालिका लाई थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाएको अवस्था सिरियस(बोल्न सक्ने)साथमा आमा शान्ति कार्की (९७६८२०१५२६) रहेको , ऐ.०४:१५ बजे प्रदेश अस्पताल कालागाँउमा सुर्खेतमा पुगी उपचार भैरहेको सोहि अस्पतालमा खटिएका प्र.स.ह.प्रेम बहादुर वलीले प्र.चौ.मालारानी सुर्खेतमा जानकारी गराए पश्चात् तत्काल प्र.चौ.मालारानी सुर्खेत बाट प्र.स.नि.हरी बहादुर मल्लको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगएकोमा ऐ. ०६;०० बजेको समयमा प्रहरी टोली बच्चा फालेको स्थानम पुगी हेर्दा बच्चा (छोरी) फालेकै स्थानमा मृत फेला परेको अन्य बि.बि. पछि । प्र.क.माथि दुर्ववहार, मोरङ, बिराटनगर म.न.पा. १६ दरैया स्थित झै-झगडा भएको भनी जानकारी गराउनासाथ दरैया पोष्टमा इ.प्र.का. रानीबाट डिउटीमा खटिएका प्र.ह.को कमाण्डमा प्रहरी उक्त स्थानमा पुगी सम्झाई बुझाई गर्दा ऐ. बिराटनगर म.न.पा.१६ दरैया बस्ने वर्ष ४५ को चन्दन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष ४४ को मदन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष २० को रोहन कुमार अमात्य रायले प्रहरीलाईनै अपशब्द तथा दुर्व्यवहार गरेको भनी निज प्र.ह. ले जानकारी गराउनासाथ उक्त स्थानमा इ.प्र.का. रानीबाट प्र.नि. को कमाण्डमा टोली खटी गई निजहरुलाई सम्झाई बुझाई गर्दा समेत प्रहरी माथी दुर्व्यवहार तथा हातपात समेत गरेकोले निजहरुलाई नियन्त्रणमा लिने क्रममा इ.प्र.का.रानीबाट प्र.नि. ले प्रयोग गर्ने गरेको सि.नं. 871TOMF969 को MOROROLA कम्पनीको UHF Digital Hand Set ऐ. स्थितमा खस्दा जमेको पानीमा परी खराब भएको, सोही स्थानमा प्र.ब.ह. को सामसुङ कम्पनीको J5 मोबायल फोन हराएको, निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.नि. को दाहिने हातको बुढी औँलाको फेदमा सामान्य चोट लागेको, विवाद गर्ने तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई राखिएको । लागु औषध, ललितपुर, महालक्ष्मी न.पा.०३ इमाडोल अमन टोल स्थित पैदल हिडिरहेको भारत देश सितामाडी घर भई हाल ऐ. स्थान बस्ने वर्ष २३ को मनोज कुमारलाई प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.नि.को कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले शंकास्पद लागी चेकजाँच गरी साथै निजको डेराकोठाबाट ८.४८ ग्राम ब्राउन सुगर र ब्राउन सुगर जोख्ने मेसिन सहित नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखेको । सुनसरी, बर्जु गा.पा.४ हरबनी स्थित सशस्त्र प्रहरी बोडर आउट पोष्ट हरबनीबाट खटिएको स.प्र.ना.नि को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.स्थित बाँस झ्याङमा लुकाई छिपाई राखिएको अवस्थामा अं.५५४ के.जी गाँजा बरामद गरी प्र.चौ.अमडुवामा बुझाईएको र उक्त गाँजा आवश्यक कार्वाहिको लागि इ.प्र.का.दुहबी पठाईएको।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८२-०२-३१ | अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलनको संयुक्त घोषणापत्र, २०८२ | |
| २०८२-०२-०१ | कसूर, ऐन तथा सजाय सम्बन्धि | |
| २०७८-१२-२३ | हराएका बालबालिकाहरु |