मिति २०८२।०२।२२ गते देखि ऐ. २३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२३
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
सुन जस्तो देखिने
पहेलो धातु सहित मानिस नियन्त्रणमा |
|||
१. |
काठमाण्डौं |
चन्द्रागिरी
न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाण्डौ तर्फ आउँदै गरेको
बा.प्र.०३-००१ ख ३१३९ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट प्र.स.नि.को
कमाण्डमा खटिएको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा
कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको A
साईडको ३ नं. सिटमा सवार देश भारत WEST BENGALघर बताउने अं. वर्ष ३१ को महादेव सामन्तलाई शंका लागि चेकजाँच गर्दा निजले
लगाएको कट्टु भित्र कागजमा बेरी लुकाई छिपाई गरि ल्याएको अवस्थामा सुन जस्तो देखिने
पहेलो धातु फेला परेकोले उक्त धातुलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल
२ सय ७४ ग्राम रहेकोले निज महादेब सामन्तलाई
नियन्त्रणमा लिई आ.अ.भईरहेको । |
|
कर्तब्य
ज्यान |
|||
१ |
सप्तरी |
सुरुङगा न.पा.८
मलहन्वा बस्ने अं.वर्ष ५० को कन्तलाल चौधरीको घरमा अपरिचित ४/५ जना डाका समुह आई
निजको घरमा रहेको पाँच तोला सुन,दुई के.जी.चाँदी र ६० हजार नगद
लुटी लैजाँदै गर्दा निज कन्तलाल चौधरीले प्रतिकार गर्दा निजको शरिरमा धारिलो हतियार
प्रहार गरी, गोली समेत फायर हुँदा निजको घटनास्थलमै मृत्यु
भएको र छिमेकी अं.वर्ष ४० को रामाकान्त चौधरी हो-हल्ला सुनी निज कन्तलाल चौधरीको
घरमा आई बचाउन खोज्दा रामाकान्त चौधरीको टाउको र ढाडमा समेत धारिलो हतियार प्रहार
हुँदा घाइते भएको भनी ऐ.०१:२० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.धातीबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि प्रदेशिक अस्पताल लहान सिरहा पठाएको,
अवस्था मध्यम रहेको, उक्त स्थानमा इ.प्र.का.कडरबोनाबाट
प्र.नि.को कमाण्डमा ९ जना र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ९ जनाको टोली खटी गई
आ.अ.भइरहेको, डाका समुहको पहिचान तथा खो.त.कार्य भइरहेको,शव घटनास्थलमै रहेको, घटनास्थलमा नपड्किएको गोली ३
राउन्ड र १ राउण्ड खोका फेला परेको । |
|
२ |
दैलेख |
माहाबु गा.पा.
वडा नं. ४ बतासे भन्ने स्थानमा शिकार खेली घर फर्कीने क्रममा ऐ. वडा नं. ४ काप्रिखोला
बस्ने बर्ष ३० को सुर्य बहादुर थापा बलामी लड्न गई निजले बोकेको भरुवा बन्दुक पट्किन जाँदा सँगै रहेको
ऐ.ऐ. बस्ने बर्ष अं. ३४/३५ को पुर्ण बहादुर थापा सलामी मगरको छातिमा लाग्न गई निजको
घटना स्थलमै मृत्यु भएको भनि निज सुर्य बहादुर थापा बलामी ऐ.०४:०० बजे आफै प्रहरी
चौकीमा गैडाबाज दैलेखमा आई जानकारी गराए पश्चात निजलाई नियन्त्रणमा लिई, प्र.नि.
कृष्ण खड्काको कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटी
गएको । |
|
ज.ज.क./यौन
दुर्व्यवहार |
|||
१ |
इलाम |
सन्दकपुर गा.पा.४
स्थित मिति २०८२।०२।२१ गते १७:०० बजे “इलाम-श-३(०८१/०८२)” सानीआमाको घरमा बस्दै आएकी वर्ष अं.१५ की “इलाम-श(०८१/०८२)”
(बुबा आमा नभएको भन्ने बुझिएको) लाई देश भारत विहार राज्य पट्ना डिस्टिक
मोतीहारी जिल्ला महुव्वा पञ्चायत विन्दाबासिनी घर भई हाल जि.इलाम सन्दकपुर गा.पा.४
सुर्य बहादुर गुरुङको घरमा अस्थाई बसोबास गरी सिरक डस्ना बनाउने काम गर्ने अं.वर्ष
३५ को मसुद्दिन मियाले बालयौन दुरुपयोग गरेको भनी ऐ.२२ गते १४:०० बजे जि.प्र.का.इलाममा
पीडितको सानीआमाले जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.माबुबाट प्र.ना.नि.को कमाण्डमा
टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको । |
|
हातहतियार बरामद |
|||
१. |
अछाम |
इ.प्र.का. बगुडाठाँटीबाट
प्र.स.नि.को कमाण्डमा वस्तु स्थिति बुझ्न खटिएको टोलीले ऐ. मेल्लेख गा.पा.२ डाँडाश्री
पाटन बस्ने अं.वर्ष ४९ को लाल सिंह धामीको
गोरु बाँध्ने गोठमा लुकाई छिपाई राखेको जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला
र ऐ.बस्ने अं.वर्ष ६८ को मने बहादुर धामीको गोरु बाँध्ने गोठमा लुकाई छिपाई राखेको
भरुवा बन्दुक थान १ र ऐ.बन्दुकमा प्रयोग हुने केप थान १ फेला पारी सामान सहित दुबै
जनालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । |
|
२. |
मोरङ
|
केराबारी गापा
६ तामाङ टोल बस्ने धन बहादुर श्रेष्ठको घरमा इप्रका केराबारी बाट प्रबनानि को कमाण्डमा
खटिएको प्रहरीको गस्ति टोलीले शंका लागि चेकजाच गर्ने क्रममा निजको १ तले घरको पश्चिम
पटिको कोठामा तन्नाले छोपि राखेको अबस्थामा १ नाल भरुवा बन्दुक सहित निज धन बहादुर
श्रेष्ठको छोरा बर्ष २६ को गणेश श्रेष्ठ र ऐ. बस्ने लाल बहादुर तामाङको छोरा बर्ष
३२ को सन्तबिर तामाङ समेतलाई सोहि कोठामा फेला पारी नियन्त्रणमा लिई इप्रका केराबारीमा
ल्याई थप अनुसन्धान कार्य भई रहेको । । |
|
ला.औ. |
|||
१. |
काठमाण्डौ
|
का.जि.टोखा
न.पा.वडा नं.०९ गोंगबु कुलान्त मार्ग स्थित सडक-खण्डमा ला.औ.कारोबार भईरहेको भन्ने
गोप्य सूचनाको आधारमा प्रभाग गोँगबुबाट प्र.नि.शरण विक्रम शाह(९८५१२३९१०२)को कमाण्डमा
सादा पोशाक सहितको टोली खटिई गई उक्त स्थानमा निम्न मानिसहरुलाई फेला पारी सोधपुछ,चेकजाँच
तथा खानतालसी गर्दा निजहरु मध्य कम्लेश मैनालीले भिरेको पहेलो हरीयो साईड ब्यागमा
रातो रङको प्लाष्टिकले पोको पारी लुकाई छिपाई राखिएको अवस्थामा निम्नानुसारको लागु
औषध र १० थान मोबाईलहरु बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिई प्रभाग गोँगबुमा
ल्याई थप अ.अ.कार्य भईरहेको।घटनास्थल प्रभाग गोँगबुबाट अं.५०० मिटर पूर्व उत्तर पर्ने।
निम्न बरामदी सामानहरु ;- १) ब्राउन सुगर जस्तो देखिने खैरो
गिलो पदार्थ प्लाष्टिक सहितको तौल ३.५१ ग्राम र प्लाष्टिक बाहेकको तौल ३ ग्राम बरामद
गरिएको । निम्न मानिसहरु ;- १) जि. झापा दमक न.पा.वडा नं.१
घर भई हाल का.जि.स्वयम्भु बस्ने बर्ष २६ को पवन सम्वाहाम्फे । २) जि.पाँचथर हिलिहाङ
गा.पा.वडा नं.६ घर भई हाल का.जि.गोंगबु बस्ने बर्ष २८ को कम्लेश मैनाली । ३) जि.पाँचथर
मिक्लाजुङ गा.पा.१ घर भई हाल का.जि.टोखा न.पा.९ म्याग्दीचोक बस्ने बर्ष ३२ को समिर
राई । |
|