प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मिति २०८२।०३।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२९

धारीलो हतियार प्रहार उदयपुर    त्रियुगा न.पा. १० आँखा अस्पताल नजिक ऐ. बस्ने वर्ष अ. २३ को राजेश मल्लिकलाई ऐ. बस्ने वर्ष अ.२४ को राकेश वि.क ले के कुन कारण चक्कुले प्रहार गर्दा निजको छाती, कुममा चोट लागी घाइते भएकोले उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगरमा लगी उपचार भइरहेको भन्ने खबर सोही अस्पतालमा खटिएको प्र.क मार्फत ऐ.०३/२९ गते राती ०२ :४० बजे जि.प्र.का.उदयपुरमा जानकारी प्राप्त भएको,उपचारमा निजको आमा संलग्न रहेको, अवस्था बोल्न नसक्ने गम्भीर रहेको, कुट्ने व्यक्ती तत्काल फरार रहेको,जि.प्र.का.बाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भइरहेको, कुट्ने व्यक्तीको खो.त.कार्य भइरहेको ।झै-झगडा/कुटपिटधनुषा    जिल्ला    बटेश्वर गा.पा.४ स्थित क्रिकेट ग्राउण्डमा क्रिकेट खेल्ने क्रममा खेलाडीहरू बिच झै-झगडा हुँदा ऐ.बटेश्वर गा.पा.३ कटानी टोल बस्ने वर्ष २३ को राजेश कुशवाहा समेत ५ जना घाईते भई १ जनालाई काठमाण्डौ तर्फ,२ जनालाई जानकी मेडिकल कलेज रमदैया र २ जनालाई ओम दिर्घायु हस्पिटल जनकपुर पठाएको,१ जनाको अवस्था गम्भीर, ४ जना मध्यम,  उक्त स्थानमा प्र.चौ.बटेश्वरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, झै-झगडामा संग्लन ऐ.४ बस्ने वर्ष २१ को भाग्यनरायण साह प्र.चौ.बटेश्वरको नियन्त्रणमा ।कैलाली जिल्ला    धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय कैलालीमा मिति २०८२।०३।२७ गते कारागार कार्यालयको भित्री ग्यालरिमा वेल्डिङ गरि दुई भागमा ब्लक बिभाजन गरेको भनी उक्त कारागार भित्र रहेका कैदि/थुनुवा बन्दीहरुले हो-हल्ला गरिरहेकाले सम्झाई बुझाई गर्ने कार्य भईरहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ५१ जनाको टोली खटी गएको, थप बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल ज्यु समेत खटी जानु भएको, हो-हल्ला भएको अवस्थामा उक्त कारागारमा रहेका ज्यान मार्ने उद्दोग मुद्दाको कैदि जि.कैलाली टिकापुर न.पा.९ बस्ने बर्ष ३२ को खगेन्द्र बोगटीलाई नाकमा सामान्य चोट लागि उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, अवस्था सामान्य ।ला.औ.सिन्धुली जिल्ला कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास र अस्थाई ट्राफिक प्रहरी पोष्ट भिमान सहितको टोलीले विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.सर्लाही बाग्मती न.पा.५ बस्ने वर्ष ४८ को निर बहादुर बूढाथोकीले चलाएको बा.५ ख ५०७५ नं. को हायस  गाडीलाई चेकजाँच गर्ने क्रममा सोही हायसको १० नं.सिटमा सवार जि.रुपन्देही मायादेवी गा.पा.४ बस्ने वर्ष ४७ को भगवान दास लोनियाको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ९५.०५० ग्राम र नगद रकम रु.५६,०००।–(छपन्न हजार) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।मोरङ    बिराटनगर म.न.पा.१४ मलाया रोड स्थितमा इप्रका रानी र ला.औ.नि.ब्युरो बिराटनगर बाट प्रह  को कमाण्डमा खटिएको संयुक्त टोलिले सडकको साईडमा को ३० प ४१० नम्बरको मो.सा.मा अडेस लागी गफ गरी रहेको जि.मोरङ बिराटनगर म.न.पा.१२ बस्ने बर्ष २३ को रोशन लाल महत्तो र देश भारत बिहार राज्य,अररिया जिल्ला,फुल्का थाना नं.पा. २ बस्ने बर्ष २१ को पवन कुमार यादवलाई संका लागी चेकजाँच गर्दा निजहरु मध्ये रोशन लाल महत्तोको साथ वाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १७४.३१ ग्राम सहित फेला पारी मो.सा. सहित दुबै जनालाई नियन्त्रणमा लिई राखेको ।मोरङ    कटहरी गा.पा.०३ कटहरी चोक स्थितमा प्र.चौ.कटहरीबाट खटिएको प्र.ब.ना.नि.को टोलीले चेकिङ गरी रहेको अवस्थामा चेकिङ टोली लाई देखी को. १ ख ४५१८ न.को ट्रक सोहि स्थानमा छाडि चालक फरार भएकोमा उक्त ट्रक चेकजाच गर्दा ला.औ.गाँजा १०५ बोरा ( अ.३१५० के.जी ) फेला पारी सुरक्षित साथ जि.प्र.का.मा ल्याई राखिएको ट्रक चालकको पहिचान तथा खो.त.भईरहेको ।

मिति २०८२।०३।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२७

कर्तव्य ज्यान अर्घाखाँची जिल्ला सन्धीखर्क न.पा.१२ बाँसखर्क बस्ने वर्ष ७२ को जंग बहादुर नेपालीको झड्केलो छोरा अं.वर्ष ४० को झुपे नेपालीले आफ्नै घरमा मा.प.से.गरी बाबुलाई कुटपिट गरी मृत्यु घटनास्थलमा भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. अर्घाबाट प्र.व.ह.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जि.अ. सन्धिखर्क पठाईएको, कुटपिट गरी हत्या गर्ने झुपे नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।ज.ज.क. /ज.ज.क.उधोग/बाल यौन दुरुपयोगरुपन्देही जिल्ला मिति २०८२।०३।२३ गते रातको  समयमा कोटहीमाई गा.पा.४ तुनिहवा बस्ने वर्ष १७ की  बालिकालाई  निजकै  घरको सुत्ने कोठामा गई ऐ.बस्ने वर्ष २३ को रहिस मुसलमानले ज.ज.क.गरेको भनी ऐ.२६ गते ०८:०० बजे इ.प्र.का.मझगाँवामा जानकारी प्राप्त हुनासाथ  इ.प्र.का.मझगाँवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक रहिस मुसलमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मर्चवार रुपन्देही पठाएको ।नवलपरासी पश्चिम जिल्ला रामग्राम न.पा. ११ रानीपाकड बस्ने अं.वर्ष १७ की बालिकालाई ऐ.०३।२५ गते राती अं.००:०० बजे ऐ. राप्तीसुनारी गा.पा.७ थपथली गाँउ स्थायी घर भई हाल ऐ. रामग्राम न.पा.११ जमुवाड स्थित प्लाई बोर्ड उद्योगमा काम गरी सोही उद्योग भित्र बस्ने अं.वर्ष ३५ को हरि थारुले पीडितको आफ्नै घर पछाडी रहेको शौचालयमा गएको अवस्थामा पिडक एक्कासी उक्त शौचालयभित्र प्रवेश गरी ज.ज.क.गरेको भनी ऐ.२६ गते १०:३० बजे जि.प्र.का.मा जाहेरी दरखास्त हुना साथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।उदयपुर जिल्ला उदयपुरगढी गा.पा. वडा नं.७ मिति २०८२।०३।२५ गते अ.१६:०० बजेको समयमा सांकेतिक नाम गाईघाट १०३ (ग) को छोरी वर्ष १७ कि (नावालिका)सांकेतिक नाम १०३ लाई ऐ.ऐ. बस्ने वर्ष अ. २७ को धिरज मोतेले संवेदनशिल अंगमा समाति सुमसुम्याई बालयौन दुरुपयोग गरेको भनि पिडितको बाबुले आज मिति २०८२।०३।२६ गते अ.१५:०० बजेको जिल्ला प्रहरी कार्यालय उदयपुर जाहेरी दरखास्त दिएकोले अप्रपोष्ट नेपालटार उदयपुरमाबाट प्रसनि राम कुमार यादवको कमाण्डमा प्रहरी टोलि खटिगई निज धिरज मोतेलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ आवश्यक अनुसन्धान कार्य भइरहेको । कञ्चनपुर जिल्ला लालझाडी गाउपालीका वडा नम्बर ०६ चान्देब बस्ने बर्ष अ.५५ को प्रसादे ऐरले आफ्नो घरमा मोवाईल चार्ज गर्न आएकी ऐ.ऐ.ढक्का शिबिर बस्ने गोपाल सुनारकी छोरी बर्ष १० की परिवर्तित नाम कञ्चनपुर ७५बेलौरी(ढ )१ कुमारीलाई घरको कोठा भित्र शरिरका संबेदनशिल अंगमा छुने,समाउने,चलाउने,किस गर्ने र नाबालीकालाई समेत किस गर्न लगाएको भनि आज मिति २०८२।०३।२६ गते २१:०० बजेको समयमा पिडीतको आमा शान्ति सुनार ले इलाका प्रहरी कार्यालय बेलौरीमाबालयौन दुरुपयोग सम्बन्धी कसुरमा लिखित जाहेरी दिएको हुँदा तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्र.ब.ना.नि को कमाण्डमा ७ जनाको टोली खटिगई, निज प्रसादे ऐरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलौरीमा राखीएको,अनुसन्धान भैरहेको ।डोटी जिल्ला पुर्विचौकी गा.पा. वडा नं. २ कुडासैन बस्ने बर्ष ३३ को खगेन्द्र ठकुल्लाले ऐ.ऐ. बस्ने बर्ष १३ की परीवर्तित नाम ७० सिलगढी २३(क) आफ्नै घरमा सुतेको अवस्थामा झ्याल बाट भित्र पसी करणीका आसयले समात्ने क्रममा बालिकाले हो हल्ला गर्दा खगेन्द्र ठकुल्ला भागी गएको भनि आज मिति २०८२।०३।२६ गतेको १३;०० बजेको समयमा जानकारी प्राप्त हुना साथ प्र.ब.ना.नि. विरेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिई गई निज खगेन्द्र ठकुल्ला लाई नियन्त्रणमा लिई यस का. को हिरासतमा राखी सम्पूर्ण प्रक्रिया पुरा गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।ईलाम जिल्ला सन्दकपुर गा.पा.१ आलुबारी स्थित बस्ने वर्ष ४२ को सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) ले निजको भाई वर्ष ३० को सांकेतिक नाम इलाम-आ-१(०८१/०८२) को श्रीमती वर्ष १९ की सांकेतिक नाम इलाम-आ (०८१/०८२) लाई  पिडितको घरमा ज.ज.क. प्रयास गर्न खोजेकोले पिडितको श्रीमानले देखि ऐ.०९;३० बजे प्रचौ बन्दुकेमा खबर प्राप्त हुनसाथ प्रचौ बन्दुकेबाट प्रनानि नागेन्द्र ब. बुढाथोकीको कमाण्डमा प्रहरी टोली खटि गई पिडक सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) नियन्त्रणमा लिई ऐ. १२:४५ बजे जिप्रका ईलाममा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।झै-झगडा/कुटपिटजुम्ला जिल्ला पातारासी गा.पा.४ तिर्खु बस्ने अं.वर्ष ४९ को मदन नाथ धिताल र ऐ. बस्ने अं.वर्ष ३५ को राम बहादुर बोहरा बीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा निज मदन नाथ धिताललाई छातिमा तथा शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि निजको श्रीमती डिलमाया धितालले ऐ.२३:०० बजे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याई ICU मा राखि उपचार भईरहेको, अवस्था गम्भीर रहेको भनी ऐ. प्रतिष्ठानमा कार्यरत प्र.क.जि.प्र.का. जुम्लामा जानकारी गराएको र कुटपिट गर्ने व्यक्ति राम बहादुर बोहरालाई प्रहरी चौकी डिल्लिचौर जुम्लाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गरी प्रहरी चौकी डिल्लिचौर जुम्लाको नियन्त्रणमा राखिएको ।फुटकर ज्यानकाठमाडौं जिल्ला टोखा न.पा.९ मिलनटोल स्थित रामजी बुढाको ५ तले पक्की घर भाडामा लिई जि.सल्यान दार्मा गा.पा.५ घर हुने वर्ष ३६ को देवराज खड्काले संचालन गरेको न्यू भावना गेष्ट हाउसको तेस्रो तलाको ३०३ नम्बरको कोठामा मिति २०८२।०३।२५ गते अं.०६:०० बजे जि.धादिङ सिद्वलेख गा.पा.६ घर भई हाल का.जि.बौद्व बस्ने वर्ष २१ की सबिना मगर सहित ३ जना (केटी) साथीहरु गेष्टको रुपमा आई बसेकोमा निज सबिना मगर सुतेको बेडमा घोप्टो परी मृत अवस्थामा रहेको र उक्त कोठाको ढोका खुल्लै रहेको भन्ने खबर प्राप्त हुना साथ प्रभाग गोँगबुबाट प्र.नि.को कमाण्डमा ६ जना, जि.प्र.परिसर र वृत्त महाराजगंजबाट मुचुल्का टोली समेत खटी गई घटनास्थल लाशजाँच मुचुल्का कार्य भईरहेको,मृतकका साथी जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भई हाल का.जि.गोकर्णेश्वर बस्ने वर्ष २३ की डोल्मा बम्जन सहित २ जनालाई थप आ.अ.कार्यको लागि नियन्त्रणमा लिईएको ।

मिति २०८२।०३।२५ गते देखि ऐ. २६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२६

ज.ज.क. उद्योग उदयपुर जिल्ला बेलका न.पा. ०९ बस्ने वर्ष २१ की महिलालाई ऐ.९ माछापुच्छ्रे सामुदायिक बनमा बाख्रा चराउन गएको मौका पारी मिति २०८२।०३।२३ गते अं.११:३० बजे,  ऐ.बेलका न.पा. ०८ भिमफेदी बस्ने वर्ष ४२ को धन्दे भन्ने तेज बहादुर राईले ज.ज.क.उद्योग गरेको भनि  पिडितको आमाले इ.प्र.का.मा ऐ. २५ गते  लिखित जाहेरी दिए पश्चात प्रहरी टोलि खटि गई निज पिडकलाई नियन्त्रणमा लिइएको साथै पिडितको अवस्था सामान्य रहेको ।              शंकास्पद मृत्युझापा जिल्ला बिर्तामोड न.पा.२ रामचौक स्थित सडक छेऊमा इ.प्र.का.अनारमनीबाट खटिएको प्र.स.नि.को टोलिले गस्ति गर्ने क्रममा तत्काल नामथर नखुलेको अ.बर्ष ४५ को पुरुष मानिस घाईते (टाउको लगायत शरिरको बिभिन्न भागमा चोट देखिएको) भई गम्भीर अबस्थामा फेला परी उपचारको लागी बिर्तासिटि अस्पताल पठाईएकोमा डाक्टरले चेकजाच गर्दा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको ।                                                  कैदी बन्दी मृत्युमोरङ जिल्ला विराटनगर म.न.पा.०५ घर भई जिल्ला कारागार मोरङमा रहेको ज.ज.क.मुद्दाको बन्दी वर्ष ४०को सन्तोष पाल लाई शरीर सुन्निएको, सास फेर्न गाह्रो हुने समस्या भएको कारण प्र.ह.को कमाण्डमा २ जनाले कोशी अस्पताल बिराटनगर लगी बेड भर्ना गरी उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.२५ गते १८:२५ बजे कोशी अस्पतालमा मृत्यु भएको,मृतकको शव सोही अस्पतालमा रहेको ।                                                      शिशु मृत फेला काभ्रे जिल्ला बनेपा न.पा.६ घर भई हाल का.जि. सुकेधारा बस्ने वर्ष ३६ की सिता दाहाल मिति २०८२।३।२४ गते ०५:३० बजे पेट दुखेको भनी काठमाण्डौ म.न.पा.०७ चावहिल स्थित हेल्पिङ हेण्ड्स अस्पतालमा आई अस्पतालको ईमर्जेन्सीमा रहेको शौचालयमा अं.५ महिना गर्वमा रहेको नवजात शिशु (छोरी) लाई जन्म दिएकोमा निजको साथी जि. पाँचथर घर भई हाल का.जि. बसुन्धारा बस्ने वर्ष ४० की कविता सेवा (लिम्बु) ले सुरुवालमा पोको पारी उक्त शौचालयको डस्टविनमा फालेको अवस्थामा ऐ.२५ गते अस्पतालको कर्मचारीले फोहोर निकाल्ने क्रममा मृत्त अवस्थामा फेला परेको निजको साथी कविता सेवा (लिम्बु) अस्पतालमै रहेको,प्रहरीको निगरानीमा उपचार भईरहेको उपचार पश्चात निजहरुलाई नियन्त्रणमा लिइएको ।                                                            ला.औ.झापा जिल्ला झापा गा.पा. ०१ सुडुखुट्टु स्थितमा इ.प्र.का.कुमरखोदबाट देश भारत बिहार राज्य जिल्ला किसनगंज सिंगीमारी पञ्चायत वडा न.०५ बस्ने वर्ष ६० को गबरी साह भारत बाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा निजले लागाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो खैरो पदार्थ प्लाष्टिक सहित १०० ग्राम फेला पारी साईकल सहित नियन्त्रणमा ।मोरङ जिल्ला धनपालथान गा.पा.०१गदियाखोला फुटबल ग्राउन्ड नजिक उखुबारीमा ला.औ.गाजा रहेको भन्ने सुचनाको आधारमा इ.प्र.का.रंगेलीबाट प्र.नि.,प्र.चौ.गडेरियाबाट प्र.स.नि., र BOP नोचाबाट स.प्र.नि.को कमाण्डमा खटिएको सयुक्त टोलीले बेवारिसे अबस्थामा ला.औ.गाँजा ८ सय २ के.जि. १०० ग्राम रहेको,सो गाँजा इ.प्र.का.रंगेलीमा ल्याई राखिएको ।झापा जिल्ला झापा गा.पा. ४ सुकुमबासी बस्ति स्थितमा भारतबाट नेपाल तर्फ साईकलमा सवार गरी आउदै गरेको जिल्ला झापा कनकाई न.पा.१ दुर्गापुर बस्ने अ.वर्ष ३० को पवन ऋषिदेबलाई गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको प्र.नि. र ला.औ. नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि. समेतको संयुक्त टोलीले  निजलाई चेकजाँच गर्दा निज चढि आएको साईकलको टायर भित्र रहेको ट्युबमा लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित अ.१५० ग्राम सहित नियन्त्रणमा ।

मिति २०८२।०३।२४ गते देखि ऐ. २५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२५

कर्तव्य ज्यान झापा अर्जुनधारा न.पा. ४ भाङवारी घर भइ हाल ऐ.८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने वर्ष २२ की गरिमा राई भन्ने गंगा सार्कीको कोठामा जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.वडा नम्वर ६ वैकुण्ठे घर भई ऐ.अर्जुनधारा न.पा.वडा न.८ वस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ को रमेश भुसाल गएको भनी निजको श्रीमती वर्ष ३२ की सुस्मिता भुसालले ऐ.बस्ने वर्ष ५४ की मैया श्रेष्ठ, ऐ. बस्ने बर्ष ३८ की बबिता बिक, ऐ.बस्ने बर्ष २४ की मेनुका पाँचकोटे र ऐ. बस्ने बर्ष ६० की नर्बदा सुनदास समेतलाई साथमा लिई गई निज गंगा सार्कीलाई कुटपिट गरी घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.शनिश्चरेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि शंखर अस्पताल शनिश्चरे लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा ऐ.२५ गते ०१:२० बजे चिकित्सकले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, कुटपिटमा संलग्न  ५ जना महिला र सुस्मिता भुसालको श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा, मृतकको आफन्त अस्पतालमा आई सकेको । ज.ज.क./ज.ज.क.उधोग खोटाङ-१९ गते दिउँसो १६:०० बजेको समयमा हलेसी तुवाचुङ न.पा. वडा नं. ०६ मंगलटार स्थित पिपलडाँडा मूनि बाटाघरे भन्ने ठाँउको विशाल क्षेत्रीको मकैबारी भित्र कानूनको विवादमा परेको वालक जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष १६ को सांकेतिक नाम ”६२” ले जिल्ला खोटाङ रावाबेशी गा.पा.-२ वतन भई हाल ऐ.हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष २४ की सांकेतिक नाम”६१” लाई जवरजस्ती करणी गरेको भनि पीडितले आज मिति २०८२।०३।२४ गते जि.प्र.का.खोटाङमा जाहेरी दरखास्त दिएको हुँदा घटनामा संलग्न सांकेतिक नाम ”६२” लाई आजै नियन्त्रणमा लिई यस कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भई रहेको । चितवन जिल्ला  इच्छाकामना गा.पा. ३ खानी खोला तातुङ भन्ने स्थानमा ऐ.बस्ने वर्ष ३५ की महिलालाई घरमा कोही नभएको अवस्थामा घरको ढोका खोली कोठामा सुतिरहेको अवस्थामा जि.सिन्धुली दुधौली न.पा.५ घर भई हाल ऐ.बस्ने अं.२१ को पुरुषले ज.ज.क.गरेको भनि आज २४ गते १६:४५ बजे, अ.प्र.चौ.फिस्लिङमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको । धादिङ थाक्रे गा.पा.२ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ६० को (काका नाता पर्ने) ले ज.ज.क.गरेको भनि ऐ.थाक्रे गा.पा.३ भुमेस्थान स्वास्थ्य चौकीमा उपचारको लागि आएको भनी उक्त स्वास्थ्य चौकीबाट ऐ.१६:०० बजे अ.प्र.पोष्ट सिम्लेमा खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखिएको । कैदी मृत्यु काठमाडौ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत महिला बन्दी सुधार गृहमा देश पाकिस्तान (लाहोर वाल्टन) स्थायि वतन भएकी वर्ष ५७ को ला.औ. मुद्दामा थुनामा रहेकी कैदी AYESHA HUSSAIN नसा सम्बन्धी बिरामी भई मिति २०८२।०३।२१ गते वीर अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको ऐ.२४ गते  अं.१०:५३ बजे मृत्यु भएको, कानुनी प्रकृयाको लागी प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई शव पो.मा.को लागी टिचीङ अस्पताल पठाईएको । थप विवरण  कारागार दाखिला मिति:- २०७१।०५।१० गते, सजाय:- १५ वर्ष, १० लाख जरिवाना मुद्दा चलाउने निकाय :- काठमाडौं । हा.ह.बरामद झापा इ.प्र.का.काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जिल्ला झापा मेचिनगर न.पा.६ स्थित मेचि भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा देश भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने बर्ष २५ को प्रतिक अग्रवालले चलाई लिई आएको WB74AJ0400 नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार थान १ र निजले बोकेको साईड ब्याग भित्र प्लास्टिकको पोकोमा १८ थान उक्त  हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेकोले, उक्त अवैध हतियार, मोबाईल र सवारी साधन सहित निजलाई नियण्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टामा ल्याई अनुसन्धान कार्य भईरहेको । दाङ जिल्ला सल्यान कपुरकोट गा.पा.३ फलाटे घर भई हाल जिल्ला दाङ घोराही उ.म.न.पा.१५ बि.पी. चोक नजिक रहेको लोटस ट्रेनिङ सेन्टर (सिङगपुर आर्मी, ब्रिटिस आर्मी, ईन्डियन आर्मी, नेपाल आर्मी, नेपाल प्रहरीको ट्रेनिङ दिने भन्ने बुझिएको, निज अजय बि.क.ले ब्रिटिस आर्मी सम्बन्धि ट्रेनिङ गरिरहेको) मा ट्रेनिङ गरी (सोही ट्रेनिङ सेन्टरको होस्टेलमा) बस्ने वर्ष १९ को अजय बि.क.ले अवैध हतियार तथा गोली गठ्ठा गोप्य रुपमा लुकाई छिपाई राखेको भनी व.प्र.का.घोराहीमा जानकारी प्राप्त हुनासाथ व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुत्ने खाट मुनी राखेको कालो रंगको JORDAN लेखेको पछाडी भिर्ने र्‍याग्जिनको झोला भित्र राखेको 0.32pistol civil INGSF1902134300.32 Indian ord nance Factury लेखेको पेस्तोल थान-१ (एक), ऐ.ऐ.मा लाग्ने गोली थान-४ (चार), ऐ.ऐ.मा लाग्ने ७ राउण्ड क्षमता भएको म्याग्जिन थान-१ वरामद गरी हतियार सहित निज अजय बि.क.लाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान भईरहेको ।     ला.औ. झापा भद्रपुर न.पा.वडा न.७ चिँया पसल नजिक हुलाकी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्र.नि. बिजय चौहान र ला.औ.नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि.कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलम र जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँयालाई शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरी माथी हातपात गरी भाग्न खोज्दा नियन्त्रणमा लिनको लागी चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३/३ गरी जम्मा ६ राउण्ड गोली फायर गरी जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँया । (निजको दाहिने खुट्टाको पिड्युलामा १ राउण्ड गोली लागी सामान्य घाईते भई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा  सामान्य उपचार पश्‍चात डिस्चार्ज भई कार्यालयमा ल्याईएको, निजको साथबाट १०२ ग्राम १० मिलि ग्राम ला.औ.ब्राउन सुगर जस्तप पदार्थ फेला परेको र देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलमको साथबाट  ७० मिलि ग्राम ला.औ.ब्राउन सुगर बरामद गरी आवश्यक अनुशन्धान तथा कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालाय झापामा ल्याई राखीएको ।

मिति २०८२।०३।२३ गते देखि ऐ. २४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२४

कर्तव्य ज्यान-मोरङ, रतुवामाई न.पा. ६ शनिश्चरे बजार बस्ने अं.वर्ष ६० की टिकामाया कार्की मिति २०८२।०३।२१ गते ०८:०० बजे घाँस काट्न भनि हिंडेकोमा घर नफर्के पछि खोज्दै जाँदा ऐ. न.पा. ६ केशरवारी छेउ आफ्नै खेतमा ऐ.१६:०० बजे मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सिजुवाबाट प्र.नि.को कमाण्डमा टोली खटी कानूनी प्रकृया पूरा गरी शव पो.मा.को.लागि कोशी अस्पताल बिराटनगर पठाई पो.मा.प्रश्चात निजको छोराले शव बुझी लगेकोमा ऐ.२३ गते १६:०० बजे अनुसन्धान गर्ने क्रममा  ऐ.बस्ने आफ्नै देवर नाता पर्ने अं.वर्ष ६९ को टंक बहादुर बस्नेतलेनिज टिकामाय कार्कीलाई हँसियाको बिडले टाउकोको पछाडी घुच्चुकमा प्रहार गरी मारेको भन्ने खुल्न आएको,निजलाई हँसिया सहित नियन्त्रणमा लिई इ.प्र.का.सिजुवा ल्याई आ.अ.भईरहेको । धनकुटा न.पा. ९ खुरिला बस्ने वर्ष १६ को प्रमिश राईलाई आ.अ.को लागि  जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई घरबाटै नियन्त्रणमा लिई बाल निगारनी कक्षमा राखी अनुसन्धान कार्य भईरहेकोमा, निजले मिति २०८१।१२।०३ गते ऐ. धनकुटा न.पा.७ चुलिबनमा र २०८२।०३।१७ गते त्रिवेणि मा.बि.को साईन्स ल्याब तर्फ भवनको सिंढीमा  ऐ.बस्ने अं. वर्ष १३ की बालिकालाई ज.ज.क. गरेको भनि पिडितको आमाले जि.प्र.का. धनकुटामा जाहेरी दिएकोले उक्त अरोपित बालकलाई  दिन ५ म्याद थप भई आ.अ. भईरहेको, पिडित बालिकाको अवस्था सामान्य रहेको । ललितपुर, महाङ्काल गा.पा. ३ गोटीखेल धामीडाँडा स्थित ऐ.बस्ने वर्ष ६ की बालिकालाई ऐ.बस्ने वर्ष १४ को र ऐ. बस्ने वर्ष १५ को बालकहरूले ललाई फकाई ऐ. स्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर पीडितको आमाले मिति २०८२/०३/२३ गते २१:०० बजे प्रहरी वृत्त चापागाउँमा निवेदन दिए पश्‍चात ई.प्र.का. टुङ्गुनबाट प्र.ना.नि. सहितको टोली खटी गई निजहरुकै घरबाट नियन्त्रणमा लिई दुवै जनालाई प्रहरी वृत्त चापागाउँमा बुझाएको, निज पीडित बालिकाको मेडिकल पश्‍चात आमाको जिम्मा लगाई पठाईएको । जलि मृत्यु-काठमाडौं, जि.काभ्रे बनेपा न.पा.८ भोलाखा बस्ने वर्ष ५२ को हेमराज शाही मिति २०८२/३/१७ गते अं.०६:०० बजे, आफ्नै  घरको भान्सा  कोठामा खाजा बनाउने क्रममा एक्कासी ग्याँस लिग भई आगलागी हुँदा शरीरको विभिन्न भागहरु (७०-७५%) जलि घाइते भई स्थानीय अस्पताल सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. १०:०० बजे जि. काठमाडौं कीर्तिपुर न.पा.२ देवढोका स्थित रहेको कीर्तिपुर वर्न अस्पतालमा ल्याई उपचार भईरहेकोमा ऐ.२३ गते अं. २०:५३ बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएको, उक्त स्थान प्रहरी वृत्त कीर्तिपुरबाट ३ कि.मि.पश्‍चिम पर्ने । हा.ह.बरामद-तनहुँ, इ.प्र.का.बन्दीपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले  ऐ.बन्दिपुर गा.पा.३ शेराटार स्थित बेलौती गैरा बाटोमा बेबारिसे अवस्थामा १ नाले भरुवा बन्दुक (साबुत) थान १ फेला पारी नियन्त्रणमा लिएको, आ.आ.कार्य भईरहेको । ला.औ.-चितवन, खैरहनी न.पा.९ स्थित खुरखुरे चोक नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्गमा लागु औषध गाँजा ओसार पोसार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.खैरहनीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बागमती प्रदेश ०६-०१ प ६९९६ नं.मो.सा.मा लुकाई छिपाई ल्याउँदै गरेको ५ किलो ८०० ग्राम गाँजा सहित ऐ. खैरहनी न.पा.१३ बस्ने वर्ष २४ को रोजन तिमल्सिना र ऐ.बस्ने वर्ष २५ को करण चौधरीलाई नियन्त्रणमा लिई इ.प्र.का.खैरहनीमा ल्याई आ.अ.कार्य भईरहेको|  मोरङ, धनपालथान गा.पा ०२ पैटामा स्थित प्र.चौ. अमाहि बरियातीबाट प्र.स.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जादै गरेको BR 38 Q 5686 नम्बरको भारतिय सुपर स्पलेण्डर मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा चालक देश भारत जिल्ला अररिया पहुँसी ग्राम पंचायत -२ बस्ने बर्ष २२ को मोहमद ईर्सादले बोकेको प्लास्टिकको जेब्रा झोलाभित्र राखेको अन्दाजी २५ केजी गाँजा सहित मोसा र चालकलाई पक्राउ गरी थप अनुसन्धानको लागी इ.प्र.का.. रंगेलीमा ल्याएको ।