प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मिति २०८३।०१।२८ गते ०५:०० बजे देखि २०८३।०१।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२९

कर्तव्य ज्यान,संखुवासभा, मकालु गा.पा. ०२ स्थितमा रहेको मकालु हिमाल आरोहण गरी फर्किने क्रममा क्याम्प-३ र क्याम-२ को आसपासमा अमेरिकन नागरिक अ. वर्ष ५३ की SHELLEY JOHANNESEN (पासपोर्ट नम्बर ;- A04487123) को ७,२०० मिटरको उचाईमा हिम पहिरोमा परि घाईते भई आज मिति २०८३।०१।२८ गते ०८:०० बजे मृत्यु भएको भन्ने जानकारी ऐ. १४:४५ बजे सेभेन समिट ट्रेक्स प्रा.लि. काठमाण्डौको कर्मचारी रोशन सिलवाल मार्फत जिप्रका संखुवासभामा जानकारी प्राप्त भएको, थप बुझ्ने कार्य भईरहेको, उक्त घटनास्थलमा प्रहरी जान नसक्ने । उक्त लास एल्टिच्युट एयरको हेलि द्वारा उद्दार गरी सोलुखुम्बु स्थित लुक्ला एयरपोर्टमा ल्याण्ड पश्चात फ्रिस्टेल एयरको हेलि द्वारा काठमाण्डौ स्थित टिचिङ अस्पताल महाराजगंजमा ऐ. १८:०० बजे पुर्याइ उक्त अस्पतालको शव गृहमा सुरक्षित साथ राखिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, अर्जुनधारा न.पा ५ पाण्डवपुर बस्ने हरि बहादुर कार्कीको मकैबारिमा सांकेतिक नाम “४३(क)-अनारमनी-०८२/०८३” को छोरी बर्ष ४ की सांकेतिक नाम “४३-अनारमनी-०८२/०८३” लाई ऐ बस्ने बर्ष ४४ को हजुरबुबा नाता पर्ने सांकेतिक नाम “४३-बिर्तामोड” ले ललाई फकाई मकैबारिमा लगी हाडनाता करणी (ज.ज.क.) गरेको भनि मिति २०८३।०१।२५ गते इप्रका अनारमनिमा जाहेरी दिए पश्चात निज पिडक सांकेतिक नाम “४३-बिर्तामोड” लाई प्रचौ शनिश्चरे बाट प्रसनि नेत्र प्रसाद चम्लागाईको कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले मिति २०८३।०१।२८ गते अ. ०९:०० बजे निजकै घर वतन बाट नियन्त्रणमा लिई इप्रका अनारमनिमा ल्याई थप अनुसन्धान भईरहेको, । बर्दिया, बारबर्दिया न.पा ६ पथ्थरडाडा बस्ने बर्ष अ ४१ कि संकेत न ६६ (पथ्थरपुर) लाई ऐ.५ चादनी चोक बस्ने बर्ष अ.३८/३९ को काली ब.कामी (संकेत न.६६ K1)ले मिती २०८३/०१/२६ गते अ १४:०० बजे घरमा एक्लै भएको समयमा आई ज.ज.क.प्रयास गरेको भनी यस इ.प्र.का.जयनगर बर्दियामा जाहेरी दरखास्त दिए पश्चात उक्त स्थानमा इ.प्र.का.जयनगर बर्दियाबाट प्र.स.नि.को कमाण्डमा ४ जना खटिएको , ज.ज.क. प्रयास गर्ने ब्यक्ती प्रहरीको नियन्त्रणमा, महिलालाई स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको  । झुण्डी मृत्यु,पर्सा, बिरगंज म.न.पा.११ श्रीपुर बिधयापति नगर टोल बस्ने धुपेन्द्र प्रसाद कुर्मीको छोरा अं.वर्ष १६ को शनी कुमार पटेलले  SEE परिक्षामा फेल भएको कारण आफ्नै पक्की घर जस्ताले छाएको आफु सुत्ने कोठामा फलामको ‍पाईपमा तन्नाको पासो लगाई  झुण्डी रहेको अवस्थामा निजको आमाबुवाले देखि पासो खोली हेर्दा मृत्यु भईसकेको र मृत शव आँगनमा ल्याई राखेको भन्ने ऐ.२९ गते अं.००:४५ बजे व.प्र.का.श्रीपुरमा खबर प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको । लागु औषध,सुनसरी, धरान उप-मनपा १३ Thousands Big Buddha स्थितमा इलाका प्रहरी कार्यालय धरान, सुनसरीबाट प्रनि बविन राई (९८४३५८६०५५) को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकिङ गर्ने क्रममा ऐ.ऐ. स्थित रोडको छेउमा धरान बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि.धरान १८ द्वारा संचालित को १ च ७३५९ नं.को एम्बुलेन्स रोकी राखेको अवस्थामा शंका लागी उक्त एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्स भित्र लाऔ गाँजा फेला परेकोले लाऔ गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिई इप्रका धरानमा ल्याई राखिएको, उक्त एम्बुलेन्समा रहेको लाऔ गाँजा नापतौल गर्दा ४४० के.जी. रहेको, थप अनुसन्धान कार्य भईरहेको तथा फरार एम्बुलेन्स चालकको खोत कार्य भईरहेको, ।  कास्की, पोखरा म.न.पा.११ तुल्सी मार्ग बस्ने लिला बहादुर सिंहको २ तले पक्की घरको दोस्रो तलामा डेरा गरी बस्ने  जि. लम्जुङ क्व्होलासोथार गा.पा.९ वतन भएका वर्ष २९ को सागर थापा मगरले लागू औषध बिक्री वितरण गर्छ भन्ने गोप्य सूचनाको आधारमा व.प्र.का. रामबजारबाट प्र.व.ना.नि.,जि.प्र.का.कास्कीबाट प्र.व.ना.नि. र ला.औ.नि.व्युरो पोखराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले निजको डेरा कोठामा कानुनी प्रक्रिया पुर्‍याई  खानतलासी गर्दा  निजको कोठाभित्र रहेको टिनको दराजभित्र सेतो रङको प्लाष्टिकभित्र  लुकाई छिपाई राखेको Tramadol Tablets 50 mg लेखेको -८२ क्याप्सुल, कालो लेडिज झोला भित्र लुकाई छिपाई राखेको  Tapentadol Tablets 100 mg को १४ चक्की   र SLR को लाईभ राउण्ड ७.६२mm लेखेको  थान -१ समेत फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.कास्की तर्फ पठाएको ।

मिति २०८३।०१।२७ गते ०५:०० बजे देखि २०८३।०१।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२८

कर्तव्य ज्यान,सुनसरी, धरान उ.म.न.पा.१० बेलगाछी स्थित बाटोमा ऐ.बस्ने वर्ष २७ को जिवन भुजेललाई ऐ.धरान उ.म.न.पा.१९ खिम्दिङ पुल चौक बस्ने अं. वर्ष २७ को जिमी भन्ने अर्जुन बिश्वकर्माले धारिलो हतियार छुरी प्रहार गरी जिवन भुजेल घाइते भई उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा ऐ.१६:३५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, शव पो.मा.को लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको, उक्त स्थानमा इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,ऐ.२२:०० बजे धरिलो हतियार छुरी प्रहार गर्ने जिमी भन्ने अर्जुन बिश्वकर्मालाई इप्रका धरानबाट  प्रनि बबिन राईको कमाण्डमा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT बाट प्रसह अजय राज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले जि. मोरङ बेलबारी न.पा.-११ लक्ष्मीमार्ग मुनाल चौक स्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी इप्रका धरानमा ल्याई थप अनुसन्धान भई रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,वलपरासी पश्चिम, मिति २०८३।०१।२७ गते राती अं.०१:०० बजे बर्दघाट न.पा.१५ शिवालयटोल बस्ने वर्ष २२ की महिलालाई आफ्नै घर कोठामा ऐ.बस्ने छिमेकी वर्ष २० को केशब सुनारी मगरले पिडितको घरको छतबाट भित्र सुत्ने बस्ने कोठाको चुक्कल खोली कोठा भित्र प्रवेश गरी पिडितलाई डर धम्की देखाई ज.ज.क.गरेको भनी ऐ.१७;०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा र अ.प्र.पोष्ट केराबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई केशब सुनारी मगरललाई नियन्त्रणमा लिई इ.प्र.का.बर्दघाटमा राखिएको, उक्त स्थान अ.प्र.पोष्ट केराबारीबाट अ.३ कि.मि.पश्चिम पर्ने । विष्फोटक पदार्थ (ग्रिनेट),काठमाण्डौ, का.म.न.पा.९ पशुपति रामन्दिर नजिकै रहेको जंगलमा शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा 36 ह्यान्ड  ग्रेनेट ३ थान बेवारिसे अवस्थामा फेला पारी उक्त स्थल सुरक्षित राखी नेपाली सेनासँग आवश्यक समन्वय गरी नेपाली सेनाको मेजरको कमाण्डमा टोली खटी गएकोमा ऐ.स्थान नजिकै SLR को खिया लागेको लाईभ राउण्ड १ थान र खोका ३ थान समेत थप फेला परेकोमा ऐ.१०:३० बजे उक्त ३ थान ग्रेनेट, १ थान लाईभ राउण्ड र ३ थान खोका नेपाली सेनाको टोलीले लिएर गएको । लागु औषध, काठमाण्डौ, जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति स्थित तिलक बहादुर तामाङको घरमा डेरा गरी बस्ने वर्ष अं.२० को सागर तामाङको डेरा कोठामा ला.औ.को कारोवार भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ. कमाण्डमा टोली खटी गई खानतलासी गर्दा उक्त डेरा कोठा भित्र लागु औषधको कारोवार गरीरहेका अवस्थामा ला.औ.Tramadol २४३२ क्याप्सुल, ला.औ.ब्राउन सुगर ३.८१ ग्राम, Digital तराजु थान १, नेपाली रुपैया रु.८६ हजार, बागमती प्रदेश ०२-०५६ प १२५० नं.मो.सा. र बागमती प्रदेश ०२-०३४ प २९८८ नं.को स्कुटर फेला पारी उक्त ला.औ., नगद तथा सवारी साधन सहित जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति बस्ने वर्ष अं २० को सागर तामाङ समेत ४ जना मानिसहरु नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको, उक्त घटनास्थल प्रहरी वृत्त बालाजुबाट अं.३ कि.मि.उत्तर पर्ने ।

मिति २०८३।०१।२६ गते ०५:०० बजे देखि २०८३।०१।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२७

कर्तव्य ज्यान,दाङ, राजपुर गा.पा.४ फोहोरा बस्ने वर्ष ५६ को भोला यादवलाई ऐ.सन्तपुरुवा बस्ने वर्ष २३ को ईच्छा कुमार रैदासले ऐ.स्थित रामजानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको बिषयलाई लिएर विवाद हुँदा धारिलो हतियारले निज भोला यादवको टाउकोमा हानी घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. चंगुवाबाट प्र.स.नि. र इ.प्र.का. गढवाबाट प्र.नि.को कमाण्डमा १९ जनाको टोली खटी गएको, धारिलो हतियार प्रहार गर्ने ईच्छा कुमार रैदास फरार खो.त.भईरहेको, धारिलो हतियार प्रहार गर्ने ईच्छा कुमार रैदासको बुवा वर्ष ५६ को देव बहादुर ( रामजानकी सामुदायिक वनको वनपाले रहेको ) र आमा प्र.चौ. चंगुवाको नियन्त्रणमा रहेको, थप व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागी लमही अस्पताल लमही दाङ तर्फ पठाईएको । सर्लाही, मिति २०८३।०१।२४ गते अं.२३:०० बजे ब्रहम्पुरी गा.पा.४ बस्ने मो.हसनको श्रीमती वर्ष ३५ की उमैसा खातुनलाई  ऐ.बस्ने वर्ष ३५ को एसाव मो.लगायत एसाव मो.को घर परिवारको सदस्यहरु कुटपिट गर्दा उमैसा खातुन सामान्य घाईते भई भारतको सितामढीमा लगी सामान्य उपचार गराईरहेकोमा ऐ.२६ गते अं.१३:०० बजे उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा बाहिरी चोट पटक नरहेको  थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने मानिसहरु तत्काल फरार खो.त कार्य भईरहेको, मृतक मुटुको विरामी समेत  रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,ईलाम, माइजोगमाई गा.पा.०६ कुलुङ गाउँ बस्ने साङ्केतिक नाम ८२/८३ पशुपति ज १ को श्रीमती बर्ष ५३ की साङकेतिक नाम ०८२/८३ पशुपति ज लाई ऐ.तिनघरे वस्ने वर्ष अं. ३५ को नरेश थेबेले पिडितको घरमा गई घरमा भएको केटा-केटीलाई मोबाइल फोन खेलाउन दिई पिडित सुत्ने कोठा भित्र पसि ज.ज.क गरी फरार भएको भनि पिडित आफैले ऐ.२६ गते १८;३० बजे इप्रका पशुपतिनगर,इलाममा आइ लिखित जाहेरी दिन साथ तत्काल इप्रका नयाँ बजारबाट प्रबह लक्षुमण बस्नेतको कमाण्डमा २ जना प्रहरी टोली खटिगई पिडकको खो.त.कार्य भई रहेको। चोरी/लुटपाट, झापा, मिति २०८३।०१।२५ गते मेचीनगर न.पा.१० पुरानो बजार बस्ने वर्ष ६५ को बैजनाथ साहको घरमा ताला लगाई भद्रपुर बंगाली टोलमा आफन्तको बिवाहमा गई बिवाह कार्यक्रम पश्चात ऐ.२३:४५ बजे घरमा आई हेर्दा घरको पछाडिको झ्यालको जाली काटी नजिकै रहेको ढोकाको चुक्कुल खोली को कुन ब्यक्ति घर भित्र प्रवेश गरी दराजमा राखेको सुनको विभिन्न सामान ९.५ तोला, चाँदीको विभिन्न सामान १५ तोला, डाईमनको कानमा लगाउने रिङ १ सेट ३,५०,०००। र साउदीको रियाल ५,०००।–गरी जम्मा अं.मु.रु.३४,७८,१५०।–बराबरको धनमाल चोरी भएको भनी घर धनी ऐ.२६ गते०७:०० बजे इ.प्र.का. धुलाबारीमा आई मौखिक जानकारी गराउन साथ इ.प्र.का. धुलाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फिङगर प्रिन्ट संकलन लगायत आवश्यक अनुसन्धान तथा चोरी गर्ने ब्यक्तिको खो.त. कार्य भईरहेको ।

मिति २०८३।०१।२५ गते ०५:०० बजे देखि २०८३।०१।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२६

शंकास्पद मृत्यु,बारा, निजगढ न.पा.९ बुद्ध चोक स्थित रहेको गुरुङ होटलमा ऐ.१२ कुलिया बस्ने अं.वर्ष २३ की सीता थिङ भन्ने रोशनी थिङ र ऐ.९ बस्ने कृष्ण सुनारको छोरी अं.वर्ष १८ की अनु सुनार, जि.बारा जितपुरसिमरा उ.म.न.पा.१६ टागिया बस्ती बस्ने अं.वर्ष ३५ को महेश माझी र जि..बारा जितपुरसिमरा उ.म.न.पा.१६ टाङ्गिया बस्ती बस्ने अं.वर्ष ३६ को कान्छामान बम्जन भन्ने सुनिल बोम्जन समेत चारै जना गुरुङ होटलमा छुट्टाछुटै कोठा बुक गरी बसेकोमा सीता थिङ भन्ने  रोशनी थिङले बियर खाई बिरामी भए पश्चात  केटाहरुले एम्बुलेन्स लिन जान्छु भनि दुबै जना गएको र फर्की नआएको भन्ने जानकारी ऐ.२२:४० बजे इ.प्र.का.निजगढमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निज महिलालाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.२३:२८ बजे मृत घोषण गरेको, शव सोही अस्पतालमा रहेको,जि.प्र.का.बाराका कार्यालय प्रमुख प्र.उ.को कमाण्डमा समेत टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको, अं.वर्ष १८ की अनु सुनारलाई घटनास्थलबाट नै नियन्त्रणमा लिइएको, अं.वर्ष ३६ को कान्छामान बम्जन भन्ने सुनिल बोम्जनलाई टांगिया बस्ती छिर्ने जङ्गल एरियाबाट राति अं.०१:०० बजे नियन्त्रणमा लिएको, वर्ष ३५ को महेश माझीलाई निजगढ न.पा.७ माझीटोल स्थितबाट नियन्त्रणमा लिई तीनै जनालाई इ.प्र.का. निजगढमा राखिएको, इ.प्र.का.निजगढबाट अं.१ कि.मि.पश्चिम पर्ने । ज.ज.क./बाल यौन दुर्व्यवहार,पाल्पा, मिति २०८२।११।०५ गते अं १३:३० बजे र अन्तिम पटक मिति २०८३।०१।२३ गते अं.२०:३० बजे जि.पाल्पा रामपुर न.पा.६ कालीआँप स्थितमा सुजता कुमारी शाहीको निर्माणाधिन घरको भुईतला भन्दा माथिको पहिलो तलाको कोठामा जि.पाल्पा बस्ने वर्ष २५ की महिलालाई जि.पाल्पा रामपुर न.पा.६  बराहाटार बस्ने वर्ष ४२ को संजय कुमार सार्कीले ज.ज.क.गरेको भनि मिति २०८३।०१।२५ गते १८:०० बजे पीडित महिलाले जि.प्र.का.पाल्पामा गई लिखित जाहेरी दिएको हुँदा इ.प्र.का.रामपुरबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न पिडक संजय कुमार सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.पाल्पामा पठाईएको, इ.प्र.का.रामपुरबाट अं.५ कि.मि.पश्चिम पर्ने । बेवारिसे गोली बरामद,काभ्रे, बनेपा न.पा.८ स्थित बनेपा नाला जाने बाटो मुनी लक्ष्मी क्वालिटी ब्लक उद्योग पछाडि नाला रोडबाट पुण्यमती खोलामा जाने हल्का पानी बग्दै गरेको ठाडो खोल्साको बिचमा हल्का खोलिएको खिया र माटो लागेको लम्बाई १३ ईन्च र उचाई ४ ईन्च भएको टिनको बाक्सामा गोली वेवारीसे अवस्थामा फेला परेको भन्ने सुचनाको आधारमा र इ.प्र.का.बनेपाबाट प्र.ना.उ. र जि.प्र.का.बाट प्र.उ. कमाण्डमा टोली खटी गई खोल्सामा फेला परेको बाक्सा सुरक्षित साथ बाहिर निकाली हेर्दा उक्त बाक्सा भित्र SLR को १७४ राउण्ड गोली फेला परेको र उक्त स्थान वरपर समेत खोजतलास गर्दा SLR को ५७ राउण्ड र 303 को २४ राउण्ड समेत गरी जम्मा २५५ राउण्ड गोली फेला पारी बरामद गरी इ.प्र.का.बनेपामा ल्याई राखेको,अन्य थप अनुसन्धान भइरहेको । लागु औसध, सुनसरी, धरान उ.म.न.पा.९ बगैँचा लाईन स्थित रहेको रत्न होटलमा ला.औ.को कारोबार भईरहेको भन्ने सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT बाट प्र.स.ह., इ.प्र.का.धरानबाट प्र.स.ह. र व.प्र.का.धरानबाट प्र.ब.ना.नि.को कमाण्डमा संयुक्त टोली खटी गई सोही होटलको कोठा नं.७ को बन्द कोठाभित्र जि. सिन्धुपाल्चोक मेलम्ची न.पा.४ बाँसखर्क घर भई हाल काठमाण्डौ गोकर्णेश्वर-६ बस्ने वर्ष २० को सन्देश तामाङ लगायत ३ जना मानिसहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ३६ ग्राम ९१० मिलिग्राम (प्लाष्टिक बाहेक) फेला पारी, बागमती प्रदेश ०२-०२७ प ३२८१ र बगमती प्रदेश ०२-०४३ प ४८८२ नं. को मो.सा. सहित तीनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई थप अनुसन्धान भईरहेको, इ.प्र.का.धरानबाट अं.१ कि.मि.पूर्व पर्ने ।

मिति २०८३।०१।२४ गते ०५:०० बजे देखि २०८३।०१।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२५

शंकास्पद मृत्यु,उदयपुर, मिति २०८३।०१।१७ गते अं.२१:०० बजे लिम्चुङबुङ गा.पा.३ तिनचौक बस्ने वर्ष ४३ को रुप बहादुर मगर र निजको श्रीमती वर्ष ४० की केशरी माया मगर मा.प.से. गरेर दुबै जना बीच एक आपसमा झै-झगडा हुँदा श्रीमानले खुट्टाले पेटमा हानी श्रीमती घाईते भएकोले उपचारको लागि ऐ. २२ गते LB स्मृती अस्पताल लिम्चुङबुङ लगेकोमा डाक्टरले उपचारको लागि सुबिधा सम्पन्न अस्पताल जानु भनेकोमा अस्पताल नगई घर ल्याई राखेकोमा ऐ.२४ गते राती ०२:०० बजे घाइते केशरी माया मगरको मृत्यु भएको भन्ने खबर ऐ.१२:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.लिम्चुङबुङबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गएको, श्रीमान रुप बहादुर मगर नियन्त्रणमा ।थप शव पो.मा.को लागि पठाइएको र निजको श्रीमान रुप बहादुर मगरलाई घटनामा संलग्न भए पुन: नियन्त्रण लिने गरी छोडिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,रोल्पा, सुनिलस्मृति गा.पा.२ बस्ने वर्ष ४० की महिलालाई ऐ.०१।२२ गते अं.१८:३० बजे देउरानीको घर ऐ.माडी गा.पा.१ च्यानडाँडाबाट रोल्पा लिवाङ तर्फ पैदल जाने क्रममा ऐ. माडी गा.पा.६ लाप्चुङ स्थित मदन भण्डारी सडक-खण्डको छेउ कलभर्टमा सोही साईडमा काम गर्ने जि.सल्यान कालिमाटी गा.पा. ५ हात्तिदमार बस्ने वर्ष ४४ को धिरज भन्ने धन बहादुर कामी, जि. कैलाली लम्किचुहा गा.पा.२ बलचौर बस्ने वर्ष २३ को  अनिल वादी नेपाली र ऐ. बस्ने वर्ष २० को सुनिल वादीले पालैपालो सामुहिक ज.ज.क. गरेको भनी ऐ.०१।२४ गते १०:०० बजे इ.प्र.का.घर्तिगाँउमा लिखित जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटिई गई निजहरुलाई सोही साइडबाट नियन्त्रणमा लिई इ.प्र.का.घर्तिगाँउ रोल्पामा ल्याई आ.अ.भईरहेको, पीडितलाई स्वस्थ्य परीक्षणको लागि रोल्पा अस्पताल रेउघा रोल्पा पठाईएको । संखुवासभा, मिति २०८३।०१।१९ गते अं.१४:०० बजे पाँचखपन न.पा.१ घर भई हाल जि.संखुवासभा चैनपुर न.पा.६ बस्ने वर्ष १२ को बालकले ऐ.मादी न.पा.५ घर भई हाल ऐ.चैनपुर न.पा.६ बस्ने वर्ष ५ की बालिकालाई ललाइ फकाई गरी ऐ.स्थित चौरमा लगेर जबरजस्ती करणी गरेको भनी पीडितको मिति २०८३।०१।२४ गते इ.प्र.का.चैनपुरमा ऐ.१८:०० बजे जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.चैनपुरबाट खटिएको प्रहरी टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुरमा ल्याई अनुसन्धान कार्य भइरहेको, बालिकाको अवस्था सामान्य रहेको,। काठमाण्डौ, जि.बारा कलैया उ.म.न.पा.१३ स्थायी घर भई हाल जि.भक्तपुर मध्यपुर ठिमी न.पा.९ बोडे बस्ने वर्ष १३ की बालिकालाई वर्ष २२ को राजन कुमार गुप्ताले पीडितसंग सामाजिक संजाल टिकटकको माध्यमद्वारा चिनजान भई साथी बनि फनपार्कमा घुम्न जाउ भनी मिति २०८२।०८।२० गते का.म.न.पा.३२ पेप्सीकोला साइराम चोक स्थित राजन कुमार गुप्ताको दाजु राजा गुप्ताको कोठामा जबरजस्ती करणी गरेको भनी मिति २०८३।१।२४ गते १५:०० बजे जिल्ला प्रहरी परिसर महिला बालबालिका  तथा जेष्ठ नागरिक से.के.भद्रकाली,काठमाण्डौमा जाहेरी दरखास्त दिएको,प्रतिवादी फरार रहेको, आ.अ.कार्य जारी । काठमाण्डौ, जि.कैलाली लम्कीचुहा न.पा.६ घर भई हाल का.म.न.पा.२३ वस्ने बर्ष १७ की बालिकालाई जि.कैलाली लम्कीचुहा न.पा.६ घर भई का.म.न.पा.२३ बसन्तपुर डेरा गरी बस्ने वर्ष २६ को मिन वहादुर देउवाले सामान्य चिनजान रहेकोमा माया प्रेम गर्छु भनी प्रलोभनमा पारी मिति २०८३।०१।०२ गते बिहान ०५:०० बजे डेरा कोठामा ज.ज.क.गरेको भनी पीडित पक्षले ऐ.२४ गते १५:०० बजे जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाण्डौ महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा जाहेरी दरखास्त दिएको,प्रतिवादी फरार रहेको,जबरजस्ती करणी र बिधुतिय  कारोबार सम्बन्धी कसुरमा मुद्धा दर्ता भई थप अ.अ.कार्य जारी । झुण्डी मृत्यु/शंकास्पद मृत्यु,धनुषा, धनुषाधाम न.पा.७ किसानपुर बस्ने धर्मेन्द्र साह ( हाल वैदेशिक रोजगारमा रहेको) को श्रीमती अं.वर्ष २४ की बबिता साह घरमा कोही नभएको अवस्थामा आफ्नै घरको पुजा कोठामा बाँसको बलोमा सलको पासो लगाई झुण्डिरहेको अवस्थामा मृतकको देवरानी रंजिता साहले देखी आफन्त (छिमेकी) लाई बोलाई हेर्दा मृतकको छोरा अं.वर्ष २ को आरद साह सुत्ने कोठाको खाटमा मृत अवस्थामा रहेको भनी  ऐ.१३:०० बजे इ.प्र.का.धनुषाधाममा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई हेर्दा मृत बच्चा खाटमा घोप्टो अवस्थामा घाँटीमा निलडाम देखिएको र मृतक बबिता साह झुण्डिएको अवस्थामा रहेको, मृतकको माईती पक्षको आफन्त घटनास्थलमा आईसकेको, दुबै शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि ऐ.१६:५० बजे प्रादेशिक अस्पताल जनकपुरमा पठइएको  ।    झुण्डी मृत्यु,सुनसरी, कोशी गा.पा.१ भन्सारटोल स्थितमा रहेको आँपको रुखमा जि.सुनसरी बर्जु गा.पा.६ हात्तिमुडा बस्ने वर्ष ४० को राज कुमार उराव सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको छ, भनी ऐ.१ कोशि गा.पा.का वडा अध्यक्ष सोबित नारायण यादवले ऐ.०१:०० बजे ई.प्र.का.लौकहीमा जानकारी गराउनासाथ ई.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटी गई कानूनी प्रकृया पुरा गरी शव जिल्ला अस्पताल सुनसरी पठाएकोमा जिल्ला अस्पताल सुनसरीबाट पो.मा.को लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगेर ऐ.१५:३० बजे पो.मा.पश्चात मृतकको भाई शिब कुमार उरावले शव बुझी ल्याएकोमा शंकास्पद रहेकोले “आवश्यक अनुसन्धान गरी न्याय” भनी ऐ.१९:२० बजे ऐ.भोक्राहा नरसिंह गा.पा.६ स्थित उक्त शव पूर्व पश्चिम राजमार्गमा राखी अ.२५०/३०० जनाको संख्यामा भेला भई टायर बाली बाटो अवरोध गरेको, उक्त स्थानमा जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा ३० जना, इ.प्र.का.लौकहीबाट प्र.ना.नि.को कमाण्डमा ४ जना, प्र.चौ.चिरौली चोकबाट दल बहादुर कार्कीको कमाण्डमा ४ जना, स.प्र.बल बिओपी लौकहीबाट स.प्र.ना.नि.को कमाण्डमा १० जनाको टोली खटी गई सम्झाई बुझाई गरी बाटो खुलाउने पहल भईरहेकोमा ऐ.२५ गते ००:१५ बजे सिलसिलेबार बल प्रयोग गरी दुवै तर्फ बाटो सुचारू भएको, लास मृतकको श्रीमती, छोरा र आफन्तले घर तर्फ लिई गएकोमा ऐ.०१:०० बजे घरमा ईन भएको, उक्त अवरोध खुलाउने क्रममा ने.प्र.बि.सु.गण दुहवी सुनसरीबाट ग्याँस गनबाट ३ सेल, SLR बाट blank round १, जि.प्र.का.सुनसरीबाट खटिएको टोलीले ग्याँस गनबाट १२ सेल, इ.प्र.का.पकलीबाट खटिएको टोलीले ग्याँस गनबाट ५ सेल गरी जम्मा ग्याँससेल २० र SLR बाट blank round-१ हवाई फायर भएको, अवरोध खुलाउने क्रममा ४ जना प्र.क. (प्र.नि.१, प्र.ब.ना.नि.१, प्र.ब.ह.१, प्र.ज.१) हरु घाईते भई सामान्य उपचार पश्चात सबै प्र.क.कार्यालयमा रहेको, सर्वसाधारण ऐ.गढी गा.पा.६ बस्ने वर्ष २७ को नरेश उराव सामान्य घाईते उपचारको लागि जि. अस्पताल सुनसरी पठाई उपचार पश्चात ऐ.२५ गते ०२:०० बजे डिस्चार्ज भएको, उक्त घटनाको सम्बन्धमा सोधपुछ तथा अनुसन्धानको लागि ऐ.कोशी गा.पा.१ बस्ने वर्ष ४२ को भोले भन्ने जोगेन्द्र यादब, कोशी गा.पा.१ बस्ने वर्ष २० को खुसी कुमार मण्डल र ऐ.बस्ने वर्ष २१ को सन्तोष कुमार मण्डललाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई राखेको । लागु औषध, सुनसरी, ईटहरी उ.म.न.पा.१९ ब्रहमपुर स्थितबाट ऐ.बस्ने वर्ष ३८ को चक्र बहादुर जिमीले गाउँ घरकै आसपासको एरियामा ला.औ.खैरो हिरोईनको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरीबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले २४ ग्राम ४४ मिलिग्राम ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ र को ३९ प ३१२३ नं.को मो.सा.सहित पक्राउ गरी लिई इ.प्र.का.ईटहरीमा ल्याई राखी थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।२३ गते ०५:०० बजे देखि २०८३।०१।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२४

कर्तव्य ज्यान,काठमाण्डौ, किर्तिपुर न.पा.१० पोडेटोल स्थित चिया सागर नजिक साथी साथी बिचमा विवाद हुँदा जि.गुल्मी धुर्कोट गा.पा.घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.३ ढाल्पा बस्ने वर्ष अं.२३ को बिपिन घिमिरेलाई राज बिष्ट र अनमोल कामीले धारिलो हतियार प्रहार गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत किर्तिपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागि कीर्तिपुर अस्पताल पठाई उपचार भईरहेकोमा ऐ.१५:२९ बजे चिकित्सक द्धारा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनासमा संकास्पद किर्तिपुर न.पा.९ हनुमानघाट बस्ने वर्ष २२ को आशिष महर्जन, जि.बैतडी डिलासैनी गा.पा.३ घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.२ टयाङलाफाँट बस्ने वर्ष २१ को रोशन बोहोरा र जि.कैलाली बर्दगोरिया गा.पा.४ घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.१० पाँगा दोबाटो बस्ने वर्ष २३ को रबिन्द्र धामीलाई नियन्त्रणमा लिई प्रहरी वृत किर्तिपुरमा राखी आ.अ.भइरहेको, धारिलो हतियार प्रहार गरी फरार राज बिष्ट र अनमोल कामीको खो.त.भईरहेको, उक्त स्थान प्रहरी वृत किर्तिपुरबाट अं.१.५ कि.मि.पश्चिम पर्ने । ज.ज.क./ बालयौन दुर्व्यवहार,कपिलबस्तु, मिति २०८३।०१।२१ गते अं.१२:०० बजे यशोधरा गा.पा.५ लोहरौली बस्ने जाहेरवालको छोरी वर्ष १६ की बालिकालाई ऐ.बस्ने किसन चौधरीको घरमा डिजेको नाचगाँन हेरी एक्लै घर तर्फ आउने क्रममा ऐ.बस्ने साफिक पठानको छोरा वर्ष २६ को इलयास पठानले पछाडीबाट आई डरत्रास देखाई आफनो घरको कोठाभित्र लगेर ज.ज.क गरेको भनी मिति २०८३।०१।२२ गते २१:०० बजे प्र.चौ.मर्यादपुरमा ठाडो निबेदन लेखी जानकारी गराउनासाथ प्र.चौ.मर्यादपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पिडित बालिकालाई जाहेरी दरखास्त तथा यौनजन्य स्वास्थ्य परिक्षणको लागि जि.प्र.का. कपिलवस्तु पठाई मिति २०८३।०१।२३ गते १३:०० बजे स्वास्थ्य परिक्षण गराई मुद्धा दर्ताको लागि जि.प्र.का.कपिलवस्तुमा ल्याई राखिएको, अवस्था सामान्य, पिडक इलयास पठान फरार, रहेको खो.त.भईरहेको, उक्त स्थान प्र.चौ.मर्यादपुरबाट अं.३ कि.मि.उत्तर पूर्व पर्ने । दाङ, मिति २०८३।०१।१९ गते अं.२०:३० बजे तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १४ की बालिकालाई जि.सल्यान कपुरकोट गा.पा.४ बस्ने डिल बहादुर बुढाको छोरा अं.वर्ष २० को उदिम प्रसाद बुढामगरले ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जि.दाङ तुलसीपुर उ.म.न.पा.५ माछपुच्छ्रे टोल स्थित मेलिना होटल एण्ड लजको कोठा नं.२०२ मा लगेर ज.ज.क.गरेको भनी मिति२०८३।०१।२३ गते इ.प्र.का.तुलसीपुरमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक उदिम प्रसाद बुढामगरलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत घोराही दाङबाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको, पिडित बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको, निज आफ्नो आमा संग घरमा रहेको । दाङ, मिति २०८३।०१।२२ गते अं.१०:०० बजे तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १५ की बालिकालाई जि.दाङ तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १७ को बालकले ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.५ माछपुच्छ्रे टोल स्थित रोल्पाली झरना होटलको कोठा नं.०६ मा लगेर ज.ज.क.गरेको भनी मिति२०८३।०१।२३ गते इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत घोराही दाङ बाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको, पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, निज आफ्नो आमा संग घरमा रहेको । कुटपिट,काठमाडौं,  महानगरपालिका १६ बालाजु माछापोखरी स्थित जि.लम्जुङ्ग सुन्दरबजार नगरपालिका वडा नं.४ घर भई हाल जि. काठमाडौं, काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी डेरा गरी बस्ने वर्ष अं.३९ की पवित्रा अधिकारीलाई चिनजानको साथी जि.रुकुम पुर्व घर भई हाल जि.काठमाडौं तारकेश्वर नगरपालिका ९ मनमैजु बस्ने वर्ष अं.३८ को दिपेन मगरले कुटपिट गरी घाईतेलाई कोठामा नै छाडेको अवस्थामा दिदी अस्मिता अधिकारीले ऐ.०७:०० बजे फेला पारी तत्काल उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगेर उपचार भईरहेको, टाउको र बायाँ आखा नजिक चोट, अवस्था गम्भीर, कुटपिट गर्ने व्यक्ती फरार रहेको भनी ऐ.१४:२० बजे अस्पतालबाट खबर प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजुबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गएको, उक्त स्थान प्रहरी बृत्त बालाजुबाट अं.१.५ कि.मि.उत्तर पर्ने । चोरी,मेचीनगर न.पा.६ प्लटिङ बस्ने रुद्र बुढाथोकीको अढाई तले घरको सबै ढोकाहरु खुल्लै राखी निज रुद्र बुढाथोकी  र निजकै श्रीमती होटल मेची क्राउन धुलाबारी कामको लागि गएको र घरका अन्य सदस्यहरु घरको माथिल्लो फ्लाटमा रहेकोमा भुई तलामा रहेको कोठामा अन्य व्यक्तिहरु आई सुनको बिभिन्न गर गहना अ.मु. १७,८०,८०० नगद रु १,००००० (एक लाख) समेत गरी जम्मा अं.१८,८०,८०० (अठार लाख असि हजार आठ सय) बराबरको चोरी गरी फरार रहेको भन्ने ऐ.१७:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. काँकरभिट्टाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको, उक्त स्थान इ.प्र.का.काँकरभिट्टाबाट अं.२ कि.मि.दक्षिण पर्ने । हा.ह.बरामद / लुटपाट गर्न खोज्ने मानिस हा.ह.सहित पक्राउ,काठमषण्डौ, मिति २०८३।०१।१७ गते का.म.न.पा.२९ ईन्द्रचोक स्थित बविता बेगमरौनियारले संचालन गरेको नैना एण्ड ईसान ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोज्ने जि.भक्तपुर ठिमि न.पा.९ बोडे बस्ने वर्ष ३० को बिकेस राजवहाक र जि.काठमाण्डौ का.म.न.पा.१९ डल्लु बस्ने वर्ष ३४ को अरुण भुजेललाई खो.त.गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२१ गते (बिकेस राजवहाकलाई का.म.न.पा.१८ नरदेवीबाट पक्राउ, अरुण भुजेललाई का.म.न.पा.२४ मखनबाट पक्राउ) नियन्त्रणमा लिई थप अनुसन्धान तथा सो.पु.को को क्रममा मिति २०८३।०१।२३ गते १०:०० बजे का.म.न.पा.२४ मखनस्थित रहेको “द नाङ्लो क्याफे एण्ड फास्टपुड रेस्टुरेन्ट”बाट घटनामा प्रयोग भएको चाईनिज पेस्तोल जस्तो देखिने थान १, ऐ.को म्यागजिन थान १, जंगी राउण्ड थान १, नक थान १ बरामद गरी जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखीएको ।काठमाण्डौ, का.म.न.पा.२७ जमल स्थित राष्ट्रिय नाचघर अगाडी रहेको नालीमा जि.कन्चनपुर सुक्लाफाट न.पा.५ घर भई हाल का.जि.बनस्थली बस्ने वर्ष अं.३१ को कृष्ण दत्त भट्टले S.L.R.हतियारको लाईभ राउण्ड ६, चाचर २ पिस र S.L.R.को डमी २ राउण्ड फेला पारी जमल बिटमा ड्युटी गर्ने प्र.क.लाई जानकारी गराउनासाथ उक्त स्थानमा प्रहरी खटी गई एकिन गरे पश्चात बृत्त दरबारमार्गबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई मुचुल्का कार्य सम्पन्न गरी वृत्त दरवारमार्गमा ल्याई राखिएको, उक्त स्थान वृत्त दरबारमार्गबाट अं.१ कि.मि.दक्षिण पश्चिम पर्ने । ठगि, काठमाण्डौ, बुढानिलकण्ठ म.न.पा. १३ चुनिखेल देखी सापाटार जाने भित्री सडक-खण्डमा लगी जि.झापा बिर्तामोड ३ बाट रात्री गाडी चढी काठमाण्डौं आईपुगेको वर्ष अं.३५ को कुमार पाण्डेलाई डलर साट्ने भनी २ जना अपरिचित ब्यक्तिहरू वर्ष अं.२०-२२को र वर्ष अं.४०/४२ को दुबै जनाले मास्क र टोपी लगाएका निलो रातो ज्याकेट लगाएका मानिसले नेपाली रुपैयाको सट्टामा डलर पैसा साटि दिन्छु भनि नेपाली रुपैया १३,००,००० (नेपाली रुपैया तेह्र लाख मात्र) लगी कागजका नोट जस्तो बन्डल बनाई रुमाल भित्र पोको पारी दिई ठगि गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग बूढानीलकण्ठबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको,उक्त स्थान प्रभाग बूढानीलकण्ठबाट अ.३.५ कि.मि पूर्व पर्ने ।

मिति २०८३।०१।२२ गते ०५:०० बजे देखि २०८३।०१।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२३

कर्तव्य ज्यान,काठमाण्डौ, तारकेश्‍वर न.पा.३ तिनपिप्ले जितपुरफेदी घर भई बस्ने अं.वर्ष ४५ की सरिता तिवारी आफ्नै घर कोठाबाट बजार जान्छु भनि गएकोमा हालसम्म पनि सम्पर्कमा नआएको भनि निजको भाई महेश थापाले २०८३।०१।१२ गते ००:५० बजेको समयमा प्रहरी वृत्त बालाजुमा टे.फो.मार्फत जानकारी गराउनासाथ ऐ.२०८३।०१।२१ गते १९:०० बजे काठमाडौं जिल्ला टोखा न.पा.२ ठुलोलाछी घर भई बस्ने अं.वर्ष ३५ को अनिल डंगोललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज सरिता तिवारी टोखा स्थित शिवपुरी राष्ट्रिय निकुन्जको जंगलमा मृत अवस्थामा फेला परेको भनी बताएकोमा निज अनिल डंगोललाई सँगै साथमा लिई प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को कमाण्डमा १५ जनाको प्रहरी टोली खटिई गई हेर्दा ऐ. टोखा न.पा.१ शिवपुरी राष्ट्रिय निकुन्जको जंगल भित्र खाल्डो खनि गाडिएको/पुरिएको अवस्थामा उत्खनन् गरी हेर्दा मृत अवस्थामा फेला पारी कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महारागंज पठाइएको, अनिल डंगोल प्रहरीको नियन्त्रणमा रहेको । बाँके, नेपालगंज उ.म.न.पा.१२ बेलासपुर स्थित ऐ.बस्ने वर्ष १९ प्रितम अधिकारीको घरमा वर्तबन्ध कार्यक्रम रहेकोमा सोही वर्तबन्धमा आएका (वस्टर्न हस्पिटल  बाँकेमा PCL नर्सिङ तेस्रो वर्षमा अध्ययनरत)  जि.कैलाली लम्की बस्ने अं.वर्ष २३ को दिपेन्द्र राज गिरी लगायतका व्यक्तिहरुले जि.बाँके खजुरा गा.पा.६ बस्ने वर्ष २२ को विशाल चन्द ठकुरी र जि.जुम्ला चन्दनाथ न.पा.४ घर भई हाल बेलाशपुर बस्ने वर्ष २० को योगेन्द्र सुनार समेतलाई धारिलो हतियार तथा बियरको बोतल प्रहार गरी घाईते भई उपचारको लागी सन्जिबनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंजमा लगेकोमा ऐ.०६:०३ बजे विशाल चन्द ठकुरीलाई मृत घोषणा गरेको र घाईते योगेन्द्र सुनारको सामान्य उपचार पश्चात आवश्यक सोधपुछको लागी नियन्त्रणमा लिएको, उक्त घटनास्थलमा प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटि गई आवश्यक अनुसन्धानको लागी निज प्रितम अधिकारी, जि.जुम्ला तातोपानी गा.पा.२ घर भई हाल नेपालगंज-४ न्युरोड बस्ने साधन डाँगीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, ऐ.१७:०० बजे कुटपिट गरी सु.प.प्र.०२-००१ च १२७८ नं.को कार र सु.प.प्र.०१-०१४ प १२५६ नं.को NS 200 मो.सा.प्रयोग गरी फरार रहेका व्यक्तिहरुलाई जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलिले विभिन्न प्रबिधि (CDR,CCTV,सुचना आदी)  प्रयोग गरी पछ्याउदै खो.त.गर्दै जाँदा जि.बर्दिया ठाकुर बाबा न.पा.२ अम्रेनी आर्मी पोष्ट नजिकै फेलापारी मो.सा.,गाडी र निज मुख्य व्यक्ति दिपेन्द्र गिरी सहित उक्त घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.बाँके ल्याई हिरासत कक्षमा राखिएको, मृतक शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागी भेरी अस्पताल नेपालगंज बाँके पठाईएको । चितवन, भरतपुर म.न.पा.७ बुद्ध चोक स्थित सम्भव अटो पसलमा काम गर्ने हाल वतन नखुलेको अं.वर्ष ३० आशिष खनाल भन्नेलाई  हाल नामथर वतन नखुलेको पुरुष व्यक्तिले धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाईते भई उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाएकोमा उपचारको क्रममा डाक्टरले चेकजाँच पश्चात ऐ.२३ गते ००:२० बजे मृत घोषणा गरेको, उक्त घटनास्थलमा अ.प्र.पोष्ट कृष्णपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, धारिलो हतियार प्रहार गर्ने मानिस मो.सा.मा फरार रहेकोले खो.त.कार्य भईरहेको ।  ज.ज.क./ बालयौन दुर्व्यवहार,गुल्मी, मिति २०८३।०१।२० गते अं १९:०० बजेको समयमा जिल्ला गुल्मी धुर्कोट गा.पा. २ सुफला बस्ने बर्ष ६८ को भक्त बहादुर घर्तीले ऐ.ऐ. बस्ने बर्ष १६ की परिवर्तित नाम ४६(०८२।०८३) धुर्कोट (A)लाई ऐ. स्थित रहेको काले दमाईको खाली गोठको कोठामा ज.ज.क गरेको भनि मिति २०८३/०१/२१ गते अं १५:०० बजेको समयमा निजको बुवा परिवर्तित नाम ४६(०८२/०८३) धुर्कोट(B)ले जि.प्र.का.गुल्मीमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.गुल्मीबाट प्र.नि.पर्वत कुमार के.सी.को  कमाण्डमा ५ जनाको टोली खटिगई बर्ष ६८ को भक्त बहादुर घर्तीलाई नियन्त्रणमा लिई मिति २०८३।०१।२१ गते बाट लागुहुने गरी आज मिति २०८३।०१।२२ गते दिन-८ को म्याद थप गरी हिरासत कक्षमा राखेको, बर्ष १६ की परिवर्तित नाम ४६(०८२।०८३) धुरकोट (A)लाई स्वास्थ्य परिक्षण गरी निजको बुवाको जिम्मा लागाई छाडिएको,अवस्था सामान्य,। ला.औ., सुनसरी, बराहक्षेत्र न.पा.०२ पुल्ठेगौडा स्थितमा इ.प्र.का.चतराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले चतराबाट तेह्रआर्डी तर्फ आउदै गरेको BR07PC4765 नं.को भारतीय एम्बुलेन्स गस्ति टोलीलाई देख्नासाथ उक्त भारतीय नं.को एम्बुलेन्स भाग्ने क्रममा खटिएको गस्ति टोलीले शंका लागी पिछा गरी नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र राखेको ५ वटा प्लाष्टिकको बोरा र एउटा बोरामा आधा ला.औ.गाँजा प्लाष्टिक सहित तौल गर्दा १५० के.जि. र प्लाष्टिक बाहेक तौल गर्दा १४८ के.जी.ला.औ.गाँजा फेला परेकोले, उक्त एम्बुलेन्स, एम्बुलेन्स चालक देश भारत सुपोल जिल्ला बिहार राज्य बिरपुर बस्ने वर्ष १८ को धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष २१ को मो.सदाम समेतलाई उक्त ला.औ. गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको,।

मिति २०८३।०१।२० गते ०५:०० बजे देखि २०८३।०१।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२२

ज.ज.क./ बालयौन दुर्व्यवहार, काठमाडौं, जि.स्याङ्जा वालिङ न.पा.११ घर भइ हाल का.म.न.पा.२६ बस्ने नाम परिवर्तित २६ परिसर (१०१) ०८२।०८३ लाई जि.स्याङजा वालिङ न.पा.१४ घर भई हाल का.म.न.पा.२६ रानिबारी बस्ने वर्ष ३२ को अशोक डुम्रेले पटक पटक गरी अन्तिम पटक मिति २०८३।०१।०५ गते ऐ.२६ स्थित प्रतिबादिकै डेराकोठामा जबरजस्ती करणी गरेको भनी पीडितले मिति २०८३।०१।२१ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा जाहेरी दरखास्त दिएकोले फरार अशोक डुम्रेको खोजतलास भईरहेको ।   तनहुँ, मिति २०८३।०१।१९ गते अं.२०:०० बजे र ऐ.२१ गते अ.१५:०० बजे जि.मकवानपुर हेटौडा उ.म.न.पा.११ थाना भर्याङ बस्ने वर्ष ३२ की (शरिर काप्ने तथा डिप्रेसनको बिरामी) लाई जि. तनहुँ भानु न.पा.११ फेदी बस्ने वर्ष अं.५१ को सानु कान्छा भनीचिनिने शम्भु लाल सार्की (झाक्री) ले झारफुक गरि सन्चो गराई दिने भनि निजकै निवास भित्र एकान्तमा लगेर ज.ज.क.गरेको भनी मिति २०८३।०१।२१ गते निजको दिदि सुमिता परियारले मिति २०८३।०१।२१ गते १५:३० बजे प्र.चौ.रुपाकोटमा खबर गरे पश्चात प्र.चौ.रुपाकोटबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।   अछाम, मंगलसे न.पा.३ दया बस्ने वर्ष अं.२७ कि परिवर्तित नाम ६९ मंगलसैन ९४ कुमारीले मिति २०८३।०१।१८ गते राति अं.११:०० बजेको समयमा मेरो माईति घर जिल्ला अछाम मंगलसेन न.पा.१ कुन्तीमा आई मेरो ईच्छा विपरित मेरो श्रीमान ऐ. स्थित दया बस्ने वर्ष अं.४३ को परिवर्तित नाम ६९ मंगलसैन ९५ कुमारको नाममा(करणी सम्बन्धि कसुर) वैवाहिक जबरजस्ती करणी गरेको भनि निजको श्रीमती परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति २०८३।०१।२० गते अं. १४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले आज मिति २०८३।०१।२१ गते ०६:३० बजेको समयाम जिल्ला प्रहरी कार्यालय अछाममाबाट प्र.ना.नि. को कमाण्डमा खटिगएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।   ला.औ., बाँके, नेपालगंज उ.म.न.पा.५ फुलटेक्रा रोड स्थित तौहित हलवाईको घरमा ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सूचानाको आधारमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले देश भारत उत्तर प्रदेश जि.बहराईज रुपैडिया बाबागंज पुरानी बजार घर भई हाल  नेपालगंज उ.म.न.पा.५ फुलटेक्रा तौहित हलवाईको घरभाडामा  बस्ने वर्ष ३२ को मोहमद हामीद र ऐ.बस्ने वर्ष २२ की सकिना देवी पथरकटलाई शंका लागि चेकजाँच गर्दा मोहमद हामीदको पाईन्टको गोजिमा लुकाई राखिएको शुद्ध तौल ६८ ग्राम ८१० मिलि ग्राम ला.औ.ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ र सोही स्थानमा पार्कीङ गरी राखेको Up 40 BH 4708 नं.को मो.सा सहित फेला पारी निज दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व.प्र.का नेपालगंज बाँकेमा राखिएको ।

मिति २०८३।०१।२० गते ०५:०० बजे देखि २०८३।०१।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२०

ज.ज.क./ बालयौन दुर्व्यवहार,मोरङ, बेलबारी न.पा.५ बस्ने साङ्केतिक नाम ०८२ बेलबारी २०५ को छोरी अं बर्ष १७ कि साङ्केतिक नाम ०८२ बेलबारी २०६ लाई जि.मोरङ ग्रामाथान गा.पा.६ स्थितमा ऐ.ऐ.२ बस्ने अं वर्ष १९ को प्रिन्स खाँ थारुले ऐ.ऐ. स्थित छिमेकीको घरमा लगी जवरजस्ती करणी गरेको भनि निज पिडितको आफन्तले ऐ.१७:०० बजे इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा लिखित जाहेरी दिनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट प्रनानि भक्त कुमार तुम्रोक (९८४४६२०१३९) को कमाण्डमा ४ जना प्रहरी टोली खटि गई निज पिडकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा ल्याई आवश्यक अनुसन्धान भई रहेको पिडितको अवस्था सामान्य रहेको । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न.पा.५ भेटनरी टोल स्थित ऐ.न.पा.१ स्थायी वतन भई हाल ऐ.न.पा.५ भेटनरी टोल बस्ने अं.वर्ष ३९ को भक्त बहादुर तामाङले आफ्नै घरमा डेरा कोठा गर्दै आएकी भान्जी नाता पर्ने ऐ.बस्ने अं.वर्ष १२ की बालिकालाई बालयौन दुर्व्यवहार गरेको भन्ने खबर ऐ.२२:०० बजे प्राप्त हुनासाथ जि.प्र.का.सि.पा.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको अवस्था सामान्य, स्वास्थ्य परीक्षणको लागि चौतारा अस्पताल पठाईएको । ला.औ.,भोजपुर, आमचोक गा.पा.८ पोयाम्पा स्थितमा ऐ. बस्ने अं.वर्ष ४० को राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरामा ला.औ. उत्पादन, भण्डारण, ओसार पसार तथा बिक्रि बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट सादापोसाकमा खटिएको प्र.ह र इ.प्र.का.घोडेटारबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले १४:२० बजे उक्त टहरामा खानतलासी गर्दा ला.औ.गाँजा ३८.५ ओटा बोरामा प्याकिङ गरी लुकाई-छिपाई राखेको ला.औ.गाँजाको तौल प्लास्टिकको बोरा सहित ६२९.३६ के.जी., बोरा बाहेक ६२२.३० के.जी. र गाँजा भुस २ वटा बोराको कुल तौल प्लास्टिकको बोरा सहित १८.६९५ र बोरा बाहेक १८.३३४ के.जी. जम्मा ४०.५ बोरा बरामद गरी इ.प्र.का.घोडेटारमा ल्याई राखिएको, निज राम बहादुर श्रेष्ठ फरार रहेकोले खो.त.कार्य भईरहेको ।  बारा, जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोक ट्राफिक अफिस अगाडि प्र.चौ.पथलैया बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलिले हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ५७६४ नं.को स्कुटिलाई संका लागि चेकजाँच गर्दा उक्त स्कुटीको अगाडि खुट्टा राख्ने खाली भागमा २ वटा कालो झोलामा प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको अं.२१ के.जी.ला.औ.(गाँजा) सहित स्कुटी चालक जि.मकवानपुर छतिवन गा.पा.४ बस्ने बुद्दिमान गोलेको छोरा अं.वर्ष १६ को सुरेन्द्र गोले र पछाडी सवार ऐ.राकसिराङ गा.पा.७ बस्ने प्रकाश गुरुङको छोरा अं.वर्ष १७ को सलमन गुरुङलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धानको लागि प्र.चौ.पथलैयामा  राखिएको ।

मिति २०८३।०१।१६ गते ०५:०० बजे देखि २०८३।०१।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१७

चोरी/लुटपाट,झापा, मेचीनगर न.पा.१० लालपानी स्थित ऐ.बस्ने मोहन खतिवडाको घरमा निजकै श्रीमती निशा पौडेल खतिवडा बिरामी भई उपचार गर्नको लागि चारआली लिएर गएको र घरमा वृद्ध आमा मात्र भएको अवस्थामा निजहरु उपचार पश्चात अं.१०:४५ बजे घरमा आई हेर्दा घरको पश्चिम पट्टीको ढोकाको आग्लो के-कसरी खोली को-कुन व्यक्ति घरभित्र सुत्ने कोठामा प्रवेश गरी दराजमा राखेको सुनचाँदीको गरगहना सहित अंन्दाजि मुल्य रु.७ लाख बराबरको धनमालको सामानहरु चोरी भएको भन्ने खबर ऐ.१२:०० बजे इ.प्र.का.धुलाबारीमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान तथा चोरको पहिचान लगायत खो.त. कार्य भईरहेको, । सप्तरी, सुरुङगा न.पा.५ जिनिस अस्पताल स्थित महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको म.प्र.०१-००५प१००६ नम्बरको मो.सा.लाइ सोहि दिशाबाट आउदै गरेको नं.नखुलेको कालो रंङको पल्सर मो.सा. मा सवार २ जना र अर्को नंम्बर नखुलेको मो.सा.मा २ जना गरि जम्मा ४ जनाको अपरिचित समूहले पछाडिबाट ठक्कर दिइ लडाइ CAT कम्पनिको झोला खोसि झोला भित्र रहेको मो.सा.को ब्लुबुक र अं.नगद रु.७,०००००।– (सात लाख) समेत लिइ पश्चिम लहान तर्फ फरार भएको भनी जानकारी गराउनासाथ इ.प्र.का.भेडिया सप्तरीबाट प्र.नि.को कमाण्डमा ५ जना र इ.प्र.का . कडरवानाबाट प्र.ह.को कमाण्डमा २ जना QRT टोलि खटी गई आ.अ.तथा खो.त.भइरहेको, मोनिका ट्रेडर्स लहान सिरहाको संचालक जिल्ला सिरहा लहान न.पा.७ घर भई हाल ऐ.५ बस्ने लालबाबु साहको छोरा मनोज कुमार साह रहेको,। बाजुरा, गौमुल गा.पा. १ अम्लिस स्थित रहेको मिलेमतो सहकारी संस्थामा चोरी भएको भनि ऐ. वडाका वडा अध्यक्ष देव बहादुर रोकायले मिति २०८२।०१।१६ गते १२;०० बजेको समयमा टे.फो. मार्फत जि.प्र.का. बाजुरामा जानकारी गराउना साथ इ.प्र.का. गौमुल बाजुराबाट प्र.स.नि. मोहन सिंह धामीको कमाण्डमा २ जनाको टोली र चोरी सम्बन्धी थप बुझ्नको लागि जि.प्र.का. बाजुराबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटि गएको,। सकेट बम फेला,सल्यान, शारदा न.पा.३ स्थित रहेको जि.प्र.का.सल्यानको कम्पाउण्डभित्र भवन निर्माणको लागि जग खन्ने क्रममा सकेट बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेकोले डिस्पोजको लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानबाट उप सेनानी कृष्णा क्षेत्रीको कमाण्डमा टोली खटी गई ऐ.१६:२० बजे जम्मा १० वटा सकेट बम फेला परेको र बम डिस्पोजको लागि मध्यपश्चिम पृतना अन्तर्गतको नं.१९ बाहिनी तुलसीपुर दाङबाट  बम  बिस्पोजल टोली खटी जाने भन्ने बुझिएको, जि.प्र.का.सल्यानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको । हात हतियार बरामद,संखुवासभा, चैनपुर न.पा.११ लोहाकोट स्थित साल बहादुर तामाङको जग्गामा रहेको बाँस घारीको ढुङगाको ओडारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा अप्र.पोष्ट सभाखोला संखुवासभाबाट प्रनानि बाबुराम भारति (९८६२६५७८९४) को कमाण्डमा ३ जनाको टोलि खटी गई उक्त स्थानमा खोजतलास गर्ने क्रममा बेवारिसे अबस्थामा थान १ अनलोड (खालि) भरुवा बन्दुक, फलामको गुच्चा जस्तो देखिने बस्तु थान-११, बारुद जस्तो देखिने बस्तु अ. ५० ग्राम र सलाईको बट्टा थान-१ फेला पारी नियन्त्रणमा लिई अप्रपोष्ट सभाखोला संखुवासभामा ल्याई राखिएको, ला.औ.,बारा, पचरौता न.पा.२ श्रीनगर वैरीया टोल स्थित रहेको मुस्लिम सामुदायको इदगाह नजिकै रहेको मकै खेतको छेउमा वेवारिसे अवस्थामा अं.१० केजी ५०० ग्राम ला.औ.गाँजा रहेको सूचना प्र.चौ.श्रीनगर वैरीयामा प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले नियन्त्रणमा लिई इ.प्र.का.सिम्रौनगढमा ल्याई राखेको ।  कञ्चनपुर, भिमदत्त न.पा.१० कञ्चनपुर भन्सार ब्यारेल महेन्द्र राजमार्ग स्थित इ.प्र.का.गड्डाचौकी र ला.औ.नियन्त्रण व्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.ऐ.११ बडैपुर बस्ने बर्ष अं.२९ को रबिन बिष्टले चलाएको UK03TA7727 नं.को भारतिय कार लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने शुद्द तौल गर्दा ५ ग्राम ६० मिलिग्राम ला.औ. फेला पारी बरामद गरी उक्त कार र मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.कञ्चनपुर पठाएको ।

मिति २०८३।०१।१५ गते ०५:०० बजे देखि २०८३।०१।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१६

ज.ज.क./ बालयौन दुर्व्यवहार,झापा, मिति २०८३।०१।१४ गते अं. २१:१० बजे जि.ईलाम चुलाचुली गा.पा.१ राईटोल बस्ने वर्ष ३३ को धनराज राईले जि.ईलाम चुलाचुली गा.पा.१ मैनाचुली टोल बस्ने वर्ष ११ की आयूषा कुलुङ राईलाई जि.झापा शिवसताक्षी न.पा.११ सताक्षीधाम जाने बाटोको साईडमा रहेको सानो टहरोमा लगेर फकाई फुलाई डर त्रास समेत देखाई जबरजस्ती करणी गरेको भनी पीडितको बुवाले ऐ.१५ गते १३:०० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिए पश्चात प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पीडक धनराज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । रुपन्देही, मिति २०८३।०१।१४ गते अं.२२:०० बजे, रोहिणी गा.पा.६ बस्ने वर्ष १७ की (सुस्त मनस्थिति) बालिकालाई ऐ.६ बोधबारे बस्ने वर्ष ३६ को शिपक भन्ने निर कमल चौधरीले घर देखि अं.१०० मिटर टाढा ऐ.बस्ने सकुन्तला केवटको घरमा लगी ज.ज.क.गरेको भनी ऐ.०१।१५ गते जाहेरी दिएकोमा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको । रुपन्देही, देवदह न.पा.१२ प्रसोत्तमपुर स्थित रहेको प्रसोत्तमपुर सामुदायिक बनमा ऐ.बस्ने साकेतिक नाम भैरहवा ५७ बुवा(२२०८२/८३) को छोरी बर्ष १५ कि सांकेतिक नाम भैरहवा ५७ पिडित (२०८२/८३) लाई जिल्ला रुपन्देही तिलोत्तमा न.पा.१७ कानपारा बस्ने बर्ष १९ को दिपेन्द्र मल्लाहले जबरजस्ति करणी गरेको भनि आज मिति २०८३।०१।१५ गते १७;०० बजे यस का.मा आई पीडितको बुबाले जाहेरी दरखास्त  दिएकोले प्र.स.नि को कमाण्डमा टोली खटि गई दिपेन्द्र मल्लाह लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । दैलेख, मिति २०८३।०१।०६ गते अं.२२:०० बजे नौमुले गा.पा.१ बस्ने वर्ष ५५ को पुरुषले आफ्नै छोरी वर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भनि पीडितको आमाले मिति२०८३।०१।१५ गते १६:०० बजे जानकारी गराउनसाथ इ.प्र.का.नौमुलेबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पीडक पुरुषलाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखि थप अनुसन्धान भईरहेको । बैतडी, शिवनाथ गा.पा.५ लामखाली बस्ने लाल सिह धनाडीको छोरा वर्ष अं. २२ को जय राज धनाडीले मेरो नावालिका लाई  मेलौली न.पा ०७ नौलदे भन्ने स्थानमा मिति २०८२ भदौ महिनाको गते थाहा नभएको बिहान ०९;०० बजे पछि बिवाह गर्ने सहमतिमा पीडक अन्ययी र छोरी बिच करणी लेनदेन भएकोमा मिति २०८३।०१।१३ गते बिहान १०:०० बजे मेरी नावालिका छोरी कपडा खरिद गर्न भनि स्थानीय बजार मेलौली गई कपडा खरिद गरि घर फर्किने क्रममा सार्वजनिक बाटोमा निज अन्यायीले मलाई धोका दिने भनि लाठी, मुक्का, प्रहार गरि अभद्र व्यवहार समेत गरेको कुरा निज नावालिकाले मलाई भनेकोले मिति २०८३।०१।१५ गते १७:०० बजे नावालिकाको आमाले जि.प्र.का.मा करणी सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको हुदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी जि.प्र.का.को हिरासतमा राखि थप अनुसन्धान भई रहेको । ला.औ.,झापा, अर्जुनधारा न.पा.११ चियाबगान एरियमा ला.औ.कारोबार भईरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का.अनारमनीबाट खटिएको प्र.ना.नि को टोलीले ऐ. बिर्तामोड न.पा.३ बस्ने वर्ष २२ को विश्च राजवंशी सहित ५ जना मानिसहरुलाई ला.औ. ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लास्टिक बाहेक २९ ग्राम २९० मिलिग्राम सहित फेलापारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का. अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको ।  नवलपरासी पश्चिम, बर्दघाट न.पा. १० लण्डनब्रिज संगम रुपसव रेष्टुरेन्ट एण्ड खाजा घर स्थितमा लागु औषध ल्याएको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.बर्दघाटबाट प्र.नि. कृष्ण डाँगीको कमाण्डमा खटिएको टोलिले ऐ. खाजा घरको साहुजी ऐ.ऐ. बस्ने वर्ष अं. ६१ को  धनलाल चापागाई र जिल्ला नवलपरासी सुस्ता गा.पा. ५ थारु टोल बस्ने वर्ष ३३ को स्तकार हुसेनलाई चेकजाँच गर्ने क्रममा निज स्तकार हुसेनको हातमा MD SYNTHETIC DRUGS ४ प्याकेट ला.औ. फेला पारी शुद्ध तौल २०८.१६ ग्राम फेला पारी  दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको

मिति २०८३।०१।१४ गते ०५:०० बजे देखि २०८३।०१।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१५

बिदेशी नागरिक मृत्यु,कास्की, मिति २०८३।०१।१२ गते देखि जिल्ला कास्की पोखरा म.न.पा.६ खहरे स्थित होटल म्याजेस्टिकको कोठा नं. ३०२ मा एक्लै बस्दै आएका अमेरिकी नागरिक (Passports No.A33635702) भएका वर्ष ७० को Hince Timothy Edmund ऐ.१४ गते अं.१२:४० बजे सोही कोठामा मृत अवस्थामा रहेको छ भन्ने सूचना प्राप्तहुनासाथ तत्काल व.प्र.का.बैदामबाट प्र.ना.उ. नमराज भट्टराई (९८५६०८०१६७) को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गएको,चोरी/लुटपाट,झापा, मेचीनगर न.पा.६ प्रगती टोल बस्ने दिपेन्द्र राज पाण्डे घरको सबै ढोकाहरु खुल्लै राखी मर्निङ वाक निस्किएको र घरका अन्य सदस्यहरु आ-आफ्नो कोठामा सुति रहेको अवस्थामा घरको पुजा कोठामा प्रबेश गरी पुजा कोठामा रहेको दराजमा राखेको सुनको तिलहरी, चुरा र नगद रु. १,००,०००।– समेत गरी जम्मा अं.मुल्य रु.८,५०,०००।–बराबरको धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.काँकरभिट्टा प्र.स.नि.को कमाण्डमा टोली खटिई गई चोरी गर्ने ब्यक्तिहरुको पहिचान तथा खो.त.कार्य भईरहेको । कपिलवस्तु, शिवराज न.पा.१ शिवपुर बस्ने  धन बहादुर खत्रीको २ कोठे १ तले पक्की घरको गेट र ढोकाको ताला फोडी कोठाभित्र रहेको स्टील दराज समेत फोडी दराजमा रहेका नगद रु.२ लाख, सुनको गरगहना सिक्रि थान-१ (१ तोला), औठी थान-१ (४० लाल), तिलरी थान-१(३० लाल), मुन्द्रा एक जोडी(२२ लाल) र सानो मङगलसुत्र थान-१ (२२ लाल) गरी जम्मा अं.रु.८ लाख बराबरको चोरी भएको भनि खबर प्राप्त हुनासाथ व.प्र.का.चन्द्रौटाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, धन बहादुर खत्री रोजगारको शिलसिलामा भारतमा रहेको, श्रीमती बिमला खत्री काठमाण्डौँ गएको र घरमा रहेका छोरा वर्ष २३ को विकाश खत्री र वर्ष २० को किरण खत्री मिति २०८३।०१।१३ गते ऐ.मजगाँउ मावली घर गएकोमा मिति २०८३।०१।१४ गते २१:३० बजे घरमा आएको, चोरी को-कस्ले गरेको र कुन समयमा भएको भन्ने नखुलेको,चोरी गर्ने व्यक्तिको खो.त.तथा आ.अ.कार्य भईरहेको, प्र.क.मृत्यु,सिन्धुली, जि. सिन्धुली कमलमाई न.पा.६ शान्तीनरचोक घर भएका इ.प्र.का.राजपुर रौतहट (संचार शाखा) दरबन्दी भई मधेश प्रदेशमा कार्यरत भई हाल जि.सिन्धुली सुनकोशी गा.पा.७  मतनबास स्थितमा रहेको रिपिटर टावर सुरक्षामा खटिएका (कम्प्युटर कोड नं.३७२०९९) प्र.व.ह.धन बहादुर भुजेलले जि. सिन्धुली कमलमाई न.पा.६ शान्तीनरचोक स्थित आफ्नै घरमा रहेको खाना रुचाउने (APDINE) नामक औषधी बढी मात्रामा सेवन गरी बिरामी भई जिल्ला अस्पताल सिन्धुलीमा ल्याई उपचार भईरहेकोमा ऐ. १५:५९ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा मुचुल्का सहितको  टोली खटिई गएको । ज.ज.क./ बालयौन दुर्व्यवहार,ओखलढुङ्गा, मिति २०८३।०१।१२  गते अ.२२.०० बजेको समयमा जिल्ला ओखलढुङ्गा मोलुङ गा.पा.०१ कुईयाँबोट बस्ने अ. वर्ष १७ की साँकेतिक नाम २०८२/२०८३ फ लाई ऐ.ऐ.बस्ने अ.वर्ष ४० को साँकेतिक नाम २०८२।२०८३ N ले पिडितको आफ्नै घरको कोठामा बालयौन दुरुपयोग गरेको भनि आज मिति २०८३।०१।१४ गते अ.१७;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुना साथ इ.प्र.बरुणेश्वरबाट प्र.स.नि.अनिल कट्वालको कमाण्डमा टोलि खटि गई निज प्रतिवादीको खो.त.भईरहेको, तत्काल फरार रहेको, पिडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जारटार लाने तयारी भईरहेको, उक्त घटनास्थल इ.प्र.का.बरुणेश्वरबाट अन्दाजी कि.मि. ६ पुर्व पर्ने,अन्य वि.वि. पछि जाहेर गरिने । उदयपुर, बेलका न.पा.४ गौरीशंकर शिवालय टोल बस्ने अं.वर्ष ४५ को हरि आचार्यले ऐ. बस्ने वर्ष ३३ की महिलालाई पीडितको गाईगोठमा ज.ज.ज.क.गरेको भनि पीडितको भाईले ऐ.१४ गते अं.१७:३०बजे इ.प्र.का.रामपुरठोक्सिलामा आई जाहेरी दिएकोले प्र.व.ना.नि.को कमाण्डमा टोली  खटिई गई पिडकलाई घर वतनमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पीडित महिलाले मानसिक सम्बन्धी औषधी सेवन गर्ने भन्ने बुझिएको, स्वास्थ्य अवस्था सामान्य, ला.औ., मोरङ, जि.प्र.का.मोरङ र ला.औ.नि.व्युरो विराटनगरबाट खटिएको प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि.मोरङ विराटनगर म.न.पा.९ विराटनगर रानी सडक-खण्डमा बिराट रानी आँखा अस्पताल अगाडी स्थित प्र.१-०४००२ प ०७७२ नं.को पल्सर मो.सा.रोकी देश भारत अररिया जि. बिहार राज्य जोगवनी थान वडा नं. १७ घर बताउने  वर्ष ३० को मोहम्मद अब्दुल्ला र जि.मोरङ बिराटनगर म.न.पा. १७ मटेरुवा घर बताउने वर्ष ३५ को बाबु मियाँ शंकास्पद रुपमा बसिरहेको अवस्थामा निजहरुलाई चेकजाँच गर्दा बाबु मियाँको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १९४ ग्राम र शुद्ध तौल १९१ ग्राम, मोवाईल थान-२, प्र.१-०४००२ प ०७७२ नं.को मो.सा. सहित रितपुर्वक बरामद गरि दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. मोरङमा ल्याई आ.अ. भईरहेको,

मिति २०८३।०१।१३ गते ०५:०० बजे देखि २०८३।०१।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१४

कर्तब्य ज्यान,रोल्पा,  त्रिवेणी गा.पा.४ भर्जा बस्ने वर्ष ४५ को मिन बहादुर वुढाको मृत्यु भएको भनी ऐ.११:०० बजे प्र.चौ.जुगार रोल्पामा खबर प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.१२ गते मृतकको श्रीमती वर्ष ४२ की लिलामती वुढाले घरको पछाडीको बारीमा गहुँ काट्ने विषयलाई लिएर श्रीमानसँग विवाद हुँदा गहुँ काटिरहेको हसियाँले निज मृतकको दाँया कुम, दाँया हात लगायत शरीरको विभिन्न भागमा प्रहार गर्दा घाईते भई घरमा ल्याई सुताएकोमा निजको मृत्यु भएको, मृतकको शरीरको विभिन्न भागमा निलो डाम र चोटहरु रहेको, श्रीमती प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागी इ.प्र.का.होलेरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, १७:०० बजे घट्नास्थल कार्य समाप्त पश्चात लाश पो.मा.को लागी रोल्पा अस्पताल रेउँघा रोल्पा तर्फ पठाएको,निज मृतकको श्रीमती लिलामति बुढालाई मेडिकल गरी ई.प्र.का.होलेरीको हिरासत कक्षमा राखि, थप अनुसन्धान भईरहेको । बिदेशी नागरिक लेक लागि मृत्यु,मुस्ताङ,  देश भारत तमिलनाडु राज्य घर भई बस्ने वर्ष ६३ की भानु मठ्टी सहित २४ जनाको समूह मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने क्रममा जि.मुस्ताङ घरपझोङ गा.पा.४ जोमसोम स्थित होटल प्राइड अगाडी गाडी बाट ओर्लिन साथ अचानक श्वास्प्रश्वासमा समस्या भई तत्काल उपचारको लागि प्रदेश अस्पताल जोमसोममा ल्याएकोमा ऐ.१५:४३ बजे डाक्टरद्वारा मृत्यु घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ऐ. १७:२५ बजे सम्पुर्ण मुचुल्का कार्य समाप्त भए पश्चात शव प्रदेश अस्पताल जोमसोमको शव गृहमा राखिएको,पो.मा.हुन बाँकी रहेको, थप अनुसन्धान भईरहेको । मुस्ताङ , देश भारत तमिलनाडु राज्य बस्ने वर्ष ७७ को KANNAPPAN GOVINDARAJI GOUNDER मिति २०८३।०१।१३ गते ३२ जनाको समूहमा मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गा.पा.१ धर्मशाला स्थित आईपुग्दा अचानक श्वास्प्रश्वासमा समस्या भई उपचारको लागी प्रदेश अस्पताल जोमसोममा ल्याई चेकजाँच गर्दा ऐ.१८:४० बजे डाक्टरद्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको , थप अनुसन्धान भईरहेको । सिकार खेल्ने क्रममा मानिस घाईते,न.प.(पूर्व), बिनयी त्रिवेणी गा.पा.४ सिलौटे स्थित सुर्य विनायक सामुदायिक वनमा शिकार खेल्ने क्रममा जि.पाल्पा निस्दी गा.पा.७ देवकी घर भई हाल विनयी त्रिवेणी गा.पा.३ कटुसघारी बस्ने अं. वर्ष २८ को खिम ब.राक्से मगर घाईते (पेटको बाँयाँ तर्फ छर्राले लागेको जस्तो देखीने दुई वटा प्वाल परेको) भएको अवस्थामा उपचारको लागि प्रादेशिक अस्पताल डण्डा पठाएको, उक्त स्थानमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको,  ऐ.२०:३० बजे घाईतेलाई थप उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुर पठाएको  अवस्था मध्यम रहेको , ऐ. २१:३० बजे प्र.नि थमन सिंह रानाको कमाण्डमा खटिएको टोलीले अनुसन्धानको लागि निम्न ९ जना मानिसहरुलाई नियन्त्रणमा लिएको,  दुई थान भरुवा बन्दुक समेत बरामद भएको,  थप अनुसन्धान भईरहेको चट्याङ लागी मृत्यु/घाईते (फुटकर ज्यान),प्युठान,  गौमुखी गा.पा.६ लिबाङ र ऐ.४ पुजामा चट्याङ पर्न जाँदा ऐ.गौमुखी गा.पा.६ लिबाङ बस्ने वर्ष अं.७० को केदार बोहरा क्षेत्री , ऐ. बस्ने वर्ष अ.२८ को रामु बोहरा क्षेत्री , ऐ.बस्ने बर्ष अ.५८ कि बोमी बोहरा र ऐ.४ पुजा बस्ने वर्ष अं.२४ की सिर्जना न्यौपाने  घाईते भई उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाएकोमा केदार बोहरा क्षेत्री र रामु बोहरा क्षेत्रीलाई डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, २ जना घाईतेहरुको ऐ.अस्पतालमा उपचार भईरहेको , थप अनुसन्धान भईरहेको । रोल्पा,  परिवर्तन गा.पा.४ तातोपानी स्थित तुसारबोट बस्ती बस्ने वर्ष ७७ को लालु वलीको घर देखि ५ मिटर पश्चिममा रहेको रुखमा चट्याङ हान्दा निज लालु वलीको मृत्यु भएको भनि ऐ.१३ गते अं.०६:२० बजे इ.प्र.का.पाछावाङ रोल्पामा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.पाछावाङ रोल्पाबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज लालु वली र चौपायमा १ गोरुको मृत्यु भएको, तालुक इ.प्र.का.घर्तिगाउँबाट प्र.नि.को कमाण्डमा टोली घटनास्थल मुचुल्काको लागी खटी गई शव पो.मा.को लागि जिल्ला अस्पताल रेघुवा एठाईएको, थप अनुसन्धान भईरहेको । सिरहा,  मिर्चैया न.पा.९ भगवानपुर टोल स्थित ऐ.बस्ने छेदि सदाको छोरा अं.वर्ष ३५ को मिथिलेश सदा र निजकै श्रीमती अं.वर्ष ३० की रंजिता देवि सदा आफ्नै एलभेष्टरको छानो भएको घरमा खाटमा सुतिरहेको अवस्थामा अचानक आएको चट्याङको झटका लागी रंजिता देवि सदाको सुतिरहेको अवस्थामा मृत्यु भएको, बाहिरी चोट पटक नदेखिएको र मिथिलेश सदाको (बाहिरि चोट पटक नदेखिएको) घाइते भई स्थानिय मेडिकलमा उपचार भइरहेको, अवस्था मध्यम रहेको भनी ऐ.२३:२० बजे इ.प्र.का.मिर्चैयामा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पश्चात शव पो.मा.को लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको । ज.ज.क./ बालयौन दुर्व्यवहार,डडेल्धुरा, अमरगढी न.पा. २ बस्ने बर्ष ३१ को सुरेश अवस्थीले चलाएको सु.प.प्र.००१च०२०८ नं.को तरकारी बोक्ने जिपमा , जिल्ला डडेल्धुरा पर्शुराम न.पा. ४ जोगबुडा  बस्ने २० बर्षिय महिला डडेलधुरा देखि संगै धनगढी आई मिति २०८३।०१।१४ गते राति १:२५ बजेको समयमा जिल्ला कैलाली  धनगढी उ.म.न.पा. ४ संजोक  होटलमा निज जिप चालक र जिपमा सवार महिला  अलग अलग कोठा लिई बसेकोमा निज चालकले मेरो कोठामा आई ज.ज.क. गरेको भनि ऐ.०१;४५ बजे टे.फो.मार्फत निज महिलाले जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यलय कैलालीबाट प्र.स.नि. पुष्कर भट्ट को कमाण्डमा प्रहरी टोली खटी गई दुबै जनालाई यस कार्यालयमा ल्याई महिलालाई सेफ हाउसमा  पठाएको,  निज सुरेश अवस्थीलाई जि.प्र.का. कैलालीको हिरासतमा राखि अनुसन्धान भईरहेको । ला.औ., ललितपुर,  गोदावरी नगरपालिका ३ सि.पि.एस स्थित प्रहरी प्रभाग गोदावरीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा जिल्ला ललितपुर ललितपुर महानगरपालिका १३ घर भई बस्ने बर्ष २० को शिब श्रेष्ठको साथबाट ला.औ पोल्याण ८ ग्राम नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखि थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।१० गते ०५:०० बजे देखि २०८३।०१।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-११

कर्तब्य ज्यान चोरीभक्तपुर चाँगुनारायण न.पा.६ बेशी टोल स्थितमा रहेको दुर्गा लामा तामाङको २ तले जस्ताको टहरोमा दिनको समयमा घरमा कोही नभएको अवस्थामा घरको मुलढोकाबाट भित्र प्रवेश गरी दोस्रो तलामा रहेको कोठाको  दराजको लक तोडी दराज  भित्र राखिएका सुनको झुम्का १ तोला लगायत सुनका विभिन्न गर-गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग खरिपाटीबाट प्र.ह.को  टोली खटी गई बुझ्दा अं.१०,४५,४५०।–बराबरको चोरी भएको । ला.औ.उदयपुर १० गते अ.११;४० बजेको समयमा बेलका न.पा. वडा नं. ८ कोठु स्थितमा अप्रपोष्ट कोठु उदयपुरबाट प्र.स.नि रेवत बहादुर थापाको कमाण्डमा(९८०५९१८९५०) खटिएको ३ जनाको प्रहरी टोलीले चुहार, मैनामैनी, कोठु सडक खण्डमा मैनामैनीबाट कोठु तर्फ आउदै गरेको प्र.०१-००१ ह १८८१ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटोमा २ वटा सेतो प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागु औषध गाँजा (पलाष्टिक बाहेक) २७ के.जी. , अटो, अटो चालक जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ८ माजटोल बस्ने भिम बहादुर राईको छोरा बर्ष अ.२५ को अशोक राईलाई नियन्त्रणमा लिई इप्रका रामपुरठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, कास्की, जि. लमजुङ घर भई हाल जि. कास्की  पो.म.न.पा.११ फुलबारी बस्ने वर्ष २७ की मन्दिरा थापा मगरले ला.औ.बिक्रि बितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कार्यलय, पोखराबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले रित पूर्वक निजको डेरा कोठामा चेकजाँज गर्ने क्रममा लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १०५.३३ ग्राम  र  नगद रू.९,००,००००।- नेपाली रुपैँया, मोवाइल थान १ सहित नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

मिति २०८३।०१।०९ गते ०५:०० बजे देखि २०८३।०१।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-१०

कर्तब्य ज्यान,पाँचथर,  हिलिहाँङ गा.पा. ७ चुकफारा स्थित साम्वेवा बाट एकचेप्पा जाने भित्री कच्ची सडकमा तत्काल नामथर वतन नखुलेको अं. बर्ष ४०/४५ को पुरुष मानिसलाई के कुन मानिसले टाउकोमा ढुंगाले प्रहार गरी घटना स्थलमा नै मृत अवस्थामा शव रहेको भनि जिल्ला प्रहरी कार्यालय पाँचथारमा जानकारी प्राप्त हुनसाथ  प्रहरी चौकी जोरपोखरी बाट प्र.स.नि. ज्ञानेन्द्र सुबेदी को कमाण्डमा २ जनाको प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा कानूनी प्रकृयाको  लागी जिल्ला प्रहरी कार्यालय पाँचथर बाट प्र.नि. को टोली खटिगएको , मृतक जिल्ला पाँचथर हिलिहाङ गा.पा.६ बस्ने बर्ष अ.५२ को धन प्रसाद यावा रहेको भनि पहिचान खुलेको , ऐ.२२:१० बजे माथि उल्लेखित शवको कानूनी प्रकृया पुरा गरी पो.मा. कार्यको लागि जिल्ला अस्पताल पाँचथर फिदिम तर्फ पठाएकोमा ऐ.२३:१० बजे जिल्ला अस्पतालमा ल्याई शवगृहमा सुरक्षित साथ राखिएको, शंकास्पद ऐ.७ बस्ने बर्ष अ.५४ को हरि चन्द्र योक्पाङदेनलाई जि.प्र.का. पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी अनुसन्धानको लागि हिरासत कक्षमा राखेर थप अनुसन्धान भईरहेको । ज.ज.क./ बालयौन दुर्व्यवहार,ओखलढुंगा, मिति २०८३।०१।०४ गते अ.१२:०० बजे सिद्धिचरण न.पा.२ ठुलाछाप बस्ने अं.वर्ष १२ की बालिकालाई ऐ.बस्ने वर्ष २५ को पुरुष व्यक्तिले बाल यौन दुरूपयोग गरेको भनी ९ गते १८:३० बजे जि.प्र.का.मा लिखित जाहेरी प्राप्त भएको हुँदा प्र.चौ.निशंखेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ओखल्ढुंगा, मोलुङ गा.पा.७ पात्ले बस्ने अ.वर्ष १७ की बालिकालाई मिति २०८२।१२।२९ गते २१:०० नबजे ऐ.बस्ने अ.वर्ष २५ को दिल कुमार कार्कीले पीडितको घरमा ज.ज.क.गरेको भनी मिति २०८३।०१।०९ गते १८:०० बजे जि.प्र.का.ओखलढुङ्गामा जाहेरी प्राप्त हुनासाथ अ.प्र.चौकी तालकोटबाट प्र.स.ह.को कमाण्डमा  टोली खटी गई आ.अ.भइरहेको, पीडक फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको । झापा, मिति २०८३।०१।०९ गते १६:०० बजे शिवसताक्षी न.पा.८ झिलझिले स्थित जि.ताप्लेजुङ सिरिजङ्घा गा.पा.७ बस्ने बर्ष ३० को मुक्ति भट्टराईले ऐ.५ बस्ने वर्ष १५ की बालिकालाई ललाईफकाई लैजाँदै गरेको अवस्थामा स्थानीय मानिसहरुले फेला पारी इ.प्र.का.झिलझिलेमा बुझाएकोमा सोधपुछ गर्दा निज मुक्ति भट्टराईले बिवाह गर्छु भनी पटक–पटक ज.ज.क.गरेको र अन्तिम पटक मिति २०८३।०१।०८ गते २२:०० बजे काँकरभिट्टाको बस स्टेण्ड स्थित लक्ष्मी अधिकारीको घरमा लगेर ज.ज.क.गरेको भन्ने खुल्न आएको हुँदा दुवै जनालाई थप अनुसन्धानको लागि इ.प्र.का.काँकरभीट्टामा राखिएको । झापा, शिवसताक्षी न.पा.३ दिङ्लाधाप वर्ष ३५ को पुरुष व्यक्तिले आफ्नै छोरी परिबर्तित नाम २०८२/०८३  झिलझिले K1 लाई ललाई फकाई गरी डर त्रास समेत देखाई पटक पटक गरि अन्तिम पटक मिति २०८२/०३/२६ गते २३:०० बजे आफ्नै घर कोठामा ज.ज.क.गरी गर्भवती बनाएको हुँदा निजलाई  पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाऊँ भनी पीडितको काकाले मिति २०८३।०१।०९ गते १७:०० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिएको हुँदा प्र.स.नि.को टोली खटी गई थप अनुसन्धान भईरहेको , पीडक फरार रहेकोले खो.त.भइरहेको । भरुवा बन्दुकको छर्राले  लागि मानिस घाईते,रुकुम पश्चिम, मिति २०८३।०१।०८ गते २०:३० बजे आठबिसकोट न.पा. ६ ज्यामिरे बस्ने वर्ष अं. १६ को राजु बोहोरा आफ्नै घर नजिकै बाटोमा मोबाईल चलाउदै हिड्ने क्रममा अचानक लडी निजको अण्डकोशमा चोट लागी उपचारको लागि ऐ.२१:३० बजे नगर अस्पताल आठबिसकोट आएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके रिफर भई उपचार भइरहेको घटना सम्बन्धमा ऐ.९ गते ०५:०० बजे नेपालगंज मेडिकल कलेज नेपालगंजको डाक्टरले चेकजाँच गर्दा अण्डकोष, दाहिने तिघ्रा र तल्लो पेटको साइडमा ठोस पदार्थ जस्तो देखिएको भन्ने रिपोर्ट आएको भनी अस्पतालमा खटिएको प्र.क.ले जि.प्र.का.मा जानकारी गराएको हुँदा ऐ.१०:३० बजे इ.प्र.का. आठबिसकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.आठबिसकोट न.पा.६ ज्यामिरे बस्ने दिनेश बोहराको घरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा अचानक पड्किन गई निज राजु बोहरा घाइते भएको, निजको नेपालगंज मेडिकल कलेज नेपालगंजमा ICU मा राखी उपचार भइरहेको, अवस्था मध्यम, उक्त भरुवा बन्दुक बरामद गरी ऐ.१८:२० बजेको समयमा मुचुल्का कार्य समाप्त पश्चात प्र.नि.को टोली कार्यालय फिर्ता भएको,उक्त घटनामा सग्लंन ऐ.ऐ.बस्ने बर्ष २० को रमेश बोहरा  घाईतेको उपचारमा संलग्न रहेको ,  ऐ.ऐ.बस्ने बर्ष १६ को दिनेश बोहरा  फरार रहेकोले खोजतलास भईरहेको ।  थप अनुसन्धान भईरहेको । बैतडी, सुर्नया गा.पा. २ डुङरी बस्ने बर्ष ४५ को ऐ. वडाको वडा सदस्य  दान ब. ऐरी आफ्नै घरमा खाना बनाउने क्रममा सिलेण्डर ग्यास पड्केर घाँटीमा चोट लागि घाईते भएको हुँदा निजको छोरा बिजय ऐरी ले ऐ.२०;४५ बजेको समयमा जिल्ला अस्पताल बैतडीमा ल्याई उपचार भईरहेको, अवस्था बोल्न नसक्ने रहेको भनि अस्पताल समन्वय डिउटीमा खटिएको प्र.क.ले जानकारी गराउना साथ थप बुझ्नका लागि  जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्र.नि. को टोलि निज घाईतेको घरमा गई बुझ्दा निज घाईते दान बहादुर ऐरी सिलेण्डर पड्केर घाईते नभई आफ्नै घरमा रहेको भरुवा बन्दुक बोकी घर नजिकै जंगल तर्फ जाने क्रममा बन्दुक पड्केर छर्रा लागि घाईते भएको भनि निजकी श्रीमती लक्ष्मी ऐरीबाट बुझिन आएको, २३;१० बजेको समयमा प्रहरी टोलिले खो.त.गर्ने क्रममा ऐ.ऐ.०२ बस्ने मोहन ऐरीको शौचालय पछाडि भरुवा बन्दुक राखेको अवस्थामा फेलापारी नियन्त्रणमा लिईएको । ला.औ.,बाँके, खजुरा गा.पा. ७ स्थाई वतन भई ऐ.खजुरा गा.पा.५ उडारापुर बस्ने वर्ष २६ को अजिजुल रहमान खानको घरमा ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.ब.ना.नि. को  कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा निजको घरबाट ला.औ.जस्तो देखिने पदार्थ शुद्ध तौल २७५ ग्राम ला.औ. खैरो हिरोईन फेला परेकोले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बारा, प्रसौनी गा.पा.१ प्रसौनी टोल स्थित सिमराको भित्री बाटो हुँदै बलुवा गाउँतर्फ मो.सा.मा ला.औ.गाँजा बो, र जाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.परवानीपुर र इ.प्र.का.प्रसौनीबाट खटिएको संयुक्त टोलीले प्र.२-०३-००७ प ५९९७ न.को मो.सा.लाई पछ्याई रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.बारा जितपुरसिमरा उ.म.न.पा.२२ अम्लेखगंज बस्ने झील्के बहादुर गोलेको छोरा अं.बर्ष २५ को सुकमान गोलेको साथबाट प्लाष्टिक सहित ५ के.जि.८५४ ग्राम लागु औषध गाँजा फेला परेको र मो.सा.पछाडि सवार ऐ.बस्ने अमित कुमार गोलेको छोरा अं.वर्ष २८ को कुमार गोलेले बोकेको झोलामा प्लाष्टिकमा सहित ५ के.जि.९१६ ग्राम लागु औषध गाँजा फेला परेकोले उक्त ला.औ.गाँजा जम्मा ११ के.जि ७७० ग्राम र मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनीमा राखी थप अनुसन्धान भईरहेको ।  काठमाडौं, जि.सिराहा  गोलबजार न.पा.२ घर भई हाल का.म.न.पा.३१ संगम चोक बस्ने वर्ष २३ को  जिबछ नायकले संचालन गरेको शाहा बोईज होस्टेलमा लागुऔषध ब्राउन सुगर खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वृत्त नयाँ बानेश्वरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा सोही होस्टलमा बस्ने जि.सिराहा अर्नमा गा.पा.३ घर भएको वर्ष २२ को आषिश राय अमादको कोठाबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३४.६० ग्राम सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।०८ गते ०५:०० बजे देखि २०८३।०१।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०९

ज.ज.क./ बालयौन दुर्व्यवहार,अछाम, मंगलसेन न.पा.७ जनाली बस्ने अं.वर्ष ३० की सुस्त मनस्थिति भएकी, राम्रोसँग बोल्न नसक्ने महिला गर्भवती रहेको भनी गाउँघरमा हल्ला चलेको र निजको एकाघरको आफन्त नरहेको, बेवारिसे जस्तो घुमफिर गरि हिंड्ने गरेको भन्ने जानकारी मिति २०८३।०१।०५ प्राप्त हुनासाथ जि.प्र.का.बाट उद्धार गरी OCMC मार्फत स्वास्थ्य परीक्षण गर्दा निज पीडितको पेटमा ७ हप्ताको गर्भ रहेको रिपोट आएकोले सेफ हाउसमा राखी काउन्सिलिङ र सोधपुछ तथा गोप्यरुपमा शंकित व्यक्तिहरूको अनुसन्धान गर्दा निजको घरनजिकै रहेको विद्यालयमा लेबरको काम गर्न आएको नामथर वतन खुल्न नसकेको ज्यालादारी कामदारले मिति २०८२।११।१६ गते विद्यालयको नयाँ निर्माणाधीन भवनभित्र लगी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएकोले जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले मिति २०८३।०१।०७ गते अं.१८:०० बजे मंगलसेन न.पा.५ मंगलसेन बजारबाट १ जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज जि.मकवानपुर हेटौंडा उ.म.न.पा.२ बस्ने वर्ष ५८ को राजन फुयाँल शर्मा रहेको र निजले नै पीडितलाई ज.ज.क.गरेको भन्ने पीडितले सनाखत गरिदिएकोले ऐ.८ गते १२:३० बजे जाहेरी दरखास्त लिई दुवै जनाको विस्तृत स्वास्थ्य परीक्षण गरी जि.प्र.का.मा राखी थप अनुसन्धानको भईरहेको,। संखुवासभा, मिति मकालु गा.पा.४ बस्ने वर्ष २० को पुरुष व्यक्तिले आफ्नै बहिनी वर्ष ६ की बालिकालाई ललाई फकाई गरी आफ्नै घरमा हाडनाता जबरजस्ती करणी गरेको भनी ऐ.८ गते १०:३० बजे जि.प्र.का.मा जाहेरी दिनासाथ इ.प्र.का.हेदाङनाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान कार्य भईरहेको, निज पीडित बालिकाको जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य रहेको, उपचारमा निजको आमा संलग्न रहेको। पाल्पा, मिति २०८३।०१।०५ गते १५:०० बजे रैनादेवी छहरा गा.पा.२ भवानी स्थित मामा घर आएकी वर्ष ४ की नाबालिकालाई जिल्ला कैलाली घर भई हाल जिल्ला पाल्पा अन्तगर्त बस्ने वर्ष १३ को बालकले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको भनी मिति २०८३।०१।०८ गते १४:०० बजे निज पिडितको आमाले जि.प्र.का.पाल्पामा आई जाहेरी दिएकोले उक्त स्थानमा जि.प्र.का.पाल्पाबाट प्र.नि.को कमाण्डमा टोलि खटिगई निज पिडक बालकलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखिएको, निज पिडित नाबालिकालाई मेडिकल पश्चात आफन्तको जिम्मा लगाई घर पठाएको, अवस्था सामान्य, रुपन्देही, देवदह नगरपालिका वडा नम्बर १० चरङ्गे चिसापानी स्थित ऐ.बस्ने वर्ष १५ की बालिकालाई ऐ.बस्ने वर्ष १५ को बालकले घर नजिकैको जंगलमा लगि ज.ज.क.गरेको भनी ऐ.२०:०० बजे व.प्र.का.बुटवलमा जानाकारी प्राप्त हुनासाथ व.प्र.का बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडक बालकालाई नियन्त्रणमा लिई ई.प्र.का.बुटवलमा राखिएको, ला.औ, कपिलवस्तु, कृष्णनगर न.पा.२ बसपार्क स्थित इ.प्र.का कृष्णनगर कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा सादा पोशाक र महिला प्रहरी सहित ७ जनाको गाडी मोबाइल गस्ती टोलीले शंका लागि चेकजाँचको क्रममा जिल्ला बाग्लुङ निसीखोला गा.पा.९ बस्ने वर्ष ३७ कि दिल कुमारी घर्ती मगर समेत ४ जनाको साथबाट १४ के.जि.४२७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला उक्त पदार्थ सहित ४ जनालाई नै नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का कृष्णनगर कपिलवस्तु राखिएको।

मिति २०८३।०१।०७ गते ०५:०० बजे देखि २०८३।०१।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०८

कर्तब्य ज्यानकञ्चनपुर,  पुनर्वास न.पा.५ भानुबस्ती स्थित ऐ.ऐ. बस्ने वर्ष अं.१८ को उज्जल सायरलाई निजको आफन्त दाईको बिहेमा नाम थर नखुलेको ब्यक्ती आई धारिलो हतियार (चक्कुले) छातिमा प्रहार गरि घाइते बनाई भागि फरार रहेका र निज घाईते लाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाएको भनी इ.प्र.का.त्रिभुबन बस्तीमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गएको, ऐ.०२:०० बजे मायामेट्रो अस्पताल धनगढीमा लगि  उपचार भईरहेकोमा ऐ.०२:२४ बजे उपचारको क्रममा डाक्टरले मृत्यु भएको घोषणा गरेको, शव पो.मा.को लागि सेती प्रादेशिक अस्पतालको लास घरमा राखेको , ऐ.०२;५० बजे थप अनुसन्धानको लागि इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को कमाण्डमा  प्रहरी टोली खटि गएको, धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको ।ज.ज.क./ बालयौन दुर्व्यवहारसोलुखुम्बु,  मिति २०८२।१२।३० गतेका अं.०९:०० बजे सोलुदुधकुण्ड न.पा.५ सल्लेरी स्थित डेरा गरी बस्ने वर्ष ११ की बालिकालाई ऐ.माप्यदुधकोशी गा.पा.६ खानीगाउँ स्थायी घर भई ऐ.सोलुदुधकुण्ड न.पा.५ सल्लेरी बस्ने वर्ष ४० को बसन्त बुढाथोकी मगरले पीडितको डेरा कोठाको भित्रबाट चुक्कुल लगाई पीडितलाई खाटमा सुताई कपडा खोली संवेदनशील अंगहरुमा समाती बालयौन दुर्व्यवहार गरी फरार भएको भनि पीडित पक्षले मिति २०८२।१२।३० गते अं.१७:३० बजे जि.प्र.का. सोलुखुम्बुमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोलीले निज प्रतिवादीलाई खो.त.गर्दै जाने क्रममा मिति २०८३।०१।०७ गते अं.१०:०० बजे ऐ.सोलुदुधकुण्ड न.पा.५ सल्लेरी स्थितमा लुकीछिपी हिडडुल गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।सर्लाही,  लालबन्दी न.पा. १५ चिसापानी बस्ने दिनेश घलानको छोरी अं. बर्ष ८ की बालिकालाई ऐ.ऐ. बस्ने भिम बहादुर थोकरको छोरा अं.बबर्ष १५ को साजन थोकरले आफ्नै घरमा बोलाई ललाई फकाई जबरजस्ति करणी गरेको भनि निज बालिकाले बुवालाई जानकरी गराए पश्चात उपचारको लागि नगर अस्पताल लालबन्दी ल्याएको भनि सोही अस्पताल मार्फत ऐ. १८:४५ बजे इ.प्र.का.लालबन्दीमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज साजन थोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान  भईरहेको । आगलागीमा परी मृत्यु ( फुटकरज्यान)कैलाली,  मिति २०८३।०१।०६ गते अं.१७:०० बजे मोहन्याल गा.पा.७ कुइने स्थित बण्डाली सामुदायिक वनमा बाख्रा चराउन गएका ६ जना मध्ये जंगलमा लागेको आगोमा पर्न गई ऐ.कुइने बस्ने अं.वर्ष ४० को कमल बहादुर बडुवाल घाईते भई घर तर्फ ल्याउने क्रममा मृत्यु भएको, ऐ.बस्ने वर्ष ३५ को चन्द्र बहादुर बोहरा घाइते भई शितल मेडिकल हल लम्कीमा उपचार भईरहेको, शरिरको विभिन्न भागमा जलेको, अवस्था गम्भिर, अन्य ४ जना सकुशल घरमा आएका भनि ऐ.७ गते ०९:४० बजे स्थानीयले जानकारी गराए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी टीकापुर अस्पताल पठाईएको, घाईते चन्द्र बहादुर बोहरालाई रिफर गरी थप उपचारको लागी लम्कीचुहा न.पा.को एम्बुलेन्सद्धारा काठमाडौंस्थित वर्न हस्पिटल लगिएको साथमा निजजो बुवा तिर्थ बहादुर बोहरा रहेको ।उदयपुर,  चौदण्डिगढी न.पा. वडा नं.०७ बेल्टार बजारमा रहेको बौव साह र पपु खड्काको पुर्व फर्किएको काठको घरमा के-कुन कारण अचानक आगोलाग भएको भन्ने खवर ऐ ०३;२५ बजे प्राप्त हुनासाथ इ.प्र.का.बेल्टार उदयपुरबाट प्र.नि.को कमाण्डमा २० जना, जि.प्र.का.उदयपुरबाट प्र.ना.उ.को कमाण्डमा १९ जना र सशस्त्र बेस क्याम्प बेल्टार बाट स. प्र.नि.को कमाण्डमा १५ जनाको प्रहरी टोली खटी गएको र चौदण्डिगढी न.पा.को, त्रियुगा न.पा. को रौतामाई गा.पा.र जि. सप्तरी कन्चनरुप न.पा.को गरी ४ वटा दमकल, नेपाल प्रहरी,शसस्त्र प्रहरी वल र स्थानियको सहयोगमा आगो निभाउने कार्य भई रहेको, आगो ऐ ०५; ३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको , घटना सम्वन्धमा उल्लेखित बौव साह भनेकोमा बौव साह नभई ऐ बस्ने बर्ष अ. ४२ को रबिन कुमार दास रहेको र रबिन कुमार दासको ५ जना परिवार सवै सकुसल रहेको  र पपु भन्ने पदम खड्काको ५ जना परिवारमा ३ जना सकुसल रहेको र पदम खड्का को बुबा अ. बर्ष ७० को लक्ष्मि नारायण खड्का र छोरिको छोरा अ. बर्ष ३० को पवन खड्का बेपत्ता भएकोमा  पदम खड्काको आगो लागी भएको घरबाट जलि मृत भएको अवस्थामा दुई वटा कंकाल लाश फेला परेको ,अन्य मानवीय,  चौपाय क्षति नभएको थप क्षतिको बिवरण आउन बाँकी ।मानिस मृत अवस्थामा  फेला परेकोबारा,  जितपुरसिमरा उ.प.न.पा.९  भगवती स्टिल प्रा.लि.को गेट भन्दा १५ मिटर पुर्व साईडको बिरगंज पथलैया सडक खण्डको सर्भिस लेनको छेउमा  नामथर वतन नखुलेको उतानो अवस्थामा अं. बर्ष ३५ को पुरुष ब्यक्ति  मृत  अवस्थामा रहेको भन्ने खबर (९८५५०२४४९७) नं.बाट प्राप्त हुन साथ उक्त स्थानमा इ.प्र.का.जितपुर बारा बाट प्र.ब.ना.नि. कमाण्डमा टोली खटिगई घटना स्थल सुरक्षित राखिएको, इ.प्र.का.सिमरा बारा बाट प्र.नि.दिवाकर गणेशको कमाण्डमा टोलि खटिगएको, ऐ. १२;२२ बजेको समयमा उक्त लासको घटनास्थल मुचुल्का कार्य सम्पन्न पश्चात पो.मा. को लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको । उक्त घटना स्थल नजिकै जडान रहेको CCTVफुटेज संकल गरि हेर्दा मृतक लासलाई नितनपुर तर्फ बाट जितपुर बजार तर्फ आउने सर्भिसलेन नजिक बा.३ च.१४४३ नं.को निलो रंग भएको र पछडी चक्क देखी अगाडीको चक्का सम्म साईडमा रातो धर्सा भइको कारबाट ऐ.ऐ.बिहाना ०६:१० बजे दुई जना मानिसले के-कहाँ बाट ल्याई ऐ.घट्ना स्थलमा निज मृतक लासलाई राखी कारसहित फरार भएको CCTVफुटेज बाट देखिन आएको हुदाँ खो.त.कार्य तथा अन्य अनुसंधान कार्य भईरहेको ।ला.औ. (हवाई फायर)मोरङ,  रतुवामाई न.पा.१ हटिया डाडा स्थित इप्रका सिजुवाबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय BR 38 AD5390 न.को मो.सा.लाई रोक्न खोज्दा प्रहरी टोलीलाई देख्नसाथ मो.सा.चालक ऐ.१ सोनापुर बस्ने बर्ष अं.२१ को मो. आविद मिया मो.सा.सहित भागेकोले शंका लागि प्र.नि. कैलाश लिम्बुले बोकेको TYP54 न.को पेस्तोलबाट २ राउड हवाई फायर गरी निजलाई नियन्त्रणंमा लिई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ कालो रङको प्लाष्टिक भित्र प्लाष्टिक सहित ४७५ ग्राम ८२० मिलिग्राम फेला पारी मो.सा.,मानिस सहित नियन्त्रणमा लिई इ.प्र.का. सिजुवामा ल्याई थप अनुसन्धान भईरहेको ।सुनसरी, धरान उ.म.न.पा.१६ जोरसखुवा पुण्य मार्ग स्थितमा लागु औषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट  खटिएको टोलीले ऐ.बस्ने राम प्रसाद आचार्यको छोरा वर्ष २० को राहुल आचार्यको घर अगाडीको कोठामा चेकजाँच गर्दा प्रतिबन्धित औषधी ट्रामाडोल ३,१०० क्याप्सुल र स्पास्पेन १४,०५० ट्याब्लेट गरी जम्मा १७,१५० ट्याब्लेट फेला पारी निज राहुल आचार्य सहित निजको साथमा रहेका ऐ.११ गोदावरी चौक बस्ने हेमन्त रिजालको छोरा वर्ष १९ को रोहित रिजाललाई नियन्त्रणमा लिई इ.प्र.का.धरान सुनसरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । दाङ , घोराही उ.म.न.पा.१८ खर्कट्टी टोल स्थित वर्ष ४१ की अनिता रोका मगरको घरमा ला.औ.(ब्राउन सुगर) कारोबार गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि.को कमाण्डमा टोली खटी गई अनिता रोका मगरको घरको पछाडी पट्टी रहेको भान्सा र घरको बिच भागमा रहेको खाली भागमा बसी रहेका अनिता रोका मगर, निजको श्रीमान वर्ष ४४ को नविन कुमार रोका मगर, ऐ.नयाँबस्ती टोल बस्ने वर्ष ५० को खड्क बहादुर पुन र ऐ.१४ बस्ने वर्ष ४३ की कविता घर्तीलाई फेला पारी निजहरुलाई नियन्त्रणमा लिई निजहरुको शरिर तथा उक्त घरको खानतलासी गर्दा निज अनिता रोका मगरको घरको सुत्ने कोठाको भित्तामा ठोकेको प्लाईको मन्दिर बनाएको पुजा गर्ने मन्दिरमा हरियो रङको प्लाष्टिकमा पुडिया बनाई राखेको ४ (चार) पुडिया ला.औ. (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी प्लाष्टिक हटाई शुद्ध तौल २ ग्राम ८८० मिलिग्राम ला.औ.(ब्राउन सुगर) फेला परेको , घरको अगाडी पार्किङ गरी राखेको खड्क बहादुर पुनको लु.प्र.०२-००२ प २३७१ नं.को मो.सा.को भाईजरमा पहेलो रङको फाईबर व्याग (झोला)भित्र निलो रङको प्लाष्टिकमा २२ वटा पुडिया बनाई राखेको ला.औ. (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला पारी १ वटा ठुलो प्लाष्टिक पुडियाको प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ३८ ग्राम २१० मिलिग्राम र साना २१ वटा पुडियाको प्लाष्टिक हटाई शुद्ध तौल गर्दा १५ ग्राम ७१० मिलिग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ गरी जम्मा शुद्ध तौल ५६ ग्राम ८०० मिलिग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ र मो.सा.थान-१ बरामद गरी निज ४ जनालाई पक्राउ गरी व.प्र.का.घोराही दाङमा राखी अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।०६ गते ०५:०० बजे देखि २०८३।०१।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०७

कर्तव्य ज्यान,उदयपुर, चौदण्डीगढी न.पा. ७ सिता पाईला टोल बस्ने अं.वर्ष ७३ को राम प्रसाद राईले ऐ. बस्ने अ.वर्ष ६४ को माहाशेर राईलाई  बिवादको कारण रिसको आवेगमा आई धारिलो हतियार(तरकारी काट्ने चक्कु) प्रहार गरी छातीको दाँयातर्फ माथिल्लो भागमा गहिरो चोट लागी घाइते भएकोले उपचारको लागि नगर अस्पताल बेल्टार ल्याएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेल्टारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गर्ने राम प्रसाद राईलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, घाइतेलाई नगर अस्पताल बेल्टारको डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भएको भनी जानकारी गराएको, शव सोही अस्पतालमा रहेको,          ज.ज.क./बाल यौन दुर्व्यवहार,पाल्पा, रैनादेवी छहरा गा.पा.८ ढुङ्ग्रेखोला स्थित रहेको झोलुङ्गे पुलको ढलानमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.६ चहला बस्ने बर्ष २२ को कमल सोमरेले पाल्पा जिल्ला अन्तर्गत बस्ने बर्ष १४ की नाबालिकालाई जबरजस्ति करणी गरेको भनि मिति २०८३।०१।०६ गते अं. १४:०० बजेको समयमा निज नाबालिकाको हजुरबुबाले जि.प्र.का.पाल्पामा लिखित जाहेरी दरखास्त दिनसाथ उक्त स्थानमा जि.प्र.का.पाल्पाबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिगई निज प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.पाल्पामा ल्याई राखिएको साथै निज पीडित बालिकालाई स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाईएको,          कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बाइसिबिचवा स्वास्थ्य चौकी स्थित सोही स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ऐ.लालझाडी गा.पा.१ नौरङगा बस्ने वर्ष ४१ की महिलालाई  ऐ. बस्ने वर्ष ४० को महेश रानाले सोही स्थानमा आई ज.ज.क.उद्योग गर्न खोजेको भनी निज पीडितले ऐ.६ गते अं.०९:०० बजे प्र.चौ.परासनमा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी महेश रानालाई नियन्त्रणमा लिई इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,          शंकास्पद मृत्यु,रुपन्देही, स्याङजा बिरुवा गा.पा. ६ घर भई हाल  जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ४  बिपिमार्ग स्थित चन्द्रकान्त बगालेको घरमा  ३ महिना देखि भाडामा बस्दै आएको वर्ष अ. ३१।३२ को   सोम ब. भुजेलको श्रीमती वर्ष  अ. २८।२९ की ज्योति भुजेल आफ्नै बिस्तारामा   मृत अवस्थामा   फेला परेको छ भन्ने  जानकारी छिमेकी मार्फत  प्राप्त हुन साथ  उक्त स्थानमा यस व.प्र.का.बुटवलबाट प्र.नि. ईश्वरदेव गिरीको कमाण्डमा ७ जनाको टोली  र तालुक ई.प्र.का.बुटवलबाट प्र.ना.उ.निशान्त श्रीवास्तव सहित SOCO को टोलि खटि गएको  मृत लास हेर्दा   अनुहारमा सबै तिर  चोट  देखिएको  ,नाकबाट रगत बगेको  मृत सव शंकास्पद रहेको  ( निजको कोठामा श्रीमान,श्रीमती र  ३ महिनाको एउटा छोरी संगै बस्दै आएको मृत्तक महिलाको माइती घर खुल्न नसकेको ) मृतकको श्रीमान प्रहरीको नियन्त्रणमा,   अन्य अनुसन्धान कार्य भई रहेको, हा.ह.बरामद,काठमाडौं, विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले का.म.न.पा.१५ शोभा भगवती स्थित बिष्णुमती खोला किनारमा खो.त. गर्दै जाँदा कालो कलरको झोला भित्र बेवारिसे अवस्थामा  Types-54 पेस्तोल ४ थान, ऐ.को  म्याग्जिन ७ थान, ९ M M बेरेटाको  गोली ५८ राउण्ड फेला पारी वृत्त स्वयम्भूमा ल्याई राखिएको,स्याङजा, वालिङ न.पा.३ सुरडाँडा बस्ने वर्ष ७१ को सम्मर बहादुर खड्का क्षत्रीको घरमा अवैध भरुवा बन्दुक लुकाई-छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट प्र.ह.र व.प्र.का.वालिङबाट प्र.स.ह.को कमाण्डमा  खटिएको टोलीले निज सुत्ने खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान १ (एक), छर्रा ६० वटा र बारुद अं.२० ग्राम फेला पारी मानिस सहित नियन्त्रणमा लिई व.प्र.का.वालिङमा ल्याई आ.अ.भईरहेको,          धारिलो हतियार प्रहार,धनुषा, जनकपुर उ.म.न.पा.१७ कनकपट्टी बस्ने अधुनी रामको छोरा अं.वर्ष १४ को विवेक रामलाई क्रिकेट खेल खेल्ने क्रममा विवाद भई झै-झगडा तथा कुटपिट हुँदा ऐ.बस्ने अं.वर्ष १८ को शिवा रामले निज विवेक रामलाई चक्कुले प्रहार गर्दा निजको टाउकोमा चोट, प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको,अवस्था गम्भीर रहेको, उक्त स्थानमा प्र.चौ.कपिलेश्वरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई चक्कु प्रहार गर्ने शिवा रामलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको, चट्याङ लागी मृत्यु,रामेछाप, उमाकुण्ड गा.पा.४ हुगां बस्ने सोम बहादुर तामाङको छोरी वर्ष अं.९ की बालिका सुनमाया तामाङ आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा अचानक चट्याङ पर्न गई निजको घटनास्थलमै मृत्य भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.उमाकुण्ड र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, शव घटनास्थलमा रहेको, लागू औषध,सुनसरी, कोशी गा.पा.२ सरदार टोल बस्ने लक्ष्मी सरदार र निजको बुहारी देवकी सरदारको घरमा लागु औषध गाँजा भण्डार गरेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई सोधपुछ तथा खोजतलास गर्दा निज देवकी सरदारको घरमा संचालन गर्दै आएको किरान पसलमा लुकाई छिपाई राखेको ७५.३३० किलोग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित निज लक्ष्मी सरदार समेत ३ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, सिन्धुली, कमलामाई न.पा.९ भिमान स्थित चेकपोष्टमा विशेष सुचनाको आधारमा इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको ट्राफिक प्रहरी सहितको टोली र ला.औ. नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त  टोलीले चेकजाँच गर्दा  विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ६३५६ नं. को हाईसमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने वर्ष ४५ को शंकर जैसवालको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम (प्लास्टिक बाहेक) फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा ल्याई अनुसन्धान कार्य भईरहेको, धादिङ, गल्छि गा.पा७ गल्छि बजार स्थित ऐ.बस्ने बर्ष अ.३२ को संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न मानिसहरु बसिरहेको अबस्थामा देखी प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा र प्र.चौ.गल्छीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई शंका लागी नियन्त्रणमा लिई चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र रातो प्लाष्टिकले बेरेको ८ पोका र खैरो कलरको सुटकेस भित्र रातो कलरको प्लाष्टिकले बेरेको ४ पोकामा खैरो कलरको ला.औ.गाजाँ जस्तो देखिने वस्तु, कालो कलरको भिर्ने झोला भित्र खैरो कलरको टेपले बेरेको लागु औषध जस्तो देखिने अं.२ के.जी.चरेस जस्तो देखिने वस्तु, र घरवेटी संगम श्रेष्ठको भान्छा घर भित्र लुकाई छिपाई राखेको निलो रातो कलरको जेब्रा झोला भित्र ५ वटा रातो कलरको प्लाष्टिकको पोकामा खैरो कलरको गाँजा जस्तो देखिने चिजबस्तु (जम्मा अं.१८ किलो) फेला परेकोले तिनै जनालाई उक्त ला.औ.हरूसहित नियन्त्रणमा लिई प्र.चौ.गल्छीमा राखी आ.अ.भइरहेको,थप अनुसन्धानको लागि उक्त चिजबस्तुहरु सहित तिनै जनालाई इ.प्र.का.गजुरी पठाईएको, रौतहट, गौर न.पा. ४ दशगजा स्थित जि.प्र.का.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा सिमावरती क्षेत्रमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा प्रहरी टोलीलाई देखि नेपालबाट भारत तर्फ पैदल यात्रीहरुले ल्याउँदै गरेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ फालेर मानिसहरू भारत तर्फ फरार भएको, उक्त ला.औ.(अं.२५० के.जी) नियन्त्रणमा लिई जि.प्र.का.रौतहटमा ल्याई राखिएको, फरार मानिसहरुको खो.त.भइरहेको,          कन्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा स्थित ला.औ.नियन्त्रण व्युरो शाखा धनगढी र इ.प्र.का.झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भित्री खडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको चालक जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.२ बस्ने बर्ष अं.२८ को सुवाश पाण्डेयले चलाएको सु प प्र ०२००४ प १०४२ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा चालकको साथबाट शुद्ध तौल गर्दा ४९ ग्राम ३३० मिलिग्राम लागु औषध(खैरो हिरोइन)जस्तो देखिने धुलो पदार्थ फेला पारेकोले उक्त ला.औ.र मो.सा.सहित निज चालक र मो.सा.पछाडि सवार ऐ.१ बस्ने बर्ष अं.२२ को गोबिन्द जोशी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का. झलारीमा राखी आ.अ.भइरहेको,                                                                                                                                                                                                                             

मिति २०८३।०१।०४ गते ०५:०० बजे देखि २०८३।०१/०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०५

ज.ज.क./बाल यौन दुर्व्यवहारकैलाली मिति २०८२।१२।१० गते राती २०:०० बजे जि.कैलाली भजनी न.पा.३ ढुसी बस्ने वर्ष १६ की बालिकालाई ऐ.८ खैरा बस्ने वर्ष ३० को मोहमद दिलदार अलिले निज पीडितकै घर बाहिर बोलाई जबरजस्ती समाई घर भन्दा केही टाढा लगी एक्कासी मेरो शंम्वेदनशिल अंग(स्तन)मा समाति ज.ज.क. गर्ने प्रयास गरेको भनी पीडितले मिति २०८३।०१।०३ गते १७:०० बजे इ.प्र.का.भजनी कैलालीमा आई मौखिक रुपमा जानकारी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई पक्राउ गरी सोधपुछको लागी इ.प्र.का.भजनी कैलालीमा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखिएकोमा ऐ.०१।०४ गते १३:०० बजे पीडितले ज.ज.क.उद्योग मुद्दामा जाहेरी दरखास्त दिई निज पीडक मोहमद दिलदार अलिलाई इ.प्र.का. भजनीबाट प्र.नि.को कमाण्डमा टोलीले म्याद थपको लागी सम्मानित कैलाली जिल्ला अदालत धनगढीको लागी लगि गएको,  कञ्चनपुर लालझाडी गा.पा.४ डाडाजाई बस्ने वर्ष अं.५० की महिलालाई घरमा सुतिरहेको अवस्थामा ऐ.बस्ने अं.३२ को राज कुमार रानाले ज.ज.क.गरेको भनी ऐ.४ गते १७:०० बजे पीडितका आफन्तले इ.प्र.का.बेलौरीमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको, ला.औ. झापा कनकाई न.पा.५ तल्लो चाप्रामारी स्थितमा ला.औ.व्युरो बिराटनगरबाट प्र.ना.नि.र इ.प्र.का.सुरूङगाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा चेकिङ गर्ने क्रममा झापाबाट सुरुङ्गा तर्फ आउँदै गरेको BR 37R 1866 नं.को मो.सा.लाई रोकी चेकजाँच गर्दा जि.झापा झापा गा.पा.६ बस्ने वर्ष २२ को साफिक उल मिया सहित २ जना मानिसहरुले बोकेको हाते झोलाभित्र रहेको खानाको बाटामा लुकाई छिपाई ल्याएको पोका ६(छ) ५६३ ग्राम ६२० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, VIVO मोबाईल थान-३ र मो.सा. सहित नियन्त्रणमा लिई इ.प्र.का.सुरुङगामा ल्याई ऐ.१५:०० बजे इ.प्र.का.अनारमनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त बरामद भएको ला.औ. मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिक बाहेक ५६३ ग्राम ६२० मिलि ग्राम रहेको तथा थप अनुसन्धान भईरहेको

मिति २०८३।०१।०३ गते ०५:०० बजे देखि २०८३।०१।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०४

ज.ज.क./बाल यौन दुर्व्यवहार,मकवानपुर, मिति २०८३।०१।०१ गते अं.१९:३० बजे जि.मकवानपुर थाहा न.पा.२ चुनिवन बस्ने अं.वर्ष १७ की बालिकाले घरमा कोही कसैलाई नसोधी आफूखुसी निस्की हिडेकोमा छरछिमेकमा खो.त.गर्दा समेत फेला नपरेकोले खो.त.गरीपाउँ भनि बालिकाको बुवाले इ.प्र.का.पालुङमा ऐ.०२ गते १०:०० बजे निवेदन दिएकोमा ऐ.०३ गते ऐ.मकवानपुर थाहा न.पा.०२ इन्द्रायणी बस्ती बस्ने अं.वर्ष २६ को सन्तोष देउलासँग गएको भन्ने जानकारी इ.प्र.का.पालुङमा प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली गई दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.पालुङमा ल्याई  बालिकालाई  आफन्त समेतको उपस्थितमा सोधपुछ गर्दा शारीरिक सम्पर्क भएको भनि बालिकाबाट बुझिन आएकोले ऐ.१७:०० बजे निजको बुवाले करणी सम्बन्धी कसुरमा जाहेरी दिएकोले दुबै जनालाई इ.प्र.का.पालुङमा राखि थप अनुसन्धान भईरहेको । अर्घाखाँची, छत्रदेव गा.पा.५ म्यालपानी वस्ने वर्ष ४६ को नारायण थापाले ऐ.बस्ने आमा परिवर्तित नाम सन्धिखर्क (१६) कि छोरी वर्ष १३ कि सन्धिखर्क १६ (क) लाई पीडकले घरमा कोही नभएको समयमा आफ्नो घरको सुत्ने कोठामा लगि ज.ज.क.प्रयास गरेको भन्ने जानकारी मिति २०८३।०१।०३ गते अं.२३:३० बजे जानकारी प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटिगई ऐ.०४ गते ०१:०० बजे निज पीडकलाई जि.अर्घाखाँची सन्धिखर्क न.पा. ६ जौरी स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । हातहतियार बरामद,रौतहट, बौधिमाई न.पा.०७ स्थित बंकुल माँ ईट्टा उद्योग नजिक नहरको बाटोमा विशेष सूचनाको आधारमा जि.प्र.का.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको टोलीले नहरको बाटोबाट हनुमान चोक तर्फ  पैदल आउँदै गरेको देश भारत पूर्वी चम्पारण जिल्ला मौवाह पंचायत टोल चरमा बस्ने सनिचर दासको छोरा अं.वर्ष २० को सुर्य कुमार दासलाई चेकजाँच गर्दा निजले आफुसँग लुकाई छिपाई राखेको नलकटुवा बन्दुक थान-१ फेला परेकोले निजलाई बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । कैदीबन्दी मृत्यु,झापा, हल्दीबारी गा.पा.४ झापा घर भई कारागार कार्यालय भद्रपुर झापामा चोरी मुद्दामा पुर्पक्षको लागि राखिएको बन्दी वर्ष ४८ को  कुमार राउतको खुट्टा सुनिएर बिरामी भएको हुँदा उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर झापा लगिएकोमा डाक्टरको सल्लाह अनुसार सोही अस्पतालको ईमरजेन्सीमा भर्ना गरी उपचार भईरहेकोमा ऐ.१८:०५ बजे निज बन्दीको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा रहेको । डुङ्गा पल्टी मानिस बेपत्ता,अछाम, तुर्माखाँद गा.पा.३ बल्दे बस्ने अं.वर्ष ३५ को पहल सिंह बुढाले चलाएको डुङ्गामा सुर्खेत पञ्चकुरी न.पा.७ बनबाट घाँस काटी ल्याउने क्रममा कर्णाली नदीमा एक्कासी पल्टिन जाँदा डुङ्गामा सवार निजको छोरा अं.वर्ष ११ को नरी बुढा र चालक पहल सिंह बुढा हराई बेपत्ता भएको भनि स्थानीयले जानकारी गराउना साथ प्र.ब.ह.को कमाण्डमा टोली र स्थानीयहरुको संयुक्त टोलीद्वारा खो.त.कार्य भईरहेको, हालसम्म फेला नपरेको ।ला.औ.,काठमाडौं, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धादिङ देखि काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५९९५ नं.को कारलाई प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि.धादिङ थाक्रे गा.पा.१ बस्ने अं.वर्ष १९ को सुमन तामाङलाई शंका लागी चेकजाँच गर्दा लागू औषध गाँजा २ किलो ८०० ग्राम ल्याएको अवस्थामा फेला पारी पक्राउ गरी पुन: सवारी साधनलाई चेकजाँच गर्दा बसको पछाडिको डिक्कीमा प्लाष्टिकमा बेरी लुकाई राखेको अवस्थामा २ किलो ९०० ग्राम गरी जम्मा ५ किलो ७०० ग्राम पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट काठमाण्डौ पठाईएको । मोरङ, ला.औ.व्युरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले जि.मोरङ विराटनगर म.न.पा.११ स्थित पारस अस्पताल गेट अगाडी शंकास्पद तरिकाले उभिई एक आपसमा गफ गरिरहेको देश भारत,राज्य बिहार,जिल्ला अररिया,सिक्टि,अमरगाछी,मजरख बस्ने वर्ष ४४ को मो.सरिफ र जि.मोरङ जहदा गा.पा.७ बस्ने वर्ष ४० की लालमन मुखियाको साथबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम १८० मिलिग्राम सहित फेला पारी निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  काठमाडौं, टोखा न.पा.८ बाँनियाटार स्थित सडक खण्डमा ला.औ.सहितको मानिसहरु रहेको भन्ने विशेष सूचनाको आधारमा प्रभाग गोंगबु,  नयाँ बसपार्कका सादा पोशाकमा प्र.स.ह.सहितको टोली खटी गई उक्त स्थानमा शंकास्पद रुपमा हिड्डुल गरिरहेका जि.दाङ घोराही उ.म.न.पा.१५ स्थायी घरवतन भई का.जि.नयाँ बसपार्क बस्ने वर्ष २५ को रोहित महराको साथबाट ला.औ.खैरो हिरोईन ७.७३ ग्राम फेला पारी स्थानीय मानिसहरुको रोहवरमा कानून बमोजिम बरामद गरेको र सोही स्थानबाट निज रोहित महरासँगै फेला परेका ला.औ. सेवनकर्ता जस्तो देखिने शंकास्पद मानिस जि.लमजुङ बेशीसहर न.पा.३ घर भई का.जि.तार्केश्वर बस्ने वर्ष २६ को अशोक अधिकारीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८३।०१।०२ गते ०५:०० बजे देखि २०८३।०१/०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०३

ज.ज.क./बाल यौन दुर्व्यवहारधनकुटा महालक्ष्मी न.पा.६ गुठ स्थित ऐ.बस्ने अ.वर्ष ४२को धन बहादुर गिरीले अं.वर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भनि प्र.चौ.लेगुवामा ऐ.२२:०० बजे मौखिक जानकारी प्राप्त हुनासाथ प्र.चौ.लेगुवाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटामा ल्याई थप अनुसन्धानको कार्य भईरहेको। गुल्मी सत्यवती गा.पा.४ नदेवा स्थित दिलिप नेपालीको बारीमा ऐ. बस्ने वर्ष ६१ की महिलालाई ऐ. बस्ने वर्ष २३ को आशिष ज्ञवालीले ऐ.०१।०१ गते अं.१७:०० बजे ज.ज.क.गरेको भनि ऐ.०१।०१ गते जि.प्र.का.गुल्मीमा जाहेरी दिनासाथ उक्त स्थानमा जि.प्र.का.गुल्मीबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई आशिष ज्ञवालीलाई नियन्त्रणमा लिई ऐ. ०१।०१  गतेबाट लागु हुने गरी दिन ७ को म्याद थप समेत गरी हिरासत कक्षमा राखिएको, पीडितलाई स्वास्थ्य परिक्षण गरी छाडिएको, अवस्था सामान्य रहेको,   ला.औ. सुनसरी देवानगंज गा.पा.७ डेढ नम्बर स्थितमा इ.प्र.का.देवानगंजबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को.१ च ३६११ नं.को कारलाई शंका लागि रोकी चेकजाँच गर्न खोज्दा उक्त कार नरोकी भागेकोमा इ.प्र.का.हरिनगराबाट प्र.व.ना.नि. र  प्र.चौ.टाहाबाट प्र.ना.नि.को कमाण्डमा समेत खटिएको संयुक्त टोली उक्त कारलाई खोज्दै जाने क्रममा ऐ. ईनरुवा न.पा.१० लवटोलिया स्थित भित्री सडक-खण्डमा कार छाडी मानिस भागी फरार भएको, उक्त कार खोली हेर्दा कारभित्र १५ केजी ६०० ग्राम ला.औ.गाँजा फेला पारी गाँजा र कार सहित नियन्त्रणमा लिई जि.प्र.का.सुनसरी पठाईएको, फरार मानिसहरूको खो.त.कार्य भईरहेको।

मिति २०८३।०१।०१ गते ०५:०० बजे देखि २०८३।०१।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०२

ज.ज.क./बाल यौन दुर्व्यवहार,मोरङ, उर्लाबारी न.पा. १ बानडाँडा स्थितमा ऐ.बस्ने वर्ष ४० को पुरुषले ऐ. बस्ने वर्ष १४ की बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.१३:०० बजे पीडितको आफन्त आई इ.प्र.का. उर्लाबारीमा जाहेरी दिना साथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटि गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । सुर्खेत, बीरेन्द्रनगर न.पा. ५ चिसापानी बस्ने वर्ष ४ की बालिकालाई ऐ.बस्ने वर्ष २३ को राजु सुनारले बालिकाको आमा पसलमा गएको अवस्थामा ज.ज.क.गरेको भनी ऐ.२३:०० बजे पीडितको आमाले जि.प्र.का.मा जानकारी गराएको हुँदा न.प्र.का. सुर्खेतबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज राजु सुनारलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी थप अनुसन्धान कार्य भई रहेको । भरुवा बन्दुकको छर्रा लागि घाईते,उदयपुर, उदयपुरगढी गा.पा.६ चिपचपे बस्ने पुर्ण बहादुर राईको छोरा वर्ष अं.२० को अरुण राईलाई निजकै छिमेकी अं वर्ष ३५ को गुन्सुरे राईले(मापसे गरी) फलामको व्यारिङ लोड भएको भरुवा बन्दुकले हानी घाईते भएको र निज अरुण राईको श्रीमती वर्ष अं.१८/२० की मनिसा मगरको दाहिने हातको औंलामा सामान्य चोट लागी घाईते भई स्थानीय मेडिकलमा उपचार भई रहेको भनी ऐ.२ गते ०३:१५ बजे जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाइएको, घटना सम्बन्धमा बुझ्दा निज गुन्सुरे राई मा.प.से गरेर स्याल मार्न भनी व्यारिङ लोड भएको भरुवा बन्दुक बोकेर निज अरुण राईको घरमा आई बसेकोमा घर जानुस बन्दुक बोकेर मेरो घरमा नबस्नु भनि भन्दा सामान्य बिवाद भई निजले आवेशमा आई उक्त घटना घटाएको भन्ने बुझिएको, निज गुन्सुरे राई बन्दुक सहित फरार रहेकोले खो.त.भइरहेको, निज मनिसा मगरको हातको औलामा सामान्य चोट लागेकोले उपचारको लागि नपठाईएको । निज गुन्सुरे राईलाई बन्दुक सहित ऐ.०५:३० बजे नियन्त्रणमा लिएको । ला.औ.,काठमाण्डौं, का.म.न.पा.९ स्थित थाई एयरको उडान नं. TG-309 द्वारा बैङ्ककबाट काठमाडौं आगमन भएको यात्रु भारतीय नागरिक राहदानी नम्बर X5527152 वाहक वर्ष २२को AKSHAY KUMAR को गतिविधि शंकास्पद देखिएकोले सादा पोशाकमा खटिएको प्रहरी टोलि र ला.औ.ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात् टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट ला.औ.अं.८ के.जी.५६० ग्राम (प्लाष्टिक सहित) प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा निज व्यक्ति र बरामद ला.औ.सहित ला.औ.ब्युरो कोठेश्वरको जिम्मा लगाई पठाईएको ।  सुनसरी, बराहक्षेत्र न.पा.६ पटवारी स्थित कोशी नदीबाट बाँसको बिटो मुनीको भागमा लुकाई छिपाई लागु औषध गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुगमन गर्दा दुइजना व्यक्तिहरुले नदीको भंगालो छेउमा ल्याई बाँधिराखेको बाँसको बिटो देखी निजहरु उपर शंका लागी हेर्दा बासको बिटो  मुनि प्लाष्टिकले पोको पारी राखेको अवस्थामा लागु औषध गाँजा शुद्ध तौल २२५ के.जि. फेला परेकोले उक्त ला.औ.सहित जि.सुनसरी बराहक्षेत्र न.पा.६ बस्ने बर्ष अं.२० बिशेष माझी र ऐ.बस्ने बर्ष अं.१८ को रोशन श्रेष्ठलाइ नियन्त्रणमा लिई इ.प्र.का.महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।३० गते ०५:०० बजे देखि २०८३।०१०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०१

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, २०८२।१२।३० १२:३०         मिति २०८२।१२।१९ गते ११:०० बजे गौरीगंज गा.पा.५ हरिरा बस्ने वर्ष १७ की बालिकालाई  ऐ.बस्ने वर्ष ५८ को टुपानु राजवंशीले ऐ.बस्ने जोग ब. राजवंशीको मकैबारीमा लगि जवरजस्ती करणी गरेको भनी ऐ.३०गते १२:३० बजे इ.प्र.का.गौरीगंजमा आई लिखित जाहेरी दिनासाथ प्र.ह.को कमाण्डमा टोली खटी गई फरार टुपानु राजवंशीको खो.त.भईरहेको, पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको, कैलाली, २०८२।१२।३० १६:३०     गौरीगंगा न.पा.२ उदासी बस्ने अं.वर्ष २२ को रतन रावलले जि.बाजुरा त्रिवेणी न.पा. ९ घर भई हाल जि. कैलाली गौरीगंगा न.पा.२ उदासी बस्ने अं.वर्ष १९ की बालिकालाई निजकै घर कोठामा गई मिति २०८२।११।११ गते अं.२२:०० बजे ज.ज.क.गरेको भनी ऐ.१२।३० गते १६:३० बजे इ.प्र.का.मालाखेतीमा जाहेरी दरखास्त दिएकोमा पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको, ज.ज.क.मा संलग्न रतन रावल फरार रहेकोमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, काठमाडौं, २०८२।१२।३० १७:३५   चन्द्रागिरी न.पा.१५ तिनथाना राउत टोल स्थित माया मोक्तानको घरकोठा भाडामा लिई बस्ने मानिसले आफ्नै छोरीलाई ज.ज.क.गरेको भन्ने सुचना प्राप्त भएकोमा वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज माया मोक्तानको घरमा बस्ने स्थायी वतन जि.सिन्धुली हरिहरगढी गा.पा.१ घर हुने वर्ष ३६ को पुरूषले आफ्नै छोरी वर्ष १३ की बालिकालाई आफु बस्ने गरेको कोठामा पटक-पटक ज.ज.क.गरेको भनि पीडित बालिकाबाट खुल्न आएकोले निज पुरूषलाई नियन्त्रणमा लिई प्र.वृत्त थानकोटमा ल्याई आ.अ.कार्य भईरहेको ,ग्याँस लिग भई आगलागी  । स्कुटरबाट नगद चोरी भएको, काठमाडौं, २०८२।१२।३० १९:५७   मिति २०८२।१२।३० गते अन्दाजी ११:३५ बजेदेखि ११:४५ बजेको समयमा का.जि.का.म.न.पा. वडा न. २६ गोंगबु चोक स्थित रहेको ICI PROEDENTAL INSURANCE LIMITED कम्पनीमा कार्यरत जिल्ला दोलखा गा.पा. वडा न. ४ स्थायी घर हुने बर्ष ४५ की कमला तामाङले ग्लोबल आई एम ई बैंकको अगाडी पार्किङ गरी राखेको बा ६६ प ७०३४ नम्बरको कालो रङको DIO स्कुटरको डिग्गी भित्र ICI PROEDENTAL INSURANCE LIMITED कम्पनीबाट  सानिमा बैंकमा जम्मा गर्ने भनि राखेको नेपाली नगद रु ४,९६,०००।– ( अक्षेरुपी चार लाख छयानब्बे हजार) अपरिचित व्यक्तिले डिग्गी खोली पैसा चोरी भएको भन्ने १२:४५ बजेको समयमा खबर प्राप्त हुना साथ तत्काल यस कार्यालयबाट प्र.ब.ना.नि. प्रकाश बहादुर रावत (९८५१२८९१०२) सहितको टोली र सादा पोशाक सहितको टोली खटिई गई सि.सि.टि.भि. फुटेजको आधारमा खो.त. कार्य भईरहेको, चोरी गर्ने मानिस फरार रहेको, हुलिया कुनै नखुलेको ।

मिति २०८२।१२।२९ गते ०५:०० बजे देखि २०८२।१२।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-३०

कर्तव्य ज्यान (प्र.क.),पर्सा, बीरगंज म.न.पा.११ रानीघाट स्थित ऐ.कालिकामाई गा.पा.१ मुर्ली बतन भएको इ.प्र.का.निजगढ बारा दरबन्दी भई जि.प्र.का.सप्तरीमा कार्यरत (मिति २०८२ ।१२।२४ गतेबाट लागु हुनेगरी दिन १० घ.बि.बसेको) अं.वर्ष २८ को प्र.ज.बिकाश चौरासियालाई जि.रौतहट माधवनारायण न.पा.१ घर भई हाल जि.पर्सा बीरगंज म.न.पा.११ स्थित फिरोज मियाको घरमा डेरा गरी बस्ने हंषराज साहको छोरा अं.वर्ष २६ को संतोष साह लगायत ४ जना मानिसहरु मिली कुटपिट गर्दा गम्भीर घाईते भई उपचारको लागि नारायणी अस्पताल पठाएकोमा डा.ले चेकजाच गर्दा अं.१७:३० बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, व.प्र.का.श्रीपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२.१२.२७ गते अं.१६:३० बजे बुद्धशान्ती गा.पा.८ चुल्ठे स्थित ऐ.बस्ने अं.वर्ष ५३ को नारद अधिकारीले ऐ.बस्ने अं.वर्ष १२ की बालिकालाई "बाल यौन दुरुपयोग" गरेको भनी पीडितको बुवाले मिति२०८२।१२।२९ गते १८:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दखास्त दिनासाथ इ.प्र.का.धुलाबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१२ गते रातको समयमा जिल्ला सल्यान कुमाख गा.पा. वडा नं.५ झारकाँडा बस्ने संकेत नामथर ५५F(१९)को संरक्षक (क) ले मेरो बहिनी बर्ष १५ की परिवर्तित संकेत नामथर ५५ F (१९) लाई ऐ.ऐ. बस्ने बर्ष ३२ को धन ब. थापाले जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर (क) ले जि.प्र.का.सल्यानमा मिति २०८२।१२।२९ गते निवेदन पेश गरेको हुदाँ उक्त स्थानमा इ.प्र.का. रागेचौर सल्यान बाट प्रहरी टोली खटि गई निजलाई प्रकाउ गरि थप अनुसन्धान भईरहेको । ग्याँस लिग भई आगलागी,जाजरकोट, नलगाड न.पा.२ छेप्का स्थित ऐ.बस्ने थालु प्रसाद जैशीको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुन जाँदा निजको श्रीमती वर्ष ४२ की माया जैशीले लाईटरले आगो बाल्ने क्रममा आगोलागी हुँदा माया जैशी सहित ३ जना घाईते भई उपचारको लागी नलगाड नगर अस्पताल दल्ली लगि उपचार भईरहेको, अवस्था २ जनाको गम्भीर र १ जनाको मध्यम रहेको भन्ने खबर इ.प्र.का.दल्लीमा आउनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई, स्थानीय तथा प्रहरीको सहयोगमा ऐ.१०:१५ बजे उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको, तिनै जना घाइतेहरुलाई थप उपचारको लागि हे.क.मार्फत नेपालगंजको लागी नेपालगंजबाट बुद्द एयरको उडानद्वारा काठमाण्डौ पठाई किर्तिपुरमा उपचार भईरहेको माछा मार्ने क्रममा बारुद बिष्फोट भई मृत्यु (फुटकर ज्यान),न.प.(पूर्व), मध्यबिन्दु न.पा.१४ राइकोटे स्थित अरुणखोला किनारमा बारुद जन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा अचानक बिष्फोट भई जि.पाल्पा निस्दी गा.पा.५ बस्ने वर्ष ३८ को खुम ब.सुनारी (कोखा, दाहिने खुट्टा र बाँया हातमा चोट, अवस्था गम्भीर) र ऐ.बस्ने वर्ष ३५ को रोमन सिंह खरु मगर (बाँया हातमा चोट, अवस्था मध्यम) घाईते भई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा ऐ.२१:५५ बजे घाईते खुम ब.सुनारीलाई डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, जि.प्र.का.न.प.(पूर्व)बाट प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । लागु औषध,बाँके, कोहलपुर न.पा.१० बस्ने वर्ष २४ को सुदिप रैदास भारतको रुपैडिहा बजारबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा नेपालगंज उ.म.न.पा.१५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रहरी टोलिले चेकजाँच गर्दा निजको साथबाट लागु पदार्थ खैरो हिरोईन जस्तो देखिने शुद्व तौल ११ ग्राम ७०० मि लिग्राम फेला पारी निजलाई नियण्त्रणमा लिई थप अनुसन्धानको भई रहेको ।  सिरहा, धनगढीमाइ न.पा.१० जिरोमाइल चौक स्थित इ.प्र.का.धनगढी र सुरक्षा वेश सुखिपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलीले धनगढी जिरोमाईल बजारबाट सुखीपुर तर्फ जादै गरेको को.२.ह ७१९४ नं.को अटोमा स.२.प ९१६९ नं. को मो.सा. टोचन गरी लादै गरेको अवस्थामा संका लागी चेकजाँच गर्दा, उक्त अटो भित्र सागको बोरामा लुकाइ छिपाइ राखिएको बोरा सहित १९ के.जी. ११० ग्राम ला.औ.गाँजा फेला परेको, नामथर, वतन नखुलेको मो.सा.चालक फरार रहेको, अटो चालक ऐ.धनगढीमाई न.पा.९ चैनपुर बस्ने रामकरण दासको छोरा अं.वर्ष ३३ को राजेश दास, अटो, मो.सा र ला.औ.गाँजा सहित आवश्यक अनुसन्धन तथा कार्वाहीको लागि इ.प्र.का.लहानमा पठाएको ।

मिति २०८२।१२।२८ गते ०५:०० बजे देखि २०८२।१२।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२९

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुपन्देही, तिलोत्तमा न.पा.१४ बागदुरा बस्ने  वर्ष ७ की बालिकालाई ऐ.बस्ने वर्ष १२ को बालकले जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते १६:०० बजे निज पीडितले जि.प्र.का.मा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.चिल्हियाबाट प्र.स.नि.को टोली खटी गई निजलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको । शंकास्पद मृत,सिरहा, मिति २०८२।१२।२८ गते अं. ०७;५० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. २ छजना टोल अं. वर्ष २८ को सन्तोष मलिकको श्रीमती अं. वर्ष २७ कि रिमा देवी मलिक आफ्नै घरभित्र सुत्ने कोठाको बेडमा शंकास्पद मृत अवस्थामा रहेको भन्ने खबर इ.प्र.का सुखिपुर सिरहामा जानकारी प्राप्त हुनसाथ प्र.ना.नि इन्द्र नारायण साह (९८१६७५०५७५) को कमाण्डमा टोली खटिगई घटनास्थल सुरक्षित राखि अनुसन्धानको लागि मृतकको ससुरा अं. वर्ष ६५ को दोरिक मलिक, मृतकको सासु अं. वर्ष ६० कि मुर्ती देवी  मलिक, मृतकको श्रीमान अं. वर्ष २८ को सन्तोष मलिक सहित ३ जना नियन्त्रणमा लिएको, साथै थप अनुसन्धानको लागि तालुक इ.प्र.का महेशपुरपतार सिरहा बाट प्र.ना.नि संजय कुमार शर्मा (९८५५०९०८५५) को कमाण्डमा मुचुल्का SOCO सहितको टोली खटिगई अनुसन्धान कार्य भइरहेको तथा ऐ.०९;२० बजेको समयमा थप अनुसन्धानको लागि तालुक जि.प्र.का सिरहा बाट प्र.नि सुमन नेपाली (९८४००६४०१८) को कमाण्डमा टोली खटी गएको । ऐ. ११;३० बजेको समयमा लासको कानुनि प्रकृया पुरा गरी लास पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको । ला.औ., धादिङ, गजुरी गा. पा ०१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडकखण्डमा बिशेष सुराकीको आधारमा इ.प्र.का. गजुरीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरी तर्फ आउदै गरेको बा ५ ख ७५३७ नं. को आईचरलाई  रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कोलो त्रिपालले छोपेको ९ वटा सेतो कलरको बोरा भित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरि पोका पारी राखेको अबस्थामा अं.२५० के.जि. (तौल गर्न बाँकी) लागु औषध गाँजा जस्तो देखिने वस्तु फेला परेकोले उक्त ला.औ.र गाडी सहित  चालक जि.धादिङ निलकण्ठ न.पा. ८ बस्ने वर्ष २२ को सम्मर बि.क. समेत २ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

मिति २०८२।१२।२७ गते ०५:०० बजे देखि २०८२।१२।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२८

ज.ज.क./बाल यौन दुर्व्यवहार, वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन,म्याग्दी, मिति २०८२।१२।१९ गते अं.१५:३० बजे मालिका गा.पा.१ निस्कोट बस्ने अं.वर्ष १५ को बालकले ले ऐ.बस्ने वर्ष ११ की बालिकालाई परिवर्तित जिल्ला ४३ अन्तर्गत खेल्ने क्रममा ज.ज.क.गरेको भन्ने खबर मिति २०८२।१२।२६ गते निजको हजुरआमाले जि.प्र.का.म्याग्दीमा लिखित रुपमा जाहेरी दिनसाथ इ.प्र.का. दरबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का म्याग्दीमा ल्याई मेडिकल चेकजाँच गरी वर्ष ११ की बालिकालाई आफन्तको जिम्मा लगाई पठाएको र वर्ष १५ को बालकलाई मिति २०८२।१२।२७ गते १३:०० बजे, मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भईरहेको । कञ्चनपुर, पुनर्वास न.पा. ८ (क) गाँउ बस्ने वर्ष २६ की महिलालाई निजको श्रीमान ऐ. बस्ने वर्ष २७ को पुरुष व्यक्तिले मिति २०८२।११।२३ गते राती १२:०० बजे वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,सुनसरी, कोशी गा.पा.०८ भण्टावारी स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको को.२१ प १४९५ नं.को मो.सा.लाई इ.प्र.का.भण्टावारीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सप्तरी तिलाठी कोईलारी गा.पा.५ बस्ने अं.वर्ष ५८ को राम लखन यादवको साथबाट ने.रु.५,०१५०५/-, भा.रु. ५,३५०/- र मो.सा.मा पछाडी सवार देश भारत जिल्ला सुपौल छिटही हनुमाननगर ग्राम वडा नं.१५ बस्ने अं.वर्ष ६५ को प्रभु मुखियाको साथबाट ने.रु. १,४७,२०५/- भा.रु. ७,६००/- गरी जम्मा ने.रु.६,४८,७१०।–, भारु १२९५०/- निजहरूको साथबाट स्रोत नखुलेको नगद सहित नियन्त्रणमा थप अनुसन्धान भईरहेको । सर्लाही, ब्रहम्पुरी गा.पा.४ टायलस कम्पनी नजिक स्थित जि.प्र.का. सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले भारतको सोन बर्षाबाट भेल्ही चोक तर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार जि.सर्लाही चन्द्रनगर गा.पा.४ बस्ने अं.वर्ष २३ को कृष्ण कुमार पासवानको साथबाट श्रोत नखुलेको ८ लाख नेपाली रुपैया फेला परेकोले मो.सा.,नगद रुपैया, निज कृष्ण कुमार पासवान र मो.सा.चालक ऐ.चन्द्रनगर गा.पा.१ बस्ने अं.वर्ष ४१ को शिव नारायण महतोलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ.,सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा सडकखण्डमा इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको टोली र ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास तथा बा.प्र.प्र.का.हेटौडा केनाईन शाखाबाट खटिएको कुकुर (जुनु ला.औ) सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नं. को हायसको १० नं. सिटमा सवार जि.सुनसरी धरान उ.म.न.पा. ५ बस्ने बर्ष अं. २४ को उज्जल कार्कीको साथबाट SPASTAIN-43 tablet, Tramadol-43 tablet तथा प्लास्टिक भित्र सानो-सानो रातो प्लास्टिकको टुक्राले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३२० मिलिग्राम फेला परेको साथै धरानबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ७७९५ नं. को हायसको ७ नं.सिटमा सवार जि.कैलाली धनगढी उ.म.न.पा.१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको साथबाट प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३.१५० ग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।न.प.पश्चिम, सुनवल न.पा.२ मुखिया टोल बस्ने अं.वर्ष ६० की बेली बनियाको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधरमा इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको घरमा गई हेर्दा सोही घरको कोठामा ४२ पुरिया कागज बाहेक अं.०.४४० ग्राम गाँजा, छतमा हरियो पात र हाँगा सहित अं.९ के.जी.३०८ ग्राम., सुकेको हाँगा सहित ८ के.जी. ९४० ग्राम गरी जम्मा अं.१८ के.जी.६८८ ग्राम गाँजा सहित निज महिलालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का.नवलपरासीमा पठाईएको,  थप अनुसन्धान भईरहेको ।  ललितपुर, गोदावारी न.पा.०५ लेले स्थित वृत्त चापागाउबाट खटी गएको प्र.ना.उ.को कमाण्डको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा अं.३० किलो गाँजा सहित जि.ललितपुर गोदावारी न.पा.५ लेले घर भई बस्ने वर्ष ४० को किरण कुमार परियार सहित ३ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।२६ गते ०५:०० बजे देखि २०८२।१२।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२७

ज.ज.क./ज.ज.क.उधोग,काठमाण्डौ, जिल्ला इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले प्रतिवादी जि.इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष ५७ को सुनिल खवासले आफ्नै छोरी (जाहेरवालाको सहोदर बहिनी) लाई घरमा कोही नभएको बेला कोठामा लगी कार्टुन देखाउछु भन्दै अश्लिल भिडियो देखाएर संवेदनशिल अंगमा चलाएको भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२।१२।२६ गते १५;३० बजे जि.प्रहरी परिसर,भद्रकाली,महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा प्राप्त भए पश्चात निज सुनिल खवास फरार रहेकोले खो.त.तथा अ.अ.कार्य भईरहेको । नोट;- पीडित बालिका जाहेरवालाको बहिनि रहेकि,पीडितको अन्य विवरण नखुलाईएको,जाहेरी पीडितको सहोदर दाई परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले दिएको,जाहेरवाला बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ रहेको । काठमाण्डौ, मिति २०८२।०१।२४ गते अ.१७:०० बजे का.म.न.पा. ११ बबरमहल स्थित डेरा कोठामा जि.डोटी सिलगढी न.पा.५ स्थायी घर भई हाल का.म.न.पा. ११ बस्ने वर्ष २५ की महिलालाई प्रतिवादी जि.बैतडी शिवनाथ गा.पा.२ मडैगाउँ स्थायी घर भई हाल दुबईबाट काठमाडौं त्रिभुवन बिमानस्थलमा मिति २०८२।१२।२७ गते बिहान अवतरण गर्दै गरेको वर्ष २४ को रोशन मडैले जबरजस्ती करणी गरेको व्यहोराको जाहेरी दरखास्तले जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिका सेवा केन्द्र भद्रकाली काठमाण्डौमा मिति २०८२।१२।२६ गतेको १८:२० बजे निवेदन दिएको  आ.अ.भईरहेको । कैलाली, कैलारी गा.पा.३ हसुलिया बस्ने वर्ष २३ को सनि चौधरीले जि.कन्चनपुर बेलडाडी गा.पा.३ बस्ने वर्ष २८ की महिलालाई जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्ध चोक स्थित साथिको कोठामा लगी ज.ज.क.गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.कैलालीमा आई लिखित निबेदन दिएको हुँदा जि.प्र.का.कैलालीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी निज सनी चौधरीलाई नियन्त्रणमा लिइ जि.प्र.का.कैलालीमा राखिएको, । चोरी,महोत्तरी, जलेश्वर न.पा.५ पर्सा टोल स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पर्सापतैलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने जिवस शर्माको एक तले पक्की घरको पछाडिबाट आइ मेन ढोका खोली घरभित्र पसि कोठामा रहेको दराजबाट सुन, चाँदीका विभिन्न गर-गहनाहरू र नगर भारतीय रुपैयाँ ५०,०००।– गरी अं.मु.रू ९००,०००।– र ऐ.बस्ने जयनन्दन राउत भुहियारको एक तले पक्की घरको छत माथिबाट घरभित्र पसि कोठामा रहेको बाकसबाट नगद ३५,०००।–, मोवाइल र सुन गरी अं.मु.रू. ८०,०००।– बराबरको चोरी भएको भन्ने बुझिएको, चोरी गर्ने ब्यक्तिको पहिचान तथा खो.त.कार्य भइरहेको, उक्त स्थानमा थप जि.प्र.का.बाट प्र.नि.र मधेश प्रदेश केनाईन उप-शाखा लालगढबाट  प्र.ना.नि.को कमाण्डमा Dog Sniffing टोली खटी गई अनुसन्धान कार्य भईरहेकोमा जलेश्वर न.पा.५ पर्सा टोल बस्ने वर्ष २० को सुभम शर्मा र ऐ.बस्ने वर्ष १८ को अनिष शर्माको साथबाट १० ग्राम ला.औ.गाँजा जस्तो देखिने पदार्थ,कैची समेत फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको र मधेश प्रदेश केनाईन उप-शाखा लालगढ धनुषाबाट  प्र.ना.नि.को कमाण्डमा Dog सहितको टोली  फिर्ता भएको, । ला.औ.,सिन्धुली, दुधौली न.पा.१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्र.चौ.दुधौलीबाट प्र.व.ना.नि.र बागमती प्रदेशबाट आएका तालिम प्राप्त कुकुर सहितको १२ जनाको संयुक्त  टोलीले सवारी  चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.काभ्रे पनौती न.पा १२ बस्ने वर्ष ३९ को नवराज राउतले चलाएको बा ५ ख ३१५४ नं. हायसको सिटमा सवार जि.उदयपुर कटारी न.पा ८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र शुद्ध तौल  ६ के.जी ला.औ गाँजा फेला पारी निज टेक बहादुर मगर र ला.औ गाँजा नियन्त्रणमा लिई प्र.चौ.दुधौलीमा राखी अनुसन्धान भईरहेको, उक्त हायस र चालकको कागजपत्र नियन्त्रणमा राखी गन्तव्य तर्फ गएको,उक्त स्थान प्र.चौ.दुधौलीबाट अं.३ कि.मि.उत्तर पश्चिम पर्ने ।  सुसरी, हरिनगरा गा.पा.२ भुटाहा बजार स्थित जिप्रका सुनसरी बाट सादा पोसाकमा खटीएको प्रबह कृष्ण कुमार झुरझारको कमाण्डमा २ जनाको टोलिले मे ८ प ५८७० नं. को स्कुटरमा भुटाहा बाट घुस्की तर्फ जादै गरेको अबस्थामा शंका लागी रोकी चेक जाँच गर्दा स्कुटर चालक जिल्ला सुनसरी हरिनगरा गा.पा. ६ बस्ने बर्ष २१ को अबजल अन्सारीको स्कुटरको डिक्कीमा कालो झोला भित्र ट्रमाडोल औषधी ५०० पत्ता ( ५,०००/- क्यापसुल) लुकाई छिपाई राखिएको अबस्थामा फेला पारी स्कुटर सहित मानिसलाई नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याउने कार्य भईरहेको, ।

मिति २०८२।१२।२५ गते ०५:०० बजे देखि २०८२।१२।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२६

कर्तव्य ज्यान,कास्की, पोखरा म.न.पा.८ शिवालय चोक जाने बाटो नजिक पोखरा बाग्लुङ सडकखण्डमा ऐ.पोखरा म.न.पा.५ जिरो कि.मि.घर भई हाल ऐ.पोखरा म.न.पा.१८ सेदी स्थित माईती घरमा बस्ने वर्ष अं.४२ की सृजना पौडेल के.सी.लाई अपरिचित एकजना पुरुष व्यक्तिले धारिलो हतियार जस्तो देखिने वस्तुले प्रहार गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटीई गई घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा ऐ.२०:१८ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनामा संलग्न व्यक्तिको खो.त.एवम् थप अनुसन्धान भइरहेको । ललितपुर, ललितपुर म.न.पा.१२ कृष्ण मन्दिर स्थित दुई पक्ष वीच विवाद भई धारिलो हतियार (चक्कु) प्रहार गर्दा जि.झापा कमल गा.पा.६ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.- १ इमाडोल बस्ने वर्ष ३३ को सुमित नेम्माङको पेटमा गहिरो चोट लागि गम्भीर घाइते भएको र ऐ.बस्ने निजकै भाई वर्ष २५ को सृजन नेम्माङको घाँटी र पटेमा चोट लागी गम्भीर घाइते भएकोले उपचारको लागि प्रभाग मंगलबजारबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ग्वार्को स्थित बि एण्ड बि अस्पताल लगेकोमा ऐ.२०:३० बजे दुवै जनालाई डाक्टरले मृत घोषणा गरेको, दुवै शव सोही अस्पतालमा रहेको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ.को कमाण्डमा टोली खटीई गएको, घटनामा संलग्न जि.ललितपुर, ललितपुर म.न.पा. ९ भोलढोका बस्ने वर्ष ३२ को संजिव नेपाली र जि.नवलपरासी गैँडाकोट न.पा.१ घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.८ सुबहाल बस्ने वर्ष २१ को गगन सुनार समेत २ जनालाई  थान -१ चक्कु सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ज.ज.क./ज.ज.क.उधोग,उदयपुर, मिति २०८२।१०।०५ गते अं.१५:०० बजे जि.उदयपुर रौतामाई गा.पा.०७ मुर्कुची स्थित पुरन तामाङको घरमा पढ्नको लागि डेरा गरी बसेको जि. उदयपुर रौतामाई गा.पा. ०७ बस्ने वर्ष १४ की बालिकालाई ऐ. वडा नं. ७ धाङ्गले बस्ने वर्ष २४ को बले भन्ने बल बहादुर श्रेष्ठले बालिकाको कोठामा पसी ज्यान मार्ने धाक धम्की दिई कुटपीट गरी पटक पटक जबरजस्ती करणी गरेको भनी ऐ.२५ गते अं. ०८:०० बजे जि.प्र.का.उदयपुरमा आई पीडितको आमाले जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का. उदयपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको संख्यामा प्रहरी टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । काठमाडौँ, जि.धादिङ ज्वालामुखी गा.पा.७ स्थायी घर भई हाल का.म.न.पा.१६ बस्ने  वर्ष १९ की महिलालाई वर्ष ३७ को पुरुषले मिति २०८२।१२।१२ गते काठमाण्डौ जिल्ला, बानेश्वर स्थित पीडकको साथीको कोठामा लगी बल प्रयोग गरी जबरजस्ती करणी गरेको भनि पीडितले ऐ.२५ गते १५:१५ बजे जिल्ला प्रहरी परिसर काठमाडौँ, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, भद्रकालीमा जानकारी गराए पश्चात थप अनुसन्धान भईरहेकोमा मिति २०८२।१२।१९ गते अं.०८:०० बजे जरुरी पक्राउ पुर्जी दिई का.म.न.पा.३ स्थितबाट पक्राउ गरी थप अनुसन्धान भईरहेको । काठमाडौँ, जिल्ला भक्तपुर , भक्तपुर न.पा.७ स्थायी घर भई हाल का.जि.का.म.न.पा.८ बस्ने वर्ष २३ की महिलालाई प्रतिवादी का.जि.का.म.न.पा.१२ टेकु बस्ने वर्ष ३० को पुरुषले का.जि.का.म.न.पा.१२ स्थितमा मिति २०८२।०६।१३ गते अं. ०१:०० बजे देखि ०४:०० बजे सम्म र ऐ.०७।१४ गते का.जि.का.म.न.पा.११ सुन्धारा स्थित रहेको म्याग्दी होटेलमा अं. ०८:०० बजे बल प्रयोग गरी ज.ज.क.गरेको भनि ऐ.२५ गते १२:०० बजे जिल्ला प्रहरी परिसर काठमाडौँ,  महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, भद्रकालीमा जाहेरी दरखास्त दिएकोले थप अनुसन्धान भईरहेको, प्रतिवादी रोनित पुजारीको खो.त.भईरहेको । धादिङ, गल्छी गा.पा.३ छतिनटार बस्ने वर्ष अं.२८ को रवि पोखरेलले मिति २०८२।१२।१९ गते १३:०० बजे ऐ.२ बेलिनटार बस्ने वर्ष अं.५० की महिलालाई ज.ज.क.गरेको भनी पीडितले ऐ.२५ गते १६:३० बजे इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटीई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखी थप अनुसन्धान भईरहेको । झापा, मेचीनगर न.पा.१० लालपानी स्थित ऐ. बस्ने अं. वर्ष ३२ को भवानी फुयालले ऐ. बस्ने वर्ष १७ की बालिकालाई बाल यौन दुरुपयोग गरेको भनी पीडितको आफन्तले ऐ.१८:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटीई गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । लागू औषध,काठमाडौँ, का.म.न.पा.९ भत्केकोपुल नजिक ला.औ.कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्र.नि.को कमाण्डमा खटिई गएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडीरहेका जि.सप्तरी सुम्ङ्ग गा.पा.४ घर भई बस्ने वर्ष ४२ को सन्तोष कुंवरलाई नियन्त्रणमा लिई ऐ.का.म.न.पा.९ भत्केकोपुल स्थित निजको डेरा कोठा खानतलासी गर्दा कोठाबाट ला.औ.डाईजीपाम १०७० पिस, नुर्फिन १११५ पिस, फेनारागन १०८० पिस, (जम्मा ला.औ.३२६५ पिस), नेपाली नगद रु.३,११,५५०।, मलेसियन रुपैया १ को १० थान, ५ को ४ थान, १० को ३ थान, कुवेत मुद्रा १ को ५ थान, युएई मुद्रा १० को ६ थान, कतारी मुद्रा ५ को १८ थान, १ को १८ थान, ओमान मुद्रा ५ को ३ थान, १ को १ थान, चाईनिज मुद्रा ५० को १ थान, २० को १ थान, १० को १ थान , ५ को ९ थान, १ को ४ थान, मोवाईल ११ थान, विभिन्न सिम काड ३८ थान, चेक ३ थान, सुन जस्तो देखिने पहेलो धातुको तिलहरी २ थान, सुन जस्तो देखिने पहेलो धातुको मगलसुत्र १ थान, सुन जस्तो देखिने पहेलो धातुको सिक्री ३ थान, सुन जस्तो देखिने पहेलो धातुको बाला १ थान, सुन जस्तो देखिने पहेलो धातुको औठी ३ थान, सुन जस्तो देखिने पहेलो धातुको चन्द्रमा १ थान, काचो सुन जस्तो देखिने पहेलो धातुको डिक्का अं.४८ ग्राम, १ के.जि.fine gold लेखिएको धातु १ थान, USA डलर ५ को १ थान १ को ३ थान फेला पारी वरामद गरी उक्त ला.औ., नगद तथा सुनको गरगहना समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  महोत्तरी, जलेश्वर न.पा.८ बजराहीकोट्टी स्थित जि.प्र.का. महोत्तरीबाट प्र.उ.को कमाण्डमा खटिएको चेकिङ टोलीले BAC6994 नं.को Nissan कार र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कारलाई चेकजाँच गर्ने क्रममा BAC6994 नं.को Nissan कार छाडी उक्त कारमा सवार २ जना पुरुष ब्यक्ति भागेका, उक्त कारको पछाडी सिटबाट २२ पोका (प्रतेक पोका तौल गर्दा अं.८ के.जी का दरले प्लाष्टिक सहित अं.१९२.८ के.जी) ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला परेको र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कार चेकिङ छली भागेकाले पिछा गर्दै जाँदा ऐ.वडा नं.४ ठुलो रतौवडा पुगी सोही कारमा सवार जिल्ला मकवानपुर कैलाश गा.पा.१ बस्ने नर बहादुर मोक्तानको छोरा अं.बर्ष २६ को धर्म राज मोक्तान कारबाट ओर्ली भाग्ने क्रममा कार र निजलाई नियन्त्रणमा लिई खानतलासी गर्दा केही सामान फेला नपरेको, , BAC6994 नं.को Nissan कारको २ जना पुरुष ब्यक्ति र प्रदेश २-०३-००१च.९०७७ नं.को Nexon कार चालकको खो.त.भैरहेको, ला.औ.गाँजा जस्तो देखिने पदार्थ सहित दुबै कार र निज धर्म राज मोक्तानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।२४ गते ०५:०० बजे देखि २०८२।१२।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२५

कर्तव्य ज्यान,धनुषा, मिति २०८२।१२।२० गते अं.१५:०० बजे कमला न.पा.२ तेलियाही बस्ने अं.वर्ष ५० को सिताराम दासले आफ्नै भाई अं.वर्ष ४८ को राम कुमार दासलाई बाख्राले खेतको घाँस खाएको विषयलाई लिएर बाँसको लाठीले दाहिने हात टाउकोमा कुटपिट गर्दा घाइते भई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर धनुषा पठाई सामान्य उपचार पश्चात ऐ.२१ गते ०२:१० बजे थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर रिफर भएकोमा ऐ.२४ गते १८:४५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने सिताराम दास प्रहरीको नियन्त्रणमा । भोजपुर, षडानन्द न.पा.१३ रेवा स्थितमा पुरुष मानिस कुटपिटबाट मृत्यु भएको भनि ऐ.२५ गते ००:३० बजे प्र.चौ.बोयाँ भोजपुरमा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.स.नि.को कमाण्डमा टोली घट्ना स्थल खटी गई बुझ्दा ऐ.१३ मुखियाटोल घर भई बिगत १२/१३ बर्ष अगाडी देखि (सानोवुवा) शंकराज तामाङको घरमा बस्दै आएको चमक बहादुर तामाङको छोरा अं.वर्ष २४ को सम्मर बहादुर तामाङलाई ऐ.१४ बेखम्चा बस्ने बस्ने अं.वर्ष २१ को सुनिल राई, ऐ.बस्ने अं.वर्ष ४४ को चन्द्र कुमार राई,  ऐ.बस्ने अं.वर्ष २७ को सुरज राई र ऐ. बस्ने अं.वर्ष २६ को राजेश दर्जीले कुटपिट गर्दा घटना स्थलमानै मृत्यु भएको र कुटपिट गर्ने मानिसहरु खो.त.गर्ने क्रममा आज मिति २०८२।१२।२५ गते बिहान ०४:३० बजे चारै जनालाई घरबाट नियन्त्रणमा लिई जि.प्र.का.भोजपुर तर्फ ल्याउदै गरेको, अन्य थप अनुसन्धान कार्य भईरहेको, घट्नास्थलमा इ.प्र.का.दिङलाबाट प्र.नि.को कमाण्डमा, इ.प्र.का. साङपाङ, प्र.चौ. बोयाँ समेतबाट जम्मा १५ जनाको टोली खटी गएको,। शंकास्पद मृत्यु,पर्सा, धोबिनी गा.पा.२ भिमपुर स्थितमा ऐ.बस्ने दिपेश राउको श्रीमती अं.वर्ष २४ की प्रीती राउत मृत अवस्थामा छ भन्ने खबर प्र.चौ.आसबारी पर्सामा प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोलि खटी गई बुझ्दा मृतकको श्रीमान र ससुरा फरार खो.त.कार्य भईरहेको, मृतककी सासु नियन्त्रणमा रहेको, घटनास्थल सुरक्षित राखेको, थप आ.अ.को लागी इ.प्र.का.पोखरीया पर्साबाट प्र.नि.को कमाण्डमा टोलि खटी गई कानूनी प्रकृया पुरा गरी ऐ.२५ गते अं.०१:०० बजे शव पो.मा.का लागि काठमाण्डौ स्थित टिचिङ अस्पतालमा लगिएको, । ज.ज.क./ज.ज.क.उधोग,ओखलढुङ्गा, मानेभञ्ज्याङ गा.पा.३  उबु आहाले टोल बस्ने छत्र बहादुर राईकी अ.बर्ष- २० की छोरी (बोल्न नसक्ने  ) लाई जिल्ला रौतहट गेवाही गोनाही न.पा. ६ बस्ने  (भाँडा वर्तन बेचबिखन गर्दे हिड्ने)  बर्ष अ. ४९ को चुनचुन साह कानुले घरमा कोही नभएको अबस्थामा पीडितको  घरको कोठामा ज.ज.क. गरेको भनि ऐ.१४:०० बजेको समयमा अ.प्र.पोष्ट केतुकेमा खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट केतुके बाट प्र.स.नि.रमेश प्रसाद पटेलको कमाण्डमा टोलि खटि गई बुझ्दा पीडित पक्षले  पीडक लाई  सामान्य कुटपिट गरेको नाक र गालामा  सामान्य  चोट अबस्था समान्य रहेको भनि अ.प्र.पोष्ट केतुकेबाट जि.प्र.का.ओखलढुङ्गामा खबर प्राप्त हुन साथ जि.प्र.का.ओखलढुङ्गाबाट प्र.नि.बिक्रम बहादुर भट्टराईको कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई पीडक  लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि  जि.प्र.का.ओखलढुङ्गा तर्फ ल्याउदै गरेको, । रोल्पा, माडी गाउँपालिका वडा नं.६ मिनही दाङथोक स्थित निज पिडक ले पिडित संग झै-झगडा गरेको भनि टेलिफोन मार्फत यस कार्यालएमा खबर गरे पश्चात इलाका प्रहरी कार्यालय घर्तिगाउँ,रोल्पाबाट प्र.ना.नि.को कमाण्डमा-४ जनाको टोलीखटी गई निजलाई यस का.को नियन्त्रणमा राखेकोमा आज मिति २०८२।१२।२४ गते १०:०० बजे समयमा जिल्ला रोल्पा माडी गा.पा. ६ मिनही दाङथोक बर्ष २८ कि परीबर्तित नाम ५३ घर्तिगाऊँ ५ (ड) लाई आफ्नै घरमा २०८२।१०।१६ गते अं.२०:३० बजेको समयमा जिल्ला कालिकोट पलटा गा.पा. वडा न. ७ परौटि बस्ने दुर्गा बिष्टको छोरा महाराज बिष्ट भन्ने बर्ष २८ को सत्पाल बहादुर बिष्टले ज.ज.क गरेको भनि यस कार्यालयमा जाहेरी दरखास्त दिएकोले प्र.नि.को कमाण्डमा ५ जनाको टोलीले पिडितलाई स्वास्थ्य परिक्षणको लागि रोल्पा अस्पताल रेउघा लगेको,निज पिडितको अवस्था सामान्य । कपिलवस्तु, शिवराज न.पा.५ ग्यालेक्सी टोल बस्ने वर्ष १४ की बालिकालाई  निज बालिका सुत्ने कोठामा छिमेकी ऐ.बस्ने वर्ष २५ को चन्दन तिवारीले ज.ज.क. गरेको भन्ने पीडित बालिकाको कान्छी आमाले ऐ.२४ गते १४:०० बजे निजले लगाएको कपडामा रगत देखी सोधपुछ गर्दा करणी भएको भन्ने निज बालिकाले खुलाएको भनी ऐ.१८:०० बजे व.प्र.का.चन्द्रौटामा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक चन्दन तिवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, पीडित बालिका र पीडकलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भईरहेको, पीडितको घरमा बुवा र कान्छी आमा रहेको,आमा २ वर्ष पहिला अन्तै विवाह गरी गएको, कैलाली, भजनी न.पा.८ गोडचौरा बस्ने वर्ष २७ की महिलालाई ऐ.लम्की चुहा न.पा.८ सोनपुर बस्ने वर्ष ३० कासिम अलि जागाले तिम्रो श्रीमान बिरामी छ भेट्न जाऊ भनी महेन्द्रनगर बसपार्क स्थित होटेलमा लगी ललाई फकाई मेरो ईच्छा विपरित ज.ज.क.गरेको, भोली पल्ट घर पुर्‍याई दिन्छु भनि जि.बाँके कोहलपुर लगी होटेलमा एक हप्तासम्म ज.ज.क. गरेको र  अन्तिम पटक मिति २०८२।१२।२१ गते जि.कैलाली जानकी गा.पा.४ कन्चनपुर बडरिया  स्थित गाउँमा राती अं.२३:०० बजे ज.ज.क.गरेको भनि मिति २०८२।१२।२४ गते इ.प्र.का.भजनीमार्फत इ.प्र.का.टीकापुरमा ऐ.२२:०० बजे पीडितले जाहेरी दरखास्त दिए पश्चात ऐ.२२:०५ बजे इ.प्र.का.टिकापुरबाट प्र.ज.को कमाण्डमा खटी गएको टोलीले प्रतिवादी कासिम अलि जागालाई निजकै घर ठेगानाबाट पक्राउ गरी नियन्त्रणमा लिई इ.प्र.का.टीकापुरमा ल्याई थप अनुसन्धान भईरहेको,मिति २०८२।१२।२५ गते ००:३० बजे टीकापुर अस्पतालमा दुबैजनाको विस्तृत स्वास्थ्य परिक्षण पश्चात पीडितलाई निजको श्रीमानको जिम्मा लगाईएको र पिडकलाई इ.प्र.का.टीकापुरको नियन्त्रणमा राखिएको । चोरी,काठमाडौं, टोखा न.पा.३ ढलमल स्थितमा रहेको सन्त बहादुर घलेको ३ तले घरको भुँई तलामा कोठा डेरा गरी बस्ने जि.स्याङ्जा अर्जुन चौपारी गा.पा.१ घर हुने बर्ष ३९ को दिपक पौडेलको कोठाबाट घरमा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई कोठाभित्र रहेको काठको दराज समेत फुटाई सुनको हार (१ तोला) थान-१, अं.मुल्य रु.२,९०,०००, सुनको सिक्री (१.५ तोला) थान-१, अ. मुल्य रु ४,३५,०००, सुनको औंठी (१ तोला) थान- २, अ. मुल्य रु २,९०,०००, सुनको छड्के तिलहरी (आधा तोला) थान- १, अ. मुल्य रु १,४५,०००, सुनको बाला (१ तोला) थान -१, अ. मुल्य रु २,९०,०००, चाँदीको सिक्री (१ तोला) थान-१, अ. मुल्य रु ४,८०० गरी जम्मा अं.मुल्य रु १४,५४,८००।– बराबरको धनमालहरुको चोरी भएको भनि खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट प्र.ह.सहितको टोली साथै सादा पोशाकको टोली समेत गरी ५ जना प्र.क.टोली खटि गएको, चोरी गर्ने मानिस फरार रहेको, । लागू औषध, कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा र ला.औ.ब्युरो शाखा कार्यालय महेन्द्रनगर खटी गएको संयुक्त टोलीले जि.कैलाली धनगढी उ.म.न.पा.७ JP चोक बस्ने वर्ष २५ को मुकेश रानालाई ऐ.८ मोती चोक स्थित सडकमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल १३ ग्राम ३७० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,।

मिति २०८२।१२।२३ गते ०५:०० बजे देखि २०८२।१२।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२४

कर्तव्य ज्यान,नवलपरासी पूर्व, देवचुली न.पा.१६ टाँगिकोट बस्ने वर्ष ७५ को जिवन राम थनेत र निजको श्रीमती वर्ष ७० की गुलबसिनिया थनेत राती खाना खाई सुतेकोमा बिहान अवेर सम्म नउठेकोले छोरा बीर ब.थनेत गई हेर्दा निजहरु घाईते अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रजहरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा जिवन राम थनेतको ऐ. ०८:२० बजे उपचारको क्रममा मृत्यु भएको र गुलबसिनिया थनेतलाई थप उपचारको लागी नयाँ मेडिकल कलेज लगेर उपचार भईरहेको, बाँया आँखा माथी र टाउकोमा गहिरो चोट, अवस्था गम्भीर, घटनास्थलमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएको, ऐ.११:३५ बजे बाग्मती प्रदेश प्रहरी कार्यालयबाट प्र.ना.नि.को कमाण्डमा Dog Sniffing सहितको टोली घटनास्थलमा पुगी आवश्यक अनुसन्धान पश्चात ऐ.१२:५० बजे डग टोली फिर्ता भएको, घाईतेको उपचारमा छोरा बिर बहादुर थनेत संलग्न रहेको, थप अनुसन्धान भईरहेको, प्रगति विवरण पछि जाहेर गरिने । ज.ज.क./बाल यौन दुर्व्यवहार,रोल्पा, त्रिवेणी गा.पा.५ सिद्धपुर नेटा स्थित शिव गुफाभित्र ऐ.गा.पा.७ बजिबाङ बस्ने वर्ष १९ को टोपेन्द्र वलीले ऐ.५ नेटा बस्ने वर्ष ११ की बालिकालाई २०८२।१२।१० गते अं.१५:०० बजे ज.ज.क.गरेको भनी पीडितको आमाले इ.प्र.का.होलेरीमा ऐ.१२।१९ गते जाहेरी दरखास्त पेश गरेकोले इ.प्र.का होलेरीबाट प्र.नि.को.कमाण्डमा खटिएको टोलीले खो.त.गर्दै जाने क्रममा ऐ.२३ गते बिहान ०७:०० बजे ऐ.गा.पा.५ नेर्पा बजार स्थित बाटोमा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ला.औ. (गोली प्रहार ),काठमाडौं, का.म.न.पा. ०९ स्थित होटल श्रीयन्त्रमा ला.औ.कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भद्रकालीबाट प्र.ब.उ. र ला.औ.नियन्त्रण ब्युरो कोटेश्वरबाट प्र.उ.को कमाण्डमा खटी गएको टोलीले उक्त होटलको कोठा नं. १०३ मा शंकास्पद रुपमा बसिरहेका देश भारत बिहार राज्य मधुबनी घर हुने बर्ष ३५ को अनिल कुमार पासवान र देश भारत बिहार राज्य मधुवनी घर हुने बर्ष ४५ को मोहमद हसन रैन मध्ये मोहमद हसन रैनलाई होटल श्रीयन्त्रको कोठा नं.१०३ बाट नियन्त्रणमा लिइएकोमा उक्त कोठामा सँगै रहेका बर्ष ३५ को अनिल कुमार पासवानलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि फलामको हेम्मर प्रहार गर्ने प्रयास गर्दै भागेकोले निजलाई  पिछा गर्दै नियन्त्रणमा लिन खोज्दा का.म.न.पा.९ स्थित रहेको होटल सिभम प्लाजाको पार्कीङ स्थलमा पुग्दा प्रहरी माथी आक्रमणको प्रयास गरेकाले निजलाई नियन्त्रणमा लिने क्रममा पेस्तोल बाट  २ राउन्ड गोली निजको बायाँ खुट्टाको घुँडा मुनी प्रहार गरी नियन्त्रणमा लिइएको साथै निजको शरीर रीतपुर्वक खानतलासी गर्ने क्रममा निजको साथबाट  ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १०५० ग्राम र निजहरुले प्रयोग गर्ने BR 06 DM 7346 नं.को कार रीतपुर्वक बरामद गरी निज घाइतेलाई तत्काल उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको साथै देश भारत बिहार राज्य मधुवनी घर हुने वर्ष ४५ को मोहमद हसन रैनलाई ला.औ.नियन्त्रण ब्युरो कोटेश्वरमा राखी थप अनुसन्धान भईरहेको ।  रुपन्देही, ला.औ.नि.ब्युरो शाखा कार्यालय भैरहवालाई प्राप्त गोप्य सूचनाको आधारमा इ.प्र.का.धकधहीबाट प्र.स.नि.गोदन प्रसाद अहिर र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.सागर भट्टराईको कमाण्डमा खटिएको संयुक्त टोलीले जि.रुपन्देही रोहिणी गा.पा.४ कोटहवा स्थित कोटहवाबाट छिपागड तर्फ आइरहेको ३ जना सवार UP56F9901 नं.को मो.सा.लाई रोक्न खोज्दा नरोकी भाग्ने क्रममा मो.सा.अचानक पल्टिँदा मो.सा.मा सवार दुई जनालाई नियन्त्रणमा लिइएको तथा मो.सा.पछाडि सवार देश भारत प्रदेश उत्तर प्रदेश जिल्ला महाराजगंज गाउँ बिसुनपुर्वा बस्ने वर्ष १९ को विशाल यादवले प्रहरी माथी ढुङगा प्रहार गर्दा प्र.ना.नि.सागर भट्टराईको दाहिने खुट्टामा चोट लागि सामान्य घाइते भएपश्चात आत्मरक्षाका लागि प्र.ना.नि.सागर भट्टराईले बोकेको ब्यारेटा पेस्तोलबाट एक राउन्ड हवाई फायर गर्दा समेत नरोकिई पुन: ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवामा कार्यारत प्र.ह.ज्ञानेन्द्र भुसालको टाउकोमा समेत प्रहार गर्दा निजले लगाएको हेल्मेटमा समेत क्षति भएको साथै थप आक्रमणमा उत्रिएकोले आत्मरक्षाको लागि थप एक राउन्ड प्रहार गर्दा निज विशाल यादवको बाँया खुट्टाको तिघ्रामा गोली लाग्न गई घाइते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवा पठाई प्रहरीको निगरानीमा उपचार भइरहेको, अवस्था खतरामूक्त रहेको, निजहरुले मो.सा.को बीचमा बोरामा लुकाईछिपाई ल्याएको ला.औ.जस्तो पदार्थ फेनारागन ११०० एम्पुल, डाईजोपम्म ११०० एम्पुल र बुफ्रिनुफ्रीन ११०० एम्पुल गरी जम्मा ३३०० एम्पुल फेला परेकोले उक्त ला.औ.नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, मो.सा., प्रहरीलाई प्रहार गरेको ढुङगा तथा हेल्मेट सहित भारतको महाराजगंज गाउँ बिसुनपुर्वा बस्ने वर्ष १८ को अरुण कुमार (मो.सा.पछाडी सवार) र ऐ.बस्ने बर्ष २० को बिनय पाण्डे (मो.सा.चालक) समेत ३ जना प्रहरीको नियन्त्रणमा रहेको ।

मिति २०८२।१२।२२ गते ०५:०० बजे देखि २०८२।१२।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२३

चोरी,सुनसरी, ईनरुवा न.पा.३ शुभकामना टोल बस्ने देवराज निरौलाको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले घरको पछाडीको झ्यालको सिसा फुटाई भित्र प्रवेश गरी घरमा रहेको सुनका विभिन्न गरगहना ५ तोला, चाँदीका विभिन्न गरगहना १८ तोला र नगद रु.१,२३,१००।– समेत गरी अं.१६,९०,०००।–बराबरको धनमाल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भईरहेको । मानिस मृत फेला,उदयपुर, कटारी न.पा. ४ कटारी बजार स्थितमा रहेको हिमगंगा होटलको गेष्टहाउसको तेस्रो तलाको कोठा नं.११२ मा जि. सिन्धुली दुधौली न.पा.११ टाँडी बस्ने दसैया कुमरको छोरा अं. वर्ष २८ को सिपिन कुमर र नामथर वतन एकिन नभएको तर गेष्टहाउसको ईन्ट्रीबुकमा हेर्दा जि.सिन्धुली दुधौली वस्ने अं.वर्ष ३० की सबिना मगर नाम लेखाएकी महिला बसेकोमा सिपिन कुमर सोही कोठाको सिलिङ पङखामा सलको पासो लागी झुण्डी मृत अबस्थामा फेला परेको भनि ऐ.१५:०० बजे सोही गेष्टहाउस धनि कमल प्रसाद साहले फोनद्वारा इ.प्र.का. कटारी उदयपुरमा जानकारी गराउन साथ प्र.ना.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गई हेर्दा सिपिन कुमरको मृत्यु भईसकेको र निजको शव पासो खोली २ बेडको बिचमा भुईमा निज सबिना मगरले नै राखी निज सबिना मगर समेत बेहोस अबस्थामा फेला परेकोले निजलाई प्रादेशीक अस्पताल कटारी उदयपुर पठाई उपचार भईरहेको,  शव घटनास्थलमा नै सुरक्षित राखेको, इ.प्र.का.कटारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । ला.औ., झापा, भद्रपुर न.पा.४ डाँगीबारी स्थित लागुऔषध ओसार पोसार बिक्रि बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा व.प्र.का.भद्रपुरबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ. बस्ने लुखिराम मडिको घरको बाहिर कम्पाउण्डमा लुकाई छिपाई राखिएको अवस्थामा बिभिन्न देशका पैसा नेपाली नोट तीन लाख दुई सय पचास  (३,००२५०।-), USD पचहत्तर डलर (७५ डलर), पाकिस्तानी पचास रुपैया (५०), अस्ट्रेलिया पाँच डलर (५) र भारतीय पाँचसय तिस रुपैया (५३०) र लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ  तौल गर्दा २१८ ग्राम ५०० मिलिग्राम सहित ऐ.भद्रपुर न.पा. ४ बस्ने अं. वर्ष ३० को बब्लु मर्डी र ऐ.बिर्तामोड न.पा.१ बस्ने वर्ष २७ को अन्मोल गजमेरलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको ।

मिति २०८२।१२।२१ गते ०५:०० बजे देखि २०८२।१२।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२२

पक्राउ/ नियन्त्रण,काठमाण्डौ, म.न.पा.९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एरियाबाट यात्रुहरुलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी यात्रीहरुलाई आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा यात्रीबाट कमिसन लिने,आपसमा झगडा गरी अभद्र व्यवहार गर्ने जि. बाँके घर भई का.जि. एयरर्पोट बस्ने वर्ष २२ को एकेश तामाङ लगायत १९ जनालाई प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको । कैदी मृत्यु,चितवन, मिति २०८२।१२।१६ गते अं.१७:०० बजे जि.मकवानपुर हेटौडा उ.म.न.पा.१२ घई भई जिउ मास्ने बेच्ने मुद्धामा भरतपुर कारागारमा कैद भुक्तान गरी रहेको वर्ष ६६ को सत्य भन्ने शशी कुमार तितुङ मुटुको रोग तथा छातीमा क्यानसरको बिरामी भई क्यान्सर अस्पताल चितवनमा भर्ना भएकोमा ऐ.२२ गते अं.०४:४८ बजे क्यानसर अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको । जुवातास,भक्तपुर, चाँगुनारायण न.पा.८ सुडाल र भक्तपुर न.पा.१० पाइपलाइन  स्थित जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.वृत्त जगातीबाट प्र.नि.को कमाणडमा खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा रू ७१,४५६/- नगद रकम सहित १९ जनालाई नियन्त्रणमा लिई प्र.वृत्त जगातीमा राखि थप अनुसन्धान भईरहेको । कास्की, पोखरा म.न.पा.१४ चाउथे स्थित रहेको पोखरा होम्स होटल प्रा.लि.को चौथो तलाको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जि.प्र.का. कास्कीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा रू. २, २३५००/- नगद रकम सहित ८ जना मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी व.प्र.का.रामबजार पठाइएको । कैलाली, टीकापुर न.पा.१ नयाँ टीकापुर, बल्क नं.१५ र शेरचन होटेल  स्थितमा  जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.टीकापुरबाट खटी गएको टोलीले जुवातास खेलिरहेको अबस्थामा रू ८७,२२०/- नगद रकम सहित २० जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागी इ.प्र.का.टीकापुरमा ल्याई थप अनुसन्धान भईरहेको । आगलागी,प्यूठान, ऐरावती गा.पा.१ छेडाघाट बस्ने लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट लागेको आगो बस्तीमा समेत सल्कन गई आगलागी भई रहेको भन्ने खबर ऐ.वडाका वडा सदस्य टिकाराम आचार्यले ऐ.२२ गते अं.००:३० बजे प्र.चौ.दाङवाङमा जानकारी गराउनासाथ इ.प्र.का. बिजुवारबाट प्र.नि.को कमाण्डमा, जि.प्र.का.प्यूठानबाट प्र.नि.को कमाण्डमा र  शसस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. बतासेडाडाबाट श.प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, उक्त आगलागीबाट १२ वटा जस्ता (टिन) ले छाएको घर, ८ ओटा फुस (खरले) छाएको घर, (घर नजिक रहेका पसुबाध्ने गोठ समेत) जली नष्ट भएको , पशु चौपाया, अन्नपात, लत्ताकपडा, भाडा वर्तन जली क्षती भएको विवरण नआएको, आगलागी भईरहेको आगो नियन्त्रणमा लिने कार्य भईरहेको, हालसम्म मानवीय क्षेति भएको जानकारी प्राप्त नभएको, वि.वि. पछि जाहेर गरिने । ला.औ., झापा, भद्रपुर न.पा.५ नयाँ बजार स्थितमा व.प्र.का.भद्रपुरबाट खटी गएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्रीहरुलाई शंका लागी चेकजाँच गर्दा जि.झापा बिर्तामोड न.पा.८ गरामनी बस्ने अं.वर्ष २८ को किरण श्रेष्ठ साथबाट ला.औ.(ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम ०६० मिलिग्राम, ऐ.बस्ने अं.वर्ष २८ को अविषेक लिम्बुको साथबाट १ ग्राम १७० मिलिग्राम  र जि.मोरङ लेटाङ न.पा.५ बस्ने अं.वर्ष २५ को सरोज थापाको साथबाट १ ग्राम ४६० मिलिग्राम गरी जम्मा प्लाष्टिक बाहेक ४ ग्राम ६९ मिलिग्राम ला.औ. सहित निजहरु तीनै जनालाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याईकोमा थप आ.अ.को लागी जि.प्र.का.झापा पठाईएको

मिति २०८२।१२।२० गते ०५:०० बजे देखि २०८२।१२।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२१

कर्तव्य ज्यानदाङ, मिति २०८२।१२।१९ गते अं.२०:००बजे जि.दाङ राप्ती गा.पा.१ पाँखापानी बस्ने फुलमाया थापा मगरको छोरा बर्ष अं.१६ को आयुशमान थापा मगर(अविवाहित),ऐ.२ बह्रखुट्टी बस्ने रोहन प्रधानको छोरा बर्ष १७ को स्मिथ प्रधान घरबाट संगै बह्राखुट्टी स्थित साथीको घर जान भनि हिडेकोमा ऐ.४ मौरीघाट स्थित एक्कासी अपरिचित २ महिला र २ जना पुरुष व्यक्तीहरु आई  कुटपिट गर्दा आयुशमान थापा मगरको शरिरको ढाडमा,बाँया आखा,बाँया गालामा,कानमा चोट लागेको अबस्थामा २०८२।१२।२०गते ०३:००बजे ऐ.४ मौरीघाट स्थित दिदिको साथी गंगा रोक्काको घरमा गएकोमा निजको दिदिले उपचारको लागी राप्ती आधारभुत अस्पताल सिसहनिया दाङमा ल्याई उपचार भईरहेको,अबस्था मध्यम, उपचारमा आमा र दिदि संलग्न रहेको, भनि ऐ.०४:०० बजे इ.प्र.का.सिसहनिया दाङमा जानकारी गराउन साथ घटनास्थलमा प्र.चौ.मसुरिया दाङबाट प्र.स.नि.दिपेन्द्र कुमार मल्लको कमाण्डमा ३ जनाको टोली खटिएको, सोही अस्पतालमा इ.प्र.का.सिसहनिया दाङबाट प्र.ना.नि.बुद्धि रानाको कमाण्डमा प्रहरी टोली पुगी बुझ्दा पहिला केही नबताएको र सोधपुछ गर्दा ऐ.११:०० बजे म संग स्मिथ प्रधान पनि थियो भनि जानकारी गराए पश्चात इ.प्र.का.भालुवाङबाट दाङबाट प्र.नि.पुष्कर सिंह ऐरीको कमाण्डमा ११ जनाको टोली खटिगई खो.त.गर्दै जाने क्रममा घटनास्थल देखि अं.१.५ कि.मी.पुर्व तर्फ ऐ.स्थित दोलई खोलाको सुख्खा पक्की नालामा टाउकोमा चोट भएको उत्तानो अबस्थामा मृत अबस्थामा फेला परेको, घटनास्थलमा आफन्तहरु पुगिसकेको, कुटपिट गर्ने ब्यक्तिहरु फरार, खो.त.कार्य जारी ।नोटः-बर्ष १६ को आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु मिति २०८२।१२।१९ गते २०:०० बजे घर बाट निस्किएको बुझीएको ।ऐ.१८:१४ बजे बर्ष अं.१६ को आयुशमान थापा मगरलाई थप उपचारको लागी भैरहवा मेडिकल कलेज रुपन्देही रिफर गरेको,उपचारमा घाईतेको दिदि  (मो.न.९८१६८४१७७१) संलग्न रहेको ।थपअपडेट:-ऐ.२१:३० बजे भैरहवा मेडिकल कलेज रुपन्देही पुगी घाईतेको उपचार भईरहेको, थपअपडेट:- मिति २०८२।१२।२१ गते ०३:०० बजे उक्त घटनामा संलग्न निम्न स्थान बस्ने निम्न मानिसहरुलाई बिभिन्न सबुत,प्रमाणहरु सहित नियन्त्रणमा लिई यस इ.प्र.का.भालुवाङ दाङमा ल्याई अनुसन्धान कार्य भईरहेको,बि.बि.पछि ।१)जिल्ला दाङ बंगलाचुली गा.पा.८ घर भई हाल जिल्ला दाङ राप्ती गा.पा.४ श्रीनारायण चोक बस्ने बर्ष अं.२० को सन्दिप वली ।२)जिल्ला दाङ राप्ती गा.पा.४ मौरिघाट बस्ने बर्ष  अं.१८ को निश्चल चौधरी । ज.ज.क./बाल यौनदुर्व्यहार,सिन्धुपाल्चोक, बलेफी गा.पा.३ धुस्कोट बस्ने वर्ष ४९ को तोक बहादुर लामाले ऐ. बस्ने वर्ष अं ३० की महिलालाई निजको घरमा शौचालय जान लाग्दा ज.ज.क. प्रयास गरेको भनि ऐ.२० गते अं १२:३० बजे निवेदन दिएको हुँदा उक्त स्थानमा इ.प्र.का.जलबिरेबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई ज.ज.क. प्रयास गर्ने तोक बहादुर लामालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सिन्धुपाल्चोक ल्याएको, रोल्पा, मिति २०८२।१२।१८ गते अ.२०:०० बजे लुङग्री गा.पा.७ हार्जङ बस्ने वर्ष अं.१२ की बालिकालाई जि.रोल्पा लुङग्री गा.पा.७ हार्जङ बस्ने वर्ष ३० को ठगेन्द्र खडकाले ललाइ फकाइ गरी नजिकै रहेको ऐ.बस्ने टेक बहादुर पुनको गोठमा लगि ज.ज.क.गरेको भनी निज बालिकाको आफन्तले मिति २०८२।१२।१९ गते अं.१८:०० बजे इ.प्र.क.सुलिचौरमा खबर गरे पश्चात इ.प्र.का.सुलिचौरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ निज आरोपित ठगेन्द्र खडकालाई पक्राउ गरी इ.प्र.का.सुलिचौर रोल्पामा ल्याई मिति २०८२।१२।२० गते मुद्दा दर्ता भई ७ दिन म्याद थप गरी इ.प्र.का.सुलिचौर रोल्पाको हिरासत कक्षमा राखिएको, निज बालिकाको स्वास्थ्य परिक्षण गराई आमाको जिम्मा लगाई घर पठाएको, अवस्था सामान्य रहेको, ला.औ., बाँके, नेपालगंज उ.म.न.पा.१ धम्बोजी स्थित रा.बा. बैंक नेपालगंज अगाडी लागु औषध कारोबार भईरहेको भन्ने सुचनाको आधारमा लागु औषध व्युरो शाखा कार्यालय बाँकेबाट प्र.ह.को कमाण्डमा र जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले संकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१८ बस्ने बर्ष २१ को सुमेर शेष, ऐ.नेपालगंज उ.म.न.पा. १६ बस्ने वर्ष ३२ को मन्ना जोलाह, ऐ. बस्ने बर्ष २० को  इरफान जोलाह, ऐ. बस्ने बर्ष १८ को  सानुर जोलाहलाई चेकजाँच तथा निजहरुको शरिर रितपुर्वक तलासी लिदा निजहरु मध्ये सानुर जोलाहले लगाएको पाईन्टको दाहिने खल्तीमा लुकाई छिपाई राखेको १४१  ग्राम ७९० मिलि ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजहरु ४ जनालाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.बाँकेमा ल्याई राखिएको,

मिति २०८२।१२।१८ गते ०५:०० बजे देखि २०८२।१२।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१९

ज.ज.क./बाल यौनदुर्व्यहार,झापा, बिर्तामोड न.पा.४ पुरानो भद्रपुररोड स्थित बाबुराम घिमिरेको घरमा डेरी गरी बस्ने ऐ.मेचीनगर न.पा.४ घर भएको अं.वर्ष ४५ को रबिन न्यौपानेले सोही घरमा डेरा गरी बस्ने ऐ.कनकाई न.पा.८ घर भएको भुपाल पौडेलको छोरी अं.वर्ष १३ की आर्जु पौडेललाई ललाई फकाई आफ्नो कोठाभित्र बोलाई यौन दुर्व्यवहार गरेको भन्ने मौखिक ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज रबिन न्यौपानेलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको र निज बालिकालाई दिदी आकृती पौडेलको जिम्मामा बुझाई पठाईएको, ऐ.१९ गते बिहान पीडित पक्ष इ.प्र.का.अनारमनीमा आई जाहेरी दिने, कर्तव्य ज्यान,मकवानपुर, मिति २०८२।१२।१० गते अं.०८:३० बजे भिमफेदी गा.पा.९ बास्की टोल बस्ने ठाकुर बर्तौला (कान्छो छोरा) को श्रीमती वर्ष ४२ की कुसुम महत्तोले आफ्नै सासुआमा वर्ष ६९ की अम्बिका बर्तौलालाई घरायसी विषयमा सामान्य विवाद हुँदा कुटपिट गरी मुख, दुवै हात, ढाड र टाउकोमा चोट लागी घाईते भएकोमा ऐ.१२ गते अं.०९:३० बजे उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार पश्‍चात सोही दिन डिस्चार्ज पश्‍चात अम्बिका बर्तौला माईलो छोरो शम्भु बर्तौलाको घर ऐ.हेटौडा उ.म.न.पा.७ शान्तिटोल स्थित गई बसेकोमा ऐ.१६ गते स्वास्थ्यमा असहज भए पछी पुन: उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा  सोही दिन हेटौडा अस्पतालबाट थप उपचारको लागी काठमाण्डौ रिफर भएकोमा काठमाण्डौ नलगि ऐ.हेटौडा उ.म.न.पा.७ स्थित बस्ने छोराको घरमा लगी राखेकोमा ऐ.१८ गते अं.१२:१० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी गई मुचुल्का लगायत कार्य पुरा गरी शव पो.मा.को लागी हेटौडा अस्पताल मकवानपुर पठाएको, बुहारी कुसुम कुमारी महत्तोलाई नियन्त्रणमा लिई जि.प्र.का.ल्याईएको । प्र.क.झुण्डी मृत्यु,कास्की, पोखरा म.न.पा.७ पार्दी स्थित भट्टराई पोल्टी फम नजिक रुपा तामाङको घरमा डेरा गरी बस्ने जि.तनहुँ बन्दिपुर गा.पा.घर भएका नेपाल प्रहरी प्रदेश कार्यालय सशस्त्र प्रहरी सेनामुख पोखरा, कास्की दरबन्दी भई हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्र.का.स.वर्ष ३५ को दिलिप उपाध्याय (कम्प्युटर कोड ५५१५३८) आफू बस्ने डेरा नजिकै रहेको खाल्सेको रुखमा जुत्ताको तुनाको पासो लगाई झुण्डिएको अवस्थामा देखी निजको श्रीमती वर्ष २८ की मनिषा सुवेदी लगायत छिमेकीहरूले पासो फुकाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएकोमा ऐ.१०:११ बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, । ला.औ., धनकुटा, प्र.चौ.मुलघाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको  टोलीले  धनकुटा न.पा.९  स्थित त्रिवेणी-मुलघाट भित्री सडकमा त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प ६९८१ नं.को मो.सा.र सोहि दिशाबाट आउँदै गरेको को २१ प ९५६५ नं.को मो.सा.मा सवार व्यक्तिहरुले गस्ती टोली देखी मो.सा.छोडी भाग्ने क्रममा प्रदेश १-०२-०४७ प ६९८१ नं.को मो.सा.चालक शहिदभूमी गा.पा. ७ बस्ने वर्ष २२ को शुसान राईलाई नियन्त्रणमा लिई मो.सा.पछाडि बाँधेको जेब्रा झोला खोली हेर्दा ला.औ.गाँजा अं. १९.८५० के.जी.गाँजा (झोला सहित)  र को २१ प ९५६५ को मो.सा.पछाडि बाधेको जेब्रा खोली हेर्दा ला.औ.गाँजा अं.२४.१४० के.जी. गाँजा (झोला सहित) गरी जम्मा ४३.९९० के.जी गाँजा (झोला सहित) नियन्त्रणमा लिएको, को.२१ प ९५६५ नं.को मो.सा.चालक र पछाडि सवार फरार रहेको खो.त.कार्य भईरहेको, जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक कारवाहीको लागी जि.प्र.का.ल्याएको,

मिति २०८२।१२।१७ गते ०५:०० बजे देखि २०८२।१२।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१८

ज.ज.क./ बाल यौन दुर्ब्यवहार,पाल्पा, मिति २०८१।०६।०३ गते देखि विभिन्न स्थान र समयमा पटक पटक करणी गर्दै आएकोमा अन्तिम पटक मिति २०८२।०९।२३ गते राती अं.२१:०० बजे रिब्दिकोट गा.पा.७ बतासे स्थित प्रतिवादी शिव बहादुर लम्तरीले संचालन गरेको जलेश्वर फाष्टफुड एण्ड खाजा घरको कोठामा ऐ.बस्ने वर्ष २२ को शिव बहादुर लम्तरीले ऐ. रिब्दिकोट गा.पा.८ बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको भनी  ऐ.१२।१७  गते ११:०० बजे जि.प्र.का.मा आई पीडितले लिखित जाहेरी दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, निजलाई शिव बहादुर लम्तरीलाई प्र.चौ. दोभान को एरियाबाट नियन्त्रणमा लिई मेडिकल गरी जि.प्र.का. पाल्पाको हिरासत कक्षमा राखिएको  । दाङ,गढवा गा.पा.६ स्थित जन्ता मा.बि. गढवाको खेल मैदानमा जि.जाजरकोट भेरी न.पा.४ घर भई हाल जि.दाङ गढवा गा.पा.६ गढवा बजारमा तरकारी पसल गर्दै आईरहेकी महिलाकी छोरी वर्ष १४ की बालिकालाई ऐ. गढवा गा.पा.६ गढवा बस्ने अं.वर्ष १९ को रोहित सुनारले केहि कुरा गर्नुछ भनी ऐ.१२।१६ गते अं.२१:०० बजे ललाई फकाई लगी यौन दुर्ब्यबहार गरेको भनी पीडितको दाईले ऐ.१२।१७ गते इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक रोहित सुनारलाई निजको घरमा फेला पारी नियन्त्रणमा लिएको । काठमाडौं, जि.सिन्धुपालचोक  ईन्द्रावती गा.पा.२ घर भई हाल का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष २७ की महिलालाई का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष ४० को गौरव श्रेष्ठले बिगत ७ वर्ष देखि ऐ.१५ स्थित आफ्नो घरको शौचालय नजिकैको कोठामा लिई अन्तिम पटक २०८२।९।४ गते जबरजस्ती करणी गरेको भनी जाहेरी ऐ.१२।१६ गते १५:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा जानकारी गराए पश्चात प्रहरी टोलि खटिगई थप अनुसन्धान भईरहेको, पीडक फरार खो.त.भईरहेको । झापा, मिति २०८२।१२।१६ गते अं.००:०० बजे अर्जुनधारा न.पा.६ स्थित खाली जमिनमा वर्ष १४ की बालिकालाई ऐ.बस्ने वर्ष २८ को पुरुषले ज.ज.क गरेको भनी पीडितको दिदीले मिति २०८२।१२।१७ गते १६:०० बजे इ.प्र.का.अनारमनीमा लिखित जाहेरी दिए पश्चात इ.प्र.का.अनारमनीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बाँके, मिति २०८२।१०।२१ गते अं.२२:३० बजे राप्ती सोनारी गा.पा.८ स्थित ढकेरी जंगलमा वर्ष अं.१८ की बालिकालाई ऐ.न.पा.५ रझेना बस्ने वर्ष अं.२१ को आशिष थारु, ऐ.६ बस्ने वर्ष अं.२७ को सन्दिप थारु, ऐ.६ बस्ने वर्ष अं.२१ को निरज थारु र ऐ.बस्ने वर्ष अं.१६ को बालकले सामुहिक ज.ज.क.गरेको भनी मिति २०८२।१२।१७ गते अ.१७:०० बजे पीडितले इ.प्र.का.कोहलपुरमा जाहेरी दरखास्त दिएको हुदा इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई जाहेरीमा उल्लेखित ४ जनालाई नै निजहरुकै घर वतन बाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण पश्चात आवश्यक अनुसन्धानको लागी इ.प्र.का.कोहलपुर बाँकेंमा राखिएको, पीडितको अवस्था सामान्य रहेको । प्रहरी कर्मचारीको मृत्यु,पर्सा, ने.प्र.प्र.का.वीरगंज पर्सा  संचार दरबन्दी भई कार्यरत प्रहरी हवल्दार चन्दन तिवारी बिरामी भई ऐ.१५ गते उपचारको लागि नारायणी सेन्ट्रल अस्पताल वीरगंज हुँदै थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा उपचारको लागि पठाईएकोमा उपचारको क्रममा ऐ.१७ गते १३:५५ बजे उपचारको क्रममा निजको मृत्यु भई सदगतको लागि पर्सा तर्फ लिई गएको । चिनिया नागरीक नियन्त्रणमा,रसुवा, गोसाईकुण्ड गा.पा.२ रसुवागढी स्थित नेपाल चीन सिमा नजिक रसुवागढी नाकामा चीनबाट नेपाल तर्फ आँउदै गरेको पैदल यात्री HUANG BINCHENG नाम गरेका EP1211946 नं. पासपोर्ट भएका चाईनिज नागरिकलाई इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा र  सशस्‍त्र प्रहरी बल नेपाल वि.ओ.पि. टिमुरेबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा निज चिनियाँ नागरिकले सुटकेसमा लुकाई छिपाई अबैध रुपमा ल्याएको चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु A83257 FINE GOLD CORPORATION लेखिएको 1 KILO GOLD BAR 999.9, (अं. तौल ४०१.३१ ग्राम) , चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु AU9999 100g (अं. तौल १०९.०६ ग्राम) र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु Ag9999 (अं. तौल १.०५० के.जि.)  र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु (अं. तौल १४२.९७ ग्राम) भएको धातुहरु फेला परेकोले उक्त धातुहरु सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.टिमुरेमा ल्याई अनुसन्धान कार्य भईरहेको, उक्त धातुहरुको परिक्षण हुन बाँकी रहेको । ला.औ., कास्की, पोखरा म.न.पा.१८ सेदी वडा एरियामा नेपाली तथा भारतीय नागरिकहरुले संयुक्त अबैध रुपमा डान्स पार्टी चलाई उक्त पार्टीमा बिभिन्न लागु औषधहरुको कारोवार एवं सेवन गर्दै आएको भन्ने सूचनाको आधारमा जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा, व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा र ला.औ.नि.ब्युरो पोखरा कास्कीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएकोमा ब्राजिलका नागरिक वर्ष ४८ का Charles Da- Silva-Gouva. को साथबाट LSD (Lysergic acid diethylamide) जस्तो देखिने झोलमा ४ ML, कोकिन जस्तो देखिने १.२० ग्राम, जि.कास्की पोखरा म.न.पा.५ प्रस्याङ बस्ने वर्ष २५ आशिष दर्जीको साथबाट लागु औषध चरेश जस्तो देखिने ७.८५ ग्राम, जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष ३२ को वमेन्द्र पुनको साथबाट खात जस्तो देखिने २८५ ग्राम, जि.काठमाण्डौ बस्ने वर्ष २१ को निकुञ्ज सिंह कार्कीको साथबाट पेपर LSD (Lysergic acid diethylamide) जस्तो देखिने २ वटा, जि.दाङ वतन भएको वर्ष २९ को सौरभ महराको साथबाट रु.१००० को नोटमा रहेको कोकिन जस्तो देखिने १.२४ ग्राम, ICE (amphetamine) जस्तो देखिने १.३ ग्राम, जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष २७ को विशाल परियारको साथबाट लागु औषध चरेश जस्तो देखिने ८.३२ ग्राम, कोकिन जस्तो देखिने सेतो धुलो ०.२५० ग्राम, भारत घर भएकी वर्ष ३१ की सृष्टी चन्द्राको साथबाट MDMA लेखिएको ट्यावलेट २, भारत घर भएको वर्ष ३५ को अनुभव शर्माको साथबाट लागु औषध चरेश जस्तो देखिने ला.औ. ७८.२२ ग्राम, पोल्याण्ड जस्तो देखिने ३३.९० ग्राम ला.औ.,कोकिन जस्तो सेतो धुलो १.२८ ग्राम ला.औ. सहित निजहरु ८ जना नेपाली तथा विदेशी नागरिकहरुलाई ला.औ.सहित फेला पारी नियन्त्रणमा लिई व.प्र.का.बैदाममा राखिएको, ४ जना व्यक्तिलाई अभ्रद्र व्यवहारमा मुद्धा चलाएको, २६ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको  ।

मिति २०८२।१२।१६ गते ०५:०० बजे देखि २०८२।१२।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१७

ज.ज.क./बाल यौनदुर्व्यहार,ईलाम, मिति २०८२।११।१३ गते ११:०० बजे देउमाई न.पा.३ सुर्के स्थित ऐ.बस्ने वर्ष ४० को राजु बि.क.ले ऐ.बस्ने वर्ष ४० की महिलालाई ज.ज.क.गरेको भनी ऐ.१६ गते इ.प्र.का.मंगलबारेमा लिखित निवेदन दिनासाथ प्र.ना.नि.को कमाण्डको खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको, । झापा, अर्जुनधारा न.पा.६ लक्ष्मिपुर स्थित ऐ.बस्ने वर्ष ५ की बालिकालाई ऐ.बस्ने वर्ष १३ को बालकले ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१६ गते १५:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिएको हुँदा प्र.चौ.शनिश्चरेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा राखी आ.अ.भइरहेको, । बालिका मृत फेला,दाङ, मिती २०८२।१२।१२ गते अं.१४:०० बजे बबई गा.पा.३ हंशपुर बस्ने बिटु खत्रीको छोरी वर्ष १४ की अनु खत्री घरबाट साथीको जन्म दिन मनाउन जान्छु भनी गएकोमा निज बालिका हाल सम्म घर परिवारको सम्पर्कमा नरहेको भनी प्र.चौ.पुरन्धारा दाङमा जानकारी गराए पश्चात मिति २०८२।१२।१३ गते निज बालिका हराएको भनी इ.प्र.का.तुलसीपुर दाङले हुलिया परिपत्र गरेकोमा स्थानीय र प्र.चौ.पुरन्धाराबाट प्र.ह.को कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले निज बालिकालाई खो.त.गर्दै जाने क्रममा ऐ.१६ गते १०:३० बजे ऐ.बबई गा.पा.४ सल्ली कोट जंगलमा मृत अवस्थामा फेला पारेको, कानुनी प्रकृयाको लागि इ.प्र.का.खिलतपुरबाट प्र.नि. र इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि राप्ती प्रादेशिक अस्पताल दाङ पठाईएको । कैदी मृत्यु,ललितपुर, कारागार कार्यालय नख्खु ललितपुरमा नँया ब्लकमा बैकिङ कसूर मुद्दामा कैद भुक्तान गरिरहेका जि.स्याङ्जा विरुवा गा.पा.८ वतन भएका मान बहादुर गुरुङको छोरा वर्ष ५२ का बिर बहादुर गुरुङ बिरामी भएकोले कारागार कार्यालय नख्खु ललितपुरको चलानी नम्बर ३१९३ मिति २०८२।१२।१६ गतेको पत्रादेशानुसार मुटुमा समस्या भई उपचारको लागी विर अस्पतालको ईमरजेन्सी विभाग काठमाण्डौ पठाएकोमा उपचारको क्रममा मिति २०८२।१२।१६ गते ११:५५ बजे निज कैदीको मृत्यु भएको भनी जानकारी प्राप्त भएको, शव ऐ.अस्पतालमा रहेको । ला.औ., बारा, जितपुर सिमरा उ.म.ना.पा.-१० नितनपुर स्थित इ.प्र.का.सिमरा र इ.प्र.का.जितपुरबाट खटिएको संयुक्त टोलीले बिरगंजबाट सिमरा तर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटिलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा स्कुटी चालक जि.पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर बस्ने सत्यनारायण साहको छोरा अं.वर्ष २५ को अनिल साहको साथबाट ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.र ईलेक्ट्रिक स्कुटि सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.जितपुर बाट अं.६ कि.मि.दक्षिण पर्ने ।

मिति २०८२।१२।१५ गते ०५:०० बजे देखि २०८२।१२।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१६

कर्तव्य ज्यान,कालिकोट, नरहरीनाथ गा.पा. वडा नं. ३ कुमाल गाउँ बस्ने बर्ष अं.२९ को काशिराम बुढाको घरमा ४ जना अपरिचित ब्यक्तिहरु आई मेरो श्रीमति बर्ष २७ कि मानपुरा बुढा लाई कुटपिट गरी मारेको भनि निजले इ.प्र.का. कुमालगाउँ कालिकोटमा आई जानकारी गराउना साथ इ.प्र.का. कुमालगाउँ कालिकोट  बाट प्र.ना.नि. रक बिर के.सी.को कमाण्डमा टोली खटीगएको , थप अनुसन्धानको लागी जि.प्र.कालिकोट बाट प्र.नि. को कमाण्डमा (SOCO) सहित टोली खटिगएको , श्रीमानलाई नियन्त्रणमा लिईएको, थप बिवरण पछि जाहेर गरिने । ज.ज.क./ज.ज.क.उद्योग,कैलाली, धनगढी उ.म.न.पा.१४ बस्ने वर्ष २१ को राजेश सि.के.ले ऐ.१५ कनरी बस्ने वर्ष १४ की बालिकालाई  ऐ.८ तौलाह ताल नजिकै कोठामा बोलाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१५ गते ११:१० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान भइरहेको, पीडक फरार रहेकोले खो.त.भईरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा बुझाई पठाएको । कैलाली, मिति २०८२।०७।१२ गते अं.१९:०० बजे जि.कैलाली जानकी गा.पा.७ टिक्लीगढ स्थित ऐ.ऐ. बस्ने वर्ष १५ कि बालिकालाई ऐ. बस्ने वर्ष २१ को अमन चौधरीले निजलाई घर नजिकै रहेको खेतमा राखेको परालको थुप्रोमा लगि ज.ज.क.गरेको भनि पिडितको आमाले मिति ऐ.१२।१५ गते १९:३० बजे इ.प्र.का. टिकापुर कैलालीमा जाहेरी दर्खास्त दिए पश्चात इ.प्र.का.टिकापुर कैलालीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई अमन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१३ गते २०:०० बजे वनगाड कुपिण्डे न.पा.७ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ४० को जितेन्द्र कुमार शाहले ज.ज.क.उद्योग गरेको भनी पीडितको आफन्तले ऐ.१५ गते जि.प्र.का.मा निवेदन पेश गरेको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सल्यानमा राखी आवश्यक अनुसन्धान भइरहेको । संखुवासभा, मिति २०८२।१२।०४ गते अ.१६:०० बजे, चैनपुर न.पा.७ सातघुम्ती स्थितमा ऐ.फलाटे बस्ने चन्द्र बहादुर कार्कीको छोरा वर्ष १९ को निसान कार्कीले  ऐ. बस्ने  वर्ष १२ की  वालिकालाई ललाई फकाई गरी जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।१२।१५ गते इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभामा ऐ.१७:०० बजे जाहेरी दरखास्त दिएको हुदाँ इ.प्र.का.चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुर संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको । लुटपाट,काठमाडौं, काठमाडौं म.न.पा.३ महाराजगजं नजिकै भाटभटेनीबाट बसुन्धारासम्म जाने क्रममा अल्फावेट नम्वर नखुलेको महानगर यातायात बसमा जि.गोरखा शिरमाचोक घर भई हाल का.जि.टोखा मेगासिटी हाईट बस्ने वर्ष ६२ की पदम कुमारी गुरुङको घाँटीमा लगाएको अं.३ तोलाको अं.मु.रु.८,००,०००।- (आठ लाख) बराबरको सुनको सिक्री २।३ जना व्यक्तिहरुले बसभित्र धकेलाधकेल गरेको र बसुन्धारामा आई गाडिबाट झरी घाँटीमा छाम्दा सिक्री नभएको जानकारी गराउनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट प्र.स.नि.र सादा पोशाक सहितको प्रहरी टोली खटी गई फरार रहेको व्यक्तिहरुको खो.त.कार्य भईरहेको  लागु औषध,पर्सा, विरगंज म.न.पा.१६ शंकराचार्य गेट स्थित प्र.चौ.ईनर्वाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा यात्रु बोक्ने ई-रिक्सामा सवार देश भारत जिल्ला बेतिया बस्ने अं.वर्ष ३९ को जावेद अंसारी, ऐ.बस्ने अं.वर्ष २८ को गरीब महम्द र ऐ.बस्ने अं.वर्ष २४ को महम्द रजिसको शरीरमा लुकाई छिपाई अबैध रुपमा लादै गरेको लागु औषध गाँजा अं.७ किलो ५०० ग्राम ला.औ.सहित ३ जनालाई नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.बिर्तामा पठाईएको ।  कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ. भिमदत्त न.पा.२ उल्टाखाम बस्ने अं.वर्ष २७ को टेकेन्द्र भन्डारीलाई भारतबाट नेपाल तर्फ आउने क्रममा शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल २४ ग्राम १६० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी तालुक जि.प्र.का.कञ्चनपुर पठाएको ।

मिति २०८२।१२।१२ गते ०५:०० बजे देखि २०८२।१२।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१३

कर्तव्य ज्यानदाङ, तुलसीपुर उ.म.न.पा.१९ दोघरे बस्ने बस्ने वर्ष ३४ को गोपाल वलीले आफ्नै घरमा आफ्नै श्रीमती वर्ष २७ की कमला वली लाई कुटपिट गर्दा टाउको र अनुहारमा चोट लागी घाइते भई राप्ति प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचारको क्रममा ऐ.१९:५५ बजे मृत्यु भएको लाश सोही अस्पतालमा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.बिजौरीबाट प्र.ब.ना.नि.को कमाण्डमा ४ जना र इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको उपचारमा छिमेकी रेनुका घर्ति संलग्न, कारण नखुलेको, कुटपिट गर्ने ब्यक्ति गोपाल वली इ.प्र.का.तुलसीपुर दाङको नियन्त्रणमा रहेको  ।कपिलवस्तु, वाणगंगा न.पा.१ क्वाटर चोक स्थित मानिस घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष ३२ को सुमन चौधरी (मानसिक सन्तुलन ठिक नरहेको भन्ने बुझिएको)  टाउको र दुबै हातमा चोट लागि (अबस्था गम्भिर) घाईते अवस्थामा रहेको निज घाईतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पटाईएकोमा उपचारको क्रममा ऐ.१९:४० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, पो.मा.हुन बाँकी, उक्त घटनामा  शंकास्पद व्यक्ति जि.कपिलवस्तु वाणगंगा न.पा.१ बैरिया बस्ने वर्ष ४५ को उदय अधिकारीलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई प्रारम्भिक सोधपुछको क्रममा उदय अधिकारीले पुर्व रिसिविका कारण मृतक सुमन चौधरीको घरमा गई सुतिरहेको अवस्थामा ठुलो खुर्पा प्रहार गरी घाईते बनाएको भनि प्रहरी समक्ष स्विकार गरेको, निजले प्रयोग गरेको खुर्पा निजकै घरको किचन कोठाको र्‍याक मुनि बोराले बेरेर राखेको अबस्थामा बरामद गरेको । लमजुङ, मिति २०८२।१२।११ गते अ. ०५;३० बजेको समयमा जिल्ला लमजुङ दोर्दी गा.पा. ५ पारीखोला स्थित ऐ. बस्ने वर्ष ४५ को पख्खन गुरुङले आफ्नै घरमा श्रीमतीसँग घरायसी कुरामा झै- झगडा हुँदा  निम्न मानिसहरुलाई बन्चरो प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ. श्रीमञ्जाङ बाट प्र.ह. प्रदिप कुमाल (९८६६३५२४९९) को कमाण्डमा २ जनाको टोली खटि गई घाईतेहरूलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाएको,उपचारमा छिमेकी भिम बहादुर गुरुङ(९८४६११०७४४) साथमा रहेको,बन्चरो प्रहार गर्ने ब्यक्ती र उक्त बन्चरोलाई नियन्त्रणमा लिएको ।निम्न:-१.      जिल्ला लमजुङ दोर्दी गा.पा. ५ पारीखोला बस्ने वर्ष ४५ की चिज माया गुरुङ(निजको श्रीमती),पेट र बाँया हातमा चोट,अवस्था मध्यम ।२.      ऐ.ऐ. बस्ने वर्ष ७२ को गर्वलाल गुरुङ,टाउकोमा चोट,अवस्था मध्यम (छुट्टाउन जाने क्रममा प्रहार गरेको) ।३.      ऐ.ऐ. बस्ने  वर्ष १० को अनमोल गुरुङ,टाउकोमा चोट,अवस्था मध्यम (छुट्टाउन जाने क्रममा प्रहार गरेको) ।थप अपडेट;- ऐ.०८;२५ बजे सि.नं. ३ को घाईते थप उपचारको लागि (नयाँ) चितवन मेडिकल कलेज भरतपुर चितवनको लागी रिफर भएको अवस्था बेहोस सिरियस साथमा छिमेकी सुक बहादुर गुरुङ (९७०१६७८७७८) रहेको ।ऐ.ऐ. ०९;२५ बजे सि.नं.२ को घाईते थप उपचारको लागी (नयाँ) चितवन मेडिकल कलेज भरतपुर चितवनको लागी रिफर भएको अवस्था बेहोस सिरियस रहेको ,साथमा नाती रोशन गुरुङ रहेको ।ऐ.१२;०२ बजे नयाँ मेडिकल कलेज भरतपुर चितवन पुगि उपचार भइ रहेकोमा डाक्टरले उमेर बढि भएकोले अप्रेसन हुन असंम्भव हुने भएको हुदा डाक्टरको सल्लाह अनुसार ऐ.१८;०५ बजे प्रदेश अस्पताल लमजुङको लागि आफन्तले लिई हिडेको,सि.नं.१ को घाइतेको प्रदेश अस्पताल लमजुङको ICU कक्षमा उपचार भई रहेको र सि.नं.३ को घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको ।थप अपडेट;- ऐ.२१;१० बजे सि.नं.२ को घाइते प्रदेश अस्पताल लमजुङ आईपुगि ICU कक्षमा उपचार भई रहेको,अवस्था सिरियस र सि.नं.३ को घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा टाउकोको अप्रेसन भएको,ICU कक्षमा रहेको,अवस्था सिरियस र सि.नं.१ को घाइतेको प्रदेश अस्पताल लमजुङको ICU कक्षमा उपचार भई रहेको ।थप अपडेट;- सि.नं.२ को घाइते प्रदेश अस्पताल लमजुङ आईपुगि ICU कक्षमा उपचार भई रहेकोमा मिति-२०८२।१२।१३ गते ०७;२५ बजे उचारको क्रममा डा.ले मृत घोषणा गरेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,भक्तपुर, भक्तपुर न.पा १ दुधपाटी स्थित गण्डकी गेष्ट हाउसमा बर्ष १४ की परिवर्तित नाम भक्तपुर ( छ १०१) लाई जिल्ला भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष १९ को साहिल बासुकलाले ललाई फकाई ज.ज.क गरेको भनि पिडित बालिकाको आमाले ऐ. १२।११ गते परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा निज साहिल बासुकलालाई ऐ. १२।११ गते २२;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा १ दुधापाटी स्थितबाट प्रभाग दुधपाटीबाट खटिएको प्र.ना.नि कृष्णहरी रानाभाटको टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको , पीडित बालिकाको मेडिकल गरी आफन्तको जिम्मा लगाई पठाएको । नक्कली बोट बरामद,बागलुङ्ग, मिति २०८२।१२।१२ गते जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले बागलुङ बजार एरियामा ने.रु.१००० र ५०० का जाली नोटहरु फेला परेको भनि विभिन्न मितिमा गुनासो तथा विशेष सुराकीको आधारमा जि.बागलुङ काठेखोला गा.पा.२ भिमपोखरा घर भई हाल बागलुङ न.पा.२ धौलागिरी चोक स्थित सरस्वती श्रेष्ठको ३ तले पक्की घरको दोस्रो तलाको फ्लाईट भाडा गरी बस्ने वर्ष ५५ को याम बहादुर चर्माकारको डेरा कोठामा रितपूर्वक खानतलासी गर्ने क्रममा ने.रु. १००० को एउटै नं.भएका जाली नोट थान-१६,ने.रु.१००० र ५०० का सक्कली नोट -४,९३,००० निम्न नक्कली नोटहरु, सुन जस्तो देखिने पहेलो धातुबाट बनेका औठी थान-७, बाला २ जोर (४ वटा), सिक्री थान-३,मुन्द्रा १ जोर (२ वटा) गरी २०३ ग्राम (बिल नभएका), मोबाईल थान २ (SAMSUNG SCREEN TOUCH थान-१ र सादा मोबाईल थान -१),निजको नाममा रहेका विभिन्न बैंकका चेकहरु थान-८, २३ बाई १० ईन्चका निलो,गुलाबी र हरियो कागज थान-अं.५० ,CPU थान -१  गर-गहना तथा विभिन्न सर-सामानहरु फेला परेकोले बरामदी  मुचुल्का समेत गरी निम्न सामानहरु सहित निजलाई थप अनुसन्धानको लागि ऐ.२०:४० बजे जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको । लागू औषध, सुनसरी, धरान उप-मनपा २० विष्णुपादुका पुल स्थितमा अप्र पोष्ट जोरसखुवा धरानबाट प्रह हेमराज सुवेदी (९८०३२७४५२४) को कमाण्डमा खटिएको प्रहरी टोलीले विष्णुपादुका बाट धरान तर्फ आउदै गरेको प्र.१-०२-०५४ प ०९४४ नं.को मोसालाई रोकी चेकजाँच गर्दा उक्त मोसामा राखेको बोराबाट लाऔ गाँजा (नापतौल गर्दा १७ केजी) बरामद गरी लाऔ गाँजा, मोसा तथा मोसा चालक जिल्ला धनकुटा साँगुरीगढी गापा ०८ बस्ने तारा राईको छोरा वर्ष १९ को शिखर राई र सोही मोसा पछाडी सवार ऐ.ऐ. बस्ने दिप बहादुर राईको छोरा वर्ष १९ को विश्व राईलाई समेत नियन्त्रणमा लिई इप्रका धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१२।११ गते ०५:०० बजे देखि २०८२।१२।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१२

ज.ज.क./ ज.ज.क.उ. / बाल यौन दुर्व्यवहार,पर्सा, वीरगंज न.पा.२७ घुर्मी बस्ने अं.वर्ष १५ की बालिकाको सुत्ने कोठामा ऐ.बस्ने वर्ष १९ को रुपेश कुमार राम प्रवेश गरी निजलाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट उदयपुरघुर्मीबाट खटिएको टोलीले रुपेश कुमार रामलाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाईएको । दाङ, गढवा गा.पा.६ खबरी स्थित तुल ब.बि.क.को कोही नबस्ने पुरानो खाली घरमा ऐ.बस्ने वर्ष अं.१५ की बालिकालाई ऐ.गढवा गा.पा.६ खबरी बस्ने दिल ब.बि.क.को छोरा वर्ष अं.३० को भिमसेन बि.क.ले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले ऐ.अ.१८:०० बजे इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक भिमसेन बि.क.लाई नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी थप अनुसन्धान भईरहेको । झापा, अर्जुनधारा न.पा.११ बस्ने वर्ष २५ को सुरज राईले ऐ.अर्जुनधारा न.पा.११ बसपार्क स्थित पाँचथर होटल एण्ड लजमा कोठा बुक गरी ऐ.वर्ष १६ की बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन देखाई ललाई फकाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त तथा जानकारी गराउनासाथ प्रहरी टोली खटी गई पीडक सुरज राईलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको । लागु औषध,सिरहा, लहान न.पा.३ बलान पुल स्थितमा लागु औषध सहित मो.सा.मा मानिस गईरहेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.लहानबाट प्र.स.नि.को कमाण्डमा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले लहानबाट सप्तरी तर्फ जाँदै गरेको प्र.०१-०५-००२ प.२०८७ नं.मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.उदयपुर त्रियुगा न.पा.६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अं.वर्ष ४२ को गणेश कुमार चौधरीले मो.सा.को अगाडी पट्टिको भाईजरको बिच भागमा राखेको ४० ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ र मो.सा.सहित निज गणेश कुमार चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा राखिएको ।  काठमाण्डौ, काठमाण्डौ म.न.पा.१६ नयाँबजार फलफुल चोक नजिकैबाट उपत्यका अपराध अनुसन्धान कार्यालय (PCCB) बाट प्रहरी वृत्त लैनचौरमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि. गोरखा गण्डकी गा.पा.४ घर भई हाल का.जि.स्वयम्भु बस्ने वर्ष ३८ को रमेस बसेलको साथबाट ला.औ.पोल्याण्ड २२० ग्राम फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा राखी आ.अ.भईरहेको, ।

मिति २०८२।१२।१० गते ०५:०० बजे देखि २०८२।१२।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-११

कर्तव्य ज्यान,मोरङ, बिराटनगर म.न.पा.१७ छाला फ्याक्ट्री देखि पश्चिममा रहेको कलवर्ट मुनी पानीमा तन्नाले बेरिएको अवस्थामा शव फेला परेको परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रानीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई घटनास्थल सुरक्षित राखेको, कानूनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा तथा कोशी अस्पतालबाट फरेन्सिक डाक्टर सहितको टोली खटी गई पानीबाट बाहिर निकालि हेर्दा तन्नाले बेरिएको हात, खुट्टा बाँधिएको अवस्थामा तत्काल नाम थर वतन नखुलेको अं.वर्ष ४० को जस्तो देखिने महिलाको शव सडिगलेको अवस्थामा रहेको,शवको कानूनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल विराटनगर पठाइएको, मृतक जि.मोरङ बिराटनगर म.न.पा.१५ हर्तालीहाट बस्ने रोशन साहको श्रीमती वर्ष ३२ की कोमल कुमारी साह रहेको(मिति २०८२।१२।०६ गतेदेखि घरबाट हराएको भनी निजको श्रीमानले मिति २०८२।१२।०८ गते इ.प्र.का.रानीमा हुलिया निवेदन समेत दिएको) भनी खुल्न आएको हुँदा अनुसन्धानको लागि मृतकको श्रीमान रोहन साहलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा राखी आ.अ.भइरहेको । महोत्तरी, भंगाहा न.पा.९ हरिहरपुर हरिनमरी मुसहरी टोल स्थित जि.महोतरी औराही न.पा.२ चेपकट घर भई ऐ.भंगाहा न.पा.९ हरिहरपुर घर ज्वाँई बस्दै आएको वर्ष ४२ को बिरेन्द्र सदाले आफ्नो श्रीमती वर्ष ३७ की अनिता देवी सदालाई कुटपिट गरी घरबाट अं.१५० मिटर पुर्व हरिनमरीबाट कन्चनबन आउने सडकको छेउ मसुरो खेतमा मारेर फालेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कन्चनबनबाट प्र.स.नि.को कमाण्डमा टोली घटनास्थलमा पुगि घटनास्थल सुरक्षित राखिएको, कुटपिट गर्ने बिरेन्द्र सदा अ.प्र.पोष्ट कन्चनबनको नियन्त्रणमा, इ.प्र.का. बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा मुचुल्का सहितको टोली खटी गएको र जि.प्र.का.महोत्तरीबाट प्र.नि.को कमाण्डमा समेत टोली खटी गएको । ज.ज.क./ज.ज.क.उधोग,कञ्चनपुर, मिति २०८२।११।२६ गते अं.०२;०० बजेको समयमा जिल्ला कञ्चनपुर बेल्डाडी गा.पा.५ राधापुर स्थित ऐ.ऐ.बस्ने बर्ष अं.२२ को सन्तोष रानाले ऐ.पुनर्वास न.पा. १ पुरैना बस्ने  बर्ष ११ कि  कञ्चनपुर ७५ त्रिभुवनबस्ती  ञ कुमारीलाई मो.सा.मा लगि जबरजस्ती करणी गरेको र मिति २०८२।११।२८ गते राती अं. २३;०० बजेको समयमा ऐ.पुनर्वास न.पा.१ खल्ला स्थित ज.ज.क. गरेको  भनि निज बालिकाको आफन्तले आज मिति २०८२।१२।१० गते अं.१४;०० बजेको समयमा इ.प्र.का.त्रिभुवनबस्तीमा जानकारी गराउनासाथ प्र.नि.लोकेन्द्र सिंह कार्की (९८५८७९००६३) को कमाण्डमा-७ जनाको प्रहरी टोली खटि गई ऐ.पुनर्वास न.पा.१ पुरैनाबाट निज पीडक सन्तोष रानालाई पक्राउ गरि ऐ.१७;३० बजे इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको, । बैतडी, दशरथचन्द न.पा.४ खोचिवडा मोडमा ऐ.४ बस्ने बर्ष अं.२३ को राजेश तिरुवाले ऐ.४ बस्ने वर्ष अं.१९।२० की परिवर्तित नाम २०८२।०८३ २(ख) लाई बैतडी शिक्षा कलेजबाट घर जाने क्रममा ज.ज.क.गर्न खोजेकोले कानुन बमोजिम कार्वाही गरी पाऊँ भनी जि.प्र.का.बैतडीमा जाहेरी दरखास्त पेस गरेको हुँदा प्रहरी टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । ललितपुर, मिति २०८२।०९।१८ गते २१:०० बजे परिवर्तित नाम जन्तेढुङ्गा (क) की छोरी वर्ष ६ की नावालिका छोरी परिवर्तित नाम जावलाखेल (२६) लाई भुवन रण लाहुरेले मा.प.से. गरी निज जन्तेढुङ्गा (क) को कोठामा आई निजलाई कुटपिट गर्दा आफ्नो ज्यान जोगाउन भनी कोठा छोडी बाहिर भागेको र सोही मौका पारी निज भुवन रण लाहुरेले छोरी जावलाखेल (२६) लाई ज.ज.क.गरेको भनी पीडितको आमाले मिति २०८२।१२।०९ गते जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा आई जाहेरी दिएको हुँदा पीडित नावालिकाको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको । अर्घाखाँची, भुमिकास्थान न.पा.६ तिर्लुक बस्ने वर्ष १२ की बालिकालाई निजको सौतेलो दाई वर्ष ३० को परिवर्तित नाम सन्धिखर्क १५ (ख) ले घरमा कोही नभएको अवस्थामा ज.ज.क.प्रयास गरेको भनी पीडितको आमाले ऐ.१८:०० बजे जि.प्र.का.अर्घाखाँचीमा जाहेरी दिएको हुँदा प्र.चौ.खिल्जी र तालुक जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिएको साथै दुवै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको, । सुन बरामद,रौतहट, चन्द्रपुर न.पा.५ स्थित जगत रिसोर्ट होटेलको कोठा नं.१०२ मा सुनचादीँको अवैध विक्री वितरण हुदै छ भनी बिशेष सुचनाको आधारमा इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई हेर्दा उक्त कोठा भित्र जि.नुवाकोट तारकेश्वर गा.पा.३ घर भई देश भारत राज्य पश्‍चिम बंगाल जिल्ला दार्जलिङ मटिघारा ग्राम पंचायत वडा नं.३ बस्ने अं.वर्ष ३७ को अशोक तामाङ, जि.रौतहट चन्द्रपुर न.पा.१० बस्ने वर्ष ३० को अरबिन्द चौधरी, जि.रौतहट बौधीमाई न.पा.६ बस्ने अं.बर्ष ३८ को रुपकेश राय यादव र देश भारत पश्चिमी बंगाल सिलीगुडी जयगाउँ बस्ने अं.बर्ष ३० को संजोक बस्नेत गरी जम्मा ४ जना पुरुष व्यक्ति बसिरहेको देखी निज व्यक्तिहरुको शरीर तथा उक्त कोठा रितपुर्वक खानतलासी गर्दा निजहरु मध्येका अरबिन्द चौधरीको साथबाट “PAMP” लेखिएको निलो रंगको प्लाष्टिकको तीनवटा प्याकमा सिल्ड अवस्थामा प्याक रहेको “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखेको प्लाष्टिक प्याक सहितको पहेलो रंगको सुन जस्तो देखिने धातु थान-३ (तीन), निजहरुको साथबाट वरामद भएको मोबाईल थान-६ र सो कोठाबाट दुरबिन जस्तो देखिने “ANTICK MAGNIFYING BINOCULAR” “EAST INDYA COMPANY” लेखेको मेसिन थान-१ समेत फेला परेकोले उक्त सामानहरु बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा निजहरूको झोला समेतको चेकजाँच गर्दा झोलाभित्र रहेको अरबिन्द चौधरीको कपडाको पाईन्टभित्र कागजमा बेरी लुकाई छिपाई राखेको अवस्थामा “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखेको पहेलो रंगको सुनजस्तो देखिने धातु थान-२ (दुई) र “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखेको सिल्भर रंगको (पोलेको जस्तो देखिने) २ वटा टुक्रा (थान-१) थप फेला परेको, । अवैध सामान(चाँदी) बरामद,काठमाण्डौ, श्री यरको उडानद्वारा काठमाण्डौबाट धनगढी जान लागेका यात्रु जि.दार्चुला अपि हिमाल गा.पा.१ बस्ने वर्ष ३३ को दान सिंङ जागरी का.जि.का.म.न.पा.९ स्थित त्रि.अ.बि.सु.कार्यालयको आन्तरिक उडान तर्फको ह्याण्ड ब्यागेज X-Rey मेसिनमा ह्याण्ड ब्याग चेक गर्ने क्रममा निजको ब्यागमा चाँदीजस्तो देखिने सेतो धातुको माला अं.६ के.जी.फेला परेकोले उक्त माला सहित निजलाई नियन्त्रणमा लिई प्रहरी बृत्त गौशालामा राखिएको । लागु औषध, सर्लाही, बरहथवा न.पा.१२ लौकट नहर स्थित बा ४ च ४०३७ नं.को टोयोटा कार र बा ९ च ७१८१ नं.को सुजुकी कार बेवारिसे रोकिराखेको अवस्थामा इ.प्र.का.हिरापुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा दुबै कारमा ला.औ.गाँजा रहेकोले दुबै गाडी नियन्त्रणमा लिई इ.प्र.का.हिरापुरमा ल्याई हेर्दा बा ९ च ७१८१ नं.को सुजुकी कारमा २३ पोका प्लाष्टिक सहित १९६ के.जी.३८० ग्राम र बा ४ च ४०३७ नं.को टोयोटा कारमा १९ पोका रातो प्लाष्टिक सहित १७६ के.जी.५१७ ग्राम गरी जम्मा ला.औ.गाँजा ३७२ के.जि.८९७ ग्राम रहेको, थप अनुसनधान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का.बरहथवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

मिति २०८२।१२।०९ गते ०५:०० बजे देखि २०८२।१२।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१०

कर्तव्य ज्यान,पर्सा, जिराभवानी गा.पा.१पिपरा भवानीपुर टोल स्थित स्वर्गीय सुरेश प्रसाद श्रीवास्तवको श्रीमती वर्ष ६५ की सायदा श्रीबास्तबलाई घरायसी विवाद भई निजको छोरा राजेश श्रीबास्तबको श्रीमती वर्ष २५ की पिंकी देवी श्रीबास्तव र देश भारत भागाहा टोल बस्ने लालबाबु श्रीबास्तबको छोरी वर्ष १९ की गायत्री श्रीबास्तब समेत मिलेर माथि उचालेर भुईमा पछार्ने क्रममा निज सायदा श्रीबास्तबको (मृतक महिला पहिले देखि नै मुटुको बिरामी रहेको बुझिएको) घटनास्थलमै मुत्यु भएको भनि ऐ.मृतकको नाती वर्ष १८ को पृथ्बीराज श्रीबास्तबले जानकारी गराउनसाथ प्र.चौ. महादेबपट्टीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै महिलालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा बुझाएको, थप अनुसन्धानको लागि इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रक्रिया पुरा गरी शव  पो.मा.को लागी नारायणी अस्पताल पठाईएको । रामेछाप, दोरम्बा शैलुङ गा.पा.४ भोर्ले बस्ने अं.वर्ष ६० को  प्रेम बहादुर तामाङ ऐ. पार्सा स्थित ससुराली घर गएको अवस्थामा घरबाट अं.६० मिटर पूर्व बारीमा लगी घरायसी बिषयलाई लिएर निजकै माईलो जेठान अं.वर्ष ६० को बीर बहादुर तामाङले प्रेम बहादुर तामाङलाई मुक्का प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको र कुटपिट गर्ने ब्यक्ति फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.गौश्वाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, कुटपिट गर्ने ब्यक्तिको खोजतलास कार्य भईरहेको,  थप अनुसन्धानको लागि इ.प्र.का.चोप्राङबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको । शव फेला परेको ( फुटकर ज्यान)सुर्खेत, बराहताल गा.पा.२ बस्ने आसे महतराले मेरो साला नाता पर्ने ऐ. बस्ने वर्ष ३३ को टोप ब. खत्री सहित ६ जना मानिसहरु मिति २०८२।११।२३ गते सिकार खेल्न भनि घर देखि अं.१७ कि.मि.दक्षिण तर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको र सँगै गएका मध्ये टोप ब. खत्रीको ऐ.१२/०१ गते अं.१७:०० बजे मृत्यु भएको भनि प्र.चौ.रानीघाटमा ऐ.१२/०२ गते अं.०९:३० बजे जानकारी गराउनासाथ सत्यतथ्य बुझ्नको लागि प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा केही फेला नपरेकोले बर्दिया राष्ट्रिय निकुञ्ज जबरजंग गण रातामाटा पोष्टबाट जमदार र इ.प्र.का.बग्नाहाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई आफन्तको सहयोगमा खो.त. कार्य भईरहेकोमा ऐ.१२/०९ गते १०:०० बजेको समयमा इ.प्र.का.बग्नाहाबाट प्र.व.ना.नि.र जबर जङ्ग गण ठाकुरद्वारा ब्यारेकबाट उप-सेनानीको कमाण्डमा पीडित पक्षका मानिसहरू सहित बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ खो.त.को लागि गएकोमा ऐ.१५:१५ बजे शव ठाकुरबाबा न.पा.२ झाँक्री खोला स्थित ऐ. निकुञ्जमा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बानियाभारबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटिई गएको,उक्त शव टोप ब. खत्रीको रहेको भनी मृतकको भिनाजु जि.सुर्खेत बराहताल गा.पा.२ बस्ने बर्ष ५३ को आसे महतराले सनाखत गरेको, अन्यको खो.त.कार्य भईरहेको । ऐ.१० गते ००;५० बजे लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरियामा ल्याई शव गृहमा राखिएको । लागु औषध,नवलपरासी पश्चिम, सुनवल न.पा.१२ हरक्ट्टा पुल नजिक बिशेष सूचनाको आधारमा खटिएको प्रहरी  टोलीले UP 56 AX 8106 नं मो.सा. चेकजाँच गर्दा मो.सा.चालक जि.नवलपरासी सुरावल गा.पा.४ बडसारे बस्ने वर्ष २६ को सुनिल कुमार यादब र सोही मो.सा.पछाडी सवार ऐ.बस्ने वर्ष ३५ को जितेन्द्र जैसवालको साथबाट Buprenorphine-1007 एम्पुल, Diazepam-910 एम्पुल, Phenergan-733 एम्पुल गरी जम्मा २६५० एम्पुल फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.सुनवलमा लगि निजहरुलाई सो.पु.गर्दा जिल्ला नवलपरासी रामग्राम न.पा.१७ देवगाँउ स्थितमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ऐ.१९;३० बजेको समयमा जि.प्र.का.नवलपरासीबाट खटिएको प्रहरी टोलीले ऐ.बस्ने वर्ष ४९ को लक्कीचन्द केवटको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा Buprenorphine-३३९ एम्पुल, Diazepam -६३४ एम्पुल, Phenergan-७०८ गरी जम्मा १६८१ एम्पुल सहित निज लक्की चन्दलाई नियन्त्रणमा लिई तालुक जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको, जम्मा Buprenorphine- १३४६ एम्पुल, Diazepam- १५४४  एम्पुल, Phenergan-१४४१ ला.औ. सहित तिनै जना मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।  मोरङ, बिराटनगर म.न.पा.१५ स्थित १ नं. ढाटमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय, बिराटनगर र  इ.प्र.का. रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको देश भारत बिहार राज्य बस्ने वर्ष २९ को मसुल अंसारीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ३२ ग्राम सहित फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।१२।०७ गते ०५:०० बजे देखि २०८२।१२।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०८

जलि घाईते,पाँचथर, फिदिम न.पा.११ केबाङदिन टोल स्थित ऐ.बस्ने याम बहादुर मेयोङ्वा लिम्बु( हाल कामको सिलसिला १० बर्ष देखी बिदेशमा बस्दै गरेको) को घरमा बिगत ५ महिना देखी निजकै श्रीमती हुँ भनी एक्लै बस्दै आएकी जि.तनहुँ घर बताउने वर्ष ४३ की सानुमाया गुरुङले के-कुन कारण आफ्नै शरिरमा मट्टीतेल खन्याई आगो लगाई जली रहेको अवस्थामा मट्टीतेलको गन्धले स्थानियहरु थाहा पाई देखी आगो निभाई घाईतेलाई जिल्ला अस्पताल पाँचथरमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि सुबिधा सम्पन्न अस्पताल घोपा धरान तर्फ रिफर भएको, घाईतेको शरिरको बिभिन्न भाग जलेको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ नागिन पाँचथरबाट टोली खटी गएको बि.बि. पछि जाहेर गरिने । भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा,मकवानपुर, बागमती गा.पा.९ बेतिनी बस्ने वर्ष अं.५७ को सन्त कुमार प्रजापतिको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा इ.प्र.का.फापरबारी मकवानपुरबाट प्र.स.नि. को टोली खटि गई निजको कच्ची घर भित्र चेकजाँच गर्दा निज सुत्ने कोठाको भित्तामा झुन्ड्याई राखेको अवस्थामा भरुवा बन्दुक थान -१ फेला पारी भरुवा बन्दुक सहित निज सन्त कुमार प्रजापतिलाई नियन्त्रणमा लिई इ.प्र.का.फापरबारी मकवानपुर ल्याइ राखेको,थप अनुसन्धान कार्य भइरहेको । ला.औ., दार्चुला, महाकालि न.पा.वडा नं.०१ लास्कुखोला स्थित साप्रसेके बाङगाबगरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले महाकाली नदीको माथि तर्फको खाली जमिनमा बसिरहेको अवस्थामा जिल्ला दार्चुला ब्यास गा.पा.४ दुम्लिङ बस्ने वर्ष अं.२२ को बिराज कामी शंकालागी चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा ला.औ.(चरेश) जस्तो देखिने कालो पदार्थ शुद्ध तौल गर्दा ८ (आठ) ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.दार्चुलामा ल्याई राखिएको ।

मिति २०८२।१२।०६ गते ०५:०० बजे देखि २०८२।१२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०७

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुकुम पूर्वी, भुमे गा.पा.७ लावाङ बस्ने अं. वर्ष ७१ की महिलालाई ऐ.धर्मशाला स्थित आफन्तिको घरमा गएकोमा कोठामा एक्लै सुतिरहेको अवस्थामा ऐ.७ धर्मशाला बस्ने अं.वर्ष २८ को सत्यनारायण दमाइ र ऐ.बस्ने अं.वर्ष ३० को काले दमाइले जवरजस्ति लछारपछार गरि घर देखि अं. १५ मि. माथि गँहु बारीमा लगि ज.ज.क.गरेको भनि ऐ.०६ गते अं.१७:०० बजे अ.प्र.पोष्ट महतमा जानकारी गराउना साथ प्र.ब.ह. र इ.प्र.का.काक्रीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै जना पिडकलाई नियन्त्रणमा लिइ जि.प्र.का. मा ल्याई सोधपुछ हुँदै,पिडित महिलालाई ऐ. सिस्ने गा.पा.५ रुकुमकोट स्थित सेफ हाउसमा राखिएको, अवस्था सामान्य रहेको,थप अनुसन्धान कार्य भईरहेको । चोरी/लुटपाट,काठमाण्डौ, मिति २०८२।१२।०६ गते १०:३० बजे देखि १३:१० बजेको बीचमा का.म.न.पा.५ कालोपुल लामा गल्ली स्थित ज्ञानु थापा लामाको साढे तीन तले पक्की घरको पहिलो तलाको डेराकोठा गरी बस्ने जि.दाङ घोराही न.पा.१८ स्थायी वतन हुने वर्ष ४८ की पिमा बुढाथोकीको २  वटा कोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको काठको दराजको ढोकाको समेत लक तोडी दराज भित्र रहेको सुन र चादीका बिभिन्न गरगहना र भारतीय रुपैया रु.१०,००० ।-, नेपाली रुपैया रु.४५,००० ।-गरी अं.मु.रु. ७९,४२,२५० ।- बराबरको चोरी भएको, सोही घरको तलामा डेराकोठा गरी बस्ने जि.सुनसरी बर्जु गा.पा.४ स्थायी वतन हुने वर्ष २६ की आस्था थापाको समेत डेराकोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको दराको ढोकाको समेत लक तोडी चाँदीको सिक्री थान १ समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त पश्चात प्रहरी वृत्त मालीगाउँबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का सम्पन्न गरी चोरी गर्ने व्यक्तिको खो.त.भईरहेको, ला.औ., मोरङ, बिराटनगर म.न.पा.११ बिराटनगर बसपार्क स्थित देश भारत राज्य बिहार जिल्ला अररीया फारबिसगंज-२५ बस्ने अं.वर्ष २५ को बिपुल वर्मालाई ला.औ. ब्युरो बिराटनगरबाट खटिएको प्र.स.नि. र व.प्र.का. बिराटनगरबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा निज बिपुल वर्माले लगाएको जिन्स पेन्टको गोजिमा लुकाई छिपाई राखेको अबस्थामा सेतो प्लाष्टिकको पोका एक थान फेला परेकोले खोलि हेर्दा ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम रहेकोले निजलाई उक्त ला.औ. खेरो हिरोईन सहित नियन्त्रणमा लिई जि.प्र.का.मा राखि थप अनुसन्धान भईरहेको,

मिति २०८२।१२।०४ गते ०५:०० बजे देखि २०८२।१२।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०५

कर्तव्य ज्यान,कैलाली, गोदावरी न.पा.०४ अमलेशैनी गाउँ बस्ने वर्ष अं.३०/३१ को राम ब.मगरले आफ्नो घर देखि पश्चिम अं.३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा आफ्नो श्रीमती वर्ष २७/२८ की संजिता मगरसंग विवाद गरी आफ्नो साथमा भएको भरुवा बन्दुकले गोली हानी हत्या गरेको र आफुलाई समेत भरुवा बन्दुकले गोली हानी घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मालाखेतीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ऐ. २१:०० बजेको समयमा स्थानिय खडक स्वाँर समेतका १५/२० जना मानिसहरु घटनास्थलमा पुगि शव कुरी बसेको, स्थान देखी अ.१०/१२ फिट माथी भरुवा भन्दुक फेला परेको,घाईतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको,अवस्था बेहोस । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।१२।०३ गते अं.१३:१५ बजे मेचिनगर न.पा.१४ पाथिभरा टोल स्थित ऐ.बिर्तामोड न.पा.२ बस्ने वर्ष ६२ को प्रदिप मित्तलले जि.कैलाली लम्कीचुहा न.पा.४ घर भई हाल जि.झापा मेचिनगर न.पा.१४ पाथिभरा टोल बस्ने वर्ष २३ की महिलालाई ज.ज.क.उद्योग गरेको भनी पीडित आँफैले मिति २०८२।१२।०३ गते अं.१९:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गएको, पीडक हाल फरार, खो.त.कार्य भई रहेको । बर्दिया, न.पा.०४ पदनाह गाउँ स्थित ज्ञानु कार्कीको करण राईस मिल नजिकै पछाडी रहेको बाधरुममा खेल्ने क्रममा फकाएर  लगि नामथर संकेत नं.६६ (अ)  ऐ.बस्ने विश्राम थारुको छोरा बर्ष अं.१३ को ले आफ्नो यौनाङ्ग पिडित नामथर संकेत नं.६६(पदनाहा) को यौनाङ्गमा पसाएकोले सहन नसकि पिडितले मलाई भनेको र निज पिडितको ममिले  यौनाङ्ग हेर्दा निजको  यौनाङ्ग सुन्निएको देखि पिडितको ममि परिपर्तित नामथर संकेत नं.६६(पदनाहा१)ले यस इ.प्र.का.बनियाभारमा आई ऐ.१७:३० बजे जाहेरी दरखास्त दिएको हुदा यस इ.प्र.का.बनियाभारबाट प्र.स.नि.शिव नारायण चौधरीको कमाण्डमा ५ जनाको टोली खटि गई पिडक र पिडितलाई यस का.मा ल्याई सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको । दोलखा, विगु गा.पा. ४ सिंगटी स्थित रहेको सुरक्षा होटल एण्ड लजमा ऐ.ऐ. १ गंगोर खोला बस्ने चम्पा तामाङको छोरा बर्ष अ. २० को धनराज तामाङ र ऐ.ऐ. ५ चिलंखा बस्ने बर्ष अ. १५ की बालिका संगै बसेकोले निजहरुलाई नियन्त्रण गरि दिने भनि बालिकाको छिमेकीले ऐ. ४ गते अ. ००;३० बजेको समयमा इ.प्र.का. सिंगटीमा खबर गर्न साथ इ.प्र.का.सिंगटी दोलखाबाट प्र.नि. बिष्णुहरी फुँयालको कमाण्डमा महिला प्रहरी कर्मचारी सहित ५ जनाको टोली खटि गई निज दुबै बालिका र पुरुषलाई नियन्त्रण लिई इ.प्र.का. सिंगटीमा ल्याएकोमा निज बालिकालाई बिहान उपस्थित गराउने गरी आफन्त (आमा) लाई बुझाई पठाएको, पुरुष इ.प्र.का. सिंगटीको नियन्त्रणमा रहेको,अन्य अनुसन्धान कार्य भइ रहेको । रसुवा, उत्तरगया गा.पा.वडा न.२ सिम्ले बस्ने सुब्बा तामाङको छोरी वर्ष अ.१७ की बालिकालाई ऐ.बस्ने वर्ष अं.३५/३६ को दलबिर तामाङले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.डाडागाउँ र इ.प्र.का.कालिकास्थानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.तर्फ ल्याउदै गरेको । चोरी/लुटपाटकाठमाण्डौ, तारकेश्वर न.पा.०४ पुरानोगुहेश्वरी घर भई बस्ने बर्ष अं.३४/३५ कि सपना पुतुवारको चार तले घरको दोस्रो तलामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोकाको ताला फुटाली भित्र प्रवेश गरी दराजको ताला फुटाली दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य उक्त घटनाको बारेमा थप अनुसन्धान तथा खो.त.तथा संकित व्यक्तीको CCTV क्यामेरा हर्ने कार्य जारी रहेको, खबर प्राप्त १४:०० बजे, प्रहरी पुगेको १४:०५ बजे, प्र.स.नि.सहदेव बस्नेतको कमाण्डमा ५ जना, उक्त स्थान प्रहरी बृत्त बालाजु उत्तरतर्फ अं.२.५ किलो मिटर रहेको । निम्नः- १-सुनको सिक्री साढे एक तोला १ थान अं.मु.-४,६१,५५०।- २-सुनको कानमा लगाउने टप आधा तोला अं.मु.-१,५३,५८०।- जम्मा चोरी भएको अं.मु.-६,१५,४००।-(छ लाख पन्ध्र हजार चार सय ) ला.औ., मोरङ, विराटनगर म.न.पा.१६ दरैया स्थित ला.औ.नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०२-०५९ प.७७७६ नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडि सवार जि.सुनसरी इटहरी उ.म.न.पा.२ बस्ने वर्ष १९ की रोश्नी विश्वकर्माको साथबाट ८ ग्राम ७०० मिलिग्राम ला.औ.खैरो हेरोईन जस्तो देखीने पदार्थ फेला पारी उक्त ला.औ.र मो.सा.सहित निज रोश्नी विश्वकर्मा र मो.सा.चालक जि.मोरङ सुन्दर हरैचा न.पा.५ बस्ने वर्ष १९ को सुजल परियारलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१२।०३ गते ०५:०० बजे देखि २०८२।१२।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०४

कर्तव्य ज्यान,बाँके, बैजनाथ गा.पा.५ छमनिया बस्ने अं.वर्ष ५१ की भगवनी थारु र ऐ.बस्ने अं.वर्ष ५५ को सिताराम थारु बीच खेतबारीमा लगाएको मसुरोको बिषयमा विवाद हुँदा निज सिताराम थारुले धारिलो हतियार (हँसिया) प्रहार गर्दा भगवनी थारुको घटनास्थलमै मृत्यु भएको र निज भगवनी थारुको छोरा वर्ष ३५ को अर्जुन थारुलाई समेत निधारमा चोट लागि मेडिकल कलेज कोहलपुर बाँके पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको र भगवनी थारुको फुसले छाएको घरमा समेत आगो लगाई दिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुर बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँके पठाईएको, धारिलो हतियार प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । कञ्चनपुर, दोधारा चाँदनी न.पा. ०४ माननीय चोक बस्ने बर्ष अं. ५५ को  हरी प्रसाद श्रेष्ठले आफ्नै कान्छी आमा बर्ष अं. ७५ की बिन्द्रा श्रेष्ठलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र निजकै बहिनी बर्ष अं. ५० की भगवती देवी माझी (विवाहित माइती घरमा बस्दै आएकी) लाई समेत धारिलो हतियारले प्रहार गर्दा दाहिने हात र टाउकोमा चोट भई, उपचारको लागि दोधारा चाँदनी अस्पतालमा पठाई उपचार भइरहेकोमा ऐ.२१:४० बजे थप उपचारको लागि  महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरेको, अवस्था सिरियस), धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार रहेको खो.त. कार्य भइरहेको, उक्त स्थानमा जि.प्र.का.कञ्चनपुरबाट प्र.उ.को कमाण्डमा टोली खटि गएको, पुरानो जग्गा जमिन सम्बन्धी बाद-विवाद रहेको भन्ने बुझिएको, ने. प्र. प्र.का. महेन्द्रनगरबाट प्र.ना.नि.र ऐ.०४ गते ००:२० बजे सु.प.प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा DOG टोली गई आ.अ. भईरहेको, ऐ.०१:४० बजे,  Dog टोली फिर्ता भएको, निज हरि प्रसाद श्रेष्ठको खो.त. कार्य भईरहेको । ज.ज.क.,झापा, मिति २०८२।०७।२८ गते अं.१२:०० बजे जि.झापा अर्जुनधारा न.पा. -५ बस्ने बर्ष अं. ३३ की (सुस्त मनस्थितिको जस्तो देखिने) महिलालाई घर कोठामा गई ऐ.ऐ. बस्ने बर्ष अं.७० को शंकर चापागाईले ललाई फकाई बिबाह गर्छु भनि ज.ज.क. गरी ४ महिनाको गर्भ समेत रहेको भनि पीडितको आफन्तहरुले ज.ज.क. गर्ने शंकर चापागाईलाई  समेत साथमा ल्याई ऐ.१२।०३ गते अं.२०:०० बजे इ.प्र.का. अनारमनीमा जाहेरी दिएकोले ज.ज.क. गर्ने निज शंकर चापागाईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको । कैदी मृत्यु,रुकुम पश्चिम, बाँफिकोट गा.पा. १० घर भई, मिति २०८०/१२/२२ गते जिल्ला अदालत रुकुम पश्चिमको पत्र आदेशले कर्तव्य ज्यान सम्बन्धी कसुरमा १० (दश) बर्ष कैद र १०,०००।- (दश हजार जरिवाना) तोकी जिल्ला कारागार रुकुम पश्चिममा कैद भुक्तान गरिरहेको बर्ष ६० को मन बहादुर बुढा पहिला देखि नै दमको बिरामी रहेकोमा आज राति सुतिररहेको अबस्थामा जेल प्रशासनले चेकजाँच गर्ने क्रममा निजलाई अचेत अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाईएको, साथमा १ जना जेल प्रशासनले नाइके, कार्यालय सहयोगी पठाएको र का.सु.गार्ड रुकुम पश्चिमबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गएको,ऐ.०२:३० बजे जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भर्ना भई उपचार भईरहेको अबस्था अचेत रहेकोमा, ऐ.०५:०३ बजे उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको । ला.औ., झापा, भद्रपुर न.पा. ६ स्थित ऐ.बस्ने श्रवण यादवको घरमा ला.औ. रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि को  टोलीले निजको घर खानतलासी गर्दा निजको किचनकोठामा रहेको किचनर्‍याक भित्र रहेको प्लाष्टिकको बाल्टीनमा कालो प्लाष्टिकमा पोको पारी राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ५० ग्राम ४३० मि.लि. ग्राम फेला पारी ला.औ. सहित ऐ. भद्रपुर न.पा. ६ बस्ने अं.वर्ष ३१ को श्रवण यादव सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।

मिति २०८२।१२।०२ गते ०५:०० बजे देखि २०८२।१२।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०३

कर्तव्य ज्यान,बाजुरा, स्वामिकार्तिक खापर गा.पा.२ पुडेनी स्थित ऐ.बस्ने वर्ष अं.४० को धन बहादुर महतरा र निजको छोरा वर्ष अं.१८ को हेमराज महतराले ऐ.बस्ने रुद्रलाल बुढाको छोरा वर्ष ३५ को सर्बाश बुढालाई ढुङ्गाले टाउकोमा हानी गम्भीर घाइते बनाई घटनास्थलमै मृत्यु भएको भनी ऐ.१९:०० बजे ऐ. वडा नं.२ का वडा अध्यक्ष बिष्णु बहादुर बुढाले टेलिफोन मार्फत अ.प्र.पो.मुक्तिकोटमा जानकारी गराउनासाथ ऐ.१९:१० बजे अ.प्र.पो.मुक्तिकोटबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई कुटपिट गर्ने धन बहादुर महतरालाई नियन्त्रणमा लिएको र कुटपिटमा संलग्न निज धन बहादुर महतराको छोरा वर्ष अ.१८ को हेमराज महतरा फरार रहेको, खो.त.भइरहेको, कुटपिट गर्नुको कारण पिडक धन बहादुर महतराको श्रीमती वर्ष अं.३५ की सिद्धी महतराको सम्बन्ध बिच्छेदको मुद्धा बाजुरा जिल्ला अदालत बाजुरामा दर्ता भएको र मृतक सर्बाश बुढाको निज महिला सँग अनैतिक सम्बन्ध रहेको आसंकामा कुटपिट गरी मृत्यु भएको पिडित परिवारबाट खुल्न आएको, उक्त स्थान अ.प्र.पोष्ट मुक्तिकोटबाट अं.१ घण्टा ३० मिनेट पैदल पश्चिम पर्ने । प्रनि बिकास राम शाहको कमाण्डमा SOCO सहितको टोलि आउदै गरेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,धादिङ, मिति २०८२/११/०३ गते अं.२०:३० बजे जि.धादिङ सिद्धलेक गा.पा.१ कालिदह स्थितमा वर्ष २३ की महिलालाई जि.धादिङ गल्छि गा.पा.८ अठ्ठाईस किलो मासटार बस्ने वर्ष ३३ को पुरुषले ज.ज.क.गरेको भनि पिडित महिलाले मिति २०८२/१२/०१ गते जि.प्र.का.धादिङमा जाहेरी दरखास्त दिनासाथ उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई गएको,घटनामा संलग्न प्रतिबादी फरार रहेको,खो.त.कार्य जारी रहेको । दाङ, बंगलाचुली गा.पा.३ दाङवाङ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१७ चौघेरा स्थित डेरा कोठा गरी बस्ने वर्ष ३४ को पुरुषले आफ्नो साली वर्ष १४ की बालिकालाई डेरा कोठामा ल्याई ललाई फकाई गरी घुम्न जाउँ भनी मिति २०८२।११।११ गते बिहानको समयमा बाह्रकुने दह मन्दिरमा लिई गई डेराकोठामा फर्की नगई ऐ.१५ ट्राफिक चोक नजिक रहेको भिरकुना होटल एण्ड लजमा लगी पिडितको ईच्छा बिपरित ऐ.११ गते, १२ र १३ गते १/१ पटक जबरजस्ती करणी गरी ऐ.१४ गते ऐ.१८ स्थित रहेको गोरक्ष सामुदायिक वन जंगलमा लिई सो जंगलको भुई जमिनमा करणी गरेको घटनाको सम्बन्धमा निज पिडितले छिमेकीलाई जानकारी गराई छिमेकीले निज पिडितलाई साथमा लिइ मिति २०८२।१२।०१ गते अं.२०:०० बजे जि.प्र.का.दाङमा उपस्थित भई घटनाको बारेमा जानकारी गराई किटानी जाहेरी पेश गरेपछी जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली निज अन्यायी परिवर्तित नामथर ५६(०८२/०८३) घोराही २८७ (ख) बस्दै आएको डेराकोठामा खटिई फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई सोधपुछ पश्चात तत्काल बिस्तृत स्वास्थ्य परिक्षणको गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाई स्वास्थ्य परीक्षणको कार्य सम्पन्न नभई निज पिडितलाई घोराही बजारमा रहेको सेफ हाउसमा राखी मिति २०८२।१२।०२ गते बिस्तृत स्वास्थ्य परीक्षणको लगायतको कार्य सम्पन्न भई पिडितलाई अभिभावकको जिम्मामा पठाई प्रतिवादीलाई पहिलो पटक म्यादथपको लागि जिल्ला सरकारी वकील कार्यालय घोराही दाङमा उपस्थित गराई मिति २०८२।१२।०१ गते देखी लागु हुने गरी पहिलो पटक दिन ५ (पाँच) को म्यादथप अनुमती प्रदान भई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको । पक्राउ/ नियन्त्रण,काठमाण्डौ, मिति २०८२।१२।०१ गते अं.१८:०० बजे नागार्जुन न.पा.८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्र. नि.को कमाण्डमा टोलीले नागार्जुन न.पा.८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने जि.काठमाडौं नागार्जुन न.पा.८ भिमढु‌ङ्गा घर बस्ने वर्ष २८ को सागर गिरी र ऐ.बस्ने वर्ष २८ को प्रमोद प्रसाद धिताल रु.१ करोड १६ लाख रुपैयाँ नगद, विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान ३, विभिन्न व्यक्तिको नाममा काटेको रु.२७ लाख ३४ हजार रुपैयाँको चेक थान ३, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान ४, नागरिकता थान १, चार पाङ्ग्रे सावरी साधन २, २ पाङ्ग्रे सवारी साधन १,सवारी दर्ता किताब थान ३, विभिन्न कम्पनीको मोबाइल फोन थान ६, NCELL NTC को SIM Card थान ३१, Computer सेट १, Bianace खातामा रहेको रकम 7,175.34 USD सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको पक्राउ परेका मानिसहरु  जिल्ला प्रहरी परिसर काठमाडौं ल्याई ऐ.१२।०२ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अ.अ.भईरहेको । चोरी/ठगी,मकवानपुर, ईन्द्रसरोबर गा.पा.२ कलंकि नजिक  डाँडा  माथि जाने जंगलको भित्रि बाटोमा डलर साट्ने बिषयमा ठगि भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खानिखेत मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.चित्लाङ मकवानपुर,अ.प्र.पोष्ट मार्खु मकवानपुरबाट समेत गरी ७ जना संयुक्त प्रहरी टोली खटि गई बुझ्दा  जि.कास्की पोखरा म.न.पा.३० बस्ने सरोज भुर्तेल,ऐ.२७ बस्ने मुकुन्द पौडलले बिकास मोक्तान नाम बताउने संग डलर नेपाली रुपैया संग साट्ने कुरा गरी आजै पोखराबाट आई उल्लेखित स्थानमा पुगि खैरो ज्याकेट,निलो जिन्स पाईट लगाएको, दात हल्का माथिको छिद्रा भएको स्पोर्ट,सुज लगाएको तामाङ समुदायको जस्तो देखिने पैदल आएका दुई जना ब्यक्तिले प्लाष्टिकको झोलामा पैसाको साईजमा कटिङ गरेको कागज राखि रुमालमा पोको पारी डलर पैसा छ भनि हामिलाई दिई  सरोज भुर्तेलले लिई गएको नेपाली रु.२१लाख ५० हजार उक्त ब्यक्तिलाई दिई डलर भएको रुमालको पोको ठगिएको स्थान देखि अं.१५० मि. तल आई खोली हेर्दा पैसाको साईजमा काटिएको कागज रहेको थाहा पाई आफु ठगिमा परेको कुरा प्रहरीलाई ऐ.१४:४० बजे जानकारी गराएको हुँदा थप अनुसन्धान तथा खो.त.को लागी चेकिङ सहित काठमाण्डौ जिल्लाको सिमाना जोडिएको प्रहरी कार्यालसंग समन्वय गरीएको । ला.औ.,बारा, निजगढ न.पा.१० निजगढ रतनपुर सडक खण्डमा जंगल एरिया भित्री बाटोमा अ.प्र.पोष्ट रतनपुरबाट प्र.ब.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा रतनपुरबाट निजगढ तर्फ आउदै गरेको नं. नखुलेको मो.सा.लाई संका लागी रोकी चेकजाँच गर्न गर्दा मो.सा.मा पछाडी सवार व्यक्तीलाई सोहि स्थानमा छाडी मो.सा.र मो.सा.चालक फरार भएको, पछाडी सवार जिल्ला रौतहट गौर न.पा.४ टिकुलिया बस्ने बयनाथ पटेलको छोरा अं.वर्ष २२ को साजन पटेललाई चेकजाँच गर्दा निजको साथमा रहेको २ वटा पछाडी भिर्ने कालो झोलामा रातो पलास्टिकमा प्याक गरी लुकाईछिपाई राखिएको अबैध ला.औ.अं.१६ के.जि.३४० ग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.निजगढमा बुझाएको ।  काठमाण्डौ, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगडी देखि काठमाण्डौतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३५६८ नं.को यात्रुवाहक बसलाई प्रभाग नागढुङ्गाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोली तथा ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको अन्तिम सिटमा सवार जि.बर्दिया बाँसगडी न.पा.६ बस्ने अं.वर्ष २८ को धन बहादुर कठायातलाई शंका लागी चेकजाँच गर्दा निजले कालो प्लाष्टिकले बेरी पर्स भित्र राखी लुकाई छिपाई गरि ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको हुदाँ उक्त पदार्थलाई प्लाष्टिक सहित तौल गर्दा शुद्ध तौल ११ ग्राम रहेकोले  धन बहादुर कठायतलाई प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि बृत्त थानकोट पठाईएको ।

मिति २०८२।१२।०१ गते ०५:०० बजे देखि २०८२।१२।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०२

ज.ज.क./बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.वडा नं.९ वर्ष १० की बालिकालाई जि.संखुवासभा  चैनपुर न.पा.०३ बस्ने अ. वर्ष २० को दावा शेर्पाले ललाई फकाई गरी ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । संखुवासभा, मिति २०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.०९ बस्ने वर्ष १७ की  बालिकालाई जि.संखुवासभा चैनपुर न.पा.०६ बस्ने अ.वर्ष २० को पेम्वा  शेर्पाले ललाई फकाई गरी श्री मार्गेश्वरी  आधारभुत विद्यालयको प्राङगणमा रहेको फलैचामा लगि बालयौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको । उदयपुर, मिति २०८२।११।१८ गते कटारी न.पा. वडा नं. ५ भोर्ले बस्ने अ.वर्ष ३५ को भेष बहादुर श्रेष्ठले पीडितको घरमा गई वर्ष ३८ की महिलालाई पटक-पटक ज.ज.क.गरेको भनि पीडितले ऐ.०१ गते १७:३० बजे इ.प्र.का.कटारी उदयपुरमा जाहेरी दिन साथ इ.प्र.का.कटारी उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कपिलवस्तु, मिति २०८२।११।२४ गते अं.१५:०० बजे वाणगंगा न.पा. १ उप्टहवा स्थित जंगलमा ऐ.बस्ने राम बहादुर सार्किको छोरा वर्ष १८ को केशब नेपाली भन्ने केशब सार्कीले ललाई फकाई गरी वाणगंगा न.पा.२ नन्दनगर बस्ने वर्ष १५ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई  थप अनुसन्धान भईरहेको । प्यूठान, मिति २०८२।११।१८ गते अ.१८:०० बजे गौमुखी गा.पा.६ लिबाङ बस्ने वर्ष अं.१७ की बालिका ( ग बर्गको अपाङ्गता परिचय पत्र भएकी ) लाई ऐ. झिमरुक गा.पा. ५ दिहाल्ना गएकोमा घर तर्फ फर्कने क्रममा जि.प्युठान गौमुखी गा.पा. वडा नं. ४ बस्ने वर्ष १९ को बाबुराम सुनारलाई मो.सा.मा लिफ्ट मागेको र जि.प्युठान गौमुखी गा.पा.६ सिउरेपैरा सामुदायिक जगंलमा रोकी ज.ज.क.गरेको भनि ऐ.०१ गते १६:५० बजे जि.प्र.का. प्युठानमा जाहेरी दिएकोले   इ.प्र.का.पुजालिबासे प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकको खो.त.भईरहेको,पिडितको अवस्था सामान्य रहेको । कैलाली, धनगढी उ.म.न.पा.१८ वर्ष ४८ को प्रेम भन्ने सोभान बि.क.ले बिभिन्न लोभ लालच,प्रलोभनमा पारी अनैतिक कृयाकलाप गर्न खोजेको हुदा निज व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहि गरी पाँउ भनि ऐ. बस्ने वर्ष १३ की नाबालिकाको आमाले  ऐ.०१ गते अं. २१:३० बजे इ.प्र.का.बहुलिया कैलालीमा निबेदन दिईएकोमा इ.प्र.का. बहुलिया कैलालीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कुटपिट,भोजपुर, टेम्केमैयुङ गा.पा. ६ गुठ्ठ बस्ने उमेश गजमेरको श्रीमती अं. बर्ष ३० की ममिता गजमेर (५ महिनाको गर्भवती रहेको) लाई ऐ.ऐ. बस्ने मईते बि.क. को श्रीमती अं. बर्ष ५७ की बिमला गजमेरले सामान्य घरायसी बादबिवादको कारण कुटपिट गरेको र आज मिति २०८२।१२।०१ गते १३;३० बजेको समयमा निज ममिता गजमेरको ५ महिनाको गर्भ पतन भएको भन्ने खबर प्र.चौ.कोट भोजपुरमा जानकारी प्राप्त हुँनासाथ तत्काल प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि. जित बहादुर कार्कीको कमाण्डमा टोलि खटि गई कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको, ५ महिनाको गर्भ पतन भएको लास लाई जिल्ला अस्पतालको शबगृहमा राखिएको । ला.औ., सुनसरी, कोशी गा.पा.१ भन्सार टोल स्थितमा इ.प्र.का.लौकहीबाट प्र.व.ना.नि.र लागु औषध नियन्त्रण व्यूरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नं.मो.सा.लाई चेकजाँच गर्दा मो.सा.चालक ऐ. दुहवी न.पा.२ बस्ने वर्ष २१ को सुशान्त चौधरीको साथबाट ८ ग्राम ११० मिलिग्राम, पछाडी सवार ऐ. दुहवी न.पा.१० बस्ने वर्ष २५ को मेराज र ऐ. भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड स्थितबाट ऐ. कानेपोखरी गा.पा.७ बस्ने वर्ष ३४ को शुरेन्द्र जिमीको साथबाट शुद्ध तौल ६.३९० ग्राम ला.औ. (खैरो हेरोईन) गरी जम्मा ला.औ. १४.५ ग्राम बरामद गरी मो.सा.सहित निजहरूलाई  नियन्त्रणमा लिई इ.प्र.का.लौकहीमा राखी थप अनुसन्धान भईरहेको ।

मिति २०८२।११।३० गते ०५:०० बजे देखि २०८२।१२।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०१

शंकास्पद मृत्यु,सिन्धुपाल्चोक, बलेफी गा.पा. ७ माथिल्लो चिम्लिङ बस्ने वर्ष ३३ को तिर्थे भन्ने मिलन लामा आफ्नै घरको कोठामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.लामोसाँघुबाट प्र.ना.नि. र इ.प्र.का. बाह्रबिसेबाट प्र.नि.को कमाण्डमा टोली घटनास्थलमा पुगी बुझ्दा निज मृतक ऐ.११।२१ गते निर्वाचनको दिन देखि नदेखिएको, घरको ढोका बाहिरबाट ताल्चा लगाएको र भित्र खाटमा मृत अवस्थामा फेला परेको, ऐ. ११।२१ गते राती घर भन्दा अं. १.५ कि.मि. तल गाँउ चिम्लिङमा निजसँग झै-झगडा भएको भन्ने बुझिएकोले प्र.नि.को कमाण्डमा खटी गई बुझ्दा मृतक मिलन लामा मिति २०८२।११।२१ गते राती अं.२३:०० बजे ऐ. चिम्लिङ बस्ने अं.वर्ष ५२ की जित कुमारी बि.क.को घरमा जित कुमारीसँग आपत्तिजनक अवस्थामा फेला पारी निज महिलाको भतिज नाता पर्ने ऐ. बलेफी गा.पा. ७ चिम्लिङ बस्ने वर्ष ५० को लाल बहादुर कामी लगायत ५ जनाले कुटपिट गरेको भन्ने बुझिएको, महिला सहित निजहरु हाल गाँउमा नरहेको, फरार रहेकोले खो.त.कार्य भईरहेको मृतकको दाजुभाई काठमाण्डौबाट आउँदै, श्रीमती र छोरी समेत काठमाण्डौमा बस्ने गरेको भन्ने बुझिएको, ऐ.१८:१५ बजे मृतकको आफन्त आई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ लिई हिँडेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,ओखलढुङ्गा, सिद्धिचरण न.पा.०६ जन्तरखानी बाख्रे बस्ने अं.वर्ष १५ की बालिका मिति २०८२।११।२९ गते बिहान एक्कासी बिरामी भई वोङछु शेर्पा मेमोरियल अस्पताल सोलुखुम्बु लगि चेकजाँच गर्दा निजको पेटमा गर्भ रहेको भनि मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई सोधपुछ गर्दा ऐ.११।०५ गते ऐ.न.पा.०६ जन्तरखानी बाख्रे बस्ने अं.वर्ष २३ को अनिल मगरले आफ्नै घर नजिकै रहेको जंगलमा र १५ गते अं.१७:३० बजे ऐ. बस्ने अं. वर्ष ५९ को निम बहादुर मगरले आफ्नै सुत्ने कोठामा लगि ज.ज.क.गरेको भनि ऐ.३० गते १९:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा टोलि खटी दुबै जना प्रतिबादीहरुलाई नियन्त्रणमा लिई पिडकहरु र पिडित ३ जनालाई यौनजन्य स्वास्थय परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ पठाएको । नवजात शीशु मृत फेला,सुनसरी, इटहरी उ.म.न.पा.८ भेटनरी चोक स्थित ट्याङग्रा खोलाको कलबर्ट मुनि अं.३/४ महिनाको जस्तो देखिने(बालक) साल-नाल सहितको नवजात शीशु मृत अवस्थामा पानीमा डुबिरहेको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का.इटहीबाट प्र.ह.र इ.प्र.का.इटहरीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको टोली खटी गई शवको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी ऐ.१४:०० बजे पो.मा.को लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको । लागु औषध,सप्तरी, तिरहुत गा.पा. २ बडहरा स्थितमा कंचनपुर राजबिराज हुलाकी सडक खण्डमा इ.प्र.का. कंचनपुर सप्तरीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा कंचनपुरबाट डिमन तर्फ जादै गरेको प्र.२-०१-००१ ह ००२२ नं. को अटो रोकी चेकजाँच गर्दा अटो भित्र ३ वटा सेतो बोरा र १ वटा पहेलो बोरा गरी जम्मा -४ बोरा रहेकोमा उक्त बोराहरु खोली हेर्दा कालो प्लाष्टिकमा ६ पोका रहेको, तौल गर्दा प्लास्टिक सहित १११.८ के.जी र बोरा प्लाष्टिक बाहेक १०५.५ के.जी. ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी रितपुर्बक बरामद गरी अटो चालक जि. सप्तरी कंचनरुप न.पा. ७ सितापुर बस्ने बर्ष अं. ४३ को ओम प्रकाश भन्ने जामुन महतो र सोही अटोमा सवार रहेको ऐ.ऐ. बस्ने अजय सरदारको श्रीमती अं. बर्ष २८ की कबिता कुमारी माझी सहित ला.औ गाँजा र अटो नियन्त्रणमा लिई  इ.प्र.का. कन्चनपुरमा ल्याई राखेको ।  पर्सा, पर्सागढी न.पा. ३ बड्नियार पुल स्थित इ.प्र.का. पटेर्वासुगौलीबाट प्र.नि. को कमाण्डमा ट्राफिक सहितको टोलीले सवारी साधान चेकजाच गर्ने क्रममा मिलनचोकबाट बड्नियार तर्फ आउदै गरेको न.नखुलेको निलो रङको एभेन्जर मो.सा. तिब्र गतिमा रहेकोमा २ जना सवार भएको ऐ.मो.सा. पछाडी सवार महिलाले कालो रङको झोला फाली भागेकोमा ऐ.झोला खोली हेर्दा रातो पलाष्टिक सहित अं.१० के.जि. ७००ग्राम बराबरको ला.औ. गाँजा नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का. पटेर्वासुगौली पठाइएको ।

मिति २०८२।११।२९ गते ०५:०० बजे देखि २०८२।११।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-३०

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।११।२६ गते अं.२३:०० बजे मेचिनगर न.पा.१३ चारआलि ईलाम रोड स्थित ओझा होटल एण्ड लजमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका १६ बस्ने वर्ष ४७ को प्रवेक डंगोलले जि.पाँचथर यङवरक गा.पा.१ च्याङथापु घर भई हाल जि.झापा बुद्धशान्ति गा.पा.३ बुधबारे बस्ने वर्ष ३२ की महिलालाई ज.ज.क.गरेको भनी पीडित आफैले मिति २०८२।११।२९ गते अं.१८:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.धुलाबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकको खो.त.कार्य जारी,  हाल फरार रहेको, पीडितलाई प्रादेशिक अस्पताल भद्रपुर झापामा लगी यौनजन्य स्वास्थ्य परिक्षण गरिएको । सुर्खेत, भेरीगंगा न.पा.११ बस्ने रत्न बहादुर खड्काको छोरा वर्ष ११ को बालकले ऐ.बस्ने वर्ष ५ की बालिकालाई पीडितको घरमा कोही नभएको अवस्थामा घर देखि अं.४०० मिटर पूर्व गहुँ बारिमा लगि ज.ज.क.गरेको भनी पिडितको बुवा दिल वि.क.ले ऐ.२३:३० बजे अ.प्र.पोष्ट चिप्लेमा जानकारी गराए पश्चात् अ.प्र.पोष्ट चिप्लेबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिएको,  दुबै जनालाई इ.प्र.का.छिन्चु सुर्खेतबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले यौनजन्य स्वास्थ्य परीक्षणको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ लिई गएको, पीडितको अवस्था सामान्य रहेको । अर्घाखाँचि, छत्रदेव गा.पा.१ चिदिका स्थित ऐ.बस्ने सन्धिखर्क १४ ङ को छोरी वर्ष ७ कि परिवर्तित नाम सन्धिखर्क १४ क लाई ऐ.बस्ने सन्धिखर्क १४ घ को छोरा वर्ष १५ को परिवर्तित नाम सन्धिखर्क १४ च ले ललाई फकाई गरी खेतमा ज.ज.क.गरेको भनी मिति २०८२।११।२८ गते जानकारी गराए पश्चात प्र.स.नि.बसन्त सिंह ठकुरीको कमाण्डमा २ जना खटिगई निज पिडकलाई नियन्त्रणमा लिईएको । अवैध (श्रोत नखुलेको) रकम बरामद, झापा, बिर्तामोड न.पा.४ मियाबारी बस्ने जगत बस्नेतको घरमा ला.औ.बिक्री बितरण भईरहेको तथा चोरीका धनमाल लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.अनारमनीबाट प्र.ना.नि.को कमाण्डमा र ला.औ.ब्युरो काकरभिट्टाको प्र.ना.नि.को कमाण्डमा टोली खटी गइ चेकजाँच गर्दा ला.औ.फेला नपरेको र सोहि घरमा डेरा गरी बस्ने तत्काल वतन नखुलेकी वर्ष २८ की मसिना खातुन र निजकै छोरी वर्ष १४ की आशिका खातुनलाई नगद नेपाली रु ६,३५,४६०।- (छ लाख पैंतिस हजार चार सय साठी) र भारतिय रकम रु २,४६,०००।– (दुई लाख छयालिस हजार) र अं.३ तोला सुनका विभिन्न गरगहना र अ.४ तोला चाँदीका बिभिन्न गरगहना साथै मे ६ प ४९१ न. को मो.सा.समेत बरामद गरी चोरी सँग सम्बन्धित हुन सक्ने हुँदा निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको, निज मसिना खातुनको श्रीमान वर्ष ३२ को आशिक आलम तत्काल फरार रहेको, खो.त.कार्य भईरहेको ।