मिति २०८२।०२।१९ गते देखि ऐ. २० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२०
- A
- A-
- A+
सिन |
स्थान |
विवरण |
कै |
ज.ज.क. |
|||
१ |
कैलाली, टीकापुर न.पा.१
वनगाँउ दक्षिण पुरुवा
|
टीकापुर
न.पा.१ वनगाँउ दक्षिण पुरुवा बस्ने वर्ष १८ की बालिकालाई मिति २०८२।०२।१५ गते राती
२३:३० बजे आफ्नो घरमा सुतिरहेको अवस्थामा ऐ. बस्ने वर्ष २३ को ओमप्रकाश घर्ती मगरले
ढोका खोल्नुस भने पछि मैले राम्रो सँग चिने जानेको मेरो नाता पर्ने मानिस भएकोले मैले कोठाको ढोका
खोले पछि कोठामा प्रवेश गरि ढोकाको चुक्कल लगाई मुख छोपी, डर,
धम्की देखाई ज.ज.क. गरको भनि पीडितले ऐ. १९ गते ०६:०० बजे इ.प्र.का.टिकापुरमा
किटानी जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.टिकापुरमा
राखी आ.अ.भईरहेको । |
|
२ |
इलाम, माई न.पा.४
शुक्रबारे बजार
|
माई
न.पा.४ शुक्रबारे बजार बस्ने वर्ष अं.५ की बालिकालाई ऐ.५ कालिखोला घर भई हाल ऐ.४
शुक्रबारे बस्ने मनमाया फागो (लिम्बु) को घरमा डेरा गरी बस्ने अं.वर्ष १५ को बालकले
ललाई फकाई प्रलोभनमा पारी निजको घर कोठामा मिति २०८२।०२।०२ गते अं.१७:४५ बजे ज.ज.क.गरेको
भनी मिति २०८२।०२।१९ गते पिडितको आमाले जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिनासाथ
प्र.चौ.दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडक बालकलाई नियन्त्रणमा
लिई जि.प्र.का.इलाममा राखी आ.अ.भईरहेको । |
|
अन्य (नाबालकलाई
बन्धक बनाई राखेको) |
|||
१ |
धनुषा, औरही गा.पा.४
|
औरही
गा.पा.४ बस्ने रंगलेश ठाकुर बरहीको छोरा अं.वर्ष २ को आहान शर्मालाई घरायसी रिसबीको
कारण निजकी ठुली आमा एकाघर सगोलमा बस्ने नरेश ठाकुर बरहीको श्रीमती अं.वर्ष ३५ की
निर्मला देवी ठाकुर बरहीले आफ्नो कोठामा राखेको स्टिलको दराज भित्र थुनेर राखेको
अवस्थामा निज आहान शर्माको बुवाले देखी उक्त दराजबाट निकाली उपचारको लागि नव जिवन
अस्पताल जनकपुर लगेर उपचार भईरहेको, अवस्था गम्भीर रहेको भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का.औरहीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज निर्मला
देवी ठाकुर बरहीलाई नियन्त्रणमा लिई इ.प्र.का.औरहीमा राखी आ.अ.भइरहेको । |
|
ला.औ. |
|||
१ |
बाँके, डुडुवा गा.पा.१
बोडर चौफेरी
|
डुडुवा
गा.पा.१ बोडर चौफेरी स्थित शसस्त्र प्रहरी बल टेपरीबाट प्र.स.ह.को कमाण्डमा खटिएको
सिभिल टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको चालक ऐ.नेपालगंज उ.म.न.पा.२१ बस्ने वर्ष
२२ को अब्दुल करिम खानले चलाएको UP40W1992
नं.को मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष १८ को बाबु बेहना दुबै जनालाई शंका लागी
चेकजाँच गर्दा निजहरुको साथबाट ५० ग्राम १३० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने
खैरो धुलो पदार्थ फेला परेको भनी प्र.चौ.खडैचामा जानकारी गराउनासाथ प्र.चौ.खडैचाबाट
प्र.स.नि.को कमाण्डमा र जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त
ला.औ.र मो.सा.सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा राखी आ.अ.भइरहेको,
उक्त स्थान प्र.चौ.खडैचाबाट अं.३ कि.मि.पूर्व पर्ने । |
|
२ |
मोरङ, उर्लाबारी न.पा.१
हिलेडाँगी
|
उर्लाबारी
न.पा.१ हिलेडाँगी बस्ने वर्ष ३१ को सनम माझीले प्राप्त हुनासाथ इप्रका उर्लाबारीबाट
प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निजको घर तलासी लिदा निजको घरको कोठामा
लुकाई राखेको प्रतिबन्धित औषधी Vomine 25 लेखिएको १० पत्ता जम्मा
१०० ट्याबलेट, Antikof लेखिएको ७० पत्ता जम्मा ७०० ट्याबलेट, Tramadol लेखिएको
७० पत्ता जम्मा ७०० क्याप्सुल र नगद रु.२ हजार १ सय फेला पारी उक्त प्रतिबन्धित औषधी
तथा नगद सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.उर्लाबारीमा राखी आ.अ.भईरहेको,
उक्त स्थान इ.प्र.का.उर्लाबारीबाट अं.५ कि.मि.पश्चिम उत्तर पर्ने । |
|