मिति २०८२।०२।२० गते देखि ऐ. २१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२१
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तव्य ज्यान |
|||
१ |
ताप्लेजुङ
|
फुङलिङ न.पा.०६
उकाली पानी बस्ने वर्ष ३२ को अर्जुन गुरुङ र निजको श्रीमती सरिता लिम्बु फक्क्तालुङ गा.पा.३ तावा बस्ने आफ्नै फुपु योगमाया लिम्बुको घरमा पाहुना गएकोमा अर्जुन गुरुङ र निजको श्रीमती
बिच सामान्य विवाद भई झगडा भएको र निज फूपुले सम्झाई बुझाई गरी श्रीमति सहित छिमेकी
ऐ.खड्क बहादुर लिम्बुको छोरा वर्ष २८ को तेजेन्द्र लिम्बुको साथ लगाई फुङलिङ न.पा.६
उकाली पानी घर आउने क्रममा फक्क्तालुङ गा.पा.३
सिस्ने खोलामा नजिकै बाटोमा निज अर्जुन गुरुङले एक्कासी धारिलो हतियार खुकुरीले निज
तेजेन्द्र लिम्बुको बाँया पट्टीको कोखमा प्रहार गर्दा घटनास्थालमै मृत्यु भएको भन्ने
खबर प्राप्त हुनासाथ प्र.चौ.सिवाबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गई धारिलो हतियार
खुकुरी प्रहार गर्ने अर्जुन गुरुङ खुकुरी सहित फरार रहेको,खो.त.भईरहेको,निजको श्रीमती सरिता लिम्बु प्रहरीको नियन्त्रणमा । |
|
२. |
सप्तरी
|
मिति २०८२।०२।१७
गते अं.०६:०० बजे बोदेबर्साईन न.पा.९ सिमरहा बस्ने यदुनन्दन साहको छोरा अं.वर्ष ४५
को गन्जेश्वर साह र ऐ.बस्ने वर्ष ४६ को मुनेश्वर साह बिच जग्गाको बिषयलाई लिएर बादबिवाद
भइ झै-झगडा/कुटपिट हुँदा अं.वर्ष ४५ को जुन्जेश्वर साहको पेटमा चोट अवस्था समान्य, निजको
श्रीमती अं.वर्ष ४२ की समुन्द्री देवी साहको दाहिने खुट्टामा चोट अवस्था सामान्य
र ऐ.बस्ने यदुनन्दन साहको श्रीमति वर्ष ६५ की आशा देवी साहको टाउको, छातीमा चोट अवस्था समान्य, ऐ.बस्ने मुनेश्वर साहको
श्रीमति वर्ष ३४ की ममता कुमारी साहको दाहिने बुढी औलामा चोट लागि चारै जना घाईते
भई स्थानीय मेडिकल सिमरहा चोकमा उपचार भई ऐ.०९:०० बजे चारै जना डिस्चार्ज भई घर तर्फ
गएकोमा घाईते मध्ये वर्ष ६५ की आशा देबी साह (बिगत केही समय अगाडी देखि मुटु सम्बन्धि
बिरामी रहि औषधी सेवन गर्दै आईरहेको भन्ने बुझिएको) को ऐ.०२।२० गते अं.१०:०० बजे मृत्यु भएको भनी ऐ.१३:०० बजे प्र.चौ.देउरीमा जानकारी
प्राप्त हुनासाथ प्र.स.नि.र इ.प्र.का.कडरबोनाबाट प्र.नि.को टोली खटी गई प्रारम्भिक
अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज
सप्तरी तर्फ पठाइएको, कुटपिट गर्ने गन्जेश्वर साहलाई नियन्त्रणमा
लिई इ.प्र.का.कडरबोनामा राखी आ.अ.भईरहेको । |
|
ज.ज.क./यौन
दुर्व्यवहार |
|||
१. |
मकवानपुर
|
राक्सिराङ गा.पा.२
भाडि बस्ने अं.वर्ष ८ की बालिकालाई मिति २०८२।०२।१५ गते अं.१५:३० बजे घरमा कोही पनी
नभएको अवस्थामा ऐ. राक्सिराङ गा.पा.२ भाडी बस्ने अं.वर्ष २३ को जिवन तामाङले जवरजस्ती
करणी गरेको भनी लिखित जाहेरी ऐ.०२।२० गते
अं.०७:०० बजे इ.प्र.का.मनहरीमा प्राप्त हुनासाथ
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न रहेको पीडक जिवन तामाङलाई
नियन्त्रणमा लिई इ.प्र.का.मनहरीमा राखी थप अनुसन्धान भईरहेको, पीडित
बालिका अबिभावकको साथमा रहेको, स्वास्थ्य परिक्षणको लागि हेटौडा
अस्पताल पठाउने तयारी भईरहेको । |
|
२ |
मकवानपुर
|
थाहा न.पा.१२
नेत्राङ स्थित अं.२८।२९ महिना कि बालिकालाई सोही स्थान बस्ने वर्ष अं.१३ को बालकले
आफ्नो घरमा बोलाई ज.ज.क. गरेको भन्ने खबर उक्त वडाको वडा अध्यक्षले टेलिफोन मार्फत
इ.प्र.का.पालुङ मकवानपुर जानकारी गराउना साथ प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थलमा
पुगि ज.ज.क.गर्ने बालकलाई नियन्त्रणमा लिएको, बालिकाको स्वास्थ्य अवस्था सामान्य
रहेको र परिवारको साथमा रहेको, थप अनुसन्धान तथा घटनास्थल मुचुल्का
सुरु भएको । |
|
३ |
तेह्रथुम
|
आठराई गा.पा.३
ह्वाकु बस्ने वर्ष १४ की बालिकालाई को-कस्ले के-कुन मितिमा ज.ज.क. गरी अं.५ महिनाको
गर्भवती भएकोले आवश्यक अनुसन्धान गरी पाँउ भनि निजको आफन्तले ऐ.०२।१९ गते १०:०० बजे
इ.प्र.का.आठराईमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.
आठराई गा.पा.३ ह्वाकु बस्ने वर्ष २६ को बिशाल गुरुङले मिति २०८१।०८।२७ गते निज बालिकालाई
ज.ज.क.गरेको भनी अनुसन्धानबाट खुल्न आएकोले निजलाई नियन्त्रणमा लिई जि.प्र.का.तेह्रथुममा
ल्याई स्वास्थ्य परिक्षण गरी अनुसन्धानको लागि हिरासतमा कक्षमा राखि आ.अ.भईरहेको
। |
|
विदेशी नागरिक
मृत्यु |
|||
१ |
चितवन
|
रत्ननगर न.पा.७
अर्थ फलाइज होटलमा भारतीय नागरिक वर्ष ७५ को सुदाखर रामदास कुलकढी र निजको श्रीमती
सुनन्दा सुदाकर कुलकढी ऐ.०२/१९ गते अं.१८:०० बजे बास बसेकोमा ऐ.२० गते अं.०७:०० बजे
ऐ. सौराहा स्थितमा रहेको राप्ती नदीमा डुङ्गा सफारी गर्ने क्रममा सुदाखर रामदास कुलकढीले
एक्कासी छाँती दुखेको भनि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याएकोमा निजको
उपचारको क्रममा ऐ.१०:५४ बजे चिकित्सकले मृत घोषणा गरेको भनि सोही अस्पतालमा खटिएको
प्र.क.ले इ.प्र.का.रत्ननगर टाँडीमा जानकारी गराउनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा
टोली खटी गएको । |
|
ला.औ. |
|||
२ |
सुनसरी
|
हरिनगरा गा.पा
५ र ६ को सिमाना स्थित रहेको कटान खोलाको बगरमा बालुवाले पुरी ला.औ. गाँजा लुकाइ
छिपाइ राखिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. देवानगंजबाट प्र.नि.को.कमाण्डमा
टोली र शसस्त्र प्रहरी बल नेपाल BOP घुस्किबाट स.प्र.नि.को कमाण्डमा
टोली खटी गई खोजतलास गर्ने क्रममा बालुवा
मुनी गाडीरहेको अवस्थामा विभिन्न रंगका प्लास्टिको बोरामा प्याक गरी राखेको ३८ बोरा
नाप तौल गर्दा प्लास्टिक सहित ११२० के.जि.गाँजा फेला पारी जि.प्र.का. सुनसरीमा ल्याई
आ.अ.भईरहेको । |
|