मिति २०८२।०२।२१ गते देखि ऐ. २२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२२
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तब्य
ज्यान |
|||
१. |
दाङ
|
मिति २०८२।०२।१९
गते अं. १७;३० बजे जि.दाङ तुलसीपुर उ.म.न.पा. ९ बेलुवा स्थित सक्सेस बोर्डिङ स्कुल अगाडी
जि.रुकुम बाँफिकोट गा.पा. ४ घर भई हाल तुलसीपुर उ.म.न.पा. ८ दुधेना स्थित कोठाभाडा
गरी बस्ने तुलसी बहादुर गिरीको छोरा बर्ष अं. १४।१५ को बिराज गिरी र ऐ.९ बेलुवा बस्ने
मोतिराम वलीको छोरा बर्ष १५ को यज्ञ वली बिच सामान्य बादविवादका कारण एक अर्का बिच
कुटपिट हुदा निज विराज गिरीको टाउकोमा भित्री चोटलागी बेहोस भई उपचारको लागी राप्ती
प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लगी ऐ.
१८;४५ बजे नर्सिङहोम नेपालगंज बाँके रिफर,अवस्था बेहोस, उपचारमा बुवा तुलसी गिरी संलग्न,
मिति २०८२।०२।२२ गते ०२:५८ बजे उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको भनि ऐ अस्पतालमा कार्यरत प्र.क.ले.ऐ ०६:१० बजे इ.प्र.का.तुलसीपुर
दाङमा जानकारी गरेको उक्त स्थानमा अ.प्र.पोष्ट बेलुवा दाङबाट प्र.स.नि. दिनेश वि.सी.को
कमाण्डमा २ जनाको टोली खटिगएको,उक्त कुटपिट गर्ने यज्ञ वली
इ.प्र.का.तुलसीपुर दाङको नियन्त्रणमा । |
|
ज.ज.क. |
|||
१. |
दाङ
|
गढवा गा.पा.६
गढवा बस्ने अं.वर्ष १५ को बालकले (मिति २०८२ साल बैशाख महिनाको गते र समय एकिन नभएको)
ऐ.५ धरमपुर बस्ने वर्ष अं.१२ की बालिकालाई ऐ.गढवा गा.पा.६ सर्बोदय सामुदायिक वनको
जंगलको चौरमा लगेर ज.ज.क.गरेको भनी पीडितको आफन्तले मिति २०८२।०२।२१ गते ११:०० बजे
इ.प्र.का.गढवामा जाहेरी दरखास्त पेश गरे पश्चात इ.प्र.का.गढवाबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी आ.अ.भईरहेको । |
|
२. |
गुल्मी
|
छत्रकोट छत्रकोट
गा.पा.२ भण्डार स्थित ऐ.२ भण्डार बस्ने वर्ष ३३ को कुल बहादुर सोमरेले मिति २०८२।०२।१४
गते अं.२३:०० बजे ऐ.२ भण्डार बस्ने वर्ष १३ की बालिकालाई आफ्नो घरको कोठा भित्र लगेर
बिभिन्न प्रलोभन तथा डर,
धाक धम्की देखाई ज.ज.क.गरेको भनी निजको आमाले मिति २०८२।०२।२० गते
अं.१६:०० बजे जि.प्र.का.गुल्मीमा जाहेरी दिए पश्चात जि.प्र.का.गुल्मीबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई पिडक कुल बहादुर सोमरेलाई नियन्त्रणमा लिई मिति २०८२।०२।२१
गते १७:३० बजे दिन ५ म्याद थप समेत गरी हिरासतमा राखी आ.अ.भइरहेको । |
|
३. |
रसुवा
|
जि.सोलुखुम्बु
घर भई जि.रसुवा आमाछोदिङमो गा.पा.५ तातोपानी स्थित कोठा भाडा लिई बस्ने वर्ष १७ की
बालिकालाई ऐ.आमाछोदिङमो गा.पा.५ तातोपानी बस्ने वर्ष २४ को फुर्पु नाम्घेल तामाङ
र ऐ.वर्ष २२ को दावा नुर्पु तामाङले रातको समयमा घरमा कोही नभएको मौका छोपी ज.ज.क.गरेको
भन्ने व्यहोराको सुचना प्राप्त हुनासाथ प्र.चौ.थाम्बुचेतबाट प्र.ना.नि.को कमाण्डमा
टोली खटी गई निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.रसुवामा राखी आ.अ.भईरहेको
। |
|
हा.ह.बरामद |
|||
१. |
रुकुम पश्चिम
|
बाँफिकोट गा.पा.-७
गोरेकाडाँ स्थित छिनखेत देखि मग्मा जाने भित्री सड्क खण्डमा इ.प्र.का.बाँफिकोटबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको पैदल गस्ती टोलीले चेकजाचँ गर्ने क्रममा मग्माबाट छिनखेत
तर्फ जाँदै गरेको चालक ऐ.सानिभेरी गा.पा.५ घापागार बस्ने वर्ष २६ को नन्द लाल पुन
मगरले चलाएको रा.५ प ६८५९ नं.को मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष २२ को किरण पुन
मगरले बोकेको एक नाले भरुवा बन्दुक (साबुत) फेला पारी मो.सा.सहित निजहरु दुबै जनालाई
नियन्त्रणमा लिइ इ.प्र.का.बाँफिकोटमा राखी आ.अ.भइरहेको। |
|
धारिलो हतियार
प्रहार |
|||
१. |
काठमाण्डौं
|
का.म.न.पा.३२
तिनकुने गैरीगाँउ स्थित जि.कञ्चनपुर महेन्द्रनगर न.पा.घर भई का.जि.का.म.न.पा.१० शंखमुल
बस्ने वर्ष २३ को अनुराग बोहरालाई निजको चिनजानका व्यक्तिहरु अभिषेक बोहरा, लक्षमण
थापा, राज कुमार बोहरा लगायतका व्यक्तिहरूले आपसी विवाद हुँदा
चक्कु प्रहार गरी घाईते बनाएकोमा तिनकुने स्थित कान्तिपुर अस्पतालमा सामान्य उपचार
पश्चात थप उपचारको लागि ऐ.का.म.न.पा. महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याई
उपचार भइरहेको अवर्था गम्भीर रहेको(बाँया कोखामा २ वटा, छातीमा
१ वटा, घाँटीमा १ वटा र बाँया पाखुरामा १ वटा चोट) भनी ऐ.०७:२०
बजे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट प्रहरी टोली खटी गई आ.अ.भइरहेको,
चक्कु प्रहार गर्ने व्यक्तिहरुको खो.त.भइरहेको । |
|
लुटपाट |
|||
१. |
नुवाकोट
|
शिवपुरी गा.पा.८
काफलडाँडा स्थित जि.कास्की पोखरा म.न.पा.१२ बस्ने अं.वर्ष ३८ को जस ब.बुढा पोखराबाट
I-20 कारमा निलो प्लाष्ट्रिकको झोलामा नगद रु.२० लाख रुपौँया बोकी डलर साट्छु
भनी आएकोमा नामथर, वतन नखुलेको ४ वटा व्यक्तिहरूले ८३३ वटा
रु.२० को नोट जम्मा १६,६६०/- रुपौयाँ दिई २० लाख रुपौयाँ लुटी
फरार भएको भनी ऐ.१५:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट छहरे र जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको । |
|
ला.औ. |
|||
१. |
मोरङ
|
मिति २०८२।०२।१९
गते ०४:०० बजे ग्रामथान गा.पा.७ कलाबन्जार चोक स्थित नम्बर प्लेट नभएको सेतो टाटा
सुमो वेवारिसे अवस्थामा रहेको भनी ऐ.२०:२० बजे इ.प्र.का.हरैचामा जानकारी प्राप्त
हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भइरहेको, ऐ.२०
गते २३:५० बजे ऐ.स्थानमा रोकिराखेको प्रदेश १-०४-००१ प ९८३५ नं.को मो.सा.मा सवार
ऐ.जदाह गा.पा.५ बस्ने वर्ष अं.३० को राजेश कुमार कामत र मो.सा.पछाडि सवार भारत अररिया
घर भएको वर्ष ३२ को विकास कुमार साहुलाई इ.प्र.का.हरैचाबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको गस्ती टोलीले शंका लागी नियन्त्रणमा लिएकोमा ऐ.२१ गते १४:३० बजे इ.प्र.का.बेलबारीबाट
प्र.नि.को कमाण्डमा खटिएको टोली समेतले सोधपुछ गर्ने क्रममा उक्त गाडी फेला परेको
स्थानदेखि अं.३०० मिटर उत्तर तर्फ होम पाईममा लुकाई-छिपाई राखेको अवस्थामा १२ पोका
(३४७.११० के.जि.) ला.औ.गाँजा फेला परेको हुँदा उक्त ला.औ.र मो.सा.सहित दुवै जनालाई
नियन्त्रणमा लिई इ.प्र.का.हरैचामा राखी आ.अ.भइरहेको । |
|
२. |
झापा
|
मेचिनगर न.पा.६
पिङकी ठ्याक स्थित इ.प्र.का.काँकरभिट्टबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयूक्त
टोलीले भारतको पानी ट्याङ्कीबाट मेचीखोलाबाट नेपाल तर्फ पैदल आउदै गरेको देश भारत
जिल्ला दार्जिलिङ खरीबारी बस्ने वर्ष २४ को अभिजित सिंहलाई शंका लागी शरिर तलासी
लिदा निजको साथबाट १३ ग्राम ७२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा
लिई इ.प्र.का.काँकरभिट्टमा राखी आ.अ.भइरहेको । |
|
३. |
बाँके
|
नेपालगंज उ.म.न.पा.१४
उदयपुर स्थित गोप्य सुचनाको आधारमा ला.औ.नि.ब्युरो नेपालगंज बाँके र जि.प्र.का.बाँकेबाट
प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ.नेपालगंज उ.म.न.पा.१४ उदयपुर
बस्ने वर्ष १९ को सुनिल खटिकलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १०३ ग्राम
९०० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी उक्त पदार्थ
सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा राखी आ.अ.भइरहेको । |
|