मिति २०८२।०२।२३ गते देखि ऐ. २५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२५
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तब्य
ज्यान |
|||
१. |
नवलपरासी पश्चिम |
सुनवल न.पा.२
अवरैया स्थित ऐ. बस्ने अं.वर्ष २७ को हेमराज थारु (अविवाहित) ले आफ्नै घर तथा घर
नजिकै सडकमा ऐ. बस्ने अं.वर्ष ५० को जय राम
थारु र ऐ. बस्ने अं.वर्ष ७० को नाथु धरिकारलाई कोदालोले प्रहार गरी निजहरुको घटनास्थलमा
नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सुनवलबाट प्र.नि.र जि.प्र.का.बाट
प्र.उ.को कमाण्डमा SOCO
सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को
लागि जिल्ला अस्पताल परासी पठाएको, कोदालो प्रहार गर्ने ब्यक्तिलाई
नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मा
राखी आ.अ.भईरहेको, कारण नखुलेको । |
|
ज.ज.क. |
|||
१. |
दैलेख |
आठबिस न.पा.८
लामिछाने गाँउ बस्ने वर्ष २१ की दुबै आँखा नदेख्ने दृष्टीबिहिन महिला महिनावारी भई
गाई गोठमा बसिरहेको अवस्थामा ऐ.०२।२२ गते अं.१४:०० बजे ऐ.बस्ने अं.वर्ष ४५ को को
मन बहादुर बडुवालले ज.ज.क.गरिरहेको अवस्थामा पीडितको आमाले देखि ऐ. २२:०० बजे प्र.चौ.तिलेपाटामा
टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.व.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई निजको घरबाट
ऐ.०२।२३ गते ०२:१५ बजे नियन्त्रणमा लिई इ.प्र.का.राकम दैलेखमा ल्याई स्वास्थ्य परिक्षण
गरी राखिएको । |
|
२. |
धादिङ |
सिद्धलेक गा.पा
१ बिर्जेथुम्का स्थित ऐ.बस्ने वर्ष १९ की बालिका (जन्मजात बौद्धिक अपाङ्गता भएकी)
लाई ऐ.बस्ने वर्ष ५४ को एक बहादुर चितौरेले मिति २०८१।१२।२१ गते अं.१५:०० बजे आफ्नै
घर कोठामा पीडित टि.भि.हेर्न आएको अवस्थामा ज.ज.क.गरेको भनी पीडितको आफन्तले हजुरबुवा
वर्ष अं.६७ को पुरुषले मिति २०८२।०२।२३ गते १०:०० बजे जि.प्र.का.धादिङमा जाहेरी दरखास्त
प्राप्त हुनासाथ प्र.चौ.सिद्धलेकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडक एक बहादुर
चितौरेलाई नियन्त्रणमा लिई जि.प्र.का.धादिङमा राखी आ.अ.भईरहेको। |
|
३. |
इलाम |
रोङ गा.पा.५
स्कुल डाँडा स्थित मिति २०८२।०२।१९ गते २३:०० बजे ऐ.बस्ने वर्ष अं.१७ की ‘सांकेतिक
नाम ०८१/०८२ पशुपति ण’ लाई छिमेकी काकाको घरमा घर कोठा(साथीको
घर)मा सुत्न गएको अवस्थामा ऐ.बस्ने प्रकाश मगरको छोरा वर्ष अं.२३ को प्रशान्त मगरले
ज.ज.क.गरेको भनी ऐ.२४ गते १०:०० बजे इ.प्र.का.पशुपतिनगरमा पीडितको दाईले जाहेरी दरखास्त
दिएको हुँदा अ.प्र.पोष्ट बहुवनबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको,
पीडक फरार खो.त.भइरहेको । |
|
बाल यौन दुर्व्यवहार |
|||
१. |
चितवन |
भरतपुर म.न.पा.१५
लमजुङ चोक बस्ने वर्ष १४, वर्ष ११, वर्ष १०, वर्ष ४ की (४ जना) बालिकाहरुलाई ५०० दिन्छु
म सँग हिँड भनी डर, त्रास देखाई दुर्व्यवहार गरेको भनी बालिकाहरुले
आफ्नो अभिभावकलाई जानकारी गराउनासाथ स्थानीयले बालिका माथि दुर्ब्यवहार गर्ने जि.पर्सा
पटेर्वा सुगौली गा.पा.बस्ने वर्ष ३४ को बृज किशोर प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई
अ.प्र.पोष्ट शिवनगरमा जनाकारी गराउनासाथ अ.प्र.पोष्ट शिवनगरबाट प्र.ह.को कमाण्डमा
र इ.प्र.का.गितानगरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको
। |
|
गोली पड्की
मृत्यु |
|||
१. |
दैलेख |
मिति २०८२।०२।२३
गते अं. ०२:०० बजे माहाबु गा.पा.४ बतासे भन्ने स्थानमा शिकार खेली घर फर्कीने क्रममा
ऐ. वडा नं. ४ काप्रिखोला बस्ने बर्ष ३० को सुर्य बहादुर थापा बलामी लड्न गई निजले
बोकेको भरुवा बन्दुक पट्किन जाँदा सँगै रहेको ऐ.बस्ने वर्ष ३४/३५ को पुर्ण बहादुर
थापा सलामी मगरको छातिमा लाग्न गई निजको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त
हुनासाथ प्र.चौ.दैलेख र इ.प्र.का. दुल्लुबाट प्र.नि.को.कमाण्डमा टोली खटी गएको निज
सुर्य बहादुर थापा र ऐ.बस्ने बस्ने वर्ष ४९ को ओम बहादुर थापा बलामी मगर भरुवा बन्दुक
सहित नियन्त्रणमा,
उक्त स्थान प्र.चौ. गैडाबाज दैलेखबाट अं.२ घण्टा पैदल पश्चिम पर्ने
।थप अपडेट :- ऐ. ०६:२० बजेको समयमा ऐ.ऐ. बस्ने बर्ष ४९ को ओम बहादुर थापा बलामी मगर
सँगै रहेको हुँदा घटना स्थल बाट भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई यस चौकीमा
राखिएको । थप अपडेट :- ऐ. ०७:०० बजे घटना स्थन वरपर सर्च गर्दा घटना स्थल देखी अं.
१५/२० मिटर टाढा भरेको एक नाल भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको ।थप अपडेट
:-ऐ.११:१५ बजे घटना स्थाल कार्य पुरा गरी लास पो.मा.को लागी जिल्ला अस्पताल दैलेखको
लागी पठाएको । |
|
बिदेशी नागरीकको
मृत्यु |
|||
१. |
सोलुखुम्बु
|
खुम्बु पासाङल्हामु
गा.पा.-०५ नाम्चे स्थितमा Himalaya Vision Trek and Expedition Pvt. Ltd. कम्पनी मार्फत नेपाल भ्रमण गर्न आएका भारतीय नागरिक वर्ष अ.३३ को RAGHAVENDRA
BALMUR नाम गरेको पुरुष व्यक्ति सगरमाथा आधार शिविर भ्रमण गरी फर्कि
ऐ.नाम्चे स्थित बोदि होटलमा बास बसेकोमा, अचानक विरामी भई तत्काल
उपचारको लागि ऐ.ऐ.स्थितमा रहेको The Mountain Medical Institute मा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत्यु भई सकेको भनी ऐ.०६;२० बजेको समयमा इप्रका नाम्चेमा जानकारी गराउन साथ थप अनुसन्धान तथा कानूनी
प्रकृयाको लागि इप्रका नाम्चेबाट प्र.नि. को टोली खटिगएको, उक्त घटनास्थल इप्रका नाम्चेबाट अं. ५०० मिटर पश्चिम पर्ने । ऐ. १२:०५ बजेको
समयमा लासको कानुनी प्रक्रिया पुरा गरी पो.मा. को लागी कैलास हे.क. द्वारा टिचिङ
अस्पताल काठमाण्डौं पठाएको । |
|
ला.औ. |
|||
१. |
बैतडी |
पाटन न.पा.६
सेल्फीडाँडा स्थित दशरथचन्द राजमार्गमा इ.प्र.का.पाटनबाट प्र.नि.को कमाण्डमा खटिएको
गस्ति टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा जि. बैतडी दशरथचन्द न.पा.४ बस्ने अं.वर्ष
३७ को सुधिर पौडेलको साथबाट ९.४६ ग्राम र जि. बैतडी पाटन न.पा.६ बस्ने अं.वर्ष २४
को किशोर चन्दको साथबाट ७.८३ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ (जम्मा तौल १७.२९
ग्राम) बरामद गरी निज दुबै जनालाई आवश्यक अनुसन्धानको लागि इ.प्र.का.पाटन राखि आ.अ.भईरहेको । |
|
२. |
जाजरकोट |
कुशे गा.पा.०३
घर भई जि.जाजरकोट जुनिचाँदे गा.पा.७ निपाने स्थित गगन घर्तीको घरमा कोठा भाडा लिई
बस्ने अं.वर्ष ३८ को निरज कुमार पुनले ला.औ.(अफिम) खरिद बिक्री गरिरहेको भन्ने सूचनाको
आधारमा इ.प्र.का.पंचलादह जाजरकोटबाट प्र.स.नि.को.कामाण्डमा टोली खटी गई निज निरज
कुमार पुनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घर डेरा नजिकै मकै बारीमा लुकाई छिपाई
राखेको अवस्थामा १ के.जि.१५० ग्राम ला.औ.(अफिम) बरामद गरी आज मिति २०८२।०२।२४ गते
१६:२० बजे कुमार पुनलाई ला.औ.(अफिम) सहित
नियन्त्रणमा लिई जि.प्र.क.जाजरकोटमा ल्याई राखिएको । |
|
३. |
सुनसरी |
भोक्राहानरसिंह
गा.पा.६ ईस्राइल स्थितमा प्र.चौ.नरसिंहटप्पुबाट
प्र.ह.को कमाण्डमा खटी गएको चेकिङ् टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ
पैदल आउदै गरेको ऐ.ईटहरी उ.म.न.पा.१७ बस्ने पहुचलाल चौधरीको छोरा वर्ष २९ को अबिनाश
चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजले पकेटमा लुकाई छिपाई ल्याईएको प्लाष्टिक सहित
३८ ग्राम ३७० मिलिग्राम (प्लाष्टिक बाहेक ३५ ग्राम ११० मिलिग्राम) ला.औ. ब्राउन सुगर
जस्तो देखिने पदार्थ फेला निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई आ.अ.भईरहेको, । |
|
धारिलो हतियार
प्रहार |
|||
१. |
ओखलढुङ |
मोलुङ गा.पा.५
थामडाँडा स्थितमा ऐ.५ डाँडाखर्क बस्ने अ.वर्ष.४१ को रुद्र बहादुर तामाङले मा.प.से.
गरी ऐ.५ डाँडाखर्क बस्ने अ.वर्ष २४ को भुले भन्ने भुपाल तामाङ संग बादबिबाद भई झगडा हुँदा
भुपाल तामाङले रुद्र बहादुर तामाङलाई
खुकरी प्रहार गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. प्राप्चामा
खबर प्राप्त हुनसाथ प्र.स.नि.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्वास्थय
चौकी देउराली पठाएको,
अवस्था मध्यम, खुकुरी नियन्त्रणमा र खुकरी प्रहार
गर्ने भुपाल तामाङ फोक्सोको अप्रेशन गरी पेटमा प्वाल बनाई पायप लगाएकोमा झगडा हुँदा
पायप निस्की घरमा बसिरहेको,अवस्था गम्भिर, निजलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुङगा पठाईएको । |
|
फुटकर ज्यान
(जलि मृत्यु ) |
|||
१. |
रुपन्देही |
सम्मरिमाई गा.पा.५
पाण्डेपिहवा गाँउ स्थित खेतमा नाम / थर ,वतन
नखुलेको अं.वर्ष २५/३० की जस्तो देखिने महिला जली उत्तानो अवस्थामा मृत रहको भन्ने
खबर प्राप्त हुनासाथ प्र.चौ.खजना र इ.प्र.का.मर्चवार रुपन्देहीबाट प्र.नि.को.कमाण्डमा
टोली खटी गई आ.अ.भईरहेको । |
|