मिति २०८२।०२।२५ गते देखि ऐ. २६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२६
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तब्य
ज्यान |
|||
१. |
मोरङ |
मिति
२०८२/०२/२४ गते अं.१८:०० बजेको समयमा जि. मोरङ ग्रामथान गा.पा.०७ मन्दिर टोल बस्ने
अं. बर्ष ८९ की तिलमाया खड्का (मानसिक सन्तुलन ठिक नभएको) घरमा कोही कसैलाई नसोधी
आफु खुसी घरबाट निस्केको र आफन्त तथा माईती घर समेतमा फेला नपरेको भनी ऐ. २५ गते
०९:३० बजे निजको छोरा सुर्य खड्काले हुलिया निबेदन दिन साथ उक्त स्थानमा इ.प्र.का
हरैचाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिगई खोत कार्य भई रहेको, निम्न
हुलियाः- बर्ण गहुगोरी उचाई ५.५ फि.रातो सेतो बुटा भएको ब्लाउज,पहेलो रंगको साडी लगाएकी । मिति २०८२।०२।२५ गते अं. १२:१५ बजेको समयमा जिल्ला
मोरङ ग्रामथान गा.पा. ०७ मन्दिर टोल बस्ने अं. बर्ष ८९ की तिलमाया खड्का ऐ.ऐ. ६ स्थित
रामजानकी मन्दिर नजीक रहेको सुनसरी मोरङ सिचाई परियोजनाको नहरको पानीमा घोप्टो परी
मृत अवस्थामा इप्रका हरैचाबाट खटिएको प्रनानि निर बहादुर खड्का (९८५२०६१२२५) को टोली
र स्थानियबासिले खो.त. गर्ने क्रममा फेला पारी घट्ना स्थल सुरक्षित राखेको,
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इप्रका बेलबारीबाट प्रनि कृष्ण
बहादुर खत्री (९८५२०९२१०७) को कमाण्डमा SOCO सहित प्रहरी टोली
खटी गएको । ऐ. १३:२५ बजेको समयमा मृतक लासको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी लास
पोष्ट मार्टमको लागी कोशी अस्पताल बिराटनगर तर्फ पठाएको । ऐ.१८:०० बजेको समयमा लाशको
पोष्ट मार्टम पश्चात निजको छोरा अर्जुन बहादुर खड्काले बुझी लगेको । साथै उल्लेखित
घटनाको सम्बन्धमा थप अनुसन्धानको क्रममा जिल्ला मोरङ ग्रामथान गा.पा. ६ बस्ने वर्ष
४० की सिता ऋषिदेवले निज तिलमाया खड्कालाई कर्तव्य गरी मारी निज मृतक महिलाले लगाएको
सुनको गरगहना समेत सिता ऋषिदेवले आफ्नै घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा फेला
परेकोले उक्त गरगहना समेत बरामद गरी निजलाई पक्राउ गरी इप्रका बेलबारीमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको । |
|
ज.ज.क. |
|||
१. |
पर्वत |
मिति
२०८।०२।२३ गते अं.२३:०० बजे कुश्मा न.पा. १ पाङ स्थित मान्छे नबस्ने पुरानो घरमा
ऐ.कुश्मा न.पा.१ पाङ बस्ने वर्ष ३२ को सुरेन्द्र
किसानले ऐ.बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको
भन्ने खबर ऐ. २५ गते ०८:०० बजे जि.प्र.का.मा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा
टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ भईरहेको। |
|
२. |
पाँचथर |
मिति
२०८२।०२।२३ गते २३:०० बजे फालेलुङ गा.पा.७ पापुङदेन स्थित ऐ.बस्ने वर्ष ५३ को पुरुष
व्यक्तिले आफ्नै छोरी वर्ष २३ की महिलालाई जवरजस्ती करणी गरेको भनी ऐ.२५ गते १५:००
बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएको हुँदा
प्र.चौ.सिदिनबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज रत्न कुमार आङवोलाई नियन्त्रणमा
लिई जि.प्र.का.मा ल्याई हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको । |
|
ला.औ. |
|||
१. |
मकवानपुर |
हेटौडा
उ.म.न.पा.१५ रातोमाटे चेकप्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४
नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिन भित्र यात्रा
गरी आईइरहेका ऐ.कैलाश गा.पा. २ बस्ने वर्ष ४० की फुलमाया स्याङ्बोले बोकेको जेब्रा
झोलामा अं. ५ किलो २०० ग्राम र सोही स्थान बस्ने वर्ष अं. ३० कि निर्मला मोक्ताङले
बोकेको खैरो रङको ब्यागबाट अं. ५ किलो १०० ग्राम ला.औ. गाँजा गरी गरी १० किलो ३००
ग्राम (तौल भएको) ला.औ. गाजा फेला पारी दुबै जनालाई ला.औ.गाँजा सहित निज नियन्त्रणमा
लिई प्र.चौ.रातोमाटे मकवानपुरमा राखिएको। |
|
२. |
मोरङ |
बिराटनगर
म.न.पा.१६ हुलास चोक स्थितमा ला.औ.नि. ब्युरो बिराटनगरबाट प्रबहको कमाण्डमा खटिएको
टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री ऐ. सुन्दरहरैचा न.पा.०३ बस्ने बर्ष
२१ को निरन लिम्बुलाई संका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हिरोइन जस्तो
देखिने पदार्थ ४ ग्राम ५८० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिई इप्रका रानीमा
ल्याई आ.अ कार्य भइरहेको । |
|