मिति २०८२।०२।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२७
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तब्य
ज्यान |
|||
१. |
नवलपरासी पूर्व
|
जि.चितवन भरतपुर
म.न.पा.३ पुलचोक स्थितमा ऐ.१७ सारदा नगर
स्थायी वतन भई हाल वतन भई हाल जि.न.प.(पूर्व)
गैंडाकोट न.पा.२ सिलन्यास चोक स्थित डेरा गरी बस्ने वर्ष ३१ को बिशाल बि.क (तेस्रो
लिङ्गी) र जि. पर्सा पोखरीया न.पा. ९ घर
भई हाल जि. चितवन भरतपुर म.न.पा.४ बारघरे बस्ने वर्ष २२ को मितेन्द्र बैठा बिच बादबिवाद
भई कुटपिट हुँदा बिशाल बि.क. घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन
पठाएको,
मुखमा सामान्य चोट देखिएको, अवस्था बोल्न नसक्ने(बेहोस),
उपचारमा घाईतेको दिदी संलग्न रहेको भनी अस्पतालबाट ऐ.१४:०० बजे जानकारी
प्राप्त हुनासाथ इ.प्र.का.गैंडाकोट न.प.(पूर्व)बाट प्र.नि.को कमाण्डमा टोली खटी गई
कुटपिट गर्ने मितेन्द्र बैठालाई नियन्त्रणमा लिएको, घाईते जण्डिसको
बिरामी रहेको र अत्याधिक मात्रामा मा.प.से.गर्ने भन्ने बुझिएको, निज घाईतेको ऐ.१४:४० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, घटनास्थल जि.प्र.का.चितवनको
एरिया पर्ने भएकोले जि.प्र.का.चितवनसँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भईरहेको
। |
|
ज.ज.क. |
|||
१. |
बर्दिया
|
मिति २०८२।०१।१६
गते १५:०० बजे बारबर्दिया न.पा.१० वैदी बस्ने वर्ष ११ की बालिकालाई ऐ.बस्ने वर्ष
६६ को जमिल अहमद जागाले ऐ. स्थित बनखेतवा नालामा बाख्रा चराउन गएको अवस्थामा आर्थिक
प्रलोभन देखाई जवरजस्तीकरणी गरेको भनी ऐ.२६ गते १०:०० बजे प्र.चौ.कतर्नियामा जानकारी
गराउना साथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने जमिल अहमद जागालाई पक्राउ
गरी इ.प्र.का.मोतिपुर पठाएको, बालिकाको अवस्था सामान्य । |
|
ला.औ. |
|||
१. |
तनहुँ |
आबुखैरैनी गा.पा.वडा
नं.०४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा अ.प्र.पोष्ट मुग्लिङ पुलजिपबाट प्र.स.निको
कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट गोरखा तर्फ आउदै गरेको
ग २ ख १६१९ नं.को माईक्रोबसको पछाडिको सिटमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा
लागु औषध गाँजा अं.६ किलो २०० ग्राम फेला परेकोले उक्त ला.औ.गाँजा सहित माइक्रोबसमा
सवार जि.गोरखा पालुङटार न.पा.१० घर घई हाल जि.कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने
वर्ष अं.२५ को दिनेश श्रेष्ठलाई नियन्त्रणमा लिई इ.प्र.का आबुँखैरेनीमा राखिएको । |
|
२. |
काठमाण्डौ
|
का.जि.चन्द्रागिरि
न.पा.०८ बौथलीचौक स्थित जि.का.चन्द्रागिरी न.पा. ८ बौथलीचौक घर भई बस्ने बर्ष ६०
को भाईराज श्रेष्ठले संचालन गरेको सुबेक श्रेष्ठ किराना पसलमा अबैध लागु औषध पोल्यानको
बिक्रिबितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट प्र.ब.ना.नि.को
कमाण्डमा प्रहरी टोली खटि गई उक्त पसल, कोठा कानुन बमोजिम खान तलासि
गर्दा लुकाई छिपाई राखेको अवस्थामा खैरो रंग भएको पोल्यान जस्तो देखिने लागु औषध
खुद तौल ८७५ ग्राम र चरेश जस्तो देखिने कालो पदार्थ खुद तौल १५ ग्राम बरामद गरी जना
१ मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । |
|