मिति २०८२।०२।२७ गते देखि ऐ. २८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२८
- A
- A-
- A+
सिन |
जिल्ला |
विवरण |
कै |
कर्तब्य
ज्यान |
|||
१. |
रामेछाप |
रामेछाप रामेछाप
न.पा.४ बुलुङबुलुङ स्थित ऐ.बस्ने टेक बहादुर थापामगरको छोरा अं.वर्ष २९ को लब कुमार
थापामगर आफ्नै ढुंगा माटोले बनेको घरको आफु सुत्ने कोठामा एक्लै बसी रहेको अवस्थामा
अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी घटनास्थतमै मृत्यु भएको भन्ने खबर प्राप्त
हुनासाथ प्र.चौ. सांघुटार र जि.प्र.का.रामेछापबाट प्र.ना.उ.को.कमाण्डमा टोली खटी
गई अज्ञात व्यक्तिहरुको खो.त.भईरहेकोमा जि.सिन्धुली फिक्कल गा.पा.२ स्थितबाट १ (एक)
जनालाई शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का. रामेछाप ल्याई आ.अ.भईरहेको,शव घटनास्थलमा
रहेको । |
|
गोली प्रहार |
|||
१. |
काठमाण्डौ |
भारतीय नागरिक
समेतका व्यक्तिहरुले लागु औषध खैरो हिरोईनको खरिद बिक्री तथा ओसारपसारको कारोवार
गर्न लागेको भन्ने विशेष सुचनाको आधारमा खो.त.गर्दै जाँदा का.म.न.पा.११ सुन्धारा
स्थित सडकमा भारत पठाना दानापुर ठेगाना हुने बर्ष २० को सुमित कुमार र ऐ. ऐ. ठेगाना
हुने बर्ष २५ को चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिई मौखिक सोधपुछ गर्दा बिक्री
गर्न लागेको लागु औषध खैरो हेरोईन टोखा स्थित ग्राण्डी अस्पताल पछाडी भारत वेस्ट
बंगाल ईस्लामपुर ११ठेगाना हुने बर्ष ४० को साशिक आलम र गुन्जरिया बिहार भारत ठेगाना
हुने बर्ष २२ को मोहमद मन्जुर आलमले कारोवार गर्नको लागि साथमा राखेका छन् भनी खुलाएको
हुँदा टोखा न.पा.३ स्थित स्पिकर भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हेरोईन अं.
२०० ग्राम बरामद गर्न तथा निजहरुलाई नियन्त्रणमा लिने क्रममा निजहरुले प्रहरी टोलीलाई फलामको रडले आक्रमण गर्दा २ जना प्रहरी कर्मचारी(प्र.ब.ह.नबराज
घिसिङको बायाँ घुँडामा चोट र प्र.स.ह.रबिन्द्र के.सी.को दाहिने हातको पाखुरामा चोट)
घाईते भएकोले प्रहरीले ४ राउण्ड गोली हवाई फायर गरी नियन्त्रणमा लिन खोज्दा निजहरु
नियन्त्रणमा नआई पुन: उत्तेजित भई आक्रमण गरिरहेकोले आत्म रक्षाको लागि थप ३ राउण्ड
गोली फायर गर्दा निजहरुको घुँडामुनी गोली लाग्न गई साशिक आलमको बायाँ खुट्टामा १
राउण्ड र मोहमद मन्जुर आलमको बायाँ खुट्टामा २ राउण्ड गोली लागि घाईते भएकोले उपचारको
लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज हुँदै थप उपचारको लागि ट्रमा सेन्टर पठाएको, दुबैको
अवस्था मध्यम, दुबै जना प्र.क.को नेपाल प्रहरी अस्पताल महाराजगंज
उपचार पश्चात डिस्चाज भएको । |
|
ज.ज.क./ यौन
दुरुपयोग |
|||
१. |
मोरङ |
सुन्दरहरैँचा
नगरपालिका वडा नं.४ बडहरा बस्ने सांकेतिक नाम ०८२ बेलबारी ४४२ को छोरी बर्ष १५ की
(शारीरिक रुपमा बोल्न र सुन्न नसक्ने)सांकेतिक नाम ०८२ बेलवारी- ४४१ लाई जिल्ला मोरङ
सुन्दरहरैँचा नगरपालिका वडा नं.४ बस्ने बर्ष ५७ को आशाराम भन्ने अशोक कुमार धामी
थारुले ऐ. स्थित गछिया खोलाको काँस घारिमा लगि जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।०२।२७
गते अ. १६:०० बजे इप्रका बेलबारीमा जानकारी गराउनसाथ तत्काल प्रसनि उत्तमसिङ तामाङ
( ९८६२००१०९१०) को टोली खटि गई निज पिडक असोक कुमार धामि थारुलाई नियन्त्रणमा लिई
इप्रका बेलबारीमा ल्याई राखेको,पिडितको अवस्था सामान्य रहेको तत्काल घरमानै
रहेको । |
|
२. |
डडेल्धुरा |
जिल्ला डडेल्धुरा
परशुराम न.पा. वडा नं. ११ सिमलवण्ड बस्ने बर्ष ५४ कि परिवर्तित नाम जिल्ला ७३ परशुराम
१८८ लाई ऐ.ऐ. बस्ने बर्ष अ.३२ को चक्र बहादुर कामीले मिति २०८२।०२।२४ गते राती अ.
२१:०० बजेको समयमा निज पिडित भान्साकोठामा सुतिरहेको अवस्थामा लतारेर सोही भान्साकोठा
पछाडी रहेको आपको बोटामुनी लगी ज.ज.क. गरेको भनि आज मिति २०८२।०२।२७ गते अ. १६:२०
बजेको समयमा निज पिडित जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आई जाहेरी दिए पश्चात
जबरजस्ती करणी मुद्दा दर्ता भई सम्मानित डडेल्धुरा जिल्ला अदालत डडेल्धुरा बाट पक्राउ
अनुमती पत्र प्राप्त भएको, पिडक फरार रहेकोमा इलाका प्रहरी कार्यालय
जोगबुढा डडेल्धुरा बाट प्र.नि. सुरज रोकायाको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिगई
खो.त. कार्य भईरहेको, पिडितको स्वास्थ्य परिक्षण समेत भएको,
अवस्था सामान्य रहेको । |
|
धारिलो हतियार
प्रहार |
|||
१. |
नुवाकोट |
सुर्यगढी गा.पा.२
मस्याङमर्याङ स्थित ऐ.बस्ने डिप्रेसनको औषधी सेवन गर्ने वर्ष ८० को पूर्ण ब.गुरुङले घरायसी बिबादको कारण खुकुरी प्रहार गरी आफनै कान्छा
छोरा वर्ष ४२ को बिकाश गुरुङ र (गर्धन, बांया हात, टाउकोमा चोट,अवस्था मध्यम) कान्छी बुहारी वर्ष ४० की
प्रभा गुरुङ(दायाँ हात, टाउको, आँखा माथी
नजिकै चोट अबस्था गम्भिर )घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.चोगतेबाट
प्र.स.नि.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि जि.अस्पताल त्रिसुली पठाईएकोमा
सामान्य उपचार प्रश्चात थप पचारको लागि त्रि.बि.सि.अस्पताल पठाईएको,अवस्था सुधार हुदै,धारिलो हतियार प्रहार गर्ने पुर्ण
ब.गुरुङ खुकुरी सहित नियन्त्रणमा । |
|
बिदेशी नागरिकको
उद्धार |
|||
१ |
सोलुखुम्बु |
मिति २०८२।०२।२६
गते सगरमाथाको आधार शिविरको पदयात्रामा रहेका राहदानी नं. EC7814572 वाहक चिनियाँ नागरिक वर्ष ३५ को XIE HUAN ले सन् २०२५
जून ११ का दिन आफ्नो ३५ औं जन्मदिनमा आत्महत्या गर्ने भनी सामाजिक सञ्जाल (TikTok)
मा भिडियो पोष्ट गरेकोले निजको उद्दारको लागि निजको परिवार तथा नेपालस्थित
चिनियाँ दूतावास र Rescue Operator पेम्बा तेन्जी शेर्पा समेतले
पर्यटक प्रहरी कार्यालयमा लिखित अनुरोध गरेकोले पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटी गएका प्र.व.ना.नि. सागर थापा र प्र.व.ना.नि.कृष्ण राम
थापाले ऐ.२७ गते ०६:३० बजे Altitude Air Pvt. Ltd. मार्फत काठमाडौंबाट
जि.सोलुखुम्बु, खुम्बुपासाङल्हामु गा.पा.४ गोक्योस्थित होटल
थान्का इन पुगी निज चिनियाँ नागरिकको सकुशल उद्धार गरी निजलाई ऐ.११:०० बजे पर्यटक
प्रहरी कार्यालय, भृकुटीमण्डपमा ल्याई ऐ. १३:१५ बजे चिनियाँ
दूतावासका प्रतिनिधीलाई सकुशल बुझाएको । |
|
ला.औ. |
|||
१. |
कैलाली
|
मिति २०८२।०२।२७
गते २२:३० बजे जिल्ला कैलाली घोडाघोडी न.पा.१ सुखड स्थित मानिस नबस्ने (बाँझो) घरमा
लागु औषध सेवन गरी रहेका छन भनि गोप्य सुचनाको आधारमा इप्रका सुखडबाट प्र.ना.उ.रमेश
दत्त अवस्थी (९८५८४९०३०८) को कमाण्डमा खटिगएको ५ जनाको प्रहरी टोलीले निम्न स्थान
बस्ने निम्न ब्यक्ति हरुलाई नियन्त्रणमा लिई निजहरुको शरिर खानतलासी गर्दा निजहरुको
साथ बाट शुद्ध तौल २१ ग्राम ८२० मिलि ग्राम ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो
पर्दाथ फेला पारी मानिस सहित नियन्त्रणमा लिई इप्रका सुखडमा राखी थप अनुसन्धान कार्य
भईरहेको । १. जिल्ला कैलाली घोडाघोडी न.पा.१ लक्ष्मीपुर बस्ने हर्क नाथ योगीको छोरा
बर्ष अं.२० को उमेश नाथ योगी । २. ऐ.ऐ. सुखड बस्ने रमेश मिजारको छोरा बर्ष अं.१९
को बिनोद मिजार । ३. ऐ.ऐ.बस्ने निजकै छोरा बर्ष अं.१८ को नबिन मिजार । ४. ऐ.ऐ. बस्ने
डम्मर बहादुर बिष्टको छोरा बर्ष अं. १९ को दिनेश बहादुर बिष्ट । ५. ऐ.ऐ.२ साडेपानी
बस्ने गोरख बहादुर बस्नेतको छोरा बर्ष अं.१८ को मुकेश बस्नेत । |
|