मिति २०८२।०९।३० गते ०५:०० बजे देखि २०८२।१०।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०१
फुटकर ज्यान (शंकास्पद मृत्यु),
काठमाण्डौ, का.म.न.पा.४
चुनदेवी स्थित गणेश मन्दिर पछाडी रहेको सोम वहादुर थापाको घरको Under Ground मा रहेको रिजब पानी ट्यांङ्कीमा आधा भन्दा बढी पानी रहेको अवस्थामा पानी
ट्यांङ्की भित्र हाल नामथर, वतन केही नखुलेको अं.वर्ष ३३ को
जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त
महाराजगंजबाट प्र.ना.उ., अपराध अनुशन्धान प्रहरी कार्यालय
टेकुबाट प्र.ना.उ. र प्रहरी परिसर भद्रकालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,
पानी ट्यांङ्कीको पानी सुकाई मृत शव बाहिर निकाली कानूनी प्रकृया
पुरा गरी शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको ।
ज.ज.क./बाल यौन दुर्व्यवहार,
उदयपुर, बेलका न.पा.९ रामपुर
बजार बस्ने अं.वर्ष २१ की किशोरीलाई जि.सुनसरी ईनरुवा न.पा.६ बस्ने वर्ष ३० को
बिष्णु साहले मिति २०८२।०८।१५ गते अ.२२:००बजे निज पिडितकै घर कोठामा ज.ज.क.गरी
फरार रहेको भनी पीडितले ऐ.३० गते ११:०० बजे जानकारी गराउनासाथ
इ.प्र.का.रामपुरठोक्सिलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक
फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई स्वास्थ्य परिक्षणको
लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको ।
सुर्खेत, मिति २०८२-०९-१९ गते
०३:०० बजे जि.कालिकोट तिलागुफा न.पा.७ घर भई ऐ.वीरेन्द्रनगर न.पा.३ तातापानी बस्ने
वर्ष ३२ की महिला लाई जि.कालिकोट शुभकालिका गा.पा.२ घर भई हाल ऐ.वीरेन्द्रनगर
न.पा.३ बस्ने वर्ष अं. ५९ को अनिराम तिमिल्सेनाले निज महिलाकै कोठामा ज.ज.क.गरेको
भनी ऐ.३० गते १४:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा ४
जनाको टोली खटी गई निज अनिराम तिमिल्सेना लाई नियन्त्रणमा लिई जि.प्र.का. मा राखी
थप अनुसन्धान कार्य भईरहेको ।
हा.ह.बरामद,
म्याग्दी, इ.प्र.का.दरवाङबाट
प्र.नि.को कमाण्डमा गस्ती खटी गएको प्रहरी
टोलीले ईजाजत पत्र नलिई लुकाई छिपाई राखिएका अवस्थामा ऐ.मालिका गा.पा.४ छाप स्थित
छाप सामुदायिक जङंगलबाट भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङमा
ल्याई राखेको ।
बाग्लुङ, इ.प्र.का बुर्तीबाङ
बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा जि.बागलुङ
ढोरपाटन न.पा ६ प्याङखोला स्थित चेनडाडा सामुदायीक जङ्गलमा लुकाइ छिपाई राखेको
अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -२ र ऐ.१२:०० बजे जि. बागलुङ वडिगाड गा.पा
८ सल्लेरी सामुदायीक वनमा लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत
थान -३ गरी दुबै ठाउँको थान-५ (सावुत)
हतियार फेला पारी रितपूर्वक मुचुल्का गरी
ऐ. १५:३० बजे इ.प्र.का. बुर्तीबाङ बागलुङ ल्याई राखिएको,उक्त
हतियार को- कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान
कार्य भई रहेको ।
थुनुवा मृत्यु,
दाङ, मिति २०८२।०८।२८ गते ऐ.
तुलसीपुर उ.म.न.पा.५ बाट लागु औषध सहित नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको
हिरासत कक्षमा रहेको म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध मुद्दाको जिल्ला दाङ
दंगिशरण गा.पा.४ बैवाङ बस्ने वर्ष २४ को रोसन चौधरी एक्कासी बेहोस भई राप्ती
प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगी उपचार भईरहेको,आफन्तलाई
खबर भएकोमा ऐ.०९:५५ बजे उपचारको क्रममा मृत्यु भएको,ऐ.१३;३० बजे मृतकको बुवा अस्पतालमा आइपुगेको, उक्त
स्थानमा इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१४:०५ बजे शवको
कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको
शव गृहमा राखिएको, ऐ. १६:५५ बजे शव पो.मा.पश्चात मृतकको
बुवाले बुझीलगेको ।
चोरी/लुटपाट,
सिन्धुली, थप:-
मिति २०८२।०९।२९ गते अ. २०;४० बजेको समयमा जि. सिन्धुली
घ्याङलेख गा.पा २ हायुटार स्थीतमा रहेको एस.बि.आई बैक शाखा कार्यालयमा अपरीचित ५/६
जनाको समुह आई गरेको चोरी /लुटपाट भएको घटना सम्बन्धमा थप अनुसन्धान गर्दा ऐ. ३०
गते १०:०५ बजे जि.सिन्धुली ध्याङलेख गा.पा.०१ सुकाजोरी स्थितबाट जि.चितवन भरतपुर
म.न.पा.२ पोखराबसपार्क नजिक बस्ने सुरेश श्रेष्ठको छोरा वर्ष २५ को शसाङ्क श्रेष्ठ
लगायत ४ जना पुरुष व्यक्तिहरुलाई नियन्त्रणमा लिई इ.प्र.का बस्तिपुरमा ल्याई
अनुसन्धान कार्य भइरहेकोमा ऐ.१४:०० बजे, एस.बि.आई बैक बाट
चोरी भएको तीन करोड सात लाख(ने.रु.३,०७,००,०००।-) मध्ये २०८२।०९।२९ गते वरामद भएको
रकम.रु.एक करोड असि लाख दश हजार पाँच सय (ने.रु १,८०,१०,५००) र ऐ.३० गते बरामद भएको रकम अठासी लाख
चौवालिस हजार छ सय पचहत्तर(ने.रु८८,४४,६७५)
गरी जम्मा दुई करोड असठ्ठी लाख पचपन्न हजार एक सय पचहत्तर (ने.रु २,६८,५५,१७५) बरामद भएको,
चालक सहित नियन्त्रणमा लिएका ५ जना मानिसहरुलाई थप अनुसन्धानको लागि
जिल्ला प्रहरी कार्यालय सिन्धुली लगि राखिएको अन्य २ जना फरार रहेका ।
शिशु मृत फेला,
सप्तरी, राजबिराज न.पा.१४
पर्साही स्थित बगही नहरको पुल मुनी अं.२ महिनाको जस्तो देखिने बालिका मृत अबस्थामा
रहेको भनि अ.प्र.पोष्ट तितरीगाछीमा जानकारी प्राप्त हुनासाथ प्र.ह.को टोली खटी गई
घट्ना स्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी
प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया
पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शव गृहमा
राखिएको ।
सुर्खेत, गुर्भाकोट न.पा. नं १ राम्रीकाँडा बस्ने लिल ब. कार्किको छोरी १८ की गिता
कार्की अत्याधिक रक्तश्राप भई उपचारको लागि मेहेलकुना अस्पताल मेहलकुना सुर्खेतमा
आएकोमा डाक्टरले के भएको हो भनी सोधपुछ
गर्दा निज बालिकाले जिल्ला सल्यान बालुवा संग्रही बस्ने वर्ष अं.२४/२५ को जनक सुवेदी बाट अबैध गर्भ रहनगई अत्याधिक पेट दुखि ऐ.ऐ.बस्ने बर्ष
३६ को राम बहादुर बि.क.ले चलाएको भे १ ह १८८८ नम्बरको अटोमा उपचार गराउन आउदै
गर्दा गुर्भाकोट न.पा.१ काल्चे स्थित बाटोमानै शिशुको जन्म भई फ्याकि दिएको भनि
भनेको र निज बालिका लाई थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ
पठाएको अवस्था सिरियस(बोल्न सक्ने)साथमा आमा शान्ति कार्की (९७६८२०१५२६) रहेको ,
ऐ.०४:१५ बजे प्रदेश अस्पताल
कालागाँउमा सुर्खेतमा पुगी उपचार भैरहेको
सोहि अस्पतालमा खटिएका प्र.स.ह.प्रेम बहादुर वलीले प्र.चौ.मालारानी
सुर्खेतमा जानकारी गराए पश्चात् तत्काल प्र.चौ.मालारानी सुर्खेत बाट प्र.स.नि.हरी
बहादुर मल्लको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगएकोमा ऐ. ०६;०० बजेको समयमा प्रहरी
टोली बच्चा फालेको स्थानम पुगी हेर्दा बच्चा (छोरी) फालेकै स्थानमा मृत फेला परेको
अन्य बि.बि. पछि ।
प्र.क.माथि
दुर्ववहार,
मोरङ, बिराटनगर म.न.पा. १६ दरैया स्थित झै-झगडा भएको भनी जानकारी गराउनासाथ
दरैया पोष्टमा इ.प्र.का. रानीबाट डिउटीमा खटिएका प्र.ह.को कमाण्डमा प्रहरी उक्त
स्थानमा पुगी सम्झाई बुझाई गर्दा ऐ. बिराटनगर म.न.पा.१६ दरैया बस्ने वर्ष ४५ को
चन्दन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष ४४ को मदन कुमार
अमात्य राय,ऐ. बस्ने वर्ष २० को रोहन कुमार अमात्य रायले
प्रहरीलाईनै अपशब्द तथा दुर्व्यवहार गरेको भनी निज प्र.ह. ले जानकारी गराउनासाथ
उक्त स्थानमा इ.प्र.का. रानीबाट प्र.नि. को कमाण्डमा टोली खटी गई निजहरुलाई सम्झाई बुझाई गर्दा समेत
प्रहरी माथी दुर्व्यवहार तथा हातपात समेत गरेकोले निजहरुलाई नियन्त्रणमा लिने
क्रममा इ.प्र.का.रानीबाट प्र.नि. ले प्रयोग गर्ने गरेको सि.नं. 871TOMF969 को MOROROLA कम्पनीको UHF Digital Hand
Set ऐ. स्थितमा खस्दा जमेको पानीमा परी खराब भएको, सोही स्थानमा प्र.ब.ह. को सामसुङ कम्पनीको J5 मोबायल
फोन हराएको, निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.नि. को
दाहिने हातको बुढी औँलाको फेदमा सामान्य चोट लागेको, विवाद
गर्ने तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई राखिएको ।
लागु औषध,
ललितपुर, महालक्ष्मी न.पा.०३
इमाडोल अमन टोल स्थित पैदल हिडिरहेको भारत देश सितामाडी घर भई हाल ऐ. स्थान बस्ने
वर्ष २३ को मनोज कुमारलाई प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
सादा पोशाकको प्रहरी टोलीले शंकास्पद लागी चेकजाँच गरी साथै निजको डेराकोठाबाट
८.४८ ग्राम ब्राउन सुगर र ब्राउन सुगर जोख्ने मेसिन सहित नियन्त्रणमा लिई प्रहरी
वृत्त सातदोबाटोमा राखेको ।
सुनसरी, बर्जु गा.पा.४ हरबनी
स्थित सशस्त्र प्रहरी बोडर आउट पोष्ट हरबनीबाट खटिएको स.प्र.ना.नि को कमाण्डमा
खटिएको गस्ती टोलिले ऐ.स्थित बाँस झ्याङमा लुकाई छिपाई राखिएको अवस्थामा अं.५५४
के.जी गाँजा बरामद गरी प्र.चौ.अमडुवामा बुझाईएको र उक्त गाँजा आवश्यक कार्वाहिको
लागि इ.प्र.का.दुहबी पठाईएको।