प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मिति २०८२।१२।१८ गते ०५:०० बजे देखि २०८२।१२।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१९

ज.ज.क./बाल यौनदुर्व्यहार,झापा, बिर्तामोड न.पा.४ पुरानो भद्रपुररोड स्थित बाबुराम घिमिरेको घरमा डेरी गरी बस्ने ऐ.मेचीनगर न.पा.४ घर भएको अं.वर्ष ४५ को रबिन न्यौपानेले सोही घरमा डेरा गरी बस्ने ऐ.कनकाई न.पा.८ घर भएको भुपाल पौडेलको छोरी अं.वर्ष १३ की आर्जु पौडेललाई ललाई फकाई आफ्नो कोठाभित्र बोलाई यौन दुर्व्यवहार गरेको भन्ने मौखिक ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज रबिन न्यौपानेलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको र निज बालिकालाई दिदी आकृती पौडेलको जिम्मामा बुझाई पठाईएको, ऐ.१९ गते बिहान पीडित पक्ष इ.प्र.का.अनारमनीमा आई जाहेरी दिने, कर्तव्य ज्यान,मकवानपुर, मिति २०८२।१२।१० गते अं.०८:३० बजे भिमफेदी गा.पा.९ बास्की टोल बस्ने ठाकुर बर्तौला (कान्छो छोरा) को श्रीमती वर्ष ४२ की कुसुम महत्तोले आफ्नै सासुआमा वर्ष ६९ की अम्बिका बर्तौलालाई घरायसी विषयमा सामान्य विवाद हुँदा कुटपिट गरी मुख, दुवै हात, ढाड र टाउकोमा चोट लागी घाईते भएकोमा ऐ.१२ गते अं.०९:३० बजे उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार पश्‍चात सोही दिन डिस्चार्ज पश्‍चात अम्बिका बर्तौला माईलो छोरो शम्भु बर्तौलाको घर ऐ.हेटौडा उ.म.न.पा.७ शान्तिटोल स्थित गई बसेकोमा ऐ.१६ गते स्वास्थ्यमा असहज भए पछी पुन: उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा  सोही दिन हेटौडा अस्पतालबाट थप उपचारको लागी काठमाण्डौ रिफर भएकोमा काठमाण्डौ नलगि ऐ.हेटौडा उ.म.न.पा.७ स्थित बस्ने छोराको घरमा लगी राखेकोमा ऐ.१८ गते अं.१२:१० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी गई मुचुल्का लगायत कार्य पुरा गरी शव पो.मा.को लागी हेटौडा अस्पताल मकवानपुर पठाएको, बुहारी कुसुम कुमारी महत्तोलाई नियन्त्रणमा लिई जि.प्र.का.ल्याईएको । प्र.क.झुण्डी मृत्यु,कास्की, पोखरा म.न.पा.७ पार्दी स्थित भट्टराई पोल्टी फम नजिक रुपा तामाङको घरमा डेरा गरी बस्ने जि.तनहुँ बन्दिपुर गा.पा.घर भएका नेपाल प्रहरी प्रदेश कार्यालय सशस्त्र प्रहरी सेनामुख पोखरा, कास्की दरबन्दी भई हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्र.का.स.वर्ष ३५ को दिलिप उपाध्याय (कम्प्युटर कोड ५५१५३८) आफू बस्ने डेरा नजिकै रहेको खाल्सेको रुखमा जुत्ताको तुनाको पासो लगाई झुण्डिएको अवस्थामा देखी निजको श्रीमती वर्ष २८ की मनिषा सुवेदी लगायत छिमेकीहरूले पासो फुकाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएकोमा ऐ.१०:११ बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, । ला.औ., धनकुटा, प्र.चौ.मुलघाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको  टोलीले  धनकुटा न.पा.९  स्थित त्रिवेणी-मुलघाट भित्री सडकमा त्रिवेणीबाट मुलघाट तर्फ आउँदै गरेको प्रदेश १-०२-०४७ प ६९८१ नं.को मो.सा.र सोहि दिशाबाट आउँदै गरेको को २१ प ९५६५ नं.को मो.सा.मा सवार व्यक्तिहरुले गस्ती टोली देखी मो.सा.छोडी भाग्ने क्रममा प्रदेश १-०२-०४७ प ६९८१ नं.को मो.सा.चालक शहिदभूमी गा.पा. ७ बस्ने वर्ष २२ को शुसान राईलाई नियन्त्रणमा लिई मो.सा.पछाडि बाँधेको जेब्रा झोला खोली हेर्दा ला.औ.गाँजा अं. १९.८५० के.जी.गाँजा (झोला सहित)  र को २१ प ९५६५ को मो.सा.पछाडि बाधेको जेब्रा खोली हेर्दा ला.औ.गाँजा अं.२४.१४० के.जी. गाँजा (झोला सहित) गरी जम्मा ४३.९९० के.जी गाँजा (झोला सहित) नियन्त्रणमा लिएको, को.२१ प ९५६५ नं.को मो.सा.चालक र पछाडि सवार फरार रहेको खो.त.कार्य भईरहेको, जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक कारवाहीको लागी जि.प्र.का.ल्याएको,

मिति २०८२।१२।१७ गते ०५:०० बजे देखि २०८२।१२।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१८

ज.ज.क./ बाल यौन दुर्ब्यवहार,पाल्पा, मिति २०८१।०६।०३ गते देखि विभिन्न स्थान र समयमा पटक पटक करणी गर्दै आएकोमा अन्तिम पटक मिति २०८२।०९।२३ गते राती अं.२१:०० बजे रिब्दिकोट गा.पा.७ बतासे स्थित प्रतिवादी शिव बहादुर लम्तरीले संचालन गरेको जलेश्वर फाष्टफुड एण्ड खाजा घरको कोठामा ऐ.बस्ने वर्ष २२ को शिव बहादुर लम्तरीले ऐ. रिब्दिकोट गा.पा.८ बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको भनी  ऐ.१२।१७  गते ११:०० बजे जि.प्र.का.मा आई पीडितले लिखित जाहेरी दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, निजलाई शिव बहादुर लम्तरीलाई प्र.चौ. दोभान को एरियाबाट नियन्त्रणमा लिई मेडिकल गरी जि.प्र.का. पाल्पाको हिरासत कक्षमा राखिएको  । दाङ,गढवा गा.पा.६ स्थित जन्ता मा.बि. गढवाको खेल मैदानमा जि.जाजरकोट भेरी न.पा.४ घर भई हाल जि.दाङ गढवा गा.पा.६ गढवा बजारमा तरकारी पसल गर्दै आईरहेकी महिलाकी छोरी वर्ष १४ की बालिकालाई ऐ. गढवा गा.पा.६ गढवा बस्ने अं.वर्ष १९ को रोहित सुनारले केहि कुरा गर्नुछ भनी ऐ.१२।१६ गते अं.२१:०० बजे ललाई फकाई लगी यौन दुर्ब्यबहार गरेको भनी पीडितको दाईले ऐ.१२।१७ गते इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक रोहित सुनारलाई निजको घरमा फेला पारी नियन्त्रणमा लिएको । काठमाडौं, जि.सिन्धुपालचोक  ईन्द्रावती गा.पा.२ घर भई हाल का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष २७ की महिलालाई का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष ४० को गौरव श्रेष्ठले बिगत ७ वर्ष देखि ऐ.१५ स्थित आफ्नो घरको शौचालय नजिकैको कोठामा लिई अन्तिम पटक २०८२।९।४ गते जबरजस्ती करणी गरेको भनी जाहेरी ऐ.१२।१६ गते १५:०० बजे जिल्ला प्रहरी परिसर महिला वालवालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र भद्रकालीमा जानकारी गराए पश्चात प्रहरी टोलि खटिगई थप अनुसन्धान भईरहेको, पीडक फरार खो.त.भईरहेको । झापा, मिति २०८२।१२।१६ गते अं.००:०० बजे अर्जुनधारा न.पा.६ स्थित खाली जमिनमा वर्ष १४ की बालिकालाई ऐ.बस्ने वर्ष २८ को पुरुषले ज.ज.क गरेको भनी पीडितको दिदीले मिति २०८२।१२।१७ गते १६:०० बजे इ.प्र.का.अनारमनीमा लिखित जाहेरी दिए पश्चात इ.प्र.का.अनारमनीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बाँके, मिति २०८२।१०।२१ गते अं.२२:३० बजे राप्ती सोनारी गा.पा.८ स्थित ढकेरी जंगलमा वर्ष अं.१८ की बालिकालाई ऐ.न.पा.५ रझेना बस्ने वर्ष अं.२१ को आशिष थारु, ऐ.६ बस्ने वर्ष अं.२७ को सन्दिप थारु, ऐ.६ बस्ने वर्ष अं.२१ को निरज थारु र ऐ.बस्ने वर्ष अं.१६ को बालकले सामुहिक ज.ज.क.गरेको भनी मिति २०८२।१२।१७ गते अ.१७:०० बजे पीडितले इ.प्र.का.कोहलपुरमा जाहेरी दरखास्त दिएको हुदा इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई जाहेरीमा उल्लेखित ४ जनालाई नै निजहरुकै घर वतन बाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण पश्चात आवश्यक अनुसन्धानको लागी इ.प्र.का.कोहलपुर बाँकेंमा राखिएको, पीडितको अवस्था सामान्य रहेको । प्रहरी कर्मचारीको मृत्यु,पर्सा, ने.प्र.प्र.का.वीरगंज पर्सा  संचार दरबन्दी भई कार्यरत प्रहरी हवल्दार चन्दन तिवारी बिरामी भई ऐ.१५ गते उपचारको लागि नारायणी सेन्ट्रल अस्पताल वीरगंज हुँदै थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा उपचारको लागि पठाईएकोमा उपचारको क्रममा ऐ.१७ गते १३:५५ बजे उपचारको क्रममा निजको मृत्यु भई सदगतको लागि पर्सा तर्फ लिई गएको । चिनिया नागरीक नियन्त्रणमा,रसुवा, गोसाईकुण्ड गा.पा.२ रसुवागढी स्थित नेपाल चीन सिमा नजिक रसुवागढी नाकामा चीनबाट नेपाल तर्फ आँउदै गरेको पैदल यात्री HUANG BINCHENG नाम गरेका EP1211946 नं. पासपोर्ट भएका चाईनिज नागरिकलाई इ.प्र.का.टिमुरेबाट प्र.नि.को कमाण्डमा र  सशस्‍त्र प्रहरी बल नेपाल वि.ओ.पि. टिमुरेबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा निज चिनियाँ नागरिकले सुटकेसमा लुकाई छिपाई अबैध रुपमा ल्याएको चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु A83257 FINE GOLD CORPORATION लेखिएको 1 KILO GOLD BAR 999.9, (अं. तौल ४०१.३१ ग्राम) , चाईनिज अक्षरबाट लेखिएको सुन जस्तो देखिने पहेँलो धातु AU9999 100g (अं. तौल १०९.०६ ग्राम) र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु Ag9999 (अं. तौल १.०५० के.जि.)  र चाँदी जस्तो देखिने सेतो चाईनिज अक्षरबाट लेखिएको धातु (अं. तौल १४२.९७ ग्राम) भएको धातुहरु फेला परेकोले उक्त धातुहरु सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.टिमुरेमा ल्याई अनुसन्धान कार्य भईरहेको, उक्त धातुहरुको परिक्षण हुन बाँकी रहेको । ला.औ., कास्की, पोखरा म.न.पा.१८ सेदी वडा एरियामा नेपाली तथा भारतीय नागरिकहरुले संयुक्त अबैध रुपमा डान्स पार्टी चलाई उक्त पार्टीमा बिभिन्न लागु औषधहरुको कारोवार एवं सेवन गर्दै आएको भन्ने सूचनाको आधारमा जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा, व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा र ला.औ.नि.ब्युरो पोखरा कास्कीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ३८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएकोमा ब्राजिलका नागरिक वर्ष ४८ का Charles Da- Silva-Gouva. को साथबाट LSD (Lysergic acid diethylamide) जस्तो देखिने झोलमा ४ ML, कोकिन जस्तो देखिने १.२० ग्राम, जि.कास्की पोखरा म.न.पा.५ प्रस्याङ बस्ने वर्ष २५ आशिष दर्जीको साथबाट लागु औषध चरेश जस्तो देखिने ७.८५ ग्राम, जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष ३२ को वमेन्द्र पुनको साथबाट खात जस्तो देखिने २८५ ग्राम, जि.काठमाण्डौ बस्ने वर्ष २१ को निकुञ्ज सिंह कार्कीको साथबाट पेपर LSD (Lysergic acid diethylamide) जस्तो देखिने २ वटा, जि.दाङ वतन भएको वर्ष २९ को सौरभ महराको साथबाट रु.१००० को नोटमा रहेको कोकिन जस्तो देखिने १.२४ ग्राम, ICE (amphetamine) जस्तो देखिने १.३ ग्राम, जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष २७ को विशाल परियारको साथबाट लागु औषध चरेश जस्तो देखिने ८.३२ ग्राम, कोकिन जस्तो देखिने सेतो धुलो ०.२५० ग्राम, भारत घर भएकी वर्ष ३१ की सृष्टी चन्द्राको साथबाट MDMA लेखिएको ट्यावलेट २, भारत घर भएको वर्ष ३५ को अनुभव शर्माको साथबाट लागु औषध चरेश जस्तो देखिने ला.औ. ७८.२२ ग्राम, पोल्याण्ड जस्तो देखिने ३३.९० ग्राम ला.औ.,कोकिन जस्तो सेतो धुलो १.२८ ग्राम ला.औ. सहित निजहरु ८ जना नेपाली तथा विदेशी नागरिकहरुलाई ला.औ.सहित फेला पारी नियन्त्रणमा लिई व.प्र.का.बैदाममा राखिएको, ४ जना व्यक्तिलाई अभ्रद्र व्यवहारमा मुद्धा चलाएको, २६ जनालाई आफन्तको जिम्मा लगाई छाडिएको  ।

मिति २०८२।१२।१६ गते ०५:०० बजे देखि २०८२।१२।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१७

ज.ज.क./बाल यौनदुर्व्यहार,ईलाम, मिति २०८२।११।१३ गते ११:०० बजे देउमाई न.पा.३ सुर्के स्थित ऐ.बस्ने वर्ष ४० को राजु बि.क.ले ऐ.बस्ने वर्ष ४० की महिलालाई ज.ज.क.गरेको भनी ऐ.१६ गते इ.प्र.का.मंगलबारेमा लिखित निवेदन दिनासाथ प्र.ना.नि.को कमाण्डको खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको, । झापा, अर्जुनधारा न.पा.६ लक्ष्मिपुर स्थित ऐ.बस्ने वर्ष ५ की बालिकालाई ऐ.बस्ने वर्ष १३ को बालकले ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१६ गते १५:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दिएको हुँदा प्र.चौ.शनिश्चरेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा राखी आ.अ.भइरहेको, । बालिका मृत फेला,दाङ, मिती २०८२।१२।१२ गते अं.१४:०० बजे बबई गा.पा.३ हंशपुर बस्ने बिटु खत्रीको छोरी वर्ष १४ की अनु खत्री घरबाट साथीको जन्म दिन मनाउन जान्छु भनी गएकोमा निज बालिका हाल सम्म घर परिवारको सम्पर्कमा नरहेको भनी प्र.चौ.पुरन्धारा दाङमा जानकारी गराए पश्चात मिति २०८२।१२।१३ गते निज बालिका हराएको भनी इ.प्र.का.तुलसीपुर दाङले हुलिया परिपत्र गरेकोमा स्थानीय र प्र.चौ.पुरन्धाराबाट प्र.ह.को कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले निज बालिकालाई खो.त.गर्दै जाने क्रममा ऐ.१६ गते १०:३० बजे ऐ.बबई गा.पा.४ सल्ली कोट जंगलमा मृत अवस्थामा फेला पारेको, कानुनी प्रकृयाको लागि इ.प्र.का.खिलतपुरबाट प्र.नि. र इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि राप्ती प्रादेशिक अस्पताल दाङ पठाईएको । कैदी मृत्यु,ललितपुर, कारागार कार्यालय नख्खु ललितपुरमा नँया ब्लकमा बैकिङ कसूर मुद्दामा कैद भुक्तान गरिरहेका जि.स्याङ्जा विरुवा गा.पा.८ वतन भएका मान बहादुर गुरुङको छोरा वर्ष ५२ का बिर बहादुर गुरुङ बिरामी भएकोले कारागार कार्यालय नख्खु ललितपुरको चलानी नम्बर ३१९३ मिति २०८२।१२।१६ गतेको पत्रादेशानुसार मुटुमा समस्या भई उपचारको लागी विर अस्पतालको ईमरजेन्सी विभाग काठमाण्डौ पठाएकोमा उपचारको क्रममा मिति २०८२।१२।१६ गते ११:५५ बजे निज कैदीको मृत्यु भएको भनी जानकारी प्राप्त भएको, शव ऐ.अस्पतालमा रहेको । ला.औ., बारा, जितपुर सिमरा उ.म.ना.पा.-१० नितनपुर स्थित इ.प्र.का.सिमरा र इ.प्र.का.जितपुरबाट खटिएको संयुक्त टोलीले बिरगंजबाट सिमरा तर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटिलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा स्कुटी चालक जि.पर्सा बिरगंज म.न.पा.२१ परवानीपुर बस्ने सत्यनारायण साहको छोरा अं.वर्ष २५ को अनिल साहको साथबाट ६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.र ईलेक्ट्रिक स्कुटि सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.जितपुर बाट अं.६ कि.मि.दक्षिण पर्ने ।

मिति २०८२।१२।१५ गते ०५:०० बजे देखि २०८२।१२।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१६

कर्तव्य ज्यान,कालिकोट, नरहरीनाथ गा.पा. वडा नं. ३ कुमाल गाउँ बस्ने बर्ष अं.२९ को काशिराम बुढाको घरमा ४ जना अपरिचित ब्यक्तिहरु आई मेरो श्रीमति बर्ष २७ कि मानपुरा बुढा लाई कुटपिट गरी मारेको भनि निजले इ.प्र.का. कुमालगाउँ कालिकोटमा आई जानकारी गराउना साथ इ.प्र.का. कुमालगाउँ कालिकोट  बाट प्र.ना.नि. रक बिर के.सी.को कमाण्डमा टोली खटीगएको , थप अनुसन्धानको लागी जि.प्र.कालिकोट बाट प्र.नि. को कमाण्डमा (SOCO) सहित टोली खटिगएको , श्रीमानलाई नियन्त्रणमा लिईएको, थप बिवरण पछि जाहेर गरिने । ज.ज.क./ज.ज.क.उद्योग,कैलाली, धनगढी उ.म.न.पा.१४ बस्ने वर्ष २१ को राजेश सि.के.ले ऐ.१५ कनरी बस्ने वर्ष १४ की बालिकालाई  ऐ.८ तौलाह ताल नजिकै कोठामा बोलाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.१५ गते ११:१० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान भइरहेको, पीडक फरार रहेकोले खो.त.भईरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा बुझाई पठाएको । कैलाली, मिति २०८२।०७।१२ गते अं.१९:०० बजे जि.कैलाली जानकी गा.पा.७ टिक्लीगढ स्थित ऐ.ऐ. बस्ने वर्ष १५ कि बालिकालाई ऐ. बस्ने वर्ष २१ को अमन चौधरीले निजलाई घर नजिकै रहेको खेतमा राखेको परालको थुप्रोमा लगि ज.ज.क.गरेको भनि पिडितको आमाले मिति ऐ.१२।१५ गते १९:३० बजे इ.प्र.का. टिकापुर कैलालीमा जाहेरी दर्खास्त दिए पश्चात इ.प्र.का.टिकापुर कैलालीबाट प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई अमन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१३ गते २०:०० बजे वनगाड कुपिण्डे न.पा.७ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ४० को जितेन्द्र कुमार शाहले ज.ज.क.उद्योग गरेको भनी पीडितको आफन्तले ऐ.१५ गते जि.प्र.का.मा निवेदन पेश गरेको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सल्यानमा राखी आवश्यक अनुसन्धान भइरहेको । संखुवासभा, मिति २०८२।१२।०४ गते अ.१६:०० बजे, चैनपुर न.पा.७ सातघुम्ती स्थितमा ऐ.फलाटे बस्ने चन्द्र बहादुर कार्कीको छोरा वर्ष १९ को निसान कार्कीले  ऐ. बस्ने  वर्ष १२ की  वालिकालाई ललाई फकाई गरी जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।१२।१५ गते इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभामा ऐ.१७:०० बजे जाहेरी दरखास्त दिएको हुदाँ इ.प्र.का.चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुर संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको । लुटपाट,काठमाडौं, काठमाडौं म.न.पा.३ महाराजगजं नजिकै भाटभटेनीबाट बसुन्धारासम्म जाने क्रममा अल्फावेट नम्वर नखुलेको महानगर यातायात बसमा जि.गोरखा शिरमाचोक घर भई हाल का.जि.टोखा मेगासिटी हाईट बस्ने वर्ष ६२ की पदम कुमारी गुरुङको घाँटीमा लगाएको अं.३ तोलाको अं.मु.रु.८,००,०००।- (आठ लाख) बराबरको सुनको सिक्री २।३ जना व्यक्तिहरुले बसभित्र धकेलाधकेल गरेको र बसुन्धारामा आई गाडिबाट झरी घाँटीमा छाम्दा सिक्री नभएको जानकारी गराउनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट प्र.स.नि.र सादा पोशाक सहितको प्रहरी टोली खटी गई फरार रहेको व्यक्तिहरुको खो.त.कार्य भईरहेको  लागु औषध,पर्सा, विरगंज म.न.पा.१६ शंकराचार्य गेट स्थित प्र.चौ.ईनर्वाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा यात्रु बोक्ने ई-रिक्सामा सवार देश भारत जिल्ला बेतिया बस्ने अं.वर्ष ३९ को जावेद अंसारी, ऐ.बस्ने अं.वर्ष २८ को गरीब महम्द र ऐ.बस्ने अं.वर्ष २४ को महम्द रजिसको शरीरमा लुकाई छिपाई अबैध रुपमा लादै गरेको लागु औषध गाँजा अं.७ किलो ५०० ग्राम ला.औ.सहित ३ जनालाई नै नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि व.प्र.का.बिर्तामा पठाईएको ।  कञ्चनपुर, भिमदत्त न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ. भिमदत्त न.पा.२ उल्टाखाम बस्ने अं.वर्ष २७ को टेकेन्द्र भन्डारीलाई भारतबाट नेपाल तर्फ आउने क्रममा शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल २४ ग्राम १६० मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) लागु औषध सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी तालुक जि.प्र.का.कञ्चनपुर पठाएको ।

मिति २०८२।१२।१२ गते ०५:०० बजे देखि २०८२।१२।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१३

कर्तव्य ज्यानदाङ, तुलसीपुर उ.म.न.पा.१९ दोघरे बस्ने बस्ने वर्ष ३४ को गोपाल वलीले आफ्नै घरमा आफ्नै श्रीमती वर्ष २७ की कमला वली लाई कुटपिट गर्दा टाउको र अनुहारमा चोट लागी घाइते भई राप्ति प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई उपचारको क्रममा ऐ.१९:५५ बजे मृत्यु भएको लाश सोही अस्पतालमा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.बिजौरीबाट प्र.ब.ना.नि.को कमाण्डमा ४ जना र इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको उपचारमा छिमेकी रेनुका घर्ति संलग्न, कारण नखुलेको, कुटपिट गर्ने ब्यक्ति गोपाल वली इ.प्र.का.तुलसीपुर दाङको नियन्त्रणमा रहेको  ।कपिलवस्तु, वाणगंगा न.पा.१ क्वाटर चोक स्थित मानिस घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष ३२ को सुमन चौधरी (मानसिक सन्तुलन ठिक नरहेको भन्ने बुझिएको)  टाउको र दुबै हातमा चोट लागि (अबस्था गम्भिर) घाईते अवस्थामा रहेको निज घाईतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पटाईएकोमा उपचारको क्रममा ऐ.१९:४० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, पो.मा.हुन बाँकी, उक्त घटनामा  शंकास्पद व्यक्ति जि.कपिलवस्तु वाणगंगा न.पा.१ बैरिया बस्ने वर्ष ४५ को उदय अधिकारीलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई प्रारम्भिक सोधपुछको क्रममा उदय अधिकारीले पुर्व रिसिविका कारण मृतक सुमन चौधरीको घरमा गई सुतिरहेको अवस्थामा ठुलो खुर्पा प्रहार गरी घाईते बनाएको भनि प्रहरी समक्ष स्विकार गरेको, निजले प्रयोग गरेको खुर्पा निजकै घरको किचन कोठाको र्‍याक मुनि बोराले बेरेर राखेको अबस्थामा बरामद गरेको । लमजुङ, मिति २०८२।१२।११ गते अ. ०५;३० बजेको समयमा जिल्ला लमजुङ दोर्दी गा.पा. ५ पारीखोला स्थित ऐ. बस्ने वर्ष ४५ को पख्खन गुरुङले आफ्नै घरमा श्रीमतीसँग घरायसी कुरामा झै- झगडा हुँदा  निम्न मानिसहरुलाई बन्चरो प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ. श्रीमञ्जाङ बाट प्र.ह. प्रदिप कुमाल (९८६६३५२४९९) को कमाण्डमा २ जनाको टोली खटि गई घाईतेहरूलाई उपचारको लागि प्रदेश अस्पताल लमजुङ पठाएको,उपचारमा छिमेकी भिम बहादुर गुरुङ(९८४६११०७४४) साथमा रहेको,बन्चरो प्रहार गर्ने ब्यक्ती र उक्त बन्चरोलाई नियन्त्रणमा लिएको ।निम्न:-१.      जिल्ला लमजुङ दोर्दी गा.पा. ५ पारीखोला बस्ने वर्ष ४५ की चिज माया गुरुङ(निजको श्रीमती),पेट र बाँया हातमा चोट,अवस्था मध्यम ।२.      ऐ.ऐ. बस्ने वर्ष ७२ को गर्वलाल गुरुङ,टाउकोमा चोट,अवस्था मध्यम (छुट्टाउन जाने क्रममा प्रहार गरेको) ।३.      ऐ.ऐ. बस्ने  वर्ष १० को अनमोल गुरुङ,टाउकोमा चोट,अवस्था मध्यम (छुट्टाउन जाने क्रममा प्रहार गरेको) ।थप अपडेट;- ऐ.०८;२५ बजे सि.नं. ३ को घाईते थप उपचारको लागि (नयाँ) चितवन मेडिकल कलेज भरतपुर चितवनको लागी रिफर भएको अवस्था बेहोस सिरियस साथमा छिमेकी सुक बहादुर गुरुङ (९७०१६७८७७८) रहेको ।ऐ.ऐ. ०९;२५ बजे सि.नं.२ को घाईते थप उपचारको लागी (नयाँ) चितवन मेडिकल कलेज भरतपुर चितवनको लागी रिफर भएको अवस्था बेहोस सिरियस रहेको ,साथमा नाती रोशन गुरुङ रहेको ।ऐ.१२;०२ बजे नयाँ मेडिकल कलेज भरतपुर चितवन पुगि उपचार भइ रहेकोमा डाक्टरले उमेर बढि भएकोले अप्रेसन हुन असंम्भव हुने भएको हुदा डाक्टरको सल्लाह अनुसार ऐ.१८;०५ बजे प्रदेश अस्पताल लमजुङको लागि आफन्तले लिई हिडेको,सि.नं.१ को घाइतेको प्रदेश अस्पताल लमजुङको ICU कक्षमा उपचार भई रहेको र सि.नं.३ को घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको ।थप अपडेट;- ऐ.२१;१० बजे सि.नं.२ को घाइते प्रदेश अस्पताल लमजुङ आईपुगि ICU कक्षमा उपचार भई रहेको,अवस्था सिरियस र सि.नं.३ को घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा टाउकोको अप्रेसन भएको,ICU कक्षमा रहेको,अवस्था सिरियस र सि.नं.१ को घाइतेको प्रदेश अस्पताल लमजुङको ICU कक्षमा उपचार भई रहेको ।थप अपडेट;- सि.नं.२ को घाइते प्रदेश अस्पताल लमजुङ आईपुगि ICU कक्षमा उपचार भई रहेकोमा मिति-२०८२।१२।१३ गते ०७;२५ बजे उचारको क्रममा डा.ले मृत घोषणा गरेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,भक्तपुर, भक्तपुर न.पा १ दुधपाटी स्थित गण्डकी गेष्ट हाउसमा बर्ष १४ की परिवर्तित नाम भक्तपुर ( छ १०१) लाई जिल्ला भक्तपुर भक्तपुर न.पा १० कमलबिनायक बस्ने बर्ष १९ को साहिल बासुकलाले ललाई फकाई ज.ज.क गरेको भनि पिडित बालिकाको आमाले ऐ. १२।११ गते परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा निज साहिल बासुकलालाई ऐ. १२।११ गते २२;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा १ दुधापाटी स्थितबाट प्रभाग दुधपाटीबाट खटिएको प्र.ना.नि कृष्णहरी रानाभाटको टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको , पीडित बालिकाको मेडिकल गरी आफन्तको जिम्मा लगाई पठाएको । नक्कली बोट बरामद,बागलुङ्ग, मिति २०८२।१२।१२ गते जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले बागलुङ बजार एरियामा ने.रु.१००० र ५०० का जाली नोटहरु फेला परेको भनि विभिन्न मितिमा गुनासो तथा विशेष सुराकीको आधारमा जि.बागलुङ काठेखोला गा.पा.२ भिमपोखरा घर भई हाल बागलुङ न.पा.२ धौलागिरी चोक स्थित सरस्वती श्रेष्ठको ३ तले पक्की घरको दोस्रो तलाको फ्लाईट भाडा गरी बस्ने वर्ष ५५ को याम बहादुर चर्माकारको डेरा कोठामा रितपूर्वक खानतलासी गर्ने क्रममा ने.रु. १००० को एउटै नं.भएका जाली नोट थान-१६,ने.रु.१००० र ५०० का सक्कली नोट -४,९३,००० निम्न नक्कली नोटहरु, सुन जस्तो देखिने पहेलो धातुबाट बनेका औठी थान-७, बाला २ जोर (४ वटा), सिक्री थान-३,मुन्द्रा १ जोर (२ वटा) गरी २०३ ग्राम (बिल नभएका), मोबाईल थान २ (SAMSUNG SCREEN TOUCH थान-१ र सादा मोबाईल थान -१),निजको नाममा रहेका विभिन्न बैंकका चेकहरु थान-८, २३ बाई १० ईन्चका निलो,गुलाबी र हरियो कागज थान-अं.५० ,CPU थान -१  गर-गहना तथा विभिन्न सर-सामानहरु फेला परेकोले बरामदी  मुचुल्का समेत गरी निम्न सामानहरु सहित निजलाई थप अनुसन्धानको लागि ऐ.२०:४० बजे जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको । लागू औषध, सुनसरी, धरान उप-मनपा २० विष्णुपादुका पुल स्थितमा अप्र पोष्ट जोरसखुवा धरानबाट प्रह हेमराज सुवेदी (९८०३२७४५२४) को कमाण्डमा खटिएको प्रहरी टोलीले विष्णुपादुका बाट धरान तर्फ आउदै गरेको प्र.१-०२-०५४ प ०९४४ नं.को मोसालाई रोकी चेकजाँच गर्दा उक्त मोसामा राखेको बोराबाट लाऔ गाँजा (नापतौल गर्दा १७ केजी) बरामद गरी लाऔ गाँजा, मोसा तथा मोसा चालक जिल्ला धनकुटा साँगुरीगढी गापा ०८ बस्ने तारा राईको छोरा वर्ष १९ को शिखर राई र सोही मोसा पछाडी सवार ऐ.ऐ. बस्ने दिप बहादुर राईको छोरा वर्ष १९ को विश्व राईलाई समेत नियन्त्रणमा लिई इप्रका धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१२।११ गते ०५:०० बजे देखि २०८२।१२।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१२

ज.ज.क./ ज.ज.क.उ. / बाल यौन दुर्व्यवहार,पर्सा, वीरगंज न.पा.२७ घुर्मी बस्ने अं.वर्ष १५ की बालिकाको सुत्ने कोठामा ऐ.बस्ने वर्ष १९ को रुपेश कुमार राम प्रवेश गरी निजलाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट उदयपुरघुर्मीबाट खटिएको टोलीले रुपेश कुमार रामलाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाईएको । दाङ, गढवा गा.पा.६ खबरी स्थित तुल ब.बि.क.को कोही नबस्ने पुरानो खाली घरमा ऐ.बस्ने वर्ष अं.१५ की बालिकालाई ऐ.गढवा गा.पा.६ खबरी बस्ने दिल ब.बि.क.को छोरा वर्ष अं.३० को भिमसेन बि.क.ले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले ऐ.अ.१८:०० बजे इ.प्र.का.गढवामा लिखित जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक भिमसेन बि.क.लाई नियन्त्रणमा लिई इ.प्र.का.गढवामा राखी थप अनुसन्धान भईरहेको । झापा, अर्जुनधारा न.पा.११ बस्ने वर्ष २५ को सुरज राईले ऐ.अर्जुनधारा न.पा.११ बसपार्क स्थित पाँचथर होटल एण्ड लजमा कोठा बुक गरी ऐ.वर्ष १६ की बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन देखाई ललाई फकाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले ऐ.२२:०० बजे इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त तथा जानकारी गराउनासाथ प्रहरी टोली खटी गई पीडक सुरज राईलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको । लागु औषध,सिरहा, लहान न.पा.३ बलान पुल स्थितमा लागु औषध सहित मो.सा.मा मानिस गईरहेको भन्ने बिशेष सूचनाको आधारमा इ.प्र.का.लहानबाट प्र.स.नि.को कमाण्डमा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले लहानबाट सप्तरी तर्फ जाँदै गरेको प्र.०१-०५-००२ प.२०८७ नं.मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.उदयपुर त्रियुगा न.पा.६ जलजले बस्ने लक्ष्मी प्रसाद चौधरीको छोरा अं.वर्ष ४२ को गणेश कुमार चौधरीले मो.सा.को अगाडी पट्टिको भाईजरको बिच भागमा राखेको ४० ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ र मो.सा.सहित निज गणेश कुमार चौधरीलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा राखिएको ।  काठमाण्डौ, काठमाण्डौ म.न.पा.१६ नयाँबजार फलफुल चोक नजिकैबाट उपत्यका अपराध अनुसन्धान कार्यालय (PCCB) बाट प्रहरी वृत्त लैनचौरमा प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि. गोरखा गण्डकी गा.पा.४ घर भई हाल का.जि.स्वयम्भु बस्ने वर्ष ३८ को रमेस बसेलको साथबाट ला.औ.पोल्याण्ड २२० ग्राम फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा राखी आ.अ.भईरहेको, ।

सबै समाचार
मिति २०८२।१२।१० गते ०५:०० बजे देखि २०८२।१२।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-११

कर्तव्य ज्यान,मोरङ, बिराटनगर म.न.पा.१७ छाला फ्याक्ट्री देखि पश्चिममा रहेको कलवर्ट मुनी पानीमा तन्नाले बेरिएको अवस्थामा शव फेला परेको परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.रानीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई घटनास्थल सुरक्षित राखेको, कानूनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा तथा कोशी अस्पतालबाट फरेन्सिक डाक्टर सहितको टोली खटी गई पानीबाट बाहिर निकालि हेर्दा तन्नाले बेरिएको हात, खुट्टा बाँधिएको अवस्थामा तत्काल नाम थर वतन नखुलेको अं.वर्ष ४० को जस्तो देखिने महिलाको शव सडिगलेको अवस्थामा रहेको,शवको कानूनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल विराटनगर पठाइएको, मृतक जि.मोरङ बिराटनगर म.न.पा.१५ हर्तालीहाट बस्ने रोशन साहको श्रीमती वर्ष ३२ की कोमल कुमारी साह रहेको(मिति २०८२।१२।०६ गतेदेखि घरबाट हराएको भनी निजको श्रीमानले मिति २०८२।१२।०८ गते इ.प्र.का.रानीमा हुलिया निवेदन समेत दिएको) भनी खुल्न आएको हुँदा अनुसन्धानको लागि मृतकको श्रीमान रोहन साहलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा राखी आ.अ.भइरहेको । महोत्तरी, भंगाहा न.पा.९ हरिहरपुर हरिनमरी मुसहरी टोल स्थित जि.महोतरी औराही न.पा.२ चेपकट घर भई ऐ.भंगाहा न.पा.९ हरिहरपुर घर ज्वाँई बस्दै आएको वर्ष ४२ को बिरेन्द्र सदाले आफ्नो श्रीमती वर्ष ३७ की अनिता देवी सदालाई कुटपिट गरी घरबाट अं.१५० मिटर पुर्व हरिनमरीबाट कन्चनबन आउने सडकको छेउ मसुरो खेतमा मारेर फालेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कन्चनबनबाट प्र.स.नि.को कमाण्डमा टोली घटनास्थलमा पुगि घटनास्थल सुरक्षित राखिएको, कुटपिट गर्ने बिरेन्द्र सदा अ.प्र.पोष्ट कन्चनबनको नियन्त्रणमा, इ.प्र.का. बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा मुचुल्का सहितको टोली खटी गएको र जि.प्र.का.महोत्तरीबाट प्र.नि.को कमाण्डमा समेत टोली खटी गएको । ज.ज.क./ज.ज.क.उधोग,कञ्चनपुर, मिति २०८२।११।२६ गते अं.०२;०० बजेको समयमा जिल्ला कञ्चनपुर बेल्डाडी गा.पा.५ राधापुर स्थित ऐ.ऐ.बस्ने बर्ष अं.२२ को सन्तोष रानाले ऐ.पुनर्वास न.पा. १ पुरैना बस्ने  बर्ष ११ कि  कञ्चनपुर ७५ त्रिभुवनबस्ती  ञ कुमारीलाई मो.सा.मा लगि जबरजस्ती करणी गरेको र मिति २०८२।११।२८ गते राती अं. २३;०० बजेको समयमा ऐ.पुनर्वास न.पा.१ खल्ला स्थित ज.ज.क. गरेको  भनि निज बालिकाको आफन्तले आज मिति २०८२।१२।१० गते अं.१४;०० बजेको समयमा इ.प्र.का.त्रिभुवनबस्तीमा जानकारी गराउनासाथ प्र.नि.लोकेन्द्र सिंह कार्की (९८५८७९००६३) को कमाण्डमा-७ जनाको प्रहरी टोली खटि गई ऐ.पुनर्वास न.पा.१ पुरैनाबाट निज पीडक सन्तोष रानालाई पक्राउ गरि ऐ.१७;३० बजे इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको, । बैतडी, दशरथचन्द न.पा.४ खोचिवडा मोडमा ऐ.४ बस्ने बर्ष अं.२३ को राजेश तिरुवाले ऐ.४ बस्ने वर्ष अं.१९।२० की परिवर्तित नाम २०८२।०८३ २(ख) लाई बैतडी शिक्षा कलेजबाट घर जाने क्रममा ज.ज.क.गर्न खोजेकोले कानुन बमोजिम कार्वाही गरी पाऊँ भनी जि.प्र.का.बैतडीमा जाहेरी दरखास्त पेस गरेको हुँदा प्रहरी टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । ललितपुर, मिति २०८२।०९।१८ गते २१:०० बजे परिवर्तित नाम जन्तेढुङ्गा (क) की छोरी वर्ष ६ की नावालिका छोरी परिवर्तित नाम जावलाखेल (२६) लाई भुवन रण लाहुरेले मा.प.से. गरी निज जन्तेढुङ्गा (क) को कोठामा आई निजलाई कुटपिट गर्दा आफ्नो ज्यान जोगाउन भनी कोठा छोडी बाहिर भागेको र सोही मौका पारी निज भुवन रण लाहुरेले छोरी जावलाखेल (२६) लाई ज.ज.क.गरेको भनी पीडितको आमाले मिति २०८२।१२।०९ गते जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा आई जाहेरी दिएको हुँदा पीडित नावालिकाको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको । अर्घाखाँची, भुमिकास्थान न.पा.६ तिर्लुक बस्ने वर्ष १२ की बालिकालाई निजको सौतेलो दाई वर्ष ३० को परिवर्तित नाम सन्धिखर्क १५ (ख) ले घरमा कोही नभएको अवस्थामा ज.ज.क.प्रयास गरेको भनी पीडितको आमाले ऐ.१८:०० बजे जि.प्र.का.अर्घाखाँचीमा जाहेरी दिएको हुँदा प्र.चौ.खिल्जी र तालुक जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिएको साथै दुवै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको, । सुन बरामद,रौतहट, चन्द्रपुर न.पा.५ स्थित जगत रिसोर्ट होटेलको कोठा नं.१०२ मा सुनचादीँको अवैध विक्री वितरण हुदै छ भनी बिशेष सुचनाको आधारमा इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई हेर्दा उक्त कोठा भित्र जि.नुवाकोट तारकेश्वर गा.पा.३ घर भई देश भारत राज्य पश्‍चिम बंगाल जिल्ला दार्जलिङ मटिघारा ग्राम पंचायत वडा नं.३ बस्ने अं.वर्ष ३७ को अशोक तामाङ, जि.रौतहट चन्द्रपुर न.पा.१० बस्ने वर्ष ३० को अरबिन्द चौधरी, जि.रौतहट बौधीमाई न.पा.६ बस्ने अं.बर्ष ३८ को रुपकेश राय यादव र देश भारत पश्चिमी बंगाल सिलीगुडी जयगाउँ बस्ने अं.बर्ष ३० को संजोक बस्नेत गरी जम्मा ४ जना पुरुष व्यक्ति बसिरहेको देखी निज व्यक्तिहरुको शरीर तथा उक्त कोठा रितपुर्वक खानतलासी गर्दा निजहरु मध्येका अरबिन्द चौधरीको साथबाट “PAMP” लेखिएको निलो रंगको प्लाष्टिकको तीनवटा प्याकमा सिल्ड अवस्थामा प्याक रहेको “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखेको प्लाष्टिक प्याक सहितको पहेलो रंगको सुन जस्तो देखिने धातु थान-३ (तीन), निजहरुको साथबाट वरामद भएको मोबाईल थान-६ र सो कोठाबाट दुरबिन जस्तो देखिने “ANTICK MAGNIFYING BINOCULAR” “EAST INDYA COMPANY” लेखेको मेसिन थान-१ समेत फेला परेकोले उक्त सामानहरु बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा निजहरूको झोला समेतको चेकजाँच गर्दा झोलाभित्र रहेको अरबिन्द चौधरीको कपडाको पाईन्टभित्र कागजमा बेरी लुकाई छिपाई राखेको अवस्थामा “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखेको पहेलो रंगको सुनजस्तो देखिने धातु थान-२ (दुई) र “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखेको सिल्भर रंगको (पोलेको जस्तो देखिने) २ वटा टुक्रा (थान-१) थप फेला परेको, । अवैध सामान(चाँदी) बरामद,काठमाण्डौ, श्री यरको उडानद्वारा काठमाण्डौबाट धनगढी जान लागेका यात्रु जि.दार्चुला अपि हिमाल गा.पा.१ बस्ने वर्ष ३३ को दान सिंङ जागरी का.जि.का.म.न.पा.९ स्थित त्रि.अ.बि.सु.कार्यालयको आन्तरिक उडान तर्फको ह्याण्ड ब्यागेज X-Rey मेसिनमा ह्याण्ड ब्याग चेक गर्ने क्रममा निजको ब्यागमा चाँदीजस्तो देखिने सेतो धातुको माला अं.६ के.जी.फेला परेकोले उक्त माला सहित निजलाई नियन्त्रणमा लिई प्रहरी बृत्त गौशालामा राखिएको । लागु औषध, सर्लाही, बरहथवा न.पा.१२ लौकट नहर स्थित बा ४ च ४०३७ नं.को टोयोटा कार र बा ९ च ७१८१ नं.को सुजुकी कार बेवारिसे रोकिराखेको अवस्थामा इ.प्र.का.हिरापुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा दुबै कारमा ला.औ.गाँजा रहेकोले दुबै गाडी नियन्त्रणमा लिई इ.प्र.का.हिरापुरमा ल्याई हेर्दा बा ९ च ७१८१ नं.को सुजुकी कारमा २३ पोका प्लाष्टिक सहित १९६ के.जी.३८० ग्राम र बा ४ च ४०३७ नं.को टोयोटा कारमा १९ पोका रातो प्लाष्टिक सहित १७६ के.जी.५१७ ग्राम गरी जम्मा ला.औ.गाँजा ३७२ के.जि.८९७ ग्राम रहेको, थप अनुसनधान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का.बरहथवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

मिति २०८२।१२।०९ गते ०५:०० बजे देखि २०८२।१२।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-१०

कर्तव्य ज्यान,पर्सा, जिराभवानी गा.पा.१पिपरा भवानीपुर टोल स्थित स्वर्गीय सुरेश प्रसाद श्रीवास्तवको श्रीमती वर्ष ६५ की सायदा श्रीबास्तबलाई घरायसी विवाद भई निजको छोरा राजेश श्रीबास्तबको श्रीमती वर्ष २५ की पिंकी देवी श्रीबास्तव र देश भारत भागाहा टोल बस्ने लालबाबु श्रीबास्तबको छोरी वर्ष १९ की गायत्री श्रीबास्तब समेत मिलेर माथि उचालेर भुईमा पछार्ने क्रममा निज सायदा श्रीबास्तबको (मृतक महिला पहिले देखि नै मुटुको बिरामी रहेको बुझिएको) घटनास्थलमै मुत्यु भएको भनि ऐ.मृतकको नाती वर्ष १८ को पृथ्बीराज श्रीबास्तबले जानकारी गराउनसाथ प्र.चौ. महादेबपट्टीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै महिलालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा बुझाएको, थप अनुसन्धानको लागि इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रक्रिया पुरा गरी शव  पो.मा.को लागी नारायणी अस्पताल पठाईएको । रामेछाप, दोरम्बा शैलुङ गा.पा.४ भोर्ले बस्ने अं.वर्ष ६० को  प्रेम बहादुर तामाङ ऐ. पार्सा स्थित ससुराली घर गएको अवस्थामा घरबाट अं.६० मिटर पूर्व बारीमा लगी घरायसी बिषयलाई लिएर निजकै माईलो जेठान अं.वर्ष ६० को बीर बहादुर तामाङले प्रेम बहादुर तामाङलाई मुक्का प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको र कुटपिट गर्ने ब्यक्ति फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.गौश्वाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई घटनास्थल सुरक्षित राखिएको, कुटपिट गर्ने ब्यक्तिको खोजतलास कार्य भईरहेको,  थप अनुसन्धानको लागि इ.प्र.का.चोप्राङबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको । शव फेला परेको ( फुटकर ज्यान)सुर्खेत, बराहताल गा.पा.२ बस्ने आसे महतराले मेरो साला नाता पर्ने ऐ. बस्ने वर्ष ३३ को टोप ब. खत्री सहित ६ जना मानिसहरु मिति २०८२।११।२३ गते सिकार खेल्न भनि घर देखि अं.१७ कि.मि.दक्षिण तर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको र सँगै गएका मध्ये टोप ब. खत्रीको ऐ.१२/०१ गते अं.१७:०० बजे मृत्यु भएको भनि प्र.चौ.रानीघाटमा ऐ.१२/०२ गते अं.०९:३० बजे जानकारी गराउनासाथ सत्यतथ्य बुझ्नको लागि प्र.स.नि.को कमाण्डमा टोली खटिई गई बुझ्दा केही फेला नपरेकोले बर्दिया राष्ट्रिय निकुञ्ज जबरजंग गण रातामाटा पोष्टबाट जमदार र इ.प्र.का.बग्नाहाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई आफन्तको सहयोगमा खो.त. कार्य भईरहेकोमा ऐ.१२/०९ गते १०:०० बजेको समयमा इ.प्र.का.बग्नाहाबाट प्र.व.ना.नि.र जबर जङ्ग गण ठाकुरद्वारा ब्यारेकबाट उप-सेनानीको कमाण्डमा पीडित पक्षका मानिसहरू सहित बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ खो.त.को लागि गएकोमा ऐ.१५:१५ बजे शव ठाकुरबाबा न.पा.२ झाँक्री खोला स्थित ऐ. निकुञ्जमा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बानियाभारबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटिई गएको,उक्त शव टोप ब. खत्रीको रहेको भनी मृतकको भिनाजु जि.सुर्खेत बराहताल गा.पा.२ बस्ने बर्ष ५३ को आसे महतराले सनाखत गरेको, अन्यको खो.त.कार्य भईरहेको । ऐ.१० गते ००;५० बजे लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरियामा ल्याई शव गृहमा राखिएको । लागु औषध,नवलपरासी पश्चिम, सुनवल न.पा.१२ हरक्ट्टा पुल नजिक बिशेष सूचनाको आधारमा खटिएको प्रहरी  टोलीले UP 56 AX 8106 नं मो.सा. चेकजाँच गर्दा मो.सा.चालक जि.नवलपरासी सुरावल गा.पा.४ बडसारे बस्ने वर्ष २६ को सुनिल कुमार यादब र सोही मो.सा.पछाडी सवार ऐ.बस्ने वर्ष ३५ को जितेन्द्र जैसवालको साथबाट Buprenorphine-1007 एम्पुल, Diazepam-910 एम्पुल, Phenergan-733 एम्पुल गरी जम्मा २६५० एम्पुल फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.सुनवलमा लगि निजहरुलाई सो.पु.गर्दा जिल्ला नवलपरासी रामग्राम न.पा.१७ देवगाँउ स्थितमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ऐ.१९;३० बजेको समयमा जि.प्र.का.नवलपरासीबाट खटिएको प्रहरी टोलीले ऐ.बस्ने वर्ष ४९ को लक्कीचन्द केवटको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा Buprenorphine-३३९ एम्पुल, Diazepam -६३४ एम्पुल, Phenergan-७०८ गरी जम्मा १६८१ एम्पुल सहित निज लक्की चन्दलाई नियन्त्रणमा लिई तालुक जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको, जम्मा Buprenorphine- १३४६ एम्पुल, Diazepam- १५४४  एम्पुल, Phenergan-१४४१ ला.औ. सहित तिनै जना मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।  मोरङ, बिराटनगर म.न.पा.१५ स्थित १ नं. ढाटमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय, बिराटनगर र  इ.प्र.का. रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको देश भारत बिहार राज्य बस्ने वर्ष २९ को मसुल अंसारीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक ३२ ग्राम सहित फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।१२।०७ गते ०५:०० बजे देखि २०८२।१२।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०८

जलि घाईते,पाँचथर, फिदिम न.पा.११ केबाङदिन टोल स्थित ऐ.बस्ने याम बहादुर मेयोङ्वा लिम्बु( हाल कामको सिलसिला १० बर्ष देखी बिदेशमा बस्दै गरेको) को घरमा बिगत ५ महिना देखी निजकै श्रीमती हुँ भनी एक्लै बस्दै आएकी जि.तनहुँ घर बताउने वर्ष ४३ की सानुमाया गुरुङले के-कुन कारण आफ्नै शरिरमा मट्टीतेल खन्याई आगो लगाई जली रहेको अवस्थामा मट्टीतेलको गन्धले स्थानियहरु थाहा पाई देखी आगो निभाई घाईतेलाई जिल्ला अस्पताल पाँचथरमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि सुबिधा सम्पन्न अस्पताल घोपा धरान तर्फ रिफर भएको, घाईतेको शरिरको बिभिन्न भाग जलेको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ नागिन पाँचथरबाट टोली खटी गएको बि.बि. पछि जाहेर गरिने । भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा,मकवानपुर, बागमती गा.पा.९ बेतिनी बस्ने वर्ष अं.५७ को सन्त कुमार प्रजापतिको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा इ.प्र.का.फापरबारी मकवानपुरबाट प्र.स.नि. को टोली खटि गई निजको कच्ची घर भित्र चेकजाँच गर्दा निज सुत्ने कोठाको भित्तामा झुन्ड्याई राखेको अवस्थामा भरुवा बन्दुक थान -१ फेला पारी भरुवा बन्दुक सहित निज सन्त कुमार प्रजापतिलाई नियन्त्रणमा लिई इ.प्र.का.फापरबारी मकवानपुर ल्याइ राखेको,थप अनुसन्धान कार्य भइरहेको । ला.औ., दार्चुला, महाकालि न.पा.वडा नं.०१ लास्कुखोला स्थित साप्रसेके बाङगाबगरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले महाकाली नदीको माथि तर्फको खाली जमिनमा बसिरहेको अवस्थामा जिल्ला दार्चुला ब्यास गा.पा.४ दुम्लिङ बस्ने वर्ष अं.२२ को बिराज कामी शंकालागी चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा ला.औ.(चरेश) जस्तो देखिने कालो पदार्थ शुद्ध तौल गर्दा ८ (आठ) ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.दार्चुलामा ल्याई राखिएको ।

मिति २०८२।१२।०६ गते ०५:०० बजे देखि २०८२।१२।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०७

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुकुम पूर्वी, भुमे गा.पा.७ लावाङ बस्ने अं. वर्ष ७१ की महिलालाई ऐ.धर्मशाला स्थित आफन्तिको घरमा गएकोमा कोठामा एक्लै सुतिरहेको अवस्थामा ऐ.७ धर्मशाला बस्ने अं.वर्ष २८ को सत्यनारायण दमाइ र ऐ.बस्ने अं.वर्ष ३० को काले दमाइले जवरजस्ति लछारपछार गरि घर देखि अं. १५ मि. माथि गँहु बारीमा लगि ज.ज.क.गरेको भनि ऐ.०६ गते अं.१७:०० बजे अ.प्र.पोष्ट महतमा जानकारी गराउना साथ प्र.ब.ह. र इ.प्र.का.काक्रीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै जना पिडकलाई नियन्त्रणमा लिइ जि.प्र.का. मा ल्याई सोधपुछ हुँदै,पिडित महिलालाई ऐ. सिस्ने गा.पा.५ रुकुमकोट स्थित सेफ हाउसमा राखिएको, अवस्था सामान्य रहेको,थप अनुसन्धान कार्य भईरहेको । चोरी/लुटपाट,काठमाण्डौ, मिति २०८२।१२।०६ गते १०:३० बजे देखि १३:१० बजेको बीचमा का.म.न.पा.५ कालोपुल लामा गल्ली स्थित ज्ञानु थापा लामाको साढे तीन तले पक्की घरको पहिलो तलाको डेराकोठा गरी बस्ने जि.दाङ घोराही न.पा.१८ स्थायी वतन हुने वर्ष ४८ की पिमा बुढाथोकीको २  वटा कोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको काठको दराजको ढोकाको समेत लक तोडी दराज भित्र रहेको सुन र चादीका बिभिन्न गरगहना र भारतीय रुपैया रु.१०,००० ।-, नेपाली रुपैया रु.४५,००० ।-गरी अं.मु.रु. ७९,४२,२५० ।- बराबरको चोरी भएको, सोही घरको तलामा डेराकोठा गरी बस्ने जि.सुनसरी बर्जु गा.पा.४ स्थायी वतन हुने वर्ष २६ की आस्था थापाको समेत डेराकोठाको ढोकाको ताल्चा फुटाली कोठा भित्र रहेको दराको ढोकाको समेत लक तोडी चाँदीको सिक्री थान १ समेत चोरी गरी फरार भएको भन्ने खबर प्राप्त पश्चात प्रहरी वृत्त मालीगाउँबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का सम्पन्न गरी चोरी गर्ने व्यक्तिको खो.त.भईरहेको, ला.औ., मोरङ, बिराटनगर म.न.पा.११ बिराटनगर बसपार्क स्थित देश भारत राज्य बिहार जिल्ला अररीया फारबिसगंज-२५ बस्ने अं.वर्ष २५ को बिपुल वर्मालाई ला.औ. ब्युरो बिराटनगरबाट खटिएको प्र.स.नि. र व.प्र.का. बिराटनगरबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा निज बिपुल वर्माले लगाएको जिन्स पेन्टको गोजिमा लुकाई छिपाई राखेको अबस्थामा सेतो प्लाष्टिकको पोका एक थान फेला परेकोले खोलि हेर्दा ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम रहेकोले निजलाई उक्त ला.औ. खेरो हिरोईन सहित नियन्त्रणमा लिई जि.प्र.का.मा राखि थप अनुसन्धान भईरहेको,

मिति २०८२।१२।०४ गते ०५:०० बजे देखि २०८२।१२।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०५

कर्तव्य ज्यान,कैलाली, गोदावरी न.पा.०४ अमलेशैनी गाउँ बस्ने वर्ष अं.३०/३१ को राम ब.मगरले आफ्नो घर देखि पश्चिम अं.३ घण्टा पैदल दुरीमा रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा आफ्नो श्रीमती वर्ष २७/२८ की संजिता मगरसंग विवाद गरी आफ्नो साथमा भएको भरुवा बन्दुकले गोली हानी हत्या गरेको र आफुलाई समेत भरुवा बन्दुकले गोली हानी घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मालाखेतीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ऐ. २१:०० बजेको समयमा स्थानिय खडक स्वाँर समेतका १५/२० जना मानिसहरु घटनास्थलमा पुगि शव कुरी बसेको, स्थान देखी अ.१०/१२ फिट माथी भरुवा भन्दुक फेला परेको,घाईतेलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको,अवस्था बेहोस । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।१२।०३ गते अं.१३:१५ बजे मेचिनगर न.पा.१४ पाथिभरा टोल स्थित ऐ.बिर्तामोड न.पा.२ बस्ने वर्ष ६२ को प्रदिप मित्तलले जि.कैलाली लम्कीचुहा न.पा.४ घर भई हाल जि.झापा मेचिनगर न.पा.१४ पाथिभरा टोल बस्ने वर्ष २३ की महिलालाई ज.ज.क.उद्योग गरेको भनी पीडित आँफैले मिति २०८२।१२।०३ गते अं.१९:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गएको, पीडक हाल फरार, खो.त.कार्य भई रहेको । बर्दिया, न.पा.०४ पदनाह गाउँ स्थित ज्ञानु कार्कीको करण राईस मिल नजिकै पछाडी रहेको बाधरुममा खेल्ने क्रममा फकाएर  लगि नामथर संकेत नं.६६ (अ)  ऐ.बस्ने विश्राम थारुको छोरा बर्ष अं.१३ को ले आफ्नो यौनाङ्ग पिडित नामथर संकेत नं.६६(पदनाहा) को यौनाङ्गमा पसाएकोले सहन नसकि पिडितले मलाई भनेको र निज पिडितको ममिले  यौनाङ्ग हेर्दा निजको  यौनाङ्ग सुन्निएको देखि पिडितको ममि परिपर्तित नामथर संकेत नं.६६(पदनाहा१)ले यस इ.प्र.का.बनियाभारमा आई ऐ.१७:३० बजे जाहेरी दरखास्त दिएको हुदा यस इ.प्र.का.बनियाभारबाट प्र.स.नि.शिव नारायण चौधरीको कमाण्डमा ५ जनाको टोली खटि गई पिडक र पिडितलाई यस का.मा ल्याई सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको । दोलखा, विगु गा.पा. ४ सिंगटी स्थित रहेको सुरक्षा होटल एण्ड लजमा ऐ.ऐ. १ गंगोर खोला बस्ने चम्पा तामाङको छोरा बर्ष अ. २० को धनराज तामाङ र ऐ.ऐ. ५ चिलंखा बस्ने बर्ष अ. १५ की बालिका संगै बसेकोले निजहरुलाई नियन्त्रण गरि दिने भनि बालिकाको छिमेकीले ऐ. ४ गते अ. ००;३० बजेको समयमा इ.प्र.का. सिंगटीमा खबर गर्न साथ इ.प्र.का.सिंगटी दोलखाबाट प्र.नि. बिष्णुहरी फुँयालको कमाण्डमा महिला प्रहरी कर्मचारी सहित ५ जनाको टोली खटि गई निज दुबै बालिका र पुरुषलाई नियन्त्रण लिई इ.प्र.का. सिंगटीमा ल्याएकोमा निज बालिकालाई बिहान उपस्थित गराउने गरी आफन्त (आमा) लाई बुझाई पठाएको, पुरुष इ.प्र.का. सिंगटीको नियन्त्रणमा रहेको,अन्य अनुसन्धान कार्य भइ रहेको । रसुवा, उत्तरगया गा.पा.वडा न.२ सिम्ले बस्ने सुब्बा तामाङको छोरी वर्ष अ.१७ की बालिकालाई ऐ.बस्ने वर्ष अं.३५/३६ को दलबिर तामाङले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.डाडागाउँ र इ.प्र.का.कालिकास्थानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.तर्फ ल्याउदै गरेको । चोरी/लुटपाटकाठमाण्डौ, तारकेश्वर न.पा.०४ पुरानोगुहेश्वरी घर भई बस्ने बर्ष अं.३४/३५ कि सपना पुतुवारको चार तले घरको दोस्रो तलामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोकाको ताला फुटाली भित्र प्रवेश गरी दराजको ताला फुटाली दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य उक्त घटनाको बारेमा थप अनुसन्धान तथा खो.त.तथा संकित व्यक्तीको CCTV क्यामेरा हर्ने कार्य जारी रहेको, खबर प्राप्त १४:०० बजे, प्रहरी पुगेको १४:०५ बजे, प्र.स.नि.सहदेव बस्नेतको कमाण्डमा ५ जना, उक्त स्थान प्रहरी बृत्त बालाजु उत्तरतर्फ अं.२.५ किलो मिटर रहेको । निम्नः- १-सुनको सिक्री साढे एक तोला १ थान अं.मु.-४,६१,५५०।- २-सुनको कानमा लगाउने टप आधा तोला अं.मु.-१,५३,५८०।- जम्मा चोरी भएको अं.मु.-६,१५,४००।-(छ लाख पन्ध्र हजार चार सय ) ला.औ., मोरङ, विराटनगर म.न.पा.१६ दरैया स्थित ला.औ.नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०२-०५९ प.७७७६ नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडि सवार जि.सुनसरी इटहरी उ.म.न.पा.२ बस्ने वर्ष १९ की रोश्नी विश्वकर्माको साथबाट ८ ग्राम ७०० मिलिग्राम ला.औ.खैरो हेरोईन जस्तो देखीने पदार्थ फेला पारी उक्त ला.औ.र मो.सा.सहित निज रोश्नी विश्वकर्मा र मो.सा.चालक जि.मोरङ सुन्दर हरैचा न.पा.५ बस्ने वर्ष १९ को सुजल परियारलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१२।०३ गते ०५:०० बजे देखि २०८२।१२।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०४

कर्तव्य ज्यान,बाँके, बैजनाथ गा.पा.५ छमनिया बस्ने अं.वर्ष ५१ की भगवनी थारु र ऐ.बस्ने अं.वर्ष ५५ को सिताराम थारु बीच खेतबारीमा लगाएको मसुरोको बिषयमा विवाद हुँदा निज सिताराम थारुले धारिलो हतियार (हँसिया) प्रहार गर्दा भगवनी थारुको घटनास्थलमै मृत्यु भएको र निज भगवनी थारुको छोरा वर्ष ३५ को अर्जुन थारुलाई समेत निधारमा चोट लागि मेडिकल कलेज कोहलपुर बाँके पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएको र भगवनी थारुको फुसले छाएको घरमा समेत आगो लगाई दिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुर बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँके पठाईएको, धारिलो हतियार प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । कञ्चनपुर, दोधारा चाँदनी न.पा. ०४ माननीय चोक बस्ने बर्ष अं. ५५ को  हरी प्रसाद श्रेष्ठले आफ्नै कान्छी आमा बर्ष अं. ७५ की बिन्द्रा श्रेष्ठलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र निजकै बहिनी बर्ष अं. ५० की भगवती देवी माझी (विवाहित माइती घरमा बस्दै आएकी) लाई समेत धारिलो हतियारले प्रहार गर्दा दाहिने हात र टाउकोमा चोट भई, उपचारको लागि दोधारा चाँदनी अस्पतालमा पठाई उपचार भइरहेकोमा ऐ.२१:४० बजे थप उपचारको लागि  महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर रिफर गरेको, अवस्था सिरियस), धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार रहेको खो.त. कार्य भइरहेको, उक्त स्थानमा जि.प्र.का.कञ्चनपुरबाट प्र.उ.को कमाण्डमा टोली खटि गएको, पुरानो जग्गा जमिन सम्बन्धी बाद-विवाद रहेको भन्ने बुझिएको, ने. प्र. प्र.का. महेन्द्रनगरबाट प्र.ना.नि.र ऐ.०४ गते ००:२० बजे सु.प.प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा DOG टोली गई आ.अ. भईरहेको, ऐ.०१:४० बजे,  Dog टोली फिर्ता भएको, निज हरि प्रसाद श्रेष्ठको खो.त. कार्य भईरहेको । ज.ज.क.,झापा, मिति २०८२।०७।२८ गते अं.१२:०० बजे जि.झापा अर्जुनधारा न.पा. -५ बस्ने बर्ष अं. ३३ की (सुस्त मनस्थितिको जस्तो देखिने) महिलालाई घर कोठामा गई ऐ.ऐ. बस्ने बर्ष अं.७० को शंकर चापागाईले ललाई फकाई बिबाह गर्छु भनि ज.ज.क. गरी ४ महिनाको गर्भ समेत रहेको भनि पीडितको आफन्तहरुले ज.ज.क. गर्ने शंकर चापागाईलाई  समेत साथमा ल्याई ऐ.१२।०३ गते अं.२०:०० बजे इ.प्र.का. अनारमनीमा जाहेरी दिएकोले ज.ज.क. गर्ने निज शंकर चापागाईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु भएको । कैदी मृत्यु,रुकुम पश्चिम, बाँफिकोट गा.पा. १० घर भई, मिति २०८०/१२/२२ गते जिल्ला अदालत रुकुम पश्चिमको पत्र आदेशले कर्तव्य ज्यान सम्बन्धी कसुरमा १० (दश) बर्ष कैद र १०,०००।- (दश हजार जरिवाना) तोकी जिल्ला कारागार रुकुम पश्चिममा कैद भुक्तान गरिरहेको बर्ष ६० को मन बहादुर बुढा पहिला देखि नै दमको बिरामी रहेकोमा आज राति सुतिररहेको अबस्थामा जेल प्रशासनले चेकजाँच गर्ने क्रममा निजलाई अचेत अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाईएको, साथमा १ जना जेल प्रशासनले नाइके, कार्यालय सहयोगी पठाएको र का.सु.गार्ड रुकुम पश्चिमबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गएको,ऐ.०२:३० बजे जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भर्ना भई उपचार भईरहेको अबस्था अचेत रहेकोमा, ऐ.०५:०३ बजे उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको । ला.औ., झापा, भद्रपुर न.पा. ६ स्थित ऐ.बस्ने श्रवण यादवको घरमा ला.औ. रहेको भन्ने गोप्य सूचनाको आधारमा प्र.नि को  टोलीले निजको घर खानतलासी गर्दा निजको किचनकोठामा रहेको किचनर्‍याक भित्र रहेको प्लाष्टिकको बाल्टीनमा कालो प्लाष्टिकमा पोको पारी राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ५० ग्राम ४३० मि.लि. ग्राम फेला पारी ला.औ. सहित ऐ. भद्रपुर न.पा. ६ बस्ने अं.वर्ष ३१ को श्रवण यादव सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।

मिति २०८२।१२।०२ गते ०५:०० बजे देखि २०८२।१२।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०३

कर्तव्य ज्यान,बाजुरा, स्वामिकार्तिक खापर गा.पा.२ पुडेनी स्थित ऐ.बस्ने वर्ष अं.४० को धन बहादुर महतरा र निजको छोरा वर्ष अं.१८ को हेमराज महतराले ऐ.बस्ने रुद्रलाल बुढाको छोरा वर्ष ३५ को सर्बाश बुढालाई ढुङ्गाले टाउकोमा हानी गम्भीर घाइते बनाई घटनास्थलमै मृत्यु भएको भनी ऐ.१९:०० बजे ऐ. वडा नं.२ का वडा अध्यक्ष बिष्णु बहादुर बुढाले टेलिफोन मार्फत अ.प्र.पो.मुक्तिकोटमा जानकारी गराउनासाथ ऐ.१९:१० बजे अ.प्र.पो.मुक्तिकोटबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई कुटपिट गर्ने धन बहादुर महतरालाई नियन्त्रणमा लिएको र कुटपिटमा संलग्न निज धन बहादुर महतराको छोरा वर्ष अ.१८ को हेमराज महतरा फरार रहेको, खो.त.भइरहेको, कुटपिट गर्नुको कारण पिडक धन बहादुर महतराको श्रीमती वर्ष अं.३५ की सिद्धी महतराको सम्बन्ध बिच्छेदको मुद्धा बाजुरा जिल्ला अदालत बाजुरामा दर्ता भएको र मृतक सर्बाश बुढाको निज महिला सँग अनैतिक सम्बन्ध रहेको आसंकामा कुटपिट गरी मृत्यु भएको पिडित परिवारबाट खुल्न आएको, उक्त स्थान अ.प्र.पोष्ट मुक्तिकोटबाट अं.१ घण्टा ३० मिनेट पैदल पश्चिम पर्ने । प्रनि बिकास राम शाहको कमाण्डमा SOCO सहितको टोलि आउदै गरेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,धादिङ, मिति २०८२/११/०३ गते अं.२०:३० बजे जि.धादिङ सिद्धलेक गा.पा.१ कालिदह स्थितमा वर्ष २३ की महिलालाई जि.धादिङ गल्छि गा.पा.८ अठ्ठाईस किलो मासटार बस्ने वर्ष ३३ को पुरुषले ज.ज.क.गरेको भनि पिडित महिलाले मिति २०८२/१२/०१ गते जि.प्र.का.धादिङमा जाहेरी दरखास्त दिनासाथ उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई गएको,घटनामा संलग्न प्रतिबादी फरार रहेको,खो.त.कार्य जारी रहेको । दाङ, बंगलाचुली गा.पा.३ दाङवाङ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१७ चौघेरा स्थित डेरा कोठा गरी बस्ने वर्ष ३४ को पुरुषले आफ्नो साली वर्ष १४ की बालिकालाई डेरा कोठामा ल्याई ललाई फकाई गरी घुम्न जाउँ भनी मिति २०८२।११।११ गते बिहानको समयमा बाह्रकुने दह मन्दिरमा लिई गई डेराकोठामा फर्की नगई ऐ.१५ ट्राफिक चोक नजिक रहेको भिरकुना होटल एण्ड लजमा लगी पिडितको ईच्छा बिपरित ऐ.११ गते, १२ र १३ गते १/१ पटक जबरजस्ती करणी गरी ऐ.१४ गते ऐ.१८ स्थित रहेको गोरक्ष सामुदायिक वन जंगलमा लिई सो जंगलको भुई जमिनमा करणी गरेको घटनाको सम्बन्धमा निज पिडितले छिमेकीलाई जानकारी गराई छिमेकीले निज पिडितलाई साथमा लिइ मिति २०८२।१२।०१ गते अं.२०:०० बजे जि.प्र.का.दाङमा उपस्थित भई घटनाको बारेमा जानकारी गराई किटानी जाहेरी पेश गरेपछी जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली निज अन्यायी परिवर्तित नामथर ५६(०८२/०८३) घोराही २८७ (ख) बस्दै आएको डेराकोठामा खटिई फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई सोधपुछ पश्चात तत्काल बिस्तृत स्वास्थ्य परिक्षणको गरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाई स्वास्थ्य परीक्षणको कार्य सम्पन्न नभई निज पिडितलाई घोराही बजारमा रहेको सेफ हाउसमा राखी मिति २०८२।१२।०२ गते बिस्तृत स्वास्थ्य परीक्षणको लगायतको कार्य सम्पन्न भई पिडितलाई अभिभावकको जिम्मामा पठाई प्रतिवादीलाई पहिलो पटक म्यादथपको लागि जिल्ला सरकारी वकील कार्यालय घोराही दाङमा उपस्थित गराई मिति २०८२।१२।०१ गते देखी लागु हुने गरी पहिलो पटक दिन ५ (पाँच) को म्यादथप अनुमती प्रदान भई हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको । पक्राउ/ नियन्त्रण,काठमाण्डौ, मिति २०८२।१२।०१ गते अं.१८:०० बजे नागार्जुन न.पा.८ भिमढुङ्गा स्थितमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्र. नि.को कमाण्डमा टोलीले नागार्जुन न.पा.८ भिमढुङ्गाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने जि.काठमाडौं नागार्जुन न.पा.८ भिमढु‌ङ्गा घर बस्ने वर्ष २८ को सागर गिरी र ऐ.बस्ने वर्ष २८ को प्रमोद प्रसाद धिताल रु.१ करोड १६ लाख रुपैयाँ नगद, विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक थान ३, विभिन्न व्यक्तिको नाममा काटेको रु.२७ लाख ३४ हजार रुपैयाँको चेक थान ३, विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न बैंकको ATM कार्ड थान ४, नागरिकता थान १, चार पाङ्ग्रे सावरी साधन २, २ पाङ्ग्रे सवारी साधन १,सवारी दर्ता किताब थान ३, विभिन्न कम्पनीको मोबाइल फोन थान ६, NCELL NTC को SIM Card थान ३१, Computer सेट १, Bianace खातामा रहेको रकम 7,175.34 USD सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको पक्राउ परेका मानिसहरु  जिल्ला प्रहरी परिसर काठमाडौं ल्याई ऐ.१२।०२ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अ.अ.भईरहेको । चोरी/ठगी,मकवानपुर, ईन्द्रसरोबर गा.पा.२ कलंकि नजिक  डाँडा  माथि जाने जंगलको भित्रि बाटोमा डलर साट्ने बिषयमा ठगि भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खानिखेत मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा, इ.प्र.का.चित्लाङ मकवानपुर,अ.प्र.पोष्ट मार्खु मकवानपुरबाट समेत गरी ७ जना संयुक्त प्रहरी टोली खटि गई बुझ्दा  जि.कास्की पोखरा म.न.पा.३० बस्ने सरोज भुर्तेल,ऐ.२७ बस्ने मुकुन्द पौडलले बिकास मोक्तान नाम बताउने संग डलर नेपाली रुपैया संग साट्ने कुरा गरी आजै पोखराबाट आई उल्लेखित स्थानमा पुगि खैरो ज्याकेट,निलो जिन्स पाईट लगाएको, दात हल्का माथिको छिद्रा भएको स्पोर्ट,सुज लगाएको तामाङ समुदायको जस्तो देखिने पैदल आएका दुई जना ब्यक्तिले प्लाष्टिकको झोलामा पैसाको साईजमा कटिङ गरेको कागज राखि रुमालमा पोको पारी डलर पैसा छ भनि हामिलाई दिई  सरोज भुर्तेलले लिई गएको नेपाली रु.२१लाख ५० हजार उक्त ब्यक्तिलाई दिई डलर भएको रुमालको पोको ठगिएको स्थान देखि अं.१५० मि. तल आई खोली हेर्दा पैसाको साईजमा काटिएको कागज रहेको थाहा पाई आफु ठगिमा परेको कुरा प्रहरीलाई ऐ.१४:४० बजे जानकारी गराएको हुँदा थप अनुसन्धान तथा खो.त.को लागी चेकिङ सहित काठमाण्डौ जिल्लाको सिमाना जोडिएको प्रहरी कार्यालसंग समन्वय गरीएको । ला.औ.,बारा, निजगढ न.पा.१० निजगढ रतनपुर सडक खण्डमा जंगल एरिया भित्री बाटोमा अ.प्र.पोष्ट रतनपुरबाट प्र.ब.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा रतनपुरबाट निजगढ तर्फ आउदै गरेको नं. नखुलेको मो.सा.लाई संका लागी रोकी चेकजाँच गर्न गर्दा मो.सा.मा पछाडी सवार व्यक्तीलाई सोहि स्थानमा छाडी मो.सा.र मो.सा.चालक फरार भएको, पछाडी सवार जिल्ला रौतहट गौर न.पा.४ टिकुलिया बस्ने बयनाथ पटेलको छोरा अं.वर्ष २२ को साजन पटेललाई चेकजाँच गर्दा निजको साथमा रहेको २ वटा पछाडी भिर्ने कालो झोलामा रातो पलास्टिकमा प्याक गरी लुकाईछिपाई राखिएको अबैध ला.औ.अं.१६ के.जि.३४० ग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.निजगढमा बुझाएको ।  काठमाण्डौ, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगडी देखि काठमाण्डौतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख ३५६८ नं.को यात्रुवाहक बसलाई प्रभाग नागढुङ्गाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोली तथा ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको अन्तिम सिटमा सवार जि.बर्दिया बाँसगडी न.पा.६ बस्ने अं.वर्ष २८ को धन बहादुर कठायातलाई शंका लागी चेकजाँच गर्दा निजले कालो प्लाष्टिकले बेरी पर्स भित्र राखी लुकाई छिपाई गरि ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको हुदाँ उक्त पदार्थलाई प्लाष्टिक सहित तौल गर्दा शुद्ध तौल ११ ग्राम रहेकोले  धन बहादुर कठायतलाई प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि बृत्त थानकोट पठाईएको ।

मिति २०८२।१२।०१ गते ०५:०० बजे देखि २०८२।१२।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०२

ज.ज.क./बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.वडा नं.९ वर्ष १० की बालिकालाई जि.संखुवासभा  चैनपुर न.पा.०३ बस्ने अ. वर्ष २० को दावा शेर्पाले ललाई फकाई गरी ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । संखुवासभा, मिति २०८२।११।३० गते २०:०० बजे पाँचखपन न.पा.०९ बस्ने वर्ष १७ की  बालिकालाई जि.संखुवासभा चैनपुर न.पा.०६ बस्ने अ.वर्ष २० को पेम्वा  शेर्पाले ललाई फकाई गरी श्री मार्गेश्वरी  आधारभुत विद्यालयको प्राङगणमा रहेको फलैचामा लगि बालयौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.वाना संखुवासभाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको । उदयपुर, मिति २०८२।११।१८ गते कटारी न.पा. वडा नं. ५ भोर्ले बस्ने अ.वर्ष ३५ को भेष बहादुर श्रेष्ठले पीडितको घरमा गई वर्ष ३८ की महिलालाई पटक-पटक ज.ज.क.गरेको भनि पीडितले ऐ.०१ गते १७:३० बजे इ.प्र.का.कटारी उदयपुरमा जाहेरी दिन साथ इ.प्र.का.कटारी उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कपिलवस्तु, मिति २०८२।११।२४ गते अं.१५:०० बजे वाणगंगा न.पा. १ उप्टहवा स्थित जंगलमा ऐ.बस्ने राम बहादुर सार्किको छोरा वर्ष १८ को केशब नेपाली भन्ने केशब सार्कीले ललाई फकाई गरी वाणगंगा न.पा.२ नन्दनगर बस्ने वर्ष १५ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तुमा ल्याई  थप अनुसन्धान भईरहेको । प्यूठान, मिति २०८२।११।१८ गते अ.१८:०० बजे गौमुखी गा.पा.६ लिबाङ बस्ने वर्ष अं.१७ की बालिका ( ग बर्गको अपाङ्गता परिचय पत्र भएकी ) लाई ऐ. झिमरुक गा.पा. ५ दिहाल्ना गएकोमा घर तर्फ फर्कने क्रममा जि.प्युठान गौमुखी गा.पा. वडा नं. ४ बस्ने वर्ष १९ को बाबुराम सुनारलाई मो.सा.मा लिफ्ट मागेको र जि.प्युठान गौमुखी गा.पा.६ सिउरेपैरा सामुदायिक जगंलमा रोकी ज.ज.क.गरेको भनि ऐ.०१ गते १६:५० बजे जि.प्र.का. प्युठानमा जाहेरी दिएकोले   इ.प्र.का.पुजालिबासे प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकको खो.त.भईरहेको,पिडितको अवस्था सामान्य रहेको । कैलाली, धनगढी उ.म.न.पा.१८ वर्ष ४८ को प्रेम भन्ने सोभान बि.क.ले बिभिन्न लोभ लालच,प्रलोभनमा पारी अनैतिक कृयाकलाप गर्न खोजेको हुदा निज व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाहि गरी पाँउ भनि ऐ. बस्ने वर्ष १३ की नाबालिकाको आमाले  ऐ.०१ गते अं. २१:३० बजे इ.प्र.का.बहुलिया कैलालीमा निबेदन दिईएकोमा इ.प्र.का. बहुलिया कैलालीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कुटपिट,भोजपुर, टेम्केमैयुङ गा.पा. ६ गुठ्ठ बस्ने उमेश गजमेरको श्रीमती अं. बर्ष ३० की ममिता गजमेर (५ महिनाको गर्भवती रहेको) लाई ऐ.ऐ. बस्ने मईते बि.क. को श्रीमती अं. बर्ष ५७ की बिमला गजमेरले सामान्य घरायसी बादबिवादको कारण कुटपिट गरेको र आज मिति २०८२।१२।०१ गते १३;३० बजेको समयमा निज ममिता गजमेरको ५ महिनाको गर्भ पतन भएको भन्ने खबर प्र.चौ.कोट भोजपुरमा जानकारी प्राप्त हुँनासाथ तत्काल प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि. जित बहादुर कार्कीको कमाण्डमा टोलि खटि गई कुटपिट गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको, ५ महिनाको गर्भ पतन भएको लास लाई जिल्ला अस्पतालको शबगृहमा राखिएको । ला.औ., सुनसरी, कोशी गा.पा.१ भन्सार टोल स्थितमा इ.प्र.का.लौकहीबाट प्र.व.ना.नि.र लागु औषध नियन्त्रण व्यूरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५३ प ५८२१ नं.मो.सा.लाई चेकजाँच गर्दा मो.सा.चालक ऐ. दुहवी न.पा.२ बस्ने वर्ष २१ को सुशान्त चौधरीको साथबाट ८ ग्राम ११० मिलिग्राम, पछाडी सवार ऐ. दुहवी न.पा.१० बस्ने वर्ष २५ को मेराज र ऐ. भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड स्थितबाट ऐ. कानेपोखरी गा.पा.७ बस्ने वर्ष ३४ को शुरेन्द्र जिमीको साथबाट शुद्ध तौल ६.३९० ग्राम ला.औ. (खैरो हेरोईन) गरी जम्मा ला.औ. १४.५ ग्राम बरामद गरी मो.सा.सहित निजहरूलाई  नियन्त्रणमा लिई इ.प्र.का.लौकहीमा राखी थप अनुसन्धान भईरहेको ।

मिति २०८२।११।३० गते ०५:०० बजे देखि २०८२।१२।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-०१

शंकास्पद मृत्यु,सिन्धुपाल्चोक, बलेफी गा.पा. ७ माथिल्लो चिम्लिङ बस्ने वर्ष ३३ को तिर्थे भन्ने मिलन लामा आफ्नै घरको कोठामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.लामोसाँघुबाट प्र.ना.नि. र इ.प्र.का. बाह्रबिसेबाट प्र.नि.को कमाण्डमा टोली घटनास्थलमा पुगी बुझ्दा निज मृतक ऐ.११।२१ गते निर्वाचनको दिन देखि नदेखिएको, घरको ढोका बाहिरबाट ताल्चा लगाएको र भित्र खाटमा मृत अवस्थामा फेला परेको, ऐ. ११।२१ गते राती घर भन्दा अं. १.५ कि.मि. तल गाँउ चिम्लिङमा निजसँग झै-झगडा भएको भन्ने बुझिएकोले प्र.नि.को कमाण्डमा खटी गई बुझ्दा मृतक मिलन लामा मिति २०८२।११।२१ गते राती अं.२३:०० बजे ऐ. चिम्लिङ बस्ने अं.वर्ष ५२ की जित कुमारी बि.क.को घरमा जित कुमारीसँग आपत्तिजनक अवस्थामा फेला पारी निज महिलाको भतिज नाता पर्ने ऐ. बलेफी गा.पा. ७ चिम्लिङ बस्ने वर्ष ५० को लाल बहादुर कामी लगायत ५ जनाले कुटपिट गरेको भन्ने बुझिएको, महिला सहित निजहरु हाल गाँउमा नरहेको, फरार रहेकोले खो.त.कार्य भईरहेको मृतकको दाजुभाई काठमाण्डौबाट आउँदै, श्रीमती र छोरी समेत काठमाण्डौमा बस्ने गरेको भन्ने बुझिएको, ऐ.१८:१५ बजे मृतकको आफन्त आई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ लिई हिँडेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,ओखलढुङ्गा, सिद्धिचरण न.पा.०६ जन्तरखानी बाख्रे बस्ने अं.वर्ष १५ की बालिका मिति २०८२।११।२९ गते बिहान एक्कासी बिरामी भई वोङछु शेर्पा मेमोरियल अस्पताल सोलुखुम्बु लगि चेकजाँच गर्दा निजको पेटमा गर्भ रहेको भनि मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई सोधपुछ गर्दा ऐ.११।०५ गते ऐ.न.पा.०६ जन्तरखानी बाख्रे बस्ने अं.वर्ष २३ को अनिल मगरले आफ्नै घर नजिकै रहेको जंगलमा र १५ गते अं.१७:३० बजे ऐ. बस्ने अं. वर्ष ५९ को निम बहादुर मगरले आफ्नै सुत्ने कोठामा लगि ज.ज.क.गरेको भनि ऐ.३० गते १९:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा टोलि खटी दुबै जना प्रतिबादीहरुलाई नियन्त्रणमा लिई पिडकहरु र पिडित ३ जनालाई यौनजन्य स्वास्थय परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ पठाएको । नवजात शीशु मृत फेला,सुनसरी, इटहरी उ.म.न.पा.८ भेटनरी चोक स्थित ट्याङग्रा खोलाको कलबर्ट मुनि अं.३/४ महिनाको जस्तो देखिने(बालक) साल-नाल सहितको नवजात शीशु मृत अवस्थामा पानीमा डुबिरहेको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का.इटहीबाट प्र.ह.र इ.प्र.का.इटहरीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको टोली खटी गई शवको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी ऐ.१४:०० बजे पो.मा.को लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको । लागु औषध,सप्तरी, तिरहुत गा.पा. २ बडहरा स्थितमा कंचनपुर राजबिराज हुलाकी सडक खण्डमा इ.प्र.का. कंचनपुर सप्तरीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा कंचनपुरबाट डिमन तर्फ जादै गरेको प्र.२-०१-००१ ह ००२२ नं. को अटो रोकी चेकजाँच गर्दा अटो भित्र ३ वटा सेतो बोरा र १ वटा पहेलो बोरा गरी जम्मा -४ बोरा रहेकोमा उक्त बोराहरु खोली हेर्दा कालो प्लाष्टिकमा ६ पोका रहेको, तौल गर्दा प्लास्टिक सहित १११.८ के.जी र बोरा प्लाष्टिक बाहेक १०५.५ के.जी. ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी रितपुर्बक बरामद गरी अटो चालक जि. सप्तरी कंचनरुप न.पा. ७ सितापुर बस्ने बर्ष अं. ४३ को ओम प्रकाश भन्ने जामुन महतो र सोही अटोमा सवार रहेको ऐ.ऐ. बस्ने अजय सरदारको श्रीमती अं. बर्ष २८ की कबिता कुमारी माझी सहित ला.औ गाँजा र अटो नियन्त्रणमा लिई  इ.प्र.का. कन्चनपुरमा ल्याई राखेको ।  पर्सा, पर्सागढी न.पा. ३ बड्नियार पुल स्थित इ.प्र.का. पटेर्वासुगौलीबाट प्र.नि. को कमाण्डमा ट्राफिक सहितको टोलीले सवारी साधान चेकजाच गर्ने क्रममा मिलनचोकबाट बड्नियार तर्फ आउदै गरेको न.नखुलेको निलो रङको एभेन्जर मो.सा. तिब्र गतिमा रहेकोमा २ जना सवार भएको ऐ.मो.सा. पछाडी सवार महिलाले कालो रङको झोला फाली भागेकोमा ऐ.झोला खोली हेर्दा रातो पलाष्टिक सहित अं.१० के.जि. ७००ग्राम बराबरको ला.औ. गाँजा नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का. पटेर्वासुगौली पठाइएको ।

मिति २०८२।११।२९ गते ०५:०० बजे देखि २०८२।११।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-३०

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।११।२६ गते अं.२३:०० बजे मेचिनगर न.पा.१३ चारआलि ईलाम रोड स्थित ओझा होटल एण्ड लजमा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका १६ बस्ने वर्ष ४७ को प्रवेक डंगोलले जि.पाँचथर यङवरक गा.पा.१ च्याङथापु घर भई हाल जि.झापा बुद्धशान्ति गा.पा.३ बुधबारे बस्ने वर्ष ३२ की महिलालाई ज.ज.क.गरेको भनी पीडित आफैले मिति २०८२।११।२९ गते अं.१८:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.धुलाबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकको खो.त.कार्य जारी,  हाल फरार रहेको, पीडितलाई प्रादेशिक अस्पताल भद्रपुर झापामा लगी यौनजन्य स्वास्थ्य परिक्षण गरिएको । सुर्खेत, भेरीगंगा न.पा.११ बस्ने रत्न बहादुर खड्काको छोरा वर्ष ११ को बालकले ऐ.बस्ने वर्ष ५ की बालिकालाई पीडितको घरमा कोही नभएको अवस्थामा घर देखि अं.४०० मिटर पूर्व गहुँ बारिमा लगि ज.ज.क.गरेको भनी पिडितको बुवा दिल वि.क.ले ऐ.२३:३० बजे अ.प्र.पोष्ट चिप्लेमा जानकारी गराए पश्चात् अ.प्र.पोष्ट चिप्लेबाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिएको,  दुबै जनालाई इ.प्र.का.छिन्चु सुर्खेतबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले यौनजन्य स्वास्थ्य परीक्षणको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ लिई गएको, पीडितको अवस्था सामान्य रहेको । अर्घाखाँचि, छत्रदेव गा.पा.१ चिदिका स्थित ऐ.बस्ने सन्धिखर्क १४ ङ को छोरी वर्ष ७ कि परिवर्तित नाम सन्धिखर्क १४ क लाई ऐ.बस्ने सन्धिखर्क १४ घ को छोरा वर्ष १५ को परिवर्तित नाम सन्धिखर्क १४ च ले ललाई फकाई गरी खेतमा ज.ज.क.गरेको भनी मिति २०८२।११।२८ गते जानकारी गराए पश्चात प्र.स.नि.बसन्त सिंह ठकुरीको कमाण्डमा २ जना खटिगई निज पिडकलाई नियन्त्रणमा लिईएको । अवैध (श्रोत नखुलेको) रकम बरामद, झापा, बिर्तामोड न.पा.४ मियाबारी बस्ने जगत बस्नेतको घरमा ला.औ.बिक्री बितरण भईरहेको तथा चोरीका धनमाल लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.अनारमनीबाट प्र.ना.नि.को कमाण्डमा र ला.औ.ब्युरो काकरभिट्टाको प्र.ना.नि.को कमाण्डमा टोली खटी गइ चेकजाँच गर्दा ला.औ.फेला नपरेको र सोहि घरमा डेरा गरी बस्ने तत्काल वतन नखुलेकी वर्ष २८ की मसिना खातुन र निजकै छोरी वर्ष १४ की आशिका खातुनलाई नगद नेपाली रु ६,३५,४६०।- (छ लाख पैंतिस हजार चार सय साठी) र भारतिय रकम रु २,४६,०००।– (दुई लाख छयालिस हजार) र अं.३ तोला सुनका विभिन्न गरगहना र अ.४ तोला चाँदीका बिभिन्न गरगहना साथै मे ६ प ४९१ न. को मो.सा.समेत बरामद गरी चोरी सँग सम्बन्धित हुन सक्ने हुँदा निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको, निज मसिना खातुनको श्रीमान वर्ष ३२ को आशिक आलम तत्काल फरार रहेको, खो.त.कार्य भईरहेको ।

मिति २०८२।११।२८ गते ०५:०० बजे देखि २०८२।११।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२९

कर्तव्य ज्यान,बारा, देवताल गा.पा.५ दक्षिणसेढाई टोल बस्ने अं.वर्ष ६५ को सत्यनारायण साह र ऐ.बस्ने जोखन पटेलको श्रीमती अं.वर्ष ३० की रमिता देवि पटेल बीच बच्चाको बिषय लिएर वादविवाद, झै-झगडा कुटपिट हुँदा सत्यनन्द साह (पहिला देखि नै हृदयघातको बिरामी रहेको) एक्कासी बेहोस भई ढली उपचारको लागि नेशनल मेडिकल कलेज बिरगंजमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा ऐ.१०:४५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी अस्पताल मार्फत प्र.चौ.देवतालमा खबर प्राप्त हुनासाथ प्र.चौ.देवतालबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने महिला अं. वर्ष ३० की रमिता देवि पटेल प्र.चौ. देवतालको नियन्त्रणमा रहेको, कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि नारायणी अस्पताल विरगंज पर्सामा पठाएकोमा शव पो.मा.पश्चात आफन्तले बुझी लगेको । मोरङ, मिति २०८२।१०।२० गते अं १८:०० बजे,रतुवामाई न.पा. ३ चौकीघाट बस्ने वर्ष अं.४९ को श्रवण कुमार सहनीले आफ्नो बुबा वर्ष ७० को सत्रुधन सहनीलाई घरायसी बिबाद ( जग्गाको बिषयमा ) हुँदा लछार पछार तथा हातपात गरी घाईते बनाई नोबेल अस्पताल बिराटनगरमा लगी उपचार गराई डिस्चार्ज भए पश्चात घरमा ल्याई राखिएकोमा ऐ.२८ गते अं २०:५० बजे घरमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का सिजुवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाईएको, कुटपिट गर्ने छोरा श्रवण कुमार सहनी फरार ‍रहेकोले खो.त. कार्य भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,धनकुटा, जिल्ला ०८ अन्तर्गत बस्ने वर्ष अं.१४ बस्ने नातामा सौतेनी बहिनी पर्ने वर्ष १३ की बालिकालाई डर त्रास देखाई मिति २०८२ साल भाद्र महिनाको अन्तिममा (गते नखुलेको ) अ.२३:०० बजे निज बालिकाको आफ्नै घर कोठामा जवरजस्ती करणी गरेको र पीडितलाई अर्को प्रतिवादी जि.धनकुटा धनकुटा न.पा.वडा नं. १० मार्गा बराल टोल बस्ने वर्ष अं.२७ को वीरेन्द्र राईले ललाई फकाई विवाह गर्छु भनि लगी पटक पटक जवरजस्ती करणी गर्दै आई रहेकोमा (हाल निज पीडितको अन्दाजी ६ महिनाको गर्भ समेत रहेको) भनि खुल्न आएको हुँदा ऐ.२८ गते अं. १८:०० बजे पिडितको आफन्तले जि.प्र.का.धनकुटामा आई जवरजस्ती करणी मुद्धा कसुरमा जाहेरी दरखास्त दिएकोमा जि.प्र.का. धनकुटाबाट  प्र.ह.को कमाण्डमा टोली खटी गई पिडक वीरेन्द्र राईलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटामा ल्याई राखिएको, घटनामा संलग्न अर्को १ जना फरार ब्यक्तिको खो.त. कार्य भईरहेको, पिडित  बालिकालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको । दाङ, मिति २०८२।११।२१ गते अं.१०:०० बजे राप्ती गा.पा. ३ नयाँगाउँ बस्ने वर्ष २८ को कौशे कुमालले ऐ.बस्ने वर्ष अं.३ की बालिकालाई सामुदायिक वनमा लिई गई ज.ज.क. उद्योग गरेको भन्ने ऐ.२८ गते अं.१६:०० बजे इ.प्र.का.भालुबाङ दाङमा पिडितले जाहेरी दरखास्त दिएकोमा प्र.चौ.मसुरियाबाट प्र.स.नि.को टोली सहित इ.प्र.का.भालुबाङका प्र.नि.को कमाण्डमा टोली खटी गएकोमा बालिकाको अवस्था सामान्य रहेको साथै बालिका आमाको साथमा रहेकी र फरार पिडकको खो.त. कार्य भईरहेको । विदेशी नागरिक मृत्यु,काठमाडौं, देश भारत गुजरात राजनगर घर भई हाल पशुपतिनाथ मन्दिर दर्शन गर्न नेपाल आई काठमाडौं जि.का.म.न.पा.वडा नं. ०९ पिङ्लास्थान स्थित होटल नारायणको कोठा नं. ३०७ मा हिजो मिति २०८२।११।२७ गते देखि कोठा भाडामा लिई बसेको वर्ष अं.५९ को अनिल कुमार जयकिशन रानाको  कोठामा नै अचानक स्वास्थ्यमा समस्या आई उपचारको लागि निजको साथी नितेश द्रोहले का.जि. सिनामंगल स्थित के.एम.सि.अस्पताल लिएर गएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको भनी अस्पतालमा खटिएका प्र.क.मार्फत जानकारी प्राप्त भएको । चोरी/लुटपाट,काठमाण्डौ, का.जि.तारकेश्वर न.पा.०६ नेपालटार पैँयुटार स्थित उत्तम दवाडीको पाँच तले घरको दोस्रो तल्लामा जि.नुवाकोट बिदुर न.पा.१२ घर भई हाल पैँयुटार डेरा गरी बस्ने वर्ष अं.२३ की पार्वती पौडेलको कोठामा कोही नभएको बेला अपरिचित व्यक्तीले कोठाको ढोका फुटाली सुन चाँदिको गर गहना,नगद-१०० US डलर ने.रु.१४,७००,थाईलेन्डको नगद-१०० ने.रु.४,६००,गरी अं.३३ लाख ७५ हजार ३ सय ७५ बराबरको चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिको खो.त. कार्य भईरहेको । प्रहरी कर्मचारी मृत्यु,हुम्ला, जिल्ला दैलेख महाबु गा.पा.वडा नं.२ स्थाई वतन भएका जिल्ला प्रहरी कार्यालय हुम्ला म.तथा बा.बा.से.के. दरबन्दी भई जि.प्र.का.हुम्लामा कार्यरत क.कोड नं. ३११३९१, संकेत नं. C- ०००४८९७९, का अं.वर्ष ४९ का प्रहरी सहायक निरीक्षक खगिराम सारु ऐ.११।२८ गते १०:०० बजे देखि ऐ.२९ गते १०:०० बजे सम्म कन्ट्रोल डिउटीमा रहेको अवस्थामा एक्कासी कन्ट्रोल रुममा नै ढल्न गई तत्कालै उपचारको लागि जिल्ला अस्पताल सिमिकोट हुम्ला पठाई उपचार भईरहेकोमा ऐ.२०:३० बजे निज प्र.स.नि.खगिराम सारुको उपचारको क्रममा मृत्यु भएको र शव सोही अस्पतालमा रहेको । लाऔ.,सुनसरी, धरान उ.म.न.पा.१३ फुस्रे स्थित ला.औ.गाँजाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा को.प्र.प्र.का.बाट खटिएको PIT टोली, इ.प्र.का.धरानबाट प्र.स.ह.को कमाण्डमा र अ.प्र.चौ.अमरहाट धरानबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले जि.संखुवासभा सिलिचोङ गा.पा.४ बस्ने वर्ष २० को सन्दिप राईको साथबाट ३० के.जी.ला.औ.(गाँजा) फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखिएको ।  महोत्तरी, रामगोपालपुर न.पा. ८ हरिणमरिण-ससौला  कच्ची सडक-खण्डमा बिशेष सुचनाको आधारमा हरिणमरिणबाट ससौला तर्फ जादै गरेको DL-1Co 5869 नं.को कार बाटोमा रोकी रहेको र उक्त गाडीमा सवार कोही नभएको अवस्थामा इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले कारलाई चेकजाँच गर्दा पछाडीको डिकिमा लुकाई छिपाई राखेको २० पोका अं.१०० के.जी. ला.औ. (गाँजा) जस्तो देखिने वस्तु फेला पारी कार सहित नियन्त्रणमा लिएको,कार चालक फरार रहेको खो.त. कार्य भईरहेको ।

मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२८

ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।११।२५ गते १६:२० बजे महालक्ष्मी न.पा.४ डाडाखर्क बस्ने वर्ष ५६ को गंगा वहादुर बिश्वकर्माले निजकै घर छेउमा रहेको तित्री जातको रुखको छेउ सडक बाटोमा वर्ष १४ की बालिकालाई बिभिन्न अश्वभाविक शब्दहरु बोली निज प्रतिवादीको हातले सम्बेदनशिल अंग छातीमा सुमसुम्याई वालयौन दुरुपयोगको वारदात घटाएको भन्ने जानकारी ऐ.२७ गते १४:०० बजे प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई गंगा वहादुर बिश्वकर्मालाई आफ्नै घरमा वसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको । झापा, मिति २०८२।११।२४ गते अं.१२:३० बजे भद्रपुर न.पा.४ बस्ने बर्ष ४ की  बालिकालाइ  ऐ.ऐ. बस्ने सानो धिमालको छोरा अं.बर्ष १३ को अनित धिमालले आफनै घरको पछाडी लगेर जवरजस्ती करणी गरी मिति २०८२।११।२७ गते अं. १०:५० बजे उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरमा ल्याई उपचार भरहेको अवस्था बोल्न सक्ने सामान्य उपचारमा निजको हजुरआमा संग्लन रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क. मार्फत खबर प्राप्त हुनासाथ  प्र.चौ. महेशपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटीगई बालबिज्याई कर्तालाई नियन्त्रणमा लिइ जि.प्र.का. झापामा ल्याई अनुशन्धान भईरहेको । म्याग्दी, मिति २०८२।११।२६ गते अं.०१:०० बजे धवलागिरी गा.पा.७ धारापानी बस्ने वर्ष ४२ को प्रेम बहादुर दमाईले ऐ.बस्ने वर्ष ५२ की महिलालाई आफ्नो घरमा सुतीरहेको अवस्थामा एक्कासी समाती ज.ज.क. गरेको भनी निज महिलाले प्र.चौ मुनाताकममा खबर गर्नासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई प्रेम बहादुर दमाईलाई नियन्त्रणमा लिएको । गुल्मी, रुरु गा.पा. ३ थोर्गा बस्ने वर्ष १४ की बालिकाको महिनावारी रोकीएको भनी आफन्तले रुरु प्रा.स्वा.के.रिडीमा लगि चेकजाँच गर्दा १३ हप्ताको गर्भ रहेको भनी डाक्टरले मिति २०८२/११/२५ गते अं.१६:०० बजे इ.प्र.का.रिडीमा जानकारी गराउन साथ प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा वर्ष ४३ आफ्नै बुवाले मा.प.से.गरी मिति २०८२।०६।२७ गते देखि हालसम्म पटक पटक जबरजस्ती करणी  गरेको भनी पीडितको माईजुले ऐ.२६ गते १८:०० बजे जि.प्र.का.मा जाहेरी दिना साथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई  निजकै घरबाट नियन्त्रणमा लिई ऐ.२७ गते दिन ७ को म्याद थप समेत गरी हिरासत कक्षमा राखिएको, बालिकालाई स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । कञ्चनपुर, भिमदत्त न.पा. १० स्थित बैजनाथ सामुदायिक जङगलमा ऐ.ऐ. बस्ने बर्ष अं.४७ को नरेश गिरी र ऐ.ऐ.भिमदत्त न.पा.९ बस्ने बर्ष ४० को हिरा नाथले जि.अछाम साफेबगर न.पा.-५ बस्ने बर्ष १२  कि बालिकालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. कञ्चनपुरबाट प्र.नि.को कमाण्डमा Soco सहित टोली खटि गइ घटनास्थल मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी नरेश गिरी र हिरा नाथलाई नियन्त्रणमा लिएको । बर्दिया, मधुवन न.पा.५ गाउँ नं १७  चोक  बस्ने संकेत नं. ६६ C को छोरी बर्ष अं.१५ कि संकेत नं. ६६L लाई ऐ.मधुवन न.पा.५ गाउँ नं ९ .बस्ने बर्ष अं.३८ को यम प्रसाद शर्माले ऐ.मधुवन न.पा.५ स्थितमा रहेको आनन्द आ.वि.रातामाटेको  कक्षा कोठामा  बाल यौन दुरुपयोग प्रयास.गरेको भनि आज मिति २०८२।११।२७ गते २०:०० बजे पिडितको आमाले इ.प्र.का.ढोढरी बर्दियामा खबर गरे पश्चात उक्त स्थानमा प्र.स.नि.नन्द बहादुर नाथको  कमाण्डमा ५ खटिएको निज यम प्रसाद शर्मा फरार रहेको खो.त.कार्य जारी रहेको । कर्तव्य ज्यान,नुवाकोट, मिति२०८२।११।२३ गते अं.११:१५ बजे किस्पाङ गा.पा.३ गुन्सा स्थित ऐ.ऐ.बस्ने बर्ष अं.५२ को कामी तामाङलाई आफ्नै भाई ऐ.ऐ.बस्ने बर्ष अं.५१ को सेल बहादुर तामाङले लट्ठीले टाउकोमा प्रहार गरी घाईते भई उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाईएको, थप उपचारको लागी ऐ.१६:२५ बजे काठमाण्डौं न्युरो अस्पताल रिफर भइ उपचार भइरहेकोमा ऐ.२७ गते १८:०० बजे सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको,  कुटपिट गर्ने व्यक्ति फरार रहेकोमा ऐ. २४ गते १८:०० बजे ऐ. किस्पाङ २ चिलाउने स्थितबाट फेला पारी नियन्त्रणमा लिएको । सुनसरी, धरान उप-म.न.पा. १५ निराजन बस्ती स्थित कमल बि.क.को घरमा डेरा गरी बस्ने मनमाया पोखरेलको डेरामा पाहुना आएका ऐ.उप-म.न.पा. ५ देउराली बस्ने वर्ष अं. ७२ को सुरेन श्रेष्ठलाई ऐ.उप-म.न.पा. १५ बस्ने वर्ष ३२ को भरत बि.क.ले सामान्य वादविवादको कारणले कुटपिट समेत गरी घाईते भई उपचारको लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको अवस्था गम्भीर रहेकोमा ऐ.२२:५० बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको, कुटपिट गर्ने भरत बि.क. इ.प्र.का. धरानको नियन्त्रणमा । सवारी दुर्घटना बाट प्र.क.मृत्यु,मोरङ, विराटनगर म.न.पा.४ राजबंशीचौक नजिक भित्री सडकमा राजबंशीचोकबाट नोवेल तर्फ जाँदै गरेको स.७ प ९१५२ नं. को मो.सा.अनियन्त्रीत भई सडकमा लडि दुर्घटना हुँदा मो.सा.चालक जि.मोरङ विराटनगर म.न.पा.४ घर बस्ने हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत कम्प्युटर कोड नं.३६३७४ वर्ष अं.४० को प्र.ना.नि.मिनबहादुर बोहरा र मो.सा. पछाडि सवार जि.उदयपुर त्रियुगा न.पा.६ बस्ने वर्ष ४१ को पेशल कुमार बस्नेत घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा ऐ.०९:२५ बजे मो.सा.चालक प्र.ना.नि.मिन बहादुर बोहराको मृत्यु भएको, शव कानुनी प्रकृया पूरा गरी पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा ऐ.१४:५५ बजे पो.मा.पश्चात मृतकको मामा दुर्गा बहादुर कटवालले बुझी लगेको,पछाडि सवार घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अवस्था मध्यम, मो.सा.प्रहरीको नियन्त्रणमा । ला.औ.,झापा, गा.पा. वडा न.५ बिरिङपुल स्थितमा BR 37 V 4212 नं.को कालो रंगको Super Splender मो.सा.मा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ भारतबाट नेपाल तर्फ ल्याई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोदबाट खटिएको QRT टोलीले मो.सा. नियन्त्रणमा लिने उद्देश्यले बिरिङपुलबाट पछ्याउने क्रममा मो.सा. तीब्र गतिमा गई बाह्रदर्शी गा.पा. ३ खड्गे बस्ति जाने बाटोमा मो.सा.छोडी लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक सहित ९५ ग्राम ९०० मिलीग्राम फाली, प्लाष्टिक बाहेक (तौल गर्न बाकी) मकै बारी तर्फ भागेको निजको खो.त.कार्य भईरहेको, मो.सा. र लागु औषध इ.प्र.का. कुमरखोदमा ल्याई राखिएको, अनुसन्धान कार्य भईरहेको ।  सुनसरी, हरिनगरा गा.पा. ३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा तर्फ जादै गरेको प्र.१-०२-००४ ह ५६३९ न.को सिटि सफारीलाई प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलीले रोक्न खोज्दा उक्त सिटि सफारी नरोकी भगाएकोले शंका लागि इ.प्र.का.हरिनगराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले घेराहाली लखेट्ने क्रममा ऐ.गा.पा.३ स्थित वडा कार्यालय नजिकमा सिटि सफारी छाडी चालक फरार भएको, उक्त सिटि सफारी भित्र हेर्दा  त्रिपालले छोपेको अवस्थामा प्लाटिकको ८ वटा बोरामा लागु औषध गाँजा फेला पारी सिटिसफारी सहित ला.औ. गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याइ राखेको नापतौल गर्दा बोरा सहित २१७ के.जि. भएको, चालकको खो.त. कार्य भइरहेको ।

मिति २०८२।११।२६ गते ०५:०० बजे देखि २०८२।११।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-२७

ज.ज.क. बाल यौन दुर्व्यवहार,ओखलढुङ्गा, चिसंखुगढी गा.पा.४ सिम्ले टोल बस्ने जन्मजात सुस्त मनस्थितीकी भई अपाङ्गता परिचय पत्र समेत प्राप्त गरेकी अण.वर्ष १७ की बालिकालाई मिति २०८२।११।२६ गते बिहान निज पिडित एक्कासी बिरामी भई ऐ.सिद्धिचरण न.पा.११ रमाईलो डाँडा स्थित मेडिका पोलिक्लिनिक प्रा.लि.मा ल्याई चेकजाँच गराउने क्रममा निजको पेटमा २८ हप्ता ३ दिनको गर्भ रहेको भनी मेडिकल रिपोर्टबाट खुल्न आएकोले निजलाई वारदार सम्बन्धमा सोधपुछ गर्दा सुस्त मनस्थिती भएको कारण पीडितले वारदात तथा प्रतिवादी समेत खुलाउन नसकेको हुनाले के-कुन मिति, समय र कुन ठाउँमा को-कस्ले निजलाई ज.ज.क.गरी फरार भएको भनी ऐ.१७:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ जि.प्र.का.ओखलढुङ्गाबाट निज पिडितलाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा तर्फ पठाएको । ईलाम, देउमाई न.पा.९ मादिबुङ स्थित बस्ने वर्ष अं.४८ को डम्बर बहादुर मगरले मिति २०८२।११।२५ गते अं.१६.४५ बजे ऐ.बस्ने वर्ष १२ की बालिकालाई देउमाई न.पा.७ स्थितमा रहेको खान्द्रुङ मा.बि.खान्द्रुङ कक्षा ६ मा अध्ययन गर्दै आइरहेकी र बिद्यालय छुट्टी भई घर तर्फ जादै गर्ने क्रममा बाटोमा ललाई फकाई बाल यौन दुर्ब्यवहार गरेको भनी पीडितको आफन्तले इ.प्र.का.मंगलबारेमा लिखित जाहेरी दिनासाथ इ.प्र.का.मंगलबारेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडक डम्बर बहादुर मगरलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको । भरुवा बन्दुक पड्किन गई मानिस मृत्यु,डडेल्धुरा, मिति २०८२।११।२६ गते १७:५५ बजे जिल्ला डडेल्धुरा परशुराम न.पा. वडा नं. २ बसौटी स्थित गणेश बहादुर बोहराको घरमा जिल्ला बैतडी शिवनाथ गा.पा. वडा नं. ४ घर भइ दिदि जानकी बोहराको घरमा आएको बर्ष अ. १७ को सुबास महरा र ऐ.ऐ. बस्ने बर्ष अ. १७ को केशव महरा घर भित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा बन्दुक पड्किन गई सुवास महराको दाँहिने आखाँ माथी लागी घाइते भएको  अवस्था सिरियस रहेको भनि  परशुराम न.पा. वडा नं. २ का वडा अध्यक्ष रमेश बोहराले टे.फो. मार्फत इलाका प्रहरी कार्यालय जोगबुढा डडेल्धुरामा जानकारी गराउना साथ प्र.नि. देव बहादुर चौधरी ९८५८४९०२०९ को कमाण्डमा SOCO सहायक सहित ७ जनाको प्रहरी टोली खटिगएको ।  उक्त घट्ना स्थलमा पुगी निज घाईतेलाई उपचारको लागी जोगबुढा अस्पताल जोगबुढाको एम्बुलेन्स द्वारा जोगबुढा अस्पताल जोगबुढा पठाएको, अवस्था सिरियस, थप अनुसन्धान भईरहेको । थप अपडेट:- ऐ.२०:४५ बजे निज घाईते सुबास महरा जोगबुढा अस्पताल जोगबुढामा पुगी डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको र गणेश बोहरा, केशव महरा र उक्त बन्दुक प्रहरीको नियन्त्रणमा लिई सोधपुछ कार्य भईरहेको, बन्दुक बिना लाईसेन्सको रहेको । लाऔ., बारा, निजगढ न.पा.११ रतनपुर स्थित अ.प्र.पोष्ट रतनपुरबाट अं.२ कि.मि.उत्तर पूर्व जंगल एरिया भित्री बाटोमा प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा सोही जंगलमा सेउला (घाँस) लोड गरेको ग.६ प.८८५१ नं.को मो.सा.चालक जि.बारा जितपुर सिमरा उ.म.न.पा.१९ ईनर्वा सिरहा बस्ने अं. वर्ष ३५ को फिरोज देवानले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ.तौल गर्दा ६ के.जि.४५० ग्राम र मधेश प्रदेश०३-०३८प.१२०९ नं.को मो.सा.चालक जि.रौतहट गौर न.पा.९ बस्ने अं.वर्ष १९ को तरबेज आलमले घाँस लोड गरेको मो.सा.मा लुकाई छिपाई राखेको प्लाष्टिकमा प्याक गरेको ला.औ तौल गर्दा ५ के.जी.७८० ग्राम ला.औ.गाँजा बरामद भएकोले दुबै मो.सा. र चालकहरु समेतलाई नियन्त्रणमा लिई अ.प्र.पोष्ट रतनपुरमा ल्याई कानुनी प्रकृया पुरा गरी आवश्यक कारबाहीको लागि इ.प्र.का.निजगढमा बुझाएको ।

मिति २०८२।११।११ गते ०५:०० बजे देखि २०८२।११।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१२

ज.ज.क./बाल यौन दुर्व्यवहारपर्सा, देश भारत बिहार राज्य जिल्ला मोतिहारी परेवा कोठी ३ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० मा डेरा गरी बस्ने बाला साह तुरहाको छोरी अं.वर्ष अं १३ की बालिकालाई जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं १ घर भई हाल ऐ.वीरगंज महानगरपालिका वडा नं १० लालबङ्गला स्थित तरकारी बजारमा तरकारी बेच्ने र ऐ.स्थित कोठा भाडा लिई बस्ने मेघराज साह तुरहाको छोरा वर्ष अं.१९ को सुजित साह तुरहाले निजको कोठाभित्र गई जबरजस्ती करणी गर्न खोज्दा निज नाबालिका रोई कराई तथा हो-हल्ला गर्दा नाबालिकाको आमाले थाहा पाई निज पिडितलाई उद्दार गरी पिडकलाई समातेर राखेको भनी ऐ.२०:१० बजे जानकारी प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज (पिडक) सुजित साह तुरहालाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, महोत्तरी, बर्दिबास न.पा.१ गालटार डेरा गरी बस्ने वर्ष अं.३२ को पुरुषले कोठामा कोही नभएको अवस्थामा आफ्नै छोरी अं.वर्ष १४ की बालिकालाइ ज.ज.क.गरी भाग्ने क्रममा बालिकाकी आमा र स्थानीयले नियन्त्रण लिइ राखेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा टओली खटी गई पिडकलाइ नियन्त्रणमा लिइ इ.प्र.का.बर्दिबासमा ल्याई थप अनुसन्धान कार्य भईरहेको  चोरी,मोरङ, बिराटनगर म.न.पा.१० शान्तिचोक स्थित बस्ने सीता श्रेष्ठको घर भित्रको स्टिलको दराज भित्र राखेको सुन, चादीको बिभिन्न प्रकारका गरगहनाहरु र  रेडमि नोट ९ कम्पनीको मोबाइल थान एक, समेत गरी अं.मु.रु.१२ लाख जतिको चोरी गरी लगेको भन्ने जानकारी  ऐ.१९:५५ बजे व.प्र.का.बिराटनगरमा जानकारी प्राप्त हुनासाथ CRV गोघापुलबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चोरी गर्ने मानिसको खो.त.कार्य भईरहेको, सवारी दुर्घटना(प्र.क.मृत्यु/घाईते),धनुषा, जनकपुर उ.म.न.पा.४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईल तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०१०४ नं.को ट्रिपरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नं.को मो.सा.लाई पछाडिबाट ठक्कर दिँदा  मो.सा. चालक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषा दरबन्दी भई सोही कार्यालयमा लेखा प्रमुखको रूपमा कार्यरत कम्प्युटर कोड १२५१६७ को प्र.नि.बिजय कुमार यादव सामान्य घाईते भई जि.प्र.का.धनुषाको सम्पर्कमा रहेको  र सोही मो.सा.मा पछाडी सवार जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने रामकेवल महतोको छोरी  इ.प्र.का. हरिपुर, सर्लाही दरबन्दी भई हाल जि.ट्रा.प्र.का. बर्दिबास महोत्तरीमा  कार्यरत कम्प्युटर कोड  नं. ४८१५०० को अं.वर्ष २६ की प्र.ज.चन्द्रकला कुमारी महत्तो घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा चिकित्सकले चेकजाँच गरी  ऐ.१४;४५ बजे की प्र.ज.चन्द्रकला कुमारी महत्तोलाई मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, (मृतक सरकारी कामकाजको सिलसिलामा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा गएको भन्ने बुझिएको) घटनास्थलमा प्र.चौ. जिरोमाईलबाट प्र.व.ना.नि.र जि.प्र.का. धनुषाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, दुवै सवारी साधन र ट्रिपर चालक जि.धनुषा मिथिला न.पा.२ आनन्दपुर बस्ने अं.वर्ष ३० को सुनिल रविदास जि.प्र.का.धनुषाको नियन्त्रणमा रहेको । निर्वाचन प्रहरी मृत्यु, बैतडी, इ.प्र.का.तश्वदेहीमा कार्यरत गैह्रआवासिय रुपमा बस्दै आएको दर्ता न.५७३ को निर्वाचन प्रहरी जिल्ला बैतडी मेलौली न.पा.६ हतरङ्गा बस्ने वर्ष अ.३८ को राजेन्द्र प्रसाद भट्ट आफ्नै घरमा अचानक बिरामी भई बेहोस भएकोमा निजलाई उपचारको लागि केशरपुर प्रथामिक स्वास्थ्य केन्द्र मेलौली बैतडी पठाएकोमा ऐ.१२ गते ००:०५ बजे उपचारको क्रममा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.तश्वदेहीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको,

मिति २०८२।११।१० गते ०५:०० बजे देखि २०८२।११।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-११

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, भद्रपुर न.पा ९ पोकापाडा चोक स्थित सिताराम उप्रतीको घर पसल पछाडी आँगनको कुनामा जिल्ला झापा भद्रपुर न.पा १० सत्रविघे बस्ने बर्ष ५० को सन्तोष रिजालले भद्रपुर न.पा ९ पोकापाडा बस्ने सांकेतिक नाम "ज्ञ-२" को छोरी पीडित बर्ष ७ की सांकेतिक नाम "ज्ञ-१" लाई ललाई फकाई संवेदनसिल अंग योनीमा छामी (सुम्सुमाई) बालयौन दुरुपयोग गरेको भनि पिडितको आमा सांकेतिक नाम "ज्ञ(०८२/०८३)ले जि.प्र.का झापा आई मिति २०८२।१०।१० गते १५:बजे जाहेरी दिना साथ जि.प्र.का झापाबाट प्र.ना.नि को कमाण्डमा टोली खटि गई सन्तोष रिजाललाई नियन्त्रणमा लिई पिडित र पिडकको स्वास्थ्य परीक्षण गरी पिडकलाई जि.प्र.का झापामा राखिएको पिडितलाई आफन्तको जिम्मा लगाईएको अवस्था समान्य रहेको कर्तव्य ज्यान,धनुषा, मिथिला बिहारी न.पा. वडा नं. ३ मिथिलेश्वर स्थितमा ऐ.ऐ.बस्ने लक्ष्मी मण्डलको श्रीमती अं. वर्ष ९० की संझा देवी मण्डललाई ऐ.ऐ.बस्ने निजकै नाति नथु मण्डलको छोरा अं.वर्ष ३३ को धिरज मण्डलले घरायसि विवादका कारण निज संझा देवी मण्डलको सुत्ने कोठामा रहेको हाँसको चल्ला निकाल्ने अं. २०० किलो ग्रामको हयाच्री मेसिन निज संझा देवी मण्डलको शरीर माथि लडाई सोहि मेसिनले च्यापी निजलाई उक्त स्थानबाट घिसारी घर कोठा बाहिर निकाली मृत अवस्थामा आंगनमा ल्याई राखेको भन्ने खबर ऐ.०७;०० बजेको समयमा इ.प्र.का.तारापट्टी धनुषामा प्राप्त हुन साथ इ.प्र.का.तारापट्टी धनुषाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई घटना स्थल सुरक्षित साथ राखि निज धिरज मण्डललाई खो.त.गर्ने क्रममा ऐ.घटनास्थल देखि अं. १ कि.मि.दक्षिण पूर्व स्थित घर बाहिरबाट  नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको, उक्त स्थानमा तालुक जि.प्र.का.धनुषाबाट प्र.उ.रुगम बहादुर कुँवरको कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटि गएको । लागु औषध, मोरङ, सुचनाको आधारमा कोशी प्रप्रका विराटनगर (PIT) र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त  टोलीले ऐ. बस्ने बर्ष २८ को मनोज खड्काको घर कोठामा खानतलासी गर्ने क्रममा घर कोठाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध Tramadol hydrochloride capsules(Tramol-50) लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) क्याप्सुलको दरले १५०० (एक हजार पाँच सय) क्याप्सुल, SPASPAIN लेखिएको १५० पत्तामा प्रतिपत्ता १० (दश) ट्याब्लेटको दरले १५००(एक हजार पाँच सय) ट्याब्लेट र कागजमा सानो सानो पोका पारी विक्री गर्न तयार गरेको अवैध लागु औषध गाँजा जस्तो देखिने तौल गर्दा ३६२ (तिन सय बैसठ्ठी) ग्राम समेत फेला पारी निज मनोज खड्कालाई नियन्त्रणमा लिई ईप्रका बेलबारी, मोरङ पठाईएको ।

मिति २०८२।११।०९ गते ०५:०० बजे देखि २०८२।११।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-१०

ज.ज.क./बाल यौन दुर्व्यवहार,न.प.पश्चिम, प्रतापपुर गा.पा. ४ पर्सा बस्ने अं.वर्ष ५ की बालिकालाई ऐ.८ नर्सही बस्ने वर्ष २५ को मिथुन चमारले उखु खेतमा लगी ज.ज.क.उद्योग गरेको निजको दिदिले देखि घरमा आइ भनि निज मिथुन चमारलाई गाउँलेहरुले नियन्त्रणमा लिई राखेको र निजलाई कुटपिट गर्दा खुट्टामा सामान्य चोट लागेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै पिडित र पिडकलाई  जि.प्र.का.नवलपरासी पश्चिममा राखी आ.अ.भईरहेको । पाल्पा, २०८२।११।०५ गते अं. १३:०० बजे माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ स्थित थामडाँडा सामुदायिक जंगलमा जि.पाल्पा माथागढी गा.पा.वडा नं.७ रहबास चिर्तुङ बस्ने वर्ष १९ को रेम बहादुर ठाडाले ऐ.वर्ष ३२ की महिलालाई ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । दैलेख, भगवतिमाई गा.पा.वडा नं.५ कट्टी बस्ने बर्ष अं.२२ को पदम टमटाले मा.प.से.गरी घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. बेस्तडा प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेख पठाईएको । चोरी,काठमाण्डौ, म.न.पा.२६ सारकारी धारा नजिक हरिदाश शर्माको साँडे ३ तले घरको भुई तलामा डेरा गरी बस्ने जि. बाग्लुङ बडिगार्ड न.पा.०७ घर हुने वर्ष ३५ की कालिका रोका मगरको कोठा फोडी चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई बुझ्दा सुनको गरगहना(हार,कण्ठे माला,बाला,जनतर) लगायत नगद रु.५० हजार गरी जम्मा मुल्य रु ५६ लाख ५० हजार बराबरको चोरी भएको, चोरी गर्ने व्यक्ति फरार रहेको, उक्त व्यक्तिको खोजतलास तथा अन्य अपराध अनुसन्धान भईरहेको । कैदी मृत्यु,काठमाण्डौ, का.म.न.पा.वडा नं.११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जि.संखुवासभा खादवारी न.पा.०२ स्थायी वतन भएका वर्ष ७२ को ला.औ मुद्दाका सजाय (१२ कैद/६ लाख जरिवाना) कैदी जय बहादुर चापागाई मुटु र फोक्सो सम्बन्धी बिरामी भई मिति २०८२।११।०५गते उपचारको लागि वि.पी स्मृती अस्पतालमा  भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा निज कैदीको ऐ.१० गते ०२:२० बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको । धारिलो हतियार प्रहार,मोरङ, सुन्दरहरैचा नपा ९ चित्रेटोल बस्ने वर्ष ३६ को राजन कुमार अधिकारी आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक अपरिचित मानिस आई के कुन धारिलो हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय सुकुना सामुदायिक अस्पताल मबिराटचौकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको,अवस्था गम्भीर,धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खो.त.भईरहेको  लागु औषध, धनुषा, जनकपुरधाम उ.म.न.पा.वडा नं.४ शान्ति टोल स्थितमा रहेको इसु धोवीको खाली जग्गामा ना.७ ख २२३७ नं.को टिपर गाडीबाट ला.औ.गाँजा अन लोड गरी रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.उ.को कमाण्डमा टोली खटी गई ला.औ.गाँजा अनलोड गरी रहेका व्यक्तिहरु प्रहरी टोलीलाई देखि फरार भएकोमा उक्त गाडीबाट ओराली भुईमा राखी राखेको अवस्थामा ला.औ.गाँजा ३४ पोकामा अं.३५७ किलो ग्राम फेला पारी ला.औ.गाँजा र ना.७ ख २२३७ न.को टिपर गाडी जि.प्र.का.धनुषामा ल्याई राखिएको र ला.औ.गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खो.त.भईरहेको

मिति २०८२।११।०८ गते ०५:०० बजे देखि २०८२।११।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०९

ज.ज.क./बाल यौन दुर्व्यवहार,सोलुखुम्बु, परिवर्तित वतन जिल्ला ११ बस्ने वर्ष १२ को बालकले मिति २०८२।११।०७ गते अं.१३:०० बजे परिवर्तित जिल्ला ११ बस्ने वर्ष ४ की नाबालिकालाई चकलेट दिन्छु भनी फकाएर पीडितको आफ्नै गोठमा लगी जबरजस्ती करणी गरेको भनी मिति २०८२।११।०८ गते अं.०५:०० बजे प्र.चौ. सुकेपोखरी जानकारी प्राप्त हुनसाथ प्र.चौ.सुकेपोखरीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटी गई पीडकलाई नियन्त्रणमा लिई स्वास्थ्य परक्षण गरी जि.प्र.का.सोलुखुम्बुमा राखिएको, पीडित नाबालिकालाई आफन्तको जिम्मा बुझाएको । निर्वाचन प्रहरी मृत्यु,बैतडी, दशरथचन्द न.पा.०४ बबेत बस्ने वर्ष ३८ को ( दर्ता नम्बर १३२५ को निर्वाचन प्रहरी ) महादेव ओड आफ्नै घरको कोठाभित्र अचेत अवस्थामा रहेको भनी स्थानीयले टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.चौ.थालिगडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाएकोमा ऐ.१५:०५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, अवस्थाम अचेत । स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,सिरहा, औरही गापा ५ औरही चोक स्थितमा प्र.चौ. औरहीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बरियारपट्टीबाट औरहीतर्फ आउँदै गरेको स.१० प ४०५ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सिरहा बरियारपट्टी गा.पा.३ शिवनगर बस्ने अं.वर्ष २१ को संजित कुमार यादवले लगाएको ज्याकेटको गोजीबाट स्रोत नखुलेको नगद ने.रु.१००० को नोट १४०० वटा भएको रू.१४,००,०००।-र मोबाईल थान-१ फेला परेकोले निजलाई नगद, मोबाईल र मो.सा.सहित नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.सिरहा पठाएको । हातहतियार बरामद,बागलुङ, काठेखोला गा.पा.०३ धम्जा खानिखोला स्थित जंगलको गोरेटोबाटो देखी अं.१० मिटर तल जंगलको झाडीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक नाल ५ (पाँच) ( ४ साबुत  १ बेसाबुत) फेला परेको भन्ने खबर हुनासाथ प्र.चौ.बिहु बागलुङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई हा.ह.नियन्त्रणमा  लिईएको,उक्त हतियार को कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको ।           चोरी,काठमाण्डौ, मिति २०८२।११।०८ गते अं.०८:०० बजेदेखि ०९:३० बजे का.जि.तारकेश्‍वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल नजिक जिल्ला धादिङ रुवी भ्याली गाँउपालिका वडा नं. ३ घर भई हाल तारकेश्‍वर न.पा.१० हिलेटोल पुरानो इमेज स्कुल नजिक लि लामा तामाङको २ तले घरको भुइँतलामा बस्ने रेली माया तामाङ्को फल्याटमा कोही नभएको समयमा अपरिचित मानिसले कोठाको ताला फुटाली भित्र प्रवेश गरी दराज भित्र रहेको निम्न धनमाल चोरी गरी फरार रहेको, अन्य उक्त घटनाको बारेमा थप अनुसन्धान तथा CCTV फुटेज हेर्ने र चोरी गर्ने संकित व्यक्तीको खोजी कार्य जारी रहेको, खबर प्राप्त १०:४५ बजे प्रहरी पुगेको समय १०:५० बजे, प्र.ना.नि.मंगल घले (९८५१२८८९१६) को कमाण्डमा ४ जना। निम्नः- १- सुनको तिलहरी २ थान अं. १ तोला अं. मुल्य रु. ३,००,०००।– २- सुनको औठी १ थान आधा तोला अं. मुल्य रु. १,५०,०००।– ३- सुनको सिक्री १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ४- सुनको नौगेडी १ थान १ तोला अं. मुल्य रु. ३,००,०००।– ५- चादीको बाला ३ थान ५ तोला अं. मुल्य रु. २४,१७५।– ६- चादीको सिक्री ५ वटा १० तोला अं. मुल्य रु. ४८,३५०।– ७- लेनेभो कम्पनीको ल्यापटप १ थान मुल्य खुल्न नआएको । ८- Vivo मोबाइल १ थान मुल्य खुल्न नआएको । जम्मा चोरी भएको अन्दाजी मुल्य रु.११,२२,५२५।– लागु औषध,काठमाण्डौ, मिति २०८२/११/०८ गते अं.०६:३० बजे Air India को उडान नं. AI 215 द्वारा दिल्लीबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक MOHD JUNAID (पुरुष) र सोही दिन अं.०८:५८ बजे Air Arabia को उडान नं. G9536 द्वारा सारजहाबाट काठमाडौं आगमन भएकी भारतीय नागरिक SAMEENA AKHTAR BAIG MIRZA (महिला) र भारतीय नागरिक AFSANA AMIR HUSSAIN SHAIKH (महिला) को गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.बि.सु.का.गौचरबाट प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतीय नागरिक राहदानी नं.P4393533 वाहक वर्ष ४३ की SAMEENA AKHTAR BAIG MIRZA (महिला) ले लिई आएको लगेजलाई भारतीय नागरिक VOTER ID No. MDW0944603 वाहक वर्ष २४ को MOHD JUNAID (पुरुष) ले संकलन गरी लैजान लागेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने बस्तु अं.३ के.जी. ८७० ग्राम (प्लाष्टिक सहित) र भारतीय नागरिक राहदानी नं. R5584245 वाहक वर्ष ४४ को AFSANA AMIR HUSSAIN SHAIKH (महिला) को साथबाट प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिन बस्तु अं.७ के.जी. ४०० ग्राम (प्लाष्टिक सहित) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेकोले थप अनुसन्धानको लागि ला.औ.नियन्त्रण ब्यूरो कोटेश्वर पठाएको ।  काठमाण्डौ, मलेसियन एयरको उडान नं.MH 170 द्वारा मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आगमन भएको यात्रु भारतीय पुरुष नागरिक SHAHZEB AHMED को गतिविधि शंकास्पद देखिएकोले त्रि.अ.वि.सु.का.गौचरबाट खटिएको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नागरिक राहदानी नम्बर P9239003 वाहक वर्ष २९ को SHAHZEB AHMED (पुरुष) को साथबाट लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने वस्तु अं.३ के.जी.३०० ग्राम (प्लाष्टिक सहित) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात टनेल गेटबाट नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ब्यूरोको टोलीलाई पत्र सहित  जिम्मा लगाई पठाएको ।

मिति २०८२।११।०७ गते ०५:०० बजे देखि २०८२।११।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०८

पेस्तोल पड्किएर बालक घाइते,सर्लाही, मलंगवा न.पा. ४ ढाँका गाउँ बस्ने रामविश्वास रामको छोरा अं. वर्ष १५ को आकाश कुमार राम घर देखी १०० मिटर पूर्वमा रहेको निर्माणाधिन हनुमान मन्दिरको भित्र कुनामा रातो कपडाले बेरी राखिएको बस्तु खोली हेर्दा पेस्तोल रहेकोमा सो पेस्तोल नक्कली हो भनि चलाउने क्रममा पेस्तोल पड्की निज आकाश रामको दाहिने हातको पन्जामा गोली लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सर्लाहीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घाइतेलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम, घटनास्थलमा थान-१ कुटुवा पेस्तोल र पड्किएको खो.का. पेस्तोलमा अड्किएको अवस्थामा फेला परेको, थप अनुसन्धान कार्य भईरहको । ऐ.१८:२५ बजेको समयमा निज घाईते प्रादेशिक अस्पताल जनकपुर धनुषामा पुगी उपचार भईरहेको , अबस्था सामान्य । ज.ज.क.,इलाम, मिति २०८२।११।०६ गते बिहानको राति अं. ०३:०० बजे जि.इलाम माङसेबुङ गा.पा. ५ कुरुम्बा बस्ने सन्तोष लावतिको घरमा बिगत १ वर्ष देखि काम गरी बस्दै गरेको ऐ. ३ बस्ने राज कुमार लिम्बुको छोरा वर्ष २० को पुरुषले जि.पाँचथर मिक्लाजुङ गा.पा. ५ घर भई ऐ. ३ बरभञ्ज्याङ स्थित मामली घरमा ३ दिन अगाडि आई बसेकी वर्ष १५ की बालिकालाई सन्तोष लावतिको घरमा ज.ज.क. गरेको भनि पिडितको बुवाले ऐ. २१:०० बजे टे.फो. मार्फत प्र.चौ. बाँझो इलाममा जानकारी गराउनसाथ प्र.ना.नि.को कमाण्डमा टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. मंगलबारे इलाममा ल्याई राखि ऐ. ०७ गते १०:०० बजे पिडितको आमाले लिखित जाहेरी दिनासाथ पिडकलाई जिल्ला अदालत इलाममा उपस्थित गराई मुद्धा दर्ता भई थप अनुसन्धान कार्य भई रहेको । कञ्चनपुर, मिति २०८२।११।०६ गते अं. १७:३० बजे, जि.कञ्चनपुर लालझाडी गा.पा. वडा न.६ बस्ने वर्ष  अं.७ कि बालिकालाई घरमा कोहि नभएको अवस्थामा ऐ.बस्ने वर्ष अं.१५ बालकलले ज.ज.क. गरेको भनि ऐ.०७ गते १३:०० बजे, पिडितका आफन्तले इ.प्र.का.बेलौरीमा आई जाहेरी दिनासाथ, प्र.नि.को कमाण्डमा टोली खटी निज बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण,महोत्तरी, मनरासिस्वा न.पा.३ सोनौल बजार स्थित प्रहरी टोलिले  पोखरभिण्डबाट सोनौल बजारतर्फ जि.महोत्तरी सम्सी गा.पा.७ बस्ने गौतम साहले चलाइ आँउदै गरेको म.प्र.०२-००९प.१५१७ नं.को मो.सा.लाई शंका लागि मो.सा.रोकी चेकजाचँ गर्दा सोही मो.सा.पछाडी सवार निजको छोरा अं.वर्ष ८ को छोटु कुमार साहको साथबाट प्लाष्टिकको पोकामा स्रोत नखुलेको रुपैयाँ ११ लाख ५१ हजार ३ सय मात्र शंकास्पद देखिएको हुँदा मो.सा.सहित दुबै जना मानिसलाइ नियन्त्रणमा लिइ जि.प्र.का.महोत्तरीमा पठाइएको,  आवश्यक अनुसन्धानको भइरहेको  । चोरी,रुपन्देही, मिति २०८२।११।०३ गते जि.रूपन्देही सिद्धार्थनगर न.पा.१ बेलहिया बस्ने अं.वर्ष ६५ को रमेश कुमार गुप्ताको स-परिवार सहित भारतको कोलकत्ता आफन्तको बिहेमा गएकोमा ऐ.०७ गते अं.१७:३० बजे निजको छोरा अभिशेक गुप्ता भारतकोबाट आफ्नो घर फिर्ता भई कम्पाउण्डको गेट खोली भित्र हेर्दा घरमा निजको एक तले घरको अगाडीको ढोकाको ताला झुन्ड्याउने कुन्डी तोडी भित्र पसी चोरी भएको भनी जानकारी गराउनासाथ इ.प्र.का.बेलहियाबाट प्र.नि.को कमाण्डमा टोली खटीई गई बुझ्दा कोठामा भएको २ वटा दराजको लक तोडी दराजमा रहेको नगद रु. ५,२८,०००।–(पाँच लाख अठ्ठाईस हजार), सुन र चाँदिको बिभिन्न गरगहनाहरुको अं. मुल्य रु.२३ लाख बराबरको चोरी भएको, कपडाहरु यत्रतत्र छरेको अवस्थामा रहेको,चोरी गर्ने व्यक्तिहरुको खो.त.कार्य भईरहेको । बालिका हराएको,सप्तरी, मिति २०८२।११।०५ गते अं.१९:०० बजे,जि.सप्तरी खड्क न.पा. ८ लालपटी टोल घर भई हाल ऐ.वडा नं.८ बिसनपुर बस्दै गरेको इमरान खानको छोरी अ.बर्ष-७ की नेहा खातुनले घरमा कोहि कसैलाई केही नभनी घरबाट निस्केको भन्ने खबर प्र.चौ.बिसनपुर सप्तरीमा ऐ.१९:३० बजे जानकारी प्राप्त हुनासाथ प्र.नि. संजीब बोगटीको कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेकोमा उल्लेखित बालिकालाई Manually र Technically Analysis गरि खो.त.गर्दै जाने क्रममा ऐ.११।०७ गते अ.११:०० बजे जि.सप्तरी खडक न.पा.९ लालपट्टी टोल बस्ने मो.सफि रहमानको छोरा अं.वर्ष ३० को ईम्तियाज अहमदले बच्चाको बुवालाई फोन गरी १ करोड रकम र ५ किलो सुन फिरौती माग गरेको हुँदा माग बमोजिमको रकम तयार पार्छु छोरी फिर्ता गरि दिनु भनी रकम लिन बोलाउँदा निज ईम्तियाज अहमदले ऐ. रुपनी गा.पा.१ खाँडो खोला स्थितमा उल्लेखित बालिकालाई लिई आएको अवस्थामा जि.प्र.का.सप्तरीको निर्देशानुसार इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को टोलीले घेरा बन्दी गरी ऐ.१७:०० बजे निज ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको, निज नेहा खातुनलाई सकुशल उद्धार गरी दुबै जनालाई OCMC(बिस्तृत स्वास्थ्य परिक्षण) चेकजाँचको लागी गजेन्द्र नारायण सिंह असप्ताल राजबिराज सप्तरी पठाईएको । लागु औषध,धनकुटा, साँगुरीगढी गापा-१ लावरबोटे स्थित कोशी लोक मार्गमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको प्र१-०२-०५८ प ७८३३ नम्वरको स्कुटर रोकी चेकजाँच गर्दा जम्मा १४ (चौध) किलोग्राम (गाँजा) सहित स्कुटर, स्कुटर चालक जि.धनकुटा शहिदभुमि गा.पा.४ वस्ने वर्ष २१ को दिनेश राई र स्कुटरमा पछाडी सवार ऐ.वस्ने वर्ष २० को प्रमोद राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।  रुपन्देही, गैडहवा गा.पा.३ गोबडौरी स्थित इ.प्र.का.सुर्यपुराबाट खटिएको  टोलीले लुम्बिनी से ३ प ६०० नं. को मो.सा. लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक ऐ.मायादेवी गा.पा.१ बसन्तपुर बस्ने बर्ष अं.३४ को जगदिश कुर्मीको साथबाट  ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८०० मिलिग्राम र सोही मो.सा.पछाडी सवार ऐ.गैडहवा गा.पा.४ कुसुमहवा  बस्ने बर्ष अं. ३१ को महेश कुर्मीको साथबाट  ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ३ ग्राम २०० मिलिग्राम फेला परेकोले तत्काल निज महेश कुर्मीको घरमा गई खानतलासी गर्दा निज सुत्ने कोठा बाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ३१ ग्राम ४७० मिलिग्राम फेला परेको ले जम्मा ३६ ग्राम ४७० मिलि ग्राम  लागु औषध ब्राउन सुगर, मो.सा. र दुबै जना मानिसहरु समेतलाई नियन्त्रणामा लिई यस का.मा ल्याई राखेको ।

मिति २०८२।११।०६ गते ०५:०० बजे देखि २०८२।११।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०७

कर्तव्य ज्यान,झापा, मिति २०८२।११।०६ गते १८:४५ बजेको समयमा जिल्ला झापा मेचिनगर न.पा.६ प्यारी भिट्टा बसपार्क स्थित धन बहादुर तामाङको घरमा बिगत ३ महिना अगाडिदेखी कोठा भाडामा बस्दै आएको ( जिल्ला उदयपुर ) घर भन्ने बुझिएको अ.बर्ष २५/३० को अनिल गुप्ताको श्रीमति अ.बर्ष २५/२६ कि तत्काल नाम नखुलेको महिला खाट मुनि मृत अबस्थामा रहेको भनि इप्रका काँकरभिट्टामा जानकारी गराउन साथ इप्रका काँकरभिट्टाबाट प्रसनि गजेन्द्र लिङदमको कमाण्डमा प्रहरी टोली खटि गई घटना स्थल सुरक्षित राखेको,निज अनिल गुप्ता फरार रहेको खो.त. भइरहेको थप अनुसन्धानको लागि इप्रका काँकरभिट्टाबाट प्र.नि जस ब. लिम्बुको कमाण्डमा SOCO टोलि सहित खटि गएको । कैदी मृत्यु,काठमाण्डौ, उदयपुर जिल्ला अदालत मिति २०८२।०९।०८ गते कारागार कार्यालय उदयपुरबाट उपचारको लागि काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा स्थानान्तरण भई आएको जि. उदयपुर चौदन्डीगढी न.पा.५ स्थायी वतन भएका वर्ष ७२ को ज.ज.क.मुद्दा थुनामा रहेका कैदी दुखिलाल चौधरी मुटु सम्बन्धी बिरामी भई मिति २०८२।१०।२५ गते उपचारको लागि केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा निज कैदीको मिति २०८२।११।०६ गते अं.१२:२५ बजे मृत्यु भएको । चोरी,काठमाडौ, टोखा न.पा.३  साईबाबा चोक मेलमिलाप टोल स्थित अं.वर्ष ५० को उर्जेन लामाको साढे चार तले घरको चौथो तलाको कोठा बन्द गरी घरबेटी बाहिर गएको र घरमा काम गर्ने जि. नुवाकोट घर भई हाल ऐ.घरमा काम गर्ने अं.वर्ष २५ की बिमला तामाङ घरको छतमा काम गरिरहेको र घरको मुल ढोका बन्द रहेको अन्य कोठाहरु खुल्ला रहेको अवस्थामा काठको  दराजको ताला खुल्ला रहेको अवस्थामा अपरिचित व्यक्ति प्रवेश गरी सेफ फोडी सेफ भित्र रहेको नेक्लेस  लगायत सुनका विभिन्न गर-गहनाहरू अं.२७ तोला अं.मु.रू.८१,००,००० बराबरको सुन चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगञ्जबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई चोरीमा संलग्न ब्यक्तिहरूको खो.त.तथा पहिचान कार्य भईरहेको, । हातहतियार बरामद,झापा, बिर्तामोड न.पा.३ सिर्जना टोल स्थित सडक छेउको झाँडीमा INSAS राईफलको म्याग्जिनमा लोड भएको १९ राउण्ड गोली सहित म्याग्जिन बेवारिसे अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.बिर्ताबजारबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई म्याग्जिन सहितको गोली राउण्ड इ.प्र.का.अनारमनीमा ल्याई राखेको । कुटपिट,कास्की, पोखरा म.न.पा.२३ कार्कीको टहरा बस्ने वर्ष ८४ को चन्द्रकान्त दाहाललाई निजको छोरा वर्ष ३४ को जगत दाहालले घरायासी बिबादको कारण कटुसको दाउराले  टाउकोमा प्रहार गर्दा घाईते भई उपचारको लागि मणिपाल अस्पताल पोखरा कास्की पठाएको, टाउकोमा चोट, अवस्था गम्भीर,व.प्र.का. बैदामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने निजको छोरालाई नियन्त्रणमा लिई व.प्र.का. बैदाम ल्याई राखेको ।लागु औषध, ललितपर, बागमती गा.पा.३ छपेली स्थित प्रहरी चौकी भट्टेडाँडाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ना ३ च ४०५ नं. को हात्ती गाडीबाट गाँजा अं. १५० के.जी. (१५ पोका) फेला पारी गाडी नियन्त्रणमा लिएको, उक्त गाडी चालक हाल फरार रहेको ।

मिति २०८२।११।०५ गते ०५:०० बजे देखि २०८२।११।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०६

कर्तव्य ज्यान,उदयपुर, चौदण्डिगढी नगरपालिका वडा नं ०२ डाडागाँउ बस्ने अ. वर्ष ५७ को पुर्ण वि.क.ले मा.प.से. गरी घरमा आइ निजको छोरा अ. वर्ष १९ को धिरज वि.क. सँग घरायसी बादबिबादको कारण झै-झगडा हुँदा धिरज वि.क.ले रिसको आवेगमा आइ दाउराले टाउकोमा हानी घाइते बनाइ उपचारको लागी ऐ. १०:०० बजे बिराटनगर स्थित आर्या न्युरो बिराटनगरमा लगि उपचार गराएकोमा उपचार हुन नसकी ऐ. १८:०० बजे डिस्चार्ज गरी घर पठाएकोमा ऐ. २०:३० बजे घरमा ल्याइ पुर्याउना साथ निजको मृत्यु भएको भन्ने खबर ऐ. २०:४५ बजे इ.प्र.का. बेल्टारमा प्राप्त हुना साथ कानूनी प्रक्रियाको लागि प्र.नि. को कमाण्डमा टोलि खटिगई  घटनास्थल मुचुल्काको कार्य सम्पन्न गरी पो.मा.को लागी नगर अस्पताल बेल्टार उदयपुरमा ल्याई राखेको । कुटपिट गर्ने छोरा धिरज वि.क. फरार रहेकोले खो.त. कार्य भइरहेको । सुनसरी, दुहबी नगरपालिका वडा नं. ०६ राधाकृष्ण मन्दिर बस्ने बर्ष ४३ को श्याम कुमार साहलाई घरायसी वादविवादका कारण निजकै भाई बर्ष २९ को बली साहले काठको चिरपटले टाउकोमा प्रहार गरी घाईते बनाई उपचारको लागि  विराट मेडिकल टिचिङ अस्पताल बुढीगंगामा उपचार भईरहेकोमा  मिति २०८२।११।०५ गते अं २०;०० बजेको समयमा घाईतको अवस्था थप गंभिर हुदै गएकोले आफन्तले अस्पतालबाट डिस्चार्ज मागि घर ल्याएकोमा ऐ २१;०५ बजे निजको घरमा मृत्यु भएको भनि आफन्तले इप्रका दुहबिमा जानकारि गराएकोले इप्रका दुहबिबाट प्र.नि.को टोलि खटि गई सम्पुर्ण कानूनि प्रक्रिया पुरा गरि लास पो.मा.को  लागी कोशि अस्पताल बिराटनगर मोरङ पठाएको,कुटपिट गर्ने  बली साह इप्रका दुहबीको नियन्त्रणमा रहेको । गोली प्रहारद्वारा मृत्यु,कास्की, मादी गा.पा.७ छाचोक स्थित नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की दरबन्दी भई हाल अपर मादी पावरहाउस प्रा.लि. सुरक्षा वेशक्याम्पमा कार्यरत जि.कैलाली धनगढी उ.म.न.पा. १४ घर वतन भएका वर्ष ३५ को स.प्र.स.ह ईन्द्र बहादुर खडका ऐ.१०:०० बजे देखी १४:०० बजे सम्म ३ नं.पोष्टमा डियुटी खटिएको अवस्थामा सोही पोष्टमा छातीमा गोली लागि ढली मृत अवस्थामा फेला भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का. शिशुवाबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहित टोली खटिई गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को.लागि पश्चिम क्षेत्रिय अस्पताल पोखराट पठाएको । नक्कली नोट बरामद,सुनसरी, इनरुवा न.पा ५ स्थित रहेको सब्जि बजारमा सब्जि लिइ रु ५०० को नेपाकी रुपैया दिएकोमा उक्त नेपाली नोटमाथी शंका लागी सो स्थानमा भएका स्थानियले  जि.प्र.का. सुनसरीमा जानकारी गराउन साथ प्र.स.नि.को गाडी मोबाइल टोली खटिइ गइ पैसा दिने जिल्ला सुनसरी इनरुवा न.पा. १० बस्ने रहिम मियाको छोरा वर्ष २५ को आजाद मियालाइ नियन्त्रणमा लिइ जिप्रकामा ल्याइ शरिर खानतलासी गर्दा निजले लगाएको पाइन्टको गोजीबाट नम्बर दोहोरियका ५०० दरका ८ वटा नेपाली रुपैया बरामद भएकोले थप अनुसन्धान भइरहेको । लागु औषध,काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित एयर ईन्डियाको उडान नं.AI-211 दिल्लीबाट काठमाडौं आगमन भएका निम्न भारतिय नागरिकहरूले अं.२१:४४ बजे आगमन भएको मलेसियन एयर उडान नं. MH-787 बाट आएको लगेजलाई साथमा लिई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल अराईभल भन्सार चेकिङ एरिया क्रस भए पश्चात टर्नेल गेट नजिक का.जि.का.म.न.पा.९ एयरपोर्टबाट सादा पोशाकमा खटिएको प्रहरी टोलिलाई शंका लागी (१) भारतीय नागरिक VOTER ID न.ZPF 1033604 बाहक बर्ष ३३ को SYED SADIK ALI बाट (३ के.जी.३३० ग्राम ) (२)भारतीय नागरिक VOTER ID न.WEH6104400 बाहक बर्ष ३७को MAHESH ASHOK MORJE बाट (३ के.जी.२८० ग्राम ) (३)भारतीय नागरिक VOTER ID न.WCS2335099 बाहक बर्ष ४४ को MIRZA NAZEEM MIRZA NAZIR BAIGबाट (३ के.जी.४१० ग्राम ) (४) भारतीय नागरिक VOTER ID न.XVP185369 बाहक बर्ष ३८ को MO AZEEM बाट (३ के.जी.३१० ग्राम ) आगमन एरिया (U-30) प्रहरीको X-RAY मेसिनमा लगेजहरू चेकजाँच गर्दा उक्त लगेजहरू भित्र प्रतिबन्धित ला.औ.गाँजा जस्तो देखिने बस्तु प्लास्टिक सहित अं.१३ के.जी.३३० ग्राम लुकाई छिपाई लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान एंब कारबाहिको लागि मानिस र बरामद ला.औ.गाँजा सहित यस कार्यालयको पत्र सहित ऐ.११/०६ गते ०१:०० बजे ला.औ.ब्युरो कोठेश्वरको जिम्मा लगाई पठाईएको । धनकुटा, साँगुरीगढी गापा-७ गर्जुवा स्थित जंगलबाट ला औ गाँजा बाटो तर्फ बोकेर ल्याउदै गरेको अवस्थामा तालुक कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको pit टोली र प्रचौ मुलघाट धनकुटाबाट प्रसनिको कमाण्डमा खटि गएको प्रहरीले सेतो प्लाष्टिको बोरा भित्र रहेको ला औ गाँजा १० बोरामा तौल गर्दा २०५ केजी ,जिल्ला धनकुटा साँगुरीगढी गापा-७ बस्ने वर्ष ३३को प्रकाश राई र ऐ.ऐ.बस्ने वर्ष ३४को अशोक राईलाई ला औ गाँजा सहित नियन्त्रणमा लिई जिप्रका धनकुटामा ल्याई राखि अनुसन्धान कार्य भई रहेको  ।  मकवानपुर, भीमफेदी गा.पा.२ चुनिया स्थित भित्री सडक खण्डमा प्र.स.नि.को कमाण्डमा खटीएको  गस्ती टोलीले लु.१च २१५२ नं.को बोलेरो गाडीलाई निगरानी गरीरहेकोमा बा.प्र.०३-००५ प ४५७६ नं.को मो.सा.लाई शंका लागि रोकी चेकजाँच तथा सोधपुछ गर्ने क्रममा बोलेरो गाडी चालकले अं.१०० मिटर अगाडी बलेरो रोकि लाईट अफ गरेको हुदा मो.सा.चालक ऐ. कैलाश गा.पा.१० बस्ने वर्ष अं.१९ को अनिल थिङ लाई सोधपुछ गरिरहेको समयमा बलेरो पालुङ तर्फ जान लाग्दा प्रहरी टोली पुगी बलेरो सहित बलेरो चालक जि.मकवानपुर कैलाश गा.पा.१० बस्ने वर्ष अं.२७ को राम बहादुर मोक्तानलाई नियन्त्रणमा लिई चेकजाँच तथा सोधपुछ गर्दा बलेरो लाईट अफ गरी रोकेको स्थानमा गई हेर्दा सडडको भित्ताको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा ला.औ.गाँजा ७१ पोका फेला परेको अं.४८० के.जि. (तौल हुन बाँकि), दुबै सवारी साधन,दुबै चालक र ला.औ.नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागी जि.प्र.का.पठाएको ।

मिति २०८२।११।०४ गते ०५:०० बजे देखि २०८२।११।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०५

ज.ज.क./बाल यौन दुर्व्यवहार,सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानी स्थित म जाहेरवालीको घरको सुत्ने कोठामा ऐ.ऐ बस्ने वर्ष ४२ की परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क४७) लाई ऐ.ऐ वडा नं. १ बस्ने बर्ष २३ को बिमल बि.क ले ज.ज.क.गरेको भनी पिडित पक्षले ऐ.०४ गते १३:०० बजेको समयमा जि.प्र.का.मा जाहेरी दिएको हुदा प्र.नी.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिगई निज बिमल बि.क लाई नियन्त्तणमा लिई यस कार्यालय ल्याई राखि थप अनुसन्धान भईरहेको । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानी स्थित म जाहेरवालीको घर नजिकको ठाडो खोलाको किनारामा ऐ.ऐ बस्ने वर्ष ४२ की परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क४६) लाई ऐ.ऐ वडा नं. १ बस्ने बर्ष २४ को मनोज बिष्ट ले ज.ज.क.गरेको भनी पिडित पक्षले ऐ.०४ गते १३:३० बजेको समयमा जि.प्र.का.मा जाहेरी दिएको हुदा प्र.नी.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिगई निज मनोज बिष्ट फरार रहेको खोजि कार्य जारी । शंकास्पद बस्तु फेला,झापा, शिवसताक्षि १० माईधार् स्थित कन्काई माई खोलाको पश्चिम तर्फको मुखमा प्लास्टिकले प्याक गरेर राखेको भित्र सेतो बस्तु जस्तो देखिने माथिबाट १०।१५ केजीको ढुङगाले थिचेर उत्तर पट्टिको भागबाट तार निकालेको शंकास्पद बस्तु फेला परेको भनी जानकारी गराउनासाथ इ.प्र.का.झिलझिलेबाट प्र.नि.को कमाण्डमा ७ जना र इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गएको, उक्त बस्तु डिस्पोजको लागी नेपाली सेना २१ बाहिनि अड्डा तोपगाछीसंग सम्नवय भईरहेको दुवै तर्फबाट आउने सवारी साधन होल्ड गराएको । मकवानपुर, हेटौडा उ.म.न.पा.१६ चिसापानी स्थित धरान चतरा सडक खण्डको बिच भागमा सेतो कपडाले बेरिएको संकास्पद बस्तु बाहिर पट्टि खतरा लेखिएको देखिएको हुदा घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धानको लागी इ.प्र.का.पशुपतिनगर मकवानपुरबाट प्र.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटी गएको, बम डिस्पोजको लागी नेपाली सेनाको टोलि संग समन्वय भईरहेको । रुपन्देही,सिद्धार्थनगर न.पा.०८ लुम्बिनी पेट्रोल पम्प अगाडि सर्विस लेनको मेन रोडको बिचमा रहेको दिवालको कर्नरमा डिब्बा जस्तो देखिने बस्तुमा रातो कपडाले बेरी सेतो पेपरमा खतराको चिन्हं अंकित गरी कालो टेपले बेरी उक्त बस्तुको मुनि “नेपाल बन्द सफल पारौ ने.क.पा बहुमत” लेखि अपरिचित ब्यक्तिहरुले उक्त सामान राखि गएको भन्ने सुचना प्रात्त हुनासाथ व.प्र.का भैरहवा वाट  प्र.नि मान ब बि.सिको कमाण्डमा ७ जनाको टोली, तालुक जि.प्र.का रुपन्देही बाट प्र.उ जनक बहादुर शाही को कमाण्डमा ११ जनाको टोली खटि गएको, कालिभक्ति गण (E) ब्यारेक भैरहवा रुपन्देही लाई जानकारी गराएको अन्य बि.बि.पछी उक्त बस्तु राख्ने ब्यक्तिहरुको खो.त कार्य भईरहेको । चाँदी बरामद,काठमाण्डौ, चन्द्रागिरी न.पा. २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा बिरगंज देखि काठमाण्डौ तर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको १७ नम्बर सिटमा सवार जि. पर्सा फेता गा.पा. ६ बस्ने वर्ष १७ को आशु श्राबलाई शंका लागी चेकजाँच गर्दा निजले कालो झोला भित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई गरि ल्याएको अबस्थामा चाँदी जस्तो देखीने सेतो धातु फेला परेको हुदाँ उक्त धातु लाई मान्यता प्राप्त तराजुमा तौल गर्दा शुद्ध तौल २ केजी २०० ग्राम रहेकोले निज आशु श्राबलाई उक्त बरामद चाँदी जस्तो देखिने सेतो धातु सहित नियन्त्रणमा लिई प्रारम्भिक रुपमा बुझ्दा मुखसाविति बोलेकोले उक्त सेतो धातु सहित निजलाई नियन्त्रणमा लिई बृत्त थानकोट पठाईएको । लागु औषध,पर्सा, पकाहा मैनपुर गा.पा. २ स्थित मधुबनी चोकमा अ.प्र.पोष्ट सुरजहाकट्टीबाट प्र.स.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल बिओपी पकाहमैनपुरबाट संयुक्त रुपमा खटिएको चेकिङ टोलीलाई देखि पकहाबाट हास्वा तर्फ भाग्दै गरेको सेतो कारलाई पिछा गर्दै जाँदा पकाहामैनपुर गा.पा. २ कट्टी बालुवा स्थितमा कारको डिक्कीबाट ला.औ.गाँजा जस्तो देखिने प्याक गरेको पदार्थ फाल्दै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला काभ्रे बलकु गा.पा. २ बस्ने अं.वर्ष २२ को बुद्धिलाल भोलानलाई पक्राउ गरी निजले प्रयोग गरेको प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको सेतो कलरको सुजुकीको स्विफ्ट कार र कारको डिक्कीमा रहेको १० किलो ला.औ.गाँजा जस्तो देखिने पदार्थ १ प्याकेट र बाटोमा फालेको १५ पाकेटमा १५० केजी गरि जम्मा १६० केजी ला.औ.गाजा जस्तो देखिने पदार्थ सहित मानिस कार र निजको शरिर खानतलासि गर्दा नगद रु २२,५०० ।- र realme को smart फोन सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.पोखरियामा पठाईएको ।  सुनसरी, धरान उ.म.न.पा.२० बरडाँडा स्थितमा इ.प्र.का.धरानबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको गाडिमा चेकजाँच गर्दा अबैध लागु औषध गाँजा-९५५ के.जी.सहित बागमती प्रदेश-०१-०२७ च ११४३ नं. को पिकअप गाडी ३३ पोका ४९५ के.जि. , चालक जि.बारा कोल्बी न.पा.८ बस्ने संदिप कुमार माझी र B AC 3236 नं. को गाडीमा २३ पोका ४६० के.जि., चालक जि. काठमाण्डौ चन्द्रागिरी न.पा.-८ बस्ने बर्ष ३३ को नगेन्द्र राज श्रेष्ठ समेत दुवै जनालाई दुवै गाडी सहित चालक नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई अनुशन्धान भईरहेको ।

मिति २०८२।११।०३ गते ०५:०० बजे देखि २०८२।११।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०४

कर्तव्य ज्यान,रौतहट, फतुवा विजयपुर न.पा.६ पेटभर्वा टोल बस्ने अं.वर्ष ४२ को महन्थ राय यादव र निजको श्रीमती अं.वर्ष २८ की आरती देवी यादव घरबाट बाहिर ननिस्केको हुँदा स्थानीयलाई शंका लागि ऐ.१२:०५ बजे इ.प्र.का.सन्तपुर दोस्तियामा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई स्थानीय तथा जनप्रतिनिधिहरुको रोहबरमा निजको घरको ढोका खोली हेर्दा निज आरती देवी यादव आफै सुत्ने काठको खाटमा उत्तानो मृत अवस्थामा रहेको, निजको घाँटीमा धारिलो हतियारले काटिएको र सोही स्थानमा रगत लागेको बन्चरो समेत रहेकोमा घटनास्थल सुरक्षित राखिएको,निजको श्रीमान फरार रहेको, थप अनुसन्धानको लागि इ.प्र.का.लक्ष्मिनिया विजयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार ब्यक्तिको खो.त.तथा अनुसन्धान कार्य भईरहेको,  ऐ.१७;२० बजेको समयमा मुचुल्का कार्य पश्चात शव पो.मा.को लागि प्रदेशिक अस्पताल गौरको शव गृहमा राखेको  । गोली प्रहार बाट मृत्यु,सर्लाही, मलंगवा न.पा.१० देवीटोल स्थित जि. सिरहा सुखीपुर न.पा.६ बैशाखा घर भई हाल दुर्गानन्द यादवको घरमा डेरा गरी बस्ने जि.पुर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर अं.वर्ष ३६ को प्रमोद कुमार यादव लाई के-कुन ब्यक्तिले फोन गरी बोलाएकोमा उक्त स्थानमा गोली पट्किएको जस्तो ठुलो आवाज  आए पश्चात निज घर बाहिरबाट  भित्र डौडिएर  जाँदा बरन्डामा गोली लागी लडेको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सर्लाहीबाट प्र.उ.को कमाण्डमा २५ जनाको प्रहरी टोली खटी गई निज प्रमोद कुमार यादव लाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाइएकोमा ऐ.२०:३७ बजे डाक्टरले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको,मो.सा. मा सवार दुई जना मध्ये मो.सा. चालक जि. सर्लाही  चक्रघट्टा घर बताउने अ.वर्ष २५/२६ को माथि कालो कपडा लगाएको,मधेशी भाषा बोल्ने, मधेश मुलको जस्तो देखिने मुखमा मफलर लगाएको पुरुष  ब्यक्ति, सोही मो.सा. पछाडी सवार पहेलो कपडा लगाएको,दारी पालेको, मधेशी मुलको जस्तो देखीने,मो.सा. लिई फरार भएको । शिशु मृत फेला,काठमाण्डौ, का.म.न.पा.४ धोबिखोलामा खोला सरसफाई गर्ने क्रममा प्लाष्टिकको झोला भित्र गुलावी कलरको कपडामा बेरिएको आवस्थामा अं ६।७ महिनाको जस्तो देखिने शिशुको लिङ्ग पहिचान नभएको सडी गलेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट प्र.नि.को कमाण्डमा टोली खटी गई शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि शिक्षण अस्पताल महाराजगंज पठाएको । प्र.क.मृत्यु,लमजुङ, मिति २०८२।१०।२७ गते ११:०० बजे इ.प्र.का.भोटेओडार लमजुङ दरबन्दी भई सोही कार्यालयमा नै कार्यरत जि.तनहुँ भानु न.पा.५ चुदि रम्घा घर भएको वर्ष ४२ को प्र.ह.दुर्गा बहादुर रानाभाट ( संकेत नं:-C-00441533, कम्प्युटर कोडः-382139) लाई डियुटीको क्रममा अचानक टाउको दुखेको र शरीर तातो भई बिरामी भएको हुँदा निजको परिवारलाई जानकारी गराई  उपचारको लागि घर नजिकै रहेको पुरन्धी नगर अस्पताल हुँदै नेपाल प्रहरी अस्पताल काठमाण्डौ तर्फ लगी ICU मा राखी उपचार भईरहेकोमा ऐ.११।०३ गते १२:५७ बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको । ठगी,मकवानपुर, पर्वत जलजला गा.पा.४ भवानी पानी बस्ने वर्ष ३७ को रमेश पौडेल र जि.म्याग्दी अन्नपुर्ण गा.पा.४ हिस्तान बस्ने वर्ष ३८ को हरि ब.गवर्जापुन अ.प्र.पो.मार्खु मकवानपुरमा आई ऐ.०२ गते १४:०० बजे इन्द्रसरोवर गा.पा.१ नयाँगाउँ मानडाडाँ स्थित भित्री बाटोमा ९८०११६५८८६ नम्बर प्रयोग कर्ता (नाम थर वतन थाहा नभएको) पैदल आएको ब्यक्तिसंग डलर साट्ने बिषयमा कुरा भई म्याग्दीबाट मो.सा.मा हरि ब.गवर्जापुनले नेपाली रु.२,४०,०००।– (दुई लाख चालिस हजार), रमेश पौडेलले नेपाली रु.३०,०००।– (तिस हजार) डलरसंग साट्नको लागी लिई आएकोमा डलरको साईजमा काटेको कागज कपडामा पोको पारी डलर ७०,०००।– छ भनी उक्त ब्यक्तिले हामीलाई दिई हामीहरुसंग भएको नेपाली जम्मा रु.२,७०,०००।– (दुई लाख सत्तरी हजार) लिई गएको काठमाण्डौ पुगी कपडाको पोको खोली हेर्दा पैसाको साईजमा कटिङ गरेको कागज मात्र भएको र आफुठगिएको कुरा थाहा भएको भनी ऐ.३ गते १२:०० बजे जानकारी गराएको हुँदा फरार ब्यक्तिको खो.त.को लागी प्र.नि.को कमाण्डमा टोली खटिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,बर्दिया, राजापुर न.पा.१० हरिनगर बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ.बस्ने अं.वर्ष १८ को बालकले मिति २०८२।०७।०८ गते अं.२२:०० बजे ज.ज.क.गरेको भनी मिति २०८२।११।०३ गते ११:०० बजे पीडितको आमाले इ.प्र.का.राजापुरमा जाहेरी दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । हा.ह.बरामद,तनहुँ, देवघाट गा.पा. ४ स्थित रिस्ती खोलामा इ.प्र.का.साराङघाटबाट प्र.ना.नि.को कमाण्डमा गस्ती गर्दै जाने क्रममा जि.तनहुँ देवघाट गा.पा. ४ सार्वाङ बस्ने वर्ष ४० को पुर्ण बहादुर गुरुङ र ऐ.वस्ने अं.वर्ष २४ को अर्जुन गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ नाले लोड गरेको थान-२ भरुवा बन्दुक फेला परेको हुँदा निजहरुलाइ नियन्त्रणमा लिई इ.प्र.का.आबुखैरेनीमा ल्याई आ.अ.भइरहेको । झापा, कनकाई न.पा.८मिश्रा टोल बस्ने तुल ब. थापा मगरको घरमा ला.औ.लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कामाण्डमा टोली खटी गई खान तलासी गर्दा निजकै छोरा वर्ष २२ को सौगात थापा मगरले आफ्नै घर पछाडि रहेको कुखुराको खोरमा  राखेको प्लाष्टिकको ड्रम भित्र CF98 9MM पेस्तोल थान-१, ऐ.को गोली ४० राउण्ड फेला पारी इ.प्र.का.अनारमनीमा ल्याई अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली राउण्ड भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनीको जिन्सी आम्दामीमा बाँधिएको देखिएको, निज सौगात थापा मगर फरार रहेकोले खो.त.कार्य भई रहेको । लागु औषध, काठमाडौं, चन्द्रागिरी न.पा.१२ गुर्जुधारा स्थित बच्चु राम घिमिरेको घरमा कोठा गरी बस्ने व्यक्तिले प्रतिबन्धित ला.औ.बिक्रीबितरण गरीरहेको छ भन्ने सूचना पश्चात प्रभाग बलम्बुबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले  उक्त घरको कोठामा बस्ने जि.मकवानपुर थाहा न.पा.१२ घर भई हाल ऐ.१२ गुर्जुधारा डेरा गरी बस्ने वर्ष ५६ की संच माया तामाङको कोठामा चेकजाँच गर्दा ला.औ.गाँजाको धुलो जस्तो देखिने पदार्थ मान्यता प्राप्त  तराजुबाट तौल गर्दा ५ के.जि.,Tramadol Capsules IP लेखिएका २५ पत्ता २५० क्याप्सुल र नगद २ लाख ६२ हजार ६ सय ५० समेत रीतपूर्वक बरामद गरी निज संच माया तामाङलाई नियन्त्रणमा लिई प्रभाग बलम्बुको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।११।०२ गते ०५:०० बजे देखि २०८२।११।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०३

कर्तव्य ज्यान,दोलखा, कालिन्चोक गा.पा.५ बन्नेथली बस्ने वर्ष अं. ५१ की देउमाया थामीलाई ऐ. बस्ने निजकै जेठाजु वर्ष अं.६५ को चन्द्रे थामीले सामान्य वादविवाद हुंदा ढुंगाले टाउकोमा प्रहार गर्दा निज देउमाया थामीको घटनास्थलमै मृत्यु भएको र ढुंगा प्रहार गर्ने वर्ष अं.६५ को चन्द्रे थामी वारदात स्थलबाट तत्काल फरार रहेको भन्ने खबर ऐ. १६:१५ बजे प्र.चौ. सुनखानीमा  प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको साथै ढुंगा प्रहार गर्ने व्यक्तिको खो.त. कार्य भईरहेको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का. सिंगटीबाट प्र.नि.को कमाण्डमा टोली  खटी गई ऐ. ३ गते अ. ०२:४० बजे कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि चरिकोटतर्फ पठाएको, ऐ.१७:३० बजे निज चन्द्रे थामीलाई घटनास्थलबाट अं.४ कि.मि.उत्तर कालिञ्चोक गा.पा.६ लेप्टुङबाट प्र.नि.को कमाण्डमा खटीएको टोलीले नियन्त्रणमा लिएको र निजको साथबाट खुकुरी समेत बरामद भएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,मकवानपुर, बकैया गा.पा. ३ बङ्दा स्थित सडक छेउको झाडीमा ऐ.ऐ. बस्ने बर्ष अं.५३ कि महिलालाई ऐ.ऐ. चिसापानी बस्ने लक्ष्य थिङको छोरा बर्ष अं.२४ को काले भन्ने अभि थिङले जवजस्ती तानेर लगि सुरुवाल खोलि ज.ज.क. गरेको भनि मिति २०८२।११।०२ गते प्र.चौ.हात्तिसुडे मकवानपुरमा आई लिखित निवेदन दिए पश्चात उक्त स्थानमा प्र.चौ. हात्तीसुडे मकवानपुरबाट प्र.ना.नि. कृष्ण कुमार लामा (९८४५५०७४८२) को कमाण्डमा ३ जना प्रहरी टोली खटी गई निज काले भन्ने अभि थिङलाई नियन्त्रणमा लिई दुबै पक्ष लाई थप अनुसन्धानको लागी जि.प्र.का.मकवानपुर पठाएकोमा ऐ.२१;१५ बजे जि.प्र.का.मकवानपुर ईन भएको,महिलाको अवस्था सामन्य रहेको,पुरुषलाई मेडिकल गरी हिरासतमा राख्ने र महिलालाई सेफ हाउसमा राख्ने तयारी भई रहेको । शंकास्पद मृत्यु,कैलाली, मोहन्याल गा.पा. ०१ तल्लोपानि स्थित नव प्रगतिसिल सामुदायिक वनको जंगलमा वर्ष अं.२५ की नामथर वतन खुल्नु नआएकी महिला मृत अबस्थामा भेटिएको छ भनि मोहन्याल गा.पा. १ का वडा अध्यक्षले जानकारी गराउना साथ इ.प्र.का सुखडबाट SOCO को प्र.स.नि.र  इ.प्र.का. सडकपुर कैलालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको । चोरी/ ठगी,काठमाडौं, का.जि.नागार्जुन न.पा.३ मिलन चोक स्थितमा रहेको राजेन्द्र लामाको चार तले घरको पहिलो तलामा कोठा गरि बस्ने जि.रामेछाप मन्थली गा.पा.८ घर हुने शान्ति थिङको कोठामा अपरिचित व्यक्ती कोठा भित्र प्रवेश गरि कोठा भित्र रहेका सुनका गरगहना र धातुको बुद्धको मुर्ति गरी अं.मुल्य रु ९ लाख ५० हजार बराबरको चोरी भएको भनि ऐ.१२:३२ बजे वृत्त स्वयम्भुमा जानकारी गराए पश्चात प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अ.अ.कार्य भईरहेको । लागु औषध, मोरङ, बिराटनगर मनपा ५ पुलचोक स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा ८ च ६५०८ न.को स्कर्पियो गाडी अनियन्त्रीत भई दुर्घटना भएको भन्ने खवर CRV बरगाछी मोरङमा जानकारी प्राप्त हुना साथ प्र.स.नि. सन्तोष कट्वाल र वप्रका बिराटनगरबाट प्र.नि. साजन महतरा समेतको टोली खटि गई बुझ्दा गाडि अनियन्त्रीत भई बाटोको छेउ खाल्डोमा छिरेको र उक्त गाडि भित्र ला.औ. गाजा रहेको चालक फरार खो.त. कार्य भई रहेको ,थप अनुसन्धानको लागि जिप्रका मोरङबाट प्र.ना.उ. हरिनन्दन चौधरीको कमाण्डमा टोली खटि ऐ. ०३;०० बजेको समयमाउक्त स्कारपियो गाडी र गाँजा ४१० केजी (चार सय दश) जि.प्र.का. मोरङमा ल्याई राखेको ।

मिति २०८२।११।०१ गते ०५:०० बजे देखि २०८२।११।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०२

कर्तव्य ज्यान,इलाम, फाकफोकथुम गा.पा.१ ठिङगेपुर स्थित ऐ.बस्ने खम्ब सिंह लिम्बुको छोरी वर्ष २९ की अन्जली लिम्बु र निजको काका ऐ.बस्ने खेम बहादुर लिम्बुको छोरी वर्ष ३७ की पुष्पा लिम्बु बीच सामान्य घरयासी बिबादका कारण झै-झगडा हुँदा अन्जली लिम्बुको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.आमचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मृतक मुटुरोगी रहेको भन्ने बुझिएको, घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी इ.प्र.का.मंगलबारेबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गई १९:१० बजे कानुनि प्रकृया सकि ऐ.  २३:३५ बजे लास पोष्ट माटमको लागि जिल्ला अस्पताल इलाम पठाइएको, कुटपिटमा संलग्न पुष्पा लिम्बु इप्रका मंगलबारेको नियन्त्रणमा रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति२०८२।१०।२८ गते अं.०५:३० बजे  तुलसीपुर उ.म.न.पा.७  कुमाल गाँउ बस्ने वर्ष ३१ को यज्ञ बोहराले ऐ. बस्ने वर्ष ५१ की महिलालाई ललाई-फकाई गरी आफ्नै घरमा ज.ज.क.गरेको भनि ऐ. ११।०१ गते अं.१३:०० बजे पीडितले  इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज यज्ञ बोहरालाई नियन्त्रणमा लिई जिल्ला अदालत घोराही दाङबाट दिन ७ म्याद थप भई इ.प्र.का.तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भईरहेको । हा.ह.बरामद,कास्की, मिति २०८२।१०।२९ गते अं. १७:०० बजे पोखरा म.न.पा. १८ खपौदी स्थित फेवातालमा ऐ. बस्ने वर्ष ४२ को कुमार जलारीले जालहानी माछामार्ने क्रममा जालमा SLR राईफल १ थान र सोको गोली १८ राउण्ड म्याग्जिन सहित फेला परेको भन्ने खबर  प्राप्त हुनासाथ जि.प्र.का. कास्की बाट टोली खटी गई SLR राईफल १ थान र सोको गोली १८ राउण्ड म्याग्जिन सहित कानूनि प्रक्रिया पुरा गरी जि.प्र.का. कास्कीमा ल्याई राखिईएको । हतियार सम्बन्धमा तालुक कार्यालय सँग समन्वय गरी थप बुझ्ने कार्य भईरहेको । सुनसरी, कोशी गा.पा.०३ जमुवा स्थित बिओपी श्रीपुरबाट आईडी नं.४०४१५ का स.प्र.स.ह.को कमाण्डमा खटिए‌को ३ जनाको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको BR50AJ4229 नं. को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार चालक देश भारत जिल्ला अररिया बेला ग्रामपंचायत ४ घर बताउने वर्ष ३६ को राम खेलन पासवानले फरक व्यवहार देखाई भाग्न खोज्दा तत्काल नियन्त्रणमा लिई निजको शरीर चेकजाँच गर्दा शरीरको अगाडी पट्टी कम्मरमा लुकाई राखेको बडीको भागमा एक पट्टी made in usa र अर्को पट्टी Made in chaina ९ mm लेखेको ठुलो पेस्तोल थान-१. ऐ. को म्यागजिन थान-१ र लोड भएको अवस्थामा रहेको ऐ. को राउण्ड थान ३ र निजले लगाए‌को पाईन्टको पकेटमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ एक प्याकेट (९७. ग्राम ३१० मिलि ग्राम), Nitrazepam-५ ट्याब्लेट, Spasmoproxyvon-६ क्यापसुल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.मा बुझाएको । कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.धनगढी उ.म.न.पा १३ धनगढी अत्तरिया राजमार्ग स्थित मोहनपुर चोक सडक खण्डमा जि.कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुर बस्ने वर्ष २५ को सम्भु भट्टलाई चेकजाँच गर्दा निजको साथ बाट शुद्ध तौल २३ ग्राम ३४० मिलिग्राम ला.औ.खैरोहिरोईन जस्तो देखिने पदार्थ बरामद गरेको, जि. कैलाली ध.उ.म.न.पा ४ स्थित हरि प्रसाद जैशीको घरमा डेरा कोठा गरी बस्ने जि.बैतडी सिंगास गा.पा.०१ वतन भएकी वर्ष २३ की कविता भट्ट र निज शम्भु भट्टको कोठा खानतलासी गर्दा शुद्ध तौल १० ग्राम ३६० मिलिग्राम गरी जम्मा ३३ ग्राम ७०० मिलिग्राम ला.औ. (खैरो हिरोईन),र AIRGUN थान- १ समेत बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का. को हिरासतमा राखिएको । कैदी मृत्यु,पर्सा, वीरगंज म.न.प. ०५ स्थित रहेको कारागार सुरक्षा गार्ड पर्सामा कर्तव्य ज्यान मुद्दाको कैदी जि.सप्तरी राजबिराज नगरपालिका घर भएकी वर्ष ७६ की बानु खातुन अचानक स्वासप्रश्वासमा समस्या भई व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई उपचारको लागी नारायणी अस्पताल बिरगंज पर्सा लगिएकोमा उपचारको क्रममा ऐ.२२:२० बजे डा.ले मृत्त घोषणा गरेको शव सोही अस्पतालमा रहेको आफन्तलाई जानकारी भईसकेको । लागु औषध, झापा, गौरीगंज गा.पा.२ आपगाछी स्थित मे.१०प ८४३२ नं.को स्कुटरलाई प्रहरी टोलीले चेकजाँच गर्दा स्कुटर पछाडी सवार ऐ. कमल गा.पा.५ बस्ने अं.वर्ष ४० को सुर्य ब.वि.क.को साथबाट, शुद्ध तौल ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ  फेला पारी स्कुटर चालक ऐ. कमल गा.पा.५ बस्ने बस्ने वर्ष २२ को संजोक राई समेतलाई ला.औ. र स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का.गौरीगंजमा  राखी थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१०।२९ गते ०५:०० बजे देखि २०८२।११।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-११-०१

कर्तव्य ज्यान,दैलेख, दुल्लु न.पा. ७ नगरपालिका नजिक ऐ.वडा नं.४ शान्तिबजार बस्ने वर्ष १८ को प्रकाश खनाललाई ऐ.वडा नं.१० सातखम्बा बस्ने वर्ष १८ को मुकुन्द्र बहादुर शाहीले धारिलो हतियार प्रयोग गरी प्रकाश खनालको पिठ्युँमा प्रहार गर्दा घाईते भई निज प्रकाश खनाललाई दुल्लु अस्पताल दुल्लु दैलेखमा ल्याई उपचार भईरहेकोमा ऐ.१५:४० बजे घाईते प्रकाश खनालको मृत्यु भएको, कुटपिटमा संलग्न ऐ.वडा नं.१० सातखम्बा बस्ने वर्ष १८ को मुकुन्द्र बहादुर शाही र ऐ.बस्ने वर्ष १९ को बिभुषण शाहीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.तर्फ पठाईएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,काठमाडौ, का.म.न.पा.२९ डिल्लीबजार स्थित पद्मकन्या बिद्यालयवाट वर्ष १२ कि परिवर्तित नाम सिंहदरवार (ग) (०८२।०८३) लाई साउन महिनामा ऐ.२९ घट्टेकुलो स्थित अम्बिका सुबेदी (घरपेटी) को घरमा अंकल अन्टीसँग डेरा गरी बस्ने परिवर्तित नाम सिंहदरवार (ग) (०८२।०८३) लाई अंकलले यौन दुरव्यवहार गरेको भनि विद्यालयवाट सुचना प्राप्त हुनासाथ वृत्त सिंहदरबारवाट प्र.नि.समेतको टोली खटि गई सो घटना सम्बन्धमा घटनास्थल मुचुल्का समेतको कार्य सम्पन्न गरी बालिकालाई समेत उद्धार गरी बालिकालाई संरक्षणका लागि श्री बाल हेल्पलाईन १०९८ नेपाल,कलंकी तिनथाना काठमाण्डौमा कार्यरत मनोबिमर्शकर्ता हिरा देवी खतिवडाको जिम्मा लगाई पठाईएको र सो घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको,दुरव्यवहार गर्ने मानिस फरार रहेकोले खो.त.कार्य जारी,दुरव्यवहार गर्ने मानिसको कुनैपनी विवरण नखुलेको । झापा, मिति २०८२/१०/२८ गते अं २१:३० बजेको समयमा जिल्ला झापा अर्जुनधारा न.पा ९ बाह्रघरे स्थित जिल्ला इलाम माई नपा ५ घर भई बिगत ६।७ महिना देखी ऐ अर्जुनधारा न.पा ९ बाहघरे मामा घरमा बस्दै आएकी सांकेतिक नाम (२७ (क) -अनारमनी-०८२-०८३) लाई जिल्ला सुनसरी बाह्रक्षेत्र नपा ७ बस्ने बर्ष ६४ को प्रमानन्द पौडेलले जबर जस्ती करणी गरेको भन्ने खबर ऐ २९ गते अं १९:०० बजे प्रचौ शनिश्चरेमा पिडित पक्षले जानकारी गराउना साथ तत्काल प्रचौ शनिश्चरेबाट प्रबनानि नुमराज केशीको कमाण्डमा टोली खटी गई पिडित र पिडकलाई इप्रका अनारमनीमा ल्याई अनुसन्धान गरी दुबैलाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको । कपिलवस्तु, कपिलवस्तु न.पा. ९ कुश्मा पिपलडाँडा बस्ने मुम बहादुर सुनारको छोरा बर्ष २४ को राजु सुनारले छिमेकी ऐ.ऐ.बस्ने सुरेन्द्र नेपालीको छोरी बर्ष १४ की अनुष्का नेपालीलाई आमा खेतमा गएको अबस्थामा ( घरमा निजको १० बर्षको भाई रहेको)   घरमा गई म तिमिलाई आर्मीको तालिम सिकाउछु भनि हातले मुख थुनिदिएको र  अनुष्का नेपाली चिच्याएकोमा राजु सुनारको आमा कुमारी बिश्वकर्मा आई निजलाई छुट्याएको र ऐ.१९:३० बजे अनुष्का नेपालीको आमा खेतबाट आई सोही बिषयलाई लिई दुबै पक्ष झै-झगडा गरेको भनि अ.प्र.पोष्ट जगदिशपुरताल कपिलवस्तुमा खवर गर्नासाथ उक्त स्थानमा अ.प्र.पो.जगदिशपुरताल कपिलवस्तुबाट प्र.स.नि.दयाशंखर चाई (९८४७०५६४०८) को कमाण्डमा ३ जनाको टोली र तालुक इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.अर्जुन पौडेल (९८५७०९०२७६) को कमाण्डमा ५ जनाको टोलि खटि गई निज राजु सुनारलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तु ल्याउदै, अन्य अनुसन्धान कार्य भई रहेको । चोरी/ ठगी,ईलाम, माई न.पा.०८ फुलबारी स्थित ऐ.वस्ने हरिचरण भट्टराईको घरमा निजकै श्रीमती वर्ष अं. ६० की इन्द्र माया भट्टराई मात्र भएको समयमा को कुन मानिसले घरको कोठा भित्र पसि काठको बाक्सा भित्र रहेको नगद रु.१०,०००/- (दश हजार),चार आनाको तिलहरी,आठ आनाको काँचो सुन र कानमा लगाएको आठ आनाको माडवारी समेत चोरी फरार रहेको भनि ऐ.०९:३० बजे प्रचौ महमाई इलाममा जानकारी प्राप्त हुन साथ तत्काल प्रचौ महमाईबाट प्रसनि टेक ब.वस्नेतको कमाण्डमा ४ प्रहरी टोली खटि गई चोरी गर्ने मानिसको खो.त. गर्ने क्रममा ऐ. माई.न.पा.८ वस्ने वर्ष अं. ३० को महेश थापालाई ऐ.१६:४० बजे ऐ.माई.न.पा.४ शुक्रबारे बजारबाट निययन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको । काठमाडौं, बुढानिलकण्ठ न.पा.१३ स्थित शिवपुरी दरवार रिर्सोट नजिक रहेको जंगलमा जि.सुनसरी धरान उ.म.न.पा.११ घर भई मिति २०८२।१०।२८ गते धरानबाट काठमाण्डौ आई गौशालाको एक होटेलमा बसेका बिजय राईलाई जि.दोलखा घर भएको अं.वर्ष ४२ को तारा बहादुर तामाङ र हुलिया नखुलेको अं.वर्ष ६२ को अर्का व्यक्तिले नेपाली रुपैयाको सट्टामा डलर पैसा साटी दिन्छु भनी निज बिजय राईलाई उल्लेखित जंगलमा लगी ने.रू. ३०,००,०००।– (ने.रू. तीस लाख मात्र ।) नेपाली रुपैयाको सट्टामा ५०,००० $।-( पचास हजार अमेरिकी डलर) दिन्छु भनी अमेरिकी डलरको सट्टामा नेपाली रू.२० को नयाँ नोट राखी रुमालले बाधेँको १४ वटा बन्डलमा अगाडि र पछाडि २० को नोट र बीचमा पैसासँग मिलाएर काटेको कागज टुक्रा राखी नेपाली रुपैया ३०,००,०००।– (तीस लाख) लगेर गई ठगी गरेको भनी निज पीडित राईले मिति ऐ.२९ गते १०:०० बजे प्रभाग बूढानीलकण्ठमा निवेदन लेखी पेश गरे पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गएको । लागु औषध, मकवानपुर, हेटौडा उ.म.न.पा.२ संगम चोक स्थित बाटोमा शंकास्पद तरिकाले हिँडिरहेको देश भारत मोतिहारी जिल्ला पुर्वी चम्पारन थाना रक्सौल बस्ने अं.वर्ष १७ को रबी गुप्तालाई रोकी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकमा बेरी राखेको ४ ग्राम ८६० मिलिग्राम (तौल भएको) ला.औ.खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का.पठाएको ।

मिति २०८२।१०।२८ गते ०५:०० बजे देखि २०८२।१०।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२९

ज.ज.क. बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।१०।२७ गते अं.१०:३० बजे मेचीनगर न.पा.१२ कालीझोडा टोल बस्ने वर्ष ३९ को पुरूष ब्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई जवरजस्ती करणी उद्योग गरेको भनी पीडितको आमाले ऐ.१०।२८ गते अं.१४:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारीमा ल्याई दुवै पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा लगिएको । उदयपुर, जि.खोटाङ बाह्रपोखरी गा.पा.५ बस्ने अं. वर्ष १६ की बालिकालाई मिति२०८२।१०।२६ गते अं.१९:०० बजे जि.खोटाङ बाह्रपोखरी गा.पा.४ वस्ने वर्ष ३२ को रोहित राउतले विवाह गर्छु भन्ने प्रलोभनमा पारी घुम्न जाउँ भन्दै ललाई फकाई जि.उदयपुर बेलका न.पा.२ सुन्दरटोल स्थित आफन्तको घरको कोठामा लगि बेलुका जबरजस्ती करणी गरेको भनि ऐ.२८ गते १०:०० बजे पीडितको काकाले इ.प्र.का.रामपुर ठोक्सिला उदयपुरमा लिखित जाहेरी दिनासाथ इ.प्र.का रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायतका अनुसन्धान कार्य सम्पन्न गरी घटनामा संलग्न पीडक रोहित राउतलाई नियन्त्रणमा लिई इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको । कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया बस्ने वर्ष अं.२२ की महिलालाई घरमा कोही नभएको मौका पारी निजकै ससुरा वर्ष ५५ को पुरुषले आफ्नै घरको बरण्डा र कोठाको ढोका बन्द गरी कोठा भित्र समेत हातपात तथा ज.ज.क.गर्न खोजेको भनी निज महिलाको आफन्तले टे.फो.मार्फत ऐ.११:२० बजे प्र.चौ.टेडुवामा जानकारी गराउनासाथ इ.प्र.का.बेलौरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा राखी आ.अ.भईरहेको । बन्दुकको छर्रा लागी मानिस मृत्यु,डोटी, बोगटान फुड्सिल गा.पा.१ पोखरी स्थित दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा ऐ.वडा नं. १ बस्ने वर्ष अं.३० को कलम धामी वायरिङ काम गरिरहेको अवस्थामा सोही कोठामा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको भनी ऐ.बस्ने राम धामीले ऐ.२९ गते ०१:०० बजे जानकारी गराउनासाथ प्र.चौ.चमराचौताराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको । ऐ. ०५:५० बजेको समयमा थप अनुसन्धानको लागि जि.प्र.का. डोटीबाट प्र.नि. नवराज रावल (९८५८४९००१७)को कमाण्डमा SOCO सहित ६ जनाको टोली खटि गएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),धनुषा, जनकपुर उ.म.न.पा.१७ तेतरिया स्थित तेतरिया पौडेश्वर सडक-खण्डको सडक छेउमा हाल नामथर,वतन नखुलेको अं.वर्ष २८/३० को मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कपिलेश्वर र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई अनुसन्धान गर्ने क्रममा मृतक जि.धनुषा विदेह न.पा.०९ तरही बस्ने मुस्लिम नदाफको छोरी अं.वर्ष २३ की हलिमा खातुन रहेको भनी निजको दाई नविब नदाफले सनाखत गरेको, उक्त स्थानमा मधेश प्रदेश केनाईन शाखा लालगढबाट प्र.ना.नि.को कमाण्डमा कुकुर सहितको टोली र फरेन्सिक डाक्टर समेत खटिएको, शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको । बिष्फोटक पदार्थ बरामद,काठमाडौँ, दक्षिणकाली न.पा.५ फर्पिङ बसपार्क स्थित फर्पिङ नाका भई आवतजावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरुलाई इ.प्र.का.फर्पिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चन्द्रनिगाहपुर(चपुर)बाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१७२ नं. को यात्रुवाहक टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टाटा सुमो गाडीको सिट नं.७ मा बसी सवार रहेका जि. रौतहट चन्द्रपुर न.पा.१ बलेरी खोर घर भई बस्ने वर्ष २७ को राज लामाले साथमा बोकी ल्याएको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र लुकाई-छिपाई प्लाष्टिकमा पोका बनाई ल्याएको अवस्थामा बिष्फोटक पदार्थ जस्तो देखिने कालो धुलो (बारुद) अं.२४२.२५० ग्राम फेला पारी नियन्त्रणमा लिई  इ.प्र.का.फर्पिङमा ल्याई राखिएको । नक्कली नोट सहित मानिस नियन्त्रणमा,रौतहट, बृन्दाबन न.पा.२ बिश्रामपुर बजारमा रहेको विशाल किराना पसलमा ऐ. बृन्दाबन न.पा.२ बिश्रामपुर बस्ने अं.वर्ष २९ को दिपेश पटेल र जिल्ला सर्लाही वरहथवा न.पा.१ बरहथवा बस्ने अं.वर्ष २० को विवेक प्रसाद यादवले पेट्रोल किन्दा किराना पसले ऐ.ऐ.बस्ने भुपेन्द्र पटेललाई नक्कली नेपाली नोट दिएकोमा प्र.चौ.बिश्रामपुरमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई  BR30AR7755 नं.को मो.सा सहित, निजहरुलाई नियन्त्रणमा लिई प्र.चौ.बिश्रामपुरमा ल्याई चेकजाँच गर्दा निजहरुको साथबाट १ हजार दरको १४ वटा नोट गरी १४ हजार बरामद गरी थप अनुसन्धानको लागि इ.प्र.का.गरुडा पठाएको । गौबध,पाँचथर, मिति २०८२। १०।२४ गते दिउँसोको समयमा फिदिम न.पा.८ इथुङ बस्ने अर्जुन सुनुवार मुखियाको कोरली गाई ऐ.स्थित हिमशिखर सामुदायिक वनमा चरणको लागि छाडेकोमा गाई घर फर्की नआएको हुँदा निज गाई धनीले खोज तलास तथा सोधपुछ गर्दै जाने क्रममा ऐ.२७ गते अं.१७:०० बजेको समयमा ऐ.बस्ने वर्ष अं.३० को शेखर सुनार मुखियाको घर नजिकै हिमशिखर सामुदायिक वनमा निज शेखर सुनुवार मुखिया, ऐ.बस्ने वर्ष अं.२४ को अन्जन सुनार मुखिया र ऐ.बस्ने वर्ष अं.३० को सुमन सुनार मुखियाले गाई काटेर गाड्दै गरेको अवस्थामा देखेको भनी ऐ.ईथुङ बस्ने वर्ष २० को अर्जुन मुखियाले देखेको भनी ऐ.२८ गते बिहान निज गाई धनिलाई जानकारी गराएकोमा ऐ.१३:०० बजे जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा र जिल्ला पशुपंक्षी विकास कार्यालय, पाँचथरका भेटेनरी पशु चिकित्सक समेतको टोली खटी गई पुरी राखेको गाई निकाली गाई धनिलाई पहिचान गराई आवश्यक कानूनी प्रकृया पूरा गरि गौ-हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान भइरहेको । ला.औ., पर्सा, प्र.चौ.धोरे पर्साबाट प्र.स.नि. भन्टु राय यादवको कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला पर्सा पकहामैनपुर गा.पा.१ धोरे स्थित धिरेन्द्र यादव र बिनोद यादवको भुस राख्ने दुवै गोठ घरको गल्ली (चेप) मा शंका लागी चेक जाँच गर्दा ११ वटा रातो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित ११०(एक सय दश) किलोग्राम ला.औ. गाँजा जस्तो देखिने पदार्थ बेबारिसे फेला पारी रितपुर्वक बरामदी मुचुल्का गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. पोखरिया पर्सामा बुझाईएको ।

मिति २०८२।१०।२७ गते ०५:०० बजे देखि २०८२।१०।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२८

ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, खाँदबारी न.पा.०६ घर भई हाल ऐ. चिचिला गा.पा. ०१ बस्ने अ.वर्ष २४ को चुडा मणी चौलागाईले ऐ. बस्ने अं.वर्ष २१ की ( कान नसुन्ने तथा बोली समेत नआउने) फरक क्षमता भएकी महिलालाई निजकै सुत्ने कोठामा गई २०८२ बैशाख महिना देखि पटक पटक जबरजस्ती करणी गरेको भनि निजको बुवाले जि.प्र.का.संखुवासभामा जाहेरी दरखास्त दिएकोले प्र.चौ.चिचिलाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । काठमाडौ, जिल्ला रौतहट तुलसी गा.पा.०६ घर भई हाल का.म.न.पा.१८ क्षेत्रपाटी बस्ने वर्ष १५ की वालिकालाई जिल्ला रौतहट राजपुर न.पा.८ घर भई हाल ऐ.१८ क्षेत्रपाटी टेंगाल बस्ने बर्ष २१ को सरफराज शेख निज प्रतिवादी कपडा सिलाउने गार्मेन्टको ब्यवसाय गर्ने प्रतिबादी सरफराज शेख पनि सोही गार्मेन्टममा कपडा सिलाउने काम गर्ने निज प्रतिवादी संग विगतदेखी चिनजान भएको र मिति २०८२।०९।०६ गते का दिन करिब ३:३० बजे तिर सो गार्मेन्ट चौथो तल्लामा रहेको र तेस्रो तला पुरै खाली रहेकोले निज सरफराज शेखले भित्र कोठामा काम छ भनी बोलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा निवेदन दिएको,प्रतिवादी फरार रहेको,खो.त.भईरहेको । काठमाडौ, जिल्ला कास्की पोखरा म.न.पा.१० घर भई हाल का.म.न.पा.टोखा वस्ने वर्ष ४९ की महिलालाई जिल्ला धादिङ निलकण्ठ गा.पा. ६ घर भई हाल का.जि.चन्द्रागिरी न.पा. गुर्जुधारामा डेरा गरि वस्ने वर्ष ३० को उमेश गुरुङसंग टिकटकबाट चिन जान भई निज प्रतिवादिले खान बोलाएर मिति २०८२।०३।०४ गते अं.१५.०० बजे निज पीडितलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा निवेदन दिएको, प्रतिवादी फरार रहेकोले खो.त.कार्य भईरहेको । चोरी,रुपन्देही, सियारी गा.पा.वडा - १ नागथान स्थित जडान गर्नेको लागी बिधुत का.ले राखेको नया बिजुलीको १००KB ४००/२३० V को ट्रान्सफर्मर अं.५०/६० मिटर पश्चिम तर्फ गहुँ बारीमा लगी तोडफोड गरी उक्त ट्रान्सफर्मर भित्र रहेको तामा र तेल चोरी गरेको भन्ने सूचना मिति २०८२।१०।२७ गते अ. ११:५१ बजेको समयमा जानकारी प्राप्त हुन साथ प्र.चौ.चिल्हियाबाट प्रनानि पृथ्वी नारायण काफ्लेको कमाण्डमा -२ जनाको टोली खटि गएको, उक्त ट्रान्सफर्मर अं. मुल्य रु ८,५०,०००।– बराबर रहेको अन्य अनुसन्धान भई रहेको । स.दु.(बस दुर्घटना) रामेछाप, मन्थली न.पा. ६ बेनिघाट पुल नजिक स्थित पुष्पलाल सडक-खण्ड  (मन्थली खुर्कोट) मा काठमाण्डौंबाट रामेछापको सिरिशे ढाडे जादै गरेको बा. प्र. ००१-०५ ख ९९७५ नं. को बस मोडमा अनियन्त्रित भई एक्कासी सडकबाट अं. १०० मिटर तल तामाकोशी नदीको पानीमा झरी दुर्घटना भएको भन्ने खवर प्राप्त हुनासाथ प्रचौ.सेलेघाटबाट प्र.व.ह. र जि.प्र.का.बाट प्र.ना.उ. को कमाण्डमा टोली खटिईगई बुझ्दा जि.रामेछाप  तामाकोशी गा.पा.४ बिजुलीकोट बस्ने अं. २१ की बबि तामाङ लगायत १२ जनाको घटनास्थलमा नै मृत्यु भएको(७ जना पुरुष, ५ जना महिला)   चालक जि. रामेछाप मन्थली न.पा.११ बस्ने अं.वर्ष ३१ को सुशान्त थापा लगायत ८ जना घाईतेहरूको उद्दार गरी १ जनालाई तामाकोशी अस्पताल मन्थली, ४ जनालाई शुभजिवन अस्पताल खुर्कोट सिन्धुली र ३ जनालाई  सुनकोसी अस्पताल खुर्कोट सिन्धुलीमा लगी उपचार भईरहेको, घाईते मध्ये ६ जनाको अवस्था मध्यम, २ जना गम्भीर रहेकोमा ६ जनालाई थप उपचारको लागि धुलीखेल अस्पताल काभ्रे, १ जनालाई छाउनी अस्पताल रिफर गरेको, ऐ.१४:०० बजे उपचार पश्चात डिस्चार्ज भई चालक जि.प्र.का.रामेछापको नियन्त्रणमा रहेको, उक्त बसमा के-कति जना यात्रु सवार रहेको, तत्काल नखुलेको, उक्त बस पानी (नदी) बाट निकाल्ने पहल भईरहेको । हा.ह.बरामद,प्युठान, सरुमारानि गा.पा.६ बुढीचौर स्थित ऐ.बस्ने राम ब.पुनको पाखाबारीमा रहेको बसको झ्याङ मुनि बेबारिसे अबस्थामा रहेको भरुवा बन्दुक थान १३ र भरुवा बन्दुकमा प्रयोग हुने नाल २ थान छ भनि गोप्य सुचना प्राप्त हुनासाथ प्र.चौ.बड्डाँडा प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई भरुवा बन्दुकलाई नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.बड्डाँडा प्युठानबाट अं.२२ कि.मि.पश्चिम पर्ने । प्र.क.मृत्यु, चितवन, भरतपुर म.न.पा.२१ कृष्णचोक घर, बागमती प्रदेश प्रहरी गण मकवानपुर हेटौडा दरबन्दी भइ सोहि स्थानमा कार्यरत (कम्प्युटर कोड नं.३७३०९७, संकेत नम्बर- C-०००६३४७१, मिति २०८२।१०।१४ गतेबाट लागु हुने गरी क्रिया बिदा आएको आमाको मृत्यु भएको) अं.वर्ष ४० को प्रहरी हवल्दार भिम बहादुर दमाइ खाना खाइ सुतेकोमा ऐ.१०।२८ गते अं.०२:३० बजे श्रीमती देबि परियाले अचेत अवस्थामा फेला पारी उपचारको लागि सरकारी अस्पताल भरतपुर ल्याएकोमा ऐ.०२:५७  बजे डाक्टरले मृत घोषणा गरेको

मिति २०८२।१०।२६ गते ०५:०० बजे देखि २०८२।१०।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२७

ज.ज.क./ बाल यौन दुर्व्यवहार,उदयपुर, जि.खोटाङ खोटेहाङ गा.पा.६ घर भई जि.उदयपुर त्रियुगा न.पा.९ रातमाटे स्थित आफन्तको घरमा बस्ने वर्ष १६ की बालिकालाई जि. उदयपुर त्रियुगा न.पा.९ रातमाटे बस्ने वर्ष २३ को लक्ष्मण पाठकले ऐ.१०।१३ गते अं.२१:३० बजे ऐ. त्रियुगा न.पा.९ रातमाटे स्थितमा पार्किङ गरी राखेको गाडीमा गाडीको ढोका बन्द गरी मुख थुनी जबरजस्ति करणी गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे जि.प्र.का.उदयपुरमा जाहेरी दरखास्त प्राप्त हुनासाथ प्रहरी टोली खटी गई पीडक लक्ष्मण पाठकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको । सुर्खेत, मिति २०८२-१०-२४ गते ०९:३० बजे,वीरेन्द्रनगर न.पा.१० चन्द्रमान टोलको जाहेरवालाको घरनजिकको ईत्राम खोला किनारामा  ऐ.बस्ने वर्ष २० की बालिकालाई ऐ.वडा नं.१० बस्ने वर्ष ३० को बले खाँडले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । डडेल्धुरा, नवदुर्गा गा.पा.१ कोटेली बस्ने वर्ष १५ की बालिकालाई ऐ. अमरगढी न.पा.११ बस्ने अं.वर्ष.२९ को सुरेश सार्कीले ऐ. अमरगढी न.पा.१ स्याउले स्थित सहस्त्रलिङग होटलको कोठामा ऐ.१०।२३ गते अं.२१:०० बजे ज.ज.क.गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे पीडितले जि.प्र.का.डडेल्धुरामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुरेश सार्कीलाई  निजकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत डडेल्धुरामा पेश गरी दिन ५ म्याद थप गरी ऐ.१७:०० बजे जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको । हातहतियार बरामद,मोरङ, सुन्दरहरैचा न.पा.२ बेलडाँगी बस्ने अं.वर्ष २८ को सिलास लिम्बुको घरमा हातहरियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सिलास लिम्बुको घर कोठा तलासी लिने क्रममा निज सुत्ने कोठामा अवैध हतियार MADE IN USA  लेखिएको पेस्तोल थान १,BAOFENG  लेखिएको हेण्डसेड थान २(दुई) र भरुवा बन्दुक जस्तो देखिने काठको हतियार थान-१ फेला पारी बरामद गरी सोधपुछ गर्ने क्रममा जि.मोरङ सुन्दरहरैचा न.पा.वडा नं. ३ बस्ने प्रेम बहादुर गुरुङसँग लिएको हुँ भनि बताएकोले निज प्रेम बहादुर गुरुङ समेतलाई खो.त.गरी दुबैजनालाई नियन्यन्त्रमा लिई इ.प्र.का.बेलबारीमा ल्याई राखिएको । फुटकर ज्यान,स्याङजा, भिरकोट न.पा.६ चिउरेनी बस्ने अं. वर्ष २६ को अमृत माझी ऐ. न.पा.७ आँधीखोलाको किनारमा लडिरहेको अवस्थामा  (बेहोस) ,   ऐ. बस्ने निजको २ जना साथीहरु ऐ. भिरकोट न.पा. ६ चिउरेनी बस्ने वर्ष २४ सुनिल माझी र ऐ. बस्ने २२ को गोविन्द घर्तीले देखि उपचारको लागि प्रदेश अस्पताल स्याङ्जामा लगेकोमा चिकित्सकले चेकजाँच गरी ऐ.१५:१५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएको,  शरिरमा चोट नभएको, उक्त स्थानमा प्र.चौ.दहथुमबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मृतकका साथीहरु दुबै जनालाई सोधपुछको लागि नियन्त्रणमा लिई सोधपुछ गर्दा  करेन्ट  लगाई  माछा मार्दा मृतक माझीलाई करेन्ट लागेको भनी जानकारी गराएको, थप अनुसन्धानको लागि जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली प्रदेश अस्पताल पुतलीवजरको लागि खटी  गएको, ऐ.न.पा.७ छेपाङथुमबाट मो.सा.को ब्याट्री थान १ तार, कन्ट्रोलर थान १ र माछा अं.१ पाउ जती आँधीखोलामा फेला परेको, ऐ. १७:५० बजे  ऐ. भिरकोट न.पा.६ बस्ने वर्ष १५ को  दिपक माझी (मुलपानीको काले ) लाई व.प्र.का.वालिङको टोलीले सोधपुछको लागि नियन्त्रणमा लिएको । कैदी मृत्यु,सुनसरी, जि.सुनसरी ईनरुवा न.पा.६ घर भई झुम्का कारागार सुनसरीमा ला.औ.मुद्दामा कैद भुक्तान गरीरहेको वर्ष २६ को सुशान्त खनाललाई मिति २०८२।०९।१३ गते १८:३० बजे पेट दुख्ने,  पिसाब पोल्ने समस्या भएको हुँदा उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरी पठाई उपचार भइरहेकोमा उपचारको क्रममा मिति २०८२।१०।२७ गते अं.०६:५० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई जानकारी गराईसकेको । लागु औषध, कास्की, पोखरा म.न.पा.११ काँहुडाँडा स्थित ऐ. बस्ने वर्ष ३० को रोशन गुरुङले ला.औ.खरीद बिक्री गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई सोधपुछ तथा घर कोठा खानतलासी गर्दा आफु सुत्ने कोठाको वेड मुनि लुकाई छिपाई राखेको अवस्थामा २२ ग्राम ६०० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी सोही कोठामा निज संगै रहेको साथि ऐ.बस्ने वर्ष ४४ को बिश्वस गुरुङलाई समेत नियन्त्रणमा लिई व.प्र.क.रामबजार ल्याई राखिएको ।

मिति २०८२।१०।२५ गते ०५:०० बजे देखि २०८२।१०।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२६

प्र.क.मृत अवस्थामा फेला,बझाङ, मिति २०८२।१०।२३ गते ०६:३० बजे,इ.प्र.का.मष्टा बझाङ दरबन्दी भई जि.प्र.का.बझाङमा कार्यरत क.को.न.(४१५०५१)को प्र.स.ह.दिपेन्द्र बहादुर बम मिति २०८२।१०।२२ गते साँझ लाइन ब्यारेकमा सुतेको र बिहान ०६:३० बजे पि.टी.समयमा सामेल गर्दा नआएकोले खो.त.गर्दा ऐ.२५ गते १०:५० बजे,निज प्र.स.ह.दिपेन्द्र बहादुर बमलाई खो.त.गर्ने क्रममा जि.बझाङ जयपृथ्वी न.पा.११ रुईनाबगर स्थित चैनपुर ताक्लाकोट सडकको छेउबाट अं.१५ मिटर तल नालामा उत्तानो अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बझाङबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल बझाङ पठाएको । ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, साँगुरीगढी गा.पा.३ कुशेटार बस्ने वर्ष १२ की बालिकालाई ऐ.स्थित प्रतिमा माझीको खेतबारीमा मिति२०८२।१०।२१ गते अं.१९:३० बजे ऐ.चौबिसे गा.पा.५ मुर्कुटेटार बस्ने वर्ष २९ को अजय लिम्बुले जवजस्ती करणी गरेको र अजय लिम्बुले जवरजस्ती करणी गर्ने कार्यमा ऐ.बस्ने वर्ष १९ को सुसन लिम्बुले सहयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.राजारानीबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई मिति २०८२।१०।२५ गते अन्दाजी १५:०० बजे निजहरुलाई पक्राउ गरी जि.प्र.का.धनकुटामा ल्याई अनसुन्धान कार्य भईरहेको । चोरी,काठमाडौ, किर्तिपुर न.पा.९ बाघ भैरव स्कुल नजिकै सुनमाया मानन्धर घरमा डेरा गरी बस्ने जिल्ला संखुवासभा चैनपुर न.पा.४ बस्ने आनन्द तामाङको श्रीमती वर्ष ५९ कि कमला लामाको कोठाबाट कोही नभएको अबस्थामा उक्त कोठाबाट सुनको गरगहना र नगद १ लाख ३ हजार गरी जम्मा   अं.मुल्य रु.४, ५०, ७५०।- (चार लाख पचास हजार सात सय पचास) चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कीर्तिपुरबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटीई अ.अ.कार्य भईरहेको  अवैध (रकम नखुलेको) रकम बरामद,सप्तरी, बलान बिहुल गा.पा.४ बेल्ही,चन्ही सडक खण्ड स्थितमा प्र.चौ.बेल्ही सप्तरीबाट प्र.ब.ना.नि.को चेकिङ टोलीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२-०१-००२ प ४४८१ नं.को मो.सा.चेकजाँच गर्ने क्रममा मो.सा.चालक ऐ. भगवानपुर गा.पा.४ बस्ने बिजय कुमार साहको छोरा अं.वर्ष २३ को हरीशंकर कुमार साहको हेल्मेट र मो.सा.को फिल्टरमा रु.१ हजारको नोट १२००। थान, रु. ५००। सयको नोट २००। थान गरी जम्मा रु; १३ लाख नेपाली रुपयाँ सहित मानिस नियन्त्रणमा लिएको र इ.प्र.का.कडरबोनाबाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी गई इ.प्र.का.कडरबोना तर्फ ल्याउने कार्य भइरहेको । शिशु मृत फेला,झापा, कचनकवल गा.पा.३ डाँगीबारी बस्ने खेल बहादुर राजबंशीको घर पछाडी नजिकै रहेको परालको कुनिउ छेउमा हरियो कपडाको सलले बेरी नवजात शिशु (छोरा) जन्माई साल नाल सहित फ्यालिएको अबस्थामा रहेको छ भनि जानकारी प्राप्त हुनासाथ प्र.चौ. पथरियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा नवजात शिशु मृत अबस्थामा रहेको, नवजात शिशु निज खेल बहादुर राजबंशीको छोरी वर्ष १७ की कल्पना राजबंशीको हो भन्ने बुझिएको घट्नास्थल सुरक्षित राखीएको,थप अनुशन्धानको लागि जि.प्र.का. झापाबाट प्र.नि.को कमाण्डमा SOCO टोली खटिएको । कैदी/बन्दीहरू नाराबाजी, हो-हल्ला,सिरहा, कारागार कार्यालय सिरहामा कैद भुक्तान गर्दै गरेको कैदी/बन्दीहरू कार्यालयको कम्पाउण्डमा भेलाजम्मा भई गुडबन्दी गरेको बिषयमा कर्तव्य ज्यान मुद्दाको कैदी जिल्ला सिरहा लहान न.पा.२४ बस्ने वर्ष २४ को सलेन्द्र महत्तोले निज समेत १० जना कैदी/बन्दीहरूलाई आँखामा पट्टी र हात बाँधी कारागार कोठाको भित्रबाट बाहिर निकाली गेटमा ताल्चा लगाई हो हल्ला नाराबाजि गरिरकोमा उक्त स्थानमा जि.प्र.का.सिरहाबाट प्र.नि.को कमाण्डमा र नेपाली सेनाको नन्दा बक्स गण सिरहाबाट उपसेनानीको कमाण्डमा टोली खटी गई बिभिन्न मुद्दाका १० जना कैदी/बन्दिहरुलाई जि.प्र.का.सिरहामा ल्याई राखिएको थप बुझ्ने तथा अनुसन्धान कार्य भइरहेको । लागु औषध, काठमाडौ, तारकेश्‍वर न.पा.६ जरङ्खु स्थित साझा पार्टी प्यालेस नजिकबाट लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्र.व.ना.नि.को कमाण्डका खटिएको प्रहरी टोलीले जि.नवलपरासी पुर्व बौदीकाली गा.पा.५ घर भई हाल का.जि तार्केश्वर न.पा.०६ जरङ्खु बस्ने वर्ष २४ को गुराँस गुरुङ र जिल्ला सिन्धुली दुधौली गा.पा.२ घर भई हाल का.जि नाराणथान बस्ने वर्ष २३ को रोशन भुजेललाई लागु औषध ट्रमाडोल १८० पत्ता (१८०० क्याप्सुल) सहित नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।

मिति २०८२।१०।२४ गते ०५:०० बजे देखि २०८२।१०।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२५

ज.ज.क. बाल यौन दुर्व्यवहार,बर्दिया, बारबर्दिया न.पा.५ बनघुस्री बस्ने  अं.वर्ष ४ की बालिकालाई ऐ.४ खैरेनी बस्ने अं.वर्ष ५० को चन्द्र प्रकाश  सुवेदीले  पीडितको घर देखि अं.१५ मि.उत्तर पूर्व पर्ने जयनगर कुसुम्बाघाट पक्कि सडकको पुल मुनि लगी ज.ज.क.उद्योग गर्न लागेको अवस्थामा स्थानीयले देखि पीडकलाई नियन्त्रणमा लिई राखेको भनी ऐ.१४:०० बजे इ.प्र.का.जयनगरमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा SOCO  सहितको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बानियाभारमा ल्याई राखिएको, पीडितको अवस्था सामान्य रहेको । कैलाली, देश भारत जि. लखिमपुर सिसवारी घर भई हाल जि.कैलाली बर्दगोरिया गा.पा.१ बौनिया बस्ने उमेद अलीको छोरी अं.वर्ष १५ की बालिका (फरक क्षमता भएकी ) घर देखी २ कि.मि.उत्तर राजकुला सामुदायिक वनको जंगलमा देश भारत जि.उत्तर प्रदेश लखिमपुर तिकुनिया घर भई हाल बर्दगोरिया गा.पा. २ बस्ने अ.वर्ष ५३ को साहिद अलीले ज.ज.क.गरेको भनी निज बालिकाको बुवाले इ.प्र.का.सडकपुरमा टे.फो.मार्फत जानकारी गराएको हुदा, उक्त स्थानमा इ.प्र.का.सडकपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज साहिद अलिलाई नियन्त्रण लिई थप अनुसन्धानको लागी इ.प्र.का.सुखड कैलाली पठाईएको, निज बालिकालाई आफन्तको जिम्मा लगाई पठाईएको । ओखलढुङ्गा, मिति २०८२।१०।१७ गते अ.१३:०० बजे जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा.०१ मोलि बस्ने अ.वर्ष १२ की सांकेतिक नाम २०८२/२०८३ ढ लाई निजकै घरमा ऐ.बस्ने अ.वर्ष ६८ को मक्कर बहादुर थापा मगरले बालयौन दुरुपयोग गरेको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी ऐ.२४ गते.२०:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ प्र.चौ.निशंखेबाट प्र.स.नि.को टोली खटी गई खो.त.गर्ने क्रममा निज प्रतिवादीलाई नियन्त्रणमा लिई  जि.प्र.का.ओखलढुङ्गामा ल्याई आवश्यक अनुसन्धान भईरहेको । हातहतियार बरामद,हुम्ला, सिमकोट गा.पा.४ बस्ने अं.वर्ष ७४ को कुङगा सुन्दुप लामाको घर कोठामा अवैध रुपमा घरेलु हतियार भरुवा बन्दुक तथा जंगली वन्यजन्तु जनावरको नङ्ग्रा समेत लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जि.प्र.का.हुम्लाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई निजको घर कोठा खानतलासी गर्दा भरुवा बन्दुक थान १ (एक) र जंगली जनावर भालुको जस्तो देखिने पन्जाको भाग सहितको नंग्रा थान १ (एक) समेत फेला परेकोले कानुन बमोजिम बरामद गरी मानिस समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.हुम्लामा ल्याई अनुसन्धान कार्य भईरहेको । चितवन, माडी न.पा.७ देबेन्द्रपुर बस्ने बर्ष २४ को रिदम भन्ने सुर्य बहादुर गुरुङले आफ्नो घरमा घरेलु हतियार जस्तो देखिने एयर पेस्तोल र सोहि पेस्तोलमा प्रयोग हुने स्टिलको छर्रा ८६ थान लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा प्र.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा निजको गोठमा ९ इन्च लम्बाई भएको काठको पेस्तोल र ला.औ.ट्रामाडोल १० क्याप्सुल फेला पारी उक्त सामान बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.माडीमा ल्याई राखेको । भवितब्य घाईते,सप्तरी, रुपनी गा.पा.६ बिरेन्द्रबजार बस्ने बाल-बालिकाहरु ऐ.गा.पा.६ दुधौला खोला स्थितमा बनभोज खान गएको र दाउरा खोज्ने क्रममा रकेट जस्तो खेलौना फेला पारी चुलोको छेउमा ल्याई खेलाउने क्रममा ऐ.१२:१० बजे अचानक बिष्पोट भई जि.सप्तरी रुपनी गा.पा.६ बस्ने कर्ण बहादुर थापाको छोरा अं.वर्ष १६ को कबिर थापा मगर लगायत ४ जना बालबालिकाहरु घाईते भई मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१२:५० बजे छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा पठाईएको, अवस्था मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.डम्बर बहादुर पुरीको कमाण्डमा टोली खटि गई अस्पतालमा घाईतेहरुको अवस्था तथा घटनाबारेमा थप बुझ्ने कार्य भईरहेको, घाईतेहरु मध्ये सुरज बि.क., साहस आले मगर, कबिर थापा मगर लगाएत ३ जनाको अवस्थामा सुधार भई उपचार भई रहेको र देव थापा मगरको अप्रेशन गरि ICU वार्डमा  उपचार भई रहेको अवस्था मध्यम रहेको,  घट्ना स्थलमा स-सानो फलामको टुक्राहरु फेला परेकोमा आवश्यक अनुसन्धानको लागी बरामद गरी जि.प्र.का.सप्तरीमा ल्याईएको । थप- कबिर थापा मगर डिस्चार्ज भएको । सुन बरामद,काठमाडौँ, एयर इन्डियाको (उडान नं. AI-211) दिल्लीबाट काठमाडौँ आगमन भएका फिनल्याण्ड नागरिक अं.वर्ष ६४ को AHMED IMTIAZ (पुरुष) PP.NO. FP ५२१६४६२ बाहक यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको आगमन एरीयामा भन्सार एरिया क्रस गरे पश्चात टनेल गेटमा खटिएका प्रहरी टोलिले निज ब्यक्तिलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेको बिस्कुट थान -४ जम्मा अ.४० ग्राम तौल भएको समान बरामद गरी त्रि.अ.वि.सु.का गौचरको लेखा शाखामा राखि,  निज AHMED IMTIAZ लाई   प्रहरी बृत्त गौशाला पठाएको, ऐ.१०/२५ गते कार्यालय समयमा आबश्यक थप अनुसन्धानको लागी बरामद समान सहित निजलाई  त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाईने । करेन्ट लागि घाईते,धनगढी, उ.म.न.पा.१७ डमौलिया बस्ने भैरव साउँदको छोरा अं.वर्ष ७/८ को बिपिन साउँद घरबाट हराएको भनि स्थानियहरूले खो.त.गर्दै जाँदा जिल्ला कैलाली गौरीगंगा न.पा.३ स्थित शिव सोरानी सामुदायिक वनमा बन्यजन्तु शिकार गर्ने उद्देश्यले बिजुलीको पोलबाट विद्युत चोरी गरी बिछ्याएको तारबाट जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बस्ने अं.वर्ष ३४ की चन्द्रा देवी वली, ऐ.बस्ने वर्ष २४ को तेज बहादुर खत्री र ऐ.बस्ने वर्ष १६ को श्याम साउँदलाई करेन्ट लागि घाईते भई उपचारको लागि कैलाली अस्पताल धनगढी पठाई उपचार भईरहेको, तिनै जनाको अवस्था गम्भीर रहेको, उक्त विद्युतको तार बिछ्याउने संकास्पद ऐ.१७ पथरी बस्ने अं.वर्ष ३० को रेमन चौधरी र निजले प्रयोग गरेको सु.प.प्र.०१-०११ प ४४४२ नं.को मो.सा.समेत नियन्त्रणमा लिई इ.प्र.का.मालाखेतीको हिरासतमा राखेको, हराएको बालक ऐ.२२:०० बजे ऐ. धनगढी उ.म.न.पा.१६ रामपुर स्थित आफन्तको घरमा फेला परिसकेको, उक्त स्थानमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिएको । लागु औषध, मुखियापट्टी, मुसहरनिया गा.पा.६ बैरिया स्थितमा अबैध रुपमा ला.औ.गाँजा रहेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटिई गई ऐ. बस्ने अं.वर्ष ५० को सिबन यादको गोठघरबाट १३ वटा पोकाबाट १०० के.जी.३१६ ग्राम र ऐ.बस्ने अं.वर्ष ४० को रामपृत यादवको केराउको खेतबाट तीनवटा बोरा भित्र राखेको २४ वटा पोकाबाट १२७ के.जी.११ ग्राम गरी जम्मा २२७ के.जी.४२६ ग्राम बरामद गरी आवश्यक अनुसन्धानको लागि जि.प्र.का.धनुषा तर्फ पठाइएको, मानिस नियन्त्रणमा नरहेको ।

मिति २०८२।१०।२३ गते ०५:०० बजे देखि २०८२।१०।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२४

कर्तव्य ज्यान,हुम्ला, मिति २०८२।१०।२१ गते अं. १७:३० बजे जि.हुम्ला सर्केगाड गा.पा. ६ स्थित स्यालतडी खोलामा ग्याबिन जाली भर्ने काम गरि रहेको ऐ. बस्ने वर्ष २८ को कुसे लावड सँग ऐ. बस्ने वर्ष ३५ को नन्दलाल लावडले मादक पदार्थ (रक्सी) सेवन गरी काम राम्रोसँग गर्ने भन्ने बिषयमा बादबिबाद भई कुटपिट गरी घाईते बनाएको भनि निजको भतिज वर्ष १७ को धिरेन्द्र लावडले प्रहरी चौकी सर्केदेउ हुम्लामा जानकारी गराउन साथ प्र.चौ. सर्केदेउ हुम्लाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई स्थानिय भबि एण्ड पबि मेडिकलमा स्यालतडीमा उपचार भईरहेको, निज कुसे लावडको टाउँकोमा ७ वटा टाँका, शरीरको बिभिन्न भागमा चोट, कुटपिट गर्ने नन्दलाल लावड फरार रहेको, खोजतलास भइरहेकोमा ऐ.२२ गते अं.१६:५० बजे निज घाइते कुसे लावड जिल्ला अस्पताल सिमिकोट हुम्लाबाट थप उपचारको लागी सिता एयरद्वारा नेपालगंज रिफर भएको ऐ.२३ गते अं. १५:४० बजे संजिबनि कलेज अफ मेडिकल साईन्सेज प्रा.ली. नेपालगंजमा मृत घोषणा गरेको । ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८२।१०।२२ गते रातिको अं.०१:३० बजे जि.संखुवासभा मकालु गा.पा.१ ठाँडे गाउँ बस्ने वर्ष ४१ को पुरुषले परिवर्तित ऐ. बस्ने वर्ष १६ की बालिकालाई जि.संखुवासभा मकालु गा.पा.१ ठाँडे स्थित खोल्सिमा लगि जजक गरेको भनि निजको बुबाले जि.प्र.का संखुवासभामा ऐ.२३ गते जाहेरी दरखास्त दिएको निज पीडकलाई प्र.चौ मकालु संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटिगई जि.प्र.का संखुवासभामा ल्याई आवश्यक अनुसन्धान भई रहेको  सोलुखुम्बु, महाकुलुङ गा.पा.२ बस्ने वर्ष २० को योमु सिङ कुलुङले ऐ. जि.११ बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भन्ने ऐ.२३ गते २०:३५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बुङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सोलुखुम्बुको हिरासत कक्षमा ल्याई राखिएको । मकवानपुर, हेटौडा उ.म.न.पा.१ तरकारी बजार स्थित रमेश न्यौपानेको घरमा डेरा कोठा गरी बस्ने जि.मकवानपुर हेटौडा उ.म.न.पा.१२ पदमपोखरी घर भएको वर्ष ६२ को भिमलाल जिम्बाले जि.पर्सा बिरगंज म.न.पा.१६ नगवा घर भई सोही रमेश न्यौपानेको घरमा डेरा गरी बस्ने वर्ष अं.१० की बालिकालाई ललाई फकाई गरी यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.चौकिटोलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको स्थिति सामान्य । बर्दिया, बाँसगढी न.पा.२ हजारीबगिया स्थित ठुली आमाको घरमा कोही नभएको समयमा ऐ.बस्ने वर्ष १० की बालिकालाई ऐ.६ स्थायी वतन भई हाल ऐ.२ आफ्नो ठुली आमाको घरमा बस्दै आएका वर्ष १५ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.२३ गते २१:०० बजे खबर प्राप्त हुनासाथ  इ.प्र.का.मोतिपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक र पीडित दुवैजनालाई नियन्त्रणमा लिई विस्तृत स्वास्थ्य परीक्षणको लागी बर्दिया अस्पतालमा पठाईएको । लागु औषध, मकवानपुर, पूर्व-पश्चिम सडकखण्डको मनहरीबाट  हेटौडा बजार तर्फ आउँदै गरेको ना.४५ प ६४१८ नं.को मो.सा.मा सवार मानिसहरु ला.औ.बिक्रि बितरण गर्ने उद्देश्यले आउँदै गरेको भन्ने  बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विरगंजबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले मो.सा.खो.त.गर्दै जाने क्रममा ऐ. हेटौडा उ.म.न.पा.११ थानाभर्‍याङ स्थितमा रहेको सहयोगी होटल अगाडी पार्किङ गरी राखेको अवस्थामा फेला पारी मो.सा.मा सवार भई आएका मानिसहरु सोही होटलमा खाना खाई  धारामा हात धुँदै गरेको अवस्थामा फेला पारी चेकजाँच गर्दा चालक  जि.मकवानपुर राक्सिराङ गा.पा.४ बस्ने अं.वर्ष ३६ को राम बहादुर डिम्डुङले लगाएको ज्याकेटको खल्तिबाट ला.औ.अफिम जस्तो देखिने कालो गिलो पदार्थ (एक पोका) १ के.जि.,पछाडी सवार ऐ. बस्ने अं.वर्ष २८ को रबिन्द्र सिन्तानले लगाएको ज्याकेटको खल्तिबाट ला.औ.अफिम जस्तो देखिने कालो गिलो पदार्थ (दुई पोका) १ के.जि गरी जम्मा २ के.जि.(तौल भएको) फेला परेकोले दुबै जना सहित मो.सा.लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि जि.प्र.का.मकवानपुरमा ल्याएको ।

मिति २०८२।१०।२२ गते ०५:०० बजे देखि २०८२।१०।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२३

कर्तव्य ज्यान,झापा, भद्रपुर न.पा.-१० धनुषमोड बस्ने वर्ष ६४ को खेमराज ढकाललाई निजको घरमा जि.सिरहा बिष्णुपुर गा.पा.१ बस्ने वर्ष २६ को दिनेश कुमार सिंहले सुईले घाँटिमा घोपी घाईते बनाएको र निजलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगी चेकजाँच गाराउदा डाक्टरले ऐ.१९:२५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.झापाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, सुई प्रहार गरी कर्तव्य गर्ने व्यक्तिलाई सुई सहित नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । शंकास्पद मृत्यु,नुवाकोट, बेलकोगढी न.पा.९ चिउरेनी स्थितमा वतन नखुलेको अं.वर्ष ४४ को सन्तमान तामाङको शव शंकास्पत रुपमा जमीनमुनी गाडीएको अवस्थामा फेला परेको भनी स्थानीयले प्र.चौ.बाघखोरमा जानकारी गराउनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, ऐ.१४;३० बजे शंकास्पद ब्यक्ति ऐ. बस्ने अं.वर्ष ३३ को शिव तामाङ र ऐ.बस्ने अं.वर्ष ३५ को शेषमान तामाङलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि ऐ.१५:३५ बजे प्रहरी प्रधान कार्यालय K-9 शाखाबाट प्र.ना.उ.को कमाण्डमा २ वटा Dog सहित टोली खटी गई घटनास्थल पुगी स्न्यापिङ कार्य सुरु भएको, मृतक जिल्ला नुवाकोट बेलकोटगढी न.पा.६ पञ्चासेपानी घर भई हाल ६/७ वर्ष देखी बेलकोगढी न.पा.९ चिउरेनी ससुराली घरमा बस्दै आएको, ऐ.२०.१५ बजे प्रारम्भिक अनुसन्धान गरी प्र.प्र.का.बाट खटी आएको dog snapping टोली फिर्ता भएको, ऐ.२०.३० बजे मुचुल्का पश्चात शव पो.मा.को लागि जिल्ला अस्पताल त्रिशुली पठाएको । ज.ज.क.,जाजरकोट, मिति २०८२।०४।१६ गते २०:४५ बजे भेरी न.पा.७ डौरीखोला बस्ने सन्तोष परियारको छोरी वर्ष अं.१६ की नाबालिकालाई निजकै घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष अं.१८ को हेमन्त बिश्वकर्माले ज.ज.क.गरी गर्भ समेत रहन गएको भनी भेरी न.पा.महिला तथा बालबालिका शाखा प्रमुख सारदा शर्माले मिति २०८२।१०।२२ गते १७:०० बजे जि.प्र.का.जाजरकोटमा जानकारी गराउनासाथ इ.प्र.का.जगतीपुरबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज पिडीतलाई उद्दार गरी भेरी न.पा.स्थित सेभ हाउस (Safe House) मा राख्न पठाएको, पिडक फरार, खो.त.भईरहेको श्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,काठमाण्डौ, बुढानिलकण्ठ न.पा.१ तौलुङ एरियामा प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्र.ना.नि.को कमाण्डमा खटिएको मोवाईल टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शंकास्पद तरिकाले सडकमा हिँडिरहेको अवस्थामा फेला पारी निजलाई सोधपुछ तथा शरीर चेकजाँच गर्दा जि.उदयपुर घर भई हाल का.जि.कोटेश्वर बस्ने अं.वर्ष ४५ को प्रबिन किसनको साथबाट हाल सम्म श्रोत नखुलेको नगद  रु. १८,५०,०००/- (अठार लाख पँचास हजार हजार) फेला पारी बरामद गरी प्रहरी प्रभाग बुढानिलकण्ठको नियन्त्रणमा लिई थप आ.अ.कार्य भईरहेको । चोरी, लुटपाट,सर्लाही, लालबन्दी न.पा.७ लालबन्दी बजारमा रहेको छिमेकी लघु बित्तिय संस्थामा अं.४/ ५ जना मुखमा कालो पट्टी बाँधी आएको अपरिचित मानिसहरुले उक्त संस्थाभित्र प्रवेश गरी काम गरिरहेको कर्मचारीहरुलाई चक्कु देखाई कर्मचारीसँग रहेको नगद अं.२०००।-, मोवाईल तथा संस्थामा रहेको नगद अं.८५,०००।– (पचासी हजार) समेत गरी जम्मा अ.मु.रु. ८७,०००।- र उक्त संस्था भित्र रहेको CCTV को Hard Disk समेत लिई कर्मचारीहरुलाई भित्र नै राखी बाहिरबाट चुकुल लगाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, ऐ.१७:०० बजे जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा १० जना र इ.प्र.का.लालबन्दीबाट प्र.नि.को कमाण्डमा ९ जना समेत गरी जम्मा १९ जनाको टोली खटी गई लुटपाटमा संलग्न रहेको मानिसको पहिचान तथा खो.त.भईरहेको, उक्त संस्थामा काम गर्ने जि.मकवानपुर हेटौडा न.पा.९ घर भई हाल जि. सर्लाही लालबन्दी न.पा.७ डेरा गरी बस्ने वर्ष ३७ को नवराज श्रेष्ठ लगायत ४ जना रहेकोमा नवराज श्रेष्ठ सामान्य घाईते भई लालबन्दी स्थित रहेको मेक्स अस्तालमा उपचार भईरहेको, अवस्था सामान्य रहेको, लुटपाटमा संलग्न मानिसहरु मध्ये ४ जनाले खरानी रंगको ट्रयाक लगाएको र एक जनाले कालो रंगको कोट लगाएको भन्ने बुझिएको, थप बुझ्ने क्रममा ऐ.हरिवन न.पा.१० बस्ने छिमेकी लघु बितिय संस्था लि.को सदस्य कल्पना थापाले सोही संस्थाबाट रु.८५,०००-। ऋण निकाली संस्थाबाट बाहिर जाने क्रममा निजलाई बाहिर जान नदिई निजको साथबाट ८५०००/- हजार लुटी लगेको भन्ने खुल्न आएको । सवारी दुर्घटना,बैतडी, पुर्चैडी न.पा वडा नं. ०७ बडचौर स्थित ढोल्यामोड पुर्चौडी भित्री सडक खण्डमा पुर्चौडी बैतडी बाट बझाङ तर्फ जादै गरेको चालकको नामथर वतन नखुलेको सु.प.प्र.०२-००१ख १११९ नम्बरको पवनदुत यातायातको बस एक्कासि अनियन्त्रीत भई सडक बाट अं.१५० मिटर तल खस्न गई दुर्घटना हुदा उक्त बसमा सवार संख्या एकिन नभएको, उक्त स्थानमा इ.प्र.का पाटन बाट प्र.नि.ईन्द्र राज भट्ट(९८५८७५१३१०)को कमाण्डम १५ जना टोलि खटि गएको  । मृतकहरुको नामावली:-१)      जिल्ला बझाङ बित्थडचिर गा.पा वडा नं. ०७ बस्ने वर्ष ४० को केशब राज जोशी२)      ऐ.ऐ.बस्ने वर्ष १३ को अशोक राज जोशी ३)      ऐ.ऐ.बस्ने वर्ष ३५ को बसन्त जोशी४)      ऐ.ऐ.बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी(उपचारको क्रममा)५)      ऐ.ऐ.बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)६)      ऐ.केदारस्यु गा.पा ०४ बस्ने वर्ष ६० को मोहन देव भट्ट७)      ऐ.जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला८)      जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी९)      जिल्ला बझाङ बित्थडचिर गा.पा ०७ बस्ने वर्ष १७ को बिसन दत्त जोशी ।१०)    ऐ.ऐ.०७ बस्ने वर्ष २७।२८ को दिपक राज जोशी ।११)    ऐ.ऐ.०७ बस्ने वर्ष ४५।४६ को किसन दत्त जोशी ।१२)    ऐ.केदारस्यु गा.पा ०७ बस्ने वर्ष २६।२७ को केशव राज भट्ट ।१३)    जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष १४ ।१५ को शुसिल जोशी । नोट:- चालक पक्राउ- १, घाईते डिस्चार्ज – १, उपचरार्थ घाईते ३४, मृत्यु- १३ गरी जम्मा सवार ४९ जना । बेहुलि लिएर फर्कदै गरेको सवारी , बेहुला बेहुलि अर्को सवारीमा सवार भएकोले सुरक्षित रहेको ।

मिति २०८२।१०।२१ गते ०५:०० बजे देखि २०८२।१०।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२२

दुर्व्यवहार,रुपन्देही, सिद्धार्थनगर न.पा. १ बेलहिया बसपार्क स्थितमा पार्किङ गरी राखेको ग. २ ख १६९७ नं. को बस भित्र ऐ.बस्ने मिना थापाले मेरो नातिनी वर्ष १४ की नाबालिकलाई सोही बसको सहचालक जिल्ला कास्की सिसुवा घर भएको अं.वर्ष ३५ को प्रकाश आलेले दुर्व्यवहार गरेको भनी २१:३० बजे खबर प्राप्त हुनसाथ इ.प्र.का.बेलहियाबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई बुझ्दा सहचालक फरार भएको,खो.त.कार्य भईरहेको उक्त बस र बसको चालक जि.पर्वत कुश्मा न.पा. ९ बस्ने वर्ष ५८ को राम कृष्ण दर्जीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागी जि.प्र.का.रुपन्देही पठाईएको । गोली प्रहार,काठमाडौं, नागार्जुन न.पा.०६ पुरी गाँउ स्थित सडक खण्डमा प्र.वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले संकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा जि.बाँके नेपालगञ्ज उ.प.म.न.पा ०३ घर भई हाल का.जि.नागार्जुन न.पा.०४ सितापाईला बस्ने वर्ष ३८ को प्रेम थारुले प्रहरी माथिनै आक्रमण गरी प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्र.ब.ह.प्रेम बहादुर बरामको दाहिने हातमा सामान्य चोटपटक लाग्दा उपचारको लागि स्वयम्भु स्थित मनमोहन अस्पताल ल्याई उपचार भइरहेको, आक्रमण गर्ने नामथर वतन नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा १ राउण्ड गोली प्रहार गर्दा निजको दाहिने खुट्टामा चोट लाग्न गई अशक्त हुँदा तत्काल उपचारको लागि ट्रमा अस्पताल पठाई उपचार भइरहेको, दाहिने खुट्टामा चोट, बोल्न सक्ने । सुन बरामद,काठमाडौं, मिति २०८२/१०/२१ गते बिहान ०९:०८ वजे फ्लाई दुबईको उडान नं. FZ 1133 को फ्लाईटद्वारा दुबई हुँदै काठमाडौं आगमन भएको वर्ष अं.४९ को राहदानी नं.C 1336924 वाहक भारत कोल्कता ठेगाना भएको पुरुष नागरिक ABU BARKAT KUDRATE KHODA KAZI ले अराईभल भन्सार एरियाको सुरक्षा चेकजाँच प्रक्रिया पार गरी निस्कने क्रममा टर्मिनल गेटमा डिउटी खटिएको प्रहरीलाई निजको हिडाई तथा गतिबिधीमा शंकालागी निजलाई सोधपुछ तथा त्रि.अ.बि.सु.कार्यालयको पत्र सहित K.M.C. सिनामंगलमा लगी X RAY गरी हेर्दा निज यात्रुले प्लास्टिकले बेरी डल्लो बनाई लुकाइ छिपाई अं. प्लाष्टिक सहितको तौल १०० ग्राम (100 gm) सुनजस्तो देखिने धातुको सेमी लिक्युट सहित फेला परेकाले सामान सहित नियन्त्रणमा लिई त्रि.अ.वि.भन्सार कार्यालय सिनामंगल बुझाईएको । चोरी,काठमाण्डौ, जिल्ला अछाम तुर्माखाद गा.पा.७ घर भइ हाल का.जि.किर्तिपुर न.पा.८ हनुमानघाट सुभकामना पार्टी प्यालेस नजिक सरिता श्रेष्ठको घरमा कोठा गरी बस्ने राम प्रसाद देवकोटाको कोठाको च्यानल गेट खुल्ला रहेको अवस्थामा उक्त घरको कोठाबाट निम्न अनुसार चोरी भएको,वृत्त कीर्तिपुरबाट प्र.स.नि.को कमाण्डमा ५ जना खटिगएको,उक्त स्थान वृत्त कीर्तिपुरबाट अं.३ कि.मि.पश्‍चिम पर्ने । निम्न;- १) सुनको सिक्री १ थान ( तौल नखुलेको) २) ५० हजार नगद चोरी भएको थप;- साथमा निर्मला बमजनको नाममा दर्ता रहेको सिमकार्ड (9743233642) सहितको लाभा कम्पनिको सादा मोबाइल फोन उक्त कोठाबाट बरामद भएको,उक्त मोबाईल चोरी गर्ने मानिसको हुन सक्ने,थप अ.अ.तथा CCTV हेर्ने कार्य भईरहेको  लागु औषध, धनकुटा, साँगुरिगढि गा.पा.६ फेदि स्थितमा प्रचौ मुलघाटबाट खटिएको प्र.स.नि.को गस्ति टोलीले बा.१० च ५६१५ नं.को गाडि रोक्न खोज्दा गाडी छोडि चालक फरार रहेको , उक्त गाडि भित्र चेकजाँच गर्दा बोरा भित्र प्लाष्टिकले प्याक गरेको ४ पोका नापतौल गर्दा प्लाष्टिक सहित ९० के.जि. २३५ ग्राम ला.औ. (गाँजा) फेला परेकोले गाडी र ला.औ. नियन्त्रणमा लिएको,चालकको खो.त.भईरहेको, थप अनुसन्धानको लागि जि.प्र.का. धनकुटाबाट प्र.नि. को कमाण्डमा टोली खटि गएको, उक्त स्थान प्र.चौ. मुलघाटबाट अं. ३ किमि पूर्व पर्ने ।

मिति २०८२।१०।२० गते ०५:०० बजे देखि २०८२।१०।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२१

निर्वाचन प्रहरी लडि मृत्यु,बैतडी, दशरथचन्द न.पा. ०४ खरकटे सल्लेरी भन्ने स्थानमा ऐ.ऐ.०४ बस्ने वर्ष अं.२७ को दर्ता नं.६६३ को निवार्चन प्रहरी प्रकाश चन्द ऐ.०५ चमखाली खेलकुद मैदानमा संचालन भई रहेको निवार्चन प्रहरी तालिम सकिएर घर तर्फ जाने क्रममा भिर बाट अं.३००।४०० मिटर तल खसेको भन्ने स्थानियले टे.फो.मार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्र.नि.बलदेव बडु(९८५८७९००८७) को कमाण्डमा SOCO सहित ९ जनाको टोलि खटि गएको,  थप टिपोट:-ऐ.२२:४५ बजेको समयमा प्र.नि बलदेव बडुको कमाण्डमा खटिएको टोलि घट्नास्थलमा पुगि बुझ्दा निजको मृत्यु भईसकेको बि.बि पछि । ज.ज.क. , उद्योग,  बाल यौन दुर्व्यवहार,डडेल्धुरा, मिति २०८२।१०।१८ गते १९:०० बजे, ऐ.परशुराम न.पा.१२ तुलाभाडी स्थित ऐ. बस्ने वर्ष १५ की बालिकालाई ऐ. बस्ने वर्ष ६९ को धौले  धामीले  घर नजिकै रहेको शौचालयबाट फर्कने क्रममा एक्लै भएको मौका पारी ललाई फकाई गरी ज.ज.क.गर्न खोजेको भनि जि.प्र.का.मा जानकारी गराउनासाथ ऐ.१०।१९ गते निज धौले धामीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएकोमा ऐ.१०।२० गते १६:०० बजे पीडितका आफन्तहरुले किटानी जाहेरी दिए पश्चात धौले धामीलाई जिल्ला अदालत डडेल्धुरामा पेश गराई दिन ०७ म्याद थप गरी जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको । धादिङ, मिति २०८२/०९/१८ गते अं.१८:३० बजे,गजुरी गा.पा.५ खहरे जंगलको छेउमा ऐ.बस्ने वर्ष २६ महिलालाई जि.धादिङ गल्छी गा.पा.१ बस्ने वर्ष २४ को बिशाल खतिवडाले खहरे जंगलमा ज.ज.क.गरेको भन्ने ऐ.२० गते इ.प्र.का.गजुरीमा किटानी जाहेरी दिए पश्चात इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, । चोरी,काठमाण्डौ, काठमाण्डौ म.न.पा.०६ बौद्ध टुसाल नजिक घर भई बस्ने रिन्जी लामाको ५ तले घरको चौथो तलामा कोई नभएको अवस्थामा अपरिचित मानिसहरु कोठाभित्र प्रवेश गरी दराजमा रहेको सुनको माला १३ तोला लगायत सुन तथा चाँदीका विभिन्न गर-गहनाहरू गरी अं. १,०४,५३,९००/-(एक करोड चार लाख त्रिपन्न हजार नौ सय) बराबरको सामान चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ.को कमाण्डमा सादा पोशाकको टोली खटी गएको, चोरी गर्ने मानिसहरु फरार रहेकोले खो.त.कार्य भईरहेको । कपिलवस्तु, कपिलवस्तु न.पा.वडा नं.०९ निग्लिहवा स्थित सुग्रिम कुर्मीको घरमा ३ जना व्यक्तिहरु घर भित्र  पसि हसिया देखाई सुग्रिम कुर्मीको श्रीमती वर्ष ३८/४० की रुकमिडि कुर्मीको कानमा लगाएको ५ आनाको सुनको टप,नाकमा लगाएको १.५ आनाको सुनको फुली,चाँदिको अं.२ तोला बराबरको २  वटा मोवाईल समेत लुटी भाग्दै गरेको अवस्थामा स्थानियहरुले देखि देश भारत जिल्ला सिद्धार्थनगर जोगियाथाना ग्राम गोपिजोत बस्ने वर्ष २७ को मोहम्मद संसाद मुसलवानलाई नियन्त्रणमा लिई स्थानिय ब्यक्तिहरुले कुटपिट गर्दा निजको अनुहार,दाहिने खुट्टा र टाउकोमा चोट अबस्था सामान्य,रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पो.जगदिशपुरताल कपिलवस्तुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई भारतिय नम्बर प्लेटको  UP55AX3908 नं.को अपाच्य  मो.सा.नियन्त्रणमा लिईएको अन्य २ जना फरार खो.त.भईरहेको ।कैदी मृत्युकाठमाण्डौ, काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा (कारागार दाखिला मिति २०८०।०५।२५ गते, सजाय :-५ वर्ष कैद) जि. धनुषा जनकपुरधाम उ.म.न.पा.०७ स्थायी वतन भएका वर्ष ४८ को ज्या.मा.उ.मुद्दाका कैदी गणेश प्रसाद साह कलेजो सम्बन्धी बिरामी भई मिति २०८२।१०।१६ गते उपचारको लागि वि.पी.स्मृती अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा ऐ.१०।२० गते १०:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव आफन्तले बुझी लगेको । काठमाण्डौ, जिवन राई समेत ८८ जनाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जि. काठमाण्डौ काठमाण्डौ म.न.पा.०५ बस्ने वर्ष ५७ को कान्छा भाई डंगोल श्री काठमाण्डौ जिल्ला अदालतको मिति २०८१।०६।११ गतेको आदेशानुसार ठगी मुद्धामा डिल्लीबजार कारागारमा थुनामा रहँदै आएकोमा मिति २०८२।१०।१७ गते १६:०० बजे बिरामी भई उपचारका लागि वीर अस्पताल लगिएकोमा ऐ.२० गते ०७:३५ बजे उपचारको क्रममा मृत्यु भएको, घटनास्थल मुचुल्काको लागि प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि  शिक्षण अस्पताल महाराजगञ्ज पठाएको । हातहतियार बरामद,बांके, नेपालगंज उ.म.न.पा.२१ पुरैना स्थित ऐ.ऐ.बस्ने पराना अहिरको खेतमा रहेको परालको कुन्युमा पेस्तोल लुकाई राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा ५ जना प्रहरी टोलि खटिगई परालको कुन्युमा लुकाई छिपाई राखिएको कटुवा पेस्तोल(साबुत) थान १ र ऐ.को कार्टिज थान २ बेवारिसे अवस्थामा फेलापारी बरामद गरी थप अनुसन्धानको लागी जि.प्र.का.बाँकेमा ल्याई राखिएको । ललितपुर, जि.दोलखा भिमेश्वर न.पा.०९ खरिढुङगा घरभई हाल जि.ललितपुर ललितपुर म.न.पा.११ चाकुपाट खटल टोल स्थित विजय शाक्यको साडे तीन तले घरको पहिलो तलामा डेरा गरी बस्ने वर्ष ५५ को हेम बहादुर तामाङको कोठामा पेस्तोल लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग पुल्चोकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई  खानतलासी गर्दा 100634F नं. रिभोल्बर (मेडिन USA) थान-१ बरामद गरी जि.रौतहट चन्द्रनिघापुर नगरपालिका घर भई हाल का.जि.पेप्सिकोला बस्ने वर्ष २२ को सुशिल स्याङ्ताङ लगायत ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.परिसर ललितपुरमा पठाईएको । सुन बरामद,काठमाण्डौ, सुनगाभा सगरमाथा सर्भिस प्रा.ली.कम्पनी मार्फत विमानस्थलमा सरसफाई कार्यमा खटिएका जि.ओखलढुङ्गा चम्पादेवी गा.पा.५ स्थाई वतन भई जि.काठमाडौं, काठमाडौं म.न.पा.६ बौद्ध बस्ने अं.वर्ष ४० को डिक बहादुर राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन अध्यागमन एरियामा रहेको Dustbin को फोहोर संकलन गरी बाहिर निकाल्ने क्रममा आगमन तर्फको पास होल्डर गेट (प्रहरी चेकिङ पोष्ट)मा निजले लिई आएको कालो रंगको प्‍लाष्टिकको फोहोरको पोकालाई X-Ray Machine मा Screening गर्दा शंकास्पद देखिएकोले उक्त पोकालाई खोली हेर्दा कागजमा पोका पारिएको सुन जस्तो देखिने पँहेलो रंगको धातुको सिक्रिलाई कुच्याएको टुक्राहरुको अं.तौल ४.४ ग्राम विमानस्थल बाहिर लैजान लागेको अवस्थामा फेला पारेकोले उक्त धातु सहित निजलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाएको ।सवारी दुर्घट्ना (निर्बाचन प्रहरीको मृत्यु),रूपन्देही, तिलोत्तमा न.पा.१५ स्थित तीन जना सवार चालक जि.रूपन्देही सिद्धार्थ न.पा.९ बस्ने वर्ष २५ को बाबुराम यादवले चलाएको लु.४६ प ३३९ नं.को मो.सा.अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाई दुर्घटना भएको खबर प्राप्त हुनासाथ इ.प्र.का.मंगलापुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई मो.सा.चालक सहित ३ जना घाईते भई उपचारको लागि क्रिमसन हस्पिटल मणिग्राम पठाएकोमा ऐ.०७:३५ बजे चिकित्सकले चेकजाँच गरी मो.सा.चालकलाई मृत घोषणा गरेको,  मृतक दर्ता नम्बर ८९०३ व.प्र.का.भैरहवामा निर्वाचन प्रहरी सम्बन्धी तालिमरत रहेको भन्ने बुझिएको,शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि लुम्बिनी प्रदेशीक अस्पताल बुटवल पठाएकोमा ऐ.१६:२५ बजे को पो.मा.पश्चात शव निजको दाइले बुझी लगेको, पछाडी सवार ऐ. बस्ने वर्ष ३० को विष्णु अर्याललाई ऐ.१२:२० बजे थप उपचारको लागि भारतको गोरखपुर लगेको, र ऐ. बस्ने वर्ष २५ को इन्द्र राशन केवटलाई ऐ.१३:४५ बजे थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेको, घाईते दुवैको अवस्था मध्यम । SLR को राउण्ड र ला.औ. सहित नियन्त्रणमा, मकवानपुर, मनहरी गा.पा. ९ खरङ्गा स्थित जेठान अजय लामाले बैनि ज्वाई नाता पर्ने जि.रौतहट बागमती गा.पा.९ बागमती घर भएको वर्ष२९ को बिकाश तामाङलाई बस्न दिएको घरमा ला.औ.सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.नेवारपानी मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटी गई बिकाश तामाङ, ला.औ.सेवन गरिरहेको जि.मकवानपुर मनहरी गा.पा.९ खरङ्गा बस्ने वर्ष १९ को समिर दोङलाई नियन्त्रणमा लिई निजहरु बसेको स्थानमा चेकजाँच गर्दा बिकाश तामाङको बेडमा  SLR राईफलमा लाग्ने गोली १ राउण्ड र  समिर दोङ बसेको स्थान नजिक ला.औ.खैरोहिरोईन जस्तो देखिने प्लाष्टिक बाहेक २६० मिलिग्राम फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई आ.अ.भईरहेको ।

मिति २०८२।१०।१९ गते ०५:०० बजे देखि २०८२।१०।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२०

कर्तव्य ज्यान,मोरङ, मिति २०८२।१०।२० गते बिहानको राती अं.०२:४५ बजेको समयमा जिल्ला मोरङ रंगेली न.पा.वडा नं.५ धनपट्टी बोर्डर बस्ने बलेश कुमार मण्डलको छोरी वर्ष अं.२०/२१ कि अम्बिका कुमारी मण्डल लाई निजकै श्रीमान ऐ. ५ बहुवन बस्ने वर्ष अ.२०/२१ को मुकेश कुमार मण्डल बेलुका ससुरालीमा आई बसेकोमा श्रीमान श्रीमतीको के कुन कारण के कुन बिषयमा झै-झगडा भई कुटपिट हुदा मुकेश कुमार मण्डलले श्रीमतीलाई के कुन धारीलो हतियार प्रयोग गरी काटि घटना स्थलमै मृत्यु भएको र आफु पनि के कुन धारिलो हतियारले घाटी रेटी घटना स्थलमै मृत अवस्थामा रहेको छ भन्ने जानकारी प्रचौ आपगाछी ‘क’ मा प्राप्त हुन साथ प्रसनि तेज प्रसाद नेपालको कमाण्डमा २ जना प्रहरी टोली खटि गई घटना स्थल सुरक्षित राखेको, थप अनुसन्धानको लागी इप्रका रंगेलीबाट प्रनि नरेन्द्र कुमार बोगटी को कमाण्डमा SOCO समेतको-७ जनाको प्रहरी टोली खटि गएको, घटना सम्बन्धमा अन्य थप बुझ्ने कार्य भइरहेको । थप-ऐ.०५;४५ बजे घटनास्थलमा जिप्रका मोरङबाट प्र.उ. कबित कटवालको कमाण्डमा कोशी अस्पताल विराटनगरको फोरेन्सिक डाक्टर समेतलाई  लिई खटि गएको । ज.ज.क./ बाल यौन दुर्व्यवहार,काठमाण्डौ, का.जि.का.म.न.पा.३२ शंखमुल स्थितमा रहेको रेष्टुरेन्टमा मिति २०८२।१०।१२ गते अं.१५:३० बजे का.जि.चन्द्रगिरी न.पा.१२ गुर्जुधारा स्थाई वतन हुने वर्ष २० की परिवर्तित नाम ०८२।०८३ जिल्ला २६ जनसेवा ख लाई जिल्ला बाकेँ नेपालगन्ज स्थाई वतन भई हाल का.जि.का.म.न.पा.१५ शंखमुल बस्ने वर्ष ३२ को रितेश सिंह ठकुरीले मलाई ललाई फकाई लगि शम्बेदनशिल अंगमा छुने गरेको भनि पिडितले मिति २०८२।१०। १८ गते ०६ :०० बजे प्रहरी वृत्त जनसेवामा निवेदन दिए पश्चात थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकाली जाहेरी दरखास्त दिए पश्चात ऐ.१८ गते ११:०० बजे प्रतिबादीलाई प्रकाऊ गरी अ अ जारी रहेको । हा.ह.सहित मानिस नियन्त्रण,कास्की, मिति २०८२।०५।२४  गते देशव्यापी रुपमा भएको जेन्जी आन्दोलनको क्रममा जि.महोत्तरी घर भई हाल जि.कास्की पोखरा म.न.पा. ९ नयाँबजार बस्ने वर्ष १८ को रवि चौधरीले ऐ. २  भैरव टोल बस्ने वर्ष १८ को सुमन परियारको घर नजिकै दाउराको टेकामा नं. नदेखिएको प्लाष्ट्रिकको भाग जलेको फलामको भाग मात्र रहेको म्याग्जिन नभएको इन्सास थान १ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचानाको आधरमा ऐ.१९ गते १४:२० बजे  व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई हतियार सहित रवि चौधरीलाई नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याई राखेको, सोधपुछ कार्य भई रहेको । चोरी,बाँके, बैजनाथ गा.पा.३ उत्तर लधौरा बस्ने देविसरा बिष्टको घरमा कोही नभएको अवस्थामा (१०।१९ गते अं.१९:०० बजे देखी ऐ.२१:०० बजे) घरको मुल ढोकाको ताल्चा फोडी घरको कोठा भित्र रहेको ताल्चा नलगाएको स्टिलको दराज र टिनको बाकसमा रहेको १ तोला ४ आनाको सुनको नौगेडी थान -१, २ तोलाको सुनको सिक्री थान १, १ तोलाको सुनको वाला थान १, २ आनाको कानमा लगाउने सुनको मुद्रा थान १, ४ आनाको सुनको तिलहरी थान १, ३ आनाको सुनको तिलहरी थान १, ४ आनाको सुनको औठी थान १, ४ आनाको सुनको माइली तिलहरी थान १, ४ र २ आनाको सुनको सुनको चन्द्रमा थान १।१, चाँदीको पाइल १ जोडी र वाला २ जोडी, नगद रु.५० हजार चोरी भएको भनी ऐ.२१:३० बजे इ.प्र.का.वनकटवामा जानकारी गराउनासाथ इ.प्र.का.वनकटवाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, चोरी गर्ने मानिसको खो.त.भईरहेको । विदेशी नागरिक मृत्यु,काठमाण्डौ, मिति २०८२।१०।१८ गते अं.२०:३० बजे का.म.न.पा.१ कमलादी  स्थित रहेको Land mark Hotel Apartment को छौटो तल्लाको भर्‍याङमा हिड्ने क्रममा बंग्लादेशी नागरिक Masudur Rahman अचानक बेहोस भई लडेको हुदाँ निजको साथी माउदिन हुसेनले उपचारको लागि बिर अस्पताल ल्याई उपचार भइरहेकोमा ऐ.१९ गते अं. २०:०८ बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनी ऐ.अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ वृत दरबारमार्गबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको । ला.औ., झापा, भद्रपुर न.पा.८ भद्रपुर एयरर्पोट स्थितमा बि.सु.गार्ड भद्रपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले बडी सर्च गर्ने क्रममा यत्ती एयरको फ्लाईट नं. 926 बाट भद्रपुरबाट काठमाण्डौ जान लागेकी जिल्ला हुम्ला खार्पुनाथ गा.पा.२ घर भई हाल देश भारत कलकत्ताको स्वंव जापानिज रेष्टुटेण्डमा विगत २ वर्ष देखि वेटरको काम गर्दै आएकी शुक्र बुढाको छोरी अं.वर्ष २६ की रोशनी बुढाको साथबाट १४४.४०० ग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ बरामद गरी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१०।१८ गते ०५:०० बजे देखि २०८२।१०।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१९

हात हतियार , गोलि बरामद,मकवानपुर, इ.प्र.का.फापरवारीबाट प्र.नि.को कमाण्डमा खटीएको प्रहरी गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा जि.मकवानपुर बकैया गा.पा.३ चिसापानि स्थित मदन भण्डारी लोकमार्गबाट अं.६ मिटर भित्र भुवनचुली जाने भित्रि गोरेटो बाटोको छेउमा वेवारिसे अवस्थामा निलो फाईवरको हाते-झोला भित्र कालो प्लाष्टिकले बेरेर पोको पारी राखेको अवस्थामा T-54 हतियार नं.५५००९४९९ भएको चा.पे.(Nepal Police लेखिएको) पेस्तोल थान १, ऐ.को खाली म्यागजिन थान १ र CF 98-9 हतियार नं.०००४०००८२३६ भएको चा.पे. थान १, ऐ.को खालि म्यागजिन थान १, समेत बरामद गरी इ.प्र.का.फापरवारीमा ल्याई थप अनुसन्धान भईरहेको । कास्की, माछापुच्छ्रे गा.पा.४ लाहाचोक बस्ने चन्द्र बहादुर शाहीको गाई फार्म नजिकै  जि. रौतहट  गरुडा न.पा.४ घर भई  हाल सोही फार्ममा काम गर्ने वर्ष २७ को विवेक यादवले घाँस काट्ने क्रममा बेडुलाको घाँसको जरामा प्लाष्टिक भित्र बेरेर राखेको SLR को ८ राउण्ड र  303 को ४ राउण्ड गरी जम्मा १२ राउण्ड गोली फेला परेको भन्ने सुचना प्राप्त हुनासाथ प्र.चौ.घाचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई उक्त गोली प्र.चौ.घाचोकमा ल्याई राखेको । चोरी,मोरङ, कानेपोखरी गा.पा ६ज्यामिरे स्थितमा ऐ.२ बस्ने बर्ष ३६ को अर्जुन बहरदारको साथमा भएको रु.६२,८७५ (बैसठ्ठी हजार आठ सय पचहत्तर) रुपैया पैसा सहित पाईन्ट खोली राखी माछा मार्न गएकोमा के-कुन ब्याक्तिले चोरेको भन्ने खबर ऐ. १७;३० बजे प्र.चौ. रमाईलोमा मौखीक जानकारी प्राप्त हुनासाथ प्र.ना.नि. निलमणी पोखरेल (९८५२६९००६४) को कमाण्डमा ३ जनाको टोली खटी गई खो.त. गरी ऐ.६ हनुमान चोक बस्ने अं.बर्ष २६ को रमेश तोलाङ्गीको साथबाट रु.२६,८७५ (छब्बिस हजार आठ सय पचहतर) रुपैया पैसा फेला पारी बरामद गरी ऐ.१९;०० बजे निजलाई नियन्त्रणमा लिई प्र.चौ.रमाईलोमा ल्याई अनुसन्धान कार्य भईरहेको । ज.ज.क,प्युठान, प्युठान न.पा.७ टाकुरा बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ. प्युठान न.पा.४ बस्ने अं.वर्ष अं. १८ को सक्षम सुनारले पीडितको घरमा प्रवेश गरि ऐ.१०।१७ ००:०० बजे एक्लै सुतेको मौका छोपी ज.ज.क.गरेको भनि ऐ.१०।१८ गते अं.१६:०० बजे जि.प्र.का.मा जानकारी गराए पश्चात उक्त स्थान इ.प्र.का.बिजुवारबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.प्युठानमा राखिएको, पीडितको अवस्था सामान्य रहेको । भवितव्य मृत्यु (लडि मृत्यु),इलाम, सन्दकपुर गा.पा. ५ जमुना घर भइ हाल ऐ. सुर्योदय न.पा.१० फिक्कल स्थित कुमारी चापागाईको घरमा डेरा गरी बस्ने वर्ष २४ को किरण लिम्बु र निजको श्रीमती बर्ष २३ की सुमित्रा राई मा.प.से. गरी के-कुन बिषयमा झै-झगडा गर्दा दुई (२) तल्ले घरको माथिल्लो तल्लाको टिनको भित्ता भत्किएर घर बाट तल खसि (झरेर) घाईते भई निजहरुलाई तत्काल फिक्कल अस्पतालमा ल्याई चेक जाँच गर्दा ऐ. २३:४० बजे किरण लिम्बुको डाक्टरले मृत घोषणा गरेको, मृतकको श्रीमति सुमित्रा राईको शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको भनी प्रचौ फिक्कलमा जानकारी प्राप्त हुन साथ प्रचौ फिक्कल बाट प्रनानि बिष्णु सापकोटा (९८५२०९०९९४) को कमाण्डमा ४ जनाको टोली खटि गई निज सुमित्रा राईको दाजु बर्ष २६ को समिर राईलाई अनुसन्धानको लागी प्रचौ फिक्कलको नियन्त्रणमा तथा घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धानको लागी इप्रका पशुपतिनगर बाट प्र.नि. प्रबिण जोशी (ज्ञावाली) को कमाण्डमा SOCO सहितको टोली भोलि खटि जाने । ला.औ., पर्सा, ठोरी गा.पा.५ ठुलोवाघ मोर्चा स्थित विषेश सुचनाको आधारमा इ.प्र.का.ठोरी पर्साबाट प्र.नि.को कमाण्डमा १३ जना र इ.प्र.का.पटेर्वासुगौलीबाट प्र.नि.को कमाण्डमा १० जना गरी जम्मा २३ जनाको टोलीले ऐ. बस्ने बर्ष ५५ को चिनिलाल पाख्रीनको वाख्रा गोठमा लुकाई छिपाई राखेको प्लाष्टिक सहित ४८ किलो ३०० ग्राम लागु औषध गाँजा फेला पारी गाँजा सहित निज चिनिलाल पाख्रीन र सोही ला.औ. मा संलग्न ऐ.वार्ड नं.४ बस्ने वर्ष ६० को छेठु पाख्रीन सहित दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा पठाईएको ।

मिति २०८२।१०।१७ गते ०५:०० बजे देखि २०८२।१०।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१८

कर्तव्य ज्यान,संखुवासभा, चैनपुर न.पा.१० ईखम्बु  बस्ने  वर्ष अं. ५९ को  शिव कुमार राईले आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा ऐ.बस्ने अं.वर्ष ४७ को लिला प्रसाद राईसँग बस्तुले घाँस खाएको विषयमा एक आपसमा वादबिवाद हुँदा निज शिव कुमार राईले आफुसँग रहेको खुकुरीले लिला प्रसाद राईको छातीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खराङबाट प्र.ह.को कमाण्डमा टोली खटी गई खुकुरी प्रहार गर्ने व्यक्तिलाई खुकुरी सहित नियन्त्रणमा लिई घट्नास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ.प्र.का.चैनपुरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई ऐ.१८:४५ बजे कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि आधारभुत अस्पताल चैनपुर पठाइएको । नक्कली प्रशिक्षार्थी पक्राउ,सुर्खेत, मिति २०८२।१०।१७ गते सुर्खेत सदरमुकाम स्थित ८ वटा केन्द्रमा ऐ. ११:०० बजे देखी १३:०० बजे सम्म लोकसेवा आयोग सुर्खेत द्धारा संचालन गरिएको नेपाल प्रहरी, प्रहरी जवान (जनपद) पदको लिखित परिक्षा भएकोमा उक्त परिक्षामा समावेश भएका मध्ये जि.जाजरकोट कुशे गा.पा.२ बस्ने वर्ष २१ निरज शाही लगायत ११ जना नक्कली प्रशिक्षार्थीहरुलाई ऐ. १४:०० बजे नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको । फुटकर ज्यान,प्युठान, गौमुखि गा.पा.६ लिबाङ बस्ने अनिल घर्तिको श्रीमती वर्ष अं. १९ कि सर्मिला घर्ति घर देखी अ. ४ कि.मि. दक्षिण पर्ने कालिमाटि जंगलमा मृत अवस्थामा फेला परेको भनि स्थानियले ऐ. १५:१० बजे जानकारी गराए पश्चात इ.प्र.का. पुजालीबासे प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, श्रीमान र माइतीको आमा ‍घटनास्थलमा रहेको, थप अनुसन्धानको लागी जि.प्र.का. प्युठानबाट प्र.नि. र  ऐ.१८:०० बजे थप अनुसन्धानको लागि जि.प्र.का.प्युठानका कार्यालय प्रमुख प्र.ना.उ.को कमाण्डमा टोली खटि गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि जि.अस्पताल बिजुवार पठाईएको, अनुसन्धानको लागि मृतकको श्रीमान वर्ष अ.१९ को अनिल घर्ती र देवर वर्ष १५ को जनक घर्तीलाई नियन्त्रणमा लिई जि.प्र.का.प्युठान ल्याउदै ।र्थीहरुलाई ऐ. १४:०० बजे नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको । चोरी, काठमाण्डौ, टोखा न.पा.३ मेघा सिटी स्थितमा रहेको तिल सरा पुर्जाको साँढे दुई तल्ले घरमा निज घर धनी घर बाहिर रहेको र घर रेखदेखको लागी निजकी छोरी  तार्केश्वर न.पा. १० मनमैजु घर भई बस्ने वर्ष ४६ की मन्जु पुर्जा थापा मगर बस्दै आएकोमा कोही नभएको अवस्थामा कोठाको ताल्चामा झुण्डिएको चावी खोली कोठामा रहेको सुनका गरगहना अं.६.५ तोला,नगद रु ५० हजार गरी अं.१९ लाख ५० हजार बराबरको चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ  प्रभाग गोँगबुवाट प्र.ह.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको ।

मिति २०८२।१०।१६ गते ०५:०० बजे देखि २०८२।१०।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१७

कर्तव्य ज्यान,ललितपुर, गोदावरी नगरपालिका ०७ देउराली डाडा घर भई बस्ने बर्ष २३ कि कोपिला नेपाली र निजको श्रीमान बर्ष २७ को बिनोद तामाङले मा.प.से. गरी बिबाद हुँदा श्रीमतीलाई चिरपटले हानी घाइते बनाएको भनी श्रीमान आफै प्र.चौ. टिकाभैरबमा आई जानकारी गराए पश्चात तत्काल प्र.चौ. टिकाभैरव बाट प्र.ब.ना.नि. यम ब. के.सी. को कमाण्डमा ३ जना प्रहरी टोली खटी गई हेर्दा निजको श्रीमतीको घटनास्थलमा मृत्यु भएको र घटनास्थल सुरक्षित राखेको थप अनुसन्धान तथा मुचुल्काको लागी वृत्त चापागाँउ बाट प्र.ना.उ. शिला थापाको कमाण्डमा सो.को. सहित ७ जना प्रहरी टोली खटी गएको, निजको श्रीमान प्र.चौ. टिकाभैरवको नियन्त्रणमा रहेको । ऐ ०९;३० बजेको समयमा लास मुचुल्का कार्य समाप्त पश्चात पो.मा को लागि पाटन  अस्पताल पठाएको । ऐ. ११:०० बजे शव पाटन अस्पताल ईन भएको । गोली प्रहारबाट मानिस मृत्यु,सिरहा, सिरहा न.पा.७ हुलाकी सडकबाट अं.१ कि.मि.उत्तर आफ्नै खेतवारीमा काम गरिरहेका ऐ.न.पा.१ महाविर चोक बस्ने अं.वर्ष ४१ को प्रेम नाथ यादवलाई को-कसले गोली प्रहार गरी गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा घाइते व्यक्तिको घटनास्थलमा मृत्यु भईसकेको, गोली प्रहार गर्ने व्यक्तिको पहिचान तथा खो.त.कार्य भईरहेको,  शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाएको, घटना सम्बन्धमा खो.त.तथा अनुसन्धान गर्दै जाँदा ऐ.१८;४० बजे घटनास्थल देखि अं.३५ मिटर दक्षिण स्थित चौरमा पुगी हेर्दा ३०३ राईफलको गोलीको खोका जस्तो देखिने 8MM-KF लेखिएको गोलीको खोका फेला परेकोमा उक्त गोलीको खोका जि.प्र.का.सिरहामा ल्याई राखिएको । ठगी,काठमाण्डौ, का.म.न.पा.१४ रविभवन स्थित रहेको KN SCOOTY रिकण्डिसनमा बा.प्र.०२-०१५ प ५४९९ नं.को ३५० सि.सी.को खैरो कलरको बुलेट मो.सा.जि.रुकुम पुठा उत्तरगंगा न.पा.११ घर भई हाल का.जि.ना.न.पा.१० बस्ने वर्ष ३१ को राजन बुढाले बिक्रि गर्न जाँदा उक्त स्थानमा १ जना अपरिचित व्यक्ति कलेज ड्रेसमा आई मलाई बाईक किन्नु छ भनी मोलमोलाई गर्दा ४ लाख दिन्छु भन्ने प्रलोभन देखाई का.जि.का.म.न.पा.१३ कालिमाटी वडा कार्यालय नजिक मेरो घर हो भनी पिडितलाई  मो.सा.को पछाडी सँगै राखी ल्याई वडा कार्यालय नजिक सडक खण्डमा पिडितलाई छोडी बुबा सँग कुरा गरी तोकिएको रकम लिएर आउँछु भनी उक्त स्थानबाट मो.सा.सहित ताहाचाल तर्फ फरार भएको भनी पिडित राजन बुढाले ऐ.१७:३० बजे वृत्त कालीमाटीमा आई जानकारी गराएको हुदा वृत्त कालीमाटीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई सि.सी.क्यामेरा फुटेज हेरी खो.त.जारी रहेको । ला.औ., मकवानपुर, भिमफेदी गा.पा.२ भैसे स्थित चेकपोईन्टमा प्र.चौ.भैसेबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले त्रिभुवन राजपथ सडक खण्डमा आँपचौरबाट भैसे तर्फ आउदै गरेको प्रदेश ३-०१-०२४ च ४२७० नं.को योद्धा पिकअप गाडीललाई चेकिङ टोलीले रोक्न खोज्दा प्रहरी नजिकैबाट पेलि नरोकी हेटौडा बजार तर्फ भागेको (प्रहरीलाई नछोएको) पिछा गर्दै जाँदा ऐ.हेटौडा उ.म.न.पा.१ चौकिटोल स्थित प्र.चौ.चौकिटोलको कार्यालय अगाडी प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले रोक्न खोज्दा नरोकी अं.१ कि.मि.अगाडी बढेकोमा सोही समयमा जि.प्र.का.मकवानपुरबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीलाई उक्त गाडी चालकले देखि ऐ.लोकप्रिय मोड नजिक चालकले गाडी रोकी चालक निस्कि गाडि छोडि भागेको, उक्त गाडीलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर ल्याई चेकजाँच गर्दा उक्त गाडी भित्र तरकारी राख्ने क्यारेटमा ला.औ.गाँजा ११ पोका (१७२ के.जि.६०० ग्राम तौल भएको) फेला परेको, फरार चालकको खो.त.भइरहेको ।

मिति २०८२।१०।१५ गते ०५:०० बजे देखि २०८२।१०।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१६

कर्तव्य ज्यान,गुल्मी, मिति २०८२।१०।१४ गते राती २०:०० बजे, इश्मा गा.पा. २ छल्दीटार बस्ने वर्ष ४६ को सन्त ब. कुमालले मा.प.से. गरी आफ्नै ३ महिनाको शिशु छोरा सुवास कुमाललाई भुईमा पछारेर मारेको भनि ऐ.१५ गते ०९:३० बजे निजको जेठी छोरी सरिता कुमालले प्र.चौ. हस्तिचौरमा जानकारी गराउन साथ प्र.स.नि.को कमाण्डमा टोली खटिई गई निज सन्त कुमाललाई नियन्त्रणमा लिएको, शव घटना स्थलमै सुरक्षित रहेको, मार्नुको कारण नखुलेको, थप अनुसन्धानको लागी जि.प्र.का.गुल्मीबाट प्र.नि.को कमाण्डमा टोली खटिएको, थपअपडेट:-मिति २०८२।१०।१५ गते १५;३० बजे लास पो.मा. पश्चातम निजको आमा कमला कुमालले बुझिलिएको । जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,काठमाण्डौ, मिति २०८२।१०।१२ गते १२:०० बजे भारत देश सितामढी घर भई हाल का.म.न.पा.२३ बसन्तपुर बस्ने वर्ष १४ की बालिकालाई जि.तनहुँ बन्दीपुर घर भई हाल ऐ.बस्ने वर्ष २८ को पुरुषले पिडितलाई निजको डेराकोठामा सुतिरहेको अवस्थामा निजको संबेदनशील अंगहरुमा छुने गरेको भन्ने जाहेरी दरखास्त मिति २०८२।१०।१४ गते १८:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात प्रहरी बृत्त जनसेवाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई ऐ.१९:०० बजे का.म.न.पा.चिकमुगलबाट निज प्रतिबादीलाई नियन्त्रणमा लिई बालयौन दुर्ब्यवहार मुद्दा दर्ता गरी सम्मानित अदालतबाट म्याद थप गरी अ.अ.कार्य भई रहेको । बाँके, बाँके खजुरा गा.पा.७ घर भई हाल जिल्ला बाँके बैजनाथ गा.पा.६ एच गाँउमा मज्दुरी काम गरी बस्ने बस्ने वर्ष ३० को अंगतराम अहिरले पिडित बर्ष १७ की परिवर्तित नाम थर ६५ कोहलपुर (०८२।०८३ ) २० लाइ दुध लिन गएको अवस्थामा फेला पारी ललाइ फकाइ गरी निजले आफु काम गर्ने गोठमा लगी ज.ज.क गरेको भन्ने प्राप्त सुचनाको आधारमा प्र.चौ. सम्झना बाँके बाट प्र.ना.नि धन बहादुर थापा (९८५८०४२३१०) को कमाण्डमा २ जना र इ.प्र.का कोहलपुर बाँके बाट प्र.नि आच्युतराज आचार्य (९८५७८९०८४२) को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गइ ज.ज.क गर्ने अंगतराम अहिरलाइ नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागी इ.प्र.का. कोहलपुर बाँकेमा लिइ राखिएको,पिडित लाइ स्वस्थ्य परिक्षणको लागी भेरी अस्पताल नेपालगंज बाँके पठाइएको अवस्था सामान्य रहेको । नवजात शिशू मृत फेला,काठमाण्डौ, का.म.न.पा.८ पशुपती बिश्वरुपा मन्दिर नजिकै महिना पुगि जन्मिएको जस्तो देखिने छोरा जातको नवजात शिशू बेवारिसे मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी बिट पशुपतीबाट प्र.स.ह.को कमाण्डमा र प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.बि.शिक्षण अस्पताल महाराजगंज पठाएको । चोरी,झापा, मिति २०८२।१०।१५ गते राती के-कुन समयमा बिर्तामोड न.पा.१ पञ्चकन्या प्लटिङ स्थित रहेको पुनम देवी साहको २ तले घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको ताल्चा फुटाई दराज भित्र रहेको बिभिन्न सुनको गरगहना ६ तोला, चाँदीको गरगहना १२ तोला र नगद रु.२० हजार गरी अं.मु.रु.१९ लाख बराबरको धनमाल चोरी भएको भनी ऐ.०९:०० बजे इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.अनारमनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ चोरी हर्ने व्यक्तिको खो.ता.कार्य भई रहेको । मानिस मृत फेला,म्याग्दी, मिति २०८२।१०।१५ गते ०८:०० बजे जि.म्याग्दी रघुगंगा गा.पा.३ चमेरे स्थितमा रहेको J.P. हाइड्रो पावर निर्माण कम्पनिले निर्माण गरी राखेको निर्माणाधिन ४० मेघावाट क्षमताको राहुघाट हाइड्रो पावरको पावर हाउसमा सेक्युरिटी गार्डको काम गर्ने जि.ईलाम माई न.पा.९ घर भएको अ.वर्ष ५५ को भिष्म पौडेल (ऐ.१४ गते २०:०० बजे देखि ऐ.१५ गते ०८:०० बजे सम्मको लागि डियुटी बसेको) सोही हाइड्रो पावरको निर्माणाधिन पावर हाउसको भुईतलामा मृत अवस्थामा रहेको भनी सोही हाइड्रोमा काम गर्ने बिकास लामाले ०८:३० बजे टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा २ जनाको प्रहरी टोलि खटिगई घटना स्थल सुरक्षित राखेकोमा थप अनुसन्धानको लागि जि.प्र.का.म्याग्दीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहित ९ जनाको प्रहरी टोली खटिगएको, थप अपडेट:- ऐ.१३:२५ बजे गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन उपशाखा पोखराबाट प्र.ना.नि.मिलन के.सी.को कमाण्डमा ४ जनाको टोलीले टाईसन नाम को ट्रयाकर बिषयको कुकुर ल्याई अनुसन्धान कार्य भईरहेको । ऐ.१४:५० बजे घटना स्थल तथा लाश जाँच मुचुल्का समाप्त पश्चात शव पो.मा.को लागि प्रदेश अस्पताल बेनी म्याग्दी पठाईएकोमा ऐ.१६:०० बजे गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन उपशाखा पोखराबाट प्र.ना.नि.मिलन के.सी.को कमाण्डमा ४ जनाको टोलीले टाईसन नामको ट्रयाकर बिषयको कुकुर ल्याई अनुसन्धान कार्य पश्चात खटि आएको टोलि फिर्ता भएको, अनुसन्धानको लागि J.P. हाइड्रोपावर निर्माण कम्पनिमा सेक्युरिटी गार्डको काम गर्ने निम्न ४ जना व्यतिहरु नियन्त्रणमा ल्याई थप अनुसन्धन कार्य भई रहेको ।१. जि.म्याग्दी बेनि न.पा.९ बस्ने वर्ष ३७ को कृष्ण बहादुर चोखाल२. भारतको उत्तर प्रदेश बस्ने वर्ष २९ को बिनयक सिंह ३. जि.म्याग्दी रघुगंगा गा.पा.३ बस्ने वर्ष ५३ को गिरी बहादुर मल्ल ४. जि.म्याग्दी मंगला गा.पा.२ बस्ने वर्ष २९ को भिम प्रसाद किसान थप अनुसन्धानको लागी J.P. हाइड्रोपावर निर्माण कम्पनिमा सेक्युरिटी गार्डको काम गर्ने निम्न १ जना, ट्याटर चालक १ जना र अन्य २ जना गरी जम्मा ४ जना व्यतिहरु ऐ.२३:३० बजे नियन्त्रणमा लिई थप अनुसन्धन कार्य भईरहेको ५.जि.म्याग्दी रघुगंगा गा.पा ३ बस्ने वर्ष ५९ को गम बहादुर सेन्चुरी ६.जि.म्याग्दी बेनी न.पा.९ बस्ने ट्याक्सी चालक वर्ष ४१ को शिव पुरी ७.जि.रुपन्देही घर भई हाल सोहि हाईड्रोको ट्याक्टर चालक वर्ष ३१ को तुल बहादुर गुरुङ८.भारत बिहार घर भई कवाडी उठाउने वर्ष ३९ को सन्तोष कुमार जैसवल नोट:-शव प्रदेश अस्पताल म्यग्दी वेनीको शवगृहमा राखीएको, पो.मा.हुन बाँकी । धारिलो हतियार प्रहार,भोजपुर, टेम्केमैयुङ गा.पा.७ जौनागी बस्ने वर्ष ६२ को उत्तर कुमार राईले लेनदेनको बिषयलाई लिएर ऐ.वस्ने छिमेकी वर्ष ४४ को दिवस राईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी घाईते बनाएको दुबै कानको माथील्लो भागमा चोट रहेको,अवस्था बोल्न नसक्ने (गम्भिर) रहेको भन्ने खवर  प्राप्त हुनासाथ प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई घाईतेलाई उपचारको लागी स्वास्थ चौकी कोटमा सामान्य उपचार पश्चात ऐ. १६:३० बजे थप उपचारको लागी जिल्ला अस्पताल भोजपुर पठाइएको, खुकुरी प्रहार गर्ने उत्तर कुमार राईलाई खुकुरी सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.भोजपुर पठाइएको । ला.औ., भोजपुर, हतुवागढी गा.पा.९ मचुवा स्थित धनकुटा जिल्लाको सहिदभूमी गा.पा.जोड्ने झोलुङ्गे पुलको मुखमा ना.७ त.३५० नं.को ट्याक्टरमा लोड गरी ल्याएको ४३ वटा प्लाष्टिकको बोरामा अं.५०० के.जि.(एकिन तौल गर्न बाँकी) ला.औ.गाँजा मचुवाबाट अखुवाटार जोड्ने झोलुङ्गे पुलबाट भोजपुरको मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजान लागेको अवस्थामा प्र.चौ.हसनपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पेला पारी उक्त ला.औ.र ट्याक्टर सहित ट्याक्टरमा सवार आमचोक गा.पा.९ बस्ने वर्ष २९ को रुद्र बहादुर श्रेष्ठ समेत ९ जना मनिसहरुलाई नियन्त्रणमा लिई आ.अ. भइरहेको, उक्त ला.औ.गाँजा जि.भोजपुर आमचोक गा.पा.९ बस्ने वर्ष २९ को रुद्र बहादुर श्रेष्ठले आमचोकबाट लगेको भन्ने बुझिन आएको, उक्त स्थानमा इ.प्र.का.घोडेटारबाट प्र.नि.को कमाण्डमा थप टोली खटी गएको ।

मिति २०८२।१०।१४ गते ०५:०० बजे देखि २०८२।१०।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१५

फुटकर ज्यान,सप्तरी, राजविराज न.पा.६ थानगाछि स्थित देश भारत सुपौल जिल्ला घर भई हाल किरण होटल संचालन गर्दै आएकी किरण देवी रावतको होटलमा काम गर्ने ऐ.राजविराज न.पा.१५ देउरीभरुवा बस्ने उमाशंकर शर्माको श्रीमती अं.वर्ष ३५ की कुन्ति कुमारी शर्मा २।३ दिन देखि बिरामी भई औषधी सेवन गरीरहेकोमा मृत्यु भएको र मृतकको आफन्त कोही कसैलाई जानकारी नगराई लाश घरमा ऐ.०७:०० बजे एम्बुलेन्समा राखी होटल संचालकले पुर्‍याएकोमा शंका लागि सोही वडाको वडा सदस्यले अ.प्र.पोष्ट तितरीगाँछीमा जानकारी गराउनासाथ प्र.स.नि. र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको, उल्लेखित होटल संचालक किरण देवि रावतलाई जि.प्र.का.सप्तरीले नियन्त्रणमा लिई   आवश्यक अनुसन्धान भइरहेको , लास कानुनि प्रक्रिया पुरा गरी ऐ. १०;२५ बजेको समयमा लाश पो.मा.को लागी गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शब गृहमा । पर्सा, मिति २०८२/१०।१३ गते अं.१६:०० बजे वीरगंज म.न.पा.१२ मुर्ली चौक स्थित सम्झना होटलको रुम नं.२०१ मा बसिरहेको देश भारत हिमाञ्चल प्रदेश बस्ने लालचन्द शर्माको छोरा अं.वर्ष २५ को अभिषेक शर्मा बेहोस अवस्थामा रहेको भन्ने खबर ऐ.१४ गते १२:१५ बजे प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सोही रुममा बस्ने शंकित वीरगंज म.न.पा.११ रानीघाट बस्ने वर्ष २० को बाल कुमार जैसवाल र जि.सर्लाही मंलगवा न.पा.९ शिवसागर चोक घर भई हाल वीरगंज म.न.पा.१ रानीघाटमा डेरा गरी बस्ने वर्ष २४ को अमिष झालाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा राखिएको, निज बेहोस व्यक्तिलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाएकोमा चिकित्सकले ऐ.१२:५५ बजे चेकजाँच गर्दा मृत घोषणा गरेको, ऐ. १८:०० बजे पो.मा. पश्चात मृतकको दाई आशिष शर्माले बुझि लगेको जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।१०।१२ गते अं.२१:३० बजे घोराही उ.म.न.पा.४ सुनपुर बस्ने वर्ष २२ को पुरुषले निजकै घरमा पाहुना आएकी वर्ष २१ की महिलालाई घरकोठामा कोही नभएको अवस्थामा ज.ज.क.गरेको भनी मिति २०८२।१०।१३ गते १७:०० बजे प्रतिवादी मधुसुदन भुषालको नाममा किटानी जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादी मधुसुदन भुषाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । दाङ, घोराही उ.म.न.पा.१०नारायणपुर बजार बस्ने वर्ष २८ को रिगल डाँगीसँग बिगत २ वर्ष अगाडी देखिनै सामाजिक संजालबाट चिनजान भई कुराकानी हुदै आएकोमा मिति २०८२।१०।१० गते निज र निजको भाउजु कल्पना डाँगी समेतले बोलाई बिवाह गर्ने भनी जि.रोल्पा न.पा.५ घर भई जि.दाङ घोराही उ.म.न.पा.१० नारायणपुर डेरा गरी बस्ने वर्ष २२ की महिलालाई निजको घरमा गई घरबाट लिई गएकोमा ऐ.११ गते ईच्छा बिपरित ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई मिति २०८२।१०।१३ गते देखी लागु हुने गरी पहिलो पटक दिन ७ म्यादथप अनुमती लिई जि.प्र.का.दाङको हिरासतमा राखी आ.अ.भईरहेको, पिडित लाई बिस्तृत स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाई बिस्तृत स्वास्थ्य परीक्षणको कार्य नभ्याई पिडित लाई घोराही स्थित रहेको सेफ हाउसमा पठाईएको । सिन्धुपाल्चोक, मिति २०८२।१०।१२ गते अं.१७:३० बजे चौतारा साँगाचोकगढी न.पा.१२ साँगाचोक बजार स्थित ऐ.घर भई जनजागृती मा.वि.को शिक्षक वर्ष ४६ को जित राज गिरीले ऐ.साँगाचोक भञ्ज्याङ घर भई सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत वर्ष  १२ की बालिकालाई यौनजन्य दुर्व्यबहार गरेको भनी ऐ. १४ गते अं.१३:०० बजे प्र.चौ. साँगाचोकमा निवेदन दिनासाथ प्र.चौ. साँगाचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज शिक्षक जित राज गिरीलाई नियन्त्रणमा लिई प्र.चौ. साँगाचोकमा राखेको,. साँगाचोकमा स्थानीयहरु अं. १५० जना भेलाजम्मा भएको, उक्त स्थानमा जि.प्र.का. बाट प्र.नि.को कमाण्डमा १५ जनाको थप टोली खटी गएको ऐ. शिक्षकलाई जि.प्र.का.मा राखिएको, भेला जम्मा भएको मानिसहरु सबै तितरवितर भएको, अवस्था सामान्य रहेको । ठगी,काठमाडौं, तारकेश्वर न.पा.१ साङ्ला छाप स्थित जि.ओखलढुङ्गा सिद्धिचरण न.पा.६ घर भई हाल का.जि.सुन्दरीजल बस्ने वर्ष ३३ को दावा शेर्पालाई मिति २०८२।१०।१२ गते देखी हाल नामथर वतन केही नखुलेको  ९८१२८८६८१२ नं.बाट फोन गरी कुरा भई अल्फाबेट नं.नखुलेको NS पल्सर मो.सा.मा सवार दुई जना मानिसहरुले अमेरिकि डलर सस्तोमा मिलाइदिने भनी बोलाई निज दावा शेर्पालाई कालो रुमालमा कागजको पोको दिई निजसंग रहेको नगद रु.१०,००,००० (दश लाख) लिई फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा सादा पोशाकको टोली सहित १५ जनाको टोली खटी गई फरार ब्यक्तिहरुको खो.त.तथा CCTV फुटेज हेर्ने क्रममा मो.सा.चालकले सेतो हुडि, कालो माक्स लगाएको र पछाडि बस्नेले रातो ज्याकेट रातो/रातो जस्तो देखिने हेल्मेट लगाएको अन्य हुलिया नखुलेको र कालो रंगको मो.सा.खुल्न आएको, खो.त.कार्य भईरहेको । पक्राउ नियन्त्रण,काठमाण्डौ, का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी  स्थित काठमाण्डौ उपत्यकामा बिगत ३ महिना देखी रातको समयमा ३/३ जनाको दरले चढी २ वा ३ वटा मो.सा.मा आई एक्लै दुक्लै सार्बजनिक सडक-खण्डमा हिडिरहेका मानिसहरुले लगाएको गर-गहना लुटपाट गर्ने मानिसहरुलाई जि.प्रहरी परिसर काठमाण्डौ भद्रकाली र बृत्त बौद्धबाट खटी गएको संयुक्त  प्रहरी टोलीले काठमाण्डौका बिभिन्न स्थानमा शंका लागी चेकजाच गर्ने क्रममा जि.काभ्रे सल्ले भुम्लु गा.पा.३ घर भई हाल ऐ.मुलपानी बस्ने वर्ष २३ को बिनय तामाङले चलाई ल्याएको बा ७० प २९८० नं.को मो.सा.चेकजाँच गर्न खोज्दा बृत्त स्वयम्भु दरबन्दी भई जि.प्रहरी परिसर काठमाण्डौमा कार्यरत प्र.स.ह.मोहन भट्ट र वृत्त बौद्धमा कार्यरत प्र.ज.पुष्पराज भण्डारीलाई मो.सा.ले हान्न खोजी भाग्ने क्रममा घाईते भई स्तुपा सामुदायिक अस्पतालमा उपचार भईरहेको,प्र.स.ह. मोहन भट्टको दुबै हात र घाँटीमा चोट,अवस्था मध्यम,प्र.ज.पुष्पराज भण्डारीको दुबै हात,खुट्ट्मा चोट,बोल्न सक्ने मध्यम र उक्त मो.सा.चालक बिनय तामाङलाई नियन्त्रणमा लिने क्रममा बेरेटा US  लेखेको पेस्तोलबाट २ राउण्ड गोली फायर गर्दा निज बिनय तामाङ पनि घाईते भई उपचारको लागी ट्रमा सेन्टर लगि उपचार भईरहेको,दाहिने खुट्टाको पिडुलामा चोट,बोल्न सक्ने,अवस्था मध्यम,बृत्त बौद्धबाट प्र.ना.उ.को कमाण्डमा २५ जनाको प्रहरी टोली खटी गएको,उक्त स्थानमा चेकजाच गर्ने क्रममा जि.रामेछाप दोरम्बा गा.पा.८ घर भै हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी बस्ने वर्ष २२ को बिशाल तामाङ लगायत ९ जनालाई (२ मो.सा.,१ ट्याक्सी,१ फिगो )सहित नियन्त्रणमा लिई बृत्त बौद्धमा ल्याई राखिएको । विरोध/ भेलाजम्मा,बर्दिया, मिति २०८२।१०।१४  गते ११:०० बजे निर्वाचन प्रहरी भर्ना छनोटमा नाम नभएका अं.२५।३० जना जिल्ला प्रशासन कार्यालयको गेटमा आई सम्झाई बुझाई गरी निजहरु जि.प्र.का.को गेटमा आई बिभिन्न माग राखी भेलाजम्मा भएकोले प्र.नि.को कमाण्डमा २० जनाको टोलीले सम्झाई बुझाई गर्दा समेत नमानेकोले गुलरिया न.पा.१ खैरापुर बस्ने वर्ष २२ को अर्जुन रसाईली (दर्ता नं.२०६३), मधुवन न.पा.७ दशरथ बस्ती बस्ने वर्ष अं.३९ को पूर्ण बहादुर सुनार (दर्ता नं.१३०),  बढैयाताल गा.पा.२ फुटाहा बस्ने वर्ष १९ की कबिता पुरी (दर्ता नं.३३२४) र गुलरिया न.पा.३ बस्ने वर्ष २१ को धुर्ब सिंह बन्जारा  निर्वाचन प्रहरीमा फर्म नभरेको) नियन्त्रणमा लिई जि.प्र.का.बर्दियामा राखिएको । ला.औ., बाँके, नेपालगंज उ.म.न.पा.११ स्थित CST होटलमा जि.बर्दिया बढैयाताल गा.पा.५ जगतपुर बस्ने वर्ष २५ सन्देश थारु र निजको श्रीमती वर्ष २३ की कनिना थारु मिति २०८२।१०।१३ गते राती बास बसेकोमा निज सन्देश थारुले मा.प.से.गरी होटल तोडफोड गर्न खोज्दा निजलाई होटल संचालक सन्तोष खड्काले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात व.प्र.का.नेपालगंजबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई नियन्त्रण लिने क्रममा निजहरुको साथबाट ६१ ग्राम २०० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखी खैरो धुलो पदार्थ, मो.सा.भे १० प ८२७५ नं.को मो.सा.फेला पारी फेला पारी उक्त ला.औ सहित दुबैलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको

मिति २०८२।१०।१३ गते ०५:०० बजे देखि २०८२।१०।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१४

शंकास्पद मृत्यु,ओखलढुङ्गा, मिति २०८२।१०।१३ गते अ.०७:४० बजेको समयमा जिल्ला ओखलढुङ्गा चिशंखुगढी गा.पा.-०६ बोहोरे बस्ने अ.बर्ष-८१ को चन्द्र बिक्रम राई  आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओडि र निजको श्रीमती अ.बर्ष-८० की चन्द्र माया राई खाट छेउ भुईमा  सिरक ओडि मृत अवस्थामा रहेको,खाट मुनि  रगत समेत देखिएको भनि प्र.चौ.निशंखेमा खबर प्राप्त हुनसाथ प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेको,आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.ओखलढुङ्गाका प्र.ना.उ.मदन के.सी.को कमाण्डमा SOCO सहितको प्रहरी टोलि खटि गएको, उक्त घट्ना स्थलको थप अनुसन्धानको लागि ऐ. ११.३२ बजेको समयमा कोशी प्रदेश प्रहरी कार्यालय के-नाईन शाखा धरान सुनसरीबाट प्र.ना.नि याम बहादुर श्रेष्ठको कमाण्डमा ४ जना,१ वटा कुकुर सहित GAA 4832 नम्बरको गाडीमा ओखलढुङ्गाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट जानकारी प्राप्त भएको, वि.वि.पछि जाहेर गरिने । आज मिति २०८२।१०।१४ गते ०६:४३ बजे  जि.प्र.का. ओखलढुङ्गाका कार्यालय प्रमुख प्र.ना.उ.मदन के.सी, कोशी प्रदेश प्रहरी कार्यालय के नाईन शाखा धरान सुनसरीबाट खटि आएको टोलि र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर(PIT)बाट खटि आएको प्र.ना.नि.बिबेक कटुवालको टोलि घटनास्थल तर्फ खटि जानु भएको । कर्तव्य ज्यान,बारा, मिति २०८२।१०।१४ गते राति अं. ०२;०० बजेको समयमा  जि.बारा परवानिपुर गा.पा.-०१ रहरिया डिहमा एउटै घर परिवारको मानिसहरुलाई तत्काल नाम थर वतन नखुलेको अपरिचित ब्यक्ति अं. बर्ष ३०|३२ को पुरुष मान्छे घरमा पसि ५ जना ब्यक्तिहरुलाई चक्कु प्रहार गर्दा २ जनाको मृत्यु भएको र ३ जना घाइते भइ घाइतेहरुलाई उपचारको लागि L.S न्युरो अस्पातल परवानिपुर पठाइएको, लास घटना स्थालमा रहेको उक्त स्थान इ.प्र.का.परवानिपुर बारा बाट प्र.ना.नि.राजिव यादव(९८६२९७२६७३) को कमाण्डमा टोलि, तालुक इ.प्र.का. प्रसौनि,बारा बाट प्र.नि. टुपेन्द्र श्रेष्ठको कमाण्डमा टोलि खटि गई घटना स्थाल सुरक्षित तथा अन्य अनुशन्धान कार्य भइरहेको,निम्न घाइतेहरु;-१)      जि.बारा परवानिपुर गा.पा.-१ रहरिया डिह  बस्ने जगरुप मण्डलको छोरा अं. २८ को रामेईशवर मण्डलको घाटिमा चाकु प्रहार गरी मारि मृतक लास घटना  स्थलमा रहेको,२)      ऐ.ऐ. बस्ने जगरुप मण्डलको श्रीमति अं. वर्ष ४६ की सुमित्रा देविको घाटिमा चक्कु प्रहार गरि मारि मृतक लास घटना स्थलमा रहेको,३)      ऐ.ऐ. बस्ने अं.५० को जगरुप मण्डलको पेट र बायाँ हातमा चक्कु लागि घाइते भएको  अवस्था मध्यम,४)      ऐ.ऐ. बस्ने रामईश्वर मण्डलको श्रीमति अं. वर्ष २३ की मानिता देवि समान्य चोट पटक लागेको५)      ऐ.ऐ. जगरुप मण्डलको छोरी अं. २० की रिणा कुमारी मण्डलको दुबै हातमा चाक्कु लागि घाइते भएको समान्य चोट पटक लागेको।माथि उल्लेखित घटनाको  थप अनुसन्धानको लागि तालुक जि.प्र.का.बारा बाट प्र.उ.नरेन्द्र कुँवर,प्र.ना.उ.विजय राज पण्डित,प्र.नि.सुरेश राज भट्ट को कमाण्डमा Soco सहितको टोली खटिगई अनुसन्धान तथा खो.त.कार्य भईरहेको । जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहारसुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मंगलगढी चोकमा रहेको राना होटेलमा बराहताल गाउँपालिका वडा नं. ८ दमार घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ नेवारे बस्ने वर्ष ३० की परिवर्तित नाम (आ.व.२०८२/०८३)) ६४ बीरेन्द्रनगर (क४३) लाई जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका वडा नं. २ घर भई हाल बराहताल गा.पा.वडा नं. १० धनिगाड स्थित राष्ट्रिय आधारभुत विद्यालयमा शिक्षकका रुपमा कार्यरय बर्ष ३३ को अर्जुन कुमार गुरूङ्गले ज.ज.क.गरेको भनी पिडित पक्षले ऐ.१३ गते १४:०० बजेको समयमा जि.प्र.का.मा जाहेरी दिएको हुदा प्र.नी.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटिगई निज अर्जुन कुमार गुरूङ्ग फरार रहेको खो.जि कार्य भईरहेको । धादिङ, मिति २०८२।१०।१२ गते बेलुका १७:३० बजेको समयमा जिल्ला धादिङ निलकण्ठ न.पा.४ धैरेनि स्थितमा ऐ.खनियावाँस गा.पा-१ घर भई हाल ऐ.नीलकण्ठ न.पा-४ बस्ने बर्ष अ.२९ की परिवर्तित नाम धादिङ २४(१२९)०८२।०८३ लाई जिल्ला धादिङ ज्वालामुखी गा.पा.वडा नं.५ स्थायी वतन भई हाल नीलकण्ठ न.पा-४ बस्ने बर्ष अं.२९ को आषिश तामाङले घरमा एक्कासी म भएको ठाउँमा आई जबरजस्ती करणी उद्योग गर्न खोजेको भनि निज पिडितले मिति २०८२।१०।१३ गते १५:०० बजे जि.प्र.का.धादिङमा किटानी जाहेर दिए पश्चात उक्त स्थानमा जि.प्र.का.धादिङबाट प्र.नि.बिक्रम रिजालको कमाण्डमा टोलि खटिई गई निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धादिङमा ल्याई राखेको । भवितव्य मृत्यु, नुवाकोट, दुप्चेश्वर गा.पा.१ घेवार चौर स्थित ऐ.बस्ने अं.वर्ष ५२ को ओङदी शेर्पालाई निजको छोरा अं. वर्ष २५ को कुन्साङ शेर्पाले गाली गरेको बिषयलाई लिएर ओङदी शेर्पाको आमा चुङदी शेर्पाको घरमा झै-झगडा गर्दा ऐ.बस्ने छिमेकी अं.वर्ष ३३ को रण ब.तामाङ छुट्याउने क्रममा भुईमा घोप्टो परेर लडेकोमा लडेको अवस्थामा मृत्यु भएको भनि प्र.चौ.समुन्द्रटारमा प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा र इ.प्र.का.खरानिटारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, मृतकको बाहिरी चोट नदेखिएको,निज ओङदी शेर्पा र कुन्साङ शेर्पालाई  नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको ।

मिति २०८२।१०।१२ गते ०५:०० बजे देखि २०८२।१०।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१३

झडप,रौतहट, परोहा न.पा. ९ रामपुर बिद्यालय रामपुरखाँप स्थितबाट सरस्वती पुजाको मुर्ती सेलाउनको लागि अं. ८०० को जनाको संख्यामा मुर्ती सहित ट्याक्टर, पिकअप , पैदल र्‍याली निकालेको, उक्त र्‍याली पटेलटोल रामपुर्वा हुँदै जामे मस्जिद क्रस गरी मस्जिद भन्दा अगाडी निस्किदा मुस्लिम समुदायको घरको छतमाथीबाट ढुङ्गा हान्दा दुई पक्ष बीच झडप भएको, उक्त झडप नियन्त्रणमा लिनको लागि नेपल प्रहरीबाट ग्यास गनबाट अं.६८ सेल फायर भएको, सट गनबाट रबर छर्रा १ राउण्ड फाईर भएको र सशस्त्र प्रहरीबाट ६ राउण्ड अश्रु ग्यास फाएर भएको,हालको अवस्था सामान्य रहेको, सम्झाई बुझाई भईरहेको, ढुङ्गा प्रहार गर्ने जि.रौतहट बौधिमाई न.पा.०७ बस्ने अं.वर्ष २३ को शेख ईब्राहिम जि.प्र.का.रौतहटको नियन्त्रणमा रहेको, उक्त स्थानमा जि.प्र.का. रौतहटबाट प्र.उ.को कमाण्डमा १५२ जनाको टोली र स.प्र.ना.उ.को कमाण्डमा ११७ जनाको टोली खटी गएकोमा ऐ.२२:०५ बजे सबै जना तितर बितर भई आ-आफ्नो घर तर्फ गएको, ऐ.१३ गते बिहान ०६:०० बजे सम्म प्र.ना.उ.को कमाण्डमा ४६ जनाको टोली खटिएको,अन्य प्रहरी टोली आ-आफ्नो कार्यालय तर्फ फिर्ता भएको,झडपको क्रममा ढुङ्गाले लागि जि.रौतहट परोहा न.पा.०९ रामपुरखाँप बस्ने सत्यनारायण ठाकुरको छोरा अं.वर्ष ३० को बिनोद शर्मा लगायत ११ जना घाइते भई प्रादेशिक अस्पताल गौर रौतहट पठाएकोमा उपचार पश्चात घाईते सबै जना डिस्चार्ज भई घर तर्फ गएको । जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,काठमाण्डौ, जि. सिन्धुली कमलामाई न.पा.७ घर भई हाल का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष १९ की बालिकालाई जि.काठमाडौं दक्षिणकाली न.पा.२ बस्ने वर्ष २९ को सनम महर्जनसँग पुतलिसडक स्थित रहेको एमबिशन गुरुमा ना.सु.को क्लासमा चिनजान भई नम्बर मागेर whatsapp बाट कुरा हुन थाली मिति २०८२।१०।०८ गते अं.१६:०० बजे कोठामा बोलाएर ज.ज.क.गरेको भनी पीडितले मिति २०८२।१०।११ गते अं.२०:०० बजे महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा जाहेरी दरखास्त पेश गरेकोमा मुदा दर्ता गरी फरार प्रतिबादीको आ.अ. तथा खो.त.भइरहेको । रोल्पा, मिति २०८२।१०।०८ गते दिउँसो अं.१५:०० बजे जि.रोल्पा गंगादेव गा.पा.६ रातामाटा स्थित कमानसिंह खत्रीको घरमा कोही नभएको अवस्थामा ऐ.माटाबिरे बस्ने वर्ष १८ कि परिवर्तित नाम ५३ घर्तिगाउँ ३ (ज) लाई ऐ.रातामाटा बस्ने वर्ष ५५ को नदिराम खड्काले ज.ज.क.गरी फरार रहेको भनी ऐ.१२ गते बिहान अं.१०:०० बजे पिडितले इ.प्र.का.घर्तिगाँउ रोल्पामा जाहेरी दरखास्त दिए पश्चात  इ.प्र.का.जिनावाङ रोल्पाबाट प्रहरी टोली खटि गई पिडकको खो.त.कार्य भईरहेको । बाटो अवरोध,सिरहा, मिति २०८२\१०\०१० गते अं.११:३० बजे ऐ. सिरहा गोलबजार न.पा.०३ जमदह टोल बस्ने रमेश बानियाको छोरी अं.वर्ष १८ की एन्जल बानिया (अविवाहित) ले फुस र जस्ताले बनेको आफ्नै घरमा सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झु.आ.ह.गरेको भनी निजको भाईले देखि इ.प्र.का.गोलबजारमा जानकारी गराउनसाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाएकोमा ऐ.१०/१२ गते अं.१२:३० बजे पो.मा.को लागि इ.प्र.का.गोलबजारबाट मृतकको आफन्तहरुले कागज पत्रहरु लिई प्रादेशिक अस्पताल लहान पुगेकोमा मृतक अं.वर्ष १८ की एन्जल बानियाको शव प्रादेशिक अस्पताल लहानमा नभेटिएकोले मृतकको आफन्तहरुले ऐ. १७:२५ बजे अं.१००/१५० जनाको संख्यामा भेलाजम्मा भई ऐ.गोलबजार न.पा.०६ लाईफ लङग अस्पताल अगाडी पूर्व-पश्चिम लोक मार्गमा आई दुइतर्फी बाटो अवरोध गरेको, उक्त स्थानमा इ.प्र.का.गोलबजारबाट प्र.नि.को कमाण्डमा, सशस्त्र बेस क्याम्प गोलबजारबाट स.प्र.नि.को कमाण्डमा ,इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को कमाण्डमा र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा जम्मा ५० जनाको टोली खटी गई सम्झाई-बुझाई कार्य भईरहेकोमा ऐ. १८:२५ बजे ऐ.१३ गते १०:०० बजे भित्र शव फिर्ता नआएमा आन्दोलन पुन: गर्ने, सम्बन्धित दोषीलाई कानूनी कारबाहि हुनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने सहमतिमा दुइतर्फी बाटो सुचारू भई सबै जना तितर बितर भएको ।थप टिपोट-  ई.प्र.का. गोलबजार सिरहाको  एरियामा झुण्डी मृत्यु भएको अं.वर्ष १८ की एन्जल बानियाको शव  र इ.प्र.का.कडरबोना सप्तरी एरियाको झुण्डी मृत्यु भएको राधा कुमारी साहको शव सम्बन्धमा मिति २०८२।१०।११ गते ०९;४० बजे राधा कुमारी साहको शव पो.मा.पश्चात निजको काका सचिप साहले लाश बुझि दाह संस्कार समेत गरेको र आज  मिति २०८२।१०।१२ गते गोलबजार एरियाको एन्जल बानियाको आफन्तहरुले शव बुझ्न प्रादेशिक अस्पताल लहान सिरहा गएकोमा उक्त एन्जल बानियाको शव नरहेकोले छानबिन हुदा  राधा कुमारी साहको शव पो.मा.पश्चात निज काका सचिप साहले बुझी लगिएको हुदा राधा कुमारी साहको शव नभई गोलबजार एरियाको एन्जल बानियाको शव रहेको हुदा मिति २०८२।१०।१२ गते १८;०० बजे बुझी लाने मानिसलाई पक्राउ गरी प्रादेशिक अस्पताल लहान सिरहामा राखी, सोही प्रादेशिक अस्पतालको डक्टर  र पिडित पक्ष बिच प्रादेशिक अस्पताल लहान सिरहमा छलफल भईरहेको, इ.प्र.का. लहान सिरहाबाट प्र.ना.उ कैलाश राइ (९८५२८३३८८९) को कमाण्डमा २५ जनाको टोली खटीएको, निज काका सचिप साहलाई इ.प्र.का. लहान को नियन्त्रणमा राखिएको  । कैदी मृत्यु,काठमाण्डौ, जि.पर्सा पर्सागढी गा.पा.७ घर भइ भद्र बन्दी सुधार गृह जगन्नाथदेवलमा ला.औ.मुद्दामा कैद भुक्तान गरिरहेको कैदी वर्ष ४७ को देविलाल सहनी पित्त थैलीको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।१०।११ गते उपचारको लागि वि.पि.स्मृती अस्पतालमा भर्ना भई उपचार गराईरहेकोमा उपचारको क्रममा मिति २०८२।१०।११ गते २१:४५ बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई जानकारी गराईसकेकोमा मिति २०८२।१०।१२ गते अं.१५:३५ बजे पो.मा.पश्चात आफन्तले लाश बुझी लगेको । मानिसको कंकाल फेला परे सम्बन्धी,तनहुँ, आबुँखैरेनी गा.पा.५ द्वोन्रद्राङ बेसी त्रिशुली नदी किनारमा इ.प्र.का.आबुँखैरेनीबाट खटिएको प्र.नि.को कमाण्डमा १२ जना, स.प्र.बल मनकामना गण भानुबाट स.प्र.स.नि. को कमाण्डमा १० जना, प्राविधीक(चेन पुल्ली) ५ जना र भरतपुर अस्पताल चितवनबाट खटी आएका फरेन्सिक मेडिसिन बिभागका डाक्टर सुरज शर्माको संयुक्त टोलीले उक्त पुरिएको गणपती डिलक्स ( बा. प्र.०३-००१ ख.२४९५) नम्बरको बस उत्खनन गरी ग्याँस कटरले काटी निकाल्ने क्रममा मृत मानिसको कम्मरदेखी माथी, शरिरको हड्डी, दाँत, बंगारा, टाउको सहितको कंकाल र पिंक कलरको पुरुषले लगाउने जस्तै देखिने सर्ट समेत फेला पारी कानुन बमोजीम मुचुल्का तयार गरी पो.मा.को लागि भरतपुर अस्पताल चितवन पठाएको, उक्त बसको ४०% भाग काटी नदीको किनारामा राखिएको । जनावर आक्रमण बाट मानिसको मृत्युदैलेख, भैरवी गा.पा. ६ कुर्माकोट बस्ने वर्ष ७७ को प्रदिप सिंह लाई आफ्नै घर नजिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा एक्कासी जंगली जनावर बदेलले आक्रमण गरी घाईते बनाए पश्चात निजलाई घरमा ल्याई राखिएको अवस्था गम्भिर रहेकोमा ऐ. १६:२० बजे घाईतेको उपचारको लागि हस्पिटल पठाउने क्रममा आफ्नै घरमा मृत्यु भएको, ऐ. १४:३० बजे ऐ. बदेलले ऐ. बस्ने वर्ष ४० को दिपक सिजाली र ऐ. बस्ने वर्ष १८ को मिकेश सिजालीलाई आक्रमण गर्दा दिपक सिजालीको दाहीने खुट्टाको घुँडा, साप्रा , कम्मरमा बायाँ भागमा चोट अवस्था मध्यम रहेको र मिकेश सिजालीको बायाँ खुट्टामा सामान्य चोट अवस्था सामान्य रहेको दुबै जना घाईतेहरुलाई जिल्ला अस्पताल दैलेखमा ल्याई उपचार भैरहेकोमा ऐ. १७:३५ बजे दिपक सिजालीलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी कालागाऊ सुर्खेततर्फ पठाईएकोमा जिल्ला बन सुरक्षा समितिका अध्क्षय एवम प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्क्षतामा बसेको बैठकले कानून बमोजिम उक्त बदेललाई भगाउने प्रयास गर्ने, भाग्न नमानेमा मार्नको लागी जि.प्र.का. दैलेखलाई आदेश दिएकोमा उक्त घटना स्थलमा खटिएको प्रहरी टोलीले बदेललाई खो.त. गर्दै जाने क्रममा ऐ. स्थित रहेको कोलबारी सामुदायीक बनमा फेला पारी भगाउन खोज्दा भाग्न नमानेकोले प्र.ज. टेक बहादुर थापाको जिम्मामा रहेको ३०३ राईफल बाट १ राउण्ड गोली चलाउदा बदेलको दायाँ तर्फको खुट्टाको पाताको भागमा गोली लागी घाईते भई जंगल तर्फ भागेको । हा.ह.बरामदडोल्पा, मिति २०८२/१०/११ गतेको १७:३० बजे डोल्पा जिल्लाको त्रिपुरासुन्दरी न.पा.-२ रसी गाउँ नजिकै शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ईलाकामा बन्दुक प‌ड्किएको जस्तो आवाज आएको भनि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयबाट श्री संग्राम सार्दुल गुल्ममा खबर प्राप्त हुनासाथ गुल्मबाट उ.से. गोपाल पुनको कमाण्डमा १/९ को नफ्रि र निकुञ्ज कार्यालयका २ जना कर्मचारी समेत इलाकामा पुगी अनुसन्धान गर्दा सो इलाकामा कुनै पनि किसिमको शंकास्पद वस्तु तथा गतिविधि भएको नपाएको, साथै ऐ.०६:३० बजे श्री संग्राम सार्दुल गुल्ममा सञ्चालन भईरहेको "अप्रेशन संरक्षण-१२" को दौरान गुल्म हैक्वा बाट हु. दिपक वि.क.को कमाण्डमा १/६ (शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी-२ सहित) को संयुक्त पट्रोल टोली सोही ईलाका तर्फ मुभ भई सर्चको कारवाही गर्ने क्रममा ऐ. १०:३० बजे उक्त रसी गाउँ नजिकैको जंगल ईलाकामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक नाल-१ (एक),ऐ.को गोली गोटा-५ (पाँच),३. ऐ.को छर्रा गोटा-३ (तिन) ,बारुदक्रो सिसि गोटा-२ (दुई), सानो ब्याग गोटा -१ (एक),सलाई गोटा-१ (एक) बमोजिमको हतियार तथा गोली र अन्य सामानहरु फेला पारी निकुञ्ज कार्यालयका कर्मचारीलाई दोहोरो भरपाई गरि बुझाएको । ला.औ.सुनसरी, इटहरी उ.म.न.पा.१७ पकली बस्ने मस्लाउदिन मियाको घरमा  ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले ऐ बस्ने वर्ष ३५ की जैतुन खातुन ऐ बस्ने वर्ष १९ को मोहमद सैफुदिन र ऐ बस्ने वर्ष ३५ की मन्जिना खातुनको घरमा लुकाइ छिपाइ राखिएको अवस्थामा रितपूर्वक खानतलासी गर्दा प्लाष्टिकको पोका थान-७ फेला पारी निकाली खोली हेर्दा ला.औ. ( खैरो हिरोईन )जस्तो देखिने लिसाईलो पदार्थ  शुद्ध  तौल ९ ग्राम ३५० मिलिग्राम फेला पारी ३ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.पकलीमा ल्याई राखिएको ।  सुनसरी, अ.प्र.पोष्ट सखुवागाछीबाट खटिएको टोलीले ऐ. ईनरुवा न.पा.६ भोटेपुल स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा को २ ह ६१२५ नं. को अटोलाई रोक्न खोज्दा नरोकी भगाएकोले शंकालागी उक्त अटोलाई फलो गर्ने क्रममा अटोलाई रोकी चेकजाँच गर्दा अटोमा अं. ९० के.जी.गाँजा जस्तो देखिने पदार्थ (तौल गर्न बाकी) फेला पारी रित पुर्वक बरामद गरी चालक जि.धनकुटा चौबिसे गा.पा.७ बस्ने वर्ष २५ को साजन लिम्बु र सोही अटोमा सवार ऐ. बस्ने वर्ष १९ को गगन लिम्बु समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।१०।११ गते ०५:०० बजे देखि २०८२।१०।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१२

कर्तव्य ज्यान,कैलाली, मिति २०८२।१०।११ गते अ. १०:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ८ घर भई हाल ऐ.ऐ. १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती बर्ष ३० की हिरा दाहाललाई कुटपिट गर्दा टाउकोमा चोट लागि घाईते भई, आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भई रहेकोमा ऐ. १९;२५ बजे मृत्यु भएको, भनी, सोही अस्पतालमा खटिएको प्र.ह.जगदिश महर  (९८६५५७५७६९) ले जि.प्र.का.कैलालीमा जानकारी गराएको । कुटपिट गर्ने हिरा दाहाललाइ नियन्त्रणमा लिई जि.प्र.का.कैलालीको हिरासत राखी आवश्यक अनुसन्धान कार्य भईरहेको  र ऐ.२१;१५ बजे  शव सेती प्रादेशिक अस्पतालको लाश घरमा राकिएको । जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,रुपन्देही, सिद्धार्थनगर न.पा.६भैयाटोल घर भई हाल जिल्ला रुपन्देही मायादेवी गा.पा.४ मोतिपुर डेरा गरी बस्ने १५ की बालिकालाई  जि.रुपन्देही मायादेवी गा.पा.४ सेमरी बस्ने वर्ष २० को सन्तोष पत्थर कट्टाले दुर्ब्यबहार गरेको भन्ने खबर इ.प्र.का.बेथरीमाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेथरीमा ल्याई राखिएको,पीडित आफन्त सँगै रहेको । जग्गा बिवादको क्रममा मानिस मृत्यु,सिरहा, कर्जन्हा न.पा.१० मनहर्वा बस्ने मो. अखतर शेषले ऐलानी सार्वजनिक बाटोमा घर बनाएको भनी ऐ. मिर्चैया न.पा.१ बस्ने राम भरोस महतोले बिपक्ष बनाई सिरहा जिल्ला अदालतमा दिएको निवेदन सम्बन्धमा मिति २०८२।०९।०७ गते सिरहा जिल्ला अदालतबाट निषेधाज्ञा जारी भएको र निज मो. अखतर शेषलाई इ.प्र.का. मिर्चैयामा बोलाई घर टहरा निर्माण नगर्नु भनी कागज समेत गरेकोमा निजले अटेर गरी राती-राती घर टहरा निर्माण गर्ने गरेकोले निवेदकले उक्त निर्माण गरेको घर खाली गर्ने क्रममा इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को कमाण्डमा १० जना र सशस्त्र सुरक्षा बेश क्याम्प मिर्चैयाबाट स.प्र.नि.को कमाण्डमा ७ जना गरी जम्म १७ जनाको टोली खटी गई शान्ती सुरक्षा दिने क्रममा निज मो.अखतर शेषले निर्माण गर्दै गरेको उक्त घर टहरा भत्काएको बिषयलाई लिएर स्थानीयहरुले प्रहरीसँग बिबाद गर्ने क्रममा ऐ. मनहर्वा मुस्लिम टोल बस्ने वर्ष ५२ को अजमुदिन शेष अचानक लडी बेहोस भई उपचारको लागि मिर्चैया ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, सोही बिषयलाई लिएर उक्त मृतक शव समेत बाटोमा राखी ऐ.मनहर्वा चोक स्थित पूर्व पश्‍चिम राजमार्गमा अं. १५० जनाको संख्यामा भेला जम्मा भई टायर बाली बाटो अवरोध गरेकोइ.प्र.का.मिर्चैयाबाट प्र.ना.उ.को कमाण्डमा २३ जना, जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा २२ जना र स.प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा ५२ जनाको टोली खटी गई राजमार्ग खुलाउने पहल भई रहेको, ऐ.१७:५० बजे ऐ. मिर्चैया न.पा.१ बस्ने अं.वर्ष ६२ राम भरोस महतोलाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको ऐ.१९:१० बजे,लहान बेश क्याम्प सिरहाबाट प्र.स.नि.को कमाण्डमा १५ जना, सशस्त्र सुरक्षा बेश क्याम्प कल्याणपुरबाट स.प्र.नि.को कमाण्डमा ७ जना र सुरक्षा बेश क्याम्प गोलबजारबाट स.प्र.ना.नि.को कमाण्डमा ७ जना गरी जम्मा गरी ८१ जनाको टोली खटिगई ऐ.१९:२५ बजे,दोषिलाई कानुन बमोजिम कार्वाही गर्ने सहमतिमा पुर्व-पश्चिम राजमार्ग पुर्ण रुपमा सुचारु भएको, मृतक  शवको कानुनी प्रकृया गरी पो.मा.को लागि पठाउने पहल भईरहेको । ला.औ.,धनकुटा, साँगुरीगढी गा.पा.६ भेडेटार चोक स्थित इ.प्र.का.भेडेटारबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भेडेटार चोकमा संकास्पद जेब्रा झोला बोकी पैदल हिँड्दै गरेको मानिसलाई  चेकजाँच गर्ने क्रममा ऐ.सहिदभुमि गा.पा.५ बस्ने वर्ष १९ को रोहन राईको साथबाट १३ के.जि.४०० ग्राम ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको ।  धनुषा, बिदेह न.पा. १ हनुमान चोक अगाडी प्र.चौ.ठाडीझिझा धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR32AA5992 नम्बरको मो.सा.लाई रोकी चेकजाँच गर्दा देश भारत मधुवनी जि.हल्दिया बस्ने लाल बाबु ठाकुरको छोरा अं वर्ष २८ को गौतम कुमार ठाकुरको साथबाट प्लाष्टिक सहित ५३ ग्राम ३३० मिलिग्राम प्लासटिक बिना ४९ ग्राम ८१० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी मो.सा.सहित नियन्त्रणमा लिई प्र.चौ.ठाडिझिझामा ल्याई राखिएको ।

मिति २०८२।१०।१० गते ०५:०० बजे देखि २०८२।१०।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-११

नवजात शीशु मृत फेला,बारा, कलैया उ.म.न.पा.५ बरेवा स्थित रहेको रामराजा क्याम्पस जाने बाटोको दक्षिण पट्टी सडक छेउमा रहेको झाडीमा मासपुगि जन्मेको अं.२/३ दिनको जस्तो देखिने नवजात शिशु (पुरूष) मृत अवस्थामा रहेको भनी गाई, बाख्रा चराउने स्थानीय मानिसहरूले देखि खबर गर्नासाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल कलैया बारामा ल्याई राखिएको । काठमाण्डौ, का.म.न.पा.८ गौशला बनकाली ओरालोबाट पशुपति मन्दिर जाने तर्फ नवजात शिशू मृत अवस्थामा पेला परेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि टिचिङ अस्पताल महाराजगंज पठाएको, हेर्दा   महिना पुगि जन्मिएको जस्तो देखिने छोरा जातको शिशु रहेको । प्र.क.झुण्डी मृत्यु,जि.दाङ, घोराही उ.म.न.पा.२ घर भई इ.प्र.का.ओखरकोट प्यूठान दरबन्दी,(कम्प्युटर कोड नं.४१६८७४) जि.प्र.का.दाङमा चालकको रुपमा कार्यरत वर्ष ३२ को प्र.ज.हरी बहादुर जि.सी.लाई ऐ.१०।०९ गते अं.०६:०० बजे देखि १८:०० बजे सम्म स्ट्याण्डवाई ड्युटी खटाएकोमा कोही कसैलाई जानकारी नगराई आफु खुसी लाईन ब्यारेक छाडी गएकोमा खो.त.गर्ने क्रममा ऐ. घोराही उ.म.न.पा.१८ बन्जाडे चोक नजिकै अम्बे सामुदायिक वनमा खयरको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको शव गृहमा ल्याई राखेकोमा पो.मा.पश्चात शव ऐ.१५:१५ बजे निजको मामा रबिन के.सी.ले बुझेको, ऐ.१६:५५ बजे जि.प्र.का.बाट खटी गएको सलामी टोलीले ऐ.घोराही उ.म.न.पा.२ स्थित रहेको बलरामपुर घाटमा शोक सलामी दिई टोली फिर्ता भएको । हात हतियार बरामद,प्युठान, गोप्य सुचनाकोसुचनाको आधारमा प्र.चौ.चुजाठाँटीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले मल्लरानी गा.पा.२ मधुगैरा बस्ने वर्ष अं.५८ को डानक बहादुर सार्कीले घर नजिकै रहेको निजकै टौवामा रहेको तोरीको कुनियोमा लुकाई छिपाई गरी राखेको अवैध १ नाले भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण पश्चात जि.प्र.का. प्युठानको हिरासतमा राखिएको । धारिलो हतियार (बन्चरो) प्रहार,बारा, कलैया उ.म.न.पा.२६ सिस्वा महेशपुर स्थितमा ऐ.बस्ने अं.वर्ष ३६ को मनोज राम जंगलबाट दाउरा बेच्नको लागी साइकलमा लोड गरी बकुलहरबाट सिस्वा महेशपुर तर्फ जादै गरेकोमा विपरित दिशाबाट ऐ.१५ बकुलहर टोल बस्ने अं.वर्ष ६० को फुलमोहम्मद मंसुरले अटो लिएर आउँदै गर्दा उक्त साइकलमा लोड भएको दाउरामा अटोले छुदा एकआपसमा वाद-विवाद हुदा मनोज रामले दाउरामा राखेको बन्चरोले फुलमोहम्मद मंसुरको टाउँकोमा प्रहार गर्दा अं.३.५ ईन्च काटी गम्भिर घाईते भई प्रादेशिक अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल परवानीपुर पठाएको, अवस्था गम्भीर रहेको, प्र.ना.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार (बन्चरो) प्रहार गर्ने मनोज रामलाई बन्चरो सहित नियन्त्रणमा लिई जि.प्र.का.बारामा पठाएको, निजले मा.प.से. गरेको, अटो र साइकल अ.प्र.पोष्ट बसपार्कको नियन्त्रणमा रहेको । पक्राउ/ नियन्त्रण,ललितपुर, ललितपुर म.न.पा.१४ स्थित चापागाउँ दोबाटोबाट नं.नखुलेको मो.सा.मा हतियार बोकी सातदोबाटो तर्फ गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली परिचालन भई खोजी कार्य गर्ने क्रममा CCTV फुटेजमा देखिएको आधारमा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नं.को मो.सा.जि.झापा सनिश्चरे अर्जुनधारा न.पा.७ कटरडाँडा घर भई हाल जि.काठमाडौं काठमाडौं म.न.पा.३२ मा डेरा कोठा गरी बस्ने वर्ष २८ को किरण घिमिरेको भनी खुल्न आएकोमा निजलाई मिति २०८२।१०।११ गते अं.००:३० बजे जिल्ला काठमाण्डौ काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित निजकै डेरा कोठाबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले काम गर्ने जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका वडा नं.३२ स्थित संस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा ३०३ राईफल जस्तो देखिने डमी लामो हतियार थान १, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार थान २, खुकुरी जस्तो देखिने फमले बनेको हतियार थान २ र निजले प्रयोग गर्ने बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नं.को मो.सा.थान १ बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा ल्याई थप अनुसन्धान भईरहेको । ला.औ., पर्सा, ठोरी गा.पा.४ बिशाल चौक स्थित इ.प्र.का.ठोरीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ऐ.बस्ने भिम बहादुर श्रेष्ठको छोरा अं.वर्ष ३४ को सुरेश श्रेष्ठको एक तल्ले पक्की घरमा लुकाई छिपाई राखेको ५ वटा पोकामा अं.५५ के.जि.(प्लाष्टीक सहित) लागु औषध गाँजा फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको ।

मिति २०८२।१०।०९ गते ०५:०० बजे देखि २०८२।१०।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-१०

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, गौरादह न.पा.८ झारवारी बस्ने वर्ष ३१ को कृष्ण कुमार राजवंशीले ऐ.९ बैगुनधुरा बस्ने वर्ष १६ की बालिकालाई मिति २०८२।१०।०५ गते ललाई फकाई आफ्नै घर लगेको र दैनिक ललाई फकाई डर त्रास देखाई करणी गरीरहेको भनी पीडित र ऐ.गौरादह न.पा.९ बैगुनधुरा बस्ने पीडितको दिदीले ऐ.८ गते अं.१६:४० बजे इ.प्र.का.गौरीगंजमा लिखित जाहेरी दिनासाथ अ.प्र.पोष्ट जुरोपानीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज कृष्ण कुमार राजवंशीलाई नियन्त्रणमा लिई इ.प्र.का.गौरीगंजमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । शंकास्पद मृत्यु,सिरहा, मिर्चैया न.पा.७ तेतरीगोठ स्थित जंगलको खोल्सामा तत्काल नाम थर वतन नखुलेको अं.वर्ष २५ की महिला नाङगो अवस्थामा शरीरको बिभिन्न भाग  जली घोप्टो परी  सडेगलेको अवस्थामा रहेको भन्ने  खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट फुलबरीयाबाट प्र.ह., इ.प्र.का.मिर्चैयाबाट प्र.नि., इ.प्र.का.लहानबाट प्र.ना.उ.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान कार्य भईरहेकोमा कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको । ईलाम, माई न.पा.८ राते खोलाको बगरमा ऐ.ऐ. बस्ने शुक्रराज फागोको श्रीमती वर्ष अं. ५१ की मन कुमारी फागो निजको घर देखि अं.१ कि.मि. पुर्वमा रहेको उक्त खोलाको बगरमा मृत फेला परेको भनि स्थानियले ऐ. ०७:४५ बजे प्रचौ महमाई ईलाममा खबर गर्न साथ प्रचौ महमाईबाट प्र.स.नि. टेक बहादुर बस्नेतको(९८४१७१५१०९) कमाण्डमा २ जना र प्रचौ लोदिया दनाबारीबाट प्र.व.ना.नि. बिजय राईको (९८४२२०७६७७) कमाण्डमा २ जना प्रहरी टोलि खटी गई घटनास्थल सुरक्षित राखिएको, कानुनी प्रक्रिया तथा थप अनुसन्धानको लागि जिप्रका इलामबाट प्र.नि.मौसम उदासको (९८५१२८१९७२) कमाण्डमा SOCO सहित प्रहरी टोली घटनास्थलमा खटिएको, सि.प्र.अ.को टोली पुग्न अ. २ घण्टा लाग्ने । ऐ. १२:३० बजे कानुनी प्रकृया पुरा गरी लाश पो.म. को लागी मेची प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएको,मृतकको श्रीमान् शुक्रराज लिम्बुलाई शंका लागी नियन्त्रणमा लिइ थप अनुसन्धानको लागी जिप्रका इलाम ल्याउने तयारी भइरहेको । ऐ.१७;५० बजेको समयमा लाश पो.मा.पश्चात निजको छोरा बिजय लिम्बु भन्ने सुनिल लिम्बुले लास बुझिलगेको । चोरी,काठमाण्डौ, मिति २०८२।१०।०८ गते  अं.२२:३० बजे देखि ऐ.०९ गते अं.०७:०० बजे सम्म तार्केश्वर न.पा.०६ धर्मस्थली स्थित घर भएका वर्ष ४३ को मोहन बाबु श्रेष्ठको साढे एक तले घरको भुई  तलामा घरमा कोही नभएको समयमा अपरिचित व्यक्तिले कोठाको ढोका फोडी कोठा भित्र रहेको दराज फोडी दराज भित्र रहेको सुनको बिभिन्न गरगहना र नगद रु. २,००,०००, गरी जम्मा अं.मु.रु.१६,६१,००० बराबरको चोरी गरी फरार रहेको भन्ने खबर ०८:०० बजे प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई CCTV फुटेज हेर्ने र चोरी गर्ने संकित व्यक्तिको खोजी कार्य जारी रहेको । काठमाण्डौ, नागर्जुन न.पा.२ राईचोक स्थित बुद्धिमान श्रेष्ठको एक तलाको पक्की घरको भुँई तलाको कोठामा घरमा कोही नभएको मौका पारी अपरिचित व्यक्ति कोठा भित्र प्रवेश गरी कोठा भित्र रहेका सुनका बिभिन्न गरगहना र नगद रु.३०,०००(तिस  हजार ) गरी जम्मा अं.मुल्य रू. १३,१५,०००।- (तेह्र लाख पन्ध्र हजार मात्र )बराबरको धनमाल चोरी भएको भन्ने खबर ऐ.१३:२० बजे प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई चोरी गर्ने मानिसको खो.त.तथा थप अ.अ. कार्य जारी । काठमाण्डौ, का.म.न.पा.१६ बनस्थली स्थित का.म.न.पा.१७ ढल्कु घर भई हाल बनस्थली स्थित दिपा न्यौपाने श्रेष्ठको ५ तल्ले घरको तेश्रो तल्लामा डेरा कोठा गरी बस्ने वर्ष ५९ को जुन काजी महर्जनको कोठाको ढोकामा लगाएको ताला फुटाई भित्र प्रवेश गरी कोठा भित्र रहेको काठको दराज फुटाई दराज भित्र रहेको विभिन्न सुन र चाँदीका गरगहना र नगद २ लाख ३५ हजार गरी जम्मा अं. मुल्य रु ३ लाख ७५ हजार १५० रुपया बराबरको चोरी गरी फरार भएको भन्ने खबर ऐ.१८:०० बजे वृत्त, बालाजुमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई घटना बारे थप अनुसन्धान तथा CCTV फुटेज हेर्ने र चोरी गर्ने शंकित व्यक्तिको खोजी कार्य जारी रहेको । शीशु मृत फेला,ललितपुर, गोदावरी न.पा.१२ ठेचो स्थित सरस्वति मा.वि.नजिकै झाडीमा सालनाल सहितको कपडाले बेरेको नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट प्र.नि.को कामाण्डमा टोली खटी गई अनुसन्धान तथा मुचुल्का कार्य भईरहेको । ला.औ., सर्लाही, जिल्ला सर्लाही हरिवन न.पा.वडा नं.०३ डाबरी माने टोल स्थितमा मो.सा.हरूमा प्रयोग गरी लागु औषध गाँजा ओसार-पोसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का.हरिवन सर्लाहीबाट प्र.नि.चन्द्र कान्त अधिकारीको कमाण्डमा १० जनाको टोली खटी गई ऐ. न.पा.०३ डाबरी माने टोल बस्ने बाबु बलको घर पछाडी वरिपरी खोजतलास गर्दा निजको बारीमा रहेको गोबरको थुप्रो छेउमा लुकाई छिपाई राखिएको अवस्थामा जेब्रा झोला भित्र रातो प्लाष्टिकमा डोरीले बेरेको २ वटा पोका, रातो प्लाष्टिकको झोला डोरीले बेरेको १ पोका र पिंक रङ्गको झोला भित्र रातो प्लाष्टिकमा डोरीले बेरेको १ पोका गरी जम्मा ४ वटा पोका लागु औषध गाँजा फेला पारेको र सोही स्थानमा ना.२८ प५७२५ नं.को पल्सर मो.सा. र on test NS पल्सर मो.सा.हरु समेत फेला परकोले वरामद गरी इ.प्र.का. हरिवन सर्लाहीमा ल्याई उक्त  ४ वटा पोका लागु औषध गाँजालाई  तौल गर्दा ( रातो प्लाष्टिक पोका सहितको तौल २० के.जी. ९५१ ग्राम) रहेको, उक्त मो.सा.हरु को-कसको रहेको भन्ने तत्काल एकिन नभएको, निज बाबु बलको खो.त. कार्य भईरहेको ।

मिति २०८२।१०।०८ गते ०५:०० बजे देखि २०८२।१०।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०९

ज.ज.क./बाल यौन दुर्व्यवहार,दैलेख, दुल्लु न.पा.१ नाउले गाउँ बस्ने परिवर्तित नाम वर्ष ८ की बालिका घर नजिकै जंगलमा दाउरा लिन गएको अवस्थामा ऐ ऐ बस्ने वर्ष २० को दिपक नेपालीले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दुल्लु दैलेखबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । बिदेशी नागरिक मृत्यु,काठमाण्डौं, का.म.न.पा.६ रामहिटी स्थित फुन्छोक छोदेन शेर्पाले संचालन गरको होटल साम्बालिङमा 20-jan-2026 देखी बस्दै आएको अष्ट्रियन देशको नागरिक पासपोर्ट नम्बर U3719837 भएको वर्ष ६९ को KARL HEINJ ROTHAUER नामको मुटु र दम रोगको पुरुष मानिस एक्कासी बिरामी भई निजको श्रीमती URSULA ROTHAUER पासपोर्ट नम्बर U3719883 ले उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको भन्ने खबर प्रहरी वृत्त बौद्वमा प्राप्त हुनासाथ प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई कानूनी प्रकृया पश्चात शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको । हा.ह.बरामद,पर्सा, पर्सागढी न.पा.वडा न.१ स्थित अ.प्र.पोष्ट मनवाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले कोईलाभार गाउँबाट ऐ.बस्ने  दशरत खवासको छोरा अ.वर्ष ३८ को जयनारायण खवासले मदिरा सेवन गरी स्थानीय संग झै-झगडा गरी रहेको अवस्थामा निजलाई भरुवा बन्दुक(लाईसेन्स नभएको) र ऐ.बन्दुकको गोली थान-१३ सहित नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वासुगौली पर्सामा ल्याई राखिएको । झै-झगडा कुटपिट,भक्तपुर, भक्तपुर मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित रहेको बालसुधार गृहमा रहेका बालबिज्याईकर्ताहरु बिच एक-आपसमा झै-झगडा तथा कुटपिट भई प्रहरीले सम्झाई बुझाई गर्दा बालसुधार गृहमा सुरक्षार्थ खटी गएको प्रहरी टोलीलाई समेत घेराबन्दी गरिएको र जि.काभ्रे खानिखोला गा.पा.१ घर भई काभ्रे जि.अदालतको आदेशले २०७८।१०।२३ गतेको आदेशले कर्तव्य ज्यान मुद्धाको बर्ष १९ को नबिन घिसिङ लगायत २ जना बालबिज्याईकर्ता समेत घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.ना.उ.र परिसर भक्तपुरबाट प्र.ना.उ.,वृत्त जगातीबाट प्र.उ.को कमाण्डमा गरी १४० जना टोली खटी गई सम्झाई-बुझाई तथा स्थितिलाई नियन्त्रणमा लिने कार्य भईरहेको,उक्त बालसुधार गृहमा १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना रहेको,ऐ.००:४० बजे आगो नियन्त्रणमा,झै-झगडा गर्ने ७ जनालाई नियन्त्रणमा लिईएको । उक्त स्थानमा प्र.ना.नि.को कमाण्डमा ३२ जना कार्यरत रहेको , सबै सुरक्षित रहेको, ४ जना घाईतेमा ३जना डिस्चार्ज, १ जना उपचरार्थ । ला.औ.,बर्दिया, बाँसगढी न.पा. ५ बबई सिचाई नहरको दक्षिण किनारा स्थित लागु औषध ब्राउन सुगर कारोवार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट प्र.स.नि.नविन कुमार शाहीको कमाण्डमा  र यस  इ.प्र.का.मोतिपुरबाट प्र.नि.पर्शुराम चौधरीको कमाण्डमा खटिएको ७ जनाको संयुक्त प्रहरी टोलीले  देश भारतीय उत्तर प्रदेश बहराईच थाना मिहीपुर्वा बस्ने बर्ष अ.२१ को हर्षित यादवले चलाएको UP32PT7410 नम्बरको भारती नम्बरप्लेट भएको सेतो कालो रंगको कार शंका लागि रोकी चेकजाँच गर्ने क्रममा कारको पछाडी  सवार ऐ. बस्ने बर्ष अ. २२ को अंकित कुमारले लगाएको जिन्स पाईन्टको अगाडी खल्तीमा लुकाई छिपाई राखेको कालो प्लाष्टिक भित्र बेरी राखेको  ला.औ. प्लाष्टिक सहित तौल गर्दा १३७ ग्राम ३७० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध तौल १३१ ग्राम ५४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई कार समेत बरामद गरी यस इ.प्र.का.मोतिपुरमा ल्याई राखेको।  झापा, गौरीगंज गा.पा.१ कुञ्जीबारी स्थित नेपाल भारत सिमानामा प्रचौ कुञ्जिबारीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको चेकीङ टोलिले भारतबाट नेपाल आउदै गरेको मे ३ प २९६८ न.को मो.सा.चालक नामथर वतन नखुलेको चेकिङ टोलिलाई देख्न साथ उक्त न.को मोसा  छोडि फरार भएको, मो.सा.चेकजाँच गर्ने क्रममा मोसाको लेगार्डमा  प्लास्टिकको झोला भित्र प्लाष्टिकले पोको पारेको ला.औ.जस्तो देखिने खैरो लिसाइलो पदार्थ र मोसा नियन्त्रणमा लिई प्लाष्टिक सहित  अ.१०२.०० ग्राम फेला परेको र प्लाष्टिक बाहेक तौल गर्न नमिल्ने ( तरल रहेकोले) ।

मिति २०८२।१०।०७ गते ०५:०० बजे देखि २०८२।१०।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०८

ज.ज.क./ बाल यौन दुर्व्यवहार,काठमाण्डौ, काभ्रेपलाञ्चोक बनेपा न.पा.५ घर भई हाल का.जि.का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष १७ की बालिकालाई जि.ईलाम साबिक धुसेनी गा.बि.स.०४ घर भई हाल का.जि.का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष ४१ को नेत्र प्रसाद चापागाईले (बिपक्षी र जाहेरवालाको बुबाको पसल ऐ.बानेश्वरमा रहेको र बुबाको मोबाईल पसलमा जाँदा चिनजान भएको) ऐ.स्थित निज बिपक्षीको पसल मै पटक-पटक ज.ज.क.गरेकोमा अन्तिम पटक ऐ.स्थित ब्वाईज होस्टेलमा काम लगाई दिन्छु भनि होस्टेलमा लगि मिति २०७९।०७।०५ गते १०:०० बजे जबरजस्ति करणी गरेको भन्ने जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा मिति २०८२।१०।०७ गते अं.१६:२५ बजे पेश गरेकोले ज.ज.क.मुद्दा दर्ता गरी फरार प्रतिबादीको खो.त.कार्य भईरहेको । बाँके, कोहलपुर न.पा.२ प्रेमनगर बस्ने वर्ष अं.४१ को अरुण बहादुर बमले ऐ.बस्ने वर्ष अं.११ की बालिकालाई निज अरुण ब.बमले संचालन गरेको किराना पसलमा कलम किन्न गएको समयमा कोही नभएको मौका छोपी बाल यौन दुरुपयोग गरेको भनी ऐ.२१:१० बजे इ.प्र.का.कोहलपुरमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज अरुण ब.बमलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुरमा राखिएको । कुटपिट,ताप्लेजुङ, फक्तालुङ गा.पा.५ हेल्लोक बस्ने अं.वर्ष ४५ को दिल कुमार लिम्बुले ऐ.बस्ने अर्जुन लिम्बुको श्रीमती वर्ष २२ की सरीता राई संग एउटै कोठामा बसेको देखी अर्जुन लिम्बुले दिल कुमार लिम्बुलाई कुटपिट गरी घाईते बनाएको भन्ने खबर स्थानीयले प्रहरी चौकी लेलेपमा जानकारी गराउनासाथ प्र.चौ.लेलेपबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइको, टाँउकोबाट रगत बगेको, हल्का बोल्न सक्ने, अवस्था गम्भीर रहेको, कुटपिट गर्ने अर्जुन लिम्बु र सरीता राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको ।बिदेशी नागरिक मृत्यु,काठमाण्डौ, का.म.न.पा.०६ फुलबारी टोल स्थित सडक पेटीमा विदेशि नागरिक देश डेनमार्क (Denmark) घर भई हाल नेपाल घुम्न आएको वर्ष ७० को Hand Oiriclc Lionhird लाई बेवारिसे अवस्थामा फेलापारी का.जि.नागार्जुन न.पा.१ रानिवन स्थित मानवसेवा आश्रममा राखिएकोमा एक्कासि बिरामी भई मिति २०८२।०९।२८ गते महारजगंज स्थित नेपाल प्रहरी अस्पतालमा लगि उपचार भई रहेकोमा ऐ.०६ गते अं.१५:४५ बजे डाक्टर द्वारा मृत्यु घोषणा भन्ने खबर प्राप्त हुनासाथ वृत्त स्वयम्भुबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । विदेशि नागरिक हराएको,काठमाण्डौ, मिति २०८२।१०।०६ गते अं.१८:०० बजे देश चिन घर भई हाल का.जि.ठमेल बस्ने वर्ष ५५ की Wei Gui (महिला) स्वयम्भू स्तुपा हाइट घुम्न आउने क्रममा हराएकोमा हाल सम्म पनि संगै घुम्न आउने साथि संग सम्पर्कमा नआएको भनी मिति २०८२।१०।०७  गते २२:१५ बजे जानकारी गराएको हुँदा खो.त.भइरहेको । चोरी,काठमाण्डौ, काठमाण्डौ का.म.न.पा.१४ कुमारी क्लब स्थित अर्जुन प्रसाद महर्जनको ५ तले घरको सटर फोरेर पहिलो तलामा रहेको महिला शक्ति बचत सहकारी कार्यालयको  ढोका फोरेर भित्र प्रवेश गरि स्टिल दराज भित्र रहेको लकरमा राखेको नगद रु.१४,००,०००।–(चौध लाख) चोरी र १० वटा CCTV क्यामेरामा क्षति भएको भनि ऐ. सहकारी अध्यक्ष सुनिता सिग्देलले ऐ.७ गते अं.१०:१५ बजे प्रहरी वृत्त कालिमाटीमा खबर गरे पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई चोरी गर्ने मानिसहरुको खोजी कार्य भईरहेको । ला.औ.,सुनसरी, धरान उ.म.न.पा.२ चिनियाँचोक स्थित जि.ट्रा.प्र.का.धरान सुनसरीबाट प्र.स.ह.को कमाण्डमा खटिएको २ जना QRT टोलीले रत्नारोडबाट पुरानो बजार तर्फ जाँदै गरेको प्र.१-०२-०४६ प ८९९१ नं.को मो.सा.लाई शंका लागि रोक्न खोज्दा मो.सा.सोही स्थानमा छाडी चालक फरार रहेको, उक्त मो.सा.पछाडी सवार जि. धनकुटा चौबिसे गा.पा.७ बस्ने वर्ष ३३ की मनमाया लिम्बुले बोकेको कालो झोलाबाट ला.औ.गाँजा अं.१२ के.जी.फेला पारी ला.औ.गाँजा, मो.सा.सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको, मो.सा.चालक ऐ. बस्ने अं.वर्ष २६ को मौसम लिम्बु फरार रहेकोले खो.त.कार्य भईरहेको । सर्लाही, मलंगवा न.पा.४ गणेशिया चोक स्थितमा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा सुखचैना देखी शिवसागर बजार तर्फ जाँदै गरेको BR 06 2729 नं.को HONDA CB SHINE मो.सा.चालक ऐ. कौडेना गा.पा.१ बस्ने दिलिप मण्डलको छोरा अं.वर्ष १९ को नितेश मण्डल र सोही मो.सा.पछाडी सवार ऐ.चक्रघट्टा गा.पा.३ बस्ने वर्ष ३२ को शेष मोफिजलाई चेकजाँच गर्ने क्रममा मो.सा.को सिट मुनि रातो रंगको प्लाष्टिकमा लुकाई छिपाई गरी सिट जतिको साईज बनाएको १ पोका प्रतिवन्धित लागु औषध (गाँजा) जस्तो देखिने प्लाष्टिक सहित तौल गर्दा ७ कि.लो. ८०० ग्राम ला.औ. गाँजा फेला परेकोले दुवै जनालाई मो.सा.सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको।  काठमाण्डौ, टोखा न.पा.७ बसुन्धारा खरिबोट स्थित सडक खण्डमा प्रहरी बृत्त कालिमाटीमा कार्यरत रही सेफ्टीपिनमा खटिएका प्र.स.नि.को कमाण्डमा र प्रभाग गोँगबुबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागू औषध खरिद बिक्री गरीहेको अवस्थामा पक्राउ पश्चात जि.ईलाम ईलाम न.पा.४ घर भई हाल का.जि. टोखा न.पा.६ ग्राण्डी बस्ने बर्ष ३७ को दिपक राईलाई फेला पारी सोधपुछ् चेकजाँच तथा निजको शरिर खानतलासी गर्दा निजले लगाएको निलो रङको ज्याकेटको बायाँ गोजीमा यार्सा वाजीकर लेखिएको सेतो बट्टामा भित्र रातो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ७.१८ ग्राम लागू औषध खैरो हेरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई प्रभाग गोँगबुमा राखी अ.अ.कार्य भईरहेको ।

मिति २०८२।१०।०६ गते ०५:०० बजे देखि २०८२।१०।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०७

कर्तव्य ज्यान,रौतहट, मिति २०८२।१०।०३ गते अं.१५:०० बजे गुजरा न.पा.९ दयालपुर स्थित थारु समुदायको माघि मेलामा ऐ.ऐ.बस्ने राम प्रयाग चौधरीको छोरा वर्ष १५ को सुजन चौधरी र बृन्दाबन न.पा. ८ बस्ने वर्ष १९ को राजिप चौधरी लगायत अन्य दुई जना बिच झै-झगडा हुँदा सुजन चौधरी घाइते भई  उपचारको लागि बिरगंज तर्फ पठाईएको र थप उपचारको लागि बासबारी न्युरो अस्पताल काठमाडौंमा पठाएकोमा ऐ.०६ गते १३:१० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनि ऐ.१३:४० बजे सोहि अस्पतालबाट जानकारी भएको, कुटपिट गर्ने राजिप चौधरी लगायत ५ जना नियन्त्रणमा रहेको, । हात हतियार बरामद,बाग्लुङ, इ.प्र.का.बरेङडाँडा बागलुङबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले गस्ती गर्दे जाने क्रममा जि.बागलुङ जैमिनी न.पा.१० ठुलोखोला स्थित ठाडो खोलाको जङगलमा सावुत १ नाले भरुवा बन्दुक थान १ फेला पारी घटनास्थलको मुचुल्का कार्य गरी ऐ.१३:४० बजे इ.प्र.का.बरेङडाँडा बागलुङमा ल्याई राखिएको,उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको,अनुसन्धान कार्य भईरहेको ज.ज.क,धादिङ, मिति २०८२।०९।२९ गते राती अं.११:०० बजे नेत्रावती गा.पा.२ केउरा स्थित ऐ.बस्ने वर्ष अं.४० की महिलालाई निजकै घरमा ऐ.बस्ने वर्ष अं.५० को नर बहादुर तामाङले ज.ज.क.गरेको भनी ऐ.१०।०६ गते  ऐ.१६:०० बजे जि.प्र.का.मा किटानी जाहेरी दिए पश्चात उक्त स्थानमा प्र.चौ.सेमजोङबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटी गई  निज नर बहादुर तामाङ फरार रहेको खो.त.कार्य जारी । कैलाली, टिकापुर न.पा.१ एकतापुर बस्ने शारीरिक रुपमा अशक्त भएकी वर्ष १८ की बालिकालाई ऐ.बस्ने वर्ष ५२ को रन बहादुर सुनारले निज सुत्ने कोठामा लगि ज.ज.क.गरेको भनि पिडितले ऐ.१७:३० बजे  इ.प्र.का.टिकापुरमा जाहेरी दिए पश्चात प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई निजकै घर ठेगानाबाट पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.टिकापुरको हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको । आगलागी बाट मानिस  मृत्यु  ( भबितब्य ज्यान),सुर्खेत, वीरेन्द्रनगर न.पा.९ मंगलगढी चोक नजिकै राष्ट्रिय बणिज्य बैंक स्थित मानिकेज उर्जा पसल रहेको भुई तलामा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्र.उ.को कमाण्डमा टोली खटी गई दमकलको सहयोगमा आगो निभाउने कार्य भईरहेकोमा ऐ.१९:१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको, ऐ.१७:०० बजे सोही घरको चार तलामा फसेकी (निसासेको मात्र) ऐ.वीरन्द्रनगर न.पा.६ बस्ने वर्ष ७० की तुल्सी भुषाल (जि.चितवन रत्ननगर न.पा.३ टारी घर भइ हाल आफन्तको घरमा भेटघाटको लागी आएको)लाई प्रहरीले उद्दार गरी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाई उपचार भईरहेकोमा ऐ.०६ गते ०९:०० बजे उपचारको क्रममा मृत्यु भएकोमा ऐ. १६:०० बजे शव पो.मा. पश्चात मृतकको छोराले बुझी लगेको, घरबेटी र उक्त पसलको शाहु  ऐ.९ बस्ने वर्ष अं.६० को पुरन प्रसाद रिजाल रहेको, क्षतिको विवरण आउन बाँकी । कैदी मृत्यु,काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा जि.ललितपुर महालक्ष्मी न.पा.५ घर भएको वर्ष ७२ को लेनदेन मुद्दामा ( सजाय २ वर्ष कैद,६० लाख विगो ) थुनामा रहेको कैदी राजेन तामाङ मुटु सम्बन्धी बिरामी भई ऐ.०९।२३ गते वीर अस्पताल भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१०।०६ गते १८:१० बजे मृत्यु भएको,शव ऐ.अस्पतालमा रहेको । ला.औ.,मोरङ, बिराटनगर म.न.पा.नहर सडकको छेउमा, संकास्पद अवस्थामा को ३७ प ३३६६ न.को मो.सा. रोकी बसिरहेको जि.सुनसरी भोक्राहानरसिंह गा.पा.. ५ बस्ने अं. वर्ष ३५ को सुदिन मन्सुरीलाई तलासी लिँदा निजले लगाएको हाफ ज्याकेटको भित्री गोजीमा लुकाई छिपाई राखी बोकेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा १४० (एक सय चालिस) ग्राम रहेको, मो.सा. समेत नियन्त्रणमा लिई निजलाई सोधपुछ गर्दा मलाई जि. सुनसरी इटहरी उ.म.न.पा. वडा न. ५ बस्ने अ. वर्ष ५० को रोहित कार्कीले बोक्न दिएको भनी बताएको हुदा इप्रका इटहरी, सुनसरीसंग समन्वय गरी निज रोहित कार्कीको घर कोठामा झोला भित्र राखेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा १४ (चौध) ग्राम, २३० (दुई सय तिस) मिलिग्राम, प्रतिवन्धित NITRAZEPAM लेखिएको ४६ पत्तामा जम्मा ४६० ट्याब्लेट, WISCOREX लेखिएको १८ बोतल, SPASMOPROXYVON PLUS लेखिएको ४२ पत्तामा ३३६ क्यापसुल, लाऔ सहित दुवै जनालाई आवश्यक कार्वाहिको लागि ऐ. १७:५५ बजे जि.प्र.का मोरङमा ल्याई आवश्यक अनुसन्धान भई रहेको । उदयपुर, बेलका न.पा.७ कान्चिराङ स्थित अ.प्र.पोष्ट मैनामैनीबाट खटिएको प्र.स.नि.को गस्ती टोलीले ऐ. बेलका न.पा.७ खमारे बस्ने चन्द्र ब. राईको  छोरा वर्ष अं.१४ को मिसन राई,ऐ.७ मायाबारी बस्ने सिन्धुसिंह राईको छोरा वर्ष अं.१४ को  बिकाश राई र ऐ.७ बिलिम्ला बस्ने सागर राईको छोरा वर्ष अं.२१ को  उमेश राई समेत ३ जनाले  बोरामा बोकी पैदल ल्याउँदै गरेको अवस्थामा अं.१०० के.जी. गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई आ.अ.भईरहेको, ।  मकवानपुर, थाहा न.पा.१० टौखेल स्थितमा टौखेलबाट मार्खु तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १५०७ नं. को अटोमा ला.औ.ओसार पसार भई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ प्र.नि.रुक्शा बज्राचार्य (९८५१२८३९९२), टोलीले उक्त अटोलाई उल्लेखित स्थानमा फेलापारी चेकजाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको ला.औ.चरेस जस्तो देखिने पदार्थ फेला पारी अटो चालक जि.मकवानपुर थाहा न.पा.४ रुप्से बस्ने बर्ष अं.२९ को घनश्याम बल तामाङ र अटोमा सवार ऐ.कैलाश गा.पा.५ बस्ने बर्ष अं.२१ को सानुकान्छा थिङलाई नियन्त्रणमा लिई ऐ.२०:५० बजेको समयमा इ.प्र.का.पालुङमा ल्याई तौल गर्दा १२१ के.जि. भएको ।

मिति २०८२।१०।०५ गते ०५:०० बजे देखि २०८२।१०।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०६

शंकास्पद मृत्यु,दाङ, घोराही उ.म.न.पा.१६ जनजागृती टोल स्थित नारायण पोख्रेलले संचालन गरेको टमाटर फर्ममा नामथर, वतन नखुलेको अं.वर्ष ४० को पुरुष ब्यक्ति उत्तानो अवस्थामा मृत (घाँसले मुख छोपेको) फेला परेको भन्ने खबर अ.प्र.पोष्ट सर्रामा प्राप्त हुनासाथ प्र.ना.नि. र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको शवगृहमा राखिएको । कैदी मृत्यु,काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा जि.रुपन्देही,समिरमारे गा.पा.०२ स्थायी वतन भएको वर्ष ३७ को सलिम धुनियालाई ला.औ मुद्दामा मुद्दा चलाउने निकाय तनहुँ जिल्ला अदालतले दाखिला मिति २०८२।०६।२४ गते सजाय ३ वर्ष कैद जरिवाना २,००,०००।- थुनामा रहेका कैदी सलिम धुनिया जिब्रोको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०९।१९ गते वि.पी स्मृती अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा  उपचारको क्रममा ऐ.१०।०५ गते ०७:२० बजे मृत्यु भएको,वृत महाराजगञ्जबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि टिचिङ अस्पताल महाराजगञ्ज पठाईएको । मोरङ, मिति २०८२।१०।०२ गते २१:१५ बजे, ऐ.०९।२५ गते देखि ला.औ.मुद्धा म्यादथप गरी इ.प्र.का.पथरीको हिरासतमा रहेको थुनुवा जि.मोरङ पथरीशनिश्चरे न.पा.४ बस्ने वर्ष २३ को ज्ञानदिप राई काम ज्वरो आउने समस्या भई उपचारको लागी प्र.स.नि.को टोलीले मदन भण्डारी अस्पताल तथा ट्रमासेण्डर मंगलबारे लगि सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा ऐ.६ गते ०४:३७ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको । कुटपिट,धनुषा, जनकपुर उ.म.न.पा.४ गंगा सागर स्थितमा ऐ. जनकपुर उ.म.न.पा.१० बस्ने अं. वर्ष ३५ को विजय प्रसाद गुप्ताले ला.औ. सेवन गरी ऐ.११ बस्ने अं.वर्ष ६५ को गणेश साहलाई कुटपिट गर्दा पिठ्युमा चोट लागि घाईते भई प्रादेशिक अस्पताल जनकपुर लगी उपचार भईरहेको, अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.जनकपुरधामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने अं.वर्ष ३५ को विजय प्रसाद गुप्तालाई नियन्त्रणमा लिई प्र.चौ.जनकपुरधाम धनुषामा ल्याई राखिएको । पक्राउ/नियन्त्रण,कास्की, पोखरा म.न.पा.१४ चाउथे स्थित अन्तर्राष्ट्रिय विमान स्थलको गेटबाट जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाण्डौ परिसरको पत्र अनुसार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई रितपुर्वक नियन्त्रणमा लिई एयरपोर्टमा लगि राखिएको, निजलाई ऐ.१७:४० बजे प्र.नि.टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले यती एयर द्वारा पोखराबाट काठमाण्डौको लागि लिई टेकअफ भएकोमा ऐ.१८:२२ बजे ल्याण्ड भई प्रहरी परिसरमा ल्याई राखिएको । गौबध,कपिलवस्तु, बुद्धभुमि न.पा.१० भगवानपुर  बस्ने बजरङ्गी केवटको गँहु खेतमा (गाई/गोरु नखुलेको) टाउको, करङ र ३ वटा खुट्टाको नलि जस्तो देखिने हड्डी फेला परेको भनि  बिश्व हिन्दु परिसद  गौ संरक्षकले खबर गर्नासाथ इ.प्र.का.गोरुसिंगे कपिलवस्तुबाट प्र.नि.र जि.प्र.का.कपिलवस्तुबाट प्र.ना.उ.को कमाण्डमा २१ जनाको टोली खटी गई टाउको,करङ र खुट्टाको हड्डीलाई जि.प्र.का.कपिलवस्तुमा ल्याई राखिएको । ला.औ., सुनसरी, देवानगंज गा.पा.४ पालटोल जाने कलबर्ट छेउमा इप्रका साहेवगंजबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोली गस्ती गर्दै जाने क्रममा सेतो बोरा लोड भएको BR 50R 3818 नं. को मो.सा.बेवारिसे अवस्थामा शंका लागी उक्त बोरा खोली हेर्दा बोरा भित्र २१ पोका ला.औ.गाँजा अ.२१ के.जि. रहेको ला. औ.गाँजा र मो.सा. नियन्त्रणमा लिई इ.प्र.का.देवानगंजमा ल्याई राखिएको,मानिसको खो.त.भईरहेको ।

मिति २०८२।१०।०४ गते ०५:०० बजे देखि २०८२।१०।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०५

कैदी मृत्यु,काठमाण्डौ, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला कैलाली घोडाघोडी न.पा.१ स्थायी वतन भएका वर्ष ५७ को ज.ज.क मुद्दामा थुनामा रहेका कैदी हरि प्रसाद डगौरा थारु पेट सम्बन्धी बिरामी भई मिति २०८२।०९।२० गते वि.पि.स्मृती अस्पतालको ICU मा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा मिति २०८२।१०।०५ गते ००:३० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । ज.ज.क./ज.ज.क उद्योग,इलाम, मिति २०८२।०४।०३ गते अं.२०:०० बजे जि. झापा कनकाई न.पा. ६ बस्ने र्ष २६ की ( सांङ्केतिक नाम (म ०८२/०८३ ) लाई जिल्ला झापा अर्जुनधारा न.पा. ०१ घर भई हाल बिर्तामोड न.पा. १ बस्दै गरेको वर्ष ५१ को पुरुषले ललाई फकाई गरी बिर्तामोडबाट चारली हुदै इलाम तर्फ ल्याई इलामको कन्याम लेखेको आसपास रहेको होटेलमा लगि जबरजस्ति करणी गरेको भनि मिति २०८२।०९।२९ गते इप्रका पशुपतिनगर इलाममा पिडित उपस्थित भई जाहेरी दरखास्त दिनसाथ निज अभियुक्तको खो.त. भईरहेकोमा १०।०४ गते अं. १०:०० बजे निज अभियुक्त आफै इप्रका पशुपतिनगर इलाममा उपस्थित भएको थप अनुसन्धान भईरहेको । पाँचथर, मिति २०८२।१०।०१ गते २३:५० बजे मिक्लाजुङ गा.पा.-३ बाजोघरा बस्ने परिवर्तित नाम ०२-०८२/०८३ "१३/ख" को छोरी वर्ष १२ कि पिडित परिवर्तित नाम ०२-०८२/०८३ "१३" लाई ऐ. बस्ने वर्ष अं.३४ को पुरुषले घरमा कोही नभएको बेला मौकाछोपी ज.ज.क. गर्न खोजेको भनि पिडितको बुबाले मौखिक रूपमा ऐ.०२ गते १५:०० बजे अप्रपोष्ट आरूबोटे पाँचथरमा जानकारी गराउन साथ इ.प्र.का. रवि पाँचथरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई  पिडकलाई नियन्त्रणमा लिई ऐ. ३ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई थप अनुसन्धान भइरहेको । धादिङ, मिति२०८२।१०।०२ गते अं.१९:०० बजे जि.धादिङ निलकण्ठ न.पा.१० ढकालडाँडा स्थित ऐ.ज्यामरूङ केराबारी बस्ने अर्जुन नेपालीको श्रीमती वर्ष अं.२६ की परिवर्तित नाम धादिङ २४ (११४) ०८२।०८३ लाई जि.धादिङ निलकण्ठ न.पा.१० बस्ने वर्ष अं.३१ पुरुष र जि.धादिङ निलकण्ठ न.पा. ११ बस्ने वर्ष अं.२८को पुरुषले ऐ.ऐ.स्थित एकान्त स्थानमा ज.ज.क. गरेको भनी पिडितले जि.प्र.का.धादिङमा ०४ गते अ.१५:००बजे आई प्रतिवादी बिरूद किटानी जाहेरी दिए पश्वात उक्त स्थानमा प्र.चौ. टोडकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई निज दुवै प्रतिवादीहरूलाई पक्राउ गरी जि.प्र.का.धादिङमा ल्याई मुद्वा दर्ता गरी (६ दिन म्याद थप) गरी राखेको । हात हतियार बरामद,गुल्मी, छत्रकोट गा.पा. ३ नरम, रिपाहा टोल बस्ने पबिकला रेश्मीले मेरो घरमा पालेको कुकुरलाई छिमेकी वर्ष ८२ को धन बहादुर बुढाथोकीले भरुवा बन्दुकको छर्राले कुकुरलाई हानी घाईते बनाएको भनी  जानकारी गराए पश्चात उक्त स्थानमा टोली खटि गई बुझ्दा निज धन बहादुर बुढाथोकीले कुकुरले कुखुरा खाएको भनी भरुवा बन्दुकको छर्राले हानेको हो भन्ने बुझिएको, उक्त भरुवा बन्दुक थान १ र निजकै नाममा रहेको बन्दुकको लाईसेन्स नियन्त्रणमा ल्याई चौकीमा ल्याई राखेको, लाईसेन्सको रिनु नभएको, निज धन बहादुर बुढाथोकी घरमै रहेको, घाईते कुकुरको अवस्था गम्भिर घरेलु उपचार भई रहेको । अपडेट-ऐ.१९;४५ बजेको समयमा निज धन ब.बुढाथोकीलाई नियन्त्रणमा लिइ भरुवा बन्दुक सहित जि.प्र.का.गुल्मीमा ल्याई राखिएको । भरुवा बन्दुकको गोली लागी घाइते,तनहुँ, ब्यास न.पा. १३ बेनिकोट बस्ने वर्ष ५० को मन ब. थापाले बादरलाई भरुवा बन्दुक (लाइसेन्स नभएको) पड्काई धपाउने क्रममा बन्दुकको गोलीले निजकै दाहिने हातको कुहिनामा लागी घाइते भई उपचारको लागी रत्नहरी मेमोरियल अस्पताल दमौली आएको अवस्था मध्यम बोल्न सक्ने रहेकोमा थप उपचारको लागी CMC अस्पतालमा भरतपुर चितवन रिफर भएको, भनि जि.प्र.का. तनहुँबाट ट्राफिक चोकमा डिउटी खटिएका प्र.ह.मार्फत ऐ. १५:२० बजे जानकारी प्राप्त भएको, घटनास्थल थप अनुसन्धान र उक्त भरुवा बन्दुक नियन्त्रणको लागी जि.प्र.का. तनहुँबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गएको  । थप अपडेट:-  ऐ, १९:५० बजे मुचुल्का  कार्य समाप्त पश्चात  भरुवा बन्दुक जि.प्र.का. तनहुँ ल्याएको घाईतेको सोही अस्पतालमा उपचार भई रहेको  अस्पतालको प्रहरीको निगरानीमा रहेको अवस्था  ऐ. रहेको । सवारी दुर्घटना,सुनसरी, धरान १३ जिरोप्वाइन्ट स्थित कोशी राजमार्गमा भेडेटारबाट धरान तर्फ आँउदै गरेको को १ ख ७११९ नम्बरको बस(टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल जनकपुर भन्ने बुझिएको) अनियन्त्रित भई श्री कृष्ण प्रणामी मन्दिरको सटरमा न्यूसभा मेडिलकमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना मानिस घटनास्थलमा नै मृत्यु भएको खबर प्राप्त हुनासाथ घटनास्थलमा टोली खटि गई बुझ्दा जि.महोत्तरी गैडादेवपुर ८ बस्ने वर्ष ३१ को धैरिया कुमार यादव (स्कुल संचालक) लगायत ५ जनाको मृत्यु भएको, बस चालक जि.महोत्तरी बस्ने वर्ष २५ को महमत गुलाल लगायत १२ जना घाइते, सम्पुर्ण घाईतेहरुको वी.पी.कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको, बसलाई क्रेनले तानि नेपाल प्रदेश प्रहरI कार्यालय धरान सुनसरिमा लगी राखिएको, बाटो सुचारु भएको, । मृतकहरु;-(१)       जिल्ला महोत्तरी गैडादेवपुर ८ बस्ने रोहित कुमार मण्डलको छोरा १८ महिना  को रिसब कुमार मण्डलको मृत्यु भएको,(२)       ऐ.ऐ. वस्ने ३१ को धैरिया कुमार यादवको मृत्यु भएको,(स्कुल संचालक)(३)       जिल्ला सुनसरी बराक्षेत्र न.पा. ३ बस्ने वर्ष २० को ओमेश राईको मृत्यु भएको,(४)       जिल्ला झापा मेचीनगर न.पा. बस्ने वर्ष १९ को नयन थापा मगरको मृत्यु भएको,(५)       जिल्ला सुनसरी धरान उप-मनपा १३ बस्ने वर्ष २४ की सुवेक्षा सुब्बाको मृत्यु भएको,नोट;- मृतक-५ जना,गंभिर-६ जना,मध्यम-४ जना,सामान्य-२ जना जम्मा-१७ जना गोली बरामद,झापा, दमक न.पा. ८ आर्गनिक कृषी भवनको पूर्व पट्टी गेटछेउमा ढुङगाको च्यापको कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा इप्रका दमकबाट QRT मोसा टोलीमा खटीएको प्र.स.ह.को टोलीले फेला पारी शंका लागी पोका खोली हेर्दा उक्त पोको भित्र इन्सास(INSAS) राईफलको जंगी राउण्ड थान २१ फेला पारी बरामत गरी इ.प्र.का. दमक ल्याई थप अनुसन्धान भईरहेको, (उक्त राउण्ड इप्रका दमकबाट जेन्जि आन्दोलनको क्रममा लुटिएको भन्ने बुझिएको)। विदेशी नागरीक पक्राउ,काठमाण्डौ, मिति २०८२/१०/०३ गते अं.२३:२५ बजे फ्लाई दुबई एयरको (उडान न. FZ-573) द्वारा काठमाण्डौ आगमन भएका यात्रु भारत महाराष्ट्र स्थायी वतन भएका वर्ष २५ को मोहित जितेन्द्र खतार (राहदानी नं.U8604699) लाई अराईभल भन्सार चेकजाँच पश्चात टनेल गेट बाट निजको गतिबिधी शंकास्पद देखिएकोले त्यहाँ डिउटी खटिएको प्र.क ले नियन्त्रणमा लिई चेकजाच गर्दा निजको साथमा ल्याएका lenovo thinkpad intel core i5 थान२ अ.मु.रु.१२००००/-, iPhone lT Pro Max 256G8 थान १ अ.मु.रु.२३००००/- , iPhonel5 Pro 256 GB थान १ अ.मु.रु. ९००००/- र सुन जस्तो देखीने पहेलो रंगको लेपन/पेष्ट गरिएको कालो रंगको सुटकेशको भित्री भाग अ.५५० ग्राम सहित निजलाई नियन्त्रणमा लिई १ रातको लागी वृत गौशालामा पठाईएकोमा ऐ.०४ गते १६:५० बजे उक्त सामान सहित निजलाइ भन्सार कार्यालय सिनामंगलमा बुझाईएको । ला.औ., मोरङ, सुन्दरहरैचा न.पा.९ स्थित बुधबार बजारमा इ.प्र.का. बिराटचोकबाट प्र.ना.नि. र अ.प्र.पोष्ट त्रिबेणबाट प्रह.को कमाण्डमा संयुक्त टोलीले गस्ती गर्ने क्रंममा बेलबारीन.पा.३०५-२०८१/८२ नम्बरको सिटिसफारी लाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा सिटिसफारीको डिकीमालुकाई छिपाई ल्याउदै गरेको ला.औ. गाँजा ३७ के.जी.३६ ग्राम, सिटी,सिटी चालक जि.मोरङ सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष अं ४२ को योगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइ इ.प्र.का. बिराटचोकमा ल्याइ राखेको ।

मिति २०८२।१०।०३ गते ०५:०० बजे देखि २०८२।१०।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०४

कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ३ तेर्सेटार स्थितमा ऐ. बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जिल्ला धनुषा मिथिला न.पा. ११ घर हुने बर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा बर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रभाग सानोठिमीबाट खटिएको प्र.ब.ना.नि. पृथ्वी खत्री (९८५१२८६३०२)को टोलीले उद्धार गरी उपचारको लागी भक्तपुर इन्टरनेशनल अस्पताल लगेको अबस्था गम्भिर,घाँटीको बायाँ साइड र टाउकोमा काटिएको गहिरो चोट, घटना पश्चात निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारीलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भई रहेको,उपचारमा बुबा रामकृष्ण भण्डारी संलग्न,घटनास्थलमा बृत्त ठिमीबाट प्र.नि.राजन थापा (९८५१२८२४२२) को कमाण्डमा SOCO सहितको टोली खटिइ गई थप अनुसन्धान तथा मुचुल्का कार्य भई रहेको, उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । निज सरिता भण्डारीको उपचारको क्रममा ऐ. २२:५५ बजे मृत्यु भएको र ऐ ०३ गते ०८:५० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट लगेको र निजको छोरा ऐ. ०३ गते १२;५० बजे घाईते थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएको साथमा वृत्त ठिमीबाट प्र.ज. नरेन्द्र बि.क. को टोलि खटिगएको । सुनसरी, इटहरी उ.म.न.पा.८ पुस्पलाचोकको हरिजंग टोल स्थित दिलिप हरिजंगको घरमा कोठा भाडामा लिई बस्ने ऐ.८ बस्ने वर्ष अं.५६ को गोबिन्द सरदार र ऐ.८ बस्ने वर्ष अं.४४ को घोतन राम बिच एक आपसामा वाद विवाद तथा झै-झगडा भई कुटपिट हुँदा गोबिन्द सरदारको तत्काल बाहिरी चोट नदेखिएको अवस्था गम्भीर बोल्न नसक्ने बेहोस रहेको हुँदा निज घाईतेलाई स्थानीय सामुदायिक अस्पताल पुस्पलाल चोकमा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर पठाएकोमा निज गोबिन्द सरदारको उपचारको क्रममा ऐ.१०।०४ गते ०१:०० बजे मृत्यु भएकोमा उक्त शव पो.मा.को लागी कोशी अस्पताल बिराटनगर पठाएको भन्ने खबर अ.प्र.चौ.पुस्पलाल चोकमा ऐ.२३:०० बजे जानकारी प्राप्त हुँनासाथ अ.प्र.चौ.पुस्पलाल चोकबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने वर्ष ४४ को घोतन रामलाई नियन्त्रणमा लिई इ.प्र.का इटहरीमा ल्याई राखेको, निजको ओठमा सामान्य चोट रहेको । बालिका ज.ज.क.,दाङ,तुलसीपुर उ.म.न.पा.१९ गुहारखोला स्थित मिति २०८२।१०।०१ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को संकेत नामथर ५६ तुलसीपुर ०८२-५१ ले आफ्नै घरमा जिल्ला सल्यान बागचौर न.पा. ८ घर भइ हाल जि.दाङ तुलसीपुर उ.म.न.पा. १९  ग्वारखोला बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-५० को छोरी वर्ष ३ की संकेत नामथर ५६ तुलसीपुर ०८२-५० (क) लाई फुलाई फकाई ज.ज.क.गरेकोले कानून बमोजिम कारबाही गरी पाउँ भनी निज पीडितको आमाले ऐ.०३ गते ९:०० बजे लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गइ पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको बाल निगरानी कक्षमा राखी आ.अ.भईरहेको, निज बालिकाको स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाइ पठाइएको, अवस्था सामान्य । सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं.१६ टिकुलिया टोल बस्ने अं . बर्ष १७ की साङकेतिक नाम ञ ( ०८२।०८३) लाइ ऐ.ऐ बस्ने अं. बर्ष २७ को अमन सदा (ऋषिदेब ) ले जबरजस्ति करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इप्रका पकली बाट प्र.ब.ना.नि. स्याम राउतको कमाण्डमा प्रहरी टोली खटिगई निज अमन सदा (ऋषिदेब ) लाई पक्राउ गरी इप्रका पकलीमा ल्याइ अनुसन्धान भइरहेको । शंकास्पद मृत्यु,म्याग्दी, घौलागीरी गा.पा ७ झिनडाडा बस्ने बर्ष अं २० की पुन माया बि.क रातको समयमा आफु सुत्ने कोठाबाट पिसाब फेर्नको लागी घर बाहिर निस्कने क्रममा मलाई केले हान्यो भनि एक्कासी घर भित्र आमा सुत्ने कोठामा पसी बेहोस भई ढल्न जादा घाईते भई उपचारको लागी स्थानीय ताकम स्वास्थ्य चौकीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल म्याग्दी बेनी तर्फ ध.१.ज २४ न.को टयाक्सीमा ल्याउदै गरेको घाईतेको दुबै हात ,पाकुरा, नारी,घाटि र ढाडमा काटेको बाहिरी चोट अवस्था बोल्न नसक्ने सिरियस उपचारमा निजको भाई दिवा कुमाई संग्लन रहेको र उक्त घटना सम्बन्धि खबर प्राप्त हुँदा साथ प्र.स.नि बिक्रम तिवारीको कमाण्डमा  ३ जनाको टोलि खटीगएको, उक्त स्थान यस.का बाट २ कि.मी पश्चिम पर्ने ।थप अपडेट :-मिति २०८२।१०।०४ गते ०२:२० बजे उपचारको क्रममा प्रदेश अस्पताल म्याग्दी बेनि ल्याईएकोमा डाक्टले मृत्यु घोषणा गरेको शव अस्पतालको शव गृहमा राखिएको पो.मा हुन बाँकी,उक्त घटनास्थलमा थप अनुसन्धानको लागि इ.प्र.का दरबाङ म्याग्दिबाट प्र.नि रबिन्द्र कार्कीको कमाण्डमा ५ जनाको टोलि खटिगएको । गोली प्रहार,सर्लाही, हरिपुर्वा न.पा.८ बसन्तपुर स्थित ऐ. बस्ने बिलाश राय यादव को छोरा अं. वर्ष ३१ को रामनाथ राय यादव आफ्नै काठको २ तल्ले ठाठी घरको माथिल्लो तल्लाको सुत्ने कोठामा सुतिरहेको बेलामा कसैले  घर बाहिर आँगनबाट माथिल्लो तल्ला तर्फ ताकी २ राउण्ड गोली फायर गरी फरार भएको भन्ने खबर ऐ.०१:४५ बजे प्र.चौ.गौरीशंकरमा प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना टोली खटी गई उक्त घटना स्थाल सुरक्षित साथ राखि‍एको, मानबिय क्षेती नभएको, उक्त घटनास्थलमा पेस्तोलको १ राउण्ड फायर नभएको बुलेट,२ राउण्ड फायर भएको बुलेटको खोका समेत फेला परेको,उक्त स्थानमा थप अनुसन्धानको लागि इ.प्र.का. केशरगंजबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई अन्य अनुसन्धान कार्य भईरहेको । ला.औ., मोरङ, सुनवर्षी न.पा.९ लक्ष्मिथान स्थित ऐ.बस्ने पर्वत लाल सिंहको मकै बारीमा बेवारिसे अवस्थामा प्लाष्टिकको बोरामा-५ बोरा (तौल गर्दा-१५५ के.जि.) ला.औ.गाँजा स.प्र.वल नेपाल वि.ओ.पि. सिक्टीबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले फेला पारी ऐ.०३ गते अं.१४:०० बजे इ.प्र.का रंगेलीमा आवश्यक कार्वाहीको लागि उक्त बरामद गरेको गाँजा इ.प्र.का.रंगेलीमा बुझाएको,उक्त स्थानमा इ.प्र.का रंगेलीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अन्य थप बुझ्ने कार्य भईरहेको ।

मिति २०८२।१०।०२ गते ०५:०० बजे देखि २०८२।१०।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०३

कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी न.पा.३ तेर्सेटार स्थितमा ऐ.बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जि.धनुषा मिथिला न.पा. ११ घर हुने वर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा वर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग सानोठिमी र बृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको,उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । रुकुम पश्रिम, मिति २०८२/१०/०१ गते अं. २३:०० बजे,त्रिबेणी गा.पा. १ बस्ने वर्ष ७४ को गणेश बहादुर कामीले मा.प.से. गरी सामान्य बिबादका कारण आफ्नै श्रीमती वर्ष ६५ की पम्फा कामीलाई सनासोले टाउको र हातमा हानि घाइते बनाएको उपचारको लागि जि.अस्पताल सल्ले रुकुम पश्चिम ल्याई सामान्य उपचार पश्चात थप उपचार को लागी नेपालगंज पठाईएकोमा बाटोमा मृत्यु भएको,शव जि.अस्पताल सल्ले रुकुम पश्चिमको शव गृहमा ल्याई राखिएको,प्र.चौ.सिम्रुतुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा जि.प्र.का.को हिरासत कक्षमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.रुकुम पश्चिमबाट अं.३ कि.मि. पश्चिम पर्ने । हात हतियार बरामद,काठमाण्डौ, का.म.न.पा.६ नयाँबस्ती नौतले अन्नपूर्ण मार्ग स्थित जि.अर्घाखाँची माला रानी गा.पा.३ घर भई हाल ऐ.नयाँबस्ती बस्ने वर्ष २६ को निशान खनालले थान १ हत्कडी र ,303 राइफलको  (जंगी राउण्ड) थान ३ फेलापारी प्रहरी बिट नयाबस्तीमा ल्याई बुझाएकोमा प्रहरी बृत्त बौद्धबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई गोली र हत्कडी प्रहरी बृत्त बौद्धमा ल्याई राखिएको,उक्त स्थान बृत्त बौद्धबाट अं.१.५ कि.मि.दक्षिण पर्ने । झापा, दमक न.पा.१ सुकुम्बासी बस्ती बस्ने डेक बहादुर थापाको घरभित्र केही हातहतियार लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. दमकबाट प्र.ना.उ. को कमाण्डमा टोली खटी गई निज डेक बहादुर थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहरा भित्र खानतलासी गर्दा बटको भागमा १३२०४४७ नं.लेखिएको सर्टगनको बटको भाग थान-१ (एक) बेसाबुत हातहतियारको पार्टपुर्जा सोही टहराको भुईमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको र उक्त हातहतियार मिति २०८२।०५।२४ गते Gen-Z आन्दोलनको क्रममा इ.प्र.का.दमकबाट लुटी लगेको अभिलेखबाट देखिएको हुँदा उक्त हातहतियारको पार्टपूर्जा कानून बमोजिम बरामद गरी  इ.प्र.का.दमकमा ल्याई राखेको,साथै निज डेक बहादुर थापाको खो.त.भईरहेको । लागु औषध,काठमाण्डौं, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगढी देखी काठमाण्डौ तर्फ आउँदै गरेको सु.प.प्र.००१-००१ ख ३८९२ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटीएको प्र.स.नि.को टोली तथा ला.औ.नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको साईड A को ९ नं.सिटमा सवार जि.कैलाली घोडाघोडी न.पा.०५ बस्ने अं.वर्ष २५ को कृष्ण बहादुर कुवँरलाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित ला.औ.खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ शुद्ध तौल ६ ग्राम रहेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाईएको ।  न.प.पश्चिम, रामग्राम न.पा.१० रामखण्डपुल स्थित परासी भैरहवा सडक-खण्ड आसपासबाट ला.औ.बिक्रि-बितरण गरेको भन्ने बिशेष सुचनाको आधारमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट खटी आएको प्र.ना.नि.र जि.प्र.का. नवलपरासीबाट खटिएको प्र.स.नि.को टोलीले भैरहवाबाट परासी तर्फ आउदै गरेको UP 42 AS 6818 नं. को मो.सा. लाई रोकि चेकजाँच गर्दा मो.सा. को दाहिने तर्फको लेगगार्डमा झुण्डाई राखेको पहेलो रङको सानो हाते बोरा भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम- ३४७ एम्पुल, फेनेरागन- २४९ एम्पुल, ब्रुफिनुर्फिन- ३०० एम्पुल सहित मो.सा. चालक जिल्ला नवलपरासी रामग्राम न.पा. २ हाटबजार बस्ने वर्ष अं. २६ को बिशाल हरिजन सहित २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं.१ कि.मि. पश्चिम पर्ने ।

मिति २०८२।१०।०१ गते ०५:०० बजे देखि २०८२।१०।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०२

कर्तव्य ज्यान,भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा कुमार जाकी बन्जाराको ४ तल्ले पक्की घरको दोस्रो तल्लामा डेरागरी बस्ने जि.काभ्रे तिमाल गा.पा. ९ घर भएको वर्ष ३८ की लाल माया तामाङलाई निजको श्रीमान वर्ष ३७ को लनाम तामाङले सामान्य वादविवादको क्रममा सिलौटोले प्रहार गर्दा घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दरवार स्क्वारबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.११:०४ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेकोमा जि.प्र.प्र.भक्तपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि KMC दुवाकोट पठाएको , कुटपिट गर्ने निजको श्रीमान परिसर भक्तपुरको नियन्त्रणमा । ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, परिवर्तित जिल्ला ०५, (स१) बस्ने वर्ष ११ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ)” लाई निजकै बुवा वर्ष ३५ को “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)” ले विभिन्न मितिमा पटक-पटक आफ्नै घरमा जबरजस्ती करणी गरेको भनी निज पीडितले सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभामा जानकारी गराएको भनी सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभाको पत्र मिति२०८२।१०।०१ गते १७:०० बजे जि.प्र.का.संखुवासभामा प्राप्‍त हुन आएको हुँदा निज “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)”लाई प्र.चौ.धुपुबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी जि.प्र.का.संखुवासभामा ल्याई अनुसन्धान भईरहेको । शंकास्पद मृत्यु,बाँके, डुडुवा गा.पा.३ बनकट्टी स्थित ऐ.बस्ने राम फेरन कुर्मीको बारीमा रहेको पानी भएको इनार भित्र गन्ध आईरहेको खबर इ.प्र.का.बनकट्टी बाँकेमा प्राप्त हुना साथ प्र.ना.नि.र जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली  तथा ३० नं.गण हे.क्वा.बागेश्वारी बाँकेबाट स.प्र.नि.को कमाण्डमा D.M.सहितको ११ जनाको टोली  खटी गई बुझ्दा इनारबाट नामथर, वतन नखुलेको महिलाको शव निकाली हेर्दा शव सडी गलेको  अवस्था रहेको भनी खटी गएको टोलीले ऐ.१७:०० बजे जानकारी गराएको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज पठाएको । धारिलो हतियार (खुकुरी) प्रहार,संखुवासभा, भोटखोला गा.पा.५ तुङ्खालिङ स्थितमा ऐ.बस्ने अं.वर्ष ३० को भोज विक्रम राईले निजकै घरमा झारफुक गर्ने आउने क्रममा के-कुन कारण धारिलो हतियार (खुकुरी) प्रहार गर्दा निजको मामा नाता पर्ने ऐ.भोटखोला गा.पा.५ तुङखालिङ बस्ने अं.वर्ष ३९ को पंच कुमार राई (टाउकोमा चोट, अवस्था मध्यम), निजको आफ्नै काका ऐ.बस्ने अं.वर्ष ३५ को सुवास राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) र निजको आफ्नै काका (धामि) ऐ.बस्ने अं.वर्ष ६० को राम कुमार राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.श्याक्सिलागोलाबाट प्र.हको कमाण्डमा प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि स्थानीय तुङखालिङ आधारतभुत स्वाश्थ्य चौकी पठाई उपचार भईरहेको, धारिलो हतियार (खुकुरी) प्रहार गर्ने भोज विक्रम राई प्र.चौ.श्याक्सिलागोलाको नियन्त्रणमा रहेको । कुटपिट,मकवानपुर, मकवानपुरगढी गा.पा.१ आँपटार स्थित ऐ.ऐ.अन्नपानी बस्ने वर्ष अं.६१ को रत्न बहादुर थिङलाई सोही स्थान बस्ने झलक बहादुरको छोरा वर्ष अं.१९ को इन्द्र बहादुर थिङ र अर्को छोरा वर्ष अं.१८ को चन्द्र ब.थिङ (गाउँमा बोलाउने) काले भन्नेले दुबै जना मिलि सामान्य विवाद हुदा कुटपिट गरी घाईतेलाई उपचारको लागी ऐ.००:१० बजे हेटौडा अस्पताल मकवानपुर ल्याएको, घाइतेको नाकबाट रगत बगेको, अवस्था गम्भीर, उपचारमा श्रीमती संलग्न रहेको, घाईतेको सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.०२:५० बजे मकवानपुर सहकारी अस्पताल रिफर भएको भनी सोही अस्पतालमा खटीएको प्र.क.मार्फत इ.प्र.का.मकवानपुरगढी खबर प्राप्त हुनासाथ इ.प्र.का.मकवानपुरगढीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने मानिस हाल फरार, खो.त.भईरहेको । कैदी मृत्यु, काठमाण्डौ, का.म.न.पा. ११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.०१ स्थायी वतन भएका वर्ष २९ को कर्तव्य ज्यान मुद्दाका कैदी (कारागार दाखिला मिति :- २०८२।०२।२७ गते, सजाय :- २५ वर्ष मुद्दा चलाउने निकाय:- गुल्मी जिल्ला अदालत) सन्तोष कुमाल मानसिक, सुगर तथा, प्रेसर सम्बन्धी बिरामी भई मिति २०८२।०९।३० गते उपचारको लागि केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भईरहेकोमा ऐ. १०।०१ गते १२:३३ बजे उपचारकै क्रममा मृत्यु भएको, वृत जनसेवा बाट प्र.नि.को टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल  महाराजगञ्ज पठाएको ।

मिति २०८२।०९।३० गते ०५:०० बजे देखि २०८२।१०।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०१

फुटकर ज्यान (शंकास्पद मृत्यु), काठमाण्डौ, का.म.न.पा.४ चुनदेवी स्थित गणेश मन्दिर पछाडी रहेको सोम वहादुर थापाको घरको Under Ground मा रहेको रिजब पानी ट्यांङ्कीमा आधा भन्दा बढी पानी रहेको अवस्थामा पानी ट्यांङ्की भित्र हाल नामथर, वतन केही नखुलेको अं.वर्ष ३३ को जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त महाराजगंजबाट प्र.ना.उ., अपराध अनुशन्धान प्रहरी कार्यालय टेकुबाट प्र.ना.उ. र प्रहरी परिसर भद्रकालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पानी ट्यांङ्कीको पानी सुकाई मृत शव बाहिर निकाली कानूनी प्रकृया पुरा गरी शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको ।   ज.ज.क./बाल यौन दुर्व्यवहार, उदयपुर, बेलका न.पा.९ रामपुर बजार बस्ने अं.वर्ष २१ की किशोरीलाई जि.सुनसरी ईनरुवा न.पा.६ बस्ने वर्ष ३० को बिष्णु साहले मिति २०८२।०८।१५ गते अ.२२:००बजे निज पिडितकै घर कोठामा ज.ज.क.गरी फरार रहेको भनी पीडितले ऐ.३० गते ११:०० बजे जानकारी गराउनासाथ इ.प्र.का.रामपुरठोक्सिलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको ।              सुर्खेत, मिति २०८२-०९-१९ गते ०३:०० बजे जि.कालिकोट तिलागुफा न.पा.७ घर भई ऐ.वीरेन्द्रनगर न.पा.३ तातापानी बस्ने वर्ष ३२ की महिला लाई जि.कालिकोट शुभकालिका गा.पा.२ घर भई हाल ऐ.वीरेन्द्रनगर न.पा.३ बस्ने वर्ष अं. ५९ को अनिराम तिमिल्सेनाले निज महिलाकै कोठामा ज.ज.क.गरेको भनी ऐ.३० गते १४:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा ४ जनाको टोली खटी गई निज अनिराम तिमिल्सेना लाई नियन्त्रणमा लिई जि.प्र.का. मा राखी थप अनुसन्धान कार्य भईरहेको ।   हा.ह.बरामद, म्याग्दी, इ.प्र.का.दरवाङबाट प्र.नि.को कमाण्डमा गस्ती  खटी गएको प्रहरी टोलीले ईजाजत पत्र नलिई लुकाई छिपाई राखिएका अवस्थामा ऐ.मालिका गा.पा.४ छाप स्थित छाप सामुदायिक जङंगलबाट भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङमा ल्याई  राखेको ।   बाग्लुङ, इ.प्र.का बुर्तीबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा जि.बागलुङ ढोरपाटन न.पा ६ प्याङखोला स्थित चेनडाडा सामुदायीक जङ्गलमा लुकाइ छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -२ र ऐ.१२:०० बजे जि. बागलुङ वडिगाड गा.पा ८ सल्लेरी सामुदायीक वनमा लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -३ गरी  दुबै ठाउँको थान-५ (सावुत) हतियार फेला पारी  रितपूर्वक मुचुल्का गरी ऐ. १५:३० बजे इ.प्र.का. बुर्तीबाङ बागलुङ ल्याई राखिएको,उक्त हतियार को- कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको ।   थुनुवा मृत्यु, दाङ, मिति २०८२।०८।२८ गते ऐ. तुलसीपुर उ.म.न.पा.५ बाट लागु औषध सहित नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासत कक्षमा रहेको म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध मुद्दाको जिल्ला दाङ दंगिशरण गा.पा.४ बैवाङ बस्ने वर्ष २४ को रोसन चौधरी एक्कासी बेहोस भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगी उपचार भईरहेको,आफन्तलाई खबर भएकोमा ऐ.०९:५५ बजे उपचारको क्रममा मृत्यु भएको,ऐ.१३;३० बजे मृतकको बुवा अस्पतालमा आइपुगेको, उक्त स्थानमा इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१४:०५ बजे शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको, ऐ. १६:५५ बजे शव पो.मा.पश्चात मृतकको बुवाले बुझीलगेको ।   चोरी/लुटपाट, सिन्धुली, थप:- मिति २०८२।०९।२९ गते अ. २०;४० बजेको समयमा जि. सिन्धुली घ्याङलेख गा.पा २ हायुटार स्थीतमा रहेको एस.बि.आई बैक शाखा कार्यालयमा अपरीचित ५/६ जनाको समुह आई गरेको चोरी /लुटपाट भएको घटना सम्बन्धमा थप अनुसन्धान गर्दा ऐ. ३० गते १०:०५ बजे जि.सिन्धुली ध्याङलेख गा.पा.०१ सुकाजोरी स्थितबाट जि.चितवन भरतपुर म.न.पा.२ पोखराबसपार्क नजिक बस्ने सुरेश श्रेष्ठको छोरा वर्ष २५ को शसाङ्क श्रेष्ठ लगायत ४ जना पुरुष व्यक्तिहरुलाई नियन्त्रणमा लिई इ.प्र.का बस्तिपुरमा ल्याई अनुसन्धान कार्य भइरहेकोमा ऐ.१४:०० बजे, एस.बि.आई बैक बाट चोरी भएको तीन करोड सात लाख(ने.रु.३,०७,००,०००।-) मध्ये २०८२।०९।२९ गते वरामद भएको रकम.रु.एक करोड असि लाख दश हजार पाँच सय (ने.रु १,८०,१०,५००) र ऐ.३० गते बरामद भएको रकम अठासी लाख चौवालिस हजार छ सय पचहत्तर(ने.रु८८,४४,६७५) गरी जम्मा दुई करोड असठ्ठी लाख पचपन्न हजार एक सय पचहत्तर (ने.रु २,६८,५५,१७५) बरामद भएको, चालक सहित नियन्त्रणमा लिएका ५ जना मानिसहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली लगि राखिएको अन्य २ जना फरार रहेका ।   शिशु मृत फेला, सप्तरी, राजबिराज न.पा.१४ पर्साही स्थित बगही नहरको पुल मुनी अं.२ महिनाको जस्तो देखिने बालिका मृत अबस्थामा रहेको भनि अ.प्र.पोष्ट तितरीगाछीमा जानकारी प्राप्त हुनासाथ प्र.ह.को टोली खटी गई घट्ना स्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शव गृहमा राखिएको ।   सुर्खेत, गुर्भाकोट न.पा. नं १ राम्रीकाँडा बस्ने लिल ब. कार्किको छोरी १८ की गिता कार्की अत्याधिक रक्तश्राप भई उपचारको लागि मेहेलकुना अस्पताल मेहलकुना सुर्खेतमा आएकोमा  डाक्टरले के भएको हो भनी सोधपुछ गर्दा निज बालिकाले जिल्ला सल्यान बालुवा संग्रही बस्ने  वर्ष अं.२४/२५ को जनक सुवेदी बाट अबैध  गर्भ रहनगई अत्याधिक पेट दुखि ऐ.ऐ.बस्ने बर्ष ३६ को राम बहादुर बि.क.ले चलाएको भे १ ह १८८८ नम्बरको अटोमा उपचार गराउन आउदै गर्दा गुर्भाकोट न.पा.१ काल्चे स्थित बाटोमानै शिशुको जन्म भई फ्याकि दिएको भनि भनेको र निज बालिका लाई थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाएको अवस्था सिरियस(बोल्न सक्ने)साथमा आमा शान्ति कार्की (९७६८२०१५२६) रहेको , ऐ.०४:१५ बजे प्रदेश  अस्पताल कालागाँउमा सुर्खेतमा पुगी उपचार भैरहेको  सोहि अस्पतालमा खटिएका प्र.स.ह.प्रेम बहादुर वलीले प्र.चौ.मालारानी सुर्खेतमा जानकारी गराए पश्चात् तत्काल प्र.चौ.मालारानी सुर्खेत बाट प्र.स.नि.हरी बहादुर मल्लको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगएकोमा  ऐ. ०६;०० बजेको समयमा प्रहरी टोली बच्चा फालेको स्थानम पुगी हेर्दा बच्चा (छोरी) फालेकै स्थानमा मृत फेला परेको अन्य बि.बि. पछि ।   प्र.क.माथि दुर्ववहार, मोरङ, बिराटनगर म.न.पा. १६ दरैया स्थित झै-झगडा भएको भनी जानकारी गराउनासाथ दरैया पोष्टमा इ.प्र.का. रानीबाट डिउटीमा खटिएका प्र.ह.को कमाण्डमा प्रहरी उक्त स्थानमा पुगी सम्झाई बुझाई गर्दा ऐ. बिराटनगर म.न.पा.१६ दरैया बस्ने वर्ष ४५ को चन्दन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष ४४ को मदन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष २० को रोहन कुमार अमात्य रायले प्रहरीलाईनै अपशब्द तथा दुर्व्यवहार गरेको भनी निज प्र.ह. ले जानकारी गराउनासाथ उक्त स्थानमा इ.प्र.का. रानीबाट प्र.नि. को कमाण्डमा  टोली खटी गई निजहरुलाई सम्झाई बुझाई गर्दा समेत प्रहरी माथी दुर्व्यवहार तथा हातपात समेत गरेकोले निजहरुलाई नियन्त्रणमा लिने क्रममा इ.प्र.का.रानीबाट प्र.नि. ले प्रयोग गर्ने गरेको सि.नं. 871TOMF969 को MOROROLA कम्पनीको UHF Digital Hand Set ऐ. स्थितमा खस्दा जमेको पानीमा परी खराब भएको, सोही स्थानमा प्र.ब.ह. को सामसुङ कम्पनीको J5 मोबायल फोन हराएको, निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.नि. को दाहिने हातको बुढी औँलाको फेदमा सामान्य चोट लागेको, विवाद गर्ने तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई राखिएको ।   लागु औषध, ललितपुर, महालक्ष्मी न.पा.०३ इमाडोल अमन टोल स्थित पैदल हिडिरहेको भारत देश सितामाडी घर भई हाल ऐ. स्थान बस्ने वर्ष २३ को मनोज कुमारलाई प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.नि.को कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले शंकास्पद लागी चेकजाँच गरी साथै निजको डेराकोठाबाट ८.४८ ग्राम ब्राउन सुगर र ब्राउन सुगर जोख्ने मेसिन सहित नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखेको ।   सुनसरी, बर्जु गा.पा.४ हरबनी स्थित सशस्त्र प्रहरी बोडर आउट पोष्ट हरबनीबाट खटिएको स.प्र.ना.नि को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.स्थित बाँस झ्याङमा लुकाई छिपाई राखिएको अवस्थामा अं.५५४ के.जी गाँजा बरामद गरी प्र.चौ.अमडुवामा बुझाईएको र उक्त गाँजा आवश्यक कार्वाहिको लागि इ.प्र.का.दुहबी पठाईएको।

मिति २०८२।०९।२९ गते ०५:०० बजे देखि २०८२।०९।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२९

२०८२-०९-३०कर्तव्य ज्यान,सुनसरी, धरान उ.म.न.पा.११ पुण्यमार्ग बस्ने वर्ष ३५ को रुपक राईलाई के कुन व्यक्तिले निजकै घरमा धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गरी घटनास्थलमै मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. धरानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागी वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको,घटनास्थलबाट १ थान धारिलो हतियार खुकुरी फेला परेको, उक्त घरमा बस्ने मृतकको मामाको छोरा वर्ष अ.३३ को रविन राईलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,सुर्खेत, वीरेन्द्रनगर न.पा.९ बसपार्कको दक्षिण तर्फ रेको तारा होटलमा जिल्ला दैलेख गुराँस गा.पा.१ सेप्टि बस्ने वर्ष १९ की बालिकालाई जि.दैलेख साविक कुसापानी घर भई हाल वीरेन्द्रनगर न.पा.८ खजुरा बस्ने वर्ष ३५ को मणिराम गौतमले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । स्रोत नखुलेको अमेरीकी डलर नियन्त्रणमा,सिन्धुली, गोलन्जोर गा.पा.वडा नं.७ माथिल्लो बजार स्थित प्रहरी चेकपोष्ट अगाडी प्र.नि.को कमाण्डमा खटी गएको टोलीले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट ईलाम तर्फ जादै गरेको चालक जिल्ला पाँचथर हिलिह्याङ गा.पा. वडा नं.६ बस्ने वर्ष अं.३० को बिक्रम लिम्बुले चलाएको बा १६ च ८०४८ न.को टाटा सुमोमा सवार जिल्ला झापा मेची न.पा.वडा नं.३ बस्ने वर्ष ३४ को युबराज नेवारले बोकेको कालो झोलामा श्रोत नखुलेको USD १०० को नोट ५७० वटा गरी जम्मा ५७,०००(सन्ताउन्न हजार) र ने.रु.१००० को नोट १२ वटा गरी जम्मा १२,०००/- (बाह्र हजार) फेला पारी उक्त सुमो सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.खुर्कोटमा ल्याई राखिएको । लागु औषध,सप्तरी, राजगढ गा.पा.३ नर्घो स्थित मिति २०८२।०९।२८ गते अं.२३:३० बजे पथरगाँडाबाट झौराहा चौक तर्फ आउँदै गरेको  BR 32 AC 7548 नं.को मो.सा.चालकले प्र.चौ. झुटकीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ मो.सा. र कालो ब्याग सोही स्थानमा छाडेर मानिस फरार भएको,उक्त स्थानमा गई ब्याग खोली हेर्दा ला.औ.गाँजा प्लाष्टिक सहित १२ किलो ४३० ग्राम र मो.सा. नियन्त्रणमा लिई मिति ऐ.२९ गते इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक अनुसन्धान तथा मुचुल्का लगायतको कार्य पुरा गरी उक्त ला.औ.गाँजा र मो.सा. इ.प्र.का.कल्याणपुरमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.झुट्कीबाट अं.२ कि.मि. उत्तर पूर्व पर्ने ।  बारा, सिमरा उ.म.न.पा.१८ बडर्वा स्थित पिलुवा कलैया भित्री सडक खण्डमा मनहरीबाट कलैया तर्फ जाँदै गरेको  BAC 2343 नं.को  खाली नेपाली योद्धा पिक अप गाडीलाई प्र.चौ.जैतापुरबाट प्र.स.नि.को कमाण्डमा रहेको टोली र अ.ट्रा.प्र.पोष्ट पिलुवाबाट प्र.ब.ह.को संयुक्त चेकिङ टोलीले शंका लागि रोकी चेक जाँच गर्दा उक्त गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको प्लास्टिक सहित अं.२० पोका २०३ के.जी. ८५० ग्राम ला.औ.गाँजा सहित गाडी चालक जिल्ला मकवानपुर  मनहरी गा.पा.६ बस्ने वर्ष २४ को निशान बहादुर सेन्चुरी  र उक्त सवारी साधन नियन्त्रणमा लिई प्र.चौ.जैतापुर बारामा ल्याई राखेको,थप अनुसन्धानको लागि इ.प्र.का.सिमराबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त स्थान प्र.चौ.जैतापुरबाट अं.४ कि.मि.पश्चिम पर्ने ।

मिति २०८२।०९।२८ गते ०५:०० बजे देखि २०८२।०९।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२९

कर्तव्य ज्यान,ललितपुर, मिति २०८२/०९/२६ गते अं. १४:०० बजे जि.ईलाम घर भई हाल जि.ललितपुर ललितपुर म.न.पा.१७ ईमाडोल प्रसिद्धि टोल बस्ने वर्ष ८३ को गर्जमान थापा हराएको भनि पिडितले मिति ऐ.१९:०० बजे प्रहरी बृत सातदोबाटोमा निवेदन दिए पश्चात जिल्ला प्रहरी परिसर जावलाखेलबाट सिभिल टोली, वृत्त सातदोबाटो र प्रभाग इमाडोलबाट खटिएको सिभिल टोलीले खो.त गर्दै जादा ऐ.२८ गते अं. १२:५५ बजे जि.ललितपुर ललितपुर म.न.पा. १७ बाफल गेट इमाडोल स्थित घरबाट ५०० मिटर पूर्व पर्ने खाली जग्गामा रहेको इनार भित्र सेतो बोरामा हात खुट्टा बाधी घाँटिमा काटेको अवस्थामा निजको शव फेला पारेको, उक्त घटनास्थानमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट प्र.उ. र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटि गई १४:१९ बजे कानूनी प्रक्रियापुरा गरी शव पो.मा.को लागी पाटन अस्पताल पठाएको, देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने वर्ष २२ को युसु हवारी लगायत ५ जनालाई नियन्त्रणमा लिई वृत्त सातदोबाटोमा ल्याई राखिएको । थपअपडेट :मिति २०८२/०९/२७ गते १८:०० बजेको समयमा बाफलबाट  निम्न मानिस नि.मा लिई वृत्त सातदोबाटोमा ल्याई राखेको ।१. देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने बर्ष २२ को युसु हवारी २. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को सद्दाम मन्सुरी ३. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को महमद नोमान४. जिल्ला बारा निजगढ घर भइ हाल ललितपुर ऐ. स्थान बस्ने बर्ष ३० को संन्जिप मगर ५. जिल्ला सिन्धुली तिनपाटन गाउपालिका ०५ घर भई हाल जिल्ला काठमाण्डौ कपन बस्ने बर्ष २३ को नारायण लुङगेली मगर ।थप अपडेट: ऐ. १९:०० बजेको समयमा माथि उल्लेखित सि.न. १,२,३ को ब्यक्तीको नाममा किटानी जाहेरी परेकोले हिरासतमा राखी आवश्यक अ.अ. कार्य भईरहेको । अन्य सि.न. ४ र ५ को लाई आफन्तको जिम्मामा लगाई छाडिएको । ज.ज.क./ बालिकाको ज.ज.क.,उदयपुर, मिति २०८२।०६।१६ गते अं.१०:०० बजे जि. पाँचथर म्याङजाबु घर भई हाल १२ वर्ष देखि जि.उदयपुर बेलका न.पा. ३ ऐलानी जग्गामा बस्दै आएको परिवर्तित नाम १४-०४-६(ख)को छोरी अं.वर्ष १४ की परीवर्तित नाम १४-०४-६ (क) लाई जि. उदयपुर बेलका न.पा. ०३ सातपत्रे बस्ने अं.वर्ष २२ को समिर परियारले ऐ.स्थित गिदेरी खोलामा घाँस काट्न गएको बेला कासघाँरीमा जवरजस्ती करणी गरी फरार रहेको र पिडित गर्भवती समेत भएको भनि निजको बाबु परिवर्तित नाम १४-०४-६(ख)ले मिति २०८२।०९।२८ गते १२:०५ बजे इ.प्र.का.रामपुरठोक्सिला लिखित जाहेरी दिन साथ इ.प्र.का. रामपुरठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.कार्य भईरहेको, पिडितलाइ स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल गाईघाट पठाईएको । दाङ, मिति २०८२।०९।२७ गते अं. १६:०० बजे जि.दाङ तुलसीपुर उ.म.न.पा.१० पढ्ढा स्थित ऐ. बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-४८ की छोरी वर्ष ९ की बालिकालाई ऐ.१४ बस्ने वर्ष १८ को पुरुषले पिडितको घर नजिकै बोलाई ललाई फकाई गरी ज.ज.क गरेको भनि ऐ.२८ गते अं.१३:०० बजे पिडितको आमाले इ.प्र.का. तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का. तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगइ निजलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखी थप अनुसन्धान भईरहेको, निज पिडितको स्वास्थ्य परिक्षण गरी आफन्तीको जिम्मा लगाईएको,अवस्था सामान्य । काठमाडौ, परिवर्तित नाम ०८२/०८३ जिल्ला २६ जनसेवा ७ वर्ष ३६ की जाहेरवालाको श्रीमान व्यापार व्यवसायको सिलसिलामा भारत देशमा रहदा प्रतिवादी टिकेन्द्र देवानसँग भारत मै चिनजान परिचय भएकोमा २०८२ साल असोज महिनामा निज प्रतिवादीले जाहेरवालालाई निजको श्रीमानले भारतबाट सामान पठाएको छ भनी एयरपोर्ट नजिक रहेको होटलमा सामान लिन बोलाई उक्त होटलको कोठामा लगी जबरजस्ती करणी गरेको र सो पश्चात निज प्रतिवादीले पटक-पटक जबरजस्ती करणी गर्दै आएकोमा मिति २०८२।०९।१४ गते १०:०० बजे का.म.न.पा.११ सुन्धारा स्थितमा होटल योन्जनको कोठा नं.५०२ लगी जाहेरवालाको ईच्छा विपरीत जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात प्रतिवादीलाई नियन्त्रणमा लिई अ.अ.कार्य भैरहेको । काठमाडौ, जाहेरवाला परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ को प्रतिवादी बिवेक चौधरीसँग १५ दिन अगाडि सामान्य चिनजान भएकोमा मिति २०८२।०९।२७ गते अं. ०१:५८ बजे प्रतिवादी बिवेक चौधरीले जाहेरवाला परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ लाई का.म.न.पा.११ सुन्धारा स्थित होटल पोखराको कोठा नं. २११ मा लगी रेडबुल खान दिएकोमा जाहेरवालाले रेडबुल खाएपछि अर्धचेत भएको अवस्थामा प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा प्राप्त भएको र प्रतिवादी फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको । नुवाकोट, बिदुर न.पा.५ गंगटे पार्क स्थितमा जि.काठमाण्डौ तारकेश्वर न.पा.६ बस्ने वर्ष अं.२१ की महिला घुम्न आएकोमा चिनजान नभएको अं.वर्ष २० को अमृत राई नाम बताउने वतन नखुलेको  व्यक्तिले ज.ज.क.गरी फरार भएको भन्ने खबर ऐ.१८:०० बजे प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि ग, खो.त.तथा अनुसन्धान कार्य भईरहेको । धादिङ्ग, मिति २०८०।०९।२७ गते १२:०० बजे एकिन नामथर वतन नखुलेको वर्ष अं.२६ को बालकृष्ण अधिकारीले जि.धादिङ गजुरी गा.पा.५ पिडा बस्ने वर्ष २६ की महिलालाई काठमाण्डौबाट गजुरी तर्फ आउदै गरेको सेतो रंगको पिकपअ गाडीमा चढाई जिल्ला धादिङ सिद्दलेख गा.पा.६ करमडाँडा स्थित कालुपाण्डे मार्गको सडकमा गाडी साईड लगाई जबरजस्ती करणी गरेको भनी पिडितको दाईले इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको, वारदात पश्चात भागी फरार रहेको भनी मिति २०८२।०९।२८ गते अं.१०:४५ खबर प्राप्त हुनासाथ इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज फरार प्रतिवादीको खो.त.भईरहेको । हा.ह.बरामद,बागलुङ, इ.प्र.का. बुर्तिबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.बागलुङ तमानखोला गा.पा.०२ रानीकोट स्थित रानिकोट सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक थान ४ (चार) फेला पारी घटनास्थलको मुचुल्का कार्य समाप्त गरी ऐ.१२:०० बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको । सल्यान, त्रिबेणी गा.पा.५ स्थित शान्ति सुरक्षा सामुदायिक बनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएका प्र.स.नि.को कमाण्डमा प्रहरी टोलीले उक्त जंगलमा बेवारिसे अवस्थामा ६ नाल साबुत भरुवा बन्दुक फेला पारी जि.प्र.का.सल्यानमा राखिएको । प्र.क.मृत्यु,काभ्रे, खानिखोला गा.पा.२ खानिडाँडा स्थितमा प्र.चौ.श्यामपाटी काभ्रे, संचार दरबन्दी भई हाल प्र.चौ.फलामेटार काभ्रेमा कार्यरत (क.कोड-३९९५९५, संकेत नम्बर C-००१०२४४५) वर्ष ३५ को प्र.ह.रामकृष्ण खड्का (जिल्ला दोलखा शैलुङ गा.पा.५ काटाकुटी वतन भएका) सुचना सङ्कलनको लागी खटीएकोमा ऐ.१५:३० बजे गोरेटो बाटोबाट अं.२५ मिटर तल रोडमा लडि मृत अवस्थामा रहेको छ भनि स्थानीयले देखि प्र.चौ.फलामेटारमा खबर प्राप्त हुनसाथ प्र.ज.र प्र.चौ.तालढुंगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको भनी ऐ.१६:०० बजे जि.प्र.का.काभ्रेमा जानकारी गराएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि इ.प्र.का.देविटारबाट प्र.नि.र जि.प्र.का.काभ्रेबाट SOCO सहितको टोली खटी गएको, मृतकको दाई यज्ञ बहादुर खड्का समेत घटनास्थलमा पुगेको । लागु औषध ,कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.व.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा जि.कैलाली धनगढी उ.म.न.पा.४ स्थित रहेको चितवन होटेलमा कोठा गरी बस्ने जि.बझाङ सुर्मा गा.पा.२ बस्ने वर्ष ५० को जलहरी बोहरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ५ के.जि.५७६ ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई राखिएको । सुनसरी, रामधुनी न.पा.१ पिके घडि पसल अगाडि पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०४-००२ प.२२४८ नं.को मो.सा.जंगली जनावर (स्याल) सँग ठक्कर खाई लडी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ प्रस्तावित इ.प्र.का.रामधुनिबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा मो.सा.चालक ऐ.कोशी गा.पा.६ बस्ने वर्ष १९ को उदय मुखिया र सोहि मो.सा.को पछाडि सवार ऐ.बस्ने वर्ष १९ को गणेश कुमार मुखियालाई सामान्य चोटपटक लागि निजहरू उपचारको लागि रामधुनि मेडिकल हल झुम्कामा आई उपचार गराईरहेको र उक्त नम्बरको मो.सा.सोहि घटनास्थलमा रहेको र मो.सा.मा २ वटा झोला समेत रहेकोमा उक्त झोलामा शंका लागी उक्त झोला खोली हेर्दा झोला भित्र १/१ के.जि.को १९ वटा पोका लागु औषध गाजाँ फेला पारी उक्त मो.सा.,गाजाँ र निजहरू दुबैजनालाई नियन्त्रणमा लिई प्रस्तावित इ.प्र.का. रामधुनिमा ल्याई आवश्यक सोधपुछ भईरहेको ।  कैलाली, व.प्र.का.धनगढी कैलालीबाट प्र.नि.को कमाण्डमा र ला.औ.व्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.धनगढी उ.म.न.पा.३ बिशालनगर घर भई ऐ.८ बुद्ध चोक स्थित भाडामा गणेश राईस मिल संचालन गरी बस्ने वर्ष २५ की लक्ष्मी चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो र सोही मिल पछाडी लुकाई छिपाई राखेको नाप तौल गर्ने डिजिटल काटा सहित फेला पारी निजलाई समेत लिई नियन्त्रणमा जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।

मिति २०८२।०९।२७ गते ०५:०० बजे देखि २०८२।०९।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२८

कर्तव्य ज्यान,ललितपुर, ललितपुर म.न.पा.१२ पाटन सुन्धारा स्थित मिति २०८२।०९।२६ गते २१:३० बजे हाल नामथर,वतन नखुलेका अं. ६ जनाको समूहले जिल्ला सिन्धुली घर भई हाल जिल्ला ललितपुर ललितपुर म.न.पा.१२ पाटन सुन्धारा बस्ने वर्ष २५ को बिजय राईलाई कुटपिट गर्दा घाईते भई आफ्नै कोठामा गई अचेत अवस्थामा सुतेकोमा ऐ.२७ गते ११:३० बजे निज घाईतेको दाई प्रबिन राईले उपचारको लागि ऐ. ललितपुर म.न.पा.१३ जावलाखेल स्थित अल्का-१ अस्पतालमा ल्याई उपचार गराउने क्रममा ऐ. १३:१५ बजे मृत्यु भएको, शव अस्पतालमै रहेको, कुटपिट गर्ने ब्यक्तिहरु हाल फरार रहेका, उक्त स्थानमा प्रहरी प्रभाग मंगलबजार बाट सिभिल टोली खटी खो.त.कार्य भईरहेको, उक्त स्थान प्रहरी प्रभाग मंगलबजारबाट अं.३०० मिटर पूर्व पर्ने ।            ज.ज.क./ बालिकाको ज.ज.क.,प्युठान, प्रतिवादी बर्ष अं. ३२ को परिवर्तित संकेत नाम खप्रेङखोलाले पीडित बर्ष ८ की परिवर्तित संकेत नाम ५२ (२०८२/०८३) १० लाई ज.ज.क. गरेको भनि आज मिति २०८२।०९।२७ गते अ.१५:३० बजेको समयमा संकेत नाम ५२ (२०८२/०८३) १० क ले यस जि.प्र.का. प्युठानमा जाहेरी दिईएकोले उक्त स्थानमा अ.प्र.पो.बाग्दुला प्युठानबाट प्र.ब.ना.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई निज पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडितलाई विस्तृत स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाई,पुन: निज पीडकलाई जि.प्र.का. प्युठानमा ल्याई हिरासत कक्षमा राखिएको, पीडितको अवस्था सामान्य रहेको, उक्त स्थान अ.प्र.पो.बाग्दुला प्युठानबाट अ. ३ कि.मि. पुर्व उत्तर पर्ने । दाङ्ग, घोराही उ.म.न.पा.१४ तिनकुने चोक स्थित सिउँजाली होटलको कोठामा ऐ.१८ गिठेपानी बस्ने बर्ष १६ को परिवर्तित नामथर ५६ (०८२०८३) घोराही २३३ (घ) ले ऐ.मुसलमान डाँडा स्थित डेराकोठा गरी बस्ने बर्ष ४ की पीडित परिवर्तित नामथर ५६(०८२०८३) घोराही २३३ लाई सोही होटलको कोठामा लिई गई जबरजस्ती करणी गरेको भनि पीडितको आमाले मिति २०८२।०९।२७ गते १२:०० बजे लिखित जाहेरी दिए पश्चात व.प्र.का.घोराही दाङबाट प्र.नि.को कमाण्डमा ५ जना र जि.प्र.का.दाङबाट समेत टोली खटिगई निज करणी गर्ने बालकको खोजतलासको क्रममा सोही होटल बाहिर रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.दाङको बाल निगरानी कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको, पीडित तथा कानून विवादमा परेका बालकलाई स्वास्थ्य परिक्षण गरी पीडितलाई निजको आमाको जिम्मा लगाई पठाईएको, उक्त स्थान व.प्र.का.घोराही दाङबाट अं.२ कि.मी.उत्तर पर्ने । म्याग्दी, मालिका गा.पा २ साले बस्ने वर्ष ५० को फरम बि.क ले ऐ बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क. गरेको भनि निजको भाईले देखी ऐ.२१:३० बजे इ.प्र.का.दरबाङमा जानकारी प्राप्त गराउनासाथ प्र.नि को कमाण्डमा ५ जनाको टोली खटी गई  पीडकलाई नियन्त्रणमा लिईएको र पीडितलाई आफन्तको जिम्मा लगाईएको, अवस्था सामान्य उक्त स्थान इ.प्र.का.दरबाङमाबाट अं.१५ कि.मि उत्तर पर्ने । प्रहरी कर्मचारीको मृत्यु,सल्यान, जिल्ला दाङ तुलसिपुर उ.म.न.पा.८ वतन भई जिल्ला प्रहरी कार्यालय, सल्यान तालिम शाखा दरबन्दी भई यस कार्यालयमा कार्यरत (कम्प्युटर कोड नं.३८०८४९, संकेत नं.C-०००३२०१०) वर्ष अं.४१ को ने.प्र.प्र.का.नक्सालको मिति २०८२।०९।२२ गते को चं.न.४६१७ को पत्र आदेशले प्र.ह.पदबाट प्र.ब.ह.पदमा बढुवा सिफरारिस सूचिमा परेका भिम बहादुर के.सी.स्टयाण्टवाई डयूटी रहेकोमा मिति २०८२।०९।२६ अं.१८:०० बजे साँझको खाना खाई ब्यारेक वेडमा सुतिरहेको अवस्थामा मिति २०८२।०९।२७  गते बिहान अ.०६:०० बजे पिटी सामेलीमा उठाउने क्रममा मृत अवस्थामा फेला परेको, आफन्त घर परिवारलाई जानकारी गराई सकेको । शव पो.मा.को लागि जिल्ला अस्पताल सल्यान पठाईएको । विदेशी नागरिक मृत्यु,सुनसरी, देश भारत जिल्ला अररिया बस्मतिया ग्रामथान नरपथगन्ज ८ बस्ने वर्ष ५५ को गंगा प्रसाद मेहेता जिल्ला सुनसरी बराहक्षेत्र न.पा.११ सिंग्गेश्वर टोल स्थित खेतमा लगाउने पानीको पैनिमा घोप्टो परी मृत अवस्थामा फेला परेको भनी स्थानीयहरुले इ.प्र.का.महेन्द्रनगरमा जानकारी प्राप्त हुनासाथ प्र.चौ.मधुबनबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल ईनरुवा सुनसरी पठाएको, घटनास्थल प्र.चौ.मधुबनबाट अं.१ कि.मि.पश्चिम पर्ने ।            प्युठान, स्वर्गद्वारी न.पा.४ भिंगृ स्थित देश भारत जिल्ला सरावबस्ती मल्लीपुर घर भएको वर्ष अं.३५ को साविकराय शंकर स्वर्गद्वारी मन्दिर दर्शनको लागि आएकोमा अचानक बेहोस भई उपचारको लागि स्वास्थ्य चौकी भिंगृ प्युठान पठाई चेकजाँच गर्ने क्रममा ऐ.१०:५० बजे डाक्टर द्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.भिंगृबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१३:१० बजे कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठानको शव गृहमा राखिएको, उक्त स्थान इ.प्र.का.भिंगृबाट अं. ५०० मिटर पूर्व दक्षिण पर्ने ।    लागु औषध ,कैलाली, कैलाली गौरीगंगा न.पा. १ लठैया स्थित विशेष सूचनाको आधारमा इ.प्र.का. चौमालाबाट प्र.ना.नि. नवराज पाण्डेय (९८५८४९०३११) को कमाण्डमा खटि गएको प्रहरी टोलीले ऐ. लठैया बस्ने बर्ष अ. ४६ को नन्दलाल उपाध्यायले संचालन गर्दै आईरहेको खुद्रा पसलमा खानतलासी गर्दा प्लाष्टिकको डब्बा भित्र लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल ३३२ ग्राम र उक्त पसल देखि अ. ६० मिटर दक्षिणमा रहेको ऐ. बस्ने रतन बहादुर बुढाको जमिनको रूखमुनी नन्दलाल उपाध्यायले नै लुकाई छिपाई राखेको शुद्ध तौल ३५० ग्राम गरी जम्मा ६८२ ग्राम लागुऔषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी उक्त बरामद ला.औ. समेत निज नन्दलाल उपाध्यायलाई नियन्त्रणमा लिई इ.प्र.का. चौमालामा राखिएको,उक्त स्थान इ.प्र.का. चौमालाबाट ३ कि.मि. उत्तर पर्ने । कैलाली, जि.प्र.का.कैलालीबाट सादा पोशाक प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले ऐ. धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल  स्थित जि.कंचनपुर कृष्णपुर न.पा.५ बस्ने वर्ष २८ को हरिश विष्टलाई  शंका लागी चेकजाँच  गर्दा निजहरुको साथबाट  शुद्ध तौल २७ ग्राम ७६० मिलिग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ,२२८ ट्यावलेट स्पास र २० ट्यावलेट नाईट्राभ्याट सहित फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको,उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पश्चिम पर्ने । कैलाली, जि.प्र.का.कैलालीबाट खटिई गएको प्र.ब.ना.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.ब.ना.नि. को  कमाण्डमा खटिएको संयुक्त  टोलीले ऐ. धनगढी उ.म.न.पा.८ रामनगर स्थित जि. बझाङ केदारस्यु गा.पा.७ बस्ने वर्ष ४५ को जनक ब.धामीलाई  शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ३ के.जी. ५६५ ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ, तराजु थान १, नगद रु १०,०००।- सहित  फेला पारी बरामद गरी निजलाइ समेत नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट अं.२ कि. मि. पूर्व पर्ने ।  धनकुटा, साँगुरीगढी गा.पा.६ भेडेटार चोक स्थित इ.प्र.का.भेडेटारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त चेकिंङ्ग टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना ४ च ६४७४ नं.को एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा नरोकी ब्यारिकेट समेत लडाई भागेको र तत्काल प्रहरी टोलीको मो.सा.ले पछ्याउदै गर्दा भेडेटार गेट नजिक एम्बुलेन्स छोडी चालक फरार भएको अवस्थामा एम्बुलेन्स सहित ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.भेडेटारबाट जि.प्र.का.मा पठाईएको, उक्त गाजा नाप तौल गर्दा अं. ४५९.९६५(चार सय उन्नसाठ्ठी किलोग्राम नौसय पैसठ्ठी ग्राम) रहेको, फरार रहेको चालक र सवारी धनीको खो.त. भईरहेको, उक्त स्थान इ.प्र.का भेडेटारबाट अं. ६५ मिटर दक्षिण- पूर्व पर्ने ।

मिति २०८२।०९।२६ गते ०५:०० बजे देखि २०८२।०९।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२७

शंकास्पद मृत्यु (कर्तव्य ज्यान ),चितवन, रत्ननगर न.पा.४ सिनेमारोड बस्ने वर्ष अं.७० कि सुक माया देवि तामाङ मिति २०८२/०९/२६ गते बिहान १०:४५ बजे सम्म नउठेको हुँदा छिमेकीले घरमा गई हेर्दा सुत्ने कोठाको खाटमा दुबै हात खुट्टा र मुखमा कपडाले बाँधि मृत अवस्थामा रहेको भनि खबर प्राप्त हुनासाथ प्रहरी बिट टाँडी चितवनबाट प्र.ह.को कमाण्डमा टोली  खटी गई घट्ना स्थल सुरक्षित राखिएको थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ.प्र.का. रत्ननगर टाँडीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, थप अनुसन्धानको लागि ऐ.११:४० बजे प्रदेश प्रहरी कार्यालय हेटौडाबाट प्र.ना.नि.को कमाण्डमा ६ जनाको Dog  सहितको टोली खटी गई ऐ.१५:३५ बजे कानूनी प्रकृया पुरा गरी शव पो.मा को लागी भरतपुर सरकारी अस्पताल पठाएको । तनहुँ, शुक्लागण्डकी न.पा. ५ सेती नदीको बगरमा ऐ. न.पा. को फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने मानिसहरु बस्न बनाएको त्रिपालको छाप्रोमा (१ जना बाहिर १ जना भित्र) जि.तनहुँ शुक्लागण्डकी न.पा. ११ राईपुर बस्ने वर्ष अं. ४१ को नारायण वि.क.( पेटको भागमा घाउ चोट लागेको) छाप्रो भित्र र हाल वतन नखुलेको वर्ष अं. ५० को राजकुमार राना पेटको भागमा चोट छाप्रो बाहिर उत्तानो मृत अवस्थामा रहेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलचौताराबाट प्र.नि.को कमाण्डमा र जि.प्र.का. तनहुँबाट प्र.उ.को कमाण्डमा थप टोली खटि गइ अनुसन्धान भईरहेकोमा ऐ. १३:०० बजे सेती नदीको बगरको घटनास्थलबाट अ. १ कि.मि. दक्षिण तर्फ जि.तनहुँ शुक्लगण्डकी न.पा.५ कसेरी स्थित सार्वजनिक जग्गामा मृतकहरुसँग बसोवास गर्ने मृतकहरुसँगको नाता नखुलेको वर्ष अं ४५ की माया भन्ने वतन नखुलेकी महिला मृत अवस्था फेला परेको निजको घाँटीमा काटिएको, थप अनुसन्धानको लागि ने.प्र.प्र.का. पोखराबाट प्र.नि.को कमाण्डमा बिशेषज्ञको टोली र केनाईन शाखा पोखराबाट प्र.ना.नि.को कमाण्डमा १ कुकुर सहितको टोली खटीएको, ऐ. १७:२५ बजे घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी मृत शव (३ वटै) पो.मा.को लागी प्रदेश अस्पताल दमौली तनहुँ पठाई टोली फिर्ता भएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,इलाम, न.पा. ३ पुवामझुवा स्थितमा रहेको (कागज बनाउने) लोक्ता फ्याक्ट्रिमा २/३ महिना देखि काम गर्दै आइरहेकी सांकेतिक नामथर वतन ०८२/०८३ मंगलबारे-४६(ख) को छोरी वर्ष १४ की बालिकालाई ऐ.फ्याक्ट्रिमा काम गर्दै आइरहेको जि.काभ्रेपलान्चोक बेथानचोक गा.पा. ५ बस्ने वर्ष अं. २६ को बिराज तामाङले ज.ज.क. गरेको भनि ऐ.१७.३० बजे जानकारी प्राप्त हुनासाथ अ.प्र.बिट नेपालटारबाट टोली खटिई गई ज.ज.क.गर्ने बिराज तामाङ, पिडित बालिका सहित दुवै जनालाई इ.प्र.का.मंगलबारे इलाममा ल्याई राखेकोमा पिडितको आफन्तले ऐ.२६ गते अं. १०:०० बजे इ.प्र.का. मंगलबारे इलाममा जाहेरी दिनासाथ इ.प्र.का. मंगलबारेबाट प्र.ना.नि.को कमाण्डमा निज पिडित बालिका र प्रतिवादिलाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल इलाम लगी स्वास्थ्य परिक्षण गरी बालिकालाई आफन्तको जिम्मा लगाएको र बिराज तामाङलाई ज.ज.क सम्बन्धि मुद्धामा थप अनुसन्धान कार्य भईरहेको । हा.ह.बरामद,म्याग्दी, मालिका गा.पा.७ भारबाङ स्थित जङगलको खोल्सामा इ.प्र.का.दरवाङ म्याग्दीबाट प्र.नि.को कमाण्डमा  खटिगएको प्रहरी टोलीले लुकाई छिपाई राखिएका भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङ म्याग्दीमा ल्याई राखेकोमा ऐ.२०८२/०८/१५ गते देखि हाल सम्म जि.प्र.का. म्याग्दीद्वारा Operation “Bravo sierra” सञ्चालन गरी जि.प्र.का.म्याग्दी तथा मातहत प्रहरी ईकाई समेतले गरी जम्मा  १२२ थान भरुवा  बन्दुकहरु बरामद गरेको । स्याङ्जा, विरुवा गा.पा.६ लेवा बस्ने वर्ष अं.७२ को राम बहादुर सुनारले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.बिरूवाअर्चलेबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का. स्याङजाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई एकनाले भरुवा बन्दुक थान-१ र भरुवा बन्दुक बनाउनको लागि आवश्यक पर्ने खर-खजना तथा औजारहरु सहित राम बहादुर सुनारलाई नियन्त्रणमा लिई जि.प्र.का.स्याङजा पठाईएको, अन्य थप अनुसन्धान कार्य भईरहेको । बागलुङ, वडिगाड गा.पा.३ स्याला स्थित पोरकापाटल सामुदायिक वनमा इ.प्र.का.गलकोटबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे एकनाले सावुत भरुवा बन्दुक थान-६ र बेसावुत भरुवा बन्दुक थान-१ गरी जम्मा थान-७ भरुवा बन्दुक फेला पारी घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको । कपिलवस्तु, इ.प्र.का कृष्णनगरबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.बेदर्मीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले जि.कपिलवस्तु कृष्णनगर न.पा.१२ नरैनापुर बस्ने  KrishnaNagar news today(online news) का सञ्चालक अं.वर्ष ४२ को विनोद ओझाको सामाजिक संजाल Tiktok मा post गरिएको भरुवा बन्दुक सहितको भिडियोका आधारमा निजको घरमा गई सोधपुछ गर्दा निजको घरमा लुकाई छिपाई राखेको अबैध थान-१ (एकनाले) खाली भरुवा बन्दुक फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का कृष्णनगरमा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको । सुन बरामद,काठमाण्डौ, जि.रुपन्देही, लुम्बिनी साँस्कृतिक न.पा.९ घर भएको वर्ष ४२ को बैतुल्लाह मुसलमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा आई संकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई निम्न उल्लेखित सुन जस्तो देखिने पहेलो धातुको चुरा-४ थान,ब्रासलेट-१थान,औठी-१ थान ,बुटी-२थान (सबै समानको अं. तौल ५२ग्राम ) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाउनु पर्नेमा बिदाको कारण  सामान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी बृत गौशाला पठाईएको । लागु औषध,मोरङ, बिराटनगर म.न.पा. १७ स्थित ICP रोडमा इ.प्र.का. रानी र ला.औ.नि. ब्यूरो बिराटनगरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले ICP तर्फबाट बिराटनगर तर्फ आउँदै गरेको BR38AP 9049 नं. को (३ जना सवार) भारतीय नं. प्लेट भएको मो.सा. लाई शंका लागी रोकी सोधपुछ, चेक जाँच गर्दा मो.सा.मा पछाडी सवार देश भारत बिहार राज्य, अररिया जिल्ला खैरा खगरा ०४ बस्ने वर्ष १९ को राजकुमार साहको साथबाट DEVGANDH लेखीएको धुपको बट्टा भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १०४ ग्राम फेलापारी बरामद गरी मो.सा.चालक राजकुमार साह लगायत ३ जनालाई मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।   काठमाडौं, का.म.न.पा.६ बौद्ध समता अस्पताल नजिक ला.औ.को कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्रहरी परिसर भद्रकाली र प्रहरी वृत्त बौद्धबाट खटी गएको संयुक्त सिभिल टोलीले जि.मकवानपुर ईन्द्रसरोबर गा.पा. ५ घर भई गोकर्णेश्वर न.पा.६ नयाँबस्ती बस्ने वर्ष ४२ को रामराज गिरीको साथबाट फेनरागन १४८३ एम्पुल, नोर्फिन२५ एम्पुल, डाईजापाम १२९३ एम्पुल र बुप्रेनुर्फिन १२९३ एम्पुल गरी जम्मा ४०९४ एम्पुल ला.औ.फेला पारी मानिस सहित नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्वमा ल्याई आ.अ.भईरहेको 

मिति २०८२।०९।२५ गते ०५:०० बजे देखि २०८२।०९।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२६

ज.ज.क./यौन दुर्व्यवहार,काठमाण्डौ, जिल्ला नुवाकोट साबिक बेल्कोटगढी न.पा.०८ हाल परिबर्तित विदुर न.पा.१२ घर भई ऐ.ऐ.वस्ने वर्ष ४० की नाम परिवर्तित २६ परिसर(६४) ०८२।०८३ लाई जिल्ला सिन्धुली दुधौली न.पा.०२ घर भई हाल कास्की पोखरा उ.म.न.पा.०८ बस्ने बर्ष ४३ को कुमार लुंगेलीसंग सामाजिक सजाल फेशबुक मार्फत चिनजान भएको र निज प्रतिवादीले आफु सिंगापुरे लाहुरे भनि पिडितलाई बिबाह गर्छु तिम्रो छोराहरुलाई समेत सिंगापुर देश मै लान्छु भनि विभिन्न बहाना बाजी कुराकानी गरी बिभिन्न कुराको प्रलोभन देखाई निज पिडीतलाई का.म.न.पा.गौशाला स्थित मंदाकिनी होटल प्रा.लि.को कोठा नं.२०४ मा मिति २०८१।१२।२२ गते १७:५५ बजे निज प्रतिवादीले जवरजस्ती कारणी गरेको भनि जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रमा जाहेरी दरखास्त पेश गरेको र प्रतिबादी फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको । रोल्पा, रोल्पा नगरपालिका वडा न.४ शिक्षाटोल स्थित जिल्ला ५३ बस्ने परिवर्ति नाम (२०८२।०८३) ५३ लिवाङ (घ-२) की छोरी बर्ष ६ की परिवर्तित नाम (२०८२।०८३)५३ लिवाङ (घ)लाई जिल्ला ५३ बस्ने बर्ष ११ को परिवर्तित नाम(२०८२।०८३)५३ लिवाङ(ङ) र जिल्ला ५३ बस्ने बर्ष १३ को परिवर्तित नाम(२०८२।०८३) ५३ लिवाङ(च)ले ललाई फकाई यौन दुर्व्यबहार गरेको भनि जाहेरवाला परिवर्ति नाम (२०८२।०८३) ५३ लिवाङ (घ-२) ले मिति २०८२।०९।२५ गते जि.प्र.का.रोल्पामा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.रोल्पाबाट प्र.नि.को कमाण्डमा-५ जनाको टोली खटि गई निज पिडकहरुलाई नियन्त्रणमा लिई दिन ५ म्याद थप गरी जि.प्र.का.रोल्पाको बाल निग्रानी कक्षमा राखिएको,उक्त स्थान जि.प्र.का.रोल्पाबाट अं.३ कि.मि. दक्षिण पर्ने । सोलुखुम्बु, मिति २०८२।०९।२४ गते अं अं.१५:३० बजे परिवर्तित वतन जिल्ला ११ स्थित ऐ.बस्ने वर्ष २२ को पुरुषले मादक पदार्थ सेवन गरी ऐ.बस्ने वर्ष १० कीलाई कुटपिट गरी भुईमा लडाई पीडितको कपडा खोली जवर्जस्ती करणीको प्रयास गरेकोमा पीडित प्रतिवादीको पञ्जाबाट फुत्केर नजिकै रहेको वडा अध्यक्ष राजेश राईको घरमा गई बसिरहेको अवस्थामा पीडितको बुवा आमाले फेला पारी पीडितलाई आफ्नो घरतर्फ लिई जादै गरेको अबस्थामा बाटोमा प्रतिवादीलाई फेला पारी पीडितको बुबाले सम्झाई बुझाइ गर्दा प्रतिवादीले पीडितको ठुलोबुबाको घरबाट खुकुरी लिई आई पीडितको घरको ढोका काटेर क्षती पुर्‍याई दिएको र निजलाई स्थानीय मानिसहरूले नियन्त्रणमा लिई राखेको भनी ऐ.२५ गते ०५:०० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.मुक्लीबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी वारदातमा प्रयोग खुकुरी समेत बरामद गरी अं.२०:४५ बजे जि.प्र.का.सोलुखुम्बुमा ल्याई थप अनुसन्धान भईरहेको, प्रतिवादीलाई स्वास्थ्य परीक्षण पश्चात हिरासतमा राखिएको, घटनास्थल प्र.चौ.मुक्लीबाट अं.१३ कि.मि.उत्तर पर्ने । विदेशी नागरिक मृत्यु,कास्की, मिति २०८२।०९।२४  गते अं.२४:०० बजे  भुटानका नागरीक (PASSPORT NO G200010) वर्ष ६३ को Gyampo Duppa  मुस्ताङ घुम्न गएकोमा मार्फा स्थितमा सुगर प्रेसरका कारण श्वास प्रश्वासमा समस्या आई उपचारको लागी प्रदेश अस्पताल जोमसोम मुस्ताङ अस्पताल लगिएकोमा ऐ.२५ गते बिहान ०४:०० बजे रिफर भई मेट्रोसिटी अस्पतालमा ऐ.०९:०० बजे ल्याएकोमा चिकित्सकद्धारा चेकजाँच गर्ने क्रममा ऐ.०९:२० बजे मृत्यु घोषणा गरेको र निज मृतकको श्रीमती लाली माया सुनवारले शव पश्चिम क्षेत्रीय अस्पतालमा लगेको, साथै भुटानबाट ऐ.२३ गते नेपाल आएकोमा ६५ जनाको ग्रुपमा मुस्ताङ घुम्न गएको भनी सोही अस्पतालमा खटी गएको प्रहरी कर्मचारी मार्फत जानकारी प्राप्त भएको । प्रहरी कर्मचारीको मृत्यु,बर्दिया, बढैयाताल गा.पा.२ फुटाहा स्थित नेपाल भारत सिमाना १० गजा ११ नं.पिलर देखी अं.३०० मिटर दक्षिण भारतीय जंगलमा मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मैनापोखरबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गई बुझ्दा मृतक जिल्ला बाँके खजुरा गा.पा.३ घर भई हाल काठमाण्डौ उपत्यका बिशेष प्रहरी गण मुख्यालय त्रिपुरेश्वर दरबन्दी भई सोही कार्यालयमा कार्यरत रहेको अं.वर्ष ३७ को प्र.ज.खेम ब.सोनार मृत अवस्था रहेको, निज निज मिति २०८२।०९।१४ गतेबाट लागु हुने गरी दिन १० घ.बि.आएको भनी सम्बन्धित कार्यालयबाट जानकारी प्राप्त भएको, भारतीय सिमा सुरक्षाबल SSB संग समन्वय गरी भारतिय जनपद प्रहरी बहराईज थानाबाट Forensic Unit समेतको भारतीय प्रहरी घटनास्थलमा खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागु भारतको बहराईज स्थित बहराईज पठाएको, शव संगै जि.बर्दिया बढैयाताल गा.पा.१ ठुलो डाँफे बस्ने मृतकको ससुरा हिरालाल सुनार र साडु दाई नाता पर्ने पर्से सुनार साथमा गएको भन्ने बुझिन आएको, उक्त घटनास्थल इ.प्र.का.मैनापोखरबाट अं.९ कि.मि.दक्षिण पर्ने । लागु औषध,दाङ, अ.प्र.पोष्ट घोराही बसपार्क दाङबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले मिलन चोक स्थित जि.दाङ घोराही उ.म.न.पा.१४ खोलीगाउँ बस्ने वर्ष ३४ को सुशिल गहतराजले चलाएको लु ८० प ६३११ नं.को मो.सा.लाई शंकास्पद लागी रोकी निज मो.सा.चालक र मो.सा.पछाडी सवार ऐ. १४ बस्ने वर्ष ३२ को अम्मर नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.दाङबाट खटिएको प्र.ब.ना.नि.को टोलीले दुवै जनाको शरीर खानतलासी गर्दा सुशिल गहतराजले बोकेको कालो रङको साईडको ब्याग खोली हेर्दा लुकाई छिपाई गरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखीने पदार्थ १ वटा प्लाष्टिकको ठुलो पुडिया(पोका) फेला पारी डिजिटल तौल मेसिनमा राखी प्लाष्टिक सहित तौल गर्दा ५०  ग्राम ८८० मिलिग्राम तौल भएको र शुद्ध तौल ४७ ग्राम ६७० मिलिग्राम र सोही ब्याग भित्र रहेको मोबाईल थान-२, विभिन्न दरको नेपाली रु.८४ हजार ५ सय रुपैया, मो.सा थान-१ र पछाडी सवार अम्मर नेपालीको साथबाट विभिन्न दरको नेपाली रु.१ हजार ३ सय रुपैया, Enix लेखेको सादा मोवाईल सहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको,उक्त स्थान जि.प्र.का.दाङबाट अ. ४०० मिटर दक्षीण पूर्व पर्ने । झापा, बिर्तामोड न.पा.४ मुनाल टोल स्थितमा इ.प्र.का.अनारमनीबाट प्र.नि.र ला.औ.नि.ब्युरो काकरभिट्टा शाखाबाट प्र.ह.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.भद्रपुर न.पा.१ पाण्डे चोक बस्ने वर्ष २५ को निरोज लिम्बु र ऐ.भद्रपुर न.पा.२ पृथ्वी नगर बस्ने वर्ष २६ को सागर प्रधानको साथबाट ४१ ग्राम ५८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.र प्र.१-०१-०१५ प ३४२७ नं.को स्कुटर सहित निजहरु दुवै जनालाई पक्राउ गरी इ.प्र.का.अनरमनीमा राखि थप अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का.अनारमनीबाट अं.३ कि.मि.पश्चिम-दक्षिण पर्ने ।  अछाम, साँफेबगर न.पा.३ टोटासाल वडा कार्यालय नजिक त्रिपालको टेन्ट हाली भेडाभाख्रा चराउन बसेका जिल्ला बाजुरा हिमाली गा.पा.२ घर भएको कुसन कार्कीको श्रीमती वर्ष अं.३६ की कमला कार्कीले ला.औ.चरेसको कारोबारो गरिरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का.साँफेबगरबाट प्र.नि.को कमाण्डमा टोली प्रहरी खटी गई निज कमला कार्कीको शरिर खानतलासी गर्दा निजले लगाएको लुगामा लुकाई छिपाई राखेको चरेस जस्तो देखिने कालो पदार्थ ९९.८९ ग्राम फेला पारी बरामद गरेकोले ला.औ.सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाएको, घरमा हेरचाह गर्ने कोही नभएकोले निजको साथमा बर्ष अं.३ को बालिका रहेको, दुबैलाई बालनिगरानी कक्ष तथा महिला प्रहरी कर्मचारीको साथमा राखिएको, उक्त स्थान इ.प्र.का.साँफेबगरबाट अं.२.५ कि.मि.पश्चिम उत्तर पर्ने ।

मिति २०८२।०९।२४ गते ०५:०० बजे देखि २०८२-०९-२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२५

ज.ज.क./ ज.ज.क.उधोग, कैलाली, भजनी न.पा.८ जनकपुर बस्ने वर्ष ११ की बालिकालाई ऐ.०९।२२ गते अं.१९:०० बजे ऐ.बस्ने वर्ष ६५ को राम शंकर चौधरीले  पैसाको लोभलालच देखाई बिभिन्न प्रलोभनमा पारी आफ्नो कोठामा लगी ज.ज.क.गरेको भनि  ऐ.०९।२४ गते १५:३० बजे निजको आफन्तले इ.प्र.का.भजनीमा आई किटानी जाहेरी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडक र पिडित बालिका समेत लाई नियन्त्रणमा लिई इ.प्र.का.भजनी कैलालीमा ल्याई ऐ.१७:०० बजे स्वास्थ्य परीक्षणको लागि टिकापुर अस्पताल टिकापुरमा पठाईएको । कर्तव्य ज्यान,गोरखा, पालुङटार न.पा. ३ बोगटीगाँउ बस्ने शंकर सुनारले आफ्नै श्रीमती वर्ष अं.२१ की अनुष्का परियारलाई कुटपिट गरि अचेत अबस्थामा रहेको भन्ने खबर  प्राप्त हुनासाथ इ.प्र.का ठाँटीपोखरी गोरखाबाट प्र.नि.को कमाण्डमा टोली खटि गई घाईतेलाई उपचारको लागि आँपपिपल अस्पताल हर्मी गोरखा पठाईएको अबस्था अचेत रहेकोमा ऐ. १३ :४० बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने मानिस इ.प्र.का ठाँटीपोखरीको नियन्त्रणमा । हा.ह.बरामद,रुकुम पूर्वी, इ.प्र.का.काक्रीबाट खटिएको प्र.ना.नि.को कमाण्डमा गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. भुमे गा.पा.२ ढुसीडाँडा बनमाराको झाडीमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक थान-६ वेसाबुत, थान १ साबुत गरी जम्मा थान-७ भरुवा बन्दुक फेला पारी मुचुल्का कार्य पुरा गरी इ.प्र.का.काक्री  मा ल्याई राखिएको । दैलेख, नौमुले गा.पा.०४ भरभरे सामुदायिक वन सिकारी डाँडामा स्थित भरुवा बन्दुक बेबारीसे अबस्थामा छ भनी इ.प्र.का नौमुले दैलेखमा गोप्य सुचना प्राप्त पश्चात इ.प्र.का नौमुलेबाट प्र.स.निको कमाण्डमा टोली खटी गई खो.त गर्दै जाने क्रममा ऐ.स्थित बाट २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिई मुचुल्का गरी इ.प्र.का नौमुलेमा ल्याउँदै गरेको । बाग्लुङ, गलकोट न.पा.०१ मैदास स्थित भाटीखोला सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई  राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ४ थान स्थानियले फेला पारी इ.प्र.का. गलकोटमा जानकारी गराउन साथ प्र.स.नि.को कमाण्डमा टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१५:३० बजे इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको । बाग्लुङ, निसीखोला गा.पा.-०६ जाउलेपानी स्थित जाउलेपानी सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ३ थान स्थानियले फेला पारी इ.प्र.का. बुर्तिबाङमा जानकारी गराउनासाथ इ.प्र.का. बुर्तिबाङ प्र.नि. को टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१७:३० बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको । लागु औषध,बारा, प्रसौनी गा.पा.१ नकटुवा स्थितमा पतञ्जलिबाट नकटुवा तर्फ जादै गरेको भारतिय नम्बर प्लेटको कार गाडिमा निशेधित लागु औषध अफीम बोकी हिंडेको बिशेष सुचनाको आधारमा प्र.नि.को कमाण्डमा खटिएको टोलीले उक्त गाडिलाई बाटोमा चेकजाँच गर्ने क्रममा जि.पर्सा बहुदरमाई न.पा.७ बस्ने राम नारायण राउत कुर्मिको छोरा अं.वर्ष ३८ को निलेश पटेल कुर्मी लगायत ३ जनालाई पक्राउ गरी रितपुर्वक उक्त गाडि लाई खानतलासि गर्दा BR01CL6079 नं.को कारको पछाडिको सिट माथि कालो प्लाष्टिकमा प्याक गरी २ पोका (२ के.जि.२४ ग्राम)लागु औषध अफिम फेला पारी कार सहित मानिस नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । कास्की, पोखरा म.न.पा.९ नयाँबजार स्थित ला.औ.विक्री वितरण गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.कास्कीबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले जि.कपिलवस्तु मायादेवी गा.पा. ३ बस्ने वर्ष २७ को संजय यादवलाई शंङ्का लागी सोध पुछ तथा खानतलासी गर्दा निजले लगाएको पहेंलो हुडिको गोजीमा कालो प्लाष्टिकमा वेरी (पोका) पारी लुकाई छिपाई राखेको ला.औ. खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो बस्तु ८.०० ग्राम फेला पारी, नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई राखिएको,अनुसन्धान भईरहेको ।  मोरङ, विराटनगर म.न.पा.१५ स्थित मनोज साहको घरमा सर्टर भाडा लिई चिया नास्ता पसल संचालन गर्दै आएको देश भारत राज्य विहार पिपरा पञ्चायत वडा नं. ७ बस्ने अं.वर्ष ४५ की कबिता यादवले  उक्त पसलमा ला.औ.गाँजाको कारोवार (खरिद बिक्री) गरि रहेको  भन्ने गोप्य सुचनाको आधारमा पसल खानतालसी गर्दा पसल भित्र रहेको खाट मुनि सेतो प्लाष्टिकको ७ वटा पोकालाई एकै ठाउँमा पारी सेतो टेपले बेरेर राखेको अवस्थामा ला.औ.गाँजा डिजिटल तराजुमा तौल गर्दा ७ (सात) के.जि.१८० ग्राम वजन भएकोमा उक्त ला.औ.गाँजा  र सोही पसलमा रहेको पसल संचालक कबिता यादव, निजको छोरा अं.वर्ष २८ को मुन्ना कुमार यादव र जि.मोरङ जहदा गा.पा.१ बस्ने वर्ष अं.१९ को मंजित कुमार यादव समेत तीनै जना लाई र BR ३८ Q ८९३६ नं.को मो.सा. समेत नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।०९।२३ गते ०५:०० बजे देखि २०८२-०९-२४गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२४

ज.ज.क./ ज.ज.क.उधोग,ओखलढुङ्गा: मिति २०८२।०८।२८ गते अ.०२:०० बजे जिल्ला ओखलढुङ्गा खिजिदेम्वा गा.पा.०९ फाप्रे  बस्ने अ.वर्ष २९ की सांकेतिक नाम २०८२।०८३ -ड लाई ऐ.गा.पा.०९ बस्ने अ.वर्ष २७ को कुङ्गा शेर्पाले पिडितको आफ्नै घरमा ज.ज.क.गरेको भनि ऐ.२३ गते १३:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ इ.प्र.का.खिजिफलाटेबाट प्र.स.नि.बसन्तराज घिमिरे कमाण्डमा प्रहरी टोली खटि गएको, पिडक  फरार, खो.त. र थप अनुसन्धान कार्य भईरहेको । बर्दिया: बढैयाताल गा.पा. १ ठुलो डाँफे बस्ने बर्ष अ.३१ को बिष्णु ब. क्षेत्रीले जि.रुकुम पश्चिम मुसिकोट न.पा. ९ बस्ने परिवर्तित नाम संकेत नं ६६ बढैयाताल (ट१) कि छोरी बर्ष १५ कि परिवर्तित नाम थर संकेत नं ६६ बढैयाताल (ट) लाई जि.बर्दिया बढैयाताल गा.पा १ ठुलो डाँफे स्थित मामा घर आएको बेला ललाई फकाई गरी निजले आफ्नो घर बोलाई ज.ज.क गरेको भनि मिति २०८२।०९।२२ गते अं.२२:०० बजे इ.प्र.का.मैनापोखर बर्दियामा निजको आमा परिवर्तित नाम संकेत नं ६६ बढैयाताल (ट२) ले लिखित जाहेरी दिए पश्चात उक्त घटनास्थलमा इ.प्र.का.मैनापोखरबाट प्र.नि. को कमाण्डमा ७ जनाको प्रहरी टोली खटिगई निज प्रतिबादिलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको । प्युठान: मिति २०८२।०९।१० गते अ. १६:०० बजेको समयमा जिल्ला प्युठान स्वर्गद्वारी न.पा. ९ जुकेना बस्ने बर्ष १० की परिवर्तित संकेत नाम ५२ (२०८२/०८३) ९ घर नजिकै बाटोमा एक्लै खेलिरहेको अवस्थामा भैसीकोट सार्वजनिक जंगलमा लगि ऐ. बस्ने बर्ष अं. २१ को दुर्ग बहादुर घर्ती मगरले ज.ज.क. गरेको भनि मिति २०८२।०९।२३ गते १५:४५ बजेको समयमा जि.प्र.का. प्युठानमा जाहेरी दिए पश्चात, उक्त स्थानमा अ.प्र.पो.लामाचौर प्युठानबाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली खटि गई निज पिडकलाई नियन्त्रणमा लिइ पिडक र पिडितलाई विस्तृत स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाइएको, पिडितको अवस्था सामान्य रहेको । पर्सा: मिति २०८२।०९।१२ गते अं.१२;०० बजे,करैयामाई गा.पा.३ गालोपट्टी टोल घर भई जि.पर्सा बीरगंज म.न.पा.१० रानीघाट स्थित श्यामसुन्दर साह कानुको घरमा डेरा गरी बस्ने अं.वर्ष ३० को कृष्ण पासवानले ऐ.बस्ने अं.वर्ष ६ की नाबालिकलाई ज.ज.क.उधोग गरेको भन्ने मिति २०८२।०९।२३ गते  खबर प्राप्त हुनासाथ प्र.चौ.रानीघाट पर्साबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । पर्सा: जितपुर सिमरा उ.म.न.पा.७ घर भई हाल जिल्ला पर्सा वीरगंज म.न.पा.१५ स्थित नेशनल मेडिकल कलेजको अगाडी रिफर नामक फार्मेसी संचालन गरी बस्ने आलमगिर अंसारिको छोरा वर्ष अं २७ को ईमतियाज अंसारीले जि.बारा जितपुर सिमरा उ.म.न.पा.१३ घर भई हाल जि.पर्सा वीरगंज म.न.पा.१६ नगवा स्थित डेरा गरी बस्ने (A)को छोरी वर्ष १४ की बालिकालाई ज.ज.क.उधोग गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.पर्साबाट प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । काठमाण्डौं: हेटौडा उप.म.न.पा- १,मकवानपुर घर भई हाल का.जि का.म.न.पा.१७ बस्ने बर्ष २५ की महिलालाई निजको श्रीमान् बर्ष ३५ को ओजिर देवानले का.म.न.पा.१७ ढल्कु स्थित डेरामा ईच्छा विपरीत शारीरिक सम्पर्क राखी जबरजस्ती करणी गरेको भनी मिति २०८२/०९/२३ गते १४:३० बजे जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दरखास्त दिएकोमा अ.अ.कार्य जारी रहेको, फरार प्रतिवादीको खो.त.कार्य जारी रहेको । प्रहरी कर्मचारीको मृत्यु,काठमाण्डौ: मिति २०८२/०९/०६ गते देखी का.म.न.पा.३१, नयाँ वानेश्वर मिनभवन स्थित निजामति कर्मचारी अस्पतालमा रक्त क्यान्सर भई उपचार गराई रहेका जिल्ला बाजुरा खप्तडदेह गा.पा. ०५ घर भई हाल नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय कैलाली दरबन्दी भई कार्यरत प्र.ज. वर्ष २८ को बिक्रम बहादुर रावत मिति २०८२/०९/२३ गते अं.०९:४३ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, शव पोष्टमार्टमको लागि त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्ज लगेको । कञ्चनपुर: कर्णाली प्रदेश प्रहरी गण विरेन्द्रनगर सुर्खेत गण दरबन्दी भई नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखको  मिति २०८२।०२।१९ गतेको पत्रादेशले  नेपाल प्रहरी विषेश सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर काजमा कार्यरत (क.को.ड. ३९२२७२ र संकेत नं. C-०००२२३९७) प्र.ह. प्रकाश दत्त पाण्डे मिति २०८२।०९।२२ गते स्वास फेर्न समस्या आई उपचारको लागी मायामेट्रो अस्पताल प्रा.ली. धनगढी कैलालीमा ICU मा उपचार भईरहेकोमा उपचार पश्चात  ऐ. १८:०० बजे डिस्चार्ज गरी घर ल्याएकोमा २१:१० बजे मृत्यु भएको । शव फेला परेको,न.प.पूर्व: मध्यबिन्दु न.पा.११ बाउन्ने कुना स्थित पूर्व-पश्चिम राजमार्गको कल्भर्ट मुनी कुसुन्डे सिचाईको नहरमा कृषि सामाग्री कम्पनी लिमिटेड लेखेको सेतो बोरा भित्र (खुट्टा मात्र देखिएको) मानिसको शव फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोली खटी गएको, नामथर, वतन र लिंग केही पनि नखुलेको, थप अनुसन्धानको लागी इ.प्र.का.दुम्किबासबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली र  जि.प्र.का.न.प.पूर्वबाट प्र.उ.को कमाण्डमा SOCO सहितको टोली खटी गएकोमा ऐ.१०:५० बजे जिल्ला न.प.(पूर्व) मध्यबिन्दु न.पा.१० मुसहरटोल बस्ने वर्ष अं ३५ की रीता मुसहर भनि निजको बुबा जयराम मुसहरले शव पहिचान गरेको, ऐ.११:३० बजे कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागी मध्यबिन्दु नगर अस्पताल चोरमारा पठाईएको, घटनामा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई जि.प्र.का.न.प.(पूर्व) मा राखी  अ.अ.भईरहेको । हराएकी महिला मृत फेला,सुर्खेत: मिति २०८२/०९/२२ गते अं.०८:०० बजे भेरीगंगा न.पा. ५ गेरवानी बस्ने नर ब. सारुको श्रीमती वर्ष ५७ की गंगा सारु कोही कसैलाई जानाकारी नगराई घरदेखी निस्केकोमा ऐ.२३ गते अं.०९:०० बजे निजको दुई जना नातिनी घर देखी अं. १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा निज गंगा सारुले लगाएका कपडा चप्पल सहित सोही स्थानमा रगत देखिएको र अं. ६०० मि.पूर्व तर्फ निज महिलाको टाउको भेटिएको भनि ऐ १०:३० बजे अ.प्र.पोष्ट बबईमा जानकारी गराए पश्चात प्र.स.नि.को कमाण्डमा ४ जना र इ.प्र.का छिन्चुबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली, नेपाली सेनाको टोली, बनको कर्मचारी र स्थानीय जनप्रतिनिधि समेत गरी अं. २५ जनाएको टोली खटी गई खो.त. गर्ने क्रममा ऐ.११:२५ बजे टाउको फेला परेको स्थान देखी ३०० मि. पश्चिममा बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु खाएको अवस्थामा शरीर फेला परेको ।   हा.ह.बरामद,बागलुङ: गलकोट न.पा.-१० कालखानी स्थित कालखानी सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ८ थान स्थानीयले फेला पारी इ.प्र.का. गलकोटमा जानकारी गराउन साथ  प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटिगई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त भरुवा बन्दुक मिति २०८२/०९/२३ गते १४:४५ बजे इ.प्र.का. गलकोटमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको । गोली प्रहार,बर्दिया: गुलरिया न.पा.११ लालपुर स्थित ला.औ.कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा ला.औ.नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट प्र.स.नि.को कमाण्डमा ७ जना र प्रचौ.महम्मदपुर बर्दियाबाट प्र.ना.नि.को कमाण्डमा २ जनाको संयुक्त टोली खटिगई २ जना मानिसहरुलाई शंका लागी नियन्त्रणमा लिने क्रममा निजहरुले प्रहरीलाई नै आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी कार्वाहीको लागी प्र.स.नि.को साथमा रहेको सानो हतियार (टाईप ५४) पेस्तोलबाट १ राउण्ड गोली हवाई फायर गर्दा समेत निजहरु नियन्त्रणमा नआए पश्चात थप १ राउण्ड गोली फायर गर्दा देश भारत जि.बहराईज ग्राम लौकाही बस्ने बर्ष ३१ को फिरोज खानको दाँया खुट्टाको घुडादेखी तल्लो भागमा गोली लागेको, घाईतेलाई जिल्ला अस्पताल बर्दियामा ल्याई उपचार भई रहेको, अवस्था मध्यम बोल्न सक्ने र १ जना भागी फरार रहेको, घाईतेको साथ बाट कालो प्लाष्टिकमा बेरी राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ पोका (शुद्द तौल २६६ ग्राम ५६० मिलि ग्राम) र मोबाईल थान ३ बरामद भएको र थप अनुसन्धान कार्य भइरहेको । लागु औषध, उदयपुर: त्रियुगा न.पा.४ बगाहा फर्सेट खोला नजिक रहेको खेलमैदानको काँसघारीमा बेवारिसे अवस्थामा २ (दुई) वटा कालो झोला रहेको भन्ने खबर प्राप्त हुना साथ अ.प्र.पोष्ट बगाहा र जि.प्र.का.उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा उक्त झोला भित्र तयारी अवस्थामा रहेको ३० के.जी गाँजा (३० प्याकेट) फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०९।२२ गते ०५:०० बजे देखि ऐ ०९।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२३

जबरजस्ति करणी, बाल यौन दुर्व्यवहार,दैलेख, दुल्लु न.पा.१२ खत्रिटोल बस्ने वर्ष १९ कि महिला आफ्नो घर बाहिर पिसाब फेर्न भनी शौचालय जाँदा अपरिचित अं. वर्ष २७ को वर्ण कालो, उचाइ अं.५ फिट, शरिर मोटो, कालो कपाल पालेको खैरो कलरको हुप, निलो कालो पाइन्ट, सेतो चप्पल र कालो क्याप टोपी लगाएको ब्यक्तिले घर देखी ५०० मिटर पूर्व दक्षिण तर्फ लगी ज.ज.क.गरेको भनी ऐ.०५:०० बजे टेलिफोन मार्फत जि.प्र.का.दैलेखमा खबर गरे पश्चात उक्त स्थानमा प्र.स.नि.ढाल बहादुर मल्लको कमाण्डमा २ जनाको प्रहरी टोली खटी गएको । थपटिपोट :- ऐ.१४:५० बजेको समयमा डुग्रेश्वर गा.पा. ४ बस्ने रुद्र बहादुर थापाको छोरा बर्ष २३ को भुपेन्द्र थापा जि.प्र.का दैलेख को नियन्त्रणमा रहेको ।  नबलपरासी(बर्दघाट सुस्ता पश्चिम), सुनवल न.पा.१२ भुमही स्थित चोकमा रहेको ठेलामा खाजा खादै गरेकी ऐ.सुनवल न.पा.१२ प्रतापपुर बस्ने वर्ष १७ की बालिकालाई ऐ.रामग्राम न.पा.२ परासी बस्ने वर्ष अं.४३ को तुल प्रसाद भण्डारीले बाल यौन दुर्व्यवहार गरेको भन्ने प्राप्त हुनासाथ अ.प्र.विट भुमहीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज तुल प्रसाद भण्डारीलाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासी पश्चिममा राखि थप अनुसन्धान कार्य भइरहेको, । नबलपरासी(बर्दघाट सुस्ता पश्चिम), सुस्ता गा.पा.२ जमुनाबारी बस्ने वर्ष अं.५५ को सदर भनि बोलाउने कौशल मोहमद शेखले ऐ.स्थित आफ्नो घरसँगै रहेको कुखुराको मासु पसलमा कुखुराको मासु किन्न आएकी ऐ बस्ने वर्ष अं.१२ की बालिकालाई फकाई बाल यौन दुर्व्यवहार गरेको भनी प्रहरी चौकी कुडियामा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज सदर भनी बोलाउने कौशल मोहमद शेखलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलाटारीमा राखी थप अनुसन्धान कार्य भइरहेको, । कैदी/थुनुवा मृत्यु,काठमाण्डौ, जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला भोजपुर, ट्याम्केमैयुङगा.पा.०४ स्थायी वतन भएका वर्ष ५४ का क.ज्यान मुद्दामा थुनामा रहेका थुनुवा प्रश्नजंग राई पित्त थैलिको क्यान्सर सम्बन्धी बिरामी भई ऐ.२२ गते वि.पी.स्मृती अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ. १८:१० बजे मृत्यु भएको । पेट्रोल छर्केको सम्बन्धी,सुनसरी, मिति २०८२।०९।२१ गते १३:४५ बजे इटहरी उ.म.नं.पा.६ स्थित एन आइसी एसिया  बैंकको शाखा कार्यलयमा सोही बैंकका ऋणि ऐ.बस्ने वर्ष ५७ को लाल ब.पौडेलले प्रज्वलनशील पदार्थ (पेट्रोल) लिई कार्यालय कोठा र आफु स्वयममा समेत छर्की भागेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.इटहरीबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई लाल ब.पौडेललाई निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा ल्याई अनुसन्धान भईरहेकोमा निजले २०७८ सालमा १०००००००।-(एक करोड)एन आइसी एसिया  बैंक शाखा कार्यलय इटहरीबाट ऋण लिएकोमा हाल निजले तिर्नु पर्ने ब्याज समेत गरी ३०००००००।- (तिन करोड ) रहेको, बिदेशबाट आएको, निजले एक्लै लिएको भन्ने बुझिएको, ऐ.२२ गते १७:०० बजे अभद्र ब्यबहारमा दिन-०७ म्याद थप भई अनुसन्धान भइरहेको । हा.ह.बरामद,बागलुङ, तमानखोला गा.पा.-२ लादिवाङ स्थित लादिवाङ सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई  राखेको अवस्थामा बेवारिसे १ नाले सावुत भरुवा बन्दुक ५ नाल स्थानियले फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ  इ.प्र.का. बुर्तिबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त बन्दुक नियन्त्रणमा लिई इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको । लागु औषध,झापा, बिर्तामोड न.पा १ सुर्यनगर टोल काली मन्दिर स्थित ऐ. बस्ने बर्ष ४० को अजय राजवँशीको घरमा ला.औं कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का अनारमनीबाट खटिगएको प्र.नि को टोली र ला.औं ब्युरो काकरभिट्टाबाट खटीएको प्र.हको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट र कोठा भित्र लुकाई छिपाई राखेको ला.औं ब्राउन सुगर जस्तो देखिने ( खैरो लिसाईलो पदार्थ) तौल गर्दा १२३ ग्राम १८० मिलिग्राम सहित नियन्त्रणमा लिई इ.प्र.का अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको ।  मकवानपुर, हेटौडा उ.म.न.पा.१९ बासुदेब टोलबाट जनहित सामुदायिक बन हुदै कुवापनी जाने भित्री जंगलको बाटोमा प्र.ना.नि.कुमार के.सि.फुयाल (९८४५७२५७७१) को कमाण्डमा गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बाटोको छेउमा प्लास्टिकको दुई वटा भरी बोरा बेवारिसे अवस्थामा देखेपछी उक्त बोरामा के रहेछ भनी हेर्दा प्रत्येक बोरामा २/२ पोकाको दरले चार वटा पोका ला.औ.गाजा रहेको अबस्थामा फेला पारी यस कार्यालयमा ल्याएको तौल गर्दा ६२ के.जि.१६० ग्राम भएको उक्त ला.औ.को कसले छाडेको हो अनुसन्धान कार्य हुदै ।  पर्सा, ठोरी गा.पा.३ ब्रमानगर हुलाकी सडक खण्ड स्थित पश्चिम तर्फ भित्री कच्ची सडक जाने बाटोमा इ.प्र.का.ठोरीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.बस्ने छिरिङ दोङको घर भित्रबाट अं.९५० ग्राम र घर देखि अ.१५ मिटर उत्तर तर्फ रहेको बाँझो खेतमा उखुको सुकेको पात मुनि लुकाई छिपाई राखेको अवस्थामा अं.१ सय ५७ के.जि. (१० पोका) ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी नियन्त्रणमा लिई इ.प्र.का.ठोरीमा ल्याई राखिएको । निज  छिरिङ दोङ फरार रहेको ।

मिति २०८२।०९।२१ गते ०५:०० बजे देखि ऐ ०९।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२२

शंकास्पद मृत फेला,सिन्धुली, तिनपाटन गा.पा ३ राम्चे स्थित २०८२।०९।०९ गते वर्ष ५३ की टंकमाया बुढाथोकी (सो घरमा निज महिला एकलै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र २ छोरा वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहेको,४ छोरी मध्ये ३ वटा विवाहित र १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खोज तलास गर्दा समेत फेला नपरेको भनी स्थानिय र आफन्तले  ऐ. राती अ. २१:२० बजे इ.प्र.का बेलघारीमा  जानकारी गराउनसाथ ऐ.०९।१० गते  प्र.स.नि को कमाण्डमा टोली निज महिलाको घरमा खटि गई स्थानिय र आफन्तहरु संग समन्वय गरी निजको घरमा हेर्दा निज सुत्ने बेडमा दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएकोले थप अनुशन्धानको लागि जि.प्र.का.बाट प्र.उ को कमाण्डमा १० जना प्रहरी टोली खटी गई  खो.त. तथा अनुसन्धान भई रहेकोमा ऐ.०९।२१ गते इ.प्र.का.बेलघारीबाट प्र.स.नि को कमाण्डमा टोली र स्थानिय /आफन्त समेत मिली खो.त.गर्दै जाने क्रममा ऐ.२३:०० बजेको समयमा उक्त महिलाको शव घर देखी ३०० मिटर उत्तर पट्टी रहेको बाँसको झ्याङमा दुर्गन्धित अवस्थामा फेला परेको,उक्त शव वर्ष ५३ की टंकमाया बुढाथोकीको नै रहेको भनि मृतकको छोरी वर्ष २२ की गोमा बुढाथोकी लगायत आफन्त समेत बाट सनाखत भएको भनी खटी गएको प्रहरीबाट इ.प्र.का.बेलघारीमा जानकारी प्राप्त हुनासाथ प्र.नि को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको । जबरजस्ति करणी,सल्यान, बागचौर नगरपालिका वडा नं.८ बिउरेखोला बस्ने बर्ष अ. ३७ को संरक्षक परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ ले मेरो छोरी बर्ष ६ की परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ (क) लाई ऐ.ऐ. बस्ने बर्ष १७ को परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ (ख) ले बिभीन्न मितिमा पटक-पटक जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ ले इ.प्र.का.थारमारे,सल्यानमा मिति २०८२।०९।२० गते निवेदन पेश गरेको हुदाँ उक्त स्थानमा प्र.स.नि.ललित बि.क.को कमान्डमा ४ जनाको प्रहरी टोली खटि गई निजलाई प्रकाउ गरि इ.प्र.का.थारमारे,सल्यानमा राखिएको । सडक दुर्घटनाबाट प्रहरी कर्मचारी मृत्यु,रुपन्देही, बुटवल उ.म.न.पा.१० धागो कारखाना अगाडी पुर्व बाट पश्चिम तर्फ आउदै गरेको चालक जिल्ला गुल्मी रेसुङगा न.पा. १ बस्ने वर्ष ५६ को जितेन्द्र सिंह थापाले चलाएको बागमती प्रदेश ०१ -००३ च ००७७ क्रेटा कारले ऐ.स्थित चेकिङ डिउटीमा खटीएका  कम्प्युटर कोड नं.४१८४८६ का जिल्ला रुपन्देही कोटहिमाई गा.पा.५ घर भएका प्र.चौ.खिदीम अर्घाखाची दरबन्दी भइ हाल अ.ट्रा.प्र.पोष्ट रामनगर रुपन्देही कार्यरत प्र.स.ह.नागेश्वर पाललाई ठक्कर दिदा घाइते भइ उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाएकोमा, ऐ.१६:३८ बजे डाक्टरद्धारा मृत घोषणा गरेको,लास सोही अस्पतालमा रहेको निजको आफन्तलाई जानकारी भएको , उक्त कार अनियन्त्रित भइ ऐ.स्थानमा रोकी राखेको म.प्र.०३-००१ क ३३१९ नं.को टिप्परलाई समेत ठक्कर दिएको घटना स्थलमा व.प्र.का.बुटवलबाट प्र.नि.को टोलि खटी गएको कार र कार चालक व.प्र.का.रुपन्देहीको नियन्त्रणमा रहि थप अनुसन्धान भईरहेको ।  प्र.क.मृत्यु,सुनसरी, इ.प्र.का.इटहरी सुनसरी दरबन्दी भई इ.प्र.का.लौकहीमा कार्यरत कम्प्युटर कोड नं.५५०७१० भएको जिल्ला उदयपुर चौदन्डीगढी न.पा.६ घर भएका प्रहरी कार्यालय सहयोगी बिरबल काजी मगर अचानक  बेहोस भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगर पठाएकोमा पुन: सिटी स्क्यानको लागि ऐ.१७:४६ बजे बिराट टिचिङ अस्पताल बिराटनगरमा पुगी टाउकोको सिटी स्क्यान गर्दा प्रेसरको कारणले टाउकोमा रगत जमेको हो भनि  डाक्टरबाट जानकारी प्राप्त भई बेहोस रहेको अवस्थामा उपचार भइरहदा ऐ. २३:४५ बजे बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको, शव एम्बुलेन्सद्वारा मृतकको घर ठेगाना जिल्ला उदयपुर चौदण्डी न.पा.६ मा  पुर्‍याएको । हतियार बरामद,बागलुङ, जिल्ला बागलुङ ढोरपाटन न.पा.०५ मस्ती स्थित सार्वजनिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले साबुत भरुवा बन्दुक ६ थान स्थानियले फेला पारी यस कार्यालयमा जानकारी गराउन साथ प्र.नि. तिलक मानन्धर को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१०:४५ बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको । गोली हानी आत्महत्या,भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल स्थित नबिन चाम्लिङ राईको  ४.५ तले पक्की घरको चौथो तलामा निजको छोरा वर्ष ४० को सनिप चाम्लिङ राई (अविवाहित) ले कोठामा ढोकामा चुकुल लगाई आफुले आफैलाई कन्चटमा   सि.नं.A३५४६५०M.N१७८२३ को २२ बोर राईफल कालो रङको (१ राउण्ड) गोली प्रहार गरी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको १० जनाको टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको, उक्त हतियार निजको भिनाजु सुर्य कुमार नेम्वाङको नाममा लाईसन्स रहेको ।लागु औषध,दाङ्ग, व.प्र.का.घोराही दाङबाट प्र.नि. को कमाण्डमा र सादा पोसाकको संयुक्त प्रहरी टोलीले लागु औषध सहित मानिस नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई अनुसन्धान कार्य भईरहेको उक्त स्थान व.प्र.का.घोराही दाङबाट अं.४ कि.मी.उत्तर पश्चिम पर्ने । निम्न;- १) जि.रुकुम पुर्व भुमे गा.पा.२ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१३ बनगाउँ स्थित केवल गिरीको घरमा तल्लो तलामा भाडा गरी बस्ने बर्ष ३४ की दिनमाया पुनको कोठामा मकैको बोरा भित्र लुकाई राखेको अबस्थामा ४ पोका प्लाष्टिक सहित ८०२ ग्राम शुद्ध तौल ७७४ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको र ऐ.ऐ.बस्ने बर्ष ३९ को दिपक पुनलाई समेत नियन्त्रणमा लिएको । २) जि.दाङ घोराही उ.म.न.पा.१३ चौतारी टोल बस्ने बर्ष ३५ की सम्पदा बुढामगरको घरको भुई तलाको बिच कोठामा सुट्केस भित्र लुकाई राखेको ३ थान Android मोबाईल र २० पोका प्लाष्टिक सहित तौल गर्दा ९ के.जि.६९९ ग्राम, शुद्ध तौल ९ के.जि.६१९ ग्राम जस्तो देखिने कालो पदार्थ र जंगली जनावरको सिंङ्ग (दारा) जस्तो देखिने थान २ फेला पारी नियन्त्रणमा लिएको सम्पदा बुढा मगर फेला नपरेको, सोही घरमा बस्ने जिल्ला रुकुम पुर्व भुमे गा.पा.२ बस्ने बर्ष २९ की रुपा बुढमगर र जिल्ला रुकुम पुर्व पुथा उत्तरगंगा गा.पा.१ बस्ने बर्ष ३० को हासी पुनमगरलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।  रूपन्देही, मायादेवी गा.पा.३ बस्ने वर्ष अं. २४ को दिपेन्द्र चाई र ऐ लुम्विनि सास्कृतिक न.पा.३ बस्ने वर्ष अं. २३ को समिम खानलाइ ऐ. सिद्धार्थनगर न.पा.१ बेलहियामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.को समन्वयमा सोधपुछ गर्दा ला.औ.ब्राउन सुगर ऐ. मायादेवी गा.पा.३ स्थित रहेको दिपेन्द्र चाईको घर कोठामा लुकाई छिपाई राखेको भन्ने खुलाएकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ५ जना र  ला.औ.नि.ब्यु शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि को कमाण्डमा ६ जनाको टोली खटी गई  निजको घर कोठामा खानतलासी गर्दा निजको कोठाभित्र रहेको सिरानी तर्फको बाँया तर्फको घर्रामा लुकाई छिपाई राखेको अवस्थामा २८ ग्राम २९० मिलिग्राम ला.औ.ब्राउन सुगर  जस्तो देखिने र डिजिटल तराजु थान १ फेला परेकोले उक्त ला.औ.बरामद गरी निज दुवै जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धन भईरहेको।

मिति २०८२।०९।२०गते ०५:०० बजे देखि ऐ ०९।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२१

कर्तव्य ज्यान,उदयपुर, बेलका न.पा.३ किरात चोक बस्ने वर्ष ३० को खगेन्द्र राई र निजकै श्रीमती वर्ष २७ की भावना भन्ने गंगा राई बीच के-कुन कारण बादबिबाद झै-झगडा हुँदा श्रीमती घरबाट अं.५० मिटर उत्तर तर्फ भाग्ने क्रममा श्रीमानले श्रीमतीलाई धारियो हतियार (छुरा) प्रहार गरी घाईते बनाई आफु स्वयमले आँफैलाई सोही छुरा प्रहार गरी घाईते भएको भन्ने खबर इ.प्र.का.रामपुरठोक्सिलामा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज खगेन्द्र राईको छातीमा रोपिएको चोट, भावना भन्ने गंगा राईको छातीमा ७ स्थानमा काटिएको तथा रोपिएको चोट अवस्था दुबै जनाको गम्भीर दुवै जनालाई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घरान घोपा पठाएकोमा निज भावना गंगा राईको उपचारको क्रममा ऐ.०९:५० बजे डाक्टले मृत घोषणा गरेको, उपचारमा इ.प्र.का.रामपुर ठोक्सिलाबाट प्र.ज.गुणराज वन्जरा र घाईतेको भाउजु सरिता राई संलग्न,उक्त स्थान इ.प्र.का.रामपुरठोक्सिलाबाट अं.२ कि.मि. दक्षिण पूर्व पर्ने । शंकास्पद मृत्यु,सर्लाही, थप अपडेट - मिति २०८२।०९।१९ गते अं.०५:०० बजे ईश्‍वरपुर न.पा.२ राईटरखोर बस्ने अं.वर्ष ४७ को रामईश्‍वर महतो (हाल सागरनाथ वन विकास परियोजना सागरनाथमा चौकी दारको रुपमा काम गर्दै आएका) ऐ.वनमा कसैले काठ काटी रहेको छ भनी आफ्नै घरबाट साईकलमा निस्किएको र घर फर्की नआए पश्चात आफन्तहरुले खो.त.गर्ने क्रममा ऐ.स्थित घाँट टोल नजिकै सागरनाथ वन विकास परियोजनाको १० नं.प्लटको बाटो देखि अं.१०० मिटर पूर्व तर्फ झाडीमा निजको मृत शव फेला परको भन्ने खबर ऐ.१५:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.भक्तिपुरबाट प्र.ना.नि., इ.प्र.का.केशरगंजबाट प्र.नि., जि.प्र.का.बाट प्र.ना.उ.साथै थप अनुसन्धानको लागि केनाई शाखा लालगढबाट प्र.ह.को कमाण्डमा ५ जना र २ वटा DOG सहितको टोली खटी गएको, ऐ.१८:४० बजे अनुसन्धान गर्ने क्रममा निज मृतकको टाउको काटिएको अवस्थामा रहेको, टाउकोको भाग हाल सम्म फेला नपरेको र उक्त घटनाको अनुसन्धानको क्रममा ईश्वरपुर न.पा.२ राईटरखोर बस्ने रुपनरायण महतोको छोरा अं.वर्ष ३० को रामबली महतोलाई इ.प्र.का.केशरगंजको नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहको, ऐ.२०:४५ बजे कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को प्रादेशिक अस्पताल मलगंवा पठाएको, र K-9 शाखा लालगढको DOG सहितको टोली DOG Sniffing पश्चात लालगढ धनुषाको लागि फिर्ता भएको, टाउको फेला नपरेको, ऐ.२० गते १२:४५ बजे जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले खो.त.गर्दै जाने क्रममा ऐ. स्थित घटनास्थल देखि अं. १०० मिटर उतर झाडी भित्र फालिएको अवस्थामा निजको टाउको फेला पारी ऐ.१४:३५ बजे उक्त टाउको मुचल्का पश्चात प्रादेशिक अस्पताल मंलगवा पठाईएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,काठमाण्डौ, जि.मकवानपुर ठिगंन गा.वि.स.५ घर भइ हाल जि.ललितपुर ललितपुर म.न.पा.२४ नखिपोट बस्ने वर्ष  १३ की बालिकालाई वर्ष २० को ईक्शाहाङ लिम्बुले काठमाण्डौ घुम्न जाउँ भनी मिति २०८२।०९।१६ गते अं. १९:०० बजे का.म.न.पा.११ त्रिपुरेश्वर स्थित होटेल हर्मोनियाको कोठा नं.४०४ लिई जवरजस्ती करणी गरेको भनी ऐ.२० गते १४:०० बजे जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा जाहेरी दरखास्त पेश गरेको हुँदा प्रतिवादीलाई नियन्त्रणमा लिई म्याद थप तथा आ.अ.कार्य भईरहेको । सल्यान, बागचौर न.पा.८ बिउरेखोला बस्ने वर्ष ६ की बालिकालाई ऐ. बस्ने वर्ष १७ को पुरुषले ज.ज.क.गरेको भन्ने ऐ.२० गते खबर प्राप्त हुनासाथ इ.प्र.का.थारमारेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.थारमारे,सल्यानमा ल्याई राखिएको,उक्त स्थान इ.प्र.का.थारमारेबाट अं. ९ कि.मि.पूर्व पर्ने । धारिलो हतियार प्रहार,काठमाण्डौ, जि.धादिङ थाक्रे गा.पा.३ स्थाई घर भई हाल चन्द्रागिरी न.पा. ३ खरीबोट स्थित कालीकास्थानमा डेरा गरी बस्ने वर्ष अं.५०/५१ को बिर बहादुर सुनारले घरयासि बिषयलाई लिई श्रीमान श्रीमती बिच बादबिबाद हुँदा श्रीमानले मा.पा.से.गरी आफ्नै टाउकोमा दाउ प्रहार गरी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट प्र.ह.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि टिचिङ अस्पतालमा उपचारको लागी पठाईएको,श्रीमती (निर्मला सुनार ९८१८१५८७७६)उपचारमा संगलन रहेको,अबस्था बोल्न नसक्ने, उक्त स्थान बृत्त थानकोटबाट २ कि.मि.उत्तर पश्चिम पर्ने । हतियार बरामद,बागलुङ, ढोरपाटन न.पा.३ कालापोल स्थित सार्वजनिक वनमा अबैध रुपमा लुकाई छिपाई  राखेको  अवस्थामा बेबारिसे १ एक नाले साबुत भरुवा बन्दुक स्थानियले फेला पारी जानकारी गराउन साथ इ.प्र.का.बुर्तिबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक इ.प्र.का.बुर्तिबाङमा ल्याई राखिएको,उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको,अनुसन्धान कार्य भईरहेको,घटनास्थल इ.प्र.का.बुर्तिबाङबाट अं.१२ कि.मि. उत्तर पर्ने । नक्कली नोट सहित मानिस नियन्त्रणमा,बारा, सुवर्ण गा.पा.वडा नं. ३ सतगंज भन्ने स्थानमा जि.प्र.का.बाराबाट प्र.उ.को र जि.प्रहरी परिसर भद्रकाली काठमाण्डौंबाट खटी गएको संयुक्त टोलीले कलैया उ.म.न.पा.वडा नं. २ बस्ने गौरीशंकर यादवलाई नियन्त्रणमा लिई नक्कली नोटहरूको बारेमा सोधपुछ गर्दा मैले छाप्ने,बनाउने गरेको छैन, जाली नोटहरू जि.बारा फेटा गा.पा.वडा नं. ३ फेटा वस्ने रामभरोस श्रीवास्तको छोरा वर्ष २८ को रबि कुमार श्रीवास्तवले भारतमा रहेको कोठामा कम्प्युटर लगायतका प्रिन्टीङग मेसिन समेत राखी उक्त जाली नोटहरू छाप्ने,बनाउने गर्छन भनेको हुदा जाली नोटहरू छाप्ने,बनाउने आवश्यक सम्पुर्ण उपकरणहरू लगायतका सामाग्रीहरू लिएर नेपाल आउन भनि गौरीशंकर यादवले रबि कुमार श्रीवास्तव लाई भनेको हुदा भारत बाट नेपाल तर्फ BR05AF2511 नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाईकलको पछाडी सिटमा जाली नोटहरू, छाप्ने बनाउने कम्प्युटर लगायत प्रिन्टीङग मेसिन समेत बाँधी  आउँदै गरेको अवस्थामा भारती रूपैयाँ ५०० दरको ५ वटा गड्डीमा भएको ३१७ वटा नोटहरू जम्मा रू.१,५८,५००, लालिगुरासको वाटरमार्क छापिएको 1000 लेखिएको कागज थान-१८० र सादा कागज ७५ गरी जम्मा २५५ थान,मोबाईए थान-१,मो.सा.१ गरी विभिन्न सामाग्रीहरु सहित गौरीशंकर यादव लगायत २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का बारामा ल्याई आ.अ.भईरहेको,उक्त स्थान स्थान  जि.प्र.का.बाराबाट अं २२  कि.मि पूर्व दक्षिण पर्ने । लागु औषध,चितवन, राप्ती न.पा.११ डुम्रेखाडी स्थित भित्री सडक-खण्डमा इ.प्र.का.भण्डारा चितवनबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना ६१प ७८५९ न.को लगायत ३ वटा मो.सा.लाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा लु२६प ६६९२ नं.को मो.सा. र ना ५५प ७२३७  नं.को मो.सा. पछाडी  कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ के.जि.गरी जम्मा १२४ के.जि. ला.औ.गाँजा सहित ३ वटा मो.सा.र जि.चितवन राप्ती न.पा.११ डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ लगायत २ जनालाई नियन्त्रणमा लिई इ.प्र.का. भण्डारामा ल्याई राखिएको, ना ६१प ७८५९ नं.को मो.सा.मा सवार हाल नामथर वतन नखुलेको २ जना पुरुष ब्यक्ति फरार खो.त.भईरहेको, उक्त स्थान इ.प्र.का.भण्डाराबाट अं.८ कि.मी. उत्तर पर्ने । सवारी दुर्घटना, मकवानपुर, भीमफेदी गा.पा.६जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक-खण्डमा दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.भीमफेदी मकवानपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ज १७७८ नं.को सुमो गाडी सडकबाट अं. १०० मिटर तल खोल्सामा खस्न जाँदा सुमो चालक जि.मकवानपुर हेटौडा उ.म.न.पा.४ कर्रा चोक बस्ने बर्ष अं.४०/४५  को गणेश थापा लगायत ९ जना घाईते(७ पुरुष २ महिला) भई उपचारको लागि हेटौडा पठाईएकोमा उपचारको क्रममा देश भारत बिहार राज्य पटना बस्ने वर्ष अं.४२ को रजनिस कुमार लगायत ६(५ पुरुष १ महिला) जनाको मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,घाईते ३ जनाको उपचार भईरहेको,अवस्था (२ गम्भीर १ मध्यम) सुमो घटनास्थलमा रहेको, उक्त स्थान इ.प्र.का.भीमफेदी मकवानपुरबाट अं.३ कि.मि.उत्तर पूर्व पर्ने ।

मिति २०८२।०९।१९ गते ०५:०० बजे देखि ऐ ०९।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-२०

बालिकाको जजक,मोरङ, जिल्ला मोरङ उर्लाबारी न.पा.वडा नं.१ स्थित पीडितको घरकोठामा बर्ष १६ की सांकेतिक नाम २०८२ उर्लावारी १० लाई ऐ.ऐ. बस्ने निजकै दाजु बर्ष २३ को सांकेतिक नाम २०८२ उर्लाबारी १०(घ) ले (मिती समय यकिन नभएको) जबरजस्ती करणी गरेकोमा निज पीडितको गर्भ रही मिति २०८२।०९।१८ गते फिक्कल अस्पताल इलाममा निज पीडितले बच्चा (छोरी) जन्माएकीमा मिति २०८२।०९।१९ गते अं.१७:०० बजे निज पीडितको आमा सांकेतिक नाम २०८२ उर्लाबारी १०(ख) ले ईप्रका उर्लाबारीमा जाहेरी दरखास्त दिएकोले, तत्काल उक्त स्थानमा इ.प्र.का. उर्लावारी मोरङबाट प्र.नि. रञ्जन बराल (९८५२०९११४८) को कमाण्डम टोली खटि गई प्रतिवादी सांकेतिक नाम २०८२ उर्लाबारी १०(घ) लाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको,निज पिडित र नवजात शिशु हाल नमुमा बाल आश्रम उर्लावारीमा रहेको । कर्तव्य ज्यान,सर्लाही, मिति २०८२।०९।१९ गते अं.०५:०० बजे ईश्‍वरपुर न.पा.२ राईटरखोर बस्ने अं.वर्ष ४७ को रामईश्‍वर महतो (हाल सागरनाथ वन विकास परियोजना सागरनाथमा चौकी दारको रुपमा काम गर्दै आएका) ऐ.वनमा कसैले काठ काटी रहेको छ भनी आफ्नै घरबाट साईकलमा निस्किएको र घर फर्की नआए पश्चात आफन्तहरुले खो.त.गर्ने क्रममा ऐ.स्थित घाँट टोल नजिकै सागरनाथ वन विकास परियोजनाको १० नं.प्लटको बाटो देखि अं.१०० मिटर पूर्व तर्फ झाडीमा निजको मृत शव फेला परको भन्ने खबर ऐ.१५:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.भक्तिपुरबाट प्र.ना.नि., इ.प्र.का.केशरगंजबाट प्र.नि., जि.प्र.का.बाट प्र.ना.उ.साथै थप अनुसन्धानको लागि केनाई शाखा लालगढबाट प्र.ह.को कमाण्डमा ५ जना र २ वटा DOG सहितको टोली खटी गएको, ऐ.१८:४० बजे अनुसन्धान गर्ने क्रममा निज मृतकको टाउको काटिएको अवस्थामा रहेको, टाउकोको भाग हाल सम्म फेला नपरेको र उक्त घटनाको अनुसन्धानको क्रममा ईश्वरपुर न.पा.२ राईटरखोर बस्ने रुपनरायण महतोको छोरा अं.वर्ष ३० को रामबली महतोलाई इ.प्र.का.केशरगंजको नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहको, ऐ.२०:४५ बजे कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को प्रादेशिक अस्पताल मलगंवा पठाएको, र K-9 शाखा लालगढको DOG सहितको टोली DOG Sniffing पश्चात लालगढ धनुषाको लागि फिर्ता भएको, टाउको फेला नपरेको, खो.त.भईरहेको । नवजात शिशू (भ्रूण) मृत,काठमाण्डौ, का.म.न.पा.१५ छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा ईमर्जेन्सी वार्डको Toilet मा ३/४ महिनाको जस्तो देखिने भ्रूण मृत फेला परेको खबर ऐ.१८:२० बजे वृत्त स्वयम्भुमा जानकारी प्राप्त हुनासाथ वृत्त स्वयम्भुबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटीई गई प्रारम्भिक घटनास्थल लासजाँच प्रकृति मुचुल्का कार्य भईरहेको, थप अ.अ कार्य जारी रहेको प्र.क.हरुलाई कुटपिट तथा कार्यालय नियन्त्रणमा,डोल्पा, त्रिपुरासुन्दरी न.पा.५ खदाङ स्थित इ.प्र.का.करवगार्डमा एक्कासी अं.१००/१५० जनाको संख्यामा मानिसहरु आई उक्त कार्यालय र कार्यालयमा कार्यरत प्र.क.हरु माथी हातपात गर्नुको साथै उक्त कार्यालयलाई आफ्नो नियन्त्रणमा लिएको, सोही कार्यालयमा कार्यरत प्र.ह.उमाकान्त पन्थीलाई टाउकोमा चोट लागेको भन्ने बुझिएको, बिषय खुल्न नआएको, इ.प्र.का.करबगार्डमा रहेका प्र.क.हरु सम्पर्कमा नरहेको, उक्त घटना सम्बन्धी विवरण स्थानीयबाट बुझिन आएको, उक्त स्थानमा प्र.चौ.त्रिपुराकोटबाट प्र.ना.नि.को कमाण्डमा १३ जनाको टोली ऐ.१६:१० बजे घटनास्थलमा पुगी बुझ्दा इ.प्र.का.करवगार्ड डोल्पामा कार्यरत १० जना मध्य ६ जना प्र.क.कार्यालयमा आएको, २ जना फोन सम्पर्कमा, CCTV, सोलार प्यानल, अफिस कोठा, लगायत फर्निचर सामान तोडफोड भएको, हातहतियार र संचार साधन क्षति नभएको, प्र.स.नि.हेमराज कार्कीको बाँया हातमा सामान्य चोट लागेको, प्र.ह.उमाकान्त पन्थीको टाउकोमा गहिरो चोट, अवस्था बोल्न सक्ने, ऐ.२०:०७ बजे निज घाईते प्र.ह. उमाकान्त पन्थीलाई सश्सत्र प्रहरी बलको गाडी द्वारा उपचारको लागि जिल्ला अस्पताल दुनै डोल्पा पठाई उपचार भईरहेको, उपचारको लागि जिल्ला अस्पताल दुनै डोल्पा तर्फ ल्याउने पहल भईरहेको, त्रिपुरासुन्दरी न.पा.५ ल्हाँ बस्ने वर्ष ४५ को जुन रोकायलाई ऐ.धेरो पोल्ने ठाउँ नजिक रोकी प्रहरीले चेकजाँच गर्ने क्रममा एक्कासी भागी वेपत्ता भएको बिषयलाई लिई सत्य तथ्य बुझी दोषीलाई कानुनी कारवाही गरी पाउँ भन्ने माग राखेको भन्ने ऐ.१७:०० बजे छलफलबाट बुझिन आएको, निजलाई ऐ.१८ गते अं.१७:०० बजे ऐ.धेरो पोल्ने ठाउँ नजिक लागु औषध बोकी हिडी रहेको भन्ने गोप्य सुचनाको आधारमा शंका लागी रोकी जिल्ला प्रहरी कार्यालय दुनै डोल्पाबाट सादा पोशाकमा प्र.स.ह.को कमाण्डमा २ जना र इ.प्र.का.करवगार्डट प्र.ह को कमाण्डमा खटीएको २ जनाको थप मदतको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक्कासी भागी वेपत्ता भएको भन्ने बुझिन आएको, जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा २१ जना र स.प्र.बल नेपाल नं.४६ गुल्मबाट स.प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटी गएको, ऐ.२१:४५ बजे निज बेपता भएको जुन रोकायको श्रीमती धनमती रोकाया, ने.क.पा.एमाले डोल्पा जिल्लाका जिल्ला अध्यक्ष लंक ब.रोकाया, प्रेस चौतारी डोल्पाका जिल्ला अध्यक्ष प्रेम थापा लगायत ७ जना पिडित पक्ष र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी,  जि.प्र.का.डोल्पाका कार्यालय प्रमुख लगायतको  टोलि जि.प्र.का.मा दुबै पक्ष बसी छलफल सुरु भएकोमा ऐ.२२:२५ बजे उक्त छलफल २० गते बिहान ०८:०० बजे बस्ने गरी समाप्त भएको। हात हतियार बरामद,म्याग्दी, मिति २०८२।०९।१९ गते अ. १६:२२ बजेको समयमा जिल्ला म्याग्दी धौलागिरी गा.पा.७ मोति खण्ड स्थितमा प्र.चौ.मुनाताकम म्याग्दीबाट खटि गएको प्र.स.नि.बिक्रम तिवारी(९८५७६५२२००)को कमाण्डमा खटि गएको २ जनाको प्रहरी टोलिले ईजाजत पत्र नलिई खोल्सामा लुकाई छिपाई राखिएका भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी प्र.चौ.मुनाताकममा लिई राखेको  साथै मंसिर १५ गते देखि हाल सम्म जिल्ला प्रहरी कार्यालय म्याग्दी द्वारा Operation “Bravo sierra” सञ्चालन गरि जि.प्र.का.म्याग्दी तथा मातहत प्रहरी ईकाई समेतले गरी जम्मा ११६ थान भरुवा बन्दुकहरु बरामद गरेको । मकवानपुर, भीमफेदी गा.पा.२ निङ्गाले स्थित सार्वजनिक जंगलमा रहेको केराको घारीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ इ.प्र.का.भीमफेदीबाट प्र.नि.सन्त कुमार श्रेष्ठको कमाण्डमा ५ जनाको प्रहरी टोली खटि गई ऐ.१७:०० बजे घटना स्थलमा पुगी हेर्दा केराको घारीमा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक (१ नाले) फेला पारी इ.प्र.का.भीमफेदि मकवानपुरमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको। लागु औषध, नबलपरासी(पश्चिम), सुनवल न.पा.७ सोमाइ टोला स्थित भित्री सडक खण्डबाट लागू औषध नियन्त्रण ब्यरो शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि. को कमाण्डमा ४ जना र अ.प्र.विट ज्यामिरेबाट प्र.स.नि. को कमाण्डमा- ३ जना टोली बिशेष सुचनाको आधारमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट ३५ पुरिया प्लास्टिक सहित ४४ ग्राम ५४ मिलिग्राम लागू औषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ ( पलाष्टिक रहित ३६ ग्राम ९४ मिलिग्राम) र निजहरुले प्रयोग गरेको up 56 Bc 7196, up 56 bf 5710, up 56 bc 3855 नं को भारतीय मो.सा. समेत नियन्त्रणमा लिई इ.प्र.का. सुनवल पठाईएको , उक्त स्थान अ.प्र.पोष्ट ज्यामिरे बाट अं. १ कि.मि. पुर्व पर्ने । निम्न १) देश भारत महाराजगन्ज टुटिबारी बस्ने बर्ष २० राज रौनियारको (साथबाट फेला परेको) २) ऐ-ऐ बस्ने बर्ष ४२ को राम अक्ष रौनियार । ३) ऐ- ऐ बस्ने बर्ष ४५ को राजिब भन्ने राजु चौहान ।

मिति २०८२।०९।१७ गते ०५:०० बजे देखि ऐ ०९।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१८

ज.ज.क. उद्योग /बाल यौन दुर्व्यवहार,सोलुखुम्बु, सोलु दुधकुण्ड न.पा.-११ बुस्टिङ बस्ने वर्ष २३ की महिलालाई ऐ.बस्ने वर्ष ३५ को पेम्बा दोर्जे शेर्पाले निजको घरमा गई ज.ज.क. गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. रमितेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. सोलुखुम्बुमा ल्याई आ.अ.भईरहेको । कपिलबस्तु, बुद्धभुमि न.पा.५ इस्लामनगर स्थित रहेको एपोलो ईटा भट्टामा काम गर्ने जिल्ला कैलाली लम्कीचुहा न.पा.३ बलचौर बस्ने वर्ष १३ की बालिकालाई जि.कैलाली जानकी गा.पा.५ नवलपुर बस्ने वर्ष १६ को बालकले  ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट प्रेमनगर कपिलबस्तुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । गोली हानि घाईते,रोल्पा, परिवर्तन गा.पा. नं.५ त्रिवेणी पसल गरि बस्ने जमुना वलीले मेरो श्रीमानले भरुवा बन्दुक देखाई मार्छु भनि डर देखाएले घर बाट भागि भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट पुत्लाचौरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको श्रीमती सहित ढोका खोली हेर्दा  जिल्ला रोल्पा थबाङ गाउँपालिका वडा नं.३ मिरुल घर भई हाल जिल्ला रोल्पा परिवर्तन गाउँपालिका वडा नं.५ त्रिवेणी स्थित रत्न वलीको घरमा भाडामा पसल गरि बस्ने बर्ष ३६ को दिल कुमार डाँगीले पसलको माथिल्लो तल्लाको सुत्ने कोठामा भरुवा बन्दुकले आफैले आफ्नो दाहिने कुमको भागमा गोली हानि घाईते अवस्थामा र नजिकै भरुवा बन्दुक थान-१ समेत फेला पारी घाईतेलाई उपचारको लागि राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ पठाईएको,अवस्था मध्यम,भरुवा बन्दुक प्रहरीको नियनन्त्रणमा । हात हतियार बरामद,उदयपुर, उदयपुर १७ गते अ.१६:०० बजेको समयमा प्र.चौ.रिस्कु उदयपुरबाट खटिएको प्र.स.नि. मोतिराम महतो (९८५२८३६०५२)को कमाण्डको गस्ति टोलीले कटारी न.पा. वडा नं. ०६ आपटार स्थितमा ऐ. वडा नं. ६ लामीदुवाली बस्ने बर्ष अ. ५९ को कृष्ण बहादुर मगर बारुद र छर्रा लोड गरेको भरुवा बन्दुक थान-०१ बोकी हिड्दै गरेको अवस्थामा फेला पारी उक्त बन्दुक सहित निज कृष्ण बहादुर मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारी उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको, फुटकर ज्यान,न.प.पश्चिम, बर्दघाट न.पा. १२ कजडैया टायल फ्याक्ट्रीमा मिति २०८२।०९।१६ गते बेलुका २०:०० बजे देखी ऐ.१७ गते बिहान ०८:०० बजेसम्म बर्दघाट न.पा. १३ धनेवा बस्ने वर्ष ४० को होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोष्ट बस्ने वर्ष ३० को बिनोद कुमार लाई ऐ.कम्पनिको ग्यासी फायरमा डिउटी खटाईएकोमा ग्यासी फायरको पोकिङ फ्लोरमा गत्ता ओछ्याएर सुतेकोमा दुबै जना मृत अवस्थामा रहेको भन्ने खबर ऐ.०९।१७ गते ०९:२० प्राप्त हुनासाथ अ.प्र.पोष्ट भटौलियाबाट प्र.स.नि., इ.प्र.का.सेमरीबाट प्र.व.ना.नि.र इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली खटी गएको, ऐ.१०:३० बजे अं.१५०/२०० जनाको संख्यामा स्थानीयहरु भेला जम्मा भई कम्पनी भित्र पस्न खोजी बिरोध गरिरहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गएको, ऐ.१३:३० बजे जिल्ला प्रहरी कार्यालयबाट प्र.उ.अनुपम श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी आई  स्थानीय, टायल फ्याक्टीका प्रतिनिधी र  पीडित पक्ष बीच छलफल भईरहेको। ला.औ.काठमाडौं, का.म.न.पा.७ चाबहिल नजिक रहेको चार तले सगरमाथा guest house को तेस्रो तलाको १०८ नम्बर कोठामा ला.औ. बेचबिखन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट सादापोशाक प्र.ब.ह.को कमाण्डमा टोली खटी गई घटनास्थलमा पुगी चेकजाँच गर्दा जि.सुनसरी बराहक्षेत्र न.पा.७ घर भई हाल का.म.न.पा.७ चाबहिल बस्ने बर्ष ३२ को विशाल राई र जि.सुनसरी कोशी गा.पा.२ घर भई हाल का.जि.का.म.न.पा.७ चाबहिल बस्ने वर्ष २४ को दयानन्द यादवको साथबाट डब्बामा लेदो बनाइ राखेको  ला.औ. ४६ ग्राम ब्राउन सुगर, तौल गर्ने डिजिटल तराजु  थान १ र मोबाइल - थान ३ सहित फेला पारी थप अनुसन्धानको लागी वृत्त गौशालाबाट प्र.ना.उ.को कमाण्डमा टोली पुगी निजहरुलाई नियन्त्रणमा लिएको ।  बाँके, नेपालगंज उ.म.न.पा.२० राँझा स्थितमा ला.औ. ब्राउन सुगर कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.स.नि.को कमाण्डमा र ला.औ.नि.ब्युरो शाखा कार्यालय नेपालगंज खटी गएको टोली ले ऐ.जानकी गा.पा.५ बस्ने बर्ष ३७ को रफिक खानले  चलाई ल्याएको भे.११ प.३६६ नं.को मो.सा.रोकी चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको गोजिबाट एक पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारी प्लाष्टिक सहित तौल गर्दा ११३.५३ ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा १०३.०३० ग्राम ला.औ.र  निजको घरको कोठाको दराजबाट ३ पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी बरामद प्लाष्टिक हटाई शुद्ध तौल गर्दा २.०७ ग्राम HONOR कम्पनीको मोबाईल थान एक (१) र निजले चलाएको मो.सा.सजित नियन्त्रणमा लिई इ.प्र.का. कोहलपुर बाँकेमा ल्याई राखिएको ।

मिति २०८२।०९।१६ गते ०५:०० बजे देखि ऐ ०९।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१७

कर्तब्य ज्यान,भोजपुर, मिति २०८२।०९।१५ गते अं.२२:०० बजे टेम्केमैयुङ गा.पा.४ नागि बस्ने अं.बर्ष ६२ को ताम प्रसाद राईलाई ऐ.बस्ने निज मृतको भतिज वर्ष ४१ को सोम कुमार राईले मा.प.से.गरी के कुन कारण के केनु वस्तुले टाउकोमा प्रहार गरी मृत्यु भएको भन्ने खबर ऐ.१६ गते अं.१६:३८ बजे प्राप्त हुनासाथ इ.प्र.का.दिल्पाबाट प्र.नि.र  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल भोजपुर पठाएको, टाउकोमा प्रहार गर्ने  सोम कुमार राई इ.प्र.का.दिल्पाको नियन्त्रणमा  गोली लागी मृत्यु,सुनसरी, कोशी गा.पा.१ स्थित लौकही बजारबाट भन्सार तर्फ जाने भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१-०२-००३ ह.३३१७ न.को बाटोमा रोकिराखेको सिटि सफारिमा ऐ.बस्ने अं.र्ष ४५ को बिजय साह मृत अवस्थामा रहेको भनी इ.प्र.का.लौकहीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.अं.०१:१० बजे ऐ.कोशी गा.पा.१ यादब टोल स्थित यादब टोल चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकही सुनसरीबाट स.प्र.ह.नवराज खतिवडाको कमाण्डमा खटिएको २ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ आउदै गरेको नं.नखुलेको २ वटा अटो र प्रदेश १ -०२-००३ ६ ३३१७ नं.को सिटी सफारीलाई चेकजाचँ गर्न खोज्दा अटोमा सवार व्यक्तीले २ राउण्ड गोली फायर गरी अटो र सिटी भगाउन खोज्दा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरी दरवन्दी भई विओपीमा कार्यरत सशस्त्र प्रहरी हल्दार नवराज खतिवडाले बोकेको CY5390 नम्बरको SLR बाट ५ राउण्ड (७.६२ मि.मि.) जवाफी गोली फायर गर्दा सिटि चालक ऐ. कोशी गा.पा.१ लौकही बस्ने अं.वर्ष ४० को बिजय शाहको घटनास्थलमै मृत्यु भएको भन्ने बुझिन आएको, उक्त स्थानमा जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा ३० जना, ईलाका प्रहरी कार्यालय लौकहीबाट प्र.व.ना.नि.को कमाण्डमा ०७ जना, र स.प्र.बल नेपाल बि.ओ.पी.लौकहीबाट स.प्र.नि.को कमाण्डमा १८ जनाको टोली खटिएको । ज.ज.क. उद्योग /बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।०८।२७ गते १२:३० बजे अर्जुनधारा न.पा.११ स्थित सुर्योदय होटेलमा ऐ.बस्ने वर्ष १६ की बालिकालाई ऐ.९ बस्ने वर्ष २३ को कृष्ण बुढाथोकीले ललाई फकाई ज.ज.क.गरेको भनी ऐ.९।१५ गते १७:०० बजे अ.प्र.पो.बसपार्कमा मौखिक जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक कृष्ण बुढाथोकीलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इ.प्र.का.अनारमनी पठाईएको, ऐ.१६ गते १३:१५ बजे इ.प्र.का.अनारमनीमा आई लिखित जाहेरी पेश गरेको । इलाम, मिति२०८२।०१।१३ गते अं.२३:०० बजे इलाम  न.पा.३ पुवामझुवा स्थित ऐ.बस्ने वर्ष ३० की महिलालाई ऐ.बस्ने वर्ष ४९ को साइनोमा काका पर्ने र काका पर्ने वर्ष ५१ को पुरुष व्यक्तिले ज.ज.क.गरेको भनी ऐ.०९।१५ गते १७.०० बजे पीडितले जि.प्र.का.मा लिखित निवेदन दिनासाथ प्र.चौ.रक्सेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई वर्ष ४९ को पीडकलाई पक्राउ गरी ऐ.१६ गते जिल्ला अदालत इलाममा म्याद थपको लागि लगिएको, वर्ष ५१ को पीडक फरार खो.त. कार्य भईरहेको ।:- ऐ. १६ गते २०:५० बजे  फरार रहेको वर्ष ५१ को पीडक लाई टोलिले खो.त. गर्ने क्रममा निजकै घरमा फेला पारी  पक्राउ गरी ऐ. २२:४५ बजे इप्रका मंगलबारेमा ल्याई अनुसन्धान कार्य हुँदै । उदयपुर, कटारी न.पा.४ गवुवा बस्ने वर्ष अं.३० को अजय तामाङले आफ्नै घरको कोठामा ऐ.बस्ने वर्ष अं.१४ की (शारिरीक रुपमा फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेकोले आवश्यक कानूनी कारवाही गरी पाँउ भनी निज पीडितको हजुर बुवाले ऐ.१५:३० बजे इ.प्र.का.कटारीमा जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.कटारीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडक अजय तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा राखी अनुसन्धान भईरहेको, पीडित बालिकालाई प्रादेशिक अस्पताल कटारी उदयपुर पठाई यौनजन्य स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाई पठाएको, अवस्था सामान्य रहेको । थुनुवा फरार,काठमाडौं, जि.गुल्मी सत्यवती गा.पा.२ घर भई हाल का.जि.तारकेश्वर न.पा.१० मनमैजु बस्ने बर्ष ३६ की माया राहादीको जाहेरीले चोरी मुद्धाको लागि म्यादथप गर्नको लागि का.म.न.पा.११ बबरमहल काठमाडौं जिल्ला अदालत लगिएको थुनुवा तारकेश्वर न.पा. १० मनमैजु घर भई बस्ने वर्ष १९ को सनिष श्रेष्ठ र जि.कास्की घर भई हाल तारकेश्वर न.पा.१० मनमैजु बस्ने वर्ष १९ को रविन भण्डारी फरार भएको, दुवै जनाको म्यादथप नभएको । थप टिपोटः- मिति २०८२।०९।१७ गते अं.००;२० बजेको समयमा का.जि डल्लुबाट फरार थुनुवा मध्ये १ जना रविन भण्डारी नियन्त्रणमा । बाँके, मिति २०८२।०९।०७ गते नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धानमा रहेको देश भारत जिल्ला बहराइच घर भई हाल जि.प्र.का.बाँकेको हिरासत कक्षमा रहेको लागु औषध सेवन मुद्धाको वर्ष ३२ को अनिल कुमार यादव बिरामी भई भेरी अस्पताल नेपालगंज बाँकेमा लगिएकोमा बेड भर्ना भई उपचार भईरहेकोमा उपचारकै क्रममा उक्त भेरी अस्पतालको परिसरबाट भागी फरार भएको भनी निजको उपचारमा सुरक्षार्थ खटिएका प्र.स.ह.लिलाधर पाण्डेले जानकारी गराए पश्चात जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा ३५ जनाको टोलि, इ.प्र.का.जमुनाह, जयसपुर, हिरमिनिया, प्र.चौ.साईगाँउ लगायत सम्पूर्ण सिमा नाका युनिटबाट प्रहरी परिचालन भई खो.त.कार्य भईरहेको । नक्कली नोट सहित मानिस नियन्त्रणमा,काठमाडौं, गोकर्णेश्वर न.पा.८ अत्तरखेल चोक स्थित प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ.को कमाण्डमा र जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा जि.सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.२ घर भई हाल का.जि.शंखरापुर न.पा.४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा समेत ६ जनाको साथबाट १ हजारको दरको ७६ थान नक्कली नोट फेला पारी उक्त नक्कली नोट सहित निजहरु ६ जनालाई नै नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्वमा राखिएको । ला.औ.,सिरहा, कर्जन्हा न.पा.१० मन्हर्वा स्थित पहरीया टोलमा लागु औषध गाँजा विक्री वितरणको लागी लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.वस्ने स्व.किरण वस्नेतको घर कोठा खान तलासी गर्दा जुटको बोरा भित्र राखेको १० वटा बोरामा लागु औषध गाँजा फेला पारी तौल गर्दा २१० किलो ग्राम वरामद गरी आवश्यक कारवाहीको लागि इ.प्र.का.मिर्चैयामा राखिएको, थप अनुसन्धान कार्य भइरहेको, ।  बाँके, देश भारत उत्तर प्रदेश जि.बहराईच रुपैडिया थाना बस्ने बर्ष ३५ इलिहास अहमदले लागु औषध ब्राउनसुगर खरीद बिक्री गरी रहेको भन्ने सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा बाँकेबाट खटीएको प्र.स.नि.को कमाण्डमा टोलीले जि.बाँके नेपालगंज उ.म.न.पा.०४ गणेशपुर नजिक फेला पारी कानुन बमोजिम चेकजाँच गर्न खोज्दा निज भाग्न खोजेको अवस्थामा टाइप 54 चा.पे.बाट ३ राउण्ड हवाई फायर गरी निजलाई नियन्त्रण लिई निजले लगाएको कालो ज्याकेटको अगाडीको दाहिने खल्ती भित्र लुकाई राखेको अवस्थामा लागू औषध खैरो हेरोईन फेला पारी, प्लाष्टिक सहित अन्दाजी ३०० ग्राम र मोबाइल थान-१ समेत बरामद गरी निजलाई पक्राउ गरी व.प्र.का.नेपालगंज बाँकेबाट खटीएको प्र.स.नि.युवराज खड्काको टोलीले जि.प्र.का.बाँकेमा बुझाएको ।

मिति २०८२।०९।१५ गते ०५:०० बजे देखि ऐ ०९।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१६

कर्तब्य ज्यान,ओखलढुङ्गा, चिशंखुगढि गा.पा. ०६ भदौरे गैरीगाउँ बस्ने अ.बर्ष-६० को शोभितमान थापा मगर र निजको श्रीमती अ.बर्ष-६० कि रत्नमाया थापा मगर घर नजिकै रहेको मतान घरमा मृत अवस्थामा रहेको भनि प्र.चौ.निशंखेमा खबर प्राप्त हुनसाथ प्र.स.नि. को कमाण्डमा-२ जनाको प्रहरी टोलि खटि गई बुझ्दा उक्त लाशलाई टाकि घाँसले छोपेको अवस्थामा रहेको,घटनास्थल सुरक्षित राखेको,आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.ओखलढुङ्गाबाट प्र.नि.बिक्रम बहादुर भट्टराईको कमाण्डमा SOCO सहितको प्रहरी टोलि खटिएको । थप टिपोट; उक्त घट्ना स्थलको थप अनुसन्धानको लागि ऐ. १०;५० बजेको समयमा कोशी प्रदेश प्रहरी कार्यालय के नाईन शाखा धरान सुनसरी बाट प्र.ना.नि याम बहादुर श्रेष्ठको (९८१९०३६५८१) कमाण्डमा ४ जना, १ वटा कुकुर सहित GAA 4832 नम्बरको गाडीमा ओखलढुङगाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट जानकारी प्राप्त भएको वि.वि.पछि । ज.ज.क. उद्योग /बाल यौन दुर्व्यवहार,कपिलवस्तु, वाणगंगा न.पा.११ ओदारी स्थित देश भारत उत्तर प्रदेश घर भई लोकमणी सापकोटाको (खड्का निवास) घरमा बिगत २ महिना देखी कोठा भाडामा बस्ने वर्ष ३६ को अब्दुल सवुरले आफ्नै झड्केली छोरी वर्ष ७ की नाबालिकालाई ज.ज.क.उद्योग गरेको भनि पिडितको आमाले ऐ.०९।१४ गते १६:०० बजे इ.प्र.का.पिपरामा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरामा ल्याई राखेकोमा पिडितको आमाले ऐ.०९।१५ गते १५:०० बजे इ.प्र.का.पिपरामा जाहेरी दरखास्त दिई थप अनुशन्धान कार्य भईरहेको,दुबै जनाको स्वास्थ्य परिक्षण हुन बाँकी,पीडितलाई आफन्तको जिम्मा लगाएको । कैदी मृत्यु,काठमाण्डौ, काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत केन्द्र बन्दी सुधार गृहमा जि.काठमाडौं नागार्जन न.पा ८ स्थायी वतन भएका वर्ष ६९ को ज.ज.क मुद्दामा थुनामा रहेका कैदी भोला बाजे भन्ने कोमल प्रसाद रिमाल मुटु सम्बन्धी बिरामी भई मिति २०८२।०९।१४ गते वि.पि. स्मृती अस्पतालको ICU मा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको ऐ.१५ गते अं. २१:२३ बजे मृत्यु भएको । थप विवरण कारागार दाखिला मिति २०८०।०४।२६ गते सजाय :- २५ वर्ष कैद, ७ लाख जरिवाना मुद्दा चलाउने निकाय:-काठमाडौं जिल्ला अदालत । ला.औ.,मोरङ, बिराटनगर म.न.पा.११ बसपार्क स्थित ला.औ.नि.व्यूरो बिराटनगरबाट खटिएको प्र.स.नि.र व.प्र.का.बिराटनगरबाट खटिएको प्र.ना.नि.को कमाण्डको संयुक्त टोली टोलीले शंकास्पद तरिकाले हिडडुल गरिरहेको अवस्थामा ऐ.१० भुमी प्रशासन चोक बस्ने वर्ष ३० को पप्पु रामलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको गोजिमा भित्र लुकाई छिपाई बोकेको अवस्थामा ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ शुद्ध तौल गर्दा १०१ ग्राम (एक सय एक ग्राम) फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का.मा ऐ.२२:३० बुझाईएको ।  बारा, सिम्रौनगढ न.पा.३ ब्रह्मस्थानमा रामनगरबाट डाटगाँउ तर्फ ना ५४ प ६१८६ नं.को मो.सा.मा ला.औ.गाँजा ओसार पसार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.अमृतगंजखजानीबाट प्र.स.नि को कमाण्डमा र इ.प्र.का.सिम्रौनगढबाट प्र.ना.नि.को कामण्डमा खटीएको संयुक्त टोलीले उक्त स्थानमा पुगी मो.सा.रोकी चेकजाच गर्दा प्लाष्टीकको २ वटा पोकामा १० के.जी. ला.औ.गाजाँ फेला पारी ऐ. पचरौता न.पा.३ रामनगर बस्ने जोगिन्द्र महतो कोईरीको छोरा अं.बर्ष ३३ को राजकुमार र ऐ.बस्ने अशोक पटेलको  छोरा अं. बर्ष २८ को  पुनदेव पटेललाई  मो.सा. सहित  नियन्त्रणमा लिई  आवश्यक  कार्वाहीको  लागी   इ.प्र.का. सिम्रौनगढमा पठाईएको ।

मिति २०८२।०९।१४ गते ०५:०० बजे देखि ऐ ०९।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१५

कुटपिट,सिरहा, मिति २०८२।०९।०३ गते अं.१६:०० बजे सिरहा न.पा.९ ठेङगही बस्ने बिनोद कुमार यादवको श्रीमती अं.वर्ष २२ की सन्ध्या देवी यादवलाई घरायसी कारण निजकै सासु प्रमिला देवी यादव र जेठानी सन्जु देवी यादवले कुटपिट गर्दा सन्ध्या देवी यादवलाई चोटपटक लागि कल्याण मेडिको क्लिनिक लहानमा उपचार गराइ घर तर्फ गएकोमा ऐ.१३ गते अं.१६:०० बजे पुन: समस्या आइ बिराट टिचिङ अस्पताल विराटनगरमा गई उपचार भइरहेकोमा निजको पेटमा २० हप्ताको गर्भ रहेकोमा नर्मल डेलिभरी (२.५० ग्राम) पश्चात ऐ.१४ गते १३:०० बजे छोरा जातको बच्चाको मृत्यु भएको भनी सोही अस्पतालबाट ऐ.१४ गते अं.१५:३० बजे जानकारी प्राप्त हुनासाथ व.प्र.का.सिरहाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, उक्त मृतक बच्चा सोही अस्पतालमा रहेको । प्र.क.झुण्डी मृत्यु,काठमाण्डौं, म.न.पा.१० बुद्धनगर स्थित जि.उदयपुर गाईघाट घर भई नेपाल प्रहरी प्रधान कार्यालय सु.से.नि.नक्साल दरबन्दी भई ऐ.कार्यरत वर्ष ३० को प्र.का.स.बल बहादुर मगर आफ्नै डेरा कोठामा रहेको ट्वाईलेटको धारामा झुण्डी आत्महत्या गर्न लागेको अवस्थामा फेला पारी श्रीमतीले उपचारको लागि ऐ.०८:२० बजे नयाँबानेश्वर स्थित एभरेष्ट अस्पतालमा ल्याई उपचार भईरहेकोमा ऐ.०८:३५ बजे अस्पतालद्वारा मृत घोषणा गरेको,मृतकको श्रीमती कोपिला राई  साथमा रहेकी,उक्त स्थानमा नयाँ बानेश्वरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव ऐ.१०:५२ बजे पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको । हा.ह.बरामद,काठमाडौं,.मिति २०८२।०५।२४ गते ZEN Z आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लुटी लगेको हातहतियार खो.त.गर्दै जाने क्रममा का.म.न.पा.१३ बाफल स्थित पानी ट्याङ्कीमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जि.मोरङ लेटाङ न.पा.४ स्थायी वतन भएको शाहिल तिवारीलाई ऐ.९ गते १६:३० बजे र ऐ.बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई, का.म.न.पा.१५ डल्लु बस्ने वर्ष ३२ को बिकाश शाहीलाई ऐ.१० गते ११:४५ बजे प्रहरी परिसर काठमाण्डौबाट खटिएको टोलीले CF 98 900903308236 र CF 98 90011108236 नं. को पेस्तोल थान २, ऐ.को म्याग्जिन थान ३, ऐ.को गोली राउण्ड २ र गोलीको खोका २ थान बरामद गरी तीनै जनाको ऐ.११ गते मुद्दा दर्ता गरी म्याद थप भई आ.अ.कार्य जारी रहेको । श्रोत नखुलेको रकम बरामद,धनुषा, जि.महोत्तरी एकडाडा गा.पा.४ घर भई हाल जनकपुर उ.म.न.पा. ४ माछा बजार स्थित किरण देवी ठाकुरको घरमा डेरा गरी बस्ने वर्ष ३५ को रंजित कुमार साहको कोठामा श्रोत नखुलेको रकम रहेको भन्ने खबर प्राप्त हुनासाथ म.प्र.प्र.कार्यालय जनकपुरधामको PIT Team र प्र.चौ.जिरोमाईलबाट संयुक्त टोली खटी गई हेर्दा निज सुत्ने कोठामा खाट मुनी White Rabbit लेखिएको झोलामा श्रोत नखुलेको नगद रू. १०,०३,८०५/- ( दस लाख तिन हजार आठ सय पाँच)  रुपैया, बिभिन्न कम्पनीको ३ थान मोबाईल, Fiti bill counter लेखिएको पैसा गन्ने मेसिन थान १, निजले प्रयोग गर्ने म.प्र.०२-००९ प ०५४३ नं.को स्कुटी फेला पारी बरामद भएको सामान सहित निज रंजित कुमार साहलाई नियन्त्रणमा लिई  जि.प्र.का.पठाईएको । गोली लागी मृत्यु,जाजरकोट, बारेकोट गा.पा.८ बस्ने वर्ष ३५ को प्रचण्डदेव सिंह छुटिपाल्टी स्थित जंगलमा संकास्पद मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सक्लाबाट प्र.स.नि. र इ.प्र.का.दल्लीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घट्नास्थलमा पुगी बुझ्दा मृतकको घाँटीको भागमा गोली लागी मृत्यु भएको बुझिएको,  मिति २०८२।०९।१२ गते बारेकोट गा.पा.८ मिरिकोट जंगल तर्फ सिकार खेल्न भनी मृतक संगै गएका ऐ.बारेकोट गा.पा.८ छुटिपाल्टी बस्ने वर्ष ४५ को इन्द्र बहादुर सिंह समेत ५ जनालाई एक नाले भरुवा बन्दुक थान १ सहित नियन्त्रणमा लिई ४ जनालाई जि.प्र.का.जाजरकोमा राखिएको र १ जनालाई प्र.चौ सक्लामा ल्याई राखिएको आ.अ.भईरहेको, ऐ.१५:४५ बजे घट्नास्थलको सम्पुर्ण कार्य समाप्त पश्चात शव पो.मा.को लागि नगर अस्पताल दल्ली जाजरकोट तर्फ पठाईएकोम पो.मा पश्चात निजको बुबाले बुझी लगेको । निम्न: १) जिल्ला जाजरकोट बारेकोट गा.पा.८ छुटिपाल्टी बस्ने बर्ष ४५ को इन्द्र बहादुर सिंह। २) ऐ.ऐ.बस्ने बर्ष ५४ को मिम बहादुर सिंह। ३) ऐ.ऐ.बस्ने बर्ष ३१ को लाल बहादुर सिंह । ४) ऐ.ऐ.बस्ने बर्ष २४ को राजेन्द्र सिंह। ५) ऐ.ऐ.बस्ने बर्ष ४४ को जनक कार्की ला.औ., सर्लाही, कौडेना गा.पा. ३ पर्सा पोखरी स्थित हुलाकी सडक खण्डमा मुसैली बाट गोडैता तर्फ जाँदै गरेको BR 30 AF 1469 न.को मो.सा. र विपरित दिशाबाट आउँदै गरेको BR 06 CN 7442 न.को मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का.कौडेना बाट प्र.ब.ह. खेदु प्रसाद यादबको कमाण्डमा टोली खटिगएको,BR 30 AF 1469 न.को मो.सा. चालक ऐ.मलंगवा न.पा. ७ बस्ने अं.बर्ष ३८ को हरदास कुमार यादब र मो.सा. पछाडी सवार चालकको बुवा अं.बर्ष ७० को अमिन्द्र राय यादव दुबै जनाको हात खुट्टामा चोट,अवस्था सामान्य रहेको उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको, BR 06 CN 7442 न.को मो.सा. चालक र मो.सा. पछाडी सवार हाल नाम नखुलेको मानिसहरु फरार रहेकोमा निजहरु सवार BR 06 CN 7442 न.को मो.सा. लाई चेकजाँच गर्दा उक्त मो.सा.को सिट मुनि लुकाई सिपाई राखिएको अं. ४ के.जि.(तौल गर्न बाँकी) ला.औ.गाँजा फेला परेकोमा ला.औ. गाँजा सहित मो.सा. नियन्त्रणमा लिई इ.प्र.का.कौडेनामा ल्याई राखिएको,फरार मानिसहरुको खो.त. कार्य भईरहेको,

मिति २०८२।०९।१३ गते ०५:०० बजे देखि ऐ ०९।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१४

कर्तब्य ज्यान,सुनसरी, जिल्ला भोजपुर दिङला न.पा.८ घर भई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका ९ वि.पि.चोकमा डेरा गरी बस्ने वर्ष ५६ की पविमाया वयलकोटीलाई निजकै ज्वाई जिल्ला मोरङ वाउनी ६ घर भई ऐ.९ म्याजिक स्टेन नजिक डेरा गरी बस्ने वर्ष ४० को गणेश शाहा गुप्ताले निजहरु बिच विवाद भई कुटपिट हुदा निज गणेश शाहा गुप्ताले पानी तान्ने टुवेलको हेण्डिल निकाली टाउकोमा प्रहार गर्दा निज पविमाया वयलकोटी घाइते भई उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङ पठाएकोमा ऐ.२०:४५ बजे उपचारको क्रममा मृत्यु भएको, शव ऐ.अस्पतालमा रहेको  भनी इ.प्र.का.इटहरीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.इटहरीबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई टुवेलको हेण्डिल प्रहार गर्ने गणेश शाहा गुप्तालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । ज.ज.क. उद्योग /बाल यौन दुर्व्यवहार,रूपन्देही, बुटवल उ.म.न.पा.१७ रानिगंज स्थित हरी भुषालको घरमा कोठा भाडा लिई बस्ने जि.काभ्रेपलाञ्चोक कुशादेवी गा.पा.७ घर भएको वर्ष ३८ को प्रकाश घिमिरेले आफ्नै डेरा कोठामा जि.पाल्पा रिब्दिकोट गा.पा.७ घर भई हाल ऐ.बुटवल उ.म.न.पा.१७ रानिगंज बस्ने वर्ष १६ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रकाश घिमिरेलाई नियन्त्रणमा लिई इ.प्र.का. बुटवलमा ल्याई राखिएको, बालिकालाई स्वास्थ्य परिक्षण पश्चात आफन्तले लिई गएकोमा ऐ.१३ गते ११:०० बजे पीडित पक्षले जाहेरी दिन आएको,अन्य अनुसन्धान कार्य हुँदै । ईलाम, ईलाम न.पा.११ सोयाक बस्ने  वर्ष ३० की महिलालाई ऐ.बस्ने वर्ष अ३२ को अर्जुन नेम्वाङले ज.ज.क.गर्न खोजेको भनी पीडितले ऐ.१२ गते १७:३० बजे इ.प्र.का. मंगलबारेमा लिखित जाहेरी दिनासाथ प्र.चौ.जितपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गई अर्जुन नेम्वाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको । रूपन्देही, बुटवल उ.म.न.पा.१९ टपाह चोक स्थित कृष्ण रानाको घरमा कोठा भाडा लिई एम.एस.डेन्टल संचालन गर्दै आएको जि.धनुषा बटेश्वर गा.पा.४ घर भई हाल ऐ.तिलोत्तमा न.पा.२ बस्ने वर्ष ३३ को मनोज शर्माले ऐ.डेन्टलमा हेल्परको रुपमा काम गर्दै आएकी सांकेतिक नाम ५०(०८२।०८३) पौष १३ मोतिपुर छोरीलाई ऐ.डेन्टलमा नै ज.ज.क.उद्योग प्रयास गरेको भनी पीडितले मिति २०८२।०९।१३ गते १९:३० बजे जाहेरी दिएकोले इ.प्र.का.बुटवलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडक मनोज शर्मालाई नियन्त्रणमा लिई इ.प्र.का.बुटवलमा ल्याई राखी थप अनुसन्धान कार्य भईरहेको । अछाम, ढकारी गा.पा. २ बलातीबाडा कालिकास्थान  बस्ने वर्ष अं.१९ को पुष्प साउदले वर्ष अं.१७ कि सुस्त मनस्थिति भएकी  परिवर्तित नाम ६९ मंगलसेन ३४ कुमारीलाई मिति २०८२।०२।१४ गते बाझो खर्क भित्र लगी  ज.ज.क गरेको र  मिति २०८२।०८।१९ गते पेट दुख्ने समस्या भई जिल्ला अस्पताल अछाममा चेकजाँच गर्दा  निज पिडितको पेटमा २९ हप्ताको गर्भ रहेको भनि रिपोट आएकोले  निज पुष्प साउदको नाममा आज मिति २०८२।०८।२१ गते १६:०० बजेको समयमा निज पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले ऐ. २०:४० बजेको समयमा निज पुष्ष साउदलाई प्र.चौ. ढकारीबाट प्र.स.नि. चन्द्र सिंह भण्डारीको कमाण्डमा  खटिगएको प्रहरी टोलीले  निजकै घर ठेगानामा फेला  पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय अछाम तर्फ पठाएको । ऐ.२३;४५ बजेको समयमा निज पुष्प साउदलाई स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय अछाम हिरासतमा राखिएको । थप अपडेट:-आज मिति २०८२।०९।१३ गते अं.१२:१० बजेको समयमा परिवर्तित नाम ६९ मंगलसेन ३४ कुमारीलाई सेफ हाउस संस्था मंगलसेन  अछामको संरक्षणमा बसेको अवस्थामा निजलाई बेथा लागी उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याई निजको कोखबाट नबजात शिशु (छोरा)को जन्म भएको दुबैको अवस्था सामान्य रहेको । थुनुवा मृत्यु,बाँके, नेपालगंज उ.म.न.पा.१० स्थित का.सु.गार्ड नेपालगंज बाँकेमा मिति २०८२।०८।२९ गते देखी बस्दै आएको जि.बाँके जानकी गा.पा.५ बस्ने वर्ष ४७ को गुरुचरण चमार सवारी अंगभंग मुद्दाको थुनुवालाई एक्कासी स्वासप्रश्वास सम्बन्धी समस्या आई प्र.व.ना.नि.को टोलीले उपचारको लागि भेरी अस्पताल नेपालगंज बाँकेमा लिई गएकोमा उपचारको क्रममा ऐ.०९:०० बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,मृतकका छोरा साथमा रहेको,उक्त स्थान का.सु.गार्ड नेपालगंज बाँकेबाट अं. ८०० मिटर दक्षिण पर्ने  । ला.औ., मोरङ, केराबारी गा.पा.५ लाफा  टोल स्थित प्र.१-०६-००१ झ ०००४ न. को एम्बुलेन्समा लुकाईछिपाई गाँजा ल्याइ रहेको भन्ने सुचनाको आधारमा ई.प्र.का.बेलबारीबाट प्र.नि.र इ.प्र.का.केराबारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरी टोलीलाई देख्नसाथ उक्त गाडी रोकी छाडी मानिस भाग्न खोज्दा निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.स.नि.फजिन्द्र तोलाङगीले चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरी एम्बुलेन्स चालक जि.धनकुटा शहिद भुमि  गा.पा.६ बस्ने वर्ष ३५ को निश्चल राइ, ऐ.सागुरिगडी गा.पा.२ बस्ने वर्ष २० को खगेन्द्र लिम्बु, सुर्य बहादुर थापा प्रतिष्ठान  खाल्सा छिन्ताङ शहिद भुमी गा.पा.वडा नं.१ घनकुटाबाट संचालित एम्बुलेन्स र ला.औ.गाँजा १६ पोका समेत नियन्त्रणमा लिई ई.प्र.का.बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।०९।१२ गते ०५:०० बजे देखि ऐ ०९।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१३

ज.ज.क.,रोल्पा, सुनिलस्मृति गा.पा.३ रुईनीबाङ स्थित बजारमा कोठा गरी बस्ने वर्ष ५ की बालिका लाई ऐ. स्थित कोठा गरी बस्ने वर्ष १३ को बालकले कोठामा कोहि नभएको अवस्थामा कोठामा गई ज.ज.क गरेको भनी पीडित बालिकाको बुवाले इ.प्र.का.सुलिचौरमा आई ऐ.१२ गते अं.१७;३० बजे जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई बालकलाई नियन्त्रणमा लिई दुवै जना बालक र बालिकालाई प्र.ना.नि.को कमाण्डको टोलीले विस्तृत स्वास्थ्य परीक्षणको लागि रोल्पा अस्पताल रेउघा पठाईएकोमा दुबैजना वालबालिकाको स्वास्थय परिक्षण पश्चात बालकलाई इ.प्र.का.सुलिचौर रोल्पाको बाल निग्रानी कक्षमा राखिएको र बालिकालाई निजको आमाको जिम्मा लगाई पठाइएको । प्र.क.माथी हातपात,रुपन्देही, ओमसतिया गा.पा-४ वाइपास रोड स्थित रहेको जलवा डान्स बार निर्धारित समय भन्दा राति सम्म संचालन गरेकोमा इ.प्र.का. बेलहियाबाट खटिएको प्र.नि को कमाण्डमा ७ जनाको टोलीले उक्त डान्सबारमा रहेका गेष्ट तथा संचालकलाई सम्झाइ बुझाइ गरी फर्कने क्रममा एक्कासी  प्रहरी माथि नै मुक्का प्रहार गर्दा जि.प्र.का. रुपन्देही दरबन्दी भइ इ.प्र.का. बेलहियामा कार्यरत प्र.ना.नि.नारायण पछाई (कम्प्युटर कोड न. ३१३२३७) को लाई आखा माथि चोट लागेकोमा उपचारको लागि भिम अस्पताल भैरहवा पठाइएको,आखा माथि ४ वटा टाका लागाएको अवस्था सामान्य रहेको, निज प्र.ना.नि.उपचार पश्चात  डिस्चार्ज भएको,हातपात गर्ने जि.नबलपरासी (पुर्व) बिनयत्रिबेणी गा.पा.६ बस्ने वर्ष ३२ को मोहन बस्नेत र बार संचालक गरी ५ जनालाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि जि.प्र.का.पठाइएको । कुटपिट/झै-झगडा,सिरहा, सुखिपुर न.पा. ६ खरीटोल स्थित झै-झगडा तथा कुटपिट भईरहेको भन्ने खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट शिवचौकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष ४५ को देव प्रसाद यादव (एक पक्ष) र ऐ.बस्ने वर्ष ५५ को राम करण यादव (अर्को पक्ष) बीच केटा केटीको बिषयमा पुरानो रिसिबी राखी बादबिबाद भई झै झगडा तथा कुटपिट हुँदा देव प्रसाद यादवको टाउकोमा बन्चरोले प्रहार गर्दा निजको टाउकोमा चोट अवस्था गम्भीर उपचारको लागि प्रादेशिक अस्पताल सिरहा तर्फ पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर तर्फ रिफर, अर्को पक्षको रामशंकर यादवको टाउकोमा बन्चरोले प्रहार गर्दा टाउकोमा चोट, उपचारको लागि स्थानिय मेडिकल सुखिपुर सिरहामा लगि उपचार भईरहेको, अवस्था मध्यम, उक्त स्थानमा थप इ.प्र.का.महेशपुरपतारबाट प्र.नि.को कमाण्डमा ७ जनाको  टोली खटी गई घटना सम्बन्धमा थप बुझ्ने कार्य भईरहेको, राम करण यादव फरार खो.त.कार्य भईरहेको । ला.औ., मोरङ, जहदा गा.पा.२ तरिग स्थित ला.औ.गाँजा नेपालबाट भारत तर्फ लादै गरेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई टाँउकोमा ला.औ. गाँजाको बोरा लिई जादै गरेकोमा प्रहरी लाई देखी बोरा फाली भागेकोमा निजहरुलाई पक्राउ गर्न ठुलो चा.पे. बाट १ राउण्ड फायर गरी देश भारत जिल्ला अररिया चन्दामोहन वाड न.५ बस्ने वर्ष २४ को अबुल हसन र ऐ. बस्ने वर्ष ३० को सोहेल खानलाई गाँजा ३३० के.जी. सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।०९।११ गते ०५:०० बजे देखि ऐ ०९।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१२

ज.ज.क.,काठमाण्डौं, जि.धादिङ ज्वालामुखी गा.पा.७ घर भई हाल का.जि.का.म.न.पा.२४ बस्ने वर्ष ३६ को पुरुष व्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई अन्तिम पटक २०८२।०९।०७ अं.१०:०० बजे ज.ज.क गरेको भनी जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकाली काठमाडौंमा जाहेरी दरखास्त दिएकोमा मिति २०८२।०९।०९ गते अं.१०:०० बजे प्रतिबादीलाई प्रकाउ भई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको । फुटकर ज्यान,बैतडी, मिति २०८२।०९।०९ गते अं.१९:०० बजे शिवनाथ गा.पा.२ खाल बस्ने वर्ष ५२ को देवान सिंह साउद घर नजिकै रहेको पसलमा जान्छु भनी गएकोमा हाल सम्म घरपरिवार र आफन्तको सम्पर्कमा नआएको भनी निजको ऐ.१० गते अं.१२:०० बजे प्र.चौ.कुस्मौतघाटबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.११ गते अं.१५:५० बजे ऐ.शिवनाथ गा.पा.२ करल भन्ने ठाँउमा मृत अवस्थमा फेला परेको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गएको । विष्फोटक पदार्थ फेला,अर्घाखाँची, शितगंगा न.पा. ११ कालीखोला बोक्से स्थित जि.प्र.का.बाट प्र.ना.उ.दिवस ब.जि.सी.को कमाण्डमा ३४ जना, इ.प्र.का.सुन्दीडाँडाबाट प्र.नि.आदर्श गिरीको कमाण्डमा ९ जना, व.प्र.का.चन्द्रौटाबाट प्र.स.नि.उमेश हरीजनको कमाण्डमा १० जना गरी जम्मा ५३ जनाको टोलीले संयुक्त LRP गस्ती गर्ने क्रममा पुरानो कोही नबस्ने गोठमा वेवारिसे अवस्थामा भरुवा बन्दुक थान २, ग्रिनेट थान १४, बेडोनेटर थान १२, प्लास्टिकको पाईप लम्वाई २५ ईन्च लामो लन्चर जस्तो देखिने पदार्थ थान ३, ५ लिटरको प्रेशर कुकर वम थान १, स्टिलको डलु बम थान १, विजुलीको तार ४ बण्डल, बारुद अं. ५०० ग्राम फेला परेको, उक्त स्थानमा कुनै सञ्चार सम्पर्क समेत नहुने,डिस्पोजको लागी नेपाली सेनासँग समन्वय हुँदै । हात हतियार बरामद,बर्दिया, पोखरा म.न.पा.१ बगर स्थित टुडिखेलको खेल मैदान नजिकै नालीमा लाईभ राउण्डको ७.६२ m.m.गोटा ३ ऐ.बस्ने नारायण प्रसाद तिमिल्सिनाले फेला पारी श्री कृष्णदल गण फुलबारी व्यारेक पोखरामा लगी बुझाएको भनी सोही श्री कृष्णदल गणबाट जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई  दोहोरो भरपाईका साथ बुझि जि.प्र.का.मा ल्याई राखेको । नबजात शिशु मृत फेला,धादिङ निलकण्ठ न.पा.१० सात तल्ले टापु सामुदायिक जंगल नजिक धादिङबेशीबाट सल्यानटारजाने सडक-खण्डको छेउमा  खाल्डोमा पुरेको अवस्थामा मृत नबजात शिशु (बालिका)फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.सल्यानटार र जि.प्र.का.धादिङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि ऐ.२१:०० बजे जि.अस्पताल धादिङवेशी पठाईएको । ला.औ.,सुर्खेत, भेरीगंगा न.पा.५ कालिदमार स्थित रत्न राजमार्ग सडकखण्डमा चालक जि.सिन्धुली कमलामाई न.पा.१३ बस्ने वर्ष ३५ को सरोज दहालले चलाएको सुर्खेत देखि नेपालगंज तर्फ जाँदै गरेको बा प्र ०१०३१ च ६९०२ नं.को इभि कार र विपरीत दिशाबाट आउँदै गरेको चालक जि.जाजरकोट भेरी न.पा.३ बस्ने वर्ष २२ को प्रेम परियारले चलाएको भे १० प ५८५६ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनमा क्षति भई दुबै पक्षलाई ऐ.०९।११ गते ०८:३० बजे इ.प्र.का.छिन्छुमा बोलाई छलफल गर्ने क्रममा  निज मो.सा. चालक प्रेम परियारको शरीर खान तलासी गर्दा निजले लगाएको ज्याकेटको पछाडि भागमा लुकाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पोका शुद्ध तौल ४ ग्राम ४४० मिलिग्राम फेलापारी बारामद गरी  इ.प्र.का.छिन्छुमा राखी आ.अ.भईरहेको । उदयपुर, चौदण्डीगढी न.पा.वडा नं.०३ पैतालिस चौक स्थितमा विशेष सुचनाको आधारमा इ.प्र.का. बेल्टार उदयपुरबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले रामपुरबाट गाईघाट तर्फ आउदै गरेको को १ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा लुकाइ छिपाई ल्याउदै गरेको ३० बोरा गाँजा, तौल गर्दा बोरा सहित ७६३.७६ किलोग्राम फेला पारी गाँजा,बोलेरो चालक ऐ. बेलका न.पा. वडा नं.०६ बस्ने अ. वर्ष २३ को रविन कुमार राई र सोही गाडिमा सवार ऐ. वडा नं.०९ बस्ने अ. वर्ष २८ को राम बहादुर राईलाई नियन्त्रणमा लिइ इ.प्र.का. बेल्टार उदयपुरमा ल्याइ राखिएको ।  बारा, सिम्रौनगढ न.पा.३बडपुरवा स्थितमा ला.औ.औसार पसार भईरहेको भन्ने इ.प्र.का.सिम्रौनगढ,बारामाखबर प्राप्त हुनासाथ इ.प्र.का.सिम्रौनगढ,बारा बाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा ४ जना मानिसहरु पिठ्युमा ४ वटा पोका  बोकी  गगांनगर बाट नयकाटोल तर्फ आईरहेको अवस्थामा प्रहरी टोलीलाई  देखन साथ  २ जना व्यक्तिहरु पोका फाली भागेकोमा लख्टदै जाँदा जिल्ला बारा सिम्रौनगढ न.पा.  ३ नयाका टोल  बस्ने रधुनाथ हजराको छोरा   अं. बर्ष  ४०को  राजकिशोर  हजरा लगायत २ जनालाई ला.औ.४ वटा जुटको बोरामा ६४ के.जी ४५० ग्राम.ला.औ.गाजा र २ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.सिम्रौनगढ बारामा ल्याई राखिएको ।

मिति २०८२।०९।१० गते ०५:०० बजे देखि ऐ ०९।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-११

हात हतियार बरामद,भक्तपुर, मध्यपुर ठिमी न.पा. १ सुकुम्बासी बस्तीको गुम्बा पछाडि सार्वजनिक जग्गाको झाडीमा वेवारिसे अवस्थामा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गर्दा निलो कपडाको बिन्दुली भित्र रहेको 7.62 M80 लेखिएको २६ राउण्ड SLR को गोली फेला पारी वृत्त ठिमीमा ल्याई राखिएको, थप अनुसन्धान कार्य जारी रहेको । सुन बरामद,काठमाण्डौ, जि.ताप्लेजुङ मैवाखोला गा.पा.१  घर भएको वर्ष ३६ को दिल कुमार रहपाल बि.क. का.म.न.पा.९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा आई संकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई  सुन जस्तो देखिने पहेलो धातुको ब्रासलेट थान-२ (ब्रासलेट-(अं.२० ग्राम, ब्रासलेट-अं.२५ ग्राम) गरी जम्मा ४५ ग्राम अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाउनु पर्नेमा बिदाको कारण प्रहरी वृत्त गौशाला पठाएको । मानिस बेपत्ता (शंकास्पद) (फुटकर ज्यान),सिन्धुली, मिति २०८२।०९।०९ गते के कुन समयमा जि.सिन्धुली तीनपाटन गा.पा.३ राम्चे बस्ने वर्ष ५३ की टंकमाया बुढाथोकी (सो घरमा निज महिला एक्लै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र २ छोरा वैदेशिक रोजगारको शिलशिलामा विदेश रहेको,४ छोरी मध्ये ३ वटा विवाहित १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खो.त.गर्दा समेत फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का बेलघारीबाट प्र.स.नि र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा निजको घरमा हेर्दा निज सुत्ने बेडमा दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएको महिलाको खो.त.भईरहेको, बा.प्र.हेटौडाबाट प्र.नि.को कमाण्डमा २ वटा तालिम प्राप्त कुकुर सहितको टोली ऐ.१७:१५ बजे घटनास्थलमा पुगी थप अनुसन्धान कार्य भई रहेको । आगजनी,बर्दिया, गुलरीया न.पा.१० बाजिपर्सिया स्थित ऐ.बस्ने राजन लोधको छोरी वर्ष २५ की अनुराधा लोधलाई ऐ.बस्ने निसार बेहनाको छोरा वर्ष २४ को सद्दाम बेहनाले ५ दिन अगाडि भगाई लिइ आएकोमा केटी पक्षहरु निजको घरमा आई केटिलाई जबजस्ती लिई गएको र सद्दाम बेहनाको घरमा आगजनी समेत गरेको भनी ऐ.२१:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मथुराबाट प्र.ह.को कमाण्डमा ५ जना, जि.प्र.का.बर्दियाबाट प्र.नि.कोकमाण्डमा २८ जना र  बि.ओ.पि.कालाबन्जारबाट स.प्र.नि.को कमाण्डमा ३५ जनाको टोली खटी गइ बुझ्दा केटी पक्षले निज सद्दाम बेहनाको टायलले छाएको १ तले कच्ची घरमा आगजनी गरी केटीलाई लिएर फरार रहेको, निजहरुको खो.त.भईरहेको, नेपाल प्रहरी ससत्र प्रहरी र दमकलको सहयोगमा ऐ.२२:१५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको, आगलागीबाट घर र घरमा रहेको लत्ताकपडा, अन्नपात भाडा वर्तन र काठहरु जली क्षति भएको, १ जिउ बाख्राको पाठो जली मरेको, क्षतिको बिवरण आउन बाँकी, थप- केटी जि.प्र.का.को नियन्त्रणमा रहेको । ढुंगामुढा,सिन्धुली, मिति २०८२।०९।०६ गते अं.१६:३० बजे कमलामाई न.पा.४ धुराबजार बस्ने वर्ष ६२ को दुर्गामान बम्जनको बुहारी वर्ष ३२ की सुसिला बम्जनलाई निजको सासु र नन्दले आगो लगाई घटनास्थलमा नै मृत्यु भएको बिषयलाई लिएर ऐ.१० गते १५:१५ बजे माईती पक्ष र स्थानीय गरी अं.१००० जनाको सङख्यामा भेला जम्मा भई दुर्गामान बम्जनको घरमा ढुंगामुढा गरी घरको झ्यालको सिसा फुटाएको, उक्त स्थानमा जि.प्र.का.सिन्धुलीबाट प्र.ना.उ.को कमाण्डमा १६० जना र सुरक्षा बेस क्याम्प सिन्धुलीबाट स.प्र.ना.उ.को कमाण्डमा ४६ जनाको टोली खटी गई सम्झाई बुझाई कार्य भईरहेकोमा भिड नियन्त्रण गर्नको लागि नेपाल प्रहरीबाट ३ सेल अश्रुग्याँस र सशस्त्र प्रहरीबाट २ सेल अश्रुग्याँस गरी जम्मा ५ सेल अश्रुग्याँस फायर भएको, ऐ.२०:३० भिडलाई  नियन्त्रणमा लिनको लागि सुरक्षा समितिको बैठक बसी ऐ.२०:३० बजेबाट लागु हुने गरी मिति २०८२।०९।११ गते ०६:०० बजे सम्मको लागि कर्फ्यु जारी भएको, ऐ.२१:०० बजे उक्त घर भित्र रहेका ५ जना मानिसहरुलाई उद्दार गरी जि.प्र.का सिन्धुली ल्याई राखेको, उक्त घटनामा प्रहरी तर्फ १२ जना प्र.क.( प्र.नि.१, प्र.ब.ह.५, प्र.ह.२, प्र.स.ह.२, प्र.ज.२) सामान्य घाइते भई जि.अस्पताल सिन्धुलीमा सामान्य उपचार पुन:पश्चात डिउटीमा खटिएको, ढुंगामुढाबाट इ.प्र.का खुर्कोटको ना.१ झ.१४१९ नं.को स्कारपियोको अगाडीको सिसा चर्किएको साथै चालक तर्फको दुवै सिसा पूर्णरुपमा क्षति भएको,नेपाल प्रहरीको १ थान  हेण्ड सेटमा क्षति भएको, नेपाल प्रहरीको ३ थान सिल्डमा क्षति भएको, ऐ.२३:०० बजे भिड तितरवितर भई घटनास्थलमा खटिएको प्रहरी टोली बाहेक अन्य सर्वसाधरण कोही नरहेको, प्र.ता.के.दुधौली, सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प सिन्धुली, इ.प्र.का.भिमान र इ.प्र.का.कपिलाकोटबाट आएको थप मद्दत टोली क्रमश:तत्काललाई फिर्ता भएको, विशेष सुरक्षा गण, ढल्केवर र जि.प्र.का.सिन्धुलीबाट खटिएको टोली घटनास्थल सुरक्षार्थ खटिएको । ला.औ.,कपिलबस्तु, मायादेवी गा.पा.२ भैसकुण्ड स्थित इ.प्र.का.पकडीबाट प्र.स.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको UP 55 AU 0723 नं को मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला कपिलवस्तु मायादेवी गा.पा.४ बुलकडिहवा बस्ने वर्ष ३० को अब्दुल कासिमले लुकाई छिपाई ल्याएको ४३.७६ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिई जि.प्र.का.कपिलवस्तुमा राखिएको ।  सुनसरी, धरान उ.म.न.पा.७ श्रीजंग मार्ग स्थित म्यास लिम्बुको घरमा लागु औषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई म्यास लिम्बुको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. ट्रामाडोल-५७० पिस ट्याब्लेट र स्पासपेन-५५० क्यासुल,तरबार, खुकरी, कट्टी र धार लगाउने ग्यालेन्डर सहित  फेला पारी ऐ. बस्ने वर्ष २८ को संसार थापा, ऐ.१५ बस्ने वर्ष १९ को संदेश  लिम्बु,(लागु औषध मुद्दाको थुनुवा GEN G आन्दोलनमा झुम्का कारागारबाट फरार) ऐ.७ बस्ने वर्ष १७ को मनिष परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.धरानमा ल्याई राखिएको ।

मिति २०८२।०९।०९ गते ०५:०० बजे देखि ऐ ०९।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-१०

ज.ज.क. /बाल यौन दुर्व्यवहार,गुल्मी, ईश्मा गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २० को ढुल्के भन्ने बोम बहादुर कुमालले वर्ष १३ की परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (A) लाई ललाई फकाई जबरजस्ती करणी गरेको भनि पिडितको परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (B) ले मिति २०८२।०९।०८ गते दिउँसो १३;५० बजेको समयमा अ.प्र. पोष्ट धनार्जे गुल्मीमा खबर गराउनसाथ उक्त स्थानमा प्र.ब.ह. को कमाण्डमा २ जना र जि.प्र.का. गुल्मी बाट विवेक घलेको कमाण्डमा ५ जनाको टोली खटिगई निजलाई ऐ. १५;०० बजेको समयमा नियन्त्रणमा लिई जि.प्र.का. गुल्मीमा ल्याई मेडिकल गरी राखेको, आज मिति २०८२।०९।०९ गते १२;३० बजेको समयमा जि.प्र.का. गुल्मीमा पिडितको परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (B) ले जाहेरी दरखास्त दिएकीमा जिल्ला अदालत गुल्मीबाट मिति २०८२।०९।०८ गते देखि लागु हुने गरी पहिलो पटक दिन ७ (सात) म्यादथप भई हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको, पिडित वर्ष १३ की परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (A) लाई स्वास्थ्य परिक्षण गरी निजको परिवर्तित नाम ४६(०८२/०८३) ईश्मा (B) को जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । भरुवा बन्दुक पड्की घाईते,गोरखा, धार्चे गा.पा.४ लाप्राक बस्ने वर्ष ४० को टेक बहादुर गुरुङ मिति २०८२।०९।०६ गते २३:०० बजे आफ्नै आलु बारीमा बदेल धपाउन जाने क्रममा अचानक लड्न जाँदा निजले बोकेको  भरुवा बन्दुक पड्कन गई बायाँ हातको पाखुरामा लागी घाईते भएको, घाईतेको काठमाडौं गोगंबुमा रहेको ALL NEPAL HOSPITAL मा उपचार भईरहेकोमा थप उपचारको लागि ऐ.९ गते काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाई उपचार भईरहेको, अवस्था मध्यम ,उपचारमा निजको श्रीमती अस्मिता गुरुङ संलग्न रहेको भनी महानगरीय अस्थाई प्रहरी प्रभाग गोगंबु काठमाण्डौँबाट ऐ.९ गते १३:१० बजे जानाकारी प्राप्त हुनासाथ घटनास्थलमा इ.प्र.का.जौवारी गोरखाबट प्र.नि.को कमाण्डमा ६ जनाको टोली खटी गएको । हात हतियार बरामद,सुनसरी, बराहक्षेत्र न.पा.०१ चौरीबान्द्रे स्थित ऐ. बस्ने वर्ष अं.४१ की ईन्दिरा राईलाई निजकै श्रीमान वर्ष अं.५१ को बिन्दु कुमार राईले घरयासी विवाद भई कुटपिट गर्दा निज ईन्दिरा राईको दाहिने पट्टी आँखाको डिलमा गहीरो चोट,टाउकोमा पनि गहीरो चोट लागि उपचारको लागी चतरा अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान अस्पताल घोपा धरान पठाइएकोमा ऐ.२१:१५ बजे घाईते ईन्दिरा राईलाई थप उपचारको लागि आर्य न्युरो अस्पताल बिराटनगर लिई गएको, अबस्था मध्यम रहेको,कुटपिट गर्ने श्रीमान घरमै रहेको भनि सोही अस्पतालमा कार्यरत प्र.क.बाट ऐ.१९:०० बजे जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा इ.प्र.का.चतराबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई ऐ.२०:०० बजे  कुटपिट गर्ने बिन्दु कुमार राईको घरमा पुगी खानतलासी गर्ने क्रममा निज सुत्ने कोठाको काठको खम्बा पछाडी लुकाई छिपाई राखिएको अवस्थामा १ नाल  भरुवा बन्दुक र १ थान धारिलो हतियार खुकुरी समेत फेला परेकोले निजलाई उक्त भरुवा बन्दुक र धारिलो हतियार खुकुरी सहित निजलाई नियन्त्रणमा लिई थप अनुशन्धानको लागि इ.प्र.का.महेन्द्रनगरमा ल्याउ आ.अ. भईरहेको । जनावार् आक्रमण,बर्दिया, बारबर्दिया न.पा.१० बस्ने वर्ष अं.५० कि पार्वती डाँगी घरबाट अं.२.५ कि.मि.दक्षिणमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली जनावार चितुवाले घाँटीमा आक्रमण गरि मृत्यु भएको भनि ऐ.१२;४० बजे जनाकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ.कतर्नियाघाट बर्दियाबाट प्र.स.नि.(९८४३९०६५५२)को कमाण्डमा ४ जना र इ.प्र.का.मोतिपुर बर्दियाबाट प्र.नि.(९८५८०९०५३७) को कमाण्डमा SOCO को सहित ६ जना खटिएको,वनको टोलिलाई जानकारी भइसकेको,लाश घटना स्थलमै रहेको, उक्त स्थान प्र.चौ.कतर्नियाघाट बर्दियाबाट अ.४ कि.मि.पुर्ब पर्ने । थप अपडेट ;- ऐ.१४;५० बजे घटनास्थलको प्रारम्भिक कार्य पुरा गरि लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया तर्फ पठाएको । ला.औ.,मोरङ, बिराटनगर म.न.पा. वडा नं. १५,२ नं. ढाट स्थितमा इप्रका रानिबाट प्र.स.नि. इश्वरी कुमार दाहाल (९८६२६७५५०५) को कमाण्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि.संखुवासभा चैनपुर न.पा.१ वस्ने दावा इन्दीको छोरा वर्ष ३४ को लाक्पा शेर्पालाई संका लागि चेक जाँच गर्दा निजको साथबाट लागु औषध खैरो हिरोइन पदार्थ जस्तो देखिने ५१ ग्राम, फेलापारी मानिस सहित नियन्त्रणमा लिइ इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।  पर्सा, बिन्दवासनी गा.पा. ०५ प्रसौनीभठा स्थित सश्स्त्र प्रहरी निरिक्ष चेतन बार्हकोटिको कमाण्डमा खटिएको ५ जनाको टोलिले गस्ति गर्दै जाने क्रममा केहि मानिसहरु भारततर्फ भग्दै गएको देखि पश्चात उक्त ईलाका आसपासमा खोज तलास गर्दै जादा भुतहा खोला किनारामा लुकाई छिपाई राखिएको बेवारिसे ८ वटा पोकामा (१२० के.जि. ला.औ. गाजा) फेला पारि आवश्याक कार्वाहिको लागि ऐ. १७;३० बजेको समयमा ई.प्र.का.पोखरिया पर्सामा ल्याई बुझाईएको ।

मिति २०८२।०९।०७ गते ०५:०० बजे देखि ऐ ०९।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०८

कर्तव्य ज्यान ,भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा ऐ.बस्ने तुल्सी कर्मचार्यको साढे ३ तल्ले निर्माणाधिन घरमा ज्यामी काम गरी भुइतल्लामा बस्ने जिल्ला उदयपुर घर भएको बर्ष ३५ को पुर्ण ठकुरीलाइ निजसंगै काम गर्ने जिल्ला धनकुटा सागुरीगढी गा.पा.३ घर भई ऐ.घरमा ज्यामी काम गरी बस्ने बर्ष २७ को याखा राई भन्ने संजिब राईले ऐ.०६ गते राती कुटपिट गर्दा निज पुर्ण ठकुरीको घटनास्थलमा मृत्यु भएको,लास घटनास्थलमा रहेको,कुटपिट गरी हत्या गर्ने संजिब राई ऐ.७ गते ०८;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा.१ सल्लाघारी स्थितबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको घटनास्थल मुचुल्का तथा थप अनुसन्धान कार्य जारी,उक्त स्थानमा प्रभाग दरबारस्क्वायरबाट प्र.ब.ना.नि.रमेश राई र परिसर भक्तपुरबाट प्र.उ.सुर्य ब.खड्काको कमाण्डमा टोली खटी गएको। थप अपडेट ऐ. १०:१० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट भक्तपुर लगेको । ललितपुर, जि.भक्तपुर सूर्यविनायक न.पा.७ देउराली जंगलमा सडक भन्दा अं.२०।२५ मिटर तल खोल्सामा अनुसन्धानको सिलसिलामा उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुरको प्रहरी टोलीले नाम थर वतन र लिङ्ग नखुलेको कपडाले बेरेको अवस्थामा शव फेला परेको भनी ऐ. ००:४७ बजे वृत्त सातदोबाटोमा जानकारी गराउनासाथ प्रभाग लुभुबाट प्र.स.नि., प्रभाग इमाडोलबाट प्र.नि. र थप वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा मृतक जि.भोजपुर अरुण गा.पा.३ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.८ लुभु बस्ने वर्ष २१ को पारुहाङ राई रहेको, घटनास्थल मुचुल्का पश्‍चात शव पो.मा.को लागि पाटन अस्पताल पठाएको, मिति २०८२।०९।०६ गते उक्त घटना सम्बन्धी सो.पु. को लागी अपराध महाशाखाको टोलीले जिल्ला सिन्धुली गोलन्जोर गा.पा. ०५ घर भई बस्ने बर्ष २० को जयराम अधिकारीलाई नियन्त्रणमा लिई निजलाई अपराध महाशाखा टेकुमा राखेको,घटनास्थलमा वृत्त सातदोबाटोबाट प्र.ना.उ र जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ. र जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र.ना.उ.को कमाण्डमा १२ जनाको टोली खटी गएको। ज.ज.क. /बाल यौन दुर्व्यवहार,सुर्खेत, सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर स्थित जाहेरवाला परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ Aको घरको उतर तर्फको कोठामा ठुली र सानी बहिनी सुतीरहेको अबस्थामा जि.सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर बस्ने बर्ष अं.२५ को विष्णे भन्ने विष्णु गिरीले कोठामा प्रवेश गरी बिस्तारामा सुतीरहेकी बहीनीहरु मध्ये जेठी बहिनी ऐ.ऐ बस्ने बर्ष १६ की परिवर्तित नाम ०८२।/०८३) ६४ बीरेन्द्रनगर क ३६ लाई एक्कासी मुखमा हात लिई मुख बुझी अर्को हातले शरिरको संम्वेदनशिल अंग स्तन छातीमा सुमसुम्याई जबरजस्ती करणी उधोग गरेको हुंदा निज अन्यायी विष्णे भन्ने विष्णु गिरीलाई पक्राउ गरी हदै सम्मको सजाय गरी क्षतिपुर्ती समेत दिलाई भराई पाउ भनि पिडितको दाजु परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ A ले मिति २०८२।०९।०६ गते जि.प्र.का.सुर्खेतमा लिखित जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । पाल्पा, तानसेन न.पा.७ बस्ने वर्ष ३४ को जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुले पाल्पा जिल्ला अन्तर्गत बस्ने वर्ष २४ की परिवर्तित नाम (०८२।०३) ४७ (ट) लाई जिल्ला पाल्पा तानसेन न.पा.११ स्थित जङ्गी अड्डा स्थित होटलमा ज.ज.क. गरेको भनि मिति २०८२।९।७ गते १७:०० बजे निज पडित आफैले जि.प्र.का.पाल्पामा आई जाहेरी दिएकोले उक्त स्थानमा जि.प्र.का. पाल्पाबाट प्र.नि. को कमाण्डमा टोलि खटिगई निज पिडक व्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखिएको,निज पिडित महिलाको मेडिकल पश्चात आफन्तको जिम्मा लगाई घर पठाएको,अवस्था सामान्य उदयपुर, रौतामाई गा.पा. ८ खमारे घर भई हाल ऐ. त्रियुगा न.पा.११ स्थित रमा मगरको घरमा डेरा लिई बस्ने वर्ष १० की नावालिकालाई देश भारत झारखण्ड राज्य सांकेतनगर ग्रामपञ्चायत डोरन्डा थाना वडा नं. १८ स्थाई घर भई हाल ऐ. त्रियुगा न.पा. ११ स्थित रमा मगरको घरमा डेरागरी बस्ने वर्ष अं. ३५ को अनुराग भन्ने सिन्टु कर्मकारले आफ्नै कोठा भित्र लगी ललाई फकाई गरी यौन दुर्व्यवहार गरेको भनि पिडितको हजुरबुवाले ऐ.०९।०७ गते अं.१६:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.ब.ह को कमाण्डमा टोली खटी गई निज अनुराग भन्ने सिन्टु कर्मकारलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जि.प्र.का.ल्याइ आ.अ.कार्य भइरहेको, तनहुँ, भानु न.पा.१ पुल्चोक स्थित रहेको मौसम थापा मगरद्धारा संचालित मगर होटलमा ऐ. भानु न.पा.-९ बस्ने वर्ष २४ को सिताराम नेपालीले जि. लम्जुङ दोर्दी गा.पा.-२ बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क. र जि. चितवन भरतपुर म.न.पा.-१४ बस्ने वर्ष २६ को निसान थापाले जि. धादिङ रुबिभ्याली गा.पा.-५ बस्ने वर्ष १७ की बालिकालाई यौन दुरुपयोग गरेको भनि ऐ.०९।०७ गते १७:०० बजे पिडितका आफन्तले इ.प्र.का.भोटेवडार लम्जुङमा जानकारी गराए पश्चात इ.प्र.का.भानुतनहुँबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडक चारै जनालाई इ.प्र.का.भानु तनहुँमा ल्याई स्वास्थ्य परिक्षणको लागि प्रदेश अस्पताल दमौली लगिएको । कैलाली, धनगढी उ.म.न.पा.१२ मनेहरा सिबिर बस्ने वर्ष २४ की महिलालाई ऐ.बस्ने वर्ष ३८ को झंकु राम डगौराले ज.ज.क.गरेको भनि ऐ.०९।०७ गते १६:३० बजे जि.प्र.का.मा जाहेरी दिएकोले  अ.प्र.पोष्ट मनेहराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखि थप अनुसन्धान भईरहेको । कुटपिट,बाँके, जानकी गा.पा.०२ नवाजी गाउँ बस्ने दिपक यादवले आफ्नो श्रीमती वर्ष २० की  रिमा यादवलाई बाँया कानमा हातको मुक्काले हानी घाईते भई उपचारको लागि संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि नेपालगंज बाँके ल्याई उपचार भई रहेको अबस्था गम्भिर रहेको, उपचारमा सङ्लग्न बुबा हन्सराम यादव रहेको भनि ऐ. अस्पतालमाबाट ऐ.२३.३० बजे जानकारी गराउना साथ उक्त स्थानमा प्र.चौ. बेलभार बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने निजको श्रीमान दिपक यादव फरार रहेको,खो.त. कार्य जारी रहेको । हात हतियार बरामद,कालिकोट, तिलागुफा न.पा. ७ सुर्खाल पाटन स्थित दुन्द्रा ओढारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ. छाप्रेबाट प्र.ब.ह.को कमाण्डमा खटिएको टोलीले छुट्टा छुट्टै ओढारमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.छाप्रेबाट अं.३ घण्टा उत्तर पर्ने । ला.औ.,धादिङ, गजुरी गा.पा.६ आदमघाट बजार स्थित पृथ्बिलोकमार्गमा गोप्य सुचनाको आधारमा प्र.चौ.बैरेनिबाट प्र.ना.नि. र अ.प्रोष्ट आदमघाटबाट प्र.स.नि. को कमाण्डमा खटिएको  संयुक्त टोलीले काठमाण्डौबाट बुटवल तर्फ जादै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो, हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अं.३० के.जि बराबरको ला.औ.गाँजा फेला पारी गांजा ल्याउने  ऐ. गजुरी गा.पा ७ बस्ने बर्ष ३५ को चन्द बहादुर तामाङ सहित ३ जनालाई गांजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।  सुनसरी, धरान उ.म.न.पा.१३ चिण्डे डाँडा स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको गस्ती टोलिले चेक जाँच गर्ने क्रममा चिण्डे डाँडा हुदै धरान तर्फ आउदै गरेको को २ ह ५९३४ नं. अटो लाई चेक जाँच गर्दा ५ पोका ला.औ.गाँजा  तौल गर्दा १०९ के.जी. अटो र अटो चालक ऐ. १३ बस्ने वर्ष २८ को राकेश मरिक लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.धरानमा ल्याई बुझाईएको ।

मिति २०८२।०९।०६ गते ०५:०० बजे देखि ऐ ०९।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०७

कर्तव्य ज्यानखोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा.९ सिगाने बस्ने वर्ष ५८ को पदम रोक्कालाई ऐ.बस्ने वर्ष ५० को दिल कुमार भुजेलले मा.प.से.गरी बिबाद भई कुटपिट हुँदा पदम रोक्काको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ.निर्मलीडाँडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को टोली खटी गई कानुनी प्रकृया पुरा गरी ऐ.१६:३० बजे शव पो.मा.को लागि जिल्ला अस्पताल खोटाङ पठाएको,घटनास्थल अ.प्र.चौ.निर्मलीडाँडाबाट अं.१३ कि.मि.उत्तर पर्ने । ज.ज.क. /बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८२।०९।०५ गते १९:३० बजे  खाँदबारी न.पा.७ घर भई हाल ऐ.खाँदबारी न.पा. ९ बस्ने चन्द्र बहादुर श्रेष्ठको जग्गामा रहेको मतान घरमा डेरा गरी बस्दै आएको बुवा छोरी बीच झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट टोली खटी गई निज बुवालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएकोमा ऐ.६ गते १२:०० बजे वर्ष ४३ को निज बुवाले आफ्नै छोरी वर्ष १६ की बालिकालाई मिति २०८२ सालको असार महिना देखी पटक पटक जबरजस्ती करणी गर्दै आएको भनी जाहेरी दिएकोले आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पूर्व पर्ने । प्युठान, ऐरावती गा.पा.४ छापा बस्ने वर्ष अं. ९ की बालिकालाई ऐ. बस्ने वर्ष अं. ११ को बालकले आफ्नै घरमा ज.ज.क. गरेको भनि ऐ.२१:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कैरनबाट प्र.स.नि. को कमाण्डमा टोली गएको, पिडक घरमा नभएको, खो.त. कार्य भइरहेको, पिडितको अवस्था सामान्य रहेको, उक्त स्थान अ.प्र.पोष्ट.कैरनबाट अं.४ कि.मि. पश्चिम पर्ने । ला.औ.,दाङ, जि.बाके नेपालगन्ज उ.म.न.पा.०१ धम्बोजी बस्ने वर्ष ३८ को ईमरान सिद्दिकी हलवाई र ऐ. ०८ ज्वलाहापुर वस्ने वर्ष ३८ को नुरूद्दिन अन्सारीले अवैध ला.औ.व्राउन सुगर विक्री वितरण गर्नको लागि नेपालगन्जबाट दाङको भालुबाङ तर्फ आउदै गरेका छन भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.भालुबाङबाट प्र.नि.को कमाण्डमा खटिएको  टोलिले ऐ. राप्ती गा.पा.०५ पूर्व पश्चिम राजमार्गको कालापानी स्थित सड्क खण्डमा उल्लेखित मानिसहरूलाई फेलापारी तत्कालै नियन्त्रणमा लिई निजहरूलाई चेकजाँच गर्ने क्रममा निज ईमरान सिद्दिकी हलवाईले  लगाएको ज्याकेटको भित्री खल्तीमा सेतो प्लाष्टिकमा सेतो धागोले वाँधेको ला.औ.व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी शुद्द तौल ३१ ग्राम १६० मिलिग्राम  रहेको र निजले  लगाएको निलो ट्रयाकको पछाडीको खल्तीमा राखेको पर्समा रू.५०० दरको ४ वटा नेपाली नोट गरी जम्मा रू.२०००।– रहेको,निजले प्रयोग गर्दै आएको IME11-862791063943592 IMEI2-12862791063943584 भएको मोवाईल नं.९८१२४९०३८२ र ९८१०२०३५९४ को सिम प्रयोग भएको OPPO क्रिम कलरको स्क्रिनटच मोवाईल थान १ फेला परेको र नुरूद्दिन अन्सारीकको शरीर खानतलासी गर्दा निजले प्रयोग गर्दै आएको IME11-868188059288450,IME12- 868188059288443 भएको मोवाईल नं. ९७०५३६९९०५ र ९७००७७२५६३ को सिम प्रयोग भएको क्रिम कलरको VIVO स्क्रिनटच मोवाईल थान १ फेलापारी निज ईमरान सिद्दिकी हलवाई र नुरूद्दिन अन्सारीको साथवाट वरामद भएको सामान सहित पक्राउ गरी इ.प्र.का.भालुवाङमा ल्याई राखेको,थप अनुसन्धान भई रहेको,उक्त स्थान इ.प्र.का.भालुवाङबाट अं १२ कि.मि.पश्चिम पर्ने । सुर्खेत, वीरेन्द्रनगर न.पा.३ आदेशनगरमा गोप्य सुचनाको आधारमा न.प्र.का.सुर्खेतबाट खटिएको प्र.स.नि.र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोलीले ऐ.बस्ने वर्ष २२ को नबिन थापालाई चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको २२ पुडिया र ५ पोका ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, ऐ.१५:३० बजे नापतौल गर्दा शुद्द तौल ७ ग्राम ४६० मिलिग्राम रहेको, उक्त स्थान न.प्र.का सुर्खेतबाट अं.२.५ कि.मि.दक्षिण पश्चिम पर्ने । महोत्तरी, इ.प्र.का.गौशालाबाट प्र.नि.को कमाण्डमा,इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.र ला.औ.नियन्त्रण ब्यूरो शाखा कार्यालय,बर्दिवासबाट खटिएको संयुक्त  टोलीले ऐ. औरही न.पा.०१ स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट बर्दिवास तर्फ शङ्कास्पद तरिकाले जाँदै गरेको ऐ. सम्सी गा.पा.०६ स्थायी वतन भई शेष फखरे आलमको छोरा वर्ष २१ को शेष तनबिरले चलाई ल्याएको BR30A02285 नं.को भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेको देश भारत बिहार राज्य, जिल्ला सितामढी, वेला थाना वडा नं.०६ स्थायी वतन भई धरखर मण्डलको छोरा वर्ष २२ को राजु कुमार र सोही मोटरसाइकल पछाडी आउँदै गरेको चालक जिल्ला महोत्तरी सम्सि गा.पा.०६ स्थायी वतन भई मोली मोमताजको छोरा वर्ष २१ को मुसाहिददुल ईस्लामले चलाएका  BR30W0324 नं.को यमाहा कम्पनीको भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेका देश भारत, बिहार राज्य, जिल्ला सितामढी बेला थाना वडा नं.०६ कनवा स्थायी वतन भई उत्तम मण्डलको छोरा वर्ष २१ को अरबिन्द कुमार मण्डल समेतलाई रोकेर कानून बमोजिम निजको शरीर र दुवै मोटरसाईकल खानतलासी गर्दा राजु कुमार र अरबिन्द कुमार मण्डल समेतले आफ्नो साथमा बोकी ल्याएको कालो प्लास्टिकको झोला भित्र ला.औ. DIAZEPAN-2ml उल्लिखित ४७४ (चार सय चौहत्तर) थान एम्पुल, BUPENORPHNE-2ml उल्लिखित ४८४ थान एम्पुल र PROMETHOZINE HYDROCHLORIDE PHENERGAN-2ml उल्लिखित ४७८ थान एम्पुल गरी जम्मा १४३६ थान एम्पुल फेला परेको हुँदा उक्त ला.औ.बरामद गरी निज शेष तनबिर,राजु कुमार,मुसाहिददुल ईस्लाम, अरबिन्द कुमार मण्डल र दुबै मो.सा.समेतलाई थप अनुसन्धानको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको उक्त स्थान इ.प्र.का.गौशालाबाट अं.६ कि.मि. पूर्व पर्ने ।  सर्लाही, हरिवन न.पा.०३ डाबरी टोल स्थितमा आँपको बगौँचा भित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त स्थानको वरिपरी खो.त.गर्दा झाडी भित्र सुकेको मकैको डाठले छोपेको अवस्थामा बेवारीसे ला.औ.गाँजा ३ वटा बोरा फेला पारी बरामद गरी इ.प्र.का.हरिवन सर्लाहीमा ल्याई खोली हेर्दा उक्त प्लाष्टिकको बोरा भित्र ठुलो प्याकेट  ९ वटा-४७.६६४ के.जी , सानो  प्याकेट १४ वटा- ३७.७०२ के.जी, सानो प्याकेट १ वटा- १.१३९ के.जी, गरी जम्मा प्लाष्टिक सहितको तौल ८६.५०५ के.जी.रहेको ।

मिति २०८२।०९।०५ गते ०५:०० बजे देखि ऐ ०९।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०६

कर्तव्य ज्यान,रोल्पा, रुन्टिगढी गा.पा.५जस्पुर बस्ने वर्ष ४८ को अमराज दमाईले मा.प.से.गरी आफ्नै श्रीमती वर्ष ५२ की रिमा परियारलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.होलेरी रोल्पाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि प्रा.स्वा.के.होलेरी रोल्पा पठाइएकोमा उपचारको क्रममा ऐ.१८:४५ बजे मृत्यु भएको,शव कानुनी प्रकृया पूरा गरी पो.मा.को.लागि रेउघा अस्पताल रोल्पा पठाईएको,कुटपिट गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा । ज.ज.क. /बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।०९।०१ गते अं.०१:०० बजे,धनकुटा न.पा.८ सान्ताङ बस्ने वर्ष अं.२९ को मान बहादुर राईले चौबिसे गा.पा.३ बस्ने वर्ष १९ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.धनकुटाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटा ल्याई आ.अ.भईरहेको,  प्र.क.मृत्यु,सुर्खेत, जि.दैलेख नारायण न.पा.२ घर भएका जि.सुर्खेत बिरेन्द्रनगर न.पा.७ बस्ने वर्ष ३८ को नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय सुर्खेत दरबन्दी भई ऐ.कार्यालयमा कार्यरत (क.कोड ३८३५५५) को प्र.ह.दशरथ थापा ऐ.०८।२८ गते बिहान ०६:०० बजे देखि १०:००  बजे सम्मको कन्ट्रोल ड्युटी सकेर घर गएकोमा ऐ.१४:४५ बजे नाम नखुलेको विषादी सेवन गरी उपचारको लागि निजको श्रीमतीले प्रदेश अस्पताल कालागाउँ लगेर ऐ.०९।०२ गते  सम्म ICU मा उपचार भईरहेकोमा स्वास्थ्य अवस्थामा सुधार नआएकोले ऐ.१२.३० बजे देखि भेन्टिलेटरमा राखी उपचार भईरहेकोमा ऐ.०९।०५ गते १०:२० बजे उपचारको क्रममा मृत्यु भएको भनी डाक्टरले मृत घोषणा गरेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा  टोली खटी गई शवको कानुनी प्रकृया पुरा गरी सोही अस्पतालमा पो.मा.पश्चात मृतकको दाजु नवराज थापाले शव बुझी लगेको, विषादी सेवन गर्नुको कारण नखुलेको । हात हतियार बरामद,दैलेख, नौमुले  गा.पा.९ सुनपाटा स्थित ऐ.वडा नं.२ नाउली बस्ने वर्ष ३७ को भिम बहादुर शाहीले भरुवा बन्दुक बोकेर हिँडेको छ भन्ने गोप्य सुचना प्राप्त पश्चात जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने क्रममा ऐ.९ सुनपाटा स्थित  १ नाल  भरुवा बन्दुक र निज भिम बहादुर शाहीलाई नियन्त्रणमा लिई बरामदी मुचुल्का गरी जि.प्र.का.तर्फ ल्याएको,। ला.औ.,सुनसरी, कोशी प्रदेश विराटनगर ला.औ.नि.व्यूरोबाट प्र.ना.नि. र इ.प्र.का.इटहरीबाट खटिएको सादा पोसाकको प्र.ब.ह.को कमाण्डमा टोलीले इटहरी उ.म.न.पा. ६  स्थित न्यू ओखलढुङ्गा होटल एण्ड सेकुवा कर्नर अगाडि  प्रदेश १-०२-४८ प ४४७८ नं.को मो.सा.मा शंकास्पद रुपमा बसिरहेका ऐ.बराहक्षेत्र न.पा ५ बस्ने वर्ष ३५ को अनिल कार्की र ऐ.कोशी गा.पा.८ बस्ने वर्ष २० को मो.जईसुल अबदिन दुबै जनालाई चेकजाँच गर्दा मो.जईसुल अबदिनको  साथबाट  ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्द तौल ५५.१६ ग्राम र नगद रु ८५,००० ( पचासी हजार ) र अनिल कार्कीको साथबाट नगद रु १,६५,०००( एक लाख पैसठीहजार) फेला पारी निजहरुलाई  मो.सा.सहित  नियन्त्रणमा लिई इ.प्र.का. इटहरीमा ल्याई अनुसन्धान भईरहेको।      पर्सा, बिरगंज म.न.पा.वडा नं.२२ जगरनाथपुर ढाँट स्थित व.प्र.का.श्रीपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गई चेकजाँच गर्ने क्रममा मकवानपुरबाट बिरगंज तर्फ आउदै गरेको ना ३ ख ५०९३ नं.को छ चक्के ट्रक माथी शंका लागि रोकी चेकजाँच गर्दा ट्रकको क्याबिनको माथिलो भागको फल्स बटनमा लुकाई छिपाई ल्याएको अं.२४० KG चरेश जस्तो देखिने ला.औ.फेला पारी ट्रक र ट्रक चालक मकवानपुर थाहा न.पा.वडा नं.११ बस्ने वर्ष २९ को सरोज मोक्तान र सह-चालक ऐ.बस्ने वर्ष २१ को नवराज लोलाई ला.औ.ट्रक सहित नियन्त्रणमा लिई जि.प्र.का.पर्सा पठाईएको ।  बाँके, नेपालगंज उ.म.न.पा.२ डाईमण होटल अगाडी लागु औषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.स.नि. र ला.औ.नि.व्यूरो शाखा कार्यालय नेपालगंज बाँकेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको ‍टोलीले शंकास्पद रुपमा आगो तापेर बसिरहेको जि.बाँके नेपालगंज उ.म.न.पा.१२ बेलासपुर बस्ने वर्ष ४३ को सुवोध क्षेत्री लगायत २ जनालाई शंका लागि चेकजाँच गर्दा सुवोध क्षेत्रीको साथबाट २ वटा कालो पोका प्लाष्टिक सहित तौल गर्दा ५८ ग्राम २४० मिली ग्राम प्लाष्टिक हटाई शुद्व तौल ५४ ग्राम ६० मिली ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने कालो धुलो पदार्थ फेला पारी बरामद गरी निज दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

मिति २०८२।०९।०३ गते ०५:०० बजे देखि ऐ ०९।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०४

कर्तव्य ज्यान,कास्की, पोखरा म.न.पा.३१ बेगनासगाउँ स्थित ऐ. बस्ने अं.वर्ष ७२ की दाल कुमारी परियारलाई निजकै नाती (छोरा तर्फको) अं.वर्ष २१ को आशिष परियारले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ इ.प्र.का.शिशुवाबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली खटी गई हेर्दा मृतकको टाउकोमा चोट (धारिलो हतियारले प्रहार गरेको जस्तो चोट देखिएको) कानुनी प्रकृया पुरा गरी ऐ.१८:५० बजे शव पो.मा.को.लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा ऐ.१९:१० बजे ईन भएको, शव सोही अश्पतालमा रहेको, पो.मा.हुन बाँकी, कुटपिट गर्ने नाती तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेकोमा ऐ.१६:३० बजे स्थानीयले उक्त घटनामा संलग्न रहेको भनिएको आशिष परियारलाई ऐ. पोखरा म.न.पा.९ पृथ्वीचोक स्थितबाट CRV अमरसिंहबाट प्र.व.ह.को कमाण्डमा खटिएको टोलीले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.कास्कीमा ल्याई राखिएको । ज.ज.क. /बाल यौन दुर्व्यवहार,उदयपुर, बेलका न.पा.७ चुम्राङ वाबिङ खोला किनारमा सिमसाग टिप्न भनी ऐ.०२ गते अं.१६:०० बजे गएको अवस्थामा ऐ.बस्ने वर्ष ९ की बालिकालाई ऐ.बस्ने वर्ष १७ को बालकले ज.ज.क.गरेको हुँदा कानुन अनुसार कारवाही गरी पाँउ भनी पीडित बालिकाको हजुर आमाले ऐ.०९।०३ गते ०९:३० बजे इ.प्र.का.रामपुरठोक्सिलामा लिखित जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज वाल विज्याई कर्तालाई नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको । कपिलवस्तु, कपिलवस्तु न.पा.१ बस्ने परिवर्तित नाम ५१(ष१) २०८२।०८३ कपिलवस्तुले मेरो छोरी बर्ष अं.१६ की परिवर्तित नाम ५१(ष) २०८२।०८३ कपिलवस्तु बुद्धज्योती ईङ्लिस बोर्डिङ्ग स्कुल कक्षा ११ मा पढ्नको लागि घरबाट निस्की गएकीमा उक्त दिन अवेर सम्म छोरी घरमा फर्की नआई सम्पर्क बिहीन भएको भन्ने निजको आफन्तले ऐ.२० गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हुलिया निवेदन दिए पश्चात तत्कालै जि.प्र.का.कपिलवस्तुबाट प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त.कै क्रममा मिति २०८२।०९।०२ गते जिल्ला रुपन्देही तिलोत्तमा न.पा.९ मंगलापुरको डुम्रेपथ भन्ने स्थानमा जिल्ला कपिलवस्तु कपिलवस्तु न.पा.३ बस्ने रुद्र प्रसाद गैरेको छोरा बर्ष अं.२३ को प्रयास देव गैरेको साथमा निज नाबालिका समेतलाई फेला पारी दुवै जनालाई जि.प्र.का.कपिलवस्तुमा ल्याई स्वास्थ्य परिक्षण पश्चात निज पिडकलाई जिल्ला प्रहरी कार्यालको हिरासतमा राखिएकोमा मिति २०८२।०९।०३ गते पिडक उपर अपहरण गरी शरीर बन्धक बनाई ज.ज.क.मुद्धा शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको,पिडित नाबालिकालाई बृहत स्वास्थ्य परिक्षण पश्चात आमाको जिम्मा लगाईएको,अवस्था सामान्य । विदेशि नागरिक मृत्यु,मुस्ताङ, घरपझोङ गा.पा.३ जोमसोम स्थित ईश्वर पोख्रेलले संचालन गरेको होटल मुस्ताङ मोनालिशाको दोस्रो तलामा रहेको कोठामा भारतीय नागरिक अं.वर्ष ५९ को राजेन्द्र गणपत मोतिरा बेडमा मृत अवस्थामा रहेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.मुस्ताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जोमसोम पठाएको, निज मृतक २३ जनाको ग्रुपमा मुस्ताङ घुम्न आई मिति २०८२।०९।०२ गते उक्त होटेलमा बसेको भन्ने बुझिएको, उक्त स्थान जि.प्र.का.मुस्ताङबाट अं.२ कि.मि.पश्चिम पर्ने । हात हतियार बरामद,पर्सा, वीरगंज म.न.पा.१६ पशुपती टोलमा कटुवा पेस्तोल रहेको भन्ने सुचना प्राप्त हुनासाथ व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ऐ.बस्ने हरिन्द्र रामको छोरा अं.वर्ष १९ को उपेन्द्र रामले सञ्चालन गर्दै आएको शम्भु होटल नामको नास्ता तथा खाजा पसलको कम्पाउण्डमा रहेको ढुङगा गिट्टीको थुप्रो भित्र हरियो रङको पलाष्टिक भित्र लुकाई छिपाई राखेको कटुवा पेस्तोल थान १ र ऐ.मा लोड अवस्थामा रहेको 8mm लेखिएको गोली राउण्ड १ र सोही प्लाष्टिकमा 8mm लेखिएको गोली राउण्ड १ फेला पारी स्थानीय जनप्रतिनिधी र स्थानीय मानिसहरुको रोवहरमा रितपूर्वक बरामद गरी आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि उक्त होटलको संचालक अं.वर्ष १९ को उपेन्द्र रामलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा राखिएको । तनहुँ, आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा अ.प्र.पोष्ट मुग्लीन पुलजीपबाट प्र.ह. को कमाण्डमा खटिएको चेकिङ टोलीले सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा बारा कलैयाबाट पोखरातर्फ आउदै गरेको ग २ ख २७५ बसमा सवार जि.बारा सुवर्ण गा.पा. १ बस्ने  वर्ष अं. १९ को ओम बाबु प्रसाद यादबलाई शंका लागी चेकजाँच गर्दा निजको शरिरको अगाडी पेट मुनी बेल्टले च्यापी  लुकाई छिपाई ल्याएको अवस्थामा छोटो हतियार (कटुवा पेस्तोल) थान-१ (एक) सहित निजलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त हुनासाथ इ.प्र.का. आबुँखैरेनीबाट प्र.नि.को कमाण्डमा  टोली खटी गई निजलाई नियन्त्रणमा लिई इ.प्र.का. आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको । कुटपिट,ललितपुर, महालक्ष्मी न.पा.०१ ईमाडोल स्थित ज्यामी काम गरी बस्ने वर्ष २६ की सिता कुमारी कार्कीसँग अपराध महाशाखा टेकु काठमाण्डौ दरवन्दी भई हाल प्रहरी बृत्त बालाजुमा कार्यरत प्रहरी जवान भुवन लोहारले बिगत १४ महिना देखी सम्बन्धमा बस्दै आएको र बिगत ४ महिना अगाडी निजहरुको ब्रेकअप भई छुट्टाछुटै बस्दै आएकोमा ऐ.०९/०२ गते अं. २१:०० बजे निज प्रहरी जवान महिलाको कोठामा आई महिलालाई कुटपिट गरी निज महिलाको छोरी वर्ष ६ की आशिका कार्कीलोई अभद्र व्यवहार गरी निज प्रहरी जवान भागी फरार भएको भनी ऐ.०९/०३ गते २१:०० बजे प्रहरी प्रभाग ईमाडोलमा आई जानकारी गराएको र ऐ. २१:५५ बजे प्रहरी बृत्त सातदोबाटोमा आई निवेदन दिएको, निज प्रहरी जवानको बारेमा प्रहरी बृत्त बालाजुसँग समन्वय भई रहेको। ला.औ., काठमाण्डौ, चन्द्रागिरी न.पा.२ स्थित नागढुङ्गा चेक प्वाईन्टमा सर्लाही देखि काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७८६६ नं.को यात्रुबाहक बसलाई प्रभाग नागढुङ्गाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोली र ला.औ.नियन्त्रण ब्युरो सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको (A) साईडको २ नं.सिटमा सवार जि.रौतहट गजुरा न.पा.३ बस्ने अं.वर्ष २४ को शेख मोसिमलाई शंका लागि चेकजाँच गर्दा निज शेख मोसिमले कालो झोला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा DIAZEPAM लेखिएको ७०० एम्पुल, PHENERGAN लेखीएको ७०० एम्पुल र NOOPHIN लेखिएको ७०० एम्पुल गरी जम्मा २१०० एम्पुल सहित फेला पारी उक्त ला.औ सहित निज शेख मोसिमलाई नियन्त्रणमा लिई वृत्त थानकोटमा राखि आ.अ.भईरहेको, उक्त स्थान प्रहरी प्रभाग नागढुङ्गाबाट अं.५० मि.उत्तर पर्ने ।

मिति २०८२।०९।०२ गते ०५:०० बजे देखि ऐ ००९।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०३

कर्तव्य ज्यान,का.जि.टोखा न.पा.९ गोंगबु स्थित मिरमिरे दोहोरी भित्र जि.धादिङ नेत्रावती डवजोङ गा.पा.२ स्थायी घर भई हाल का.जि.तारकेश्वर न.पा.५ लोलाङ बस्ने वर्ष ३० को हरी शरण पन्त,ऐ.ठेगना भई ऐ.बस्ने वर्ष ३५ को श्रीकृष्ण पन्त र दोस्रो पक्ष जि.डडेलधुरा नवदुर्गा न.पा.५ स्थायी घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २६ को बिरेन्द्र साउद, जि.दार्चुला महाकाली न.पा.९ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २६ को जनक सिंह नगारी,का.जि.कागेश्वरी मनोहरा न.पा.४ साँखु घर हुने वर्ष ३० को प्रज्वल भुजेल र जि.लमजुङ राईनास न.पा.८ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २९ को मनोज सुनार विच विवाद भई दोहोरी संचालक जि.गोरखा बारपाक सुलिकोट गा.पा.४ घर भई हाल का.जि.तार्केश्वर न.पा.११ मनमैजु बस्ने वर्ष ३६ को शिव सौगात सुवेदीले दुबै पक्षका मानिसलाई बाहिर निकाले पश्चात सडकमा आई झगडा हुँदा हरिशरण पन्तले धारीलो हतियार प्रहार गर्दा पैदल यात्री जि.गोरखा सिरानचोक गा.पा.७ घर भई हाल का.जि.टोखा न.पा.९ गोंगबु कुलान्त मार्ग स्थित शुभलक्ष्मी गेष्ट हाउसमा काम गर्ने वर्ष २० को वविन गुरुङ घाईते भएको सूचना प्राप्त हुनासाथ प्रभाग गोंगबुबाट प्र.स.नि.सहित ७ जनाको प्रहरी टोली खटिगई झगडा, कुटपिट,धारीलो हतियार प्रहार गर्ने, संचालक सहित ७ जनालाई धारीलो हतियार चक्कु सहित नियन्त्रणमा लिई प्रभाग गोंगबुमा राखिएको,का.जि.महाराजगंज स्थित त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगी उपचार पश्चात ऐ.०५:०० बजे थप उपचारको लागी का.जि.सिनामंगल स्थित KMC अस्पताल लगी उपचार भईरहेकोमा ऐ. १३:३५ बजे निजलाई KMC अस्पतालले मृत घोषणा गरेकोमा प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएकोमा ५ जनालाई १८:३० बजे आफन्त को जिम्मा लगाई छाडिएको, बाँकी २ जना हरी शरण पन्त र श्रीकृष्ण पन्त गंगबुको नियन्त्रणमा रहेको,  उक्त स्थान प्रहरी प्रभाग गोंगबुबाट अं.६०० मि. उत्तर पर्ने । ज.ज.क. /बाल यौन दुर्व्यवहार,रोल्पा, मिति २०८२।०८।२३ गते अं.२०:३० बजे गंगादेव गा.पा.४ ढुंगेछाप घर भई ऐ.म्वालेखोला स्थित सुन्दर वलीको घरमा कोठा भाडामा लिई होटल तथा किराना पसल गरी बस्ने वर्ष ३२ की महिलालाई ऐ.गौरामाथी बस्ने वर्ष २८ को भरत वलीले ज.ज.क.प्रयास गरेको भनी पीडितले ऐ.२८ गते जि.प्र.का.मा जाहेरी दरखास्त पेश गरे पश्चात ऐ.०९।०१ गते २०:०० बजे इ.प्र.का.घर्तिगाँउबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई ऐ.०२ गते १४:०० बजे म्याद थपको जिल्ला सरकारी वकिल कार्यालय तर्फ पठाएकोमा ऐ.१७:०० बजे पिडकलाई दिन ७ म्याद थप गरी जि.प्र.का रोल्पाको हिरासत कक्षमा राखिएको, पीडितको अवस्था सामान्य, उक्त स्थान इ.प्र.का.घर्तिगाउँ रोल्पाबाट अं.३५ कि.मि.उत्तर पर्ने । झापा, मिति २०८२।०९।०१ गते १६:३० बजे मेचिनगर न.पा.१४ प्रगति टोल स्थित ऐ.बस्ने वर्ष २० की महिलालाई ऐ. मेचिनगर न.पा.१४ प्रगतिटोल बस्ने वर्ष ३२ को चन्दन राजवंशीले जवरजस्ती करणी उद्योग गरेको भनी ऐ.२ गते १७:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई दुवै पक्ष लाई यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको,उक्त स्थान इ.प्र.का. धुलाबारी झापाबाट अ.६ किलो मिटर पश्चिम पर्ने । धादिङ, मिति २०८२।०८।२५ गते अं.१७:०० बजे जि.धादिङ ज्वालामुखी गा.पा-३ अमराई हटिया स्थित ऐ.बस्ने वर्ष अं.२३ को सृजन श्रेष्ठले परिवर्तित नाम धादिङ २४(१०६)०८२।०८३ लाई स्कुल जाँदा बाटो छेकी धाक धम्की दिई हात समातेर तानेर लगि एकान्त ठाउँ खोल्सामा लगि कसुर गरेको भनि ऐ.०२ गते अं.१३:०० बजे जि.प्र.का.धादिङमा पिडितले जाहेरी दरखास्त दिनासाथ प्र.चौ.मैदिबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गएको,पिडकको खो.त.कार्य भई रहेको,उक्त स्थान प्र.चौ.मैदिबाट अं.६ कि.मि.पूर्व पर्ने । प्रहरी कर्मचारीको मृत्यु,इलाम, मिति २०८२।०८।२९ गते अं.२१:०० बजे कम्प्युटर कोड 414239 भई प्र.चौ.एकतप्पा दरबन्दी भई हाल अ.प्र.पोष्ट कालपोखरी, इलाममा कार्यरत प्र.स.ह. सरोज श्रेष्ठको डिउटीको क्रममा अचानक पेट दुख्ने, छाति दुख्ने बिरामी हुदा ऐ.२२;३० बजेको समयमा गाडीद्रारा उपचारको लागी जिल्ला अस्पताल इलामको लगी पठाईएकोमा मिति २०८२।०९।०१ गते ०८:५० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा ऐ.०२ गते अं.१४:३० बजे डाक्टरले मृत घोषण गरेको भनि नोबेल अस्पतालमा खटीएको प्र.क.ले जानकारी गराएको । शंकास्पद मृत्यु,ललितपुर, महालक्ष्मी न.पा. ८ सेराफाँट स्थित जि.रोल्पा परिवर्तन गाँ.पा. ४ घर भई हाल जि.ललितपुर ऐ. स्थान बस्ने दिपक बुढामगरले संचालन गरेको तरकारीको टनेल भित्र रहेको इनारमा प्लाष्टीकको बोरामा मुख वाँधी अं. ३० वर्षको नाम थर वतन नखुलेको पुरुष व्यक्तिको सडेगलेको अवस्थामा शव फेला पारेको भनि संचालकले प्रहरी लाई जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग लुभुबाट प्र.स.नि.प्रहरी वृत सातदोबाटोबाट प्र.ना.उ. र परिसर ललितपुरबाट प्र.उ.को कमाण्डमा टोली खटिगएको, उक्त स्थान प्रहरी प्रभाग लुभुबाट अं. १.५ कि.मि पश्‍चिम पर्ने । थुनुवा मृत्यु,धनकुटा, न.पा.६ परिचयमोड स्थित जि.प्र.का. धनकुटाको हिरासतमा मिति २०८२।०८।१२ गते देखि रुखले किचि मानिस मृत्यु भएको भएको ज्यान सम्बन्धी मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद थप भई अनुसन्धानमा रहेका थुनुवा जि.भोजपुर आमचोक गा.पा.३ बस्ने वर्ष  २८ को सुजन राई  सुती रहेको अवस्थामा एक्कासी स्वास्प्रस्वासमा समास्या भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगि उपचार भई रहेको तत्कालको अवस्था बोल्न नसक्ने गम्भीर रहेकोमा ऐ.०३:४० बजे उक्त थनुवा उपचारको क्रममा मृत्यु भएको भनि ऐ.अस्पतालको चिकिसत्कले मृत घोषणा गरेको,  उपचारमा जिप्रका धनकुटाबाट प्र.नि. को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गएको । हात हतियार बरामद,ताप्लेजुङ, मिक्वा खोला गा.पा.५ खिस्तिम्बे स्थित जंङगलमा बन्यजन्तु शिकार हुने गरेको भनी गोप्य सुचना प्र.चौ. तोप्केगोलामा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.ह.को कमाण्डमा टोली खटि गई, मेरिङदेन गा.पा.४ दिङला बस्ने धन बहादुर लिम्बुको छोरा वर्ष-२१ को मनिष लिम्बु र आईत बिर लिम्बुको छोरा वर्ष-२० को प्रदिप लिम्बु लाई १ थान भरुवा बन्दुक सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ऐ.१८:२० बजे  इ.प्र.का. दोभानमा ल्याइ पुर्‍याएको,उक्त स्थान प्र .चौ तोप्केगोलाबाट अं. ५ कि.मि.उत्तर पर्ने । धारिलो हतियार प्रहार,कास्की, पोखरा म.न.पा.६ लेकसाईड स्थित कुटी रिसोर्ट नजिक जि.बाग्लुङ ढोरपाटन ५ घर भई हाल ऐ. पोखरा म.न.पा. १५ रामबजार बस्ने वर्ष २७ को शिसिर घर्तीलाई अपरिचित १ जना ब्यक्तिले अचानक धारिलो हतियार चक्कु प्रहार गर्दा घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको, ढाडमा र दाहिने छातीमा चोट, अवस्था मध्यम, उपचारमा आफन्त संलग्न रहेको चक्कु प्रहार गर्ने व्यक्ती फरार, उक्त स्थानमा व.प्र.का. बैदामबाट  प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने क्रममा ऐ.पोखरा म.न.पा.६ स्टेट नं.१७ बाट ऐ.०२:१५ बजे चक्कु प्रहार गर्ने जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ ऐक्लेफाट बस्ने वर्ष २३ को रोशन चितौरे मगरलाई नियन्त्रणमा लिई व.प्र.का.बैदाम राखिएको, अनुसन्धान कार्य भई रहेको ।  ला.औ.,मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा  पछाडि भिर्ने कालो कलरको झोलामा ला.औ.गाँजा अं.११ के.जि. (दुबै झोलाको गरी) फेला परेको हुदा उक्त झोला कस्को भनि सोधपुछ गर्दा जि.चितवन राप्ति न.पा.१२ भञ्ज्याङ  बस्ने वर्ष अं.२३ को निसान प्रजा र जि.चितवन राप्ति न.पा.१२ यउरालिटार नजिक बस्ने अ.२३ को सागर प्रजाको भनि खुल्न आएकोले ला.औ.सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान, कारवाहिको लागी जि.प्र.का.मकवानपुर पठाएको, बसलाई गन्तब्य तर्फ छाडिएको, उक्त प्र.चौ.रातोमाटे मकवानपुरबाट अं.५० मि.पूर्व पर्ने । न.प.पश्चिम, सुनवल न.पा.१३ प्रर्साहवा स्थित गाजाँ किनबेच भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.सुनवलबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि ऐ. सुनवल न.पा. १३ पर्साहवा बस्ने वर्ष अं.४५ की रम्भादेवी थारुको घरबाट शुद्ध तौल ४ के.जि. २९२ ग्राम र ऐ.बस्ने ललिता चौधरिको घर खानतलासी गर्दा शुद्ध तौल ६८२ ग्राम कुल जम्मा गाँजा दुबैको घरबाट गरी जम्मा शुद्ध तौल  ४ के जि ९७४ ग्राम गाँजा बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सुनवलमा ल्याई राखेको, उक्त स्थान इ.प्र.का. सुनवलबाट अं.५ कि.मि. पुर्व दक्षिण पर्ने ।  मोरङ,`` लेटाङ न.पा.५ खेरुवा कुपटोल स्थित ला.औ. कारोबार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का. लेटाङबाट प्र.स.नि. को कमाण्डमा  टोली खटी गई ऐ बस्ने दधिराम न्यौपानेको छोरा वर्ष २४ को धिरज न्यौपानेलाई निजकै आफ्नै घर अगाडिको बाटोमा रहेको अबस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा निज धिरज न्यौपानेको साथबाट टेक्नो कम्पनिको मोबाइल थान-१ र निजले लगाएको ज्याकेटको दाहिने गोजिमा प्लाष्टिक बाहेक ९ ग्राम ला.औ. खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लेटाङमा ल्याई राखेको ,उक्त स्थान इ.प्र.का. लेटाङबाट अं. ५ कि.मि. पूर्व पर्ने ।

मिति २०८२।०८।२९ गते ०५:०० बजे देखि ऐ ०९।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०२

ज.ज.क. /बाल यौन दुर्व्यवहार,दाङ, इ.प्र.का.तुलसीपुर दाङ ज.ज.क.उद्योग सम्बन्धि( लुम्बिनी प्रदेश):-मिति २०८२।०८।२९ गते अन्दाजी १६;०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. १६ बस्ने बर्ष ६३ की परिवर्तित नामथर ५६ तुलसीपुर ०८२-४० लाई ऐ. ०४ बायखोला स्थित आफ्नै खेतमा पलाएको घाँस फाल्न गएको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष ३५ को शिवराज पुरीले ज.ज.क. प्रयास गरेको भनि मिति २०८२।०९।०१ गते अं. ११;०० बजे इ.प्र.का. तुलसीपुर दाङमा लिखित जाहेरी दिना साथ इ.प्र.का. तुलसीपुर दाङबाट प्र.स.नि.धन बहादुर वली(९८५७८९११३४)को कमाण्डमा ५ जनाको खटिएको प्रहरी टोली खटिगइ निज शिवराज पुरीलाई ऐ. १९ कुटिचौर स्थित सडकबाटोमा फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत घोराही दाङबाट दिन ५ (पाँच) म्याद थप भई, इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखी थप अनुसन्धान भई रहेको, पीडितको स्वास्थ्य परिक्षण गरी आफन्तीको जिम्मा लगाईएको,  झापा,भद्रपुर नपा ५ स्थित अक्षय सापकोटाको घर कोठामा निज अक्षय सापकोटा र ऐ वस्ने वर्ष २३ को विवेक राईले सांकेतिक वतन ०४-१-१५-ट बस्ने बर्ष १५ की सांकेतिक नाम "ब-१ र सांकेतिक वतन ०४-१-१३-ड बस्ने बर्ष १३ की सांकेतिक नाम "भ-१ लाई ललाई फकाई गरि सोहि घरको अलग अलग कोठामा राखि जजक गरेको भनि ०९।०१ गते १७०० वजे पिडितको आफन्त सांकेतिक वतन ०४-१-२२-छ माईती घर भई सांकेतिक वतन इलाम (क) घर भई हाल सांकेतिक वतन ०४-१-१५-ट स्थितमा कोठा भाडा बस्ने बर्ष २१ की सांकेतिक नाम "ब (०८२/०८३)" मार्फत जिप्रका झापामा जाहेरी प्राप्त हुना साथ तत्काल वप्रका भद्रपुर वाट प्रनि सहितको टोलि खटि गई पिडक विवेक राईलाई नियन्त्रणमा लिई जिप्रका झापामा ल्याई अनुसन्धान भईरहेको,अक्षय सापकोटा फरार रहेकोले खोत भइ रहेको,निज पिडक विवेक राई,पिडित दुवै जनाको स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको,पिडित दुवै जनासामान्य रहेको । झुण्डी मृत्यु,दार्चुला, जिल्ला दार्चुला नौगाड गा.पा.१ तल्लो सैन स्थित दुधिल्लाको रुखमा नाम, थर ,बतन र उमेर नखुलेका महिला र पुरुष(केटा केटी) झुण्डिएको अबस्थामा छन भनि प्र.चौ. होपरीगाडमा जानकारी गराउनासाथ उक्त स्थानमा तत्कालै प्र.चौ.होपरीगाडबाट प्र.स.नि.नरेन्द्र प्रसाद भट्ट(९८६८७२७२९७)को कमाण्डमा ३ जनाको प्रहरी टोली र थप अनुसन्धानको लागि तालुक जि.प्र.का.दार्चुलाबाट ऐ.०९;३० बजेको प्र.नि.हेमराज भट्ट(९८५१२९४९११)को कमाण्डमा SOCO सहित ८ जनाको प्रहरी टोली खटि गएको,उक्त स्थान प्र.चौ.होरीगाड बाट अ.२/३ घण्टा पैदल पुर्ब र जि.प्र.का.दार्चुला बाट ३ घण्टा पुर्ब पर्ने । थप टिपोट ;- ऐ.१२;३० बजेको समयमा प्रहरी चौकी होपरीगाडको प्र.स.नि.नरेन्द्र प्रसाद भट्ट(९८६८७२७२९७) को कमाण्डमा खटिइ गएको प्रहरी टोलि घटना स्थलमा पुगि बुझ्दा जिल्ला दार्चुला नौगाड गा.पा ३ बिलासौ स्थित दुधिलाको रुखको एउटै हांगामा अलग-अलग भांगाको डोरीले ऐ.ऐ ०३ जामिर बस्ने जय बहादुर ठगुन्नाको छोरा वर्ष अ. १७ को मनोज ठगुन्ना र ऐ.ऐ ०१ सल्ला बस्ने मान सिह ठगुन्नाको छोरी वर्ष अ. १७ की धनमती ठगुन्नाले झु.आ.ह गरेको,अन्य बुझ्ने कार्य भइरहेको । बेवारिसे शिशु फेला,कैलाली, धनगढी उ.म.न.पा.८ भद्र टोल स्थित खेतबारीको छेउमा रहेको बाँसको झ्याङ नजिक सालनाल सहितको नवजात शिशु रोई रहेको अवस्थामा स्थानीयले  देखि जि.प्र.का. कैलालीमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज नवजात शिशु (छोरी)लाई उद्दार गरी सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको, अवस्था सामान्य रहेको, ऐ.११:३० बजे नवजात शिशुको आमा जि.कैलाली धनगढी उ.म.न.पा.८ नवदुर्गा टोल बस्ने वर्ष २९ की रामरती रानाको हो भनी खुल्न आएकोले प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई निज कै घरबाट नियन्त्रणमा लिई जि.प्र.का. कैलालीमा ल्याई थप अनुसन्धान भईरहेको, धारिलो हतियार प्रहार,झापा, अर्जुनधारा न.पा. वडा नं.११ स्थित ऐऐ बस्ने बर्ष ४५ को जिवन कुमार श्रेष्ठलाई ऐऐ बस्ने बर्ष २६ को नितेश माझीले सामान्य बाद बिवाद भइ झगडा हुदा निजले के-कुन धारिलो हतियार प्रहार गरी घाइते भइ उपचारको लागी बि.एण्ड सि.अस्पताल बिर्तामोड पठाइएको, अवस्था गम्भिर, नितेश माझी फरार भएको भनि जानकारी प्राप्त हुना साथ अ.प्र.बिट सालवारीबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई फरार प्रतिवादीको खो.त. कार्य भइरहेको, काठमाण्डौ, का.जि.टोखा न.पा.९ गोंगबु स्थित मिरमिरे दोहोरी भित्र जि.धादिङ नेत्रावती डवजोङ गा.पा.२ स्थायी घर भई हाल का.जि.तारकेश्वर न.पा.५ लोलाङ बस्ने वर्ष ३० को हरी शरण पन्त,ऐ.ठेगना भई ऐ.बस्ने वर्ष ३५ को श्रीकृष्ण पन्त र दोस्रो पक्ष जि.डडेलधुरा नवदुर्गा न.पा.५ स्थायी घर भई हाल का.जि.महाराजगंज बस्ने बर्ष २६ को बिरेन्द्र साउद, जि.दार्चुला महाकाली न.पा.९ घर भई हाल का.जि.महाराजगंज बस्ने बर्व २६ को जनक सिंह नगारी,का.जि.कागेश्वरी मनोहरा न.पा.४ साँखु घर हुने वर्ष ३० को प्रज्वल भुजेल र जि.लमजुङ राईनास न.पा.८ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २९ को मनोज सुनार विच विवाद भई दोहोरी संचालक जि.गोरखा बारपाक सुलिकोट गा.पा.४ घर भई हाल का.जि.तार्केश्वर न.पा.११ मनमैजु बस्ने वर्ष ३६ को शिव सौगात सुवेदीले दुबै पक्षका मानिसलाई बाहिर निकाले पश्चात सडकमा आई झगडा हुँदा हरिशरण पन्तले धारीलो हतियार प्रहार गर्दा पैदल यात्री जि.गोरखा सिरानचोक गा.पा.७ घर भई हाल का.जि.टोखा न.पा.९ गोंगबु कुलान्त मार्ग स्थित शुभलक्ष्मी गेष्ट हाउसमा काम गर्ने वर्ष २० को वविन गुरुङ घाईते भएको सूचना प्राप्त हुनासाथ प्रभाग गोंगबुबाट प्र.स.नि.सहित ७ जनाको प्रहरी टोली खटिगई झगडा, कुटपिट,धारीलो हतियार प्रहार गर्ने, संचालक सहित ७ जनालाई धारीलो हतियार चक्कु सहित नियन्त्रणमा लिई प्रभाग गोंगबुमा राखिएको तथा घाईतेलाई का.जि.महाराजगंज स्थित त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगी उपचार भईरहेको,पेट,वायाँ हातको काखी मुनि चोट,बोल्न नसक्ने,अवस्था गम्भिर, उपचारमा मामा संलग्न, घटनास्थल प्रभाग गोंगबुबाट अं.६०० मि. उत्तर पर्ने । थप:- ऐ.०५:०० बजे थप उपचरको लागी का.जि.सिनामंगल स्थित KMC अस्पताल लगी उपचार भईरहेको । ला.औ.,महोत्तरी, गौशाला न.पा.८ खाल्टे बजार महादेव मन्दिर नजिकै गौशाला खाल्टे बजार भित्री सडक खण्डमा इ.प्र.का. गौशालाबाट प्र.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ढल्केबर महोत्तरीबाट खाल्टे बजार तर्फ आउँदै गरेको BR 30 W 1309 नं.को १५० CC को रातो कालो पल्सर मो.सा.मा ५/५ किलोको २ पोका ला.औ.पदार्थ जस्तो देखिने अं.१० किलो गाँजा, मो.सा.र मो.सा.चालक जि.महोत्तरी सोनमा गा.पा.३ बस्ने अं.वर्ष २० को हरेन्द्र बैठा मो.सा.पछाडी सवार ऐ.बस्ने अं.वर्ष २१ को अर्जुन बैठाको बिचमा मो.सा.को सिटमा राखिएको सेतो प्लाष्टिकको बोरामा बेरिएको १ पोका र अर्जुन बैठाले पछाडि भिरेको कालो झोलामा १ पोका ला.औ.पदार्थ जस्तो देखिने गाँजा, २ जना मानिस र मो.सा. नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का.गौशालामा  ल्याई राखिएको१। मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्र.चौ.रातोमाटे मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलिले पोखराबाट जनकपुर तर्फ आउदै गरेको ग २ ख १५६० न.को यात्रुबाहक बसलाई रोकी चेकजाच गर्ने क्रममा  बसको सिटमाथी कालो झोलामा रहेको ला.औ.अं.६ किलो गाँजा फेला पारी सोही बसमा सवार ऐ.राक्सिराङ गा.पा.१ चुम्लिङ बस्ने बर्ष अं.२० को सुमन तामाङलाई ‍ नियन्त्रणमा जि.प्र.का.मकवानपुरमा ल्याई आ.अ.भईरहेको,बसलाई गन्तव्य  पठाएको,  भक्तपु, सुर्यविनायक न.पा.६ सुर्यविनायक ढलानपाटी स्थितबाट लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको टोलीले निम्न मानिसहरूलाई लागु औषध १५ ग्राम खैरो हेरोइन सहित पक्राउ गरी लगेकोमा आज मिति २०८२।०९।०१ गते १५:३० बजे पत्रसाथ प्रहरी वृत्त जगातीमा ल्याई सात दिन म्याद थप गरी वृत्त जगातीको हिरासतमा राखिएको । निम्न:- १. जिल्ला दोलखा जिरी न.पा.६ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने वर्ष २८ को सन्दीप बुढाथोकी । २. जिल्ला सिराहा सिराहा नगरपालिका २० घर भई हाल काठमाडौँ जडीबुटी बस्ने वर्ष २३ को पंकज कुमार यादव । ३. जिल्ला भक्तपुर सुर्यविनायक न.पा.६ घलाते बस्ने वर्ष ३२ को रविन सुवाल ।

मिति २०८२।०८।२९ गते ०५:०० बजे देखि ऐ ०९।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०९-०१

कर्तव्य ज्यान,सर्लाही, मिति २०८२।०८।१५ गते अं.१५:०० बजे चक्रघट्टा गा.पा.५ पडरिया स्थायी घर भई हाल बरहथवा न.पा.५ माछाबजार स्थित बसोबास गर्ने अं.वर्ष ७६ को महेन्द्र चौधरीलाई निजकै घर अगाडि ऐ.बरहथवा न.पा.६ बस्ने वर्ष ३५ को दिपेन्द्र साह सोनार र ऐ.बस्ने वर्ष ६० को बिजुली साह सोनारले कुटपिट गरी घाईते भई मिति २०८२।०८।१७ गते प्रादेशिक अस्पताल मंलगवामा गई उपचार पश्चात डिस्चार्ज भई सोही दिन घरमा फिर्ता भएकोमा ऐ.२९ गते ०२:०० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बरहथवाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल मलंगवा पठाएकोमा पो.मा.पश्चात मृतकको श्रीमती उर्मिला देवी कलवारले बुझि लगेको, थप अनुसन्धान तथा कुटपिट गर्ने मानिसहरुको खो.त.भईरहेको, उक्त स्थान इ.प्र.का.बरहथवाबाट अ.१ कि.मि. दक्षिण पूर्व पर्ने । ज.ज.क./बालयौन दुर्व्यवहार,सुर्खेत, १६ गते बेलुका ८:०० बजे सिम्ता गा.पा०२ काफलकोट बस्ने वर्ष २१ को सुरेन्द्र सुनार जि.कालिकोट खाँडाचक्र न.पा.०८ घर भई हाल वीरेन्द्रनगर न.पा.०४ बस्ने वर्ष १९ की बालिकालाई ऐ.वीरेन्द्रनगर न.पा.०४ कोठा भित्र ज.ज.क गरेको भनी निज पिडितले ऐ.०८/२९ गते १६:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात  प्र.नि. को कमाण्डमा टोली खटी गएको र उक्त व्यक्ति फरार रहेको खो.त.कार्य जारी उक्त स्थान जि.प्र.का.बाट अं.३ कि.मि.दक्षिण पर्ने । पर्सा, मिति २०८२।०८।२७ गते १४:३० बजे जि. रामेछाप मन्थली न.पा.६ स्थायी घर भई हाल जि. पर्सा  वीरगंज म.न.पा.११ स्थित श्रीपुर टोल बस्ने अं.वर्ष ८ की बालिकालाई आफ्नो होटलबाट खाजा खाई आफ्नो डेरा कोठामा जाने क्रममा प्रतिवादी ऐ. बस्ने प्रकाश सर्राफको घर अगाडी पुग्दा निज प्रकाश सर्राफले निज बालिकाको मुख थुनी आफ्नो घरमा लगेर कपडा खोली बाल यौन दुरुपयोग गरेको भनी जाहेरी दरखास्त दिएकोले पीडक प्रकाश सर्राफलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई दिन ७ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको । हातहतियार बरामद,दैलेख, नारायण न.पा.७ स्थित किमुगाँउ सामुदायिक वनमा भरुवा बन्दुक लुकाई छिपाइ राखेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने क्रममा ऐ.वन स्थित खोल्सामा भरुवा बन्दुक नाल १ फेला पारी जि.प्र.का.बाट SOCO सहित टोली खटी गई बरामदी मुचुल्का गरी जि.प्र.का.मा ल्याई राखिएको, उक्त स्थान जि.प्र.का.बाट ५ कि.मि.पूर्व पर्ने । ला.औ.,पर्सा, बिरगंज म.न.पा.१७ कोनिया स्थितमा प्र.ब.ना.को कमाण्डमा खटिएको गस्ती टोलीले भित्री सडक खण्ड सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्रेबल सडकमा जादै गरेको बा.२१ च ७८५५ न.को पिकअप गाडी चेकजाँच गर्दा उक्त गाडीको पछाडीको डब्बामा प्लाष्टिकको बोरामा हाली परालले  छोपी १२ पोका १७६ किलो लागु औषध गाँजा ल्याउदै गरेको अवस्थामा उक्त ला.औ.गाँजा र पिकअप चालक जि.रामेछाप खाडा देबी गाउँपालिका वाड नं.१ बस्ने अमर बहादुर श्रेष्ठको छोरा अं. वर्ष २८ को सुबराज श्रेष्ठ सहित पक्राउ गरी आवश्यक कार्वाहिको लागी तालुक श्री व.प्र.का.श्रीपुर पर्सामा पठाईएको घटना स्थल श्री व.प्र.का.श्रीपुरबाट अं.३ कि.मि. र दक्षीण -पश्चिम पर्ने । कास्की, पोखरा म.न.पा.वडा न ०९ पृथ्वीचोक स्थित दिब्या स्याङ्जा पर्वत होटलमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको टोली र ला.औ.नियन्त्रण ब्यूरो कास्कीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा ऐ. अन्नपूर्ण गा.पा.३ काडेँ बस्ने वर्ष ४१ को बिरेन्द्र तुलाचनको साथबाट सेतो र निलो पलास्टिकमा लुकाई छिपाई राखेको ला.औ. बुर्फिन ३०० एम्पुल, डाइजेपाम-३१९ एम्पुल ,फेनरान ३५२ एम्पुल गरी कुल ९७१ एम्पुल र  खैरोहिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ५०० मिलिग्राम र मोबाइल  थान ३ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको, उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. पश्चिम पर्ने  । धारिलो हतियार प्रहार, कञ्चनपुर शुक्लाफाटा न.पा.५ खजुवा बस्ने वर्ष अं.२८ को यज्ञ पार्कीले आफ्नै श्रिमती वर्ष अं.१९ की बिमला पार्की लाई तरकारी काट्ने चक्कुले हात,घाटी र टाउकोमा हानी घाइते भई उपचार T&C अस्पताल झलारीमा भइ रहेको अवस्था मध्यम निज यज्ञ पार्की फरार रहेको उक्त स्थानमा इ.प्र.का.झलारीबाट प्र.स.नि.को कामाण्डमा  टोली खटी गई फरार व्यक्तिको खो.त.कार्य भइ रहेको, उक्त स्थान इ.प्र.का.झलारीबाट अं.५ कि.मि.उत्तर पूर्व पर्ने ।

मिति २०८२।०८।२८ गते ०५:०० बजे देखि ऐ ०८।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२९

कर्तब्य ज्यान,पाँचथर, फाल्गुनन्द गा.पा. ६ खामेलक बस्ने वर्ष ८२ को वर्ण सिंह आङदेम्बेले आफ्नै घरको आँगानमा आफ्नै भतिजो चन्द्र बहादुर आङदेम्बेको छोरा वर्ष ३६ को प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.आङसाराङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई बुझ्दा प्रेमराज आङदेम्बेको घट्नास्थलमै मृत्यु भएको, छुरी प्रहार गर्ने वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको, घट्नास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जि.प्र.का.पाँचथरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटिएको । ज.ज.क. बाल यौन दुर्व्यवहार,सल्यान, मिति २०८२।०८।२५ गते अ.२०:०० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गा.पा.४ झाङखानी स्थित खिम ब.पुनको खाली घरमा ऐ.ऐ.  बस्ने बर्ष २१ को  परिवर्तित नामथर ५५F(१६) ले ऐ.ऐ.बस्ने बर्ष १४ कि परिवर्तित नामथर ५५F (१५)लाई जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।०८।२८ गते अ.१७:०० बजेको समयमा निजको आमा परिवर्तित नामथर ५५F (१५)को संरक्षक (ख)ले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दर्खास्त दिए पश्चात अ.प्र.पोष्ट जयचौर, सल्यान बाट प्र.स.नि.कमल श्रेष्ठको कमाण्डमा ४ जनाको प्रहरी टोलि खटीगई निजको घर वतन बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यान तर्फ ल्याउदै उदयपुर, मिति २०८२।०८।२७ गते अ.२२:३० बजे ताप्ली गा.पा. ३ दगले स्थित पिडितको आफ्नै घरको दोस्रो तलामा नाबालिका वर्ष ९ की लाई ऐ. बस्ने वर्ष १३ को वालकले जबरजस्ती करणी गरेको हुँदा पीडितको आमाले ऐ.०८।२८ गते १५:०० बजे इ.प्र.का.कटारीमा आई जाहेरी दरखास्त दिए पश्चात प्र.चौ.रामपुरझिल्केबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज वालक लाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इ.प्र.का.कटारीमा ल्याई बुझाएकोले थप अनुसन्धान कार्य भईरहेको, पिडित नाबालिकाको प्रादेशिक अस्पताल कटारीमा ल्याई उपचार पश्चात डिश्चार्ज भएको, अवस्था सामान्य रहेको, थुनुवा झुण्डि मृत्यु,काभ्रेपलाञ्चोक, मिति २०८२।०८।२८ गते जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ९ मंगलटार स्थितमा रहेको इ.प्र.का. मंगलटारको पुरुष हिरासत कक्षमा जिल्ला काभ्रे रोशी गा.पा. १२ ढाडपाखा बस्ने दमै सिं तामाङको छोरा वर्ष २१ को दुधराज तामाङलाई चोरी गरेको कसुरमा नियन्त्रणमा लिई अनुसन्धानको लागी स्वास्थ्य परीक्षण गराई २१:०० बजे हिरासत कक्षमा राखिएकोमा मिति २०८२/०८/२९ गते बिहान ०३;०० बजेको समयमा ड्युटिमा खटिएका प्रहरी बरिष्ठ हवल्दार खेट बहादुर श्रेष्ठले थुनुवा कक्षमा थुनुवा चेक जाँच गर्ने क्रममा ऐ. हिरासत कक्षको ट्वाइलेटको ढोकाको भेन्टिलेशनको  ग्रिलमा आफैले ओढने बलाङ्केटको छेउको कपडाको धजो निकाली  झुण्डि मृत अवस्थामा फेला परेको  सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको । हातहतियार बरामद,तनहुँ, व्यास न.पा.३ स्थित रहेको न.पा.को कार्यालयमा व्यास न.पा.को विभिन्न वडाबाट फोहोर संकलन गरी नगरपालिका फोहोर संकलन केन्द्रमा फोहोर वर्गिकरण गर्ने क्रममा कर्मचारी माया बोटेले भरुवा पेस्तोल फेला पारी ऐ.१०:४० बजे जि.प्र.का.तनहुँमा खबर गर्नासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । उदयपुर, कटारी न.पा. १२ अर्ना स्थित ऐ. बस्ने वर्ष अं. ३५ को मित्र बहादुर बुढाथोकीको बारीमा बोरा भित्र प्याक गरी लुकाई राखेको अबस्थामा भरुवा बन्दुक थान-०१ फेला पारी उक्त बन्दुक सहित अनुसन्धानको लागि  मित्र बहादुर बुढाथोकी र ऐ बस्ने वर्ष अं. ४४ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का. कटारीमा ल्याई अनुसन्धान भईरहेको कास्की, पोखरा म.न.पा.१६ जैमुरे स्थित खरीकुना कालोमुडा सामुदायिक जंगलमा व.प्र.का. बगरबाट प्र.ह. को कमाण्डमा खटी गएको पैदल गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा एक नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी  व.प्र.का. बगर ल्याई राखेको, रुकुम पुर्वी, पुथा उत्तरगंगा गा.पा.८ सलाप स्थित जि.प्र.का.रुकुम पुर्वी भागबाट खटिएका सिभिल टोली प्र.स.ह.२ जना र इ.प्र.का.तकसेरा रुकुम पुर्वी भागबाट प्र.ना.नि. को कमाण्डमा ५ जना गरी ७ जनाको टोली ग्रामिण गस्ती खटिईएको अवस्थामा लेकमा रहेको शेर बहादुर थापाको गोठमा ऐ.८ खराङ बस्ने वर्ष अं.३० को शेर बहादुर थापा ऐ.बस्ने वर्ष अं.४३ को यम प्रसाद पुन ऐ.बस्ने वर्ष अ.४८ को कृष्ण बहादुर मल्ल उक्त गोठमा बसी रहेको अवस्थामा प्रहरी टोलिले निजहरुलाई सोधपुछ तथा उक्त गोठ खानतलास गर्ने क्रममा उक्त गोठबाट भरुवा बन्दुक थान २ ऐ.मा प्रयोग हुने सोडा (बारुद) अं.२०० ग्राम ऐ.मा प्रयोग हुने गन्धक अं.१०० ग्राम लुकाई छिपाई राखेको अवस्था फेला पारी निजहरुलाई नियन्त्रणमा लिई रितपुर्वक मुचुल्का गरी लु.१ ज ४०४४ नं.को जीपद्वारा जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको, गोली पड्की मानिस मृत्यु,मकवानपुर, जि.मकवानपुर मनहरी गा.पा.६ सिस्नेरीपखेरा जंगलमा ऐ.राक्सिराङ गा.पा.८ राजराङ्ग बस्ने बर्ष अं.४५ को गोपाल ब्लोन (अगाडी अगाडी हिडीरहेको) र ऐ.मनहरी गा.पा.६ बालुभञ्ज्याङ बस्ने बर्ष अं.५० को सेते थिङ (पछि पछी हिडीरहेको) दुबै जना मिली दुबैले १/१ थान भरुवा बन्दुक बोकी सिकार गर्न हिडिरहेको अवस्थामा अगाडी हिड्ने गोपाल ब्लोन लहरामा अल्झिन गई लड्न जादा निजले बोकेको भरुवा बन्दुक पड्किन गई पछि पछि आउदै गरेको साथीलाई लागी घटना स्थलमै मृत्यु भएको,दुबै हतियार घटना स्थलमै रहेको भनि गोपाल ब्लोन ऐ.१६:४० बजेको समयमा इ.प्र.का.मनहरी मकवानपुरमा आई जानकारी गराउना साथ तत्काल प्र.ब.ना.नि राजराम पौडेल (९८५५०३५५९९) को कमाण्डमा soco सहित टोली र प्र.चौ सुनाचुरी मकवानपुरबाट प्र.स.नि जित बहादुर शिवभक्ती (९८५५०१०५४०) को कामाण्डमा प्रहरी टोली खटी जादै,ई.प्र.का.मनहरी मकवानपुर बाट प्र.नि दिपक थापा (९८६४७७७३६१) को थप टोली खटीएको, ला.औ.,कञ्चनपुर, इ.प्र.का.दोधारा चाँदनीबाट खटिइएको (सादा पोशाक) प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले जि.कंचनपुर दोधारा चाँदनी न.पा. ०१ हल्दुघाट बस्ने वर्ष ७२ को चन्द्र चन्दले लागु औषध चरेशको कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा निज र ऐ. स्थित रहेको निजको पसलको रीतपूर्वक खानतलासी गर्दा निजले लगाएको ट्रयाकको बाँया खल्तीमा सेतो प्लास्टिक र कागजमा बेरी लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १८.८१ ग्राम (१८ ग्राम ८१० मिलिग्राम)लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी निजलाई पक्राउ पुर्जी दिई पक्राउ गरी इ.प्र.का. दोधारा चाँदनीको हिरासतमा राखिएको,उक्त स्थान इ.प्र.का. दोधारा चाँदनीबाट अं. ५ कि.मी. उत्तर पर्ने । सुनसरी, बराहक्षेत्र न.पा. ०३ नडाहा-धरान जंगल स्थित इ.प्र.का. महेन्द्रनगरबाट प्र.ज. को कमाण्डमा २ जना र शसस्त्र प्रहरी बेष क्याम चतराबाट स.प्र.ह.को कमाण्डमा २ जना खटिएको संयुक्त चेकिङ टोलिले धरानबाट नडाहा तर्फ आउदै गरेको बा १८ च ३८३४ नं.को कारलाई संका लागि चेक-जाँच गर्दा उक्त कारको पछाडीको सिट र डिक्कीमा राखेको कालो प्लाष्टिकले बेरिएको ५ पोका ला.औ.गाँजा (तौल गर्न बाकी) अं.१२० के.जि. फेला परेकोले उक्त कार, कार चालक ऐ. ईटहरी उ.म.न.पा.१७ पकली बस्ने वर्ष २४ को करण साह, कारमा सवार जि.मोरङ बिराटनगर उ.म.न.पा. ०५ बस्ने वर्ष २१ को सचिन मेहतालाई उक्त ला.औ.गाँजा सहित नियन्त्रणमा लिई इ.प्र.का. महेन्द्रनगरमा ल्याई अनुशन्धान कार्य भईरहेको,  बारा, मिति २०८२।०८।२३ गते अं. १५:३० बजे पर्सा राष्ट्रिय निकुन्ज आधाभार बारा मा तैनाथ सबुज गण नेपालि सेनाको टोलि र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारिहरुको संयुक्त टोलिले बारा स्थितको राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा गस्ति गर्दै जाने क्रममा ला.औ. गाँजा जस्तो पदार्थ बोकि आउदै गरेको अन्जान मानिसहरुले उक्त गस्ति टोलीलाई देखि १० वटा बोरामा २० वटा पोका पारिएको अं. २१४.२७ के.जि. ला.औ. गाँजा, १ थान किप्याड मोबाईल(suneian) र ४ थान कपडाको झोला सोहि स्थानमा छाडि मानिसहरु फरार भएको हुदा उक्त गाँजा नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जमा ल्याई राखिएको हुदा आवश्यक अनुसन्धान तथा कारवाहिको लागि पर्सा राष्ट्रिय निकुञ्ज  कार्यालय आधाभार बाराको च.नं. मिति २०८२।०८।२८ गतेको प्राप्त पत्र अनुसार ऐ. २८ गते अं. १६;३० बजे इ.प्र.का. सिमरा बाराबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई राष्टिय निकुञ्जको कार्यालयमा राखिएको उक्त ला.औ. गाँजाको रितपुर्वक मुचुल्का कार्य सम्पन्न गरि उल्लेखित सामानहरु समेत आवश्यक अनुसन्धान तथा कारवाहिको लागि इ.प्र.का. सिमरा बारामा ल्याई राखिएको,

मिति २०८२।०८।२७ गते ०५:०० बजे देखि ऐ ०८।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२८

कर्तब्य ज्यान,संखुवासभा, मादी न.पा.४ डबले बस्‍ने वर्ष ४८ को प्रेम दोर्ची शेर्पाको श्रीमती अ.वर्ष ३७ की मिना शेर्पा हराएको  हुदा खो.त. गरी पाउ भनि मिति २०८२।०८।१५ गते प्रचौ मंगलबारे मादी संखुवासभामा निजको श्रीमानले निवेदन दिएकोमा निजको अनुसन्धान तथा खो.त.गर्ने क्रममा मिति २०८२।०८।२७ गते अ.१६:३० बजेको समयमा  निज श्रीमान प्रेम दोर्ची शेर्पालाई इ.प्र.का.चैनपुरबाट खटिएको प्र.स.नि.र प्र.चौ.मंगलबारे मादीबाट खटिएको प्र.स.नि.को टोलीले नियन्त्रणमा लिई  सोधपुछ गर्ने क्रममा आफ्नै घर देखी अ.२ कि.मि.दक्षिण ऐ वडा नम्बर ३ लासिङटार स्थित आफ्नै अलैंची बगानमा रहेको कुलोको छेउमा पुरेको भन्ने खुल्न आएको हुदा इ.प्र.का.चैनपुर संखुवासभाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई निज  मृत महिलाको माइती समेतको उपस्थितिमा ऐ. २०:४५  बजे उक्त त्रिपाल भित्र पोको पारी पुरिएको अबस्थामा रहेको उक्त लाश निकाली प्रारम्भिक  अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल पठाएको । ज.ज.क. बाल यौन दुर्व्यवहार,झापा, शिवसताक्षी न.पा.८ डुडामारी बस्ने वर्ष ५२ को सन्तविर लिम्बु सम्वाहाम्फेले ऐ.बस्ने वर्ष १३ की बालिकालाई ललाई फकाई मिति २०८२।०८।०५ गते अं.१७:३५ बजे शिवसताक्षी न.पा.८ इमानसिंह चोक स्थित कल्भटमा लगेर जबरजस्ती कारणी गरेको भनी ऐ.२७ गते १४:०० बजे इ.प्र.का.झिल्झिलेमा जाहेरी दिएकोमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज सन्तविर लिम्बु सम्वाहाम्फेलाई नियन्त्रणमा लिई इ.प्र.का.झिल्झिलेमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । सुन बरामद,काठमाडौं, जि.तेहृथुम स्थायी ठेगाना भएका वर्ष ३२ को दिल कुमार लिम्बु त्रिभुवन अन्तराष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरीयामा आई शंकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट आगमन भएको यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पहेलो रंगको धातु कुल अं.तौल २६.६ ग्राम अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाउनुपर्नेमा आज शनिबार सार्वजनिक बिदा भएकोले बरामद भएको सामान सहित निजलाई प्रहरी वृत्त गौशालामा ल्याई राखिएको । गोली पड्की मानिस घाईते,दाङ, लमही न.पा. ५ रातोडाँडा स्थित रहेको खेमराज शर्माले संचालक गरेको रोयल प्यालेश होटलमा काम गर्ने जि.दाङ लमही न.पा.१ सुन्डबरी बस्ने वर्ष १८ को सिसन भन्ने डिल्लिराज सुबेदीले ऐ.होटलको तेस्रो तलाको २०४ नं. कोठा खोली कोठा तथा कोठामा रहेको AC सफा गर्ने क्रममा उक्त AC भित्र कालो प्लाष्टिकमा बेरी लुकाई राखेको 11 Y नामक सानो पेस्तोल एक्कासी पड्किन जाँदा निजको बाँया हातको चोर औंलामा चोट लागी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि लमही अस्पताल लमही दाङमा ल्याएकोमा उपचार पश्चात ऐ.१२:१० बजे डिस्चार्ज भएको, अवस्था सामान्य, घटनास्थलमा 11 Y नामक सानो पेस्तोल थान-१, ऐ.को राउण्ड गोली थान-४ (सेतो कागमा बेरेको), थान-१ खोका र ऐ.को बुलेट थान-१ फेलापारी बरामद गरी थप अनुसन्धान भईरहेको, सोही होटल कोठामा ऐ.१६ गते देखि २० गते सम्म लेखराज के.सि.बसेको भन्ने बुझिएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको । ला.औ.,सर्लाही, लालबन्दी न.पा. ५ स्थित डाडा टोलमा निर्माण भईरहेको घरमा ला.औ. लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का.लालबन्दी सर्लाही बाट प्र.नि. बीरेन्द्र सिंह जोहारीको(9851282662) कमाण्डमा ऐ १९;०० बजेको समयमा प्रहरी टोली खटि गई घर धनि जि. सर्लाही ईश्वरपुर न.पा. ३ घर भई ऐ.लालबन्दी न.पा.५ स्थितमा बिगत ४ बर्ष देखी सेकेन्ड होम होस्टेल संचालन गरी बस्ने अं.बर्ष ३४ को सुवास लमिछानेको रोहवरमा तलासी गर्दा उक्त घरको पश्चिम दक्षिण कोठा भित्र रहेको भित्ताको प्वालमा कालो रंगको प्लाष्टिकमा प्याक गरी राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पद्धार्थ फेला पारी घर धनी सुवास लामिछाने समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का.लालबन्दीमा ल्याई राखिएको, ब्राउनसुगर जस्तो देखिने धुलो पद्धार्थलाई नापतौल गर्ने तराजुमा तौल गर्दा २१२ ग्राम रहेको ।  सुनसरी, कोशी गा.पा. ८ पानि ट्याङकि स्थितमा भित्रि सडक खण्डमा जि.प्र.का.सुनसरीबाट खटिएको प्रसनि राम सुन्दर यादब र इप्रका भाण्टाबारी सुनसरीबाट खटिएको प्रसनि नारायण कार्कीको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा ऐ स्थितमा बेवारिसे अवस्थामा ११ बोरा ला.औ. गाँजा अ. ५५० के.जी. (नापतौल हुना बाँकी) नियन्त्रणमा लिई जि.प्र.का.सुनसरी ल्याउदै गरेको अन्य अनुशन्धान कार्य भईरहेको ।

मिति २०८२।०८।२६ गते ०५:०० बजे देखि ऐ ०८।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२७

कर्तब्य ज्यान,काभ्रेपलान्चोक, मिति २०८२।०८।२१ गते बिहान अं.०६:०० बजे पाँचखाल न.पा.१ कोट्याङ बस्ने अं.वर्ष ३१ को गणेश बि.क.आफ्नै घरको पिडिमा लडिरहेको अवस्थामा फेला पारी उपचारको लागि पाँचखाल पोलिक्लिनिक लगेर समान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा ऐ.०८।२६ गते ११:१५ बजे उपचारको क्रममा मृत्यु भएको भनी ऐ.अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त हुनासाथ प्र.चौ.पाँचखालबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मृतक लडेको नभई कुटपिट भएको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा कुटपिटमा संलग्न ऐ.पाँचखाल न.पा.१ कोट्याङ बस्ने मंगल तामाङको छोरा वर्ष २५ को कमल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । ज.ज.क. बाल यौन दुर्व्यवहार,दैलेख, दैलेख दुल्लु न.पा. वडा नम्बर ७ खेतगाउँ स्थित स्थानीयको बाजो जमिनमा ऐ. बस्ने वर्ष अं. ६५ को ईन्द्र देब गिरीले ऐ. बस्ने कृष्ण बहादुर रावतको छोरी बर्ष अं. २२ की शर्मिला रावतलाई ज.ज.क. गरेको भनि निजको आमा जगत्रा रावतले ऐ. १८:३० बजे टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा जानकारी गराए पश्चात उक्त स्थानमा इलाका प्रहरी कार्यालय दुल्लु दैलेख बाट प्र.ब.ह.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटीगई निज इन्द्र देब गिरीलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछको लागी केटा र केटी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेख तर्फ ल्याउदै । कैदी मृत्यु,पर्सा, वीरगंज म.न.पा.५ स्थित कारागार सुरक्षा गार्ड वीरगंज पर्सामा रहेको सवारी ज्यान मुद्दाको कैदी  ऐ.१२ बस्ने अं.वर्ष ३७ को अनिल महतो सुगर प्रेसर हाई भएर उपचारको लागि नारायणी अस्पताल विरगंज पर्सा लगेकोमा  निजको उपचारको क्रममा ऐ.१३:५५ बजेको मृत्यु भएको भनि सुरक्षार्थको लागि प्र.ह.श्याम बाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, उक्त स्थान व.प्र.का.बिर्ताबाट अं.१ कि.मि.दक्षिण पर्ने । हात हतियार बरामद,पाल्पा, तानसेन न.पा. ९ डाँडाडुम स्थितमा अ.प्र.पोष्ट माडीफाँट पाल्पाबाट गस्ति खटिएको प्र.स.नि. सहितको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा ऐ.ऐ. बस्ने बर्ष ६९ को हुम ब.सोमैले आफ्नै बारिको ढिकमा थान १ भरुवा बन्दुक सुकाएर राखेको अवस्थामा फेला पारी बन्दुक सहित निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जि.प्र.का.पाल्पा तर्फ पठाईएको । श्रोत नखुलेको नगद रकम बरामद,रौतहट, मौलापुर न.पा.३ लाल बकैया बाँध स्थितमा इ.प्र.का.मौलापुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्नै क्रममा हरनैयाबाट देवाही तर्फ जाँदै गरेको म.प्र.-०३-०३३ प ३११० नं.को मो.सा.रोकी चेकजाँच गर्दा उक्त मो.सा.को लेगार्डमा झोलामा राखेको श्रोत नखुलेको नगद रु.११ लाख ४७ हजार फेला परेकोले नगद, मो.सा.सहित मो.सा.चालक जि.बारा सिमरौनगढ न.पा.११ भवानिपुर बस्ने अं.वर्ष ३६ को मुन्ना प्रसाद जैसवाललाई समेत नियन्त्रणमा लिई जि.प्र.का.मा राखी अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.मौलापुरबाट अं.३ कि.मि.पूर्व पर्ने । सुधार केन्द्रबाट मानिस फरार,झापा, कमल गा.पा.५ पाडाँजुगी स्थित रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ऐ. दमक न.पा.१ बस्ने वर्ष २१ को नविन क्षेत्री सहित ७ जना मानिसहरु सोही केन्द्रको मुल गेटको पर्खाल नागी भागेको भन्ने खबर ऐ.१९:२० बजे सोही सुधार केन्द्रको कर्मचारीले इ.प्र.का.दमकमा जानकारी प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भइरहेको । ला.औ.सुनसरी, देवानगंज गा.पा. ०४ कौवाखोज स्थितमा इप्रका देवानगंज बाट प्र.नि राकेश राईको कमाण्डमा ४ जनाको र प्रचौ कप्तानगंज बाट प्रसनि उपेन्द्र यादवको कमाण्डमा ४ जनाको खटिएको संयुक्त गस्ति टोलीले नेपाल बाट भारत तर्फ बी आर ५० एजी ८९९३ नं. को मोसामा पछाडी लोड गरी सेतो बोरामा लैजादै गरेको अवस्थामा शंका लागि मोसा रोक्न खोज्दा मोसा सहित २ वटा सेतो बोरा फाली मानिस फरार रहेको, उक्त बोरा खोली हेर्दा बोरा भित्र सेतो प्लाष्टिकमा बेरेको ६० प्याकेट अं. ६० के.जी. ला.औ. गाँजा सहित मोसा नियन्त्रणमा लिई इप्रका देवानगंजमा ल्याई राखिएको, सुनसरी, धरान उ.म.न.पा-२० कालीखोलाको किनार स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT बाट प्र.ज. र इ.प्र.का धरानबाट प्र.स.नि. को कमाण्डमा खटीएको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा धनकुटाबाट धरान तर्फ पैदल आउँदै गरेको के-कुन व्यक्तिहरुले प्रहरी टोलीलाई देखी निजहरुले बोकेको ११ वटा बोरामा प्याक गरीएको पोका बाटोमा छाडी भागेको उक्त बोरा खोली हेर्दा ला.औ. गाँजा शुद्ध तौल ३३० के.जी.रहेको,फरार व्यक्तिहरुको पहिचान तथा खो.त. कार्य भईरहेको, उक्त ला.औ. गाँजा इ.प्र.का.धरानमा ल्याई आ.अ.भईरहेको,  सुर्खेत, बिरेन्द्रनगर न.पा.२ कोलडाँडा र ऐ.२ मुलपानी चोक स्थितबाट जि.प्र.का.खटिएको प्र.स.नि.को टोली,ला.औ. नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोली र प्र.चौ.बाङ्गेसिमलबाट खटिएको प्र.स.नि.को संयुक्त टोलीले गोप्य सुचनाको आधारमा ऐ. बीरेन्द्रनगर न.पा.२ कोलडाँडा बस्ने वर्ष २० को दिनेश अधिकारी भे.७ प.१४७४ न.को स्कुटि चालकको साथबाट  ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्धतौल १४ ग्राम, ऐ.२ टेम्पो पार्क बस्ने वर्ष २४ को बिपिन राना र ऐ.बस्ने वर्ष २१ को बिशाल थापाको साथबाट  शुद्धतौल ०.४८ ग्राम फेला पारी तिनै जनालाई स्कुटी सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको,

मिति २०८२।०८।२५ गते ०५:०० बजे देखि ऐ ०८।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२६

कर्तव्य ज्यान,रोल्पा, माडी गाउँपालिका वडा न.१ पेदिखोला नजिकै ऐ.बस्ने बर्ष ५० को(सुस्त मनस्थिति)को गन बहादुर बुढाले ऐ.बस्ने बर्ष ६७ को मन बहादुर घर्तिलाई बाटोको छेउमा हिडिरहेको अवस्थामा एक्कासी पछाडीबाट धकेल्दा बाटो देखि अ.१० मिटर तल खस्न जादा घाईते भई उपचारको लागि घर्तिगाउँ स्थित स्मृति अस्पताल तर्फ पठाइएको भनी ऐ.१७:१५बजेको समयमा इ.प्र.का.घर्तिगाँउ रोल्पामा खबर प्राप्त हुन साथ प्र.ना.नि.राज बहादुर थापाको कमाण्डमा-५ जना खटीएको,निजको नाक,मुख र ढाडमा चोट अवस्था मध्यम,बोल्न सक्ने, स्मृति अस्पताल घर्तिगाँउमा सामान्य उपचार पश्चात थप उपचारको लागी राप्त स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पुगी उपचार भई रहेकोमा ऐ. २३;३५ बजेको समयमा ऐ.अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको निजको साथमा नतिनि बुहारी रहेको,निज धकेल्ने गन बहादुर बुढा नियन्त्रणमा । ज.ज.क. बाल यौन दुर्व्यवहार,कञ्चनपुर, मिति २०८२।०८।२४ गते राती अं.०१:१५ बजे जि.कञ्चनपुर पुनर्वास न.पा.११ अमरबस्ती बस्ने वर्ष २२ को आयान थापा भन्ने मनिष थापाले जि.कैलाली धनगढी उ.प.म.न.पा.५ बस्ने वर्ष १६ की बालिकालाई घरमा गई डराई धम्काई घरबाट बाहिर बोलाई आफुसँग लगि जि.कञ्चनपुर पुनर्वास न.पा.११ अमरबस्ती स्थित अन्यायीको गाउँकै खाली घरमा पुर्‍याई बन्धक बनाई ज.ज.क.गरेको र ऐ.१५:०० बजे पीडितको काका र प्रहरीको सहयोगमा सोही स्थानबाट बालिकालाई उद्धार गरी धनगढी उ.म.न.पा.को अल्पकालिन सेवा केन्द्र(Save House)मा बुझाएको साथै प्रतिवादी आयान थापा भन्ने मनिष थापाको नाममा तालुक जि.प्र.का.कैलालीमा जाहेरी दरखास्त दर्ता हुनासाथ जि.प्र.का.कैलालीबाट प्रहरी टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी पीडित र पीडकको यौनजन्य स्वास्थ्य परिक्षण गरेको सम्पूर्ण कागजात सहित प्रतिवादीलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि ऐ.०८।२५ गते १५:३० बजे इ.प्र.का.त्रिभुवनबस्तीको जिम्मा लगाएकोमा निज प्रतिवादी आयान थापा भन्ने मनिष थापालाई सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट दिन १०(दश) म्याद थप गरी थप अनुसन्धानको लागि इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई राखिएको । हा.ह.बरामद,कैलाली, बर्दिया राजापुर न.पा.४ राजापुर गाँउ स्थित जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ घर भई हाल ऐ.हामार थारु घर ऐण्ड रेष्टुरेन्टमा काम गरी बस्ने अं.वर्ष २८ को निरज चौधरी ऐ. ०८।२१ गते ०८:३० बजे उक्त होटेल नजिक रहेको फुसले छाएको कटेजमा अचेत अवस्थामा फेला परी मृत्यु भएकोमा सोही घट्नामा संलग्न भई फरार रहेको जि.दाङ तुल्सिपुर उ.म.न.पा.६ घर भई हाल जि.बर्दिया राजापुर न.पा.४ राजापुर कोठा गरी बस्ने अं.वर्ष ५० को महाबिर चौधरीलाई इ.प्र.का.राजापुरबाट प्र.नि.र जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले ऐ.२५ गते अं.०२:४५ बजे जि.कैलाली कैलारी गा.पा.२ मदराबाट नियन्त्रणमा लिई इ.प्र.का.राजापुरबाट खटिएको प्रहरी टोलीले जिम्मा बुझि लगेको, ऐ.०७:३० बजे ऐ. ली कैलारी गा.पा.५ पुरानो बयसपुर स्थित रामकृष्ण चौधरीको गाईगोठ भित्र नम्बर प्लेट निकालेको अवस्थामा निजले प्रयोग गरेको मो.सा., ऐ.गा.पा.१ बस्ने दिपक चौधरीको घरबाट झोला फेला परेको, ऐ. ०८:४० बजे ऐ.गा.पा. स्थित रोहिनीको रुखमा डायरीभित्र लुकाई छिपाई राखेको अवस्थामा १०४ लेखिएको पेस्तोल थान-१ र ऐ.को २ राउण्ड गोली समेत फेला पारी इ.प्र.का.राजापुरबाट खटि आएको प्र.ज.को जिम्मा लगाई पठाएको । ला.औ.,मोरङ, विराटनगर म.न.पा.४ नोवेल अस्पताल अगाडी ला.औ.नि.व्युरो विराटनगरबाट प्र.ना.नि.को टोली र जि.प्र.का मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.स्थित सडक छेउमा को २७ प ६४८१ र BR 19Y 9053 नं.को दुई वटा मो.सा.रोकी दुई जना मानिसरहरुलाई संकास्पद रुपमा गफ गरिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा ६४८१ नं.को मो.सा.चालक जि.सुनसरी हरिनगरा गा.पा.७ बस्ने वर्ष ५२ को हबिब खा को साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १४० ग्राम र प्लाष्टिक बाहेक १३१ ग्राम फेला पारी, 9053 नं.को मोसा चालक ऐ.ऐ.४ बस्ने वर्ष ३० को इरसाद आलम र दुबै मोसा सहित दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. मोरङमा ल्याई आवश्यक अनुसन्धान भई रहेको ।  पर्सा, ठोरी गाउँपालिका.०४ निर्मलबस्ती स्थित सीमा ईलाका स.प्र.बल,नेपाल सीमासुरक्षा गुल्म हे.क्वा. सुवर्णपुर पर्साबाट स.प्र.ना.उ.को (९८५१२७२४६२) कमाण्डमा खटिएको १० जनाको गस्ती टोलीलाई देखी अं.१० जना अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी नेपालबाट भारत तर्फ लैजादै गरेको अ. ६ पोका अं.९१ (एकानव्बे)के.जी.लागु औषध गाँजा छाडी मानिस फरार भएको हुँदा उक्त लागु औषध गाँजा बरामद गरी नेपाल सीमासुरक्षा गुल्म हे.क्वा. सुवर्णपुर पर्सा ल्याई राखिएको भनि ऐ. १६:०० बजे प्र.चौ. बिजयबस्तिमा टेलिफोन मार्फत जानकारी प्राप्त हुन साथ प्र.चौ. बिजयबस्तिबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई ६ पोका बोरा सहित अं. ९१(एकानव्बे)के.जी.लागुऔषध गाँजा बरामद गरी आवश्यक कार्वाहीको लागी तालुक ई.प्र.का.ठोरी पर्सामा पठाईएको,थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०८।२४ गते ०५:०० बजे देखि ऐ ०८।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२५

कर्तव्य ज्यान,सिरहा, मिति २०८२।०८।१० गते अं.१०:०० बजे जि.सिरहा कल्याणपुर न.पा.७ भेडिया टोल बस्ने शिबकुमार मुखियाको श्रीमती अं.वर्ष ३० की लक्ष्मीनिया देवी मुखिया (मानसिक सन्तुलन ठिक नरहेको) लाई निजको छोरा अं.वर्ष १५ को अंगद मुखिया र निजको छोरी अं.वर्ष १६ की अमरीता मुखियाले आमाको मानसिक सन्तुलन ठिक नभएको विषयलाई लिएर निजकै छोराछोरीले कुटपिट गरी घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोमा ऐ.०८।२४ गते अं.०९:०० बजे मृत्यु भएको, शव तत्काल सोही अस्पतालमा रहेको भन्ने खबर ऐ.०९:१५ बजे सोही अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. मिर्चैयाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई मृतकको छोरा अंगद मुखियालाई पक्राउ गरी अनुसन्धानको लागि तालुक इ.प्र.का. मिर्चैया पठाईएको र छोरी फरार रहेको । ज.ज.क. बाल यौन दुर्व्यवहार,ईलाम, ईलाम-२३ गते अं.१३:४० बजे सुर्योदय न.पा.१२ आठघरे पिङडाँडा टोल बस्ने वर्ष ५१ की महिला ऐ.ऐ.१० बस्ने वर्ष ५९ को राजु प्रधानले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गर्न खोजेको भनि ऐ.२४ गते अं.११;२० बजे इप्रका पशुपतिनगर इलाममा पिडित आफैले लिखित जाहेरी दरखास्त दिन साथ प्र.चौ.आईतबारे इलामबाट प्र.ह.को कमाण्डमा टोली खटीगई पिडक राजु प्रधान लाई नियन्त्रणमा लिई, इ.प्र.का पशुपतिनगर तर्फ पठाएको । गोली बरामद,स्याङजा, फेदीखोला गा.पा. २ आगेकुना स्थित फोहोर संकलन केन्द्रमा फोहोर छुट्याउने क्रममा फोहोरको बोरा भित्र ६ राउण्ड गोली(7.62 को ३ राउण्ड,0.2 imi को ३ राउण्ड गरी जम्मा ६ राउण्ड) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि. र जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,उक्त फोहोर भालुपहाड देखि कुभिण्डे सम्मको ऐ. २२ गते संकलन गरिएको। हा.ह.बरामद,जाजरकोट, जाजरकोट-२३ गते तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोसाकमा प्र.स.ह.बल बहादुर बि.क.को कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले जि.प्र.का.सुर्खेत संगको समन्वयमा जिल्ला सुर्खेत बिरेन्द्र नगरपालिका १० एयरपोर्ट चोकबाट जिल्ला जाजरकोट बारेकोट गा.पा.१ बस्ने रन्द्र ब.बस्नेत (राम ब.बस्नेत भनिने) को छोरा बर्ष २३ को दिपेन्द्र बहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सोधपुछ गर्दा ऐ.बारेकोट गा.पा.१ बयला स्थित आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको छु भनि जानकारी दिएकोले उक्त स्थानमा आज मिति २०८२।०८।२४ गते १६:३० बजेको समयमा इ.प्र.का.बारेकोट जाजरकोट बाट प्र.नि. सुमन गैह्रेको कमाण्डमा ५ जनाको प्रहरी खटि गई निज रन्द्र ब.बस्नेत (राम ब.बस्नेत भनिने)ब्यक्तिको घर गोठ खानतलासी गर्दा एक तले दुई कोठे टिनले छाएको टहरा (गोठ) भित्र ढोका नजिकै खर भित्र निज दिपेन्द्र बहादुर बस्नेतले लुकाई छिपाई राखेको अवस्थामा कालो रंगको हावादारी Air Gun थान १ (एक) बरामद गरी नियन्त्रणमा लिएको । कैलाली, कैलाली भजनी न.पा.९ गन्जहुवा स्थित सरस्वती सामुदायीक बन भित्र लम्की तालको छेउमा रहेको हल्दुको रुखको टोट्कोमा धमिरा र खिया लागेको अबस्थामा लुकाई छिपाई राखेको एकनाले थान १ भरुवा बन्दुक छ भनि टे.फो.मार्फत स्थानिय मानिसले इ.प्र.का.भजनी कैलालीमा जानकारी गराउना साथ ऐ.१६:४० बजेको समयमा उक्त स्थानमा इ.प्र.का.भजनी कैलाली बाट सम्पर्क नं.(९८५८४९०३०५) प्र.नि.खगेन्द्र सिंह साउँदको कमाण्डमा ४ जनाको प्रहरी टोली खटीई गई बरामदी मुचुल्का गरी उक्त भरुवा बन्दुक,इ.प्र.का.भजनी कैलालीमा ल्याई ,थप अनुसन्धान भईरहेको । झुण्डी मृत्यु,कैलाली, मिति २०८२।०८।२४ गते अं.२३;१५ बजे गोदावरी न.पा.३ मालाखेती घर भई ऐ.धनगढी उप-महनगरपालिका २ सन्तोसीटोल कोठा गरी बस्ने बर्ष २४ कि पुजा शर्माले आफु बस्ने कोठाको फलमको रडमा दोपट्टाको पासो लगाई झु.आ.ह. गर्न खोज्दा निजकै साथी ऐ.ऐ.२ सनतोसीटोल बस्ने बर्ष २६ को सागर विष्टले पासो फुकाली उपचारको लागि नवजिवन अस्पताल धनगढीमा ल्याकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको भनि सोही अस्पतालमा कार्यरत प्र.ह.कमल जोशीले ऐ.२३;३० बजे जि.प्र.का.कैलालीमा जानकारि गराउना साथ व.प्र.का.धनगढीबाट प्र.नि. को कमाण्डमा टोलि खटि गएको । थप टिपोट ;- ऐ.०८।२५ गते ०१;५५ बजे लाश सेति प्रादेशिक अस्पताल धनगढीको लागि पठाएकोमा लाश घरमा राकेको । ला.औ.,मकवानपुर, इ.प्र.का.मनहरी मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.मकवानपुर मनहरी गा.पा.९ ज्यामिरे स्थितमा रोकी राखेको BR01CZ4758 नं.को भारतीय कारलाई चेकजाँच गर्दा कारको भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको तौल गर्दा ३३ के.जि.२१० ग्राम रहेको ला.औ.गाँजा फेला परेको हुँदा ला.औ.गाँजा र कारलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई अनुसन्धान भईरहेकोमा उक्त नियन्त्रणमा लिएको गाडिको ईन्जिन नं.चेक गर्न अगाडीको बर्नर खोली हेर्दा अगाडीको बर्नरको भागमा लुकाई छिपाई प्लाष्टिकले बेरेको ६ प्याकेट गाँजा थप बरामद भएकोले, बरामद ला.औ. गाँजा तौल गर्दा २५ के.जि.गरी जम्मा ५८ के.जि.२१० ग्राम गाँजा नियन्त्रणमा लिएको, घटनास्थलमा गाडी मात्र रहेको र  चालक, सवार व्यक्तिहरु कोही फेला नपरेकोले अन्य आ.अ.भईरहेको। मोरङ, रंगेली न.पा. ८ स्थित बिजुली अफस भन्दा अं.२०० मिटर पश्चिमको दुरीमा नामथर, वतन खुल्न नसकेको खेतको बिचमा रहेको डुमरियाको रुख मुनि परालले छोपी लुकाई छिपाई राखिएको ला.औ.गाँजा रहेको भन्ने सुचनाको अधारमा इ.प्र.का.रंगेलीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले २९ बोरा ला.औ.गाँजा बरामद गरी इ.प्र.का.रंगेलीमा ल्याई राखिएको ।  मकवानपुर, मिति २०८२।०८।२५ गते राती अं. ०१:०० बजेको समयमा जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.बिग बहादुर तामाङ (९८४५०२८३११) को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलिले  नामटार तर्फ बाट भैसे तर्फ आउदै गरेको बा १७ च ४२ न.को  बोलेरो पिकअप गाडिलाई जि.मकवानपुर भिमफेदी गा.पा.२ कालिटार स्थित आर्मि ब्यारेक नजिक त्रिभुभन राजपथमा सडकखण्डमा शंका लागी रोक्न खोज्दा गाडी नरोकि भगाएकोले खटीएको प्रहरी टोलीले पिछा गर्दै जाने क्रममा ऐ.भिमफेदी गा.पा.३ पान्द्राङ स्थित ढुङगा खानी जाने भित्रि बाटोमा गाडी रोकि लक गरी चालक फरार भएको अवस्थामा फेला पारेको, उक्त पिकअप गाडी चेकजाँच गर्दा गाडिको पछाडी ढालामा लोड गरी ल्याएको १७ वटा बोरामा प्याक गरेको ५० पोका ला.औ.गाँजा अं.४०० के.जि. (तौल गर्ने बाँकि) फेला परेको हुदा उक्त ला.औ.गाँजालाई अर्को गाडीमा राखी जि.प्र.का.मकवानपुरमा ल्याई राखिएको, पिकअप  गाडि लक गरी राखेको हुदा प्रहरीको निग्रानिमा घटनास्थलमै शुरक्षित राखिएको, फरार चालकको सम्बन्धमा खो.त. भईरहेको ।

मिति २०८२।०८।२३ गते ०५:०० बजे देखि ऐ ०८।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२४

कर्तव्य ज्यान,सुनसरी, दुहबी न.पा.४ मदर्श चौंक स्थित ऐ. बस्ने वर्ष अं. २२ को जीवन गोस्वामी र ऐ. बस्ने वर्ष अं. ४८ को सकिल मियाबीच एकआपसमा विवाद हुंदा जीवन गोस्वामीले सकिल मियालाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का. दुहबीबाट प्र.ना.नि.को कमाण्ड टोली खटी गई उपचारको लागि सामुदायिक अस्पताल दुहबी पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा ऐ.२३:१५ बजे डा.ले मृत घोषणा गरेको भनि ऐ.२३:३० बजे ऐ. अस्पतालबाट खबर प्राप्त भएको, कुटपिट गर्ने जीवन गोस्वामी इ.प्र.का.दुहबीको नियन्त्रणमा रहेको । ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।०७।१५ गते अं.१९:०० बजे वर्ष ४१ की महिला लाई निजकै घरकोठामा ऐ बस्ने नातामा देवर पर्ने वर्ष ४४ को ले ज.ज.क.गरी गर्भवति समेत बनाएको भनि ऐ.०८।२३ गते १९:०० बजे जि.प्र.का.मा जाहेरी प्राप्त भएकोमा इ.प्र.का.पाख्रिबासबाट प्र..ना.नि को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको र पिडितलाई ऐ. न.पा.६ स्थित महिला पुन स्थापना केन्द्रमा राखिएको । अवैध रकम बरामदसिरहा, बरियारपट्टी गा.पा.२ स्थित बिशेष सुचनाको आधारमा इ.प्र.का.महेशपुर पतारबाट प्र.नि., जि.प्र.का.र प्र.चौ.कचनारीबाट संयुक्त टोली खटी गई चेकजाँच गर्दा  भारतबाट नेपाल तर्फ आउँदै गरेको  BR32AW ८३७७ नं.को स्कुटरलाई चेकजाँच गर्दा स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको रकम नगद रु.७,००,०००।-फेला पारी  स्कुटर चालक ऐ.गा.पा.३ बस्ने वर्ष ४६ को दिनेश महतोलाई स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का.महेशपुर पतारमा राखी आ.अ.भईरहेको । ला.औ.,चितवन, भरतपुर म.न.पा.१० लाहुरे टोल स्थित जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा खटिएको CAP  टोलीले जि.पर्सा बीरगञ्ज म.न.पा.३२ टेडा घर भई हाल ऐ.भरतपुर म.न.पा.१० स्थित मायादेवी दवाडीको घर पछाडी रहेको टहरामा डेरा गरी बस्ने वर्ष १९ को रैफुल्लाह मिया ठकुराईको डेराकोठामा ला.औ. ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा निजहरुको कोठा खान तलासी गर्दा निज वर्ष १९ को रैफुल्लाह मिया सहित ८ जना (ला.औ. प्रयोगकर्ता -किन्न आउने व्यक्ति)  र उक्त ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थको प्लाष्टिक सहितको जम्मा तौल १६२.२९ ग्राम.सहित नियन्त्रणमा लिइ थप अन्य अनुसन्धानको लागि जि.प्र.का.मा ल्याइ आ.अ.भईरहेको।        पर्सा, बीरगंज म.न.पा.१५ प्रतिमा चोक स्थित गोप्य सुचनाको आधारमा व.प्र.का.श्रीपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बा.प्र.०८-००१ज ०११७ नं.को सार्वजनीक यात्रुबाहक ई.भि.गाडीबाट दुई वटा सुटकेशमा Tramol-50 लेखिएको प्रतिबन्धित ला.औ.६०५३ पत्तामा जम्मा ६०५३० क्याप्सुल सहित जि.धादिङ बेनीघाट रोराङ गा.पा.६ बस्ने कुमार मगरको छोरा अं.बर्ष १९ को रामहरी मगर र ऐ.सिदलेख गा.पा.७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अं.वर्ष १९ को राजकुमार मगरातीलाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा ल्याई अनुसन्धान कार्य भइरहेको । चितवन, इच्छाकामना गा.पा.६ कालीखोला मुग्लिङ नारायणगढ सडक खण्ड स्थितमा इप्रका मुग्लिङबाट प्र.ना.नि.ठाकुर प्रसाद पनेरु (९८५१२८२१५०) को कमाण्डमा खटिएको चेकिङ टोलिले नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख २४५९ नं. को ट्रकलाई रोकि शंका लागि राकि चेक जाँच गर्ने क्रममा ट्रक चालक जिल्ला दार्चुला तुहु गा.पा.२ बस्ने बर्ष ३५ को दिलनन्द जोशिको अं.९ ग्राम चरेस सहित निज लाइ नियन्त्रणमा इप्रका मुग्लिङमा ल्याइ राखेको, ।

मिति २०८२।०८।२२ गते ०५:०० बजे देखि ऐ ०८।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२३

कर्तव्य ज्यान,दैलेख, दैलेख नौमुले गा.पा.५ गजमाली स्थित ऐ.बस्ने वर्ष अं.६५ को धन बहादुर रामजाली मगरलाई आफ्नै घरमा निजको छोरी वर्ष अं.२७ की (बिबाहित छुटपत्र भएर माइत बसेको) तिर्सना रामजाली मगरले मा.‍प.से. गरी काठको चिरपटले टाउकोमा हानी घाइते भई उचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र नौमुले पठाइएको, अवस्था सिरियस, कुटपिट गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा, कुटपिट गर्नुको कारण नखुलेको उक्त स्थानमा प्र.नि.राजकुमार थापाको कमाण्डमा ५ जनाको टोली खटी गएको । थप टिपोट:- ऐ.१८:१० बजे स्थानिय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको । ज.ज.क. बाल यौन दुर्व्यवहार,दाङ, तुलसीपुर उ.म.न.पा.१६ जहदागाउँ स्थित पिडितकै घर कोठा भित्र ऐ. बस्ने अन्दाजी बर्ष ६० को रुपलाल डाँगीले मेरो बोल्न नसक्ने अपाङ्ग भएकी श्रीमती बर्ष ५६ की संकेत नामथर ५६ तुलसीपुर ०८२-३७ (क) लाई जवर्जस्ती करणी गरेकोले कानुन बमोजिम कारबाही गरी पाँउ भनि निज पीडितको श्रीमान संकेत नामथर ५६ तुलसीपुर ०८२-३७ ले मिति २०८२।०८।२२ गते इ.प्र.का.तुलसीपुर दाङमा जाहेरी दरखास्त दिन साथ इ.प्र.का.तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटिगई निज रुपलाल डाँगी लाई निजकै घर बाट नियन्त्रणमा लगी इ.प्र.का.तुलसीपुर दाङमा ल्याई अ.अ. भइरहेको,पिडित संकेत नामथर ५६ तुलसीपुर ०८२-३७ (क) लाई स्वास्थ्य परिक्षण गरी निजको श्रीमानको जिम्मा लगाईएको, निजको स्वास्थ्य अबस्था सामान्य रहेको। शंकास्पद मृत्यु,सिरहा, कर्जन्हा न.पा.२ स्कुल टोल स्थित कमला सिँचाई नहरबाट अं.२० मि. उत्तर झाडीमा मृतक शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. बन्दीपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ. कर्जन्हा न.पा.१ बाल्टिया टोल बस्ने सुर्यदेव बैधको छोरी अं.वर्ष १८ की अबिना बैध उत्तानो अवस्थामा मृत फेला परेको, थप अनुसन्धानको लागि इ.प्र.का.मिर्चैया सिरहाबाट प्र.नि.को कमाण्डमा, जि.प्र.का.बाट प्र.उ. र केनाईन कार्यालय लालगढबाट Dog Sniffing सहितको टोली खटी गई ऐ.१६:४५ बजे घटनास्थलमा पुगी आ.अ.भईरहेकोमा थप अनुसन्धानको लागी जि.सिरहा कर्जन्हा न.पा.२ बन्दीपुर बस्ने शिव शंकर यादवको छोरा अं.वर्ष १९ को लक्ष्मी यादव लगायत ५ जनालाई नियन्त्रणमा लिई सोधपुछको लागी इ.प्र.का.मिर्चैयामा लगि राखिएको, ऐ.१९:२० बजे घटनास्थलको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी मृतक शव पो.मा.को लागी प्र.ज.को जिम्मा लगाई बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालको लागी पठाई शव गृहमा राखिएको, ऐ.१९:३० बजे मधेश प्रदेश प्रहरी K9 शाखा लालगढबाट आएको DOG Sniffing टोली अनुसन्धान पश्चात फिर्ता भएको । हा.ह.बरामद,नुवाकोट, ककनी गा.पा.२ बन्चरेडाँडा  स्थित ल्याण्ड फिल्ड साइडको फोहरमा  ठुलो चाइनिज पेस्तोल (५५००९७३३ type 54 ) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.ओखरपौवाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खाली म्यागजिन भएको ठुलो चाइनिज पेस्तोल (५५००९७३३ type 54) फेला पारी नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.ओखरपौवाबाट अं.५ कि.मि.दक्षिण पर्ने । ला.औ., चितवन राप्ती न.पा.११ डुम्रेखाडी स्थित आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नं.को मो.सा.लाई इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले शंका लागी रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक ऐ. राप्ती न.पा.१२ बस्ने वर्ष २७ को पन्चे तामाङ र पछाडि सवार ऐ.बस्ने वर्ष ३० को अपिल तामाङको साथबाट ७ के.जि ८०० ग्राम.ला.औ.गाँजा फेला पारी निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. भण्डारामा ल्याई राखेको, उक्त स्थान इ.प्र.का.भण्डाराबाट अं.६ कि.मि.उत्तर पर्ने ।

मिति २०८२।०८।२१ गते ०५:०० बजे देखि ऐ ०८।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२२

कर्तव्य ज्यान,मोरङ, लेटाङ न.पा-२ फडानी बस्ने नबिन गौतमको छोरी वर्ष १३ की अंशु गौतम के कुन कारण घरमा कोही कसैलाई जानकारी नगराई आफु खुसी घरबाट हिँडी हराएको हुँदा खो.त.गरी पाऊँ भनि मिति २०८२।०६।२२ गते १३:०० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बुधबारेबाट  प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दा फेला नपरेकोमा मिति २०८२।०७।७ गते अं.१३:०० बजे,लेटाङ न.पा.२ बेलबारी चिसाङ साझेदारी बनमा सडि गलेको कम्मर भन्दा तल र टाउको मात्र रहेको पहिचान /सनाखत हुन नसकेको अवस्थामा फेला पारी ०७।०९ गते माथी उल्लेखित हराएकी बालिकाको बुवा आमा DNA परिक्षणको लागी केन्द्रिय विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाण्डौ पठाईएको, ऐ.स्थित न.पा.२ फडानी बस्ने छिमेकी वर्ष अं.५८ को पदम बहादुर अधिकारीले हत्या गरेको भन्ने विभिन्न अनुसन्धानबाट खुल्न आएको हुँदा ऐ.२१ गते निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई आ.अ.भईरहेकोमा ऐ.१२:५० बजे निज पदम बहादुर अधिकारीको घरमा मृतकको आफन्त, छिमेकीहरु अ.१२० जनाको संख्यामा भेला जम्मा भइ ढुंगा मुडा गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का लेटाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सम्झाई बुझाई गर्ने कार्य भइरहेकोमा ऐ.१३:५५ बजे तितरवितर भएको । सप्तरी, मिति २०८२।०८।१६ गते अं.१६:०० बजे जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा.१४ रामपुरमल्हनिया बस्ने बिहारी मुखियाको श्रीमती अं.वर्ष ७० की लखिया देवी मुखियालाई ऐ.बस्ने अं.वर्ष ७० को बिलेती मुखिया, ऐ.बस्ने बेचन मुखियाको श्रीमती अं.वर्ष ३५ की सम्झना मुखिया र निजको छोरी अं. वर्ष १५ की काजल मुखिया समेतले जग्गाको विषयलाई लिई झै-झगडा तथा कुटपिट हुँदा निज लखिया देवी मुखियाको छातीमा भित्री चोट, दाहिने घुँडामा चोट लागी घाईते भई स्थानीय बिजय मेडिकलमा सामान्य उपचार पश्चात घर लगि राखेकोमा ऐ.०८।२१ गते अं.०५:०० बजे मृत्यु भएको भनी ऐ.०८:०० बजे प्र.चौ. रामपुरमल्हनियामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्न बिलेती मुखियालाई नियन्त्रणमा लिएको अन्य कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको, खो.त.कार्य भईरहेको, थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई  शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएइको । काठमाडौ, का.म.न.पा.९ सिनामंगल स्थित ओम नगर मार्गमा मृत अवस्थामा बच्चा फेला परेको भनी खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट प्र.ना.उ. को कमाण्डमा १० जनाको टोली खटी गई उक्त स्थान पुगी बुझ्दा ऐ.वतन स्थायी घर भई बस्ने सुभद्रा नेपालको घरको दोस्रो तलामा डेरा गरी बसेका काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय, महाराजगंज दरवन्दी भई हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा, गौचर, काठमाण्डौमा कार्यरत प्र.स.नि. पुष्कर कार्की ( कम्प्युटर कोडः ४६५५६८) (श्रीमान) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा, गौचर, काठमाण्डौ दरवन्दी भई ऐ. कार्यरत प्र.ज. बिस्ना साँउद (कम्प्युटर कोडः ४९५१८२) (श्रीमती) बीच झगडा हुँदा श्रीमान पुष्कर कार्कीले आफ्नो श्रीमतीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको, के.एम.सि. अस्पतालमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने, टाउकोमा चोट रहेको र निजहरुको ४ महिनाको छोरा माहिर कार्की समेतलाई धारिलो हतियार (चक्कु) प्रहार गरी मृत अवस्थामा छाडी फरार भएको, ऐ.०८२१ गते १८:४५ बजे लाश जाँच प्रकृति मुचुल्का पश्चात पो.मा.को लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको, अं.१८:२० बजे का.जि. नागढुङ्गा स्थितबाट प्रहरी वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा उक्त फरार प्र.स.नि.पुष्कर कार्की फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाण्डौमा राखिएको, ऐ.१९;३० बजे घाइते प्र.ज.बिस्ना साँउदलाई थप उपचारको लागि नेपाल प्रहरी अस्पताल  महाराजगंज पठाइएको, अवस्था बोल्न सक्ने, टाउकोमा चोट रहेको, उक्त प्र.स.नि. पुष्कर कार्कीको स्थायी वतन जिल्ला डोटी साविक तिजाली गा.बि.स. वडा नं. ०९ हाल परिवर्तित शिखर न.पा. वडा नं. ०५ रहेको भनी खुल्न आएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),बर्दिया, राजापुर न.पा.४ राजापुर गाँउ स्थित जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ घर भई हाल ऐ.हामार थारु घर ऐण्ड रेष्टुरेन्टमा काम गरी बस्ने बर्ष अ.२७।२८ को निरज चौधरी उक्त होटेल संग सटेको फुसले छाएको कटेजमा अचेत अवस्था होटेलका संचालक राम कुमारी थारुले देखि तत्काल उपचारको लागी नेपालगंज नर्सिङहोम बाँकेमा लगी चिकित्सकले चेकजाँच गर्दा ऐ.१०;३५ बजे मृत घोषणा गरेको, मृतकको दुबै कान देखि तल्लो भागको दुबै साईडमा प्वाल(दुलो)परेको जस्तो देखिने लाश सोही अस्पतालमा रहेको भनि ऐ.११;०० बजे सोही अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराए पश्चात इ.प्र.का.राजापुर बर्दियाबाट प्र.ना.उ.कबिन्द्र सिंह बोहराकोकमाण्डमा Soco सहित ७ जनाको टोली खटिएको घटना शंकास्पद रहेको थपअनुशन्धान कार्य भईरहेको । थपअपडेटः-उक्त रेष्टुरेन्टमा पार्टनरसिपको (रेष्टुरेन्ट संचालक) रुपमा काम गर्ने जि.दाङ(नखुलेको)घर भई हाल जि.बर्दिया राजापुर न.पा.४ बस्ने बर्ष अ.३५ को महाविर चौधरी सु.प.प्र.०१००प ४९१३ न.को मो.सा.लिई फरार भएको खो.त.कार्य जारी ।   ऐ.१८;२५ बजे होटल संचालक राम कुमारी थारुको श्रिमान बर्ष ५० को बुद्दि प्रसाद थारु र छोरा बर्ष २२ को राहुल थारुलाई इ.प्र.का.राजापुर बर्दियाले नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान कार्य भइरहेको । थप अपडेट;- फरार रहेको महाबिर चौधरीले ऐ.ऐ.बस्ने राम कुमारी चौधरीको घर (कोठा भाडा) लिई बस्दै आएको र मृतक निरज चौधरी बिहान संगै रहेको प्राय जसो महाबिर चौधरी संगै उक्त कोठामा बस्ने गरेको भन्ने खुल्न आएको, उक्त कोठा खानतलासी गर्दा महाविर चौधरीको पासपोर्ट थान-१, ईन्डियन आधारकार्ड थान-१, आयकर बिभाग कार्ड थान-१, ल्याप्पटप थान-१, घट्नास्थल नजिकै निज महाबिर चौधरीले प्रयोग गर्ने भारतिय नम्बर प्लेटको PB36K3325 को THAR गाडी फेला परेको,घट्नास्थल नजिकै पिन्दीमा KF 765 लेखेको गोलीको खोका थान-१ फेला फेला परेको,सवुत प्रमाणलाई पानी तथा खरानी हाली सवुत प्रमाण नष्ट गरेको, जि.प्र.का.बर्दियाबाट प्र.नि.प्रकाश सिंह कार्कीको कमाण्डमा ४ जना जनाको टोली खटिएको,राम कुमारी थारुलाई ऐ.२१;०० बजे नियन्त्रणमा लिई अनुसन्धान तथा सोधपुछ  कार्य भईरहेको महाबिर चौधरीको हालको लोकेसन जि.कैलाली तर्फ देखाएको ज.ज.क.,रोल्पा, रुन्टीगढी गाँउपालिका वडा नं.९ पलासेनि बस्ने बर्ष २८ को सुरेन्द्र नेपालीले ऐ.९ चिसापानी बस्ने बर्ष ४१ को परिवर्तित नाम होलेरी (ङ१) को छोरी बर्ष १७ की परिवर्तित नाम होलेरी (ङ) लाई सखि जङगलामा बोलाई ज.ज.क.गरेको भनि पिडितले मिति २०८२/०८/१९ गते विहान १०:०० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा जानकारी गराए पश्चात इ.प्र.का.होलेरी रोल्पाबाट प्र.ब.ना.नि.को कमाण्डमा-५ जनाको टोली खटि गई ऐ.१६;०० बजेको समयमा निजलाई निजकै घरबाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी इ.प्र.का.होलेरी रोल्पाको हिरासत कक्षमा राखिएको,पिडित वर्ष ४१ को होलेरी (ङ१) ले इ.प्र.का.होलेरी रोल्पामा आज मिति २०८२।०८।२१ गते अं.१०;०० बजेको समयमा जाहेरी दिएको,पिडितको अवस्था सामान्य रहेको,दुबै जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रेउघा रोल्पा पठाईएको । थपअपडेटः-ऐ.१८:४५ बजे निज पिडितलाई स्वास्थ्य परिक्षण गरी पिडित र पिडितको आमालाई रोल्पा अस्पताल रेउघा रोल्पाको सेफ हाउसमा राखिएको,पिडकको मेडिकल गरी ७ दिन म्याद थप गरेको । बझाङ, मिति २०८२।०८।१९ गते ०२:०० बजे जयपृथ्वी न.पा.३ दालबाडा बस्ने वर्ष २८ की महिलालाई आफ्नै घरको भुईतलामा सुतिराखेको अवस्थामा ऐ.बस्ने वर्ष २२ को सुरज जोशीले निजको कोठामा आई जवरजस्ती करणी गरेको भनी ऐ.२१ गते १०:०० बजे जाहेरी दरखास्त दिएकोले सुरज जोशीलाई नियन्त्रणमा लिई ऐ.१६:०० बजे जि.प्र.का.बझाङको हिरासतमा राखेको । अछाम, ढकारी गा.पा.२ बलातीबाडा कालिकास्थान बस्ने वर्ष अं.१९ को पुष्प साउदले ऐ.बस्ने वर्ष अं.१७ की (सुस्त मनस्थितिकी भएकी) बालिकालाई मिति २०८२।०२।१४ गते बाझो खर्क भित्र लगी ज.ज.क गरेको र मिति २०८२।०८।१९ गते पेट दुख्ने समस्या भई जिल्ला अस्पताल अछाममा चेकजाँच गर्दा निज पिडितको पेटमा २९ हप्ताको गर्भ रहेको भनि रिपोट आएकोले निज पुष्प साउदको नाममा मिति २०८२।०८।२१ गते १६:०० बजे को समयमा निज पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले ऐ. २०:४० बजे निज पुष्ष साउदलाई प्र.चौ.ढकारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजकै घर ठेगानामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाई निज पुष्प साउदलाई स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय अछाम हिरासतमा राखिएको । अबैध रकम बरामद,काठमाडौ, जि.काभ्रे नमोवुद्ध न.पा.९ घर भई हाल का.जि.कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठको साथबाट अं.रु.२०,०००० (बिस लाख) रुपैया स्रोत नखुलेको रकम फेला पारी निजलाई नियन्त्रणमा लिई सो.पु.गर्दा निज बस्ने डेरा कोठामा थप रकम रहेको भन्ने खुल्न बुझिन आएको हुँदा निज कोठा खानतलासी गर्दा कोठा भित्र रु.३७,४७,३५० (सैतिस लाख सट्चालिस हजार तिन सय पचास) गरी जम्मा रकम रु.५७,४७,३५० (सन्ताउन लाख सट्चालिस हजार तिन सय पचास) स्रोत नखुलेको रकम फेला पारी प्रहरी वृत्त कालिमाटीमा राखिएको । सर्लाही, ब्रहम्पुरी गा.पा . ४ त्रिभुवननर प्रहरी चौकीको पछाडि पट्टिको बाटोमा प्र.बा.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतको सोनवर्साबाट नेपाल तर्फ आउदै गरेको BR 30 Y 3287 नं भारतिय मो.सा लाई चेकजाँच गर्दा उक्त मो.सा चालक देश भारत बिहार बस्ने जिल्ला सितामढी ग्राम पंचायत सोनवर्सा वडा नं.२ बस्ने अं. वर्ष २९ को धर्मेन्द्र महतो को साथ बाट स्रोत नखुलेको नेपाली रुपया १२,२९,०००।– (बाह्र लाख उन्नतिस हजार) फेला परेको हुदाँ मो.सा, मो.सा चालक, स्रोत नखुलेको रुपैयाँ सहित नियन्त्रणमा लिई प्र.चौ त्रिभुवननगर ल्याई राखिएकोमा थप अनुसन्धानको लागी तालुक जि.प्र.का सर्लाहीमा पठाईएको । ला.औ.,मोरङ, रतुवामाई न.पा. १ हटियाडाडा स्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरको प्र.१-०१-००१ख ३८२५ नं.को ट्रकलाई इ.प्र.का.सिजुवाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि रोकी चेकजाँच गर्दा सोही ट्रकको डाला भित्र फल्स डाला जोडी लुकाई छिपाई राखेको अवस्थामा ६७८ किलो गाँजा सहित ट्रक र ट्रक चालक जि.धनकुटा सहिदभूमि गा.पा.२ बस्ने वर्ष २१ को समेल राई र सोही ट्रकमा सवार ट्रक साहुजी ऐ. गा.पा.१  बस्ने वर्ष २२ को विक्रम विशुङ्खेलाई नियन्त्रणमा लिई इ.प्र.का. सिजुवामा ल्याई थप अनुसन्धान भइहरको ।  सर्लाही, हरिवन न.पा. ०५ हिरालाल टोल स्थितमा ज.१ च १५५८ नं.को एम्बुलेन्समा लागु औषध गाँजा लोड गरी जाँदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवन सर्लाहीबाट प्र.नि.चन्द्र कान्त अधिकारीको कमाण्डमा ७ जनाको टोली खटि गई उक्त एम्बुलेन्सलाई पछ्याउँदै जाँदा ऐ. स्थितमा रोकी चेकजाँच गर्दा प्लास्टिकको २ वटा बोरामा १० प्याकेट प्लाष्टिक सहित तौल गर्दा ५१.५ के.जि. ला.औ.गाँजा एम्बुलेन्सको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी लागु औषध गाँजा सहित एम्बुलेन्स र एम्बुलेन्स चालक जि.रौतहट यमुनामाई गा.पा.०४ सरूअठा टोल बस्ने अं.बर्ष ३७ को सुरेन्द्र राय यादव समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.हरिवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०८२।०८।२० गते ०५:०० बजे देखि ऐ ०८।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२१

ज.ज.क. बाल यौन दुर्व्यवहार,बाके, बैजनाथ गा.पा.१ घर भई हाल ऐ.कोहलपुर न.पा.११ राजस्व का.नजिकै नास्ता पसल गरी बस्ने वर्ष ३० को ललित शाहीले ऐ. कोहलपुर न.पा.१२ बस्ने वर्ष ३३ की महिला लाई  मिति २०८२।०७।१२ गते आफ्नै नास्ता पसलमा ज.ज.क गरेको भनि पिडितले इ.प्र.का. कोहलपुर मा जाहेरी दिएकोले निज ललित शाहीलाई  इ.प्र.का. कोहलपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई खो.त. गर्दै जाँदा निजलाइ निजकै नास्ता पसलमा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का. कोहलपुरमा ल्याइ राखिएको । बझाङ, मिति २०८२।०८।१९ गते १४:३० बजे मष्टा गा.पा.१ जिन्नाडा बस्ने वर्ष १३ की बालिकालाई ऐ.बस्ने वर्ष १४ को बालकले मष्टा गा.पा.१ पातली भन्ने जंगलमा जवरजस्ती करणी गरेको भनी ऐ.२० गते १४:०० बजे पीडितकी हजुरआमाले जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले  प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बालकलाई नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखेको । प्रहरी कर्मचारी मृत्यु,काठमाण्डौ,  मिति २०८२।०८।२० गते अं.२३:३०  बजे प्रहरी प्रभाग मंगलबजार दरबन्दी भई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा कार्यरत जिल्ला रामेछाप रामेछाप न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ४४ (कम्प्युटर कोड नम्बर ३६३५८२) को प्र.स.नि. शन्तोषराज शर्मा कार्यालयमा काम गर्दागर्दै  गाह्रो भई निजको आफन्तलाई खबर गरे पश्चात निजको दाई किशोर राज शर्मा (९८४१५०७६६६) ले नेपाल प्रहरी अस्पताल महाराजगंजमा लिई गएकोमा मिति २०८२।०८।२१ गते ००:५८ बजेको समयमा उपचारको क्रममा डाक्टर द्वारा मृत्यु घोषणा भएको भनि प्रहरी बृत महाराजगंजबाट मिति २०८२।०८।२१ गते ०३;०० बजेको समयमा यस जिल्ला प्रहरी परिसर ललितपुरमा जानकारी प्राप्त भएको, शव सोही अस्पतालमा रहेको । फुटकर ज्यान,मोरङ, बेलबारी न.पा.२ सिङ्हदेबि बस्ने वर्ष ७० को भक्त बहादुर राई के कुन कारण घर नजिकै खोल्सिमा बेहोस अबस्थामा स्थानियले फेला पारी घरमा ल्याउदा निजको श्रीमती वर्ष ७७ की ईन्द्रमाया राई समेत बेहोस अबस्थामा देखी वरपर हेर्दा खोरमा रहेको ३ वटा कुखुरा समेत मरिरहेको अबस्थामा देखी बिषादी सेवनको शंका लागि उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा ल्याई  ICU वार्डमा राखी उपचार हुदै दुबै जनाको अबस्था गम्भिर रहेकोमा ऐ.२२:४० बजे उपचारको क्रममा ईन्द्रमाया राईको मृत्यु भएको,कानुनी प्रकृया पुरा गरी ऐ.२१ गते ००:१९ बजे शव पो.मा.को लागी कोशी अस्पता बिराटनगर पठाईएको, साथमा भतिजो प्रसान राई रहेको भनि सोहि अस्पतालबाट ऐ. २०:०० बजे इ.प्र.का. बेलबारीमा जानकारी गराउनसाथ प्र.नि.को कमाण्डमा  टोली खटी गई  ऐ.२३:२० बजे निज भक्त बहादुर राईको घरमा बस्ने निजकै भतिजी बुहारी अं.वर्ष ३२ की सुनिता कार्कीलाई  अनुसन्धान तथा सोधपुछको लागि इ.प्र.का. बेलबारीमा ल्याई राखिएको, थप बुझ्ने कार्य भई रहेको । गोली प्रहार,दाङ, लमही न.पा.५ लमही गल्ली स्थित सुमन सुनारले सञ्चालन गरेको जुनतारा सुनचाँदी पसलमा सुन किन्न भनी रा.१ प २६४९ नं.को मो.सा.मा आएका नामथर, वतन नखुलेका २ जना ब्यक्तिहरुले सोही पसलमा काम गर्ने जि.प्युठान प्युठान न.पा.५ बस्ने वर्ष १८ को दिपक सुनारलाई पेस्तोलले हानी मो.सा.छाडी फरार रहेको र घाईतेको घाँटीको दाहिने साईडमा उक्त गोलीले लागी सामान्य छाला छिचोलिएको, निजको लमही अस्पताल लमही दाङमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने, उक्त स्थानमा व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोली हान्ने ब्यक्तिहरुको खो.त.कार्य भईरहेको, घटनास्थलमा सानो पेस्तोलमा लाग्ने गोलीको खोका थान १ फेला परेको, उक्त स्थान व.प्र.का.लमहीबाट अं.१.५ कि.मि.दक्षिण-पूर्व पर्ने । हातहतियार बरामद,सल्यान, त्रिवेणी गा.पा.१ चिमुरे स्थित महाभारत सामुदायिक वनका विभिन्न स्थानहरुमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.काभ्राबाट  प्र.ह.र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा १ नाल सावुत ३ नाल बेसावुत जम्मा  ४(चार) नाल भरुवा बन्दुक फेला पारी प्र.चौ.काभ्रा, सल्यान तर्फ ल्याउँदै गरेको, उक्त स्थान प्र.चौ.काभ्राबाट अं.१८ कि.मि.दक्षिण पर्ने । ला.औ.,सुनसरी, धरान उ.म.न.पा.१३ स्थित कृषि बजार अगाडि साबिर गाडी ग्यारेजमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त ग्यारेजमा खानतलासी गर्दा १४९ के.जी.ला.औ.गाँजा सहित ऐ.ग्यारेज अगाडि पार्किङ गरी राखेको दुवानी गर्न प्रयोग भएको मे.१ ज.२०१८ नं.को बोलेरो पिकअप, ओसार पसारमा संलग्न जि. धनकुटा साँगुरीगढी गा.पा.४ बस्ने वर्ष २९ को ईन्द्र लिम्बु, ऐ. शहिदभुमी गा.पा.४ बस्ने वर्ष २५ को जिपसन लिम्बु र ग्यारेज संचालक देश भारत घर बताउने वर्ष २६ को साबिर आलमलाई पक्राउ गरी अनुसन्धानको लागि इ.प्र.का.धरानमा ल्याई थप अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का.धरानबाट अं.४ कि.मि.उत्तर पूर्व पर्ने ।  पर्वत, मिति २०८२।०८।२० गते अं. ०९:०० बजे जिल्ला पर्वत जलजला गा.पा. ३ पानि ट्याङकी स्थित प्र.चौ.वारिवेनी पर्वतबाट प्र.स.नि.राजेश गुरुङ (९८४६१८४७९४) को कमाण्डमा खटिगएको चेकिङ टोलिले चेकिङ गर्ने क्रममा म्याग्दीबाट पोखरा तर्फ जादैँ गरेको ग ३ च ५१४९ नं. को पिकप बेलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जिप भित्र ११.७५० किलो ग्राम गाजा,१०६.४४५ किलो ग्राम गोरुको मासु ,चरेस जस्तो देखीने पदार्थ -२६० ग्राम ,सवारी साधन सहित चालक र सहचालक नियन्त्रणमा रहेको,घट्ना स्थल मुचुल्काको लागी प्र.नि. राजन कुमार पटेल (९८५७६४५८५५) को कमाण्डमा ७ जनाको टोली खटिगएको,चालक जिल्ला म्याग्दि अन्नपुर्ण गा.पा. ८ वस्ने वर्ष ४२ को देव ब. पुर्जा र सहचालक ऐ.ऐ. वस्ने वर्ष ४२ को युवराज गर्बजा रहेको दुवै व्यक्तिहरुलाई जि.प्र.का. पर्वतमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०८।१८ गते ०५:०० बजे देखि ऐ ०८।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु । २०८२-०८-१९
२०८२-०८-१९

ज.ज.क. बाल यौन दुर्व्यवहार,ईलाम, इलाम-१७ गते अं.१५.१०बजेको समयमा माङसेबुङ गा.पा.-२ इभाङ बस्ने सांकेतिक नाम ०८२/०८३ मंगलबारे-३२ की छोरी बर्ष १४ की सांकेतिक नाम०८२/०८३ मंगलबारे-२८ लाई ऐ. बस्ने बर्ष ४० राजिन कामीले जबर जस्ती करणी गरेको भनि पिडितको माइजु सांकेतिक नाम ०८२/०८३ मंगलबारे-२७ ले इप्रका मंगलबारे इलाममा ऐ.१७ गते ऐ.२१.०० बजे जाहेरी दिन साथ प्र.चौ इभाङ इलामबाट प्र.ह चन्द्र बहादुर तामाङ (९८६३९००७१८) को कमाण्डमा प्रहरी टोली खटिई गई राजिन कामीलाई निजकै घर वतनबाट फेला पारी पक्राउ गरी नियन्त्रणमा लिईएको र पिडित बालिकाका मेडिकलको लागि जिल्ला अस्पताल ईलाम तर्फ पठाईएको थप अनुसन्धान कार्य भइरहेको कास्की, पोखरा म.न.पा. ११ कसेरी स्थित ऐ. ११ फुलबारी बस्ने वर्ष ३६ को सन्तोष बि.क.ले ऐ. १२ भद्रकाली बस्ने वर्ष १२ की बालिका (२०८२ पोखरा ४१) लाई ललाई फकाई गरी यौन दुर्व्यवहार प्रयास गरेको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.रामबजारबाट प्र.स.नि लालबहादुर थापाको कमाण्डमा ५ जनाको टोली खटि गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.कास्की ल्याई राखिएको । धारिलो हतियार प्रहार,सिन्धुपाल्चोक, जुगल गा.पा.२ संञ्चगाँउ बस्ने बर्ष-अं.४५ को लोक बहादुर गोलेलाई ऐ.ऐ.बस्ने निम्न व्यकतिहरुले सामान्य वादविवाद गरी कुटपिट तथा खुकुरी प्रहार गरी टाउकोको निधारको भागमा चोट लागी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ तर्फ पठाईएको अबस्था मध्यम बोल्न सक्ने उपचारमा निज घाईतेको दाई संलग्न रहेको, कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको उक्त स्थान प्र.चौ.तेम्बाथानबाट प्र.ना.नि.श्याम थापाको कमाण्डमा ४ जनाको टोली खटि गई कुटपिट गर्ने व्यक्तिको खो.त.कार्य भईरहेको, उक्त स्थान प्र.चौ.तेम्बाथानबाट अं.१२ कि.मि.उत्तर पर्ने । कुटपिट गर्ने व्यक्तिहरू १) जि.सि.पा.जुगल गा.पा.२ संञ्चगाँउ बस्ने बर्ष अं.४० जयलाल गोले । २) ऐ.ऐ.बस्ने बर्ष अं.२८ को जय बहादुर गोले । ३) ऐ.ऐ.बस्ने बर्ष अं.२२ को रोशन गोले । ४) ऐ.ऐ.बस्ने बर्ष अं.२६ को प्रकाश गोले । ५) ऐ.ऐ.बस्ने बर्ष अं.२७ को ओपसंङ गोले । ६) ऐ.ऐ.बस्ने बर्ष अं.५० को दाङसिङ गोले । हा.ह.बरामद,सुर्खेत, सुर्खेत सिम्ता गा.पा.७ तामाकाँडा दैलेखी टोल स्थित ऐ. बस्ने रणबिर ऐरीको पाखो बारीमा रहेको भिमलको रुखको फेद नजिकै भरुवा बन्दुक छ भनि स्थानियले खबर गरे पश्चात तत्काल इ.प्र.का.बादेपिपल सुर्खेतबाट प्र.स.नि.गणेश पुनको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिगई चेकजाँच गर्दा भरुवा बन्दुक थान-१ आधा भाग माटोमा पुरीएको अवस्थामा फेला पारी उक्त भरुवा बन्दुकलाई रितपुर्वक मुचुल्का गरी कार्यालय तर्फ ल्याउदै गरेको उक्त स्थान इ.प्र.का.बादेपिपल सुर्खेतबाट अ.१४ कि.मि. पश्चिम पर्ने । पाँचथर, मिक्लाजुङ गा.पा.- ३ टेक्वा पुक्षार बर्बोटे स्थित अस्थाई प्रहरी पोष्ट आरुबोटे, पाँचथरबाट प्रसनि को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्ने क्रममा टेक्वा-भदौरे भित्रि सडक खण्डको सडक छेउमा खर र बनमाराको झारीमा तितेपाते बनमाराले छोपिएको बेवारिसे अवस्थामा भरुवा बन्दुक थान-१ फेला परेको हुदाँ थप अनुसन्धान तथा मुचुल्काको लागि इप्रका रवि, पाँचथरबाट प्रनि दुर्गा राईको कमाण्डमा प्रहरी टोलि खटि गएको । ला.औ., मकवानपुर, हेटौडा उ.म.न.पा.३ लेवटचोक स्थित कोपिला मिश्राको घरमा डेरा गरी बस्ने ऐ.हेटौडा उ.म.न.पा.३ लेवट बस्ने वर्ष अं.४० को फडिन्द्र राज पुरी, ऐ.बकैया गा.पा.७ छतिवन घर भई हाल ऐ.हेटौडा उ.म.न.पा.१९ सानान्टार बस्ने वर्ष अं.४० को सुवास खत्रि र ऐ.मनहरी गा.पा.५ हाडिखोला घर भई ऐ.हेटौडा उ.म.न.पा.११ नवलपुर बस्ने बर्ष अं.३४ विनोद तिवारीले कोठा भित्र ला.औ.सेवन गरीरहेको भन्ने विशेष सुचनाको आधारमा प्र.चौ.बसामाडी लेवटबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई चेकजाँच गर्दा निजहरुको साथबाट ८ ग्राम ४० मिलिग्राम ला.औ.खैरोहिरोइन जस्तो देखिने पदार्थ  फेला पारी उक्त ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा राखिएको ।

मिति २०८२।०८।१७ गते ०५:०० बजे देखि ऐ ०८।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१८

कर्तव्य ज्यान,मोरङ, जहदा गा.पा.७ तारेगामा बस्ने वर्ष अं.३० को राजु कुमार साहाले निजको काकाको छोरा भाइ नाता पर्ने वर्ष अं.२८ को श्रवण कुमार साहालाइ सामान्य बिबाद भई झै झगडा हुदा  के कुन धारिलो हतियारले हान्दा बाया छातीमा चोट लागी उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोकमा ल्याई उपचार भईरहेकोमा ऐ.०८।१८ गते ००:१० बजे श्रवण कुमार साहाको उपचारको क्रममा मृत्यु ऐ. ०१:३५ बजे शवको कानुनी प्रकृया तथा पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाएको, कुटपिट गर्ने राजु कुमार साह भागी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा तथा मातहत समेतबाट प्रहरी टोली परिचालन भई खो.त. कार्य भई रहेको । ज.ज.क.,बर्दिया, बारबर्दिया न.पा.७ सिउनिया बस्ने अं.वर्ष ६७ की महिला घर नजिकै पसल गएकोमा ऐ.बस्ने अं.वर्ष ३२ को प्रशान्त कार्कीले (मा.प.से.गरेको ) ऐ.०८।१६ गते अं.१८:०० बजे पसलबाट घर सम्म पुर्‍याई दिन्छु भनि लगि ऐ.सिउनिया स्थित सिउनिया मसुरिया टोल  कच्ची सडक-खण्डको बायाँ साइडमा लगी ज.ज.क.गरेको भनि पीडितको नातिनीले ऐ.०८।१७ गते १५:०० बजे इ.प्र.का.बानियाभार बर्दियामा जाहेरी दरखास्त दिए पश्चात तत्काल प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई दुबै जना पीडित र पीडकलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल बर्दिया पठाएको । सवारी दुर्घटना बाट प्र.क.को मृत्यु,मोरङ, १८ गते अं.००:२५ बजे बिराटनगर म.न.पा. ०३ बरगाछि चोक नजिक कोशी राजमार्गमा बिराटनगरबाट कंचनबारी तर्फ जादै गरेको बा.प्र.०२-०४३ प ७७१६ नं. को मो.सा. आफै अनियन्त्रीत भई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ CRV बरगाछिबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मो.सा. चालक जि. मोरङ बेलबारी नपा-८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरमा कार्यरत ( दरबन्दी मधेश प्रदेश प्रहरी गण धनुषा)  बर्ष अं.३० को प्र.स.ह. भिम खड्का घाइते भइ उपचारको लागि बिराट नर्सिङहोम बिराटनगरमा लगी उपचार भईरहेकोमा ऐ.०४:०० बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको शव सोही अस्पतालमा रहेको  ला.औ., दार्चला, बिशेष सुचनाको आधारमा इ.प्र.का.गोकुलेश्वरबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले जिल्ला दार्चुला शैल्यशिखर न.पा.२ गोकुलेश्वर धुलिगडा सडक खण्ड देथला स्थित पैदल हिँड्दै गोकुलेश्वर तर्फ आईरहेको ऐ. नौगाड गा.पा.६ रैचु बस्ने वर्ष अं.४७ को मान सिंह धामीलाई संका लागि चेक जाँच गर्दा निजले बोकेको कालो रङको झोला भित्र लुकाई छिपाई २ वटा प्लाष्टिकको पोका पारी राखेको शुद्ध तौल १ के.जी.९७५ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ र १ थान डिजिटल तराजु उक्त झोलाबाट फेला पारी रितपुर्बक बारमद गरी बरामदी ला.औ.सहित निज मान सिंह धामिलाई पक्राउ गरी थपअनुसन्धानको लागि इ.प्र.का.गोकुलेश्वरमा ल्याई राखेको ।

मिति २०८२।०८।१६ गते ०५:०० बजे देखि ऐ ०८।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१७

ज.ज.क. बाल यौन दुर्व्यवहार,सल्यान, मिति २०८२।०६।२६ गते अं. २३:०० बजे वनगाड कुपिण्डे न.पा.१ आम्रा बस्ने अं.वर्ष ३४ को पुरुष व्यक्तिले वर्ष १४ की आफ्नै छोरीलाई घरको कोठामा ज.ज.क.गरेको भनि ऐ.०८।१६ गते १२:०० बजे पीडितको आमाले जि.प्र.का.सल्यानमा जाहेरी दिएको हुँदा इ.प्र.का. देवस्थलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई आफ्नै घर वतनबाट नियन्त्रणमा लिएको।  प्र.क. सम्पर्क बिहिन,डोल्पा, जि.कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने पदम शाहको नाती मिन बहादुर शाहको छोरा प्र.चौ.माझगाउँ डोल्पा दरबन्दी भई जि.प्र.का.डोल्पामा कार्यरत (क.को.नं. ३९२१४६, संकेत नं.C-०००१४५८७) को प्र.ह.गणेश बिक्रम शाह (सम्पर्क नं.९८४९५५६७५४ वा ९८१५६८२३७४, आमाको सम्पर्क नं. ९७४८८७३५४९) ऐ.०८।१५ गते १८:०० बजे देखी २२:०० बजेसम्मको मोबाईल-१ डिउटी खटाईएकोमा आफुलाई खटाईएको डिउटी नगरी कोही कसैलाई नसोधी आफु खुसी लाईन ब्यारेक छाडी हिंडेकोमा ऐ.१६ गते २०:४५ बजेसम्म पनि का.तथा मातहत कार्यालय र घर परिवारको सम्पर्कमा समेत नरहेकोले  कार्यालय तथा मातहत समेतबाट प्रहरी परिचालन भई खो.त.भईरहेको । कुटपिट, जाजरकोट, भेरी न.पा.६ भेरे बस्ने वर्ष १९ को हरी बहादुर बि.क. ऐ.बस्ने चन्द्र बहादुर पुनको घरमा विवाहमा गएकोमा ऐ.६ भेरे धनारी देखी पैरेनि टोल जाने बाटोबाट अं.१०० मि. तल कुटपिट भई घाईते अवस्थामा फेला पारी निजको आफन्तले ऐ.१८:४५ बजे नेपालगंज नर्सिङ् होम बाँकेमा लगि उपचार भईरहेको भनि घाईतेको बुवाले जानकारी गराएको भनि ऐ.अस्पतालमा कार्यरत प्र.स.ह.ले जि.प्र.का.जाजरकोटमा जानकारी गराएको, गम्भीर रहेको, इ.प्र.का.जगतीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने मानिसहरुको खो.त.भईरहेको,             हा.ह.बरामद,रुकुम पूर्व, जि.प्र.का.बाट प्र.स.ह.र अ.प्र.प्रो.खोपिचारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.१६:४० बजे ऐ. सिस्ने गा.पा.६ द्धारेखोला स्थितमा लुकाई-छिपाई राखेको अवस्थामा वेवारिसे भरुवा बन्दुक नाल २ (दुई) बेसावुत र भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल १ फेला पारी रितपुर्बक बरामदी मुचुल्का गरी जि.प्र.का.मा ल्याई राखिएको, प्युठान, प्युठान सरुमारानी गा.पा.६ पाङकोट बस्ने बर्ष अ.४२ को मान बहादुर बुढाले ऐ.बस्ने बर्ष अं. ३५ की लिलि पुनलाई एक्कासी हातपात गरेको भनि जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ. बडडाडा प्युठान बाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लीई चेकजाँच गर्दा निजको साथबाट अबैध थान १ नाल भरुवा बन्दुक, निजको घरमा अर्को पनी रहेको भन्ने जानकारी पश्चात उक्त टोली गई थान १ नाल भरुवा बन्दुक गरी जम्मा थान २ नाल भरुवा बन्दुक सहीत निजलाई नियन्त्रणमा लीएको, थप अनुसन्धानको लागी इ.प्र.का.भिगृ प्युठानबाट प्र.नि.सुजन बाबु बिश्वकर्माको कमाण्डमा ५ जना खटीएको ला.औ.,पर्सा, वीरगंज म.न.पा.१५ प्रतिमा चोक स्थित जि.प्र.का.बाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री ऐ.धोविनी गा.पा.५ धोविनी बस्ने वर्ष ४८ को संसुल मियाले बोकेको कालो झोलामा चरेस जस्तो देखिने पदार्थ तौल गर्दा १० के.जी.१०० ग्राम फेला पारेको उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जि.प्र.का.मा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.बाट अं.२ कि.मि. उत्तर पर्ने ।   सुनसरी, रामधुनी न.पा.१ स्थित पश्चिम बस स्टेसनमा ऐ. कोशी गा.पा.५ बस्ने वर्ष ३६ को साहबुदिन आलम, ऐ. ईटहरी उ.म.न.पा.१८ बस्ने वर्ष २० को मोहमद साबिर,  ऐ. बस्ने वर्ष २४ को रहमत अली, ऐ. बस्ने वर्ष २४ को मोहमद असलमले लागु औषध (खैरो हेरोईन) कारोवार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ना.नि.र इ.प्र.का.पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिई एक आपसमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी निजहरुको शरीर रितपूर्वक खानतलासी गर्दा मोहमद असलमले लगाएको जिन्स पाईन्टको गोजी भित्र लुकाई छिपाई राखेको अवस्थामा सेतो रंगको प्लाष्टिकको पोका थान-१ फेला पारी गोजीबाट निकाली खोली हेर्दा लागू औषध ( खैरो हिरोईन ) जस्तो देखिने लिसाईलो पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित १४९.३३० ग्राम र शुद्ध तौल १४१.४६० ग्राम फेला पारी ४ जनालाई नै नियन्त्रणमा लिई इ.प्र.का.पकलीमा राखी आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.पकलीबाट अं.२ कि.मि.पश्चिम पर्ने । मोरङ, धनपालथान गा.पा १ गडेरीया टोल पुर्ब ऐ.ऐ बस्ने बिनोद साहको धानबारीको बिचमा रहेको बाँसको झ्याँङमा२ वटा पछाडि भिर्ने कालो र निलो रंगको ब्याग बेबारीसे अवस्थामा राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी गडेरीया मोरङबाट प्रसनि श्याम प्रसाद भट्टराई (९८६४२२५३९९ )को कमाण्डमा प्रहरी टोलि खटि गई उक्त २ वटा ब्याग खोलि चेकजाँच गर्दा ब्याग भित्रि Tramol-50 लेखिएको २९६८ पत्ता (२९,६८०)क्याप्सुल प्रतिबन्धित औषधि फेला पारी प्रहरी चौकी गडेरीयामा ल्याई अनुसन्धान भईरहेको,  सुनसरी, इनरुवा न.पा.९ नहर चोक स्थित इनरुवा जाल्पापुर भित्री सडक खण्डमा इनरुवाबाट जाल्पापुर तर्फ जाँदै गरेको बा.३ च ५५८५ नं.को स्कारपियोलाइ शंका लागी जि.प्र.का.सुनसरीबाट QRT मो.सा.मा प्र.ह.को कमाण्डमा खटी गएको टोलीले रोकी चेकजाँच गर्न खोज्दा नरोकी फरार भएकोमा सम्बन्धित रुटमा पर्ने अ.प्र.पोष्ट साम्बला पोखरीचोकबाट खटी गएको प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले बाटो ब्लक गरी चेकजाँच गर्ने क्रममा ब्लक गरेको ठाउँ भन्दा अं.१०० मि. पछाडी नै गाडी रोकी चालक फरार भएकोमा जि.प्र.का. सुनसरीबाट प्र.उ.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा उक्त गाडी भित्र प्लाष्टिकको बोरामा प्याक गरी राखेको १६ बोरा प्रतिबन्धित ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला परेकोले कानुन बमोजिम आवश्यक कानुनी प्रकृया पुरा गरी गाडी सहित बरामद गाँजा जि.प्र.का.सुनसरीमा ल्याई नाप तौल गर्दा ४६० के.जी. रहेको, चालक फरार रहेकोले जि.प्र.का. सुनसरी तथा मातहत समेतबाट सादा पोसाकमा समेत टोली परिचालन गरी खो.त.भईरहेको

मिति २०८२।०८।१५ गते ०५:०० बजे देखि ऐ ०८।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१६

ज.ज.क./उद्योग,इलाम, मिति २०८२।०८।१३ गते अं.२०.३० बजे देउमाई नं.पा.७ सिद्धिथुम्का स्थितमा ऐ.इलाम न.पा.११ डिटार बस्ने वर्ष २१ की किशोरीलाई ऐ.देउमाई नं.पा.७ सिद्धिथुम्का वर्ष अं.३३ को, सुमन भन्ने वीर बहादुर जिम्बा तामाङले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले इ.प्र.का.मंगलबारेमा ऐ.१४ गते ऐ.१७:१० बजे जाहेरी दिनासाथ प्र.चौ.जितपुरबाट प्र.स.ह.को कमाण्डमा प्रहरी टोली खटी गई पिडक बीर बहादुर जिम्बालाई नियन्त्रणमा लिई ऐ.१५ गते सम्मानित जिल्ला अदालत इलामबाट ७ दिन म्याद लिई इ.प्र.का.मंगलवारेको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भइरहेको । हा.ह.बरामद,सल्यान, वनगाड कुपिण्डे न.पा.१२ चौर स्थित नमुना सामुदायिक वनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.वनगारबाट प्र.स.नि. र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले वेबारिसे अवस्थामा ६ (छ) नाल साबुत भरुवा बन्दुक फेला पारी प्र.चौ.बनगारमा ल्याएको । बर्दिया, मधुबन नगरपालिका ८ सानोश्री स्थित प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका वडा नं.१४ नारायणस्थान घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बिधुतटोल बस्ने वर्ष ३१ को तुल बहादुर के.सी.ले आफु घुमुवा प्रहरी हुँ भनी अफवाह फैलाउँदै हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा निज तुल बहादुर के.सी.लाई पक्राउ गरी आवश्यक कारवाहिको लागि जि.प्र.का.बर्दिया पठाएकोमा निजको शरिर खानतलासी गर्दा निजले भिरेको ब्याग भित्र KF 727 लेखेको हातहतियारमा लाग्ने बुलेट गोली थान १ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरी मिति २०८२।०८।१५ गते म्याद थप गरी हिरासत कक्षमा राखि अनुसन्धान कार्य भइरहेको । धारिलो हतियार प्रहार,सुनसरी, धरान उ.म.न.पा.५ याकथुङ स्थित प्र १-०२-००२ ह ३७२५ नं.को सिटी चालक जि.भोजपुर पौवादुम्बा गा.पा.६ घर भई हाल धरान उ.म.न.पा.१५ संगम चौकमा डेरा गरी बस्ने वर्ष ३० को अभिषेक राईलाई ऐ.५ बस्ने वर्ष २७ को सुरेन देवान लगायत २ जना तत्काल नाम थर वतन नखुलेको मानिसहरुले धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई फरार भएको,घाइतेलाई उपचारको लागि वी.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको,  खो.त.भईरहेको, घाईतेको टाउको पछाडि र दुवै हातको हत्केलामा काटिएको, अवस्था गम्भीर । ला.औ.,पर्सा, पर्टवा सुगौलि गा.पा.२ रंङगपुर टाडी टोल स्थित इ.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले मनवाबाट रंङगपुरटाडी तर्फ आउँदै गरको अवस्थामा B AB 2398 नेपाली नं.को मारुती सुजुकी गाडी माथी संका लागि रोकी चेकजाँच गर्दा प्लाष्टिकको १० ओटा बोरामा १०४ किलो ३२५ ग्राम लागुऔषध गाँजा जस्तो देखिने वस्तु सहित चालक जि.मकवानपुर भिमफेदी गा.पा.८ धर्केमहाबिर टोल बस्ने वर्ष ३२ को भिम स्याङताङ र सो गाडीमा सवार ऐ.मकवानपुरगडी गा.पा.१ आपटार टोल बस्ने वर्ष ३८ को कुमार स्याङताङलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको, ।  काठमाण्डौ, तारकेश्वर न.पा.११ शेषमती चोक नजिक पैदल हिडि रहेको अवस्थामा जि. नुवाकोट घर भई हाल तारकेश्वर न.पा. ०८ जरङ्खु बस्ने वर्ष अं.३९ को बेद बहादुर ढुङ्गानालाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागु औषध Tramadol लेखिएको ३७ पत्ता( ३७००) सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।

मिति २०८२।०८।१४ गते ०५:०० बजे देखि ऐ ०८।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१५

ज.ज.क./उद्योग बाल यौन दुर्व्यवहार,कपिलवस्तु, कपिलवस्तु न.पा.६ तिलौराकोट गेट स्थित ऐ.ऐ.न.पा.३ सिकटहवा बस्ने बर्ष १७ की बालिका भिनाजु नाता पर्ने सन्तोस यादव सँग घुम्न गएकोमा ऐ.ऐ.न.पा.३ शिवगढ टोल बस्ने बर्ष अं.२० को  राहुल मल्लाहले विभिन्न आरोप तथा डर त्रास देखाइ निज पिडितको भिनाजुलाई भगाई पिडितलाई एक्लै बनाइ विभिन्न धाकधम्की देखाइ ज.ज.क.गरेको भन्ने ऐ.१६:३० बजे व.प्र.का.तौलिहवामा खबर प्राप्त हुनासाथ व.प्र.का.तौलिहवाबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई खो.त. गर्ने क्रममा सोही स्थानमा रहेको झाडीमा फेला पारी नियन्त्रणमा लिएको, न.प.पश्चिम, बर्दघाट न.पा.१ स्थित माकर बस्ने वर्ष अं. १९ को रोजीन सुनारले पटक पटक गरी अन्तिम पटक पिडित वर्ष १६ की बालिकालाई फकाई बिवाह गर्छु भनि विभिन्न प्रलोभन देखाई कोही नभएको बेलामा आफ्नो घरको कोठामा लगी ज.ज.क.गरेको भनि निज बालिकाको आफन्तले इ.प्र.का. बर्दघाटमा लिखित जाहेरी दिई उक्त स्थानमा  प्र.नि. को कमाण्डमा टोली खटी गई निज रोजीन सुनारलाई खो.त.गर्ने क्रममा ऐ.बर्दघाट न.पा.४ त्रिवेणी चोक स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, दुवै जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल परासी लगेको भनि ऐ. २१:३५ बजे खबर प्राप्त भएको । सुर्खेत, जि.जुम्ला चन्दननाथ न.पा. ४ सिहाचौर बस्ने वर्ष २४ को तेजेन्द्र सुनारले जि.दैलेख महावु गा.पा.१ घर भई हाल वीरेन्द्रनगर न.पा.६ बस्ने वर्ष ३१ की महिला लाई निजकै कोठा भित्र ज.ज.क गरेको भनी निज पिडितले ऐ.१६:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिए पश्चात उक्त स्थान  प्र.नि. को कमाण्डमा टोली खटी गएको र उक्त व्यक्ति फरार रहेको खो.त.भईरहेको । जनावर आक्रमण,खोटाङ, साकेला गा.पा. १ डाँडा गाँउ बस्ने दाजु वर्ष ४२ को लन कुमार राई र आफ्नै भाई वर्ष ३२ को सजेन्द्र राईले आफ्नै हल गोरु जुधिरहेको अबस्थामा गोरु छुटाउने क्रममा भाई सजेन्द्र राई घाईते भई उपचारको लागि धरान घोपा लगेकोमा निज घाईतेको बाटोमानै मृत्यु भएकोले मृतक शब आफ्नै घरमा ल्याई राखेको भनि ऐ.०८।१५ गते ००:०० बजे प्र.चौ. रतन्छामा जानकारी गराउन साथ प्र.ह. टोली खटी गई शव सुरक्षित राखेको ,थप अनुसन्धान तथा कानुनी प्रकृयाको जि.प्र.का.बाट प्र.नि. सहितको टोली खटी जाने । कुटपिट/ झै-झगडा,सर्लाही, रामनगर गा.पा.७ सिसौट टोल बस्ने वर्ष ४५ को बिरेन्द्र दास र ऐ.बस्ने वर्ष ४० को रविन्द्र साह बीच बाटोको बिषयलाई लिई बाद बिबाद भई झै-झगडा तथा कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गडहियाबाट प्र.नि. र प्र.चौ.सिसौटबाट प्रहरी टोली खटी गई बुझ्दा बिरेन्द्र दास पक्षको १० जना र रविन्द्र साह पक्षको ४ जना घाईते भई घाईतेहरुलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाही पठाएकोमा ऐ.१३:४० बजे बिरेन्द्र दास र निजको छोरा पारस दास दुबै जनालाई उपचार पश्चात नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, ऐ.१३:४५ बजे रविन्द्र साह प्रादेशिक अस्पतालबाट रिफर भई थप उपचारको लागि वीरगंज तर्फ लगिएको, ऐ. १६:०० बजे विरेन्द्र दास पक्षको ३ जना घाइते थप उपचारको लागि जनकपुर तर्फ रिफर भएको, घाईते मध्ये १ जनाको अवस्था गम्भीर, अन्य सामान्य । हा.ह.बरामद,पाल्पा, तानसेन न.पा.१३ केरवादी बस्ने वर्ष ६४ को शालिकराम रेश्मीले आफ्नो घरमा इजाजत पत्र बिना अवैध रुपले भरुवा बन्दुक लुकाई छिपाई राखेको भनी गोप्य सूचना प्राप्‍त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई खानतलासी गर्दा निजले आफ्नो घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा ४ फिट ७ इन्च लम्बाई भएको काठ तथा फलामले बनेको सिलिङ सहितको एक नाले अवैध भरुवा बन्दुक थान-१ फेला पारी शालिकराम रेश्मीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याइ राखिएको,उक्त स्थान जि.प्र.का.बाट अं.२२ कि.मि.उत्तर पश्चिम पर्ने । ला.औ.,काठमाडौं, का.म.न.पा.१४ कलंकी स्थित बाफल जाने सडक खण्डमा ला.औ.बिक्रि वितरण गरिरहेको भन्ने  बिशेष सुचनाको आधारमा वृत्त कालिमाटीबाट प्र.नि., सेफ्टिपिन, सादा पोशाक र PCCB कालिमाटीको संयुक्त टोली खटी गई एकिन गर्दा जि.सिन्धुलि मरिन गा.पा.७ घर भई हाल का.जि.का.म.न.पा.११  बस्ने वर्ष २६ को युवराज लाखेले ला.औ.बिक्रिबितरण गरिरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने पद्दार्थ प्लाष्टिक सहितको तौल अं. ७.४१ ग्राम र डिजिटल तराजु थान १ र नगद रू.५६,६०० (अक्षरुपी छपन्न हजार छ सय मात्र)  फेला पारी बरामदी मुचुल्का गरी वृत्त कालिमाटीमा ल्याई राखिएको, उक्त स्थान वृत्त कालिमाटीबाट अं.२.५ कि.मि.पश्चिम पर्ने ।  बारा, पचरौता न.पा. ३ भठी बैरीया स्कुल स्थित प्र.चौ.श्रीनगर बैरीयाबाट प्र.स.नि.र इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह. संयुक्त रुपमा खटीएको गस्ती टोली लाई देखी भारतवाट मो.सा. अं. ४५९० पता,४५९०० पिस Tramadol Hydrochloride Capsules 50 mg ला.औ. बोरा लिई आउदै गर्दा प्रहरी टोलीलाई देखी उक्त ला.औ. फाली मो.सा. लिई मानिस फरार भएको हुदाँ उक्त ला.औ. नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि इ.प्र.का. सिम्रौनगढमा  ल्याईएको,मो.सा. र मानिसको खो.त. कार्य भई रहेको ।

मिति २०८२।०८।१३ गते ०५:०० बजे देखि ऐ ०८।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१४

ज.ज.क.,  उद्योग बाल यौन दुर्व्यवहार,कास्की, पोखरा म.न.पा.१४ परिवर्तन टोल बस्ने वर्ष ८ की बालिकालाई आफ्नै घर अगाडी खेलीरहेको अवस्थामा ऐ. १४ बिकास टोल बस्ने वर्ष ६८ को तिर्थ बहादुर थापाले बाल यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनसाथ अ.प्र.पोष्ट औद्योगिक क्षेत्रबाट प्र.ह.को कमाण्डमा  टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको । बर्दिया, परिवर्तित नाम ठेगाना वर्ष १९ की (अविवाहित) लाई निजकै घरको भान्सा कोठाभित्र कोहि नभएको अवस्थामा जि.बर्दिया गुलरिया न.पा.१ छेदापुर बस्ने अं.वर्ष ५० को जुगुल किशोर गोडियाले ज.ज.क.गरी रहेको अवस्थामा पिडितको अभिभावकले फेलापारी ऐ.१८:३० बजे प्र.चौ.जमुनी बर्दियामा ल्याई दुबै जनालाई बुझाएको, दुबै जनालाई स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाईएकोमा ऐ.१४ गते दुबै जनाको स्वास्थ्य परिक्षण गरी पीडकलाई इ.प्र.का. मैनापोखर बर्दियामा राखिएको र पीडितलाई अभिभावको जिम्मा लगाई छाडिएको । कैदी बन्दी मृत्यु,मोरङ,मिति २०८२।०४।३० गते देखि जिल्ला कारागार मोरङमा रहेको ला.औ.मुद्दाको बन्दि जिल्ला मोरङ उर्लाबारी न.पा.१ बस्ने बर्ष ३७ को टंक  बहादुर दर्जी पेट सुन्निएको र सास फेर्न गाह्रो हुने समस्या भई मिति २०८२।०८।०७ गतेदेखि कोशी अस्पताल विराटनगरमा उपचार भई रहेकोमा ऐ.१३ गते १३:४७ बजे उपचारको क्रममा निजको मृत्यु भएको,उपचारमा निजको आफन्त संलग्न रहेको, शव सोहि अस्पतालमा रहेको । जुवातास,ललितपुर, गोदावरी न.पा.०४ बडिखेल स्थित तपेश्वर होटलमा जुवातास खेलाई रहेको भनि भिक्टोर कन्ट्रोलबाट खबर प्राप्त हुनासाथ प्र.प्रभाग बाडेगाउँबाट प्र.नि. र प्र.वृत सातदोबाटोबाट प्र.ना.उ. को कमाण्डमा टोली खटी गई खानतलासी गर्दा जि.नुवाकोट घर भई जि.काठमाण्डौ नेपालटार बस्ने वर्ष ४७ की शारदा बस्नेत र जि.नुवाकोट घर भई जि.काठमाण्डौ नेपालटार बस्ने वर्ष ५९ को खिलप्रसाद ढकाल लगायत १३ जना पुरुष गरी जम्मा १४ जना, ४ बुक तास र नगद रु.४ लाख ४ हजार ७ सय २५ बरामद गरी मुचुल्का कार्य सम्पन्न पश्चात निज व्यक्तिहरुलाई ललितपुर म.न.पा.५ लगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल गराई जि.प्रहरी परिसर ललितपुरमा ल्याई राखेको । चितवन,  रत्ननगर न.पा. १३ लाल चोक स्थित ऐ.कालिका न.पा.६ बस्ने वर्ष अ.६० को ठाकुर प्रसाद भट्टको घरमा जुवा तास खेलिरहेको छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी बिट जिरौना बाट खटिएको प्र.ब.ह.को टोली खटी गई  जि.चितवन कालिका न.पा. ६ बस्ने वर्ष अ.६० को ठाकुर प्रसाद भट्ट (घरबेटी) लगायत ८ जनालाई नगद रु. ७१ हजार २ सय १० सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का टाँडी पठाइएको  । ला.औ., पर्सा, जिराभवानी गा.पा.०५ शंकर सरैया टोल स्थितमा ई.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि. प्रकाश थापा र अ.प्र.पोष्ट शंकर सरैयाबाट प्र.स.नि.बिकाउ साहको संयुक्त प्रहरी गस्ती टोलीले पैदल यात्री देश भारत बिहार राज्य जिल्ला बेतिया मुसहरी टोल बस्ने अं.बर्ष ६५ को गामा बिन लाई बासघारी हुदैँ शंकर सरैया तर्फ जादै गरको अवस्थामा संका लागी रोकी चेकजाँच गर्दा निजले पिठ्युमा प्लास्टिकको बोरामा बोकी ल्याएको अं.३० किलो लागुऔषध गाँजा फेला परेको हुंदा ला.औ.गाँजा र मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी ई.प्र.का.पटेर्वा सुगौली पर्सामा ल्याई राखेको ।

मिति २०८२।०८।१२ गते ०५:०० बजे देखि ऐ ०८।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१३

कर्तव्य ज्यान,बारा, प्रसौनी गा.पा.६ भलुही चोक स्थितमा रहेको KIRAN BEVERAGE NEPAL PVT.LTD.(पानी फ्याक्ट्री) को म्यानेजर जि.सर्लाही धनकौल गा.पा.१ बस्ने अं.वर्ष ४२ को राम किशोर सिंह पानी फ्याक्ट्री भन्दा अं.२५ मि.उत्तर तर्फ रहेको नालीमा मृत अवस्थामा फेला परेको भन्ने खबर ऐ. ९८५५०४५५१८ नं.बाट प्राप्त हुनासाथ इ.प्र.का.प्रसौनीबाट प्र.नि. र जि.प्र.का.बाराबाट प्र.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल कलैया पठाएको  । ज.ज.क./बालयौन दुर्व्यवहार,अर्धखाँची, शितगंगा न.पा.१४ सुखौरा बस्ने बर्ष ५० को परिवर्तीत नाम ४८(A)ठाडाले आफ्नो सौतेलो छोरी फरक क्षमता भएकी(बोल्न नसक्ने) बर्ष १३ की परिवर्तीत नाम ४८(A1)ठाडालाई आफ्नै घरको कोठामा ज.ज.क.गरेको भन्ने बालिकाको आमा ४८(A2)ठाडा मार्फत प्र.चौ.सिमलपानी अर्घाखाँचीमा ऐ.१२ गते बिहान १२:०० बजे जानकारी प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना तथा तालुक इ.प्र.का.ठाडा अर्घाखाँचीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटीई गई निज परिवर्तीत नाम ४८(A)ठाडालाई नियन्त्रणमा लिई पीडित तथा प्रतिवादी समेतलाई जिल्ला अस्पताल अर्घाखाँचीबाट स्वास्थ्य परीक्षण गरी निज प्रतिवादीलाई अनुसन्धानको लागी इ.प्र.का.ठाडाको प्रहरी हिरासतमा राखीएको तथा पिडीतलाई आमाको जिम्मा लगाएको दाङ, मिति २०८२।०८।११ गते अं.१७:३० बजे घोराही उ.म.न.पा.१० सिस्वानी बस्ने वर्ष ५ की बालिकालाई ऐ. बस्ने वर्ष २१ को राजु बि.क.ले पिडितको आमा घरमा नभई पिडित मात्र घरमा भएको अवस्थामा निजले करणी गर्ने आशयले निज पिडितलाई आफ्नो घरमा लिई गई निज पिडितको शरीरको गाला लगायतको भागमा समाई गालामा हनी बालयौन दुरुपयोग गरेको भनी जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.नारायणुर दाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई पक्राउ गरी जि.प्र.का.दाङमा ल्याई राखिएको, उक्त घटना सम्बन्धमा मिति २०८२।०८।१२ गते पिडितको आमाले जि.प्र.का.दाङमा आई बालयौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त दिएपछी प्रतिवादीलाई जिल्ला सरकारी वकील कार्यालय मार्फत दाङ जिल्ला अदालतमा उपस्थित गराई ऐ.११ गते देखि लागु हुने गरी पहिलो पटक दिन ७ को म्यादथप अनुमती प्रदान भई जि.प्र.का.दाङको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको, निजहरुको स्वास्थ्य परीक्षण लगायतको कार्य बाकी रहेकोले पिडितलाई घोराही स्थित रहेको सेफ हाउसमा राखिएको । जनावार आक्रमण,बर्दीया, बारबर्दिया न.पा.११ विजयनगर बस्ने वर्ष अ.५९ की गोपी थारु,ऐ.ऐ.बस्ने वर्ष २८ कि ईन्दिरा थारु र ऐ.ऐ.बस्ने बर्ष २९ कि मनिषा दहित ऐ.बारबर्दिया न.पा.११ स्थितमा रहेको काला बेलभार सामुदायिक वनमा गाईवस्तुको लागि स्याउला लिन जाने क्रममा गोपी थारुलाई एक्कासी जङ्गली जनावर चितुवाले आक्रमण गरी घटना स्थलबाट अ.६०।७० मिटर दक्षिण तर्फ मृत अवस्थामा रहेको र ईन्दिरा थारु र मनिषा दहितले चितुवालाई देखि भाग्ने क्रममा २ जना लडी घाईते भई उपचारको लागि नगर अस्पतला जयनगर पठाईएको,ईन्दिरा थारुको बायाँ हातमा चोट अवस्था सामान्य,मनिषा दहितको बाहिरी चोट नभएको,अवस्था सामान्य,लाश घटनास्थलमै रहेको भनि स्थानियले खबर गर्नासाथ उक्त स्थान प्र.चौ.कतर्निया बर्दियाबाट प्र.स.नि.(९८४३९०६५५२) को कमाण्डमा २ जनाको टोली र इ.प्र.का.मोतीपुरबाट प्र.नि. (९८५८०९०५३७) को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटिगएको र जि.बन डिभिजन कार्यालय बर्दिया बन अधिकृत पर्शुराम चौधरी (९८५८४८१०४७) को टोली रहेकोथप अपडेट ;- ऐ.१६;१० बजे घटनास्थलको प्रारम्भिक कार्य पुरा गरि लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया तर्फ पठाएको र दुबै जना घाइतेहरु ऐ.१६;२५ बजे सामान्य उपचार पश्चात डिस्चार्ज भएको। श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा,पर्सा, वीरगंज म.न.पा.१६ रजतजयन्ती चोकमा गोप्य सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.स.नि.र अ.प्र.पोष्ट घण्टाघरबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्रदेश.०३-०२५ प ९८०७ नं.को मो.सा.को बाँया पट्टिको साईट पल्ला (एयर फिल्टर नजिकको टुल बक्स) मा लुकाई छिपाई स्रोत नखुलेको ने.रू.१०,००,०००।- (रू.१००० को ७०० वटा र रू.५०० को ६०० वटा नोट) सहित मो.सा.चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल परेउवा १ एयरपोर्ट रोड बस्ने अं.वर्ष ५३ को सुरेन्द्र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सामा बुझाएको। मानिस मृत फेला,बाँके बैजनाथ गा.पा.२ पितमारी बस्ने बर्ष १९ को नारायण परियारले इ.प्र.का.कोहलुर बाँकेमा आई मिति २०८२।०८।०९ गते बेलुकाको समयमा जिल्ला बाँके खजुरा गा.पा. ६ बस्ने बर्ष अं. २२ की देवी क्षेत्री र म नारायण परियार जि.बाँके बैजनाथ गा.पा. १ सल्यानि टोल स्थित रहेको मिनि गाभर घर नं. ८ होमस्टेको कोठा नं. ३ मा बसेकोमा मिति २०८२।०८।१० गते अं.०३:०० बजेको समयमा निज देवी क्षेत्री अचेत भइ मृत अवस्थामा रहेको देखी निजको मृत लास बोकी निज नारायण परियारले होमस्टे देखि अं. ७०० मिटर उत्तर तर्फ रहेको देउराली हरियाली सामुदायिक बनको खोल्सामा राखी माथिबाट बोरा, सिसिका बोतल र अन्य झारपात समेतले छोपी राखेको अवस्थामा लास छ भनी जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.कोहलपुर बाँके बाट प्र.नि.को कमाण्डमा SOCO सहित ७ जनाको टोली र इ.प्र.का.चिसापानीबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली सो स्थानमा गइ हेर्दा लास फेला पारी घटनास्थल लगायतको कार्य पुरा गरी लास पो.मा को लागी भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको ,घटनामा संलग्न नारायण परियारलाइ नियन्त्रणमा लिइ इ.प्र.का कोहलपुरमा राखि थप अनुसन्धान कार्य भइरहेको । हातहतियार बरामद, का.म.न.पा.१३ सोल्टीमोड स्थित जि.मकवानपुर मनहरि गा.पा.५ घर भई हाल का.जि.सोल्टिमोड बस्ने बर्ष ३० को सन्तोष गुरुङले हतियार राखेको भन्ने सुचनाको आधारमा प्र.नि.को कमाण्डमा उक्त स्थानमा खटि गई सोधपुछ गर्दा निजले सोल्टीमोड रेडक्रस मार्ग नजिक रहेको खाली जग्गाको झाडीमा प्लास्टिक भित्र राखि लुकाई राखेको अवस्थामा काठको बिड भएको रिभल्बर थान १ फेला पारी निजलाई हतियार सहित आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिई राखिएको,

मिति २०८२।०८।११ गते ०५:०० बजे देखि ऐ ०८।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१२

कैदी मृत्यु,मोरङ, मिति २०८१।०४।२९ गते देखि जिल्ला कारागार मोरङमा रहेको (छुट्ने मिति २०८६।०४।२९ गते)जंगली हात्ती मारेको मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरि रहेका कैदी जिल्ला मोरङ बेलवारी न.पा.३ बस्ने वर्ष ४८ को तेज बहादुर राईलाई श्वाप्रस्वास सम्बन्धि समस्या भई मिति २०८२।०८।१० गते देखि नोवेल अस्पताल विराटनगरमा उपचार भईरहकोमा उपचारको क्रममा मिति २०८२।०८।११ गते २३:२० बजे निजको मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, आफन्तलाई जानकारी भइसकेको । पक्राउ नियन्त्रण,काठमाडौं, मिति २०८२।०५।२४ गते अ.१९:०० बजे Gen-Z समुहले घोषणा गरेको आन्दोलनको नामको सो आन्दोनलको आडमा तत्काल नामथर, वतन नखुलेका केही मानिसहरुको समुहले चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्बु स्थित रहेको प्रहरी प्रभाग बलम्बु काठमाडौँको  कार्यालय भवन तोडफोड तथा सवारी साधनमा आगजनी गरी क्षति पुर्‍याएको घटनाको अनुसन्धा गर्दै जाँदा भिडियो तथा फोटोहरुको आधारमा मानिस एकिन गरी  प्रहरी प्रभाग बलम्बुको कार्यालय भवनमा ढुङ्गामुडा गरी कार्याय भवन तोडफोड गरी क्षति पुर्‍याको जि. दोलखा भिमेश्वर न.पा. ३ घर भई  घर भई चन्द्रागिरि न.पा.१२ बलम्बु डेरा गरी बस्ने वर्ष २४ को निखिल कुसुलेलाई प्रभाग बलम्बुबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.०८।११ गते अ.१९:५० बजे चन्द्रागिरि न.पा. १२ गुर्जुधारा स्थित लुकिछिपि बसिरहेको अवस्थामा फेलापारी पक्राउ थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाएको । शिशु मृत फेला,पर्सा, मिति २०८२।०८।१० गते २३:३० बजे वीरगंज म.न.पा.८ पानीटंकी स्थित प्रभु हस्पिटलमा जि.बारा कलैया उ.म.न.पा.२३ बस्ने सोनालाल पटेलको छोरी वर्ष २० की (अबिवाहित) प्रिती पटेलको अचानक पेट दुखी भर्ना भई उपचारको क्रममा ऐ.११ गते बिहान ०४:०० बजे निज प्रिती पटेल सोही अस्पतालको बाथरुममा गई फर्किने बेलामा रातो रङको प्लास्टिक भित्र नवजात शिशु ( छोरा) को शव ल्याई आफु उपचारार्थ रहेको बेड नं.१२४ नजिक रहेको बेड लकर भित्र राखेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.बसपार्कबाट प्र.व.ना.नि. र व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नवजात शिशुको शव नारायणी अस्पतालमा पठाईएको,निज प्रिती पटेल सोही हस्पिटलमा रहेको  । हातहतियार बरामद,काठमाडौं, नागार्जुन न.पा.६ रामकोट सिभिल होम नजिक अर्जुन बहादुर थापाको २.५ तले घरको भुई तलाको सटरमा टेलर सञ्चालन गरी बस्ने  जि.तनहुँ भानु न.पा.९ घर भएका वर्ष ४१  को मनोज कुमार सुन्दासको कोठामा लुकाई छिपाई हातहतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोशाकको प्र.क.र प्रहरी प्रभाग फस्कुबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा S/N 55009770 T-54 Nepal police लेखिएको पेस्तोल थान-१, ऐ पेस्तोलको 1093 लेखिएको म्याग्जिन थान-१ र ३११२४  लेखिएको गोली ८ राउण्ड सहित निजलाई नियन्त्रणमा  लिई आ.अ.भईरहेको  । काठमाडौं, का.म.न.पा.२१ लगन स्थित भारत देश बिहार घर भई हाल का.म.न.पा.२१ लगन बस्ने अं.वर्ष १६ को रोशन कुमार पोदारको डेराकोठामा विशेष सुचनाको आधारमा वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा खाली रिभल्वर थान १ रितपुर्वक बरामदी गरी निजलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । ला.औ.,सुनसरी, ईनरुवा न.पा.७ चाँदबेला स्थित सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. साहेबगञ्जबाट स.प्र.नि.को मोबाईल गस्ती टोलीले चाँदबेलाबाट दक्षिण तर्फ जाँदै गरेको बा.१५च २१७३ नं.को स्कारपियोलाई शंका लागि रोक्ने क्रममा उक्त गाडीलाई स्कट गरी ल्याउँदै गरेको को. २७ प ८३३१ नं.को २२० सि.सि.को पल्सर मो.सा.सडकमै छाडी मो.सा.चालक फरार भएको र उक्त स्कारपियो चालक ऐ.बस्ने वर्ष २० को आदित्य चौधरी समेतलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त स्कारपियोको पछाडि डिकी भित्र लुकाई छिपाई राखेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ १५३ के.जि फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको । बारा, विश्रामपुर गा.पा.१ खेखरिया स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 AN 3532 नं.को मो.सा.लाई इ.प्र.का.छतवाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले उक्त मो.सा.रोकी शंका लागि चेकजाँच गर्दा मो.सा.पछाडि दुध बोक्नको लागि फलामको साँचो मुनी जुटको बोरामा लुकाई छिपाई गरी ल्याउँदै गरेको १९ वटा प्याकेटमा सेतो प्लाष्टिकमा लागु औषध (कोकिन जस्तो देखिने सेतो पदार्थ) प्लाष्टिक सहित २१ ग्राम ६५० मिलिग्राम सहित मो.सा.र  मो.सा.चालक देश भारत पुर्वि चम्पारण बिहार नायकटोल बस्ने अं.वर्ष ३५ को लाल बाबु साहलाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.प्रसौनी पठाएको ।  कैलाली, लागु औषध ब्युरो शाखा धनगढीबाट प्र.स.नि.को कमाण्डमा, अ.प्र.पोष्ट अम्बिकाटोल र व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ.धनगढी उ.म.न.पा.११ बेला बस्ने वर्ष अं.२८ को अर्जुन चौधरीको साथबाट ७ ग्राम ९२० मिलिग्राम र ऐ.ऐ.बस्ने वर्ष ३२ को आशाराम चौधरीको साथबाट ६६० मिलिग्राम गरी निज दुबैको साथबाट जम्मा ८ ग्राम ५८० मिलिग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा राखिएको ।

मिति २०८२।०८।१० गते ०५:०० बजे देखि ऐ ०८।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-११

ज.ज.क./ बालयौन दुर्व्यवहार, उद्योग,उदयपुर, उदयपुर ०९ गते अं. १३:०० बजे  ताप्ली गा.पा.५ रुपाटार स्थित चौबाटोको खोल्सामा ऐ. बस्ने वर्ष  अं. ४२ की महिलालाई  ऐ. वडा नं. ४ जतनपुर बस्ने अ.वर्ष २८ को कुल बहादुर मगरले ज.ज.क. गरेकोले आवश्यक कानूनी कार्बाही गरी पाँउ भनि निज पिडितले ऐ.०८।१० गते ०९:०० बजे इ.प्र.का.कटारीमा जाहेरी दरखास्त प्राप्त हुनासाथ प्र.चौ.रुपाटारबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई निज कुल बहादुर मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा ल्याई राखी आ.अ.कार्य भईरहेको । उदयपुर, मिति २०८२।०६।२२ गते रातको के-कुन समयमा जि.भोजपुर आम्चोक गा.पा. ८ दुम्माना घर भई हाल जि.उदयपुर बेलका न.पा. ९ पुष्पाञ्जली टोल बस्ने वर्ष २५ को बिक्रम सार्की (नेपाली) ले ऐ.बस्ने वर्ष १५ की बालिकालाई जबरजस्ती करणी गरी भागी फरार भएको भनी ऐ.१० गते १२:३० बजे इ.प्र.का. रामपुरठोक्सिला उदयपुरमा आई लिखित जाहेरी दिएको हुँदा उक्त स्थानमा इ.प्र.का. रामपुरठोक्सिलारबाट प्र.नि.को प्रहरी टोली खटी गई निज प्रतिवादीको खो.त. कार्य भईरहेको, पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, नाबालिकालाई सुरक्षित आवास गृह रामपुर उदयपुरमा राखिएको ।जलि मृत्यु,दाङ, मिति २०८२।०८।०६ गते २०:१५ बजे जि.रोल्पा रोल्पा न.पा.१० घर भई घोराही उ.म.न.पा.१५ बुद्धि ग्यारेज नजिक डेरा गरी बस्ने वर्ष ५२ को प्रेम बहादुर योगीले आफ्नै कोठामा खाना पकाउने क्रममा ग्याँसको पाईपबाट ग्याँस लिक भई आगलागी हुँदा शरिरको विभिन्न भाग अं.३० प्रतिशत जलि घाईते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई सामान्य उपचार पश्चात ऐ.२१:०० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंजमा लगि उपचार भईरहेकोमा ऐ.१० गते १८:०० बजे उपाचारको क्रममा मृत्यु भएको भनि सोही अस्पतालमा खटी गएको प्र.क.ले जानकारी गराएको, शव सोही अस्पतालमा रहेको, घटनास्थलमा जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । कैदी मृत्यु,मोरङ, मिति २०८२।०७।०४ गते अं.१०:०० बजे जि.मोरङ विराटनगर म.न.पा.८ हाटखोला स्थित जिल्ला कारागार मोरङमा मिति २०८०।०४।२८ गते देखि कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भुक्तान गरिरहेका कैदी जि.मोरङ पथरीशनिश्चरे न.पा.५ घर भएका वर्ष ६६ को हर्कजंग लिम्बुलाई शरिर सुन्निने र छाति दुख्ने समस्या भई उपचारको लागि प्र.ब.ह.को कमाण्डको टोलीले कोशी अस्पताल विराटनगरमा लगि बेड भर्ना  गरि उपचार भईरहेकोमा ऐ.०८।११ गते ०४:२० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको । ला.औ.,पर्सा, मिति २०८२।०८।०९ गते अं.१३:०० बजे जि.पर्सा बिन्दावासिनी गा.पा.५ बर्टासौरा स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट स.प्र.नि.को कमाण्डमा खटिएको टोलीले खेती ईलाकामा परालको कुन्यु भित्र २० वटा प्लाष्टिकको पोकामा २१३ कि.ग्रा.लागुऔषध गाँजा जस्तो देखिने वस्तु नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी ऐ.१० गते अं.१३:३० बजे इ.प्र.का. पोखरीयामा ल्याई बुझाईएको,उक्त स्थान इ.प्र.का. पोखरीया बाट अं.८ कि.मी. दक्षिण पर्ने । सुनसरी, दुहवी न.पा.१० जगुवा चोक स्थित मुस्कान होटल खाजा घर भित्र ला.औ.ब्राउन सुगर (खैरो हिरोईन) को कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.दुहबीबाट खटीएको प्र.नि.को कमाण्डमा,सादा पोसाक सहितको टोली खटी गई ११ ग्राम.२१ मिलि ग्राम (प्लाष्टिक सहित) र शुद्ध तोल १०.६२ ग्राम बराबरको ब्राउन सुगर र देश भारत बिहार राज्य सुपोल जि. बलुवा बजार थान वडा नं.५ बस्ने वर्ष १८ को मो.हैदर मिया सहित ४ जनालाई नियन्त्रणमा लिई  इ.प्र.का. दुहबीमा ल्याई थप अनुसन्धान भई रहेको, उक्त स्थान इ.प्र.का. दुहबीबाट अं.४ कि.मि. पश्चिम पर्ने । झापा, दमक न.पा.१ रवी स्टेन छेउमा रहेको RQ होटलमा कोठा बुक गरी बसेका मानिसहरुले लागु औषध खैरो हिरोईनको कारोबार गर्ने गरेको भन्ने  खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट प्र.ह.को कमाण्डमा टोली खटी गई RQ होटलको तेश्रो तलाको ४ नं.कोठा बुक गरि बसेका देवी गौतमको छोरा जि.झापा दमक न.पा.७ स्थायी वतन भई हाल ऐ. दमक न.पा.१ सिर्पाली चौक बस्ने वर्ष २५ को राम कुमार गौतम र दाताराम धिमालको छोरी जि.मोरङ उर्लावारी न.पा.८ दुर्गापुरी बस्ने वर्ष ३० कि ललिता धिमालको शरिर तथा उक्त कोठा समेत खानतलासी गर्दा कोठा भित्र रहेको पलङको माथि रहेको खुकुरी चुरोटको बट्टा भित्र प्लाष्टिकमा पोका राखी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित १३ ग्राम ६४० मिलिग्राम, प्लाष्टिक बाहेक ८ ग्राम, राम कुमार गौतमको साथमा नेपाली रु.२८ हजार समेत फेला परि नियन्त्रणमा लिई इ.प्र.का.दमकमा ल्याई राखिएको।  चितवन, भरतपुर म.न.पा.११ गाईखर्क चोक स्थितमा अ.प्र.पोष्ट भोजाडबाट प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले बा.प्र.०३-००१ह २३४० नं.को अटोलाई शंका लागी चेकजाँच गर्दा अटोभित्र झोलामा ट्रामाडोल २०५८ क्याप्सुल र प्रोमेथ ३३ क्याप्सुल फेला पारी ला.औ.सहित अटो चालक जि.चितवन कालिका न.पा.३ बस्ने वर्ष २२ को प्रताप बि.क. र सोही अटोमा सवार ऐ.कालिका न.पा.३ बस्ने वर्ष २८ को होम बहादुर तामाङलाई अटो सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.चितवन पठाईएको ।

मिति २०८२।०८।०९ गते ०५:०० बजे देखि ऐ ०८।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१०

कर्तव्य ज्यान,रौतहट, वृन्दावन न.पा.९ भुषहा बस्ने  वर्ष २४ को महमद आदिलको श्रीमती वर्ष १९ की टहरिना खातुन र ऐ.बस्ने अब्दुल खालीको छोरा वर्ष २० को गुड्डु भन्ने शेख अलाउदिनसँग प्रेम सम्बन्धमा परी निज महिलाको माईती घर ऐ.गुजरा न.पा.६ पल्टुवामा दुबै जनालाई स्थानीयहरुले अं.१ महिना अगाडी फेला पारी निजहरुलाई इ.प्र.का.चपुरमा बुझाएकोमा छलफल पश्चात निजहरुले हामी बिहे गर्छौ भनी दोस्रो श्रीमानको घरमा आई बस्दै गरेकोमा मिति २०८२।०८।०८ गते राती खाना खाई घरमा गई सुतेकोमा माइती पक्षले मेरो छोरी सम्पर्क बिहिन भयो भनी ऐ.९ गते  ०८:०५ बजे गराउनासाथ प्र.चौ. बिर्ताबाट प्र.स.नि. र इ.प्र.का.गरुडाबाट प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त. तथा अनुसन्धान गर्दै जाँदा अब्दुल खालीको घरको भुष राख्ने कोठामा खाल्डो खनी बोरामा राखी खाल्डो पुरी माथिबाट भुषले छोपीएको अवस्थामा शव फेला परेको, उक्त स्थानमा जि.प्र.काबाट प्र.उ.को टोली खटी गई शव खाल्डोबाट निकाल्दा टाउकोमा बायाँपट्टी काटिएको, दाहिने खुट्टामा निल डाम देखिएको, शवको मुचुल्का पश्चात पो.मा.को लागि सरकारी अस्पताल चपुर पठाएको, निजको पहिलो श्रीमान बैदेशिक रोजगारको लागी साउदी अरबमा रहेको, दोस्रो श्रीमान कामको शिलशिलामा काठमाण्डौ बस्ने गरेको र दोस्रो श्रीमानको घर परिवार हाल सम्पर्कमा नरहेको भने बुझिएको । नवलपुर(वर्दघाट सुस्ता पुर्व), हुप्सेकोट गा.पा.१ जुगेपानी बस्ने वर्ष ६० को राम बहादुर बि.क.लाई निजकै छोरा वर्ष अं.३० को सन्त कुमार बि.क.ले घरायसी बिवादको कारण झै-झगडा हुँदा कुटपिट तथा मुक्का प्रहार गरी गम्भीर घाइते भई उपचारको लागु मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा ऐ.१० गते ००:१५ बजे मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनास्थलमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने सन्त कुमार बि.क.लाई नियन्त्रणमा लिइ जि.प्र.का. न.प.(पूर्व) मा राखिएको, । ज.ज.क./ बालयौन दुर्व्यवहार, उद्योग,सुर्खेत, पंचपुरी न.पा.५ श्री सरस्वती विद्या निकेतन ईङगलिस बोर्डिङ स्कुल बाबियाचौर सुर्खेतको होस्टेलमा ऐ.न.पा.९ अलछाप्रे बस्ने ऐ.स्कुलको कक्षा ५ मा अध्ययनरत ( होस्टेलमा बस्ने ) वर्ष १२ की बालिकालाई ऐ.होस्टेलको संचालक ऐ.न.पा.५ बस्ने वर्ष ४० को महेन्द्र आर्यालले ऐ.०८।०३ गते अं.२१:०० बजे ललाई-फकाई ज.ज.क.गरेको भनी ऐ.०८/०९ गते १०:०० बजे इ.प्र.का.बाबियाचौरमा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.न.पा.१ बाचकाडा भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिई इ.प्र.का.बाबियाचौर राखी आ.अ.भईरहेको, बालिका आफन्तको साथमा रहेको, अवस्था सामान्य । धादिङ, मिति २०८२/०८/०५ गते १३:३० बजे निलकण्ठ न.पा.८ अमरावती स्थित निलकण्ठ न.पा.८ अमरावती टोल बस्ने वर्ष ६७ को गुण बहादुर थपलिया र निजको छोरा वर्ष ४० को रामशरण भन्ने केशव थपलियाले वर्ष ३२ की महिलालाई जवरजस्ती करणी उद्योग गरेको भनी ऐ.८ गते जि.प्र.का. मा जाहेरी दरखास्त दिनासाथ प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई जवरजस्ती करणी उद्योगमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिई ऐ.९ गते जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भई अनुसन्धान कार्य जारी रहेको । हात हतियार बरामद,काठमाडौं, तारकेश्‍वर न.पा.८  जरङ्खुबाट ऐ.८।०१ गते दिनको १५:२८ बजे नागार्जुन न.पा.३ ठुलो भर्याङ शिवम होटलको गल्ली नजिक सडक खण्डमा जिल्ला बारा निजगढ घर भई हाल ऐ.स्थान बस्ने वर्ष ४२ की सस्वती लामाले लगाएको सुनको १.५ तोलाको थान १ सिक्री अपरिचित स्कुटरमा सवार दुई जना मानिसहरु मध्ये एक जना जि.लमजुङ दोर्दि गा पा ०७ घर भइ हाल का जि तर्केश्वर न.पा.८ पिपल डाँडा डेरा गरि बस्ने वर्ष ३९ को टाशि गुरुङलाई नियन्त्रणमा लिई निजको कोठा तलासी गर्दा कोठाबाट 7.65 auto pestol 77110 लेखिएको पेस्तोल थान १, ऐ पेस्तोलको म्यगजिन थान १, 7.65 लेखिएको ऐ पेस्तोलको राउण्ड थान ६ राउण्ड, पेस्तोल पोज थान १, लुटपाट गर्दा प्रयोग गरेको प्रदेश ३०२-००४ प २७३५ नम्बर रहेको नम्बर प्लेट उक्त नम्बर प्लेट खोल्ने स्क्रुडाइबर र T रेन्च थान १/१, प्रदेश ३०२ -००५ प ४०७१ नम्बर रहेको कालो रङको होण्डा डियो स्कुटर थान १, हलचोक स्थित काउण्टरमा खुकुरि देखाइ धाकधम्कि दिएको खुकुरि थान १, लुट्पाट गर्दा लगाएको हुलिया बमोजिम को सबै कपडा , जुत्ता , हेल्मेट, हातमा लगाएको औठि थान १, चस्मा थान १ बरामद गरी वृत्त स्वयम्भूको हिरासतमा राखि थप अ.अ.कार्य जारी, । आफै आगो लगाई जली मृत्यु (आत्महत्या मृत्यु /घाइते ),सर्लाही, लालबन्दी न.पा.७ डुमडुमे मन्दिर स्थित जिल्ला मोरङ (न.पा., वडा न., नखुलेको) धन प्रसाद पोखरेलको छोरा अं.वर्ष ५५ को सुर्य प्रसाद पोखरेलले आफ्नो शरिरमा आफै पेट्रोलियम पदार्थ छर्की आगो लगाई जलीरहेको अवस्थामा स्थानीयले देखि इ.प्र.का.लालबन्दीमा जानकारी गराउनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा आगोले जली घाईते अवस्थामा रहेकोले उपचारको लागि सिटी हेल्थ केयर लालबन्दीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पातल जनकपुर पठाइ उपचार भईरहेकोमा ऐ.१० गते ०२:१० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, थप बुझ्ने कार्य भई रहेको । ला.औ., मोरङ, बिराटनगर म.न.पा. वडा नं. १३ कृष्ण चोक स्थितमा इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा ऐ.म.न.पा.१३ बस्ने हरी प्रसाद यादवको घर कोठामा जि.मोरङ जहदा गा.पा. १ बस्ने वर्ष १९ को उपेन्द्र यादव र ऐ. बस्ने वर्ष १८ को अजय कुमार यादवलाई चेकजाँच गर्दा निज उपेन्द्र यादवको साथबाट ला.औ. खैरो हिरोइन जस्तो देखिने पदार्थ ७६.५० ग्राम सहित फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइ इ.प्र.का. रानीमा ल्याई राखिएको ।

मिति २०८२।०८।०८ गते ०५:०० बजे देखि ऐ ०८।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०९

जनावर आक्रमण,कञ्चपुर, भिमदत्त न.पा. १४ बनकट्टी स्याउले स्थित शुकल्लाफाटा आरक्षबाट आएको हात्तीले ऐ. बस्ने नन्दलाल बिष्टको कच्चि घर भत्काउने क्रममा सोही घर भित्री सुति रहेको निजको श्रीमाती वर्ष अ. ४५ कि धाना बिष्ट घरबाट निस्की भाग्ने क्रममा उक्त हात्तीले हादिने खुट्टा, कुम र पुठ्युमा कुचि घाईते बनाएको जानकारी प्राप्त हुनासाथ प्र.चौ.झुलुङ्गेबाट प्र.स.नि. को कमाण्डमा २ जना र मझगाउ ब्यारेकबाट क्याप्टन को कमाण्डमा ७ जना नेपाली सेनाको टोली खटी गई निज घाईते लाई उपचारको लागि महाकाली प्रतादेशिक अस्पताल पाठाएकोमा ऐ. ०४;४५ बजे निज घाईतेको  महाकाली प्रदेशीक अस्पताल  महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको, हात्ति भगाउने कार्य भई रहेको । ज.ज.क./ बालयौन दुर्व्यवहार,कञ्चनपुर, मिति २०८२।०७।२९ गते राति अं. ०१:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरि न.पा.४ शाही टोल बस्ने वर्ष अ. २२ कि महिलालाई लाइ निजकै भिनाजु नाता पर्ने वर्ष अ. ३६ को पुरुष व्यक्तिले ज.ज.क. गरेको भनि ऐ.०८ गते १५:३० बजे इ.प्र.का. बेलौरीमा जाहेरि दरखास्त पेश गरे पश्चात निजलाई नियन्त्रणमा लिई पिडक र पिडित दुवै जनालाई विशेष स्वास्थ्य परिक्षणको लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाइएको। नवजात शिशु मृत्यु,सर्लाही, मिति २०८२।०८।०५ गते बसबरिया गा.पा.८ गोनरवा बस्ने बर्ष २७ को सुरेन्द्र साहको छोरा प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा जन्मेकोमा जन्डिसको समस्या भई थप उपचारको लागि सर्लाही मेडिकियर अस्पताल मलंगवा सर्लाहीमा उपचार भईरहेकोमा मिति २०८२।०८।०८ गते अं. ०६:४५ बजेको क्रममा मृत्यु भएको र बालकका आफन्तहरु अस्पतालको लापरबाहीले मृत्यु भएको भनी अ.३० जनाको सँख्यामा भेला जम्मा भई उपचारमा लागेको खर्च बापतको रकम नतिर्ने, अस्पतालले क्षतिपुर्ती दिनुपर्ने भनी अस्पताल अगाडी बिरोध गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सर्लीहीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई सम्झाई बुझाइ गरी उक्त सर्लाही मेडिकेयर अस्पतालले मृतक बालकको आमा अमृता देबिलाई उपचार वापतको खर्च दिने भनी सहमती भई ऐ.१०:३० बजे  मिलि गएको । झापा, अर्जुनधारा न.पा ९ शनिश्चरे नगर अस्पतालमा ऐ. बिर्तामोड न.पा ५ बस्ने वर्ष ३१ को आशिष लिम्बुको श्रिमती वर्ष २८ को पबित्रा लिम्बु डेलिभरीको लागी शनिश्चरे नगर अस्पताल गाई ऐ. १४;०० बजे डेलिभरी सक्सेस भएकोमा डाक्टर हरुले शिशु धड्कन कम देखिएको भनि शिशुलाई B&C अस्पताल पठाई डाक्टरलाई देखाउदा शिशुको मृत्यु भई सकेको भनि पुनःशनिश्चरे अस्पताल तर्फै पठाएकोमा आफन्तहरु शनिश्चरे नगर आस्पातलमा आई के-कुन कारणले शिशुको मृत्यु भएको र शनिश्चरे नगर अस्पतालमै शिशुको मृत्यु भई सकेको तर B&C अस्पताल किन रेफर गरेको”भनि बिबाद गर्न खोजेको भन्ने खबर प्र.चौ.शनिश्चरेमा ऐ.२२:०० बजे जानकारी प्राप्त हुनसाथ प्र.ब.ना.नि को कमाण्डमा टोली खटी गई दुबै पक्षको सहमतीमा भोली ०९ गते छलफल गर्ने र हाल मृत्त शिशुको शवलाई B&C अस्पतालमा. राख्ने सहमति भई, शवलाई B&C अस्पतालमा ल्याई राखिएको, हात हतियार बरामद,झापा, मिति २०८२।०५।२४ गते Gen-z आन्दोलनको क्रममा काठमण्डौ महानगरिय प्रहरी कार्यालय तोडफोड आगजानी तथा हात हतियार,गोलीगठ्ठा लुटपाट गर्ने जि.झापा दमक न.पा. ८ बस्ने छबी पुरीको छोरा वर्ष २५ को सरोज पुरीले सोही कार्यालयबाट ठुलो चा.पे टाईप ५४ पेस्तोल थान १ र ऐ.को म्याग्जिन थान १ सहित ऐ. को राउण्ड १५ थान लुटी फरार भई निजकै घर वतनमा लुकिछीपी बसेको छ भन्ने सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो ईकाई कार्यालय काकडभिट्टा झापाबाट खटी आएका प्र.ना.नि.को टोलीले ऐ.८ गते अं.११:३० बजे जि.झापा दमक न.पा.८ एभरेष्ट बोडिङ स्कुल स्थितमा सो हतियार सहित निज सरोज पुरीलाई फेलापारी आवश्यक कानुनी प्रकृया पुरा गरी नियन्त्रणमा लिई इ.प्र.का दमक ल्याई थप अनुसंधान भईरहेको । ला.औ.,मोरङ, बिराटनगर म.न.पा.१७ मटेरुवा चोक स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको जि.मोरङ बिराटनगर म.न.पा. १३ बस्ने वर्ष २७ को रोजन राईलाई अ.प्र.पोष्ट मटेरुवाबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले संका लागि चेकजाँच गर्दा ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ ४६.६७ ग्राम फेला पारी नियन्त्रणमा लिइ इ.प्र.का. रानीमा ल्याई आ.अ. कार्य भईरहेको, उक्त स्थान इ.प्र.का. रानीबाट अं.२ कि.मि. दक्षिण पर्ने । सुनसरी, धरान उ.म.न.पा.२०भन्ज्याङ स्थित अ.प्र.चौ. बिष्णुपादुकाबाट प्र.स.नि.को कमाण्डमा खटीएको टोलीलाई शंका लागी को १ झ २१७८ नम्बरको पिकअप यात्रु वाहक गाडिलाई चेकजाँच गर्ने क्रम्मा उक्त गाडिको पछाडि पटि बस्ने २ (दुई) जना मानिस हामफाली भागेको र डाला चेकजाच गर्दा ५ (पाँच )ओटा कालो झोला प्याकिङ गरी ५० के.जी.(नापतौल गर्दा) प्रतिबन्धित अबैध ला.औ. गाँजा फेला पारी आवश्यक अनुशन्धानको लागी सवारी साधन,चालक जि.धनकुटा सागुरिगढी नपा-९ बस्ने खडग बहादुर मगराती,सहचालक दुर्गा बिक लगायत यात्रु ऐ.बस्ने वर्ष१८ को प्रज्वल राई,ऐ.बस्ने वर्ष २८ को प्रशासन राई र ऐ.बस्ने वर्ष २४ को भुमिराज वि.क. सहित नियन्त्रणमा ।  काठमाडौं, मिति २०८२/०८/०८ गते अन्दाजी १५:३५ बजे THAI LION AIR को उडान नं. SL 220 द्वारा बैंककबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक राहदानी नम्बर X8299207 वाहक वर्ष २२ को AAFIF MOHAMMAD JUNAID NAGORI (पुरुष) को गतिविधि शंकास्पद देखिएकोले यस कार्यालयबाट खटिएको प्रहरी टोली र भन्सारका कर्मचारीहको संयुक्त टोलिले निजले लिई आएको लगेजलाई भन्सार क्षेत्रको X-RAY मेसिनमा चेकजाँच गर्दा उक्त लगेज भित्र प्रतिबन्धित लागू औषध गाँजाजस्तो देखिने वस्तु अन्दाजी ५ के.जी ५८५ ग्राम     ( प्लास्टिक सहित ) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध नियन्त्रण व्यूरोबाट यस विमानस्थलमा खटिएको प्रहरी टोलिको जिम्मा लगाई पठाइएको।

मिति २०८२।०८।०७ गते ०५:०० बजे देखि ऐ ०८।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०८

गोली प्रहार,बारा, पचरौता न.पा.६ चिकनी टोल स्थित इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह.रुपेश कुशवाहाको कमाण्डमा खटी गएको गस्ति टोलीले गस्ती गर्दै जाने क्रममा भारतको हनुमाननगर तर्फबाट नेपाल तर्फ आउँदै गरेको तस्करी सरसमान ट्याक्टर सहित तस्करहरुसँग एक्कासी जमका भेट हुँदा एक्कासी प्रहरी गस्ती टोली तर्फ कटुवा बन्दुकले २ फायर गर्दा गस्ती टोलीबाट प्र.स.ह.रुपेश कुशवाहाले 9MM पेस्तोलबाट ७ राउण्ड जवाफी फायर गर्दा भारतबाट आएका अं.२५ जनाको समुहले अवैध सरसमान लोड भएको ट्याक्टर लिई भागेको भन्ने इ.प्र.का. सिम्रौनगढमा खवर प्राप्त हुनासाथ प्र.नि.कृष्णदेव प्रसाद साहको कमाण्डमा थप १० जनाको टोली खटी गएको, मो.सा.थान-४, मोबाईल थान-२ र भारतीय नागरिक रंजित कुमारको नामको सवारी चालक अनुमति पत्र थान-१ दसगजामा छाडी भारत तर्फ भागी फरार भएकोमा उक्त मो.सा., मोबाईल र स.चा.अ.प बरामद गरी इ.प्र.का. सिम्रौनगढमा ल्याएको, प्रहरी तर्फ घाईते कोही नभएको, निजहरूको खो.त.कार्य भईरहेको । ज.ज.क.,संखुवासभा, मिति २०८२।०८।०५ गते अं.२३:०० बजे जि.संखुवासभा चैनपुर न.पा.३ पोखरी बस्ने बिष्णु तामाङको घरमा जि.संखुवासभा मादी न.पा.०६ पोखरे बस्ने वर्ष १७ को बालकले ऐ.३ बस्ने वर्ष १४ की बालिकालाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारी पटक पटक ज.ज.क.गरेको भनि ऐ.०७ गते १८:०० बजे इ.प्र.का.चैनपुरमा जाहेरी दिनासाथ निज बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । प्यूठान ऐरावती गा.पा.५ झिबाङ बस्ने अं.वर्ष २१ को प्रकाश बोहराले ऐ.बस्ने वर्ष १६ की बालिकालाई आफ्नै घरको कोठामा बोलाई ज.ज.क. गरेको भनी ऐ.वडाका वडा सदस्य मोहन बोहराले ऐ.२१:४५ बजे अ.प्र.पो. कैरनमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली र थप अनुसन्धानको लागी इ.प्र.का.बिजुवार प्युठानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएको । ला.औ., सुनसरी, ईनरुवा न.पा.०४ स्थित बसपार्कमा लागु औषध नियन्त्रण व्युरो विराटनगरबाट प्र.ना.नि.र जि.प्र.का.बाट खटिएको संयुक्त प्रहरी टोलीले जि. सप्तरी राजगढ गा.पा.३ बस्ने वर्ष २९ को दिलिप कुमार मण्डल र ऐ.हनुमाननगर कंकालिनी न.पा.६ बस्ने वर्ष २३ को शिवदत्त मण्डललाई शंका लागि चेकजाँच गर्दा  दिलिप कुमार मण्डलको साथबाट  लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १०८ ग्राम, शुद्ध तौल १०२ ग्राम र अर्को रातो रङको बट्टाभित्र रहेको प्लाष्टिक सहित १०६ ग्राम र शुद्ध तौल १०० ग्राम गरी जम्मा शुद्ध तौल २०२ ग्राम र मोवाईल थान-२ समेत बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सुनसरीमा ल्याई अनुसन्धान कार्य भईरहेको, ।

मिति २०८२।०८।०६ गते ०५:०० बजे देखि ऐ ०८।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०७

संकास्पद मृत मानिस फेला,काठमाडौं, मिति २०८२।०८।०६ गते अन्दाजी ०९:०० बजेको समयमा का.जि. टोखा न.पा. वडा नं. ०९ गोंगबु मिलनटोल स्थित सडक पेटीमा निलो र घ्यू रङको कपडामा पोका पारी राखेको संकास्पद चिज बस्तु रहेको भन्ने सूचना प्राप्त हुना साथ तत्काल यस प्रहरी प्रभाग नयाँ बसपार्क काठमाडौंका प्र.ब.ना.नि. प्रकाश भेटुवाल (९८५१२८३७६३) सहित १५ जना प्र.क. टोली खटीई गएको तथा तालुक प्रहरी वृत्त महाराजगंज काठमाडौंका प्र.ना.उ. निरन्जन थापा (९८५१२८४००७) सहितको मुचुल्का टोली साथै तालुक काठमाडौं उपत्यका अपराध महाशाखा काठमाडौंको टोली समेत खटी आई स्थानिय तथा जन प्रतिनिधीहरुको रोहवरमा उक्त संकास्पद पोका खोली हेर्दा एकिन महिला पुरुष नछुट्टीएको अन्दाजी बर्ष ३५/४० को जस्तो देखीने सडे गलेको अवस्थामा रहेको मानिसको मृत लास फेलापरेको हुदाँ घटना स्थल लास जाँच प्रकृती मुचुल्का कार्य भई मुचुल्का कार्य सम्पन्न पश्वचात ऐ. मितिको ११:१५ बजेको समयमा मृत लासलाई पो.मा.को लागी का.जि. महाराजगंज स्थित त्रि.वि. शिक्षण अस्पताल लगेको, सूचना प्राप्त ०९:०० बजे ०९:०५ बजे प्रहरी पुगेको । ज.ज.क./ बालयौन दुर्व्यवहार,दाङ, मिति २०८२।०८।०५ गते अं.२३;३० बजे जिल्ला दाङ गढवा गा.पा.-७ मानपुर स्थित मानपुर खोलाको पुल नजिकै झाडीमा ऐ.ऐ.बस्ने परिबर्तित नाम थर ५६ गढवा २०८२।०८३ -२९ (क) को छोरी बर्ष अं.११ कि परिबर्तित नाम थर ५६ गढवा २०८२।०८३ -२९ लाई ऐ.ऐ.बस्ने तेजमान बि.क.को छोरा बर्ष अ.२१ को कुमार बि.क.ले ज.ज.क.गरेको भनि आज मिति २०८२।०८।०६ गते अ.१८ः०० बजे निज पिडितको आमाले इ.प्र.का.गढवा दाङमा लिखित जाहेरी दिए पश्चात तत्काल इ.प्र.का.गढवा दाङ बाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिई गई निज पिडक कुमार बि.क.लाई निजको घरमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.गढवा दाङमा ल्याई राखिएको,पिडितको अबस्था सामान्य रहेको,दुबै जनाको मेडिकल हुन बाँकी,घटना स्थल इ.प्र.का.दाङ बाट अ.३ कि.मि.पश्चिम पर्ने । ऐ.१९;५० बजे दुबै जनालाई स्वस्थ्य परिक्षणको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ तर्फ पठाईएको । शिशु मृत फेला,काठमाण्डौ, काठमाण्डौ म.न.पा.७ चावहिल स्थित मेडिकेयर अस्पताल पछाडी बच्चा फ्यालेको भनी भिक्टर कन्ट्रोल मार्फत खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गंगाहिटीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली पुगी हेर्दा मेडिकेयर अस्पताल पछाडी रहेको खाली जग्गाको झाडीमा कपडामा पोको पारी राखेको अवस्थामा भर्खर जन्मेको जस्तो देखिने सालनाल सहितको नवजात शिशु (नाबालक) मृत अवस्थामा फेला परेको, उक्त स्थानमा प्रहरी वृत्त गौशलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको,। हा.ह.बरामद,रौतहट, चन्द्रपुर न.पा.४ गौर-चपुर सडक खण्ड स्थित देउराली चोकबाट पैदल यात्री जि.मकवानपुर हटौडा उ.म.न.पा.१३ पदमपोखरी बस्ने गुण बहादुर आचार्यको छोरा अं.वर्ष २२ को सुमन आचार्यलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले  सुमन आचार्य माथि शंका लागी चेकजाँच गर्ने गर्दा निजले बोकेको खैरो झोला खोली हेर्दा झोला भित्र CF-98-9 (00016908236) नं. को पेस्तौल थान १,  ऐ.को म्याग्जिन थान १,Bereta (px3552330) नं को पेस्तौल थान १, ऐ.को म्याग्जिन थान १, ऐ.को गोली थान १३, खुकुरी थान १, Oppo कम्पनीको स्क्रिन टच मोबाईल थान १ फेला पारी नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरमा आवश्यक अनुसन्धान तथा सोधपुछ पश्चात ऐ.२०:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरबाट उक्त हा.ह.सहित निज सुमन आचार्यलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.चपुरमा ल्याई राखिएको, । ला.औ.,झापा, भद्रपुर न.पा.५ मेचिपुल स्थितमा व.प्र.का.भद्रपुरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री ऐ. मेचीनगर न.पा.१२ नयाँ बस्ति बस्ने वर्ष २७ को सुनिल बिश्वकर्मालाई शंका लागि चेकजाँज गर्दा निजले मलद्वार भित्र प्लाष्टिकको ७ पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक  सहित तौल गर्दा ७ ग्राम ३७० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ६ ग्राम ७७० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई राखिएकोमा थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जि.प्र.का.पठाउने कार्य भईरहेको ।  सिरहा, लहान न.पा.१ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डको ट्राफिक चौकमा ई.प्र.का.लहानबाट प्र.नि.को कमाण्डमा खटिएको ट्राफिक सहितको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पश्चिम (मिर्चैया) बाट पूर्व (रुपनी) तर्फ जादै गरेको ना.५.ख. ३२०९ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रक चालक जि.संखुवासभा धर्मदेवी न.पा.९ छिपिधारा टोल बस्ने गंगा बहादुर विश्वकर्माको छोरा अं.वर्ष २४ को टंक विश्वकर्मा, सह-चालक जिल्ला धनकुटा छथर जोरपारी गा.पा.२ बस्ने शेखर राणा मगरको छोरा अं.वर्ष २२ को खेम राणा मगर र ट्रकको चालक बस्ने क्याबिन देखि पछाडि रहेको फल्स बटम बनाई सो फल्स बटममा सेतो रंगको प्लास्टिकको बोराहरुमा लुकाई छिपाइ राखेको १००४ किलो ४५० ग्राम ग्राम (३१ बोरा) ला.औ.गाँजा फेला परेकोले उक्त ला.औ.र ट्रक सहित चालक र सहचालक समेतलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा ल्याइ राखिएको ।

मिति २०८२।०८।०४ गते ०५:०० बजे देखि ऐ ०८।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०५

कर्तव्य ज्यान,धनुषा, मिति २०८२/०६/०३ गते अं.१०:५० बजे धनुषाधाम न.पा.८ केसरकुट्टी बस्ने अं.वर्ष २० की संजना ठाकुर र ऐ.बस्ने अं.वर्ष २५ को संगिता ठाकुर (जेठानी देउरानी) बीच घरायसी विषयमा वाद-वादविवाद तथा कुटपिट हुँदा संजना ठाकुरको श्रीमान वर्ष ३३  को चन्देश्वर ठाकुरले बन्चरोले प्रहार गरी निजको सहोदर बुबा अं.वर्ष ६० को लटु ठाकुर र भाई अं.वर्ष ३५ को धनेश्वर ठाकुर घाइते भई उपचारको लागि ओम दिर्घायु अस्पताल जनकपुर पठाएकोमा ऐ.१२:०० बजे थप उपचारको लागि दुबै जनालाई न्युरो अस्पताल बिराटनगर पठाई उपचार पश्‍चात ऐ.०७।०३ गते डिस्चार्ज भई घरमा औषधी सेवन गरी बसेकोमा लटु ठाकुरको ऐ.०८।०३ गते २०:०० बजे मृत्यु भएको भनी ऐ.०४ गते ०९:३० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.यज्ञभुमीबाट प्र.ना.नि.र इ.प्र.का. ढल्केवरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको, बन्चरो प्रहार गर्ने चन्देश्वर ठाकुरलाई ऐ.०६/०४ गते इ.प्र.का.यज्ञभुमीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको, हाल कारागारमा रहेको। हातहतियार बरामद,कैलाली, चुरे गा.पा.३ काउली बस्ने वर्ष ३५ को गणेश सार्कीले आफ्नै भाई ऐ.बस्ने वर्ष २८ को चन्द्र बहादुर सार्की लगायत आफ्नै श्रीमती छोरा छोरी लाई घरमा रहेको भरुवा बन्दुक देखाई डराउने धम्क्याउने गरेकोमा निजको भाई चन्द्र बहादुर सार्कीले निज संग रहेको भरुवा बन्दुक खोसी आफ्नो घरमा ल्याई इ.प्र.का.फल्टुडेमा ११:०० बजे जानकारी गराउना साथ इ.प्र.का.फल्टुडेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई एक नाले भरुवा बन्दुक थान १ बरामद गरी नियन्त्रणमा लिएको र निज गणेश सार्की फरार रहेकोमा खो.त.कार्य भईरहेको, । दैलेख, नारायण न.पा.१० सल्लेरी डाँडा स्थित वडारमा भरुवा बन्दुक छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.दैलेखबाट प्र.स.ह.र अ.प्र.पोष्ट भैसिखोर दैलेखबाट प्र.ह.को कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले खो.त.गर्दै जाँदा एक नाल भरुवा बन्दुक फेला पारी जि.प्र.का.दैलेख तर्फ ल्याउदै । ला.औ.,सिरहा, इ.प्र.का.बन्दिपुरबाट प्र.ना.नि राम बिनय सिंह(९८४४०२९०२४)को कमाणडमा खटिएको टोलिले कर्जन्हा ना.पा ०३ बन्दिपुर चेक पोष्टमा बा.प्र०३-००१ख२६५४ नं. को काकरभिट्टा देखि काठमाण्डौ चल्ने महादेव नामको यात्रुबाहक बसमा जि.सिरहा लाहान ना.पा ०१ लहान मटेरबा टोल बस्ने अधिक लाल यादवको छोरा अं. बर्ष २२ को अमित यादवलको कलेज पढने ब्यागको चेक जाच गर्ने क्रममा लागु औषध जस्तो देखिने सेतो पदार्थ प्लास्टिक सहित २१.२९ ग्राम र बिना प्लास्टिकको १५.६० ग्राम ब्राउन सुगर फेला परेकोले निजलाइ नियत्रणमा लिइ तालुक इप्रका मिर्चैयामा पठाएको सुनसरी, बराहक्षेत्र न.पा.०३ नडाहा चौक स्थितमा अ.प्र.चौ.नडाहाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोलिले धरानबाट नडाहा तर्फ आउदै गरेको BR 11 BF 0189 न.को मो.सा.लाई संका लागि चेक-जाँच गर्दा मो.सा.पछाडी राखेको २ बटा प्लाष्टिकको बोरामा लागु औषध गाँजा (तौल गर्न बाकी अं.४० के.जि.) फेला पारी मो.सा.चालक जि.सप्तरी राजबिराज न.पा.०२ बस्ने सकल देव रजकको छोरा बर्ष अं.१८ को लालदेव रजकलाई मो.सा.र ला.औ.गाँजा सहित नियन्त्रणमा लिई अ.प्र.चौ.नडाहामा ल्याई राखिएको ।  सप्तरी, कन्चनरुप न.पा.२बरमझिया स्थित जि.प्र.का.सप्तरीबाट प्र.ना.उ.र इ.प्र.का.कन्चनपुर सप्तरीबाट प्र.ना.उ.को कमाण्डमा खटी गएको टोलीले गोप्य सुचनाको आधारमा ऐ.स्थितमा पुर्ब पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जादै गरेको  ना ५ ख ५३५ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा  भित्र प्लाष्टिकले प्याक गरेको बोरा प्लाष्टिक बाहेक ९७८ के.जी.ला.औ.(गाँजा) फेला पारी ट्रक र ट्रक चालक जि.सुनसरी धरान न.पा.१३ बस्ने वर्ष २५ को संजय श्रेष्ठलाई नियन्त्रणमा लिई इ.प्र.का.कन्चनपुर सप्तरीमा ल्याई राखिएको ।

मिति २०८२।०८।०३ गते ०५:०० बजे देखि ऐ ०८।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०४

कैदी बन्दी मृत्यु,मोरङ, मिति २०८२।०८।०२ गते २०:०५ बजे जिल्ला कारागार मोरङमा अभद्र व्यवहार मुद्दामा मिति २०८२।०४।१४ गते बाट थुनामा रहेको बन्दी जिल्ला मोरङ पथरीशनिश्चरे नपा ४ बस्ने वर्ष ५७ को गंगा लिम्बुलाई खुट्टा सुन्नीएको र सास फेर्न समस्या, भइ कोशी अस्पताल बिराटनगर लगि बेड भर्ना भई उपचार भई रहेकोमा मिति  २०८२।०८।०३ गते १०:०२ बजे उपचारको क्रममा मृत्यु भएको मृतक लाश सोही अस्पतालमा रहेको । जबरजस्ति करणी,उदयपुर, ०१ गते अं. २३:०० बजेको समयमा लिम्चुङबुङ गा.पा. वडा नं. १ बाँसबोटे मिलनटोल बस्ने वर्ष अं. ५८ को ज्ञान बहादुर राईले ऐ.बस्ने वर्ष अं.५४ की सांकेतिक नाम ०८२/०८३ गाईघाट १३२ घरमा कोही नभएको अबस्थामा जबरजस्ती करणी गरेको भनि पिडितले जि.प्र.का. उदयपुरमा मिति २०८२।०८।०३ गते १७;०० बजे लिखित जाहेरी दिनासाथ तत्काल इ.प्र.का. लिम्चुङबुङ उदयपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई ज्ञान बहादुर राईलाई नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । प्रहरी कर्मचारीको मृत्यु,काठमाण्डौ, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र कास्की, पोखरा दरबन्दी भई प्रहरी वृत्त मालिगाउँ मातहत नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा कार्यरत कम्प्युटर कोड नं.३८७५२३ प्र.व.ह.सन्तोष प्रसाद शाही  मिति २०८२/०६/२८ गते अं.१७:०० बजे पेट दुख्ने समस्या आई उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंज लगी उपचार भईरहेकोमा ऐ.०८।०३ गते अं.०८:४० बजे उपचारको क्रममा मृत्यु भएकोले निजको भाई सुरेश शाहीले शव बुझी बा.२ झ.६०२८ नं.को नेपाल प्रहरी अस्पतालको शव बहानमा जि.प्युठान मल्लरानी गा.पा.४ स्थित घर ठेगानामा लगिएको । काठमाडौं, जि.धनुषा, जनकपुर उ.म.न.पा.२० देवपुरा रुपैठा स्थायी वतन भएका काठमाडौ उपत्यका विशेष सुरक्षा प्रहरी गण गुल्म नं.४ त्रिपुरेश्वर काठमाडौं दरबन्दी भई कार्यरत (कम्प्युटर कोड नं. ३६९४८१, संकेत नं. C०००५७३८२) का वर्ष ४६ को प्र.व.ह.नित्यानन्द चौधरी मितिः २०८२/०८/०२ गते देखि नेपाल प्रहरी अस्पताल महाराजगंजको ICU कक्षमा बेड नं. ६ मा भर्ना भई उपचार गराईरहेकोमा उपचारको क्रममा ऐ.०३ गते बिहान ०९:३१ बजे REFRACTORY SHOCK DUE TO SEVERE SEPTICEMIA WITH PULMONARY EDEMA WITH PANCYTOPENIA का कारण मृत्यु भएको भनी अस्पतालबाट जानकारी प्राप्त भएको, शव दाहसंस्कारको लागि आफन्तले बुझी पशुपती आर्यघाट तर्फ लगेको । हातहतियार बरामद,पाँचथर, मिति-२०८२।०८।०२ गते अं १३:३० बजे, ऐ. मिक्लाजुङ गा.पा-३ लामागाउँ बस्ने अं.वर्ष २२ को सुशिल फियाकलाई इ.प्र.का.दमक झापाले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा निजले हातहतियार ऐ.मिक्लाजुङ गा.पा.३ लामागाउँको खोल्सिमा लुकाइ छिपाई राखेको भन्ने खुलाईएको हुँदा ऐ.०८।०३ गते अं.१६:०० बजे इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा र अ.प्र.पोष्ट आरूबोटेबाट प्र.व.ह.को कमाण्डमा संयुक्त टोली खटी गई खो.त गर्ने क्रममा इन्सास राईफल ( 051102738) म्याग्जिन नभएको थान-१ र  ऐ.को राउण्ड १  वटा, 303 राईफल (62038 B)  थान-१ र  S.L.R राइफलको  राउण्ड-३ फेला पारी बरामद गरी आवश्यक कार्बाहीको लागि ऐ.१८:०० बजे इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा खटीएको टोलीले हतियार लिएर इ.प्र.का.दमक झापा तर्फ गएको ।ला.औ., झापा, गाउँपालिका वडा नम्बर ५ पन्थापडा बस्ने वर्ष अन्दाजी २० को अडसाद अलीलाई ऐ. बाह्रदशी गा.पा. ३ राजगढबाट चारपाने तर्फ जाँदै गरेको मे ८ प ८१४० नम्बरको मो.सा.लाई बिशेष सुचनाको आधारमा जिप्रका झापाबाट प्रनि बिजय चौहान र लागु औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट प्रनानि कुमार सुरेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले चेक जाँज गर्दा निजको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ पाच पोका प्लाष्टिक सहित ७१ ग्राम २८० मिलिग्राम र प्लाष्टिक बाहेक ६३ ग्राम ०२० मिलिग्राम र मो.सा. सहित नियन्त्रणमा लिई जिप्रका झापा तर्फ ल्याउदै गरेको, 

मिति २०८२।०८।०२ गते ०५:०० बजे देखि ऐ ०८।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०३

थुनुवा झुण्डी मृत्यु,कपिलवस्तु, जि.प्र.का. कपिलवस्तु ( थुनुवा झुण्डीई मृत्यु) लुम्बिनि प्रदेश:- मिति २०८२।०७।१४ गते जिल्ला कपिलवस्तु कपिलवस्तु न.पा.८ कुवा गाँउ स्थितमा इ.प्र.का.पकडी कपिलवस्तुबाट प्र.नि.सुबास खतिवडा,तालुक ला.औ.नि.ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.सागर भट्टराई समेतको संयुक्त टोलीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको देश भारत जिल्ला मधराहन उर्फ रामनगर पोष्ट चेतरा शोहरतगण जिल्ला सिद्दार्थनगर UP 272205  बस्ने बर्ष ३९ को विनोद कुमार निषाद ला.औ. मुद्धामा मिति २०८२।०७।१४ गते बाट लागु हुने गरी दिन ७ र ऐ.०७/२२ गतेबाट लागु हुने गरी दिन १५ म्याद थप गरी थप अनुसन्धानको क्रममा यस जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासत कक्षमा रहकोमा  निजले हिरासत कक्षको पुर्व तर्फ रहेको ट्वाईलेटको भेन्टीलेसनमा ब्लाङकेटको बिटमार्नलाई सिलाईएको कपडाको डोरी बनाई  झुण्डीई रहेको अवस्थामा आज मिति २०८२।०८।०३ गते अं.०५:०० बजे  क्वाटर गार्ड डिउटीमा रहेको प्र.क.मार्फत जानकारी प्राप्त हुनसाथ यस कार्यालयका का. प्रमुख सहितको टोली सम्बन्धित स्थानमा पुगी हेर्दा निजको मृत्यु भई सकेको मृतक शव ऐ.ऐ. स्थानमा रहेको,आफन्तलाई खबर भएको,थप अनुसन्धान कार्य भई रहेको,वि.वि.पछी । गोली प्रहार,जाजरकोट, बारेकोट गा.पा.वडा न.६ कार्की जिउला स्थित (स्थानिय मेला ) बाट घर तर्फ फर्किने क्रममा ऐ.स्थित ऐ.६ बस्ने वर्ष अं.३०।३२ को टेकेन्द्र नेपालीले गोली प्रहार गर्दा ऐ.७ बस्ने वर्ष अं.३४ को यमराज सिंहलाई ढाडमा गोली लागी घाईते भई स्थानिय मेडिकलमा ( मेडिकलका संचालक देबेन्द्र शाहले जानकारी गराएको ) सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाईएको, अवस्था मध्यम रहेको भनि ऐ.२०:३० बजे इ.प्र.का नायकवाडा जाजरकोटमा जानकारी प्राप्त हुन साथ प्र.स.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको,इ.प्र.का.दल्लीबाट प्र.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गएको, इ.प्र.का.बारेकोटबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको,गोली प्रहार गर्ने व्यक्ति फरार खो.त.भईरहेको, । थपअपडेट-ऐ.२३:४० बजे घाईतेलाई थप उपचारको लागि ऐ.३ गते ००:२४ बजे नेपालगंज बाँकेको लागि रिफर भई गएको, जि.प्र.का. जाजरकोटबाट प्र.स.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि खो.त.जारी रहेको । सिरहा, कल्याणपुर न.पा.१२ बेल्हा कट्टी स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ.बेल्हाबाट प्र.स.नि.को कमाण्डमा ५ जना र इ.प्र.का.कल्याणपुरबाट प्र.स.नि.को कमाण्डमा २ जना गरी जम्मा ७ जनाको टोली खटि गई बुझ्दा अं.१० जना अपरिचित नकावधारी ब्यक्तिहरू ऐ.कल्याणपुर न.पा.१२ बेल्हा बस्ने भोला महतोको घरमा  आई चोरी गर्न खोज्दा निज भोला महतोको छिमेकी ऐ.बस्ने राम सुन्दर महतोको छोरा अं.वर्ष ४२ को बिरेन्द्र महतो र निज बिरेन्द्र महतोको छोरा अं.वर्ष २३ को अनिल महतो उक्त नकाबधारी लुटपाट गर्ने समुहसंग प्रतिकार गर्न खोज्दा उक्त अपरिचित नकावधारी के-कुन ब्यक्तिले गोलीले प्रहार गर्दा निज बिरेन्द्र महतोको दाहिने पट्टी छातीमा गोली लागेको अवस्था मध्यम र निज अनिल सिंहको बाँया पट्टी छातीमा गोली लागेको अवस्था गम्भिर,दुबै जना घाईतेहरूको प्रादेशिक अस्पताल सिरहामा उपचार पश्चात ऐ.०२:०० बजे थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको र निज भोला महतोको टिनको छानो र बाँसको टाँटी बेरा भएको घरबाट घरको ढोका फोडी ९६ तोला चाँदी,१ तोला सुन,ड्रोन क्यामेरा १ थान ,OPPO मोबाईल थान १ र , XIAOMI मोबाईल थान-१ र नगद रू.१०,०००।-गरी जम्मा अं.मु.रू.६,००,०००।-(छ लाख) बराबरको चोरी गरी लगेको,थप अनुसन्धानको लागि ऐ. ०३;०० बजे,जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटि गएको,चोरी गरी गोली हान्ने व्यक्तिहरू तत्काल फरार रहेको,खो.त. गर्दा घटना स्थलबाट पडकेको गोलीको खोका थान १ र नपडकेको गोली थान १ बरामद भएको थप अनुसन्धान तथा खो.त. कार्य भइरहेको हातहतियार बरामद,सल्यान वनगाड कुपिण्डे न.पा.१२ चौर स्थित बिभिन्न स्थानहरुमा वेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.वनगारबाट प्र.स.नि. र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा ५(पाँच) नाल भरुवा बन्दुक फेला पारी प्र.चौ.वनगार सल्यान तर्फ ल्याउँदै । ला.औ.,सुनसरी, ईनरुवा न.पा.४ बसचौक स्थित जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा सादा पोसाकको टोली र अ.प्र.पोष्ट बसपार्कबाट प्र.ब.ह.को कमाण्डमा खटिएको चेकिंङ टोलीले चिरौलीबाट ईनरुवा तर्फ आउँदै गरेको प्र १-०२-०५६ प ८२०५ नं. को  स्कुटीलाई चेकजाँच गर्दा स्कुटी चालक जि.सुनसरी इटहरी उ.म.न.पा.२० बस्ने वर्ष ५२ को गोबिन्द तामाङको साथबाट तौल गर्दा ८.८९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाएको, उक्त स्थान अ.प्र.पोष्ट बसपार्कबाट अं.५० मिटर पश्चिम पर्ने । झापा, झापा गा.पा.५ खाताबस्ति स्थित स.प्र.बल बिओपि पन्तापाडाबाट स.प्र.नि.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको ऐ.कमल गा.पा.३ कर्खा बस्ने वर्ष २८ को दिलिप कुमार भुजेल (सागर भुजेल) लाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक सहित अं.९ ग्राम बरामद गरी मानिस सहित प्र.चौ.शरणामतिमा बुझाएकोमा थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जि.प्र.का.पठाएको।  मोरङ, बिराटनगर म.न.पा.१३ पथलैया मार्ग स्थित सडकको साईडमा को १४ प ४५८७ नं.को मो.सा.रोकी दुई जना मानिस संकास्पद रुपमा कुराकानी गरीरहेको अवस्थामा ला.औ.नि.ब्यूरो बिराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले बिराटनगर म.न.पा. ८ बस्ने वर्ष २८ को अजय कुमार मुखिया र ऐ.म.न.पा.१६ बस्ने बर्ष १७ को अजय कुमार राउतलाई संका लागी चेकजाँच गर्दा अजय कुमार मुखियाको साथबाट ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ १४०.१८ ग्राम फेला पारी मो.सा. सहित दुवै जनालाई नियन्त्रणमा लिइ इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको,

मिति २०८२।०८।०१ गते ०५:०० बजे देखि ऐ ०८।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०२

कर्तव्य ज्यान,महोत्तरी, जलेश्वर न.पा.९ आगेपुर स्थित ऐ.बस्ने अं.वर्ष ६० को बेचन राईनलाई जि.धनुषा नगराईन न.पा.९ फुलगामा बस्ने अं.वर्ष १६/१७ को गुडु मण्डलले चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट जलेश्वर र जि.प्र.का.महोत्तरीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको प्रादेशिक अस्पताल जलेश्वरमा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.१९:३५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, चक्कु प्रहार गर्ने फरार रहेकोमा खो.त.गर्ने क्रममा ऐ.२०:१५ बजे जलेश्वर न.पा.९ आगेपुर स्थित भुकुलु थान नजिकै महोत्तरी तर्फ जाने बाटोमा भागदै गरेको अवस्थामा धारिलो हतियार प्रहार गर्ने जि.धनुषा जनकपुर उ.म.न.पा.१९ बेङ्गा शिवपुर बस्ने दायाराम मण्डलको छोरा अं.वर्ष २० को पप्पु भन्ने अनिल कुमार मण्डललाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ऐ.०९ भुकुलुथान बस्ने सुरेश मण्डल खत्वेको घरबाट १ थान खुकुरी फेला परेको । रामेछाप, मन्थली न.पा.१४ साजेटोल बस्ने अम्मर बहादुर खड्काको श्रीमती वर्ष ७२ की भिमा लक्ष्मी खड्कालाई ऐ.बस्ने जगत बहादुर खड्काको छोरा वर्ष २६ को दिलिप खड्काले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हनासाथ जि.प्र.का.रामेछापबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार खो.त.भईरहेको । ज.ज.क.ओखलढुङगा, मिति २०८२।०७।२७ गते अ.१०:०० बजे,सिद्विचरण न.पा.४ काफलबोट बस्ने टिका प्रसाद खतिवडाको छोरा अ.वर्ष १९ को सुनिल खतिवडाले ऐ.सिद्विचरण न.पा.४ काफलबोट बस्ने अलि प्रस्ट बोल्न नसक्ने वर्ष २२ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ बि.सु.गार्ड रुम्जाटारबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । बारा, जितपुर सिमराउ.म.न.पा.१६ टाङिया बस्ती बस्ने वर्ष १२ की मानसिक अवस्था ठिक नभएकी बालिकालाई ऐ.बस्ने वर्ष ४० को सोम बहादुर भोलनले घर नजिकैको जंगलमा लगी ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.निजगढ बाराबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पिडितलाई स्वास्थय परिक्षणको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाईएको । हातहतियार बरामद,दार्चुला, अपिहिमाल गा.पा. १ खायाकोट स्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक थान-२ लुकाई छिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खण्डेश्वरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई रित पुर्वक बरामदगरी नियन्त्रणमा लिईएको ।२०८२।०७।२८ गते १३:१० बजे नियन्त्रणमा लिएकोमा ऐ.०७।३० गते १५:०० बजे थप अनुसन्धानको लागि च.नं. ६७५७ को पत्रसाथ  परिसर भक्तपुरमा ल्याई बुझाएकोमा परिसर भक्तपुरको हिरासतमा राखिएको । ला.औ. पर्सा, जगरनाथपुर गा.पा.१ बिसनपुर्वा स्थित स.प्र.बल, नेपाल बि.ओ.पि. पिडारीगुठ्ठी पर्साबाट आई.डि.नं.३८१७५ का स.प्र.ना.नि.को कमाण्डमा खटीगएको गस्ति टोलीलाई देख्नासाथ अबैध रुपमा नेपालबाट भारत तर्फ मो.सा.मा बाँधेर लैजादै गरेको प्लाष्टिक सहित १० के.जि. (प्लाष्टिक बाहेक ०९ के.जि. ८०० ग्राम) लागुऔषध गाँजा जस्तो देखिने बस्तु छोडि ब्यक्ति मो.सा. सहित फरार भएको हुदाँ ला.औ.बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इ.प्र.का.पटेर्वा सुगौलिमा ऐ.१४;३० बजे ल्याई बुझाएको, उक्त स्थानमा इ.प्र.का.पटेर्वा सुगौलिबाट प्र.ना.नि.को कमाण्डमा मुचुल्का सहितको टोली खटीगएको ।

मिति २०८२।०७।३० गते ०५:०० बजे देखि ऐ ०८।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०१

कर्तव्य ज्यान,अर्धखाँची, भुमिकास्थान न.पा.४ कल्लेरी थामाका चौर बस्ने बर्ष ३१ कि बिष्णु पौडेल मानसिक औषधि सेवन गर्नेले निजकै छोरी बर्ष ४ की आईङ्का पौडेललाई धारिलो हतियार हसियाले घाँटिको गर्दनमा हानि मृत्यु भएको भनि ऐ.०८:२० बजे खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्र.चौ.धारापानी अर्घाखाँची बाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लिएको उक्त स्थान प्र.चौ.धारापानी अर्घाखाँची बाट अं.३ कि.मी.दक्षिण पर्ने र निजको श्रीमान बेलिराम पौडेल कामको शिलसिलमा भारतको दिल्ली गएको । थप अनुसन्धानको लागी जि.प्र.का.अर्घाखाँची बाट प्र.नि.को कमाण्डमा सोको सहित ५ जनाको टोली खटि गएको । थप अपडेट:- ऐ. ११:१५ बजे घटनास्थल मुचुल्का पश्चात लास पो.मा.को लागी जिल्ला अस्पताल सन्धिखर्कको लागी पठाएको , निज हत्या गर्ने महिला र प्रहार गरिएको हतियार हसियासहित खटिएको प्र.नि.को टोलीले जि.प्र.का.अर्घाखाँची तर्फ ल्याउदै गरेको । दाङ, जि.रोल्पा परिवर्तन गा.पा.१ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१८ गिठेपानी स्थित सरस्वती के.सी.को घरमा पुस्तक पसल गरी बस्ने अं.वर्ष २३ को सन्जु सुनारले आफ्नै श्रीमती अं.वर्ष २५ की सीता सुनारलाई  सामान्य बिवादको कारण घाँटी थिचि मारेको भनि निज आफैले व.प्र.का.घोराहीमा आई जानकारी गराउनासाथ तत्काल निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,  थप अनुसन्धानको लागि व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, माईती पक्षलाई खबर भईसकेको, शव घटनास्थलमा रहेको, उक्त स्थानमा व.प्र.का.घोराहीबाट अं.५ कि.मि.पूर्व-उत्तर पर्ने । ज.ज.क./बालयौन दुर्व्यवहार,बर्दिया, बर्दिया गेरुवा गा.पा.१ वगहिपुर वस्ने वर्ष २१ को परीवर्तित नामथर संकेत न. ६६ बगहिपुर (र) ले आफ्नै भतिजी नाता पर्ने परीवर्तित नामथर संकेत न.६६ बगहीपुर (ए १) को छोरी बर्ष ६ कि परीवर्तित नामथर संकेत न. ६६ बगहिपुर (ए) लाइ आफ्नो घरमा लिइ ज.ज.क. गरेको भनी ऐ. १७:४५ बजेको समयमा यस का.मा जानकारी प्राप्त हुना साथ उक्त स्थानमा इ.प्र.का. पाताभार बर्दियाबाट प्र.नि. को टोलि खटी गएको, ज.ज.क.गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई पिडित र पिडक दुवै जनालाई विस्तृत स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको, पिडितको अवस्था सामान्य रहेको । कञ्चनपुर, मिति २०८२।०७।२९गते राति अं. २३:००बजेको समयमा जिल्ला कञ्चनपुर लालझाडि गा.पा.वडा न.२बागबाणि बस्ने जिवन रानाको छोरा बर्ष अ. २२ को दिपेन्द्र राना र ऐ.ऐ. बस्ने घुम्मन रानाको छोरा बर्ष २८ को सुरेश रानाले ऐ.ऐ. बस्ने बर्ष अ. ३५ कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क)भएकि महिलालाई घरमा एक्लै भएको मौका पारी घर भित्र पसि ज.ज.क. गरेको भनि पिडितले मिति २०८२/०७/३० गते १६;०० बजेको समयमा इ.प्र.का. शकरपुरमा जानकारी गराउना साथ उक्त स्थानमा प्र.स.नि. राम बहादुर चौधरीको कमाण्डमा २ जना र थप अनुसन्धानको लागी इ.प्र.का. बेलौरी बाट प्र.नि. कमल प्रसाद चौधारी(९८५८४९०६३)को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गइ निज दुवै जाना पिडकहरुलाइ नियन्त्रणमा लिई पिडित सहित तिनै जनालाई प्र.ब.ना.नि. बिर सिह धामिको कमाण्डमा ६ जनाको प्रहरी टोलिलेबिस्तृत स्वास्थ्य परिक्षणको लागी सेति प्रादेशिक अस्पताल धनगढी लगिएको । गोली लागि मानिस घाईते,संखुवासभा, खाँदबारी न.पा.१ हस्पिटल चोक स्थित पाँचखपन चुङखुरुङ होटलमा शंका लागी फरार प्रतिबादीहरुलाई पक्राउ गर्न खटिएको बिशेष प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा ऐ.खाँदबारी न.पा.६ बस्ने वर्ष ३१ को रुद्र बहादुर बि.क.ले प्रहरी माथिनै हातपात तथा खुकुरी देखाई प्रहार समेत गर्न खोजेकोले आत्मरक्षाको लागि प्र.स.ह.दिगम राईसँग रहेको ठुलो चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरी निजको बायाँ घुँडामा गोली लागी घाईते भई नियन्त्रणमा लिई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगेको, उक्त स्थानबाट प्रहरीलाई प्रहार गर्न प्रयोग भएको १ थान प्रेशर कुकर र १ थान खुकुरी समेत बरामत गरेको, निज घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा क्याम धरान सुनसरी तर्फ पठाएको, निजको अवस्था बोल्न सक्ने मध्यम रहेको, प्रसह दिगम राई समेत घाईते भएको निजको पेट तथा हातमा सामान्य चोट निजको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य, निज रुद्र बहादुर बि.क बिभिन्न चोरी केशमा ९ पटक प्रकाउ परी सजाय समेत भोगेको जि.प्र.का.को अभिलेखबाट देखिएको, उक्त घटनास्थलमा  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त स्थान जि.प्र.का.बाट  अं. ३०० मिटर उत्तर पर्ने । हातहतियार बरामद,भक्तपुर, सुर्यविनायक न.पा.६ सुर्यविनायकबाट मिति २०८२।०५।२३ गते र २४ गते GEN-Z आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुबाट लुटिएका हतियार तथा गोली गठ्ठाहरु जि. कन्चनपुर कृष्णपुर न.पा.६ घर भई हाल जि. भक्तपुर सुर्यविनायक न.पा.६ बस्ने वर्ष १८ को कृष्टल भट्टले आफ्नो कोठामा लुकाई-छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा निजको कोठाबाट 2929301M नम्बरको Model:597MAGNUM समेत उल्लेख भएको म्याग्नम राईफल थान-१, ऐ.को म्याग्जिन थान-१, 91311लेखिएको गोली -२ राउण्ड, 1956 लेखिएको गोली -१ राउण्ड, हातमा लगाउने फलामको नक थान-१,सिमकार्ड सहितको मोबाईल थान-१ काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेला पारी हातहतियार सहित निजलाई मिति  २०८२।०७।२८ गते १३:१० बजे नियन्त्रणमा लिएकोमा ऐ.०७।३० गते १५:०० बजे थप अनुसन्धानको लागि च.नं. ६७५७ को पत्रसाथ  परिसर भक्तपुरमा ल्याई बुझाएकोमा परिसर भक्तपुरको हिरासतमा राखिएको । ला.औ.,धनुषा, विदेह न.पा.१ प्र.चौ.ठाडिझिझा अगाडि प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री ऐ.धनुषाधाम न.पा. ७ किसानपुर बस्ने वर्ष २५ को सिकेन्द्र रामलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट खैरो हेरोइन जस्तो देखिने तरल पदार्थ प्लाष्टिक सहित ८ ग्राम २७० मिलीग्राम फेला परेको  ।  सुनसरी, प्रहरी कार्यालय इटहरीबाट प्र.ना.न.को कमाण्डमा र प्रहरी चौकी खनारबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का.भोजपुरबाट प्र.ह.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले इटहरी १२ स्थितमा रहेको नसिव फार्मेसीमा लागु औषध ट्रामाडोल विक्री वितरण गर्ने उक्त फार्मेसीको संचालक ऐ.इटहरी उपमहानगरपालिका १२ वस्ने वर्ष अ. ५० को नसिव नारायण चौधरीलाई पक्राउको लागि प्रहरी टोली खटी जाने क्रममा निज नसिव नारायण चौधरीलाई निजकै घर आगनमा फेला पारी पक्राउ गरी निज बसोबास गर्दै गरेको घर कोठा समेत खान तलासी गर्न भनी प्रहरी टोली उक्त घर भित्र प्रवेश गर्न खोज्दा नसिव नारायण चौधरीको श्रीमती वर्ष २४ की सम्झना चौधरीले  कोठामा लुकाई छिपाई राखेको लागु औषध सिमेन्टको २ बोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखी कानुन वमोजिम उक्त फालिएको बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र लागु औषध ट्रामाडोल १ पत्तामा १० क्याप्सुलको दरले  १९८० पत्तामा १९८०० क्याप्सुल र उक्त घरको निज नसिव नारायण चौधरी र सम्झना चौधरी सुत्ने कोठाको टेवलबाट औषधी जन्य पदार्थ डिकोलिक १ पत्तामा १० ट्यावलेटको दरले  ४०० ( चार सय)  पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला परेकोले उक्त लागु औषध तथा औषधी जन्य पदार्थ फेला परेकोले फेला परेको लागु औषध तथा औषधी जन्य पदार्थ रित पुर्वक वरामद गरी नसिव फार्मेसीका संचालक नसिव नारायण चौधरी र निजको श्रीमती सम्झना चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई अनुसन्धान भईरहेको ।

मिति २०८२।०७।२९ गते ०५:०० बजे देखि ऐ ०७।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-३०

कर्तब्य ज्यान,महोत्तरी , औरही न.पा.६ बैरिया बस्ने मनोज चौधरीले आफ्नै श्रीमती वर्ष २५ की कबिता देवी चौधरीलाई कपडा काट्ने कैँचीले छाती,घाँटी र पिठ्युमा प्रहार गरी गम्भीर घाईते भई उपचारको लागि जानकी एकेडमी हस्पिटल पठाएकोमा उपचारको क्रममा १२:५३ बजे मृत्यु भएको, शव मुचुल्का पश्चात पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाएको, उक्त स्थानमा प्र.उ.को कमाण्डमा टोली खटी गई कैँची प्रहार गर्ने मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको । सुन सहित अन्य अबैध बरामद,काठमाडौं, का.म.न.पा.९ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित हिमालयन एयरलाईन्सको उडान नं.H9766  उडानद्वारा आगमन यात्रु जि.कास्की पोखरा म.न.पा.३१ स्थायी वतन भएका वर्ष ३७ का बिदुर त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अराईभल पार्किङ एरियामा बाह्य मुलकबाट भन्सार छली लुकाई छिपाई अबैध ल्याएका ईलेक्ट्रिक भेप-७५ थान, ईलेक्ट्रिक भेपको क्वाईल-२५९ थान, DELL कम्पनीको ल्यापटप-३ थान, APPLE कम्पनीको Tab-१ थान, Air Tab (U25 Ultra pro)-१ थान,I-Phone 17 pro max-१ थान, I-Phone 13 pro max-१ थान, Samsung  मोबाईल S25 Ultra-१ थान, Samsung  मोबाईल S23 Ultra १ थान, सुन जस्तो देखीने पहेलो धातुको औंठी-१ थान(तौल अ.१३.३० ग्राम) फेला पारी उक्त परिमाणका सामानहरु संकलन गर्न आएका जि.पर्वत मोदी गा.पा.८ स्थायी वतन भएका वर्ष २४ को सौगात क्षेत्री र जि.जिल्ला मोरङ विराटनगर म.न.पा.२० स्थायी वतन भई हाल काठमाण्डौ म.न.पा.२५ बाङेमुडा बस्ने वर्ष ३९ को सम प्रधानले रिसिभ गरी लैजाने क्रममा त्रि.अ.बि.सु.का.गौचरबाट खटिएको सादा पोसाक प्रहरीले फेला पारी पक्राउ गरी उक्त बरामद जिल्ला प्रहरी परीसर काठमाण्डौ भद्रकाली पठाएको, भोली कार्यालय समयमा त्रि.अ.बि.भन्सार कार्यालय सिनामंगल बुझाईने। स्याङ्जा, भिरकोट न.पा.२ दहथुम स्थित सिद्धार्थ राजमार्गमा प्र.ना.उ.को कमाण्डमा खटी गएको टोलीले चालक जि.स्याङजा चापाकोट न.पा ८ दामाचौर बस्ने वर्ष ३० को बिष्णु बि.क.ले चलाई ल्याएको लु.२९ प ६०१२ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र सुन ५ तोला ६ लाल २ पईन्ट र चाँदी १० तोला ७३ लाल ३ पईन्ट परिमाणमा सुन जस्तो देखिने पहेलो धातु र चाँदी जस्तो देखिने धातु लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि  जि.प्र.का.स्याङ्जा पठाईएको । ला.औ.,बारा, जितपुर सिमरा उ.म.न.पा.५ लल्का पुल स्थित प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा विरगंजबाट पथलैया तर्फ पैदल आउँदै गरेको ऐ.पटेर्वा सुगौली गा.पा. ६ बस्ने वर्ष ३५ की सुसिला देवी र ऐ.पोखरिया न.पा.७ बस्ने वर्ष ३० की पुजा देवीलाई रोकी चेकजाँच गर्दा सुसिला देवीको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ  ७ पुरियामा ४४.४०० ग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सिमरामा ल्याई राखिएको ।  कैलाली, प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले गोदावरी न.पा.२ लम्साल गल्ली स्थित जि.डोटी जोरायल गा.पा.९ बस्ने वर्ष ३७ को ओम प्रकास थापाले संचालन गरेको बोगटी होटलमा जि.बझाङ बुङ्गल .पा.५ घर भई हाल गोदावरी न.पा.२ बस्ने वर्ष  ४१ को नरेश प्रसाद जोशी होटेलको काउण्टर नजिक शंकास्पद रुपमा बसि रहेको अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्दा केहि नभेटिएको र होटेल भित्र चेकजाँच खानतलासी गर्दा काउण्टरको घर्रा भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध(चरेश) जस्तो देखिने जम्मा तौल १०७ ग्राम फेला पारी बरामद गरी लागु औषध ( चरेश) सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मालाखेतीमा ल्याई राखिएको ।

मिति २०८२।०७।२८ गते ०५:०० बजे देखि ऐ ०७।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२९

कर्तब्य ज्यान,राक्सिराङ गा.पा.१ कोलगैरी ठकुरीडाडाँ बस्ने वर्ष अं.७५ को इमान सिंह थोकरले ऐ. बस्ने वर्ष अं.६४ को ठुले गोलेलाई पुरानो रिसिभिको कारण गोली प्रहार गरी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.चैनपुरबाट प्र.ना.नि., इ.प्र.का.नेवारपानीबाट प्र.ब.ना.नि.र इ.प्र.का.मनहरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खोजतलास गर्ने क्रममा जि.मकवानपुर राक्सिराङ गा.पा.१ कोलागैरी (घटनास्थल भन्दा १ कि.मि.पूर्व) स्थितमा गोली प्रहार गर्ने ब्यक्तिलाई जि.प्र.काबाट खटीएको टोलीले कटुवा पेस्तोल थान १, दुई राउण्ड गोली सहित नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर तर्फ ल्याउँदै, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि हेटौडा अस्पताल मकवानपुर पठाएको, उक्त स्थान प्र.चौ.चैनपुरबाट अं.१६ कि.मि.पूर्व पर्ने । गोली प्रहार,धनुषा, मिथिला बिहारी न.पा.९ अन्दुपट्टीमा गोली लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ  इ.प्र.का. तारापट्टी र इ.प्र.का. धनुषाधामबाट प्र.नि.र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने सुरेश यादवको छोरा अं.वर्ष ३० को स.प्र.से.सप्तरी दरबन्दी भई प्र.चौ.पकरी सप्तरीमा कार्यरत(कम्प्युटर कोड ४२१२६६)प्र.स.ह.शम्भु यादव मिति २०८२/०७/२७ गते देखि लागु हुने गरी दिन ५ घ.बि.आएकोमा पुरानो रिसवीको कारण ऐ.बस्ने वर्ष ३५ को राजकुमार यादव लगायत ४ जना मिली १ राउण्ड गोली प्रहार गर्दा ऐ.बस्ने वर्ष ४२ को बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) लगायत ४ जना घाईते भई  उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा उपचारको क्रममा बिन्देश्वर यादव (ऐ.वडाका वडा अध्यक्ष) को ऐ.१९:१५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,घाईते ३ जनाको उपचार भईरहेको,अवस्था मध्यम,सोही घटनास्थमा कटुवा पेस्तोल थान १, लाईभ राउण्ड-१, ऐ.मा लाग्ने गोलीको खोका थान १,र प्र.स.ह.शम्भु यादव लगायत ४ जनालाई नियन्त्रणमा लिईएकोमा,प्र.क.को कान र नाकमा चोट लागि घाईते भएकोले निजलाई जानकी हेल्थ केयर जनकपुरमा ल्याई प्रहरीको निगरानीमा उपचार भईरहेकोमा थप उपचारको लागि ऐ.२९ गते ०२:४५  बजे न्युरो अस्पताल जनकपुरमा पठाईएको,अवस्था सामान्य,अन्य २ जना फरार खो.त.भईरहेको । जबरजस्ती करणी,कपिलवस्तु, मिति २०८२।०७।२५ गते अं.२३:५० बजे जि.कपिलवस्तु बुद्धभुमि न.पा.७ बिशमपुरा स्थित भरत कुमार कार्कीले संचालन गरेको सरस्वती इटा उद्योगमा काम गर्ने देश भारत उत्तर प्रदेश देवरिया जिल्ला गिडा पोष्ट बस्ने वर्ष २२ को राकेश निसादले सोही इटा उद्योगको कम्पाउण्ड भित्रको खाली ठाउँमा देश भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गुलरिया थाना घर भई सोही इटा उद्योगमा काम गर्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भन्ने ऐ.२८ गते ०८:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.गोरुसिंगेबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई  इ.प्र.का. गोरुसिंगेमा ल्याई राखिएको, पीडक र पीडित दुबैलाई स्वास्थ्य परिक्षणको लागी जि.अस्पताल तौलिहवा कपिलवस्तु पठाउने पहल भई रहेको, पीडितको दाजु सोही इटा उद्योगमा काम गर्ने, आमा र २ बहिनी भारतमा बस्ने भन्ने बुझिएको, स्वाथ्याय परिक्षण भइसकेको र थप अनुसन्धान भइरहेको, इ.प्र.का.गोरुसिंगे कपिलवस्तुबाट अं.१३ कि.मि. दक्षिण पश्चिम पर्ने । उदयपुर, कटारी न.पा. वडा नं. ७ रिस्कु नौबिघे स्थित आफ्नै पाखाबारीमा ऐ.७ रिस्कु बस्ने परिवर्तित नाम कटारी G1 (२०८२/२०८३) को श्रीमती अ.वर्ष ६० की परिवर्तित नाम कटारी G (२०८२/२०८३) लाई ऐ.ऐ.बस्ने अ.वर्ष ५५ को एन सिंह राईले जबरजस्तिकरणी गरेको भनि निज पिडितले आज मिति २०८२।०७।२८ गते १७:०० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा आई आवश्यक कार्बाही गरी पाउ भनि जाहेरी दरखास्त दिना साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि.उज्वल खड्की (९८४२५५२८०७) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गई प्रतिबादीलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारी उदयपुरमा ल्याई थप आवश्यक अनुसन्धान कार्य भईरहेको । झापा, २७ गते अ.१८:०० बजेको समयमा सांकेतिक वतन ०४-०१-२१- घ वस्नेसांकेतिक नाम "थ-३" को श्रीमतीबर्ष २७ की सांकेतिक नाम "थ-१"बिगत एक वर्ष देखि माईति घर सांकेतिक वतन ०४-०१-२५-छस्थितमा आई बसेकोमा निज पिडित घास काट्न जादै गर्दा जिल्ला झापा झापा गा.पा. ६ बस्ने बर्ष ४२ को राजु कटुवालले हात समाति तानी निजले संचालन गरेको पसल भित्र लगि ज.ज.क. गरेको भनि निज पिडितको माईति पक्षको बुबा सांकेतिक वतन ०४-०१-२५-छ बस्ने बर्ष ६१ को सांकेतिक नाम "थ(०८२/०८३) ले ऐ. २८ गते १३:०० बजे जि.प्र.का. झापामा आई लिखित जाहेरी दरखास्त दिन साथ तत्काल इप्रका झापाबाट प्रनानिको कमाण्डमा प्रहरी टोली खटि गइ निज पिडकलाई घर वतनबाट नियन्त्रणमा लिई दुबै पक्षलाई प्रादेशिक अस्पताल भद्रपुरमा लगि यौन जन्य स्वास्थ्य परिक्षण गराई निज पिडकलाई जिप्रका झापामा ल्याई थप अनुसन्धान कार्य भई रहेको, निज पिडितको सोही अस्पतालमा उपचार भई रहेको, अवस्था सामान्य रहेको, निज पिडित छारे रोग सम्बन्धि बिरामी रहेको भनि निज पिडितको माईती पक्षको बुबाले जानकारी गराएको ।ला.औ., कंञ्चनपुर भिमदत्त न.पा.४ चम्मनचोक स्थित जि.प्र.का.कञ्चनपुर बाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले जि.बझाङ बुङगल न.पा.७ स्थाई वतन भई हाल जिल्ला डडेल्धुरा आलिताल गा.पा.६ बस्ने वर्ष अं.४० को नरेन्द्र बोहरालाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोलामा प्लाष्टिकको पोका थान-४ मा ३,९०२ ग्राम लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) फेला पारी नयन्त्रणमा लिई शुद्व तौल गर्दा ३,८७२ ग्राम (तिन किलो आठ सय बहत्तर ग्राम) सहित मानिस नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

मिति २०८२।०७।२७ गते ०५:०० बजे देखि ऐ ०७।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२८

सवारी दुर्घटना  भई प्र.क.घाईते/मृत्यु,सिरहा, जि.प्र.का.सिरहाबाट भन्सार चोरी पैठारी नियन्त्रणको लागि प्र.ज.कृष्ण ठाडा मगर, प्र.ज. सागर हस्ता, प्र.ज. सुनिल राम,.प्र.ज.जितेन्द्र साहु र प्र.ज. कृष्ण महरालाई सादा पोसाकमा डिउटी परिचालन गरिएकोमा निज कर्मचारीहरू आ-आफ्नो व्यक्तिगत प्र २-०१-००१ प ८४९९ नं.को मो.सा.र लु.प्र.०१-००७ प ०१७२ नं.को मोटरसाईकलमा गस्ती गर्दै जाने क्रममा ऐ.औरही गाउँपालिका ४ स्थित हुलाकी सडक खण्डमा सन्हैठाबाट गणेशपुर तर्फ जाँदै गरेको प्र २-०१-००१ प.८४९९ नं.को मो.सा.अनियन्त्रित भई ऐ.स्थित सदा पुल छेउमा रहेको खोलामा दुर्घटना भई उक्त मोटरसाईकलमा सवार रहेका प्र.ज.सागर हस्ता (मृत्यु) र प्र.ज. कृष्ण ठाडा मगर (घाईते उपचारको क्रममा प्रादेशिक अस्पताल सिरहामा रहेको) घाईते भएकोमा निजहरूसंगै डिउटीमा रहेको अन्य प्र.क.हरूले प्र.ज.कृष्ण बहादुर ठाडा मगरलाई उपचारको लागिको प्रादेशिक अस्पताल सिरहा लगेर उपचार भइरहेको र निजहरूसंगै डिउटीमा रहेका फेला नपरेको भनि जि.प्र.का.सिरहामा जानकारी गराउनासाथ जि.प्र.का.सिरहाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई निज प्र.ज.सागर हस्दालाई खोजतलास गर्दै जाने क्रममा ऐ.२८ गते अं.०१:४५ बजे दुर्घटना भएको स्थानमा रहेको खोलाको पानीमा अचेत/बेहोस डुबेको अवस्थामा फेला पारी तत्काल उद्दार गरी उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएकोमा डा.ले चेकजाँच गर्दा प्र.ज.सागर हस्दाको मृत्यु भएको जानकारी गराएको, शव पो.मा.को लागि सोही अस्पतालको शव गृहमा राखिएको, निजसंग डिउटीमा रहेका अन्य प्रहरी कर्मचारीहरूलाई सोधपुछ गर्ने लगायतको अनुसन्धान कार्य जारी रहेको । ला.औ.,सुनसरी, इटहरी उप-म.न.पा. ३ डाडागाँउ टोल स्थित कल्पना राईको घरकोठाबाट प्र १-०२-००३ ह ९०५५ नम्वरको सिटी सफारीमा अवैध लागु औषध गाँजाका बोराहरु लोड गरी रहेको भन्ने गोप्य सुचना प्राप्त हुनसाथ अ.प्र.चौ. तालतलैयाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त सिटी सफारीमा लागु औषधको वोरा तथा सुटकेसहरु लोड गर्दै गरेको अवस्थामा जि.सुनसरी इटहरी उ.म.न.पा. ३ वस्ने वर्ष ३५ की कल्पना राई र जिल्ला भोजपुर रामप्रसाद गा.पा. ७ घर भई हाल इटहरी उप-म.न.पा. ३ कल्पना राईको घरमा वस्ने वर्ष २० को मनोज राईलाई लागु औषध तौल गर्दा ४९ वटा प्लाष्टिकको पोकामा ९८ ( अठानन्बे ) केजी तयारी गाँजा सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी इ.प्र.का. इटहरीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।  मकवानपुर, हेटौडा उ.म.न.पा.५ सानोपोखरा स्थित रहेको मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा ला.औ.कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा खटीएको टोलीले चेकजाँच गर्दा सो स्थानबाट ला.औ. ट्रामाडोल  ट्याब्लेट ८३०० पिस  फेला परेको हुँदा जि.मकवानपुर हेटौडा उ.म.न.पा.२ बस्ने वर्ष अं.३५ को बक्सर भन्ने राजिव लामा लगायत ५ जना मानिसहरु र  बा.प्र.०३-००५ प १८५ र ना ३२ प ३२४४ नं.को २ वटा मो.सा.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.मकवानपुरमा ल्याई राखिएको ।

मिति २०८२।०७।२६ गते ०५:०० बजे देखि ऐ ०७।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२७

कर्तव्य ज्यान,बर्दिया, मिति २०८२।०७।२२ गते अं.२०:०० बजे गुलरिया न.पा.३ निमकोठिया बस्ने बर्ष अं.३८ को सुरेश रैदास र निजको श्रीमती बर्ष अं.३६ कि रुपरानी रैदासलाई सामान्य बिबादका कारण ऐ.ऐ.बस्ने बर्ष अं.४५ को बालक राम रैदास, निजको बुहारी बर्ष २२/२३ कि जुगुन्ता रैदास, र ऐ.ऐ.बस्ने बर्ष अं.३६ को कुवारे रैदास समेत मिली हात मुक्काले कुटपिट गर्दा रुपरानी रैदासको छाती पेट्मा चोट लागी स्थानीय मणि मेडिकल  खैरापुरमा लगि औषधी उपचार गरि घर तर्फ लगेको र मिति २०८२।०७।२६ गते अं.२३:३५ बजे निज एक्कासी छाती दुख्ने सास फेर्ने समस्या भई गुलरिया अस्पताल बर्दियामा ल्याइ औषधी उपचार भैईरहेकोमा ऐ.२७ गते ००:२० बजे डा.ले मृत घोषणा गरेको, निजको श्रीमानले समेत छाती दुख्यो भनि औषधी सेवन गरिरहेको, अवस्था सामान्य उक्त स्थानमा प्र.चौ.खैरापुर ‘ख’बर्दियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गएको कुटपिटमा संलग्न तिनै जना नियन्त्रणमा । हा.ह.बरामद,झापा, बिर्तामोड न.पा.२ राम चोक स्थित ला.औ. ब्युरो ईकाई काकरभिट्टा झापाबाट खटिएको प्र.ना.नि. र इ.प्र.का.अनारमनीबाट खटिएको सादा पोसाकको टोलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनी प्रबन्ध शाखामा मौज्दात रही हराएका हा.ह का राउण्ड ऐ.बाह्रदशी गा.पा.४ चकचकी घर भई बिर्तामोड न.पा.२ राम चोक स्थित लाल ब.गिरीको घरमा डेरा गरी बस्ने वर्ष २७ की ईस्रप खातुनको कोठामा SLR को ३८ राउण्ड, INSAS को १६ राउण्ड, काँसको थाल १ वटा, करुवा १ वटा,पित्तलको गिलास १ वटा र प्रहरीको बुट १ जोर र चोरीमा सम्लग्न बिर्तामोड न.पा.२ रामचोक बस्ने वर्ष २२ को बिकाश टुडु समेतलाई फेला पारी बारामद सामान सहित दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,। प्रहरी कर्मचारी सम्बन्धि,रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा रूपन्देहीको आन्तरिक टर्मिनलको Hand Baggage X-Ray मेसिनमा Screening गर्ने क्रममा एती एयरको उडान नं. YT 874 बाट ११:५५ बजेको विमानद्वारा भैरहवाबाट काठमाण्डौं तर्फ जान लागेको जिल्ला अछाम पन्चदेवल विनायकले न.पा. वडा नं. ०८ स्थायी घर भई प्र.चौ. त्रिनगर धनगढी दरवन्दी भई इ.प्र.का. सालझण्डी रुपन्देहीमा कार्यरत प्र.ज. रमेश प्रसाद सन्जयाल (PMIS नं. 481192 संकेत नं. C-००१४०७००) ले बोकेको कालो रङ्को हाते झोलामा गोली जस्तो शंकास्पद वस्तु देखि Hand Baggage X-Ray Machine मा खटिएको प्र.क.ले खबर गरे पश्चात प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पिन्धिको भागमा 7.62 mm लेखिएको थान २ (दुई) र 5.56 mm लेखिएको थान २ (दुई) उल्लेख भएको लाइभ राउण्ड जम्मा -४ (चार) फेला परि नि प्र.ज. र बरामद राउण्ड सहित आवश्यक कारवाहीको लागि जि.प्र.का. रुपन्देही पठाइएको । ला.औ.,पर्सा, पर्सागढी न.पा.९ बडेर्वा पेट्रोल पम्प स्थित सिंहाइ खोलाको छेउमा रहेको बाटोमा ३ जनालाई शंकास्पद हिँडिरहेको अवस्थामा अ.प्र.पोष्ट मनवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती  टोलीले चेकजाँच गर्दा देश भारत बिहार राज्य बैशाली बिन्दुपुर ७ बस्ने वर्ष २३ को राजा कुमार, देश भारत बिहार राज्य जि.बैसाली  राजमाइल पञ्चायत १३ बस्ने वर्ष २३ को बिशाल कुमार र देश भारत बिहार राज्य जिल्ला छपरा सोनपुर वडा नं.३ सवलपुर नयाँ टोल बस्ने वर्ष २३ को पिन्टु कुमारको साथबाट ९ किलो ३५० ग्राम ला.औ. गाँजा फेला पारी नियन्त्रणमा लिई  इ.प्र.का.पटेर्वा सुगौली पठाएको ।  सिरहा, सिरहा न.पा.०१ राष्ट्रिय वाणिज्य बैंक नजिक ला.औ.विक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधामा ला.औ.नियन्त्रण ब्युरो गोलबजारबाट सादा पोसाकको टोली, जि.प्र.का.सिरहाबाट प्र.स.नि. र व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले ऐ.स्थित बाटो छेउमा रोकी राखेको स.११ च ५४८५ नं.को मो.सा.चालक जि.सिरहा सिरहा न.पा.१७ पटेर्वा बस्ने अं.वर्ष २५ को राम जिवन यादव र मो.सा.पछाडि सवार ऐ.बस्ने अं.वर्ष २७ को दिपक कुमार यादव समेतलाई चेकजाँच गर्दा निज राम जिवन यादवको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २४ ग्राम ८२० मिलिग्राम फेला परेकोमा निजहरूलाई उक्त ला.औ.ब्राउण सुगर, निजहरूको साथबाट बरामद भएको थान-३ मोबाईल र उक्त मो.सा.सहित नियन्त्रणमा लिई जि.प्र.का. सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।०७।२५ गते ०५:०० बजे देखि ऐ ०७।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२६

बालिका ज.ज.क./बालयौन दुर्व्यवहार,ईलाम, मिति २०८२।०७।१६ गते अ.१६:०० बजे इलाम.न.पा.०५ बस्ने वर्ष ३० की महिलालाई ऐ.५ ओर्खे मन्दिरडाँडा बस्ने वर्ष २७ को मनोज बुढाथोकीले पिडितकै घर कोठामा गई ज.ज.क.गरेको भन्ने ऐ.२५  गते १८:०० बवजे,खबर प्राप्त हुनासाथ जि.प्र.का. इलामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.इलाममा ल्याई आ.अ. भईरहेको, उक्त स्थान जि.प्र.का.इलामबाट अं.१२ कि.मि.पूर्व उत्तर पर्ने । सवारी.दुर्घटनामा.प्र.क.मृत्यु, कैलाली, मिति २०८२।०७।२४ गते अं.२२;२० बजे,धनगढी उ.म.न.पा.१ स्थित जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडी चालक  ऐ.७ बस्ने बर्ष ३५ को दिपेन्द्र भण्डारीले चलाएको बा.प्र.९६ प ६६३८ न.को मो.सा.आफै अनियन्त्रित पल्टिदा,मो.सा.चालकको निधारमा र सोहि मो.सा.पछाडी सवार जि.बझाङ जयपृथ्वि न.पा.१० बस्ने प्र.चौ.धौलाकोट दार्चुला दरबन्दि भई हाल सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचिव ज्यू को निवास गार्डमा कार्यरत क.को.न.४६७६५० को प्रहरी जवान वर्ष २८ को भुवन खड्का घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.कैलालीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि दुबै जनाको सेति प्रादेशिक अस्पताल धनगढीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं पठाईएको, ऐ.२५ गते २०:३० बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,घाईते उपचार पश्चात डिस्चार्ज भएको,मो.सा.जि.प्र.का.कैलालीको नियन्त्रणमा,उक्त स्थान जि.प्र.का.कैलालीबाट ५०० मिटर पश्चिम पर्ने बेवारिसे शव फेला,कञ्चनपुर, बेदकोट न.पा.३ दैजी स्थित पूर्व-पश्चिम राजमार्ग किनारामा रहेको होम पाईप भित्र नामथर, वतन नखुलेको पुरुष व्यक्तिको शव सडी गलेको अवस्थामा रहेको भनी अ.प्र.पोष्ट दैजी कञ्चनपुरमा जानकारी प्राप्त हुनासाथ प्र.ना.नि. र जि.प्र.का.कञ्चनपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाई शव गृहमा राखिएको, उक्त स्थान अ.प्र.पोष्ट दैजीबाट अं.२ कि.मि.दक्षिण पश्चिम पर्ने । धारिलो हतियार प्रहार,धनुषा, मिथिला विहारी न.पा.८ कचुरी बस्ने अं.वर्ष ६० को जोगिन्द्र यादव आफ्नै खेतमा धान काट्ने क्रममा निजकै बुहारी अं.वर्ष २५ की अदुला देवी यादवसँग के-कुन विषयमा झै-झगडा तथा कुटपिट हुँदा निज जोगिन्द्र यादवले हँसियाले अदुला देवी यादवलाई प्रहार गर्दा निजको दुबै हात, छाती, टाउको र गालामा काटिएको, घाईतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको, अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.तारापट्टीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, जोगिन्द्र यादव फरार रहेकोले खो.त.कार्य भईरहेको, हँसिया इ.प्र.का.तारापट्टीको नियन्त्रणमा रहेको, निजको श्रीमान वैदेशिक रोजगारमा रहेको भन्ने बुझिएको, उक्त स्थान इ.प्र.का.तारापट्टीबाट अं.३ कि.मि.पश्चिम पर्ने । महोत्तरी, औरही न.पा.१ औरही स्थित ऐ.बस्ने उमेश मण्डलको ( डिभोर्स भएको) श्रीमती अं.वर्ष ४२ की सरस्वती मण्डललाई ऐ.बस्ने नवल चौधरीको छोरा वर्ष २६ राकेश चौघरीले के-कुन कारण चक्कु प्रहार गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.औरहीबाट र इ.प्र.का.गौशाला महोत्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि सुभ-स्वस्तिक अस्पताल बर्दिबास पठाईएको,अवस्था गम्भिर,चक्कु प्रहार गर्ने व्यक्ति प्रहरीले नियन्त्रणमा लिई इ.प्र.का.गौशालामा ल्याई राखिएको,उक्त स्थान प्र.चौ.औरहीबाट अं.७०० मिटर उत्तर पर्ने ।स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा,सिन्धुली, हरिहरपुरगढी गा.पा.२ झनझने चेकपोष्ट अगाडी मदनभण्डारी राजमार्गमा प्र.चौ.झनझनेबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले सिन्धुलीबाट काठमाडौँ तर्फ जाँदै गरेको चालक जि.काठमाडौँ का.म.न.पा.३१ बस्ने वर्ष २५ को आदिल हमिदले चलाएको बा.प्र.०१-०३१ च ५८०४ नम्बरको KIA कम्पनीको सानो गाडी चेकजाँच गर्दा गाडीको पछाडी साईडमा राखेको टायरभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको रु.१५,००,०००/-( पन्ध्र लाख) नगद सहित गाडी र  गाडीमा सवार आदिल हमिद सहित ३ जना नेपाली र चाईनिज नागरिक अं.वर्ष ३२ को XIONG CHANGYE गरी ४ जनालाई नियन्त्रणमा लिई प्र.चौ.झनझनेमा राखी अनुसन्धान कार्य भईरहेको, थप अनुसन्धानको लागि इ.प्र.का.कपिलाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त स्थान प्र.चौ.झनझनेबाट अं.३० मिटर पर्ने । लागु औषध सहित मानिस पक्राउ,मोरङ, उर्लाबारी न.पा.१ झारसाझि स्थितमा इ.प्र.का. मधुमल्लाबाट प्र.ना.नि.को  कमाण्डमा खटी गएको गस्ती टोलीले पैदल हिडि रहेको ऐ.बस्ने वर्ष २६ को मिलन भन्ने गिरिजा तामाङ र ऐ. बस्ने वर्ष ३३ को चन्द्र बहादुर दनुवारलाई शंका लागि निजहरुको शरिरको खानतलासि गर्दा मिलन भन्ने गिरिजा तामाङको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेकको तौल १ ग्राम ५२० फेला पारी ऐ बस्ने चन्द्र भण्डारीको श्रीमती वर्ष ४५ की दुर्गा देवि भण्डारी संग खरिद गरेको भनि बताएकोले निज महिलाको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाइ राखेको लागु औषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेकको तौल १९ ग्राम २०० मिलिग्राम, डिजिटल तराजु थान -१,नगद रु.१५ हजार समेत फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.उर्लाबारीमा ल्याई राखि आ.अ.भईरहेको,उक्त स्थान इ.प्र.का.उर्लाबारीबाट अं.५ कि.मि उत्तर पर्ने ।  सुनसरी, धरान उ.म.न.पा.२० कोकाहा खोला स्थितमा इ.प्र.का.धरान सुनसरीबाट प्र.ह.को कमाण्डमा खटी गएको टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्र.१-०२-०५३ प ९९८२ न.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक जि.धनकुटा सहिदभुमी गा.पा.१ बस्ने वर्ष २३ को सिद्वार्थ राईले  बोकेको कालो झोलामा ला.औ.गाँजा ११ के.जी. फेला पारी मो.सा.र ला.औ.सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याइ राखिएको,उक्त स्थान इ.प्र.का.धरानबाट अं.९ कि.मि. उत्तर पश्चिम पर्ने ।

मिति २०८२।०७।२४ गते ०५:०० बजे देखि ऐ ०७।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२५

कर्तव्य ज्यान,पर्वत, मोदी गा.पा.६ दराक बस्ने बर्ष अं.५१ को जित ब.वि.क.ले आफ्नो श्रीमती वर्ष ५२ की सिता वि.क.लाई कुटपिट गरी आफ्नै घरको कोठामा भुईमा ओत्तानो सुताएको अवस्थामा टाउको र अनुहारमा चोट लागि रगत लतपटिएको अवस्थामा सिरक ओडाई राखेको अवस्थामा निजको आफ्नै बुहारी वर्ष २८ की शोभा वि.क.ले थाहा पाई स्थानीय मार्फत ऐ.०२:३० बजे प्र.चौ.देउपुर डिमुवामा खबर गर्नासाथ प्र.चौ.देउपुर डिमुवाबाट प्र.ह. को कमाण्डमा टोली खटी गई हेर्दा निज महिला आफ्नै १ तले २ कोठा भएको पक्की घरको सुत्ने कोठामा भुईमा ओत्तानो सुताएको टाउको र अनुहारमा चोट लागि रगत लतपटिएको अचेत अवस्थामा सिरक ओडाई राखेको फेला पारेको, कोठा भित्र काठ र फलामबाट बनेको रन्दा (काठ चिल्लाउने औजार) रगत लतपटिएको अवस्थामा फेला परेको र हँसिया रगत नलगाएको अवस्थामा फेला परेको, घाईतेलाई ऐ.०३:५५ बजे एम्बुलेन्समा राखि प्रदेश अस्पताल कुश्मा पर्वत पठाईएको, उपचारमा छिमेकी राजकुमार वि.क. संलग्न, निज जित ब.बि.क.लाई स्थानियहरुले घरमा नै कोठामा थुनि राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको, निज जित ब.वि.क.०७।२३ गते जि.कारागार पर्वतबाट छुटेको (ज.ज.क.मुद्दा), घरमा श्रीमान्, श्रीमती,१ बुहारी र १ नातिनी (२ महिना) गरी ४ जना बस्ने, ३ जना छोरा रोजगारीको लागि विदेश रहेको, जि.प्र.का.पर्वतबाट प्र.स.नि.को कमाण्डमा थप टोली खटि गएको । बालिका ज.ज.क./बालयौन दुर्व्यवहार,कपिलवस्तु, २३ गते अं.२३:५० बजे, जि. अर्घाखाँची सिंतगंगा न.पा.१२ गमारे घर भई हाल फुपु दिदीको घर जि. कपिलवस्तु बुद्धभुमि न.पा.१ कपासे शान्ती टोल बस्ने  वर्ष १३ की बालिकालाई ऐ.२३ गते अं.२३:५० बजे कोठामा सुतिरहेको अवस्थामा निजको फुपाजु नाता पर्ने ऐ.बस्ने वर्ष ३६ को पुरूषले ज.ज.क.गरेको भनी ऐ.०७।२४ गते १३:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.गोरुसिंगेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडित दुवै जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाईएको, पीडितको बुवा रोजगारको लागि अर्घाखाँची र आमा बिदेशमा रहेको भन्ने बुझिएको,उक्त स्थान इ.प्र.का.गोरुसिंगेबाट अं ४ कि.मि.पुर्व उत्तर पर्ने । बाँके, बैजनाथ गा.पा.२ पहाडीपुर बस्ने वर्ष २३ को अमर सुनारले ऐ.बस्ने वर्ष १३ की बालिकालाई घर नजिकै रहेको जंगलमा लगेर ज.ज.क.गरेको भनी निजको आफन्तले इ.प्र.का.बनकटुवामा ऐ.१८:४० बजे जानकारी गराए पश्चात इ.प्र.का.बनकटुवाबाट प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का. कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई निज अमर सुनारलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई आ.अ.भइरहेको । शंकास्पद मृत्यु,धनुषा, हंसपुर न.पा.७ नुवाखोर बस्ने बिन्देश्वर दास तत्माको श्रीमती अं.वर्ष ६२ की चन्द्रकला देवी दास घर देखि अं.५०० मिटर दक्षिण पश्चिम पर्ने बेचन साह तेलीको धानको खेतमा संकास्पद मृत अवस्था रहेको (निज मृतकको अनुहार र दाहिने हातमा गहिरो काटिएको) भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.सुगानिकासबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको, घटनामा संलग्न संकास्पद ऐ.बस्ने बिहारी मण्डलको श्रीमती अं.वर्ष ५० की पवित्री देवी मण्डलको बाँया हातको चोर औंला काटिएको र लुगामा रगत समेत देखिएकोमा निजलाई नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा राखिएको । धारिलो हतियार प्रहार,सर्लाही, गोडैता न.पा.२ जयपुर स्थित ऐ. बस्ने जय प्रकाश महतोको श्रीमती अ.वर्ष ४० की रामरती देवी महतोले जग्गाको बिषयलाई लिएर झै-झगडा हुँदा ऐ. बस्ने वर्ष ५६ को छीमेकी रामएकवाल महतोलाई कोदालोले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागी बिरगंज तर्फ पठाइएको अवस्था मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. मधुबनगोठबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कोदालो प्रहार गर्ने रामरती देवी महतोलाई नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ. मधुबनगोठबाट अ.७ कि.मि. दक्षिण पर्ने उत्तर पर्ने । ला.औ., मोरङ, रंगेली न.पा. ६ नेमा टोल स्थित बिशेष सुचनाको आधारमा इ.प्र.का. रंगेलीबाट प्र.ना.नि.को कमाण्डमा खटीएको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मे.१ प.९५०७ नं. को मो.सा.लाई शंका लागी मो.सा. चालक जि.मोरङ लेटाङ न.पा. ३ बिपि चोक बस्ने वर्ष अ.१९ को गणेश बर्देवा र सोही मो.सा. पछाडी सवार ऐ.४ हाटखोला बस्ने वर्ष अ.२४ को देबिन नेपालीलाई चेकजॉच गर्ने क्रममा गणेश बर्देवाले लगाएको जिन्सको ज्याकेटको गोजी भित्र खुकुरी चुरोटको बट्टा भित्र कालो प्लाष्टिकमा खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा १०.७७० (दश ग्राम सात सय सत्तरी मिलिग्राम) र प्लाष्टिक बाहेकको तौल गर्दा ७.३४० (सात ग्राम तिन सय चालिस मिलिग्राम) फेला पारी मो.सा. सहित दुबै जनालाई नियन्त्रणमा लिइ इ.प्र.का. रंगेलीमा ल्याई आ.अ.भइरहेको ।

मिति २०८२।०७।२३ गते ०५:०० बजे देखि ऐ ०७।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२४

ज.ज.क.,बर्दिया, मिती २०८२।०७।२२ गते अं.२३:३० बजे जि.गोर्खा पालुङ्गटार न.पा.९ सिस्नेरी सेरा घर भई ससुराली जि.बर्दिया बारबर्दिया न.पा.५ पत्थरपुर आएको अं.वर्ष २७ को पुरूषले आफ्नै श्रीमती अं.वर्ष २३ की महिलालाई माईती घरमा सुतिरहेको अवस्थामा ज.ज.क. गरेको भनि ऐ.२३ गते १७:३० बजे पीडितले इ.प्र.का.जयनगरमा जाहेरी दिनासाथ प्र.ह.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रण लिई इ.प्र.का. जयनगरमा ल्याई स्वास्थ्य परिक्षणको लागी दुबै जनालाई बर्दिया अस्पताल गुलरिया तर्फ पठाईएको, निजहरु श्रीमान श्रीमतीको साथमा ६ महिनाको बच्चा (छोरा)  समेत रहेको, पीडितको अवस्था सामान्य रहेको । कर्तब्य ज्यान,काठमाण्डौ,  जि.गोरखा चुमनुब्री गा.पा.६ घर भई का.म.न.पा.१५ किमडोल बस्ने वर्ष ७८ को आमकी लामालाई निजको छोरा वर्ष ३६ को रोशन गुरुङले कुटपिट गरि अशक्त बनाई फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.वृत्त स्वयम्भुबाट प्र.ह.को कमाण्डमा खटी गएको टोली घटनास्थलमा पुगेर हेर्दा बाबु र छोरा दुबै जना घाईते भएको फेला पारी तत्काल उपचारको लागि स्वयम्भू स्थित मनमोहन अस्पतालमा लगि उपचार पश्चात ऐ.२४ गते ००:३५ बजे थप उपचारको लागि ट्रमा अस्पतालमा पठाइएको, रोशन गुरुङ टाउकोमा चोट बोल्न सक्ने (मध्यम), आमकी लामा ऐ.२४ गते ००:५० बजे ICU नभएको कारण पुन:मनमोहन अस्पतालमा ल्याई उपचार भईरहेकोमा ऐ.२४ गते ०२:४५ बजे आमकी लामालाई चिकित्सक द्धरा मृत घोषणा गरेको, कुटपिट गर्ने छोरा पेम्बा लामा डिस्चार्ज पश्चात प्र.वृत्त स्वयम्भुको नियन्त्रणमा रहेको । हा.ह.बरामद,ललितपुर, बागमति गा.पा.५ इकुडोल स्थित राम आचार्यको घरमा बस्ने (कामदार) वर्ष २८ को सुर्यमान थिङले आफु बस्ने घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.भट्टेडाडाँबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ.भट्टेडाडाँमा ल्याई राखेको । कास्की, मिति २०८२।०५।२३ र २४ गते जेन्जी आन्दोलनको क्रममा जि.कास्की पोखरा म.न.पा.१ बगर स्थित रहेको व.प्र.का.बगरमा प्रदर्शनकारी व्यक्तिहरुको समुहले आगजनी तथा तोडफोड गरी कार्यालयमा भएका जिन्सी आम्दानीमा रहेको विभिन्न हा.ह. लुटपाट गरेकोमा ऐ.०७।२३ गते अं.१७:४५ बजे जि.कास्की पोखरा म.न.पा.२ मिरुवा घर भई ऐ.बाग्लुङ बसपार्क बस्ने वर्ष १६ को समर नाल्मिले हतियार लुकाई छिपाई राखेको भन्ने सूचना व.प्र.का.बगरमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजको कोठा खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा व.प्र.का.बगरको जिन्सी आम्दानीमा रहेको हतियार नं.३१०२९०७८ को TYPE 54 चाइनिज पेस्तोल थान-१ म्याग्जिन नभएको (साबुद) बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्कीमा राखिएको । कैदि  मृत्यु,मोरङ, २०८२।०७।२२ गते १४;१० बजे जि.मोरङ मिक्लाजुङ गा.पा.०१ घर भई जि.कारागार मोरङमा २०८०।१२।०५ गतेबाट २० वर्ष कैद भुक्तान गरिरहेको कर्तव्य ज्यान मुद्दाको कैदी वर्ष ४२ को ज्ञान बहादुर राईलाई पेट दुख्ने, सास फेर्न गाह्रो हुने समस्या भएकोले कोशी अस्पताल बिराटनगर लगी बेड भर्ना गरी उपचार भईरहेकोमा ऐ.२३ गते १६:१५ बजे डाक्टरले मृत घोषणा गरेको शव सोहि अस्पतालमा रहेको । गोली प्रहार बाट मानिस घाईते,बर्दिया, ठाकुरबाबा न.पा.३ मृचैया स्थित भिम साउथको घरमा कालगतिले मानिसको मृत्यु भएको र उक्त स्थानमा कुरुवा बस्न गएका ऐ.१ भुरिगाउँ बस्ने वर्ष ३८ को रमेश प्रसाद तिमिल्सिनालाई ऐ.३ गिदरपुर बस्ने अं.वर्ष २५ को तर्क भण्डारी लगायत १०/१५ जनाको समुहले सामान्य विवादको कारण कुटपिट गरि टाउको, दुबै घुँडा, बायाँ हातमा चोट र पेस्तोलबाट ४ राउण्ड गोली समेत प्रहार गरेकोमा १ राउण्ड गोली दायाँ हातको पञ्जामा लागि घाईते भई नगर अस्पताल भुरिगाउँमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर बाँके रिफर गरेको, अवस्थामा गम्भीर, उपचारमा घाईतेको साला राजिब देबकोटा रहेको, कुटपिट तथा गोली प्रहार गर्ने व्यक्ति फरार रहेको, इ.प्र.का.बगनाहा भुरिगाउँ‌बाट प्र.नि.को कमाण्डमा टोली र जि.प्र.का.बर्दियाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट तथा गोली प्रहार गर्ने मानिसहरुको खो.त.कार्य भईरहेको । कुटपिटमा संलग्न अन्य ब्याक्तीहरु मध्य  ऐ.०३;१० बजे  जि.बर्दिया ठाकुरबाबा न.पा. ३ बस्ने वर्ष २० को प्रकाश साउदलाई निजको घर वतनबाट नियन्त्रणमा लिई आवश्यक सोधपुछको लागी जि.प्र.का.बर्दिया ल्याइएको । ला.औ., धनुषा विदेह न.पा.१ स्थितमा प्र.चौ. ठाडिझीझाबाट प्र.स.नि. कमाण्डमा खटी गएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने श्याम किशोर यादवको छोरा अं.वर्ष ३० को मुकेश कुमार यादवलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाईन्टको बाँया गोजीभित्र सेतो प्लाष्टिकमा खैरो हिरोईन जस्तो देखिने तरल पदार्थ प्लाष्टिक सहित ४२.४६० मिलिग्राम प्लाष्टिक बिना ४१.१९० मिलिग्राम फेला परेको साथै निजको साथमा मोबाईल थान-२ समेत फेला पारी मोबाईल र ला.औ.सहित निजलाई नियन्त्रणमा लिई प्र.चौ ठाडिझीझा धनुषामा ल्याई राखिएको ।

मिति २०८२।०७।२२ गते ०५:०० बजे देखि ऐ ०७।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२३

ज.ज.क./ बालयौन दुर्व्यवहार,डोटी, दिपायल सिलगढी न.पा.१ ढार्चुम्मा बस्ने वर्ष ५२ को ओम प्रकाश चन्दले ऐ.बस्ने वर्ष १३ की बालिकालाई ऐ.२२ गते अं.०८:०० बजे ऐ.ढाडखोला स्थित कुरीको झाडीमा लगी ज.ज.क.गरेको भनी ऐ.१६:०० बजे पीडितको आमाले इ.प्र.का.दिपायलमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.डोटीमा राखी आ.अ.भईरहेको । ओखलढुङ्गा, मिति २०८२।०५।०६ गते २०.३० बजे सिद्विचरण न.पा.७ बिगुटार बस्ने वर्ष २२ की  मानसिक अस्वस्थ भएकी महिलालाई ऐ.सिद्विचरण न.पा.७ बिगुटार घर भई हाल ऐ.मोलुङ गा.पा.२ टेकनपुर बस्ने वर्ष ५७ को पुरुष व्यक्तिले जबरजस्ती करणी गरेको भनी ऐ.०७।२२ गते १६:४५ बजे जि.प्र.का.मा लिखित जाहेरी प्राप्त हुनासाथ प्र.ह.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा प्रतिवादीलाई पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात पीडक र पीडित दुबै जनालाई यौनजन्य स्वास्थय परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाएको । शीशु मृत्त फेला,नुवाकोट, तार्केश्वर गा.पा.४ बुद्दसिंह स्थित ऐ.ऐ.बस्ने तिलक ब.श्रेष्ठको छोरी बर्ष अं.१९ की सुस्त मनस्थिती भएकी मनिषा श्रेष्ठ (अविबाहित) ले अं.५/६ महिनाको नवजात शिशु (छोरी) जन्माई मृत अवस्थामा शौचालयमा फालेको अवस्थामा निजको हजुरबाले देखि ऐ.०६:३० बजे प्रहरी चौकी तारुकामा खबर प्राप्त हुना साथ प्र.ना.नि.को कमाण्डमा ४ जना र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।  धारिलो हतियार प्रहार,झापा, दमक न.पा. वडा न.७ बुद्धमार्ग स्थित जिल्ला ईलाम फाकफोकथुम गा.पा. वडा न.५ घर भई ऐ. बस्ने धर्म बिष्टको घरमा डेर गरी बस्ने वर्ष ४० को प्रकाश श्रेष्ठलाई जि.झापा दमक न.पा.६ घर भई सोही घरमा डेरा गरी बस्ने वर्ष ३५ को मन कुमार कार्कीले (दुवै जनाले मापसे गरी) बाद बिवादको कारण एक्कासी चक्कुले प्रकाश श्रेष्ठलाई घाटीमाको प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागी दमक अस्पताल दमकमा पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी B&C अस्पताल बिर्तामोड रेफर गरेको,अवस्था बोल्न नसक्ने गम्भिर, चक्कु प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा ।  कैदि बिरामी मृत्यु,सुनसरी, मिति २०८२।०७।२३ गते बिहानको ०५;३२ बजेको समयमा झुम्का कारागार सुनसरीमा जिउ मास्ने बेच्ने मुद्दामा कैद भुक्तान गरीरहेका जिल्ला सुनसरी ईटहरी उमनपा १४ बस्ने बस्ने बर्ष ५७ को सुकना भन्ने सुधना सरदार(पहिले देखि डाईबिटिज बिरामी रहेकोले औषधी सेवन गर्ने)  एक्कासि बेहोस भएको हुदा उपचारको लागी प्र.ह. सन्तोष कुमार श्रेष्ठ (९८१७७०६६७५) को कमाण्डमा २ जनाको टोलिले बा.प्र. ०१ ००२ झ ७१२५ नं. को भ्यानमा जिल्ला अस्पताल ईनरुवा सुनसरी तर्फ लिई गएको   थप अपडेट, ऐ. ०६:१४ बजे जिल्ला अस्पताल सुनसरीमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको । सव ऐ. अस्पतालमा रहेको, आफन्तलाई जानकारी गराएको ।

मिति २०८२।०७।२१ गते ०५:०० बजे देखि ऐ ०७।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२२

थुनुवा मृत्यु,सुर्खेत,२१ गते ०६;४५ बजे जि.प्र.का.सुर्खेतको हिरासत कक्षमा रहेको ५.५४ ग्राम  ला.औ.ब्राउनसुगर मुद्दाको ३ जना प्रतिवादी रहेको थुनुवा जि.सुर्खेत बीरेन्द्रनगर न.पा. ११ पिपिरा बस्ने वर्ष ३५ को गंगे सुनार मिति २०८२।०५।०३ गते पक्राउ परी निज हिरासत बसेको दिन ७८ भएको निजहरुको मुद्दा १४ गते अदालत बुझाएकोमा ऐ.२१ गतेको लागि पेशी तोकिएकोमा जि.प्र.का.सुर्खेतको हिरासतको ५ नं. सेलमा सुतिरहेकोमा बिहान ०५:५० बजे संगै सुतेका साथिले उठाउदा नउठि वेहोस अवस्थामा रहेको भन्ने गार्डमा खटिएका प्रहरीलाई खबर गर्ना साथ तुरुन्तै उपचारको लागी प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएकोमा ऐ.७:४५ बजे  डाक्टरले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको ऐ.१३:५५ बजे मृतकका आफन्त अ.१३ जना, प्रहरी प्रशासन र प्र.जि.अ. सहित जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसेकोमा ऐ. १४:२५ बजे घटनाको बारेमा आज बेलुका सम्म निष्पक्ष छानबिन समिति गठन हुनु पर्ने माग राखि जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट बाहिरिएका अन्य अवस्था सामान्य  । नोट- जि.प्रशा.का. सुर्खेतको प्रशासकिय अधिक्रितको संयोजकमा ५ सदस्यीय छानबिन समिति गठन गरेको ।  ज.ज.क.,संखुवासभा, मिति २०८२।०७।२० गते अ.११:१० बजे धर्मदेबी न.पा.२ तामाफोक बस्ने अं.वर्ष २० को इक्पल जिमीले आफ्नै घरमा ऐ.बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.२१ गते १६:०० बजे इ.प्र.का.चैनपुरमा जाहेरी प्राप्त हुनसाथ प्र.चौ.शनिश्चरेबाट प्रहरी टोली खटी गई निज इक्पल जिमिलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको, । स.दु.मृत्यु (प्र.क.) ,कपिलवस्तु, शुद्धोधन गा.पा.३ सानो सिसनिया स्थित हुलाकी सडक-खण्डमा सवारी दुर्घटना भएको भन्ने खबर प्राप्त हुना साथ इ.प्र.का.पकडी कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा तौलिहवाबाट भैरहवा तर्फ जाँदै गरेको लु ८३ प ७६९२ नं.को मो.सा. र भैरहवाबाट तौलिहवा तर्फ आउँदै गरेको (मो.सा.चालक नेपाल प्रहरी अनुसन्धान कार्यालय कपिलवस्तु दरबन्दी भई हाल इ.प्र.का.कृष्णनगर कपिलवस्तुमा कार्यरत कम्प्युटर कोड नं.४७१२९३, संकेत नं.C-००१३२८५०) वर्ष ३२ का प्रहरी जवान निरन्जन यादव र पछाडी सवार जिल्ला रुपन्देही रोहिणी गा.पा.७ टिगर स्थायी वतन भएको (कम्प्युटर कोड नं.-४१२३६८, संकेत नं.-C-००१२१६८२) कारागार सुरक्षा गार्ड तौलिहवा, कपिलवस्तु दरबन्दी भई हाल इ.प्र.का.कोपवा कपिलवस्तुमा कार्यरत वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम बिलास यादव) सवार रहेको नम्बर नखुलेको मो.सा. एक-आपसमा ठोकिन गई ऐ.दिशाबाट आई रहेको ना ६ ख ७७१९ नं.को ट्रकले ठक्कर दिँदा नम्बर नखुलेको मो.सा.पछाडी सवार वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम बिलास यादब सिरियस घाईते भई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाईएकोमा जेकजाँचको क्रममा ऐ.१५:३० बजे डाक्टरले मृत घोषणा गरेको, निज मृतक प्र.स.ह.र चालक प्र.ज.शुद्धोधन गा.पा.३ को वडा एरियामा अवैध मलखाद्य लुकाई छिपाई बिक्री विवतण भई रहेको सुचनाको आधार डियुटीमा खटी गएको भन्ने इ.प्र.का.कोपवा/कृष्णनगरबाट जानकारी प्राप्त भएको, मृतकको आफन्तलाई खबर भएको, शव सोही अस्पतालमा रहेको, लु ८३ प ७६९२ नं.को मो.सा.मा सवार मो.सा.चालक जि.कालिकोट शुभकालिका गा.पा.-५ बस्ने बर्ष ३२ को उमाकान्त अधिकारी  लगायत २ जना घाइते भई  उपचारको लागि भैरहवा तर्फ पठाई उपचार पश्चात डिस्चार्ज भई जि.प्र.का.मा ल्याई आ.अ.भइरहेको, निज प्र.ज.स.दु.पश्चात मो.सा.सहित फरार रहेको, खो.त.कार्य भईरहेको, ट्रक र ट्रक चालक जि.कपिलवस्तु बुद्धभुमि न.पा.२ बडहरा बस्ने वर्ष ३२ को शम्भु थारु (स.चा.अ.प.भएको, मा.प.से.नगरेको) इ.प्र.का.पकडीको नियन्त्रणमा, अनुसन्धान कार्य भईरहेको, । उपचारको क्रममा मृत्यु (फुटकर ज्यान),दाङ, तुलसीपुर उ.म.न.पा.१५ गब्दवा बाट एम्बुलेन्स द्वारा उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याइएको नाम थर वतन नखुलेको बर्ष अं.२५ को पुरुष ब्यक्ती लाई डाक्टरले चेकजाँच गर्दा ऐ.०१:३५ बजेको समयमा मृत घोषणा गरेको, लास सोही अस्पतालमा रहेको,आफन्त सम्पर्कमा नआएको, निजको नाक मुख बाट हल्का रगत निस्केको, बाँया घुडामा चोट भएको, भनि सोही अस्पतालमा कार्यरत प्र.क.मार्फत खबर भए पश्चात ई.प्र.का.मलवार दाङ बाट प्र.ना.नि.जँग वहादुर महत क्षेत्रीको कमाण्डमा ४ जना र इ.प्र.का.तुलसीपुर दाङ बाट प्र.नि.बिनोद राज खत्रीको कमाण्डमा ७ जना खटिएको, कारण नखुलेको । नोट;-तुलसीपुर उ.म.न.पा.१५ बस्ने अनिल चौधरी र प्रकाश चौधरीले निजलाई उपचारको लागी ऐ.स्थित रहेको लाल बहादुर चौधरीको मेडिकलमा लगेको, उक्त मेडिकलमा उपचार हुन नसक्ने भनेपछी निजहरुले एम्बुलेन्स लाई  खबर गरेको भन्ने बुझिएको, निजहरुको खो.त.भईरहेको । लागु औषध,मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ३-००१ ज ९९८ न.को EV गाडीमा सवार ऐ.मनहरी गा.पा.९ बस्ने बर्ष अ.३६ की अनिता श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७६० मिलिग्राम (तौल भएको) फेला परेकोले उक्त ला.औ.सहित जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाईएको, E.V. गाडी लाई गन्तब्य तर्फ गएको, । सुनसरी ,बर्जु गाँउपालिका ५ गोचाकामत टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमति प्रदेश-०१-०२७ च. ०२४० नम्बरको सेतो रङको स्कार्पियोमा ला.औ.गाँजा लोड भएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.दुहवीबाट खटिएको प्र.नि.को कमाण्डमा र इ.प्र.का.सितागंजबाट प्र.ना.नि.को कमाण्डमा खटोएको संयुक्त टोलीले उक्त स्कार्पियोलाई नियन्त्रण गर्नका लागि लखेट्ने क्रममा ऐ.स्थित स्कार्पियोलाई छोडी चालक फरार भएको, उक्त स्कार्पियोलाई चेकजाँच गर्दा कालो प्लाष्टिकमा प्याक गरी स्कार्पियोभित्र लोड गरेर राखेको अवस्थामा ११ पोका (नापतौल गर्न बाँकी) गाँजा बरामद गरी उक्त स्कार्पियो र गाँजा इ.प्र.का.दुहवीमा ल्याई राखिएको, चालकको खो.त.कार्य भैरहेको, ।  ललितपुर, जि.रामेछाप गोकुलगांगा गा.पा.६ फर्पु घर भई हाल ललितपुर गोददावरी न.पा.२ मानडाँडा मिठु घले मगरको २ तले कच्ची घरको दोस्रो तलामा बस्ने वर्ष २७ को रमेश राईको कोठामा ला.औ.कारोबर भईरहेको भनी खबर प्राप्त हुनासाथ प्र.प्रभाग गोदावरीबाट प्र.स.नि.र प्र.प्रभाग बाडेगाँउबाट प्र.नि.को कमाण्डमा टोली खटि गई नगद रु २० हजार ४ सय ७०, विभिन्न कम्पनीको मोबाइल ७ थान, ट्रमाडोल:-४ हजार ५० पिस, गाँजा अं.४०० ग्राम, घडी ३ थान सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको,

मिति २०८२।०७।२० गते ०५:०० बजे देखि ऐ ०७।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२१

हा.ह.बरामद,बाग्लुङ, प्र.चौ.नरेठाटीबाट प्र.व.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.गलकोट न.पा.०१ ज्यामिरे बराहाथान जंगल स्थित नरेठाँटीबाट ज्यामिरे जाने मोटरेबल कच्ची बाटोको छेउमा घरेलु १ नाले भरुवा बन्दुक नाल १ (साबुत) बेवारिसे अवस्थामा फेला पारेको, उक्त बन्दुक को कस्ले लुकाई छिपाई राखेको भन्ने नखुले को, अनुसन्धान कार्य भईरहेको, थप अनुसन्धानको लागि इ.प्र.का.गलकोटबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, बाग्लुङ, गल्कोट न.पा. १ ज्यामिरे स्थित इ.प्र.का. गलकोट बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले (LRP) गस्ती गर्दै जाने क्रममा जि. बागलुङ गलकोट न.पा. ०१ ज्यामिरे स्थित खर्क बहादुर थापाको घासँ काट्ने खरवारी (पाखोवारी) मा रहेको निगांलो झ्याङ मुनी हरियो उनिऊँको घासँमा वेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको घरेलु १ नाले भरुवा बन्दुक थान-४ फेला पारी रितपुर्वक बरामद गरी इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखेको हतियार को- कस्ले लुकाई छिपाई राखेको थप अनुसन्धान कार्य भईरहेको बाल बिज्याई कर्ताहरु भागि फरार,मोरङ, विराटनगर म.न.पा.३ स्थित बाल सुधार गृह मोरङमा रहेका जि. सुनसरी दुहवी न.पा.४ बस्ने वर्ष १७ को निकेश मौली लगायत विभिन्न मुद्दाका ७ जना बाल बिज्याईकर्ताहरुले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरि भागेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.मोरङबाट प्र.नि., व.प्र.का. विराटनगरबाट प्र.नि.समेतको कमाण्डमा टोली खटी गई मातहत युनिट समेतबाट प्रहरी टोली परिचालित भई खो.त.कार्य भईरहेको ज.ज.क., बालयौन दुर्व्यवहार,दाङ, दंगिशरण गा.पा.२ कौवाघारी स्थित श्री प्राथमिक बिद्यालय कौवाघारी गएको बेलामा ऐ.२ बस्ने वर्ष १३ को संकेत नामथर ५६ तुलसीपुर ०८२-३२ ले मेरी छोरी ऐ.२ बस्ने वर्ष ७ की संकेत नामथर ५६ तुलसीपुर ०८२-३१ (क) लाई स्कुलको धारामा पानी खान गएको बेला निज संकेत नामथर ५६ तुलसीपुर ०८२-३२ ले छोरीलाई उक्त धाराबाट जबरजस्ती तानी ट्वाईलेट भित्र लिई नाबालीका छोरीलाई जबरजस्ती गरेको हुँदा कानुन बमोजिम कारबाही गरी पाँउ भनि ऐ.२० गते ०८;०० बजे इ.प्र.का.तुलसीपुर दाङमा आई पिडितको बुवा संकेत नामथर ५६ तुलसीपुर ०८२-३० ले जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुर दाङबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई निज लाई निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.तुलसिपुर दाङमा ल्याई आ.अ.भईरहेको,निज बालीकाको स्वास्थ्य परिक्षण पश्चात निजको आमाको जिम्मा लगाईएको, अबस्था सामान्य रहेको । इलाम, चुलाचुली गा.पा. ०४ बस्ने सांकेतिक नाम “इलाम-द-१(०८२/०८३)” को छोरी वर्ष १८ की सांकेतिक नाम “इलाम-द(०८२/०८३)” लाई ऐ. ०३ मिलन चौक बस्ने सुक बहादुर सम्बाहाम्फेको छोरा वर्ष २४ को बिजु सम्बाहाम्फेले पिडितकै घर कोठामा गई जबरजस्ति करणी गरेको भनि पिडित र पिडितको बुवाले मिति २०८२।०७।१९ गते प्र.चौ. पेल्टीमारी इलाममा आइ जानकारी गराउन साथ प्र.चौ. पेल्टिमारी इलामबाट प्र.व.ह. को कमाण्डमा प्रहरी टोली खटि गई ऐ. २० गते बिहान अं. ०५:३० बजेको समयमा निज पिडक बिजु सम्बाहाम्फेलाई नियन्त्रणमा लिई प्र.ह. को) टोलीले ऐ. १२:०० बजे जि.प्र.का. इलाममा ल्याई पिडित आफैले जाहेरी दिन साथ हिरासतमा राखी अनुसन्धान कार्य हुँदै न.प. पश्चिम, बर्दघाट न.पा.०९ स्थित रहेको राजा महात्मा पुर्णभद्र माध्यामीक बिद्यालयमा अध्ययनरत ऐ.ऐ. ११ भोगजोगनी बस्ने बर्ष अं.१७ कि बालिका र निम्न स्थान बस्ने निम्न नामथर बतन खुलेका २ जना लगाएत नामथर बतन नखुलेका २ जना गरी जम्मा ५ जना भई ऐ.१४;०० बजे बिद्यालय छुट्टी भए पश्चात ऐ.ऐ. १० स्थितमा रहेको सिमसार पोखरी ताल घुम्न गएको मौका पारी निज बालिकालाई संगै घुम्न गएका ४ जना मिली बल प्रयोग गरी सोहि जंगलमा लगी जबरजस्ती करणी गरी फरार रहेको भनि निज बलिकाको आफन्तले यस कार्यालयमा २०८२।०७।२० गते लिखित जाहेरी दिए पश्चात यस कार्यालयबाट प्र.नि.को कमाण्डमा टोलि खटी गई बुझ्दा निज केटाहरु फरार रहेको,खो.त.तथा अनुसन्धान कार्य भईहरेको, निज बालिकालाई स्वास्थ्य परिक्षणको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपनन्देही लगीएको,उक्त स्थान यस कार्यालयबाट अं. ४ कि.मि. पश्चिम पर्ने वि.वि.पछि (०) निम्न ; १) जिल्ला नवलपरासी सरावल गा.पा. ३ बस्ने बर्ष बर्ष १९ को राज कुमार चौधरी । २) ऐ.बस्ने बर्ष १९ को मिलन फौजदार । लगाएत अन्य २ जनाको नामथर वतन नखुलेको । ला.औ.,मोरङ, विराटनगर म.न.पा.१६ दरैया चोक स्थितमा ला.औ.नि.व्युरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मो.सा.मा सवार चालक ऐ. सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष २८ को शुसान्त पोखरेल र पछाडी सवार ऐ.न.पा.९ बस्ने वर्ष ३८ को चेवन धिमाललाई रोकी चेकजाँच गर्दा निजहरु मध्ये पछाडी सवार चेवन धिमालको साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ११.२२ ग्राम सहित फेला पारी मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. रानीमा राखी थप अनुसन्धान कार्य भईरहेको, सर्लाही, धनकौल गा.पा.४ हरकठवा नँयाटोल स्थितमा मैनाथपुर तर्फ जाँदै गरेको BR30R2997 नं.को मो.सा.लाई इ.प्र.का.हरकठवाबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि रोकी चेकजाँज गर्दा ग्याँस सिलिण्डर भित्र प्लाष्टिकमा बेरिएको अवस्थामा ला.औ.गाँजा फेला पारी मो.सा.चालक ऐ. बस्ने अं.वर्ष ३७ को सुरेन्द्र राय र मो.सा.पछाडी सवार जि. मकवानपुर राक्सिराङ्ग गा.पा.६ बस्ने अं.वर्ष ३१ को आकास प्रजालाई मो.सा. र प्लाष्टिक सहित ११ के.जी.४२० ग्राम नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. बरहथवामा ल्याई थप अनुसन्धान कार्य भईरहेको झापा, मेचीनगर न.पा.६ मेचिपुल स्थितमा ला.औ.नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले देश भारतको पानी ट्याङकीबाट नेपाल तर्फ भाँडाको सिटी सफारीमा आउभदै गरेको जि.झापा दमक न.पा.५ बस्ने वर्ष ३१ को राजु श्रेष्ठलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट ला.औ.(खैरो हेरोईन) जस्तो देखिने पदार्थ फेला परेकोले प्लाष्टिक सहित तौल गर्दा ५६ ग्राम ५२० मिलिग्राम र प्लाष्टिक बाहेक ४५ ग्राम ९३० मिलिग्राम ला.औ.फेला परेको हुँदा निजलाई ला.औ.सहित नियन्त्रणमा लिई कारवाहीको लागी इ.प्र.का.काँकरभिट्टामा ल्याई राखिएको ।  सर्लाही, लालबन्दी न.पा १३ वैरी गाउँ स्थितमा माईस्थानबाट लालबन्दी तर्फ आउँदै गरेको ४ वटा मो.सा.मा सवार मानिसहरु र प्र.चौ.पत्थरकोट सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीको अचानक जमघट हुँदा बा.प्र.०२-०४३ प ४३२७, बा.प्र.०२-०३४ प ९८४३,  प्र.२-०२-००३ प ८२९० नं.को मो.सा.हरु सोही स्थानमा छाडी मो.सा.मा सवार मानिसहरू उत्तर तर्फ फरार भएको र अर्को नम्बर नखुलेको १ वटा मो.सा. मानिस सहित दक्षिण तर्फ भागेको भन्ने इ.प्र.का. लालबन्दीमा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त  ३ वटा मो.सा.मा रहेको १ वटा कालो झोला र २ वटा प्लाष्टिकको बोराभित्र प्लाष्टिकले बेरिएको ६ पोका  ला.औ.गाँजा (अं.३० के.जि. तौल गर्न बाँकी रहेको) र मो.सा.सहित नियन्त्रणमा लिई  इ.प्र.का.लालबन्दीमा ल्याई राखिएको, फरार मो.सा. र मानिसहरुको खो.त.कार्य भईरहेको,

मिति २०८२।०७।१९ गते ०५:०० बजे देखि ऐ ०७।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२०

शंकास्पद मृत्यु (फुटकर ज्यान),ललितपुर, ललितपुर म.न.पा.२४ धापाखेल निर्माणाधिन हाउजिङको भुँइ तलाको शौचालयको चेपमा देश भारत बिहार घर भई हाल जि.ललितपुर म.न.पा.२३ हात्तीवन बस्ने वर्ष ४५ को इन्द्रदेव कुमारलाई हात खुट्टा र मुखमा गलबन्दीले बाँधेर फालेको अवस्थामा मृत फेला परेको  भन्ने खबर प्राप्त हुनासाथ प्रभाग धापाखेलबाट प्र.स.नि. र जिल्ला प्रहरी परिसरबाट प्र.ब.उ. र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कामण्डमा टोली खटी गई घटनास्थल मुचुल्का कार्य पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको,शंकास्पद ३ जना पुरुष व्यक्तिहरु प्रहरीको नियन्त्रणमा, । १. जिल्ला बारा आदर्श कोटवाल गाउपालिका ०१ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका २४ हाउजिङमा लेवर काम गरी बस्ने बर्ष ३५ को निरगुन शाहकानु । २. ऐ.ऐ स्थान घर भइ बस्ने बर्ष १९ को सुवास शाह । ३. ऐ.ऐ स्थान बस्ने बर्ष १८ को जयराम शाह । हा.ह.बरामद,झापा, विर्तामोड न.पा.६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा हतियार रहेको भन्ने खबर ऐ. वस्ने तारा निधी मिश्रले इ.प्र.का.अनारमनिमा जानकारी गराउन साथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा ०३११००८७२ नं. को इन्सास हतियार थान १, ऐ.को म्याग्जिन थान-१, ऐ. को राउण्ड १९ सावुत र २ राउण्ड वेसावुत फेला पारी इ.प्र.का.अनारमनि लगि राखिएको र उक्त हतियार जेन-जी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनिबाटै लुटिएको रेकर्डबाट देखिएको । पर्सा, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट स.प्र.ना.उ.को कमाण्डमा ९ जना र भारतीय समकक्षी SSB 47 BATTALION A COMPANY  HEADQUARTERS PANTOKA बाट AC Sachin Singh को कमाण्डमा ५ जनाको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा नेपाल तर्फ जि.पर्सा वीरगञ्ज म.न.पा.१६, इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत १, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै (अन्दाजी १५ मिटर) नेपालतर्फ वीरगञ्ज म.न.पा. ५ कुमाल टोल घर बताउने अं.वर्ष १८ को सुमित कुमार मण्डल र जि.बारा जितपुर सिमरा उ.म.न.पा.७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लठ्ठ अवस्थामा लुकी छिपी बसेको अवस्थामा निजहरु बसेको स्थानमा बोरा भित्र कटुवा पेस्तोल थान १ फेला पारी ऐ.१७:५० बजे जि.प्र.का.मा ल्याएकोमा निज वर्ष २८ को संजय कुमार साह कलवारको मुखबाट सेतो फिज (तरल पदार्थ निस्किएकोले) उपचारको लागि नारायणी अस्पताल पर्सामा लगिएको अवस्था अचेत रहेकोमा हाल होस आई निजको उपचार भईरहेको । काठमाडौं, का.जि.तारकेश्वर न.पा.११ मनमैजु लोकतान्त्रिक चोक नजिक मिति २०८२।०५।२४ गते जेन्जी आन्दोलनको क्रममा लुटपाट भएको हात-हतियार,गोली गठ्ठा सहितको मानिस भन्ने गोप्य सुचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाबाट प्र.नि.को कमाण्डमा  खटी गई लिला देवी श्रेष्ठको घरमा कोठा भाडा लिई जि.कैलाली टिकापुर न.पा.१ घर भई हाल ऐ.११ मनमैजु लोकतान्त्रिक चोक नजिक बस्ने वर्ष २३ को शिवराज धमलाले लुकाई छिपाई राखेको अवस्थामा ईन्सास राईफल नाल-१ ऐ.म्याग्जीन थान-१,सर्टगन नाल-१,चाईनिज पेस्तोल (Type-54) नाल-१,ऐ.म्याग्जीन थान-३,राईफलमा प्रयोग हुने रबर राउण्ड-२०,सहित निजलाई  नियन्त्रणमा लिई थप अनुसन्धानको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखा लम्याई राखिएको । विदेशी नागरिक मृत्यु,काठमाडौं, म.न.पा.६ रामहिटी स्थित डोला लामा (९८०८७३६१८६) को ४ तल्ले घरको भुई तलामा डेरा कोठा गरी बस्ने चिन देशको नागरिक पासपोर्ट नम्बर EP-3873178 भएको वर्ष ८२ को YE. WENHUA नामको पुरुष व्यक्ति आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वृत्त बौद्वबाट प्र.नि. को कमाण्डमा प्रहरी टोली खटी गई आ.अ.भईरहेको । कैदी मृत्यु,कास्की, पोखरा म.न.पा.२७ रिठ्ठेपानी घर भई बिगत ७ वर्ष देखी जि.कास्की पोखरा म.न.पा.७ पार्दी स्थित रहेको कारागार कार्यालय कास्कीमा कर्तव्य ज्यान मुद्धा सजाय भुक्तान गर्दै आएको कैदी वर्ष ७० को कमल ब. कुमाल अचानक ढली बेहोस (निज छाँती दुख्ने सम्बन्धी दीर्घ रोगी) भई सुरक्षार्थमा कारागार कार्यालय कास्कीबाट प्र.ब.ह.को कमाण्डमा  उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगि उपचार भईरहेकोमा ऐ.१९:४५ बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,आफन्तलाई खबर भएको । ज.ज.क.,सुर्खेत, मिति २०८२/०७/१६ गते अ. १०:०० बजे,जि.जुम्ला तिला गा.पा.९ ढिपु स्थाई ठेगाना भई हाल वीरेन्द्रनगर न.पा.६ बस्ने वर्ष ४० को हंस बहादुर बोहोराले ऐ.जि.तिला गा.पा.०९ बस्ने वर्ष १४ की बालिकालाई जि.कालिकोट शुभकालिका गा.पा.०७ वर्ष अं.१९ को भुपेन्द्र शाही ठकुरी र वीरेन्द्रनगर न.पा.वडा नं. ०४ स्थित एरीचोक नजिक जुम्लारोडमा रहेको तुल्सी कुमारी खत्रीले सन्चालन गरेको न्यू दैलेखी भवानी होटलको कोठामा लगेर बन्धक बनाई ज.ज.क गरेको भन्ने ऐ.१९ गते १४: बजे खबर प्राप्त हुनासाथ जि.प्र.का. सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई राखिएको । कुटपिट,अछाम, बान्निगढी जयगढ गा.पा.१ गाज्रा स्थित बर्दादेवी मन्दिरमा लागेको दशैं मेलामा ऐ.बस्ने अं.वर्ष ५५ को दाहिने खुट्टा नभएको अपाङ्ग व्यक्ति दिपक खड्कालाई साँफेबगर न.पा.३ प्रभा बस्ने वर्ष२७ को करन बि.क.ले मा.प.से.गरी दिपक खड्काको टाउँकोमा ढुङ्गाले हानि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.अछामबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि बान्निगढी जयगढ गा.पा.१ स्थित स्वास्थ्य चौकी गाज्रामा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल वयलपाटा अछामको लागि पठाईएको,अवस्था गम्भीर,ढुङ्गाले हान्ने व्यक्ति प्रहरीको नियन्त्रणमा । चितवन, भरतपुर म.न.पा.२१ कान्छीचोक नजिकै  नम्बर नखुलेको कालो सेतो कलरको Fz मो.सा.मा अपरिचित २ जना ब्यक्तिहरु आई  जि. रौतहट गरुडा न.पा.५ बस्ने वर्ष ५५ को उसिरी राय यादव लगायत ४ जनालाई कुटपिट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गीतानगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि चनौलि जनता केयर अस्पताल  पठाइएको,अवस्था(१ गम्भीर,१ मध्यम,२ सामान्य) रहेको,कुटपिट गर्ने व्यक्तिहरुको खो.त.भईरहेको । ला.औ.,मोरङ, बिराटनगर म.न.पा.५ पुलचोक नजिक हुलाकी सडक छेउमा ला.औ.नि. ब्युरो बिराटनगरबाट खटी गएको प्र.ना.नि को टोलीले BR50AD 0227  नं. को स्कुटरमा अडेस लागी बसिरहेका जि.सुनसरी देवानगंज गा.पा.२ बस्ने बिबेकानन्द यादबको छोरा वर्ष १९ को बिकाश कुमार यादब,देश भारत बिहार पुर्णिया जि.भवानिपुर पंचायत बलिया घर बताउने अशोक मेहताको छोरा वर्ष १९ को कृष्ण कुमार मेहतालाई शंका लागी चेक जाँच गर्दा कृष्ण कुमार मेहताले लगाएको ट्राउजरको गोजीमा सेतो रंगको प्लाष्टिकमा पोका पारी राखेको ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ६२.२३ ग्राम, प्लाष्टिक बाहेक ५३.१७ ग्राम फेला पारी स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई राखिएको ।  मोरङ, जहदा गा.पा.३ हातिबन्दा स्थितमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स १ च ६५६ नं. एम्बुलेन्सलाई गोप्य सुचनाको आधारमा ला.औ.ब्युरो बिराटनगरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोली र व.प्र.का.हाटखोलाबाट प्र.ना.नि.को टोलीले चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्स भित्र दुई वटा कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा अबैध ला.औ. गाँजा ३३.६१० के.जी. फेला पारी एम्बुलेन्स चालक जि.मोरङ बिराटनगर म.न.पा.०५ कोचाखल बस्ने वर्ष ३२ को दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै गईरहेको को ३१ प ८८८९ नं. को मो.सा.र चालक जि. मोरङ जहदा गा.पा.३ हातिबन्दा बस्ने वर्ष ३२ को दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आ.अ.भईरहेको ।

मिति २०८२।०७।१८ गते ०५:०० बजे देखि ऐ ०७।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१९

कर्तव्य ज्यान,न.प.पश्चिम ,सुनवल न.पा. १३ घ्युडल्ला स्थित ऐ. बस्ने वर्ष ५५ की भिमकला थापा आफ्नै घर देखी अं.३० मिटर छेउमा रहेको छिमेकी ईश्वरी न्यौपानेको घरमा गई टमाटर मागी लिई फर्कने क्रममा सोही घरको गेटबाट निस्कदै गर्दा निज भिमकला थापालाई निजकै श्रीमान वर्ष ६२ को खड्का बहादुर थापाले अचानक खुर्पा (हसिया) प्रहार गर्दा गर्धन, ढाडमा लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.बिट भुमही र इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि लुम्बिनी सि.टि.अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा ऐ.१०:५० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया पूरा गरी पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, खुर्पा र खुर्पा प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको। तनहुँ, बन्दीपुर गा.पा.५ बाहुन भञ्याङ स्थितमा ऐ.बस्ने बर्ष ७० को खिम ब.गुरुङ र ऐ.बस्ने वर्ष ५८ को खुसीमान गुरुङ मा.प.से. गरी झै-झगडा गर्दा खुसीमान गुरुङलाई चिरपटले टाउकोमा हानी घाइते बनाएकोमा उपचारको लागि बन्दीपुर अस्पताल तनहुँ ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे डक्टर द्धारा मृत घोषणा गरेको, शव गण्डकी अस्पताल पोखराको शव गृहमा राखीएको, कुटपिट गरी कर्तव्य गर्ने खिम ब.गुरुङ इ. प्र.का बन्दीपुरको नियन्त्रणमा रहेको,  घटनास्थलमा इ.प्र.का.बन्दीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको हतकडी सहित मानिस फरार,बाँके, कोहलपुर न.पा १५ चन्नहवा स्थितमा ला.औ सेवन तथा बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ हवल्दारपुरबाट प्र.स.नि को कमाण्डमा टोली खटी गई ऐ.बस्ने वर्ष ३२ को करण थारु लगायत ३  जनालाई शंका लागि चेक जाच गर्दा ला.औ ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ क्वाटर  फेला पारी निजहरुलाई नियन्त्रणमा लिई हतकडी लगाउने क्रममा निजहरुले खटिएको प्र.क. माथी हातपात  तथा धकेला धकेल गर्दा संचार हेन्डसेट समेत खसी बिग्रीएको र १ थान हतकडी समेत लिई तिनै जना व्यक्तिहरु फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का कोहलपुर बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेकोमा ऐ.१६:०० बजे अ.प्र.चौ.हवल्दारपुरबाट प्र.स.नि.र इ.प्र.का कोहलपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले फरार ब्यक्तिहरुको खो.त. गर्दै  जाँदा ऐ. कोहलपुर न.पा.१५ हिक्मतपुर स्थित रहेको मसलाघारी जंगलमा हतकडी फालेको अवस्थामा फेला परेको, बरामद भएको ला.औ ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ क्वाटरको प्लाष्टिक सहित तौल गर्दा २८० मिलिग्राम र शुद्ध तौल गर्दा १६० मिलिग्राम रहेको, फरार ब्यक्तिको खो.त भइरहेको, कैदी मृत्यु,काठमाडौं, मिति २०७९।११।२५ गते रौतहट जिल्ला कारागार दाखिला भई जि.रौतहट, मौलापुर न.पा.९ स्थायी वतन भएका वर्ष ७५ को क.ज्यान मुद्दाका कैदी  उमत राय यादव २०८२/७/१८ गते बिरामी भई जिल्ला कारागार रौतहटबाट थप उपचारका लागि का.जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित सेन्टर बन्दी सुधार गृह ल्याई ऐ. केन्द्रीय कारागार अस्पताल लगेकोमा निजको ऐ.०८२।०७।१८ गते अं.१४:४० बजे मृत्यु भएको । भवितव्य मृत्यु,मोरङ, उपचारको क्रममा मानिस मृत्यु मोरङ १८ गते २०४० बजे उर्लाबारी नपा ४ थापाडाँगीस्थित होटल सिमसारको कोठा नं.२०६ मा बसेकी ऐ.बस्ने बर्ष २०/२२ कि डोल्मा तामाङ अचेत अवस्थामा छ भनि संगै बसेको निजको साथी सुस्मिता कार्कीले  इप्रका उर्लाबारीमा जानकारी गराउन साथ प्रनानि चुडामणी पौडेल (९८५२०९११४८) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिगई स्थानिय जनप्रतिनिधिको रोहवरमा उद्धार गरी उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पठाएकोमा, ऐ.२२३० बजे निज महिलाको उपचारको क्रममा मृत्यु भएको मृतक लाश सोहि अस्पतालको शव गृहमा रहेको निजको नाम डोल्मा तामाङ नभई सुस्मिता दर्जी रहेको निजको आफन्तबाट खुल्न आएको मृतक संगै बसेका निजका साथीहरू बजार घुम्न भनि गएका र घुमेर आउदा अचेत अवस्थामा देखी खबर गरेको बुझीएको हुदा निज मृतक संगै कोठामा बस्दै आएका जिल्ला सुनसरी ईटहरी उमनपा गौशाला बस्ने वर्ष-२२ की  सुस्मिता कार्की र जिल्ला मोरङ लेटाङ नपा-९ बस्ने वर्ष-२३ की अनुषा राईलाई अनुसन्धानको लागी इप्रका उर्लाबारीको नियन्त्रणमा राखिएको ।  विदेशी नागरिक मृत्यु,गोरखा, थप अपडेट:-मिति २०८२।०७।०१ गते साम्दोबाट जिल्ला गोरखा चुमनुब्री गा.पा.०१ पाङबोचे स्थित ताजुङ तभञ्याङ नाका जाने बाटोमा पर्ने पाङ बारी पिक हिमालमा चढ्नको लागि Sherpa Alpine Trekking Service KTM बाट मिति २०८२।०६।२९ गते सामागाउँ गोरखा आएका १० जना इटालियन नागरिक मध्ये ३ जना इटालियन नागरिक र नेपाली (पोटर र गाइड) ३ जना  हिमाल चढ्ने क्रममा Camp-1 मा १ जना इटालियन नगारिक, ३ जना नेपाली नगारिक  र Camp- 4 मा २ जना  ईटालियन नागरिक गरी जम्मा ३ जना इटालियन नागरिक र ३ जना नेपाली रहेको भनि मिति २०८२।०७।१२ गते अ. २०:०० बजे प्रहरी चौकी सामागाउँ गोरखामा खबर प्राप्त हुनासाथ उद्धारको लागि कैलाश ऐयरको  हे.क.संग समन्वयन भएको, बाँकी ७ जना ईटालियन नागरिक लार्के पास भई मनाङ तर्फ गएको ऐ.१८ गते १०:३० बजे ३ जना शेर्पा र १ जना ईटालियन नागरिकले खो.त. गर्ने क्रममा CAMP - 4  मा रहेको दुई जना पासपोर्ट नं. YB6264888 बर्ष ६७ को Stefano Farronato, पासपोर्ट नं. YB9422979 बर्ष ३७ को Alessandro Gaputo का ईटालियन नागरिक हिउले पुरेको अवस्थामा मृत फेला पारी दुवै शव कैलाश ऐयरको हे.क. द्वारा चुमनुब्री गा.पा. १ सामागाउँ स्थित हेलिप्याडमा ल्याई राखिएकोमा थप अनुसन्धानको लागि इ.प्र.का.आरूघाटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसम्धान कार्य भईरहेको, नवजात शिशु मृत फेला,धादिङ, बेनिघाट रोराङ गा.पा.४ हरेलडाँडा स्थित महारुद्र सामुदायिक बनको खोल्सामा हरियो लुङ्गिले बेरेको रातो निलो जेब्रा झोला भित्र नवजात शिशु मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.मलेखुबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी मुचुल्का कार्य समाप्त पश्चात पो.मा.को लागि प्र.स्वा.के.गजुरी पठाएकोमा ऐ.२१:०० बजेको समयमा प्र.स्वा.के.गजुरीमा ईएको, सडिगलेको अवस्थामा रहेकोले लिङ्ग पहिचान हुन नसकेको, थप अनुसन्धान कर्य भइरहेको, लेक लागि मृत्यु,मनाङ, ङिस्याङ गा.पा.६ लेदर स्थितमा याकखर्क देखी थोरोङला पासको लागि हिँडेको भारतीय नागरिक PINTU MUKHERJEE नाम गरेको उमेर नखुलेको पुरुष व्यक्तिको लेक लागि मृत्यु भएको, शव घटनास्थलमै रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट माथिल्लो मनाङ र जि.प्र.का.मनाङ चामेबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, साथमा आएका अन्य ४ जना सकुशल रहेको ला.औ.,चितवन, रत्ननगर न.पा.१४ आदर्श टोल स्थितमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले ऐ.रत्ननगर न.पा.१४ बस्ने वर्ष ३४ को राजेश गुरुङको सथबाट ५०० ग्राम लागु औषध गाँजा फेला पारी उक्र ला.औ.सहित निज राजेश गुरुङलाई समेत नियन्त्रणमा लिई इ.प्र.का.रत्ननगर टाँडी राखिएको  झापा, भद्रपुर न.पा.५ मेचिबिट स्थितमा व.प्र.का.भद्रपुरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री जि. झापा बिर्तामोड न.पा.३ बिर्ताबजार बस्ने अं.वर्ष २१ को राजु माझीलाई शंका लागि चेकजाँच गर्दा निजले मलद्धार भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक  सहित तौल गर्दा ८ ग्राम २६०मिलिग्राम र  शुद्ध तौल गर्दा  ७ ग्राम २६० मिलिग्राम सहित  निजलाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई थप अनुसन्धानको लागि जि.प्र.का.झापा पठाएको,

मिति २०८२।०७।१ ७ गते ०५:०० बजे देखि ऐ ०७।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१८

प्र.क.मृत्यु,कास्की, मादी गा.पा.९ गोर्जे घर भई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग अंगरक्षक गण त्रिपुरेश्वरमा कार्यरत वर्ष ३१ को प्र.स.नि.सुदिप अधिकारी विगत १ वर्ष अगाडिबाट क्यान्सरको बिरामी भई मिति २०८२।०७।१६ गते काठमाण्डौबाट घरमा ल्याएकोमा स्वास्थ्यमा समस्या आई उपचारको लागि ऐ.१७ गते १०:०० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको भनी दाई उदय अधिकारी मार्फत जि.प्र.का. कास्कीमा जानकारी प्राप्त, शव सोही अस्पतालमा रहेको । कर्तव्य ज्यान,सप्तरी, मिति २०८२।०७।११ गते अं.१२:१५ बजे जि.सप्तरी सुरङगा न.पा.३ भुसिमहुलिया स्थित माइतिघरमा बस्दै आएकी श्रीमती अं.वर्ष ३५ की सुनिता सदालाई श्रीमान जि.सिरहा मिर्चैया न.पा.१० बस्ने अं.वर्ष ४० को रतन सदाले घरायसी विवादको कारण टाउको माथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाई उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहा तर्फ पठाई सामान्य उपचार पश्चात ऐ.१७:३० बजे थप उपचारको लागि धरान तर्फ पठाइएकोमा ऐ.१६ गते पैसाको अभावको कारण उपचार गर्न नसकि घोपा अस्पताल धरानबाट घर पठाएकोमा ऐ.१७ गते १८:०० बजे जि.सिरहा मिर्चैया न.पा.१० मटलेश्वर स्थित आफ्नै घरमा मृत्यु भएको, शव घरमै रहेको भनि निजको नातामा भाउजु पर्ने बिचारी सदाले ऐ.१९;३० बजे जानकारी गराउनासाथ प्र.नि.को.कमाण्डमा टोली खटी गई ऐ.२१:१५ बजे कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागी प्रादेशिक अस्पताल लहान पठाईएको, मृतकको श्रीमान रतन सदा र बन्चरो इ.प्र.का.कडरबोना सप्तरीको नियन्त्रणमा रहेको । हिँउ पहिरोबाट मानिस मृत्यु ( फुटकर ज्यान),दोलखा, मिति २०८२।०७।११ गते गाइड तथा बिदेशी नागरिक समेत गरी अं.१५ जना गौरीशंकर गा.पा.९ स्थित “यलुङ रि” हिमाल (५६३० मि.) मा आरोहणको लागि गएकोमा ऐ.१७ गते ०९:०० बजे आरोहण गर्ने क्रममा ऐ.१०:३० बजे हिँउ पहिरोमा परी ३ जनाको मृत्यु (पदम तामाङ, नेपाली (गाईड), Carole Fuchs, France (female) र Mayor karki, Nepali (Male)), ४ जना बेपत्ता र ५ जना नेपाली घाइते रहेको, (हाल नाम खुलेको  बेपत्ताहरु: Paslo Cocco Italian (male), Marco Di Marcello, Canadian (Male), Manfredi Christian Andre, France (Male ) र Thaon Isabelle Solange, France (Female) स्थानीयको भनाई अनुसार घाईते ५ जना ऐलुङ क्याम्पमा आई बसेको भन्ने खबर प्र.चौ.रोल्वालिङमा प्राप्त भएको, रेस्क्युको लागि हेलीको पहल भएको, खराब मौसम भएकोले आज जान नसक्ने, इ.प्र.का.लामाबगरबाट प्र.ह.को कमाण्डमा, स.प्र.बल बेश लामाबगरबाट स.प्र.नि.को कमाण्डमा, नेपाली सेनाको लप्टनको कमाण्डमा गरी जम्मा ४८ जना टोली घटनास्थल तर्फ ऐ.१६:४५ बजे गएकोमा ऐ.२०:०० बजे ४८ जनाको टोली गौरीशंकर गा.पा.०९ रिकु स्थित हाई हिमाल हाईड्रोपावरको क्याम्पमा रात्री मुकाम  रहेको, घटनास्थल पुग्न पैदल २ दिन लाग्ने, प्रहरी घटनास्थलमा पुग्न नसकेको कारण एकिन विवरण आउन नसकेको, प्रहरी पुगिसके पश्चात एकिन विवरण समेत आउने । ज.ज.क.,भक्तपुर, चागुनारायण न.पा.३ झौखेल स्थितमा जि.सिन्धुली गोलन्जोर गा.पा २ घर भई ऐ.बस्ने वर्ष २१ को सन्तोष भुजेल प्रतिवादीको कोठामा जाहेरवालाको छोरी वर्ष १३ की बालिकालाई ऐ.०७।१७ गते १३:०० बजे प्रतिवादीले ज.ज.क.गरेको भनि निजलाई प्र.वृत्त ठिमीबाट खटी गएको प्र.ब.ना.नि.को टोलीले नियन्त्रणमा लिई प्र.परिसर भक्तपुरमा ल्याई राखिएको, अनुसन्धान कार्य भईरहेको । गोली प्रहार बाट घाईते,रूपन्देही, सिद्धार्थनगर न.पा. ५ निर्माणा होटल अगाडी निर्माणा होटल परिसरबाट लुम्बिनी प्रदेश०१-००८ प ६९४७ नं. को मो.सा.मा बाहिर निस्कदै गरेको मो.सा.चालक जि.रुपन्देही सिद्धार्थनगर न.पा.३ दरखसवा बस्ने बर्ष ३२ को संजय गुप्तालाई सोही होटलको गेट अगाडि बसेका २ जना नामथर वतन नखुलेका भारतिय मुलको जस्तो देखिने बर्षं.अं.२८।३० का जस्ता देखिने पुरुष ब्यक्तिले  निज संजय गुप्ता चढेको मो.सा.लडाई निजलाई कुटपिट गर्न खोजेको र निज भाग्न लाग्दा पेस्तोल जस्तो देखिने हतियारबाट प्रहार गर्दा निज संजय गुप्तालाई नलागी जि.रुपन्देही बुटवल उ.म.न.पा. १५ चम्किपुर घर भई सोही निर्माणा होटल परिसरमा रहेको स्टार क्यासिनोमा सेक्युरेटि गार्डको काम गर्ने बर्ष अं. २७ को मिन बहादुर परियारको दाहिने खुट्टाको साँप्रामा (छाला मासुमा मा मात्र चोट ) लाग्न जाँदा निज घाईते उपचारको लागी भिम अस्पताल भैरहवामा पठाएको भन्ने खबर ऐ. ०१:३० बजे प्राप्त हुनासाथ तत्काल  उक्त स्थानमा प्र.उ. प्रदिप बहादुर क्षेत्री को कमाण्डमा टोली खटिईगई रुपन्देही मातहत तथा सबै बोर्डर एरिया ब्लक गरी चेजजाँच भईरहेको १५० जना प्रहरी परिचालन भएको, निज घाईते उपचार पश्चात ऐ.०२:१५ बजे डिस्चार्ज भई जि.प्र.का.रुपन्देहीमा रहेको, प्रहार गर्ने ब्यक्ति भागी फरार भएको, निज संजय गुप्ता तथा निज सवार मो.सा.लाई समेत नियन्त्रणमा लिई सोधपुछ भईरहेको, उक्त घटनाको अनुसन्धानको लागी १७ जना मानिस नियन्रणमा लिई आवश्यक सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको । अपहरण,ललितपुर, मिति २०८२।०७।१६ गते अं.०५:०० बजे जि.अछाम मंगलसेन न.पा.१४ घर भई ललितपुर म.न.पा.४ धोविघाट बस्ने वर्ष १७ को कमल लुहार (निष्ट कलेज बालकुमारीमा कक्षा ११ मा पढ्ने) स्कुल गएकोमा ऐ.१३:०० बजे देखि ऐ.१७ गते २२:५० बजेसम्म सम्पर्क विहिन भएको र निजको गर्लफ्रेण्ड अनिता तिरुवाको नम्बर हवाटसपमा कोठामा कटु मात्र लगाएको फोटो पठाएको र पैसा दिन्छस कि तेरो मान्छेलाई मारीदिउँ भनि निज कमल लुहारकै नम्बरबाट मेसेज गरेको भनि निजको भिनाजु अशोक बि.क.ले ऐ.२३:५० बजे जि.प्रहरी परिसर ललितपुरमा आई जानकारी दिएको, ऐ.१८ गते ००:०० बजेको लोकेशन हेर्दा किर्तिपुर पाँगा देखाएकोले प्र.वृत किर्तिपुरमा समन्वय गरी पीडितलाई किर्तिपुर पठाईएको । ला.औ.,सुनसरी, कोशी गा.पा.१ लौकही बजार स्थितमा जि.प्र.का.सुनसरीबाट प्र.ह.को कमाण्डमा सादा पोशाकमा खटी गएको टोलीले दक्षिणबाट उत्तर तर्फ पैदल  आउँदै गरेको जि.धादिङ थाक्रे गा.पा.६ बस्ने अं.वर्ष ३० को बिष्णु अधिकारीलाई शंका लागि चेकजाँच गर्दा निजले मलद्वारको भित्री भागमा चेपि लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका फेला पारी पोका खोली हेर्दा ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ला.औ.शुद्ध तौल ९ ग्राम ९४० मिलि ग्राम सहित मानिस नियन्त्रणमा लिई इ.प्र.का.लौकही सुनसरीमा राखेको ।  झापा, मेचीनगर न.पा.६ मेचिपुल स्थितमा ला.औ.नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले देश भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जि.नुवाकोट किस्पाङ गा.पा.३ बस्ने वर्ष २७ को राम बहादुर तामाङलाई शंका लागी चेकजाँज गर्ने क्रममा निजको साथबाट ला.औ.(खैरो हेरोईन) जस्तो देखिने लिसाईलो पदार्थ फेला परेकोले उक्त ला.औ.(खैरो हेरोईन) जस्तो देखिने पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित १९ ग्राम ३८० मिलिग्राम, प्लाष्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम ला.औ.भएको हुँदा निजलाई ला.औ.सहित नियन्त्रण लिई कारवाहीको लागी इ.प्र.का. काँकरभिट्टामा ल्याई राखिएको ।

मिति २०८२।०७।१ ६ गते ०५:०० बजे देखि ऐ ०७।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१७

फुटकर ज्यान,पाँचथर, हिलिहाङ गा.पा.१ फेदापा स्थित ऐ. बस्ने वर्ष अं.६९ को युबराज राई आफ्नै घरदेखि अं.५ मि. उत्तरमा रहेको आफ्नै करेसा बारीमा मृत अवस्थामा रहेको भनि स्थानियहरुले देखि इ.प्र.का अमरपुरमा जानकारी गराउन साथ प्र.ना.नि को कमाण्डमा र जि.प्र.का पाँचथरबाट प्र.ना.उ को कमाण्डमा SOCO सहितको प्रहरी टोलि खटिगएको, निज मृतकको शरिरको विभिन्न भागमा चोटपटक देखिएकोले आवश्याक अनुसन्धानको लागि मृतकको कान्छो छोरा वर्ष अं. ३१ को सन्देश राईलाई नियन्त्रणम लिईएको, थपटिपोटः-ऐ.१५:२० बजे मृत्तक लाशको लाश जाँच मुचुल्का तथा कानुनी प्रकृया पुरा गरी पो.मा.कार्यको लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ मे १ त ७२४० न.को ट्याक्टरमा लाश र नियन्त्रणमा लिएको मृत्तकको कान्छो छोरा सन्देश राईलाई इप्रका अमरपुर पाँचथरबाट प्रसह सुरेश अछामी(9842687415)को कमाण्डमा-२ जना प्रहरी टोलिले जिप्रका पाँचथरतर्फ ल्याउदै गरेको । प्र.क. मृत्यु,बझाङ,जि.बैतडी दोगडाकेदार गा.पा.४ घर भएका इ.प्र.का.दुर्गाथली बझाङ दरबन्दी भई जि.प्र.का.बझाङमा कार्यरत वर्ष ३९ को प्र.ह.ललित सिंह ठगुन्ना जि.बझाङ जयपृथ्वी न.पा.७ तमेल बजारमा ऐ.१६ गते बिहान ०६:०० बजे देखि १०:०० बजेसम्म डिउटी रहेकोमा ड्युटिको क्रममा एक्कासी बेहोस भएकोले उपचारको लागि जिल्ला अस्पताल बझाङ पठाएकोमा ऐ.०९:४० बजे डा.ले मृत घोषणा गरेको। बालबन्दी फरार,भक्तपुर, मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित बालसुधार गृहमा बिभिन्न मितिमा बिभिन्न जिल्लाहरूबाट ल्याई राखिएका ११७ जना बाल बिज्जाइकर्ताहरू (पुरुष- १०१/महिला-१६) मध्ये २० जना पुरुष बालबिज्याईकर्ताहरू अचानक बालसुधार गृहको गेटमा आई भित्रबाट गेट फुटाई फरार भएकोमा फरार भएका मध्ये १५ जना बालबिज्जाइकर्ताहरुलाई भक्तपुरका बिभिन्न स्थानबाट प्रहरी टोलीले नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याई राखिएको, ५ जना फरार रहेको, उक्त स्थानमा वृत्त ठिमीबाट प्र.ना.उ.र परिसर भक्तपुरबाट प्र.उ.को कमाण्डमा जम्मा गरी १३० जनाको टोली खटी गई फरार भएकाहरूको खो.त.कार्य जारी रहेको, कुटपिट,सुर्खेत ,सुर्खेत-१६ गते २०;४० बजेको समयमा बिरेन्द्रनगर न.पा.२ ठउरी बस्ने बर्ष अ.१८ को मोहन वली र ऐ. बस्ने बर्ष ४० को कमल सिंह एक आपसमा सामान्य बिवाद गर्दा मोहन वलीले कमल सिंहलाई चक्कुले बाया हात, कोखा, कुम लगायत शरीरको बिभिन्न भागमा हानी गम्भिर घाइते भएको र निजको छोरा बर्ष १३ को धुर्व सिंहको बाँया कोखामा समेत हानेको अवस्था मध्यम उपचारको लागी प्रदेश अस्पताल कालागाउ सुर्खेतमा ल्याई उपचार भइरहेको भनि उक्त अस्पतालमा खटिएको प्र.ह. मोहन सुनारले जि.प्र.का.सुर्खेतमा जानकारी गराएको चक्कु प्रहार गर्ने व्यक्ति फरार उक्त स्थानमा प्र.चौ. बाङ्गेसिमल सुर्खेतबाट प्र.स.नि.अभिमन्यु बराईलीको कमाण्डमा ४ जनाको प्रहरी टोली र न.प्र.का. सुर्खेतबाट प्र.ना.नि. दिपक के.सी.को कमाण्डमा ५ जनाको प्रहरी टोली खो.त.को लागी खटिएको ज.ज.क., बालयौन दुर्व्यवहार,दाङ, बबई गा.पा.१ गंगटे बस्ने वर्ष ५४ की महिलालाई वर्ष २७ को भाइ पट्टीको एउटै कुल भित्रको देवर  नाता पर्ने व्यक्तिले घरको सुतेको कोठामा आई बत्तिको बल्भ निकालेर फाली मेरो इच्छा बिपरित मलाई पटक पटक ज.ज गरेको भनी ऐ.१६ गते १०:०० बजे इ.प्र.का.खिलतपुरमा जानकारी गराए पश्चात प्र.नि. र इ.प्र.का तुलसीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई  नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको, पीडितलाई स्वास्थ्य परिक्षण पश्चात निजको आफन्तको जिम्मा लगाई पठाईएको, कपिलवस्तु ,शिवराज न.पा.५ सुन्दरटोल बस्ने बर्ष ६२ को शिवराज सुवेदीको घरमा डेढ बर्ष पहिला देखी साझ बिहान काम गरी दिनको समयमा ऐ.स्थित राष्ट्रिय उ.मा.बि.कक्षा ९ मा पढ्ने जि.प्यूठान गौमुखी गा.पा.४ पुजा स्थाई वतन भएकी वर्ष १५ की बालिकालाई  ऐ. .. बस्ने शिवराज सुबेदीले निज बालिका कोठामा सुतिरहेको अवस्थामा कोठा भित्र पसी संबेदनशिल अंगमा समाई ज.ज.क.गर्ने प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.चन्द्रौटाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई शिवराज सुबेदी र बालिकालाई व.प्र.का.चन्द्रौटामा ल्याई राखेको, थप अनुसन्धान कार्य भईरहेको, ला.औ.,सुर्खेत ,वीरेन्द्रनगर न.पा.११ झुप्रा खोला स्थित प्र.चौ. सुब्बासकुनाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले ऐ.बस्ने वर्ष २४ को मन बहादुर बादी आफ्नै घर नजिक हिडिरहेको अवस्था शंका लागी चेकजाँज गर्दा निजको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको १ पुडिया, नगद रू.१२ हजार १ सय १० र मोबाइल थान-१ सहित निजलाई नियन्त्रणमा लिएको, उदयपुर ,बेलका न.पा. वडा न. ८ कोठु दोभान स्थित सप्तकोशी नदीमा प्रतिबन्धित लागू औषध गाँजा ओसापसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का रामपुर ठोक्सिलाबाट प्र.स.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले सप्तकोशीको नदीको पानीमा २ वटा रबरको ट्युमा हरियो प्लाष्टिक भित्र पोका पारी उत्तरबाट दक्षिण तर्फ ६ बोरा प्रतिबन्धित लागू औषध गाँजा कोशी किनारमा होल्ड गरी राखेको बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिई इ.प्र.का रामपुर ठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भइरहेको, उक्त प्रतिबन्धित लागु औषध गाँजा अं. १५० के.जी (नाप तौल गर्न बाँकी रहेको), उक्त गाँजा को-कसले ल्याई राखिएको भन्ने खुल्न नआएकोले खो.त तथा पहिचाहन भईरहेको, । थप अटडेटः- उक्त प्रतिबन्धित लागुऔषध गाँजा नापतौल गर्दा वास्तविक तौल जम्मा १३४ केजी रहेको  उदयपुर, जिल्ला उदयपुर बेलका न.पा. वडा न.१ आम्बासि स्थित रुपनगर चतारा नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्र.ह. राज कुमार बुढाथोकि(९८०५३३०५२२) सहितको प्रहरी टोलीले रामपुरबाट फत्तेपुर तर्फ जादैँ गरेको को २ ह ४२४६ नं.को अटोलाई चेकजाँच गर्ने क्रममा अटोको पछाडि रातो कपडाको ब्याग भित्र लुकाई छिपाई लैजादै गरेको १० के.जि. २३० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा फेला पारी चालक जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं. ९ बस्ने बर्ष अ. ३२ को बल बहादुर बि.क.र उक्त प्रतिबन्धित लागुऔषध गाँजा, अटो र मानिस सहित बरामद पश्चात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।०७।१ ५ गते ०५:०० बजे देखि ऐ ०७।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१६

कर्तव्य ज्यान,झापा, मिति २०८२।०७।१३ गते १०:४० बजे मेचिनगर न.पा.१३ हातेमालो सामुदायिक वन निचाझोडा स्थित चारआली-भद्रपुर सडकखण्डबाट अं.२०० मिटर पश्चिम जंगलमा नं.नखुलेको कारमा आगो लगाई जलिरहेको अवस्थामा स्थानीयले देखी ऐ.११:०० बजे प्र.चौ.चारआलीमा जानकारी गराएको हुँदा प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.धुलाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई स्थानीय र दमकलको सहयोगमा ऐ.११:१० बजे आगो नियन्त्रणमा लिएको, कार पूर्णरुपमा जली क्षति भएको, उक्त कार इ.प्र.का.धुलाबारीमा ल्याई राखिएको, ऐ.१९:३० बजे उक्त कारको सम्पूर्ण विवरणहरु हेरी भेरिफाई गर्दा मिति २०८२।०७।१० गते जि.झापा शिवसताक्षी न.पा.१० माईधार बस्ने वर्ष ३३ को सरोज शर्माले घरमा कोही कसैलाई जानकारी नगराई घरबाट लिएर हिँडेको बागमती प्र.०१-०३० च ७१०४ नं.को कार रहेको भनी पुष्टि भएको, निज सरोज शर्मा प्रहरीको सम्पर्कमा नरहेकोले ऐ.१४ गते शंकास्पद ऐ.शिवसताक्षी न.पा.१० बस्ने वर्ष २७ को सुनिल साह र ऐ.बस्ने वर्ष २४ को राहुल साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइहरेकोमा, ऐ.१५ गते ०९:०० बजे ऐ.झापा गा.पा.५ र बाह्रदर्शी गा.पा.२ को सिमाना बिरिङ्ग खोलाको पुलमूनि निज सरोज शर्माको शव गाडिएको अवस्थामा फेला परेको, इ.प्र.का.कुमरखोदबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पूरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको, उक्त स्थान इ.प्र.का.कुमरखोदबाट अं.५ कि.मि.पूर्व पर्ने, साथै ऐ.११:२५ बजे ऐ.शिवसताक्षि न.पा.१० माईधार स्थित सुनिल साहको घरमा निज सुनिल शर्माले शरोज शर्मालाई अपहरण गरेर हत्या गरी बिरिङ्ग खोलाको बगरमा गाडेको आरोप लगाई मृतकका आफन्तहरू अं.३०० जना भेलाजम्मा भई ढुङ्गामुडा गरेको, उक्त स्थानमा इ.प्र.का.झिलझिलेबाट प्र.नि.को कमाण्डमा ५६ जना, सशस्त्र बेस क्याम्प शनिश्चरेबाट स.प्र.ना.नि.को कमाण्डमा ११ जनाको टोली खटी गई सम्झाई बुझाई भइरहेकोमा ऐ १२:१० बजे सुनिल साह र राहुल साहको घरमा सामान्य तोडफोड भएको, मानविय घाईते कोही नभएको र मृतकको परिवार आफन्तहरूलाई सम्झाई बुझाई गरी तितरवितर भएको, ऐ. १३;३५ बजे निज सरोज शर्माको शव पो.मा. को लागि प्रादेशीक अस्पताल भद्रपुर, झापा बाट घो.पा.क्याम धरान सुनसरी पठाईएको । गुल्मी, मालिका गा.पा. ३ म्याल बस्ने वर्ष २३ को भोट ब. बि.क. ले आफ्नै बुवा वर्ष अं. ५२ को धन ब. बि.क. र  आमा वर्ष अं. ४९ की दिलमाया बि.क. लाई धारिलो हतियार (हसिया) र काठको किला ठोक्ने मुङग्रो प्रहार गर्दा निजको बुवा धन ब.बि.क.को घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा चोट लागि उपचारको लागि जिल्ला अस्पताल तम्घास गुल्मी पठाई उपचार भइरहेको,अवस्था गम्भीर रहेको, उक्त स्थानमा प्र.चौ.अर्खवाङबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.पुर्कोटदह गुल्मीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, निज कुटपिट गर्ने ब्यक्ति नियन्त्रणमा रहेको, निजको मानसिक सन्तुलन ठिक नभएको भन्ने बुझिएको ।नवलपरासी पश्चिम, बर्दघाट न.पा.१ पुनर्बास बस्ने वर्ष ३४ को ले मा.प.से.गरी आफ्नै घरको आगनमा घरमा लगाउने टाईल, इट्टा र कोदालोको बिडले प्रहार गरी निजकै सहोदर दाई वर्ष ३६ को कृष्ण बहादुर शाहीलाई कर्तव्य गरी मारेको भनी ई.प्र.का.बर्दघाटमा खबर प्राप्त हुनासाथ ई.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कर्तव्य गरी मार्ने चित्र बहादुर शाही इ.प्र.का.बर्दघाटको नियन्त्रणमा । धारिलो हतियार (चक्कु) प्रहार, कुटपिट,सिरहा, जिल्ला सप्तरी कन्चनरुप न.पा.४ बकल टोल घर भई हाल जिल्ला सिरहा लहान न.पा.१ कृष्ण टोल बस्ने प्रलाद साहको घरमा डेरा गरी बस्ने बिजय परियारको छोरा अं.वर्ष ३२ को धिरज परियारले ऐ.लहान न.पा.१ कृषी बिकास बैंक देखी अं.२० मिटर पश्चिम स्थितमा आफ्नै श्रीमती मनिका परियार र छोरा मोहित परियारमाथि घरायसी वादविवादको कारण चक्कु प्रहार गर्दा निज मनिका परियारको दाहिने तर्फको काखीमा अं. ८ ईन्च जती काटिएको, अवस्था गम्भीर, निजको छोरा अं.वर्ष ९ को मोहित परियारको दाहिने हातको बुढी औलामा अं.२ ईन्च जती काटिएको, अवस्था सामान्य, दुवै जना घाईतेहरुको प्रादेशिक अस्पताल लहान सिरहामा लगेर उपचार भईरहेको,  निज चक्कु प्रहार गर्ने धिरज परियारलाई चक्कु सहित नियन्त्रणां लिई इ.प्र.का.लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको, माईती पक्ष र ससुरा पक्षलाई जानकारी भईसकेको । पर्सा, छिपहरमाई गा.पा.-५ भिस्वा शिव मन्दिर स्थित दुई पक्ष बीच आपसी घरायसी बादबिवादको कारण  दाजुभाइ बिच झै-झगडा तथा कुटपिट हुँदा दुवै पक्षका ५ जना मानिसहरु घाइते ( गम्भीर १, मध्यम १, सामान्य ३) भई उपचारको लागि नारायणी अस्पताल बिरगंज  पठाइएको, उक्त स्थानमा प्र.चौ. भिष्वाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने ऐ.बस्ने रामपारस साह व.प्र.का.बिर्ताको नियन्त्रणमा । काठमाण्डौ, का.म.न.पा.५ भत्केको पुल नजिकै नामथर, ठेगाना नखुलेको अं.वर्ष २५ को बेवारीसे पुरुष व्यक्तिलाइ अपरिचित समुहले कुटपिट गरि गम्भीर घाइते बनाएको र निज व्यक्तिको बाया निधारमा चोट, बाया गालामा चोट साथै टाउकोमा चोट लागेको र उक्त घाइतेलाइ उपचारका लागि ट्रमा सेन्टर लगी उपचार भईरहेको, बोल्न नसक्ने, अवस्था गम्भीर रहेको, कुटपिटमा संलग्न शंकास्पद ५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको । ज.ज.क.,बझाङ, मिति २०८२/०७।१२ गतेको अं.२४:०० बजेको समयमा जिल्ला बझाङ  छबिसपाथिभेरा गा.पा. ०५ थलरा स्थित धने बोहराको खाली(मानिस नबस्ने) घरको कोठामा ऐ.ऐ. छबिसपाथिभेरा गा.पा.५ थलरा गाँउ बस्ने वर्ष अं. १९ को आनन्द धामीले  ऐ.ऐ. ०५ थलरा बस्ने वर्ष अं.१३ की परिवर्तित नाम चैनपुर १६(क)लाई ज.ज.क.गरेको भनि आज मिति२०८२।०७।१५ गतेको ०८:१० बजेको समयमा पिडितको बुवा परिवर्तित नाम चैनपुर १५(क) ले जाहेरी दरखास्त सहित यस का.मा जानकारी गराउना साथ तत्काल ज.ज.क. गर्ने आनन्द धामीलाई  प्रहरी टोलि खटिई   नियन्त्रणमा लिएको  ।  ला.औ., सुनसरी, इनरूवा न.पा.४ बसचौक स्थित पुर्व पश्चिम राजमार्गमा जि.प्र.का.सुनसरीबाट सादा पोशाकमा प्र.ब.ह. र अ.प्र.पोष्ट बसपार्कबाट प्र.ब.ह.को कमाण्डमा खटीएको संयुक्त चेकिङ टोलीले लौकहीबाट इनरुवा तर्फ आउदै गरेको को ३ प ६६२३ न.को मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.सुनसरी बराहक्षेत्र न.पा.१ बस्ने बिष्णु श्रेष्ठको छोरा अं. वर्ष ३४ को सुशिल श्रेष्ठको बाया हातमा कालो प्लास्टिकमा पोको पारी लुकाई छिपाई ल्याउदै गरेको अं. ५ ग्राम (ब्राउन सुगर जस्तो देखिने) लागुऔषध सहित मो.सा.,मो.सा.चालक र उक्त मो.सा.मा पछाडी सवार ऐ.बस्ने अनुप ताम्राकारको छोरा अं.वर्ष २७ को अहिम ताम्राकारलाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई राखेको ।

मिति २०८२।०७।१३ गते ०५:०० बजे देखि ऐ १४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१४

कैदी मृत्यु,मोरङ, मिति २०८१।१०।२२ गते देखि जिल्ला कारागार मोरङमा ज.ज.क मुद्दामा कैद भुक्तान गरिरहेको ऐ. उर्लावारी न.पा.०१ बस्ने वर्ष २० को मुस्कान दनुवारलाई शरीर सुन्निने समस्या भई मिति २०८२।०७।११ गते २२:३० बजे प्र.ह.को कमाण्डमा खटिएको टोलीले उपचारको लागि कोशी अस्पताल बिराटनगर लगि बेड भर्ना भई उपचार भई रहेकोमा ऐ.१३ गते ०९:४२ बजे मृत्यु भएको, शव सतगदको लागि आफन्तले बुझि लगेको । ज.ज.क., बाल यौन दुर्व्यवहार,कैलाली, धनगढी उ.म.न.पा.१४ बस्ने पदम तामाङ्को छोरा अं.वर्ष ३४ को धन बहादुर तामाङ्ले ऐ. बस्ने अं.वर्ष १७ की बालिकालाई ऐ.०७।१२ गते अं.२०:३० बजे झारफुक गर्ने बहानामा आफ्नो पुजा गर्ने कोठामा लगि ज.ज.क.गरेको भनी ऐ.०७।१३ गते अं.१३:४५ बजे टे.फो.मार्फत इ.प्र.का.बहुलियामा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई र पीडित दुवै पक्षलाई थप अनुसन्धानको लागि जि.प्र.का.कैलाली पठाएको । झापा, शिवसताक्षी न.पा.७ बस्ने वर्ष ५६ को विरेन्द्र कुमार इजमले ऐ.१० बस्ने वर्ष १२ की बालिकालाईलाई परिवर्तित ठेगाना०४-४-१६ झ स्थित परिवर्तित नाम २०८२/०८३ झिलझिले E3 को घरकोठामा कोही नभएको मौका छोपी गफ गर्ने बहानामा बाल यौन दुरुपयोग गरेको भनी पीडितको आमाले ऐ.१८:०० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दरखास्त दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक विरेन्द्र कुमार इजमलाई नियन्त्रणमा लिई इ.प्र.का.झिलझिलेमा राखी आ.अ.भइरहेको । हा.ह. बरामद, गोली(राउण्ड) बरामद,इलाम, मिति २०८२/०७/१२ गते २०:०० बजे इलाम न.पा.२ स्थित थाम डाँडा शिवपोखरी राष्ट्रिय वन क्षेत्रमा माई सव डिभिजन वन कार्यालय, सुखानीवाट गस्ती गर्दै जाने क्रममा ऐ.न.पा.४ बस्ने वर्ष अं.३३ को मोहन फागो र ऐ.न.पा.८ बस्ने वर्ष अं.५१ को धन बहादुर मगरको साथबाट भरुवा बन्दुक   थान-१ र बारुद समेत फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई ऐ.१३ गते १६:३० माई सव डिभिजन वन कार्यालय इलामले जि.प्र.का.इलाममा बुझाएकोमा सम्मानित इलाम जिल्ला अदालतबाट ऐ.१२ गतेबाट लागु हुने गरी ७ दिन म्याद थप भइ आ.अ.भइरहेको । बर्दिया, बाँसगढी न.पा.४ शङ्खरिया स्थित रिहारपुर गाउँ र शङ्खरिया गाउँको सिमानामा रहेको चन्द्रनालाको छेउमा बेवारिसे अवस्थामा Bond लेखिएको कटुवा पेस्तोल  थान १ फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बरामद गरी कार्यालयमा ल्याई आ.अ.भईरहेको । रुपन्देही, सिद्धार्थनगर न.पा.१ बेलहिया नेपाल भारत सीमाना स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको जि.कास्की पोखरा म.न.पा-२ बस्ने जीवन नाल्मीको छोरा वर्ष १७ को मनिस नाल्मी नेवारको साथमा रहेको झोला चेकजाँच गर्ने क्रममा 7.62 MM S.L.R.को गोली राउण्ड-१ फेला परेकोले उक्त गोली सहित सँगै आएको जि.चितवन भरतपुर ११ बस्ने वर्ष ३६ को सन्तलाल तामाङ समेतलाई नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.रुपन्देही पठाइएको । जुवातास,महोत्तरी, बर्दिबास न.पा.७ स्थित कृष्ण बहादुर तमाङको घरमा जुवातास खेलिरहेको  भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा जि. सिरहा मिर्चैया न.पा.४ बस्ने वर्ष २१ को भगवान बाबु साह समेत ७ जनालाई नगद रु.२,३६,५७५।- (दुई लाख छतिस हजार पाचँसय पचहत्तर ) सहित नियन्त्रणमा लिई  आवश्यक कारवाहीको लागी इ.प्र.का.बर्दिबासमा ल्याई राखिएको । महोत्तरी, बर्दिबास न.पा.५ टुटेश्वर मन्दिर स्थित गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा जुवातास खेलिरहेको अवस्थामा फेला पारी ऐ.११ बस्ने वर्ष ३८ को टीका ब.किङरिङ समेत १२ जनालाई नगद रु.१,३२,०००।–सहित नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको । ला.औ.,सुनसरी, हरिनगर गा.पा.वडा न.४ हरिनगरा स्थित देवानगंज हरिनगरा सडक खण्डमा इ.प्र.का.हरिनगराबाट प्र.ना.नि.उमेश खड्का र सु.प्र.बेश क्याम बसंन्तपुरबाट प्र.ना.नि.बिष्णु दनुवारको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले चेकचाज गर्ने क्रममा देवानगंजबाट हरिनगरा तर्फ आउदै गरेको प्र.१-०२-००४ ह ८३३५ न. को सिटी सफारीलाई चेकजाच गर्दा १२ सय पत्ता (१२ हजार पिस) ट्रामाडोल ट्याब्लेट लागुऔषध फेलापारी सिटी सफारी, सिटी चालक जिल्ला सुनसरी हरिनगर गा.पा.५ बस्ने सलिम अंसारीको छोरा अं.वर्ष १५ को आदिल अंसारी र सोही सिटीमा सवार ऐ.ऐ.बस्ने सैयुब अंसारीको छोरा अं.वर्ष २२ को अख्तर अंसारीलाई नियन्त्रणमा लिई लागुऔषध सहित आवश्यक अनुसन्धानको लागि जि.प्र.का.सुनसरी तर्फ पठाईएको, ।  मोरङ, बिराटनगर म.न.पा. ०५ बरगाछी चोक स्थितमा जि.प्र.का. मोरङबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले जिल्ला संखुवासभा खाँदबारी न.पा. ०१ बस्ने बर्ष २७ को रुपेश कुलुङ र जिल्ला तेह्रथुम छथर गा.पा. ०३ बस्ने बर्ष २९ को कर्ण सुनुवारलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १७ ग्राम फेला पारी नियन्त्रणमा लिइ जि.प्र.का. मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०८२।०७।१२ गते ०५:०० बजे देखि ऐ १३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१३

हातहतियार बरामद,पाँचथर, फिदिम न.पा. ७ फियाकदिन बस्ने भक्त बहादुर थेगिमको घरमा ऐ.ऐ. १३ फेजुम बस्ने शम्सेर नेम्वाङको छोरा वर्ष २८ को कृष्ण नेम्वाङ १ थान भरूवा बन्दुक सहित आई धाक धम्की दिएको भन्ने खबर अस्थाई प्रहरी चौकी रानिटार पाँचथरमा जानकारी प्राप्त हुनसाथ तत्काल प्रह को कमाण्डमा ४ जना प्रहरी टोली खटिगई निजलाई हतियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कानुनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिम तर्फ ल्याउने पहल भइरहेको ।शीशु मृत्त फेला,सप्तरी, धनगढी गा.पा.११ छपरारी बस्ने ओम प्रकाश साहको श्रीमती अनिता देवी साह बिगत ३ महिना देखि माइती घर जि.सप्तरी तिलाठी कोईलाडी गा.पा.५ कोबर्साइन बस्ने शिवम कुमार साहको घरमा बस्दै आएकोमा निजको छोरी दिन २० की अराध्या कुमारी साह २ दिन देखि रुघाखोकी लागी बिरामी भई स्थानिय मेडिकल जनहित बर्साइनमा सामान्य उपचार गराएकोमा आज बिहान निज नाबालिकालाई थप उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको र लाश घरमा ल्याई राखिएको भनि ऐ. १३:५५ बजेको समयमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्र.चौ.कोबर्साइन सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगएको र थप अनुसन्धानको लागी तालुक जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोलि खटिगएको । नवजात शिशु मृत्यु,प्युठान, झिमरुक गा.पा.४ म्याउरे खोला बस्ने बिष्णु नेपालीको श्रीमती बर्ष अं.३५ की फुट्की भन्ने गिता नेपालीले घरमै बच्चा जन्माई ऐ.५ ओखरकोट स्वास्थ्य चौकी ढाँडा प्युठानमा चेकजाँच गर्दा मृत अवस्थामा छ भनि निजहरुले उक्त बच्चा घरमा ल्याई राखेको भनि ऐ.१८:०० बजेको समयमा स्थानिय टंक बहादुर सार्कीले इ.प्र.का.ओखरकोट प्युठानमा जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.प्युठानबाट प्र.ना.नि.को कमाण्डमा ४ जनाको टोली र थप अनुसन्धानको लागि जि.प्र.का.प्युठानबाट प्र.नि को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गएको,उक्त स्थानमा इ.प्र.का.ओखरकोट प्युठानबाट अ. ७ कि.मि.पुर्व पर्ने । थप अपडेट:- ऐ. २१:१५ बजेको समयमा उक्त मृतक बच्चाको लास पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाइएको । लेक लागी मृत्यू,मनाङ, नार्पाभुमी गा.पा.५ स्थित हिमलुङ हिमाल आरोहण गर्न आएका अस्ट्रेलियन नागरिक (पा.पो.नं. PA7268128) वर्ष ४९ को (पुरुष) CHAN CHIN TARK हिमालबाट फर्कने क्रममा सोही हिमालको ६१०० मिटरको उचाईमा मृत्यु भएको भन्ने खबर ऐ. १९;१० बजेको समयमा स्थानियद्वारा टे.फो. मार्फत जानकारी प्राप्त, मौषम खराबिका कारण उद्दार हुन नसकेको, निजसंगै आएका अन्य ४जना पर्यटक सकुसल गन्तव्य तर्फ गएको । बिदेशी नागरीकको मृत्यु,काठमाण्डौ, मिति २०८२।०७।०९ गते अं.०४:०० बजे देखी का.म.न.पा.१७ स्थित केबि गुरुङ (९८५१०५७३१२) ले सन्चालन गेरको बुटिक होटलमा बस्दै आएको बङ्गला देश घर हुने वर्ष अं.६९ को Md Serajul Haque (passport no. A11401013) मिति २०८२।०७।१२ गते ०७:०० बजे एकासी बिरामी भई तत्काल उपचारको लागी क्षेत्रपाटी स्थित छेत्रपाटी निःशुल्क अस्पताल लगी उपचार भईरहेकोमा ऐ.०८:४५ बजे उपचारको क्रम्मा मृत्यु भएको, साथी अब्दुल करिम (९८२००३२४५२) साथमा रहेको, बृत्त लैनचौरबाट प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिई लासजाँच तथा अन्य अ.अ.कार्य भईरहेको, ला.औ.,कञ्चनपुर, आज मिति २०८२/७/१२ गते अ.०३;३० बजेको समयमा जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.३ पिप्लाडि रोड स्थित इ.प्र.का.झलारी बाट प्र.नि राजेश बस्नेतको(९८५८७८४४९६) कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलिले चेक जाच गर्ने क्रममा ऐ.ऐ.बस्ने बर्स अ.२२ को राकेश डगौराले आफुले लगाएको पाइन्टको खल्तिमा लुकाइ छिपाइ गरी राखेको शुद्द तेौल ८४ ग्राम लागु पदार्थ (चरेश) फेला पारी बरामद गरी निज राकेश डगौरा समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि इ.प्र.का.झलारीमा ल्याइ राखिएको, झापा, कमल गा.पा. वडा नं. ०५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका दमकबाट प्रहरी हवल्दार राजकुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बिष्णु राजबंशीको घर कोठाबाट प्रतिबन्धित लागूऔषध Tramadol Hydrochlorides Capsules I.P. लेखिएको ८० पत्तामा जम्मा ८०० (आठ सय) क्याप्सुल, SPASPAIN लेखिएको जम्मा ३० पत्तामा ३०० (तीन सय) ट्याबलेट, र Dicyclomine Tablet 20 mg लेखिएको ५० पत्तामा जम्मा ५०० (पाँच सय) ट्याबलेट,सहित निम्न स्थान बस्ने निम्न मानिस र प्रतिबन्धित लागूऔषध बेचबिखन गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई इप्रका दमक ल्याई थप अनुसन्धान भईरहेको उक्त स्थान इप्रका दमकबाट अन्दाजी ५ किमि पुर्व दक्षिण पर्ने । निम्न - १)जिल्ला झापा कमल गाउँपालिका वडा नं. ०५ बस्ने नारायण सिंह राजबंशीको छोरा बर्ष २७ को बिष्णु राजबंशी । २)ऐ. कमल गा.पा. वडा नं. ०३ भीम बहादुर तामाङको छोरा बर्ष २२ को मौसम तामाङ । ३)ऐ. वडा नं. ०१ बस्ने ईन्द्र जगेबुको छोरा बर्ष १८ को सावन जगेबु । ४)ऐ. शिवसताक्षी न.पा. वडा नं. ११ बस्ने ईन्द्र बर्देवाको छोरा बर्ष २१ को रुस्तम बर्देवा । ५)ऐ. बस्ने संजिब मगरको छोरा बर्ष १९ को रुचल मगर । कास्की, पोखरा म. न. पा. १७ छोरेपाटन स्थित पैदल हिडेको अवस्थामा जिल्ला कास्की पोखरा १८ बस्ने बर्ष ३१ को सुदिप बि.क. र पोखरा म.न.पा. १२ माटेपानी बस्ने बर्ष २२ को राहुल मगरलाई जि.प्र.का. कास्कीबाट प्र.नि. र लागुऔषध व्यूरोबाट प्र.ना.नि. को कमाण्डमा खटि गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुले फाईबरको झोला भित्र लुकाई छिपाई राखेको ला.औ. डाईजापाम १४९ एम्पुल, फेनेरागन १४७ एम्पुल, नुर्फिन १४७ एम्पुल गरी जम्मा ४४३ एम्पुल ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई राखिएको,  बाँके, नेपालगंज उ.म.न.पा.१३ रोयल क्याफेमा ला.औ.कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले जि.बाँके नेपालगंज उ.म.न.पा.९ बस्ने वर्ष ३८ को चाँद अलि शेष र ऐ. बस्ने वर्ष ३१ को बब्लु शेष लाई संका लागी चेकजाचँ गर्दा चाँद अलि शेषले लगाएको पातलो ज्याकेटको दायाँ खल्तिमा लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्द तौल ४९ ग्राम ५१० मि.ग्रा. सहित निज दुबैलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

मिति २०८२।०७।११ गते ०५:०० बजे देखि ऐ १२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१२

कर्तव्य ज्यान,सिराहा, सिराहा , लहान न.पा.५ धाती टोल बस्ने मोहमद सदिक मिँयाको श्रीमती वर्ष ५० की नुरजहान खातुनले ऐ.लहान न.पा.४ झण्डापार्क स्थित खुट्टीखोलामा संचालन गरेको किराना पसलबाट ऐ.बस्ने रिजो खातुनको छोरा वर्ष १७ को मोहमद सकिलले पैसा चोरेको बिषयलाई लिई निज नुरजहान खातुनसंग वादविवाद भई झै-झगडा हुँदा निज मोहमद सकिल पक्षका ऐ.लहान न.पा.५ धाती टोल बस्ने मेहदी आलम लगायत ५ जना मिली निज नुरजहान खातुनलाई कुटपिट गर्दा निज नुरजहान खातुन गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उपचारको लागि माँ धमिनी अस्पताल लहान सिरहा पठाएकोमा उपचारको क्रममा ऐ.१०:०० बजे मृत्यु भएको, शव निजको आफन्तले घरमा ल्याई राखिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.लहानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई नजिमुन खातुन लगायत ४ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.लहानमा ल्याई राखिएको, कुटपिटमा संलग्न १ जना फरार खो.त.भईरहेको, हालको अवस्था सामान्य, ।हातहतियार बरामद,धनुषा, मिति २०८२।०७।१० गते अं.२२:०० बजे कमला न.पा.९ बस्ने अं.वर्ष २७ को सुरेश मण्डलले ऐ.स्थित झुलुङ्गे पुलमा रहेको छठघाटमा (होम मेड) कटुवा पेस्तोल देखाई स्थानीयहरुसँग विवाद गर्दा स्थानीयहरुले उक्त कटुवा पेस्तोल खोसी ऐ.सुन्दरपुर बस्ने अं.वर्ष ४५ शिवपुजन मण्डललाई दिएको भनि ऐ.११ गते अं.१२:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.खजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७:१० बजे शिवपुजन मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त कटुवा पेस्तोल निजकै आफन्त ऐ.बस्ने रोहित मण्डलको घरमा कसैलाई जानकारी नगराई लुकाई छिपाई राखेको भनि बुझिएकोले, खो.त. गर्दा उक्त घरको कोठाको खाटमुनी खाली कटुवा पेस्तोल फेला परेकोले निज शिवपुजन मण्डललाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई इ.प्र.का.खजुरीमा ल्याई राखिएको, सुरेश मण्डल फरार खो.त.कार्य भईरहेको । ज.ज.क.,इलाम, इलाम माई न.पा. ०९ चिसापानी बस्ने रोहित बराइलीको छोरा वर्ष १३ को अर्जुन बराइलीले ऐ.ऐ. बस्ने डोल्मा तमाङको छोरी वर्ष ६ कि “इलाम-त(०८२/०८३)” लाई भाँडाकुटी खेल्ने क्रममा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको परिवारले प्र.चौ. चिसापानीमा ऐ. १९:०० बजे जानकारी गराउन साथ तत्काल प्र.चौ. चिसापानीबाट प्र.स.नि. प्रदिप गिरी (९८६३२६४०१९)को कमाण्डमा प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. इलाममा ल्याई थप अनुसन्धान कार्य भइरहेको । धारिलो हतियार प्रहार,सप्तरी, सुरङगा न.पा.३ भुसिमहुलिया स्थित माइतिघरमा बस्दै आएको जि.सिरहा मिर्चैया न.पा.१० बस्ने वर्ष ४० को रतन सदाले आफ्नै श्रीमती वर्ष ३५ की सुनिता सदासँग घरायसि बिबादको कारण टाउको माथि बन्चरो प्रहार गरी गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहामा सामान्य उपचार पश्चात थप उपचारको लागि १८:०० बजे घोपा अस्पताल धरान पठाईएको, प्र.चौ.लक्ष्मीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई रतन सदालाई बन्चरो सहित नियन्त्रणमा लिई प्र.चौ.लक्ष्मीपुरमा ल्याई राखिएको, । सर्लाही, बलरा न.पा. ७ गडहियाबाट बेल्वा जब्दी जाने विच ऐकान्त बाटोमा जि.सर्लाही बिष्णु गा.पा. ०४ बिस्नाथपुर बस्ने दिपेन्द्र प्रसाद कुशवाहाले BR07A4G1554 नं. को मो.सा.मा आफ्नो श्रीमती अं.वर्ष २५ की मनिता कुमारी देविलाई अर्नाहाबाट लिई आफ्नो घर तर्फ जाँदै गरेको अवस्थामा नं.नखुलेको मो.सा.मा २ जना अज्ञात मानिसहरु आई रोकि निज मनिता कुमारी देवीलाई वाँय कोखमा चकु प्रहार गरी घाईते बनाई फरार रहेको, घाईतेलाई प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाएको, अवस्था मध्यम रहेको भन्ने खबर ऐ.२२:४० बजे इ.प्र.का.गडहियामा प्राप्त प्र.स.नि.को कमाण्डमा टोली खटी गई फरार मानिसहरुको खो.त. कार्य भईरहेको, । सवारी दुर्घटना,रूपन्देही, कन्चन गा.पा.५ फायरलाईन स्थित भित्री सडक खण्ड फायरलाईनबाट रुद्रपुट आउँदै गरेको चालक जि.रुपन्देही सैनामैना-८ बाँसगढी  बस्ने अं.वर्ष ३५ को विक्रम श्रेष्ठले चलाएको बागमती प्रदेश ०१००६ ख ७७८२ नं.को EV गाडी  आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बाँझको रुखमा ठोकीन गई सडकबाट अं.३ मि. तल खस्न जाँदा गाडीमा सवार ७ जना मध्ये ऐ.बस्ने अं.वर्ष ४५ को खुम ब.आचार्य घाईते भई उपचारको लागि कपिलवस्तु पिपरा अस्पताल लगेकोमा ऐ.१२ गते ००:३० बजे उपचारको क्रममा मृत्यु भएको, ऐ.बस्ने अं.वर्ष ४३  जितेन्द्र थापा घाईते भई उपचारको लागि कपिलवस्तु पिपरा अस्पताल लगेकोमा ऐ.१२ गते ००:१५ बजे उपचारको क्रममा मृत्यु भएको, ऐ.बस्ने अं.वर्ष ४२ को खेम ब. बि.क. घाईते भई उपचारको लागि कपिलवस्तु पिपरा अस्पताल लगेकोमा ऐ.११ गते २३:२० बजे उपचारको क्रममा मृत्यु भएको, ३ नै जनाको शव सोही अस्पतालको शव गृहमा राखिएको, चालक सहित ४ जनालाई लुम्बिनी सि.टी. अस्पताल बुटवल पठाईएको, ३ जना गम्भीर, १ जना मध्यम रहेको, सवारी साधन नियन्त्रणमा, चालकको, स.चा.अ.प. मा.प.से. नखुलेको, उक्त स्थानमा इ.प्र.का. रुद्रपुरबाट प्र.नि.को कमाण्डमा र  इ.प्र.का. सालझण्डीबाट प्र.नि.को कमाण्डमा, ला.औ., कञ्चनपुर, इ.प्र.का.बेलडाँडीबाट खटी गएको गस्ती टोलीले जि.कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको चालक जि.कन्चनपुर कृष्णपुर न.पा.२ बङ्क बस्ने वर्ष २६ को प्रदिप ऐरी र पछाडी सवार ऐ.बेतकोट न.पा.२ जडेपानी बस्ने वर्ष २९ को जनक बोहरा सवार बा.प्र. ०२०५० प ७३६८ नं.को कालो अपाची मो.सा.लाई शङ्का लागि चेकजाँच गर्दा मो.सा.को ब्रेककर भित्र कालो झिल्लिमा लुकाई छिपाई ल्याइको झिल्लि सहित तौल गर्दा ५.४५ ग्राम र शुद्द तौल गर्दा ५ ग्राम भएको (लागु पदार्थ ब्राउन सुगर जस्तो देखिने) खैरो धुलो पदार्थ फेला पारेको हुँदा उक्त मो.सा.सहित निज २ जनालाई आवश्यक थप अनुसन्धानको लागि इ.प्र.का.बेलडाँडी पठाईएको, ।

मिति २०८२।०७।१ १ गते ०५:०० बजे देखि ऐ ०७।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु
२०८२-०७-१२

कर्तव्य ज्यान,सिराहा, लहान न.पा.५ धाती टोल बस्ने मोहमद सदिक मिँयाको श्रीमती वर्ष ५० की नुरजहान खातुनले ऐ.लहान न.पा.४ झण्डापार्क स्थित खुट्टीखोलामा संचालन गरेको किराना पसलबाट ऐ.बस्ने रिजो खातुनको छोरा वर्ष १७ को मोहमद सकिलले पैसा चोरेको बिषयलाई लिई निज नुरजहान खातुनसंग वादविवाद भई झै-झगडा हुँदा निज मोहमद सकिल पक्षका ऐ.लहान न.पा.५ धाती टोल बस्ने मेहदी आलम लगायत ५ जना मिली निज नुरजहान खातुनलाई कुटपिट गर्दा निज नुरजहान खातुन गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उपचारको लागि माँ धमिनी अस्पताल लहान सिरहा पठाएकोमा उपचारको क्रममा ऐ.१०:०० बजे मृत्यु भएको, शव निजको आफन्तले घरमा ल्याई राखिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.लहानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई नजिमुन खातुन लगायत ४ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.लहानमा ल्याई राखिएको, कुटपिटमा संलग्न १ जना फरार खो.त.भईरहेको, हालको अवस्था सामान्य, । हातहतियार बरामद,धनुषा, मिति २०८२।०७।१० गते अं.२२:०० बजे कमला न.पा.९ बस्ने अं.वर्ष २७ को सुरेश मण्डलले ऐ.स्थित झुलुङ्गे पुलमा रहेको छठघाटमा (होम मेड) कटुवा पेस्तोल देखाई स्थानीयहरुसँग विवाद गर्दा स्थानीयहरुले उक्त कटुवा पेस्तोल खोसी ऐ.सुन्दरपुर बस्ने अं.वर्ष ४५ शिवपुजन मण्डललाई दिएको भनि ऐ.११ गते अं.१२:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.खजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७:१० बजे शिवपुजन मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त कटुवा पेस्तोल निजकै आफन्त ऐ.बस्ने रोहित मण्डलको घरमा कसैलाई जानकारी नगराई लुकाई छिपाई राखेको भनि बुझिएकोले, खो.त. गर्दा उक्त घरको कोठाको खाटमुनी खाली कटुवा पेस्तोल फेला परेकोले निज शिवपुजन मण्डललाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई इ.प्र.का.खजुरीमा ल्याई राखिएको, सुरेश मण्डल फरार खो.त.कार्य भईरहेको । ज.ज.क., इलाम, माई न.पा. ०९ चिसापानी बस्ने रोहित बराइलीको छोरा वर्ष १३ को अर्जुन बराइलीले ऐ.ऐ. बस्ने डोल्मा तमाङको छोरी वर्ष ६ कि “इलाम-त(०८२/०८३)” लाई भाँडाकुटी खेल्ने क्रममा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको परिवारले प्र.चौ. चिसापानीमा ऐ. १९:०० बजे जानकारी गराउन साथ तत्काल प्र.चौ. चिसापानीबाट प्र.स.नि. प्रदिप गिरी (९८६३२६४०१९)को कमाण्डमा प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. इलाममा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।०७।१० गते ०५:०० बजे देखि ऐ ११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-११

कर्तव्य ज्यान,पर्सा, मिति २०८२/०७/०६ गते वीरगंज म.न.पा.१५ बसपार्क स्थित ना ४ ख ५७९६ नं.को अशोक ट्राभल्सको बस चालक सचिन्द्र मिश्रा र बा ५ ख २८८१ नं.को भगवती ट्राभल्स बसको सह-चालक अंकित रजक बीच यात्रुलाई गाडीमा राख्ने बिषयलाई लिई वादविवाद भई झै-झगडा तथा कुटपिट हुँदा ना ४ ख ५७९६ नं.को बस चालक जि.महोत्तरी पिपरा गा.पा.२ अलिपट्टी बस्ने वर्ष ५८ को सचिन्द्र मिश्राको टाउको र मुखमा चोट लागी NMC पर्सामा उपचार गराई डिस्चार्ज भई गएकोमा ऐ.१० गते निजको स्वाथ्यमा समस्या आई बैद्यही अस्पताल जनकपुर लगेकोमा उपचारको क्रममा ऐ.११:३० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.बसपार्क पर्साबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने सह-चालक जि.महोत्तरी लोहारपट्टी न.पा.४ बस्ने वर्ष १८ को अंकित रजकलाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा पठाएको, शव सोही अस्पतालमा रहेको, ज.ज.क., बालयौन दुर्व्यवहार,बर्दिया, बाँसगढी न.पा.९ माछागड पाहाडिपुर बस्ने वर्ष ३९ को पुरुषले आफ्नी श्रीमतीलाई कुटपिट गरी घरबाट बाहिर गई बसेको अवस्थामा आफ्नो झड्केली छोरी वर्ष ९ की बालिकालाई बाल यौन दुरुपयोग गरेको भनी निजको श्रीमतीले ऐ.१० गते १८:०० बजे इ.प्र.का.मोतिपुरमा जानकारी गराएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई दुवै जनालाई इ.प्र.का.मोतीपुरमा ल्याई स्वास्थ्य परीक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको, बालिकाको अवस्था सामान्य रहेको हातहतियार बरामद,सल्यान, बनगाड कुपिण्डे-७ पाखापानी बस्ने वर्ष अं.५२ को तिलक ब.रोकाको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.देबस्थलबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई निजको घरमा खानतलासी गर्दा निजले घर भन्दा पूर्वतर्फ बाँसको झ्याङ्गभित्र सुकेको स्याउलाले छोपेर राखेको अवस्थामा भरुवा बन्दुक नाल १ फेला पारी निज तिलक ब.रोका समेतलाई पक्राउ गरी इ.प्र.का.देवस्थलमा राखी आ.अ.भइरहेको प्र.क.को मृत्यु,कास्की, पोखरा म.न.पा.१३ गौडाकोमुख स्थित फरार कैदी, थुनुवा रहेको भन्ने गोप्य सूचनाको आधारमा जि.नवलपुर विनय त्रिवेणी गा.पा.६ शिवपुरगढी घर वतन भई हाल जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी ईकाई कास्की दरबन्दी भई सि.आर.भी भद्रकाली कास्कीमा कार्यरत वर्ष ३८ को प्र.ह.ओम कुमार थापा(कम्प्युटर कोड ३६९८०४) डियुटी खटिएकोमा ड्युटीको क्रममा अचेत अवस्थामा रहेको भन्ने सुचना ऐ.१६:४५ बजे प्राप्त हुनासाथ व.प्र.का.रामबजारबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा ऐ.१७:३० बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थनामा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टली खटी गई आ.अ.भइरहेको, आफन्त(भाई) पूर्ण बहादुर थापालाई जानकारी भएको, झुण्डी मृत्यु,काठमाण्डौं, का.जि.तारकेश्वर न.पा.१ फुटुङ घर भई हाल का.जि.चन्द्रागिरी न.पा.१५ नैकाप पशुपती ट्रान्सपोर्ट स्थित राजेश जजोदियाको पक्की ५ तले घरको तेस्रो तलामा डेरागरी बस्ने बर्ष अं.२७ को आयुष सापकोटाको श्रीमती बर्ष अं.२७ कि रोजिना थापाले झ्यालमा फलामको रेलिङमा कालो कलरको सलले घाँटिमा पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खवर प्राप्त भए पश्चात बृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखिएको,प्रारम्भिक अ.अ.कार्य हुन बाँकी रहेको,घटनास्थलल वृत्त थानकोटबाट अं.४ कि.मि.पूर्व पर्ने । तोडफोड,ललितपुर, जि.खोटाङ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.१ ईमाडोल बस्ने वर्ष ३२ की मिना श्री राई डेलीभरीको लागि ऐ.०७।०७ गते अं.२१:०० बजे कृष्ट अस्पताल आई रातको समयमा नर्मल डेलीभरी भई बच्चालाई ICU मा राखेको र निज महिलाको अत्याधिक रक्तश्राव भई ऐ.०८ गते १७:०० बजे उपचारको क्रममा मृत्यु भएकोमा सोही बिषयलाई लिएर ऐ.१० गते अं. ११:५० बजे मृतकका आफन्तहरु अं.१०० जनाको संख्यामा भेलाजम्मा भई चिकित्सकको लापरबाहीको कारण मृत्यु भएको भनी नाराबाजी गरेकोले प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कमाण्डमा १२६ जनाको टोली खटी गई सम्झाई-बुझाई कार्य भईरहेकोमा ऐ.१२:०० बजे भेलाजम्मा भएका मानिसहरू उत्तेजित भई अस्पतालको मेनगेटमा तोडफोड गरी भित्र प्रवेश गरी आकस्मिक कक्षको ६ वटा झ्यालको सिसा फुटाएको, सोही अस्पतालको कम्पाउण्डमा रहेको सिटिजन बैङ्कको ATM को ढोकाको सिसा फुटाएकोले प्रहरीले ऐ.१२:१५ बजे भिडलाई तितर वितर पारेको, अस्पतालको कम्पाउण्ड बाहिर ठाँउठाँउमा बसी अं.२०० जनाको संख्यामा भेलाजम्मा भई नारा लगाइरहेकोमा ऐ.१४:०० बजे पुन: ढुङगामुढा हुँदा स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ग्याँस गनबाट २४ सेल फायर गरेको, सिलढाल थान ९,  हेल्मेट थान १, लाठी थान ४ भाँचिएर क्षति भएको, स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्र.ना.उ. पुर्णिमा चन्द लगायत ८ जना प्र.क.हरू सामान्य घाईते भएको, हालको अवस्था सामान्य रहेको, ऐ.१५:३० बजे पर्दशनकारीले ढुङ्गामुढा गर्दा सोही आन्दोलनमा आएका आन्दोलनकारी जि.ओखलढुङ्गा सिशंखु गा.पा.६ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा. १ इमाडोल बस्ने वर्ष ४५ को कुमार थापा मगरलाई ढुङ्गा लागेर घाइते भई उपचारको लागि ऐ.१८:३० बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई उपचार भई रहेको, अवस्था टाउको, अनुहारमा चोट, बाँया आँखामा निलडाम, बोल्न नसक्ने(गम्भिर), ऐ.१६:५५ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर जावलाखेलमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच छलफल सुरु भएको ला.औ.,सुर्खेत, जि.बाँके खजुरा गा.पा.८ घर भई हाल जि.सुर्खेत वीरेन्द्रनगर न.पा.३ तातापानी स्थित बिमपुरा बिष्टको घरमा कोठा भाडा गरी बस्ने वर्ष २३ को सद्दाम हुसेन खाँले लागु औषध कारोबार गरीरहेको भनी गोप्य सुचनाको आधारमा ला.औ.नि.शाखा कार्यालय सुर्खेतबाट  खटिएको प्र.स.नि.र जि.प्र.का.बाट खटिएको प्र.ना.नि.को टोलीले १० पोका अं.२ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित निजलाई  नियन्त्रणमा लिएको, कञ्चनपुर, बेलौरी न.पा.६ बसपार्क स्थित विशेष सुचनाको आधारमा ला.औ.नियन्त्रण व्युरो, शाखा धनगढी र इ.प्र.का.बेलौरीबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ.बेलौरी न.पा.८ पचुई बस्ने अं.वर्ष ३० की संगिता चौधरीलाई शंका लागि खानतलासी गर्दा निजको साथबाट लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकका २ वटा पोका फेला पारी तौल गर्दा शुद्ध तौल १२ ग्राम ६०० मिलिग्राम ला.औ.(खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा राखी आ.अ.भईरहेको,  झापा, दमक न.पा.९ शान्ति चोक स्थित गोप्य सुचनाको आधारमा इ.प्र.का.दमकबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले ऐ.९ बस्ने वर्ष ३६ को मनोज धिमालले चलाई रोकी राखेको मे १ ह ७०६५ नं.को सिटी सफारीको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ शुद्ध तौल ६ ग्राम फेला परेकोले उक्त ला.औ., सिटी सफारी तथा निजको साथमा रहेको बिभिन्न दरका नेपाली नगद रु.१८,०००।–१ थान मोबाइल सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.दमकमा राखिएको,

मिति २०८२।०७।०९ गते ०५:०० बजे देखि ऐ ०७।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१०

कर्तव्य ज्यान,पाँचथर,  मिक्लाजुङ गा.पा.८ भदौरे बस्ने अं.वर्ष ५२ को बखत सिंह  लिम्बुले मा.प.से.गरी आफ्नै छोरा अं.वर्ष १७ को सफल लिम्बुलाई आफ्नै घर पछाडि अं.१०० मिटर उत्तर-पूर्व बारीमा बसिरहेको अवस्थामा भरूवा बन्दुकले हान्दा दाहिने कुम, दाहिने कन्चट र छातीमा लागि घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी ऐ.१५:४० बजे  अ.प्र.पोष्ट दुर्दिम्बामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बखत सिंह लिम्बुलाई भरूवा बन्दुक सहित नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको, थप अनुसन्धानको लागि इ.प्र.का.रबिबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको। ज.ज.क.,ओखलढुङ्गा, मिति २०८२।०७।०८ गते अं.२३:३० बजे मानेभञ्ज्याङ गाउँपालिका २ स्थित जाहेरवाला अ.वर्ष ७१ की महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.२ बस्ने अं.वर्ष ३५ को राजेन्द्र राईले ज.ज.क.उ.गरेको भनी पीडितले मिति २०८२।०७।०९ गते १८:०० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा लिखित जाहेरी दिएकोले अ.प्र.पोष्ट केत्तुकेबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा राखिएको । मकवानपुर, हेटौडा उ.म.न.पा.१४ गठबन्धन  चोक बस्ने अं.वर्ष ११ की बालिका आफ्नै घरको बाहिर रहेको शौचालय गएकोमा नातीनी लामो समयसम्म नआए पछी हजुरआमाले खो.त.गर्ने क्रममा सोही शौचालयभित्र छिमेकी अं.वर्ष ३४ को पुरुषोत्तम तिमल्सिनासँगै नातिनीलाई देखेकोमा निजले बाल यौन दुर्व्यवहार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट मयुरधापबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पुरुषोत्तम तिमल्सिनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पठाएको, बालिकालाई आवश्यक सोधपुछको लागि अविभावक सहित जि.प्र.का.पठाएको, पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको, । चितवन, राप्ती न.पा.८ बडहरा स्थितमा रहेको पीडित सहयोग र पुनर्वास कार्यक्रम नामक संस्थामा अध्यनरत रही सोही संस्थाको कोठामा बस्दै आएकी जि.मकवानपुर मकवानपुरगढी गा.पा.६ घर भएकी वर्ष अं.११ की बालिकालाई जि.मकवानपुर राक्सिराङ गा.पा.१ घर भई हाल सोही सस्थामा अध्यनरत वर्ष अं.१९ को पुरुष व्यक्तिले ललाई फकाई गरी ज.ज.क गरेको भनी बालिकाको आमाले ऐ.१७:०० बजे इ.प्र.का.भण्डारामा किटानी जाहेरी मार्फत जानकारी गराउनसाथ इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज पुरुष व्यक्तिलाइ नियन्त्रणमा लिइ आ.अ.भईरहेको । कास्की, मिति २०८२।०७।०८ गते अं.१२:०० बजे पोखरा म.न.पा. कोलामुढा बस्ने वर्ष ८१ को गञ्जसिंह गुरुङ्ले ऐ.बस्ने छिमेकी वर्ष ६ की बालिकालाई यौन दुर्व्यवहार गरेको भनी ऐ.८ गते १९:३० बजे बालिकाको आमाले मौखिक जानकारी गराउनासाथ  व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज गञ्जसिंह गुरुङ्लाई नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याई थप अनुसन्धान कार्य भईरहेको । हातहतियार बरामद,ललितपुर , महालक्ष्मी न.पा.५ टिकाथली स्थित राधाकृष्ण खानेपानी ट्याङकी नजिकै हनुमन्ते खोला किनारमा गोप्य सुचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटीएको सादा पोशाकमा र प्र.चौ.टिकाथलीबाट प्र.स.ह.को कमाण्डमा खटीएको संयुक्त टोलीले 55010501 नम्बरको १ थान टाइप 54 चाइनिज पेस्तोल म्याग्जिन सहितको ३ राउण्ड लोड गरेको अवस्थामा फेला परेकोले कानुनी प्रकृयाको लागि प्रहरी वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बरामद गरी प्रहरी वृत्त सातदोबाटोमा राखिएको । प्र.क.मृत्यु,पाल्पा, रिब्दिकोट गा.पा.३ खस्यौली घर भएका नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल नवलपरासी(पश्चिम)दरबन्दी भई हाल नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाण्डौमा कार्यरत वर्ष २७ को ( क.कोड ४७९९३१) प्र.ज.धर्म थापा ऐ.०२ गते घर आएकोमा ऐ. ०९ गते अं.१३:०० बजे अचानक शरीर झम्झमाएको भनि उपचारको लागि युनाइटेड मिशन अस्पताल पाल्पा लगेकोमा ऐ.१३:५० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको ।ला.औ., नवलपरासी पश्चिम , रामग्राम न.पा. ४ जितपुर स्थित ऐ.बस्ने राजेश मौर्यको पक्की घरमा कोठा भाडामा लिई बस्ने हाल सम्म नामथर, वतन नखुलेको पुरुष ब्यक्तिले ला.औ.लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.नवलपरासीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले  स्थानीयको रोहबरमा उक्त घरको कोठा भित्र खानतलासी गर्दा Diazepam (2ml ) लेखेको ७७५ एम्पुल, Phenagan (2ml) ७७५ एम्पुल, Buprenorphine (2ml) लेखिएको ७७५ एम्पुल, proxycospas १४७  क्याप्सुल लागु औषध फेला परेकोले थप अनुसन्धान तथा बरामदी मुचुल्काको लागि प्र.नि.को कमाण्डमा टोली खटी गई रित पूर्बक बरामदी मुचुल्का गरी निज फरार रहेको ब्यक्तिले प्रयोग गरेको ग २ प २७९१ नं. को मो.सा. र उक्त लागुऔषध जि.प्र.का.नवलपरासी पश्चिममा ल्याई थप अनुसन्धान भईरहेको, उक्त घरमा घरधनि नबस्ने, नामथर वतन नखुलेको भनिएको ब्यक्ति प्रहरी टोलीलाई देखि भागी फरार भएको, खो.त.कार्य भईरहेको ।

मिति २०८२।०७।०१ गते ०५:०० बजे देखि ऐ ०७।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-०२

कर्तव्य ज्यान,सप्तरी, बोदेबर्साईन न.पा.८ रजकपट्टी स्थित कबिर बाबा मन्दिरको पुजारी काम गर्ने ऐ.बस्ने अं.वर्ष ७० को रामदुलार साहले आफ्नो कुट्टीमा एकलै बस्दै आएकोमा कुट्टी अगाडी रहेको बाटोमा पिसाब गरिरहेको अवस्थामा नामथर, वतन नखुलेको मानिसले निज रामदुलार साहलाई गोली प्रहार गर्दा ढाडको पछाडीबाट नाईटोको साईडमा १ वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको, शव घटनास्थलमा नै रहेको भन्ने जानकारी प्राप्त हानसाथ उक्त प्र.चौ.काचनबाट प्र.स.नि.को कमाण्डमा, जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.कमाण्डमा र इ.प्र.का.कडरवोनाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोली प्रहार गर्ने मानिसको खो.त.तथा थप संकित व्यक्तिहरुको सिमा नाका संग जोडिएको यूनिट एरियाहरूमा कर्डन गरी चेकजाँच भईरहेको, घटनास्थलमा २ थान खोका फेला परेको, । ज.ज.क.,बाँके, खजुरा गा.पा.१ बलैपुर बस्ने आयुष सुनारको बिवाहमा आएकी जि.सुर्खेत भेरीगंगा न.पा.१० घर भई हाल नेपालगञ्ज उ.प.न.पा.२० नेपालगंजमा डेरा गरी बस्ने वर्ष १९ की बालिकालाई ऐ.खजुरा गा.पा.१ सैनिक बस्ने ऐ.बिवाहमा नै आएको वर्ष १८ को सुजल थापाले निजलाई राती सवारी साधन नमिलेकोले मो.सा.मा नेपालगञ्ज छोडिदिन्छु भनी लगी ऐ.खजुरा गा.पा.१ स्थित न्याउलीडाँडा जंगलमा खुकुरी देखाई ज्यान मार्ने धम्की दिई निजलाई ज.ज.क.गरी छोडी भागेको भन्ने खबर ऐ.०७।०१ गते ११:०० बजे प्र.चौ.राधापुरमा प्राप्त हुनासाथ प्र.ना.नि.र इ.प्र.का.धनौलीबाट प्र.नि.को  कमाण्डमा टोली खटी गई निज सुजल थापालाई नियन्त्रणमा लिई  पीडक पीडित दुबै जनालाई विस्तृत स्वास्थ्य परिक्षणको लागि भेरी अस्पताल नेपालगञ्ज बाँके पठाएको । सवारी दुर्घटना  (प्र.क.),नवलपरासी(पूर्व), मध्यबिन्दु न.पा.७ चोरमारा बजार स्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासी तर्फ जाँदै गरेको GJ14Z6465 भारातीय नं.प्लेटको बसले ऐ.दिशाबाट जाँदै गरेको प्रदेश ३-०२-०१० प ७२३० नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा. चालक जि.सर्लाही लालबन्दी न.पा. ४ घर भई हाल कार्यदल काठमाण्डौमा कार्यरत प्र.स.ह.वर्ष ३४ को नरेश चौधरी, सोही मो.सा.मा पछाडि सवार निजकै श्रीमती वर्ष ३० की अनिता चौधरी र  निजको छोरा वर्ष १० को अनुज चौधरी घाईते भई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा ऐ.१६:०५ बजे अनिता चौधरीलाई डा.ले चेकजाँचको क्रममा मृत घोषणा गरेको, शव सोही हस्पतालमा रहेको, प्र.स.ह.नरेश चौधरी र अनुज चौधरीलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरपुर चितवन पठाएकोमा उपचारको क्रममा ऐ.१८:१५ बजे प्र.स.ह. नरेश चौधरीलाई डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, अनुज चौधरीको ऐ.अस्पतालमा उपचार भइरहेको, अवस्था गम्भीर, बस र बस चालक प्र.चौ.तम्सरियाको नियन्त्रणमा, , प्रहरी सहायक हवल्दार नरेश चौधरी चार दिनको भैपरी आउने विदा स्वीकृत गरी गएको । लागुऔषध, झापा, इ.प्र.का.अनारमनीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले ऐ.बिर्तामोड न.पा.५ सितल मार्केट  स्थितबाट जिल्ला पाँचथर हिलिहाङ गा.पा.६ बस्ने वर्ष ३० को अशोक भन्ने डम्बर बहादुर मैनालीलाई शंका लागी निजलाई चेकजाँच गर्दा निजको साथबाट १६ ग्राम ४५० मिलिग्राम ला.औ.ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थफेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा राखिएको, ।

मिति २०८२।०६।३० गते ०५:०० बजे देखि ऐ ३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-३०

२०८२-०६-३१,ज.ज.क. उद्योग,पाल्पा, रिब्दीकोट गा.पा. ७ मैनादी कटहरबारी बस्ने वर्ष ६१ को शिब रानाले म जाहेरवाला जि.पाल्पा रिब्दीकोट गा.पा. ७ मैनादी कटहरबारी बस्ने वर्ष ५८ की महिलालाई घर नजिकै सालघारी खर्‍यानमा आई करणी गर्ने मनसायले मेरो संवेदनशील अंगमा छोई ज.ज.क.प्रयास गरेकोले निज कसूरदार मान बहादुर रानालाई कानून बमोजिम कारवाही गरी पाउँ भनि ऐ.३० गते १८:०० बजे जि.प्र.का.पाल्पामा गई जाहेरी दिएकोले उक्त स्थानमा इ.प्र.का.मुझुङ पाल्पाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न निज मान बहादुर रानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पाल्पामा पठाईएको । हा.ह. बरामद,काठमाडौं, वृत्त कीर्तिपुर र का.उ.अ.अ.का.बाट खटीएको संयुक्त प्रहरी टोलीले स्वीप अपरेशनको क्रममा जि.मकवानपुर कैलाश गा.पा.५ गोलढुङ्गा स्थायी वतन भई की.न.पा.३ ढाल्पा डेरा गरी बस्ने वर्ष २८ को राजेन्द्र मोक्तानसँग पेस्तोल रहेको छ भन्ने सुचनाको आधारमा निजसँग सम्पर्क गरी हतियारको बारेमा जानकारी गराउँदा निज तत्काल सम्पर्कमा आई टाईप ५४ (TYPE 54) चाईनिज पेस्तोल (नं. ५१००४२८३) थान-१ वृत्त किर्तिपुर बुझाएको । उल्लेखित नं.को टाईप ५४ चाईनिज पेस्तोल मिति २०८२।०५।२४ गते वृत्त किर्तिपुरबाट लुटीएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),रामेछाप, रामेछाप न.पा.७ मुगान स्थित ऐ. बस्ने इन्द्र बहादुर हायुको श्रीमती अं.वर्ष ५५ की चिनीमाया हायु आफ्नै ढुङ्गा माटोले बनेको एक तले घरभित्र मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रामेछापडाँडाबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का कार्य समाप्त पश्चात शव पो.मा.को लागी जिल्ला अस्पताल रामेछापडाँडा रामेछाप पठाएको, थप अनुसन्धानको लागि मृतकको श्रीमान वर्ष ५४ को इन्द्र बहादुर हायुलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको । कुटपिट,सर्लाही, लालबन्दी न.पा.३ भैरबपुर बस्ने रोशन चौधरीको श्रीमती वर्ष ३० की बजन्तरी चौधरीको घर अगाडी खाना बनाउने दाउरा ऐ.बस्ने निजकै जेठाजु रामप्रित चौधरीको छोरा वर्ष २७ को चन्दन चौधरीको रहेको, सोही दाउरा हटाउ भन्ने विषयलाई लिई विवाद हुँदा चन्दन चौधरीले अचानक बजन्तरी चौधरीलाई मुक्काले पछाडीबाट घाँटीमा हान्दा निज घाईते भई उपचारको लागी नगर अस्पताल लालबन्दीमा लगी उपचार भइरहेकोमा थप उपचारको लागी बर्दिबासको शुभ स्वास्तिक अस्पताल तर्फ लिई गएको, बोल्न नसकेको, अवस्था गम्भीर रहेको भन्ने ऐ.१९:३० बजे अस्पतालले जानकारी गराउनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.ह.को कमाण्डमा टोली खटी गएको, उपचारमा दिदी संलग्न, कुटपिट गर्ने चन्दन चौधरी फरार रहेको, खो.त.कार्य जारी ।  नवजात शिशु फेला उपचारको क्रममा मृत्यु ,कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर स्थित भित्री कच्चि सडकको किनारामा रहेको केराबारीमा अं.१/२ दिन जस्तो देखिने नवजात शिशु(बालक) लाई ऐ.बस्ने अनिल हरी चन्द्रले टाउकोमा चोट लागेको अवस्थामा देखि व.प्र.का.महेन्द्रनगरमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज शिशुलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याई उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.३१ गते अं.०१:५० बजे उक्त नवजात शिशुको मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको ।  कैदी मृत्यु,रूपन्देही, बाल सुधार गृह भैरहवा रुपन्देहीमा रहेको कानुनको विवादमा परेको बाल बिज्याई  (कर्तव्य ज्यान मुद्धाको थुनुवा) जि.गुल्मी मुसिकोट न.पा.४ बस्ने वर्ष १८ को बिजय राना मृगौला सम्बन्धि बिरामी भई उपचारको लागी भिम अस्पताल भैरहवामा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१८:०० बजे मेडिकल कलेज भैरहवा रिफर भई उपचार भईरहेकोमा ऐ.३१ गते अं.०३:५३ बजे डाक्टरले मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, बाल सुधार गृह भैरहवाबाट प्र.ब.ह.कृष्ण बहादुर राना खटी गएको। ला.औ.,बारा, प्रसौनी गा.पा.३ नौतन स्थित वीरगंजबाट प्रसौनी तर्फ पैदल आउदै गरेको भन्ने बिशेष सुचनाको अधारमा इ.प्र.का.प्रसौनीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शंकालागी चेकजाँच गर्न खोज्दा भागी उम्कन खोज्दा लखेटी समाइ चेकजाँच गर्दा निज ब्यक्ति जि.पर्सा पटेर्वा सुगौली गा.पा.३ सानो देउती बस्ने वर्ष ४२ को रामाशंकर दासको साथबाट कागजमा बेरेर पाइन्टको बाँया गोजीमा खैरो हिरोईन जस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम  सहित बरामद गरी निजलाइ इ.प्र.का.प्रसौनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  सर्लाही, पर्सा गा.पा.२ संग्रामपुर स्थित आँप बगैंचामा इ.प्र.का.संग्रामपुरबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले दानाको हरियो र पहेलो दुई वटा बोरा टाउँकोमा बोकी नेपालबाट भारत तर्फ गईरहेको भारत राज्य जिल्ला सितामढी थाना बेला पिपरा प्रसायन ग्राम मुजेलिया ७ बस्ने अं.वर्ष ६० को इजरायल अन्सारीलाई शंका लागी रोकी निजले बोकेको उक्त बोरा खोली हेर्दा बोरा भित्र रातो प्लाष्टिकले बेरेको अवस्थामा ६ पोका ला.औ.गाँजा  ३१ किलो २१७ ग्राम फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.सर्लाही पठाईएको ।

मिति २०८२।०६।२९ गते ०५:०० बजे देखि ऐ ३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-३०

ज.ज.क./ बालयौन दुरुपयोग, बझाङ, तलकोट गा.पा.२ ढुङगाना गाँउ घर भई ऐ.जयपृथ्बी न.पा.१० चैनपुर बस्ने वर्ष २० को राजेश ऐडीले मिति २०८२/०६।२६ गते अं.२०:०० बजे ऐ.मष्टा गा.पा.२ बस्ने वर्ष १४ की बालिकालाई आफ्नै कोठामा लगेर ज.ज.क.गरेको भनी मिति२०८२।०६।२९ गतेको १६:५० बजे पीडितको दाईले जि.प्र.का.बझाङमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.बझाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, ज.ज.क.गर्ने राजेश ऐडी फरार, खो.त.भईरहेको, पीडितको यौनजन्य स्वास्थ्य परिक्षणका लागि जि.अस्पताल बझाङ पठाएको, उक्त स्थान जि.प्र.का.बझाङबाट १ कि.मि पूर्व पर्ने । नवजात शीशु फेला,महोत्तरी, जलेश्वर न.पा.४ स्थितमा रहेको भागेश्वर कुटीबाट अं.२० मिटर पश्चिम तर्फ रहेको धान खेतमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरा) कपडामा बेरिएको अवस्थामा रहेको भन्ने खबर स्थानीयले  जानकारी गराउनासाथ अ.प्र.पोष्ट जलेश्वर न.पा.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा नवजात शीशु जिवित अवस्थामा नै रहेको, हेर्दा १५\१६ दिन अगाडी जन्म भएको जस्तो देखिएको, को-कस्को भन्ने नखुलेको थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको । भरुवा बन्दुक सहित मानि नियन्त्रणमा,काठमाण्डौ, शंखरापुर न.पा.१ बोजिनी स्थित प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई स्वीप अप्रेशन शुरु भएकोमा ऐ. १०:३७ बजे स्वीप अप्रेशन समाप्त भएको, स्वीप अप्रेशनको क्रममा १ नाल भरुवा बन्दुक सहित आवश्यक सोधपुछको लागि ऐ. शंखरापुर न.पा.१ शंखरापुर घर भई बस्ने वर्ष २६ को रबिन लामा, ऐ.जगते घर भई बस्ने बर्ष २४ को सोनाम लामा, ऐ.बस्ने बर्ष २४ को संजय लामा र ऐ.बस्ने बर्ष २२ को सुमन तामाङलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धमा ल्याई राखिएको, उक्त स्थान प्रहरी वृत्त बौद्धबाट अं.न्दाजी १७ कि.मि. पूर्व दिशा तर्फ पर्ने घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । लागुऔषध,सुनसरी, ईनरुवा न.पा.वडा न.०४ बसचोक स्थित पुर्व पश्चिम राजमार्गमा जिप्रका सुनसरीबाट प्रह रेवत ढकालको कमाण्डमा खटिएको सादा पोसाकको टोलिले लौकहीबाट ईनरुवा तर्फ आउदै गरेको को ३२ प ५३६७ न. को मोसालाई शंका लागी चेक-जाँच गर्दा मो.सा. चालक जिल्ला सुनसरी धरान उप-मनपा वडा न.१७ पटनालीटोल बस्ने वर्ष ३८ को सन्तोष बस्नेतको साथबाट तौल गर्दा (प्लाष्टिक बाहेक) १२.७० ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ, मानिस र मोसा सहित नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याई राखिएको ।  सुनसरी, बर्जु गाँउपालिका ३ खरि टोल स्थित उत्तर भिमपुरबाट दक्षिण शुक्रबारे तर्फ जादै गरेको तत्काल अल्फाबेट नखुलेको ४७६० नं.को बोलेरो पिकअप गाडीले ला.औ.गाँजा झार्दै गरेको अवस्थामा स्थानीय मानिसले देखी प्रहरीलाई जानकारी गराउनासाथ प्र.चौ.अमडुवाबाट प्र.ब.ना.नि.को कमाण्डमा  टोली खटी गएकोमा प्रहरी टोलिलाई देख्नासाथ गाडी तथा मानिसहरु फरार भएको, उक्त स्थानमा अं.३०० के.जि.(१० बोरा) ला.औ.गाँजा पेला परेको हुँदा कानुनी प्रकृयाको लागि इ.प्र.का.दुहबीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

मिति २०८२।०६।२८ गते ०५:०० बजे देखि ऐ २९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२९

ज.ज.क.,ललितपुर, जि.चितवन माणी न.पा.७ घर भई हाल जि.ललितपुर, ललितपुर  म.न.पा.३ झम्सिखेल बस्ने वर्ष १५ की बालिकालाई ऐ.०६।२७ गते १२:०० बजे ऐ. ललितपुर म.न.पा.३ झम्सिखेल बस्ने वर्ष ७८ को धर्मराज अमात्यले झम्सिखेल गणेश मन्दिर स्थित गार्ड हाउसको भान्सा कोठामा ज.ज.क.गरेको भनी १०० मा फोन गरी जानकारी गराउनासाथ प्रहरी प्रभाग पुल्चोकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई प्रहरी प्रभाग पुल्चोकमा राखिएको, पीडितको बुवाले ऐ.०६।२७ गते १५:०० बजे परिसर जावलाखेलमा जाहेरी दिए पश्चात आ.अ.कार्य भईरहेको, पीडित बालिकाको यौनजन्य स्वास्थ्य परिक्षण पश्चात बुवाको जिम्मा लगाई पठाएको । सुर्खेत, जिल्ला जाजारकोट भेरीनगरपालिका वडा नं.०४ गैरीखाली बस्ने वर्ष २२ कि परिवर्तित नामथर (आ.व. २०८२/०८३) ६४ वीरेन्द्रनगर (क२१) लाई जिल्ला दैलेख भगवतिमाई गाउँपालिका ०७ घर भई हाल जिल्ला सुन्धुली दुधौली स्थित नेपाल प्रहरीको तालिमकेन्द्रमा प्रहरी जवान पदमा तालिम गरीरहेको वर्ष अं.२२ को भक्त बहादुर बि.क मिति २०८२/०६/१७ गते राति अ. १२:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०७ ईत्राम स्थित निज अन्यायिका काकाको घरकोठामा ज.ज.क गरेको भनि निज पिडित ले मिति २०८२/०६/२८ गते १३:०० बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ यस कार्यालयबाट प्र.नि. को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको र उक्त व्यक्ति फरार खोजि कार्य भईरहेको । मोरङ,  ग्रामथान गा.पा.४ मर्चेनिया टोल बस्ने मानसिक सुस्त मनस्थित भएकी सांकेतिक नाम ०८२ बेलबारी ४६ लाई मिति २०८२।०६।१७ गते २२:३० बजे ऐ.रंगेली न.पा.१ बस्ने वर्ष अ.२२ को आपताब माझी थारु र ऐ.बस्ने बर्ष २५ को भोला चौधरीले ऐ.ग्रामथान गा.पा.४ मर्चेनिया स्थित बाँसघारीमा ज.ज.क.गरी फरार भएको भनी पीडितको बुबा सांकेतिक नाम ०८२ बेलबारी ४५ ले ऐ.२८ गते इ.प्र.का.बेलबारीमा जाहेरी दिएको हुँदा प्र.व.ना.नि.को कमान्डमा टोली खटी गई दुवैजना पीडकहरूलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भइरहेको । बाँके, मिति २०८२।०६।१९ गतेदेखि राप्ति सोनारी गा.पा.२ मधुवा बस्ने वर्ष २४ को लक्ष्मण खत्रीले ऐ.बस्ने वर्ष १२ की परिवर्तित नाम थर संकेत ६५ कोहलपुर (२०८२।०८३) १२ लाई ललाई फकाई गरी पटकपटक ज.ज.क.गरेको र मिति २०८२।०६।२७ गते समेत ऐ.८ शम्शेरगंज स्थित रहेको होटल जक्सनमा लगेर ज.ज.क.गरेको भनी पीडितले ऐ.२८ गते १८:०० बजे आफन्तलाई जानकारी गराए पश्चात पीडितको आफन्त ६५ कोहलपुर (०८२/०८३) १२ (क) ले प्र.चौ.कचनापुरमा जानकारी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुरमा ल्याई पीडित समेतलाई यौनजन्य विस्तृत स्वास्थ्य परीक्षणको लागि भेरी अस्पताल नेपालगंज पठाइएको । ज.ज.क.उद्योग,इलाम, माइ न.पा.१ अम्लिसे बस्ने सांकेतिक नाम “इलाम-ड-१ (०८२/०८३)” को छोरी वौद्धिक तथा शारिरीक रुपमा असक्त वर्ष अं.११ की सांकेतिक नाम “इलाम-ड (०८२/०८३)” लाई मिति २०८२।०६।१९ गते ११:३० बजे ऐ.खर्बनी बस्ने सांकेतिक नाम “इलाम-ढ-१(०८२/०८३)” को छोरा वर्ष अं.४५ को सांकेतिक नाम “इलाम-ढ (०८२/०८३)” ले पीडित बस्दै आएको घरमा एक्लै देखी पीडितको कोठामा गई करणी गर्ने मनासयले संवेदनशील अङ्गमा छोई चलाएको भनी ऐ.२८ गते २१:०० बजे पीडितको फुपुले जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.चौ.लोदिया दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ.भइरहेको । हा.ह. बरामद,काठमण्डौं, गोकर्णेश्वर न.पा.३ गोकर्ण बस्नेतगाउँ स्थित सन्तोष श्रेष्ठको घरमा हा.ह.लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिगई हेर्दा पानी ट्याङ्की भित्र लुकाई राखेको अवस्थामा म्याग्जिन नभएको चा.पे.9 mm लेखिएको १ थान पेस्तोल र हतकडी १ थान फेलापारी शंकास्पद सोही घरमा पाहुना आएको जि.सिन्धुपाल्चोक इन्द्रावती गा.पा.५ सुर्यकोट घर भई हाल जि.भक्तपुर बस्ने बर्ष २७ को राजन भुजेललाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिई वृत्त बौद्धमा राखिएको । धारिलो हतियार प्रहार द्वारा आत्महत्या,काठमाण्डौ, जि. दोलखा बिगु गा.पा.४ घर हुने वर्ष ४२ को बिनोद खत्री आफैले आफ्नो घाँटीमा खुकुरी प्रहार गर्दा घाईते भई उपचारको लागि का.जि.का.म.न.पा.११ माईतिघर मण्डला स्थित अन्नपुर्ण न्युरो अस्पतालमा ऐ. १५:०० बजे लगी उपचार भईरहेकोमा ऐ.०६/२८ गते १०:१५ बजे उपचारको क्रममा मृत्यु भएको भनी अस्पतालबाट जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको । लागुऔषध, दाङ,  जि.सल्यान शारदा न.पा.६ हलचौर घर भई हाल जि. दाङ घोराही उ.म.न.पा.१५ तुलसीपुर चोक नजिक डेरा गरी बस्ने अं.वर्ष २२ को दिपक रेउलेले लागु औषध कारोबार गरिरहेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्रहरी टोली खटी गई निज दिपक रेउलेलाई ऐ.१६ सर्रा स्थित पैदल हिंडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई निजको शरीर खानतलसी गर्दा दाहिने खुट्टामा लगाएको NIKE लेखेको जुत्ताको सोल भित्र लुकाई राखेको अवस्थामा हरियो रङको प्लाष्टिकमा बेरेको २ पुडिया लागु औषध (ब्राउन सुगर) फेला पारी शुद्ध तौल गर्दा १ ग्राम ५० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ र निजकै साथमा रहेको रेड्मी कम्पनीको एण्ड्रोईड मोवाईल थान-१ फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भईरहेको ।

मिति २०८२।०६।२७ गते ०५:०० बजे देखि ऐ २८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२८

शंकास्पद मृत्यु,ओखलढुङ्गा, जि.ओखलढुङ्गा सिद्विचरण न.पा.-४ चार्खु बस्ने अ. बर्ष-५२ कि रत्न कुमारी कटवाल( कार्की) आफ्नै घरको सुत्ने कोठाको खाटमा सुतेकीमा आज मिति २०८२।०६।२७ गते दिउसो सम्म नउठेकोले नजिकै बस्ने निजको दिदी र छिमेकीहरुले ऐ.१४.०० बजेको समयमा झ्यालको आग्लो काटी खोलि हेर्दा मृत अवस्थामा रहेको भनि ऐ.१६.१५ बजे बि.सु.गार्ड रुम्जाटारमा खबर प्राप्त हुनसाथ प्र.ना.नि. भोज कुमार कटेलको कमाण्डमा-२ जनाको प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेकोमा आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का. ओखलढुङ्गाबाट प्र.नि. बिजय कार्कीको कमाण्डमा soco टोलि सहित खटि गएको,उक्त स्थान बि.सु.गार्ड रुम्जाटारबाट अ.४ कि.मि. पूर्व पर्ने थपटिपोट;उक्त लाशको थप अनुसन्धानको लागि ऐ.२१;२० बजेको समयमा जि.प्र.का.ओखलढुङ्गाबाट प्र.ना.उ.मदन के.सी.को कमाण्डमा ०९ जनाको प्रहरी टोलि खटि गएको । थप टिपोट :- उक्त घट्ना स्थलको थप अनुसन्धानको लागि आज मिति २०८२।०६।२८ गते ०४:१५ बजेको समयमा कोशी प्रदेश प्रहरी कार्यालय के नाईन शाखा धरान सुनसरी बाट प्र.ना.नि याम बहादुर श्रेष्ठको (९८१९०३६५८१) कमाण्डमा ५ जना, १ वटा कुकुर सहित GAA 4832 नम्बरको गाडीमा ओखलढुङगाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट जानकारी प्राप्त भएको वि.वि.पछि जाहेर गरिने । कैदी मृत्यु,सुनसरी, झुम्का कारागार सुनसरीमा ज.ज.क.मुद्दामा कैद भुक्तान गरीरहेका जि.पाँचथर याङवरक ६ बस्ने वर्ष ६३ को भिम बहादुर आङदेम्बेलाई सुगर बढेर हात खुट्टा नचल्ने अवस्थामा कारागार भित्रै उपचार गराईरहेकोमा थप समस्या भएको हुँदा उपचारको लागी प्र.ह.को कमाण्डको टोलीले बा.प्र.०१-००२ झ ७१२५ नं.को भ्यानमा वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी लिई गएकोमा ऐ.२८ गते अं.०१:१५ बजे निज भिम बहादुर आङदेम्बेको वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा  धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा नै रहेको । ज.ज.क./ बालयौन दुरुपयोग,सुर्खेत, सुर्खेत- २६ गते राति अ. २२:०० बजेको समयमा जिल्ला जाजारकोट शिवालय गाऊँपालिका वडा नं.०३ शिवालय बस्ने वर्ष ४० कि परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क२०) लाई जिल्ला मकवानपुर भैसे ०९ ठेगाना भई ट्रक चालकको नोकरी गर्ने वर्ष अं. ४० सुजेन्द्र स्याङ्तान मिति २०८२/०६/२६ गते राति अ. २२:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ स्थित एरिचोक बाटोमा रोकिराखेको निज अन्यायीले चलाउने गरेको समान बोक्ने ट्रकमा ज.ज.क गरेको भनी निज पिडितले मिति २०८२/०६/२७ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको र उक्त व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । उदयपुर, उदयपुर- ०५ र १९ गते अ.१७:०० बजेको समयमा कटारी न.पा.-१० गिजिनचौर थुम्की बस्ने E1 (२०८२/०८३) को छोरी वर्ष-१५ की परिवर्तित नाम कटारी E (२०८२/०८३) लाई ऐ.ऐ. बस्ने बम बहादुर थापा मगरको छोरा अ. वर्ष २५ को भिम बहादुर थापा मगरले जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी पाँउ भनी पिडित बालिकाको आमा E1 (२०८२/०८३) ले आज मिति २०८२।०६।२७ गते ११:०५ बजे इ.प्र.कटारी उदयपुरमा आई जाहेरी दरखास्त दिएकोले तत्कालै अ.प्र.पोष्ट बेतिनि उदयपुरबाट प्र.स.नि. तिर्थ बहादुर माझीको (९८१४७५७४२०)कमाण्डमा खटिएको प्रहरी ३ जनाको टोलीले निज प्रतिबादि भिम बहादुर थापा मगरलाई खो.त.को क्रममा सोही गिजिनचौर थुम्की गाँउमा फेला पारी नियन्त्रणमा लिई ऐ.२०;३० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा ल्याई राखि अनुसन्धान भईरहेको, पिडितको अवस्था सामान्य रहेको । प्र.क.मृत्यु,नवलपरासी पश्चिम, जि.गुल्मी मदाने गा.पा.४ स्थायी वतन भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सुरक्षा सेवा गुल्म दरबन्दी भई सुरक्षा वेश धागो कारखाना बुटवल रुपन्देहीमा कार्यरत वर्ष ३५ को प्र.स.ह अमृत के.सी. (कम्प्यूटर कोड नं. ४००२०६) मिति २०७।०६।२७ गते ०६:०० बजेदेखि ऐ.१०:०० बजेसम्म सुरक्षा वेश धागो कारखाना बुटवल रुपन्देहीको पोष्ट नं.३ मा ड्यूटी खटिएकोमा ऐ.०८:३० बजे निज प्र.स.ह.लाई अचानक असहज महशुस भएकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही लगिएकोमा ऐ.०९:२३ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको          गोली फेला,न.प.(पूर्व), प्र.चौ.डण्डाबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली मो.सा.गस्ती गर्दै जाने क्रममा ऐ.कावासोती न.पा.१६ पथरखोला किनारा साईडमा गोलीको पोज बिन्दुली फेला परेकोले उक्त विन्दुली खोली हेर्दा 3०3 को जंगी ४९ राउण्ड फेला परेको, आ.अ.को लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।      लागुऔषध,सुनसरी, धरान उ.म.न.पा.१७ पटनाली हरिण खोला स्थित अ.प्र.चौ. रेल्वेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले धरानबाट चतरा तर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नं.को अटोलाई शंका लागी चेकजाँच गर्दा उक्त अटोमा सवार जि.उदयपुर त्रियुगा न.पा.७ बस्ने वर्ष १९ को दिपक मगरले बोकेको कालो झोलामा ला.औ.ट्रामाडोल ३९९० ट्याब्लेट र डिकोलिक ३९९० ट्याब्लेट फेला पारी ला.औ.सहित निजलाई र अटो, अटो चालक ऐ. १० बस्ने वर्ष ३३ को फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।  महोत्तरी, मनरासिस्वा न.पा.२ स्थित भोल्ही-सरपल्लो सडक खण्डमा प्र.चौ.इटहर्वाकट्टीबाट प्र.स.नि. र जि.प्र.का.बाट खटी गएको संयुक्त टोलीले चेकजाँच गर्दा सरपल्लोबाट भोल्ही तर्फ आउँदै गरेको on test १५० सि.सि. को पल्सर मो.सा. रोकी चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरा भित्र प्लाष्टिकले बेरी डोरीले बाँधेको ५ के.जि.का दरले ४ पोका (जम्मा २० KG) ला.औ. गाँजा फेला पारी मो.सा. र मो.सा. चालक जि.महोत्तरी सोनमा गा.पा. १ बस्ने सियाराम यादवको छोरा अं.वर्ष ३१ को रामभरोश यादवलाई नियन्त्रणमा लिई गाँजा र मो.सा. सहित जि.प्र.का. महोत्तरी पठाईएको ।

मिति २०८२।०६।२६ गते ०५:०० बजे देखि ऐ २७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२७

कर्तव्य ज्यान,रौतहट, फतुवा विजयपुर न.पा.२ सितलपुर टोल बस्ने वर्ष ५० को कपिलदेव यादव, ऐ.बस्ने वर्ष ४० को बिनोद यादव र ऐ. बस्ने वर्ष ६० को शंकर साह बनिया बीच जग्गा जमिनको विषयलाई लिएर झै-झगडा तथा कुटपिट हुँदा ऐ.फतुवा विजयपुर न.पा.२ सितलपुर टोल बस्ने वर्ष ६० को शंकर साह बनिया र ऐ.बस्ने कपिलदेव यादवको श्रीमती वर्ष ४० की मिना देवी घाईते भई उपचारको लागि L.S NEURO वीरगंज तर्फ पठाएकोमा ऐ.१३:१५ बजे शंकर साह बनियाको उपचारको क्रममा मृत्यु भएको, मिना देवीको अवस्था मध्यम रहेको भनी ऐ.अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का.सन्तपुरबाट प्र.ना.नि.र इ.प्र.का.लक्ष्मिनियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा कुटपिट गर्ने ऐ.बस्ने वर्ष ५५ को ब्रहमदेव यादव,  ऐ.बस्ने ब्रहमदेव यादवको छोरा वर्ष २० को सुरेश यादव र कपिलदेव यादव, ऐ.ऐ. बस्ने प्र.ह. विनोद भन्ने हरिदेव यादव (जि.प्र.का.चितवन दरबन्दी भई इ.प्र.का.टाडी चितवनमा कार्यरत रहेको, २ दिन बिदा आएको, मिति २०८२।०६।२६ गते अं.२१;०० बजे कार्यरत स्थानमा हाजिर भएको मो.नं.९७०८०७५७४७) हाल फरारहरुको  खो.त.कार्य भई रहेको, मृतक लास पो.मा.को लागि प्रादेशिक अस्पताल बाराको शव गृहमा राखिएको । निज कपिलदेव यादवको श्रीमती अ.वर्ष ४० की मिना देवीको नेशनल मेडिकल कलेज बिरगंज पर्सामा उपचार भईरहेको,अवस्थामा सुधार रहेको इ.प्र.का.लक्ष्मिनिया रौतहटबाट प्र.नि.सुरेन्द्र यादवको कमाण्डमा टोली खटि गई उक्त घटनाको सम्बन्धमा अनुसन्धान तथा कुटपिट गर्ने फरार मानिसहरुको खो.त.कार्य भई रहेको । काठमाण्डौं, गौरिघाट नजिक महिला मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्रहरी विट गौरिघाटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ. काठमाण्डौ म.न.पा.७ गौरिघाट मिलनचोक स्थित बुनु पोख्रेलको ३.५ तले पक्की घरको तेस्रो तलामा डेरा गरी  बस्ने जि. झापा सुरुङ्गा गा.पा.६ घर हुने अं.वर्ष ४० की बिमला  भन्ने अप्सरा तामाङ कार्की सोही कोठाभित्र मृत अवस्थामा फेला परेको, निजको शरीरको विभिन्न भागमा निलडाम रहेको र टाउकोमा चोट देखिएको, थप अनुसन्धानको लागि प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको, ऐ.१४:३० बजे काठमाण्डौ म.न.पा.८ उमाकुण्डबाट जि.संखुवासभा खाँदबारी न.पा.६ घर भई का.जि.गौरिघाट स्थित घर कोठामा बस्ने निजको श्रीमान वर्ष ३५ को छिरिङ भन्ने तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ऐ.२५ गते रातको समयमा निजहरु (श्रीमान-श्रीमती) बिच बिवाद भई झै-झगडा हुँदा निजले कुटपिट तथा ढुङ्गा प्रहार गरी श्रीमतीलाई कर्तव्य गरी मारेको भन्ने बुझिएको । कास्की, मिति २०८२।०६।२५ गते अं.२३:०० बजे पोखरा म.न.पा.८ न्युरोड स्थित देश भारत घर भई ऐ.पोखरा म.न.पा.८ न्युरोडमा डेरा गरी बस्ने वर्ष अं.५० को रिठा महतोले मा.प.से.गरी सामान्य विवाद हुदाँ देश भारत घर भई हाल ऐ.पोखरा म.न.पा.८ न्युरोड डेरा गरी बस्ने वर्ष अं.६० को मोहन महतोलाई कुटपिट गर्दा घाईते भई डेरा कोठामा बसेकोमा टाउको दुखि ऐ.२६ गते उपचारको लागि स्थानीय मेडिकल (पृथ्वीचोकमा) हुदै पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा ऐ.२६ गते १६:५० बजे उपचारको क्रममा चेकजाँच गर्दा चिकित्सकद्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएका प्र.क.मार्फत जानकारी प्राप्त भएको, कुटपिट गर्ने रिठा महतो फरार, खो.त.कार्य भईरहेको । ज.ज.क.,बैतडी, मिति २०८२।०५।१२ गते १२:०० बजे पाटन न.पा.६ लामाखेत बस्ने वर्ष १९ की महिलालाई दिउँसोको समयमा ऐ. पाटन न.पा. ६ भडाली बस्ने वर्ष १९ को रोहित लुहारले ऐ.स्थित तुडीपातल जंगलमा ज.ज.क. गरेको भनी ऐ.६/२६ गते १०:०० बजे करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता भएकोमा इ.प्र.का.पाटन बैतडीबाट प्रहरी टोली खटी गई प्रतिबादीलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको । झापा, मिती २०८२।०१।२५ गते अं.१२:०० बजे गौरादह न.पा.५ बस्ने वर्ष २९ की महिलालाई ऐ.बस्ने वर्ष ४५ को टिक्लु भन्ने राम कुमार ऋषिदेवले धाक धम्की दिई पिडितकै घरमा जवरजस्ती करणी गरी फरार रहेको भनी मिती २०८२।०६।२६ गते अं.१७:०० बजे पिडितले इ.प्र.का.दमकमा जाहेरी दिएकोमा प्र.चौ.महारानीझोडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.भईरहेको । इलाम, मिति २०८२।०६।२५ गते अं.११:०० बजे माई.न.पा.७ बस्ने वर्ष अं.११ की बालिकालाई ऐ.७ फाल्गुनन्द टोल बस्ने वर्ष अं.१४ को बालकले आफ्नै घर कोठामा लगेर ज.ज.क.गरेको भनी जि.प्र.का.इलाममा ऐ.२६ गते अं.१७:०० बजे पीडितको बुवाले जाहेरी दरखास्त दिनासाथ प्र.चौ.महमाईबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.इलाममा राखी अनुसन्धान कार्य भइरहेको, । सुर्खेत, गुराँस गा.पा ०८ स्थायी घर भई हाल लेकबेशी न.पा.०९ बस्ने वर्ष १७ कि परिवर्तित नामथर आ.व.२०८२/०८३ वीरेन्द्रनगर १९ A लाई लेकबेशी न.पा ०५ घर भई हाल ऐ.ऐ वडा नं.०९ बस्ने अं. वर्ष १९ को राजु रजालीले मिति २०८२/०६/२४ गते राति अ. २४:०० बजे ज.ज.क उद्योग गरेको भनी निज पिडित ले मिति २०८२/०६/२६ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।बिदेशी नागरिक मृत्यु/घाईते,भक्तपूर, चाँगुनारायण न.पा.६ रानी झुल्ला पुल नजिक  कोरियन नागरिक परिवार सहित (आमा, छोरा, बुहारी, नाती र नातिना  गरी ५ जना ) 30-1-6 MBC को गाडीमा  नगरकोट घुम्न आएकोमा देश कोरिया घर  हुने वर्ष ७१ की (आमा)  BOSUK SHIN (पासपोट नम्बर M284F5506) ऐ. स्थानमा रहेको शौचालय जाने क्रममा  लडेको  निजको छोरा ऐ. घर भई ऐ. MBC मा बिगत ६ वर्ष देखि काम गर्दै आएको वर्ष ४२ को CHANGHYUK HAN (पासपोट नम्बर G004Z1651) आमा लडेको देखि अचानक बेहोस भएको भन्ने जानकारी  प्राप्त हुनासाथ पर्यटक प्रहरी पोष्ट नगरकोटबाट  प्र.ना.नि.र प्रहरी प्रभाग खरिपाटीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई उपचारको लागि कोरियन अस्पताल ल्याएकोमा उपचारको क्रममा ऐ. ११:४०  बजे चिकित्सकद्वारा CHANGHYUK HAN लाई मृत घोषणा गरेको,  थप अनुसन्धानको लागि प्रहरी वृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको, BOSUK SHIN लाई ऐ.१४:१७ बजे थप उपचारको लागि ग्रान्डी अस्पताल रिफर गरेको । लागु औषध,धादिङ, बेनिघाट रोराङ गा.पा. ९ खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी रोकी राखेको BR 01 GB 8653 नं.को भारतिय TATA मिनि ट्रकमा ला.औ.लुकाई लुकाई छिपाई राखि चितवन तर्फ लैजादै छ भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.जोगिमाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त नं.को ट्रकलाई नियन्त्रणमा लिई प्र.चौ.जोगिमारा धादिङमा ल्याई चेकजांच तथा सोधपुछ गर्दा उक्त नं.को ट्रकको क्याबिन पछाडि ढालामा फल्स बटन बनाई भित्र राखेको रातो प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० (तिस पोकामा)  अं.२१९.२१ (दुई सय एक्काईस) के.जि.ला.औ.गाँजा सहित ट्रक र जि.पर्सा बहुदरमाई न.पा. ४ बस्ने वर्ष २८ को दिननाथ यादव र ऐ.कालिकामाई गा.पा. १ बस्ने वर्ष ५३ को कमल राउत कुर्मीलाई नियन्त्रणमा लिएको ।  चितवन, खैरहनी न.पा.९ पिपरा चोक नजिक खेतमा रहेको परालमा बेवारिसे गाँजा लुकाई राखेको भन्ने सुचनाको आधारमा इ.प्र.का.खैरहनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ३१ पोका गाँजा अं. ४५० के.जि. बरामद गरेको ।

मिति २०८२।०६।२५ गते ०५:०० बजे देखि ऐ २६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२६

शंकास्पद मृत्यु,सुनसरी, रामधुनी न.पा.२ कर्मनिया टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक ऐ.बस्ने वर्ष अं.४५ को दिनेश कुमार चौधरी सिटीदेखि अं.२०० मिटर उत्तर साइटमा रगताम्य भई घोप्टो परेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रामधुनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निजको मृत्यु भइसकेको भन्ने बुझिएकोले जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि वि.पि.स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको, मृतकको बायाँ छातीको भागमा चोट देखिएको, थप अनुसन्धान भइरहेको, काठमाडौं, का.म.न.पा.दक्षिणकाली न.पा.७ बैरे स्थित मृत अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.फर्पिङबाट प्र.नि.को कमाण्डमा ६ जना प्रहरी टोली खटी गई घटना स्थलमा पुगि बुझ्दा नामथर वतन नखुलेको अं.वर्ष ४० को जस्तो देखिने पुरुष ब्यक्ति ऐ.बस्ने मान कुमार के.सी.को धानखेतको बारिमा कोल्टे परेको अवस्थामा टाउकोमा घाउचोट शंकास्पद अबस्थामा रहेको फेला पारी शवको कानुनी प्रकृया भईरहेको, ऐ.१६:२० बजे (स्थानिय टेलिफोनबाट जनकारी प्राप्त) । प्र.क.मृत्यु,अर्घाखाँची, मिति २०८२।०६।२३ गते ०८:४५ बजे जि.प्र.का.पाल्पा दरबन्दी भइ जि.प्र.का.अर्घाखाँचीमा कार्यरत (कम्प्युटर कोड नं.३०८५२५) वर्ष ५१ को प्र.ना.नि.लालमणि भट्टराई ऐ.०६:०० बजे देखि १२:०० बजे सम्म गाडी मोबाइल डिउटिको क्रममा अचानक ब्लड प्रेसर बढ्न गई बिरामी भइ उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अर्धाखाँचीमा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचार तथा सिटि स्क्यानको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुदै भैरहवा मेडिकल कलेज पठाएकोमा ऐ.२४ गते ११:५० बजे थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंजकाठमाण्डौ पठाई ऐ.२०:४० बजे न्युरो अस्पताल वाँसवारी काठमाण्डौ लगी उपचार भइरहेकोमा ऐ.२५ गते १०:३३ बजे उपचारको क्रममा मृत्यु भएको, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.पश्चात सदगदको लागि मृतकका आफन्तले बुझी लगेको । माटोको ढिस्कोमा मानिस पुरीएको,बारा, इलाका प्रहरी  कार्यालय  सिम्रौनगढ बारा(माटोको ढिस्कोमा मानिस पुरीएको  सम्बन्धी)मधेश प्रदेश;-मिति २०८२।०६।२५ गते अं. ०८:५० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालीका वडा ६ पानी टंकी नजिक  रहेको  इशरा पोखरीको डिलमा घर लिप पोत गर्नको  लागि  माटो खने क्रममा माटोको ढिस्कोमा मानिस पुरीएको छ भनि इलाका प्रहरी  कार्यालय  सिम्रौनगढ बारामा खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्र.नि पवन पछाई (९८५५०९०६७५)को कमाण्डमा १४ जना  र सश्त्र प्रहरी बेश सिम्रौनगढ बारा बाट स.प्र.स.नि.को कमाण्डमा ७ जनाको   टोली खटी गएको , पुरीएको  ६ जना मानिहरुलाई  निकालि उपचारको लागि पठाएको अन्य बुझने कार्य भइ रहेको , उक्त स्थान  इलाका प्रहरी  कार्यालय  सिम्रौनगढ बारा बाट २ कि.मि.पुर्ब पर्ने अन्य बि.बि.पछि ।थप टिपोट;-निम्न१.     जिल्ला  बारा सिम्रौनगढ  नगरपालीका  ६ सानो इटवाल  बस्ने दशरथ महतोको  श्रीमती अं.बर्ष ७० की शारदा देवी महतो उपचारको लागी  प्रादेशिक अस्पताल कलैया लादै गर्दा बाटोमा नै  मृत्यु भएको लाश ऐ. अस्पतालमा  रहेको  ।२.     जिल्ला बारा सिम्रौनगढ  नगरपलीका  ५ सानो इटवाल बस्ने राजेश्वर महतोको छोरा   अं.बर्ष १५ को  निरहुवा भन्ने सुनिल महतो लाई उपचारको  लागी कलैया  मेट्रो अस्पताल  पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।३.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका  ६ सानो इटवाल बस्ने बिश्वनाथ महतोको  छोरा अं.बर्ष १४ को साजन  महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको हात खुट्टामा चोट  अवस्था समान्य ।४.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका वडा ५ सानो इटवाल बस्ने  राज किशोर महतोको छोरा अं.बर्ष १५ को  नितेश महतो  सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको  हात खुट्टा टाउको मा चोट अवस्था समान्य ।५.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका  ६ अमरपुर  बस्ने सन्तोष  मुखीयाको  छोरा अं.बर्ष १८ को  गौतम  मुखिया  प्रादेशिक अस्पताल  कलैयामा उपचार  भई रहेको  हात खुटामा चोट  अवस्था  समान्य  ।६.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका  ५ सानो इटवाल बस्ने बृजकिशोर महतोको  छोरी अं.बर्ष १४ की रानी कुमारी महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको  बायाँ हात भाचेको  अवस्था मध्यम ।७.     जिल्ला बारा सिम्रौनगढ  नगरपलीका  ५ सानो इटवाल बस्ने लक्षमी महतोको  छोरी अं.बर्ष १४ की सुशिला कुमारी  महतो धर्म नगर अस्पताल सिम्रौनगढ मा उपचार भई रहेको हात खुट्टामा चोट  अवस्था समान्य८.     जिल्ला बारा सिम्रौनगढ  नगरपलीका  ५ सानो इटवाल बस्ने प्रभु शर्मा  छोरा   अं.बर्ष १५ को  राजा बाबु शर्मा ढाड र कम्मर मा चोट  सिम्रौनगढ धर्मनगर अस्पतालमा उपचार भई रहेको । सम्माननिय राष्ट्रपती बिरामी,काठमाडौं, सम्माननिय राष्टपति ज्यु उपचारको लागी काठमाडौं जिल्ला स्थित टिचिङको मनमोहन अस्पतालको ७०१ नं बेड भर्ना भई उपचार भईरहेको, अवस्था स्वास  प्रश्वास समस्या बोल्न सक्ने । कैदी मृत्यु,मोरङ, उर्लावारी न.पा.०६ घर भई जिल्ला कारागार मोरङमा मिति २०८१।०९।२९ गते देखि निरन्तर बन्दी सजाय भोगी रहेको लागु औषध मुद्दाको बन्दी वर्ष ५० को काजीमान सार्कीलाई प्रेसर कम र उल्टी हुने समस्या भएको कारण प्र.ह.को कमाण्डमा २ जनाको प्रहरी टोलीले कोशी अस्पताल बिराटनगर लगि इमर्जेन्सीमा भर्ना गरी उपचार भई रहेकोमा उपचारको क्रममा ऐ.१४:४० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया पुरा गरी  ऐ.१७:४९ बजे शवको सदगदको लागि निजको आफन्तले बुझी लगेको । लागुऔषधसुनसरी  धरान उ.म.न.पा.२० स्थित हरीयाली जंगलको कच्ची भित्री सडकखण्डमा इ.प्र.का.धरानबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ.८ गुम्बा लाईन बस्ने वर्ष १९ को नलन तामाङले चलाएको को २८ प २४१० नं को स्कुटर पछाडी सवार ऐ.बस्ने वर्ष २१ को प्रकाश लिम्बुले बोकेको झोला भित्र लाऔ Tramol-50 (Tramadol Hydrochloride Capsule I.P) २७०० क्याप्सुल र नियन्त्रित औषधी Dicyclomine HCL Tablets 20 mg –२५१० ट्याप्लेट फेला परेको हुँदा उक्त ला.औ.र स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखिएको । संखुवासभा, मकालु गा.पा.५ नुम स्थित कोशी राजमार्गमा खाँदबारीबाट भोटखोला तर्फ जाँदै गरेको को १ ज ३१६९ नं.को बोलेरो गाडीमा गोप्य सुचनाको आधारमा प्र.चौ.नुमबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा चालकको सिट मुनि प्लास्टिकमा प्याक गरेको अवस्थामा अं.२८ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ र तौलन मिल्ने डिजिटल तराजु जस्तो देखिने उपकरण थान १ समेत फेला परेकोले चालक जि.संखुवासभा भोटखोला गा.पा.४ बस्ने अं.वर्ष २८ को सुरेश तामाङलाई उक्त ला.औ.र गाडी सहित नियन्त्रणम लिई आ.अ. भइरहेको ।  रौतहट गुजरा न.पा.२ स्थित कटानी टोलमा जि.काठमाण्डौ काठमाण्डौ म.न.पा.१२ बौद्ध बस्ने केशव गुरुङको छोरा अं.वर्ष २० को  कोमन गुरुङ हराई  निजको मोबाईल लोकेशन ट्रेस गर्दै खो.त.गर्ने क्रमममा निज कोमन गुरुङ तथा निजको साथी जि.सिन्धुली मरिण गा.पा.५  बस्ने  कान्छा राम घलानको छोरा अं.  वर्ष २१ को मनिष घलान समेतलाई फेला पारी निज हरुलाई खानतलासी गर्दा मनिष घलानको साथबाट आइस चुरोटको बट्टाभित्र कालो पलास्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ अं.९.३०० ग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.चपुरमा राखी आ.अ.भइरहेको, उक्त स्थान इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको ।

मिति २०८२।०६।२४ गते ०५:०० बजे देखि ऐ २५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२५

कर्तव्य ज्यान,कैलाली, घोडघोडी न.पा. ८ जडै  स्थित ऐ.बस्ने धर्म राज बि.क.को छोरा अं.वर्ष १८ को पारस भन्ने बल बहादुर बि.क. र ऐ.बस्ने मान बहादुर बुढा क्षेत्रीको छोरा अं.वर्ष १९ को गगन भन्ने गंगा बुढाक्षेत्रीले जि.सुर्खेत चौकुने गा.पा.३ मौरीबन घर भई जि.कैलाली घोडाघोडी न.पा.८ जडै बस्ने अं.वर्ष २८ को केशर सिं बुढासँग वादविवाद भई झै-झगडा हुँदा निज व्यक्तिको हँसियाले टाउको काटी, टाउको र हँसिया बोकी अ.प्र.पोष्ट प्रतिखेतमा आई जानकारी गराएको, अ.प्र.पोष्ट प्रतिखेतले इ.प्र.का.सुखडमा जानकारी गराउनासाथ प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, मानिसको टाउको काट्ने दुबै जनालाई नियन्त्रणमा लिई सकेको, शव घटनास्थल मा नै रहेको, अनुसन्धान भईरहेको, । ज.ज.क./बालयौन दुरुपयोग,बाँके, जि.गुल्मी छत्रकोट गा.पा.६ घर भई जि.बाँके कोहलपुर स्थित सुनचाँदी पसलमा सुनचाँदीको काम गरी बस्ने अं.वर्ष ३२ को राज कुमार बि.क.ले ऐ. कोहलपुर न.पा.५ घर भई ऐ.न.पा.११ स्थित कोहलपुर सेकुवा एण्ड कटेजमा काम गरी बस्ने अं.वर्ष ६५ को पुरुष व्यक्तिको छोरी वर्ष अं.४ की बालिकालाई सोही कटेजमा मोबाईल देखाउने बाहानामा आफ्नो काखमा राखी सम्वेदनशिल अंगमा हात राखी चलाई (सुमसुम्याई) बालयौन दुरूपयोग गरेको भनि निज पीडितको आमाले ऐ.१८:४५ बजे जाहेरी दिएको हुँदा इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज राज कुमार बि.क.लाई नियन्त्रणमा लिएको । झापा, मिति २०८२।०५।०३ गते अं.१३:३० बजे जि.झापा मेचिनगर न.पा.१३ इलाम रोड स्थित ऐ.बस्ने वर्ष ४७ को दिलिप कुमार यादवले पीडित ऐ.१४ बस्ने वर्ष २७ की महिलालाई मेचिनगर न.पा.१३ इलाम रोडको साईडमा ज.ज.क.गरेको भनी पीडित आफैँ ऐ.०६।२४ गते अं.२०:०० बजे इ.प्र.का. धुलाबारी झापामा आई जाहेरी दरखास्त दिनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी झापामा ल्याई दुवै पक्षलाई आवश्यक स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाउने तयारी भईरहेको, उक्त स्थान इ.प्र.का. धुलाबारी झापा बाट अं.६ कि.मि.उत्तर पश्चिम पर्ने । लागुऔषध, सुनसरी, ईनरुवा न.पा.४ बसपार्क चौक स्थितमा अ.प्र.पोष्ट बसपार्क ईनरुवाबाट प्र.ब.ह.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट खटी गएको सादा पोशाकको संयुक्त टोलीले उत्तरबाट दक्षिण बसचोक तर्फ आउँदै गरेको मो.सा.चेकजाँच गर्न खोज्दा उक्त मो.सा.मा पछाडि सवार जि.सुनसरी इनरुवा न.पा.४ बस्ने राम प्रसाद मेहताको छोरा अं.वर्ष ३३ को कृष्ण कुमार मेहता मो.सा.बाट हामफाली भाग्न खोज्दा नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट लुकाई-छिपाई राखिएको तौल गर्दा १९७.६ ग्राम ब्राउन सुगर जस्तो देखिने  लिसाईलो पदार्थ फेला पारी निजलाई ला.औ. सहित जि.प्र.का.सुनसरीमा पठाईएको, मो.सा. र मो.सा.चालक फरार भएको ।

मिति २०८२।०६।२३ गते ०५:०० बजे देखि ऐ २४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२४

कर्तव्य ज्यान,काठमाण्डौ, टोखा न.पा.२ चण्डेश्वरी  स्थित ज्यामी काम गरी ऐ.स्थानमा रहेको टहरामा बस्ने साथी-साथी बिच मा.प.से.गरी बिबाद भई कुटपिट हुँदा जि.पाँचथर घर भई बस्ने वर्ष अं.४० को राम लिम्बुलाई जि.उदयपुर मेमाटार गा.पा.९ घर भई हाल का.जि.टोखा न.पा.२ चण्डेश्वरी बस्ने वर्ष २७ को गणेश लामा र जि.सिन्धुली भिमान गा.पा.१ घर भई हाल का.जि.टोखा न.पा.२ चण्डेश्वरी बस्ने वर्ष ४० को खुप वहादुर तामाङले फलामको रडले प्रहार गरी गम्भीर घाईते भई तत्काल उपचारको लागि ट्रमा सेन्टर लगेर उपचार भईरहेकोमा ऐ.२४ गते ००:४५ बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने दुवै जनालाई नियन्त्रणमा लिई प्रभाग बुढानिलकण्ठमा राखिएको, उक्त स्थानमा प्रभाग बुढानिलकण्ठबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खट्टी गएको ।ज.ज.क./बालयौन दुरुपयोग,झापा, गौरादह न.पा.५ कटकपुर बस्ने अं.वर्ष १८ को राघब धमलाले ऐ.स्थित बास्ने वर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गौरादहबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. झिलझीलेमा ल्याई आ.अ.भईरहेको काठमाण्डौ, काठमाण्डौ २३ गते ११ बजे, जि अछाम कुवालेख न.पा.१ कलमलबजार घर भई हाल का जि कृर्तिपुर न.पा.१ बस्ने अं.वर्ष २२ को सागर बिष्टले जि धादिङ गजुरी गा.पा. बस्ने वर्ष १७ की वालिकासग मामाजिक सजाल फेशबुक मार्फत २ बर्ष अगाडि भेट भई बोलचाल हुदै आईरहेको  मिति २०८१।११।१८ गते राति अ. १०देखि ११ बजेको समयमा निज सागर बिष्टले का.जि.कृर्तिपुर न.पा.१ डेराकोठामा लिई अनुचित प्रभावमा पुरी ललाई फकाई गरी जोरजुलुम गरी ज.ज.क.गरेको भन्ने जाहेरी दरखास्त दिनासाथ प्रहरी टोली खटी गई प्रतिबादी फरार रहेकोले खो.त.भईरहेको ।लागुऔषध,बारा, निजगढ न.पा.८ तामागढी स्थित रतनपुर जाने भित्री सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन बेश निजगढ बेशमा कार्यरत स.प्र.ब.ह.को कमाण्डमा खटीएको टोलीले सडकको बायाँ किनारामा बेवारिसे अबस्थामा सेतो बोरा देखि चेक जाँच गर्दा बोरा भित्र रातो प्लाष्टिकमा प्याक गरेको अबस्थामा १० के.जि.लागु औषध  गाजाँ बरामद भएकोले आवश्यक कारबाहीको लागी पत्र सहित ऐ.१४:४५ बजे इ.प्र.का.निजगढ बारामा बुझाएको,अन्य आ.अ.भईरहेको ।  रुकुम पश्चिम, त्रिबेणी गा.पा. ३ खारनेटामा ऐ. बस्ने वर्ष २८ को शिशिर डाँगीको घरमा ला.औ. बेचबिखन गरेको भन्ने गोप्य सुचनाका आधारमा प्र.चौ.झुल्नेटाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज शिशिर डाँगीको घर खानतलाशी गर्दा निजको २ तले ४ कोठे घरको माथिल्लो तलाको आफु सुत्ने कोठामा निज र ऐ. बस्ने वर्ष २१ को जिबन खड्का लाई चेकजाँच गर्दा, ला.औ. जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिकमा बेरेको ८ क्वाटर नाप तौल गर्न बाँकी ला.औ सहित दुबै जनालाई नियत्रणमा लिई अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।०६।२२ गते ०५:०० बजे देखि ऐ २३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२३

ज.ज.क.,धादिङ ,गजुरी गा.पा.४ गैरीगाउँ बस्ने वर्ष १४ की परिवर्तित नाम जिल्ला २४ गजुरी (१८)०८२/०८३ लाई प्रतिवादी जिल्ला धादिङ गजुरी गा.पा.४ गैरीगाउँ बस्ने वर्ष २५ को दिपेन्द्र चेपाङले ऐ.गा.पा.४ गैरीगाउँ स्थित बारीमा ज.ज.क.गरेको भनी मिति २०८२।०६।२२ गते १४:०० बजे इ.प्र.का.गजुरीमा जाहेरी सहित उपस्थित हुन आएको हुँदा प्र.नि.को कमाण्डमा खटी गई आ.अ.भईरहेको, प्रतिवादी फरार रहेकोले खो.त.भइरहेको । प्र.क.को मृत्यु,चितवन , जि.मकवानपुर मनहरी गा.पा.६ सुनाचरी घर भएका इ.प्र.का.खैरहनी चितवन दरवबन्दी भई हाल जि.प्र.का.चितवनमा कार्यरत वर्ष ४२ को प्र.ह.मनराज कुशवार(कम्प्युटर कोड ३६९७९४) आफू सुत्ने व्यारेकको आफ्नै बिस्तारामा बेहोस अवस्थामा फेला परेकोले तत्काल उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएकोमा ऐ.०४:२५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको । ला.औ., काठमाण्डौ , का.जि.दक्षिणकाली न.पा.५ स्थित इ.प्र.का.फर्पिङबाट प्र.नि.को कमाण्डमा खटिएको १० जनाको टोलीले फर्पिङ चेक पोष्टमा फर्पिङ नाका भई आवत जावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा रौतहटबाट काठमाण्डौ आउदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नं.को भाडा EV गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीको सिट नं.१३ र १४ मा बसी सवार निम्न व्यक्तिले बोकी ल्याएको कपडाको झोला चेकजाँच गर्दा उक्त झोला भित्र लुकाई छिपाई ल्याएको Tramadol Hydrochloride Capsulees I.P Tramol-50 लेखिएको ला.औ.१५०० पत्तामा १५,००० ट्याब्लेट फेला पारी उक्त ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई थप अ.अ.कार्य भईरहेको,उक्त स्थान इ.प्र.का.फर्पिङबाट अं.१ कि.मि.उत्तर पर्ने । निम्न:- १) जि.रौतहट परोहा न.पा.९ पटेलटोल बस्ने बर्ष अं.१९ को अविनाश पटेल । २) ऐ.ऐ.बस्ने बर्ष बर्ष अं.१८ को दिपेन्द्र पटेल ।

मिति २०८२।०६।२१ गते ०५:०० बजे देखि ऐ २२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२२

कर्तव्य ज्यान,नुवाकोट, शिवपुरी गा.पा.७ सुनखानी ठुलापाटा स्थित ऐ.बस्ने अं.वर्ष ५० को जितमान तामाङले आफ्नै श्रीमती अं.वर्ष ४९ को सविना तामाङलाई घरायसी विवादको कारण धारिलो हतियार (खुकुरी) प्रहार गरि हत्या गरेको भन्ने खबर ऐ.२२ गते अं.१२:५० बजे अ.प्र.पोष्ट गुर्जेमा खवर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार (खुकुरी) प्रहार गर्ने व्यक्ति र धारिलो हतियार (खुकुरी) नियन्त्रणमा लिएको, उक्त घटनास्थलमा जि.प्र.का. नुवाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ज.ज.क./बालयौन दुरुपयोग,मकवानपुर, बकैया गा.पा.५ सुकौरा स्थितमा वर्ष ५ की बालिकालाई मिति २०८२/०६/२० गते अं.१९:०० बजे आफ्‌नै घर अगाडी खेल्दै गरेको अवस्थामा ऐ.बस्ने वर्ष १८ को विजय थिङ भन्ने साने बहादुर थिङले घर नजिकै रहेको बनमाराको झाडीमा लगि यौन दुर्व्यवहार गरेको बखत ऐ.बस्ने वर्ष १५ को बालकले देखि कराउने क्रममा बालिकालाई छोडी निज साने बहादुर थिङ उक्त स्थानबाट भागी गएको, निजलाई पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाँउ भनि पीडितको बुवाले जाहेरी दरखास्त ऐ.२१ गते १६:३० बजे जि.प्र.का. मकवानपुरमा दिएको हुँदा पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, पीडित बालिकालाई अभिभावकको जिम्मा लगाईएको । कपिलवस्तु, मिति २०८२।०६।१६ गते राती अं. २३:५० बजे जि.कपिलवस्तु कपिलवस्तु न.पा.१ नयाँ हाटबजार स्थित तुल्सीराम कलवारको घरमा भाडा गरी बस्ने  देश भारत उत्तर प्रदेश थाना दरगाहा शरिफ जिल्ला बहराईच घर भएकी वर्ष ९ की बालिकालाई ऐ.१ नयाँ हाटबजार बस्ने वर्ष ५५ को जित बहादुर कहारले सुती रहेको ठाउँमा आई यौन दुर्व्यवहार गरेको हुँदा निज प्रतिवादीलाई कानून बमोजिम कारवाही गरी पाउँ भनि निजको बुबाले ऐ.१९ गते  जि.प्र.का.कपिलवस्तुमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादीलाई नियन्त्रणमा लिई ऐ.२१ गते मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको, पीडितलाई स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाईएको, अवस्था सामान्य। बाँके, राप्तिसोनारी गा.पा.५ उर्लिहवा बस्ने वर्ष ३० को (विवाहित) प्रेम थारुले ऐ.बस्ने वर्ष १८ की महिलालाई आफ्नै कच्ची घरको थातीमा सुती रहेको अवस्थामा एक्कासी घरमा आई ज.ज.क.गरेको भनी ऐ.२१ गते अं.१६:३० बजे पीडितको बुवाले इ.प्र.का.बैजापुर बाँकेमा लिखित निवेदन दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज प्रेम थारुलाई नियन्त्रणमा लिई इ.प्र.का.बैजापुर बाँके ल्याई राखिएको, निज पीडित महिला आफ्नो घर परिवारसँग रहेको भनि ऐ.२१:४५ बजे जि.प्र.का.बाँकेमा जानकारी गराएको । हा.ह.बरामद,कैलाली, गोप्य सुचनाको आधारमा इ.प्र.का.सुखडबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले घोडाघोडी न.पा. १ बेलार बर्ने वर्ष २३ को आकाश  शाहीको घर नजिकै रहेको निजको भान्सा घर भित्रबाट ५५०१०२३४ नं.को टाईप ५४ चाईनिज पेस्तोल थान १ (एक) र ऐ.को खाली म्याग्जिन थान १ सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.सुखडमा ल्याई सोधपुछ गर्दा मिति २०८२/०५/२४ गते भएको GEN-Z आन्दोलनको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वर काठमाण्डौबाट लुकाई छिपाई ल्याएको भन्ने खुलेको । कैदी मृत्यु,कैलाली, मिति २०८२।०५।२६ गते १६;२० बजे कारागार कार्यालय बझाङबाट उपचारार्थ कारागार सुरक्षा गार्ड कैलालीमा स्थान्तरण भई आएको ज.ज.क.मुद्धाको कैदी जि.बझाङ खप्तडछान्ना गा.पा.७ बस्ने अं.वर्ष ७१ भरत बहादुर रोकाया श्वासप्रश्वास सम्बन्धी बिरामी भएकोले निज कैदी मिति २०८२।०५।२७ गते कैलालीमा पुगी  सोही दिनबाट मायामेट्रो अस्पताल धनगढी कैलालीको ICU मा राखि उपचार भईरहेकोमा ऐ.०६।२१ गते २०:३५ बजे उपचारको क्रममा मृत्यु भएको भनी सोही अस्पतालमा खटी गएको प्र.ब.ह.ले  जि.प्र.का.कैलालीमा जानकारी गराएको, मानिस मृत फेला, पर्सा, बीरगंज म.न.पा.१५ भानु चोक स्थित साह पराडाइज होटेलमा दोस्रो तल्लाको १११ नं.को कोठामा ऐ.०६।१९ गते देखि कोठा बुकिङ गरी बस्दै गरेको देश भारत त्रिपुरा घर भएको अं.वर्ष ६७ को साजल अचारजी र निजकै छोरा अं.वर्ष २५ को सागर अचारजी कोठा भित्रबाट ढोकाको चुकुल लगाई बुवा र छोरा मध्ये १ जना बेडमा उत्तानो परेको अवस्थामा र अर्को १ जना सिलिङ पंखा झुण्ड्याउने कडीमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा उक्त होटेलको स्टाफले भेन्टिलेसनबाट देखि ऐ.२१:०० बजे प्र.चौ.बसपार्कमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, उक्त स्थानमा व.प्र.का.श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०६।२० गते ०५:०० बजे देखि ऐ २१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२१

कर्तव्य ज्यान,प्युठान, मिति २०८२।०६।१७ गते राती अ.२३:५५ बजे, माण्डवी गा.पा.२ गोलवाङ बस्ने वर्ष ७१ की लाई ऐ.बस्ने वर्ष ५५ को जगत खड्काले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको र मिति २०८२।०६।१८ गते अ.११:०० बजे पिडकको श्रीमती वर्ष ४६ की सुनिता खड्काले पिडितलाई कुटपित समेत गरेको, पिडितको अवस्था गम्भिर रहेको भनि मिति २०८२।०६।१९ गते अ.१०:४० बजे पिडितको बुहारीले जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ.तिरामबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.बिजुवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक जगत खड्का र निजको श्रीमती सुनिता खड्कालाई नियन्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको र ऐ.१४:५० बजे निज पिडितलाई उपचारको लागी जि.अस्पताल बिजुवार प्युठानमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको लागी रिफर भएकोमा ऐ.२० गते १७:१६ बजे निज पिडितको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । तनहुँ, मिति २०८२।०६।१७ गते अं.२३:०० बजे शुक्लागण्डकी न.पा.२ नर्सरी बस्ने वर्ष ३२ को अमृत जि.सी.ले ऐ.बस्ने वर्ष ३१ की बिनिता थापालाई मा.प.से.गरी सामान्य विवाद भई कुटपिट गर्दा निज बिनिता थापा घाईते भई ऐ.१८ गते अं.१४:०० बजे उपचारको लागि जि.पी.कोईराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्र बेलचौतारा पठाई समान्य उपचार थप उपचारको लागि ऐ.१९ गते अं.०६:३० बजे मणिपाल शिक्षण अस्पताल पोखरा लगि चेकजाँच गर्दा टाउको भित्र रगत जमेको कारण अप्रेशन गरी भेन्टिलेटरमा उपचार भईरहेकोमा ऐ.२१ गते ०४:१० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.बेलचौताराबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने अमृत जि.सी.इ.प्र.का.बेलचौताराको नियन्त्रणमा रहेको । ज.ज.क.,उदयपुर, कटारी न.पा.९ लिम्पाटार बस्ने अं.वर्ष १६ की बालिकालाई घरको कोठाभित्र गई ऐ.बस्ने लिला बहादुर परियारको छोरा वर्ष १९ को भोजराज परियारले ज.ज.क.गरेको भनि ऐ.२० गते ०७:०० बजे इ.प्र.कटारी उदयपुरमा जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादी भोजराज परियारलाई नियन्त्रणमा लिएको, पीडितको अवस्था सामान्य रहेको । उदयपुर, मिति २०८२ भदौ महिनाको दोस्रो हप्ता (यकिन गते थाहा नभएको) अं.२३:३० बजे जि.उदयपुर चौदण्डीगढी न.पा.०२ चारघरे बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ.बस्ने फागु सदाको छोरा वर्ष अं.१९ को संजय सदाले बिगत केही समय देखी विवाह गर्छु भन्दै ललाई फकाई आएकोमा निजलाई ऐ.रातको समयमा जबरजस्ती उठाई कुरा गर्दै बस्नु पर्छ भनी हात तान्दै घर नजिकै रहेको जंगलमा लगी कुराकानी गर्ने क्रममा भुईमा लडाइ ज.ज.क. गरेको भनी निज पीडितको आमाले ऐ.०६/२० गते अं. ११:३० बजे इ.प्र.का. बेल्टारमा जाहेरी दरखास्त दिनासाथ ज.ज.क.गर्ने संजय सदालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको । धादिङ, मिति २०८१ साल फागुन महिनामा जि.धादिङ निलकण्ठ न.पा.२ साँखु पानधारे बस्ने वर्ष ४५ को विशाल सुनारले मा.प.से.गरी ऐ. बस्ने धादिङ २४ (९२) ०८२/०८३ की वर्ष ३७ की कान नसुन्ने र बोल्न नसक्ने (लाटी) महिलालाई ज.ज.क.गरी फरार रहेको भनि २०८२।०६।२० गते १७:३० बजे जि.प्र.का.धादिङमा पिडितको दाई धादिङ २४ (९३)०८२/०८३ मार्फत जाहेरी दरखास्त प्राप्त भएकोले मुद्दा दर्ता भई जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई फरार व्यक्तिको खो.त.तथा थप आ.अ.भईरहेको, । भक्तपुर, जिल्ला नुवाकोट त्रिशुली गा.पा.घर भई हाल जि.काठमाण्डौ कोटेश्वर बस्ने वर्ष ६३ को जयराम तामाङले जिल्ला काभ्रे रोशी गा.पा.घर भई ऐ.चागुनारायण न.पा.२ झौखेल बस्ने वर्ष ५ की बालिकालाई ऐ.चागुनारायण न.पा.२ झौखेल स्थित मदन घिमिरेको निर्माणाधिन जस्ताको टहरामा ज.ज.क.गरेको भनी पीडित बालिकाकी आमाले ऐ.२१:०० बजे परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा निज जयराम तामाङलाई प्रभाग ब्यासीबाट खटिएको प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.झौखेलबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखी थप अनुसन्धान भइरहेको । ला.औ., धनुषा, गणेशमान चारनाथ न.पा.वडा न.७ पोर्ताहा चेकप्वाईन्ट स्थितमा प्र.चौ.पोर्ताहा धनुषाबाट प्र.ना.नि. र तालुक इ.प्र.का.ढल्केवर धनुषाबाट प्र.नि.जटाशंकर यादवको कमाण्डमा खटिएको संयुक्त चेकिङ्ग टोलीले जिल्ला सिरहा बन्दिपुर तर्फबाट बिरेन्द्रबजार तर्फ आउदै गरेको बा.प्र.०३-००२ प २०८७ नं.को मो.सा. माथि शंका लागि रोकीचेकजाँच गर्दा उक्तमो.सा. पछाडी सवारजिल्ला सिरहा मिर्चौया न.पा.वडा नं. ७ बस्ने राजदेव यादवको छोरा अं.बर्ष २४ को निराजन यादवले साथमा बोकेको कालो प्लास्टिकले बेरेको पोका भित्र हेर्दानिम्न तौल भएको ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थबरामद भएको हुँदा,उक्तमो.सा. चालक जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१ बस्ने अवधेश कुमार सिंहको छोरा अं.बर्ष ३१ को रोहन कुमार सिंह, मो.सा. र मो.सा.पछाडी सवार निराजन यादव समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी पोर्ताहा धनुषामा ल्याई राखिएको, ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ ३७.९ ग्राम (प्लास्टिक बाहेक) र प्लास्टिक सहित ५१ ग्राम रहेको

मिति २०८२।०६।१९ गते ०५:०० बजे देखि ऐ २० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२०

कर्तव्य ज्यान,दाङ्ग, घोराही उ.म.न.पा.१ गैरागाउँ बस्ने बर्ष ६४ को ढाल बहादुर चौधरी लाई निजको श्रीमती बर्ष ६२ कि माँया चौधरीले घरायसी बिवादका कारण टर्च लाईटले टाउकोमा हान्दा ढाल बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको,लास सोही घर भित्र रहेको भनि मिति २०८२।०६।१९ गते ०६;४० बजे प्र.चौ रामपुर दाङमा स्थानिय लक्ष्मण(९८१०८२३८१६) घर्तिले टे.फो मार्फत जानकारी गराए पश्चात प्र.चौ रामपुर दाङबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोलि खटिगई निज माँया चौधरीलाई नियन्त्रणमा लिईसकेको,र जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिगएको, उक्त स्थान प्र.चौ रामपुर दाङबाट अं.२ कि.मि.पुर्ब पर्ने र जि.प्र.का.दाङबाट अं.९ कि.मि.पुर्व पर्ने । नोट;- घरमा श्रीमान,श्रीमती,निजको कान्छि बुहारी,नातिनी रहेको र कान्छो छोरा बिदेशमा रहेको,जेठो छोरा अर्को घरमा बस्दै आएको भन्ने बुझिएको । थप अपडेट;-ऐ.१०;०० बजे प्रारम्भिक कार्य पुरा गरी लास पो.मा.को लागि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई शव गृहमा राखेको पो.मा.हुन बाकी र निज माँया चौधरीलाई जि.प्र.का दाङको हिरासत कक्षमा राखि अनुसन्धान कार्य भईरहेको । धादिङ, त्रिपुरासुन्दरी गा.पा.५ थापाकटेरी स्थित ऐ.बस्ने गोप बहादुर कडेलको छोरा वर्ष अं.३० को यम बहादुर कडेलले आफ्नै घरमा निजकै आमा बर्ष अं.५५ की राम मायाँ कडेललाई धारिलो हतियार (खुडा) प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.सल्यानकोटबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटी गई धारिलो हतियारले प्रहार गर्ने व्यक्ति हतियार सहित नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको, जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ७ जनाको टोली खटी गई थप अनुसन्धान भईरहेको, धारिलो हतियार प्रहार गर्नुको कारण नखुलेको, ज.ज.क./बालयौन दुरुपयोग,प्युठान, माण्डवी गा.पा.२ गोलवाङ बस्ने वर्ष ७१ की महिलालाई ऐ.बस्ने वर्ष ५५ को जगत खड्काले मिति २०८२।०६।१७ गते २३:५५ बजे घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको र ऐ.१८ गते अं.११:०० बजे पीडकको श्रीमती वर्ष ४६ की सुनिता खड्काले पीडितलाई कुटपित समेत गरेको, पीडितको अवस्था गम्भीर रहेको भनी ऐ.१९ गते १०:४० बजे पीडितको बुहारीले जानकारी गराए पश्चात प्र.चौ.तिरामबाट प्र.स.नि. र इ.प्र.का.बिजुवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,पीडक जगत खड्का र निजको श्रीमती सुनिता खड्का प्रहरीको नियन्त्रणमा, ऐ. ११:५५ बजे निज पीडितलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार प्युठान पठाएकोमा थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागि रिफर गरेको । प्रहरी कर्मचारी सम्बन्धि,मोरङ, बेलबारी नपा ११ लक्ष्मीमार्ग स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ च १९७८ न.को एम्बुलेन्सले विपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०२- ०४७ प ६९२२ न.को मो.सा.लाई ठक्कर दिई दुर्घटना हुदा मो.सा. चालक जिप्रका झापामा कार्यरत प्रसह सुरेन्द्र सुब्बा लिम्बु (वतन जि.मोरङ केराबारी गापा २ आइडी कार्डमा खुल्न आएको) घाईते भई उपचारको लागि नोबेल अस्पतला बिराटनगर ल्याइकोमा डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेको लाश सोहि अस्पतालमा रहेको ठक्कर दिने एम्बुलेन्स चालक जि.झापा दमक नपा ९ बस्ने बर्ष४१ को बिष्णु प्रसाई ,एम्बुलेन्स र मो.सा. प्र.चौ .डागिहाटको नियन्त्रणमा आगलागि,न.प.(पूर्व), गैंडाकोट न.पा. १० सम्झना चोक बस्ने वर्ष ७९ की श्याम कुमारी श्रेष्ठ आफ्नै घर को कोठामा आगलागि भई मृत अबस्थामा रहेको ,आगो नियन्त्रणमा आई सकेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल अ.प्र.पोष्ट वेल्डिहाबाट प्र.ना.नि. को कमाण्डमा ३ जनाको टोली खटि गई घटना स्थल सुरक्षित राखेको,थप अनुसन्धानको लागि इ.प्र.का. गैडाकोट बाट प्र.नि. को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि गई आवस्यक अनुसन्धान कार्य भईरहेको, आगलागीको कारण नखुलेको, निज घरमा एक्लै वस्ने गरेको भन्ने बुझिएको उक्त स्थान अ.प्र.पोष्ट वेल्डिहाबाट ३ कि.मि पुर्ब र इ.प्र.का.गैडाकोट बाट १० कि.मि. पश्चिम पर्ने । ऐ.०८:३० वजे थप अनुसन्धानको लागि जि.प्र.का.न.प.(पूर्व) बाट प्र.उ.सहित ९ जनाको टोली घटनास्थलको लागि खटिएको,ऐ.१७:३० बजे पो.मा.समाप्त पश्चात मृतकको छोरा निर ब.श्रेष्ठले बुझि लगेको । पक्राउ / नियन्त्रण, अछाम, मिति २०८२।०६।१८ गते अं.१७:०० बजेको समयमा धनगढी देखि अछामको लागि हिडेको चालक जिल्ला डोटी जोरायल गा.पा.२ गरुड बस्ने भिम बहादुर खत्रीको छोरा बर्ष अं.२३ को ललित खत्रीले चलाएको बा.प.प्र.०१-००२ ख ९१६९ नं.को ईलेक्ट्रोनिक भ्यान चालकले डडेल्धुराको स्याउँलेबाट दिपायल सम्म आउने सवार जिल्ला सुर्खेत पञ्चपुरी न.पा.३ बस्ने बर्ष अं.१७ कि युवतीलाई दिपायलमा छोडी दिन्छु भनी दिपायलमा ल्याई निज चालकले रातीको समयमा होटल पसलहरु सबै बन्द भएको र निज जाने स्थान कुनै पनि सवारी साधन नभेटिने भनि ललाई फकाई गरी आज मिति २०८२।०६।१९ गते अं.०७:०० बजेको समयमा मंगलसेन न .पा.५ स्थित कर्णाली गेष्ट हाउसमा राखि ज.ज.क गर्न खोजेको र ऐ.१५:०० बजेको समयमा निज महिलाका आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जानकारी गराउना साथ,निज चालकलाई दिपायल तर्फ जादै गरेको अबस्थामा प्र.चौ.साँफेबजारबाट प्र.स.नि.दिलिप सिंह बडालको कमाण्डमा खटिएको प्रहरी टोलिले साँफेबगर न.पा.३ स्थित हाटबजारबाट नियन्त्रणमा लिई ऐ.२२:३० बजेको समयमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याई राखेको र निज युवतीलाई जिल्ला प्रहरी कार्यालय अछामको महिला तथा बालबालिका सेलको संरक्षणमा राखीएको ।

मिति २०८२।०६।१८ गते ०५:०० बजे देखि ऐ १९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१९

ज.ज.क. , बालयौन दुरुपयोग,बाके,कोहलपुर न.पा २ बर्दहवा स्थित ऐ. बस्ने बर्ष अं. ६२ को काशिराम थारुले नाबालिका बर्ष अं. ८ की परिबर्तित नामथर संकेत ६५ कोहलपुर (०८२/०८३) ८ लाइ ज.ज.क गरेको भनी ऐ. १७:०० बजे निज पिडितको आफन्तले प्रहरी बिट कौशिलानगर बाँकेमा जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी बिट कौशिलानगर बाँके बाट प्र.स.नि को कमाण्डमा २ जना र इ.प्र.का. कोहलपुर बाँके बाट प्र.नि को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गइ निज काशिराम थारु लाइ नियन्त्रणमा लिइ इ.प्र.का कोहलपुर बाँकेमा ल्याइ बिस्तृत स्वास्थ्य परिक्षणको लागी प्र.स.नि को कमाण्डमा ५ जना टोलीले दुबै जनालाइ भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको, आवश्यक अनुसन्धान भइरहेको । कुटपिट,बांके, जानकी गा.पा ६करातिपुर गाँउ बस्ने ऐ. चामार टोल बस्ने बर्ष अं.३६ को प्रदिप गडरियाको मोबाइल ऐ. करातिपुर टोल बस्ने राहुल हरिजनले मोबाइल लिएको बिषयलाइ लिइ निज दुइ जना ब्यक्ति बिच भएको बादबिबाद तथा झै-झगडाको बिषयलाइ लिइ करातिपुर टोलका स्थानिय अं. ३०/४० जनाको संख्यामा चमारटोलमा आइ निज प्रदिप गडरिया लाइ कुटपिट गरी बेहोस अबस्थामा बनाएको बाहिरी चोट नदेखिएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ.गनापुर बाँके बाट प्र.ह को कमाण्डमा ४ जनाको टोली खटी गइ घाइतेलाइ उपचारको लागी एम्बुलेन्स द्धारा मेडिकल कलेज कोहलपुर बाँकेमा पठाइएको अवस्था सिरियस कुटपिटमा संलग्न ब्यक्तिहरुको खो.त तथा पक्राउको लागी इ.प्र.का कोहलपुर बाँके बाट प्र.स.नि को कमाण्डमा ९ जनाको टोली गएको उक्त स्थान प्र.चौ. गनापुर बाँके बाट अं. १.५ कि.मि पश्चिम दक्षिण पर्ने । ला.औ.,कैलाली, प्र.चौ.त्रिनगरबाट प्र.ह.देव बहादुर चन्द को कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उपमहानगरपलिका २ त्रिनगर व्यारेल स्थित ऐ.ऐ. ५ बस्ने बर्ष ३० को यलसन चौधरीले चलाएको सु.प.प्र.०१-००१ प २५६८ नं.को मो.सा.लाई चेकचाँच गर्दा सोही मो.सा.पछाडी सवार ऐ.ऐ.घोडाघोडी न.पा.११ घर भई ऐ.धनगढी उ.म.न.पा.५ कोठा गरी बस्ने बर्ष १९ को पर्शुराम कठरियाको हातमा लुकाई छिपाई राखेको शुद्ध तौल १ ग्राम ४४० मिलिग्राम ला.औ. ब्राउन सुगर फेला पारी बरामद गरी मो.सा. सहित निजहरुलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का.कैलालीमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.त्रिनगर ३०० मिटर उत्तर पर्ने, । दार्चुला, यस कार्यालय बाट प्र.नि. ईश्वर बहादुर थापा (९८४३५२०४६०)को कमाण्डमा खटी गएको प्रहरी टोलीले जिल्ला दार्चुला दुहु गा.पा. वडा न. ५ स्थित रहेको झोलुङ्गे पुलमा पैदल हिडी आई रहेको ऐ.ऐ. वडा न. १ बस्ने बर्ष ५६ को हर्क बहादुर बमलाई शंका लागी रितपुर्वक तलासी गर्दा निजले शरिरमा भिरेको निलो कालो रंगको झोला भित्र रहेको कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको शुद्व तौल ४८० ग्राम लौ.औ. (चरेश) जस्तो देखिने कालो पदार्थ फेला पारी बरामद गरी निज हर्क बहादुर बम लाई पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको उक्त स्थान जिप्रका दार्चुला बाट १७ कि.मि. उत्तर पर्ने डुवान,पर्सा, बिरगंज म.न.पा.१६ स्थित रहेको प्र.चौ.बसपार्क भित्र अबिरल बर्षाको कारण पानी निकास सानो भएको र पुर्ण रुपमा पानी निकास हुन नसकेकोले कार्यालय भित्र २ फिट पानी पसि डुवानमा परेकोले चौकीमा कार्यरत प्र.क.,हात हतियार, संचार साधन, लत्ता कपडा, अन्य असभावका सामानहरु सहित बसपार्क टर्मिनल भवनको दोस्रो तल्लामा सरेको, हातहतियार तथा असभावका सामानहरु तालुक व.प्र.का. श्रीपुरमा पठाउने कार्य भइरहेको, उक्त स्थान प्र.चौ. बसपर्कबाट अं. १०० मिटर पश्विम पर्ने । काठमाण्डौ, का.म.न.पा.११ र १४ मा अविरल बर्षाको कारण बिभिन्न ठाँउमा खोला किनारामा रहेको सुकुम्बासी बस्तिहरुमा मजकुर कार्यालय र प्रहरी वृत्त,कालीमाटीबाट प्र.ना.उ. सहितको टोलि खटि गई उद्दार गरिएको ।बल्खु सुकुम्बासीमा रहेको ४१७ घरधुरीको अं १२०० जना मानिस मा ३०० जना बल्खु स्थित रहेको जनबिकास मा.बि. बसेको र अन्य बिभिन्न ठाँउमा आफन्तकोमा बसेको र टेकु बंशिघाट स्थित रहेको सुकुम्बासी बस्तीको अं १९७ घर धुरीमा १०० जना भन्दा बढि मानिस त्रिपुरेश्वर स्थित रहेको बिश्व निकेतन स्कुलमा बसेको र अन्य मानिसहरू आफन्तको घरहरुमा बसेको अन्य उद्धार कार्य जारी रहेको । बगाई डुबी बेपत्ता,बांके, खजुरा गा.पा.४ खजुरा गाउँपालिका भवन पछाडी रहेको बाबाकुटी तलाउमा पौडी खेल्ने क्रममा ऐ. बस्ने बर्ष अं.५१ को पोम बहादुर थापा उक्त तलाउमा डुबी बेपत्ता भएको भन्ने खबर यस इ.प्र.का.धनौली बाँकेमा जानकारी प्राप्त हुन साथ यस इ.प्र.का.धनौली बाँके बाट प्र.नि.पुर्ण बहादुर के.सि. ( ९८५८०९०६०६ ) को कमाण्डमा ७ जनाको टोली ऐ. १७;५० बजे खटि गई ऐ. १८;०० बजे घट्ना स्थलमा पुगि खो.त.कार्य भई रहेको । काठमाण्डौ, का.म.न.पा.२६ म्हैपी पुल नजिकै जि.बाँके घर भई हाल नयाँबसपार्क बस्ने वर्ष अं.२५।२६ को श्याम बुढाथोकी र निजको श्रिमती जि.काभ्रे पाँचखाल न.पा.१३ घर भई हाल नयाँबसपार्क बस्ने वर्ष २२ की ऋतु रोक्का दुईजना श्रिमान श्रिमती बिच झगडा हुँदा दुबै श्रिमान श्रिमतीले रानीबारीबाट बग्ने म्हैपी खोलामा हाम फालेको देखेर जि.धादिङ ज्वालामुखी गा.पा.०३ घर भई हाल म्हैपी बस्ने वर्ष २४ को अमन तुन्सिंह मगरले श्रिमान श्याम बुढाथोकीलाई सकुसल उद्धार गरे पश्चात पुन: ऋतु रोक्कालाई पनि उद्धार गर्नका निमित्त खोलामा गई उद्धार गरीरहँदा निजलाई नै बगाईरहेको अवस्थामा प्रहरी प्रभाग नयाँबसपार्कबाट प्र.नि.र प्रहरी वृत्त, लैनचौरबाट प्र.स.नि. को कमाण्डमा खटिई गएको टीली र स्थानियद्धारा सकुसल उद्धार गरिएको,श्रिमती ऋतु रोक्का मगर हाल सम्म फेला नपरेको,आफन्त सम्पर्कमा निजको आमा सरस्वती रोक्का मगर,खोजतलास कार्य जारी । ( श्रिमान श्याम बुढाथोकी उद्धार पश्चात प्रहरीको सम्पर्कमा नआई श्रिमतीलाई खोज्छु भनि विष्णुमती खोलाको किनारै किनारमा ढल्कु तर्फ लागेको भन्ने बुझिएको) । ‍प्रहरी वृत्त लैनचौरबाट प्र.ना.उ.को कमाण्डमा ८ जनाको टोली खटिई गएको ।घटनास्थलबाट अं. ८०० मि.उत्तर पर्ने । भवितव्य मृत्यु,पर्सा, बिरगंज म.न.पा.२५ स्थित रहेको मनाव सेवा आश्रममा लगभग ३० महिना देखि आश्रित महिला अं.८० बर्षकी पुतलीको मृत्यु भएको (नाम थर ठेगना नखुलेको) भनि ऐ.१८;१० बजेको समयमा प्र.चौ. सिर्सिया पर्सामा जानकारी गराउन साथ प्र.ना.नि.को कमाण्डमा टोलि खटिगएको, अन्य कानुनि प्रकृयाको तालुक व.प्र.का. श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोलि खटिगएको, उक्त स्थान प्र.चौ. सिर्सिया, पर्साबाट अं.२ कि.मि. दक्षिण पुर्व पर्ने ।  नवलपुर(वर्दघाट सुस्ता पुर्व), कावासोती न.पा. १७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकोमा ऐ. २२;४५ बजे मृत्यु भएको शरिरमा घाउचोट केही नभएको उक्त स्थानमा प्र.चौ. कोल्हुवा बाट प्रसनि कल्याण यादवको कमाण्डमा २ जनाको टोली खटिगइ थप बुझ्ने कार्य भइरहेको घटनास्थल प्र.चौ.कोल्हुवा बाट ८ किमि उत्तर पर्ने ।

मिति २०८२।०६।१७ गते ०५:०० बजे देखि ऐ १८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१८

सवारी दुर्घटना ,उदयपुर, बर्दिबास न.पा.११ स्थित भित्रि सडक खण्डमा खयरमाराबाट काठमाण्डौ तर्फ गईरहेको ना.६ ख.१४६४ नं.को यात्रुवाहक बस पल्टिन गई सवारी दुर्घटना भएको भनी जानकारी प्राप्त हुनासाथ प्र.चौ.खयरमाराबाट प्र.ब.ह.को कमाण्डमा ३ जना र इ.प्र.का.बर्दिबासबाट प्र.ना.उ.को कमाण्डमा ११ जनाको टोली खटी गई बुझ्दा पैदल यात्री ऐ.बर्दिबास न.पा.१० बस्ने अं.वर्ष ७३ को चुलाही चौधरीको घटनास्थलमै मृत्यु भएको, शव घटनास्थलमा नै रहेको, बसमा सवार  अं.४१ जना यात्रीहरु  घाइते भई उपचारको लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पठाएकोमा १ जना घाईतेलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, दुवै शव पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाईएको, ४ जनाको अवस्था गम्भीर, ऐ.१२ बस्ने  नेपाल प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नं. १ नक्साल दरवन्दी भई प्रहरी वृत्त गौशालामा कार्यरत बर्ष ३७ की प्रहरी हवल्दार शान्ती संजेल समेत १७ जना मध्यम, १९ जना सामान्य रहेकोमा, ३ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका, घाईतेहरुको  शुभ स्वस्तिक, जनसेवा  अस्पताल र CT कियर अस्पतालमा उपचार भईरहेकोमा गम्भिर घाईते ५ जनालाई नेपाली सेनाको हे.क.द्वारा थप उपचारको लागि काठमाण्डौं पठाईएको, घटनास्थलबाट बस निकाली श्री लक्ष्मी नारायण जनता मा.वि.विद्यालयमाको ग्राउण्डमा ल्याई राखिएको,उक्त स्थान प्र.चौ.खयरमाराबाट  अं.२ कि.मि.दक्षीण पर्ने  । ज.ज.क. , बालयौन दुरुपयोग,उदयपुर, उदयपुर १६ गते अ.२२:०० बजेको समयमा कटारी न.पा.वडा नं ६ चुहाड स्थित साँघुरी पुल नजिक जंगलमा जिल्ला उदयपुर कटारी न.पा. वडा नं ४ बस्ने परिवर्तित नाम कटारी C1 (२०८२/२०८३) को श्रीमति वर्ष २७ कि परिवर्तित नाम C (२०८२/२०८३) लाई जिल्ला उदयपुर कटारी न.पा. वडा नं ६ सोमबारे बस्ने अ.वर्ष २६ को न्युजन राई र ऐ.ऐ.बस्ने बर्ष २२ को भोज कुमार पाण्डे समेत गरी जम्मा २ जनाले जवरजस्तिकरणी गरेको भनी आज मिति २०८२।०६।१७ गते १६;०० बजे पिडित इ.प्र.का.कटारी उदयपुरमा आई जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का.कटारी उदयपुरबाट प्र.ना.नि. इन्द्र कुमार श्रेष्ठको कमाण्डमा प्रहरी टोली खटी गई, न्युजन राई र भोज कुमार पाण्डेलाई नियन्त्रणमा लिई इप्रका कटारी उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको, पिडितको अवस्था सामान्य रहेको , उक्त घटनास्थल इ.प्र.का.कटारी उदयपुरबाट अ.९ कि.मि. पुर्व पर्ने । झापा, जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम B को छोरी जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम २०८२/०८३ झिलझिले B1 लाई आफ्नै घरको माथि पट्टी रहेको वरण्डाको भागमा सुतिरहेको अवस्थामा जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ७ तुम्देन चौक बस्ने वर्ष ३५ को राकेश भन्ने युक्फोदेन शेर्माले जवरजस्ती करणी गरिरहेको अवस्थामा निज पिडितको आमा जिल्ला ०४-४-१६ न.पा.वडा न.(ज) बस्ने परिवर्तित नाम २०८२/०८३ झिलझिले B2 ले देख्न साथ निज फरार भएको हुदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाँउ भनि निजको बुबा परिवर्तित नाम B ले मिति २०८२।०६।१७ गते १३:०० बजे इप्रका झिलझिलेमा जाहेरी दिइएको हुदा उक्त स्थानमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रसनि को कमाण्डमा प्रहरी टोली खटि गई निज राकेश भन्ने युक्फोदेन शेर्मालाई ऐ.१५:०० बजे निजको वतनबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझीलेमा ल्याई अनुसन्धान भईरहेको, उक्त स्थान इप्रका झिलझिलेबाट अ.४.५ किलोमिटर दक्षिण पर्ने । धारिलो हतियार प्रहार,रुपन्देही, सिद्धार्थनगर.न.पा ०८ लुम्बिनि रोड होटल सन स्टार भित्र जि. रुपन्देहि मायादेबि -०८ मतखोला बस्ने बर्ष २२ को ओमकार पर्थरकट्टा भन्ने ब्यक्तिले धारिलो हतियार (खुकुरी ) प्रहार गर्दा ऐ सि.न.पा ०३ बस्ने बर्ष २४ को बिमल आले मगर (९८२३८८१२७०) को निधारमा चोट , अबस्था सामान्य , उपचारको लागि भिम अस्पताल भैरहवा पठाएको , घटनास्थलमा व.प्र.का बाट प्र.स.नि जबर सिहं सुनारको कमाण्डमा ४ जनाको टोलि खटि गएको चक्कु प्रहार गर्नेको खो.त.भैरहेको , घटनास्थल यश व.प्र.का बाट १.५ कि.मि पश्चिम पर्ने । झापा, बिर्तामोड नपा वडा न.९ हल्दिवारी जाने बाटोमाऐ.७ गरामनी बस्ने सप्नी राजबंशीको छोराबर्ष अ.१८ को बर्षात राजबंशीलाई एक्कासी तत्काल नामथर नखुलेको के कुन मानिसले कुटपिट तथा धारिलो हतियार छुराले प्रहार गरी घाईतेबनाई तत्काल प्रादेशीक अस्पताल भद्रपुर झापामा सामान्य उपचार पश्चात थप उपचारको लागी बिएनसि अस्पताल बिर्तामोड तर्फ पठाएको,पिठ्युमा चोट,अबस्था मध्यम,उपचारमा निजकै आमा ९८१६९८४३६२ संलग्न रहेको भन्ने ऐ.२०;२५ बजेको समयमा सोही अस्पतालमा खटेको प्रकले इप्रका अनारमनीमा जानकारी गराउना साथ तत्काल अप्रचौ गरामनीबाट प्रसनि को कमाण्डमा ३ जनाको टोलि खटि गई कुटपिट तथा छुरा प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भईरहेको । कास्की, मिति २०८२।०६।१७ गते अं.२२:०० बजे जि.कास्की अन्नपूर्ण गा.पा. १ नौडाडा बस्ने बर्ष १७ को आशिष बि.क.ले मा.प.से. गरी साथीको घरमा आएकी जि.कास्की पोखरा म.न.पा. १४ छिनेडाडा बस्ने बर्ष २५ की सम्झना बि.क.लाई हसिया प्रहार गर्दा घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, बाया हातमा चोट, अवस्था मध्यम, उपचारमा साथी अस्मिता वि.क.(९७०९६१५८५३) संलग्न, उक्त स्थानमा प्र.चौ.नौडाडाबाट प्र.स.ह.नारायण श्रेष्ठ (९८५६००१७२८) को कमाण्डमा ३ जनाको टोली खटि गएको, आशिष बि.क. हसिया सहित जि.प्र.का. कास्कीको नियन्त्रणमा, ऐ.१८ गते ००:३० बजे आफुखुसी निस्की हिडेको । ताप्लेजुङ, आठराई त्रिबेणी गापा-४ छ ढुङ्गे बस्ने बर्ष अ. ७५ को ददिराम श्रेष्ठले के कुन कारण मापसे गरी धारिलो हतियार खुकुरीले आफ्नै वाया पट्टीको घाटीमा रेटी घाइते भएकोले उपचारको लागी ऐ. २२;३० बजेको समयमा जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भई रहेको, घाइतेको वाँया पट्टी घाटीमा चोट लगेको, अवस्था मध्यम सामान्य बोल्न सक्ने, उपचरमा निजको छोरा लोक बहादुर श्रेष्ठ (९८६३७२९३२६) संलग्न रहेको भनि सोही अस्पतालमा खटिएको प्रकले जानकारी गराएको, उक्त स्थानमा इप्रका दोभान बाट प्रनिको कमाण्डमा ५ जनाको टोली खटी गएको । चोरी,झापा, हल्दीवारी गा.पा. वडा नं.२ सुर्य होली चौक स्थितमा ऐ.ऐ. बस्ने केदार प्रसाद रिजालको १ तल्ले घरमा कोही नभएको समयमा घरको दक्षीण पट्टिको ढोकाको कब्जा फुटाई चोरी भएको भन्ने जानकारी प्राप्त हुन साथ प्र.स.नि. ज्ञान ना. श्रेष्ठको कमाण्डमा टोली खटि गई बुझ्दा सुनको बिभिन्न गर-गहना तथा नगद रु.५०,०००।– समेत गरी जम्मा अमुरु.१३,००,०००।– बराबरको चोरी भएको, चोरी गर्ने ब्यक्तीको पहिचान तथा खो.त. लगायतको कार्य भई रहेको शीशु वेवारिसे फेला,बारा, जिल्ला बारा सिम्रौनगढ न.पा.९ बसवरीया स्थित जोगिन्द्र साहको खाली घर अगाडी रहेको झाडिमा अं.५\६ दिनको नवजात शिशु कपडाले बेरेको बेवारीसे अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.कचोर्वा बारा बाट प्र.स.नि.बल बहादुर तमाङ(९८५११९८२५७)को कमाण्डमा टोली खटी गई निज बेवारीसे नवजात शिशु लाई तत्काल प्र.ज.अर्जुन यादवको जिम्मा लगाई एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल कलैया बारा तर्फ पठाईएको , नवजात शिशु अवस्था सामान्य देखिएको ,उक्त स्थान प्र.चौ.कचोर्वा बारा अं.८०० मि.पश्चिम पर्ने अन्य वि.वि. पछी(०) , ला.औ.,सिराहा, कल्याणपुर न.पा.३ ईटाई प्रसाई बस्ने जगदिश यादवको छोरा अं बर्ष २२ को श्याम कुमार यादवले आफ्नै घर अगाडि काठको घुम्तीमा (कठघेरा) मा पसल गरी बसेकोमा शंका लागी इ.प्र.का. कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले चेकजाँच गर्दा पसल भित्र रहेको ब्यागभित्र कालो प्लाष्टिकमा प्लाष्टिक सहित गाँजा १२० ग्राम, प्लाष्टिक बाहेक ११० ग्राम गाँजा फेला पारी गाँजा सहित मानिस नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको,उक्त स्थान इ.प्र.का.कल्याणपुरबाट अं.४ कि.मि.दक्षिणपर्ने ।    बर्दिया, राजापुर न.पा. ४ सरस्वती सामुदायिक वन स्थित प्र.स.नि.को कमाणडमा खटिएको गस्ति टोलिले कैलाली देखी बर्दिया राजापुर बजारतर्फ शंकास्पद रुपमा पैदल आउदै गरेको ऐ.अस्पताल टोल बस्ने बर्ष अं.२१ को राहुल लोनिययालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकको पुरिया बनाई लुकाई छिपाई राखेको प्लाष्टिक सहित १ ग्राम १२० मिलिग्राम र शुद्द तौल ९४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो गिलो पदार्थ ला.औ.फेला पारी नियन्त्रणमा लिई यस का. को हिरासतमा राखिएको उक्त स्थान इ.प्र.का.राजापुर बर्दियाबाट अं.२ कि.मि.पश्चिम पर्ने मकवानपुर,मिति २०८२।०६।१७ गते अं.१८:०० बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा बिशेष सुचनाको आधारमा प्र.चौ.रातोमाट मकवानपुरबाट प्र.ब.ना.नि. श्याम किशोर यादव (९८५५०३२७८९) र तालुक जि.प्र.का.मकवानपुरबाट प्र.ह.डिल्लिराम सिवाकोटिको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले बिरगंजबाट हेटौडा बजार तर्फ आउदै गरेको म.प्र.०३-००१ ज ०६७० नं. को ई.भि. गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा सवार भई आएका जि. मकवानपुर मनहरी गा.पा.३ बस्ने वर्ष अं.२० को रुपेश पौडेलले बोकेको सेतो प्लाष्टिकको झोला भित्र चकलेटको खोल भित्र लुकाई छिपाई ल्याएको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ (प्लाष्टिक सहित तौन गर्दा) ११ ग्राम फेला पारी निज संगै सोही स्थान बस्ने बर्ष अं.१५ को इस्मात तिमिल्सिना समेतलाई नियन्त्रणमा लिई ला.औ. सहित दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कार्बाहिको लागी तालुक जि.प्र.का. मकवानपुर पठाएको, ई.भि.गाडी गन्तब्य तर्फ पठाएको, उक्त स्थान प्र.चौ.रातोमाटे मकवानपुरबाट अं. ५० मिटर पुर्व पर्ने । मकवानपुर, मिति २०८२।०६।१७ गते अं.२०:३० बजेको समयमा जि.मकवानपुर हेटौडा उ.म.न.पा.८ सनोटकोलेनि स्थित भित्रि सडक खण्डमा बा.प्र.०३-००१ च ११२८ न.को डिआई पिकअप गाडि रोकि ला.औ.बिक्रि वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जि.प्र.क.मकवानपुरबाट प्र.ह.डिल्लिराम शिवाकोटी (९८४५७१८५४५) को कमाण्डमा टोलि खटि गई चेकजाच गर्दा उक्त गाडिको चालक सोहि स्थान बस्ने बर्ष अं.२६ को दिपेश खड्काको साथबाट ला.औ.खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ८६० मिलिग्राम (तौल भएको) फेला परेको हुदा सोहि गाडिमा सवार सोहि स्थान बस्ने बर्ष अं.३८ को दिपेश घिमिरे , बर्ष अं.३४ को रामहरी अधिकारी सहित ३ जना,ला.औ.र गाडिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. मकवानपुरमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.मकवानपुरबाट अं.४ कि.मि.पुर्व पर्ने बगाई डुबी बेपत्ता,जाजरकोट, भेरी न.पा.वडा नं.१ रिम्ना बस्ने नरेन्द्र रानाको छोरा बर्ष अ.२२ को चित्र बहादुर राना लगायत ६ जना साथीहरु भेरी नदीमा माछा मार्न गएकोमा निज चित्र बहादुर रानाको भेरी नदीले चप्पल बगाई चप्पल छोप्ने क्रममा भेरी नदीले बगाई बेपत्ता भएको भनि निजको साथी ऐ.बस्ने धन बहादुर शाही र दिवाकर बाठा मगरले ऐ. १६:३५ बजेको समयमा इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटमा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय रिम्ना जाजरकोटबाट प्र.ना.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गएको,स्थानिय र प्रहरीद्वारा खो.त. भईरहेको । Gen-z आन्दोलनका  फरार प्रतिवादी/थुनुवा पक्राउ,उदयपुर, उदयपुर १७ गते अ.१६:३० बजेको समयमा बेलका न.पा.०९ कमलावारी बस्ने बर्ष अ.२८ को नरेश बि.क. लागु औषध मुद्धामा झुम्का कारागार सुनसरीमा थुनामा रहेको बन्दी मिति २०८२।०५।२४ गते जेन्जि आन्दोलनको क्रममा भागि गाँउ घरमा लुकिछिपि बसिरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि सहितको प्रहरी टोलि खटि गई निजलाई घर वतनमा फेला पारी पक्राउ गरी इ.प्र.का. रामपुर ठोक्सिलामा ल्याई इ.प्र.का. रामपुरठोक्सिलामा कार्यरत प्र.स.नि.-४ जना प्रहरी टोलिले अड्डासार गरी इ.प्र.का. मेहेन्द्रनगर सुनसरी बुझाउन प्रहरी भेनमा राखि लिई गएको, उक्त स्थान इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरबाट अ.२ कि.मि. पूर्व । नुवाकोट, जिल्ला नुवाकोट लिखु गा.पा.१ राम्चे स्थित ऐ.ऐ. बस्ने बर्ष अ.३० को सागर तामाङ कर्तब्य ज्यान मुद्धामा कारागार कार्यालय तनहुमा कैद भुक्तान गरिरहेकोमा मिति २०८२/०५/२४ गते भागि आफ्नै घरमा आएको छ भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा इ.प्र.का. ढिकुरे नुवाकोटबाट प्र.ना.नि.कृष्ण आचार्य(९८५१२८३२६३)को कमाण्डमा टोली खटि गई नियन्त्रणमा लिई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय खम्पाक्याम्प नुवाकोटमा पठाएको, उक्त स्थान इ.प्र.का.ढिकुरेबाट अ.४ कि.मि.पश्चिम पर्ने  । दाङ,.प्र.का.सिसहनिय दाङबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिईएको प्रहरी टोलीले जेन्जि आन्दोलनको क्रममा तुलसीपुर कारागार दाङबाट भागेको कर्तब्य ज्यान मुद्दाको कैदी जिल्ला दाङ राप्ती गा.पा.-८ पिपरी बस्ने बर्ष २८ को बुद्धिराम चौधरी भन्ने बुधराम चौधरीलाई निजको घरबाट नियन्त्रणमा लिई,इ.प्र.का.सिसहनिया दाङमा ल्याई राखेको । थपअपडेट:- ऐ.१०:२० बजे प्र.स.नि.मदन एम.सी.को कमाण्डमा २ जनाको टोलि निज कैदिलाई तालुक इ.प्र.का.भालुवाङ दाङमा ल्याई बुझाएको । रोल्पा, मिति २०८२।०६।१७ गते अं.१०;३० बजेको समयमा रुन्टिगढि गाउँपालिका वडा नं.४ मसिना बस्ने ज.ज.क. मुद्धाको कैदि बर्ष १८ को किशन परियार ललितपुर जिल्ला अदालतमा मुद्धा चलेकोमा मिति २०८२।०५।२४ गतेको GEN-J आनदोलनको क्रममा बाल सुधार गृह भक्तपुर बाट भागि फरार रहेको हुदाँ निजको ठुलोबुवा सेते दमाईले अ.प्र.पोष्ट सुर्पाल रोल्पामा ल्याई बुझाएको,निज कैदिलाई ऐ.१२;२० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा ल्याई राखिएको । उदयपुर, उदयपुर ०६।१७ गते अ.२२:५५ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं ०२ शिवालय मन्दिर नजिक झै-झगडा भएको भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रचौ. जोगिदह उदयपुरबाट प्र.स.नि. दिनेश कुमार साह (९८५२८३५५१७) को कमाण्डमा प्रहरी टोलि खटि गई बुझ्दा ऐ. त्रियुगा न.पा. वडा नं १ घर भई बर्ष अ. ३१ को दिलिप परियार (ज.ज.क. मुद्धामा नख्खु कारागार ललितपुरमा थुनामा रहेको बन्दी मिति २०८२।०५।२४ गते GEN-Z आन्दोलनको क्रममा भागी ऐ. ऐ. बस्ने वर्ष अ.५१ को भिम बहादुर परियार सानो बुवा नाता पर्नेको घरमा लुकिछिपि बस्दै आएको) र ऐ.त्रियुगा न.पा. वडा नं १ बस्ने मन कुमार परियारको छोरा वर्ष अ. १७ को विजय परियारले बाटोमा हिड्दै गरेको ऐ. त्रियुगा न.पा. २ बस्ने उदिम राईको छोरा वर्ष अ.१५ को सन्देश राई र निजकै घरमा पाहुना आएकी जिल्ला सर्लाही लालबन्दी न.पा.वडा नं ०७ बस्ने वर्ष अ. ३४ की कविता बस्नेत दुबै जनालाई हातपात गरेको निज कविता राईको टाउकोमा टुटुल्को उठेको, र सन्देशको आँखामाथि चोट दुबै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर गाईघाट पठाएको, दुबै जनाको अवस्था सामान्य रहेको, कुट्ने व्यक्ति दुबैजना मानिस जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको,उक्त स्थान प्र.चो. जोगिदह उदयपुरबाट अ.२ कि.मि. पुर्व । काठमाडौं, मिति २०८२।०५।२३ र २४ गते जेन्जि आन्दोलनको क्रममा वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका प्रतिवादीलाई खोज तलासकोक्रममा चोरी सम्बन्धी कसुर मुद्दामा अनुसन्धमा रहेको प्रतिवादी जिल्ला काभ्रपलान्चोक धुलिखेल न.पा.०८ स्थायी वतन भई बस्ने बर्ष ३२ को सरोज भुजेललाई मिति २०८२।०६।१७ गते अं. १८:४५ बजे का.जि.का.म.न.पा. ३२ गैरीगाउँ तिनकुने स्थित निजलाई फेला पारी निजलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाईएको । उक्त स्थान वृत्त नयाँ बानेश्वरबाट ५०० मिटर पुर्ब । निजको साथबाट बरामद भएका सामानहरुः-१) हातमा लगाउने फलामकोनक । २) लागु औषध जस्तो देखिने पदार्थ २ पिस । ३) बिलेट थान-१ । बालबालिका हराई बेपत्ता,ललितपुर, महालक्ष्मी नगरपालिका वडा नम्बर ०८ लुभु ज्याकटा स्थित voice 0f children नामक बालसुधार गृहबाट निम्न नामथर हुलिया अमन गुरुङ ,उमेर :- १५ वर्ष, उचाई :- ६ फिट, बर्ण :- गहुगोरो, हुलिया :- खैरो कलरको बक्स पाइन्ट, सेतो र कालो मिक्स कलरको टिसर्ट, जुत्ता लगाएको र नाम :- मनोज थापा, उमेर :- १५ वर्ष, उचाई :- ५.३ फिट, बर्ण :- गहुगोरो, हुलिया :- कालो कलरको बक्स पाईन्ट, सेतो र कालो कलरको मिक्स भेष्ट लगाएको बालकहरु हराएको भनि पिडित (कर्मचारी) देव राज बराल (९८४५६०१४०९) ले मिति २०८२।०६।१७ गते १५:५० बजेको समयमा प्रहरी प्रभाग लुभु मा आई मौखिक जानकारी गराएको । उक्त स्थान प्रहरी प्रभाग लुभुवाट अं. १ कि.मि. पुर्व पर्ने । कैलाली, धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीबाट Gen-Z समुहको आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते भागी फरार रहेको जि.कैलाली चुरे गा.पा.६ सहजपुर बस्ने बर्ष २९ कि कल्पना राना कर्तव्य ज्यान मुद्दाकि कैदी स्वयम कारागारमा आई बसेको भनि सोही गार्डमा खटिएको प्र.ब.ना.नि. ले जानकारी गराएको, उक्त स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट अं.५०० मिटर पश्चिम दक्षिण पर्ने । कैलाली, धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीबाट Gen-Z समुहको आन्दोलनको क्रममा मिति २०८२।०५।२४ गते भागी फरार रहेको जि.कैलाली गोदावरी न.पा.५ बस्ने बर्ष २६ को मनोज राना ला.औ. मुद्दाको थुनुवा स्वयम कारागारमा आई बसेको भनि सोही गार्डमा खटिएको प्र.ब.ना.नि.ले जानकारी गराएको, उक्त स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट अं.५०० मिटर पश्चिम दक्षिण पर्ने। झै-झगडा,धनुषा , जनकपुर उ.म.न.पा.२० देवपुरा रुपैठा स्थितमा रहेको दुर्गा मन्दिरबाट अं.३००/३५० जनाको संख्यामा दुर्गा माताको मुर्ती सेलाउनको लागी र्याहली शुरु भएको,उक्त र्या५ली सोही स्थानबाट सिक्स लाईन-बसैयामोड-रुपैठा-भिसा महला-झण्डा पोखरी-ब्राह्मण टोल-तेलिया पोखरी-जनताचोक-साहुजी पट्टी-निमचोक-गंगुलीपुल स्थित जलद नदीमा मुर्ती सेलाउने भन्ने बुझिएको,उक्त स्थानमा प्र.चौ.हनुमाननगरबाट प्र.ना.नि.को कमाण्डमा ४ जना, तालुक जि.प्र.का.धनुषाबाट प्र.नि.को कमाण्डमा ५६ जना र स.प्र.ना.नि.को कमाण्डमा २१ जना गरी जम्मा ८१जानको टोली खटि गएको,उक्त स्थान प्र.चौ.हनुमाननगरबाट अं.३ कि.मि.दक्षिण पश्चिम पर्ने । थप टिपोटः-माथि उल्लेखित बिषयमा रूपैठाको मस्जिद अगाडी पुग्दाऐ.१६:१५ बजेको समयमा हिन्दु र मुस्लिम दुई समुदायका अं.५०० /७०० जनामानिसहरूको संख्यामा भोजपुरी गित बजाएको बिषयलाई लिई दुबै पक्ष बिच बादबिवाद भई उक्त भिडको मानिसहरुले प्रहरी माथि ढुंगा मुडा गरिरहेको, सम्झाई बुझाई कार्य भई रहेको उक्त स्थानमा इ.प्र.का.खजुरी धनुषाबाट प्र.नि.को कमाण्डमा थप २५ जना गरी जममा १०६ जनाको टोली खटिएको हालको अवस्था तनाब पुर्न रहेको। थप टिपोटः- माथि उल्लेखित झडपमा निम्न प्र.क.र स्थानियहरु घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको,उक्त स्थानमा भिडलाई नियन्त्रणमा पार्नको लागी नेपाल प्रहरीको तर्फबाट २३ सेल Tear ग्यास फायर भएको २३ राउण्ड मध्ये जि.प्र.का.धनुषाको १३ , इ.प्र.का.खजुरीको २ , तालुक मधेश प्रदेश प्रहरी गण जनकपुरको ८ राउण्ड फायर भएको र घर र पसलहरुमा क्षति र आगजनी समेत भएको,क्षतिको विवरण आउन बाँकी रहेको,उक्त स्थानमा जि.प्र.का.धनुषा,मधेश प्रदेश प्रहरी गण जनकपुर,नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर,विपद प्रहरी गुल्म धनुषा र मातहत समेत गरी प्र.नि.को कमाण्डमा जम्मा १७५ जना र सशस्र प्रहरी वल नं.८ गण हे.क्वा,मुजेलियाबाट स.प्र.ना.उ.को कमाण्डमा १०० जना गरी जम्मा २७५ जनाको टोली खटि गएको,हालको अवस्था सामान्य रहेको साथै उक्त झडप भएको स्थानमा निषेधज्ञा जारी भएको पत्र यसै साथ संलग्न राखी पठाईएको,मुर्ती सेलाउने स्थानमा पुगी सेलाउने कार्य भईरहेकोअन्य वि.वि.पछि निम्नः- १) प्र.प्र.नि.विवेक रसाईलीको अनुहारमा चोट लागी सामान्य घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार पश्चात डिस्चार्ज भई जि.प्र.का.धनुषामा आएको । २) प्र.नि.संजिव कुमार यादवको I-phone मोवाईल थान-१ फुटेको । ३) स.प्र.ज.शन्त बहादुर वाईवा सामान्य घाईते भई उपचार पश्चात कार्यालयमा रहेको । ४) जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२० बस्ने नथुनी मण्डलको छोरा अं.वर्ष ६५ को रामपृत मण्डलको टाउको,ढाड र शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम रहेको । ५) ऐ.ऐ.बस्ने वुद्धन पंडितको श्रीमती अं.वर्ष ४५ की उर्मिला पंडितको टाउको,ढाड र शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम रहेको । थप टिपोटः- माथि उल्लेखित मुर्ती ऐ.१९;३० बजेको समयमा मुर्ती सेलाउने स्थानमा सेलाएको । सर्लाही, गोडैता न.पा.७ स्थित बाटोमा जि.सर्लाही रामनगर गा.पा.५ बस्ने अं.बर्ष ३५ को अनिल यादब (ठेकेदार) र ऐ.गोडैता न.पा.६ बस्ने कारिल यादब संग दुर्गा पुजाको चन्दाको बिषयमा वादबिवाद भई झगडा हुँदा कारिल यादब घाईते भएकोले उपचारार्थ प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको र सोही बिषयलाई लिएर ऐ.१८;३५ बजेको समयमा अनिल यादबलाई छलफलको लागी प्र.चौ. गोडैतामा बोलाएकोमा सोही समयमा ऐ.वडा न.७ का वडा अध्यक्ष छोटेलाल भन्ने दिनेश यादब र निजको भाई समेतले स्थानिय मानिसहरुलाई साथमा लिई आई चौकी भित्र प्रवेश गरी अन्धाधुन्ध ढुङगामुढा प्रहार गर्दा चौकीमा कार्यरत (दरवन्दी जि.प्र.का. सप्तरी अ.अ. शाखा, कम्प्युटर कोड नं.४३७७५३) प्र.ना.नि. अवधेश प्रसाद यादबको मुखमा चोट लागी २ वटा दाँत भाँचिनुका साथै निम्न प्रहरी कार्मचारी समेत घाईते भएको र कार्यालयको मो.सा.मा क्षती पुगेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. गडहिया बाट प्र.नि. उज्जवल कार्की (९८५४०७९४४४) को कमाण्डमा खटिएको टोलीले घाईते प्र.ना.नि.लाई तत्कालै उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाईएको, उक्त स्थान जि.प्र.का. सर्लाही बाट अं.१० कि.मि. पश्चिम पर्ने । निम्नः- (स्थानिय मेडिकलमा उपचार पश्चात कार्यालयमा फिर्ता भएको) १. प्र.ब.ह. होरिल प्रसाद यादबको दाहिने तिघ्रामा चोट, अवस्था सामान्य । २. प्र.स.ह. जय प्रकाश नारायण साहको बाँया हातमा चोट, अवस्था सामान्य । ३. प्र.स.ह. नन्दलाल ठाकुर दाँया हातको पाखुरामा चोट, अवस्था सामान्य । ४. प्र.ज. प्रकाश यादबको दाहिने खुट्टामा चोट, अवस्था सामान्य । ५. प्र.ज. शिवजी रायको दाहिने पंजामा चोट र बाँया हातको पंजामा चोट अवस्था सामान्य ।  बांके, बाँके जिल्लाको बिभिन्न स्थानहरुमा स्थापना गरिएका दुर्गा मुर्तिहरु राप्ति नदी तथा बिभिन्न घाटहरुमा बिसर्जनका लागि स्थापना गरेको स्थान देखि उठाउने कार्य शुरु भएको, उक्त स्थानहरुमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ११०० जना लुम्बिनी प्रदेश स.प्र. गण खजुराबाट प्र.नि. को कमाण्डमा १५० जना, नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा ५० जना गरी जम्मा १३०० जनाको प्रहरी टोली र ३० नं. गण हे.क्वा. बाग्यश्वरीबाट स.प्र.उ.को कमाण्डमा ३४७ जनाको टोली समेत खटिएको, कुल मुर्ति स्थापना संख्या ४०३ रहेकोमा ऐ.१५:२० बजे जि.बाँके नेपालगंज उ.म.न.पा.१५ सुइया स्थित दुर्गा मुर्ति ल्याई परिक्रममा गर्ने क्रममा हिन्दुहरुले मुस्लिम समुदायको मस्जिदतमा अबिर फालेको बिषयलाई लिएर विवाद भइ ढुंगामुडा हुँदा दुवै पक्षका ३० जना मानिसहरु घाइते भएको, उक्त स्थानमा इ.प्र.का.जमुनाहबाट प्र.नि.को कमाण्डमा ४५ जना टोली खटी गएको, घाईतेहरूको उपचार पश्चात २६ जना डिस्चार्ज भएको र बाँकी ४ जनाको उपचार भईरहेको, अवस्था १ मध्यम ३ सामान्य रहेको,  प्र.क. तर्फ प्र.नि. सहित ५ जना घाईते भएकोमा उपचार पश्चात डिस्चार्ज भएको, हालको अवस्था सामान्य रहेको ।

मिति २०८२।०६।१४ गते ०५:०० बजे देखि ऐ १५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१५

कर्तव्य ज्यान,पर्सा, विरगंज म.न.पा.१० गिता मन्दिर नजिकै अपरिचित व्यक्तीहरु विच झै-झगडा तथा कुटपिट हुँदा हाल ठेगाना नखुलेका गोल्डेन भन्ने अं. वर्ष २४ को पुरुष ब्यक्ती कुटपिटमा घाईते भई उपचारको लागि नारायणी अस्पताल ऐ.२३:४० मा ल्याएकोमा उपचारको क्रममा ऐ.२३:५० बजे डाक्टरले मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको भन्ने खबर व.प्र.का.बिर्तामा जानकारी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली घटनास्थलमा खटी गएको र जि.प्र.का. पर्साबाट थप अनुसन्धानको लागि प्र.उ.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने शंकास्पद जि.पर्सा बि.म.न.पा.१० अशोक बाटिका बस्ने रुपन साहको छोरा अं.वर्ष १७ को भोला साह सहित ३ जनालाई जि.प्र.का.को नियन्त्रणमा र जि.पर्सा बि.म.न.पा.१६ बोखार चौक बस्ने महेस राउतको छोरा अं.वर्ष १३ को सावन कुमार राउत सहित ३ जना मानिसहरुलाई व.प्र.का. बिर्ताको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको । प्रहरीलाई हातपात,सिरहा, नरहा गा.पा.३ चौहर्वा स्थितमा इ.प्र.का.मिर्चैयाबाट प्र.ह.को कमाण्डमा खटिएको पिकेट डिउटीलाई लहान-जनकपुर चल्ने  यात्रुवाहक प्र.०१-००१ज ०१७६ नं.को winger चालक ऐ. गोलबजार न.पा.६ बस्ने अं.वर्ष  ३६ को रन बहादुर कानुले विङ्गर बाटोमा रोकी राखेको अवस्थामा प्रहरीले देखी बाटो साईडमा राख्नु भनि सम्झाउन गएकोमा निज प्र.ह.दिपेन्द्र प्रसाद चौधरीलाई सामान्य हातपात गरेको,  ऐ.बस्ने विङ्गर साहु अं.वर्ष २३ को विष्णुलाल ठाकुरलाई निज प्र.ह.ले चालकलाई सम्झाउन भनि भनेकोमा चालकलाई नसम्झाई उल्टै प्रहरीसँग बादबिवाद गरेकोले दुबै जनालाई विङ्गर सहित इ.प्र.का.मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको मोबाइल टोलीले नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैयामा ल्याई राखेको । नवजात शीशु मृत फेला, हुम्ला, सर्केगाड गा.पा.४ स्थित ओख्ले भन्ने स्थानमा सालनाल सहित ढुङ्गा मुनि च्यापिएको अवस्थामा नवजात शीशु(बालक) को शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ  प्र.चौ.सर्केदेउ हुम्लाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई शव माथि रहेको ढुङ्गा हटाई  घट्नास्थल सुरक्षित राखेको, नवजात शीशु कस्को भन्ने नखुलेको, शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि जिल्ला अस्पताल सिमकोट पठाएको । ला.औ.,मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सुचनाको आधारमा प्र.चौ.रातामाटेबाट प्र.ब.ना.नि. को कमाण्डमा खटी गएको टोलीले बिरगञ्जबाट हेटौँडा बजार आउँदै गरेको प्र.३-०३-००२ प २७९० नं.को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जि.मकवानपुर हेटौँडा उ.म.न.पा. १५ भोर्ले बस्ने अं.वर्ष २८ को साजन भोम्जनको दाहिने तर्फको खल्तिबाट २ वटा प्लाष्टिकको पोकामा ११ ग्राम (प्लाष्टिक सहित तौल गर्दा) ला.औ. खेरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेकोले सोही स्कुटरको पछाडी सवार ऐ.बस्ने अं.वर्ष २० को बिबेक थिङ समेतलाई नियन्त्रणमा लिई प्र.चौ. रातामाटेमा राखिएको ।  बाँके, नेपालगंज उ.म.न.पा. १४ उदयपुरवा स्थित ला.औ. वेचविखन भईरहेको भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का. हिरिमिनिया बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले देश भारत उत्तर प्रदेश बहराईच जिल्ला रुपैडिया थाना नानपारा नवागाउँ चर्दा घर भई जि.बाँके नेपालगंज उ.म.न.पा.१४ उदयपुरवा स्थित दिदी जलेवा खटीको घरमा बस्ने वर्ष २५ की सन्तोषी खटिकलाई शंकास्पद अवस्थामा देखी निज तर्फ जाँदा निजले प्रहरीलाई देखी घरको छतमा गई सेतो प्लाष्टिकको डिब्बा लुकाउँदै गर्दाको अवस्थामा निजलाई नियन्त्रणमा लिई शरिर तथा लुकाउँदै गरेको डिब्बा तलासी लिँदा रातो र निलो प्लाष्टिकका स-साना पुडिया बनाई राखिएको ४१ पुडिया प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ८१० मिलीग्राम र शुद्व तौल गर्दा ७ ग्राम ७५० मिलि ग्राम ला.औ. (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो पदार्थ रितपुर्वक बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.बाँके पठाईएको ।

मिति २०८२।०६।१३ गते ०५:०० बजे देखि ऐ १४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१४

ज.ज.क.,गुल्मी, चन्द्रकोट गा.पा.४ शान्तिपुर स्थित पानी मिल नजिक वर्ष १२ की परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (A) को मुख छोपी बोल्न कराउन नदिई जि.बाग्लुङ बरेङ गा.पा.३ घर भई जि.गुल्मी चन्द्रकोट गा.पा.४ शान्तीपुर बस्ने वर्ष २५ को राजु बि.क.ले जबरजस्ती करणी गरेको भनि पीडितको आमा परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (B) ले ऐ.०६। १२ गते साँझ १६:०० बजे जि.प्र.का.मा जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई, निज वर्ष २५ को राजु बि.क.फरार रहेको, खो.त.कार्य जारी, वर्ष १२ की परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (A) लाई स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । मिति २०८२।०६।१३ गते अं. १४;३० बजेको समयमा जिल्ला बाग्लुङ बरेङ गा.पा.३ खाल्ली स्थित आफ्नै घरबाट निज बर्ष २५ को राजु सार्कीलाई इ.प्र.का.चन्द्रकोट गुल्मीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि गएको टोलीले नियन्त्रणमा लिइ इ.प्र.का.चन्द्रकोटमा लिइ मेडिकल गरी राखेको । हात हतियार बरामद,काठमाण्डौ , मिति २०८२।०६।१२ गते अं. १९:०० बजे का.जि.का.म.न.पा.०७ कलंकि बस्ने वर्ष २४ को राजकुमार श्रेष्ठले,मैले का.म.न.पा.७ गौरीघाट स्थित वर्ष ४३ को बिकास आले मगर भन्ने (बिष्णु ब. आले मगर) लाई पेस्तोल राख्न दिएको छु, मसँग गई त्यो पेस्तोल लैजानु भनि वृत्त जनसेवामा जानकारी गराएकोमा प्र.नि.को कमाण्डमा ७ जना प्रहरी टोली सो स्थानमा खटी गई निजले भनेको स्थान गौरीघाट पुग्दा वर्ष ४३ को बिकास आले मगर भन्ने (बिष्णु ब आले मगर) ले का.जि.गोकर्णेस्वर न.पा.६ जोरपाटी स्थित मेरो कोठामा राखेको छु भनि भनेकोमा पुनः सो स्थानमा गई निजको कोठाबाट निम्न हतियार र राउण्ड प्राप्त गरी वृत्त जनसेवामा ल्याईएको र निजहरू दुबै जनाको तिन पुस्ते सहितको विवरण राखी खोजेको बखत वृत्त जनसेवामा हाजिर हुने गरी छोडिएको । निम्न : १.SLR को live ३ राउण्ड २.3 not को blank ३ राउण्ड ३.insas को live २ राउण्ड ४.USA made type 77 पेस्तोल र म्यागजिन १।१ थान धारिलो हतियार प्रहार,झापा,मेचिनगर न.पा.९ कमल चौक स्थितमा ऐ.शिवसताक्षी न.पा.-७ बैदार चौक बस्ने अ.बर्ष ३० को बिरोज लावतिले मादक पदार्थ सेवन गरी ऐ.मेचिनगर न.पा.-९ कमल चौक बस्ने वर्ष २४ को असोक लिङ्देनको ढाड र जिल्ला पाँचथर फिदिन न.पा.-१३ बस्ने अ.बर्ष २६ को धनेन्द्र नेम्वाङको बाँया हातमा घारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई दुबै जनाको आम्दा अस्पताल धुलाबारीमा उपचार हुदै, बोल्न सक्ने, अबस्था दुबै जनाको मध्यम, घारिलो हतियार खुकुरी प्रहार गर्ने बिरोज लावतिलाई हतियार सहित नियन्त्रणमा लिई इ.प्र.का. धुलाबारी मा राखिएको । काठमाण्डौ, मिति २०८२|०६|१३ गते अ.०१:३८ बजे का.म.न.पा.३१, सान्तिनगरमा झै-झगडा तथा कुटपिट भएको भनि जानकारी प्राप्त हुन साथ नयाँ वानेश्वरबाट प्र.स.नि.को कमाण्डमा टोली घट्नास्थलमा गई बुझ्दा जि.नुवाकोट शीवपुरी गा.पा.७ घर भई हाल क.म.न.पा.३१ धौलागिरि मःम सेन्टरमा काम गर्ने वर्ष २० को दिपेश ठकुरीले धारिलो हतियार प्रयोग गरी निम्न मानिस हरुलाई कुटपिट गरेको, कुटपिट गर्ने मानिस र धारिलो हतियार नियन्त्रणमा लिई वृत्त नयाँ बानेश्वरमा राखिएको , निम्न ;- १) जि.ललितपुर महालक्ष्मि न.पा. ९ घर भई सोहि स्थान बस्ने वर्ष ३१ को यलिस भुजेल लाई तत्तकाल उपचारको लागि सिनामङगल स्थित K.M.C.हस्पिटलमा लगि उपचार भई रहेको अबस्था पेट,बाँया खुट्टाको तिग्रा घुडामा तथा शरिरको बिभिन्न भागमा चोट लागेको अवस्था मध्यम हल्का बोल्न सक्ने । २) का.जिल्ला का.म.न.पा. ३१ बस्ने वर्ष २९ को सागर ढकालको पनि शरिरको बिभिन्न भागमा समान्य चोट लागेको अवस्था समान्य रहेको । उपचारमा संलग्न साथि करन चौधरी। ताप्लेजुङ्ग,आठराई त्रिवेणी गा.पा.-०५ तिलबारी बस्ने साङगे शेर्पाको छोरा अं. बर्ष २१ को बिकाश शेर्पालाई ऐ.ऐ. बस्ने मिङवा शेर्पाको छोरा अं. बर्ष २२ को लाक्पा शेर्पाले मापसे गरी सामान्य बादबिबाद हुदा निज बिकाश शेर्पाको टाउकोमा एक्कासी बियरको बोतल प्रहार गरी घाईते बनाएको भन्ने खबर ऐ.२०:२० बजे स्थानिय बिना श्रेष्ठ(९८४७१६४६५५) ले टेलिफोन मार्फत इप्रका दोभान ताप्लेजुङमा जानकारी गराउन साथ तत्काल प्रहको कमण्डमा ४ जनाको टोली खटि बुझ्दा घाईते बिकाश शेर्पाको टाउको र मुखमा चोट, अबस्था गम्भिर बोल्न नसक्ने, निजलाई स्वास्थ्यचौकी तिलबारीमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको, बियरको बोतल प्रहार गर्ने लाक्पा शेर्पा प्रहरीको नियन्त्रणमा रहेको ।  पाँचथर, पाँचथर फिदिम न.पा.४ गढी स्थित तिल बहादुर सुजीको घरमा डेरा गरी बस्ने जिल्ला पाँचथर याङवरक गा.पा.३ ओयाम बस्ने वर्ष अ.३२ को बिजय योङया र निजकै श्रीमती सिता राई योङया बिच घरायसी बिषयमा वादविवाद भई झै-झगडा हुदा निज बिजय योङयाको भाई वर्ष अ.२८ को प्रकाश योङयाले किन झगडा गरेको भनि सम्झाई बुझाई गर्न खोज्दा एक्कासी बिजय योङयाले कैचीले प्रहार गर्दा प्रकाश योङयाको बाँया हातको पाँखुरामा गहिरो चोट तत्काल बोल्न सक्ने अवस्था मध्यम जिल्ला अस्पताल पाँचथर फिदिममा उपचार भई रहेको,प्रहार गर्ने बिजय योङयालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई राखिएको, ला.औ.,कपिलवस्तु, शिवराज न.पा.६ धर्मनगर स्थितमा रहेको कालीमाताको मन्दिरमा बिगत ३ बर्ष देखी बस्दै आएको ऐ.ऐ. बस्ने बर्ष ६० को गोपाल कुर्मी चौधरीले मन्दिरमा जम्मा भएको रकम हिनामिना गर्ने गरेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.बिरपुरबाट प्र.स.नि.को  कमाण्डमा टोली खटीगई चेकजाँच गर्दा निजको साथ बाट गाजा जस्तो देखिने धुलो (झाम्टा) २ वटा बोरामा रहेको (एकमुष्ठ बोरा सहित तौल ८ के.जी. ९६० ग्राम, बोरा रहित ८ के.जी. ७६० ग्राम) र नगद रु ८,२२४।-(आठ हजार दुई सय चौबिस) सहित निज लाई नियनत्रणमा लिई व.प्र.का. चन्द्रौटा पठाईएको, अ.अ. कार्य भईरहेको,उक्त स्थान प्र.चौ. बिरपुरबाट अं.२ कि.मि.उत्तर पर्ने । मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडाबाट विरगंज तर्फ जादै गरेको बा.प्र.०६-००१ ख ०३२३ नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त  बसमा सवार जि. पर्सा बहुदरमाई न.पा. ५ बस्ने वर्ष अं. २५ को धर्बेन्द्र महतोले बोकेको खैरो रङको झोलाबाट ७ किलो २०० ग्राम ला.औ. गाजाँ( प्लास्टिक सहित तौल गर्दा )फेला पारी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी  जि.प्र.का. पठाई बसलाई गन्तब्य तर्फ पठाईएको,उक्त स्थान प्र.चौ रातोमाटेबाट अ.५० मि. पूर्व पर्ने । कर्तव्य ज्यान,सुनसरी, ईटहरी उ.म.ना.पा.१२ मा डेरा गरी बस्ने जिल्ला खोटाङ ऐसलूखर्क गा.पा. १ बस्ने वर्ष ३० को सुमन दहालले आफ्नै श्रीमती वर्ष २५ की अनिसा भट्टराईलाई घरायसी बिवादको क्रममा कुटपिट हुँदा निज सुमन दाहालले काठको बटमले टाँउको, नाक र कानमा हानि घाईते बनाएको भने खबर प्र.चौ.खनारमा प्राप्त हुन साथ प्र.चौ.खनारबाट प्र.ना.नि.प्रलाद बोगटिको कमाण्डमा र इ.प्र.का.इटहरीबाट प्र.ना.उ.सुवास हमालको कमाण्डमा टोली खटिगई घाइतेलाई बिराट टिचिङ्ग अस्पताल बिराटनगरमा पठाएको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको, निज घाईते अनिसा भट्टराईको उपचारको क्रममा ऐ.२१:१२ बजेको समयमा मृत्यु भएको भनि उक्त अस्पतालमा कार्यरत प्र.क. मार्फत जानकारी प्राप्त भएको, बटम प्रहार गर्ने सुमन दाहाल ई.प्र.का.इहटरीको नियन्त्रणमा, उक्त स्थान प्र.चौ.खनारबाट १०० मि. दक्षिण पर्ने ।  काठमाडौं,का.म.न.पा.२६ ठमेल बुद्धबार गल्ली स्थित HAPPY HOTEL अगाडी जि.मकवानपुर घर भई बालाजु मनमैजु बस्ने वर्ष २५ को सुरज तामाङलाई आकाश भन्ने निजको चिनजानकै साथीले धारिलो हतियार प्रहार गरी घाईते हुँदा उपचारको लागि बिर अस्पतालमा लगि उपचार भईरहेकोमा ऐ.१४ गते ००:२५ बजे डाक्टरद्धारा मृत्त घोषणा, हतियार प्रहार गर्ने व्यक्तिको खो.त.कार्य जारी प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, घटनास्थल प्रहरी वृत्त बालाजुबाट ८०० मि. पूर्व पर्ने ।

मिति २०८२।०६।१२ गते ०५:०० बजे देखि ऐ १३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१३

हा.ह.बरामद,काठमाण्डौ, मिति २०८२।०५।२४ गते जेन्जी आन्दोलनका दिन प्रहरी कार्यालय तोडफोड लुटपाट भएकोमा मिति २०८२।०६।१२ गते अं.११:०० बजे का.म.न.पा.३१ आलोकनगर स्थित मेची महाकाली ब्वाईज होस्टेलको संचालकले सन्जिव बस्नेतको ROOM सफा गर्ने क्रममा प्रहरीको सामान जास्तो देखी सादा पोसाकको प्रहरीलाई खबर गरी तत्काल सादा पोसाकको टोली खटी गई उक्त होस्टेल खानतलासी गर्ने क्रममा सर्टगनको गोली ४ राउण्ड, टाईप ७७ गोली ३ राउण्ड, .२२ हर्नेट ७ राउन्ड, म्याग्नेट ५० राउण्ड, SLR बिनेट १ थान, Motorola हेन्ड सेट१ थान (C254 लेखिएको), ATM card ८ थान, आईडी कार्ड ३ थान, पासपोर्ट १ थान, नागरिकता ५ थान, पेन कार्ड १ थान, License २ थान, परेको हुदाँ उक्त हा.ह.तथा सरसमान बरामद गरी वृत्त नयाँ बानेश्वरमा राखिएको, निज सन्जिब बस्नेत मिति २०८२।०६।०४ गतेबाट फरार भएको भनी होस्टल संचालकबाट जानकारी प्राप्त भएको, खो.त.भइरहेको। ज.ज.क./ज.ज.क.उधोग,दाङ, जि.रोल्पा रुन्टीगढी गा.पा.८ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१४ बसपार्क नजिकै डेरा गरी बस्ने वर्ष १६।१७ को परिवर्तित नाम थर ५६(०८२।०८३) घोराही १०६ (घ) ले वर्ष १७ की परिवर्तित नाम थर ५६ (०८२।०८३) घोराही १०६ लाई विवाह गर्छु भनी ललाई फकाई गरी मिति २०८२।०२।११ गते २३:०० बजे ऐ.घोराही उ.म.न.पा.४ लक्ष्मीपुर स्थित बाँस घारीमा लगेर पहिलोपटक ज.ज.क.गरेको र सोपश्चात पटकपटक समेत ज.ज.क.गरेको, पिडितको पेटमा १८ हप्ताको गर्भ समेत रहेको भनी रुपन्देही जिल्ला अन्तर्गत रहेको आशिष सामाजिक सेवा नेपाल बुटवल संस्थाको सदस्य एलिसा कुँवरले मिति २०८२।०६।११ गते २०:०० बजे किटानी जाहेरी दरखास्त दिएको हुँदा जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई पीडकलाई ऐ.१२ गते निजकै वतनबाट नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गरी बाल निग्रानी कक्षमा राखी आ.अ.भइरहेको, पीडितलाई घोराही स्थित रहेको सेफ हाउसमा राखिएको,अवस्था सामान्य रहेको। दाङ, जि.कपिलवस्तु शिवराज न.पा.४ घर भई जि.दाङ घोराही उ.म.न.पा.१३ बडहरामा कोठा भाडा गरी फर्नीचर कामको ठेक्का लिई बस्ने जाहेरवालाको छोरी वर्ष ९ की परिवर्तित नाम थर ५६(०८२/०८३) घोराही १०७ लाई जि.कपिलबस्तु शिवराज न.पा. ८ घर भई हाल सोही फर्निचर पसलमा काम गरी बस्दै आएको वर्ष ३१ को गुलाम रसुलले आफ्नै कोठामा बालयौन दुरुपयोग गरेको हुँदा कानुन बमोजिम सजाय गरी पाऊँ भनी पीडितको आमाले ऐ.१२ गते ०९:०० बजे जि.प्र.का.मा किटानी जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडित समेतलाई स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात पीडितलाई आफन्तको जिम्मा लगाइएको, पीडकलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको । भक्तपुर, सूर्यविनायक न.पा.१० नलिन्चोक मिलनचोक स्थित जि.रामेछाप गोकुलगंगा गा.पा.७ घर भई हाल ऐ.मिलनचोक बस्ने वर्ष २८ को सोनम शेर्पाले ललाईफकाई गरी मिलन चोक स्थित आफ्नै कोठामा लगेर ऐ.बस्ने बालिका वर्ष १५ की परिवर्तित नाम भक्तपुर २७ (छ ३४) लाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.२१:०० बजे प्रहरी परिसर भक्तपुरमा जाहेरी दरखास्त दिएको हुँदा प्रहरी वृत्त जगातीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखी आ.अ.भइरहेको, बालिकालाई स्वास्थ्य परीक्षणको लागि भक्तपुर अस्पताल पठाइएको । प्र.क.को मृत्यु,कञ्चनपुर, जि.बाजुरा खप्तड छेडेदह गा.पा.७  स्थायी वतन भई ने.प्र.वि.सु.गण महेन्द्रनगर कञ्चनपुर दरवन्दी रहेकोमा ई.प्र.का. झलारीमा कार्यरत प्र.ज कमल खड्का (कम्प्युटर कोड नं.४६९७२९) अण्डकोष सम्बन्धी विरामी भई २०८१।०७।०४ गतेको रवाना पत्रसाथ नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको र सामन्य उपचार पश्चात मिति २०८१।०७।२१ गतेको रवाना पत्रसाथ दिन २८ (अठ्ठाईस) घर बिदा सहित फिर्ता पठाएकोमा निज प्र.ज.मिति २०८१।०८।२६ गते पुन: भर्ना भई डिस्चार्ज भएकोमा मिति २०८२।०५।२६ गते पुन: भर्ना भई उपचार भईरहेकोमा ऐ.२०८२।०६।१२ गते १७:२० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । कैदि, थुनवा भागी फरार,कैलाली, टिकापुर न.पा.१ ब्लक न.१४ स्थित सडक खण्डमा ऐ.२ बनदेवीपुर (लम्की पुल) घर भई ऐ.१ ब्लक न.१४ डेराको ठा गरी बस्ने वर्ष २० को रोहन साउदलाई मिति २०८२।०६।११ गते १९:०० बजे ४८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेकोमा मिति २०८२।०६।१२ गते १०:०० बजे निज रोहन साउदलाई हिरासत कक्षबाट बाहिर निकाल्ने क्रममा भागी फरार भएको,  खो.त.को लागि इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका कार्यालयबाट प्र.ना.उ.को कमाण्डमा ३० जनाको प्रहरी टोली खटिएको ।मोरङ, कटहरी गा.पा.०१ घर भई जिल्ला कारागार मोरङमा रहेको चोरी मुद्दाको बन्दी अं.वर्ष २० को मोहमद राजुलाई पेट दुख्ने समस्या भएको कारण कारागार मोरङबाट प्र.ज.साजन राईको कमाण्डमा खटिएको २ जना प्र.क.ले कोशी अस्पताल बिराटनगर लगेर बेड भर्ना गरी उपचार भइरहेकोमा ऐ.२०:२० बजे शौचालय लैजाँदा शौचालयको भेण्टिलेटरबाट हाम फाली भागी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई मातहत समेतबाट प्रहरी परीचालित भई खो.त.कार्य भईरहेको । ला.औ., सुनसरी, भोक्राहानरसिंह गा.पा.२ स्थित नहरमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मो.सा.मा आएका ३ जना मानिसहरुले प्र.चौ.भोक्राहा सुनसरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देखी निजहरूको साथमा रहेको जेब्रा झोला बाटोमा फालेर भगेकोमा उक्त जेब्रा खोली हेर्दा झोलामा TRAMAL लेखेको ६८६ पत्ता(६८६० क्याप्सुल) ला.औ.फेला परेकोले उक्त ला.औ.बरामद गरी प्र.चौ.भोक्राहामा ल्याइ राखेको, मो.सा.र मानिसको खो.त.भइरहेको ।

मिति २०८२।०६।११ गते ०५:०० बजे देखि ऐ १२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१२

ज.ज.क./ज.ज.क.उधोग,सुर्खेत, लेकबेशी न.पा.१० बस्ने वर्ष ४० की परिवर्तित  नामथर आ.व.२०८२/०८३ वीरेन्द्रनगर १७ (A) लाई लेकबेशी न.पा.१० बरिपाटी भट्टेघारी स्थित ऐ.बस्ने वर्ष १९ को ललित खड्का मिति २०८२/०६/०२ गते ०५:३० बजे ज.ज.क.गरेको भनी निज पिडितले मिति २०८२/०६/१० गते १३:०० बजे जि.प्र.का.सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल प्र.नि.को कमाण्डमा टोली खटिएको र उक्त व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । सुर्खेत, वीरेन्द्रनगर न.पा.०७ कालिन्चोक स्थित जि. जाजरकोट जुनीचाँदे गा.पा. ०९ घर भई हाल वीरेन्द्रनगर न.पा०७ बस्ने वर्ष २७ की परिवर्तित नामथर आ.व.२०८२/०८३ ६४ वीरेनद्रनगर क १६ लाइ वीरेन्द्रनगर न.पा.०७ कालिञ्चोक स्थित रहेको कोठा भाडामा लिएको कोठामा जि. दार्चुला नौगाड गा.पा ०२ सुन्डमुन्ड घर भई हाल सर्वोच्च अदालत काठमाडौंमा कार्यरत प्रहरी जवान पदमा कार्यरत अं वर्ष २७ को भुपेन्द्रसिंह ठगुन्नाले मिति २०८२/०२/०१ गते राति अ.१०:०० बजेको समयमा ज.ज.क.गरेको भनि निज पिडित ले मिति २०८२/०६/१० गते १३:३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिएको र उक्त व्यक्ति फरार खोजि कार्य जारी कैलाली, मिति २०८२।०५।१८ गते अं.१६:०० बजे, भजनी न.पा.१ गोदाम टोल बस्ने वर्ष १५ की बालिका ऐ.१ स्थित महोन्याल मा.बि.को स्कुल पछाडी महोन्याल सामुदायिक बनमा, स्कुलबाट घर जान लागेको समयमा ऐ.बस्ने वर्ष २० को नोनो बि.क.भन्ने कृष्ण बि.क.लगायत नाम थाहा नभएका अन्य ५ जनाले ज.ज.क.गरेको भनी मिति २०८२।०६।११ गते १०:३० बजे परिवर्तित नाम ०८२।०८३ (१२) क ले  निज अन्यायीहरुलाई आवश्यक कार्वाही गरी पाँउ भनी लिखित जाहेरी दरखास्त दिएकोले उक्त स्थानमा इ.प्र.का.भजनीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई निज बालिकालाई इ.प्र.का.भजनिमा ल्याई स्वास्थ परीक्षणको लागि टिकापुर अस्पताल टिकापुर कैलालीमा पठाईएको, ज.ज.क.गर्ने ब्यक्तिहरु फरार, खो.त.कार्य भईरहेको   कपिलवस्तु, शुद्धोधन गा.पा.१ प्रगतिनगर बस्ने वर्ष अं.१३ की बालिका आफ्नै घरमा आमासँग सुतेकोमा राति पानी तिर्खा लागेर आँगनमा रहेको पानीको धारामा पानी पिउन जाने क्रममा ऐ.बस्ने वर्ष अं.१६ को परिवर्तित नाम ५१(१०) ले उठाई आफ्नो घरमा लगि ज.ज.क.गरेको भनि ऐ.०८:२० बजे प्र.चौ.बगदी कपिलवस्तुमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा पीडित बालिका आमा र भाउजुसँगै सुतेको राति बिस्तारामा नदेखेपछि कहाँ गयो भनि खो.त.गर्ने क्रममा पीडकको घरभित्र लुकेको अवस्थामा निजको आमाले बिहान ०६:०० बजे  फेला पारी दुबै जनालाई  नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जि.प्र.का.कपिलवस्तुमा जाहेरी दिए पश्चात पीडित वर्ष अं.१३ की परिवर्तित नाम ५१(ज)लाई यौनजन्य स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाई पठाईएको र पीडकलाई स्वास्थ्य परिक्षण गरी जि.प्र.का. कपिलवस्तुको नियन्त्रणमा राखी अनुसन्धान कार्य भईरहेको सवारी दुर्घटना सम्बन्धमा,सल्यान, मिति २०८२।०६।१२ गते अं.०४:०० बजेको समयमा जि.सल्यना कपुरकोट गा.पा. ३ चोरखोला स्थित राप्ती राजमार्गमा नामथर नखुलेको चालकले चलाएको रुकुम पश्चिम देखी दाङ तर्फ जादै गरेको लु २ ख ६५०२ नं. को फोर्स गाडी सडक देखी अं. ३००/४०० मिटर तल खस्न गई नाम थर वतन नखुलेको १ महिला  र २ पुरुष को घटनास्थलमा मृत्यु , नाम थर वतन नखुलेको १ महिला र १ पुरुष को टाउँको र शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस,प्रहरी द्वारा उद्धार भईरहेको, गाडीमा सवार यात्रुको संख्या नखुलेको रातको समय भएको कारण अन्य विवरण खुल्न बाकी ,उक्त स्थानमा प्र.चौ.कपुरकोट बाट प्र.स.नि.गोपाल वहादुर वली को कमाण्डमा ट्राफिक सहित ७ जनाको टोली खटिगएको उक्त स्थान प्र.चौ.कपुरकोट बाट अं. ६ कि.मि. दक्षिण पर्ने अन्य वि.वि.पछी ।थप अपडेट:-ऐ. ४:५० बजेको समयमा  थप इ.प्र.का.लुहाम सल्यान बाट प्र.नि. बिरेन्द्र राज गुरुङ को कमाण्डमा ९ जनाको टोली खटिगएको ,उक्त स्थान इ.प्र.का.लुहाम, बाट अं.२६ कि.मि.पुर्व पर्ने ।थप अपडेट:-  ऐ.००:१० बजेको समयमा प्र.चौ.कपुरकोट ,सल्यानको चेकपोन्टमा गाडिमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार रहेको भनि इन्ट्री गरेको ,   ऐ.४:५५ बजे घाईतेहरुको उद्दार गरी थप उपचारको लागी एम्बुलेन्स द्दारा  दाङ तर्फ पठाईएको,साथमा प्र.चौ.कपुरकोट सल्यानमा कार्यरत प्र.ह. बिष्णु श्रेष्ठ खटिगएको(९८६१६८०१३५) ला.औ., कपिलवस्तु, मिति २०८२।०६।१२ गते के-कुन समयमा कोशी गा.पा.०७ केराबारी स्थित पुर्व-पश्चिम राजमार्गमा दक्षिण पट्टि सडकको पेटीमा अ.प्र.चौ. हरिपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोलीले बेबारीसे अवस्थामा अं.१८ बोरा तौल हुन बाँकी ला.औ.गाँजा फेला पारी जि.प्र.का.सुनसरीमा ल्याई राखिएको ।

मिति २०८२।०६।०९ गते ०५:०० बजे देखि ऐ १० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-१०

कर्तव्य ज्यान,सुनसरी, मिती २०८२।०६।०८ गते राति के-कुन समयमा देवानगंज गा.पा.६ बस्ने जवरनाथ मेहताको छोरा वर्ष २५ को देवचरण मेहता के-कसरी घाईते भई नोवेल अस्पताल विराटनगरमा लगेर उपचार भईरेहको, टाउकोमा चोट, अवस्था गम्भीर भएको भन्ने खबर ऐ.०९ गते ०५:४० बजे  प्राप्त हुनासाथ इ.प्र.का.देवानगंजबाट र अ.प्र.चौ.राजगंज सिनुवारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज देवचरण मेहतालाई ऐ.देवानगंज गा.पा.६ बस्ने देवनारायण मेहताको छोरा वर्ष २५ को सन्तोष मेहताले कुटपिट गरेकोले घाईते भएको भन्ने बुझिन आएकोले निज कुटपिट गर्ने सन्तोष मेहतालाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा राखी अनुसन्धान भईरहेको, ऐ.०९ गते  ऐ.१५:१० बजे घाइते देबचरण मेहताको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले नोबेल अस्पतालबाट थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा ऐ.१६:३५ बजे मृत्यु भएको भनी निजको आफन्तबाट जानकारी प्राप्त भएको, शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगरमा पठाईएको ज.ज.क./ज.ज.क.उधोग,बर्दिया, मिति २०८२।०६।०२ गते २३:०० बजे, मधुबन न.पा.६ गाउँ नम्बर ३ बस्ने मानबिर रानाक्षेत्रीको छोरा वर्ष २१ को केशब राना क्षेत्रीले ऐ.राजापुर ४ बस्ने परीवर्तित नामथर नम्बर संकेत नम्बर ६६ राजापुर A को छोरी वर्ष १२ की परीवर्तित नामथर ६६ राजापुर B लाई ललाई फकाई आफ्नै घरमा लगि घरको कोठामा ज.ज.क.गरेको भनी पिडितको आमाले ऐ.०६।०९ गते २०:०० बजे जाहेरी दरखास्त दिनसाथ इ.प्र.का.ढोढरीबाट प्र.नि.को कमाण्डमा टोली खटिएको ज.ज.क.गर्ने ब्यक्ति फरार खो.त.कार्य भईरहेको, पिडितको बर्दिया अस्पताल गुलरीयामा विस्तृत स्वास्थ्य परीक्षण गरी माईती नेपाल गुलरीया पठाएको, अवस्था सामान्य रहेको, शीशु मृत्त फेला,जाजरकोट, नलगाड न.पा.९ घरङगा स्थित बस्ति नजिकै सिस्नो घारीमा अं. ४/५ महिनाको जस्तो देखिने मृत भ्रुण (छोरा) फेला परेको भनि ऐ. बस्ने बद्री बहादुर सिंहले टे.फो. इ.प्र.का. रग्दा जाजरकोटमा जानकारी गराए पश्चात तत्काल इ.प्र.का. रग्दा जाजरकोटबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली खटिएको, उक्त भ्रुण को-कस्को भन्ने खुल्न नआएको, अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का. रग्दा जाजरकोटबाट अ.१२ कि.मि. दक्षीण पर्ने, थप अनुसन्धानको लागी इ.प्र.का. दल्ली जाजरकोटबाट प्र.नि.को कमाण्डमा २ जनाको टोली खटिएको । हात हतियार बरामद,गोरखा, पालुङटार न.पा.-३ मैबल बस्ने बर्ष ६३ को राम बहादुर राना मगरले आफ्नै घरभित्र अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. ठाँटीपोखरी गोरखाबाट प्र.नि. को कमाण्डमा -५ जनाको टोली खटी गई खानतलासी गर्दा निम्न अनुसारको हातहतियार फेलापारी निज मानिस र हातहतियार नियन्त्रणमा लिएको अन्य बि.बि.पछी (०) निम्न :- १) एकनाले भरुवा बन्दुक थान -२ ( एक को लाइसेन्स नभएको ,एकको लाइसेन्स भएको २०५३ सालदेखी नबिकरण नभएको) २) ऐ.ऐ. को नाल थान -१ ३) बारुद जस्तो देखीने धुलो पदार्थ प्लाष्टिकको बोतल भित्र रहेको -१ बोतल ४) फलामको गज थान -४  मानव कंकाल फेला परेको,काठमाण्डौ, तारकेश्‍वर न.पा.१ साङला स्थित बस्ती भन्दा माथि रहेको जङगलमा नाम थर वतन नखुलेको मानव कङकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजुबाट प्र.नि., प्र.ना.उ. कमाण्डमा टोली खटी गएको थप अनुसन्धान कार्य जारी रहेको, उक्त स्थान प्रहरी बृत्त गोली प्रहार,पर्सा, छिपहरमाई गा.पा.५ भिस्व स्थित जयमंगलापुर जाने बाटोमा ऐ.बस्ने मनोज मियाको छोरा वर्ष १५ को गोलु आलम मियाको कम्मरको तल बायाँ साईडमा अपरिचित ब्यक्तिले गोली हानी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.भिस्वाबाट प्र.ना.नि.को र इ.प्र.का.पोखरियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको, अवस्था मध्यम गोली हान्ने ब्यक्तिको खो.त. कार्य भईरहेको ला.औ.,सिरहा, मिर्चैया न.पा.५ मिर्चैया बजारको संस्था चौक स्थितमा ला.औँ नियन्त्रण ब्युरो तथा इ.प्र.का.मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा सार्वजनिक सवारी सधानमा जाँदै गरेको जि.सप्तरी राजबिराज न.पा.७ बस्ने राधा कान्त झाको छोरा वर्ष ४० को दुर्गेश कुमार झा माथि शंका लागि निजलाई तल झारी निजले बोकेको निलो रङको पिठयुमा बोक्ने झोल्लाको माथि चेन खोली ब्याग भित्र स्टिलको बटा भित्र रहेको कालो रंङको प्लाष्टिकमा बेरिएको अबस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ, प्लाटिष्क  सहित ६६ ग्राम ४१० मिलि ग्राम प्लाटिष्क बाहेक ४० ग्राम ७७० मिलि ग्राम र सोही ब्यागमा स्टिलको अर्को बटामा प्लाटिष्क सहित लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ८२ ग्राम १५० मिलि ग्राम र प्लाटिष्क बाहेक ५७ ग्राम २४० मिलि ग्राम सहित फेला परी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको,  सुनसरी, सुनसरी बराहक्षेत्र न.पा. ०५ बिशाल चोक स्थित इ.प्र.का. महेन्द्रनगरबाट प्र.ब.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबाजार तर्फ आउदै गरेको तत्काल नम्बर नखुलेको २२० पल्सर मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा. धरान तर्फ फर्कि भाग्नसाथ प्रहरी टोलीले पछ्याउदा BR 11 BR 7102 नम्बरको RENAULT नामक भारतिय नम्बरको कार पनि रोकी कार चालक उक्त मो.सा.मै सवार भई धरान तर्फ भागेको, खटिएको प्रहरी टोलीले उक्त कार चेकजाच गर्दा ११ वटा प्लाष्टिकको पोकामा( तौल खुल्न बाँकी रहेको) अं. ३०० के.जी. लागू औषध गाँजा फेला परेकोले थप अनुसन्धानको लागि इ.प्र.का. महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटीगई उक्त कार र लागू औषध गाँजा नियन्त्रणमा लिई इ.प्र.का महेन्द्रनगर तर्फ ल्याउदै, फरार रहेका मो.सा., मो.सा.मा सवार दुई जना र कार चालकको खो.त. कार्य भईरहेको ।

मिति २०८२।०६।०८ गते ०५:०० बजे देखि ऐ ०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०९

कर्तव्य ज्यान,काठमाण्डौ, ०८ गते अ. ११:०० बजे चन्द्रागिरी न.पा वडा नं. १ दहचोक खहरे थापागाँउ स्थित जिल्ला काठमाडौँ चन्द्रागिरि नगरपालीका वडा नं. ६ थानकोट घर भई हाल दहचोक खहरे थापागाँउ स्थित माईति घरमा बस्ने बर्ष ६८ की पबित्रा के.सि.लाई आफ्नै घरमा बसि रहेको अवस्थामा छिमेकी जिल्ला काठमाडौँ चन्द्रागिरि नगरपालीका वडा नं. १ दहचोक खहरे थापागाँउ घर भई बस्ने बर्ष ३२ को सरोज थापाले दाउराको चिर्‍पटले टाउकोमा प्रहर गरी हत्या गरेको भनी जानाकारी प्राप्त पश्चात प्र.नि. को कामाण्डमा ७ जनाको प्रहरी टोली  घटना स्थल सुरक्षार्थ खटि गएको थप अनुसन्धानको लगि बृत थानकोटबाट SOCO अनुसन्धान टोली समेत खटि आई घटना स्थल लाश जाँच मुचुल्का कार्य पश्चात पो.मा.को लागि ऐ.१४;४० बजे त्रि.वि. शिक्षण अस्पताल पठाईएको, घटनामा संलग्न बर्ष ३२ को सरोज थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान  कार्य भई रहेको, कारण खुल्न नआएको । न.प.(पूर्व), कावासोती न.पा.८ सगरमाथा टोल स्थित ऐ.बस्ने वर्ष ४२ को सुर्य प्रसाद पाण्डेले (मा.प.से.गरेको) श्रीमती वर्ष ३७ की संगिता पौडेल पाण्डेलाई घरायसी विवादका कारण धारिलो हतियारले (चक्कु) शरिरको विभिन्न भागमा प्रहार गरी ऐ.१८:५० बजे निज श्रीमान आफैँ जि.प्र.का.न.प.(पूर्व) मा आत्मसमर्पण गर्न आएकोले प्र.ना.उ.को कमाण्डमा टोली खटी गई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगेकोमा उपचारको क्रममा ऐ.१९:१५ बजे डाक्टरले मृत घोषणा गरेको, श्रीमान जि.प्र.का.को नियन्त्रणमा रहेको । सुनसरी, इटहरी उपमहानगर पालिका  वडा नं.१६ उब्दी बस्ने बर्ष ४२ को राम कुमार चौधरी लाइ  लेन-देनको बिषयलाइ लिएर बिवाद हुदा ऐ. बस्ने बर्ष अं. ५०।५५ को लाले चौधरीले कुटपिट गर्दा टाउकोमा चोट लागि उपचारको लागि घाइतेको आफन्तले इटहरी स्थित सान्बी सिटि अस्पताल लबिपुरमा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचार भइरहेको भन्ने खबर प्रापत हुन साथ उक्त स्थानमा इप्रका पकली बाट प्रनि लेखनाथ दाहाको कमाण्डमा टोली खटी गई कुटपिट गर्ने लाइ पक्राउ गरी  इप्रका पकलीमा ल्याइ राखिएको निज घाइते राम कुमार चौधरीको उपचारको क्रममा ऐ २३;२०मृत्यु भएको । ज.ज.क./ज.ज.क.उधोग,दाङ, मिति २०८२।०६।०७ गते अं.२१:३० बजे घोराही उ.म.न.पा.१२ हिलेखर्क बस्ने वर्ष १५ की पीडित बालिकालाई आफ्नै घरको तल्लो तलामा सुतिरहेको समयमा ऐ.बटलपुर बस्ने पीडितको मामा नाता पर्ने अं.वर्ष ३१ को पुरुषले ज.ज.क.गरेको भनि पीडितको आमाले  ऐ.०८ गते ०८:३० बजे जि.प्र.का.दाङमा जाहेरी दरखास्त सहित पीडित छोरीलाई साथमा लिई उपस्थित भएको हुँदा उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी दुवै जनाको स्वास्थ्य परिक्षण पश्‍चात पीडित बालिकालाई आमाको जिम्मा लगाई पठाईएको, पीडकलाई जि.प्र.का.दाङको हिरासत कक्षमा राखी अनुसन्धान भईरहेको । ईलाम, मिति २०८२।०६।०६ गते अं.२३:५० बजे सांकेतिक वतन ०३-१-१२  बस्ने (साङ्केतिक नाम ईलाम झ १"०८२/०८३" को श्रीमती वर्ष अं.४३ की सांङ्केतिक नाम ईलाम झ "०८२/०८३" लाई ऐ.बस्ने अं.वर्ष २८ को बिनोद लिम्बु लिङदम र ऐ.बस्ने अं.वर्ष २९ को बिजु भन्ने युबराज लिम्बुले पीडितको घर कोठामा आई कोही नभएको अवस्थामा ज.ज.क.गरेको भनि पीडित आफैले ऐ.०८ गते अं.१७:०० बजे जि.प्र.का. इलाममा जाहेरी दरखास्त दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई दुवै जना पीडकको खो.त.कार्य भईरहेको । प्र.क. झुण्डी मृत्यु,झापा, भद्रपुर न.पा. ८ बस्ने सत्य नारायण राजवंशीको घरमा डेरा गरी बस्ने जिल्ला धनकुटा साघुरीगढी गा.पा. ७  घर, इप्रका बिराटचौक मोरङ दरबन्दी भई कोशी प्रदेश प्रहरी कार्यालय बिपद व्यबस्थापन गुल्म चन्द्रगढी झापामा कार्यरत कम्प्युटर कोड न. ४७०२६१, सङ्केत न.C-००१३३८६९ भएको वर्ष अ. २९ को प्रहरी जवान उमेश राईले के कुन कारण आफु बस्ने कोठाको सिलिङ पङ्खामा नाईलनको डोरीको पासो घाटीमा लगाई झुण्डी मृत अवस्थामा रहेको भनि ऐ. २२:२५ बजे जिप्रका झापामा जानकारी प्राप्त हुन साथ तत्काल प्रसनिको कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखिएको, आफन्तलाई जानकारी भई सकेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जिप्रका झापाबाट प्रनिको कमाण्डमा SOCO सहितको टोली भोली खटि जाने, जानकारीको लागीः- निज मृतकको श्रीमती प्रज मल्लिका राई थुनुवा मृत्यु,. झापा, प्र.का.झापाको हिरासत कक्षमा रहेको ज.ज.क.मुद्धाको थुनुवा जि.झापा भद्रपुर न.पा.२ बस्ने वर्ष ३९ को थपेन्द्र बहादुर कार्की टाउको सम्बन्धि बिरामी भई उपचारको लागी प्रादेशिक अस्पताल लिई गएकोमा सिटी स्क्यान गराउँदा टाउकोमा रगत जमेको देखिएकोले ऐ.१८:३० बजे थप उपचारको लागी बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएकोमा ऐ.२२:१५ बजे उपचारको क्रममा मृत्यु भएको भनि सुरक्षार्थ खटीएको प्र.स.नि.ले जानकारी गराएको, शव सोही अस्पतालमा रहेको । ला.औ., बर्दिया, बढैयाताल गा.पा.२ फुटाह स्थित प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री ऐ.बाँसगढी न.पा.३ लखना बस्ने अं.वर्ष ३१ को शिव प्रसाद थारू, ऐ.बस्ने अं.वर्ष ३० की प्रतिभा थारु र ऐ.बस्ने अं.वर्ष ३१ की रामरती थारूलाई शंका लागि चेकजाँच गर्दा निजहरू मध्ये प्रतिभा थारूको साथबाट १ पुडिया प्लाष्टिक सहित ८ ग्राम ४०० मिलिग्राम र शुद्ध तौल ७ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ ला.औ. र रामरती थारूको साथबाट १ पुडिया प्लाष्टिक सहित  १ ग्राम ७०० मिलिग्राम र शुद्ध तौल १ ग्राम २५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ ला.औ.फेला पारी रितपुर्वक बरामद गरी शिव प्रसाद थारू सहित ३ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.मैनापोखर बर्दिया पठाईएको ।

मिति २०८२।०६।०७ गते ०५:०० बजे देखि ऐ ०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०८

कर्तव्य ज्यान,झापा, बिर्तामोड न.पा. ७ खालबाडी स्थित ऐ. बस्ने वर्ष अं ३५/३६ को फुर्बा तामाङलाई निजकै घरमा ऐ. बस्ने वर्ष २७/२८ को प्रेम कुमार राईले के कुन कारण के कुन धारिलो हतियार प्रहार गरी घटनास्थल मै मृत्यु भएको (कोखामा चोट देखिएको) र धारिलो हतियार प्रहार गर्ने प्रेम कुमार राई लाई स्थानीयले नियन्त्रणमा लिई राखेको भनी ऐ. ०६:३५ बजे जि.प्र.का झापामा जानकारी प्राप्त हुन साथ जि.प्र.का झापाबाट प्र.ना.नि रत्न श्रेष्ठको कमाण्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखेको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का झापाबाट प्र.नि को कमाण्डमा SOCO सहितको टोली खटि गएको  । ज.ज.क./ज.ज.क.उधोग,पाँचथर, मिति २०८२।०५।१८ गते १२:३० बजे फालेलुङ गा.पा.२ तुसारे स्थित ऐ.बस्ने वर्ष ३२ को जिवन अधिकारीले ऐ.बस्ने वर्ष २७ की महिलालाई जबरजस्ती करणी गरेको भनी ऐ.०६।०७ गते जि.प्र.का.मा लिखित जाहेरी दरखास्त प्राप्त हुन आएकोले ज.ज.क मुद्धा दर्ता भई अनुसन्धान कार्य भईरहेको, निज जिवन अधिकारी तत्काल फरार रहेकोले  प्र.चौ.चरिभञ्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेको । हात हतियार बरामद,गोरखा, पालुङटार न.पा.-३ मैबल बस्ने बर्ष ६३ को राम बहादुर राना मगरले आफ्नै घरभित्र अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. ठाँटीपोखरी गोरखाबाट प्र.नि. को कमाण्डमा -५ जनाको टोली खटी गई खानतलासी गर्दा निम्न अनुसारको हातहतियार फेलापारी निज मानिस र हातहतियार नियन्त्रणमा लिएको अन्य बि.बि.पछी (०) निम्न :- १) एकनाले भरुवा बन्दुक थान -२ ( एक को लाइसेन्स नभएको ,एकको लाइसेन्स भएको २०५३ सालदेखी नबिकरण नभएको) २) ऐ.ऐ. को नाल थान -१ ३) बारुद जस्तो देखीने धुलो पदार्थ प्लाष्टिकको बोतल भित्र रहेको -१ बोतल ४) फलामको गज थान -४ । स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा,मोरङ, विराटनगर म.न.पा. १७ स्थित अ.प्र.पोष्ट मटेरुवाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नं.को मो.सा.शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.चालक ऐ.१८ बस्ने वर्ष ४१ को बिरेन्द्र साहले उक्त मो.सा.को बाँया साईडको प्यानलभित्र लुकाई छिपाई ल्याएको स्रोत नखुलेको नेपाली रुपैया रु.१ हजारको नोट थान-२८४ र रु.५ सयको नोट थान-२३३२ गरी जम्मा रकम रु.१४ लाख ५० हजार फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । ला.औ., कञ्चनपुर, अ.प्र.पोष्ट भासी र अ.प्र.पोष्ट नौलाखेत बाट प्र.स.नि.को कमाण्डमा खटि गएको ५ जनाको संयुक्त प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा. ३ तिलकपुर बस्ने वर्ष ६० को राम सिह साउदको घर तथा पसलमा लागु औषध (चरेश) को कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा निज राम सिह साउदको घर तथा शरिरको खानतलासी गर्दा निजको घरको छतमा जाने सिडीमा कालो प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखेको प्लाष्टिक सहित ३२२ ग्राम र प्लाष्टिक हटाइ शुद्ध तौल गर्दा ३१८ ग्राम लागु औषध (चरेश) जस्तो पदार्थ फेला पारी बरामद गर्दा गरी निज राम सिह साउद र निजको छोरा वर्ष २८ को हेमन्त साउदलाइ आवश्यक सोधपुछ तथा अनुसन्धानको लागी जि.प्र.का. कञ्चनपुरको हिरासतमा राखेको  ।

मिति २०८२।०६।०६ गते ०५:०० बजे देखि ऐ ०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०७

ज.ज.क.,प्युठान, गौमुखी गा.पा.७ नारीकोट बस्ने अं.वर्ष  ७३ को थमन सिंह नेपालीले ऐ.स्थित श्री बाल सुधार आधारभुत बिद्यालयमा अध्ययनरत ऐ.बस्ने पिडित अं.वर्ष १२ की वालिकालाई ऐ. बिद्यालयको शौचालयमा गई नजिक ढिकमा बसिरहेको अवस्थामा ललाई फकाई गरी तानेर लगी पिडकले आफ्नै घरमा ज.ज.क.गरेको भनि पीडितको आमाले ऐ.०६ गते अ.१७:०० बजे जि.प्र.का.प्युठानमा जाहेरी दिए पश्चात इ.प्र.का.पुजालीबासेबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडकलाई जि.प्र.का.प्युठानमा ल्याई आ.अ.भईरहेको। GEN Z आन्दोलनको क्रममा जली घाईतेको मृत्यु,पर्सा, मिति २०८२।०५।२४ गते GEN Z को आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले बिरगंज म.न.पा.१३ स्थित रहेको अनिल रोङ्टाको घरमा आगजनी गर्दा निजको घरमा काम गर्ने जिल्ला पर्सा सखुवा पर्सौनी गा.पा.२ बस्ने लाल बाबु हजाराको श्रीमती अं.वर्ष ४५ की शोसिला देवीको शरिरको विभिन्न भाग (९० प्रतिशत) जली गम्भीर घाईते भइ उपचारको लागि नारायणी मेडकल कलेज बिरगंजमा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि किर्तिपुर बर्न अस्पताल काठमाण्डौ पठाई उपचार भइरहेकोमा मिति २०८२।०६।०६ गते अं.०९:२२ बजे उपचारको क्रम मृत्यु भएको। मानव कंकाल फेला परेको,मोरङ, बिराटनगर महानगरपालिका ६ स्थित रहेको भाटभटेनीमा मिति २०८२।०५।२४ गते Gen-z को अन्दोलनमा आग्जनि भइ क्षति भएको भाटभटेनि भाटभटेनिको कर्मचारिले सफा गर्ने क्रममा  दोस्रो तल्लामा पूर्णरुपमा जली नचिनिने अवस्थाको कंकाल फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को कमाण्डमा र  जि.प्र.का.मोरङबाट प्र.उ.को  कमाण्डमा टोलि खटि गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा पो.मा.पश्चात ऐ.६ गते १४:३५ बजे उक्त लास पो.मा.पश्चात विराटनगर महानगरपालिकाले सदगत गरेको । बुलेट राउण्ड फेला,नुवाकोट, बिदुर न.पा.४ हावाघर पार्क परिसर भित्र रहेको मानिस बस्ने फलामको टेबल माथि कालो रङको हेर्दा कानमा सुन्ने एरपोटको डिपब्बा भित्र 7.62 बुलेट ६ राउण्ड ऐ.बस्ने स्थानीयहरुले देखि जि.प्र.का.नुवाकोटमा जानकारी गराउनासाथ जिजि.प्र.का.नुवाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक कानुनी प्रकृया पुरा गरि ऐ.१३:३० बजे जि.प्र.का.नुवाकोटमा ल्याई राखिएको । हा.ह.बरामद,बारा, निजगढ न.पा.१० लालगाउँमा झैँ-झगडा भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प लालबाट सशस्त्र प्रहरी नायब निरीक्षक थानबहादुर खड्काको कमाण्डमा  टोली गई बुझ्दा घटनास्थलमा रहेका झगडा गर्ने व्यक्तिहरू  फरार रहेको र सो स्थानमा एकनाल भरुवा बन्दुक फेला परेको भनि ऐ.२३:०० बजेको समयमा अ.प्र.पोष्ट रतनपुर बारामा जानकारी गराउनसाथ अस्थायी प्रहरी पोष्ट रतनपुरबाट प्र.स.नि.को कमाण्डमा  टोली खटी गई उक्त फेला परेको १ (एक) नाल भरुवा बन्दुक बरामद गरी अ.प्र.पोष्ट रतनपुर बारामा ल्याई राखिएको अन्य थप अनुसन्धान  कार्य भइरहेको । तेजाव (ACID) प्रहार,मोरङ, बिराटनगर म.न.पा.०९ धोवियारी बस्ने संन्तोष साहको श्रीमती वर्ष २९ की रागिनी साहलाई निजको देवर अं.२२ को छोटु भन्ने श्रवन साहले  सामान्य बिबाद हुदा अनुहारमा तेजाव (ACID) प्रहार गरी घाईते भई न्युरो अस्पताल बिराटनगरमा ल्याई उपचार भई‍रहेको, अवस्था सामान्य, उपचारमा निजको श्रीमान संग्लन रहेको भन्ने सोही अस्पतालमा खटिएको प्र.क.ले जि.प्र.का.मोरङमा जानकारी गराउनासाथ CRV घोघापुलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज छोटु भन्ने श्रवन साह फरार रहेको खो.त.भईरहेको । ला.औ.,पर्सा,  पोखरिया न.पा.७ जगतपुर मननपुर गाउँ स्थित बिषेश सुराकीको आधारमा बि.ओ.पि. प्रसौनी भाठ्ठा बाट खटी गएका स.प्र.नि. चेतन बाह्रकोटीको कमाण्डमा ६ जनाको मो.सा. गस्ती टोलीले सानो बाख्रा राखेने फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा २० के.जि.(२ वटा कालो झोला भित्र कार्टुनमा) अबैध लागु औषध चरेस फेला परेको तथा मानिस फेला नपरेको उक्त ला.औ. मुचुलका पश्चात आवश्यक कार्वाहिको लागि ई.प्र.का.पोखरियामा १३:०० बजेको समयमा बुझाइएको ।  बारा, जितपुर सिमरा उ.म.न.पा.२१ अमलेखगंज स्थित इ.प्र.का.अमलेखगंजको कार्यालय अगाडि चेक प्वाईन्टमा इ.प्र.का.अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले मकवानपुरबाट बिरगंज तर्फ आउदै गरेको बा २ ख ९५६९ नं.को मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रृपालले ढाकी लुकाई छिपाई राखेको २८ पोका ला.औ.गाँजा (प्लाष्टिक सहित अं.२३६ किलो ७५० ग्राम फेला पारी उक्त गाँजा, मिनि ट्रक र मिनि ट्रक चालक जि.मकवानपुर कैलाश गा.पा.१० बस्ने सानुलाल रुम्बाको छोरा अं.वर्ष ३८ को रमेश रुम्बालाई समेत नियन्त्रणमा लिई इ.प्र.का.अमलेखगंजमा राखिएको ।

मिति २०८२।०६।०५ गते ०५:०० बजे देखि ऐ ०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०६

कर्तव्य ज्यान,काभ्रेपलान्चोक, पनौती न.पा.१२ गागल स्थित पाखोबारीमा ऐ.ऐ.बस्ने सन्त ब.तामाङको श्रीमती अं. वर्ष ३२ की जमुना तामाङ आफ्नो घरदेखि ५०० मिटर उत्तर तर्फ खाल्डोमा गाडिएको अबस्थामा मृत लास रहेको छ भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्र.चौ. रोशीभुमिडाँडा काभ्रेबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको र इ.प्र.का.बनेपा बाट प्र.ना.उ.रामेश्वर त्वाती (९८५१२५४५३१) को कमाण्डमा SOCO अधिकृत,फरेन्सिक बिभागको विशेषज्ञ डाक्टर सहितको टोली खटि गएको,अन्य अनुसन्धान कार्य भैरहेको, निजको श्रीमान / श्रीमती मिति २०८२।०६।०३ गते बिहान ०३:०० बजे देखि हराएको भनी सन्त ब.तामाङको भाई श्याम कुमार तामाङले ऐ.०६।०४ गते प्र.चौ.रोशीभुमीडाँडामा हुलिया परिपत्र सहितको निवेदन दिएको, सन्त ब.तामाङ ( ज.ज.क.मुद्दा ) मिति २०८२।०५।२४ गते नख्खु कारागारबाट फरार भएको भन्ने बुझिएको, निजको श्रीमान फरार रहेको, खो.त. कार्य भईरहेको । ज.ज.क./ज.ज.क.उधोग,सर्लाही, लालबन्दी न.पा.१ पलार टोल बस्ने वर्ष ३५ की महिला घर नजिकैको आफ्नै बारीमा घाँस काट्ने क्रममा ऐ.बस्ने वर्ष २० को विश्वजित महतोले ज.ज.क.उद्योग गरेको भन्ने खवर प्राप्त हुनासाथ इ.प्र.का.नवलपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई विश्वजित महतोलाई नियन्त्रणमा लिई  इ.प्र.का.नवलपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,पीडित भनिएको महिलालाई बाहिरी चोट नभएको छाती,टाउको,पेटमा दुखेको भनी जानकारी गराएको,उपचारको लागि बि.एण्ड.आर अस्पतालमा  लगी उपचार भइरहेको, अवस्था मध्यम ।धारिलो हतियार प्रहार,सुनसरी, धरान उ.म.न.पा. १७  बस्ने  सुलोचना राईको छोरा वर्ष २० को निशान राईलाई आफ्नै घरमा सुती रहेको अवस्थामा ऐ.१७ बस्ने वर्ष २१ को ओबिन राई, ऐ.बस्ने सुजन तामाङ, ऐ.११ बस्ने बोबो लिम्बु र ऐ.बस्ने हडबडे समेतले मो.सा.मा आई धारिलो हतियार प्रहार गरी मो.सा.मा चढी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.धरानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईते निशान राईलाई उपचारको लागी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको, घाईतेको पेट, ढाड र बाँया कुम, कुहिना, नाडी र दायाँ हातको कुहिनामामा चोट,  अवस्था गम्भीर, ऐ.२२:४५ बजे धारिलो हतियार प्रहार गर्ने  ओबिन राई (खुकुरी सहित) टाउको र बाँया हातको चोरी औंलामा चोट, अवस्था सामान्य र ऐ.११ बस्ने वर्ष २२ को देवान राईलाई अनुसन्धानको लागी नियन्त्रणमा लिई इ.प्र.का. धरानमा ल्याई थप अनुसन्धान भई रहेको । गोली लागी घाईते,जुम्ला, मिति २०८२।०६।०३ गते अं.२३:०० बजे जि.कालिकोट माहावै गा.पा.३ डिल्लिकोट बस्ने नन्द सिंहको छोरा वर्ष अं.१७ को कृष्ण सिंहको दाईने खुट्टामा चोट लागी घाईते भई उपचारको लागी निजको दाई नाता पर्ने लोकेन्द्र सिंहले ऐ.०५ गते बिहान ०३:०० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याई भर्ना भएकोमा ऐ.१९:०० बजे खुट्टाको अप्रेशन गर्ने क्रममा डाक्टरले सोधपुछ गर्दा निज घाईतेले ऐ.स्थित राता भन्ने स्थानमा नाच हेरी घर फर्कने क्रममा बाटोमा हिडिरहेको अवस्थामा भालुलाई राखेको बन्दुकको पासो एक्कासी पड्की दाईने खुट्टाको घुँडा भन्दा तल तिग्राको मासुको भागमा गोली लागेको भनी जानकारी गराए पश्चात डाक्टरले ऐ.प्रतिष्ठानमा कार्यरत प्र.ह.लाई जानकारी गराउनासाथ जि.प्र.का. जुम्लामा जानकारी गराएको, घाईतेको अवस्था मध्यम, उपचार भईरहेको को-कस्ले पासो राखेको भन्ने नखुलेको । कैदी मृत्यु,चितवन, भरतपुर म.न.पा. २३ घैलाघारी चौतारी बस्ने वर्ष ३४ को कुमार हरिजन आफ्नै घरमा खाना खाएर सुतेकोमा सुतेकै ठाउँमा मुत्यु भएको भनी भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कृष्णचोकबाट प्र.ह.र इ.प्र.का. गितानगरबाट प्र.नि.कोकमाण्डमा टोली खटी गएको,  मृतक ज.ज.क. मुद्दामा ११ वर्ष कैद सजाय भई चितवन कारागारमा रहेकोमा ०८२/०५/२५ गते कारागारबाट भागेको भनी खुल्न आएको । ला.औ., न.प.(पश्चिम ), रामग्राम न.पा. २ दुर्गा टोल बस्ने अं.वर्ष १९ को शाहरूख कुरैसीको घरमा विभिन्न प्रकारको ला.औ. लुकाई छिपाई राखेको भनि हेल्लो सरकारको उजुरी मार्फत खबर प्राप्त हुनासाथ उक्त स्थानमा जि.प्र.का. नवलपरासीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको घरको कोठामा खानतलासी गर्दा Onerex 107 bottles, Nitravet 630 tablates र Spasmo 3942 capsules ला.औ. फेला पारी उक्त ला.औ. सहित निज शाहरूख कुरैसीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको ।

मिति २०८२।०६।०४ गते ०५:०० बजे देखि ऐ ०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०५

प्र.क.झुण्डी मृत्यु,रूपन्देही, राप्तीसुनारी गा.पा.३ घर वतन भएका प्र.चौ.घमी मुस्ताङ दरबन्दी भई लु.प्र.प्र.ता.के.बुटवल रुपन्देहीमा कार्यरत (क.कोड नं. ४९४६८४) को अं.वर्ष २४ को प्र.ज. श्याम चौधरी पुर्व पट्टी पेरिमिटर भित्र बाधापार एरियामा सिन्दुरेको रुखमा तन्नाको पासो लगाई झुण्डि पासो चुडी जमिनमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मंगलापुर बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ज.ज.क.,तनहुँ, भानु न.पा. ३ तुरतुरे स्थित श्रेष्ठ मेडिकल हलमा भानु न.पा. ३ तुर्लुङ्कोट बस्ने वर्ष १४ की बालिकालाई खुट्टाको घाउ चेकजाँच गराउने क्रममा उक्त मेडिकलमा कार्यरत चिकित्सक (MBBS डाक्टर)  जि.सिराहा लहान न.पा. १२ स्थायी वतन भएका वर्ष ४१ को सुमित शाहले ज.ज.क. गरेको भनी प्र.चौ.तुरतुरेमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई दुबै पीडित र पीडकलाई स्वास्थ्य परीक्षणको लागि प्रदेश अस्पताल दमौली तर्फ लगिएको । झापा, मिति २०८२।०६।०२ गते अं.१४:०० बजे भद्रपुर नगरपालिका वडा नं.२ पृथ्वीनगर पाण्डे चोक बस्ने वर्ष ३९ को थपेन्द्र बहादुर कार्कीले ऐ.बस्ने वर्ष २२ की किशोरी (सानै देखि अपाङ्ग/ फरक क्षमता भएकी) लाई पीडितको घर कोठामा सुतेको स्थानमा ज.ज.क.गरी फरार भएको भनी मिति २०८२।०६।०४ गते १६:०० बजे जि.प्र.का.झापामा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.झापाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान भई रहेको । संखुवासभा, चैनपुर न.पा.३ स्थित ऐ.बस्ने वर्ष १४ की बालिकालाई आफ्नै हजुरबुबा वर्ष ६९ को पुरुषले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.चैनपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई ई.प्र.का.चैनपुरमा राखी आ.अ.भईरहेको । पाल्पा, रामपुर न.पा.४ बस्ने वर्ष २२ की महिलालाई मिति २०८२।०३।२५ गते ऐ.रामपुर न.पा.५ रानाटोल बस्ने वर्ष  २० को अशिल श्रेष्ठले आफ्नै घरमा बोलाई ज.ज.क.गरेको र मिति २०८२।०५।१५ गते ऐ.रामपुर न.पा.४ दधरान बस्ने वर्ष २० को प्रबेस मल्लले समेत निज पिडितलाई ऐ.५ स्थित रहेको खाजा नास्ता पसल बोलाई ज.ज.क.गरेको भनी मिति २०८२।०६।०४ गते २०:४५ बजे जि.प्र.का.पाल्पामा गई लिखित जाहेरी दिएको हुँदा इ.प्र.का.रामपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न आरोपित निजहरु दुबै जनालाई पक्राउ गरी जि.प्र.का पाल्पामा ल्याई आ.अ.भइरहेको । बिदेशी नागरिक मृत्यु,हुम्ला, NRI USA नागरिक वर्ष ६४ की DAXA ROHIT KUMAR, निजको श्रीमान ROHIT KUMAR र निजको देवर VASANT RANCHHODBHAI PATEL गरी ३ जना ब्यक्ति अमेरिका देखि चिनको बेईजिङमा September 8 मा आई मिति २०८२।०६।०४ गते चिनको दार्चिन भन्ने स्थानमा अक्सिजनको कमिको कारणले गर्दा वर्ष ६४ की DAXA ROHIT KUMAR बिरामी भई चिनबाट हिल्सा ल्याई कैलाश एयरको हे.क.द्वारा ऐ.१७:५० बजे हिस्साबाट Take up भई ऐ.१८:१० बजे सिमकोट Airport मा land भई जिल्ला अस्पताल सिमकोट लगेकोमा ऐ.१९:०० बजे डा.ले चेकजाँच गर्दा मृत्यु भईसकेको भनि जानकारी राएको, शव सोही अस्पतालको शव गृहमा राखिएको । ला.औ., रौतहट, ईशनाथ न.पा.८ मनसरी स्थित प्र.चौ.रामपुरखापबाट प्र.स.नि.को कमाण्डमा खटीएको गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा तरकारी लोड भएको प्रदेश न.३-०१-०२२ च १८६१ नं.को पिकअप गाडीको चालक (हाल नाम थर नखुलेको) प्रहरी टोलीलाई देख्नासाथ पिकअप गाडी छाडी फरार भएकोमा उक्त तरकारी लोड भएको  पिकअप गाडी शंका लागी नियन्त्रणमा लिई जि.प्र.का.रौतहटमा ल्याई चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको ३३४ के.जि.ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित पिकअपलाई समेत नियन्त्रणमा लिई   जि.प्र.का.रौतहटमा राखिएको, पिकअप चालक फरार, खो.त.कार्य भईरहेको  ।

मिति २०८२।०६।०३ गते ०५:०० बजे देखि ऐ ०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०४

कर्तव्य ज्यान,बाँके, नेपालगंज उ.म.न.पा.५ फुलटेक्रा स्थित ऐ.बस्ने वर्ष २० को अप्रम बेहेना(साला) र ऐ.बस्ने निजको भेना वर्ष ४० को अज्मत अलि बेहेना बिच ब्यापारिक कारोबारको बिषयलाई लिएर झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.नेपालगंजबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त झै-झगडाबाट अप्रम बेहेना पक्षका ४ जना (सामान्य घाईते) र अज्मत अलि बेहेना पक्षका ऐ.बस्ने वर्ष ५२ को जाबिर अलि बेहेना (गम्भीर) समेत ५ जना (अन्य ४ जना समान्य) गरी दुबै पक्षका ९ जना मानिस घाईते भई उपचारको लागि संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि.नेपालगंज बाँकेमा पठाएकोमा ३ जना उपचार पश्चात डिश्चार्ज भएको, ऐ.१४:३० बजे गम्भीर घाईते जाबिर अलि बेहेनाको उपचारको क्रममा डा.ले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, झै झगडा तथा कुटपिटमा संलग्न अप्रम बेहेना पक्षका  ऐ.नेपालगंज उ.म.न.पा.५ बस्ने वर्ष ३२ को गोलु भन्ने चाँद बाबू वेहना समेत ४ जना मानिसहरूलाई सोधपुछको लागि नियन्त्रणमा लिइ जि.प्र.का.बाँकेमा राखेको, जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा टोली संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि.नेपालगंज खटी गई कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि भेरी अस्पताल नेपालगंज बाँके  पठाएको, घाईते मध्ये ४ जना आफुखुसी अस्पतालबाट हिडेका, १ जनाको उपचार भइरहेको, अवस्था समान्य रहेको । ज.ज.क./ज.ज.क.उधोग,बर्दिया, मिति २०८२।०६।०२ गते अं.१९:३० बजे, बारबर्दिया न.पा.२ लठवा बस्ने वर्ष ६ की बालिकालाई ऐ.बस्ने अं.वर्ष ४२ को कृष्ण थारुले ललाई फकाई पीडितको घरको छतमा लगि ज.ज.क गरेको भनि पीडितको आमाले ऐ.३ गते १४:०० बजे इ.प्र.का.बानियाभारमा जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडित र पिडक दुबै जनालाई बिस्तृत स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरीया पठाएको । दाङ, मिति २०८२।०६।०२ गते अं.१७:०० बजे घोराही उ.म.न.पा.१ रामपुर बस्ने वर्ष ११ की (सानै देखी दाहिने खुट्टा र दाहिने हातको अपाङ्ग, कमजोर मनस्थितिकी भएकी) बालिकालाई ऐ.बस्ने वर्ष ६६ को चेतनाथ पाण्डेले बिभिन्न प्रलोभन देखाई बाल यौन दुर्व्यवहार गरेको भनी पिडितको आमाले ऐ.२१:०० बजे किटानी जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज चेतनाथ पाण्डेलाई पक्राउ गरी जि.प्र.का.दाङमा राखि आ.अ.भईरहेको, पिडितको अवस्था सामान्य रहेको प्र.क सम्बन्धी,कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडा घर भई सु.प.प्र.प्रहरी गण धनगढी दरबन्दी भई जि.प्र.का. कैलालीमा कार्यरत (क.को.नं. ४८३२४४) बर्ष २५ को प्र.ज. दल ब. भण्डारीले ऐ.ऐ. २ सन्तोशी टोल स्थित डेरा गरी बस्ने घरको शौचालयमा दोपट्टाले पासो लगाई झुण्डिएको अवस्थामा श्रीमतिले देखि पासो फुकाली उपचारको लागी निसर्ग अस्पताल धनगढी ल्याईएकोमा ऐ. १८;२५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको  । कुटपिट/धारिलो हतियार प्रहार,धनुषा,  धनुषाधाम न.पा.८ केसरकुट्टी बस्ने चन्देश्वर ठाकुरको श्रीमती अं.वर्ष २० की संजना ठाकुर र ऐ.बस्ने (निज चन्देश्वर ठाकुरको दाई)धनेश्वर ठाकुरको श्रीमती अं.वर्ष २५ को संगिता ठाकुर बिच घरायसी विषयमा वाद-वादविवाद तथा कुटपिट हुदा उक्त कुटपिट छुटाउन जादाँ चन्देश्वर ठाकुरले बन्चरोले प्रहार गर्दा जि.धनुषा धनुषाधाम न.पा.८ केसरकुट्टी बस्ने चन्देश्वर ठाकुरको बुवा अं.वर्ष ६० को लटु ठाकुरको टाउकोमा चोट ,अवस्था गम्भीर र ऐ.बस्ने चन्देश्वर ठाकुरको भाई अं.बर्ष ३५ को धनेश्वर ठाकुरको टाउकोमा चोट,अवस्था मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.यज्ञभुमीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाइतेहरु दुबै जनालाई ओम दिर्घायु अस्पताल जनकपुरमा उपचार भईरहेको । ला.औ.,महोत्तरी, मनरा शिस्वा न.पा.४ साढा स्थित सढाबाट मनरा जाने बाटो नजिक ऐ.बस्ने संजय मण्डलको पराल र ऐ.बस्ने मोली मण्डलको गहुँको भुँसको थुप्रोमा ला.औ.लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा प्र.चौ.मनराकट्टीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई उक्त पराल र भुँसको थुप्रोमा लुकाई छिपाई राखेको अवस्थामा रहेको अं.१४० किलो (१० बण्डल) ला.औ.गाँजा जस्तो देखिने फेला पारी प्र.चौ.मनराकट्टीमा ल्याई राखिएको, उक्त ला.औ.को कस्ले लुकाई छिपाई राखेको हो एकिन नभएको, थप आ.अ.भईरहेको ।  धनुषा,  विदेह न.पा.३ गोब्राही गाउँबाट १.५ कि.मि.पश्चिम पर्ने बाँसको बगैचामा जोगिन्द्र साहको भुस राख्ने टहरामा प्लाष्टिक सहितको २९ पोका (८३५ के.जी.) ला.औ.गाँजा भुसले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दुहबीबाट प्र.ना.नि.को कमाण्डमा र स.प्र.बल नेपाल नं.८ गण हेक्वा जनकपुरबाट स.प्र.नि.को कमाण्डमा र प्रस्तावित सिमा सुरक्षा गुल्म मैनाथपुरबाट स.प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले फेला पारी नियन्त्रणमा लिई ऐ.१५:०० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेक्वा जनकपुर मुजेलियामा ल्याई राखिएको, गाँजा ऐ.१८:१५ बजे सशस्त्र प्रहरी बल नेपाल नं.८ गण हेक्वा जनकपुर मुजेलियाले जि.प्र.का.धनुषामा बुझाएको ।

मिति २०८२।०६।०२ गते ०५:०० बजे देखि ऐ ०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०३

प्र.क.मृत्यु,कैलाली, इ.प्र.का.टिकापुर कैलाली दरबन्दी भई जि.प्र.का.मा कार्यरत कं.को.नं. ३९२९४७ को प्रहरी हवल्दार राजेन्द्र सिंह ऐ.१ गते २०:०० बजे सामान्य ज्वरो आउने र स्वासप्रस्वासमा समस्या आई उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा गई चेकजाँच गर्दा निजको छातीमा दाग देखिएको र रगत, दिशा पिसावमा इन्फेक्सन, बिपि-लो देखिएकोले सोही अस्पतालको भेन्टिलेटरमा राखी उपचार भईरहेकोमा ऐ.२ गते १३:२५ बजे उपचारको क्रममा मृत्यु भएको । ज.ज.क.,काठमाण्डौ, मिति २०८२।०६।०१ गते अं.१८:३० बजे जि.का.कागेश्वरी मनोहरा न.पा ०४ नेपाल टेलिकम नजिकै जि.रामेछाप घर भई ऐ.स्थान आफ्नै घर भई बस्ने अं. वर्ष २१ को हिरा तामाङले जि.कास्की घर भई का.जि.कागेश्वरी मनोहरा न.पा ०५ थली बस्ने अं. वर्ष ११ की बालिकालाई ज.ज.क. गरेको भन्ने ऐ.०२ गते अं.१५:३० बजे प्रहरी प्रभाग साँखुमा खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई प्रहरी बृत्त बौद्ध पठाइएको, अ.अ.कार्य जारी, बालिका र बालिकाको परिवार प्रहरीको सम्पर्कमा रहेको । धादिङ, मिति २०८१।१२।१६ गते अं.१७:३० बजे बेनिघाट रोराङ गा.पा.३ ओरवाङ बस्ने जाहेरवालाको वर्ष १४ की नावालिका छोरी परिवर्तित नाम जिल्ला-२४ गजुरी (१४)०८२/०८३ लाई प्रतिवादी ऐ.बस्ने वर्ष ३२ को जगत कोईरालाले ऐ.३ महघारी स्थित जंगलमा बाख्रा चराउनको लागी गएको बेलामा फकाई फुलाई (रु.३००) पैसा दिई जबरजस्ती करणी गरेको भनि मिति २०८२।०६।०१ गते इ.प्र.का.बेनिघाटमा खबर प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई नियन्त्रणमा लिई इ.प्र.का. गजुरीमा ल्याई मिति २०८२।०६।०२ गते मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको । हा.ह.बरामद,काठमाण्डौ, का.म.न.पा.१५ सानो भर्‍याङ चोक नजिक फोहोर फाल्ने ठाँउमा प्रहरी बिट हलचोकबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जेनजीको आन्दोलनको क्रममा लुटपाट तथा हराएको रिवल्भर पेस्तोल थान-१, 9mm बेरेटा पेस्तोलको राउण्ड -२३ राउण्ड र SLR को खाली म्याग्जिन थान १  फेला पारी  फेला पारी प्रहरी वृत्त स्वयम्भुमा बुझाएको । काठमाण्डौ, का.म.न.पा.१२ टेकु स्थित फोहोरमैलामा जि.मकवानपुर थाहा न.पा.०६ घर भई त्रिपुरेश्वर बस्ने वर्ष १९ को रोहन देउलाले काम गर्ने क्रममा MODEL V22 Madiam Italy थान १ पेस्टोल फेला पारी प्रहरी प्रभाग बल्खुबाट खटी गएको प्र.ना.नि.सहितको टोलीलाई बुझाई प्रहरी वृत्त कालिमाटीमा राखिएको ।                    भक्तपुर, सुर्यविनायक न.पा. ८ जगाती स्थितमा रहेको प्रहरी वृत्त जगातीमा जेन्जी आन्दोलनकारीले आगो लगाई वृत्त जगातीमा राखिएको हतियार लुटि लगिएकोमा जि.भक्तपुर सुर्यविनायक न.पा ८ जगाती स्थित चाईनिज ईट्टा भट्टा नजिकमा छ भनि ऐ.०२ गते १९:३० जि.भक्तपुर सिपाडोल बस्ने बिकास मानन्धरले जानकारी गराए पश्चात वृत जगातीबाट खटी गएको प्र.ना.नि.को टोलीले MV13273H नं. को सटगन फेला पारी वृत्त जगातीमा ल्याई राखिएको। ला.औ., मोरङ, बिराटनगर म.न.पा. ८ यादवचोक देखि भतिगंज जाने बाटोको साइडमा चालक नभएको अवस्थामा प्रदेश १-०२-००१ च १६६६ नं.को कार रोकी राखेको अवस्थामा व.प्र.का.हाटखोला र जि.प्र.का.मोरङमा प्र.नि.को कमाण्डमा खटी गएको टोलीले चेकजाँच गर्दा कार भित्र १५ बोरा गाँजा रहेकोमा चालक फरार खो.त.भईरहेको, कार र गाँजा नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई राखिएको ।

मिति २०८२।०६।०१ गते ०५:०० बजे देखि ऐ ०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०२

ज.ज.क./ज.ज.क.उधोग,मकवानपुर, मिति २०८२।०५।३१ गते अं. १३:०० बजे जि.मकवानपुर बागमती गा.पा. ५ पाथीभरा राईटोल बस्ने अं.वर्ष ४२ को पुरूष ब्यक्तिले आफ्नै छोरी अं.वर्ष १० की बालिकालाई घरमा कोही नभएको अवस्थामा यौन दुर्ब्यवहार गरेको भनि निज बालिकाले आफ्नो दिदी र बाजेलाई भनेपछि ऐ.०१ गते अं.०८:४५ बजे इ.प्र.का.फापरबारीमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई निज पीडक र पीडित दुबै जनालाई थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाईएको । मकवानपुर, हेटौडा उ.म.ना.पा. १२ बिचरोड बस्ने अं.वर्ष ५५ को दिर्घ नारायण श्रेष्ठले ऐ.बस्ने वर्ष ०६ की बालिकालाई वाल यौन दुर्ब्यवहार गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पदमपोखरीबाट प्र.ना.नि.को कमाणडमा टोली खटी गई निज दिर्घ नारायण श्रेष्ठलाई नियन्त्रणमा लिइ जि.प्र.का.मकवानपुर पठाएको, बालिकाको अबस्था सामान्य रहेको ।हा.ह.बरामद,बांके, नेपालगंज उ.म.न.पा.१३ रामलिला मैदान नजिकै बाल मन्दिर पछाडी पर्खालको छेउमा बेवारिसे अवस्थामा  भरुवा बन्दुक  रहेको भन्ने खवर प्राप्त हुनासाथ व.प्र.का.नेपालगंजबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१६:१५ बजे मुचुल्का गरी थान १ भरुवा बन्दुक व.प्र.का.नेपालगंज बाँकेमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।ला.औ.,भोजपुर, हतुवागढी गा.पा.९ ज्यामिरेभञ्ज्याङ स्थितमा प्र.चौ.हसनपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलीले घोडेटारबाट चुवार तर्फ जाँदै गरेको यामाहा कम्पनीको FZ को.३७ प ४५७८ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि.भोजपुर हतुवागढी गा.पा.१ घर भई जि.झापा  शिवसताक्षी न.पा.७ बस्ने वर्ष २९ को रुद्र बहादुर कामी लगायत ३ जनालाई अं.१२ के.जि.ला.औ.गाँजा सहित नियन्त्रणमा लिई प्र.चौ.हसनपुरमा ल्याई राखिएको ।  बाजुरा, बडीमालिका न.पा.९ बाउली एरियामा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले कोल्टी मार्तडी सडक खण्डमा कोल्टीबाट मार्तडी तर्फ सडकमा संकास्पद रुपमा हिँडीरहेको अवस्थामा ऐ.बुढीनन्दा न.पा.१० बस्ने वर्ष २८ को बिरेन्द्र थापालाई चेकजाँच गर्दा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ  १.५६० (१ किलो पाँच सय साठी ग्राम) फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०५।३१ गते ०५:०० बजे देखि २०८२।०६।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-०१

शिशु मृत फेला,दाङ, जि.दाङ तुलसीपुर उ.म.न.पा. १० पड्ढा स्थित डबरा कुलो(सिचाँइ गर्ने)ले सालनाल सहितको नवजात शिशु पुरुष लाइ बगाई खुसिराम चौधरीको धानखेतमा केही भाग सडिगलेको छ भन्ने स्थानिय राजकुमारी चौधरीले प्र.चौ.उरहरी दाङमा खवर गर्ना साथ तत्काल प्र.नि. विनोदराज खत्रीको कमाण्डमा ७ जनाको टोली खटिएको । ज.ज.क.,काठमाण्डौ, जि.ललितपुर ललितपुर म.न.पा.२ बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०५।२८ गते राती ७।८ बजेदेखि मिति २०८२।५।२९ गते ६।७ बजे छोरी महिनावारी भएको समयमा अत्याधिक रक्तश्राप भई रगत नरोकिने बिरामी भएको हुँदा प्रतिवादी का.जि.कागेश्वरी मनोहरा न.पा.७ बस्ने धामी रामचन्द्र ढुङगानाको घरमा झारफुक गर्नको लागि गएको समयमा प्रतिवादीले निजको घरमा नै २९ गते १९:२४ बजे पीडितलाई ज.ज.क.गरी सो कुरा कसैलाई भने देउता लगाइ मारिदिने भनी डर त्रास देखाएको हुँदा निजलाई कानुनी कारवाही गरी पाँउ भनी जाहेरी दरखास्त प्राप्त भए पश्चात निज प्रतिवादीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको धादिङ, मिति २०८२।०५।२५ गते अं.१६:०० बजेको समयमा जिल्ला धादिङ निलकण्ठ न.पा-११ लामस्थान स्थित आफ्नै दिदिको घरमा बर्ष २९ की परिवर्तित नाम धादिङ २४(७७)०८२०८३ लाई ऐ.ऐ.बस्ने नर बहादुर नगरकोटीको छोरा बर्ष ३१ को खिल बहादुर नगरकोटीले ज.ज.क.गरी फरार रहेको भनि तिमि २०८२।०५।२७ गते जि.प्र.का.धादिङमा जाहेरी प्राप्त भएको,पिडित महिलालाई शरिरमा रगतको मात्रा कमि भई जिल्ला अस्पताल धादिङमा उपचार भईरहेकोमा आज मिति २०८२।०६।०१ गते अं.०१:२० बजे उपचारको क्रममा मृत्यु भएको,लाश जिल्ला अस्पतालमा नै रहेको । अछाम, साँफेबगर न.पा.४ स्थित पेट्रोल पम्प नजिक झै-झगडा भएको छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा ई.प्र.का साँफेबगरबाट प्र.स.नि.को कमाण्डमा-३ जनाको प्रहरी टोली खटि गई बुझ्दा ऐ. ४ जनकल्याण टोल बस्ने जय भुलको छोरा बर्ष अं.३२ को महेश भुलले ऐ.खालसैन वर्ष १३ की बालिकालाई ललाई फकाई गरी ऐ.स्थित शिसमघारीमा लगी ज.ज.क.गरेको भन्ने बुझिन आएकोले  निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय अछाम पठाईएको  बालबन्दीबाट फरार,मोरङ, विराटनगर म.न.पा.३ स्थित बालसुधार गृह विराटनगरमा कानुनी विवादमा परी थुनामा रहेका जि.ताप्लेजुङ दोखु गा.पा.२ बस्ने वर्ष १८ को (कर्तव्य ज्यान बाल बिज्याई कर्ता ) र जि.झापा मेची न.पा.८ बस्ने वर्ष १८ को (जवरजस्ती करणी बाल बिज्याई कर्ता) बालकहरु बालसुधार गृहको वालबाट हामफाली फरार रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.मोरङबाट प्र.नि.को कमाण्डमा र मातहत समेतको टोली खटी गई खो.त.भईरहेको । कैदी मृत्यु,काठमाण्डौ, का.जि.का.म.न.पा. वडा नं. ११ जगन्नाथदेवल स्थित यस केन्द्रीय कारागार अन्तर्गत केन्द्र बन्दी सुधार गृहमा जिल्ला दैलेख नारायण न.प.०७ स्थायी वतन भएको वर्ष ३१ को क.ज्यान मुद्दामा थुनामा रहेका बन्दी हिक्मत बुढा भन्ने हिक्मत बहादुर बुढा घाँटीको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०५।२५ गते केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको मिति २०८२।०५।३१ गते साँझको २०:५० बजेको समयमा मृत्यु भएको। नक्कली नोट फेला परेको,बझाङ, जयपृथ्वी न.पा. १० चैनपुर बस्ने धिरेन्द्र शाहीको छोरा बर्ष २१ को नगेन्द्र बिक्रम शाही ला.औ. (खैरो हिरोईन) को फरार प्रतिवादी रहेकोले जिल्ला प्रहरी कार्यालय बझाङबाट प्र.नि.को कमाण्डमा खटिगएको प्रहरी टोलीले रित पुर्बक निज नगेन्द्र बिक्रम शाहीको कोठामा खान तलासी गर्दा  नगेन्द्र बिक्रम शाही फेला नपरेको निजको सुत्ने कोठाको सिरानीबाट नक्कली नोटहरु जस्ता देखिने एक हजार(१०००)का  उन्नाईस (१९) नोट फेला पारी रित पुर्बक बरामद गरी  घर धनी धिरेन्द्र शाहीलाई सोधपुछ गर्दा आज भन्दा करिब दुई हप्ता अगाडी सुर्मा गा.पा.२ स्थाई  वतन भई हाल जयपृथ्वी न.पा. १० चैनपुर बजारमा बस्ने शेर बहादुर बोहराको छोरा बर्ष २१ को तिलकचन्द बोहराले मेरी नातिनी बर्ष ५ की स्वीकृती शाहीलाई खेलौना भनि दिएको र उक्त नोटहरु नातिनीले म सुत्ने गरेको खटियाको सिरानी मुनी राखेका हुन भने पश्चात निज तिकलचन्द बोहरालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी थप अनुसन्धान भई रहेको र निज तिकलचन्द बोहरा पनि ला.औ. सम्बन्धी फरार प्रतिवादी  समेत रहेको । ला.औ.,मकवानपुर, मकवानपुर भीमफेदि गा.पा.२ भैसे चेकपोष्ट अगाडी प्र.स.नि को कमाण्डमा टोलि खटि गइ चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक गाडि भित्र रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि अं.१५० के.जि. (तौल हुन वाँकी) ला.औ.गाँजा , ट्रक र ट्रक चालक जि.सिन्धुपाल्चोक बाह्रविसे न.पा.८ बस्ने बर्ष अं.४१ को विर बहादुर तामाङ सहित लाई नियन्त्रणमा लिइ प्र.चौ.भैसे मकवानपुरमा राखेकोमा आवश्यक कारवाहीको लागी तालुक जि.प्र.का.मकवानपुर पठाइएको ।  धनुषा, पूर्वबाट पश्चिम धनुषा जिल्लाको बिरेन्द्रबजार तर्फ प्र.३-०१-०२४ च ८३२५ नम्वरको तरकारी बोक्ने योद्धा पिकअप गाडीमा ठूलो परिमाणमा लागु औषध गाँजा ल्याउँदै गरेको भनी यस इ.प्र.का.ढल्केवर,धनुषामा प्राप्त हुन आएको बिशेष सूचनाको आधारमा यस इ.प्र.का.ढल्केवरबाट प्र.नि.जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त पिकअप गाडी खो.त.गर्ने क्रममा मिति २०८२।०५।३१ गते अं.०९;३० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.४ बिरेन्द्रबजार स्थित सडक छेउमा रोकी राखेको अबस्थामा उक्त गाडी फेला पारी सो गाडीको चालक जिल्ला धादिङ बेनिघाट रोलाङ गा.पा.१ मा बस्ने तिलक बहादुर गुम्बाको छोरा बर्ष २४ को बिराज गुम्बा र सोही गाडीको सहचालक जिल्ला बाँके कोहलपुर पार्वतीपुर बस्ने बर्ष अ.१८ को रोहित चमारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरूले धरानबाट उक्त गाडीमा लागु औषध गाँजा लोड गरी जिल्ला धनुषा बिदेह न.पा.३ जोगियारा स्थितमा रहेको ऐ.बस्ने हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा लगि अनलोड गरेको भनि बताएको हुँदा तत्कालै उक्त स्थानमा खटि गई चेकजाँच गर्दा ऐ.१६;०० बजेको समयमा उक्त स्थानमा तयारी ईट्टाको चाङको बिचमा कालो त्रिपालले छोपि राखेको अबस्थामा १९ पोकामा ४७५ किलोग्राम (१ पोकामा २५ केजीको दरले रहेको) लागु औषध गाँजा फेला पारी कानून बमोजिम बरामद गरी यस इ.प्र.का.ढल्केबर धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०५।३० गते ०५:०० बजे देखि ऐ ३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-३१

ज.ज.क./ज.ज.क.उधोग,धादिङ, ज्वालामुखी गा.पा.७ सालबास जंगलमा जि.गोरखा आरुघाट गा.पा.७ बस्ने वर्ष २१ की महिलालाई ऐ.नीलकण्ठ न.पा. ८ बस्ने वर्ष ३१ को कृष्ण प्रसाद आचार्यले ज.ज.क.गरी फरार भएको भनी मिति २०८२।०५।३० गते जाहेरी प्राप्त भएको, जि.प्र.का.धादिङबाट प्र.ना.उ.कमाण्डमा टोली खटिई गई फरार व्यक्तिको खो.त.तथा थप अनुसन्धान भईरहेको । प्युठान, गौमुखि गा.पा. ६ डाफ्ले बस्ने वर्ष अ.१३ कि पिडित संकेत नं. ५२(२०८२/०८३) ३ लाई ऐ. बस्ने वर्ष अ.२२ को दिपक पुनले ऐ. ६ डाफ्ले स्थित रहेको ईश्वर बहादुर खत्रीको घर नजिकै मोटर बाटोको छेउमा रहेको बाँसघारीमा ज.ज.क.उद्योग गरेको भनि आज मिति २०८२।०५।३० गते १६:४५ बजेको समयमा जि.प्र.का.प्युठानमा जाहेरी दरखास्त दिए पश्चात उक्त स्थानमा इ.प्र.का. पुजालीबासे प्युठानबाट प्र.ना.नि. को कमाण्डमा २ जनाको टोली खटि गएको र थप अनुसन्धानको लागि जि.प्र.का. प्युठानबाट प्र.नि.को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गएको । धादिङ, सिद्धलेक गा.पा. १ नलाङ स्थित ऐ.बस्ने वर्ष ३४ की महिलाको घरमा ऐ.बस्ने वर्ष २० को कविन उपाध्यायले ज.ज.क.उद्योग गरी फरार भएको भनी २०८२।०५।३० गते जि.प्र.का.धादिङमा जाहेरी परेकोले जि.प्र.का.धादिङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज फरार व्यक्तिको खो.त.तथा थप अनुसन्धान कार्य भईरहेको । मानव कंकाल फेला परेको,मोरङ, विराटनगर म.न.पा.६ स्थित भाटभटेनीमा २०८२।०५।२४ गते Gen-z को अन्दोलनमा आगजनी भइ क्षति भएको भाटभटेनीको कर्मचारीले सफा गर्ने क्रममा  दोस्रो तलामा पूर्ण रुपमा जली नचिनिने अवस्थाको कंकाल फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा SOCO सहित टोली खटी गई उक्त कंकालको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पो.मा.तथा अनुसन्धानको लागी कोशी अस्पताल बिराटनगर तर्फ पठाएको थुनुवा फरार,धनकुटा, शहिदभूमी गा.पा.३ पन्चकन्या स्थित भित्री सडक खण्डमा सेती चौक बाट पन्चकन्या तर्फ आउँदै गरेको को २ त ८६९९ नं.को ट्याक्टर अनियन्त्रीत भई बाटो भन्दा अं.८० मिटर तल खस्न गई दुर्घटना हुँदा सह-चालक शहिदभुमी गा.पा.२ बस्ने वर्ष १८ को खगेन्द्र परियार ट्याक्टरमा दुर्घटनामा मृत्यु भएको, चालक शहिदभुमी गा.पा.२ बस्ने वर्ष २३ को सचिन शिवालाई उपचार पश्चात जि.प्र.का धनकुटा ल्याई अनुसन्धान कार्य भईरहेकोमा मिति २०८२।०५।२९ गते सम्मानित जिल्ला अदालत धनकुटाबाट सवारी ज्यान मुद्दामा दिन १० म्याद थप भएकोमा ऐ.३० गते ०८:४० बजे सचिन शिवाको टाउको दुख्ने जिउहरु दुख्ने बिरामी भएकोले जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा ल्याई ऐ.३० गते १२:०० बजे उपचारको क्रममा भागी फरार भएको हुँदा निजको खो.त.कार्य भई रहेको । हा.ह.बरामद,काठमाण्डौ, का.म.न.पा.२८ भृकुटीमण्डप स्थित प्रदर्शनीहल अगाडि फोहोर फाल्ने ठाँउमा निम्न हातहतियारको गोलीगठ्ठा फेला परेको भनी ऐ.बागबजार बस्ने वर्ष ४३ को श्यामकृष्ण श्रेष्ठ (महानगर फोहोर ब्यवस्थापनको ठेकेदार) ले प्रहरी वृत्त सिंहदरवबारमा जानकारी गराए पश्चात संकलन गरी वृत्त सिंहदरवारमा राखिएको । निम्न १. S.L.R.को लाईभ राउण्ड ८१ २. ऐ.को डमी राउण्ड १, ३. ३०३ को डमी राउण्ड ४ ४. ऐ.को खोका ६ राउण्ड ५. ईन्सासको लाईभ राउण्ड १५ ६. सर्टगनको लाईभ राउण्ड १४ ७.सर्टगन डमी राउण्ड ०५ ८.टाईप ५४ को खाली म्याग्जीन थान ४ ९.बेरेटाको खाली म्याग्जीन थान २ १०.S.M.G.को खाली म्याग्जीन थान १० ११.C.F.९८ को खाली बोक्स थान ६ किट बाक्स खाली थान १ । भक्तपुर, मध्यपुर ठिमी न.पा. १ मनहरा पुल स्थित जि.रामेछाप च्यास्कु घर भई हाल भक्तपुर मनहरा बस्ने वर्ष १७ को संगम मोक्चे मगरको साथबाट १) सर्टगनको रवर बुलेट-थान १ २) 2.2 म्याग्नमको गोली-राउण्ड ७ ३) तरकारी काट्ने चक्कु –थान १ ४) प्र.नि.को फुली- १ जोर गोली तथा अन्य सामानहरु फेला परेकोले सामान सहित निजलाई आवश्यक सोधपुछका लागि प्रभाग सानोठिमीबाट खटिएको प्र.व.ना.नि.को टोलीले नियन्त्रणमा लिई प्रभाग बालकोटमा ल्याई राखिएको । धनुषा, Gen Z को आन्दोलनको क्रममा मिति २०८२/०५/२४ गते बेलुका अं. १९:५० बजे जनकपुर उ.म.न.पा.९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा अं.५०/६० जनाको समूहमा आएका ब्यक्तिहरुले उक्त कार्यालयमा गई सो कार्यालय भित्र प्रबेश गरी उक्त कार्यालयमा रहेको चारपाङ्ग्रे गाडी थान-४, मो.सा. थान-४, CCTV क्यामरा तथा कार्यालय समेतमा तोडफोड तथा आगजानी गरी उक्त कार्यालयमा सुरक्षार्थ खटिएको नेपाल प्रहरीको S.L.R राईफल थान-१ ऐ. को गोली राउण्ड ५० समेत लुटपाट गरी लगेकोमा अनुसन्धानको क्रममा बिभिन्न स्थानको CCTV फुटेजको बिश्लेषण गरी खोजतलास गर्ने क्रममा ऐ.३० गते ११:०० बजे जनकपुर उ.म.न.पा. ९ बस्ने गणेश वर्ष ३७ को मनिष कुमार अधिकारी र ऐ.बस्ने वर्ष २१ को सन्तोष कुमार यादवको साथबाट S.L.R राईफल थान-१ फेला पारी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ., मकवानपुर, हेटौडा उ.म.न.पा.१२ क्यानमटोल बस्ने वर्ष अं.२५ को उमेश भन्ने युरेन लामाको घरमा ऐ.हेटौडा १३ गुरुङटोल बस्ने वर्ष अं.२९ को विनोद गुरूङ गरी दुबै जना मिलि ला.औ.खैरो हिरोइन बिक्रि वितरण गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पदमपोखरीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा कोठा भित्र बसि सेवन तथा बिक्रि बितरण गरीरहेको अवस्थामा ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ सानो सानो पुरिया बनाई झोलामा राखेको अवस्थामा अं. ९ ग्राम ८१० मिलि ग्राम (तौल गर्ने बाँकी) ला.औ.खैरो हिरोइन, डिजिटल तराजु र दुबै जना मानिसहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाएको,

मिति २०८२।०५।२९ गते ०५:०० बजे देखि ऐ ३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-३०

ज.ज.क.,मकवानपुर ,  राक्सीराङ गा.पा.१ इन्दुङ बस्ने (धेरै बोल्न नसक्ने, सुन्न पनि कम सुन्ने) को  श्रीमती वर्ष २२ की महिलासँग आफ्नै घर (ढोका नभएको) मा बसिरहेको स्थानमा सोही स्थान बस्ने वर्ष ४२ को रमेश थिङले ऐ.०५।२७ गते साँझ श्रीमानलाई बाँधेर राखी श्रीमतीलाई कपडा खोल्न लगाई ज.ज.क.गरेको भनी जि.प्र.का.मकवानपुरमा ऐ.०५।२९ गते १३:३० आई लिखित निवेदन दिएकोले प्रहरी टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा राखिएको, महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको । कैदी मृत्यु,सर्लाही,  गोडैता न.पा.१ बहादुरपुर बस्ने वर्ष ४५ को प्रमोद कापर सवारी ज्यान मुद्दाको कैदी सुन्धारा कारागार कार्यालय काठमाण्डौबाट भागी फरार भई घरमा आई बसिरहेकोमा सुगर बढेर ऐ.२८ गते १७:०० बजे मृत्यु भएको भनी ऐ.२९ गते ०८:३० बजे प्र.चौ.बहादुरपुरमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.गडहियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल मलगंवा पठाएको । फुटकर ज्यान( ज्यान सम्बन्धि कसुर ),रसुवा ,  आमाछोदिङ्मो गा.पा.४ सदिङदिङ स्थित मिति २०८२।५।२७ गते २२:३० बजे ऐ.स्योगाँउ बस्ने वर्ष ५२ को ल्हासिङ तामाङ ऐ.बस्ने चौहत्तर बस्ने मिलन तामाङको घरमा चोया काट्ने काम गरी घर आउने क्रममा ऐ.बाहुडाँडा भन्ने स्थानमा निज ल्हासिङ तामाङ छोराहरु वर्ष २२ को दावा कामी तामाङ र वर्ष १९ को फुर्पु तामाङ सँग भेट भई घर तर्फ आउँदै गर्दा ऐ.सदिङदिङ भन्ने स्थानमा ऐ.स्योगाँउ बस्ने वर्ष ३१ को राम बहादुर तामाङ र ऐ.बस्ने वर्ष २६ को छिरिङ दोर्जे तामाङले बाटोमा मो.सा. तेर्साई बाटो छेकी कुटपिट गर्दा निज ल्हासिङ तामाङको छोराहरु भागी घर तर्फ गएकोमा सोही दिन देखि ल्हासिङ तामाङ घर फर्की नआएकोले आफन्तले खो.त. गर्दै जाने क्रममा ऐ.२९ गते  ०८:२५ बजे ऐ.सदिङदिङ स्थित सडकबाट दक्षिण तर्फ अं.५० मिटर तल मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. थाम्बुचेतबाट प्र.ह.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई लाशजाँच मुचुल्का पश्चात पो.मा.को लागी रसुवा अस्पताल धुन्चे रसुवा तर्फ पठाईएको, कुटपिट गर्ने दुवै जना मानिसहरु प्र.चौ. स्याफ्रुबेशी रसुवाको नियन्त्रणमा, थप अनुसन्धान कार्य भईरहेको, । कुटपिट, सिन्धुली ,  कमालामाई न.पा. ४ ढुङ्ग्रेबास बस्ने डिल्ने नेपालीको गर्भवती श्रीमती वर्ष १९ की सुनिता नेपालीलाई विगत १ हप्तादेखी निजकै श्रीमानले कुटपिट गरेको कारण जि.अस्पताल सिन्धुली आई चेकजाँच गर्दा पेटमा रहेको ५ महिनाको बच्चा (छोरा) को मृत्यु भई सकेको र निज महिलाको शरिरको बिभिन्न भागमा घाँउडाम समेत रहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा जि.प्र.का.सिन्धुलीबाट प्र.नि.को कमाण्डमा मुचुल्का टोली खटी गएको, पिडित महिलाको अवस्था मध्यम उपचार भईरहेको, शव जि.अस्पताल सिन्धुलीमा रहेको, कुटपिट गर्ने श्रीमान डिल्ने नेपालीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भईरहेको ।

मिति २०८२।०५।२८ गते ०५:०० बजे देखि ऐ २९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२९

कर्तब्य ज्यान,कञ्चनपुर,  बेल्डाडी गा.पा.१ जानकी टोल बस्ने केशब भट्टको छोरा वर्ष २६ को पदम भट्टलाई ऐ.वडा नं.१ बस्ने भुपि भन्ने भुपेन्द्र जोशी सहित अं.३/४ जनाले ऐ. रैलेश्वर स्थित झै-झगडा हुँदा कुटपिट गरी घाईते भई ऐ.राती बेल्डाडी स्वास्थ्य चौकी बेल्डाँडीमा सामान्य उपचार पश्चात घर गएकोमा मिति २०८२।०५।२८ गते ०६:३० बजे निज पदम भट्टको आफ्नै सुत्ने कोठामा मृत्यु भएको भनी ऐ.०९:३० बजे निजको बुवा केशव भट्टले इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी गराए पश्चात इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको प्रहरी टोली खटी गएको, शव घरमै रहेको, घटनामा संलग्न भुपि जोशी सहित ४ जना प्रहरीको नियन्त्रणमा रहेको, अन्यको खो.त.कार्य भईरहेको साथै निज मृतक लागु-औषध मुद्दामा कैद भुक्तान गरिरहेकोमा कञ्चनपुर कारागारबाट भागी घर आएको भनी निजका आफन्तबाट बुझिन आएको, शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि प्रा.स्वा.के.बेलौरी पठाएको । जबरजस्ति करणी,जाजरकोट, बारेकोट गा.पा.५ बस्ने बर्ष ३२ को नरेन्द्र नेपाली मिजारले ऐ.०५।२८ गते अं.०३:०० बजे ऐ.तलकोट बस्ने अं.वर्ष ६३ की महिलालाई घरमा अन्य परिवारका सदस्य कोही नभएको अवस्थामा निज सुत्ने कोठामा गई ज.ज.क गरेको भनी ऐ.०९:३० बजे इ.प्र.का.नायकवाडामा  स्थानीयले जानकारी गराए पश्चात प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पीडक नरेन्द्र नेपाली मिजारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । आन्दोलनकारीकोउपचारको क्रममा मृत्यु,कास्की, जि.चितवन भरतपुर म.न.पा.१० घर भई जि.कास्की पोखरा म.न.पा.१६ दिप बस्ने वर्ष ४३ को विजय तमाङ(लामा)ले मिति २०८२।०५।२४ गते अं.२२:०० बजे ऐ. पोखरा म.न.पा.४ गैह्रापाटन स्थित जि.प्र.का.कास्की भित्रका विभिन्न भवनहरु आगजनी गर्ने क्रममा आगोले जलि घाईते भई उपचारको लागि प.क्षे.अस्पतालमा निजको साथी दल बहादुर गुरुङले उद्दार गरी लगेकोमा ऐ.०५।२८ गते १४:१० बजे उपचारको क्रममा मृत्यु भएको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएको । काठमाण्डौ, २४ गते Gen Z को प्रदर्शनको क्रममा कालिमाटीमा घाईते भएका जि.नुवाकोट ककनी गा.पा.१ घर भएका वर्ष २७ को शुभराज श्रेष्ठ बलामीको ऐ.२८ गते ०९:१५ बजे उपचारको क्रममा बिर अस्पतालमा मृत्यु भएको, शव ऐ.१३:०० बजे पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको (मौखिक जानकारी प्राप्त ) हातहतियार सहित मानिस नियन्त्रणमा,काभ्रे, मण्डनदेउपुर न.पा. ७ घर भई हाल बनेपा न.पा.९ लाईकु स्थितमा  कोठा भाडमा बस्ने वर्ष ३४ को सन्तोष श्रेष्ठको कोठाबाट  कटुवा पेस्तोल १ नाल, गोली ३६ राउण्ड (के-कुन हतियारको गोली नखुलेको ) सहित जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले निजलाई नियन्त्रणमा लिई जि.प्र.का.राखी आ.अ.भईरहेको । काभ्रे, जि.प्र.का. काभ्रेबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले बनेपा न.पा. ९  बस्ने बर्ष २६ को सिजन सुवालको साथबाट ३२१ राउन्ड सहित अन्य ८ जनाको साथबाट जम्मा ७३० राउन्ड गोली फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का. काभ्रेमा ल्याएको मानव कंकाल फेला,काठमाण्डौ, का.म.न.पा.७ चाबहिल चुच्चेपाटी स्थित रहेको भाटभटेनी सुपर स्टोरको दोस्रो तलाको दक्षिण र पश्चिम भागमा ६ ठाउँमा मानव जातीको शरिरको खप्पर जस्तो देखिने आगोले जलेको अवस्थामा खरानी तथा हड्डीहरु फेला परेको भनि भाटभटेनी सुपरमार्केटमा सरसफाई गर्दै गरेका मानिसहरुले दिएको सुचनाको आधारमा बृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा १० जनाको प्रहरी टोली खटिई मुचुल्का लगायतका प्रारम्भिक अ.अ.कार्य पुरा गरी फेला परेको खप्पर आकारको खरानी छुट्टा-छुट्टै संकलन गरी थप अ.अ.तथा परिक्षणको लागी त्रि.बि.शिक्षण अस्पताल महाराजगंज पठाईएको । लागु औषध,मोरङ, बिराटनगर म.न.पा. १५ पेट्रोल पम्प स्थित प्र.नि समेतको प्रहरी टोलिले नियमित चेकिङ गर्ने क्रममा उत्तर बाट दक्षिण तर्फ तिव्र गतिमा आउदै गरेको मे.१च. ५८२६ नम्बरको बोलेरो गाडिलाई रोक्न खोज्दा उक्त गाडि पुन उत्तर तर्फ मोडिई भागेको हुदा उक्त गाडिलाई खोज तलाश गर्ने क्रममा ऐ १५ नम्बर स्थित पेट्रोल पम्प नजिक सडकको पश्चिम किनारमा रोकेको अवस्थामा निम्न नाम थर भएका एक माहिला र एक जना पुरुष मानिस सहित फेला पारी उक्त गाडि चेकजाँच गर्दा उक्त गाडीमा बन्दाकोपि लोड गरी सो भित्र लुकाई छिपाई राखेको अवस्थामा गाँजा रहेको हुँदा यस कार्यालमा ल्याई उक्त गाँजालाई तत्काल नापतौल गर्दा २६२.५८०(दुई सय वैसठ्ठी कि.लो.पाँच सय अस्सी ग्राम) रहेको हुँदा उक्त गाडिमा रहेका पुरुष निखिल घिमिरे लाई सोध पुछ गर्दा गाडिको चालक फरार भएको उक्त गाडिमा रहेको गाँजा विराटनगर १८ स्थित बस्ने श्याम कुमार यादवको हो र निज हाल आई.सि.पि रोडमा पर्खिएर बसेको छन भनी बताएको हुँदा निजलाई तत्काल खोजतलास गर्ने क्रममा ऐ.२४;०० बजेको समयमा आई.सि.पि. रोड स्थितमा फेला पारी तत्काल नियन्त्रणमा लिई बरामद भएको गाँजा र निम्न मानिसहरुलाई आवश्यक कारबाहिको लागी यस इलाका प्रहरी कार्यालय रानी ल्याई राखिएको । निम्न मानिसहरु :- १. जिल्ला सुनसरि उपमपा ईटहरि ५ वस्ने वर्ष २० की सन्जु तामाङ्ग २. ऐऐ वस्ने वर्ष २२ को निखिल घिमिरे । ३. जिल्ला मोरङ बिमनपा १८ बस्ने वर्ष ३२ को श्याम कुमार यादब

मिति २०८२।०५।२७ गते ०५:०० बजे देखि ऐ २८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२७

ज.ज.क उद्योग,सुर्खेत, बिरेन्द्रनगर न.पा.२ बस्ने वर्ष १६ कि परिवर्तित बालिकालाई ऐ.२ कृष्णजन्ज स्थित ऐ.सुन्दरटोल बस्ने वर्ष २५ को विशाल थापाले मिति २०८२/०५/२५ गते राति अं.१२:०० बजे ज.ज.क.उद्योग गरेको भनी निज पिडितले मिति २०८२/०५/२७ गते जि.प्र.का सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार रहेको पिडक व्यक्तिको खो.त.कार्य जारी । शंकास्पद मृत्यु,झापा, अर्जुनधारा न.पा.३ जुके खाडी स्थित ऐ.बस्ने वर्ष २५ को बिजय लिम्बु मृत अवस्थामा रहेको भन्ने खबर ऐ.२७ गते ०५:३० बजे अ.प्र.चौ. खदुनाबारीमा प्राप्त भए पश्चात जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको, मृत शवको टाउकोमा धारिलो हतियार प्रहार गरेको जस्तो देखिने गहिरो चोट रहेको । कैदी झुण्डी मृत्यु (आत्महत्या मृत्यु/घाईते),सप्तरी, विष्णूपुर गा.पा.६ रंजितपुर स्थित रामलखन यादवको खेतमा रहेको आँपको रुखमा तत्काल नाम थर वतन नखुलेको हेर्दा अं.वर्ष ५० को जस्तो देखिने पुरुष व्यक्ति गम्छाको पासो लगाई  झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.विष्णुपुरबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागी गजेन्द्रनारायण अस्पताल राजविराज पठाएको, मृतक मिति २०८२।०५।२५ गते १२:४५ बजे कारगार सुरक्षा गार्ड राजबिराज सप्तरीबाट भागेको कर्तव्य ज्यान मुद्दाको कैदी जि.सप्तरी बलानबिहुल गा.पा.४ बस्ने वर्ष ५० को तुरन्त लाल बरही भनी कारागार सुरक्षा गार्ड राजबिराज सप्तरीबाट सनाखत भएको, शव पो.मा.पश्चात आफन्तले बुझी लगेको । आन्दोलनको क्रममा जली मृत्यु,सुनसरी, मिति २०८२।०५।२४ गते जेन्जी प्रदर्शनको क्रममा धरान उ.म.न.पा.१० स्थित भाटभटेनीमा आगजनी गरेकोमा ऐ.२७ गते ०९:०० बजे भाटभटेनी भित्र मृतकको शव पहिचान हुन नसक्ने अवस्थामा रहेको (शरीरको पुरै भाग जलेको) मासुको डल्लो फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा तथा नेपाली सेनाको श्री कालिशक्ति ईन्जिनियर गण याङ्कशिलाबाट सह-सेनानीको कमाण्डमा संयुक्त टोली खटी गई सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको,  ऐ.१४:०० बजे सोही भाटभटेनीमा ३ वटा शरीरको पुरै भाग जली अस्थीपञ्जर (हड्डी) फेला परेको हुँदा सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि वि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा पठाईएको । काठमाडौं, काठमाडौं म.न.पा.७ चुच्चेपाटीमा अवस्थित भाटभटेनी सुपर मार्केटको पहिलो तल्लाको बीच भागमा मान्छेको जलेको अवशेष रहेको जानकारी पश्चात वृत्त गौशालाबाट मुचुल्का टोली खटी गई चेकजाँच गर्दा मानिसको शरीर जलेको अवशेष (हड्डी खप्पड) फेला परेको लाशजाँच मुचुल्का कार्य भईरहेको । आन्दोलनको क्रममा प्रदर्शनकारी मृत्यु,चितवन, मिति २०८२।०५।२४ गते १९:१५ बजे भरतपुर म.न.पा.१४ भरतपुर महानगरपालीकाको उप-मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउदा सिलिन्डर ग्याँस पड्की आन्दोलनकारी ऐ.भरतपुर म.न.पा.२१ बस्ने वर्ष १९ को सरोज गुरुङलाई लाग्दा गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.२७ गते ११:३० बजे मृत्यु भएको । झापा, मिति २०८२।०५।२४ गते के कुन स्थानमा भएको जेन जीको आन्दोलनको क्रममा जि.पाँचथर हिलिहाङ गा.पा.३ घर भई हाल जि.झापा बिर्तामोड न.पा. १० बस्ने वर्ष ३० को कमल भण्डारी घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेकोमा ऐ. २५ गते ०४:३० बजे मृत्यु भएको भनी जि.प्र.का.मा जानकारी प्राप्त भएको हुँदा अन्य थप बुझ्ने कार्य भईरहेको, शव तत्काल सोही अस्पतालमा रहेको, आफन्तलाई जानकारी भई सकेको । झापा, मिति २०८२।०५।२४ गते ११:४५ बजे बिर्तामोड न.पा.५ स्थित जि.ट्रा.प्र.का.झापाको कार्यालय गेट अगाडिबाट अं.५०० जनाको प्रदर्शनकारीहरु लाठी सहित आई कार्यालय प्रवेश गरी ढुङगामुढा तोडफोड तथा आगजनी गर्न सुरु गरे पश्चात प्रहरीले जवाफी कारवाही गर्ने क्रममा ऐ.अर्जुनधारा न.पा.८ बस्ने वर्ष ३२ को दिनेश राजबंशी घाईते भई  B&C अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा ऐ.२७ गते १२:३० बजे उपचारको क्रममा मृत्य भएको भन्ने खबर आफन्त मार्फत जि.प्र.का.झापामा प्राप्त भएको, शव तत्काल  सोही अस्पतालमा रहेको ।  झापा, मिति २०८२।०५।२४ गते ११:४५ बजे बिर्तामोड न.पा.५ स्थित जि.ट्रा.प्र.का.झापाको कार्यालय गेट अगाडिबाट अं.५०० जनाको प्रदर्शनकारीहरु लाठी सहित आई कार्यालय प्रवेश गरी ढुङगामुढा तोडफोड आगजनी गर्न सुरु गरे पश्चात प्रहरीले जवाफी कारवाही गर्ने क्रममा अर्जुनधारा न.पा. ११ बस्ने वर्ष ३० गोपाल सेडाई घाईते भई उपचारको क्रममा बिर्तासिटी  अस्पतालमा उपचार भईरहेकोमा  ऐ.२५ गते १२:३० बजे मृत्यु भएको, शव B&C अस्पतालमा रहेको ।

मिति २०८२।०५।२६ गते ०५:०० बजे देखि ऐ २७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२७

बम फेला,काभ्रे, बनेपा न.पा.९ नँयाबस्ती स्थित रोड साईडको  खाली जग्गामा घर बनाउन प्रयोग गरिने मिक्चर मुनि खैरो कलरको झोलामा अं. ७/८ पिस सकेट बम जस्तो देखिने चिज बस्तु खिया लागेको अवस्थामा फेला परेको भन्ने  खबर प्राप्त हुनासाथ जि.प्र.का.काभ्रेबाट प्र.नि.को कमाण्डमा  ७ जनाको टोली र श्री श्रीमेहर गण  धुलिखेल काभ्रेबाट सेनानीको कमाण्डमा ६ जनाको टोली खटी गई ऐ.२६ गते ०८:०८ बजे ८ वटा सकेट बम डिष्पोज कार्य सुरु भई ऐ.१२:१८ बजेको समयमा समाप्त भएको । हतियार बरामद,काभ्रे, धुलिखेल न.पा वडा नं.१ -याले स्थितमा ससस्त्र प्रहरी टोली र नेापली सेनाको संयुक्त टोलीले मोबाईल गस्ती गर्दै जाने क्रममा १ जना  मो.सा.मा सवार झोला बोकेको व्यक्ति डराई भाग्दा पिछा गर्ने क्रममा झोला फालेर फरार भएको उक्त झोला चेकजाँच गर्दा झोला भित्र १ थान  भरुवा बन्दुक बरामद गरी आवश्यक कारवाहीको लागि जि .प्र.का. काभ्रेमा ल्याई बुझाएको । स्रोत नखुलेको नगद र सुन जस्तो देखिने धातु सहित मानिस नियन्त्रणमा, काभ्रे, नमोबुद्ध न.पा. २ भकुण्डेबेसी स्थित बि.पि. राजमार्ग सडक खण्डमा काठमाण्डौबाट सिराहा तर्फ जाँदै गरेको बा .प्र. ०१- ००६ ख ९१७३ नं. को EV गाडिलाई नेपाली सेना र नेपाल प्रहरीको सयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सोही EV गाडीमा सवार जिल्ला सिराहा गमरिया न.पा. २ बस्ने बर्ष १८ को नरेश कुमार यादवलाई खान तलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद रु. ३,५०,३००।- ( तिन लाख पचास हजार तिन सय) र सुनको जस्तो देखिने छडके गरगहना तिलहरी थान-१, मंगलशुत्र थान-१, बेरुवा औठी थान-१, सिक्री थान-३ सहित नियन्त्रणमा लिई जि.प्र.का.काभ्रे पठाईएको ।

मिति २०८२।०५।२५ गते ०५:०० बजे देखि ऐ २६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२६

कर्तव्य ज्यान,झापा, मेचीनगर न.पा.७ गैरीगाउँ स्थित ऐ.बस्ने वर्ष ५० को नारायण ज्ञवालीले आफ्नै श्रीमती अं.वर्ष ३७ की सुजता ज्ञवालीको कोठामा ऐ.१४ दुवागढी बस्ने वर्ष अं.४० को मो.फौ मोदिनलाई आफ्नो श्रीमतीसँगै भेटेकोले मो.फौ मोदिनलाई धारीलो हतियार चक्कु प्रहार गर्दा पेट, ढाड र शरीरको विभिन्न भागमा चोट लागी घटनास्थलामै मृत्यु भएको भन्ने खबर इ.प्र.का.काकड्भिट्टामा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.काकड्भिट्टाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई नारायण ज्ञवाली र निजको श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रणमा लिई इ.प्र.का.काकड्भिट्टामा राखिएको, शव घटनास्थलमै रहेको । प्र.क.मृत्यु/घाईते,काठमाण्डौ, काठमाण्डौ म.न.पा.३२ कोटेश्वर स्थित जेनजी घटनामा घाईते प्रहरी प्रभाग कोटेश्चरमा कार्यरत वतन नखुलेको अं. वर्ष ३५ को प्र.ज. अमृत गुरुङको ऐ. १६:४२ बजे उपचारको क्रममा बि एण्ड बि अस्पतालमा मृत्यु भएको । ला.औ., बारा, जितपुर सिमरा उ.म.न.पा. ७ बैदेही पेट्रोल पम्प अगाडि स्थितबाट इ.प्र.का. सिमराबाट खटिएको प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले अम्लेखगंजबाट बिरगंज तर्फ जाँदै गरेको जि.बारा जितपुर सिमरा उ.म.न.पा.-२२ चकरी बस्ने अं. बर्ष ३० को मनोज जिम्बाले चलाएको प्रदेश २-०३-०१२ प ६५४३ नं. को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक र सोही मो.सा. पछाडि सवार ऐ.बस्ने अं. बर्ष २६ को सोनाम थिङले बोकेको झोलालाई खोली हेर्दा अं.५ के.जि. लागु औषध गाँजा सहित दुबै जना मानिस र मो.सा.लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.सिमरा बारामा ल्याई राखिएको ।

मिति २०८२।०५।२३ गते ०५:०० बजे देखि ऐ २४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२४

कर्तव्य ज्यान,पर्सा, बीरगंज म.न.पा.१६ बसपार्क स्थित पुरानो रिसिभिको कारण दुई जना मानिस मिली एक जनलाई कुटपिट गरी गम्भीर घाईते बनाई फरार रहेको भन्ने खबर प्र.चौ.बसपार्क पर्सामा जानकारी प्राप्त हुना साथ प्र.चौ.बसपार्क र तालुक जि.प्र.का.पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा संयुक्त टोली खटी गई निज कुटपिट गर्ने जि. काभ्रे सल्ले भुम्लु गा.पा.५ सल्ले बस्ने पुस्कर पराजुलीको छोरा अं.वर्ष १८ को मनीक पराजुली र जि.बारा जितपुर सिमरा उ.म.न.पा.१५ बस्ने नबिन राईको छोरा अं.वर्ष १७ को अनिस राईलाई नियन्त्रणमा लिई तालुक जि.प्र.का.पर्सामा लगी राखेको,घाईते जि.पर्सा छिपरमाई गा.पा.न.०५ भिष्वटोल बस्ने अं.वर्ष ४० को मोहमद मुरादको शरिरको बिभिन्न भागमा चोट उपचारको लागी नारायणी अस्पताल पठाईएकोमा सोहि अस्पतालको चिकित्सकले चेकजाँच गर्दा ऐ.०८:०० बजे मृत घोषणा गरेको लाश सोहि अस्पतालमा रहेको । थुनुवा मृत्यु/बिरामी,बाँके, इ.प्र.का.कोहलपुर बाँकेको हिरासत कक्षमा सोधपुछको लागि ल्याई राखेको जि.बाँके जानकी गा.पा.६ बस्ने वर्ष ३८ को बिरेन्द्र बहादुर सिंह एक्कासी बेहोस भई प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले मेडिकल कलेज कोहलपुर बाँकेमा लगी उपचार भईरहेकोमा ऐ.०८:२० बजे डाक्टरले मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई खबर भएको । कैलाली, मिति २०८२।०५।१९ गतेको देखि जि.प्र.का.को हिरासत कक्षमा रहेको ला.औ. मुद्दाको थुनुवा जि.कैलाली धनगढी उ.म.न.पा.७  बस्ने वर्ष २७ को सोभित राना ऐ.०५।२३ गते १०:३० बजे खाना खाने क्रममा एक्कासी बेहोस भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको, अवस्था हात खुट्टा चलाईरहेको, अवस्था बोल्न नसक्ने । काठमाण्डौ, का.म.न.पा. वडा नं. ११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला सप्तरी मैनाकडेरी वडा न. ०२ स्थायी वतन भएको वर्ष ७१ को ज.क मुद्दामा थुनामा रहेका कैदी फागु मण्डल सुगर, प्रेसर, दम, क्षयरोग सम्बन्धी बिरामी भई मिति २०८२।०५।१४ गते वी.पि स्मृति अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा मिति २०८२।०५।२४ गते रातको ०१:२० बजे  उपचारको क्रममा मृत्यु भएको,कारागार दाखिला  मिति २०८२।०२।२२ गते,सजाय  १३ बर्ष  मुद्दा चलाउने निकाय सप्तरी जिल्ला अदालत । गोली प्रहार,पर्सा, वीरगंज म.न.पा.१६ स्थितमा रामप्रवेश गुप्ताले संचालन गरेको खाजा पसलमा देश भारत बेतिया बस्ने गोलु सहनीको छोरी अं.वर्ष १८ की निशा कुमारी सहनी (अविवाहित)ले खाजा खाने क्रममा देश भारत झारखण्ड जिल्ला पाकु ग्राम पंचायत मालपाहारी बस्ने बलराम शर्माको छोरा अं.वर्ष २७ को प्रदिप शर्माले निज निशा कुमारी सहनीको बायाँ पट्टीको गालामा गोली हानी घाईते भई उपचारको लागि नारायणी अस्पताल बिरगंज, पर्सामा सामान्य उपचार पश्चात ऐ. १७:५५ बजे थप उपचारको लागि NMC अस्पताल बिरगंज पर्सामा पठाएको, अवस्था गम्भीर, उक्त स्थानमा प्र.चौ.ईनर्वाबाट प्र.स.नि., व.प्र.का.विर्तबाट प्र.नि.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा  गरी जम्मा ३० जनाको टोली खटी  गई गोली हान्ने प्रदिप शर्मालाई होममेड सिक्सर पेस्तोल थान-१ सोको गोली राउण्ड-३, खोका थान-१ सहित नियन्त्रणमा लिई आ.अ.भईरहेको । ला.औ., चितवन, राप्ती न.पा.११ कालापानी स्थितमा इ.प्र.का.भण्डाराबाट खटिएको प्र.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले रोकिरहेको प्र.३-०३-००१ क ०००९ नम्बरको मिनी ट्रकको पछाडीको ढालाभित्र मिनरल वाटर कार्टुनको मुनि ४ वटा बोरा भित्र ७ वटा पोकामा बोरा सहित ८८.१०० के.जि. र बोरा बाहेक ८६.९०० के.जि.लुकाई छिपाई लागू औषध गाँजा फेला पारी ला.औ सहित (ट्रक चालक) जिल्ला मकवानपुर मनहरी गा.पा.६ सिमपानी बस्ने वर्ष २३ को निशान बहादुर सुनचुरी र मिनि ट्रक समेत नियन्त्रणमा लिइ अनुसन्धानको लागी इ.प्र.का.भण्डारामा ल्याईएको ।

मिति २०८२।०५।२२ गते ०५:०० बजे देखि ऐ २३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२३

कर्तव्य ज्यान,बैतडी, सिगास गा.पा.२ पेडेगोदा बस्ने वर्ष अं.३० को यज्ञ सिंह धामीले आफ्नै काकी ऐ.बस्ने वर्ष अं.३५ की बेलमती धामीलाई घरमा सुतिरहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गर्दा निज बेलमती दामीको घटनास्थलमै मृत्यु भएको भनी ऐ.बस्ने छिमेकी जयभान सिंह धामी(भुपु नेपाली सेना)ले टे.फो.मार्फत जानकारी गराएको हुँदा प्र.चौ.गाजरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बन्चरो प्रहार गर्ने यज्ञ सिंह धामीलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि इ.प्र.का.पाटनबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको। प्र.क.मृत्यु,सुनसरी, मिति २०८२।०५।२० गते अ. ०६:०० बजेको समयमा जिल्ला धरान उ.म.न.पा वडा नं. १४ बिजयपुर घर भई कम्प्युटर कोड न. ४२४२५६ संकेत न. C- ०००५५४६९ इलाका प्रहरी कार्यालय आठराई दरबन्दी भई हाल  प्रचौ सम्दुमा कार्यरत रहेको  प्रसनि नारायण बहादुर दर्जी ज्वोरो  आउने समस्या भई साथै   प्रेषरको  अचानक बिरामी भई  उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा सुनसरी गएकोमा किडनी समस्या देखिएको २०८२।०५।२२ गते  अं. ०७:३० बजेको समयमा  स्वसप्रसवास  प्रकृयामा समस्या भइ उपचारमा रहनु भएको प्रसनि नारायण बहादुर दर्जीको ICU मा उपचारको क्रममा मिति २०८२।०५।२३ गते बिहान ०४:३० बजे  डक्टरले मृत्यु घोषणा गरेको ज.ज.क./ज.ज.क.उद्योग,सिन्धुपाल्चोक, मिति २०८२।०५।२१ गते १४:०० बजे जुगल गा.पा.२ बस्ने वर्ष १५ की बालिकालाई ऐ.बस्ने वर्ष २३ को पासाङ श्याङवोले आफ्नै घर नजिकैको गोठमा  ज.ज.क.गरी फरार रहेको भनी  ऐ.२२ गते १३:०० बजे प्र.चौ.तेम्बाथानमा जानकारी गराए पश्चात प्र.स.नि.को कमाण्डमा टोली खटी गई पासाङ श्याङवो फरार रहेको खो.त.कार्य भईरहेको ।  दाङ, घोराही उ.म.न.पा.१७ स्थित मिति २०८२।०५।१० गते १९:०० बजे ऐ.बस्ने वर्ष वर्ष ३१ की महिला आफू बस्दै आएको डेराकोठाबाट चोकतर्फ हिँड्न निस्किएकीमा ऐ.बस्ने वर्ष २२ को विशाल टमाटासँग भेट भएको र निजले यता कतै हेराउने माता कोही हुनुहुन्छ कि मलाई लगिदिनुहोस् भनी मो.सा.मा राखी ऐ.भैसाही स्थित जंगलमा लिएर गई करणी गर्ने मनसायले पीडितको शरीरको सम्वेदनशील अङ्गमा छोएको हुँदा कानुन बमोजिम कारवाही गरी पाऊँ भनी पीडितले ऐ.२१ गते किटानी जाहेरी दरखास्त दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज विशाल टमाटालाई नियन्त्रणमा लिई ऐ.२१ गतेदेखि लागु हुने गरी ५ दिन म्याद थप गरी जि.प्र.का.को हिरासतमा राखिएको साथै पीडितलाई स्वास्थ्य परीक्षण पश्चात ऐ.२२ गते आफन्तको जिम्मा लगाई पठाइएको ।  दाङ, जि.रुकुम पूर्व भुमे गा.पा.४ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१५ स्थित ज्योतीपुञ्ज टोलमा डेरा गरी बस्ने वर्ष १७ की बालिकालाई मिति २०८२।०५।१९ गते १९:३० बजे जि.रुकुम पश्चिम बाफीकोट गा.पा.२ लामाचौर बस्ने वर्ष १९ को उमेश नाथले पीडितको कोठामा गई ज.ज.क.गर्दै गर्दा पीडितले प्रतिकार गरी चिच्याएपछि पीडक बाहिर गएको, पीडितले सो घटनाको बारेमा आफ्नो साथी परिवर्तित नामथर संकेत नं.५६(२०८२/०८३)-घोराही १००(ग) लाई फोन गरी बताएपछि पीडितको साथी पीडितको कोठामा आउँदा ज.ज.क.को पीडा सहन नसकी सोही कोठाको सिलिङ पंखामा लुङ्गीको पासो लगाई झु.आ.ह.गर्दै गरेको अवस्थामा फेला पारी तुरुन्तै ढोकाको चुक्कुल फुटाई भित्र जाँदा पासो चुँडिएर भूइँमा लडेर बेहोस अवस्थामा रहेकी हुँदा तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेर उपचार भइरहेको भनी पीडितको आमाले ऐ.२१ गते १७:३० बजे जाहेरी दरखास्त दिएको हुँदा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक उमेश नाथलाई ऐ.घोराही उ.म.न.पा. १७ गुलरीया पार्क स्थित लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई ऐ.२२ गते पीडित तथा पीडक दुवै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा विस्तृत स्वास्थ्य परीक्षण पश्चात पीडितलाई आफन्तको जिम्मा लगाइएको, पीडकलाई सम्मानित जिल्ला अदालतबाट २१ गतेदेखी लागु हुने गरी ५ दिन म्याद लिई जि.प्र.का.को हिरासतमा राखी आ.अ.भइरहेको । मोरङ, सुन्दरहरैचा नपा १० स्थित डेरा गरी बस्ने जि.पाँचथर आरुबोटे गा.पा.३ घर भएको वर्ष २० को मौसम लिम्बुले मिति २०८२।०५।२१ गते २३:५५ बजे जि.मोरङ सुन्दरहरैचा नपा ९ चादनि टोल बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भनी पीडितको माइजुले ऐ.२२ गते १७:०० बजे इ.प्र.का.बेलबारीमा लिखित जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भइरहेको । बिदेशी नागरिक मृत्यु,मुस्ताङ, बारागुरङ मुक्तिक्षेत्र १ मुक्तिनाथको मन्दिरको दोस्रो गेट स्थित आज २२ गते आएका भारतीय नागरिक वर्ष ७१ को अवदेश पाण्डे मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने क्रममा लेक लागि अचेत अवस्थामा लडेको भन्ने सुचना प्राप्त हुनासाथ इ.प्र.का. मुक्तिनाथबाट प्र.ह.को कमाण्डमा टोली खटी गई उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङमा पठाएकोमा ऐ. १७:४६ बजे चिकित्सकले मृत घोषणा घोषणा गरेको, साथमा छोरा प्रविण पाण्डे रहेको । सोलुखुम्बु, मिति २०८२।०५।२१ गते अं.१६:०० बजे खुम्बु पासाङल्हामु गा.पा.-४ मिलुङगा स्थित HEAVEN HIMALAYAN कम्पनी मार्फत CANADA देशको नागरीक राहदानी नं. P260320NG भएको अं. वर्ष ६८ को RICHARD NIGEL SHIRLEY नाम गरेको पुरुष व्यक्ति  बेश क्याम्प जाने क्रममा गुडलक होटलमा बास बसेकोमा लेक लागि बोल्न नसक्ने गम्भीर रहेको भन्ने ऐ.२२ गते अं.०९:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. नाम्चेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निजलाई उपचारको लागि ओम होङ गिल नाम्चे सामुदायिक अस्पताल सोलुखुम्बुमा पठाएकोमा ऐ.१७:२० बजे अस्पताल पुर्‍याई चिकित्सकले चेकजाँच गरी मृत्यु भई सकेको भनि घोषणा गरेको, शव ऐ.स्थित स्वास्थ्य चौकी नाम्चेमा राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इ.प्र.का.नाम्चेबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ला.औ. मकवानपुर, हेटौडा उ.म.न.पा.४ ओम म्याक्स हल नजिकै भित्री सडक खण्डमा ला.औ.कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट प्र.ब.ह.को कमाण्डमा खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको ऐ.कैलाश गा.पा.१ डाँडाखर्क बस्ने वर्ष ४८ को जंग थिङलाई चेकजाँच गर्दा निजको साथबाट २ किलो ८ सय ९० ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा) ला.औ.अफिम जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान कार्य भइरहेको ।

मिति २०८२।०५।२० गते ०५:०० बजे देखि ऐ २२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२२

ज.ज.क./ज.ज.क.उद्योग,कैलाली, लम्कीचुहा न.पा.०३ बल्चौर बस्ने अं.वर्ष ३२ को बुवाले आफ्नै छोरी वर्ष ११ की बालिकालाई मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ओछ्यानमा गई ज.ज.क. गर्न खोजेको भनि ऐ.२० गते बिहान ०९:०० बजे स्थानीय नन्दराम वादीले टे.फो. मार्फत इ.प्र.का.चिसापानीमा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई पक्राउ गरी इ.प्र.का.लम्की कैलालीमा पठाईएको, पीडित बालिकालाई आफन्तको जिम्मा लगाएको, घटनास्थल इ.प्र.का.चिसापानी ७ कि.मि. पश्चिम पर्ने । मकवानपुर, बकैया गा.पा.१ रजुवा बस्ने बर्ष अं.१० की बालिकालाई ऐ. बस्ने बर्ष अं.६२ को प्रेम बहादुर ध्यावाले आफ्नै घरमा डर धम्कि देखाई ज.ज.क.गरेको भनि पिडित बालिकाको आमाले मिति २०८२।०५।२० गते जि.प्र.का.मकवानपुरमा आइ जाहेरी दिए पश्चात उक्त स्थानमा इ.प्र.का. निजगढबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई निज पिडकलाई घर वतन बाटै नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको, बालिकालाई स्वास्थ्य परिक्षण गराइ सेफ हाउसमा राखिएको । इलाम, सुर्योदय न.पा.१२ तिनघरे बस्ने वर्ष वर्ष ४२ की महिलालाई ऐ.बस्ने वर्ष २४ को मनोज राईले पीडितकै घरको भान्सा घरमा कोही नभएको अवस्थामा हातपात गरी ज.ज.क.प्रयास गरेको भनी ऐ.२१:०० बजे प्र.चौ.तिनघरेमा पीडितले लिखित निवेदन दिएकोमा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगरमा राखी आ.अ.भईरहेको । रोल्पा, रुन्टीगढी गा.पा..८ मेलटाकुरा बस्ने संकेत नाम होलेरी (घ३) को श्रीमती पीडित वर्ष २९ की होलेरी (घ) लाई मिति २०८२।०५।१८ गते राती अं.२३:४५ बजे ऐ.बस्ने निजकै सहोदर जेठाजु संकेत नाम वर्ष २९ को होलेरी (घ६) ले पीडितको सुत्ने कोठामा गई एक्लै सुतिरहेको अवस्थामा ज.ज.क. गरेको भनि पीडितले ऐ.२१ गते बिहान ०९:०० बजे इ.प्र.का.होलेरी रोल्पामा जानकारी हुनासाथ प्र.नि.को  कमाण्डमा टोली खटी गई ऐ.१६:०० बजे (संकेत नाम होलेरी (घ६) लाई निजकै घरबाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी इ.प्र.का.होलेरीमा राखिएको, पीडित वर्ष २९ की होलेरी (घ) ले इ.प्र.का.होलेरीमा ऐ.१८:०० बजे जाहेरी दिएको, पीडित प्रहरीको सम्पर्कमा, अवस्था सामान्य रहेको कुटपिटकाठमाडौं, का.म.न.पा.८ पशुपती मन्दिर नजिक जि.मकवानपुर घर भई हाल का.जि.पशुपती बस्ने बर्ष ३८ को दिपक कुमार थिङले हाल नामथर,वतन नखुलेको पशुपती एरियामा बस्ने बर्ष अं.२५/३० को पुरुष व्यक्तीलाई काठको लठ्ठिले प्रहार गर्दा घाईते भई तत्काल के.एम.सि.अस्पताल लगी उपचार भईरहेको,टाउको र बायाँ हातमा चोट,बोल्न नसक्ने,अवस्था गम्भिर,उक्त स्थानमा वृत्त गौशाला मातहत अ.प्र.विट पशुपतीबाट प्र.स.ह.को कमाण्डमा २ जनाको प्रहरी टोली खटिगएको,प्रहार गर्ने व्यक्ती वृत्त गौशालाको नियन्त्रणमा रहेको । जनावर आक्रमण,सुनसरी, कोशी गाँउपालिका ०८ कोशी बान्द ३ नं. नोज स्थितमा माछा मार्न र दाउरा झिकन गएको ऐ. वडा नं. ७ बस्ने वर्ष अं. ४५ को सराचन सदा ऐ. बान्द नजिकै सुतिरहेको अबस्थामा हात्तीले ढाडमा टेकी जंगल तर्फ गएको, निजको ढाडमा चोट लागी कोशी हेल्थ केयर भाण्टावारीमा उपचार भईरहेकोमा थप उपचारको लागी ग्लोबल कार्डियो एण्ड न्युरो असस्पताल लगी डाक्टले चेकजाचँ गर्दा ऐ ०३:२४ बजे मृत्यु भएको भनि घोषणा गरेको , लाश पो.मा.को लागी जिल्ला अस्पताल ईनरुवा सुनसरीमा ल्याई शव गृहमा राखिएको, संगै गएका ऐ. बस्ने वर्ष ४४ को गणु सदा र ऐ. बस्ने वर्ष ३८ को सैनी सदा भागन सफल रहेको, दुबै जना उपचारमा संलग्न रहेको भनि ऐ. ०१:३० बजे इप्रका भाण्टावारीमा जानकारी प्राप्त हुनसाथ प्र.बा.ना.नि पुण्य अधिकारीको कमाण्डमा ४ जना प्रहरी टोली खटिगएको । प्रहरी कर्मचारी मृत्यु,बाँके, मिति २०८२।०५।२१ गते गणेश मूर्ति बिसर्जन कार्यक्रम रहेकोले नेपालगंज बजार,फुल्टेक्रा, कान्तिताल,पुरैनी हुदैँ राप्ती नदीमा गणेश मूर्ति बिसर्जन कार्यक्रम रहेको हुँदा सोही कार्यक्रमको सुचना संकलन तथा वस्तुस्थिति बुझ्नका लागि व.प्र.का.नेपालगंजबाट जि.रोल्पा रोल्पा न.पा.१० घर भई हाल जि.बाँके नेपालगंज उ.म.न.पा.४ बसपार्क बस्ने इ.प्र.का.मोतिपुर बर्दिया दरबन्दी भई व.प्र.का.नेपालगंज बाँकेमा कार्यरत वर्ष ४७ को प्र.ना.नि.धन बहादुर थापा(कम्युटर कोड ३०६६६३, संकेत नं.C-०००४३८३७) जि.बाँके नेपालगंज उ.म.न.पा.२२ कान्तिताल स्थित ऐ.०६:०५ बजे अचानक बेहोस भई ढलेको हुँदा उपचारको लागि व.प्र.का.नेपालगंज बाँकेबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले भेरी अस्पताल नेपालगंज ल्याएकोमा ऐ.०६:३० बजे ECG गर्दा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, । बाँके, मिति २०८२।०५।१९ गते ०९:०० बजे जि.सुर्खेत गुर्भाकोट न.पा.१४ स्थाई वतन, प्रहरी चौकी डिल्लीचौर जुम्ला दरबन्दी भई नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत प्र.स.ह. प्रकाश पुन मगर कार्यालयको मुल गेटमा बिहान ०६:००-१०:०० बजेसम्मको डिउटी खटिएकोमा भुँईमा लढेर बेहोस भई उपचारको लागि लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज पठाई सामान्य उपचार पश्चात ऐ.२१ गते ०६:२५ बजे (नर्सिङ होम) संजिवनी अस्पताल नेपालगंज रिफर गरिएकोमा ऐ.०७:२० बजे डाक्टरले मृत घोषणा गरेको भनी नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुरबाट जानकारी प्राप्त भएको, शव सोही अस्पतालमा रहेको । सुनसरी , नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरी दरबन्दी भई कार्यरत कम्प्युटर कोड (३७४७९७) वर्ष ३८ को प्र.ह.सबिर कुमार खाँ मिति २०८२।०५।१६ गते रातको (१२:००-०३:००) ड्यूटी सकेर ब्यारेक तर्फ फर्कदै गरेको अवस्थामा अचानक बाँया खुट्टाको घुँडा भन्दा मुनि पोल्ने दुख्ने भई श्वासप्रश्वास समेतमा कठिनाई आउँदा बेहोस भई लडेकोमा बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचार भईरहेकोमा ऐ.२१ गते १६:३७ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, निजको श्रीमति प्रहरी हवल्दार रेनु कुमारी लेखी र परिवार सहित सोही अस्पतालमा रहेको, कानुनी प्रकृयाको जि.प्र.का.मोरङसंग समन्वय भएको । ला.औ.,कपिलवस्तु, कृष्णनगर न.पा.२ लिङ्गेट स्थितमा अ.प्र.पोष्ट लिङ्गेटबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ३ जनाको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री जिल्ला कपिलवस्तु बुद्धभुमी न.पा.२ गोरुसिंगे बस्ने हरि प्रसाद घिमिरेको छोरा बर्ष २२ को सुदिप घिमिरेलाई शंका लागी रोकी चेकजांचगर्दा निजले लगाएको कालो रंगको हाप पाइन्टको पछाडी दायाँ तर्फको गोजीमा ROYAL ENFILED लेखिएको कालो रंगको पर्स भित्र कालो रंगको प्लाष्टिकको पोका भित्र लुकाई छिपाई राखेको लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा १० ग्राम ५२० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा शुद्ध तौल १० ग्राम ६० मिलिग्राम फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा ल्याई इ.प्र.का.कृष्णनगरमा राखिएको,थप अनुसन्धान कार्य भईरहेको तनहुँ, म्याग्दे गा.पा.४ थर्पु बजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा प्र.चौ.थर्पु तनहुँबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ट्राफिक सहीत ५ जनाको चेकिङ टोलीले धादिङबाट पोखरा तर्फ जाँदै गरेको बा ९२ प ५४२८ न.को मो.सा.चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला धादिङ गजुरी गा.पा.-१ बस्ने बर्ष ३८ को अक्कल बहादुर तामाङ र मो.सा.पछाडी सवार ऐ.रोराङ गा.पा.-१ बस्ने बर्ष ४५ को दिल बहादुर तामाङले ४ वटा पोकामा लुकाइ छिपाइ ल्याएको २५ के.जी.२९० ग्राम(कुल तौल गर्दा) लागु औषध(गाँजा)बरामद गरेको भन्ने खबर प्राप्त हुन साथ थप अनुशन्धानको लागी जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको मो.सा.र मो.सा.मा सवार दुबै जनालाइ नियन्त्रणमा लिइ आ.अ.को लागी जि.प्र.का.मा ल्याएको । सिरहा, गोलबजार न.पा.०३ गाग्न खोला स्थित पूर्व पश्चिम लोकमार्गमा गोप्य सूचनाको आधारमा ई.प्र.का.गोलबजारबाट प्र.स.नि. र लागु.औ.नियन्त्रण ब्युरो गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले कसहाबाट गोलबजार तर्फ आउदै गरेको स ७ प २५९५ नं.को मो.सा.लाई शंकाको आधारमा चेकजाँच गर्दा मो.सा.चालक जिल्ला गोलबजार न.पा.१ बल्डडा बस्ने सहदेव यादवको छोरा अं.वर्ष २२ को दिप कुमार यादव र सोही मो.सा.पछाडि सवार जिल्ला सिरहा नरहा गा.पा.०५ बस्ने देवशरण यादवको छोरा अं.वर्ष ३० को ईन्द्रजित कुमार यादव दुबै जनाको शरीरको खानतलासी गर्दा मो.सा.चालक दिप कुमार यादवले लगाएको हरियो शर्टको अगाडिको बायाँ खल्तीमा २ वटा स-साना प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल गर्दा १७ ग्राम १४० मिली ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १६ ग्राम १०० मिली ग्राम) फेला परेको हुँदा निज दुबै जनालाई मो.सा.सहित नियन्त्रणमा लिई ई.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको । बाँके, जानकी गा.पा. ५ वुडियागाउँ बस्ने वर्ष ४१ को नईम खाँले ला.औ. कारोबार गरि रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.स.नि. को कमाण्डमा २ जना र ला.औ. नि. ब्युरो नेपालगंज बाँके बाट प्र.‍ह. को कमाण्डमा २ जनाको सयुक्त टोली खटि गई जिल्ला बाँके कोहलपुर  न.पा. १४ पार्वतीपुर नजिकै नईम खाँलाई भे १० प ३५३५ नं. को मो.सा.सहित फेला पारी उक्त मो.सा. र निजलाई रितपुर्वक खानतलासी गर्दा निज नईम खाँले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लुकाई छिपाई गरि राखेको ला.औ. जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ३३ ग्राम  ९१० मिलिग्राम र मोबाइल थान-१ फेला पारी भे १० प ३५३५ नं. को मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का. कोहलपुर बाँकेमा ल्याई राखेको । धादिङ, गजुरी गा.पा.२ बिहानी पेट्रोल पम्प स्थितमा चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे १ च १५२२ न.को दुर्गा प्र.बज्राचार्य स्मृति समाज लेखेको एम्बुलेन्समा लागु औषध गाँजा  छ भन्ने गोप्य सुचनाको आधारमा  इ.प्र.का गजुरीबाट प्र.ना.उ. विकास थापाको (९८५१२९८३००) कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा एम्बुलेन्सको फल्स बटम बनाई फल्स बटम भित्र लुकाई छिपाई राखेको  रातो टेपले बेरी पोका पारेको अबस्थामा (८) पोकामा ९०.६४ kg  (नव्बे पईन्ट छयालिस) किलो लागु औषध गाँजाको बरामद गरी निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।निम्न मानिसहरु१)      जिल्ला धादिङ मकवानपुर राक्सिराङ गा.पा. ९ खैराङ बस्ने बर्ष अ. २५ को प्रेम तामाङ । २)      एम्बुलेन्स चालक जिल्ला काठमाण्डौ का.म.न.पा १४ बल्खु बस्ने बर्ष अ. २४ को  सन्तोष राई

मिति २०८२।०५।१९ गते ०५:०० बजे देखि ऐ २० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-२०

ज.ज.क.,  बाल यौन दुर्ब्यवहार,उदयपुर ,मिति २०८२।०५।१८ गते १२:०० बजे वेलका न.पा. ४ स्थित वर्ष १५ की बालिकालाई जि.सुनसरी देवानगन्ज गा.पा.४ बस्ने वर्ष २२ को प्रमोद कुमार पालले जबरजस्ती करणी गरी भागी फरार भनी ऐ.१९ गते १२:०० बजे इ.प्र.का.रामपुरठोक्सिलामा आई लिखित जाहेरी  दिएको हुँदा इ.प्र.का.रामपुरठोक्सिलाबाट  प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीको खो.त.कार्य भईरहेको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको हाल आफन्त सँगै रहेको । बर्दिया ,ठाकुरबाबा न.पा.१ डुग्रेनि बस्ने वर्ष १५ की बालिकालाई आफ्नै भान्सा घर कोठामा सुतिरहेको अवस्थामा छिमेकी ऐ.बस्ने वर्ष ५९ को गणेश प्रशाद जैसी खनालले उक्त बालिका सुतेको कोठाभित्र प्रवेश गरी पीडितलाई अगांलो हाली संवेदनशिल अगंहरुमा छोई बाल यौन दुर्ब्यवहार गरेको भनी ऐ.१६:०० बजे जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.बग्नाहा भुरीगाउँबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई गणेश प्रशाद जैसी खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का.पठाएको, पीडित बालिकालाई बिस्तृत स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरीया पठाएको, अवस्था सामान्य, । सुर्खेत, जाजारकोट भेरी न.पा.१ रिम्ना बस्ने वर्ष १६ की परिवर्तित नामथर (आ.व.२०८२/०८३) ६४ वीरेन्द्रनगर क १२ लाई जि.दैलेख भगवतिमाई गा.पा.६ बस्ने बर्ष २१ को अम्मर बहादुर बि.क.ले जि.सुर्खेत वीरेन्द्रनगर न.पा.६ मंगलगढी स्थित जनता होटेलको कोठा नं.३ मा मिति २०८२।०५।१७ गते १२:०० बजे यौन दुरुपयोग गरेको भनी पीडित पक्षले ऐ.१९ गते १३:५० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादी अम्मर बहादुर बि.क.लाई नियन्त्रणमा जि.प्र.का.मा राखी आ.अ.भइरहेको । कैदी/बन्दी बिरामी/मृत्यु,सुनसरी , मिति २०८२।०५।१८ गते झुम्का कारागार सुनसरीमा रहेका विभिन्न मुद्धाका कैदी/बन्दीहरु जिउ सुन्निने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएकोमा हालसम्म जि.सप्तरी राजविराज न.पा.८ बस्ने वर्ष ४६ को जलेश्वर यादव लगायत ३ जनाको उपचारको क्रममा मृत्यु भएको र १४ जना सोही रोगको कारण बिरामी भई वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएकोमा ७ जना उपचार पश्चार डिस्चार्ज भएका, ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको, उक्त रोगको चेकजाँचको लागि ऐ.१९ गते १२:०५ बजे ऐ.कारागारमा स्वास्थ्य मन्त्रालय बिराटनगरका डा. समिर पराजुली (PHO), WHO संस्थाबाट समेक्षा सुबेदी(IMO), धनकुटा स्वास्थ्य निर्देशानलयबाट सुरक्षा खत्री (PHO) र जन-स्वास्थ्य कार्यालय ईनरुवा सुनसरीका प्रमुख सागर प्रसाई लगायतका चिकित्सकहरु तथा सम्बन्धित निकायका व्यक्तिहरु गरी अं.१० जनाको समुहले ७७ जना कैदी/बन्दीहरुलाई चेकजाँच गरी ऐ.१५:४५ बजे समाप्त भएको ।     मृत्यु१) लाऔ मुद्दाको जिल्ला सप्तरी राजविराज न.पा. ८ बस्ने बर्ष ४६ को जलेश्वर यादव उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा  ऐ ०५।१८ गते १८:११ बजे मृत्यु भएको ।( सोहि मितिको जाहेरीमा जाहेर भईसकेको) २) लाऔ मुद्दाको बन्दी बर्ष २४ को सागर राईको उपचारको क्रम्मा ०५/१६ गते बि.पि. कोईराला घोपा धरानमा ०८:३० बजेको समयमा  मृत्यु भएको ।( सोहि मितिको जाहेरीमा जाहेर भईसकेको)३) कर्तब्य ज्यान मुद्धाको बर्ष ४८ को रामदेव उरावको उपचारकको क्रम्मा ०५/१५ गते बि.पि. कोईराला घोपा धरानमा राती ००:१५ बजेको समयमा मृत्यु भएको ।( सोहि मितिको जाहेरीमा जाहेर भईसकेको) कर्तव्य ज्यान,सिरहा, मिति २०८२।०४।२६ गते अं.२२:२० बजे कल्याणपुर न.पा.९ डुमरी स्थित झै-झगडा भई रहेको छ भनि खबर प्राप्त हुना साथ इ.प्र.का.कल्याणपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटिगई बुझ्दा ऐ.बस्ने अं.बर्ष ३५ को सन्तोष यादब (एक पक्ष) र ऐ.बस्ने अं.बर्ष २५ को रबिन यादब, ऐ.बस्ने निजको हजुर आँमा अं.बर्ष ७५ कि रामेश्वरी यादब (अर्को पक्ष) बिच पुरानो रिसिभीको कारण बादबिवाद भई झै-झगडा तथा कुटपिट हुँदा उपचारको लागी सन्तोष यादवलाई मंगलम अस्पताल मिर्चैया पठाईएको अवस्था सामान्य र रबिन यादव अवस्था सामान्य र निजको हजुर आमा अवस्था (मध्यम) लाई  अनुराधा मेडिकल चौहर्वामा पठाईएको २ जनाको उपचार पश्चात डिस्चार्ज भएको, रामेश्वरी यादबलाई थप उपचारको लागि ऐ.०५।१६ गते १८;३० बजे न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा ऐ. १८ गते २२:०० बजे आफुखुसी घर तर्फ लगेको, ऐ.१९ गते ०५:०० बजे निजको मृत्यु भएको भनि खबर प्राप्त हुनासाथ इ.प्र.का. कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने सन्तोष यादबलाई नियन्त्रणमा लिएको, कानुनी प्रकृयाको लागि इ.प्र.का. मिर्चैयाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई शव पो.मा.को लागि प्रादेशिक अस्पताल लाहान सिरहा पठाईएको । विद्यार्थीहरु बिरामी भएको,महोत्तरी,  पिपरा गा.पा.६ स्थित आदर्श मा.वि.रतौलीमा स्कुलका विद्यार्थीहरुलाई खाजाको  लागि हलुवा  बनाई  विद्यार्थीहरुले  खाए पश्चात अचानक विद्यार्थीहरु  बान्ता गरी  बिरामी  भई  उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर  लगिएको भन्ने  खबर प्राप्त हुनासाथ प्र.चौ.भमरपुराबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा २० जनाको टोली खटी गएको, सोही स्कुलमा विद्यार्थीहरुको आफन्त, स्थानीयहरु भेला जम्मा भई विद्यार्थीहरु के कसरी बिरामी भएको भनी विद्यालयका सरहरुसँग सहकार्य गरीरहेका, अं.सख्या १५०/२०० जना रहेको, हालको अवस्था सामान्य रहेको, ऐ.१८:२० बजे अभिभावकहरुलाई सम्झाई-बुझाई गरी विधार्थीहरुले खाएको हलुवाको नमुना परिक्षणको लागि लिएर कार्यालय तर्फ फिर्ता भएको र हालसम्म विद्यार्थी लागि ८५ जना उपचारको लागि गएकोमा २ जनाको उपचार भइरहेको, बाँकी सबैजना डिस्चार्ज भएका, अवस्था सामान्य रहेको, ला.औ., झापा कमल गा.पा.५ पाडाजुगी चोक स्थित लागु औषध बिक्रि बितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.दमकबाट खटिएको प्र.ब.ना.नि.को टोलीले शंका लागी चेकजाँच गर्दा जि.मोरङ विराटनगर म.न.पा.८ घर भई हाल जि.झापा दमक न.पा८ बस्ने वर्ष ३१ को भोला अमात राय समेत ३ जनाको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ शुद्ध तौल ५ ग्राम १७ मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.दमकमा राखिएको, ।

मिति २०८२।०५।१८ गते देखि ऐ १९ सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१९

ज.ज.क.,रोल्पा, रुन्टिगढी गा.पा.५ दुबीडाँडा बस्ने संकेत नाम होलेरी (ग२)को श्रीमति बर्ष २० की २०८२/०८३ होलेरी(ग)ले ऐ.ऐ.बस्ने निजकै ससुरा बर्ष ५५ को २०८२/०८३ होलेरी (ग२) ले मादक पदार्थ सेवन गरी मेरो कोठामा आई ज.ज.क.गरेको भनी आज मिति २०८२/०५/१८ गते बेलुका अं.१८:०० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा किटानी जाहेरी दिना साथ प्रहरी टोली खटी गई निजको खो.त.कार्य भईरहेको । मानव कंकाल फेला,बारा, जितपुर सिमरा उ.म.न.पा.२२ बिरमानडाँडा बस्ने अं.वर्ष ४६ को रमेश कार्कि मिति २०८२।०५।०७ गते अं.१७:०० बजे आफ्नो घरबाट हराएकोमा आफन्त छर छिमेक समेतमा बुझ्दा कहिँ कतै फेला नपरेको भनी निजको आमाले ऐ.१८ गते १८:२० बजे, इ.प्र.का.अम्लेखगंजमा आई मौखिक जानकारी गराउनासाथ ऐ.२१ र २२ नं. को वडा अध्यक्ष ज्यू स्थानीय मानिसहरुले खो.त.कार्य गर्दा ऐ.१८ गते अं.१७:२० बजे.ऐ.२२ स्थित रणकुमारी सामुदायिक वनको विभिन्न स्थानमा टाउको, शरिरको कंकाल, छाला तथा घुँडा मुनिको खुट्टा भएको फेला परेको, उक्त शव निज हराएको मानिसको नै हो भन्ने एकिन नभएको, थप अनुसन्धान कार्य भईरहेको। गौवध,प्युठान, ऐरावती गा.पा.५ बेल्टारी बस्ने राम बहादुर सार्कीको छोरा वर्ष २१ को प्रेम बहादुर सार्कीले आफ्नै गोठमा बाँधेको २ वटा गाईलाई बन्चरो प्रहार गरी मारेको भनी ऐ.१८ गते ०७:३० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.बरौलाबाट प्रहरी टोली खटी गई घटनामा संलग्न प्रेम बहादुर सार्कीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । गोली पड्किई मानिस घाईते,दैलेख, डुङ्गेश्वर गा.पा. ०२ त्रिपुले बस्ने अं.वर्ष ३९ को टेक बहादुर थापा मगरले भरुवा बन्दुक भर्ने क्रममा एक्कासी सो बन्दुक पड्किन गई  ऐ.बस्ने अं.वर्ष १३ की नविना मगरको कम्मर भन्दा तल दुबै खुट्टाको घुँडा भन्दा माथि साप्राको भागमा उक्त बन्दुकबाट पड्केको गोली लागी घाईते भई उपचारको लागि ऐ.१८:३० बजे भेरी अस्पताल नेपालगंज बाँके ल्याई उपचार भईरहेको, अवस्था मध्यम, साथमा निजको आमा रहेको भनी अस्पतालमा कार्यरत प्र.क.ले ऐ. १८:४५ बजे जि.प्र.का.दैलेखमा जानकारी गराएको, उक्त स्थानमा प्रहरी टोली खटी गएको,निज टेक बहादुर थापा मगर फरार रहेको खो.त.कार्य जारी । कैदी/थुनुवा मृत्यु,सुनसरी, झुम्का कारागार सुनसरीमा ज.ज.क मुद्दामा बन्दी भुक्तान गरी रहेका जि.सप्तरी राजविराज न.पा. ८ बस्ने वर्ष ४६ को जलेश्वर यादव बहोस भई उपचारको लागि प्र.ह.को कमाण्डमा खटिएको टोलीले जिल्ला अस्पताल ईनरुवा सुनसरीमा ल्याई उपचार भईरहेकोमा ऐ.१८:११ बजे चिकित्सकले मृत घोषणा गरेको, आफन्तलाई जानकारी भएको, शव सोही अस्पतालमै रहेको । ला.औ.,मोरङ, कानेपोखरी गा.पा.६ रमाइलो बस्ने अं.वर्ष २६ को मिन बहादुर बस्नेतले ला.औ. बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पथरीबाट प्र.ह. र ला.औ.नि. ब्युरो बिराटनगरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा निजको घरको कोठाबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ अं.४९ ग्राम ८६० मिलिग्राम फेला पारी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।  काठमाडौं, का.म.न.पा. १६ बाईपास अष्ठनारायण हल नजिक लागु औषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट सादा पोशाकमा टोली खटी गई जि.धादिङ मुरली भन्जाङ ६ घर भई हाल का.म.न.पा. १६ बालाजु बस्ने अं.वर्ष ३५ को कौशल लामगाढेलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने ४ ग्राम सहित र निज सँगै रहेको जि.बारा कलैया उ.म.न.पा. ०३ घर भई हाल का.जि.असन बस्ने वर्ष २७ को रवि शाहलाई सहित नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।

मिति २०८२।०५।१७ गते देखि ऐ १८ सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१८

अपहरण शरीर बन्धक/ज.ज.क.,सुर्खेत, चिङगाड गा.पा.६ घर भई हाल भेरीगंगा न.पा.११ रामघाट आफ्नै सहोदर दिदीको घरमा बिगत १ वर्ष पहिले देखी बस्दै आएकी वर्ष २४ की महिलालाई ऐ.भेरीगंगा न.पा.१२ बस्ने वर्ष २८ को कमल रेग्मीले ऐ.०५/१३ गते राती अं.११:३० बजे ज.ज.क.गरेको भनि पीडितले ऐ.०५/१७ गते इ.प्र.का.छिन्चु सुर्खेतमा लिखित जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.रामघाट बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.छिन्चुमा राखी आ.अ.भईरहेको । दाङ, घोराही उ.म.न.पा.१० अम्रई बस्ने वर्ष १४ को बालकले ऐ.उ.म.न.पा.२ बालापुर बस्ने वर्ष १६ की बालिकालाई ऐ.०५।१६ गते अं.१३:०० बजे पीडितकै घरकोठामा बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.मा जानकारी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.उ.म.न.पा.२ बालापुर स्थित सडक बाटोमा फेला पारी पक्राउ गरिएकोमा ऐ.०५।१७ गते पीडितको आमाले बालक बिरुद्ध जबरजस्ती करणी कसुर मुद्दामा किटानी जाहेरी दरखास्त दिए पश्चात पीडित तथा पिडकको बिस्तृत स्वास्थ्य परीक्षण गराई पीडितलाई आमाको जिम्मा लगाई पठाईएको, अवस्था समान्य रहेको, पीडकलाई सम्मानित जिल्ला अदालत दाङमा उपस्थित गराई ऐ.०५।१६ गते देखी लागु हुने गरी दिन ५ (पाँच) म्याद थप भई बाल निग्रानी कक्षमा राखी अनुसन्धान कार्य भईरहेको । बर्दिया, बढैयाताल गा.पा.८ टेशनपुर बस्ने वर्ष १८ की  सुस्त मनस्थिति भएकी र ऐ.बस्ने वर्ष १४ की बालिकाहरू घरबाट ऐ.०४।१७ गते अं.०९:०० बजे निस्किएकोमा दुबै जनालाई खो.त.को लागि इ.प्र.का.मैनापोखर बर्दियामा मौखिक जानकारी गराई तत्पश्चात पीडितहरुलाई खो.त.गर्दै जाँदा ऐ.०५।१४ गते ऐ.गुलरिया न.पा.७ खाले गुलरिया स्थित ऐ.बस्ने अं.वर्ष ६५ को कल्लुराम यादव र ऐ.बस्ने अं.वर्ष ५५ को राम सागर यादवको घरबाट फेला पारी निज पीडितहरुलाई सोधपुछ गर्दा ऐ.०४।१७ गते १०:०० बजे ऐ. गुलरिया न.पा.११ गणेशपुर स्थितमा  दुबै जना घुमफिर गरेको अवस्थामा ऐ. गुलरिया न.पा.७ खाले गुलरिया बस्ने अं.वर्ष २६ को विनोद यादवले पैसाको प्रलोभनमा पारी ललाई फकाई गरी अटोमा राखी ऐ. गुलरिया न.पा. ७ खाले गुलरिया स्थितमा रहेको आफ्नो छिमेकी कल्लुराम यादव र राम सागर यादवको घरमा पुर्‍याई निजहरु दुबै जनालाई सोही घरको कोठाभित्र राखी लगातार रुपमा बन्धक बनाई राखेको अवस्थामा राम सागर यादवले सोही अवधिमा विभिन्न मितिमा वर्ष १८ की बालिकालाई ४ पटक र अन्तिम पटक ऐ.०५।१२ गते रातको समयमा समेत गरी पीडितलाई ५ पटक सम्म ज.ज.क.गरेको र पीडित वर्ष १४ की बालिकालाई निज बिनोद यादवले ज.ज.क.गर्न खोज्दा पीडितले प्रतिकार गरि करणी गर्न नसकेको भनि ऐ.०५।१७ गते अं.१५:०० बजे पीडितको आफन्तले जि.प्र.का.बर्दियामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज तिनै जना पिडकहरुलाई निजहरुकै घरवतनबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि दिन ५ म्याद थप गरी जि.प्र.का.राखिएको र दुबै जना पीडितहरुलाई स्वास्थ्य परीक्षण गरी माईती नेपाल शाखा गुलरिया बर्दिया बुझाईएको, अवस्था सामान्य रहेको ।पक्राउ नियन्त्रण,भक्तपुर, चाँगुनारायण न.पा.४ दुवाकोटबेसी स्थित मनहरा पुलमा अस्थायी प्रहरी पोष्ट दुवाकोट बेसी बाट खटिएको प्र.स.नि.को टोलीले भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५७ प २४३१ नं.को स्कुटर चेकजाँच गर्ने क्रममा सो स्कुटरको बिचमा कपडाको कालो झोलामा कागजपत्र बिनाको अं. २१ के.जि.३९० ग्राम (झोला सहित )बुद्धचित्तको दाना फेला परेकोले  जिल्ला काभ्रे पनौती न.पा.११ घर भई हाल काठमाण्डौ बौद्ध बस्ने वर्ष २५ को राजु तामाङ (मा.प.से.) स्कुटर चालक र जिल्ला काभ्रे तेमाल गा.पा.८ घर भई हाल काठमाण्डौ बौद्ध  बस्ने वर्ष ४५ को दिल बहादुर तामाङ (मा.प.से.) पछाडी सवार मानिसहरुलाई स्कुटर सहित नियन्त्रणमा लिई बृत्त ठिमीबाट प्र.नि. को कमाण्डमा  SOCO सहितको टोली खटि गई मुचुल्का कार्य गरी थप कार्बाहीको लागी वृत्त ठिमीमा ल्याई हिरासतमा राखिएको । हातहतियार सहित मानिस नियन्त्रणमा,काठमाण्डौ, काठमाण्डौ म.न.पा.२६ ठमेल स्थित रहेको जि. दोलखा भिमेश्वर न.पा.३ फुलाना बस्ने वर्ष ५७ को रमेश खड्काले संचालन गरेको न्यु भान्सा होटलमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट प्र.नि.र प्रहरी परिसर काठमाडौ, भद्रकालीबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले उक्त होटलको चौथो तलाको नम्बर नखुलेको कोठामा सिरक भित्र पोको पारेको अवस्थामा ऐ. होटेलमा बस्ने जि. मुस्ताङ वारागुङ मुक्तिनाथ क्षेत्र गा.पा.१ घर भई हाल का.जि.का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष २१ को कर्म साङ्पो ठकुरीले  हर्नेट जस्तो देखिने 1976 model को  TM-07K.K mdtsushirso JAPAN and foreign patents pending made in japan लेखेको थान १ लुकाई राखेको अवस्थामा फेला परेकोले निजलाई नियन्त्रणमा लिएको, थप आवश्यक सोधपुछको  लागि होटल संचालक रमेश खड्का सहित ३ जनालाई नियन्त्रणमा (कुल ४ जना) लिई आ.अ.भईरहेको ।  संखुवासभा, पाँचखपन न.पा. ०४ घतानि गाँउ बस्ने बर्ष ४३ को राम बहादुर श्रेष्ठको घरमा १ वटा बिना लाईसेनको भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका वाना संखुवासभाबाट प्रसनिको कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई बुझ्दा निजको बाँसको भाटा र जस्ताले बनेको टिनको छानो भएको १ तले घरमा आफु सुत्ने कोठाको बेडको ओछ्यान मुनि लुकाई छिपाई राखेको अवस्थामा १ थान लोड गरेको भरुवा बन्दुक फेला परेको हुदा, उक्त भरुवा बन्दुक र निज बर्ष ४३ को राम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको  ।बरामद,काठमाण्डौ, का.म.न.पा. वडा न. २६ सामाखुशी आत्मज्ञान नजिक बर्ष ७८ को विनोद कुमार श्रेष्ठको साढे २ तले आफ्नै घरको दोस्रो तलामा दराज तथा लकर भित्र श्रोत नखुलेको नगद तथा धनमालहरु लुकाई छिपाई राखेको भन्ने बिशेष सूचानाको आधारमा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी वृत्त महाराजगंज तथा मुचुल्का टोली साथै प्रहरी प्रभाग गोँगबुको प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा  नेपाली नगद रु ४,२५,५०,०००।– अक्षेरुपी (चार करोड पच्चिस लाख पचास हजार), पहेंलो धातुले बनेको सुन जस्तो देखिने विभिन्न किसिमको गर-गहनाहरु मान्यता प्राप्त तराजुले एकमुष्ठ तौल गर्दा ९८३७.९६ ग्राम र सेतो धातुले बनेको चाँदी जस्तो देखिने विभिन्न किसिमको गर-गहनाहरु मान्यता प्राप्त तराजुले एकमुष्ठ तौल गर्दा ३२१८.९२ ग्राम बरामद गरी रितपुर्वक मुचुल्का कार्य सम्पन्न गरी निज घर धनीलाई समेत नियन्त्रणमा लिई थप अ.अ. कार्यको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौंमा पठाईएको । ला.औ.,महोत्तरी, बर्दिवास न.पा.३ अ.ट्रा.प्र.पोष्ट गौरीडाडाँ स्थित वि.पि. राजमार्गमा प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले सिरहाबाट काठमाण्डौ तर्फ जाँदै गरेको जि.सिराहा सिराहा  न.पा.-११ बस्ने वर्ष  ४५ को सुरेश पासवानले चलाएको बा.४ ख ६९१ न.को यात्रु वाहक हायस गाडीको अन्तिम सिटमा सवार जि.सिराहा सुखिपुर न.पा.०२ बस्ने वर्ष २४ को राजीव राज महतोलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट लुकाई छिपाई गरी राखिएको अवैध लागु औषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिक सहित ५० ग्राम र प्लास्टिक बाहेक ४२ ग्राम फेला परी निजलाई ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.बर्दिवासमा ल्याई राखिएको ।  मोरङ, सुनवर्षी न.पा.९ स्थित प्रनि को कमाण्डमा खटिएको प्रहरी टोलीले BR11V6734 नं. को भारतीय मो.सा. मा २ जना सवार संकास्पद रुपमा आएको देखि रोक्न खोज्दा नरोकेकोले संकेत नं.C-00103632 कम्प्युटर कोड नं.४०११९९ प्र.चौ. घुर्मी उदयपुर दरबन्दीको प्रसह धर्मध्वोज कार्की र संकेत नं.C-00103416 कम्प्युटर कोड नं.४०१०९७ उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन इलाम दरबन्दीको प्रसह किरण अधिकारीले प्र.१-०२-०४५ प ३३९२ नं. को मो.सा. ले पिछा गर्दै जादा दुई वटै मो.सा. ठक्कर खाई धानवारीमा लड्दा दुबै जना प्रकहरुको दाहिने खुट्टामा चोट लागी घाईते भई उपचारको लागी रंगेली अस्पताल रंगेलीमा उपचार भईरहेको अबस्था सामान्य रहेको निजहरुको मोवाईल पानीमा झरी क्षती भएको, उक्त भारतिय मो.सा. मा सवार मानिसहरु उक्त स्थानबाट भागी फरार रहेकोले खो.त. भईरहेको मो.सा. बाट TRAMADOL क्याप्सुल १७,९४०।- ( सत्र हजार नौ सय चालिस ) (१ पत्तामा १० वटा क्याप्सुलको दरले १,७९४ पत्ता ) ला.औ. फेला परेकोले बरामद गरी मो.सा. नियन्त्रणमा लिई इप्रका रंगेलीमा ल्याई राखिएको ।

मिति २०८२।०५।१६ गते देखि ऐ १७ सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१७

कर्तव्य ज्यान,अर्घाखाँची, छत्रदेव गा.पा.४ पातले वस्ने वर्ष ३६ को कीरण गुरुङको श्रीमती वर्ष ३४ की सुमित्रा कुमाल गुरुङ ४/५ दिनदेखी घरमा नदेखिएको हुँदा माईती पक्षले खो.त.गर्दा किरण गुरुङले श्रीमती सुनिता कुमाल गुरुङलाई मारी लुकाएको भनी शंका लागेकोले खो.त.गरी पाऊँ भनी प्र.चौ.वल्कोटमा मौखिक जानकारी गराएपश्चात प्र.व.ना.नि.को कमाण्डमा ४ जनाको टोली खटी गई खो.त.गर्दा निज कीरण गुरुङले श्रीमती सुनिता कुमाल गुरुङलाई मारी कम्वलमा पोको पारी भान्सा कोठामा खाडल खनेर गाडेको अवस्थामा फेला परेको, मृतकको श्रीमान कीरण गुरुङ प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, हत्याको कारण नखुलेको । प्र.क. मृत्यु,कञ्चनपुर, बेल्डाडी गा.पा.२ चौवन्नी खल्ला बस्ने वर्ष ३० को नेपाल प्रहरी विषेश सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्र.ज. दिपेन्द्र राना मिति २०८२/०५/१२ गतेबाट दिन १० (दश) घर बिदा आएकोमा ऐ.१५ गते २२:०० बजे घरबाट हराई बेपत्ता भएकोमा आफन्तले खो.त.गर्ने क्रममा ऐ. १६ गते ०६:३० बजे घरबाट अं.१०० मि. टाढा नरेश रानाको खेतमा रहेको बकाइनाको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का.बेल्डाडीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि प्राथमिक स्वास्थ्य केन्द्र वेलौरी पठाईएको ।   कैदी/बन्दी मृत्यु,सुनसरी, मिति २०८२।०५।१४ गते १६:२०  बजे झुम्का कारागार सुनसरीमा ला.औ. मुद्दाको पुर्पक्षमा रहेको बन्दी वर्ष २४ को सागर राइ बान्ता हुने, शरीर नचल्ने समस्या भई प्र.ह.को कमाण्डमा खटिएको टोलीले उपचारको लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगकोमा ऐ.१६ गते ०८:३० बजे, उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको, मृतकको आफन्तहरु साथमै रहेको । ला.औ.,सर्लाही, ईश्वरपुर न.पा.४ पूर्व-पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै ला.औ.ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.र इ.प्र.का.केशगरंजबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले सडक किनारामा बसिरहेको ऐ.ईश्वरपुर न.पा.१२ घारी बथान बस्ने राज कुमार भुजेलको छोरा अं.वर्ष ३२ को संजिव भुजेललकाई शंका लागी चेकजाँच गर्दा निजले ऐ.स्थानमा तीनवटा प्लाष्टिकको बोराभित्र परालले छोपेर लुकाईछिपाई राखेको अवस्थामा अं.५५ के.जी.२२० ग्राम(बोरा सहित) ला.औ.गाजाँ फेला परेको हुँदा उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.केशगरंजमा राखिएको ।  कञ्चनपुर, इ.प्र.का.रैकवारबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको ४ जनाको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जि.कञ्चनपुर कृष्णपुर न.पा. ७ कलुवापुर बस्ने वर्ष २८ को मनोज रानालाइ शंका लागी चेक जाच गर्दा निजले लगाएको पाइन्टको गोजिमा सेतो प्लास्टिकमा लुकाइ छिपाइ राखेको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १६.६७ ग्राम पलास्टिक सहित र शुद्द तौल १४.८६ ग्राम फेला पारी निज मनोज राना समेतलाइ नियन्त्रणमा लिइ इ.प्र.का.झलारीमा राखेको ।

मिति २०८२।०५।१५ गते देखि ऐ.१६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१६

कर्तव्य ज्यान,सिन्धुली, दुधौली न.पा.१४ भौडी बस्ने अं.वर्ष ४० को तुला राज सुनुवारले निजकै आमा वर्ष ६५ की फाल कुमारी सुनुवारसंग अंशबन्डाको विषयलाई लिई वादविवाद हुँदा निज तुला राज सुनुवारले आमालाई फलामको खन्तीले टाउको र छातीमा प्रहार गरी आफ्नै घरको आगनमै मृत्यु भएको भनि प्र.चौ दुधौलीमा ऐ.१४:१० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.दुधौलीबाट प्र.ह.को कमाण्डमा टोली खटी गई तुला राज सुनुवारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ‍.प्र.का.डकाहाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल कटारी पठाएको । बाँके, खजुरा गा.पा.६ गिजरा स्थित ऐ.बस्ने अं.वर्ष २९ को दिनेश रमजालीले निजको सालो पर्ने ऐ. बस्ने अं.वर्ष २२ को अर्जुन राना मगरलाई घरायसी बिषयमा बादबिबाद हुँदा बियरको बोतल प्रहार गरी घाईते भई उपचारको लागि सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंज पठाईएकोमा ऐ.१९:३० बजे उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको, उक्त स्थानमा इ.प्र.का.धनौली बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको साथबाट खुकुरी थान १  र फलामको त्रिशुल थान १ बरामद गरी निज दिनेश रमजालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।भरूवा बन्दुक सहित मानिस नियन्त्रणमा,ललितपुर , मिति २०८२।०५।१२ गते अं. ०६:०० बजे, बाग्मती गा.पा.३ ढुंगेपानी घर भई बस्ने  वर्ष ५० को मान ब. जिम्बा आफ्नो घर नजिकै अं.१०० मिटर टाढा रहेको मकै बारीमा गएको अवस्थामा बँदेललाई थापेको पासोमा परी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. भट्टेडाडाबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा बँदेललाई मार्नको लागी भरुवा बन्दुकमा टार्गेट फिक्स गरी टेगरमा धागोले बाधी राखेको अवस्थामा घास काटन भनि मान बहादुर जिम्बा जाँदा खेरी धागो हल्लिन गई टेगर आफै छड्किएर भरुवा बन्दुक पड्किन गई निज मान बहादुर जिम्बाको बाया खुट्टाको घुडामा चोट लगेको बन्दुक पड्केको आवाज सुनि किशोर भोलन हेर्न  जादा मान्छेलाई लागेको देखी किशोर भोलनले बन्दुक  लिई फरार भएको ऐ.१५:४५ बजे मनमोहन अस्पताल महाराजगंज काठमाण्डौ पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर पठाईएको,भरुवा बन्दुक सहित फरार व्यक्तीलाई ऐ.१५ गते १८:१० बजे जि. ललितपुर बाग्मती गाँउपालिका ०२ माल्टा बाट ऐ. गाँउपालिका ०३ ढुंगेपानी घर भई बस्ने बर्ष ५९ को किशोर भुलुनलाई भरुवा बन्दुक सहित प्र.चौ. भट्टेडाडाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई प्रहरी वृत्त चापागाँउमा ल्याई  राखिएको ।ज.ज.क.,तेह्रथुम , फेदाप गा.पा. ५ ईसिबु बस्ने वर्ष १२ की बालिकालाई निजकै घरमा सानै उमेर देखि (मावली) बस्दै आएको वर्ष अं. १८ को बालकले मिति २०८२।०५।१४ गते अं.१८:०० बजे, ज.ज.क.गरेको भनी प्र.चौ.सम्दुमा जानकारी गराउनासाथ प्र.चौ.सम्दुबाट प्र.ह. र इ.प्र.का.आठराईबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई ऐ.१५ गते ५  दिनको म्याद थप गरी जि.प्र.का.तेह्रथुमको हिरासतमा राखिएको । उदयपुर , बेलका न.पा.२ कंचनजघा स्थित मिति २०८२।०५।१४ गते अं.१०:४५ बजे, हिमशिखर सामुदायिक ईङलिस बोडिङ स्कुलको अफिस कोठामा सोही स्कुलका  प्रधानाध्यापक ऐ.शिवालय टोल बस्ने अं.वर्ष ४७ को युवराज श्रेष्ठले सोही स्कुलको कक्षा ७ मा अध्यनरत छात्रा ऐ.बस्ने अं.वर्ष १४ की बालिकालाई ज.ज.क.गरेकोले निजलाई आवश्यक कारवाही गरी पाउँ भनी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ऐ.१५ गते अं.१८:०० बजे लिखित जाहेरी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.२०:३० बजे निज युवराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप आ.अ.भईरहेको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको । भेलाजम्मा पश्चात झडप, हवाई फायरिंङ,धनुषा , मिति २०८२/०५/१४ गते अं.१३:५५ बजे जनकपुर उ.म.न.पा.२० रूपैठा स्थित रन चोकमा श्री गणेश पुजाको मुर्ती सेलाउने(विसर्जन गर्ने ) बिषयमा बसहिया मोडमा मुस्लिम समुदायको झण्डालाई हटाई हिन्दुको झण्डा लगाएको विषयमा दुवै पक्ष विच वादविवाद भई झडप भएको बिषयमा मिति २०८२।०५।१५ गते ज.उ.म.न.पा.२० रन चोक स्थित हिन्दु मुस्लिमको झण्डाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षका मानिसहरु आई छलफल गरी सार्वजनिक स्थानमा रहेको झण्डा हटाई सो क्षेत्रमा सामाजिक सदभाव कायम राख्ने निर्णय बमोजिम जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा २२९ जना र स.प्र.ना.उ.को कमाण्डमा ८७ जनाको टोली गरी जम्मा ३१६ जनाको टोली खटी गई दुबै पक्षको झण्डा हटाउन खोज्दा उक्त झण्डाको विषयलाई लिएर ऐ.१६:५० बजेबाट हिन्दुवादी समर्थक राष्ट्रिय एकता अभियानका केन्द्रीय कोषाध्यक्ष मनिष पूर्वेको नेतृत्वमा ४००/५०० जना हिन्दुवादी युवाहरू रन चोकमा भेला जम्मा भई झण्डा हटाउन नदिई विरोध गरिरहेको, ऐ.१७:४० बजे प्रहरी माथि ढुङ्गामुढा गर्दा स्थितिलाई नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीबाट Tear ग्याँसबाट ३१ राउण्ड, SLR बाट ब्ल्याङ्क १४ राउण्ड, ईन्सासबाट ५ राउण्ड, सानो पेस्तोलबाट ११ राउण्ड गरी जम्मा ६१ राउण्ड हवाई फायर र सशस्त्र प्रहरी बल नेपालबाट ७ राउण्ड Tear ग्यास फायर भएको,उक्त झडपमा पर्दशनकारी तर्फ जनकपुर उ.म.न.पा.२० रुपैठा बस्ने वर्ष  २९ को लक्ष्मण मुखियाको दुवै खुट्टाको घुँडा मुनि गोली लागी घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोमा ऐ.२२:४० बजे थप उपचारको लागि ट्रमा सेण्टर काठमाडौं रिफर भएको,अवस्था मध्यम,  र प्र.क.तर्फ प्र.ना.उ.बरुण बहादुर सिंह सहित ४ जना  र स.प्र.क. तर्फ १ जना गरी जम्मा ५ जना घाईते भई सामान्य उपचार पश्चात डिस्चार्ज सबै जना  भएका, हालको अवस्था सामान्य रहेको, सम्झाई बुझाई कार्य भईरहेकोमा ऐ. २२:३० बजे सबै जना तितर वितर भएको । गौबध,कास्की , पोखरा म.न.पा. २५ याम्दी स्थित सेती नदीको किनारामा अं. ५ वर्षको गाई मारेको छ भन्ने स्थानीय मार्फत सूचना प्राप्त हुनासाथ अ.प्र.पोष्ट हेम्जाबाट प्र.ह.को कमाण्डमा खटी गएको टोलीले हथौडा प्रयोग गरी गाई मार्ने जि.धादिङ घई भई हाल जि.कास्की पोखरा म.न.पा. १८ धारापानी मार्ग बस्ने वर्ष ४८ को गंगा बहादुर गुरूङलाई हथौडा सहित नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याईएको, गाई धनी नखुलेको, गाई घटनास्थलमा रहेको, थप अनुसन्धान कार्य भईरहेको ।कैदि थुनुवा बिरामी,सुर्खेत , जि.प्र. का. सुर्खेतको हिरासत कक्षमा रहेको जि. सुर्खेत विरेन्द्रनगर न..पा. १२ नेवारे बस्ने वर्ष २८ को लागु औषध मुद्दाको थुनुवा ( मिति २०८२।०५।१४ गते १९;३० बजे नियन्त्रणमा लिई ऐ १५ गते ५ दिन म्याद गरेको ) निरज बाबु राई एक्कासी बेहोस भई उपचारको लागि प्र.स.नि. डम्मर खत्रीको कमाण्डमा ५ जनाको प्रहरी टोलिले कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा पुर्‍याई वेड भर्ना गरी उपचार भईरहेको अबस्था सिरियस, थप अपडेट ;- ऐ २०;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा थप ५ जनाको टोलि खटिएको थुनुवाकोको श्रीमती पबित्रा रावल (९८४८०३६४९६ ) ,बहिनि र दाजु समेत साथमा रहेको।थप अपडेट ;- ऐ २१;३० बजे निज थुनुवाको सिटिस्क्यान गरी कर्णालि प्रदेश अस्पतालको भेन्टिलेटरमा राखि उपचार भईरहेको अबस्था सिरियस अन्य बि.बि. पछी । ला.औ.,सुनसरी , रामधुनी न.पा.५ बस्ने वर्ष ३० को सागर राईले खैरो हिरोईनको कारोबार गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोली, प्रस्तावित इ.प्र.का. रामधुनीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का. पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले निजलाई ऐ.ऐ.बस्ने निजकै दिदी रीना राईको घरमा बसिरहेको अबस्थामा अं.१०० ग्राम प्लाष्टिक सहित खैरो हिरोई जस्तो देखिने लिसाईलो पदार्थ र निज सागर राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. पकलीमा लगि राखेको । उक्त खैरो हिरोई जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ११८.३ ग्राम रहेको र प्लाष्टिक बाहेक १०५.५६ ग्राम रहेको ।  मकवानपुर , हेटौडा उ.म.न.पा.३ च्यानडाडाँ स्थित भित्री जंगलको बाटोमा ला.औ.गाँजा ल्याएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा दुई वटा मो.सा.मा ४ जना जाँदै गर्दा राक्सिराङ तर्फ बाट पूर्व पश्चिम सडक खण्ड बसामाडी हाइवे तर्फ बोरामा ला.औ.गाँजा बोकी आउँदै गरेको ७/८ जना मानिसले प्रहरी टोलीलाई देख्नासाथ आफुले बोकेको बोरा फाली जंगल तर्फ भागेको, उक्त बोरामा ला.औ.गाँजा १४ पोका रहेको अं.१२० देखि १४० kg रहेको (तौल गर्न बाँकी), फरार मानिसहरूको खो.त.भईरहेको, ला.औ.गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

मिति २०८२।०५।१३ गते देखि ऐ.१५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१५

धारिलो हतियार प्रहार,भोजपुर, पौवादुङमा गा.पा. १ खोलाखर्क बस्ने स्व.भुपाल राईको छोरा अं.वर्ष ४० को प्रताप राईले के-कुन कारण आफ्नै घर आगनमा निजले आफ्नै आमा, भाई र श्रीमतिलाई खुकुरी प्रहार गरी घाईते बनाएको भनि खबर प्राप्त हुनासाथ इ.प्र.का.तिवारीभञ्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई खुकुरी प्रहार गर्ने  प्रताप राईलाई नियन्त्रणमा लिई निज घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाएको (१ जनाको अवस्था गम्भीर, २ जनाको मध्यम रहेको) र ऐ. १०:५० बजे थप अनुसन्धानको लागि इ.प्र.का.तिवारीभञ्ज्याङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । महोत्तरी, पिपरा गा.पा.५ चांदनी चौक स्थित ऐ.बस्ने राजेन्द्र महराको छोरा वर्ष २७ को राम अवतार राम र ऐ.बस्ने रत्न मुखियाको छोरा वर्ष ३० को सुरेन्द्र मुखिया बीच के-कुन कारण झै झगडा हुदा सुरेन्द्र मुखियालाई राम अवतार महराले पिठ्युमा चक्कु प्रहार गरी घाइते बनाएकोमा जानकी हेल्थ केयर जनकपुरमा लगि उपचार भईरहेको, अवस्था गम्भीर, उपचारमा निजको दाई विशेश्वर मुखिया संलग्न, उक्त स्थानमा इ.प्र.का. सहोड्वाबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चक्कु प्रहार गर्ने राम अवतार रामलाई नियन्त्रणमा लिई जि.प्र.का.महोत्तरी पठाइएको । प्र.क. मृत्यु,ताप्लेजुङ, जिल्ला झापा धुलाबारी न.पा.१० धुलाबारी स्थाई वतन भएको जि.प्र.का.ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई कार्यरत वर्ष अं.४५ को प्र.स.नि. इन्द्र बहादुर भुजेल (क.कोड ३०८८६३) डिउटी जाने क्रममा शौचालय जादै गर्दा अचानक लडि उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङमा लगेकोमा ऐ.०९:३० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, ऐ.०९:४० बजे निज मृतकको श्रीमति इ.प्र.का.धुलाबारीमा कार्यरत प्र.स.नि. बिनिता शेर्पालाई घटनाबारे जानकारी गराई, जि.प्र.का. ताप्लेजुङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी आफन्त आई पुग्न समय लाग्ने भएकोले सहजिकरणको लागि जि.प्र.का. झापासंग आवश्यक समन्वय गरी लास पो.मा.को लागि ऐ. १०:३५ बजे झापा पठाएको साथमा प्र.स.नि. सहित २ जना प्र.क.गएको ।ज.ज.क.,दाङ, घोराही उ.म.न.पा.१८ फुर्सेखाली बस्ने वर्ष ५८ को बिष्णु परियार (ऐ.बंगलाचुली गा.पा.१ खाडा स्थित आफ्नो ससुराली घरमा आएको अवस्थामा) ले मिति २०८२।०५।०६ गते १४:०० बजे ऐ.बंगलाचुली गा.पा.१ खाडा स्थित पीडित अं.वर्ष ६ की नावालिकालाई निजको हजुरबुवाको घरमा गएको अवस्थामा ज.ज.क.गरेको भनी ऐ.१२ गते १५:०० बजे जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएकोमा ऐ.१३ गते पीडितको आमाले ज.ज.क.कसुर मुद्दामा किटानी जाहेरी दरखास्त दिएको हुँदा पीडित र पीडक दुबै जनाको बिस्तृत स्वास्थ्य परीक्षण गराई पीडितलाई आफन्तको जिम्मा लगाई पठाइएको, बिष्णु परियारलाई सम्मानित दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आ.अ.भइरहेको । मकवानपुर, बकैया गा.पा.८ वंदह बस्ने अं.वर्ष १८ की किशोरीलाई मिति २०८२।०५।०१ गते दिउँसोको समयमा ऐ.बकैया गा.पा.९ चिउलीबास बस्ने अं.वर्ष ३८ को किरण बज्यु(विवाहित)ले ललाई फकाई गरी घरबाट लिई गएको भनी ऐ.२ गते प्र.चौ.हात्तिसुडेमा खो.त.को लागि निवेदन दिएकोमा खो.त.गर्ने क्रममा ऐ.१३ गते प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले आफन्तहरूको सहयोगमा केटाको घरमा दुबैजनालाई फेला पारी आ.अ.को लागि जि.प्र.का.मकवानपुरमा ल्याएकोमा ऐ.१४:०० बजे किशोरीको आफन्तले ज.ज.क.सम्बन्धि जाहेरी दिएको हुँदा पीडकलाई जि.प्र.का.को हिरासतमा राखिएको, पीडितलाई सेफ हाउसमा लगेर राखिएको । मकवानपुर, इन्द्रसरोवर गा.पा.३ अदुवा बारी बस्ने वर्ष अं.१५ की बालिकालाई मिति २०८२।०५।०९ गते ऐ.भीमफेदी गा.पा.९ खडदार बस्ने वर्ष अं.३५ को मिलन मोक्तानले ललाई फकाई गरी भगाई लगेकोमा ऐ.१२ गते निज बालिकालाई बालिकाको घरमा ल्याई बुझाएकोमा बालिकाको आमाले ऐ.१३ गते १८:४० बजे प्र.चौ.सिस्नेरीमा आई मेरो छोरीलाई मिलन मोक्तानले ज.ज.क.गरेको भनी निवेदन दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई प्र.चौ.सिस्नेरीमा ल्याएकोमा बालिकालाई ऐ.गाउँपालिका उपाध्यक्षको रोहवरमा आफन्तको जिम्मा लगाई पठाएको, स्वास्थ्य अवस्था सामान्य रहेको, मिलन मोक्तानलाई आ.अ.को लागि इ.प्र.का.भिमफेदी पठाइएको । कैलाली, कैलारी गा.पा.७ रामपुर बस्ने वर्ष ७२ को बग्गीराम चौधरी डगौराले मिति २०८२।०५।१० गते २०:०० बजे ऐ.वर्ष ३० की महिला (अबिबाहित,बोल्न नसक्ने,मानसिक अवस्था कमजोर भएकी) लाई ललाइफकाइ आफू बस्ने घरको कोठामा लगेर जबरजस्ती हातपात गर्न लागेको(ज.ज.क.उद्योग) अवस्थामा पीडितको सहोदर दाजुले देख्नासाथ पीडक फरार भएको हुँदा पीडकलाई आवश्यक कारवाही गरी पाऊँ भनी ऐ.१३ गते १६:०० बजे पीडितको दाजुले इ.प्र.का.रामपुरमा लिखित निवेदन दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१९:०० बजे नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.पठाइएको ।कैदी मृत्यु,काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जि.बझाङ मष्ट गा.पा.०४ स्थायी वतन भएको वर्ष २६ को ज.ज.क.मुद्दामा कैद भुक्तान गरिरहेका गोबिन्द बहादुर कठायत हातको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०४।२९ गते केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भइरहेकोमा मिति २०८२।०५।१३ गते १८:०० बजे उपचारक क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । (कारागार दाखिला मिति:-२०७९।१२।२५ गते, सजाय १२ वर्ष, मुद्दा चलाउने निकाय:-बझाङ जिल्ला अदालत) ।  धनकुटा, धनकुटा नपा-६ परिचयमोड स्थित रहेको जिल्ला कारागार धनकुटामा जजक मुद्धामा पुर्पक्षका लागि कारागारमा रहेका थुनुवा जिल्ला धनकुटा छथरजोरपाटी गापा-४ घर भएको वर्ष ४९ को ईन्द्र बहादुर लिम्बु मुटु सम्बन्धी बिरामी भइ स्वासप्रस्वासमा समस्या आई उपचारको लागि जिल्ला धनकुटा पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि  बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएकोमा ऐ.१९:१३ बजे उपचारको क्रममा मृत्यु भएको, जिप्रका धनकुटाबाट प्रसनि अजय राईको कमाण्डमा २ जनाको टोली खटि गएको ,मृतकको बारे आफन्त हरुलाई समेत जानकारी गराई सकेको, लास ऐ. अस्पतालको शव गृहमा रहेको । सुनसरी, झुम्का कारागार सुनसरीमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका जि. सुनसरी गढी गापा ०६ बस्ने बर्ष ४८ को रामदेव उरावलाई श्वास फेर्न गारो भएको हुदा उपचारको लागी प्र.ब.ह.को कमाण्डमा २ जनाको टोलिले बाप्र ०१-००२झ ७१२५ नं. को भ्यानमा बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, सुनसरीमा लगेकोमा १५ गते अं. ००:०० बजे डाक्टरले चेकजाच गर्दा निज बिरामीलाई मृत घोषणा गरेको, मृत लाश सोही अस्पतालमा रहेको । धारिलो हतियार प्रहारद्वारा आत्महत्या,अर्घाखाँची, मिति २०८२।०५।१३ गते अं.१४:३५ बजे जि.अर्घाखाँची शितगंगा न.पा.१४ पावरा  बस्ने अं.वर्ष २९ को पुर्ण बहादुर मुखियाले आफ्नै घरमा कोही नभएको समयमा आफ्नै घाँटिको अगाडीको भागमा हसिँया प्रहार गरी मृत अवस्थामा रहेको भनी स्थानिय मार्फत जानकारी हुनासाथ प्र.स.नि अवदेश कुमार दसौदी शर्माको कमाण्डमा २ जना खटिगई घटनास्थल सुरक्षित राखेको, आफै हसियाँ प्रहार गर्नुको कारण नखुलेको, घरमा आमा छोरा मात्र वस्दै आएको, दिदि बहिनीको विवाह भई सकेको भन्ने बुझिएको । नवजात शिशु फेला,मोरङ, उर्लाबारी न.पा.५ स्कुलडाँडा स्थित अरनिको अस्पताल उर्लाबारीको महिला शौचालयमा अं.६ महिनाको नवजात शिशु (छोरा) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.उर्लाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नवजात शिशुलाई उद्दार गरी ऐ. अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१०:४५ बजे ऐ.अस्पतालको कर्मचारी संगीता थापाको जिम्मामा किओच बाल अस्पताल दमक पठाएको, अवस्था सामान्य रहेको, उक्त नवजात शिशु को-कस्को भन्ने नखुलेको, थप आ.अ.भईरहेको । नवजात शिशु मृत्यु,काठमाण्डौ, काठमाडौँ म.न.पा.३२ नरेफाँट मनोहरा पार्क नजिक सडक पेटीको छेउमा नवजात शीशु (बालक) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो..को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको । ला.औ.,भोजपुर, न.पा.९ पिङडाँडा स्थितमा गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ११ प ७६६८ नं. को २२० सिसिको पल्सर मो.सा.को सिट मुनि लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईएलो पदार्थ  प्लाष्टिक सहित तौल गर्दा २० ग्राम ६०० मिलि ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १५ ग्राम ६५० मिलि ग्राम र नाम नखुलेको सेतो कलरको ५२ चक्कि र निलो कलरको २६ चक्कि समेत फेला परी मो.सा.चालक जि.भोजपुर भोजपुर न.पा. १२ बस्ने वर्ष ३० को रिजन श्रेष्ठ, मो.सा.मा पछाडी सवार जि.भोजपुर टेम्केमैयुङ गा.पा.२ बस्ने वर्ष २८ को सनुप राई र मो.सा. समेत नियन्त्रणमा लिई  जि.प्र.का.भोजपुरमा ल्याई अनुसन्धान कार्य भईरहेको । बारा, सिम्रौनगढ न.पा. २ नयका टोला बाहीटोल स्थित ऐ.ऐ. बस्ने स्व. कृष्ण यादवको श्रीमती बर्ष अं. ३५ की रिता देवी यादवले आफ्नो घर भित्र लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.सिम्रौनगढ बारा बाट प्र.नि. पवन पछाई (९८५५०४५२९९) को कमाण्डमा प्रहरी टोली खटीगई निज रिता देवी यादवको घर भित्र प्रवेश गरी हेर्दा घरको कोठा भित्रको खाट मुनी जुट र प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त बोरा सहितको १३८ किलो ७०० ग्राम लागु औषध गाँजा बरामद गरी घर धनी जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं. २ बस्ने बर्ष अं. ३५ की रिता देवी यादव समेतलाई पक्राउ गरी लागु औषध गाँजा सहित आवश्यक कारवाहीको लागि तालुक जिल्ला प्रहरी कार्यलय बारामा पठाईएको ।  सुनसरी, ईनरुवा न.पा.४ बसचोक स्थितमा जि.प्र.का.सुनसरीबाट सादा पोसाकमा खटिएको टोलि र अ.प्र.पोष्ट बसपार्कबाट प्र.ब.ह को संयुक्त चेकीङ टोलीले लौकहीबाट झुम्का तर्फ आउदै बा ४६ प ८४०२ नम्बरको मोसालाइ रोकी चेकजाँच गर्ने क्रममा मोसा चालक जिल्ला मोरङ बेलबारी न.पा ४ बस्ने वर्ष ४० को इन्द्र बहादुर गुरुङको साथबाट प्लास्टिक बाहेक तौल गर्दा १६.३५ ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी मोसा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.सुनसरीमा ल्याइ राखिएको।

मिति २०८२।०५।१२ गते देखि ऐ.१३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१३

कर्तव्य ज्यान,काठमाडौं, का.म.न.ना ३२ कोटेश्वर जडिबुटी स्थित मिति २०८२।०५।०७ गते २३:३० बजे, Burger House बाट पेप्सीकोला तर्फ (पैदल) जाने क्रममा यकिन नं.नखुलेको मो.सा.मा सवार ३ जना ब्यक्तिले जि.सखुवासंभा धर्मादेबी न.पा.२ घर भई हाल जि.भक्तपुर बालकोट चित्रापुर बस्ने वर्ष ४३ को गिरीराज खड्का र निजको साथी जि. काभ्रे रोसि गा.पा ११ घर भई हाल जि. भक्तपुर बस्ने वर्ष ३६ को  लाल तामाङलाई कुटपिट गरी तरकारी बजार तर्फ फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग कोटेश्वरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि महांकाल स्थित ट्रमा सेन्टर पठाईएकोमा ऐ.१२ गते २३:१२ बजे,उपचारको क्रममा निज गिरीराज खड्काको मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, घाईते लाल तामाङको सोही अस्पतालमा उपचार भईरहेको,अवस्था मध्यम, कुटपिट गर्ने व्यक्तिहरु फरार खो.त.भईरहेको । ज.ज.क,ओखलढुंगा, चिसंखुगढी गा.पा.६ स्थित वर्ष ४ की बालिकालाई मिति २०८२।०५।११ गते १२:३० बजे ऐ.बस्ने वर्ष १५ को बालकले जाहेरवालाको मतान घरमा लगेर ज.ज.क.गरेको भनी ऐ.१२ गते ०७:०० बजे लिखित जाहेरी प्राप्त भएको हुँदा प्र.चौ.निशंखेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको । दाङ, घोराही उ.म.न.पा.१९ सैघा बस्ने वर्ष ४० को मंगल बहादुर घर्ती मगरले ऐ.बस्ने बर्ष २५ की महिलालाई आफ्नै घर कोठामा आई मलाई करणी गर्ने मनसायले मेरो स्तनको भागमा समातेको भनी ऐ.२०:०० बजे मौखिक जानकारी  गराए पश्चात जि.प्र.का.बाट  प्र.नि.को कमाण्डमा टोली खटी गई निज मंगल बहादुर घर्ती मगरलाई पक्राउ गरी ज.ज.क.उ. कसुरमा मिति २०८२।०५।१२ गते किटानी जाहेरी दरखास्त दिएको हुँदा पीडित तथा प्रतिवादी दुबै जनालाई बिस्तृत स्वास्थ्य परिक्षण गराई पीडितलाई हाल आफ्नो बुवाको जिम्मामा पठाईएको र निज प्रतिवादीलाई सम्मानित दाङ जिल्ला अदालतमा मिति २०८२।०५।१२ गते उपस्थित गराउदा पहिलो पटक मिति २०८२।०५।११ गते देखि लागु हुने गरी ५ (पाँच) दिन म्याद थप भई प्रतिवादीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको । बिदेशी नागरिक मृत्यु,काभ्रे, भारत बैंगलौर कर्नाटक बस्ने अं.वर्ष ६२ की भर्मलक्ष्मी नरशिम्मा शेट्टी AUGUST 12 तारिखमा नेपाल आई कैलाश मानसरोबर दर्शन गरी फर्कने क्रममा जिल्ला सिन्धुपाल्चोक कोदारी नाकामा एक्कासी बिरामी भई कोदारी स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी धुलिखेल अस्पताल काभ्रे ल्याईएकोमा ऐ.२१:२५बजे,डाक्टरले मृत्यु घोषणा गरेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी गराएको,उक्त स्थानमा जि.प्र.का.काभ्रेबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको। ला.औ.,सर्लाही, लालबन्दी न.पा.८ खतिवडा चोक नजिकै ला.औ. ओसार पोसार भएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.लालबन्दीबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई चेकजाँच गर्ने क्रममा पत्थरकोटबाट लालबन्दी तर्फ दुई वटा झोला बीचमा राखी दुई जना सवार गरी  आउँदै गरेको बाग्मती प्रदेश -०२-०४२ प  ४०५३ नं.को मो.सा.लाई शंका लागी रोक्न खोज्दा उक्त मो.सा.मा सवार दुई जना मो.सा. र झोला फाली ऐ.स्थित पश्चिम तर्फ खेततिर भागेकोमा प्रहरी टोली पछ्याउदै जाँदा दुई जना मध्ये एक जना ऐ.लालबन्दी न.पा.१४ कामिटार  बस्ने वर्ष २० को सन्ते ब्लोनलाई नियन्त्रणमा लिएको, एक जना फरार खो.त. कार्य भईरहेको,उक्त दुई वटा झोला खोली हेर्दा अं.२५ के.जि.बराबरको ला.औ.गाँजा फेला पारी इ.प्र.का.लालबन्दीमा ल्याई राखिएको। धादिङ, गल्छी गा.पा.६ महेश दोभान स्थित पृथ्वी लोकमार्गमा बैरेनीबाट पोखरा तर्फ जाँदै गरेको जि.कास्की पोखरा उ.म.न.पा.९ बस्ने वर्ष २८ को संजय के.सी.ले चलाएको ग २० प ४७२६ नं.को स्कुटीलाई प्र.चौ.बैरेनीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्कुटीमा राखेको जेब्रा झोला भित्र ८ पोका अं.११ किलो ला.औ.गाँजा सहित स्कुटी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धन कार्य भईरहेको।  सुनसरी, धरान उ.म.न.पा.२० बाम्रे खोला स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटी गएको RIT टोली र अ.प्र.चौ.बिष्णुपादुकाबाट खटी गएको प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले चेकजाँच गर्ने क्रममा चाँदीबगरबाट धरानतर्फ आउँदै गरेको को ९ प ६८६९ नं. को मो.सा.मा बोरामा अं. १७ के.जि. ला.औ. गाँजा लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी मो.सा. चालक ऐ.२० बस्ने वर्ष २९ को संगम राई र ऐ.बस्ने वर्ष ३४ को नन्द कुमार राई समेतलाई नियन्त्रणमा लिई अ.प्र.चौ.बिष्णुपादुकामा ल्याई राखिएको, निजहरुलाई ला.औ.गाँजा र मो.सा.सहित इ.प्र.का.धरान पठाएको ।

मिति २०८२।०५।११ गते देखि ऐ.१२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१२

कर्तव्य ज्यान,रौतहट, कटहरिया न.पा.४ बहादुरपुर टोल बस्ने शिवनाथ यादवको छोरा वर्ष २२ को संजय यादव,वर्ष २० को विजय यादव र ऐ.बस्ने वर्ष ३२ को दिपलाल यादव समेतले मिति २०८२/०४/१६ गते १४:०० बजे मोबाईल चोरी गरेको विषयलाई लिएर ऐ.बस्ने वर्ष ३० को नसिब बैठालाई कुटपिट गर्दा गम्भीर घाईते भई उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा सामान्य उपचार पश्चात थप उपचारको लागि स्पर्श अस्पताल वीरगंज पठाई ICU मा उपचार भईरहेकोमा  ऐ.११ गते ०३:०० बजे मृत्यु भएको भन्ने ०८:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.कटहरियाबाट प्र.ब.ह.र  व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई लास जाँच प्रकृती मुचुल्का पश्चात शव पो.मा.को लागि नारायणी अस्पताल वीरगंज पर्सा पठाईएको, कुटपिट गर्ने मध्ये कटहरिया न.पा.५ बस्ने वर्ष ३२ को घर्भु दयाल सरभंगलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको, अन्य फरार खो.त.कार्य भईरहेको । ज.ज.क / बाल यौन र्व्यवहार,पाल्पा ,मिति २०८२।०५।१० गते राती अं. ११:३० बजेको समयमा जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ८ स्थित पिलटार स्थित आफ्नै दिदीको घरमा आई बसेको जिल्ला स्याङ्जा चापाकोट न.पा. ८ दामाचौर बस्ने बर्ष २२ को बिष्णु कुमालले ऐ.बस्ने बर्ष ११ की बालीकालाई आफ्नै दीदीको घरमा बोलाई बालयौन दुरुपयोग गरेको भनि मिति २०८२।०५।११ गते १७:०० बजे तालुक जि.प्र.का.पाल्पा गई जाहेरी दरखास्त दिएकोले उक्त स्थानमा इ.प्र.का. रामपुर पाल्पाबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिई गई घटनामा संलग्न आरोपित निज बिष्णु कुमाललाई नियन्त्रणमा लीई थप अनुसन्धानको लागी तालुक जि.प्र.का. पाल्पामा पठाईएको । भक्तपुर, मिति २०८२।०४।०५ गते १४:०० बजे देखि ऐ. २५ गतेसम्म जिल्ला काभ्रे नबोबुद्ध न.पा.५ घर भई हाल जिल्ला भक्तपुर भक्तपुर न.पा.२ ब्यासी बस्ने बर्ष १३ की बालिकालाई जिल्ला काभ्रे बनेपा घर भई  कमलबिनायक भत्केको पाटी बस्ने बर्ष १५ को र जिल्ला भक्तपुर, भक्तपुर न.पा.७ बस्ने बर्ष १६ का बालकहरुले पटक पटक ज.ज.क. गरेको (भक्तपुर न.पा.-१० भत्केकोपाटी स्थितमा पहिलो पटक) भनि  ऐ. ०५।११ गते १८:३४ बजे पिडितको आफन्तले जाहेरी दिएको हुँदा जिल्ला प्रहरी परिसरबाट प्रहरी टोली खटी गई दुबै जना बालकहरुलाई नियन्त्रणमा लिएको । आत्मादाह प्रयास,रौतहट, माधवनारायण नगरपालिका वडा नं.०६ नहरको छेउमा राजदेवी मन्दिर नजिक चौरमा ऐ.ऐ.बस्ने जगरनाथ पासवानको छोरा अं.वर्ष ३० को लक्ष्मण पासवान (सुटकेसमा लास फेला परेको रुवी देवीको हत्याको शंकित व्यक्ति) ले आत्मादाहा गर्ने उदेश्यले आफ्नो जिउमा मट्टीतेल खन्याई आगो लगाएकोमा जलेको अवस्थामा छ भन्ने जि.प्र.का.रौतहटमा खबर प्राप्त हुन साथ प्र.चौ.माधोपुर रौतहटबाट प्र.स.नि.को कमाण्डमा र जि.प्र.का.रौतहटबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको टोली तत्काल खटिगई उपचारको लागि एम्बुलेन्सद्वारा बेटर नेपाल अस्पताल गरुडा तर्फ पठाइएको अवस्था मध्यम रहेको, निजको शरिरको विभिन्न भागमा अं.३८ % जलेको, उक्त स्थान प्र.चौ.माधोपुरबाट अं. २ कि.मि.पश्चिम पर्ने (०) थप टिपोट ;- माथी उल्लेखित घटना सम्बन्धमा निज घाइतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागी किर्तिपुर हस्पिटल काठमान्डौको  पठाईएको, ICU (आइसीयु)मा उपचार भइरहेको, अवस्था गम्भिर रहेकोमा १८:०० बजेको समयमा डक्टरले मृत्यु घोषणा गरेको । कैदी मृत्यु,मिति २०८२।०५।११ गते बिहानको राती के-कुन समयमा जिल्ला मोरङ बिराटनगर मनपा-८ हाटखोला स्थित जिल्ला कारागार मोरङमा मिति २०८०।१०।०५ गते देखि थुनामा रहेको रहेको सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८१।०७।०७ गतेको फैसला आदेशानुसार कर्तब्यज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका कैदि जिल्ला सुनसरी बराहक्षेत्र न.पा.६ बस्ने राधिका भन्ने बर्ष ३२ कि राधा भट्टराई सोहि कारागारमा रहेको शौचालयभित्र चुक्कुल लगाई सलको पासो घाटिमा लगाई झुण्डि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ जिप्रका मोरङबाट प्रनाउ कोपिला चुडाल(९८५१२८१२८९)को कमाण्डमा SOCO सहितको प्रहरी टोलि खटि गएको,उक्त स्थान जिप्रका मोरङ बाट अं.४ किमि पुर्व पर्ने, बिबि पछि । लागु औषध,कञ्चनपुर,     2082/05/11 11:35   पुनर्वास न.पा.११ डोकेबजार बस्ने वर्ष २५ को सुनिल तामाङले भारतबाट ला.औ.खैरो हेरोईन ल्याई लुकाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.परासनबाट प्र.ना.नि.र ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले घर खानतलासी गर्ने क्रममा निजको घरकोठा भित्र रहेको दराज माथी कालो प्लाष्टिकको पोका थान ३६ पोका पारी प्लाष्टिकको डिब्बा भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारी शुद्ध तौल ७.५०० ग्राम परिमाण भएको ला.औ. (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी उक्त ला.औ., मोबाईल थान-२, नगद रु.१७,०००/- सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान प्र.चौ.परासनबाट अं.१ कि.मि.पूर्व पर्ने । झापा, 2082/05/11 12:30   मेचीनगर न.पा.८ गिरीगाँउ स्थित लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले ईटाभट्टाबाट सलकपुर तर्फ जाँदै गरेको मे.११ पा ४२३३ नं.को मो.सा.चालक ऐ. मेचीनगर न.पा. ८ बस्ने वर्ष ३२ को अजय मेचे र पछाडि सवार देश भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने वर्ष ३० को टान्टु भन्ने कनकन राहलाई शंका लागि चेकजाँच गर्ने क्रममा टान्टु भन्ने कनकन राहको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १०० ग्राम, १०० मिलिग्राम सहित दुवै जनालाई मो.सा. सहित नियन्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टा ल्याई राखिएको, उक्त स्थान इ.प्र.का.काँकरभिट्टाबाट अं.६ कि.मि.उत्तर पर्ने  ।  बारा,  सिम्रौनगढ नगरपालीका वडा १ ननसागारा बाध स्थितमा नेपाल बाट भारत तर्फ ५ जना मानिसले टाउकोमा बोकी ४ वटा पोकामा अं. ६० केजी ला.औ गाँजा लिएर जादै गर्दा प्रहरी चौकी अमृतगंज खजानी बाराबाट प्र.स.नि. को कमाण्डमा खटी गएको गस्ती टोली लाई देखी उक्त ला.औ.गाँजा फाली मानिसहरु फरार भएको , ला.औ गाँजा प्रहरी चौकी अमृतगंज खजानी बारामा ल्याई राखिएको, फरार व्यक्तिहरुको खो.त. कार्य भई रहेको ।

मिति २०८२।०५।१० गते देखि ऐ.११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-११

धारीलो हतियार प्रहार, कालीकोट , तिलागुफा न.पा.३ फोईमहादेबमा झै- झगडा भएको भनि स्थानियले टे.फो.मार्फत गते अं.१७:०० बजे खवर गरे प्रश्चात प्र.चौ.नाग्मागार्डबाट प्र.स .नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.३ बस्ने वर्ष २७ को अर्जुन शाहीले आफ्नो श्रीमती सँग अवैध सम्बन्ध राखेको भनि बिबादका कारण ऐ.३ बस्ने अं.वर्ष ३० को धर्म राज शाहीलाई धारीलो हतियार बन्चरो प्रहार गरी निजको टाउको ,घाँटि र बाँया हातको पाखुरामा गहीरो काटिएको,अबस्था गम्भीर रहेको घाईतेलाई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको कुटपिट गर्ने ब्यक्ति फरार रहेको खो.त.भईरहेको । कञ्चनपुर , बेदकोट न.पा.२ जडेपानी स्थित राधाकृष्ण मन्दिरका पुजारी वर्ष ६२ को बिर्ख राज पन्तलाइ सोही मन्दिरमा पूजा गरिरहेको अवस्थामा ऐ. बस्ने वर्ष ५६ को प्रसाद जोशीले मन्दिरबाट बाहिर बोलाई एक्कासि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको, घाइतेको निधार, अनुहार र बाँया गालामा चोट, अवस्था गम्भीर, उपचारको लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा थप उपचारको लागि ऐ.२३:०० बजे मायामेट्रो अस्पात धनगढी रिफर, साथमा निजको छोरा तारा दत्त पन्त रहेको, , कुटपिट गर्ने प्रसाद जोशी प्रहरीको नियन्त्रणमा ।शीशु मृत्त फेला,ललितपुर म.न.पा. २१ सानोखोकना आर्मी ब्यारेक टोल स्थित बाग्मती खोला किनारमा प्लाष्टिकमा पोका पारेको अवस्थामा लिङ्ग नखुलेको सडिगली सकेको नवजात शिसु बालिकाको शव सालनाल सहित बगिरहेको अवस्थामा फेला परेको भनी स्थानियले प्रहरी लाई खबर गरे पश्चात तत्काल प्रहरी प्रभाग बुंग्मती बाट प्र.नि. शसिधर शर्मा (९८५१२९१०३०) को कमाण्डमा ५ जना प्रहरी टोली खटी घटनास्थल लाश जाँच मुचुल्का कार्य सम्पन्न गरेको ,बालिकाको शव पो.मा. को लागी पाटन अस्पताल पठाएको । ला.औ.,कैलाली , धनगढी उ.प.म.न.पा.१० जुगेडा स्थित ला.औ.नि.ब्युरो धनगढी शाखाबाट प्र.स.नि.कप कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. बस्ने वर्ष २० को आकाश रानालाई संका लागी चेकजाच गर्दा निजको साथबाट ९ ग्राम ५० मिलिग्राम लागु औषध खैरो हिरोईन फेला पारी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  बाजुरा , बडिमालिका न.पा. ८ मार्तडी बजारको कपड हल नजिकै ऐ.९ बस्ने वर्ष अं.२७ को लक्ष्मण बि.क.र जि.कैलाली गौरीगंगा न.पा.१ चौमाला बस्ने वर्ष अं.३१ को दिपेन्द्र घर्ति मगर दुबै जनाले लागु औषध सेवन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा निजहरूको साथबाट चरेस जस्तो देखिने कालो पदार्थ अं.१० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ अं.१०० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको, ।

मिति २०८२।०५।०९ गते देखि ऐ.१० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-१०

ज.ज.क / बाल यौन र्व्यवहार,झापा, बुद्धशान्ति गा.पा.-१ होक्से स्थित जि.ताप्लेजुङ सिदिङवा गा.पा.वडा नं. ३ बस्ने बिष्णु कट्वालको छोरा वर्ष अं.१९ को जिवन कटुवालले सांकेतिक ठेगाना- ०३-०२-४ बस्ने वर्ष १४ की सांकेतिक नाम (०८२।०८३) “क” लाई ज.ज.क. गरेको भनी पिडितको कान्छी आमा सांकेतिक ठेगाना- ०३-०२-४ बस्ने सांकेतिक नाम (०८२।०८३) - क-३ ले मिति २०८२।०५।०९ गते अ.१७:०० बजे इ.प्र.का. धुलाबारी झापामा आई जाहेरी दरखस्त दिन साथ तत्काल इ.प्र.का. धुलाबारी झापाबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडक लाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी झापामा ल्याई दुवै पक्ष लाई आबश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको । रुपन्देही, तिलोत्तमा न.पा. १७ जमुहानि बस्ने वर्ष ४९ को चन्द्र भुवन प्रसाद थारुले जि. नवलपरासी पूर्व मध्यबिन्दु गा.पा. ४ चोरमारा घर भई हाल मावल घर जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका-१७ जमुहानि आएकि (बर्ष ३ कि)  परिवर्तित नाम ५०(०८२।०८३) भाद्र ९ लाई आफ्नो घर कोठामा लगि योनाङ्गमा हातको औला राखेको सम्बन्धमा ऐ. १६:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मंगलापुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई निज चन्द्र भुवन प्रसाद थारुलाई नियन्त्रणमा लिई इ.प्र.का.बुटवल पठाएको,अन्य अनुसन्धान कार्य भईरहेको । काठमाडौं, जि.उदयपुर कटारी न.पा.३ घर भई हाल जि. ललितपुर महालक्ष्मी न.पा.७ चाङगाथली बस्ने वर्ष ३७ की नाम परिवर्तित २६ परिसर (३) ०८२।०८३ लाई जि. काभ्रेपलान्चोक पाँचखाल घर भई हाल का.जि. का.म.न.पा.१७ ढल्कु बस्ने वर्ष २७ को उत्सब सापकोटाले निज जाहेरवालालाई बिवाह गर्ने प्रलोभनमा पारी माया जाल समेतमा पारी धाक धम्की समेत दिई मिति २०८२।०२।१७ गते का.जि.का.म.न.पा.वडा नं.१७ ढल्कु स्थित पीडकको डेरा कोठामा दिउँसो १३:०० बजे निज जाहेरवालाको ईच्छा बिपरीत जवरजस्ती करणी गरेको भन्ने ऐ.०९ गते दिनको १७:५० बजे जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएको । थुनुवा मृत्यु,कैलाली, धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय धनगढी कैलालीमा मिति २०८२।०४।२९ गते देखि रहेको ज.ज.क. मुद्दाको थुनुवा टिकापुर न.पा.४ बस्ने वर्ष ५६ को राम किसन चौधरी एक्कासी ढली बेहोस भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीमा पठाएकोमा ऐ.१४:२० बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, निज मृतक प्रेशर सम्बन्धी विरामी रहेको, उक्त स्थानमा का.सु.गार्ड धनगढी कैलालीबाट प्र.ह. र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, शव पो.मा.को लागि सोही अस्पतालको लाश घरमा राखेको,आफन्तलाई खबर भईसकेको, थुनामा पर्वपक्षको लागि रहेको । विदेशी नागरिक मृत्यु,चितवन, रत्ननगर न.पा. ६ हात्तीचोक स्थितमा रहेको थारू लजको कोठा नं. १ मा बिगत डेडमहिना देखी बस्दै आएको पासपोर्ट नं. XDD460021 भएको अं. वर्ष ७४ को स्पेन नागरीक FERRAN PUIG BARBER आज बिहान मन्दिर गई फर्की बसेकोमा हाल सम्म कोठाको ढोका नखोलेको कारण शंका लागी उक्त लज संचालक ऐ.बस्ने वर्ष ३५ की गंगा चौधरीले झ्यालबाट हेर्दा खाट मुनी मृत अबस्थामा रहेको भनि प्र.चौ.बछौलीमा खबर प्राप्त हुनासाथ प्र.चौ.बछौलीबाट प्र.ना.नि. र पर्यटक प्रहरी सौराहाबाट प्र.ना.नि.को टोली समेत खटी गएको र इ.प्र.का.रत्ननगरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सरकारी अस्पताल भरतपुर पठाईएको । ला.औ.,मकवानपुर, कैलाश गा.पा.७ सुकु भञ्ज्याङ स्थित भित्री सडकखण्डमा प्र.चौ.भार्ताबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.बिलौनीबाट सुकु भञ्ज्याङ तर्फ आउँदै गरेको नम्बर नखुलेको कालो रातो पल्सर मो.सा.लाई शंका लागी चेकजाँच गर्न खोज्दा मो.सा.पछाडि सवार नामथर वतन नखुलेको पुरुष ब्यक्तिले आफूले भिरेको झोला प्रहरीलाई देख्ना साथ बाटोमा फालेको र मो.सा.फरार भएकोमा उक्त झोला खोली हेर्दा ला.औ.अफिम जस्तो देखिने गिलो कालो पदार्थ अं.७/८ के.जी.फेला परेकोले बरामद गरी उक्त ला.औ. अफिम जस्तो देखिने पदार्थ जि.प्र.का.मा ल्याई तौल गर्दा १० के.जी. ५८० ग्राम (प्लाष्टिक सहित) रहेको, मो.सा.र मो.सा.मा सवार मानिसहरूको खो.त.भइरहेको ।  सुनसरी, बराहक्षेत्र न.पा. ११ काफ्ले टोल स्थित प्र.चौ.मघुवनबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले लौकहीबाट प्रकाशपुर तर्फ आउँदै गरेको प्रदेश १-०२-१६ प १२८७ नम्बरको मो.सा. रोकी चेक-जाँच गर्ने क्रममा उक्त मो.सा.मा लुकाई छिपाई ल्याँउदै गरेको TRAMOL-50 (TRAMADOL HYDROCHLORIDE CAPSULES I.P) १२६० पत्तामा १२,६०० पिस ट्याब्लेट लागु औषध फेला परेकोले मो.सा. चालक जिल्ला सुनसरी कोशी गा.पा.०६ बस्ने वर्ष २१ को सुनिल मुखिया र पछाडि सवार देश भारत बिहार राज्य सुपोल जिल्ला कसहर ग्राम पंचायत ११ बस्ने वर्ष अं. १५ को सुजन मुखिया गरी दुबै जना सहित उक्त मो.सा. र लागु औषध नियन्त्रणमा लिई प्र.चौ. मघुवनमा ल्याई राखिएको ।

मिति २०८२।०५।०८ गते देखि ऐ.०९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०९

ज.ज.क./ज.ज.क प्रयास,झापा , मिति २०८२।०५।०५ गते  १८:०० बजे जिल्ला झापा कचनकवल गाँउपालिका  ७ बालुबाडी टोल बस्ने वर्ष १६ की नाबालिकालाई जिल्ला झापा कचनकवल गा.पा. ७ बस्ने बर्ष अ. ७१ को र ऐ. बस्ने बर्ष अ. ५५ को  पुरुषहरुले ऐ. पाथीभरा सामुदायिक वनमा ललाई फकाई जवरजस्ती करणी गरेको भनि ऐ. ८ गते १६:३० बजे जिप्रका झापामा आई निज पिडितको आमाले जाहेरी दरखास्त दिन साथ इ.प्र.का बनियानीबाट प्रहरी टोली खटी गई दुबै पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का बनियानीमा ल्याई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी  जिप्रका झापा पठाईएको । नुवाकोट , मिति २०८२।०३।१५ गते १९:०० बजे म्याघाङ गा.पा.३ चिउरीभन्ज्याङ स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने वर्ष १५ की बालीकालाई ऐ.बस्ने वर्ष २२  को श्याम सुनारले ज.ज.क.गरेको, ऐ.२० गते ०९:०० बजे निज पीडितलाई ऐ.स्थित देउराली प्राथमिक स्वास्थ्य निर्माणाधिन अवस्थामा रहेको भवनको शौचालयमा  ऐ.बस्ने वर्ष १९ को विकेश वि.क.ले ज.ज.क.गरेको, ऐ.२४ गते २१:०० बजे निज पीडितलाई ऐ.स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने  वर्ष १४ को बालकले ज.ज.क.गरेको, ऐ.२७ गते २३:५५ बजे निज पीडितलाई ऐ.स्थित पन्च ब.सुनारको कोदो बारीमा ऐ.बस्ने बर्ष १४ को बालकले  ज.ज.क.गरेको भनी ऐ.०५।०७ गते ऐ.१६:०० बजे प्र.चौ.देउरालीमा निवेदन प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा  टोली खटी गई ज.ज.क.गर्ने ४ जना मध्ये ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भइरहेको, श्याम सुनार फरार रहेकोले खो.त.कार्य भईरहेको, बालिकाको अवस्था सामान्य रहेको । नुवाकोट,  मिति २०८२/०४/२५ गते अं.१६;०० बजे जिल्ला नुवाकोट बिदुर न.पा.३ मैरीटार स्थित अन्तिमपटक मामाघरमा र बिगत २/३ बर्ष देखि हाल सम्म ऐ. बस्ने बर्ष अ.३५ को पुरूषले ऐ.वस्ने वर्ष १५ की नाबालिकालाई ज.ज.क गरेको भनि पिडितको आफन्तले मिति २०८२/०५/०८ गते अ.१८:०० बजे जि.प्र.का. नुवाकोट आई निबेदन दिए पश्वात उक्त स्थानमा प्र.चौ.देबिघाटबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  नुवाकोट ,मिति २०८२/०५/०७ गते अं.१८;३० बजे जिल्ला नुवाकोट शिबपुरी गा.पा.७ पुछारटोल स्थित ऐ. बस्ने बर्ष अ.५६ को लालसिङ तामाङले ऐ.बर्ष अ.६ कि नाम (गोप्य) बालिकालाई आफनै घरमा ज.ज.क प्रयास गरेको भनि पिडितको आफन्तले ऐ.०८ गते अ.१९;०० बजे जि.प्र.का. नुवाकोटमा फोन मार्फत जानकारी दिए पश्वात उक्त स्थानमा अ.प्र.पोष्ट गुर्जेभन्ज्याङबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान कार्य भईरहेको । झै झगडा/ कुटपिट,सप्तरी, मिति २०८२।०५।०४ गते अं.१०:०० बजे खड्क न.पा.७ कल्याणपुर बस्ने अं. बर्ष-४० की जिबछी देबि साह र निजको (देउरानी) ऐ.ऐ.बस्ने अं. बर्ष-३५ की ललिता देवी साह बाटोमा ईँट्टा राखेको बिषयलाई लिएर बादबिबाद भई कुटपिट हुँदा ललिता देवी साहको पेटमा भित्री चोट लागी घाईते भएको, तत्काल अवस्था सामान्य रहेकोले घरमानै बसेकोमा  ऐ.०८ गते अं.१७:०० बजे एक्कासि पेट दुखी बिरामी भई राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा ल्याई उपचार भईरहेको भन्ने सोही अस्पतालका प्र.क.मार्फतखबर प्राप्त हुनासाथ इ.प्र.का.कल्याणपुर सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि घटनाबारे बुझ्दा ऐ.१९:०० बजे- बिरामी ललिता देबी साहको पेटमा ५ महिनाको गर्भ (छोरा) रहेकोमा उक्त गर्भ खेर गएको ,उक्त मृत शिशु र आमा सोहि अस्पतालमा रहेको, कानुनि प्रकृयाको लागी आवश्यक कार्य भईरहेको, कुटपिट गर्ने जिबछी देबि साह तत्काल घरमा नभएको, खो.त.कार्य भई रहेको ।  ला.औ.,मकवानपुर , हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिशेष सुचनाको आधारमा प्र.चौ.रातोमटे मकवानपुरबाट प्र.ह.को कमाण्डमा खटी गएको प्रहरी टोलीले भारतको रक्सौलबाट काठमाण्डौँ तर्फ आउदै गरेको BR 01 PB 1802 नं.को सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको ३९ पोकामा रहेको DIAZEPAM 2ML को १९५० एम्पुल, NOOPHIN 2ML को १९५० एम्पुल,PHENERGAN 2ML को १९५० एम्पुल (जम्मा ५८५० एम्पुल )र Tramadol २४ पत्तामा २४० क्याप्सुल  फेला पारी सुमो चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष ३५ को किस्मत अलि र सहचालक ऐ.बस्ने वर्ष २८ को शाहरुख अलि सहित नियन्त्रणमा लिई प्र.चौ.रातोमाटेमा ल्याई राखिएको । मोरङ बिराटनगर म.न.पा.१५ मण्ठापोखरी मन्दिर अगाडी सार्वजनिक सडक-खण्डमा इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले देश भारत राज्य दिल्ली जिल्ला कटिहार शिवानापुर ४ बस्ने वर्ष ३० को मोहमद सद्‍दाम हुसेन र ऐ. जिल्ला कटिहार खरसोता ५ बस्ने बर्ष ३२ को बमकिम कर्मकारलाई शंकास्पद रुपमा गफगाफ गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरु मध्ये मोहमद.सद्‍दाम हुसेनले बोकेको झोलाभित्र रहेको पाईन्टको गोजीभित्र लुकाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १४७ ग्राम फेला पारेकोले ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।  झापा भद्रपुर नगरपालिका वडा नं. ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा राज श्रेष्ठले आफ्नो घरबाट प्रतिबन्धित लागू औषध (ब्राउन सुगर) बिक्री वितरण गरि रहेको भन्ने सूचनाको आधारमा जिप्रका झापा बाट प्रनि को कमाण्डमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने मानिसहरु लाई र लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक सहित २१ ग्राम छ सय पचास मिलीग्राम प्लाष्टिक बाहेक २०.४८ (बिस ग्राम चार सय असी मिलीग्राम),बिभिन्न कम्पनीको मोवाइल थान ८, नगद रु १४१७०। (चौध हजार एक सय सत्तरी) खुकुरी थान १, पिलास थान १, स्क्रु डाईभर थान १ सहित पक्राउ गरि निजहरु लाई जिप्रका झापामा ल्याइ थप अनुसन्धान कार्य भइ रहेको निम्न :- १. जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. १० बस्ने बसिब सेखको छोरा बर्ष २३ को अलताप सेख । २. ऐ.ऐ. वडा नं. ७ बस्ने सन्तोष राजवंशीको छोरा बर्ष १९ को रमित राजवंशी । ३. ऐ.ऐ. बस्ने गणेश पासीको छोरा बर्ष २९ को सुमित पासी । ४. ऐ.ऐ. वडा नं ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा बर्ष २१ को राज श्रेष्ठ । ५. जिल्ला धार्दिङ्ग रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने रुप्चा तामाङको छोरा बर्ष २४ को गुम लामा । ६. जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने नारायण तामाङ्गको छोरा बर्ष १९ को न्यान्जी तामाङ ।

मिति २०८२।०५।०६ गते देखि ऐ.०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०८

कर्तव्य ज्यान,स्याङजा, वालिङ् न.पा.५ बाहुन डाँडा बस्ने वर्ष ३२ को ढाल बहादुर थापा (मा.प.से. गरेको) लाई ऐ.हरिनास गा.पा.५ बस्ने वर्ष २२ को सिजन थापा लगायतका २,३ जना केटाहरुले कुटपिट गरी घइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङजा ल्याइएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागि ऐ.२३:४५ बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएकोमा ऐ.८ गते ०१:३५ बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्र.चौ.केवरेबाट प्र.स.निको कमाण्डमा टोली खटी गई थप अनुसन्धान भइरहेको, कुटपिटमा संलग्न सिजन थापा प्रहरीको नियन्त्रणमा, अन्य व्यक्तिहरूको खो.त.भइरहेको, कुटपित गर्नुको कारण नखुलेको । रौहतट, मिति २०८२।०५।०७ गते अं.२२:०० बजेको समयमा जिल्ला रौहतट गौर न.पा.९ मुडवलवा गेट स्थित बाटोको छेउमा सुटकेशको चेन हल्का खुलेको अवस्थामा रहेको र सुटकेस भित्र महिलाको हात जस्तो देखिएको(एकिन नभएको) जस्तो छ भन्ने खबर प्राप्त हुन साथ जि.प्र.का.रौतहटबाट प्र.नि.जिवन कुमार मैनाली (9852690097) को कमाण्डमा टोली खटी गई घटना स्थाल कडन  गरी,सुटकेश भोलि खोलि सत्य तथ्य बुझि जाहेर गर्ने भन्नी प्र.नि.को टोली फिर्ता आएको  र प्र.चौ.बेलबिछुवाबाट प्र.स.नि.मनोज कुमार दासको कमाण्डमा टोली खटी गई घटना स्थाल सुरक्षित राखेको र मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भोली बिहान हुने, थप टिपोट ;- घटना स्थलमा प्र.ना.उ.राजु कार्की(९८५५०४०६०७)को कमाण्डमा Soco सहितको मुचुल्का टोली खटि गई आवश्यक अनुशन्धान कार्य भईरहेको,उक्त सुटकेस भित्र अं. बर्ष २०/२५ की तराई वासी जस्तो देखिने महिलाको लाश फेला परेको  र मिति २०८२।०५।०८ गते ०७:४० बजे मुचुल्का पश्चात शव पो.मा.को लागी प्रादेशिक अस्पताल गौर रौतहटमा । ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,अर्घाखाँची, छत्रदेव गा.पा.८ निन्युडाँडा बस्ने अं.वर्ष ४० को मेगराज नेपालीले ऐ.चिदीपानी बस्ने (शारिरीक र मानसिक अवस्था कमजोर रहेकी) अं.वर्ष ३० की महिलालाई निजको घर पछाडिको बारीमा लगेर ज.ज.क.गरेको भनी ऐ.६ गते १३:१५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.अर्घातोषबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.खनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज मेगराज नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । ईलाम, सुर्योदय न.पा.३ घर भई हाल ऐ.न.पा.९ बरबोटे स्थित मोहन भण्डारीको घरमा डेरा गरि वस्ने (साङ्केतिक नाम ०८२/८३ पशुपति ग-१) को छोरी बर्ष अं.१६ की सांङ्केतिक नाम (०८२/०८३ पशुपति ग) लाई ऐ.ऐ.बस्ने वर्ष अं.२२ को अमित गुरुङले आफ्नो घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको बुबाले मिति २०८२।०५।०६ गते अं.१४:३० बजे इ.प्र.का. पशुपतिनगर इलाममा जाहेरी दरखास्त दिन साथ प्र.चौ. फिक्कल इलामबाट प्र.ना.नि. बिष्णु सापकोटा ( ९८५२०९०९९४ ) को कमाण्डमा प्रहरी टोली खटीगई पिडक अमित गुरुङलाई फेला पारी नियन्त्रणमा लिई इ.प्र.का. पशुपतिनगरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । बाँके, कोहलपुर न.पा. ७ लखनापुर शान्ति टोल बस्ने वर्ष अं. २६ कि संकेत न. ६५ कोहलपुर ०८२/०८३ (६) पिडितले दिएको निवेदन अनुसार निज पिडितको घरबाट अ. ५०० मिटर पुर्वमा रहेको आफ्नै मकै बारिमा मकै हेर्न गएको अवस्थामा एक्कासी नाम थर वतन नखुलेको मधेशी मुलको जस्तो देखिने अ. ४०।४५ वर्ष को कालो बर्ण ,लामो कपाल ,छोटो दारी भएको पुरुष व्यक्तिले सोही मकै बारिमा ज.ज.क. गरी फरार रहेको भनी पिडित र पिडितको आफन्तले मिति २०८२।०५।०७ गते अ. १६:३० बजेको समयमा अ.प्र.चौ. हवल्दारपुर बाँकेमा जानकारी गराए पश्चात उक्त स्थानमा अ.प्र.चौ. हवल्दारपुर बाँके बाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली र इलाका प्रहरी कार्यालय कोहलपुर बाँके बाट प्र.नि. को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गइ घटनास्थल लगायतका कार्य पुरा गरी पिडित लाइ विस्तृत स्वास्थ्य परीक्षणको लागी भेरी अस्पताल नेपालगंज पठाइएको अवस्था सामान्य रहेको, फरार ब्यक्तिको खो.त भइ रहेको । नवलपरासी पश्चिम, रामग्राम न.पा.१० नदवा स्थित बुद्धिमान चौधरीको घरमा भाडामा बस्ने जि.कपिलवस्तु कपिलबस्तु न.पा.९ बस्ने महिला बिहान बालजी ग्रेनेट फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा निजको छोरी वर्ष अं.५ की बालिकालाई सोही घरमा डेरा गरी बस्ने जि.बारा कोल्हबी न.पा.१० बरेवा बस्ने श्याम ठाकुर काम बिशेषले परासी तर्फ गएको र निजको श्रीमती मिलानो चप्पल फ्याक्ट्रीमा काम गर्न गएको अवस्थामा श्याम ठाकुरको भान्जा ऐ.बस्ने वर्ष अं.२२ को विकाश ठाकुरले घरमा कोही नभएको अवस्थामा निज बालिकालाई ललाई-फकाई गरी मामाको कोठामा लगेर बाल यौन दुर्ब्यबहार गरी फरार भएको भनी बालिकाको आमाले ऐ.१९:०० बजे प्र.चौ.तोनवामा जानकारी गराएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, घटनामा संलग्न व्यक्तिको खो.त.भइरहेको । सुन जास्तो देखिने पदार्थ बरामद,चितवन, भरतपुर म.न.पा.१ भृकुटिपथ स्थित बा १५ च ६९२ नं.को Grand कारलाई जि.प्र.का.चितवनबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शङ्का लागी चेकजाँच गर्दा सुनजस्तो देखिने पहेलो धातुको टुक्रा १४५.६ ग्राम र नगद रु.९ लाख (ने.रू.) फेला परेकोले उक्त सुनजस्तो देखिने धातुको टुक्रा, कार र नगद सहित ऐ.भरतपुर म.न.पा.२ बस्ने वर्ष ४३ को टक बहादुर बि.क.समेत २ जनालाई नियन्त्रणमा लिई  जि.प्र.का.मा राखी आ.अ.भइरहेको । सुधार गृहबाट मानिस भागेको,कैलाली, धनगढी उ.म.न.पा.३ बोराडाडी स्थित रिसमोन फेलोसिभ सुधार गृहबाट ऐ.१ बस्ने वर्ष ४२ को राज कुमार नेपाली र ऐ.गोदावरी न.पा.२ तेघरी बस्ने वर्ष २७ को सन्तोश बोहरा भागेको भनी ऐ.०८:२० बजे सुधार गृहका संचालक राम बहादुर रजकले जानकारी गराएको हुँदा जि.प्र.का.बाट प्रहरी टोली खटी गई खो.त.भइरहेको। ला.औ.,पर्सा, पटेर्वा सुगौली गा.पा.५ देउरिया स्थित चरेश गाँजा लुकाई छिपाई राखेको छ भन्ने खबर इ.प्र.का.पटेर्वा सुगौलीमा प्राप्त हुनासाथ प्र.नि. को कमाण्डमा टोली खटी गई संकास्पद घरहरुमा खानतलासी गर्दै जादा केही चिज वस्तु फेला नपरी फर्कने क्रममा ऐ. स्थित अं.वर्ष ४६ को रामायण चौधरीको धान खेतमा संकास्पद हेर्दा चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा, लागु औषध चरेस जस्तो देखिने बस्तु फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा ल्याई नाप तौल गर्दा ५४ किलो ४०० ग्राम रहेको, अन्य अनुसन्धान कार्य भई रहेको । बाँके, नेपालगंज उ.म.न.पा.१७ डिवामन्दिर नजिकै ला.औ. कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पँचपोखरा देखी नदै गाँउ तर्फ आउदै गरेको चालक जि.बाँके नेपालगंज उ.म.न.पा.१६ बस्ने वर्ष २० को रियाज खानले चलाएको UP 32 NU 7435 नं. को मो.सा.संका लागि चेकजाचँ गर्दा निजले लगाएको कट्टु भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्व तौल १०० ग्राम ७४० मिलि ग्राम बरामद गरी निजलाई मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का.बाँकेमा ल्याई राखिएको । बारा,  जितपुर सिमरा उ.म.न.पा.२१ इ.प्र.का.अम्लेखगंज कार्यालय अगाडि चेक प्वाइन्टमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट वीरगंज तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ००४२ नं.को यात्रुबाहक ईभि गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा सवार जि.चितवन राप्ती न.पा.१ बस्ने वर्ष ४२ को सन्चलाल चेपाङलेको साथबाट ला.औ. गाँजा ७.३२० (प्लाष्टिक सहित) किलो ग्राम सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अम्लेखगंजमा ल्याई राखेको,  सुनसरी, इटहरी उ.म.न.पा.७ बालग्राम स्थित भोजराज कार्कीको घरमा ला.औ.ब्राउन सुगर बेचबिखान हुँदैछ भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरी र प्र.चौ.बालग्रामबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा भोजराज कार्कीको घरमा डेरा गरी बस्ने जि.सुनसरी रामधुनी न.पा.६ बस्ने वर्ष २८ को विप्लब चौधरी र जि.ईलाम फाक्फोक्थुम गा.पा.६ बस्ने वर्ष २७ की सुस्मा राईको कोठामा लुकाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर प्लाष्टिक सहित तौल गर्दा ४८ ग्राम र नगद रु.७६,१००।– फेला परेकोले उक्त नगद र ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा राखिएको।

मिति २०८२।०५।०५ गते देखि ऐ.०६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०६

ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,कपिलबस्तु बाणगंगा न.पा.१ बैरिया स्थित ऐ.बस्ने वर्ष १४ को कानुनको बिवादमा परेको ब्यक्तिले ऐ. बस्ने वर्ष १३ की बालिकालाई पीडकको साथी ऐ. बाणगंगा न.पा.१ बैरिया स्थित बिशाल टण्डनको घरको कोठामा लगि ऐ.०५।०४ गते अं.१२:०० बजे ज.ज.क.गरेको भनि ऐ.०५।०५ गते पीडितको आमाले  इ.प्र.का.पिपरामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनको बिवादमा परेको बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरामा राखि आ.अ.भईरहेको, पीडित बालिकालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि लैजाने तयारी भईरहेको ।संखुवासभा परिवर्तित जिल्ला ०५ ( खा ११) बस्ने परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( च १) को छोरा कानुनको विवादमा परेको बालक अ. वर्ष १४ को परिवर्तित नाम २०८२/०८३ संखुवासभा (च ) लाई परिवर्तित जिल्ला ०५, ( चि ४ ) बस्ने “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ २ )” को घरमा निजको छोरी बर्ष २ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” हेर्नको लागि मिति २०८२ साल साउन महिना देखि हेरालुको रुपमा राखेकोमा,निजले घरमा कोही नभएको समयमा “परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” लाई ज.क. गरेको भनि आज मिति २०८२।०५।०५ गते १४:०० बजे निजको आफन्तले जिप्रका संखुवासभामा जाहेरी दिएको हुँदा जाहेरीमा उल्लेखित कानुनको विवादमा परेको बालक अ. वर्ष १४ को परिवर्तित नाम २०८२/०८३ संखुवासभा (च ) लाई प्रचौ चिचिला संखुवासभाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिप्रका संखुवासभामा ल्याई अनुसन्धान कार्य भई रहेको, हाल उक्त“परिवर्तित नाम २०८२/०८३ संखुवासभा ( ङ )” को जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य । अछाम ढकारी गा.पा १ चोईटेखाली बस्ने वर्ष अं. २८ कि परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति २०८२।०४।३१ गते राति अं.१२:०० बजेको समयमा निजकै श्रीमान ऐ.बस्ने वर्ष अं.२९ को परिवर्तित नाम ६९ मंगलसैन ६ कुमारको नाममा (करणी सम्बन्धि कसुर) वैवाहिक जबरजस्ती करणी गरेको भनि निजकि श्रीमती परिवर्तित नाम ६९ मंगलसैन ५ कुमारीले मिति २०८२।०५।०४ गते जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले प्रहरी चौकी ढकारीबाट प्रहरी टोली खटिगई निजको श्रीमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय अछाममा पठाएको । हातहतियार बरामदकैलाली कैलारी गा.पा.५ बड्कीपलिया सिमा इलाकामा सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट छोटीपलियाबाट स.प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले से.१ प.९१८१ न.को सुपर स्पेलेन्डर मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.कैलारी गा.पा.३ बड्कामुडा बस्ने वर्ष ६८ को राम भरोसे डगौंरा थारु र सोही मो.सा.पछाडि सवार ऐ.५ गोवरैला गाँउ बस्ने वर्ष ५७ को जगदिश चौधरीको साथबाट १ थान बारबोर (२ नाले) बन्दुक, ऐ.मा प्रयोग हुने राउण्ड ४ ओटा, मो.सा. र निज दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको ।ला.औ.सिन्धुली कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा ई.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास समेतको प्रहरी चेकिङ टोलीले बर्दिबासबाट काठमाडौं तर्फ जादै गरेको चालक जि.महोत्तरी बर्दिबास न.पा.१ बस्ने वर्ष ३२ को एमिनल भुजेलले चलाई आएको मधेश प्रदेश-०४-००१ ज ०१५५ नं.को Ev गाडी रोकी चेकजाँच गर्ने क्रममा गाडीमा सवार जि.सुनसरी कोशीटप्पु गा.पा.३ स्थायी घर भई हाल जि.सिराहा कल्याणपुर न.पा.११ बस्ने वर्ष २३ को जितेन्द्र कुमार राउतको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ प्लास्टिक बाहेक शुद्ध तौल ४१ ग्राम ७७० मिलि ग्राम फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.भिमानमा राखी आ.अ.भईरहेको । सर्लाही, हरिपुर्वा न.पा.५ स्थित बस्ने अं.बर्ष ४५ को रुपेश साहको पक्की घरमा ला.औ. गाँजा लुकाई छिपाई राखिएको छ भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा प्र.चौ. हरिपुर्वा सर्लाहीबाट प्र.स.नि. शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, तालुक जि.प्र.का. सर्लाहीबाट प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा ११ जना र इ.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. उमाकान्त जोशीको कमाण्डमा ११ जनाको टोली खटि गई घर खान तलासी गर्दा घरको छतमा लुकाई छिपाई राखिएको २० के.जि. ३४० ग्राम ला.औ. गाँजा सहित रुपेश साह र निजको श्रीमती अं.बर्ष ३५ की प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का. सर्लाही पठाएको ।  सुनसरी, सप्तरी मलहनिया गाविस नं. ३ घर भई हाल जि. सुनसरी ईटहरी उ.म.न.पा.१७ बालग्राम गणेश प्रसाद ढकालको घरमा कोठा भाडा लिई बस्ने अं.वर्ष ३७ को सत्य नारायण यादवले कोठाभित्र लागु औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध कार्यालय बिराटनगर मोरङबाट प्र.ना.नि.र इ.प्र.का.पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले निज सत्य नारायण यादवलाई नियन्त्रणमा लिई कोठाभित्र हेर्दा खैरो हिरोईन जस्तो देखिने खैरो कलरको लिसाईलो पदार्थ प्लाष्टिक सहित १२८ ग्राम, डिजिटल तराजु १ थान, मोबाईल १ थान फेला पारी इ.प्र.का.पकलीमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।०५।०४ गते देखि ऐ.०५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०५

कर्तव्य ज्यान,सप्तरी, डाक्नेश्ववरी न.पा.९ सखुवा गोठ बस्ने वर्ष ६० की शान्ति देवी महतोलाई जग्गाको बिषयमा विवाद भई ऐ.बस्ने वर्ष २७ को जय प्रकाश महतो लगायत ३ जना ब्यक्तिहरुले मिति २०८२।०५।०१ गते १०:०० बजे कुटपिट गरी घाइते भई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा ल्याई उपचार भइरहेकोमा ऐ.३ गते १३:३० बजे डिस्चार्ज भई जि.प्र.का.मा आई महिला सेलमा निवेदन दिई  कुटपिट गर्ने ब्यक्तिलाइ कारवाहीको लागि लेखापढि समेत भएकोमा उल्लेखित बिरामी ऐ.४ गते ०४:४५ बजे पुन: बिरामी भई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा ल्याएकोमा उपचारको क्रममा ऐ.०७:३३ बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ पत्थरगढाबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने फरार खो.त. कार्य भईरहेकोमा ऐ.बस्ने वर्ष १८ को अजित महतोलाई नियन्त्रणमा लिएको । रौतहट, गौर न.पा.५ स्थित बाँसघारीमा ऐ.यमुनामाई गा.पा.५ फतुवा बस्ने अब्दुल लतिप मिँयाको छोरा वर्ष २२ को साहबुदिन मिँयालाई ऐ.गौर न.पा.३ घण्टाघर स्थित बस्ने नन्दु रामको छोरा वर्ष २० को सोनु भन्ने सनोज रामले ला.औ.गाँजा(वाटर गन) सेवन गरीरहेको अवस्थामा वादविवाद हुँदा धारिलो हतियार (चक्कु)  प्रहार गर्दा निज अं.वर्ष २१ को पुरुष व्यक्ति घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा ९ जनाको टोली खटी गई घाईतेलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाएकोमा ऐ.१५:०० बजे डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको,चक्कु प्रहार गर्ने व्यक्तिलाई चक्कु र ला.औ.गाँजा (वाटर गन) सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको। बर्दिया, २०८२।०४।१८ गते ०५:३५ बजे गेरुवा गा पा ५ झबहि बस्ने वर्ष २९ को नरेश कडायतले आफ्नै बुवा वर्ष ५२ को डिल्लि कडायतलाई भैँसी दुहुन जाने क्रममा पछाडिबाट बन्चरोले टाउकोमा हानी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पाताभारबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि न्युरो अस्पताल नेपालगंज पठाएकोमा ऐ.०५।०४ गते १७:१० बजे उपचारको क्रममा मृत्यु भएको,  शव  सोही अस्पतालमा नै रहेको, निज नरेश कडायत प्रहरीको नियन्त्रणमा  । काठमाण्डौं, तारकेश्वर न.पा.१ क्लव ल्याण्ड मार्क स्कुल नजिक घर भई बस्ने वर्ष अं.३३ को भिमसेन मग्रातीले आफ्नै श्रीमती वर्ष ३५ की सर्मिला मग्रातीलाई आफ्नै घर कोठाभित्र घरेलु हतियार फरुवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटी गई आ.अ.भइरहेको, मृतकको टाउकोबाट रगत बगेको, दाहिने कानको केही भागमा चोट रहेको, मृतकको श्रीमान भिमसेन मग्राती प्रहरी वृत्त बालजुको नियन्त्रणमा ।ज.ज.क,मोरङ, मिति २०८२/०५/०१ गते ०१:०० बजे  सुन्दरहरैचा न.पा.२ बस्ने वर्ष १७ को बालकले ऐ. बेलबारी न.पा.९ डागाबजार बस्ने वर्ष १३ की बालिकालाई  ललाई फकाई ज.ज.क. गरेको भनी निजको आफन्तले ऐ.०४ गते ११:०० बजे इ.प्र.का बेलबारीमा जानकारी गराउनसाथ इ.प्र.का बेलबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिएको । संखुवासभा, परिवर्तित जिल्ला ०५,(पा३) बस्ने“परिवर्तित नाम २०८२/०८३ संखुवासभा (ग३)” को छोरी हाल परिवर्तित जिल्ला ०५, (ख१) स्थितमा रहेको दिदी भेनाजुको घरमा बस्दै आएकी वर्ष १५ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (ग)” लाई जि.संखुवासभा खाँदबारी न.पा.८ बस्ने अं.वर्ष १९ को पुस्कर तामाङले विभिन्न मितिमा ललाई फकाई गरी आफ्नै घरमा बोलाई ज.ज.क.गरेको भनी पीडितको आफन्तले जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्रहरी टोली खटी गई ऐ.खाँदबारी न.पा.१ स्थित टुडीखेलबाट पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको । संखुवासभा, मिति २०८२/०५/०४ गते दिउँसो के-कुन समयमा जिल्ला संखुवासभा चिचिला गापा-०४ कागते बस्ने तारामान गुरुङको छोरी अन्दाजी बर्ष २ कि नम्रता गुरुङलाई आफ्नै मामा (बिगत १ बर्ष अगाडी देखि निज नम्रता गुरुङलाई हेरचाह गर्न बसेको ) जिल्ला संखुवासभा खाँदवारी न.पा. -११ आङ्ला लामा गाउँ बस्ने जयराम गुरुङको छोरा बर्ष १४ को सलिन गुरुङले ज.ज.क. गरे को भन्ने खबर प्रचौ चिचिलामा ऐ. २१:०० बजे जानकारी प्राप्त हुनसाथ प्रचौ चिचिलाबाट प्रसनिको टोली खटि गई निज सलिन गुरुङलाई नियन्त्रणमा लिई चौकि तर्फ ल्याउँदै गररेको निज बच्चालाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचारको पश्चात थप उपचारको लागी जिल्ला अस्पताल खाँदवारीतर्फ पठाएको अबस्था तत्काल मध्यम रहेको । रोल्पा , रुन्टिगढी गा.पा.९ होलेरी बजार स्थित डेरा गरी बस्ने ऐ.७ खाकसीबन स्थायी घर भएकी वर्ष ४१ की परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (ख) लाई आफ्नो डेरा कोठामा एक्लै बसिरहेको अवस्थामा ऐ.८ चिउरीपानी बस्ने अं.वर्ष ४० को लोक बहादुर वि.क.पीडितको डेरा कोठामा प्रवेश गरी ज.ज.क.गरी फरार भएको भनी ऐ.४ गते १८:३० बजे पीडितले इ.प्र.का.होलेरीमा जानकारी गराए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । ला.औ.सिरहा, विष्णुपुर गा.पा.१ स्थित इ.प्र.का.बिष्णुपुर कार्यालय अगाडि सिरहाबाट चौहर्वा तर्फ आउदै गरेको यात्री बाहक प्र.-२-०१-००१ज ००४३ नं.को.विङ्गरलाइ गोप्य सुचनाको आधारमा इ.प्र.का.बिष्णुपुरबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा विङ्गरमा सवार जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने वर्ष ३८ को दिनेश सुनारको साथबाट खैरो हेरोईन जस्तो देखिने प्लाष्टिक सहितको तौल गर्दा ७ ग्राम ३१० मिलिग्राम लागु औषध फेला पारी निज सँगै रहेको साथीहरु ऐ.बस्ने वर्ष २९ को विशाल गोले, ऐ.बस्ने वर्ष ३८ को ईन्द्र सुनार समेतलाई  नियन्त्रणमा लिई  इ.प्र.का. बिष्णुपुरमा ल्याई राखिएको ।  काठमाण्डौ, का.जि.गोकर्णेश्‍वर न.पा.५ नारायणटार स्थित सडक खण्डमा बा.प्र.०२-०३७ प ९६५४ नम्बरको स्कुटरमा का.जि.गोकर्णेश्‍वर न.पा.४ गोकर्ण घर भई बस्ने बर्ष २५ को अनिष श्रेष्‍ठले लागुऔषध स्कुटरमा बोकेर बेच्न हिडि रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत बौद्व अपराध अनुसन्धान शाखाबाट प्रसह को कमाण्डमा सिभिल प्रहरी टोली खटिइ गई चेक जाँच गर्दा निजको साथबाट ६० पत्ता (६०० पिस) ट्रामडोल फेला परेको हुँदा (१ पत्तालाई रु, ३०० मा बेच्ने गरेको जम्मा ६० पत्तालाई १८,०००।– (अठार हजार) मा बेच्ने भन्ने बुझिएको) निजलाई पक्राउ गरी प्रहरी बृत्त बौद्धको नियन्त्रणमा राखि अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०५।०३ गते देखि ऐ.०४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०४

कर्तव्य ज्यान,नवलपरासी पश्चिम रामग्राम न.पा. १ सण्डा मिति २०८२।०४।२८ गते राती अं. २२:०० बजे वर्ष अं. ६० को श्रीराम गुप्ता र निजको छोरा वर्ष अं. २५ को दिपेन्द्र गुप्ता बीच दुबै जना मा.प.से. गरी झै-झगडा तथा कुटपिट हुंदा बाबु श्रीराम गुप्ता घाईते भई लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देहीमा लगी उपचार भईरहेको, टाउकोमा चोट, अवस्था मध्यम रहेको भन्ने घाईतेको आफन्त मार्फत आज मिति २०८२।०४।२९ गते अं. १९:१५ बजे जि.प्र.का. नवलपरासीमा खबर प्राप्त हुनासाथ तत्काल प्र.ना.नि. संजय यादवको कमाण्डमा ५ जनाको टोली खटिगएको, कुटपिट गर्ने व्यक्ति (छोरा) फरार रहेको, खो.त. कार्य भईरहेको, उपचारमा घाईतेको श्रीमती संलग्न, उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं. ३/४ कि.मि. उत्तर पर्ने, अन्य वि.वि. पछि (०) थप अपडेट - घाईतेको सोही अस्पतालमा उपचार भईरहेको, अबस्थामा सुधार ।मिति २०८२।०४।३१ गते ०७;०० बजे प्रनानि ज्ञान बहादुर खत्रीको गाडी मोबाईल टोलीले कुटपिट गर्ने दिपेन्द्र गुप्तालाई नियन्त्रणमा लिई का. मा ल्याएको ।थप अपडेटः- मिति २०८२।०५।०३ गते अं. १७:०० बजे डाक्टरको सल्लाह बमोजिम उपचार हुन नसकी उक्त घाईतेलाई घरमा ल्याई राखेकोमा आज मिति २०८२।०५।०४ गते राती ०२:३० बजे घरमा मृत्यु भएको, शव घरमै रहेको भन्ने मृतकको आफन्त मार्फत ऐ. ०६;०० बजे जि.प्र.का. नवलपरासीमा खबर प्राप्त हुनासाथ तत्काल प्र.स.ह. कर्ण बहादुर कुंवरको मो.सा. टोली खटिगई घटनास्थल सुरक्षार्थ राखेको, थप अनुसन्धानको लागी यस का. बाट प्र.नि. नारायण थापाको कमाण्डमा SOCO सहितको टोली खठिगएको ।ज.ज.क /ज.ज.क.उधोग/यौन र्व्यवहार,सुर्खेत चिङ्गाड गा.पा. ४ बडाकाँडा बस्ने वर्ष ६ की बालिकालाई ऐ चिङगाड गा.पा.४ वडाकाडा स्थित राम कुमारी शाहीको घरको माथिल्लो तलाको पश्चिमतर्फको कोठामा मिति २०८२।०३।२७ गते अं.२:३० बजे ऐ चिङ्गाड गा.पा. ०४ वडाकाडा बस्ने अं. वर्ष १५ को दिनेश चन्दले ज.ज.क. गरेको भनी पिडित पक्षले ऐ ०३ गते १३:०० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडक दिनेश चन्दलाई नियन्त्रणमा लिई जि.प्र.का मा राखि थप अनुसन्धान भईरहेको ।हातहतियार बरामद,रूकुम पूर्व इ.प्र.का.तकसेरा रुकुम (पूर्व) बाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले ऐ.१०:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. पुथाउत्तरगंगा गा.पा.१३ रानिवन स्थित ओढारमा लुकाई-छिपाई राखिएको वेवारिसे भरुवा बन्दुक नाल ४ (सावुत) फेला पारी बरामदि मुचुल्का कार्य पुरा गरी भरुवा बन्दुक ऐ.१५:०० बजे इ.प्र.का.तकसेरामा ल्याई राखिएको, उक्त स्थान इ.प्र.का.तकसेराबाट अं.८ कि.मि.उत्तर पर्ने ।डडेल्धुरा आलिताल गा.पा. वडा न. ४ रज्यौडा भन्ने ठाउमा अबैध रुपमा हातहतियार रहेका छन भन्ने गोप्य सुचनाका आधारमा जि.प्र.का.डडेल्धुराबाट प्र.नि.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटिगई ऐ.ऐ. बस्ने दिपक सिजाली र ऐ.ऐ. बस्ने गगन बोहराको घरमा रितपुर्बक खानतलासी गर्दा दुबै जनाको घरको कोठामा १।१ वटा भरुवा बन्दुक नाल थान २ फेला पारी बरामद गरी, दिपक सिजालीलाई फेला पारी पक्राउ गरी जि.प्र.का.डडेल्धुरा तर्फ ल्याउँदै गरेको र गगन बोहरा फेला नपरेकोले खो.त.कार्य भई रहेको ।कैदी मृत्यु,सुनसरी ऐ.०४ गते बिहानको ०५:१५ बजेको समयमा झुम्का कारागार सुनसरीमा लागुऔषध मुद्दामा बन्दि भुक्तान गरीरहेका जि. भोजपुर हतुवागढी गापा ०८ हाल धरान १२ सुनसरी बस्ने बर्ष २८ को बिकास राई एक्कासि बेहोस भएको हुदा उपचारको लागी प्र.स.ह. बिनश कार्की (९८५२८९०४०५) को कमाण्डमा ३ जनाको टोलीले बा१झ ४७८ नं. को भ्यानमा जिल्ला अस्पताल ईनरुवा सुनसरी तर्फ लिई गएको । थप अपडेट- ऐ. ०५:४५ बजे जिल्ला अस्पताल सुनसरीमा ल्याई डाक्टरले चेकजाँच गर्दा निज बिरामिलाई मृत घोषणा गरेको मृतक लास सोही अस्पतालमा रहेको ।गौबध,बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित ऐ.बस्ने वर्ष ६५ को मुबारक जोलाहले गाई काटी मारेको भन्ने सुचनाको आधारमा इ.प्र.का.जयसपुरबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मुबारक जोलाहको घरकोठा रित पुर्वक खातलासी गर्ने क्रममा निज मुबारक जोलाहलाई कोठा भित्र बसी धारिलो हतियार हँसियाले गाई गोरुको जस्तो देखिने मासुलाई काटी सानो सानो टुक्रा पारि रहेको अवस्थामा फेला पारी निजको अगाडी रहेको हरियो रंङको प्लाष्टिक माथी गाई गोरुको जस्तो देखिने मासु १०१ के.जि., तौल गर्ने तराजु थान १, किला थान १, फलामको हसिया थान १ , काठको अचानो थान १, प्लाष्टिकको बाटा थान ३, स्टिलको थाली थान १ र मासु तल बिछ्याएको हरियो रंङको प्लाष्टिक समेत फेला पारी बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.मा पठाएको ।ला.औ.,सुनसरी           कोशी गा.पा.१ लौकही स्थित पूर्व-पश्चिम राजमार्गमा ला.औ.नियन्त्रण ब्युरो बिराटनगर र इ.प्र.का.लौकहीबाट खटिएको संयुक्त चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५ ख ३१४९ नं.को यात्रुबाहक हायस गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सोही गाडीमा सवार जि.मोरङ सुन्दर हरैचा न.पा.११ सलकपुर बस्ने वर्ष ४५ को लोक बिक्रम शाहको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ३७.६२ ग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई आ.अ.भईरहेको । चितवन भरतपुर म.न.पा.९ बसपार्क स्थितमा रहेको ऐ. बस्ने भिमदेवी भट्टचनले सञ्चालन गरेको न्यु धौलागिरी थकाली भान्साघर एण्ड लजमा शंका लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा होटलको १०६ नं. कोठाबाट ला.औ. ट्रामाडोल १७,४०० ट्याब्लेट फेला पारी ला.औ. सहित देश भारत बिहार चनपरिया घर बताउने वर्ष २४ को आर्यन कुमार लगायत ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.चितवन पठाएको, उक्त स्थान प्र.चौ.नारायणगढबाट अं.०.४ कि.मि. दक्षिण पर्ने ।  मोरङ बिराटनगर म.न.पा.१५ बिराटनगर आँखा अस्पताल अगाडी सडक-खण्डमा ला.औ.नि.ब्युरो कोटेश्वर काठमण्डौं, इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ह. को कमाण्डमा खटिएको संयुक्त टोलीले देश भारत राज्य दिल्ली जिल्ला साउथ भद्रपुर बस्ने अं.वर्ष ४३ को सागीरलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको ब्यागभित्र रहेको स्पिकर भित्र लुकाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ १९० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.रानीबाट अं.२.५ कि.मि.उत्तर पर्ने ।

मिति २०८२।०५।०२ गते देखि ऐ.०३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०३

कर्तव्य ज्यान,काठमाण्डौ, का.म.न.पा.२६ गोंगबु मित्रनगर बबालिचोक स्थित रत्न कुमार श्रेष्ठको ४ तले पक्की घरमा जि.सुनसरी ईटहरी  उ.म.न.पा.१ घर भई भिममाया लिम्बुले भाडामा लिई संचालन गरेको कंचन कोशी होटल एण्ड लजको दोस्रो तलाको २०१ नम्बर कोठामा का.जि. बुढानिलकण्ठ न.पा.२ भंगाल स्थायी घर भई वर्ष २७ की ललिता वि.क.कोठाको खाट मुनि शंकास्पद अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग.गोंगबु र वृत महाराजगंजबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकिया पूरा गरी शव पो.मा.को.लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाईएको,शव सोही अस्पतालमा रहेको, होटल सन्चालक, सन्तोष सेन्चुरीको भाउजु दुर्गा सेन्चुरी, निजको साथी सुमन राई, मोनिका राई र निजढको श्रीमान जि.बुढानिलकण्ठ.न.पा.२ भंगाल घर भई वर्ष २८ को सन्तोष सेन्चुरी जि.पर्सा बिरगंजबाट पक्राउ गरी वृत महाराजगंजमा ल्याई आ.अ.भईरहेको,मिति २०८२-०४-२७ गते श्रीमानले बोलाई मारेको भन्ने बुझिएको ।रुपन्देही  , देवदह न.पा.४ प्रगतिटोल बस्ने कृष्ण प्रसाद जैसीको छोरा बर्ष १९ को सुदिप जैसीले मा.प.से.गरी ऐ.बस्ने टेक बहादुर कुमालको छोरा बर्ष १९ को  सुमन कुमालसँग बादबिवाद हुँदा निजको बायाँ कोखामा चक्कुले प्रहार गर्दा घाईते भएको, अवस्था मध्यम र भाईलाई बचाउन खोज्दा  निजको दाई वर्ष ३८ को सन्त बहादुर कुमालको बायाँ छातिमा गहिरो चोट लागि दुवै घाइते लाई उपचारको लागि देवदह मेडिकल कलेज भलुही लगेकोमा ऐ.०५।०३ गते २४:१५ बजेको समयमा वर्ष ३८ को सन्त बहादुर कुमाललाई डाक्टरद्धारा मृत घोषणा गरेको,लास सोहि अस्पतालमा रहेको,चक्कु प्रहार गर्ने सुदिप जैसि लाई चक्कु सहित प्र.चौ. खैरेनीको नियन्त्रणमा ।अबैधरकम (स्रोत नखुलेको)बरामद,सप्तरी, बिष्णुपुर गा.पा.६ रंजितपुर स्थितमा रहेको नागरीक उड्यान कार्यालय राजबिराज सप्तरीको एयरपोर्ट भित्र बि.सु.गार्ड राजबिराज सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले राजबिराजबाट काठमाण्डौ जान लागेका जि. सप्तरी खडक न.पा. ११ लंका टोल बस्ने मो.ईनुसको छोरा अं. वर्ष ३३ को मो.खुर्शिद आलमको साथबाट साउदी रियाल रु.३५,९७६।-(पैतिस हजार नौ सय छयत्तर) रुपैया,  नेपाली रु.१३,४०,४६५.७६।- (तेह्र लाख चालिस हजार चार सय पैसठ्ठी रुपैया छयत्तर पैसा) सहित मानिसलाई नियन्त्रणमा लिई जि.प्र.का.सप्तरीमा ल्याई आवश्यक अनुसन्धान पश्चात मानिस र रियाल ऐ. ०५।०२ गते अं. १४:०० वजे राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको ।पहिरो आई मानिस मृत्यु,म्याग्दी , रघुगंगा गा.पा.४ महभिर स्थितमा रघुगंगा जेपिए निर्माणाधिन हाइड्रोपावरको ड्याम नं.१ मा काम भईरहेको अवस्थामा रघुगंगा गा.पा.४ महभिरबाट सुख्खा पहिरो आई ड्याम नं. १ मा काम गर्ने कामदार ७ जना मध्ये ५ जना घाईते र २ जना घटनास्थलमै मृत्यु भएको भन्ने खबर ऐ.१५:४० बजे प्राप्त हुनासाथ प्र.चौ.मौवाफाटबाट प्र.ब.ह.को कमाण्डमा ३ जना, जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जना गरी जम्मा १० जनाको टोली खटी गएको र आश्रित गुल्म गलेश्वर म्याग्दीबाट स.प्र.नि.को कमाण्डमा टोली खटी गएको घाईतेहरुलाई प्रदेश अस्पताल बेनी म्याग्दीमा ल्याई उपचार भईरहेको, अवस्था ३ जनाको गम्भीर र २ जना सामान्य रहेको, ऐ.१७:२० बजे ३ जना घाईतेलाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत, मृत लासको सम्बन्धमा कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को लागि प्रदेश अस्पताल बेनी म्याग्दी पठाईएको ।तेजाब प्रहार,ताप्लेजुङ, मेरिङ्देन गा.पा.२ सान्थाक्रा बस्ने अं बर्ष ३५ को खड्क बहादुर लोहार लाई आफ्नै श्रीमती अं बर्ष ३६ कि अनिता लोहारले घरायसी बिषयलाई लिई बिबाद हुदाँ,तेजाब प्रहार गरी घाईते भई ऐ.१८;५० बजे जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार भईरहेको घाईतेको अनुहार,दुबैपटीको खुट्टा,दाहिने हातको पाखुरा गरी १५ % जलेको अबस्था हल्का बोल्न सक्ने मध्यम रहेको,उपचारमा घाईतेको बुबा पुर्ण बाहादुर लोहार संलग्न रहेको,तेजाब प्रहार गर्ने महिला घरमै रहेको, भनि सोही अस्पतालमा खटीएको प्र.क.ले जानकारी गराएको ,थप अनुसन्धानका लागी इ.प्र.का दोभानबाट खटिएको प्रसनिले निजको घरमा गई बुझ्दा निज तेजाव प्रहार गर्ने महिला अनिता लोहारको पनी तेजाबले अनुहार,दायाँ हात,ढाँडमा जलेको अबस्था सामान्य, निजलाई नियन्त्रणमा लिईएको ।पेट्रोल छर्केर मृत्युझापा, दमक न.पा.१ भानुभक्त चोक बस्ने मनोज साह को श्रीमती बर्ष ३० की शोभा साहले के–कुन कारण आफ्नै तिन तले पक्की घरको दोस्रो तलामा आफु सुत्ने कोठाको ढोका थुनि पेट्रोल जस्तो देखिने पदार्थ आफैँ शरिरमा छर्की आगो लगाई घाइते भइ दमक अस्पताल दमकमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी घोपा धरान सुनसरी पठाईएकोमा ऐ. १९:०० बजे थप उपचारको लगि भारत सिलीगुडी तर्फ लाने भनिएकोमा उपचारको लागी ऐ. २१;४० बजे B&C अस्पताल बिर्तामोड लगी उपचार गराउने क्रममा ऐ. २१;४५ डा. ले मृत घोषणा गरेको, लाश सोही अस्पतालमा रहेको, अन्य कानुनी प्रकृयाको लागी इ.प्र.का अनारमनीसँग आवश्यक समन्वय भईरहेको  भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको, ।ला.औ., उदयपुर, बेलका न.पा.२ र बेलका न.पा.३ स्थित आम्वासी भागलपुर रामपुर भित्री कचि सडक-खण्डमा अबैध प्रतिबन्धित ला.औ.ओसारपसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्र.चौ.भागलपुर उदयपुरबाट प्र.ना.नि.र प्र.चौ. बसाहा उदयपुरबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गएकोमा बा २१ च १८११ नं.को सेन्ट्रो कार बेवारिसे अवस्थामा रहेकोले गस्ति टोलीले चेकजाँच गर्ने क्रममा ला.औ.९ बोरा (शुद्ध तौल २४० के.जि.)गाँजा सहित कार नियन्त्रणमा लिई इ.प्र.का.रामपुर ठोक्सिला उदयपुरमा ल्याई राखिएको ।

मिति २०८२।०५।०१ गते देखि ऐ.०२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०२

कर्तव्य ज्यानसल्यान मिति २०८२/०४/३१ गते ०९:०० बजे कपुरकोट गा.पा.५ जामुने बस्ने वर्ष ५२ को बिर बहादुर रेउलेले आफ्नै श्रीमती वर्ष ५२ की दिल कुमारी रेउलेलाई घरायसी बिवादमा कुटपिट गरी घाइते भई घरमानै रहेकोमा ऐ.०५/०१ गते १२:०० बजे निज दिल कुमारी रेउलेको घरमानै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ अ.प्र.पोष्ट रिमबाट प्र.स.नि.को कमाण्डमा टोली घटनास्थलमा खटी गई बुझ्दा निज मृतक महिलाको शव घरमा नै रहेको, निज मृतकको घाँटी र गालामा चोट देखिएको,  निजको श्रीमान बिर बहादुर रेउलेलाई नियन्त्रणमा लिएको,माइती आमा बुवा घटना स्थलमा आई सकेको, थप अनुसन्धानको लागि इ.प्र.का.लुहामबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।ज.ज.क /बाल यौन र्व्यवहारदाङ तुलसीपुर उ.म.न.पा.४ रक्षाचौर बस्ने वर्ष २० को बालकृष्ण गिरीले मिति २०८२।०४।३० गते २३:०० बजे ऐ.लमही न.पा. ०६ देउपुर बस्ने वर्ष १९ की किशोरीलाई डरत्रास देखाई आफ्नै घरकोठामा लगेर ज.ज.क.गरेको भनी ऐ.०५।०१ गते १५:०० बजे पीडितले इ.प्र.का. तुलसीपुरमा जाहेरी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.तुलसीपुर उ.म.न.पा.१७ बेलझुण्डी स्थित बाटोमा हिँडिरहेको अवस्थामा खफेला पारी नियन्त्रणमा लिई अ.अ.भइरहेको, पीडितको स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको, अवस्था सामान्य रहेको ।धारिलो हतियार प्रहारसल्यान शारदा न.पा.१४ घर भई ऐ.१ श्रीनगरमा कोठा भाडामा लिई बस्ने वर्ष ३२ को दिपक कवर र निजको श्रीमती वर्ष २७ की पबित्रा बुढाथोकी कवर बीच बादविवाद हुँदा श्रीमानले हँसियाले निधारमा प्रहार गर्दा घाईते भई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज नर्सिङ होम पठाएको,  घाईतेको अवस्था बोल्न नसक्ने बेहोस, उक्त स्थानमा इ.प्र.का.सितलपाटीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई श्रीमान दिपक कवरलाई नियन्त्रण लिएको ।थुनुवा/बन्दी मृत्युललितपुर ललितपुर म.न.पा.४ स्थित कारागार कार्यालय नख्खु ललितपुरमा, जिल्ला अदालत मोरङ विराटनगरको मिति २०७३।१२।२९ गतेको फैसला बमोजिम २०७३।११।११ गतेबाट लागु हुने गरी १० (दश) बर्ष कैद तोकिएको ज.ज.क.मुद्धामा थुनामा रहेका जिल्ला धनकुटा पाख्रिबास न.पा.१० बस्ने कैदीवन्दी वर्ष ४३ को नेत्र बहादुर वि.क. (बेहोस) बोल्न नसक्ने हिँड्न नसक्ने भई विर अस्पताल काठमाण्डौको ईमरजेन्सी विभागमा उपचारका लागि पठाएकोमा उपचारको क्रममा ०६:३० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाईएको । ला.औ.सुनसरी धरान उ.म.न.पा.२० ओशो पार्क स्थित जंगलमा बिशेष सुचनाको आधारमा अ.प्र.चौ. अमरहाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले बोरामा ६ वटा पोका पारेको ला.औ. गाँजा प्लाष्टिक बाहेक तौल गर्दा ७२ के.जी.फेला पारी ऐ.उ.म.न.पा. २० बस्ने बर्ष ३० को रुपेश राई समेत ५ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.धरान ल्याइ अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.धरानबाट अं. ७ कि.मि.उत्तर पर्ने ।  सुनसरी देवानगंज गा.पा.६ बुढी खोला पुल स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको नं.नखुलेको कालोनिलो कलरको २२० सि.सि.को पल्सर मो.सा.मा गाँजा २ बोरा तौल गर्दा ५९ के.जी.गाँजा लैँजादै गरेको अवस्थामा श्री शसस्त्र प्रहरी बल नेपाल आउट पोष्ट साहेबगंजबाट स.प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देख्नासाथ मो.सा.सहित लागु औषध गाँजा बोरा फाली मानिस फरार भएको र मो.सा. नियन्त्रणमा लिई ऐ. ०९:३५ बजे इ.प्र.का. देवानगंजमा ल्याई बुझाएको, उक्त मानिसको खो. त.कार्य भईरहेको, उक्त स्थान इ.प्र.का. देवानगंजबाट अं. ४ कि.मि.उतर  पर्ने ।

मिति २०८२।०४।३० गते देखि ०५। ०१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०५-०१

                                                 कर्तव्य ज्याननबलपरासी(पूर्व) विनयी त्रिवेणी गा.पा.३ उदयटारी बस्ने वर्ष ५० को महेन्द्र  पौडेलले घरायसी विषयलाई  लिएर आफ्नै श्रीमती अं.वर्ष ४७ की गोमा पौडेललाई तरकारी काट्ने चक्कुले घाँटीमा रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त हुनासाथ अ.प्र.चौ सर्दीबाट प्र.ना.नि.र इ.प्र.का. दुम्किबासबाट प्र.ना.नि.र जि.प्र.का.न.प.(पूर्व)बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई मुचुल्का पश्‍चात पो.मा.को लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको, निज महेन्द्र पौडेललाई चक्कु सहित नियन्त्रणमा लिई जि.प्र.का.पठाएको । सर्लाही हरिपुर्वा न.पा. ६ बस्ने माहदेव यादवको छोरा अ. वर्ष ४० को रामपुकार यादवलाई तत्काल पहिचान नखुलेको अपरिचित ब्यक्तिहरुले गोली हान्दा टाउकोमा गोली लागि मानिस घाईते भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.हरिपुर्वाबाट प्र.स.नि.को कमाण्डमा ४ जना, इ.प्र.का.केशरगंजबाट प्र.नि. को कमाण्डमा ११ जना टोली खटी गएको र थप अनुसन्धानको लागि जि.प्र.का.सर्लाहीबाट प्र.उ.को कमाण्डमा २१ जना गरी जम्मा ३६ जनाको टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, घाईतेलाई उपचारको लागी जानकी हेल्थ केयर पर्सा महोत्तरी तर्फ पठाईएकोमा ऐ. २१;०० बजेको समयमा घाईते डा.ले चेकजाँच गर्दा मृत घोषणा गरेको भनि प्र.चौ.पर्सा महोत्तरीबाट खटिएको प्र.क.ले यस का.मा जानकारी गराएको, मृत लाश सोहि अस्पतालमा रहेको। ऐ. २२;५३ बजेको समयमा माथिको घटनामा संलग्न शंकासद व्यक्ती मो.सा. चालक जि. सर्लाही हरिपुर्वा न.पा. ५ हरिपुर्वा बस्ने दिनेश यादवको छोरा अ. बर्ष २६ को धर्मेन्द्र राय हरिपुर्वा गा.पा.७ बसन्तपुर बाँके संग्रामपुर सडक खण्ड स्थितमा BR 30 AG 2354 नं.को अपाचे मो.सा.दक्षिण बाट उत्तर तर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रादेशिक अस्पताल जनकपुर पठाईएको,तत्काल बोल्न नसक्ने अवस्था मध्यम,उक्त नं. को मो.सा.गौरीशंकरको नियन्त्रणमा रहेको, उपचारमा इ.प्र.का. लालबन्दी बाट प्र.ह.को कमाण्डमा २ जनाको प्रहरी टोली खटी गएको ,मो.सा. पछाडी सवार ब्यक्ति फरार रहेको, खो.त. कार्य भइरहेको ।                                                 कैदी मृत्युमकवानपुर भिमफेदी गा.पा.६ भिमफेदी स्थित भिमफेदी कारागारमा ज.ज.क.मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेको कैदी जि.चितवन कालिका न.पा.६ बस्ने वर्ष अं.४३ को बिष्णु प्रसाद दुलाल अचानक प्रेशरको कारण बेहोस भई उपचारको लागि प्र.ह.को कमाण्डमा खटिएको टोलीले हेटौडा अस्पताल मकवानपुर ल्याएकोमा ऐ.०६:५५ बजे उपचारको क्रममा मृत्यु भएको, शव शोही अस्पतालमा रहेको, आफन्तलाई जानकारी गराइएको, जि.प्र.का.चितवनबाट मुद्धा चलेको, पक्राउ परेको मिति २०७८।०४।१८ गते, मिति २०७९।०४।१३ गते भिमफेदी कारागार मकवानपुरमा स्थानान्तरण भई आएको । महोत्तरी महोत्तरी जलेश्वर न.पा.२ स्थितमा रहेको महोत्तरी जिल्ला कारागारमा अपरहन शरिर बन्धक,ज.ज.क.तथा ज्यान कसुर सम्बन्धी मुद्दामा मिति २०८२।०३।१७ गते पक्राउ परी सम्मानित महोत्तरी जि.अदालतबाट आदेश भई पुर्वपक्षमा रहेको बन्दी (थुनुवा) जिल्ला महोत्तरी गौशाला न.पा.५ घर भई हाल बर्दिबास न.पा.१४ बस्ने चलितर साहको छोरा अं.वर्ष ५२ को राजकिशोर साह अचानक बेहोस भई तत्काल उपचारको लागी प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटि प्रादेशिक अस्पताल जलेश्वरमा लगी उपचार भई रहेकोमा ऐ.०४:४८ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको (पहिला देखी नै ह्रदय र ग्यास्टिक सम्बन्धी बिरामी रहेको भन्ने कारागारको डाक्टर मार्फत जानकारी प्राप्त भएको ।                                           ज.ज.क./ज.ज.क.उद्योगडडेल्धुरा अजयमेरू गा.पा. ३ गुनपाल बस्ने बहादुर सिह मल्लको श्रीमती बर्ष ४२ कि देवि मल्ललाई निजको इच्छा विपरित ऐ.ऐ. बस्ने बर्ष ४१ को रमेश दमाइले मिति २०८२/०२/२२ गते शारिरिक सम्बन्ध राखेकोमा मिति २०८२।०४।३० गते स्थानिय स्वास्थ्य चौकी मा चेकजाँच गर्दा २ महिना गर्ब भएको भनि खुल्न आई दुई पक्ष एकआपसमा कुरा नमिलेको भनि स्थानयले ऐ.१८:३५ बजेको समयमा टे.फो. मार्फत प्रहरी चौकी भद्रपुरमा जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकी भद्रपुर बाट प्र.स.नि. प्रकास राज ऐडिको कमाण्डमा ३ जनाको प्रहरी टोलि खटि गई दुवै जनालाइ नियन्त्रणमा लिइ तालुक जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको ऐ. २३:०० बजेको समयमा आवस्यक स्वास्थ्य परिक्षण पश्चात निज रमेश दमाईलाई हिरासतमा राखिएको, थप अनुसन्धान भईरहेको।     बाँके बैजनाथ गा.पा ३ बनखेत बस्ने अ.बर्ष ६१ को बिर बहादुर दमाइले आफनै घर कोठामा पिडित ऐ.बस्ने बर्ष अं.८ की संकेत नाम ६५ कोहलपुर (०८२।०८३) ४ लाइ ललाइ फकाइ प्रलोभनमा पारी ज.ज.क.गरेको भनी निजको आफन्तले इ.प्र.का.वनकटवा बाँकेमा ऐ. १५:०० बजे जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.वनकटवाबाट प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ निज बिर बहादुर दमाइलाइ निजकै घर कोठाबाट नियन्त्रणमा लिई दुबै जनालाइ स्वास्थ्य परिक्षणको लागी प्र.स.नि.को कमाण्डमा खटिएको ५ जना टोलीको जिम्मा लगाइ भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको । बर्दिया मिति २०८२।०४।२१ गते ०१:०० बजे बाँसगढी न.पा.६ अमिल्या बस्ने वर्ष १९ की किशोरीलाई आफ्नो कोठामा सुतिरहेको अवस्थामा ऐ.बाँसगढी न.पा.६ सटहरिया बस्ने वर्ष १९ को अनिल चौधरी कोठा भित्र प्रवेश गरी ज.ज.क.गर्न खोजेको भनी ऐ.३० गते १३:३० बजे इ.प्र.का.मोतिपुर बर्दियामा जाहेरी दरखास्त दिएकोले प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गएको,ज.ज.क.उद्योग गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इ.प्र.का.मोतिपुरमा ल्याई राखिएको । पाल्पा माथागढी गाउँपालिका वडा नं.१ बस्ने बर्ष १६ की बालीकालाई ऐ.ऐ. बस्ने बर्ष ६२ को तुल बहादुर झेडी मगरले आफ्नै घर कोठामा एक्लै बसीरहेको अबस्थामा ज.ज.क. गरेको भनि आज मिति २०८२।०४।३० गते अ. १७:०५ बजेको समयमा जि.प्र.का. पाल्पा गई पिडितको फुपु मिना कुमारी चीदीले लिखित जाहेरी दिएको हुँदा उक्त स्थानमा तत्काल अ.प्र.पोष्ट माणीफाँट पाल्पाबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न आरोपित निज तुल बहादुर झेडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का. पाल्पामा पठाईएको । गुल्मी मुसिकोट न.पा.६ जोगिथुम स्थित पिडित बस्दै आएको माईतीघरको दलानको खाटमा ऐ.ऐ. १ बस्ने बर्ष २७ को शंकर के.सी.ले बर्ष ४७ की परिवर्तित नाम ४६ (०८२/०८३) पौदी (A) लाई डर धाकधम्की देखाई जबरजस्ती करणी गरेको भनि निज पिडित परिवर्तित नाम ४६ (०८२/०८३) पौदी (A) ले मिति २०८२।०४ २९ गते साँझ १६;३० बजेको समयमा जि.प्र.का. गुल्मीमा जाहेरी प्राप्त हुन साथ उक्त स्थानमा जि.प्र.का. गुल्मी बाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई ऐ. १७;३० बजेको समयमा घटनास्थलमा पुगी बर्ष २७ को शंकर के.सी.लाई नियनत्रणमा लिई मेडिकल गरी आज मिति २०८२।०४।३० गते १५;३० बजेको समयमा दिन-६ म्याद थप समेत गरी हिरासत कक्षमा राखेको, बर्ष ४७ की परिवर्तित नाम ४६ (०८२/०८३) पौदी (A) लाई स्वास्थ्य परिक्षण गरी घर गएको, अवस्था सामान्य रहेको । खोटाङ केपिलासगढी गा.पा ५ सांकेतिक वतन ०८२।०८३ जि.१२ बस्ने वर्ष ३० कि सांकेतिक नाम ४ लाई निजकै घरमा जि.खोटाङ केपिलासगढी गा.पा ५ आमबोटे बस्ने वर्ष ३७ को सुमन राईले ज.ज.क गरेको भनि ऐ अ.१९:०० बजे जि.प्र.का खोटाङमा आई जाहेरी दिएको हुदा निज सुमन राईलाई अ.प्र.चौ खार्मी खोटाङबाट खटिएको प्र.ब. को टोलीले निजको घरवतनबाटै नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।          रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.४ छेप बस्ने वर्ष १५ की परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (क) खाना खाएर आफ्नो घर कोठा भित्र सुतीरहेकी अवस्थामा निजकै बुवा ऐ.बस्ने वर्ष ३६ को परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (क२) ले मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको भनि पीडितको मावलीतर्फको हाजूरआमा ऐ.७ गैरीगाउँ बस्ने वर्ष ५८ की परिवर्तित नाम जिल्ला ५३ बस्ने होलेरी (क५) ले ऐ.३० गते बेलुका १८:०० बजे इ.प्र.का.होलेरीमा जाहेरी दरखास्त पेश गरे पश्चात तत्काल प्र.चौ.जुगार रोल्पाबाट प्र.ना.नि. को कमाण्डमा खटी गएको प्रहरी टोलीले निज पीडकलाई निजकै घर ठेगानामा फेला पारि पक्राउ गरी इ.प्र.का.होलेरी मा ल्याई मेडिकल गरी हिरासत कक्षमा राखिएको,पिडित इ.प्र.का.होलेरी रोल्पाको सम्पर्कमा रहेको,अबस्था सामान्य ।                                                          प्र.क.मृत्युमहोत्तरी बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली,सिन्धुली दरबन्दी,कम्प्युटर कोड ३७२७३९ र संकेत नं.C-०००५०४७२ भएको र इ.प्र.का.गौशाला महोत्तरीमा कार्यरत जि.रौतहट परोहा न.पा.८ नरकटिया घर भएका प्र.ह.चन्दन प्रसाद पटेल क्यान्सर सम्बन्धी बिरामी भई नेपाल प्रहरी अस्पताल काठमाण्डौमा भर्ना भई उपचार  गराई रहेकोमा ३० गते १३:५८ बजे उपचारको क्रममा मृत्यु भएको ।                                                                                              गोली प्रहारबाँके नेपालगंज उ.म.न.पा.४ बसपार्क पछाडि ला.औ.कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट प्र.स.नि.र अ.प्र.पोष्ट बसपार्क नेपालगंज बाँकेबाट प्र.ना.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ला.औ.कारोबारमा संलग्न तपशीलका ब्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा सो कार्यमा खटिएका प्रहरी टोली माथि नै आक्रमण गरी भागि फरार हुन खोज्दा निज ब्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा खटिएको प्रहरी टोलीले टाइप ५४ चाइनिज पेस्तोलबाट १ राउण्ड गोली प्रहार गर्दा ला.औ. कारोबारमा संलग्न देश भारत बहराइच जिल्ला रुपडिया बस्ने बर्ष अं.२० को कार्तिक कुम्हारको दाँया खुट्टाको पिडुलामा गोली लागी घाइते भइ घाइते संजिबनी कलेज अफ मेडिकल साइन्सेज प्रा.ली. बाँकेमा उपचार भइ रहेको, अबस्था मध्यम रहेको र प्र.स.नि.को दाँहिने पाखुरामा चोट अवस्था सामान्य साथै देश भारत जिल्ला बहराइच रुपडिया बस्ने बर्ष अं. २० को अजय कुम्हार समेत प्रकाउ र निजहरुको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १११ ग्राम (शुद्ध तौल खुल्न बाँकि) बरामद भएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.उ. को कमाण्डमा-२५ जनाको टोली खटि गएको । थप अपडेट:- ऐ.१४:४५ बजेको समयमा उक्त ला.औ.तौल गर्दा शुद्ध १०९ ग्राम ३५० मिलिग्राम रहेको ।                                                  ला.औ.मकवानपुर  हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित प्र.ब.ना.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरीबाट बारा तर्फ जादै गरेको बा २१ च ३०८५ न.को योद्धा पिकअप गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडी लुकाई छिपाई गरी ल्याएको ला.औ.गाँजा ११ पोकामा अं.१२५ के.जी. (तौल हुन बाँकी) फेला पारेको हुँदा, ला.औ. सहित गाडी र गाडी चालक जि.धादिङ गल्छी गा.पा.८ गैरीगाउँ बस्ने वर्ष अं. ३१ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई प्र.चौ.रातोमाटे मकवानपुरमा राखिएकोमा । झापा  मेचीनगर न.पा.६ पुरानो मेचीपुल अगाडी सिटि सफारीमा सवार भई आईरहेका जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. २ बस्ने बर्ष २४ को रामहरी सिलवाल र ऐ.बस्ने बर्ष २३ को सुरेन्द्र सिलवाल लाई शंका लागी शरिर तलासी लिँदा रामहरी सिलवालले लगाएको ज्याकेटको टोपी भित्र प्लाष्टिकको पोका पारेको वस्तु खोलि हेर्दा, लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक २८ ग्राम ६९० मिलिग्राम भएकोले निजहरुलाई सोधपुछ गर्दा भारतको पानिटंकीबाट हामि दुबै जनाले खरिद गरी ल्याएको भन्ने वुझिएकोले,उक्त लागूऔषध सहित निजहरुलाई पक्राउ गरी इ.प्र.का. काँकरभिट्टामा ल्याई राखीएको । सिराहा नवराजपुर गा.पा. ५ कुसण्डी स्थित सँयुक्त प्रहरी टोलिले नेपालबाट भारत तर्फ जादै गरेको पैदल यात्री जिल्ला सिरहा भगवानपुर गा.पा. २ गमरियाटोल बस्ने लखन यादवको छोरा अं. वर्ष ५० को शिवनाथ यादवले सेतो प्लास्टिकको बोरा भित्र लुकाई छिपाई ला.औ गाजा २३ पोका टाउकोमा बोकी जादै गरेको अवस्थामा फेला पारी निजलाई ला.औ. १७ के.जि. गाजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कारबाहीको लागि इ.प्र.का झाझपट्टी सिरहामा ल्याई राखिएको ।  बाँके नेपालगंज उ.म.न.पा.११ त्रिभुवन चोक स्थित लागू औषध ब्युरो नेपालगंज बाँके, लागू औषध अनुसन्धान ब्युरो सुर्खेत,व.प्र.का.नपालगंज बाट प्र.ब.ना.नि. र अ.प्र.पोष्ट नगर भवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले ऐ.बस्ने वर्ष ४४ को रसुल अहमद कबाडिया लाई शंका लागि नियन्त्रणमा लिई चेक जाँच गर्दा निजको साथबाट शुद्ध तौल ९८ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो  पदार्थ बरामद गरी जि.प्र.का.मा पठाएको ।

मिति २०८२।०४।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-३०

ज.ज.क.तनहुँ , मिति २०८२।०४।२२ गते अं. ०९:३० बजे शुक्लागण्डकी न.पा. वडा नं. ३ बनकेवा स्थित रहेको श्री निर्मल आधारभुत प्रा.बि.को कक्षा ३ को कोठा भित्र जिल्ला ३९ अन्तर्गत बस्ने बर्ष ३७ की महिलालाई ऐ.ऐ. बस्ने बर्ष ६८ को नन्दलाल श्रेष्ठले ज.ज.क गरको भनि ऐ. २८ गते १८:३० बजे  मौखिक सुचना प्राप्त हुनासाथ तत्काल इ.प्र.का. बेलचौताराबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नन्दलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको र ऐ.२९ गते १२:१५ बजे जाहेरी दरखास्त दिएको, थप अनुसन्धान कार्य भईरहेको रोल्पा , थवाङ गा.पा.२ बस्ने वर्ष ६२ की महिलालाई जि.रोल्पा थवाङ गा.पा.२ दहवाङ बस्ने वर्ष ५२ को पुरुषले मिति २०८२।०४।२३ गते बेलुका अं.२१:३० बजे घरमा कोही नभएको बेला ज.ज.क गरेको भनि निज पीडितले ऐ.०४।२८ गते लिखित जानकारी गराए पश्चात इ.प्र.का.थवाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ऐ.२९ गते ०८:०० बजे प्र.व.ह.को कमाण्डमा जिम्मा लगाई इ.प्र.का.घर्तिगाउँमा ल्याई पिडकलाई म्याद थप र पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्र.नि.को कमाण्डमा खटिएको टोलीले सदरमुकाम लिवाङको लागि लिई गएको ।  कपिलवस्तु  , मिति २०८२।०४।१८ गते अं ११:३० बजे ऐ. वाणगंगा न.पा. ६ लक्ष्मणघाट नजिकै जंगलमा लगि ऐ. मायादेवी गा.पा.३ बस्ने वर्ष २६ को जाहिर फकिरले ऐ. बस्ने अं.वर्ष १५ की बालिकालाई ललाई फकाई ज.ज.क.गरेको भनि पीडितले ऐ.०४।२९ गते जि.प्र.का.कपिलवस्तुमा जाहेरी दरखास्त दिएकोले घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको, पीडित प्रहरीको सम्पर्कमा रहेको, पीडक फरार रहेकोले खो.त.कार्य भईरहेको । सुर्खेत , वीरेन्द्रनगर न.पा.३ ईटौरा बस्ने वर्ष १६ की बालिका ऐ.वीरेन्द्रनगर न.पा.०३ तातापानी स्थित डेराकोठामा बस्दै गरेकीमा निजको डेराकोठामा मिति २०८२।०४।२५ गते २३:०० बजे र ऐ.वीरेन्द्रनगर न.पा.१४ स्थित स्टे भ्याली भ्यु होटेलको कोठामा मिति २०८२।०४।२६ गते २१:०० बजेको समयमा जि.कैलाली धनगढी उ.म.न.पा.३ घर भई हाल वीरेन्द्रनगर न.पा.८ बस्ने वर्ष अं.४२ को राजकुमार चौधरीले ज.ज.क.गरेको भनी पीडित पक्षले ऐ.२९ गते १३:३० बजे जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको । हात हतियार बरामदकाठमाण्डौ , का.म.न.पा.१६ चमती नजिक नानी मैया भण्डारीको जस्ताले बनेको टहरोमा झै झगडा भैरहेको छ भनि जानकारी प्राप्त हुन साथ प्रहरी वृत्त, बालाजुबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई हेर्दा जि. झापा दमक न.पा. ०५ घर भई हाल का.म.न.पा. १६ चमती बस्ने वर्ष २६ की ईन्दिरा विश्वकर्मालाई निजको भिनाजु जि. धादिङ त्रिपुरासुन्दरी गा.पा. ०१ घर भई हाल का.म.न.पा. १६ चमती डेरा गरी बस्ने वर्ष २९ को शिवराज दरैले कुटपिट गरि फरार रहेकोमा प्रहरी टोली घटनास्थलमा खटीई गई घाईतेलाई तत्काल उपचारको लागि सिल्भर लाईन अस्पताल बालाजु लगी उपचार भईरहेको, अवस्था बोल्न सक्ने,कुटपिटबाट नाँकमा चोट लागेको, कुटपिट गर्ने शिवराज दरैको श्रीमती जि. मोरङ्ग बेलबारी वतन भएकी वर्ष २८ की सुमिना सुनारलाई घटना बारेमा सोधपुछ गर्ने क्रममा आफू र बहीनी ईन्दिरा बिश्वकर्मा अलग अलग कोठामा सुतिरहेको अवस्थामा श्रीमान लगायतका ३ जना व्यक्तिहरु कोठामा आई बहीनी ईन्दिरालाई कुटपिट गरी भागी गएका, निजहरुको खोजी कार्य जारी रहेको तथा सोधपुछकै क्रममा सुमिना सुनारले ट्रिगर र ग्रिपको बिचमा दुबै तर्फ गोल्डेन रंगको स्टार अंकीत कालो रंगको चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल थान १, ऐ. मा लाग्ने म्याग्जिन थान २, र 7.65mm क्यालिभर भएको गोली राउण्ड थान ७ समेत दराजबाट निकाली प्रहरीलाई बुझाएको, मुचुल्का लगायतको कार्य भईरहेको, उक्त हतियारको बारेमा सोधपुछ गर्दा श्रीमानको हतियार रहेको बताएको, घटना सम्बन्धमा थप सोधपुछको लागि सुमिना सुनारलाई नियन्त्रणमा लिईएको । प्र.क.को मृत्युकञ्चनपुर , थप अपडेट:- मिति २०८२।०४।२७ गते १६:३० बजे जि.प्र.का.दार्चुला कार्य शाखा दरबन्दी भई सु.प.प्र.प्र.बिपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत जि.कञ्चनपुर भिमदत्त न.पा.१२ ओदाली घर भएको वर्ष ४० को प्रहरी हवल्दार जय राज पन्त(कम्प्युटर कोड ३८७६०५) घरमा आमा बिरामी भएको भनी मिति २०८२।०४।२७ गतेबाट लागु हुने गरी दिन १ (एक) भैपरी बिदा बसेकोमा निज प्र.ह.ले आफ्नै घरमा QUICK PHOS नामक विषादी सेवन गरी महाकाली प्रदेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरमा उपचार पश्चात ऐ.२३:४५ बजे थप उपचारको लागि भारतको बरेली रिफर गरेकोमा ऐ.३० गते ०१:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव महाकाली अस्पतालको लाशघरमा ल्याई राखेको, उक्त स्थानमा सु.प.प्र.प्र.बिपद व्यवस्थापन गुल्म महेन्द्रनगरबाट प्र.नि.को टोली खटी गएको ।ला.औ.सप्तरी , सुरुङ्गा न.पा.११ महेशपुर स्थित बलानबिहुल खोलाको छेउमा रहेको आँपको बगैचामा सेतो प्लाष्टिकको बोरामा हरियो प्लाष्टिकले बेरेको अवस्थामा झोला/पोकाहरु रहेको छ भन्ने विशेष सुराकीको आधारमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा तत्काल प्र.चौ. धाति सप्तरीबाट प्र.स.नि.बिन्दा राय यादव कमाण्डमा ५ जना  र स.प्र.बेस पातो सप्तरीबाट स.प्र.ना.उ.नरेन्द्र सिहं धामीको कमाण्डमा ७ जनाको संयुक्त टोली खटि गई हेर्दा उक्त स्थानमा ५ वटा पोका गाँजा  अं.१२५के.जि. बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागी इ.प्र.का.कडोरवाना सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटि गई मुचुल्का लगायत अन्य कार्य पश्चात उक्त लागु औषध गाँजा बरामद गरी इ.प्र.का. कडरबोना सप्तरीमा ल्याई राखिएको । बाँके , नेपालगंज उ.म.न.पा.३ एकलाईनी स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने विशेष सुचनाको आधारमा अ.प्र.पोष्ट नगरभवनबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जि. दाङ तुलसिपुर उ.म.न.पा. ६ बस्ने बर्ष २८ को विर बहादुर बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको जिन्सको पाईन्टको दायाँ खल्तिबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ४७ ग्राम ७१० मिली ग्राम सहित निजलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि व.प्र.का.नेपालगंज बाँकेमा राखिएको  ।

मिति २०८२।०४।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२९

कर्तव्य ज्यानसप्तरी  रुपनी गा.पा. १ रायपुर बगा घर भई हाल जि.सप्तरी खड्क न.पा.८ बगोल भदिया बस्ने स्वार्गिय मो.रहमुलको छोरी माईति घरमा बस्दै आएकी मो.हासिमको श्रीमती वर्ष ३० की औषा खातुनले आफ्नै छोरा दिन २० को (शिशु) लाई धारिलो हतियार खुकुरीले टाउको, नाक छेउको आँखा मुनि प्रहार गरी चोट लागी न्युरो अस्पताल बिराटनगर लगेर उपचार भईरहेकोमा ऐ.१४:४५ बजे सोही अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनास्थलमा प्र.चौ.बिषनपुरबाट प्र.स.नि.को टोली खटी गई धारिलो हतियार खुकुरी प्रहार गर्ने औषा खातुनलाई खुकुरी सहित नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको, उक्त स्थान प्र.चौ.बिसनपुरबाट अं.२ कि.मि. दक्षिण पूर्व पर्ने । ज.ज.क.झापा   मिति २०८१ साल माघ महिनाको पहिलो हप्ता तिर गौरादह न.पा. ९ झमक चोक स्थित वर्ष १६ की बालिकालाई निजको फुपुको घरमा ऐ. बस्ने वर्ष ५० को डिक बहादुर राईले घरमा कोही नभएको मौका पारी डर त्रास देखाई ज्यान मार्ने सम्मको धम्की दिई पटकपटक जवरजस्ती करणी गरी गर्भवती भएको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरी पाउँ भनी ऐ.२७ गते २२:३० बजे इ.प्र.का.झिलझिलेमा जाहेरी दिएको हुँदा अ.प्र.चौ.बैगुनधुराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई डिक बहादुर राईको खो.त.कार्य भईरहेको । कैलाली मिति २०८२/०४/२४ गते अं. २३:३० बजेको समयमा जिल्ला कैलाली गौरीगंगा न.पा.०३ बासुदेब टोल बस्ने वर्ष १८ की परिवर्तित नाम ७१ ले जि.कैलाली गौरीगंगा न.पा.०३ कुचैनी शिबिर बस्ने वर्ष अं.४६ को लोकेश सुर्जा मगरले मलाई ललाई फकाई गरी टीकापुर न.पा.०१ एकतानगर बस्ने मनसरा गुरुङको घरमा जबरजस्ती करणी गरेको भनी आज मिती २०८२।०४।२८ गते १८:०० बजेको समयमा निजका आफन्तहरुले यस कार्यालयमा जाहेरी दरखास्त दिएकोले इ.प्रका टीकापुर कैलालीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलीले ऐ.२०:४० बजेको समयमा निज लोकेश सुर्जा मगरलाई टीकापुर न.पा. वडा नं.१ खडक चोक स्थित सडक खण्डमा फेला पारी पक्राउ गरी इ.प्र.का.टिकापुर कैलालीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ,निज महिलाको स्वास्थ्य परिक्षण भईरहेको, अवस्था सामान्य ओखलढुङ्गा सिद्धिचरण न.पा.७ स्थित मिति २०८२।०४।०४ गते अं.१७:०० बजे, ऐ.बस्ने अं.वर्ष २९ को लाक्पा रेन्जी शेर्पाले आफ्नै घर कोठामा जि.ओखलढुङ्गा सिद्विचरण न.पा.७ बस्ने अं.वर्ष ३८ की (सुस्त मनस्थिति) भएकी महिलालाई जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते अं.१६:३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी दिए पश्चात निज पीडकलाई अ.प्र.पोष्ट ठाडेबाट प्र.ह.को कमाण्डमा टोली खटी गई  नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा ल्याई आ.अ.भईरहेको,पीडक र पीडित दुबै जनालाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा पठाएको । ओखलढुङ्गा  सिद्धिचरण न.पा.११ रमाईलो डाँडा स्थित होटलमा मिति २०८२।०४।२७ गते अं.१९:०० बजे जि.ओखलढुङ्गा सिद्विचरण न.पा.६ बस्ने अं.वर्ष १७ की बालिकालाई जि.ओखलढुङ्गा सुनकोशी गा.पा.८ च्यानम घर भई हाल ऐ. सिद्धिचरण न.पा.११ रमाईलोडाँडा  बस्ने अं. वर्ष ३३ को चन्द्र बहादुर बि.क.ले बालयौन दुरुपयोग गरेको भनी निज पीडितको मामा जाङबु शेर्पाले मिति २०८२।०४।२८ गते अं.१४.३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी दिए पश्चात जि.प्र.का.ओखलढुङ्गाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा ल्याई आ.अ.भईरहेको, पीडित र पीडक दुबै जनालाई यौनजन्य स्वास्थ्य  परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको । न.प.पश्चिम पाल्हीनन्दन गा.पा.३ कुस्मा बस्ने अं.वर्ष १४ की बालिकालाई ऐ. बस्ने अं. वर्ष १८ को पुरुष व्यक्तिले निज बालिकाको घरमा निज बालिका सुत्ने कोठामा प्रवेश गरी ज.ज.क. गरेको भन्ने ऐ.२१:५५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.अमानिगंजबाट प्र.व.ना.नि. र इ.प्र.का. महेशपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडित दुबैलाई जि.प्र.का.नवलपरासीमा पठाई थप अनुसन्धान कार्य भईरहेको ।शिशु मृत फेलासिरहा धनगढीमाई न.पा.१० बाबुराम खोला स्थित नवजात शिशुको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.धनगढीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा खोलाको डिलमा अं.१/२ दिनको बेवारिसे नवजात शिशु (बालक) कपडामा बेरिएको अवस्थामा मृत फेला परेको, उक्त स्थानमा इ.प्र.का.लहानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको । भवितव्य मृत्युसुनसरी दुहबी न.पा.४ शिव मन्दिर चोक स्थित ऐ.बस्ने चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेफ्टी ट्यांकीभित्र ऐ.२ बस्ने वर्ष ५० को श्याम ब.तामाङ (उक्त घर बनाउने पेटी ठेकेदार) र ऐ.बस्ने वर्ष ३२ को रमेश राई (कामदार) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दुहबीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, वि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानबाट फोरेन्सिक  डाक्टर अस्मिता भटराई, डा.आलोक ठाकुर आई अनुसन्धान भईरहेको र सेफ्टी ट्यांकी भित्र रहेको पानी मोटरले तानी शव निकाल्ने पहल भईरहेको  । कैदी/थुनुवा फरारझुम्का सुनसरीमा जबरजस्ती करणी मुद्दामा बन्दि भुक्तान गरीरहेका जि. खोटाङ दिप्रुङ चुईचुम्मा गा.पा ०२ बस्ने बर्ष २८ को रुपक पौडेल खत्री मिति २०८१।०४।२१ गतेबाट कारागार कार्यालय झुम्का कारागारको बन्दिगृह “बि” मा बन्दि भुक्तान गरीरहेको थुनुवा बन्दिगृहबाट वालचडि मिति २०८२।०४।२८ गते अं. ०४;०० भागी फरार रहेको भनि जानकारी बन्दिगृह बि का चौकिदारबाट खबर प्राप्त हुनसाथ जिप्कारका सुनसरीबाट कारागारबाट सशस्त्र प्रहरीका सप्रनाउ को कमाण्डमा र प्रहरी को तर्फबाट प्रनानि को कमाण्डमा टोली खटी खोजि कार्य भई रहेको ।ला.औ.धनुषा   मिथिला न.पा.२ नक्टाझिज स्थित ढल्केवर जनकपुर सडक खण्डमा जनकपुरबाट ढल्केवर तर्फ आउँदै गरेको बा ८७ प ९६७ नं. को मो.सा.मा ब्राउन सुगर जस्तो देखिने लागु औषध बोकी लाँदै गरेको भन्ने बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौबाट प्र.नि. र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त मो.सा.नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेकोले बेरेटा सानो पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको र अर्को १ राउण्ड फायर गर्दा मो.सा.मा सवार मानिस भाग्न खोज्दा मो.सा.चालक ऐ.मिथिला न.पा.६ ढल्केवर बस्ने वर्ष ४८ को पप्पु साहको दाहिने खुट्टामा गोली लागी घाईते भई जानकी मेडिकल कलेज रमदैयामा उपचार भई रहेको अवस्था मध्यम, मो.सा.पछाडि सवार जि.बारा परवानीपुर गा.पा.२ बस्ने गोबिन्द रामको श्रीमती अ.बर्ष ३० की  सेलो देवी राम, मो.सा. र निजहरुको साथबाट अं. २०० ग्राम ब्राउन सुगर जस्तो देखिने लागु औषध नियन्त्रणमा लिई इ.प्र.का.महेन्द्रनगरमा राखिएको ।  मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट  स्थित पूर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले ना ७ ख ६९१ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडि सिटमा सवार भई आएको जि.चितवन राप्ति न.पा.१२ तिरूवा बस्ने वर्ष २७ को रोहित चेपाङको साथमा रहेको कालो झोलाबाट ७ के.जि.ला.औ गाँजा (प्लाष्टिक सहित तौल गर्दा) फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर पठाएको,बस गन्तब्य तर्फ पठाएको ।

मिति २०८२।०४।२७ गते देखि ऐ. २८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२८

कैदि मृत्युपर्सा  विरगंज म.न.पा.४ स्थित कारागार सुरक्षा गार्ड पर्सामा कर्तव्य ज्यान मुद्दामा उम्र कैद सजाय रहेको जि.पर्सा विरगंज म.न.पा.२५ खल्वा टोल बस्ने वर्ष २८ को राहुल कुमार साह तुरहा अचानक श्वाश प्रश्वास सम्बन्धीको बिरामी भई उपचारको लागि नारायणी अस्पताल विरगंज पठाएकोमा उपचारको क्रममा ऐ.११:०० बजे मृत्यु भएको । थुनुवा फरारसुनसरी कारागार कार्यालय झुम्का सुनसरीमा जबरजस्ती करणी मुद्दामा बन्दि भुक्तान गरीरहेका जि. खोटाङ दिप्रुङ चुईचुम्मा गापा ०२ बस्ने वर्ष २८ को रुपक पौडेल खत्री मिति २०८१।०४।२१ गतेबाट यस कारागारको बन्दिगृह “बि” मा बन्दी भुक्तान गरीरहेकोमा मिति २०८२।०४।२८ गते  रातीको समयमा बन्दिगृहबाट वालचडि भागी फरार रहेको भनि बन्दिगृह बि का चौकिदारबाट खबर हुनसाथ कारागारमा कार्यरत सशस्त्र प्रहरीका सप्रनाउ को कमाण्डमा र प्रहरी को तर्फबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी खोजी कार्य भईरहेको, भाग्दा खेरीको हुलिया खुल्न बाकी रहेको भागेको थुनुवा पहेलो भेष्ट लगाउने गरेको । ज.ज.क.सुनसरी  सिद्धर्थनगर-९ घर भई हाल इटहरी उप-म.न.पा.१७ बस्ने वर्ष ४ की बालिकालाई जि. सप्तरी राजबिराज न.पा.१ घर भई हाल ऐ. उप-म.न.पा.१७ बस्ने वर्ष २१ को बुल्ला अरमान मियाले ज.ज.क. गरेको भनि ऐ. २७ गते १८:०० बजे पिडित र आफन्त मार्फत खबर प्राप्त हुनासाथ इ.प्र.का.पकलीबाट प्र.ब.ना.नि. को  कमाण्डमा टोली खटी गएको, ज.ज.क. गर्ने व्यक्ति फरार रहेको खो.त. कार्य भईरहेको, पिडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको ।      बर्दिया  बाँसगढी न.पा.६ दमौली बस्ने वर्ष ३६ को शिवलाल सुनारले  ऐ.बस्ने वर्ष १७ की बालिकालाई पटक पटक पिडितको घरमा आई  ज.ज.क. गरेको  भनि पीडितकी आमाले २०८२।०४।२७ गते इ.प्र.का.मोतिपुरमा जाहेरी  दरखास्त दिए पश्चात उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई ज.ज.क. गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको, पिडितको अवस्था सामान्य रहेको, दुबै जनालाई स्वास्थ्य परिक्षणको लागी बर्दिया अस्पताल गुलरिया तर्फ पठाएको । काठमाण्डौ का.म.न.पा.७ सिफलबाट रातोपुल जाने बाटोमा मानिस लडेको जानकारी पाउना साथ प्रहरी वृत्त गौशालाबाट प्र.व.ना.नि.कमाण्डमा ५ जनाको प्रहरी टोली उक्त स्थानमा पुग्दा एक जना महिला झाडी भित्र चिच्याएको आवाज सुनी झाडी भित्र हेर्दा जिल्ला झापा घर भई हाल का.जि.वौद्ध बस्ने वर्ष ४४ को श्याम धिमालले सडकको किनारमा रहेको झाडीमा जिल्ला काभ्रे कोशी पारी घर भई हाल का.जि.रातोपुल बस्ने वर्ष ३३ की महिलालाइ ज.ज.क.गर्न प्रयास गरेको, उक्त महिला अर्ध नग्न अवस्थामा रहेको र महिलालाई तत्काल उद्धार गरी प्रहरी वृत्त गौशालामा ल्यायी सुरक्षित साथ राखिएको र उक्त पुरुष व्यक्तिलाई  नियन्त्रणमा लिई वृत्त गौशालामा राखिएको, आवश्यक अनुसन्धान कार्य जारी रहेको । गौबधईलाम सुर्योदय न.पा.४ बरबोटेटार बस्ने हेमलाल घिमिरेले एकराज घिमिरेको खेतबारीमा गाईगोठ बनाई २(दुई) वटा गाईका बाछीहरु पालेकोमा को-कस्ले के-कुन समयमा एउटा बाछीको खुट्टा काटी लगेको, गाईको बाछी मृत अवस्थामा रहेको भनी ऐ.१२:२० बजे प्र.चौ.श्रीअन्तुमा जानकारी गराउन साथ प्र.चौ.श्रीअन्तुबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थलमा पुगी हेर्दा गाई गोठमा २ वटा बाछी रहेकोमा १ वटा बाछीको अगाडिको वाँया पट्टीको खुट्टाको पातो देखि नै काटी लगेको को-कस्ले काटी लगेको भनी बुझ्ने कार्य भईरहेको, १ वटा बाछी सकुशल रहेको, उक्त गाई बाछीको घटनास्थल गरी खाल्डो खनी गाडिएको ।ला.औ.झापा भद्रपुर न.पा.५ मेचिपुल पुलबाट प्र.ह को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मे ७ प २८९१ न.को मो.सा.चालक भद्रपुर न.पा.७ गार्मेन्ट चोक बस्ने बर्ष २९ को सागर पौडेललाई शंका लागी चेकजाच गर्दा निजले मलद्धार भित्र लुकाई छिपाई ल्याउदै गरेको लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक सहित ५ ग्राम ८० मिलिग्राम र प्लाष्टिक वाहेक ५ ग्राम ७० मिलिग्राम फेला पारी मो.सा. सहित नियन्त्रणमा लिई वप्रका भद्रपुरमा ल्याई थप अनुसन्धान तथा आवश्यक कार्बाहीको लागि तालुक जिप्रका झापा पठाउने कार्य भई रहेको ।  बांके नेपालगंज उ.म.न.पा. १४ उदयपुर स्थित लागु औषध कारोबार भई रहेको भन्ने बिशेष सुचनाका आधारमा जि.प्र.का. बाँकेबाट प्र.ना.उ को र लागु औषध व्यूरो नेपालगंज बाँकेबाट प्र.स.नि. को कमाण्डमा गरी जम्मा ३५ जनाको  संयूक्त टोली खटि गई खन्तलासी गर्दा ऐ.बस्ने वर्ष २८ को रमेश लोनियाले आफु बस्ने घर/आगनमा ला.औ. कारोबार गरिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिन खोज्दा निज रमेश लोनिया सहित ५ जनाले प्रहरीलाई ढुङ्गा मुडा र लाठी समेत प्रहार गरी कुटपिट गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई निजहरुको शरिर रीतपुर्वक खानतलासी गर्दा निज रमेश लोनियाको साथबाट शुद्व तौल १५ ग्राम ५०० मि.ग्राम ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको, निजको घर कोठामा समेत रीतपुर्वक खानतलासी गर्दा नेपाली रुपैया र भारतीय रुपैया गरी जम्मा नेपाली रुपैया २२,०३,९१५ (बाइस लाख तिन हजार नौ सय पन्ध्र) र सुन र चाँदिको विभिन्न गर गहनाहरु  खुकुरी थान-५ मो.सा.२ वटा र क्यामेरा थान १ र मोवाईल थान १०  फेला पारी बरामद गरीएको ।

मिति २०८२।०४।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२७

कर्तव्य ज्यानमोरङ, कानेपोखरी गा.पा.१ झरनाकुटु बस्ने बर्ष ४० की दुर्बी सतारलाई निजकै श्रीमान बर्ष ४५ को वावुधन सतारले घरायसी बिबादको कारण कुटपिट गरिरहेको अवस्थामा छिमेकी ऐ.अ.बर्ष ५० को छोटेलाल हास्दाले देखी छुट्याउने क्रममा दुर्बी सतारको कानमा चोट अवस्था मध्यम, निज छोटेलाल हास्दाको टाउकोमा चोट अवस्था सामान्य दुबै घाईतेलाई उपचारको लागी कोसी अस्पताल बिराटनगर पठाएको छोटेलाल हास्दाको अवस्था सामान्य ऐ.२६ गते १५:५० बजे दुर्बी सतारलाई घर तर्फ ल्याउदै गर्दा निजको मृत्यु भएको, शव घरमा ल्याई राखिएको भन्ने खबर मृतकको छोराले गराउनासाथ अ.प्र.चौ.होक्लाबारीबाट प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.पथरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने वावुधन सतार इ.प्र.का.पथरीको नियन्त्रणमा लिएको । ज.ज.क./बाल यौन दुर्व्यवहारतेह्रथुम, आठराई गा.पा. ४ इवा ढोडेनी (परिवर्तित ठेगाना ०६-०६६-०४) बस्ने वर्ष अं. २४ की परिवर्तित नाम आठराई (A) लाई ऐ.बस्ने निजकै काका ससुरा वर्ष ६३ को परिवर्तित नाम आठराई (A-3) ले ज.ज.क गरेको भनि मिति २०८२।०४।२४ गते रातको २१;१० बजे प्रचौ छातेढुङगामा जानकारी गराउन साथ प्रचौ छातेढुङगाबाट प्रसनि को कमाण्डमा प्रहरी टोली खटि गई ऐ. २५ गते दिनको १४:०० बजेको समयमा निज पीडकलाई नियन्त्रणमा लिइ ईप्रका आठराई तेह्रथुमबाट पीडित पिडक दुवै पक्षलाई प्रनानि को कमाण्डमा ३ जनाको टोलीले जिप्रका तेह्रथुममा ल्याई निज पीडक प्रतिवादीलाई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखिएको र निज पीडित परिवर्तित नाम आठराई (A) ले आज मिति २०८२।०४।२६ गते १२;०० बजे जाहेरी दिएको,थप अनुसन्धान भइ रहेको । सुर्खेत, गुर्भाकोट नगरपालिका वडा नं.१४ गुमीमा स्थायि ठेगाना भई बिरेन्द्रनगर नगरपालिका वडा नं.१० खजुरा कृष्ण टोलमा डेराकोठा लिई बसेकी वर्ष २७ की ६४ बिरेन्द्रनगर क ६ लाई सन्चो नभएकाले झारफुकका लागी औधोगिक क्षेत्रमा जाने आउने क्रममा अन्यायिले चलाउने गरेको अटो नम्बर कर्णाली प्रदेश ०२-००१ ह ०२३५ रिक्सामा चढी औधोगिक क्षे्त्रमा आई झारफुक गरी पुन सोहि अटोमा चढेर फर्किने सोहि अटोमा पानीको जार लगेको र मेरो पत्थरीको अप्रेशन भएकोले मैले जार कोठामा लिन कठिन भएकाले निज अन्यायीले अटो चालक वर्ष २३ को सुरेश कुमार आचार्यले म कोठामा जार लिदिन्छु भनि आफै कोठामा जार लिएर गई कोठाबाट बाहिर नगई जोडतोडले समाति वल प्रयोग गरी मुख थुनी बिस्तारामा पल्टाई सुरुवाल खोली आफ्नो पाईण्ट खोली छाडा शव्दहरु बोल्दै जबरजस्ति गरेको भनी मिति २०८२।०४।२५ गते १३:०० बजेको समयमा पीडित वर्ष २७ की परिवर्तित नाम (६४ बिरेन्द्रनगर क ६ ) ले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दरखास्त दिएकोमा निज पीडकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेकको  । सिन्धुपाल्चोक, बाह्रबिसे न.पा.४ क्षेमादेवी बौद्ध स्तुपा स्थित जंगल छेउ एकान्तमा ऐ.२ सिम्ले बस्ने अं.वर्ष ३० को बुद्ध लामाले ऐ. बस्ने वर्ष १२ की बालिकालाई ज.ज.क.गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बाह्रबिसेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई घटनास्थलबाट अं.१ कि.मि.उत्तर सानोपलाँती स्थित जंगलबाट नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.बाह्रबिसेमा राखिएको, बालिकाको अवस्था सामान्य रहेको बाँके, बैजनाथ गा.पा.६ अठ्ठाइस घर भएकी वर्ष अं.३४ की महिलालाई ऐ.बस्ने हरि बहादुर थापा मगरको छोरा वर्ष अं.१९ को अरुण थापा मगरले रु.१०००|-(एक हजार)दिन्छु भनी भे २ ह ७६९ नं.को अटोमा बसाई ऐ.६ महादेवा जाने बाटोको झुलुङे पुलको जङ्गलमा लगेर ज.ज.क गरी फरार भएको भनी पीडित पक्षले ऐ.२१:०० बजे प्र.चौ.सम्झनामा जानकारी गराएको हुँदा प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अटो नियन्त्रणमा लिएको, पीडक अरुण थापा मगरको खो.त.भइरहेको, पीडितलाई निजको आफन्तको जिम्मा लगाई घरतर्फ पठाइएको अख्तियारद्वारा पक्राउरुपन्देही, कोटहीमाई गा.पा.५ मझगाँवा चोक स्थित दिलिप बानियाले संचालन गरेको मिठाई तथा चिया पसलमा BOP मझगाँवा रुपन्देहीमा कार्यरत स.प्र.ज.यम बहादुर खत्रीलाई नगद रु.१५,०००/- (पन्द्र हजार) सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्र.ना.उ.को टोलीले रङ्गेहात पक्राउ गरी आ.अ.को लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल लिएर गएको,उक्त स्थानमा इ.प्र.का.मझगवाबाट प्र.नि.को टोली खटी गएको । ला.औ. झापा, गा.पा.४ सुकुमबासी टोल स्थितमा भारतबाट नेपाल तर्फ मे ७ प ६८३२ नं.को मो.सा.आउँदै गरेको अवस्थामा प्र.चौ. टाघनडुब्बाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ति टोलीले चेक जाँच गर्दा जि.झापा अर्जुनधारा न.पा.९ मिलनचोक बस्ने रुपकर्ण राईको छोरा बर्ष ३१ को अनिल राईको साथबाट ब्राउन सुगर जस्तो देखिने सेतो लिसाईलो पदार्थ कालो प्लाष्टिकमा ८ वटा पोका पारी प्लाष्टिक सहित बरामद गरी अं.५ ग्राम १० मिलिग्राम र प्लाष्टिक बाहेक ३ ग्राम १० मिलिग्राम(तौल हुन बाकी) ला.औ,मानिस र मो.सा.नियन्त्रणमा लिई प्र.चौ.टाघनडुब्बामा ल्याई राखिएको

मिति २०८२।०४।२३ गते देखि ऐ. २६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२६

कर्तब्य ज्यान सप्तरी राजबिराज न.पा.२ गुलाब ग्यारेज बस्ने वर्ष ४० को लोकेन्द्र झालाई निजकै भाई वर्ष ३० को नरेन्द्र झाले घरायसी बिवादका कारण बन्चरोले टाउकोमा प्रहार गर्दा लोकेन्द्र झा घाईते भई छिन्नमस्ता अस्पतला राजबिराज सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर तर्फ रिफर, उपचारको क्रममा मृत्यु भएको,पो.मा. हुन बाकी , बन्चरो प्रहार गर्ने नरेन्द्र झा फरार, खो.त.भईरहेको । तेह्रथुम लालिगुराँस न.पा.३ मुसाङखेल बस्ने भक्त ब.खड्काको छोरा वर्ष ४५ को होम ब.खड्काले आफ्नै आमा वर्ष ८१ की गंगामाया खड्कालाई गाई गोठको पालीमा लठ्ठीले टाउको र हातमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भनी ऐ.२१:४० बजे ऐ.वडाका वडा अध्यक्षले जनकारी गराएको हुँदा इ.प्र.का.बसन्तपुरबाट प्रनानिको कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको, कुटपिट गर्ने होम ब.खड्का प्रहरीको नियन्त्रणमा । बझाङ साईपाल गा.पा.२ राईढुङगे लेकमा जडिबुडी (हातेजडी,कटुकी आदी) संकलन गर्ने क्रममा जिल्ला जाजरकोट भेरी न.पा.६ गंगातिय बस्ने बर्ष अं.२३/२४ को महेन्द्र राज भण्डारीलाई ऐ. बस्ने बर्ष अं. २१/२२ को चन्द्र घर्तिले ढुङ्गाले टाउँकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको र ढुङ्गा प्रहार गर्ने चन्द्र घर्तिलाई जडीबुडी संकलन गर्ने मानिसहरुले हातखुट्टा बाँधी राखेको छ भनि प्रारम्भिक खबर ऐ. आज मिति २०८२।०४।२४ गतेको १३:३० बजे प्राप्त हुनासाथ प्र.चौ.लासीबाट प्र.स.नि.राम सिंह बडाल (९८४८३५७३५१) को कमाण्डमा-३ जना,अ.प्र.पोष्ट धलौन बझाङबाट प्र.ब.ह.नवकुल बहादुर सिंह (९८४८८३९३३४) को कमाण्डमा-३ जना गरी ६ जनाको प्रहरी टोली र जि.प्र.का.बझाङबाट थप अनुसन्धानको लागि प्र.नि.लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा SOCO सहित -२ जनाको प्रहरी टोलि खटिईएको । कैदी बन्दीहरूबीच झगडा/कैदीको मृत्युकैलाली धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय कैलालीमा रहेका ३ जना थुनुवाहरुलाई मिति २०८२।०४।२२ गते स्थानान्तरण गरेको र A बल्कमा रहेका कैदीबन्दीहरुलाई B बल्कमा सारेको विषयलाई लिएर सोही कारागार भित्र रहेका कैदी बन्दीहरुले सामान्य होहल्ला र विरोध गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ५१ जना, जिल्ला प्रशासन कार्यालय कैलालीका प्र.जि.अ.तथा स.प्र.बल ३४ नं.गण हे.क्वा.धनगढीबाट स.प्र.उ.को कमाण्डमा ४१ जनाको टोली खटी गई सम्झाई बुझाई गरी ऐ.१३:३० बजे उक्त टोली फिर्ता भएकोमा ऐ.२४ गते ००:५५ बजे सोही विषयलाई लिएर उक्त कारागारमा रहेका A बल्कका कैदिबन्दीहरु B बल्कमा गई झै-झगडा गर्दा ४६ जना कैदीबन्दीहरू घाइते भई घाइतेहरूलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएकोमा ऐ.०२:४० बजे कैदीबन्दी ऐ.०२:३५ बजे ऐ.धनगढी उ.म.न.पा.४ बस्ने वर्ष ४० को ला.औ.मुद्दाको कैदी भरत चौधरीको उपचारको क्रममा मृत्यु भएको, शवको कानूनी प्रकृया पूरा गरी सोही अस्पतालमा राखिएको, घाइतेमध्ये ३ जना गम्भीर, ३३ जना मध्यम र १० जनाको अवस्था सामान्य रहेको, थप मद्दतको लागि कारागारमा जि.प्र.का.(सु.प.प्रहरी गण धनगढी समेत) बाट प्र.उ.को कमाण्डमा कारागारमा १०० जना र सशस्त्र प्रहरी बल ३४ नं.गण हे.क्वा.धनगढीबाट स.प्र.नि.को कमाण्डमा ३३ जनाको टोली खटिएको तथा सेती प्रादेशिक अस्पतालमा प्र.नि.को कमाण्डमा ४७ जनाको टोली खटिएको, सम्झाई बुझाई कार्य भइरहेको । ज.ज.क.दाङ,  घोराही उ.म.न.पा.३ मसोट बस्ने वर्ष ४२ की महिला च्याउ खोज्न भनी ऐ.स्थित आश कुमारी पुनको घरमा आई बसेकोमा ऐ.बस्ने वर्ष ३६ को हिमाल बोहराले दिदी नाता पर्ने जुन कुमारी बुढाको घरमा निज महिलालाई बोलाई दुबैले रक्सी खाई छुट्टाछुट्टै सुतेकोमा पीडित महिलाको कोठामा आई ज.ज.क.गरेको भनी ऐ.२२ गते जि.प्र.का.मा आई निज महिलाले मौखिक जानकारी गराए पश्चात जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज हिमाल बोहरालाई नियन्त्रणमा लिई हिरासतमा राखेकोमा ऐ.२३ गते पीडित महिलाले किटानी जाहेरी दरखास्त दिए पश्चात पीडित तथा प्रतिवादीको बिस्तृत स्वास्थ्य परिक्षण गराई पीडितलाई निजको अभिभावकको जिम्मा लगाई पठाएको र प्रतिवादी हिमाल बोहरालाई मिति २०८२।०४।२३ गते सम्मानित अदालतमा उपस्थित गराई मिति २०८२।०४।२२ गते देखी लागु हुने गरी दिन ५ (पाँच) को म्यादथप भई हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको ।   पाल्पा , रामपुर न.पा.५ बेझाड स्थित डेरा गरी बस्ने जि.लमजुङ मर्स्याङ्दी गा.पा.५ घर भएको वर्ष २८ को धन रासी बि.क.ले मिति २०८२।४।२० गते ००:३० बजे पाल्पा जिल्ला अन्तर्गत बस्ने वर्ष १७ की बालिकालाई आफ्नो डेरा कोठामा ल्याई ज.ज.क.गरेको भनी ऐ.२३ गते १७:०० बजे निज बालिकाको धर्म बाबाले जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा इप्रका रामपुरबाट प्र.नि.को टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएको,पीडितलाई स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको । पाँचथर  फिदिम ना.पा.४ चिसापानी स्थित ऐ. बस्ने बर्ष २७ को करण मगरले मदक पदार्थ सेवन गरी  बर्ष २३ की आफ्नै श्रीमतिलाई जवरजस्ति करणी गरेको भनि मिति २०८२।०४।२३ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दरखास्त प्राप्त हुन आएकोले तत्काल जिल्ला प्रहरी कार्यालय पाँचथर बाट प्रसनि खगेन्द्र बहादुर बस्नेतको कमाण्डमा ५ जनाको टोली खटिगई निज करण मगरलाई पक्राउ गरी जिप्रका पाँचथरमा ल्याई बैबाहिक जवरजस्ति करणी मुद्दा दर्ता भई अनुसन्धान कार्य भईरहेको । प्युठान  प्युठान न.पा.४ बस्ने अं.  वर्ष १८ को पर्वत बोहराले ऐ. न.पा. ६ बस्ने अं.वर्ष ८ की बालिकालाई ऐ. वडा नं. ४ थापडाँडा स्थित भाडामा लिइ बस्दै आएको घर कोठामा ज.ज.क गरेको भनि ऐ.२३ गते अं. २०:३० बजे जि.प्र.का.मा जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.बिजुवारबाट प्र.नि. को कमाण्डमा टोली खटी गई पिडक लाई नियन्त्रणमा लिएको  । इलाम माई न.पा. ८ बस्ने बर्ष ४८ को नरेश कुमार ताम्लिङ लिम्बुले ऐ.ऐ. बस्ने सांकेतिक नाम "इलाम-ङ-१(०८२/०८३)"को श्रीमती बर्ष ५१ की सांकेतिक नाम "इलाम-ङ(०८२/०८३)"लाई निजकै घरमा आई जबरजस्ती करणी गर्न खोजिरहेको अवस्थामा निजकै श्रीमानले देख्न साथ पिडक फरार भएकोमा स्थानियहरुले खो.त. गरी ऐ.२४ गते विहान अं.०३:०० बजे ऐ. स्थित गोठमा लुकिरहेको अवस्थामा फेला पारी प्रचौ महमाई इलाममा जानकारी गराउन साथ प्रचौ महमाईबाट प्रसनि को कमाण्डमा प्रहरी प्रहरी टोली खटि गई ऐ. अं.०५:०० बजे नियन्त्रणमा लिई, ऐ.१०:४० बजे पिडकलाई जिप्रका इलाममा ल्याई हिरासतमा राखि पिडित आफैले जिप्रका इलाममा ऐ.१३:०० बजे जाहेरी दरखास्त दिएको, पिडितको अवस्था सामान्य रहेको । दैलेख चामुण्डा बिन्द्रासैनी न.पा.८ खाडाँ रकाला टोल नजिक बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०४।२३ गते ००:४५ बजे अज्ञात ब्यक्तिहरुले ज.ज.क.गरी अचेत अवस्थामा छोडी भागेको अवस्थामा पीडितको आफन्तहरुले फेला पारी उद्धार गरी जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको, घटनास्थलमा शंकास्पद मोबाईल समेत फेला परेको र पीडित होसमा आएपश्चात सोधपुछ गर्दा ऐ.बस्ने वर्ष २५ को खगेन्द्र भण्डारी र ऐ. बस्ने वर्ष २५ को गोपेन्द्र भन्ने गोबिन्द बहादुर शाहीले ज.ज.क.गरेको भनी खुल्न आएको हुँदा इ.प्र.का.दुल्लुबाट प्र.नि.र प्र.चौ.जम्बुकाँधबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.खगेन्द्र भण्डारी र गोबिन्द शाहीलाई ऐ.२४ गते १९:०० बजे नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखी आ.अ.भइरहेको ।          भोजपुर आमचोक गाउँपालिका १० लसुने बस्ने पिडित सांकेतिक नाम बर्ष १५ की ०७-आमचोक लाई ऐ. बस्ने बर्ष १७ को सांकेतिक नाम ०७- भोजपुरले ज.ज.क.(मिति २०८२।०४।११ गते) गरेको भनि पिडितले मिति २०८२।०४।२२ गते इप्रका बालंखामा जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटी गई निज प्रतिबादीलाई मिति २०८२।०४।२२ गते पक्राउ गरी मिति २०८२।०४।२३ गते जिप्रका भोजपुरमा ल्याई अनुसन्धान कार्य भई रहेकोमा निज पिडितले जिप्रका भोजपुरमा आज मिति २०८२।०४।२४ गते जाहेरी दरखास्त दिएको । कञ्चनपुर बेलौरी न.पा.३ खिरिया स्थित ऐ.बस्ने वर्ष अं.६० को पुरुष व्यक्तिसँग दोस्रो विवाह गरी बस्दै आएकी परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क) कुमारीकी छोरी वर्ष १३ की परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क )१ कुमारीलाई निजको सौतेलो बुवाले बिगत देखिनै घरमा कोही नभएको अवस्थामा पटकपटक ज.ज.क.गर्दै आएकोमा मिति २०८२।०४।२४ गते ०७:०० बजे समेत ज.ज.क.गरेको भनी ऐ.२५ गते १७:०० बजे पीडितको आमाले इ.प्र.का.बेलौरीमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडितलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।बाँके  राप्तिसोनारी गा.पा.२ नँया बस्ती बस्ने वर्ष ४० को पुरुषले (बिगत १ वर्ष पहिले देखि) आफ्नै नाबालिका छोरी वर्ष १६ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बाँकेमा ल्याई राखिएको । इलाम माई न.पा.८ बस्ने वर्ष १६ की बालिका आफ्नै घरको सुत्ने कोठामा एक्लै सुतिरहेको अवस्थामा ऐ.वस्ने अं.वर्ष ५९ को डिक बहादुर बस्नेतले ज.ज.क.गरिरहेको अवस्थामा सांकेतिक नाम इलाम-च-१(०८२/०८३) ले देखेर प्र.चौ.महमाई इलाममा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ. अं.१३:०० बजे नियन्त्रणमा लिई, ऐ.१९:३० बजे पीडकलाई जि.प्र.का.इलाममा ल्याई हिरासतमा राखिएको पीडितको बुबाले जिप्रका इलाममा ऐ.२३:२० बजे जाहेरी दरखास्त दिएको,पीडितको अवस्था सामान्य रहेको  । सुनबरामदकास्की  पोखरा म.न.पा.२ मोहोरिया टोल लगायत  बिभिन्न वडा एरियामा अबैध रुपमा सुन चाँदी बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा  ग.प्र.प्र.का. पोखराबाट प्र.नि.,  जि.प्र.का.बाट प्र.ना.उ. को कमाण्डमा  खटिएको संयुक्त प्रहरी टोलीले सुनचाँदीका गरगहना बनाउने बिभिन्न १०ओटा कारखानाहरुमा छापा मार्ने क्रममा अं.६ किलोग्राम ९ लाल माला जर्ती सहितको सुन जस्तो देखिने पहेँलो रङको धातु, ५ किलोग्राम ६३ लाल चाँदी जस्तो देखिने धातु, र नगद रु.५ लाख १४ हजार रुपैयाँ सहित ११ जना (१ महिला, १० पुरुष) मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का. ल्याई आ.अ. कार्य भईरहेको । ला.औ.काठमाण्डौ नेपाल एयरको उडान नं.RA-401 को फ्लाईटद्वारा का.जि.का.म.न.पा.९ एयर्पोर्ट काठमाडौंबाट बैङ्कक जान लागेको नेपाली नागरिक जि.मकवानपुर थाहा न.पा.-२ दामन स्थायी वतन भएका राहदानी न.PA4450341 वाहक वर्ष ३२ को किरण तामाङ अन्तराष्ट्रीय ह्याण्ड ब्यागेज चेकीङ एरीयामा x-ray मेशिनमा चेकजाँच गर्ने क्रममा निजले ल्याएको कालो कलरको ह्याण्ड ब्याग भित्र पहेलो टेपले र्‍याप गरेको अवस्थामा प्रतिवन्धित ला.औ.चरेस जस्तो देखिने पदार्थ अं.३ के.जी.सहित नियन्त्रणमा लिई,बरामद ला.औ.पदार्थ सहित आवस्यक अनुसन्धान एवम कारबाहीको लागी लागु औषध नियन्त्रण ब्युरो,कोटेश्वर पठाएको । बारा पचरौता न.पा.९ बलरूसवा स्थित सशस्त्र सुरक्षा वेस तेलकुवा बारा बाट स.प्र.ना.नि. र प्र.चौ.तेलकुवा बारा बाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले एउटा साईकलमा प्लाष्टिकको बोरा बेबारिसे अवस्थामा फेला पारी शंका लागी उक्त बोरालाई खोली चेकजाँच गर्दा बोरा भित्र ४ पोका ३२ के.जि.५०० ग्राम ला.औ.गाँजा रहेकोले साईकल सहिता गाँजा प्र.चौ.तेलकुवा बारामा ल्याई राखिएको ।          सप्तरी डाक्नेश्वरी न.पा.५ महदेवा स्थित चन्द्र नहरको डिलमा प्लाष्टिकले बेरेको अवस्थामा झोला/पोकाहरु रहेको छ भन्ने जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा तत्काल इ.प्र.का.पातो सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा र स.प्र.बेस पातो सप्तरीबाट स.प्र.ना.उ.को कमाण्डमा टोली खटिई हेर्दा उक्त स्थानमा ६ वटा पोका र सो स्थान भन्दा अं.३०० मिटर पश्चिम खेतमा सोहि अवस्थाको ११ पोका गरी जम्मा-१७ पोका गाँजा (अं.३९६ के.जि. ९०० ग्राम) व्यवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, थप आवश्यक अनुसन्धान तथा कानुनि प्रकृयाको लागी इ.प्र.का.कल्याणपुर सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटि गई मुचुल्का लगायत अन्य कार्य पश्चात उक्त लागु औषध गाँजा बरामद गरी इ.प्र.का. कल्याणपुर सप्तरीमा ल्याई राखिएको।          सुनसरी बराहक्षेत्र न.पा.११ मधुवन स्थित गोप्य सूचनाको आधारमा प्र.चौ.मधुवन र इ.प्र.का.महेन्द्रनगरबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ऐ. बस्ने वर्ष ५० को मुस्ताक मियाको घरमा खानतलासी गर्दा घरभित्र लुकाई-छिपाई राखेको ३ वटा प्लाष्टिकको पोका भित्र तौल गर्दा प्लाष्टिक सहित ७८ के.जी. २७० ग्राम, प्लाष्टिक बाहेक ७८ के.जी. रहेको ला.औ.गाँजा र ३ वटा जेसिबीको ट्युव फेला परेकोले उक्त ला.औ.गाँजा, जेसिबीको ट्युब सहित घरधनि मुस्ताक मिया र ऐ.न.पा.६ बस्ने वर्ष ४८ को बल्ले भन्ने बलराम यादव समेतलाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.महेन्द्रनगरमा ल्याई राखिएको,ऐ. १९:२० बजे अनुसन्धान गर्ने क्रममा उक्त लागु औषध गाँजा ओसार-पोसार कार्यमा BR 10 AQ 5427 नं.को इन्डियन मो.सा. संलग्न रहेको भनी खुल्न आएकोमा ऐ.स्थितको पटेरको घारीमा लुकाएको अवस्थामा फेला पारी उक्त मो.सा. प्र.चौ. मधुवनमा ल्याई राखिएको ।  काठमाडौं बिशेष सुचनाको आधारमा  जि.प्र.परिसर काठमाडौ,बृत्त कालिमाटी र  वृत्त स्वयम्भुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलिले जि.झापा स्थायी घर भइ हाल का.जि.नागार्जुन न.पा.२ गैरिगाउँ स्थित दिल बहादुर खत्रीको घरमा डेरा गरि बस्ने बर्ष अं.२८ को राजेश राजबंशीको कोठा रितपुर्बक खानतलासी गर्दा निजको कोठाबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ ४५  ग्राम  र नगद रु.१,४९,२००।– (एक लाख उनन्चास हजार दुई सय)  बरामद गरि निज राजेश राजवंशी लाई वृत्त स्वयम्भुको हिरासत कक्षमा राखि थप अ.अ.कार्य जारी।

मिति २०८२।०४।२२ गते देखि ऐ. २३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२३

ज.ज.क./बाल यौन दुर्व्यवहारप्युठान प्युठान न.पा.१० सारीवाङ बस्ने वर्ष अं.३४ की जाहेरवाली तथा पिडित परिवर्तित संकेत नाम ५२(१)२०८२।०८३ लाई ऐ.ऐ.बस्ने वर्ष अं.३४ को परिवर्तित संकेत नाम सारीवाङले ज.ज.क गरेको भन्ने ऐ.२२ गते १६:३० बजे जि.प्र.का.प्युठानमा जाहेरी दरखास्त पर्ना साथ उक्त स्थानमा प्र.चौ.मरन्ठानाबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली र थप अनुसन्धानको लागी जि.प्र.का.प्युठानबाट प्र.नि.को कमाण्डमा Soco सहित ५ जनाको टोली खटि गएको, खो.त.भईरहेको । ओखलढुङ्गा परिर्वतन गा.पा.०७ बस्ने वर्ष २० की बालिकालाई ऐ.भुसिंगा ७ हाल खिजिदेम्बा गा.पा.८ बस्ने वर्ष २६ को लोक बहादुर कार्कीले जबरजस्ती करणी गर्ने खोजेको भन्ने ऐ.२२ गते २१:०० बजे खबर प्राप्त हुनासाथ प्र.चौ. रावादोलुबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गई पिडक र पिडित  लाई नियन्त्रणमा लिई जि.प्र.का. रुम्जाटार ओखलढुङ्गामा ल्याई  आ.अ.भईरहेको । मृत शिशुखोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा ४ खाल्ले बस्ने मनोज परियारको श्रीमति वर्ष २१ की तारा परियारले आफ्नै घरको भान्सा कोठामा अ.१७ हप्ताको मृत शिशु जन्माएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. खानिडाडा र जि.प्र.का.खोटाङबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पश्चात तारा परियारलाई उपचारको लागि जि.अस्पताल खोटाङ पठाइएको र मृत शिशुको शव पो.मा.को लागि जि.अस्पताल खोटाङ पठाईएको, निजको श्रीमान मनोज परियार बैदेशिक रोजगारीको शिलशिलामा १८ महिना देखि कतारमा रहेको । ला.औ. मकवानपुर हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्र.चौ.रातोमाटे मकवानपुरबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले चितवन तर्फ बाट बिरगंञ्ज तर्फ जान आउदै गरेको ना ६ ख ९५३३ न.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ९ र १० नं. सिटमा सवार भई आएका जि. मकवानपुर मनहरी गा.पा. ७ बस्ने वर्ष अं. १८ को संघर्ष तामाङमको साथमा रहेको सेतो रातो कलरको झोलाबाट ला.औ.गाँजा अं. ४ के.जि.,सोहि स्थान बस्ने वर्ष अं. १५ को योशेप प्रजाको साथमा रहेको कालो झोलाबाट अं.५ के.जि. ला.औ गाँजा फेला पारी उक्त ला.औ.सहित दुबै जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारर्बाहीको लागी तालुक जि.प्र.का. मकवानपुर पठाउने कार्य भईरहेको, बसलाई गन्तव्य तर्फ छाडिएको ।

मिति २०८२।०४।२१ गते देखि ऐ. २२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२२

कर्तव्य ज्यानझापा, गा.पा.वडा न.१ लसुना बस्ने अ.वर्ष ६० जतन सोरेन, के-कुन ठाउँबाट मा.प.से. गरी ऐ.बस्ने छिमेकी महादेव टुडुको घर छेउको गल्लीमा आई काम्न थालेपछि निजको छोरा अनत लाल सोरेन लगायत ५ जनाले निजलाई देश भारत बिहार राज्य जि.किसनगंज बालुबाडी बस्ने अ.वर्ष ४५/५० को मिरु लाल मुर्मुले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेकोमा ऐ.२१ गते ०४:०० बजे हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. कुमरखोद र जि.प्र.का.झापाबाट प्र.नि.को.कमाण्डमा टोली खटी गएको शव छिमेकी महादेव टुडुको घरमा ल्याई राखिएको,४ जना मानिस नियन्त्रणमा १ जना फरार रहेको, शवको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको । फुटकर ज्यानललितपुर, महालक्ष्मी न.पा.-२ बोझेपोखरी घर भई बस्ने वर्ष १८ को आर्यन पाण्डेले निजको साथी हाल वतन नखुलेकी वर्ष १८ की दिक्षा गुरुङलाई आफ्नो कोठामा बोलाई संगै बसिरहेको अवस्थामा वर्ष १८ की दिक्षा गुरुङ एक्कासी बेहोस भई तत्काल निजले उपचारको लागी ऐ. १४:३० बजे कृष्ट अस्पतालमा ल्याएकोमा उपचारको क्रममा ऐ. १४:३५ बजे मृत्यु भएको, उक्त स्थानमा प्रहरी प्रभाग इमाडोलबाट प्र.नि. कमाण्डमा ५ जनाको टोली खटी गई निज आर्यान पाण्डेलाई नियन्त्रणमा लिएको, घटनास्थल लास जाच मुचुल्का लगायतका अन्य अ.अ. कार्य जारी । निज बालिकाको वतन:- जिल्ला गोर्खा वारपाक सुलिकोट गाउँपालिका ३ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका ९ भोलढोका बस्ने वर्ष १८ की दिक्षा गुरुंङ, १८:३० बजेको समयमा निजको आमा अम्भिका गुरुङ (९७०२३३९४५५) र सानीआमा अस्पतालमा आई पुग्नु भएको । ऐ.मिति १९:४० बजेको समयमा शव पो.मा.को लागी पाटन अस्पताल पठाएको, ऐ. मिति २३:२० बजेको समयमा शव पो.मा को लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएको । जुवातासकाठमाण्डौ, का.म.न.पा.१६ नागरिक बजार नजिक रहेको राजु न्यौपानेले सञ्चालन गर्दै आएको मामाभन्जा होटल भित्र सम्पत्ति हारजित हुने गरी जुवा-तास खेलाई रहेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात प्रहरी बिट रानिवन बाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोलि खटिई निजहरुको साथबाट नगद रु.५६,१३५।- (अक्षरेपी छपन्न हजार एक सय पैँतिस रुपैँया) र १ बुक तास सेट सहित जि धादिङ गंगाजमुना गा.पा.६ घर भई हाल का.म.न.पा. १६ खरिबोट बस्ने वर्ष ३१ को राजु न्यौपाने सहित ५ जनालाई  नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भुमा राखिएको । काठमाण्डौ, का.न.न.पा.१६ माछापोखरी नजिक विजय थापाको दुई तले घरको छतमा अबैध रुपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा जि.झापा भद्रपुर न.पा.१ घर भई हाल का.जि.का.म.न.पा.१६ माछापोखरी बस्ने वर्ष अं.५२ की लक्ष्मी तामाङ समेत ७ जना (५ जना  पुरुष र २ महिला) मानिसहरुलाई नगद रु.१६,३००।- (सोह्र हजार तिन सय) र ३ बुक तास सहित नियन्त्रणमा लिई वृत्त बालाजुमा राखिएको । झापा , बिर्तामोड न.पा.५ ट्राफिक बिट छेउ स्थित सरोज श्रेष्‍ठको घरमा गोपाल श्रेष्‍ठले संचालन गरेको चिया/नास्ता पसलमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.अनारमनीबाट खटिएको प्रहरी टोली जुवातास खेलिरहेको अवस्थामा जिल्ला इलाम न.पा. वडा नं.९ गोलाखर्क घर भई हाल जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ५ धिमाल चोक बस्ने ३८ को तिर्थराज तामाङ समेत ८ जनालाई नगद रु. १,१४,५५५/- (एक लाख चौध हजार पाँच सय पचपन्‍न रुपैयाँ) र १२ बुक तास सहित नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान भई रहेको ।  सामान नियन्त्रणमा लिने क्रममा विवाद भए सम्बन्धी धनुषा , विदेह न.पा.२ दुहबी ढालाचोक नजिकै आँपको बगैचामा प्रस्तावित सिमा सुरक्षा गुल्म,मैनाथपुरबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले तस्करीको सामान नियन्त्रणमा लिने क्रममा अं.५०/६० जनाको संख्यामा स्थानीयहरू विवाद र ढुङ्गा मुढा गरेकोमा स्थित नियन्त्रणमा लिनको लागि S.L.R.बाट ४ राउण्ड हवाई फायर गरेको, ज.११ प.६४११ नं.को मो.सा. र रू.५०,०००/-बराबरको किराना सामान नियन्त्रणमा लिई प्रस्तावित सिमा सुरक्षा गुल्म, मैनाथपुरमा ल्याई राखिएको, हालको अवस्था सामान्य रहेको । धारिलो हतियार प्रहारसर्लाही, बलरा न.पा.१ स्थित बस्ने गौरी शंकर सिंहले संचालन गरेको रक्सी पसलमा दुई समुह बिच रक्सी खाने बिषयलाई लिएर बाद बिबाद हुदा एक समुहले अर्को समुहलाई छुरा प्रहार गरी ऐ.बलरा न.पा.१ बस्ने जगरनाथ सहनीको छोरा बर्ष २५ को धर्मविर सहनीको पेटमा चोट अवस्था मध्यम, बलरा स्थित धुलिखेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचाको लागी भारतको सितामाढीको लागी रिफर, ऐ. बस्ने श्री सहनीको छोरा बर्ष १८ को दशरथ सहनीको घाँटीमा चोट अवस्था सामान्य घरमा रहेको, ऐ.बस्ने धनपत मण्डलको छोरा बर्ष २५ को अमित मण्डलको दाहिने हातमा चोट अवस्था सामान्य घरमा नै रहेको, उक्त स्थानमा प्र.चौ. छन्कीटोलाबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई घाईने मानिसहरुलाई उपचारको लागि बलरा स्थित धुलिखेल अस्पतालमा पठाएको, छुरा प्रहार गर्ने मानिस देश भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय, अवशेख सिंह फरार रहेको, इ.प्र.का. गडहियाबाट प्र.नि.को कमाण्डमा ११ जना, जि.प्र.का. सर्लाहीबाट प्र.नि. को कमाण्डमा ११ जनाको टोली खटि गई खो.त.कार्य भई रहेको, निजहरुले प्रयोग गरेको BR 30 K 3914 नं.को मो.सा. नियन्त्रणमा लिई प्र.चौ.छन्कीटोलामा राखिएको । ला.औ.बारा, निजगढ न.पा. ४ स्थित बाट विशेष सूचनाको आधारमा जि.प्र.का. बाराबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले जि. रौतहट चन्द्रपुर न.पा. ४ जुडिवेला बस्ने महेश्वर धामीको छोरा अं.वर्ष २३ को शिबु भन्ने शिवजी धामीले सेतो बोरा साथमा लिई उभि रहेको अवस्था देखि शंकास्पद लागी निजको शरीर खानतलासी गरी निजले साथमा लिएको बोरा खोली हेर्दा उक्त बोरा भित्र प्लाष्‍टिकमा पोका पारी राखेको ला.औ.गाँजा १० के.जी.३१८ ग्राम सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.बारामा ल्याई राखिएको ।  झापा, कमल गा.पा. वडा नं६ काटाचोक स्थित ऐ. बस्ने बिष्णु प्रसाद बगालेको घरमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलि र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममा निज घरधनि बिष्णु प्रसाद बगाले र जिल्ला झापा दमक न.पा. वडा नं.६ थानारोड बस्ने दमक मेडिकल डिस्ट्रीब्युटरका संचालक वर्ष ४० को गंगा बहादुर खड्कालाई फेला पारी निज बिष्णु प्रसाद बगालेको घर खानतलासी गर्दा घरको दोश्रो तलाको कोठामा निम्न परिमाणको प्रतिबन्धित औषधिहरु लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हुँदा कानुन बमोजिम बरामद गरी उक्त प्रतिबन्धित औषधि सहित निजहरु दुबै जनालाई नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भई रहेकोमा उक्त वारदातमा संलग्न प्रतिवादी मध्ये गंगा बहादुर खड्काले बिर्तामोड स्थितमा समेत उल्लेखित क्यापसुल तथा ट्याबलेटहरुको कारोबार हुने ठाउँ रहेको भनि बताएको हुँदा उक्त स्थानहरुको पहिचान गर्नको लागि लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाको टोलीले इ.प्र.का. बिर्तामोडसँग समन्वय गर्ने गरी निजलाई लिई गएको उक्त स्थान इप्रका दमकबाट अं. ५ किमि दक्षिण पूर्व रहेको । । बरामद भएको दशीको सामानहरुः- १. Tramadol Hydrochlorides Capsules I.P. Tramol-50 लेखिएको जम्मा ३००० (तीन हजार क्याप्सुल । २. Dicyclomine Hydrochloride Tablets I.P. लेखिएको जम्मा २११० (दुई हजार एक सय दश) ट्याबलेट । ३. SPASPAIN लेखिएको जम्मा २०५० (दुई हजार पचास ट्याबलेट) ।

मिति २०८२।०४।२० गते देखि ऐ. २१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२१

ज.ज.क./बाल यौन दुर्व्यवहारसंखुवासभा, चैनपुर नपा.११ बस्ने वर्ष ११ की बालिकालाई जि.भोजपुर षडान्नद न.पा १२ बस्बे वर्ष १६ को बालकले ऐ.११ सालडाडा स्थित शेर बहादुर अधिकारीको बारीमा ज.ज.क.गरेको भनी ऐ.२३:३० बजे जानकारी गराउनासाथ इ.प्र.का.चैनपुरबाट प्र.ना.नि.को कमाण्डामा टोली खटी गई पिडक बालकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.चैनपुरबाट अं.१८ कि.मि.पश्चिम पर्ने । जाजरकोट, नगरपालिका वडा नं ५ सालटाकुरा बस्ने बर्ष २७ कि परिवर्तित नाम ६३ सालटाकुरा १ लाई घरदेखि ऐ. वडा कार्यालय तर्फ मो.सा. मा राखि लैजादै गर्दा ऐ. स्थित हिमाली  सामुदायिक जंगलको सिलाजु भन्ने स्थानमा ऐ.ऐ. ११ बस्ने गणेश हमालको छोरा बर्ष २५ को राकेश हमालले जबरजस्ती करणी  उद्योग  गरेको भनि ऐ. अ.१८:०० बजेको समयमा तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटमा निबेदन दिए पश्चात उक्त स्थान तर्फ तत्काल इ.प्र.का.जगतीपुर जाजरकोट बाट प्र.स.नि. कमल बटालाको कमाण्डमा ५ जनाको टोलि खटि गई निज राकेश हमाल लाई नियन्त्रमा लिई तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला गराईएको,पिडितलाई  स्वास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल जाजरकोट पठाएको । बर्दिया, बढैयाताल गा.पा.६ खल्ला गाँउ बस्ने वर्ष अं.५० की परिवर्तित नामथर संकेत नम्बर ६६ बढैयाताल (घ) (अपाङ्ग) लाई मिति २०८२।०४।११ गते १३:०० बजे ऐ.बस्ने वर्ष अं.४२ को दिनेश थारुले घरमा कोही नभएको अवस्थामा पीडकले आफ्नो घरको कोठामा लगेर ज.ज.क.गरेको भनी ऐ.२० गते अं.१८:१५ बजे जाहेरी दरखास्त प्राप्त भएको हुँदा इ.प्र.का.मैनापोखरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, पीडितको अवस्था सामान्य रहेको, हाल घरमै रहेको । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी न.पा.४ चतुरे टोल बस्ने बर्ष १७ की (अबिवाहित) बालिकाले मिति २०८२/०४/२० गते ०७:०० बजे आफ्नै घरमा सुत्केरी भई शिशु(छोरा)को जन्म दिएकोमा बालिका र नवजात शिशुको स्वास्थ्यमा समस्या देखापरेका कारण निजको बुबाले ऐ.२०:०० बजे चौतारा अस्पतालमा ल्याएको भनी अस्पतालबाट जानकारी प्राप्त भएको, उक्त वारदात सम्बन्धमा निज बालिकासँग सोधपुछ गर्दा ऐ.बस्ने अं.वर्ष ४५ को टिमुरे बोटे माइला भन्ने प्रेम बहादुर श्रेष्ठले मिति २०८१ साल असोज महिनादेखि ललाईफकाई शारीरिक सम्पर्क राख्दै आएको भनी खुलाएको भनी निजको बाबुले जि.प्र.का.मा लिखित निवेदन दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रेम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, पीडित बालिकालाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको ।गोली प्रहारसप्तरी,  राजगढ गा.पा.२ कमलपुर स्थित नेपाल-भारत बोर्डर एरियामा भारततर्फ अवैधरुपमा निकासी गर्न स्टोर गरी राखेको अवैध मदिरा छ भन्ने सूचनाको आधारमा जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा ९ जना, प्र.चौ.झुटकीबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको संयुक्त टोलीले ऐ.स्थानमा घेराबन्दी गरी सर्च गर्ने क्रममा दिरा तस्कर तथा तस्करहरुबाट प्रभावित समूहले सर्च अप्रेशन गर्न गएका प्रहरी टोलीमाथि ढुङ्गा, काठ, लाठी, खुकुरी, फर्सा, भाला समेतले सङ्घातिक आक्रमण गरी प्रहरीलाई लछारपछार गरी घाइते बनाएपश्चात प्रहरीले आत्मरक्षाको लागि ९ MM बेरेटा पेस्तोलबाट ७ राउण्ड गोली फाएर गरेको, उक्त आक्रमणमा प्र.नि.विरेन्द्र कुमार यादव, प्र.स.ह.सिकेन्द्र थारू समेत २ जना सामान्य घाइते भएकोमा दुवै जनालाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएकोमा प्र.स.ह.सिकेन्द्र थारूलाई थप उपचारको लागि मधेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरी रिफर भई उपचार भइरहेको, साथै तस्करीमा संलग्न ऐ.राजगढ गा.पा.२ कमलपुर बस्ने रविकान्त यादवको छोरा वर्ष ३५ को लालु यादव गम्भीर घाइते भएकोमा निजलाई आफन्तहरूले एम्बुलेन्समा राखी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा १३ जना, ई.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डण्मा ११ जना तथा मातहत समेतबाट ४४ जनाको टोली खटी गएको, घटनास्थलबाट कस्तुरी, मामाश्री, दिलबाले, बृष, कर्णाली ब्राण्डको मदिरा(रक्सि) अं.८० कार्टुन बरामद गरेको, हाल अवस्था सामान्य रहेको ।बालबालिका मृत अवस्थामा फेलापाँचथर, याङवारका गा.पा. १ बस्ने बिर्ख बहादुर राईको छोरा वर्ष १० को शिशिर राई छोरी वर्ष ४ कि नुमा (नानुमा) राई (दाजुबहिनी) हराएकोमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्र.नि.को कमाण्डमा र इलाका प्रहरी कार्यालय च्याङथापुबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई स्थानीयबासिहरू सहित खोजतलास गर्ने क्रममा ऐ.२० गते अं.०९:०० बजे ऐ.स्थित बिरूवा खोलाले बगाई मृत अवस्थामा बगरमा (अं.२०० मिटरको फरकमा) लास फेला परेको, बालबालिका हराएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरको क्रमसंख्या २३५० र २३५१ द्वारा हुलिया परिपत्र भएको, उक्त स्थान इलाका प्रहरी कार्यालय च्याङथापुबाट अं.७ कि.मि.पश्चिम पर्ने । ला.औ.सप्तरी,  सप्तकोशी न.पा.११ भगनी स्थित चन्द्र नहरको छेउमा रहेको झाडीमा २ वटा कालो झोलामा ला.औ.गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कञ्चनपुर र प्रहरी टोली खटी गई हेर्दा १२ के.जि.(२ वटा कालो झोलामा एउटा झोला १० वटा प्याकेट र अर्को झोलामा २ वटा प्याकेट गरी जम्मा १२ प्याकेट ला.औ.गाँजा फेला पारी आ.अ.भइरहेको,  उक्त स्थान प्र.चौ.फत्तेपुरबाट अं.८ कि.मि.दक्षिण पर्ने ।  सुनसरी, कोशी गा.पा.१ लौकही बजार चौक स्थित सडक पेटीमा लागु औषध किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको टोलीले जिल्ला सुनसरी कोशी गा.पा. ४ जुदगंज वस्ने नारायण खत्वेको छोरा अं.वर्ष ३४ को मनोज कुमार खत्वेको साथबाट( रु.२५६०००।-)दुई लाख छपन्न हजार र देश भारत अररिया जिल्ला बस्मतिया पन्चायत वडा ८ बेल्हा वस्ने धनिक लाल खत्वेको छोरा वर्ष ४५ को राज कुमार खत्वेको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ९८.३१० ग्राम (अन्ठान्ब्बे ग्राम तिन सय १० मिलिग्राम) फेला पारी निजहरु दुबै जनालाइ उक्त ला.औ. र नगद सहित नियन्त्रणमा लिइ इ.प्र.का.लौकहीमा राखी आ.अ.भईरहेको ।

मिति २०८२।०४।१९ गते देखि ऐ. २० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-२०

हवाई फायर गरी मानिस नियन्त्रणमा लिएकोसप्तरी , डाकनेश्वरी न.पा. ५ औरही पातो गाँउ एरियामा अं.वर्ष ३० को दिपक मरिक (मलिक) हा.ह. बोकी हिड्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न लाग्दा निज भाग्ने क्रममा  सानो चा.पे.बाट २ राउण्ड र ठुलो चा.पे. बाट २ राउण्ड  गरि जम्मा ४ राउण्ड हवाई फायर गरि निजलाई  सकुसल नियन्त्रणमा लिईएको, सम्पुर्ण प्रहरी  सकुसल भएको, निजलाई जि.प्र.का. सप्तरीमा राखीएको, अन्य सर्च अप्रेशन जारी रहेकोमा, ऐ.१९ गते अं. १०:३० बजे शम्भुनाथ न.पा. ८ कठौना स्थितमा जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.स्थित दिपक मरिक(मलिक) को आफन्त तथा निजको घर एरियाबाट १०० मि. दक्षिण तर्फ रहेको आँपको बोट मुनि काठको बिड, फलामको नोजल भएको कटुवा पेस्तोल थान- १ र लाईभ गोलि थान- २ प्लास्टिकमा लुकाई छिपाई  राखिएको आवस्थामा फेला परेको हुँदा रीतपुर्वक बरामद गरि जि.प्र.का.मा ल्याई राखिएको । ज.ज.क.बैतडी, सिगास गा.पा.५ तल्ली खैरकोट छिल्ला स्थित ऐ.बस्ने मिन सिंह धामीको घर कोठामा वर्ष १६ की बालिकालाई ऐ.६ बस्ने वर्ष ३१ को सुरेन्द्र धामीले पीडितको ईच्छा बिपरित ज.ज.क. गरेको र सोही करणीबाट पीडितको पेटमा करिब २७/२८ हप्ताको गर्भ रहेकोले निज प्रतिवादीलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी मिति २०८२।०४।१८ गते १७:०० बजे जाहेरी दर्खास्त प्राप्त भई ऐ.१९ गते ११:०० बजे करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता भई प्रतिबादीको खो.त. कार्य भइरहेको, थप अनुसन्धान कार्य भईरहेको ।  बैतडी,  मिति २०८१ पुष महिनाको पहिलो हप्तातिर जाहेरवाली वर्ष १६ की बालिकालाई  जिल्ला बैतडी सिगास गाउँपालिका वडा नं. ५ छिल्ला स्थित ऐ बस्ने प्रतिबादी वर्ष १९ को दिनेश महराले जवर्जस्ती करणी गरेको र हाल निज पिडितको पेटमा करिब २७/२८ हप्ताको गर्ब समेत रहेको भनि आज मिति २०८२।०४।१९ गते १७:०० बजेको समयमा करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता भई प्रतिबादीको खो.त. कार्य भइरहेको ।  सवारी दुर्घटना (प्र.क.) सुर्खेत, बिरेन्द्रनगर न.पा.७ घण्टाघरचोक स्थित कालिञ्चोकबाट आँखा अस्पतालचोक तर्फ जाँदै गरेको क.प्र.०२००२ प.९८६० नं.को मो.सा. र को.ले.नि.का.बाट घण्टाघर तर्फ आउँदै गरेको भे.६ प.२५६८ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा क.प्र.०२००२ प.९८६० नं.को मो.सा.चालक जि. दैलेख भगवतीमाइ गा.पा.६ बस्ने जि.प्र.का.मुगु अन्वेषण शाखा दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत वर्ष ३१ को राजेन्द्र खड्काको हात खुट्टा र आँखामाथि चोट, अवस्था मध्यम, मो.सा. पछाडी सवार ऐ. बस्ने निजको श्रीमती इ.प्र.का.लेकवेशी सुर्खेतमा दरबन्दी भई हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत वर्ष ३१ की प्र.स.ह. शोभा खड्काको दुवै हात र ढाडमा चोट अवस्था मध्यम र भे.६ प.२५६८ नं.को मो.सा. चालक जि. सुर्खेत बिरेन्द्रनगर न.पा.७ बस्ने वर्ष १८ को बिजित शाहीको हात, खुट्टा र पेटमा चोट अवस्था मध्यम घाईते भई उपचारको लागि देउती नर्सिङ होम सुर्खेत पठाएको ।  नवलपरासी पश्चिम, रामग्राम न.पा.१ खानेपानी ट्याङ्की अगाडी दक्षिणबाट उत्तरतर्फ जादै गरेको लु ३९ प ८७४८ नं. को मो.सा. अनियन्त्रित भई रेलिङमा ठोकिन जादा मो.सा. चालक प्र.चौ. तार्कुघाट लमजुङ दरबन्दी भई इ.प्र.का. गणेशपुर कपिलवस्तुबाट मिति २०८२।०४।१५ गते रवाना लिई आएका जि.नवलपरासी सुनवल न.पा.२ नयाबस्ती स्थायी वतन भएका वर्ष ४० को कम्प्युटर नं. ३६६६५२ का प्र.ह.श्रीराम यादव सामान्य बिरामी भई घरबाट जिल्ला अस्पताल परासीमा आई चेकअप पश्चात फर्किने क्रममा दुर्घटना हुँदा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. नवलपरासी पश्चिमबाट प्र.स.ह.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि स्थानिय जैसवाल मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा आई उपचार भईरहेको,अवस्था मध्यम ।  धारिलो हतियार प्रहारकाभ्रे, रोशी गा.पा. ३ शिखर अन्तरटोल बस्ने वर्ष ६९ को तपासिंह लामाले ऐ. बस्ने वर्ष ३८ को ज्ञान ध्वज लामालाई एक्कासी टाउको र हातमा धारिलो हतियार ( खुकुरी) ले प्रहार गरी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेमा ल्याईएको, अवस्था गम्भीर रहेको भनी  सोही अस्पतालमा खटिएको प्र.क.मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.खहरेपाँगुबाट  प्र.स.नि.को कमाण्डमा टोली खटी गई खुकुरी र खुकुरी  प्रहार गर्ने मानिसलाई  नियन्त्रणमा लिएको, खुकुरी प्रहार गर्नुको कारण नखुलेको ।  ला.औ.कास्की, पोखरा म.न.पा.१७ बिरौटा घारीकुलो स्थित जिल्ला स्याङ्जा बाहाकोट घर भई हाल जिल्ला कास्की पोखरा.म.न.पा.१७ बिरौटा घारीकुलो डेरा कोठा गरी बस्ने वर्ष ३२ की रिना थापा मगरको डेरा कोठामा ला.औ कारोबार भई रहेको छ भन्ने सूचना प्राप्त हुनसाथ ला.औ.नि.ब्यूरो पोखराबाट प्र.स.नि.प्रिन्स कुमार श्रेष्ठ र जि.प्र.का.कास्कीबाट प्र.स.नि.बिक्रम थारुको कमाण्डमा खटिएको ५ जनाको संयुक्त प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा रिना थापा मगरको कोठामा लोबेड मुनि रातो फाइबर झोलामा लुकाई छिपाई राखेको ला.औ. डाईजापाम-१६६ एम्पुल,फेनारागन-१६९ एम्पुल, बुर्फिन नुर्फिन-१६६ एम्पिल गरी जम्मा ५०१ एम्पुल ला.औ.सहित सोही कोठामा रहेको निजको साथी जि.स्याङ्जा फेदीखोला ४ घर भई हाल पोखरा१७ बिरौटा बस्ने वर्ष ३४ बिस्वास गुरुङ र जिल्ला पर्वत घर भई हाल पोखरा १७ बरौटा बस्ने वर्ष ३९ की मिना थापा मगरलाई बरामद गरिएको ला.औ.सहित नियन्त्रणमा लिई थपअनुसन्धानको लागि ऐ.२२:०० बजे जि.प्र.का.कास्की ल्याई राखिएको,  सुनसरी, कोशी गा.पा. ७ हरिपुर स्थित पुर्ब पश्चिम राजमार्गमा अप्रपोष्ट हरिपुर सुनसरी बाट प्रसनि तेज बहादुर सुब्बाको कमाण्डमा खटिएको चेकिङ टोलिले काकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००१ ख २९९६ नं. को यात्रु बाहक बस लाई रोकी चेक जाँच गर्दा पछाडी पट्टिको सिटमा बसेको जि. मोरङ केराबारी गा.पा. ८ बस्ने बर्ष २८ को बाल कुमार पाण्डेले लगाएको हाप पेन्टको दाहिने गोजिमा लुकाई छिपाई ल्याउदै गरेको अं. ४६ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र मोबाई थान १ फेला पारी उक्त सामान सहित निजलाई नियन्त्रणमा लिई अप्रपोष्ट हरिपुरमा ल्याई राखिएको ।

मिति २०८२।०४।१८ गते देखि ऐ. १९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१९

फुटकर ज्यानपर्सा धोबिनी गा.पा.वडा नं.१ घोर्दौल स्थित नेपाल भारत सिमानामा रहेको (नेपाल तर्फ) ओरिया खोलाको छेउमा खाल्डो खनी माटोमा पुरी राखेको अवस्थामा शव फेला परेको छ भन्ने खवर प्राप्त हुन साथ प्र.चौ. आसवारी पर्साबाट प्र.स.नि.को कमाण्डमा र तालुक इ.प्र.का. पोखरिया पर्साबाट प्र.नि.को कमाण्डमा SOCO सहितको मुचुल्का टोली खटिगएको, खाल्डो खन्ने कार्य भईरहेको, थप अनुसन्धानको लागी तालुक जि.प्र.का. पर्साबाट प्र.उ.को कमाण्डमा टोली खटिगएको । थप टिपोटः- ऐ.१८;४० बजेको समयमा माथि उल्लेखित शव देश भारत जिल्ला बिहार थाना शिकारपुर ग्राम पोखरिया पंचायत बरवा बसौली माईती घर भई देश भारत बिहार ईनर्वा गाँउ पंचायत खनिया टोल वडा नं. १० बस्ने जितेन्द्र प्रसाद कुशुवाको श्रीमती अं. बर्ष ३५ की सरोज देवी रहेको भनि मृतकको माईती पक्ष घटना स्थलमा आई सनाखत भएको, निज मृतक १४।१५ दिन पहिला देखि हराएको भनि माईती पक्षबाट बुझ्नमा आएको, लाश सडेगलेको अवस्थामा रहेको, लाश जाँच मुचुल्का पश्चात पो.मा.को नारायणी अस्पताल बिरगंज तर्फ पठाउने कार्य भई रहेको ।ज.ज.क./बाल यौन दुर्व्यवहारकैलाली गौरीगंगा न.पा.८ स्थित लिक्मा जंगलमा ऐ.ऐ.०५ अण्डैया शिसु सुधार टोल बस्ने बर्ष अ. ३१ को भरत बुढा ले जिल्ला डडेल्धुरा आलिताल गा.पा.०३ घर भई आफ्नो फुपु गौरी बुढाको घर जिल्ला कैलाली गौरीगंगा न.पा.०५ अण्डैया जनजागृती टोल बस्ने बर्ष अ.१५ की वालिका लाई जवर्जस्ती करणी गरेको भनी ऐ.१८ गते ००:३५ बजेको समयमा जानकारी प्राप्त हुना साथ तत्काल इ.प्र.का.मसुरिया कैलालीबाट प्र.ब.ना.नि. गोपाल कार्की (९८४१९८६०५५) को कमाण्डमा - ५ जनाको प्रहरी टोली खटिई गई पिडकको खोजतलास गर्दा घरमा फेला नपरेको,भागी फरार रहेको, खोजतलास जारी रहेको, पिडित लाई अभिभावकको संरक्षणमा स्वास्थ्य परिक्षण प्रकृयाको लागी तालुक इ.प्र.का.मालाखेती, कैलालीको सम्पर्कमा पठाईएको, उक्त स्थान इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट अ.३ कि.मि. पश्चिम उत्तर पर्ने । थप टिपोटः- ऐ. ०७:३० बजे भरत बुढा इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको नियन्त्रणमा रहेको । थप टिपोटः- ऐ. ०८:२० बजे पिडक भरत बुढा र पिडित पक्ष लाई आवश्यक प्रकृयाको लागी तालुक इलाका प्रहरी कार्यालय मालाखेती कैलाली पठाईएको ।हा.ह.बरामदपर्सा बिरगंज म.न.पा.१६ ईनर्वा गाउँको महजित नजिकमा ऐ.बिन्दावासीनी गा.पा.वार्ड नं.०५ प्रसौनी भठ्ठा घर भई हाल जि.पर्सा बिरगंज म.ना.पा.वार्ड नं.१६ ईनर्वागाउ ससुराली गाउँमा वस्दै आएको अंम्जद खां को छोरा अं.वर्ष ४० को साहेव खां कटुवा पेस्तोल सहित हिडडुल गरि रहेको छ भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.ईनर्वागाउ बाट प्र.स.नि को कमाण्डमा २ जनाको टोली खटी गई निज साहेव खां लाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का.विर्तामा पठाईएको ।हवाई फायर गरी मानिस नियन्त्रणमा लिएकोसप्तरी डाकनेश्वरी न.पा.५ औरही पातो गाँउ एरियामा जघन्य अपराधको अनुसन्धानको शिलसिलामा बिशेष संकास्पद ब्यक्ती ऐ.सम्भुनाथ न.पा.८ बस्ने अं.वर्ष २४ को दिपक मरिक (मलिक) हा.ह.समेत बोकी हिड्ने गरेको भन्ने सुचनाको आधारमा  जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न लाग्दा निज भाग्ने क्रममा सानो चा.पे.बाट २ राउण्ड र ठुलो चा.पे.बाट २ राउण्ड  गरी जम्मा ४ राउण्ड हवाई फायर गरी निजलाई सकुसल नियन्त्रणमा लिई निजलाई जि.प्र.का.सप्तरीमा राखी आ.अ.भइरहेको, उक्त स्थान जि.प्र.का.सप्तरीबाट अं.३० कि.मि.दक्षिण पश्चिम पर्ने । ला.औ.काठमाडौं  THAI AIRWAYAS को उडान नं.TG319 द्वारा बैंककबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक राहदानी नम्बर W0445543 वाहक वर्ष ३२ को MOULEESWARAN NANJUNDAMORTHI KARUNAI VEL(पुरुष) को गतिविधि शंकास्पद देखि आगमन भन्सार एरियाको X-rayMachine मा Screening गर्न लगाई हेर्दा निजको सुटकेशबाट प्रतिबन्धित लागू औषध सेतो हेरोईन जस्तो देखिने वस्तु अं.४ के.जी.२०५ ग्राम (प्लाष्टिक सहित) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी लागू औषध नियन्त्रण व्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाई पठाएको  । महोत्तरी रामगोपालपुर नगरपालिका वडा न.५ रामगोपालपुर चौकमा विशेष सूचनाको आधारमा इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा  र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ.बर्दिबासबाट जलेश्वर तर्फ आउदै गरेको जिल्ला मकवानपुर राक्सीराङ गा.पा.४ बस्ने धन बहादुर मुक्तानको छोरा बर्ष २६ को मान बहादुर मुक्तानले चलाएको  ना.६ ख २९१९ नम्बरको ट्रकलाई रोकी रितपुर्वक चेकजाँच गर्दा बोरा सहित ४६५ के.जि.(१० बोरा) लागु औषध गाँजा फेला परेको हुदाँ उक्त गाँजा, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामगोपालपुरमा राखी अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०४।१६ गते देखि ऐ. १८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१८

ज.ज.क./ज.ज.क.उधोग/ यौन दुर्व्यवहारदाङ गढवा.गा.पा.६ बनकट्टी बस्ने वर्ष १६ को बालकले ऐ. ८ मुसिनाका घर भई ऐ.६ मनिकापुर बस्ने वर्ष १३ की बालिकालाई निज पीडितकै घर कोठामा बसिरहेको अबस्थामा जबरजस्ती करणी उद्योग कसुर गरेको भनी ऐ.१६ गते ११:०० बजे इ.प्र.का.गढवामा आई जाहेरी दरखास्त लेखी पेश गरे पश्चात इ.प्र.का.गढवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.गढवा दाङमा ल्याई अनुसन्धान भईरहेकोमा स्वास्थ्य परिक्षणको लागी दुबै जना (पीडित र पिडक) लाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाईएको, निज पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान इ.प्र.का.गढवाबाट अं.४ कि.मि. दक्षिण पर्ने । दाङ घोराही उ.म.न.पा.१८ नवलपुर बस्ने वर्ष २३ को सन्तोष वलीले मिति २०८१।०८।२५ गते अं.११:०० बजे ऐ.बंगलाचुली गा.पा.६ बस्ने वर्ष १६ की बालिकालाई ललाई फकाई गरी ऐ.घोराही उ.म.न.पा.१५ ट्राफिक चोक नजिक रहेको वेलकम पाहुना घर रेष्टुरेन्ट एण्ड लजको कोठा नं.१०१ मा बोलाई लिई ज.ज.क.गरेको र सोही करणीबाट हाल पिडितको पेटमा ८ महिनाको गर्भ रहेको भनी पीडितको आमाले मिति २०८२।०४।१५ गते अं.२०:२० बजे जि.प्र.का.दाङमा मौखिक जानकारी गराए पश्चात जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सन्तोष वलीलाई पक्राउ गरी जि.प्र.का.दाङमा ल्याई ऐ.१६ गते ०९:०० बजे निज उपर पीडितको आमाले जाहेरी दरखास्त दिएकोले सम्मानित दाङ जिल्ला अदालत घोराही दाङबाट मिति २०८२।०४।१५ गते देखि लागु हुने गरी दिन ५ (पाँच) को म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको । बारा, सिम्रौनगढ न.पा. १० देबापुर टेटा टोल बस्ने रामएकवालको छोरा अं.बर्ष ३१ को छोटेलाल प्रसाद यादबले ऐ.स्थित आफ्नै घरमा टियुसन पढाउने घर कोठामा ऐ. बस्ने नाम परिवर्तित अं.बर्ष ०९ की ३३ सिम्रौनगढ०८२/०८३ (ख)लाई ज.ज.क.गरेको भन्ने खबर  इ.प्र.का. सिम्रौनगढमा ऐ.१२:०० बजे पिडितकी आमाले जानकरी गराएको हुदाँ उक्त स्थानमा इ.प्र.का.सिम्रौनगढबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटीगई छोटेलाल प्रसाद यादबलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको पिडक र पिडित दुवैलाई स्वास्थ्य परिक्षणको लागि प्रदेशिक अस्पताल कलैया बारामा पठाईएको । कैलाली, गौरीगंगा न.पा. ०८ स्थित लिक्मा जंगलमा ऐ. ०५ अण्डैया शिसु सुधार टोल बस्ने अं.बर्ष ३१ को भरत बुढाले जिल्ला डडेल्धुरा आलिताल गा.पा. ०३ घर भई आफ्नोको घर बस्ने बर्ष १५ की वालिकालाई ज.ज.क.गरेको भनी ऐ.१८ गते विहान ००:३५ बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मसुरियाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटीएको टोली खटी गएको पिडक फरार खोजतलास भईरहेको, पिडितलाई अभिभावकको संरक्षणमा स्वास्थ्य परिक्षण प्रकृयाको लागी इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको सम्पर्कमा पठाईएको ।कर्तव्य ज्यानताप्लेजुङ आठराई त्रिबेणी गा.पा.४ आहाले बस्ने वर्ष२२ को मन कुमार बि.क.ले घरयासी बिषयलाई लिएर सामान्य बाद-बिबाद हुँदा आफ्नै भाई  वर्ष २० रोशन बि.क.लाई धारिलो हतियार खुकुरीले पेटमा प्रहार गरी मृत्यु भएको भनी जानकारी गराउनासाथ इ.प्र.का.दोभानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको, खुकुरी प्रहार गर्ने मन कुमार बि.क.लाई धारिलो हतियार खुकुरी सहित नियन्त्रण लिएको । कैलाली बर्दगोरिया गा.पा.१ बौनिया स्थित गजेन्द्र शाहीले संचालन गरेको राजधानि सेकुवा एण्ड म.म.सेन्टरमा काम गर्ने ऐ.१ बस्ने बर्ष अ.३३ को नृप भन्ने निरज साउदले सोहि होटेलमा काम गर्ने ऐ.३ बस्ने गगन सेजुवालको छोरी बर्ष अ.१७ कि याचना सेजुवाल लाइ चक्कु प्रहार गरेको भनि इप्रका सडकपुरमा खबर प्राप्त हुना साथ प्र.नि.को कमाण्डमा ८ जनाको प्रहरी टोली खटि गई घाइतेलाई बर्दगोरिया अस्पताल प्रा.लि.बौनियामा पठाई सामान्य उपचार पश्चात ऐ.१०;३० बजे थप उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढीको लागि रिफर घाँटिमा चोट अवस्था शिरियस,चक्कु प्रहार गर्ने नृप साउद इप्रका सडकपुरको नियन्त्रणमा । ऐ.१०;५५ बजे थप अनुसन्धानको लागि इप्रका सुखड बाट प्र.ना.उ.को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि आएको । थप टिपोट :-ऐ.१०:५५ बजे थप अनुसन्धान तथा घटनास्थल कार्यको लागि इ.प्र.का.सुखड बाट प्र.ना.उ.को कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको । थप टिपोट;- ऐ.११;३० बजे घाइते याचना सेजुवालको निषर्ग अस्पताल धनगढीमा लगी उपचारको क्रममा मृत्य भइ मृतक लास सोहि अस्पतालमा रहेको । ऐ.१३;०० बजेको समयमा मृतक लास पो.मा.को लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलालीको लास घरमा राखेको बि.बि.पछी । थप टिपोट :- ऐ.१३;०५ बेजको समयमा प्र.ह.रामचन्द्र नेपालिको जिम्मा लगाइ निज नृप भन्ने निरज साउदलाई थप अनुसन्धानको लागि इ.प्र.का.सुखडको गाडि द्वारा इ.प्र.का.सुखड कैलाली पठाएको । मकवानपुर मकवानपुरगढी गा.पा. ५ बुङदोल स्थितमा बिगत देखी शसुराली घरमा बस्ने अं. बर्ष ४५ को मान ब. शिवभक्तीले घरमा कोही नभएको अबस्थामा आफ्नै श्रीमती अं. बर्ष ४० दुर्गा लक्ष्मी शिवभक्तीलाई घाटी थिची कर्तब्य गरी मारेको भनी निज मान ब. शिवभक्ती ऐ.०८:३० बजे जिल्ला प्रहरी कार्याललय मकवानपुरमा आई जानकारी गराए पश्चात निजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको, तत्काल घटनास्थलमा अ.प्र.पोष्ट धादिङ मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई घटनास्थल शुरक्षित राखेको, लाश ओछ्यानमा उतानो अबस्थामा रहेको, थप अनुसन्धानको लागी जि.प्र.का. मकवानपुरबाट प्र.नि. इ.प्र.का. मकवानपुरगढीबाट प्र.नि.को कमाण्डमा अनुसन्धान टोली खटी गएको, निज मान ब. शिवभक्ती सोधपुछ गर्दा श्रीमती प्यारालाईसिसको बिरामी हिडडुल गर्न नसक्ने अबस्थामा रहेकोले आफु तनावमा आई श्रीमतीको घाटी थिचि हत्या गरी आफु समेत घाटिमा पासो लगाई झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिए पश्चात आफु प्रहरीको सम्पर्कमा आएको भनी जानकारी गराएको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको । पर्सा, जिराभवानी गा.पा.५ शंकरसरैया मुसहर टोल बस्ने डोमा माझीको छोरा अ.वर्ष २६ को जितन माझीले मा.प.से गरी आफ्नो श्रीमती अं.वर्ष २४ की अस्पतलिया देवी सँग बाद-बिवाद गरी लाठीले कुटपिट गर्दा निज अस्पतलिया देवीको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट शंकरसरैयाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने जितन माझीलाई नियन्त्रणमा लिई इ.प्र.का.पटेर्वा सुगौलीमा पठाएको, शव घटनास्थलमै रहेको, थप अनुसन्धानको लागी इ.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ललितपुर,  जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. ८ घर भई हाल जिल्ला ललितपुर गोदावरी न.पा. १४ ठैव स्थित बिष्णु बहादुर खड्काको जग्गा भाडामा लिई जस्ताको टहरो बनाई बस्दै आएको बर्ष ४६ को निरोज कुमार खड्कीले आफ्नै श्रीमती बर्ष ३४ की कमलामाया खड्कीले अत्याधिक मात्रमा मा.प.से. गरेको भनी कुटपिट गरी मारेको भन्ने खबर ऐ. १८ गते ०६:०० बजे प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाँउबाट प्र.नि. को कमाण्डमा ७ जना प्रहरी टोली खटी गई निज निरोज कुमार खड्कीलाई नियनत्रणमा लिई अनुसन्धान कार्य भइरहेको । हा.ह.बरामदअर्घाखाँची शितगंगा न.पा.१० खुम्चीकोट बस्ने ज्ञान बहादुर सुनारले भोगचलन गर्ने खरेन बारीको ओडारमा अपरिचित व्यक्तिले अबैध भरुवा बन्दुक तथा खर खजना लुकाई-छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.ठाडाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा उक्त ओडारमा लुकाई/छिपाई राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक थान-२(दुई), सिसाको जस्तो देखिने गोला टुक्रा-१४ (चौध) थान, प्लाष्टिकमा पोका पारेको बारुद जस्तो देखिने वस्तु अं.२५० ग्राम, सानो टिकी पट्का-१ (एक)बट्टा फेला पारी इ.प्र.का.ठाडामा राखी आ.अ.भईरहेको,उक्त स्थान इ.प्र.का.ठाडाबाट अं.१५ कि.मि.पश्चिम पर्ने । कैदि/थुनुवा बन्दी कुटपिटबर्दिया गुलरिया न.पा.४ स्थित का.सु.गार्ड बर्दिया कारागार कार्यालयमा रहेका कैदी तथा थुनुवाहरु बीच खानाको बिषयलाई लिएर विवाद भई कुटपिट हुँदा ४ जना कैदीहरूलाई ५ जना थुनुवाहरुले कुटपिट गरी घाईते भएकोले उक्त स्थानमा जि.प्र.का.बर्दियाबाट प्र.नि.को कमाण्डमा २५ जनाको थप प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि बर्दिया अस्पताल गुलरीयामा लिई गएकोमा ऐ.१४:३० बजे चारै जना घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएको, कुटपिट गर्ने थुनुवाहरु सोही कारागर कार्यालयमानै रहेको तत्काल बस्तुस्थिति सामान्य रहेको । ला.औ.पर्सा पकहामैनपुर गा.पा.२ सुर्जाहाकट्टि स्थित ऐ.बस्ने ओसियर पंडितले खेतमा राखिएको धानको पराल लिन जाँदा सोही धानको पराल भित्र लुकाई छिपाई राखिएको ३ ओटा बोरामा ४० किलो ला.औ. गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र..पोष्ट सुर्जाहाकट्टिबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई उक्त ला.औ.गाँजा नियन्त्रणमा लिई इ.प्र.का.पोखरियामा पठाएको, उक्त स्थान अ.प्र..पोष्ट सुर्जाहाकट्टिबाट अं.१ कि.मि. पूर्व पर्ने । सुनसरी बर्जु गाँउलिका वडा न.३ धत्ता टोलबाट कैसलिया खोला हुँदै बिराटनगर तर्फ जाने भित्री सडक खण्डमा अबैध रुपमा लागु औषध गाँजा ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी अमडुवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.धत्ता टोलबाट कैसलिया खोला हुँदै बिराटनगर तर्फ जाँदै गरेको को २ ह १५१४ न.को अटोलाई  पिछा गरी रोक्न खोज्दा अटो भगाई केही पर गई रोकी अटो चालक उखुबारी तर्फ भागी फरार भएको, उक्त न.को अटो चेक जाँच गर्दा अबैध रुपमा अटोमा लुकाई छिटाई ल्याएको लागु औषध गाँजा ठुलो जेब्रा झोलामा ५ जेब्रा (१ जेब्रा झोलामा अ.३० के.जि.हुने तौल गर्न बाँकी) गरी अण.१५० (एक सय पचास) के.जि.बराबरको ला.औ.गाँजा फेला पारी नियन्त्रणमा लिई आ.अ.भइरहेको । चितवन, भरतपुर म.न.पा.१७ गाजिपुर स्थित ऐ. बस्ने वर्ष ३२ को धिरज लामाले ला.औ.ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.को सादा पोशाकको टोलीले निजको घर खानतलासी गर्दा प्लाष्टिकको २ वटा सानो पोकामा खैरो हेरोईन जस्तो देखिने ला.औ.अं.तौल १२ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।  सुनसरी, धरान उ.म.न.पा.१५ स्थितमा लागु औषध कारोबार गरिरहेको भन्ने विशेष सुचनाको आधारमा ई.प्र.का.धरानबाट प्र.ह.र अ.प्र.पोष्ट बरगाछीबाट प्र.स.ह.र्जीको संयुक्त टोलीले धरान उ.म.न.पा.-१५ घर भई हाल ऐ.-५ एभरेष्ट लाईन बस्ने वर्ष ३६ को हेम बहादुर तामाङ र जि. धनकुटा घर भई हाल धरान उप-मनपा-१६ बस्ने वर्ष २८ को मिलन थापा मगरको डेरा कोठाबाट लागु औषध ट्रामोल -२९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक -२९५० ट्याबलेट फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ई.प्र.का.धरानमा ल्याई अनुसन्धान भइरहेको ।

मिति २०८२।०४।१५ गते देखि ऐ. १६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१६

कर्तब्य ज्यानपाँचथर फालेलुङ गा.पा. ७ आहाले बस्ने वर्ष २७ को महेन्द्र तामाङले जि. पाँचथर फिदिम न.पा.१ नाम्दु स्थित ससुराली घरमा के-कुन कारण निजकै श्रीमती वर्ष २२ की अनु राईलाई कोदालोको पासोले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटिएको, घाईलाई ऐ. २२:५५ बजे जिल्ला अस्पताल पाँचथर ल्याई उपचार भईरहेको निजको टाउकोमा ३ ठाउँ चोट लागेको तत्काल अवस्था बोल्न नसक्ने गम्भीर रहेकोमा  थप उपचारको बि एण्ड सी (B&C)अस्पताल बिर्तामोड झापा लगेकोमा डाक्टरले चेकजाँच गर्दा ऐ. १६ गते ०४:३० बजे मृत्त घोषण गरेको, कुटपिट गर्ने श्रीमान महेन्द्र तामाङ तत्काल फरार , खो.त.कार्य भईरहेको । कैदी मृत्युकाठमाण्डौ केन्द्रिय कारागार जगन्नाथदेवल काठमाण्डौ अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा देश भारत विहार,अररिया स्थायी वतन भई ला.औ मुद्दामा (पक्राउ मिति २०८१।०५।२३ गते) थुनामा (पुर्पक्ष) रहेका प्रतिवादी वर्ष २२ बजरङ्ग कुमार सोनी खुट्टा सम्बन्धी बिरामी भई मिति २०८२।०४।१५ गते केन्द्रिय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१५ गते अं.११:०१ बजे निज प्रदिवादीको मृत्यु भएको, कानूनी प्रकृयाको लागि वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ज.ज.क./ज.ज.क. उद्योगदाङ्ग मिति २०८२।०४।१२ गते अं.२३:०० बजे जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.७ राजापुर बस्ने वर्ष १५ को संकेत नामथर ५६ तुलसीपुर ०८२-०९ ले ऐ. बस्ने वर्ष १४ की संकेत नामथर ५६ तुलसीपुर ०८२-०८(क) लाई निज पिडितको घरमा गइ ज.ज.क.गरेको भनि पिडितको आमा संकेत नामथर ५६ तुलसीपुर ०८२-०८ ले मिति २०८२।०४।१५ गते अं.१६:०० बजे इ.प्र.का.तुलसीपुर दाङमा लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई निज संकेत नामथर ५६ तुलसीपुर ०८२-०९ लाई ऐ.१९:०० बजे आफ्नै घरबाट नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासतमा राखि थप अनुसन्धान भइरहेको । दाङ्ग मिति २०८२।०४।१४ गते अं.१३:०० बजे जिल्ला दाङ घोराही उ.म.न.पा.१५ जानकी टोलमा डेरा गरी बस्दै आएकी पिडित बर्ष २० की परिवर्तित नामथर ५६ (०८२०८३) घोराही २३ लाई निजकै डेराकोठामा जिल्ला रोल्पा त्रिबेणी गा.पा.३ बस्ने बर्ष २३ को रोज राना मगरले बिभिन्न किसिमको धाकधम्की दिई जबरजस्ति करणी गरी भागी फरार भएकोले पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी पिडितले जि.प्र.का.दाङमा मिति २०८२।०४।१५ गते अं.१८:०० बजे जाहेरी दरखास्त दिए पश्चात पिडक फरार रहेकोले खो.त.कार्य भईरहेको ।कैलाली टीकापुर न.पा.१ ज्योतिनगर स्थित सन्तोष चौधरीको छोरी ढाई वर्ष (३० महिना) कि नाबालिकालाई ऐ.ऐ. बस्ने वर्ष २४ को अर्विन चौधरीले करणी गरेको भनि मिति २०८२।०४।१५ गते २०:०० बजे निजको बुवा सन्तोष चौधरीले इलाका प्रहरी कार्यालय टीकापुर कैलालीमा जाहेरी दरखास्त दिए पश्चात इलाका प्रहरी कार्यालय टीकापुरका कार्यालय प्रमुख प्र.ना.उ.को कमाण्डमा टोली खटि गई घटनास्थल कार्य पुरा गरी निज अर्विन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । धादिङ्ग जि.धादिङ सिद्वलेक गा.पा-६ परेवाटार स्थितमा जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा-२ डिगाँउ घर भई हाल ऐ. सिद्धलेक गा.पा- ६ परेवाटार डेरा गरि बस्ने परिबर्तित नाम जिल्ला २४ गजुरी (१)०८२/०८३ को छोरी बर्ष १३ कि परिबर्तित नाम जिल्ला २४ गजुरी (१)०८२/०८३ लाई देश भारत विहार राज्य जिल्ला अररिया स्थायी वतन भई ऐ.ऐ. बस्ने बर्ष अं.२० को सागर बैठाले सुति रहेको अबस्थामा कोठामा प्रवेश गरी जबरजस्ती करणीको प्रयास गरेको भनि मिति २०८२/०४/१५ गते पिडितको आमा परिबर्तित नाम जिल्ला २४ गजुरी (१)०८२/०८३ जाहेरी दरखास्त प्राप्त पश्चात निज प्रतिवादीलाई पक्राउ गरि जबरजस्ती करणी उद्योग शिर्षकमा सम्मानित धादिङ जिल्ला अदालतबाट दिन-७ को म्याद थप अनुमती लिई थप अनुसन्धानको लागि इ.प्र.का गजुरी कार्यालय हिरासतमा राखिएको । ला.औ.सुनसरी धरान उप-म.न.पा २० सिरिसेबास हिले खोला स्थित इ.प्र.का धरानबाट प्र.ह सत्यमान लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटा साँगुरीगढीबाट धरानतर्फ आउँदै गरेको निम्न मो.सा. हरु चेकजाँच गर्दा निम्न अनुसारको प्रतिबन्धित ला.औ.गाँजा बरामद गरी निम्न मानिसहरु सवारी साधन नियन्त्रणमा लिई इ.प्र.का धरानमा ल्याई अनुसन्धान भईरहेको, । निम्नः- १) जि. धनकुटा साँगुरीगढी-८ जलारा बस्ने वर्ष ३२ को बिरेन राई, मो.सा. को ३८ प २६९६, लागु औषध गाँजा १३.११५ग्राम (प्लाष्टिक सहित) २) जि.धनकुटा साँगुरीगढी-८ खुडी बस्ने वर्ष ३८ मोहन राई, मो.सा. प्र-१-०२-०५२ प ९६५७ , लागु औषध गाँजा १०.७२५ के.जि. (प्लाष्टिक सहित) ।  कन्चनपुर कञ्चनपुर लालझाडी गा.पा.१ डाँडा बिचवा स्थित बेलौरीबाट कैलाली तर्फ जाँदै गरेका जिल्ला कैलाली धनगढी उप महानगरपालिका वडा नं. १३ राजपुर बस्ने.सु.प.प्र.- ०१-०१३ प ३८९४ नम्बरको मो.सा. चालक वर्ष २९ को गोबिन्द राना र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २४ को सन्जु कुमार रानालाई तालुक ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्र.स.नि टोली र इ.प्र.का.त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले शंका लागि चेकजाच गर्ने क्रममा निज सन्जु कुमार रानाले लगाएको पाईन्टको अगाडीपट्टीको खल्तिमा लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका थान १ ला.औ.(खैरो हिरोईन) प्लाष्टिक सहित तौल गर्दा ६ ग्राम १० मिलिग्राम (छ ग्राम, दश मिलिग्राम) र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ५ ग्राम ३४० मिलिग्राम (पाँच ग्राम तिन सय चालिस मिलिग्राम) परिमाण भएको ला.औ. (खैरो हिरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारि बरामद गरि उक्त ला.औ. (खैरो हिरोईन) र मो.सा सहित निजहरुलाई थप अनुसन्धान तथा आवश्यक 

मिति २०८२।०४।१४ गते देखि ऐ. १५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१५

जबरजस्ति करणीललितपुर म.न.पा. २३ हातिवन स्थित जि. बाजुरा स्वामी कार्तिक खपर गा.पा. १ घर भई हाल जि.ल. म.न.पा. २३ हातिवन बस्ने वर्ष २६ को मान बहादुर बि.क. ले पिडित परिवर्तित ५९ जिल्ला बस्ने वर्ष २६ की परिवर्तित नाम ०८२/०८३ जावलाखेल(०२) लाई मिति ०८२।०३।२८ गते देखी मिति २०८२।०४।०६ गते सम्म ललितपुर म.न.पा. २३ हात्तिवन स्थित कोठा भाडामा लिई ज.ज.क. गरेको भन्ने पिडितको जाहेरीको आधारमा निजलाई नियन्त्रणमा लिई मिति २०८२।०४।१३ गते देखी सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ५ म्याद थप भई जिल्ला प्रहरी परिसर ललितपुरबाट आवश्यक अनुसन्धान भईरहेको, उक्त स्थान बृत सातदोबाटोबाट अ. १ कि.मि दक्षिण पर्ने ।बिदेशी नागरीकको मृत्युकाठमाण्डौ का.म.न.पा.२५ न्यौखा स्थित बिमला बैद्यले रेखदेख गर्दै आएको विष्णु भक्त श्रेष्ठको घरको तेस्रो तलामा डेराकोठा गरि बस्ने भारत देश पश्चिम बंगाल घर हुने पुरुष वर्ष अं. ५०/५५ को देखिने शुभ्रत पाल आफ्नै कोठामा मृत्त अवस्थामा फेला परेको भन्ने सुचना प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी वृत्त जनसेवाबाट घटनाको अनुसन्धानको लागि प्रनाउ कृष्ण कुमार चन्दको कमाण्डमा SOCO अधिकृत्त सहितको प्रहरी टोली खटिएको र अं. १ कि.मि उत्तर पश्चिम पर्ने । थप अनुसन्धान कार्यका लागि Dog sniffing को लागि Dog झिकाइएको र थप अनुसन्धान कार्य भईरहेको ।लागु औषधबारा फेटा गा.पा.१ भलुहि स्थितमा कलैया बाट प्रसौनी तर्फ पैदल आउदै गरेको इ.प्र.का.प्रसौनी बारा बाट प्र.नि.को कमाण्डमा खटिएको टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला बारा विश्रामपुर गा.पा.१ घोडासाहन बस्ने मोबारक मियाको छोरा अं.बर्ष २२ को अजमुल हक अंसारीलाई शंका लागि रोकी शरिर खानतलासी गर्दा निजको साथ बाट दुई वटा पुरिया मध्य कालो प्लाष्टिकमा सेतो रंगको प्लाष्टिकको सानो पुरिया सहित(ब्राउन सुगर जस्तो देखिने सुख्खा पदार्थ) ६०० मिलिग्राम र सेतो रङको प्लाष्टिकको ठुलो पुरिया सहित (ब्राउन सुगर जस्तो देखिने लेदो पदार्थ) १४६ ग्राम ५८० मिलि ग्राम लागु औषध (ब्राउन सुगर जस्तो देखिने प्रदार्थ बरामद गरी निज लाइ इ.प्र.का.प्रसौनी बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको,उक्त स्थानमा इ.प्र.का.प्रसौनी बारा बाट अं.४ कि.मि.पुर्व पर्ने ।कर्तव्य ज्यानसिरहा मिति २०८२।०४।१३ गते राति के-कुन समयमा धनगढीमाइ न.पा. ११ आमचौक  बस्ने अं. बर्ष ७५ को फनिलाल यादव आफ्नै घरमा राती सुतिरहेको अवस्थामा अपरीचित ब्यक्ति आई धारिलो हतियारले कुटपिट गरी निजको टाउको, बायां कान र बायां आखा माथि चोट उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहामा लगि उपचार भईरहेकोमा अ. ०६;३० बजेको  प्राप्त हुनसाथ इप्रका धनगढिबाट प्र.ना.नि. राम कुमार यादव (९८५२८९०२२६) को कमाण्डमा टोलि खटि निज फनिलाल यादवलाई कुटपिट  गर्ने व्यक्तिको खो.त. तथा अनुशन्धान कार्य भएको ऐ. ०८;२० बजेको समयमा निज फनिलाल यादवको प्रादेशीक आस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको । थप अपडेटः- ऐ. १४ गते १२;१५ बजे DOG snapping कार्य समाप्त भएको, DOG snapping टोली फिर्ता भएको, अन्य थप अनुसन्धान कार्य भईरहेको ।थप टिपोट- ऐ. १४ गते १३;२० बजेको समयमा मृतक फनिलाल यादवको लास पो.मा को लागि प्रादेशीक आस्पताल लहान सिरहाबाट प्र.ज. तिलक चन्द (९८१७३१२३७४) को जिम्मा लगाई प्र. २-०१-००१ झ ००२९ नं. को सम्बाहनमा बिपिकोइराला स्वास्थय बिज्ञान प्रतिस्ठान धरान घोपा सुनसरी पठाइएको ।थप टिपोटः- ऐ. १७;५० बजे फनिलाल यादवको लाश पो.मा. पश्चात मृतकको छोरा कमलदिप यादवले बुझिलगेको । थप अपडेटः- ऐ. १४ गते २१;१५ बजे ऐ. लहान न.पा. २४ मलहनवा पुरानो घरदेखी अं. ३००मिटर उत्तर स्थित बलान खोलामा शब लगी निजकै जेठो छोरा कपिनदेव यादवले आगबत्ती दिई परंम्परा अनुसार सदगत कार्य सम्पन्न भएको ।

मिति २०८२।०४।१३ गते देखि ऐ. १४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१४

जबरजस्ति करणीकाठमाण्डौ जिल्ला जि.डोल्पा त्रिपुरासुन्दरी न.पा.०९ घर भई हाल का.जि.का.म.न.पा.०६ बौद्ध बस्ने वर्ष १६ की नाम परिवर्तित ५६(२०८२।०८३ घोराही २० लाई जि.दाङ दगींशरण गा.पा.०६ घर भई बस्ने बर्ष २२ को रमेश खड्काले मिति २०८२।०४।०९ गते अं.१६:३० बजे का.म.न.पा.-१६ स्थित गोंगबु स्थित नाम नखुलेको होटेलमा लिई खाजा खाउ भनि खाजा मगाई ज.ज.क.गरेको भनि पिडितले ऐ.१३ गते १०:३० बजे जि.प्र.प.काठमाडौंमा जाहेरी दरखास्त दिएको,निज जाहेरवालालाई स्वास्थ्य जाँचको लागि प्रसुती गृह थापाथली प्रहरी कर्मचारीको जिम्मा लगाई पठाईएको र प्रतिवादीलाई पक्राउ गरी जि.प्र.प.काठमाडौंको हिरासतमा राखिएको। इलाम जि.मोरङ मिक्लाजुङ गा.पा.८ तोरीबारी बस्ने वर्ष २७ को भेष राज दुलालले ऐ.११ गते २२:५० बजे जि.ईलाम चुलाचुली गा.पा.६ बस्ने वर्ष १९ की किशोरीलाई आफ्नै घर कोठामा ज.ज.क गरेको भनी ऐ.१२ गते १८:३० बजे जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिनासाथ प्र.चौ.पेल्टिमारीबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई भेषराज दुलाललाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.१३ गते ११:३० बजे इलाम जिल्ला अदालत इलाम उपस्थित गराई दिन ७ म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको । थुनुवा मृत्युलमजुङ मिति २०८२।०४।१० गते अं.२३:३० बजे बेसिशहर न.पा.७ मनाङ चौतारा स्थित डिभिजन वन कार्यालयमा जिल्ला तनहुँ भिमाद न.पा.८ घर भई जिल्ला लमजुङ बेसिशहर न.पा.६ मालेबगरमा भिभा कन्ट्रक्सन प्रा.लि.काठमाण्डौ द्दारा (बिजुलीको काम) गर्ने  कामदार वर्ष ५१ को बावुराम भन्ने चेत बहादुर सुनारले अत्याधिक मा.प.से.गरी गेट हल्लाएर भित्र प्रवेश गरी हो-हल्ला गरको हुँदा पिकेटमा खटिएको प्रहरी टोलीले फेला पारी तत्काल नियन्त्रणमा लिई सो.पु.गर्दा संकास्पद व्यवहार देखाएको हुँदा अनुसन्धान एवं सोघपुक्षको लागि निजलाई नियन्त्रणमा लिई मेडिकल गरी जि.प्र.का.लमजुङको हिरासत कक्षमा राखिएकोमा मिति २०८२।०४।११ गते अं.११:३० बजे अचानक एकोहोरो बोलिरहने, झोक्राई रहेको कारण प्र.नि.को कमाण्डमा ५ टोलीले प्रदेश अस्पताल लमजुङमा लगेर उपचार भईरहेकोमा निजको अवस्था बिग्रिदै गएकोले ऐ.१४:४५ बजे निजको आफन्तलाई जानकारी गराई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा कास्की  कास्की लगेर उपचार भईरहेकोमा ऐ.१३ गते अं.१९:४८ बजे थुनुवा बावुराम भन्ने चेत बहादुर सुनारको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, ऐ.०९ गते अं.२२:०० बजे उक्त कन्ट्रक्सनमा सामान्य बिबाद हुँदा निज चेत ब.सुनारलाई ऐ.कन्ट्रक्सनमा काम गर्ने मानिसहरुले कुटपिट गरेको भन्ने बुझिएकोले कुटपिटमा संलग्न जि.मकवानपुर हेटौडा उ.म.न.पा.१५ बस्ने अं.वर्ष ६३ को चन्द्र बहादुर डिम्डुङ समेत ४ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.लमजुङमा राखिएको ।श्रोत नखुलेको रकम बरामदबारा सिम्रौनगढ न.पा.९ पिठवा स्थित इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 A U 9909 नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा.चालक देश भारत जिल्ला मोतिहारी झरोखर थाना ग्राम पञ्चायत विजवनी वडा नं.८ बस्ने कामेश्वर प्रसाद यादवको छोरा वर्ष अं.१८ को रवी कुमार यादवले आफ्नो कम्मरमा लुकाई छिपाई गरी ल्याउँदै गरेको श्रोत नखुलेको नगद ने.रु.२ लाख बरामद गरी उक्त नगद सहित निजलाई मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.सिम्रौनगढमा राखिएको ।एयर गन फेला परेकोदाङ तुलसीपुर उ.म.न.पा.७ गणेशपुर पार्कको उत्तर तर्फको पर्खाल पछाडि झाडीमा एयर गन (MOD-35 लेखेको) बेवारीसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट गोठिखोलाबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ बेवारीसे अवस्थामा रहेको एयर गन थान १ बरामद गरी इ.प्र.का.तुसलीपुरमा राखिएको । बन्दक बनाएको काठमाण्डौ का.म.न.पा.२७  स्थित कमलाक्षीमा रहेको घरको छैटौ तलाबाट जिल्ला उदयपुर घर भई का.जि. बनस्थली बस्ने बर्ष २९ कि डम्बर कुमारी तामाङलाई अपहरण गरी बन्दक बनाएको भन्ने बिशेष सूचनाको आधारमा घटनाको अनुसन्धानको लागि डम्बर कुमारी तामाङ समेत ८ जनालाई  वृत्त जनसेवाबट खटिएको प्र.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रंणमा लिई वृत्त जनसेवामा ल्याई राखिएको ।

मिति २०८२।०४।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१३

शंकास्पद मृत्युजिल्ला जाजरकोट जुनिचाँदे गा.पा.५ पाँगा बस्ने अं.वर्ष ७५ को गंगाराम शाहीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गर्खाकोटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त घटनास्थलमा पुगी बुझ्दा घर नजिकै सिडिको छेउमा मृत अवस्थामा रहेको र लाश को छेउमा हसिया समेत फेला परेको साथै मृतकको बाँया पट्टिको घाँटीको भागमा काटिएको, निज मृत्तको घरमा अरु परिवारका सदस्य कोहि नभएको, मृत्तको घरमा एक्लै भएको थप अनुसन्धान कार्य भईरहेको । ज.ज.क.जिल्ला भक्तपुर भक्तपुर न.पा. ६ महाकाली स्थित नारायण मन्दिर भित्र रहेको पोखरी छेउमा बर्ष ४ की बालिकालाई जि.सप्तरी हनुमान न.पा. ५ घर भई हाल भक्तपुर २ ब्यासी औधोगिक क्षेत्र  बस्ने अं.वर्ष ४८ को बेचैन यादवले ज.ज.क गरेको भनि पीडित बालिकाको हजुरआमा परिवतिर्त नाम भक्तपुर २७ (छ२) ले परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा प्रभाग ब्यासीबाट खटिएको प्र.ह.को टोलिले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको । जिल्ला पाल्पा  रामपुर न.पा. १० कुमाल गाउ बस्ने वर्ष २१ को रबिन कुमालले ऐ.बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको  भनि ऐ.११ गते १९:०० बजे  पीडित स्वंयमले जि.प्र.का.मा लिखित जाहेरी दिनासाथ प्र.ह. को कमाण्डमा टोलि खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको । जिल्ला सुर्खेत बर्दिया गुलरिया न.पा.०९  घर भई हाल जि.सुर्खेत बिरेन्द्रनगर न.पा.०१ डेराकोठा गरी बस्ने अं.वर्ष १६ की बालिकालाई अं.वर्ष २२ को कृष्णा लोधले ज.ज.क. गरेको भनि ऐ.११ गते १०:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गएको,प्रतिवादी कृष्णा लोध फरार रहेको ।          जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गा.पा. ८ स्थित परिवर्तित नाम बर्ष अं.४ कि बेलाटारी (१) घरमा एक्लै बसेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष अं १८को गोबिन्द राजभरले करणी गरेको भन्ने खबर १९:४० मा टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.चौ. गुठिप्रसौनीबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई गोबिन्द राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान जारी। जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १३ बस्ने वर्ष १६ की बालिकालाई जि.दैलेख गुराँस गा.पा.०५ गोगनपानी घर भई बिरेन्द्रनगर न.पा.१३ अमित ढकालको गाडी चलाई बस्ने वर्ष ३१ को उत्तम चन्दले ज.ज.क.गरेको भन्ने जाहेरी ऐ.११ गते १०:०० बजे जि.प्र.का. सुर्खेतमा प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । धरिलो हतियार प्रहारजिल्ला मोरङ   बिराटनगर म.न.पा.११ बस्ने वर्ष २५ को कनैया साहले धारिलो हतियारले आफैले बाँया कोखा र छातीमा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा ऐ.१२:२० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, मृतकको दाजु अं.वर्ष २७ को सन्तोष साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई व.प्र.का.बिराटनगरमा राखिएको । ला.औ. जिल्ला महोत्तरी एकडारा गा.पा.३ भटौलिया स्थित सशस्त्र प्रहरी बल नेपाल चेकपोष्ट एकडाराबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी अजमरपट्टी तर्फबाट भटौलिया तर्फ जाँदै गरेको ४-५ जनाको समुहले रातो प्लाष्टिकमा बाँधिएको ४ वटा पोका छाडेर भागेको हुँदा उक्त पोका नियन्त्रणमा लिई चेकपोष्टमा ल्याई खोली हेर्दा ला.औ.गाँजा जस्तो देखिने १५/१५ के.जि.का दरले अं.६० के.जि.रहेको भनी ऐ.११ गते ०६:०० बजे प्र.चौ.हल्खोरीमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गएको, उक्त गाँजा आवश्यक अनुदन्धानको लागि पत्र साथ प्रहरी चौकी हल्खोरीमा बुझाएको ।

मिति २०८२।०४।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-१२

शंकास्पद मृत्युजिल्ला जाजरकोट जुनिचाँदे गा.पा.५ पाँगा बस्ने अं.वर्ष ७५ को गंगाराम शाहीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गर्खाकोटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त घटनास्थलमा पुगी बुझ्दा घर नजिकै सिडिको छेउमा मृत अवस्थामा रहेको र लाश को छेउमा हसिया समेत फेला परेको साथै मृतकको बाँया पट्टिको घाँटीको भागमा काटिएको, निज मृत्तको घरमा अरु परिवारका सदस्य कोहि नभएको, मृत्तको घरमा एक्लै भएको थप अनुसन्धान कार्य भईरहेको । ज.ज.क.जिल्ला भक्तपुर भक्तपुर न.पा. ६ महाकाली स्थित नारायण मन्दिर भित्र रहेको पोखरी छेउमा बर्ष ४ की बालिकालाई जि.सप्तरी हनुमान न.पा. ५ घर भई हाल भक्तपुर २ ब्यासी औधोगिक क्षेत्र  बस्ने अं.वर्ष ४८ को बेचैन यादवले ज.ज.क गरेको भनि पीडित बालिकाको हजुरआमा परिवतिर्त नाम भक्तपुर २७ (छ२) ले परिसर भक्तपुरमा दिएको जाहेरीको आधारमा प्रभाग ब्यासीबाट खटिएको प्र.ह.को टोलिले नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको । जिल्ला पाल्पा  रामपुर न.पा. १० कुमाल गाउ बस्ने वर्ष २१ को रबिन कुमालले ऐ.बस्ने वर्ष १९ की महिलालाई ज.ज.क. गरेको  भनि ऐ.११ गते १९:०० बजे  पीडित स्वंयमले जि.प्र.का.मा लिखित जाहेरी दिनासाथ प्र.ह. को कमाण्डमा टोलि खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको । जिल्ला सुर्खेत बर्दिया गुलरिया न.पा.०९  घर भई हाल जि.सुर्खेत बिरेन्द्रनगर न.पा.०१ डेराकोठा गरी बस्ने अं.वर्ष १६ की बालिकालाई अं.वर्ष २२ को कृष्णा लोधले ज.ज.क. गरेको भनि ऐ.११ गते १०:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गएको,प्रतिवादी कृष्णा लोध फरार रहेको ।      जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गा.पा. ८ स्थित परिवर्तित नाम बर्ष अं.४ कि बेलाटारी (१) घरमा एक्लै बसेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष अं १८को गोबिन्द राजभरले करणी गरेको भन्ने खबर १९:४० मा टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.चौ. गुठिप्रसौनीबाट प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटि गई गोबिन्द राजभरलाई नियन्त्रणमा लिई अनुसन्धान जारी            जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. १३ बस्ने वर्ष १६ की बालिकालाई जि.दैलेख गुराँस गा.पा.०५ गोगनपानी घर भई बिरेन्द्रनगर न.पा.१३ अमित ढकालको गाडी चलाई बस्ने वर्ष ३१ को उत्तम चन्दले ज.ज.क.गरेको भन्ने जाहेरी ऐ.११ गते १०:०० बजे जि.प्र.का. सुर्खेतमा प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । धरिलो हतियार प्रहारजिल्ला मोरङ   बिराटनगर म.न.पा.११ बस्ने वर्ष २५ को कनैया साहले धारिलो हतियारले आफैले बाँया कोखा र छातीमा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा ऐ.१२:२० बजे मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको, मृतकको दाजु अं.वर्ष २७ को सन्तोष साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिई व.प्र.का.बिराटनगरमा राखिएको । ला.औ. जिल्ला महोत्तरी एकडारा गा.पा.३ भटौलिया स्थित सशस्त्र प्रहरी बल नेपाल चेकपोष्ट एकडाराबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी अजमरपट्टी तर्फबाट भटौलिया तर्फ जाँदै गरेको ४-५ जनाको समुहले रातो प्लाष्टिकमा बाँधिएको ४ वटा पोका छाडेर भागेको हुँदा उक्त पोका नियन्त्रणमा लिई चेकपोष्टमा ल्याई खोली हेर्दा ला.औ.गाँजा जस्तो देखिने १५/१५ के.जि.का दरले अं.६० के.जि.रहेको भनी ऐ.११ गते ०६:०० बजे प्र.चौ.हल्खोरीमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गएको, उक्त गाँजा आवश्यक अनुदन्धानको लागि पत्र साथ प्रहरी चौकी हल्खोरीमा बुझाएको ।

मिति २०८२।०४।०९गते देखि ऐ. ११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-११

कर्तव्य ज्यानखोटाङ, साकेला गा.पा.५ बिर्ता बस्ने वर्ष अं.६९ को राजकुमार राईलाई निजकै भतिज वर्ष अं.३१ को न्युसन राईले घरयासी वादबिवाद हुँदा कुटपिट गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मातिमबिर्ताबाट प्रहरी टोलि खटी गई हेर्दा घाईते राजकुमार राईको अनुहार, शरिरको बिभिन्न भागमा चोट लागेको, अवस्था गम्भीर रहेकोले उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाएकोमा ऐः०३:५० बजेउपचारको क्रममा डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा राखिएको, कुटपिट गर्ने न्युसन राईलाई नियन्त्रणमा लिई जि.प्र.का.खोटाङमा राखिएको । सुर्खेत, वीरेन्द्रनगर न.पा.१३ सुगर खोला स्थित ऐ.बस्ने वर्ष अ.४२ को दानसिंह ठाडा मगरले आफ्नै श्रीमती वर्ष अ.४० की रबिना ठाडा मगरलाई एक्कासी सुतिरहेको अवस्थामा आई खाटको खुट्टा बनाउनलाई राखेको काठको टुक्राले टाउकोमा प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको भनी स्थानियले ऐ.०२;३० बजे अ.प्र.बिट कहरेखोलामा खबर गरे पश्चात अ.प्र.बिट कहरेखोलाबाट प्र.ब.ह.को कमाण्डमा र नगर प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, काठको टुक्रा प्रहार गरी कर्तव्य गर्ने दानसिंह ठाडा मगरलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखिएको । सर्लाही, ब्रहम्पुरी गा.पा.४ त्रिभुवननगर शेख टोल स्थित ऐ.ऐ. बस्ने अं.बर्ष ५२ को शेख नसिरको छोरा अं. बर्ष १२/१३ को शेख मोम्ताज लाई ऐ.ऐ. बस्ने शेख हेदरको छोरा अं.बर्ष २५ को लक्की शेख, सहिद शेखको छोरा अं.बर्ष २० को शेख छोटेले घर देखि बाहिर लगेको बिषयलाई लिई बाद बिवाद तथा झै-झगडा हुदा निज अं.बर्ष ५२ को शेख नसिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई डाक्टरले चेकजाँच गर्दा ऐ.०३:३० बजे मृत घोषणा गरेको भनि मृत्ककै छोरा अं.२२/२३ को शेख मुनाले सोही अस्पतालमा खटिएको प्र.क.लाई मौखिक जानकारी गराएको लाश सोही अस्पतालमा रहेको भनि सोही अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराउन साथ उक्त स्थानमा प्र.चौ. त्रिभुवननगरबाट प्र.ब.ना.नि. दिपेन्द्र मल्लको कमाण्डमा ४ जना र तालुक जि.प्र.का. सर्लाहीबाट प्र.नि. रविन्द्र कार्कीको कमाण्डमा १० जनाको टोली खटि गई कुटपिट गर्ने मानिस  तत्काल फरार रहेको खो.त. कार्य भई रहेको ।                                       ज.ज.क.नबलपरासी पश्चिम, प्रतापपुर गा.पा.९ स्थित उखु खेतमा ऐ.बस्ने वर्ष ४० कि महिलालाई घांस काट्ने क्रममा ऐ. ९ माधवपुर बस्ने वर्ष अं.४५ को राम सहरे यादवले जवरजस्ती करणी गरेको भनी ऐ.१०:०० बजे  इ.प्र.का. बेलाटारीमा सुचना प्राप्त हुनासाथ पिडितलाई सोधपुछ गरी पिडक वर्ष अं. ४५ को राम सहरे यादवलाई  इ.प्र.का. बेलाटारीबाट टोली खटि गई नियन्त्रणमा लिई पिडित र पिडक दुबै जनालाई स्वास्थ्य परीक्षणको लागि प्र.स.नि.को कमाण्डमा टोलीले जिल्ला अस्पताल परासी पठाएको । झापा, मिति २०८२ साल असार महिनाको अन्तिम तिर दिउसोको समयमा सांकेतिक वतन ०४-३-B-ञ बस्ने सांकेतिक नाम “बिर्तमोड-३(क)” को छोरा वर्ष ४५ को सांकेतिक नाम “बिर्तमोड-३” ले सांकेतिक वतन ०४-३-B-ञ बस्ने सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३”की छोरी बर्ष  ९ की सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३” लाई  सांकेतिक वतन ०४-३-B-ञ स्थित प्रतिवादी सांकेतिक नाम “बिर्तमोड-३”को घर कोठामा घरमा नभएको मौका पारी यौनजन्य मनासयले संवेदनशिल अंगहरु स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने जस्ता कार्य गरी बाल यौन शोषण गरेको भन्ने ब्योहोरा सहितको ऐ.०४।१० गते २४:०० बजे  सांकेतिक नाम “३(ख)-अनारमनी-०८२/०८३ की आमा सांकेतिक नाम “३(क)-अनारमनी-०८२/०८३ ले इ.प्र.का.अनारमनीमा जाहेरी दरखास्त प्राप्त भएको, प्रतिवादी सांकेतिक वतन ०४-३-B-ञ बस्ने वर्ष ४५ को सांकेतिक नाम “बिर्तमोड-३”लाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनी ल्याई थप अनुसन्धान भईरहेको । मोरङ, सुन्दरहरैचा नपा ६ नमुना चोक बस्ने वर्ष ३७ को खगेन्द्र बिकले ऐ.ऐ. १ डागीटोल वस्ने  सांकेतिक नाम ०८२ बेलबारी -०७ को छोरी वर्ष १४ कि ना-बालिका सांकेतिक नाम ०८२ बेलबारी – ०८ आफु सुतिराखेको अवस्थामा आइ मुख थुनि जजक गरेको भनि आज मिति २०८२।०४।१० गते अ. १७;३० बजेको समयमा ०८२ बेलबारी -०७  ले इप्रका बेलबारीमा जाहेरी सहित जानकारी प्राप्त हुन साथ प्रचौ गछिया बाट प्रनानि गणेश दाहाल (९८५२०७११६६) को टोली खटि गई निज खगेन्द्र बिकलाइ नियन्त्रणमा लिई इप्रका बेलबारीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइ रहेको ।पाँचथर, फाल्गुन्नद गा.पा. ४ चिलिङदिन सिरानटोल स्थित ऐ.बस्ने बर्ष ४८ को लय प्रसाद संजेलले ऐ.ऐ. बस्ने बर्ष ११ की बालिका लाई वालयौन दुर्व्यवहार गरेको भनि बालिकाको हजुरबुबाले  मिति २०८२।०४।१० गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय पाँचथरमा लिखित जाहेरी दरखास्त दिएको हुँदा निज लय प्रसाद संजेल लाई पक्राउ गरी बालयौन दुरुपयोग मुद्दामा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको । उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ७ बेल्टार बजार स्थित चिसापानी खडका होटलको दोश्रो तलाको कोठा भित्र सांकेतिक वतन जिल्ला १४-CH-०९-बस्ने अ. वर्ष २४ की सांकेतिक नाम“२०८२/०८३-बेल्टार ख लाई जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं.०९ हडिया बस्ने अ.बर्ष ४८ को गजेन्द्र गिरी ले धाक धम्की दिई ज.ज.क गरेको भन्ने निजले “२०८२/०८३-बेल्टार ख” ले इ.प्र.का.बेल्टारमा मिति २०८२/०४/१० गते अं १८:०० बजे,आई दिईएको जाहेरी दरखास्तको आधारमा ज.ज.क गर्ने गजेन्द्र गिरी लाई पक्राउ गरी इ.प्र.का. बेल्टारमा ल्याई आवश्क अनुसन्धान कार्य भई रहेको । रसुवा, उत्तरगया गा.पा.२ भाङगे झरना स्थित ऐ.कालिका गा.पा.१ पलेप बस्ने सोनाम तामाङको छोरी अं.वर्ष १७ की सोनिया तामाङ सहित २ जना भाई र ३ जना बहिनीलाई लिई भाङगे झरनामा नुहाउन गएकोमा हाल नम्बर नखुलेको पल्सर मो.सा.चालक नामथर, वतन नखुलेको अं. वर्ष २० को १ जना पुरुष ब्यक्तीले निज बालिका सोनिया तामाङ माथी दुर्व्यवहार गरी फरार भएको भनी अ.प्र.पोष्ट मैलुङमा ऐ.१९:३० बजे जानकारी गराउनासाथ अ.प्र.पोष्ट मैलुङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भईरहेको ।बिदेशी नागरिक मृत्युसिन्धुपाल्चोक,    भोटेकोशी गा.पा.२ लिपिङ स्थित चिन-नेपालको मितेरी पुलमा देश भारत जिल्ला राजकोट बस्ने वर्ष अं.६५ को टंक किरीट्भाई चुनिलाल चिनको मानसरोवर दर्शन गर्न जाने क्रममा अचानक बेहोश हुँदा धुलिखेल शाखा अस्पताल हिन्दीमा सामान्य उपचार पश्चात थप उपचारको बाह्राबिसे नगर अस्पताल पठाएकोमा उपचारको क्रममा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.कोदारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई लासजाँच मुचुल्का गरी पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज,काठमाडौ पठाइएको ।रौतहट, चन्द्रनिगाहापुर न.पा.१ नुनथर स्थित बागमती नदिमा देश भारत बिहार राज्य सितामढीं जिल्ला ग्राम जमुआहा वडा नं. १ पंचायत मठिया बस्ने शिव शंकर साहको छोरा अ.बर्ष १४ को पवन कुमार साह जल भर्ने क्रममा डुवि वेपत्ता भएको भनी निजको बुवाले ऐ.१० गते ०९:३५ बजे जानकारी गराउनासाथ इ.प्र.का.चपुरबाट प्र.नि.को कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याप सन्तपुरबाट स.प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१०:१५ बजे,उक्त स्थानबाट अं.१५० मि.दक्षिण सोही नदीमा झोलुङ्गे पुल नजिक तैरिरहेको अवस्थामा निज पवन कुमार साहको शव फेला परी निजको बुवाले सनाखत गरेको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि सरकारी अस्पताल चपुर पठाईएको,  उक्त स्थान प्र.चौ.पौराहीबाट अं.३ कि.मि.उत्तर पर्ने ।कैदी मृत्युकाठमाडौ, का.जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रिय कारागार अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा जि. जाजरकोट वारीकोट गा.पा.९ घर भई क.ज्यान मुद्दामा थुनामा रहेका प्रतिवादी वर्ष ५१ को धन बहादुर बस्नेत अक्सिजनको कमी र फोक्सोमा क्यान्सर सम्बन्धी बिरामी भई मिति ऐ.०९ गते केन्द्रिय कारागार अस्पताल त्रिपुरेश्वर भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१५:४० बजे मृत्यु भएको,शवको कानुनी प्रकृया पूरा गरी शव पो.मा को लागि टिचिङ अस्पताल पठाइएको। रुपन्देही, सिद्धार्थनगर न.पा.७ तिनतारेपथ स्थित रहेको बाल सुधार गृह रुपन्देहीमा गस्ति गरी चेकजाँच गर्ने क्रममा जि.रुपन्देही सम्मरीमाई गा.पा.४ वतन भएको ज.ज.ज.मुद्धाको कानुनको बिवादमा परेको वालक (कैदीबन्दी) वर्ष २१ को सन्दिप गोसाई फेला नपरेको निजलाई खो.त.गर्दै जाँदा ऐ.बाल सुधार गृह रुपन्देहीको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलाम पाईपमा नरीबलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.रुपन्देहीबाट प्र.ना.उ.को कमाण्डमा SOCO को टोली खटी गएको, निजको आफन्तलाई जानकारी भईसकेको, निज मृतक १ बर्ष देखि मोनिटरको रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेखको काम गर्दै आएको, ऐ.१७;३० बजे घट्नास्थलमा मृतकको दाई जि.रुपन्देही सम्मरीमाई गा.पा.४ वर्ष अं.२७ को शैलेश गोसाई आईपुगेको, ऐ.१७:५० बजे घट्नास्थल कार्य पुरा गरी शव पो.मा.को लागि भिम अस्पताल भैरहवा पठाएकोमा पो.मा.पश्चात शव मृतकको आफन्तले बुझि लगेको । प्रहरी कर्मचारी.माथि हातपातसिरहा, गोलबजार न.पा.१ अन्द्राटोल स्थित प्र.चौ.मुक्सारको कार्यालयको सेन्ट्री डियुटीले गोला टोलबाट ६ वटा मो.सा.मा सवार भई ओभर स्पिडमा कार्यालयतर्फ आउँदै गरेको देखी मो.सा.हरुलाई रोक्न खोज्दा अं.८ जनाको समूहमा मानिसहरु आई सेन्ट्री डियुटीमा इ.प्र.का.औरही दुहबी धनुषा दरबन्दी भई प्र.चौ.मुक्सारमा कार्यरत प्र.ज.दाता राम पुलामीलाई हातपात गर्दा निज प्र.क.को चुस्ता(युनिफर्म) समेत च्यातिएको र शरीरको भित्री भागमा चोट लागी स्थानीय स्वास्थ्य चौकी मुक्सारमा सामान्य उपचार पश्चात कार्यालयमा आराम गरिरहेको, अवस्था सामान्य, हातपात गर्ने समुहका ज.१२ प ४६८५ नम्बरको मो.सा.चालक जि.सिरहा धनगढीमाई न.पा.१० बस्ने निर मगरको छोरा वर्ष २० अनिल मगर(मा.प.से गरेको)लाई मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.गोलबजारमा राखिएको, अन्य मानिसहरूको खो.त.भइरहेको । ला.औ.सुर्खेत, चिङ्गाड गा.पा.५ चादनिचोक स्थित नरेन्द्र मोबाइल एण्ड इलेक्ट्रोनिक्स पसलमा इ.प्र.का.अवलचिङबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त पसलको साहु ऐ.बस्ने वर्ष ५० को धन बहादुर खड्काको साथबाट ३२.०२ ग्राम ला.औ.चरेस जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको । झापा, कचनकवल गा.पा.४ लोधावारी स्थित ला.औ.को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.र ला.औ.नियन्त्रण ब्युरो काकँडभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री भारत बिहार बस्ने वर्ष २५ को सोहेल, निजकी श्रीमती वर्ष २९ की तबसुम आरा र ऐ.बस्ने वर्ष २४ को कचालु अन्सारी मध्ये तबसुम आराले आफ्नो साथमा रहेको प्लाष्टिकको पोका भुईमा फालेर भाग्न खोजेकोमा निजहरु तिनै जनालाई नियन्त्रणमा लिई फालिएको पोका खोलेर हेर्दा ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेकोले तौल गर्दा शुद्ध ५८ ग्राम ४०० मिलिग्राम रहेको हुँदा बरामद गरी तिनै जनालाई आ.अ.को लागि जि.प्र.का.मा ल्याई राखिएको । सिरहा, नवराजपुर गा.पा. ४ कुसण्डि जाने बाटोमा गोप्य सुचनाको आधारमा इ.प्र.का झाझपट्टीबाट प्र.ना.नि., जि.प्र.का. सिरहाबाट प्र.स.नि. र लागु औषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 32 M 7338 नं. को मो.सा.लाइ रोक्ने क्रममा नरोकी भागेको हुदा उक्त मो.सा. लाइ नियन्त्रणमा लिने क्रममा type 77 पेस्तोलबाट एक राउण्ड गोली फायर गरी उक्त मो.सा. नियन्त्रणमा लिएको, उक्त मो.सा. चालक देश भारत मधुवनी ग्राम पञ्यायत बिरपुर वडा नं. ९ बस्ने वर्ष ३८ को श्याम सुन्दर पासवानलाइ चेकजांच गर्दा निजको साथबाट ला.औ. खैरो हिरोइन नेट तौल प्लाष्टिक सहित ५०.३७ मिलि ग्राम बरामद भएको हुँदा निजलाइ मो.सा., ला.औ. सहित नियन्र्णमा लिइ आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि इ.प्र.का.झाझपट्टीमा ल्याइ राखिएको झापा, भद्रपुर न.पा. ५ भद्रपुर वजार स्थित भित्रि सडक खण्डमा ला.औ. कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका झापावाट प्रनि विजय चौहान र ला.औ.नियन्त्रण व्युरो काँकरभिट्टावाट प्रनानि सोमेश लामिछानेको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिडि रहेको देश भारत किसनगंज जिल्ला कोल्लिकोट थाना वस्ने वर्ष ३६ को मोहमद इस्लाम प्रहरीलाई देख्ने वित्तिकै प्रहरीलाई नै आक्रमण गरि भाग्ने क्रममा  प्रहरीले Bereta Italian र CF 98 9mm USP पेस्तोलवाट १।१ राउण्ड प्रहार गर्दा CF 98 9mm USP पेस्तोलवाट १ राउण्ड निजको वायाँ खुट्टाको घुँडा मुनि लागेको र निजको साथवाट ला.औ. खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ११० ग्राम २०० मिलिग्राम र प्लाष्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम फेला परेको र घाइतेलाई उपचारको लागी प्रहरीको निग्रानीमा प्रादेशिक अस्पताल भद्रपुरमा भई रहेको, अवस्था सामान्य ।  मकवानपुर, इन्द्रसरोवर गा.पा.२ हेभि स्थित हेटौडा कुलेखानी काठमाण्डौ सडक खण्डमा विरगंजबाट काठमाण्डौ जान आउदै गरेको BR05PA 9093 नं.को भारतिय स्कारपियो गाडिलाई स.प्र.बल नेपाल विपद व्यवस्थापन वेश कुलेखानि मकवानपुरबाट खटिएका स.प्र.नि.अमृत थापा (९८५१२७१३९८) को कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्दा स्कापियोको ढोकाहरुमा फल्स बटम बनाई ला.औ.डाईजेपाम, फेनारगन, नोरफिन (गन्ती गर्न बाँकी) फेला पारी उक्त गाडिमा सवार निम्न ४ जनालाई नियन्त्रणमा लिएको भन्ने खवर ऐ.२१:४५ बजे प्राप्त हुनासाथ इ.प्र.का.भिमफेदी मकवानपुरबाट प्र.नि. को टोलि खटिगएको । निम्नः- १) चालकः- देश भारत मोतिहारी बस्ने बर्ष अं.२४ को शेख गुलजार । २) सवार सोही स्थान बस्ने बर्ष अं.४३ को शेख सकुत । ३) सवार सोही स्थान बस्ने बर्ष अं.१९ को नेशाब आलम । ४) सवार सोही स्थान बस्ने बर्ष अं.२५ को बसिम अहमद । मिति २०८२।०४।११ गते ०२:२५ बजेको समयमा माथी उल्लेखित ला.औ.लाई गन्ति गर्दा (प्रति एम्पुल 2 ml) डाईजेपाम २,२२६ एम्पुल, फेनारगन (Promettlozine Hydrochloride) १८६१ एम्पुल, नोरफिन २,३५६ एम्पुल र Laboratu-tromol 50 mg ५ पत्तामा ४९ ट्याब्लेट (प्रति पत्तामा १० ट्याब्लेट र १ पत्तामा ९ ट्याब्लेट) रहेको, स्कारपियो गाडी र ४ जनालाई इ.प्र.का.भिमफेदी मकवानपुरमा राखिएको ।

मिति २०८२।०४।०८ गते देखि ऐ. ०९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०९

कर्तब्य ज्यानसिराहा गोलबजार न.पा.०३ पुराण्डी टोल बस्ने अं.वर्ष २५ को श्याम सदा आफ्नै श्रीमती अं.बर्ष १९ की कौसिला देवी सदा बिच घरायसी बादबिवादको कारण झै-झग्डा तथा कुटपिट भई रहेकोमा श्यामको दाई अं.बर्ष ३५ को लेला भन्ने मोतिराम सदा झै-झग्डा छुट्याउन जादा निज मोतिराम सदालाई निजको भाई श्याम सदाले धारिलो हतियार प्रहार गर्दा निज मोतिराम सदाको छाती काटेको अबस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गोलबजारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाइ उपचारको लागी प्रदेशिक अस्पताल लहान सिरहाको लागि पठाईएकोमा ऐ.२३:०५ बजे चिकित्सकले चेकजाच गर्दा निज लेला मोतिराम सदाको मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, धरिलो हतियार प्रहार गर्ने मानिस हतियार सहित फरार रहेको खो.त.कार्य भईरहेको । बर्दिया बारबर्दिया न.पा.३ खुरखुरे घर भई हाल जि.बाँके नेपालगंज उ.म.न.पा.१२ बेलासपुरमा डेरा गरी बस्दै आएका बर्ष ३२ को प्रकाश सुनारले जि.प्र.का.बाँकेमा कार्यरत प्र.ह.राजेन्द्र रानालाई फोन गरी मैले बिहान ०५:०० बजे एकजना मानिसको हत्या गरेको र जि.प्र.का.मा सम्पर्क गर्ने आइरहेको भनि टेलिफोन मार्फत ऐ.२३:१७ जानकारी गराउनासाथ जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटी गई खो.त.गर्ने क्रममा ऐ.०१ जुम्लीटोलबाट नियन्त्रणमा लिइ सोधपुछ गर्दा ऐ.पंकज चिडीमगरको घर कोठा भाडामा बस्दै गरेको निजको श्रीमती बर्ष १९ कि निर्मला थापाको मृत अवस्थामा फेला परेको हुदाँ निज प्रकाश सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,शव घट्नास्थलमै रहेको । ज.ज.क./ वैवाहिक जजक / यौन दुर्व्यवहारपर्वत जलजला गा.पा. ८ फर्स स्थित मानिस नबस्ने खाली घर भित्र ऐ. बस्ने बर्ष २० को समुन्द्र जि.सी. ले ऐ. बर्ष १३ की परिवर्तित नामथर कालिगण्डकी (१०) (०८२।०८३) लाई ज.ज.क. गरेको भन्ने खबर निज पिडितको आफन्तले मिति २०८२।०४।०८ गते बिहान ०९:०० बजे जानकारी गराउना साथ जि.प्र.का. पर्वतबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटिगई पिडक व्यक्तीलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा ल्याई बिस्तृत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भईरहेको,निज पिडितको स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाईएको । मकवानपुर बकैया गा.पा.५ श्रीपुर बस्ने परिवर्तित नाम ३१ (०८२/०८३) हेटौडा १९ कि महिलालाई ऐ.हेटौडा उ.म.न.पा.१५ रातोमाटे बस्ने बर्ष अ.५२ को भरत बहादुर भोलनले काममा लगाईदिन्छु भनी घरबाट ल्याई ऐ.हेटौडा उ.म.न.पा.१५ रातोमाटे स्थित जंगलमा लगी ज.ज.क.गरेको भनी पिडित महिलाले मिति २०८२।०४।०८ गते १६;०० बजे जि.प्र.का.मकवानपुरमा आई लिखित जाहेरी दिएको हुदा प्र.ह. को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई घर नजिकैबाट नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुर ल्याएको,महिलाको स्वास्थ अवस्था सामान्य रहेको,सेफ हाउसमा लगी राखेको । डडेल्धुरा नवदुर्गा गा.पा.५ बस्ने अं.वर्ष ३० की सुन्दरी लुहारले आफ्नै श्रीमान बर्ष ३३ को हिमाल लुहारले पटक पटक इच्छा बिपरित जबरजस्ति शारीरिक सम्पर्क गर्दै आएको भनि जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज हिमाल लुहारलाई पक्राउ गरी आ.अ.कार्य भइरहेको ।कैलाली गौरीगंगा न.पा.५ अण्डैया घरभई हाल ऐ.घोडाघोडी न.पा.१० घुम्नी भाकल स्थित मामा गोपाल दमाईको घरमा बस्दै आएकी डवल नेपालीको छोरी बर्ष अं.११ की बच्चीलाई ऐ.ऐ.बस्ने गोपाल दमाईको छोरा बर्ष अं.१८ को केटाले आफ्नै घरमा कोही नभएको समयमा जबर जस्ती करणी गरेको भनी ऐ.२०;२० बजे निज केटीको बुवाले प्र.चौ.पहलमानपुरमा जानकारी गराउना साथ तत्काल उक्त स्थानमा प्र.चौ.पहलमानपुर बाट प्र.स.नि.को कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गई निज ब्यक्तीलाई घरमै फेलापरी नियन्त्रणमा लिएको र थप अनुस्धानको लागी इ.प्र.का.सुखडबाट प्र.ना.उ.को कमाण्डमा soco सहित ७ जनाको प्रहरी टोली घटना स्थलमा खटिएको । हा.ह.बरामद  कैलाली बिशेष सुचनाको आधारमा इ.प्र.का. मालाखेतीको अपराध अनुसन्धान समुहबाट प्र.स.ह., अ.प्र. बिट स्याउलेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलीले जि. कैलाली गोदावरी न.पा. ०८ स्याउले बस्ने रजमान चौधरी को छोरा बर्ष २६ को राजु चौधरी को घर खान तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक(अनलोड) नाल-१(एक) , चित्तलको सिंङ,चित्तलको खुट्टाको आधा भाग र ऐ. बस्ने राम ब. चौधरी को छोरा बर्ष २३ को चन्द्र ब.चौधरी को घर खान तलासी गर्दा घर भित्र लुकाइ छिपाइ राखेको भरुवा बन्दुक (लोड गरेको छर्रा भरेको) नाल-१ फेलापारी बरामद गरी,उक्त भरुवा बन्दुक नाल -२(दुइ), माथी उल्लेखित दुबैजनालाइ नितन्तणमा लिइ इ.प्र.का. मालाखेती अत्तरिया पठाइएको ।

मिति २०८२।०४।०७ गते देखि ऐ. ०८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०८

कर्तब्य ज्यान सुनसरी देवानगंज गा.पा.३  बस्ने अं.वर्ष ६० को सबिब अंसारीलाई जग्गाको विषयमा वादबिबाद हुंदा निजकै छोरा अं.वर्ष ४० को मोहम्मद रियाज अंसारीले छाती र ढाडमा छुरा प्रहार गरी घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ. मोतिटप्पुबाट प्र.ह.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको, छुरा प्रहार गर्ने मोहम्मद रियाज अंसारी छुरा सहित नियन्त्रणमा लिई इ.प्र.का.देबानगंजमा ल्याई राखिएको ।                                  विदेशी नागरिक मृत्यु            काठमाडौ बुढानिलकण्ठ न.पा.११ कपन स्थित घर भई बस्ने वर्ष ६२ को दोर्जे लामाले आफ्नै तिन तल्ले घरमा संचालन गरेको होटल ग्रिण मण्डलाको भुँई तल्लाको कोठाबाट अस्वभाविक गन्ध आईरहेको भनि प्रहरी बिट आकाशेधारामा खबर प्राप्त हुन साथ प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ. र प्रहरी प्रभगा कपनबाट प्र.नि.सहितको टोली खटी गई गन्ध आईरहेको कोठा खोली हेर्दा ईटालियन नागरीक वर्ष ५६ को जोभानी रिजाँ पासपोर्ट नं. YA8444626 भएको मानिस मृत्त अवस्थामा फेला पारी प्रहरी वृत्त बौद्धबाट खटी आएको टोलीले लासजाँच मुचुल्का कार्य सम्पन्न गरी पो.मा.को लागि टिचिङ अस्पताल लगिएको ।                                                     ज.ज.क.            धनकुटा महालक्ष्मी न.पा.३ चानुवा डाँडागाँउ टोल बस्ने वर्ष २३ को खड्ग वहादुर भुजेलले ऐ.०४।०६ गते अं.१५:०० बजे ऐ.बस्ने वर्ष १९ की बालिकालाई ज.ज.क.उ.गरेको भनी जाहेरी प्राप्त हुन आएको हुदा निज प्रतिबादीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको । मकवानपुर मनहरी गा.पा.६ सुनाचुरी बस्ने वर्ष अं.१६ की बालिकालाई आफ्नै घरमा सुत्ने गरेको कोठामा जि.बारा जितपुर न.पा ३ बस्ने वर्ष अं.१७ को बालकले मिति २०८२।०४।०६ गते अं.२२:३० बजे ज.ज.क.गरेको भनी पिडितको बालिकाको बुवाले इ.प्र.का.मनहरीमा लिखित जाहेरी दिएको हुँदा इ.प्र.का.मनहरीबाट प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरीमा ल्याई आ.अ.भइरहेको ।हा.ह.बरामद सर्लाही मलंगवा न.पा.८ स्थित प्र.चौ. गोरखकालीको चेक पोष्ट अगाडी ट्राफिक सहित संयुक्त टोलीले चेकिङ गर्ने क्रममा जिल्ला सर्लाही मलंगवा न.पा.-६ सुखनिया बस्ने मोहन पासवानले चलाएको BR30A 1071 भारतीय नं प्लेटको मो.सा.को का.प.खोज्दा का.प.साथमा नरहेको मोबाईलमा भनी मोबाईल देखाउन खोज्दा निजको छोरा अं.वर्ष १२ को नवल पासवानले कटुवा पेस्तोल ताकेको फोटो मोबाईलमा रहेको आधारमा निज नवल पासवानलाई ऐ.६ सुखनिया टोल स्थित निजकै घरबाट फेला पारी नियन्त्रणमा लिई प्र.चौ.खुटौनामा लगेर सोधपुछ गर्दा ऐ.बस्ने धनिवत पासवानको छोरा अं.वर्ष २३ को हुलास पासवान समेतले ल्याएको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा उक्त स्थानमा जि.प्र.का.सर्लाहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.२१:३० बजे ऐ.६ सुखनिया टोल स्थित निज नवल पासवानको घरको नजिकै गल्लीमा रहेको काठको बलोको साईडमा कपडाले बेरिएको अवस्थामा कटुवा पेस्तोल १ थान फेला पारी बरामद गरी निज नवल पासवान र हुलास पासवानलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।नक्कली नोट सम्बन्धी नुवाकोट दुप्चेश्वर गा.पा.६ स्थित रामती बजार स्थित हिरालाल श्रेष्ठको कपडा पसलमा आएका ऐ.७ शिखरबेशी बस्ने   बुद्धिमान तामाङको छोरा वर्ष १३ को सुदीप तामाङ समेत ५ जनाको साथमा नक्कली नोट रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्र.चौ.समुन्द्रटार र इ.प्र.का.खरानीटारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजहरूसँग रहेको रू.१,०००/-(एक हजार) को नेपाली नक्कली नोट १९ थान फेला परेकोले उक्त नोटहरू सहित पाँचै जनालाई नियन्त्रणमा लिएकोमा अनुसन्धानको क्रममा ऐ.२२:०० बजे ऐ.स्थित झाडीमा १०००/-(हजार) दरको नेपाली नक्कली नोट थप ५० थान फेला परेकोले बरामद गरिएको साथै ऐ.७ बस्ने भगवान पण्डितको छोरा अं.वर्ष १२ को राजकुमार पण्डित समेत जम्म ६ जनालाई जम्मा नक्कली नोट रू.६९,०००।- सहित इ.प्र.का.खरानीटारमा राखी आ.अ.भईरहेकोमा ऐ.०७ गते अं.१५:०० बजे ऐ.दुप्चेश्वर गा.पा.७ भेडाबारी बस्ने वर्ष अं.४२ को नर ब.तामाङ र ऐ.सिमटाङ बस्ने वर्ष अं.३५ को भिम ब.तामाङलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धानको क्रममा भिम बहादुर तामाङको घरमा खानतलासी गर्दा १०००/-(हजार) को नेपाली नक्कली नोट २४ थान थप फेला पारी जि.प्र.का.नुवाकोटमा ल्याएको र नियन्त्रणमा रहेको ६ जना बालकहरुलाई निजहरुको अभिभावकको जिम्मा लगाई पठाएको, थप अनुसन्धान कार्य भईरहेको ।ला.औ. उदयपुर कटारी न.पा.८  बबला स्थितमा ऐ.बस्ने वर्ष ४५ की देव कुमारी थापा मगरले आफ्नै घरमा लागु औषध गाँजा भण्डारण गरी बिक्री वितरण गरिरहेको भन्ने सुचनाको आधारमा इ.प्र.का.कटारीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई लुकाई छिपाई राखेको ३० के.जि.३६० ग्राम लागु औषध गाँजा फेला पारी उक्त ला.औ.सहित निज देव कुमारी थापा मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । काठमाण्डौ चन्द्रागिरी न.पा.११ सतुङ्गल स्थित नं.९ पशुपतीनाथ बाहीनी मुख्यालय बलम्बु काठमाडौबाट ऐ.स्थित मुख्य सडक-खण्डमा रहेको गेटमा खटिएको डियुटीलाई सोही सडक-खण्डमा हिडी रहेका महिला माथी शंका लागी प्रभाग बलम्बुमा जानाकरी गराए पश्चात प्र.प्र.बलम्बुबाट प्र.स.नि.को कमाण्डम टोली खटि गई जि.मकवानपुर थाहा न.पा.२ घर भई हाल का.जि.चन्द्रागिरी न.पा.९ मच्छेगाँउ डेरा गरी बस्ने वर्ष ३९ की पार्वती मगरलाई रितपुर्वक खानतलासी गर्दा निजको साथमा रहेको जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको चरेश जस्तो देखिने कालो पदार्थ १२ वटा पिस अं.६ के.जि.फेला पारी उक्त ला.औ.सहित निज महिलालाई पक्राउ गरी प्रभाग बलम्बुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०४।०६ गते देखि ऐ. ०७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०७

ज.ज.क/ज.ज.क.उधोग/बाल यौन दुर्व्यवहारओखलढुंगा, जिल्ला मिति २०८२।०४।०१ गते अं.१५:०० बजे मोलुङ गा.पा.२ ढुस्केको ढिकुरे स्थित सार्वजनिक जङ्गलमा वर्ष २० की महिलालाई  ऐ. सिद्धिचरण न.पा.७ धनेपु बस्ने अं.वर्ष ५२ को तेन्जी शेर्पाले ज.ज.क.गरेकोले कानुन बमोजिम कारवाही गरी पाउँ भनि पीडितले ऐ.०६ गते १४:३० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी दिएकोले अ.प्र.पोष्ट ठाडेबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोली खटी गई पिडकलाई ऐ. सिद्धिचरण न.पा.७ धनेपुमा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा ल्याई आवश्यक अनुसन्धान भईरहेको, पिडक र पीडित दुबै जनालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको । धनकुटा, जिल्ला इनरुवा न.पा. ७ चाँदवेला बस्ने वर्ष २६ को महमद सुबजानले साँगुरीगढी गा.पा ६ नाम्जे स्थित कर्ण वहादुर मगरको घरको डेरा कोठामा परिवर्तित जि. १० अन्तर्गत बस्ने वर्ष १४ की पीडित परिवर्तित नाम धनकुटा -२ (०८२/८३) लाई विवाह गर्छु भनि ललाई फकाई बिभिन्न प्रलोभन देखाई पटक-पटक जवरजस्ती करणी गरेको भनि पिडितको परिवारबाट जाहेरी प्राप्त हुन आएको हुदाँ निज प्रतिवादी महमद सुबजानलाई ई.प्र.का दुहवी सुनसरी बाट प्रहरी टोली खटी गई ऐ.०५ गते अं. १७:३० बजे जि. सुनसरी दुहवी न.पा.४ मलहट्टीबाट पक्राउ गरी राखी आज मिति २०८२।०४।०६ गते जि.प्र.का धनकुटा अड्डासार गरी ल्याई राखी अनुसन्धान कार्य भईरहेको । धनकुटा, जिल्ला चौँविसे गा.पा.५ चौबाटे बस्ने वर्ष २८ को रोशन तामाङको घरको कोठामा ऐ.बस्मे वर्ष १८ की बालिकालाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई निज रोशन तामाङले ज.ज.क.गरेको भनी ऐ.६ गते १७:०० बजे अ.प्र.पोष्ट फलामेटारमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको । कैलाली, जिल्ला लम्कीचुहा न.पा.४ बलिया स्थित चन्द्र प्रसाद ढकालले संञ्चालन गरेको बिबु होटल एण्ड लजको तेस्रो तलाको कोठामा मिति २०८२।०४।१०४ गते १९:०० बजे ऐ.७ खरौलाड बस्ने वर्ष २५ को तपेन्द्र भुलले ऐ.१ थकालिपुर बस्ने वर्ष २३ की महिलालाई ललाई फकाई लगेर ज.ज.क.गरेको भनी पीडितको दाईले ऐ.६ गते १७:४० बजे  इ.प्र.का.लम्कीमा जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादी तपेन्द्र भुललाई नियन्त्रणमा लिई पीडित समेतलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि टीकापुर अस्पताल टीकापुर पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात तपेन्द्र भुललाई इ.प्र.का.लम्कीको हिरासतमा राखिएको, पीडितलाई आफन्तको जिम्मा लगाई पठाइएको । कैदी मृत्युकाठमाण्डौ, जिल्ला काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रिय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला चितवन राप्ती न.पा.१ स्थायी वतन भई क.ज्यान मुद्दामा थुनामा रहेका प्रतिवादी वर्ष ७२ को दल बहादुर तामाङ घाँटीको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०४।०५ गते वी.पि.स्मृती अस्पतालमा भर्ना भई उपचार गराईरहेकोमा उपचारकै क्रममा ऐ.०६ गत अं.१२:१५ बजे निज प्रदिवादीको मृत्यु भएको, (पक्राउ मिति:-२०७८।११।२१ गते, सजाय: २५ वर्ष कैद, मुद्दा चलाउने निकाय: जिल्ला अदालत चितवन ।)सुनसरी, जिल्ला झुम्का कारागार सुनसरीमा डाँका मुद्दामा कैद भुक्तान गरिरहेका जि.सुनसरी दुहबी ३ बस्ने वर्ष ४५ को उमेश उराउलाई श्वास फेर्न गाह्रो भएकोले उपचारको लागि प्र.ब.ह.को कमाण्डमा खटिएको टोलीले बा.प्र.०१-००२ झ ७१२५ नं.को भ्यानमा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर उपचार भइरहेकोमा ऐ.०१:४५ बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही हस्पतालमा रहेको । विदेशी नागरिकको मृत्युकाठमाण्डौं, जिल्ला नागार्जुन न.पा.३ रानिवन रातो गुम्बा नजिकै ऐ.रानिवन घरहुने सन्जिता कार्कीले संन्चालन गरेको सुभी होमस्टेमा विगत १० दिनदेखि बस्दै आएका चीनियाँ नागरिक वर्ष ४७ को QIN XUJUN अचानक बिरामी भई का.म.न.पा.१५ ढुङगेधारा नजिकै रहेको ओम साईबाबा अस्पताला ल्याई उपचार गराउने क्रममा ऐ.१८:४५ बजे डाक्टरले मृत घोषणा गरेको भनी अस्पतालबाट जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भुबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको । ला.औ.झापा,   जिल्ला   भद्रपुर न.पा.७ डाँफेचोक  स्थित व.प्र.का.भद्रपुरबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ऐ.स्थित  बाटोमा हिडिरहेको पैदल यात्रीहरु जि.नुवाकोट तादी गा.पा.६ बस्ने अं.वर्ष ३० को मन कुमार दर्जी, निजको श्रीमती अं.वर्ष २६ की शशी खत्री र ऐ.भद्रपुर न.पा.७ डाँफेचोक बस्ने अं.वर्ष ३० को सुनिल चापागाईलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३७ ग्राम ४९० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित निजहरु तिनै जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय झापाम राखिएको ।  रौतहट,  जिल्ला   गरुडा न.पा.४ नापी कार्यालय स्थित चपुर गौर सडकखण्डमा चपुरबाट गौर तर्फ जाँदै गरेको ग.३ च.६८९६ न.को कारको पछाडी अ.ट्रा.प्र.पो.गरुडाबाट प्र.स.नि.को कमाण्डमा चेकिङको लागि शिवनगर तर्फ जाने क्रममा कारको चालकले प्रहरीलाई देखी उक्त स्थानमा रहेको बाटोको पश्चिम साईड खाल्टोमा अं.१० फिट तल उक्त कार झारी चालक फरार भएको, उक्त स्थानमा इ.प्र.का.गरुडाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त कार इ.प्र.का.गरुडा रौतहटमा ल्याई चेकजाँच गर्दा गाडीको डिक्कीमा प्लाष्टिकको १३ वटा पोकामा बेरी लुकाई छिपाई राखेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ अं.१३३ के.जि.बरामद गरी गाडी सहित इ.प्र.का.गरुडाको नियन्त्रणमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको, चालक फरार, खो.त.भईरहेको ।

मिति २०८२।०४।०५ गते देखि ऐ. ०६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०६

कर्तव्य ज्यानसिन्धुली, दुधौली न.पा २ लामिडाँडा घिसिङटोल बस्ने पदम बहादुर घिसिङको घर नजिकै रहेको गाई गोठमा देश भारत चितामणी अंन्चल रिजा जिल्ला भगबतीपुर वडा न ११ बस्ने दिपाराम अबतारको छोरा अन्दाजी बर्ष ३०को पंकज कुमार अबतार उत्तानो लडिरहेको मृत अबस्थामा फेला परेको भनि जानकारी हुन साथ प्र.चौ हत्पतेबाट प्र.स.नि, ई.प्र.का डकाहाबाट प्र.नि. र जि.प्र.का.सिन्धुलीबाट प्र.उ.को कमाण्डमा टोली खटिगई घटनाको सम्बन्धमा अनुसन्धान भईरहेकोमा मृतकको छातीमा धारिलो हतियारले प्रहार गरेको देखिएको, घटनास्थलमा फलामको धारिलो हतियार चुप्पी र खुर्पा फेलापरेको, मृतक जिल्ला सिन्धुली दुधौली स्थितमा रहेको दुधौली मधुगंगा माहादेव दर्शन गर्न आएको भन्ने बुझिएको, शवको प्रारम्भिक कार्य पुरा गरी पो.मा.को लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको । ज.ज.क/बाल यौन दुर्व्यवहारइलाम, माईजोगमाई गा.पा.३ बस्ने वर्ष अं.१३ की बालिकालाई मिति २०८२।०४।०३ गते १९:३० बजे ऐ.बस्ने दावा तामाङको छोरा वर्ष अं.२३ को पेम्बा तामाङले ललाई फकाई रु.२०० रुपैयाँको दिन्छु भनी लोभलालच देखाई बालिकाको घरभन्दा १५० मिटरको दुरीमा रहेको गोठमा लगेर ज.ज.क.गरेको हुदा निज, पीडक फरार रहेकोले खो.त.भईरहेको। मकवानपुर, मनहरी गा.पा.८ देबकोट स्थित सडक छेउ मकैबारीमा जि.मकवानपुर मनहरी  गा.पा. ८ देबकोट बस्ने वर्ष ४८ को गणेश भनेर चिनिने डन बहादुर सुनारले पिडित परिवर्तित नाम ३१ (०८२।०८३ देबकोट १) देवकोट बस्ने वर्ष ४५ की महिलालाई जवरजस्ती करणी गर्ने मनासयले पछाडिबाट एक्कासी समाती मकै बारीमा लगी लडाई लछार पछार गरी संवेदनशिल अंगहरुमा समाई जबरजस्ती करणी उद्योग गर्न खोजेको भनी पिडित महिलाले जाहेरी दिए प्रहरी टोली खटी गई ङन बहादुर सुनारलाई मनहरी गा.पा.८ देबकोटबाट नियन्त्रणमा लिई इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई राखेको । काठमाण्डौ, जिल्ला जिल्ला नुवाकोट बिदुर न.पा.-०२ घर भई हाल का.म.न.पा.-१७ ढल्कु चोक नजिकै आनन्द तुलाधरको साढे तिन तल्ले घरको भुँई तल्लामा डेरा गरी बस्ने सुनिता गहतराजको छोरी वर्ष १२ की रोमिसा गहतराजलाई का.जि.का.म.न.पा.-०२ लाजिम्पाट घर भई हाल का.जि.ढल्कु बस्ने वर्ष ६४ को लक्ष्मण तुलाधरले दुर्व्यवहार गरेको भन्ने खबर ऐ.२३:३५ बजे प्राप्त हुनासाथ तत्काल वृत्त लैनचौरबाट प्रनि बिरेन्द्र के.सि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई निज लक्ष्मण तुलाधरलाई आवश्यक अनुसन्धानको लागि ऐ.०६ गते ००:३५ बजे नियन्त्रणमा लिई वृत्त लैनचौरमा ल्याई राखिएको,अन्य अपराध अनुसन्धान कार्य जारी। हात हतियार बरामदझापा, भद्रपुर न.पा.९ नहर टोल स्थित चन्द्रगढी-चारआली सडकको दाहिने साईटमा वेवारिसे अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको भनी स्थानीयहरुले ऐ.१२:१५ बजे प्र.चौ.घोडामारामा जानकारी गराउनसाथ प्र.चौ.घोडामाराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई उक्त स्थान सुरक्षित राखिएको, थप अनुसन्धानको लागि SOCO सहितको टोली खटी गएको ।ला.औ. सर्लाही, चक्रघट्टा गा.पा.२ बेल्ही स्थितमा प्र.चौ.सुन्दरपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देखि ना ५३ प १७९३ नं.को मो.सा.चालक,मो.सा.पछाडी सवार ब्यक्तिहरु फरार रहेको र उक्त मो.सा. नजिक भुईमा रहेको २ वटा झोला चेकजाँच गर्दा लागुऔषध गाँजा २ पोका (तौल गर्न बाँकी) र मो.सा.नियन्त्रणमा लिई प्र.चौ.सुन्दरपुरमा ल्याई राखिएको, खो.त.लगायत थप अनुसन्धान कार्य भईरहेको, आवश्यक कारवाहीको लागि जि.प्र.का.सर्लाही पाटइएको ,तौल गर्दा २१ के.जि. ६८० ग्राम रहेको ।            सुनसरी, धरान उ.म.न.पा. १३ निसाने डाँडा स्थित अ.प्र.चौ. अमरहाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोली राजारानीबाट धरान तर्फ आउदै गरेको को१ ख ६०९० नं.को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसको डिकिमा २(दुई)ओटा पछाडी बोक्ने कालो रंगको झोलामा ला.औ. गाँजा ९ के.जी.फेला पारी सोही गाडीमा सवार ऐ. ईटहरी उ.म.न.पा.७ बस्ने अं.वर्ष २४ को सुरेश खत्वे र ऐ.८ बस्ने अं.वर्ष २० को तुलसि पासवानलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखिएको ।

मिति २०८२।०४।०४ गते देखि ऐ. ०५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०५

कर्तव्य ज्यानकास्की जिल्ला मिति २०८२।०३।२० गते अन्नपूर्ण गा.पा.८ विरेठाँटी स्थित बाटो ढलानको काम गर्ने क्रममा ऐ.पोखरा म.न.पा.२ बागलुङ बसपार्क बस्ने बर्ष १८ को रोहित नेपाली र जि.सर्लाही घर भई हाल जि.कास्की पोखरा म.न.पा.३ नालामुख बस्ने वर्ष ३० की गौरी परियारबीच सामान्य विवाद भई दुवै जनाले एकआपसमा कुटाकुट गर्दा गौरी परियार घाइते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेकोमा ऐ.०४।५ गते ०४:५० बजे उपचारको क्रमामा चिकित्सकले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने रोहित नेपालीलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्कीमा राखी थप अनुसन्धान भइरहेको । ज.ज.क./ज.ज.क.उधोग/बाल यौन दुर्व्यवहारबझाङ जिल्ला    केदारस्यु गा.पा. वडा नं. २ कोटीगाउँ बस्ने बर्ष ३६ को धन बहादुर बिष्टले ऐ.ऐ.वर्ष १४ की पिडित परिवर्तित नाम चैनपुर १(क) लाई फोन बाट यौन दुव्यबहार जस्ता कुरा गरी बारम्बार फोन गर्ने र फोनमा यौन जन्य कुरा गरी दुःख दिने गरेको भनि निजको वुवा प्रेम बहादुर बिष्टले जि.प्र.का.बझाङमा आज मिति २०८२।०४।०४ गते बेलुकी १८:०० बजे जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बझाङबाट प्र.ना.नि. को कमाण्डमा खटिईएको प्रहरी टोलीले निज धन बहादुर बिष्टलाई नियन्त्रणमा लिई ऐ.१९;०० बजेको समयमा मेडिकल पश्चात जि.प्र.का.बझाङको हिरासतमा राखेर अनुसन्धान कार्य गर्दै ।  धादिङ जिल्ला    निलकण्ठ न.पा.३ पुच्छारबजार स्थितमा ऐ.ऐ.बस्ने किरण गुरुङको घरको अन्डर ग्राउण्डमा रहेको स्टोर रुममा जाहेरवाला परिवर्तित नाम धादिङ  २४ (०१) ०८२/०८३ को छोरी परिवर्तित नाम धादिङ २४ (०२) ०८२/०८३ बर्ष १७ कि बालिकालाई निम्न स्थान बस्ने निम्न मानिसहरुले ज.ज.क.गरेको भन्ने खबर जाहेरवालाले मिति २०८२/०३/०३ गते जि.प्र.का.धादिङमा जाहेरी दरखास्त दिना साथ जि.प्र.का.धादिङबाट प्र.ना.नि.पशुपति पाठक (९८४१३६९९७२) को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न निम्न स्थान बस्ने मानिसहरुलाई पक्राउ गरी मिति २०८२/०३/०४ गते सम्मानित धादिङ जिल्ला अदालतबाट  ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको साथै उक्त घटनामा संलग्न ऐ. बस्ने वर्ष अं.२७ को निरज नौबाघ फरार रहेको र खोज तलास कार्य भई रहेकोनिम्न:-१) जि.धादिङ निलकण्ठ न.पा.वडा नं.३ पुछारबजार बस्ने राम कुमार मल्लको छोरा वर्ष १९ को अमृत जंग मल्ल २) जि.झापा विर्तामोड स्थायी वतन भई हाल जिल्ला धादिङ नीलकण्ठ न.पा.वडा नं.३ बस्ने वर्ष १८ को विश्‍वास     अधिकारी   सुर्खेत   भैरबी गाउँपालिका वडा न.४ बस्ने वर्ष १७ की बालिकालाई ऐ.भैरबी गाउँपालिका वडा न.०४ बस्ने वर्ष २४ को हिक्मत बि.क.ले ऐ.बिरेन्द्रनगर न.पा.१० भेरी कर्णाली होटेल एण्ड रेस्टुरेन्टमा लगेर जबरजस्ती करणी गरेकोले कानुन बमोजिम गरिपाउँ भनी मिति २०८२।०४।०४ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, प्रतिवादी हिक्मत बि.क फरार, खोजतलास कार्य भइरहेको । कैदी बन्दी बिच झै-झगडा तथा कुटपिटसिरहा जिल्ला सिराहा न.पा.७ स्थितमा रहेको सिरहा कारागारमा मिति २०८२।०४।०३ गते भएको अनुगमनमा कारागार भित्र देखिएको फलामको रड, दाउरा, ईट्टा र फलाम काट्ने मेसिनहरु देखिएको हुँदा सुरक्षाको दृष्टिकोणले हटाउने निर्देशन भएकोमा आज उक्त बस्तुहरु हटाउने तर्फ र अस्थाई चौकीदार बिजय कुमार महतोले कारागारभित्र कैदी बन्दीहरुलाई डर, त्रास देखाई ज्यादति गरेको बिषयमा जि. धनुषा गोबिन्दपुर गा.बि.स. २ बस्ने अं. वर्ष ३५  को  बिजय कुमार महतो लगायत १३ कैदी बन्दीहरु एकआपसमा झै- झगडा कुटपिट हुँदा बिजय कुमार महतो लगायत १३ जना घाईते (२ जना गम्भीर, ११ जना मध्यम) भई प्रादेशिक अस्पताल सिरहामा लगि प्रहरीको निग्रानीमा उपचार भईरहेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि १३ जनालाई नै केन्द्रिय कारागार जगरनाथदेवल काठमाडौ पठाएको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा ३० जना टोली र प्रादेशिक अस्पताल सिरहामा प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटी गई सम्झाई-बुझाई गर्ने कार्य भईरहेको, ऐ.१७:०० बजे देश भारत बिहार जिल्ला मधुवनी ग्रामपन्चायत भतै ७ बस्ने अं.वर्ष ३८ को दिपक ठाकुर समेत ५ जना घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपाको लागि पठाउने पहल भईरहेको ।कारागारमा नाराजुलुशकास्की जिल्ला पोखरा म.न.पा.७ पार्दी स्थित कारागार कार्यालय कास्कीमा बल्क A मा रहेका ३६६ जना र बल्क B मा ३७३ जना बल्क C मा ३५ जना (नाबालक २ जना सहित) जम्मा ७७४ जना कैदी/थनुवा रहेकोमा ब्लक A मा नयाँ चौकीदार अजय गुरुङलाई नियुक्ति पत्र आएकोमा बल्क A का कैदी / थुनुवाले नयाँ चौकीदार स्वीकार नगर्ने र पुरानो चौकीदार प्रकाश गुरुङलाई स्वीकार गर्ने भन्ने बिषयलाई लिई बिरोध स्वरुप भेलाजम्मा भई नारा जुलुश गरेको, उक्त स्थानमा व.प्र.का.बैदामबाट प्र.ना.उ.को कमाण्डमा टोली खटिएको र जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा ६५ जनाको टोली खटी गएको, ऐ.१९:५० बजेबाट कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ज्यु, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ज्यु र जिल्ला कारागार कार्यालय कास्कीका प्रमुख र चौकीदार बिच छलफल भइरहेको, नाराबाजी भईरहेको, हालसम्म मानवीय तथा भौतिक क्षति नभएको, ऐ.२३:३० बजे  पुरानो चौकीदार प्रकाश गुरुङ र नयाँ नियुक्ति भएका अजय गुरुङलाई जि.प्र.का.कास्कीमा ल्याई राखिएको, अजय गुरुङको समर्थक मनु परियार, सुरज श्रेष्ठ,लक्ष्मण ढकाललाई A ब्लकबाट सारी B ब्लकमा लगेर  राखिएको, हालको अवस्था सामान्य रहेको, उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल ४ नं.मुक्तिनाथ बाहिनी मुख्यालयबाट स.प्र.नि.को कमाण्डमा ३१ जनाको थप टोली खटी गएको । ला.औ.झापा  जिल्ला     दमक न.पा. ५ स्थित प्रतिबन्धित लागुऔषध बिक्री वितरण कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. दमकबाट खटिएको प्रह राज कुमार श्रेष्ठको टोलिले ऐ. दमक न.पा. ५ मेची स्टोर अगाडी सडकमा शंकास्पद अबस्थामा हिडिरहेको देश भारत विहार राज्य कटिहार जिल्ला बस्ने अ.बर्ष २८ को सुरज कुमार साह लाई चेकजाँच गर्ने क्रममा निजले ब्याग भित्र प्लाष्टिकको बट्टामा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४६ ग्राम ७६ मिलिग्राम र प्लाष्टिक बाहेक ४२ ग्राम १७ मिलिग्राम विभिन्न दरका नेपाली रुपैया जम्मा रु. ३७,९००/- (सईतीस हजार नौ सय), डिजिटल तराजु थान-१ (एक), मोवाईल नं. ९८०८०७७४२५ सिमकार्ड प्रयोग भएको oppo कम्पनीको मोवाईल थान-१, अगाडीको सिसाको भाग फुटेको ViVO मोवाईल थान-१ र निजको परिचयपत्र खुल्ने कागजात भारतिय आधार कार्ड थान-१ समेत फेला पारी उक्त सम्पुर्ण दशीका सामानहरु बरामद गरी निज सुरज कुमार साहलाई समेत पक्राउ गरी इप्रका दमकमा ल्याई राखि थप अनुसन्धान भई रहेको । सप्तरी जिल्ला राजगढ गा.पा.३ नर्घो स्थित बस्ने अं.वर्ष ४५ को रामकेबल मण्डलको घरमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त भए पश्‍चात इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को कमाण्डमा, सशस्‍त्र प्रहरी बल बेश पातोबाट स.प्र.ना.उ.को कमाण्डमा सशस्‍त्र प्रहरी बल बेश बैनिनियाबाट स.प्र.नि.को कमाण्डमा र प्र.चौ.झुटकीबाट प्र.व.ना.नि.को कमाण्डमा संयुक्त रुपमा टोली खटी गई खानतलासी गर्ने क्रममा निर्माणाधिन घरको शौचालयबाट २ बोरा, गाई गोठबाट १ बोरा र घर नजिकको बाँस झ्याङबाट ९ बोरा गरी जम्मा १२ बोरा अं.३८८ के.जि.७३० ग्राम ला.ओै.गाँजा जस्तो देखिने पदार्थ कानुन बमोजिम बरामद गरी रामकेबल मण्डलको श्रीमती अं.वर्ष ४१ की रेखा कुमारी मण्डललाई समेत नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०४।०३ गते देखि ऐ. ०४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०४

बालयौन दुरुपयोग सप्तरी सुरुङ्गा न.पा. वडा नं. ५ स्थित श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा कक्षा १० मा अध्ययनरत रहेकी बर्ष १६ कि बालिका पहिलो त्रैमासिक परीक्षामा नियमित रुपले सहभागी भई विज्ञान विषयको परीक्षा दिइरहेको अवस्थामा मिति २०८२।०३।३१ गते ११:०० बजे सोही कक्षा कोठाको परीक्षा निरीक्षक जि.सिरहा लहान न.पा.१ बस्ने श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहामा कार्यरत विज्ञान शिक्षक अं.वर्ष ३५ को सन्तोष कुमार पंजियारले प्रश्न पत्र बुझाउने क्रममा गलत मनसायले बालिकाको संवेदनशील यौन अंगहरु छोई यौनजन्य अस्वभाविक व्यवहार गरी बालयौन दुरुपयोग कसूर गरेकोमा निज शिक्षक सन्तोष कुमार पंजियारलाई मिति २०८२।०४।०२ गते ०९:१० बजे ऐ.सुरुङ्गा न.पा.५ स्थित श्री मसिलाल जनता माध्यमिक विद्यालय कुशहाबाट नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालतबाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको ।दाङ तुलसीपुर उ.म.न.पा.१७ फोर्टीनाइन चोक स्थित मोहनलाल नेपालीको घरमा डेरा गरी बस्ने ऐ.१७ बघौसी घर भएको अं.वर्ष ३१ को रबिन्द्र कुमार सार्कीले सोही घरमा डेरा गरी बस्ने जि.रोल्पा माडी गा.पा.२ घर वतन भएको संकेत नामथर ५६ तुलसीपुर ०८२-०१ को छोरी वर्ष ११ की संकेत नामथर ५६ तुलसीपुर ०८२-०१ (क) को संवेदनशिल अंग छोएको र कानून बमोजिम कारबाही गरी पाऊँ भनी पीडितको आमाले ऐ.१६:०० बजे इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का.तुलसीपुर दाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७:०० बजे निज रबिन्द्र कुमार सार्कीलाई नियन्त्रणमा लिई लिई इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखिएको, पीडितलाई स्वास्थ्य परिक्षण पश्चात आफन्तको जिम्मा लगाइएको, पीडितको स्वास्थ्य अवस्था सामान्य ।  ज.ज.क. दाङ घोराही उ.म.न.पा.३ रनघरा स्थित आफ्नै घरमा अन्यायी बर्ष ३६ को परिवर्तित नामथर ५६(०८२/०८३) घोराही ०५ (ख) ले आफ्नै छोरी बर्ष १८ की पिडित परिवर्तित नामथर ५६(०८२/०८३) घोराही ०५ लाई ज.ज.क.गरेको भनी निज पिडितले आफ्नो आमा  परिवर्तित नामथर ५६(०८१/०८२) घोराही ०५ (क) लाई सो घटनाको बारेमा जानकारी गराएपछी निज पिडितको आमा जाहेरवाली परिवर्तित नामथर ५६(०८२/०८२) घोराही ०५ (क) ले आफ्नो श्रीमानको बिरुद्धमा हाडनाता जबरजस्ति करणी कसुर मुद्दामा मिति २०८२।०४।०३ गते अं.१९:०० बजे किटानी जाहेरी दरखास्त दिए पश्चात प्रहरी टोली खटी गई निज पिडकलाई आफ्नै घरमा  फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।धारिलो हतियार प्रहारकाठमाण्डौं म.न.पा.२६ ठमेल स्थित सम्झना गल्लीमा जि.धादिङ छत्रेदेउराली घर भई हाल का.जि.ठमेल एरियाको सडक पेटीमा बस्ने वर्ष ४४ को राजु थापालाई ऐ.एरियाको सडक पेटीमा बस्ने अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा घाइते भई निजको साथी संजय घर्तीले तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार भइरहेको, बाँया कोखामा काटिएको घाउ, हल्का बोल्न सक्ने, अवस्था गम्भीर, धारिलो हतियार प्रहार गर्ने जि.काठमाण्डौं का.म.न.पा.१६ बस्ने वर्ष ४३ को को शहित अली प्रहरीको नियन्त्रणमा, अन्य फरार रहेको भन्ने बुझिएकोले खो.त.भइरहेको । ला.औ.कैलाली कैलारी गा.पा.१ हसुलिया बजार स्थित जि.प्र.का.बाट प्र.ज.को कमाण्डमा खटिएको टोलीले पैदलयात्री भारत लखिमपुर चन्दनचौकी बस्ने वर्ष २३ को अन्सु गुप्तालाई शंका लागी चेजजाँच गर्दा निजको साथबाट १७ ग्राम ४६० मिलिग्रमा ला.औ.ब्राउन सुगर फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको ।    बाँके नेपालगंज उ.म.न.पा.१४ उदयपुरमा ला.औ.कारोबार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा ला.औ.नि.व्यूरो र व.प्र.का. नेपालगंजबाट खटिएको संयुक्त टोलीले ऐ.कुसुम पेट्रोलपम्प नजिकै शंकास्पद रुपमा हिँडिरहेको ऐ.बस्ने वर्ष २३ को अजय कुमार खटिकलाई चेकजाँच गर्दा निजको साथबाट ला.औ.ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल १६ ग्राम ५३० मिलिग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.पठाइएको ।    सुनसरी ईनरुवा न.पा.६ हलेशी चोकस्थित पूर्व-पश्‍चिम लोकमार्गको छेउमा को ३३ प ३१४९ नं.को मो.सा.रोकी शंकास्पद रुपमा बसिरहेका २ जना मानिसहरूलाई खानतलासी गर्दा ऐ.इनरुवा न.पा.८ बस्ने वर्ष ३४ को मोहमद सफरुलको साथबाट Tramol-50 लेखिएको ३५५ पत्ता ३५५० पिस र Spasmo Proxyvon plus लेखिएको ६ पत्तामा १४४ पिस गरी जम्मा ४९४ पिस तथा ऐ.कोशी गा.पा.५ बस्ने वर्ष ४८ को अशोक कुमार यादवको साथबाट ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ शुद्ध तौल ४१.४४ ग्राम फेला परेकोले उक्त ला.औ., २ थान मोबाइल र १ थान मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।

मिति २०८२।०४।०१ गते देखि ऐ. ०२ गते सम्मको मुख्य आपराधिक घटनाहरु
२०८२-०४-०२

कर्तब्य ज्यान सिरहा जिल्लाकल्याणपुर न.पा.९ डुमरी स्थित ऐ.बस्ने अं.वर्ष ७० को करीया राय यादब (बि.पि.को बिरामी रहेको) र ऐ.बस्ने निजकै बुहारी अं.वर्ष ३५ कि श्रीबती देवी यादब बिच घरायसी बिषयमा बादविवाद भई श्रीबती देवी यादबले आफ्नो ससुरालाई लाठिले कुट्दा हुँत्तीदा निज करीया राय यादबको खुट्टा चिप्ली घरको आङगनमा लडि घटनास्थलमै मृत्यु भएको प्रहरी टोली खटिगई लाश जाँच मुचुल्का कार्य पुरा गरी शव पो.मा.को.लागि प्रादेशिक अस्पताल सिरहा पठाईएको, थप अनुसन्धानको लागि निज श्रीबती देवि यादवलाई नियन्त्रणमा लिई इ.प्र.का.मिर्चैया पठाईएको ।    कैलाली जिल्ला धनगढी उपमहानगरपालिका १४ बस्ने बर्ष ३५ को गणेश गिरिले निजकै सहोदर भान्जा ऐ.ऐ. १८ बस्ने बर्ष १८ को प्रदिप बोहराको ऐयरफोन चोरी गरेको भनि निज प्रदिप बोहराले कुटपिट गरेको र निज गणेश गिरि घर तर्फ गएकोमा मिति २०८२।०३।३० गते १२;३० बजे निज गणेश गिरिको मृत्यु भई  आफन्त र स्थानियले सदगत समेत गरि सकेको र मिति २०८२।०४।०१ गते १५;०० बजे आफन्तहरु बाट निज प्रदिप बोहराले कुटपिट गरि निज गणेश गिरिको मृत्यु भएको हो भनि जानकारी गराए पश्चात प्रहरी टोली खटी गई उक्त लाश खाडल बाट निकाली घटना स्थल कार्य पुरा गरि लास पो.मा.को लागि ऐ.१८:३५बजे सेति प्रादेशीक अस्पताल धनगढीको लास घरमा राखिएको, कुटपिट गर्ने प्रदिप बोहरा र (अनुसन्धानको लागि) मृतकको भाई ऐ.ध.उ.म.न.पा. १४ बस्ने बर्ष ३६ को पदम गिरि समेत दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।                                     डडेल्धुरा जिल्ला डडेल्धुरा गन्यापधुरा गा.पा. ३ डिल बस्ने बर्ष अ.५४ को  करन भुलले आफ्नै घरमा निजकी श्रीमती बर्ष अ. ४० की खिमा देबी भुललाई हंसियाले घाँटीमा प्रहार गरी हत्या गरी निज करन भुल फरार रहेको भनि आज मिति २०८२।०४।०२ गते ०६:५५ बजेको समयमा ऐ. गा.पा. वडा न. ३ का वडा अध्यक्ष चक्र देउवाले खबर गरे पश्चात प्रहरी चौकी सकायलबाट प्र.स.नि. डम्बर बहादुर कार्कीको कमाण्डमा ३ जनाको प्रहरी टोली र जि.प्र.का. डडेल्धुराबाट प्र.नि. डम्बर बिष्टको कमाण्डमा ७ जनाको प्रहरी टोली नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखेको ।रुपन्देही जिल्ला सियारी गा.पा.३ कुरमार बस्ने वर्ष २८ को नागेश्वर चौधरीलाई कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.बेथरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा निज नागेश्वर चौधरीलाई खेतमा घाइते अवस्थामा फेला पारी उपचारको लागि सिटी अस्पताल भैरहवा पठाइएकोमा ऐ.०४।०२ गते ०६:३० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, साथमा मृतकको श्रीमती सुमित्रा थारु रहेको, कुटपिट गर्ने ऐ.८ गठुवा बस्ने वर्ष २४ को पाहलद थारु जि.प्र.का.रुपन्देहीको नियन्त्रणमा ।                                                    ज.ज.क.इलाम चुलाचुली गा.पा.४ बस्ने श्याम राईको छोरा अं.वर्ष २१ को उदय राई र सांकेतिक वतन ०३-६-५ बस्ने सांकेतिक नाम इलाम-क-१(०८२/०८३) को छोरी अं.वर्ष १७ की सांकेतिक नाम इलाम-क(०८२/०८३) बिगत ३/४ वर्ष अगाडी देखी प्रेम सम्बन्धमा रही भेटघाट बोलचाल गर्दै आएकोमा उदय राईले सांकेतिक नाम इलाम-क(०८२/०८३) लाई ललाई फकाई मिति २०८२।०२।२५ गते राती अं.२३:०० बजे पिडितको घर नजिकै रहेको खोलाको डिलमा जबरजस्ती करणी  गरी अश्लिल फोटो, भिडियो सामाजिक संजालमा राखी दिन्छु भनि धम्काएकोले निज बालिकाको बुवाले मिति २०८२।०३।३२ गते ११:३० बजे टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.चौ.पेल्टिमारीबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई पिडितको बुवाले ऐ.०४।०१ गते ११:४० बजे जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिएकोले पिडकलाई जि.प्र.का.मा राखि थप आ.अ.भईरहेको ।मोरङ जिल्ला सुन्दरहरैचा न.पा.७ नयाँबस्ति टोल बस्ने भिम बहादुर श्रेष्ठको छोरा वर्ष ३८ को बालकृष्ण श्रेष्ठले ऐ.७ बस्ने वर्ष १३ की बालिकालाइ ललाई फकाई ऐ.स्थित बाँसघारीमा लगि रु.५००।– ( पाच सय ) रुपैया दिई ज.ज.क.गरेको भनी मिति २०८२।०४।०१ गते अं.१७:०० बजे इ.प्र.का.बेलबारीमा जाहेरी सहित जानकारी गराउनसाथ प्रहरी टोली खटी गई निज बालकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिईएको।                                विदेशी नागरीक  झुण्डी मृत्यु काठमाडौ जिल्ला का.म.न.पा.०२ लाजिम्पाट स्थित अम्बिका गल्लिमा रहेको २.५ तल्लाको पक्की घरको भुई तल्लाको किचेन कोठाको सिलिङ पंखाको हुकमा मल्टिपल्गको तारले घाँटिमा पासो लगाई पाकिस्तानी नागरिक अं. बर्ष ४३  को सन्तोष माइकल झुण्डी मृत अवस्थामा रहेको भनि निज संगै बस्ने जि.बाँके बैजनाथ गा.पा.६ घर भई बस्ने वर्ष २० को दिपेन्द्र गुरुङले प्रहरी वृत्त दरबारमार्गमा जानकारी गराए पश्चात प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि त्रि.बि.शिक्षण अस्पताल महारागंज पठाइएको।श्रोत नखुलेको रकम बरामदरौतहट जिल्ला गौर न.पा. २ दश गंजा स्थित अ.प्र.पोष्ट,महादेवपट्टीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको देश भारत जि. मोतिहारी बैरगनिया-१३ बाबालाल दास मठ टोल बस्ने अं. वर्ष ४३ को महेश कुमार माथी शंका लागी चेकजाँच गर्दा निजले तिघ्रामा प्लाष्टिकले बेरी ल्यादै गरेको नेपाली नोट रु ३,००,००० ।-( तिन लाख) फेला पारी उक्त नगद सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी गौर भंसार कार्यालय,रौतहटमा पठाईएको ।                                       हा.ह.बरामद  रुकुम (पूर्वी भाग) रुकुम (पूर्वी भाग)बाट खटिएका प्र.स.नि.को कमाण्डमा गस्ति टोलीले गस्ती गर्ने क्रममा जि. रुकुम (पूर्वी भाग) सिस्ने गा.पा.८ झाक्री खोला स्थित ओदारमा लुकाई - छिपाई राखिएको वेवारिसे भरुवा बन्दुक नाल १ (एक) सावुत  फेला पारि अ.प्र.पो. धपे रुकुम (पूर्वी भाग) मा ल्याई राखेको।ला.औ.सुनसरी रामधुनि नपा-७ क्वाटर डाडा स्थित बासको झ्याङमा लुकाई छिपाई राखेको केहि संकास्पद पोकाहरु फेला परेको भन्ने खबर प्राप्त हुँनासाथ  अ.प्र.पोष्ट पंचायनबाट प्र.स.नि.र इ.प्र.का. पकलिबाट प्र.नि.को कमाण्डमा टोली खटीगई हेर्दा कालो प्लाष्टिकले बेरिएको १० पोका लागुऔषध गाँजा जस्तो देखिने पदार्थ प्लास्टिक सहित तौल गर्दा ३०० के.जी रहेको, अन्य अनुसन्धान कार्य भईरहेको ।मोरङ जिल्ला ईलाका प्रहरी कार्यालय रंगेली र लागु औषध व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मोरङ सुनबर्षी नगरपालिका वार्ड नं.९ डायनिया स्थित हुलाकी सडक खण्डमा झपडतलबाट डाईनिया तर्फ आइरहेको BR37AC6795 नं.को मोटर साईकल शंका लागी रोकि सोहि मोसामा  सवार चालक देश भारत बिहार प्रदेश सिक्टी ग्राम पंचायत वार्ड नं.१३ सहिदाबार बस्ने वर्ष अ.३२ को सद्दाम हुसेन र सोही मो.सा.पछाडी सवार देश भारत अररिया जिल्ला सिक्टी ग्राम पंचायत वार्ड नं.६ ऱहनीकट्टा बस्ने बर्ष अ.३२ को शेर मोहमदलाई नियन्त्रणमा लिई चेकजॉच गर्दा शेर मोहमदको ६३.१० ग्राम साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरी निजहरु दुबै जना मानिस र मोटर साईकल समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धानको कार्य भइरहेको ।पर्सा जिल्ला पकहामैनपुर गा.पा.२ सुर्जाहाकट्टि स्थितमा बिषेश सुचनाको अधारमा जि.प्र.का.पर्साबाट र इ.प्र.का.पोखरियाबाट खटिएको संयुक्त टोलीले गाउको नजिकै रहेको खुल्ला ठाँउमा परालले छोपेर राखिएको अवस्थामा ६ ओटा बोरामा १२ पोका गरी जम्मा १५७ किलो ला.औ.गाजा बरामद गरी ई.प्र.का.पोखरियामा ल्याई अनुसन्धान भइरहेको ।        

मिति २०८२।०३।३२ गते देखि ऐ. ०१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०४-०१

कर्तब्य ज्यानईलाम जिल्ला सुर्योदय न.पा.१ भालुखोप स्थित काजी तामाङको घरमा ऐ.माईजोगमाई गा.पा.२ तारसिंङ गाउँ बस्ने अं.वर्ष ३२ को निरोज चापागाई आफ्नो भाई अं.वर्ष २१ को प्रकाश चापागाईलाई लिई ससुराली घर आई बसेकोमा ऐ.सुर्योदय न.पा.१ सिरिसे बस्ने वर्ष अं.३३ को किरण शेर्पासँग के-कुन विषयमा झगडा भई किरण शेर्पाले प्रकाश चापागाईलाई धारिलो हतियारले प्रहार गर्दा प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको र निरोज चापागाईँको पेटमा चोट लागी गम्भीर घाईते भई उपचारको लागि फिक्कल अस्पताल पठाईएको, घटनास्थलमा प्र.चौ.गोर्खेबाट प्र.ह.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको, धारिलो हतियार प्रहार गर्ने किरण शेर्पा प्रहरीको नियन्त्रणमा, थप अनुसन्धानको लागि इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।                                                                                                          ज.ज.क./बल यौन दुर्व्यवहारडोल्पा    जिल्ला त्रिपुरासुन्दरी न.पा.६  स्थित  चुपेल्ला भन्ने ठाउँमा ऐ. बस्ने वर्ष २२ की महिलालई ऐ.५ खदाङबाट घरतर्फ जाँदै गरेको अवस्थामा बाटोमा रोकी बहिनी एकछिन काम छ भनि  एक्कासी ऐ. बस्ने अं.वर्ष ४० को यादव बि.क.ले ज.ज.क.गरेको भनी ऐ.०३/३१ गते जि.प्र.का.मा जाहेरी दिएकोले ऐ.०३।३२ गते इ.प्र.का.करबगार्डबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको घर, ठेगानामा खटी गई निजलाई नियन्त्रणमा लिएको ।ओखलढुंगा जिल्ला सांकेतिक वतन जिल्ला १३ गाउँपालिका ३ वडा नं.ङ स्थित अं.वर्ष २३ की सांकेतिक नाम य लाई ऐ.बस्ने अं.वर्ष-१७ को सांकेतिक नाम Q ले ज.ज.क.गरेको भनी सांकेतिक नाम य १ ले ऐ.३२ गते १८:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा प्र.चौ.हर्कपुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, पीडक र पीडित दुवैजनालाई यौनजन्य स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको ।बर्दिया जिल्ला गुलरीया न.पा.४ बस्ने वर्ष १४ की परिवर्तित नामथर ६४ वीरेन्द्रनगर (क) ९६ लाई मिति २०८१।१२।०१ गते ११:०० बजे ऐ.बागेश्वरी फाँट घर भई हाल बिरेन्द्रनगर न.पा.१० डेरा कोठा गरी बस्ने वर्ष २२ को शिव रैदासले ज.ज.क.गरेकोले कानुन बमोजिम गरी पाऊँ भनी मिति २०८२।०३।३२ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जाहेरी दरखास्त प्राप्त भएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।काठमाण्डौं जिल्ला नागार्जुन न.पा.६ तल्लो टौखेल डेरा गरी बस्ने जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भएकी वर्ष ८ की बालिकालाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग सितापईलाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण न.पा.९ घर भई हाल का.जि.नागार्जुन न.पा.६ तल्लो टौखेल बस्ने वर्ष ३७ को दिपक राउतलाई नियन्त्रणमा लिई आ.अ.भइरहेको, बालिकालाई स्वास्थ्य परीक्षणको लागि थापाथली अस्पाताल पठाइएको ।                                              शंकास्पद मृत्यु रोल्पा जिल्ला गंगादेव गा.पा.७ उपल्लो जाय बस्ने वर्ष २२ को ज्ञानेन्द्र ओलीको श्रीमती वर्ष अं.२० की लक्ष्मी मल्ल (ओली) श्रीमानसँग सामान्य विवाद हुँदा मिति २०८२।०३।३२ गते २२:०० बजे घरबाट आफूखुसी हिँडेकीमा आफन्तहरूले खो.त.गर्ने क्रममा घरदेखि अं.२०० मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको भनी ऐ.०४।०१ गते ००:५० बजे निजको ससुरा पर्शुराम ओलीले इ.प्र.का.जिनावाङमा खबर गरेपश्चात प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.०४:०५ बजे घटस्थलमा पुगी बुझ्दा शव बाटोमा उत्तानो अवस्थमा रहेको, घाँटीमा हल्का डाम देखिएको बाहिरी चोट नदेखिएको, मृतकको श्रीमान ज्ञानेन्द्र ओली श्रीमतीको खो.त.गर्न जादाँ श्रीमतीलाई मृत अवस्थामा देखेपछि सम्पर्कविहीन भएकोमा निजको खो.त.गर्ने क्रममा ऐ.०६:२५ बजे स्थानीयबासीहरुले घरदेखि अं.२०० मिटर दक्षिण पूर्वतर्फ रहेको जुकेखोला वनको गुराँसको रुखमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको,शव झुण्डिएकै अवस्थामा रहेको, उक्त स्थानमा ऐ.०५:०० बजे इ.प्र.का.घर्तिगाउँबाट प्र.नि.को कमाण्डमा थप टोली खटी गई आ.अ.भइरहेको, उक्त स्थान इ.प्र.का.जिनावाङबाट अं.१५ कि.मि.पर्ने ।धादिङ जिल्ला त्रिपुरा सुन्दरी गा.पा.६ ढलेको पिपल तल्लो कास्टे स्थितमा ऐ|.ऐ.बस्ने शम्भु अधिकारीको श्रीमती बर्ष अं.२१ कि कबिता भट्टराई आफ्नै घरको आफु सुत्ने कोठामा कोठा भित्रबाट ढोकाको चुकुल लगाई भुईमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुँनासाथ उक्त स्थानमा अ.प्र.पोष्ट आगिञ्चोकबाट प्र.ह.को कमाण्डमा २ जना,इ.प्र.का.सल्यानटारबाट प्र.ना.नि.को कमाण्डमा २ जनाको टोलि खटिई गई घटनास्थल सुरक्षित राखिएको र जि.प्र.का धादिङबाट प्र.ना.उ को कमाण्डमा ५ जनाको टोलि खटिई गएको,मृतकको श्रीमान रोजगारीको शिलशिलामा विदेश गएको र घरमा सासु,ससुरा र जेठानिसंग-संगै बस्दै आएको भन्ने बुझिएको ।ला.औ.सुनसरी जिल्ला देवानगंज गा.पा.७ डेढ नम्बर पुल स्थितमा छिटहाबाट देवानगंज तर्फ जाँदै गरेको नं. नखुलेको २२० सिसिको कालो रङ्को पल्सर मो.सा.मा ला.औ.गाँजा बोकी आउँदै गरेको अवस्थामा इ.प्र.का.हरिनगराबाट प्र.व.ह.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देख्नासाथ उक्त मो.सा.मा लोड भएको ला.औ.गाँजा अं.५० के.जि. फाली मानिस मो.सा.लिई फरार भएको, उक्त ला.औ.गाँजा नियन्त्रणमा लिई इ.प्र.का.हरिनगरामा ल्याई राखि तौल गर्दा गाँजा ४९ के.जि.२९० ग्राम रहेको, फरार भएको मो.सा. र मो.सा.चालकको खो.त.कार्य भईरहेको ।

मिति २०८२।०३।३१ गते देखि ऐ. ३२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३१

कर्तब्य ज्यान प्युठान जिल्ला सरुमारानी गा.पा. ३ गोठेरी बस्ने अं.वर्ष २७ को दिपक परियारको श्रीमती अं.वर्ष २८ की रुकमनि बराललाई ऐ.स्थित डिला परियारको घरमा गई बसेको अवस्थामा निजको पहिलो श्रीमान(सम्बन्ध विच्छेद नभएको)ऐरावती गा.पा.२ कात्तिके बस्ने अं.वर्ष ३० को लिला बहादुर बरालले एक्कासी आई निज रुकमनि बराललाई धारिलो हतियार चक्कुले घाँटी रेटी मारेको  प्रहरी टोली खटी गई निजलाई नियन्त्रणमा लिएको।ज.ज.क.भोजपुर जिल्ला टेम्केमैयुङ गा.पा.७ कट्वल गाँउ बस्ने वर्ष ०७ की बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई गरी ऐ.बस्ने नाबालक वर्ष १६ को पिडकले आफ्नै घरमा लगि ज.ज.क.गरेको भनि ऐ.३१ गते निज नावालिकाले आफ्नो आमालाई जानकारी गराएको हुदा प्रहरी टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।    इलाम जिल्ला माई न.पा.४ बस्ने अं.वर्ष ५४ को ले आफ्नै घरमा भेट्न आईकी आफ्नै छोरी अं.वर्ष १४ की लाई संबेदनसिल अंग छोई चलाई यौन दुरुपयोग गरेको भनि ऐ.३१ गते अं.११:३० बजे निज पिडित आफै  प्र.चौ. दानाबारीमा आई मौखिक जानकारी गराउना साथ प्रहरी टोली खटी गई १७:४५ बजे पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पिडितको अवस्था सामान्य रहेको ।धारीलो हतियार प्रहार सुर्खेत जिल्ला सिम्ता गा.पा. ०५ बजेडाआली स्थित ऐ. बस्ने वर्ष ४६ को राम बहादुर कामीलाई ऐ.बस्ने वर्ष ४९ को हुकुम बहादुर खत्रीले मा.प.से. गरी वादविवाद हुदाँ बन्चरोको पछाडी भागले छातीमा प्रहार गरी घाईते भएको भनि ऐ.२१:३० बजे स्थानियले खबर गरे पश्चात प्र.चौ. आलिबाट प्र.स.नि.को कमाण्डमा  टोली खटी गएको ऐ.२३:०० बजे कुटपिटमा संलग्न हुकुम बहादुर खत्रीलाई निजकै घर नजिकैबाट नियन्त्रणमा लिई आ.अ.भईरहेको,घाईतेलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्‍चात थप उपचारको लागि मेहलकुना अस्पताल सुर्खेत पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी  नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल दश बिघा कोहलपुर बाकेको लागी रिफर भएको,अवस्था गम्भीर, साथमा निज घाईतेको श्रीमती रिता कामि रहेको ।ला.औ.कञ्चनपुर जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नम्बर ४ बजार स्थित गल्लि न. १ मा रहेको राम सिह भण्डारीको घर अगाडीको सडक पेटीमा बेवारीशे अवस्थामा फेला पारेको झोला भित्र शुद्ध तौल गर्दा १६४ ग्राम लागू औषध चरेष जस्तो कालो पदार्थ फेला परेकोमा उक्त चिज बस्तु र झोला बरामद गरी यस कार्यालयमा ल्याएकोमा ऐ.३१ राती अ . ०४;३० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा. वडा न. ४ गल्लि न. ४ मा रहेको सडकमा मादक पदार्थ सेवन गरी मेरो झोला हरायो भनि हो हल्ला गर्दै पैदल हिडिरहेको अवस्थामा जिल्ला बझाङ दुर्गाथली गा. पा. वडा न. ०६ बस्ने ३८ को शेर बहादुर सिह लाइ जि.प्र.का. कञ्चनपुर बाट खटि गएको प्र.ना.नि. को प्रहरी टोलीले फेला पारी यस का. ल्याइ प्रारम्भिक सोधपुछ गर्दा गल्लि न. १ मा रहेको राम सिह भण्डारीको घर अगाडीको सडक पेटीमा बेवारीशे अवस्थामा फेला पारेको झोला मेरै हो भनि निज शेर बहादुर सिहले बताएको हुदा निजलाइ नियन्त्रणमा लिइएको । कैलालि जिल्ला धनगढी उ.म.न.पा. १० गणपति ईटा भट्टा नजिक चालक ऐ.१२ डि.गाउ बस्ने बर्ष २५ को धर्मेन्द्र सिंहले चलाएको बा.प्र.०२०३४ प ८०१९ नं.को स्कुटिलाई जि.प्र.का.कैलालीको अ.अ.समुहबाट प्र.ह.को कमाण्डमा खटि गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ४४० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी बरामद गरी स्कुटी सहित निजलाई नियन्त्रणमा लिइएको ।

मिति २०८२।०३।३० गते देखि ऐ. ३१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३१

ज.ज.क./ज.ज.क.उधोग सुर्खेत जिल्ला बारेकोट गा.पा. ५ तोलखोला घर भई बिरेन्द्रनगर न.पा. ०३ मुलपानी बस्ने वर्ष १६ कि परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क) ९३ लाई जाजरकोट भेरी न.पा. ०५ घर भई हाल बिरेन्द्रनगर न.पा. ३ बस्ने वर्ष ३६ को उदय चन्दले जबरजस्ती करणी गरेकोले कानुन बमोजिम गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२-०३-३० गते १०:०० बजेको समयमा जि.प्र.का. सुर्खेतमा प्राप्त भएको, आवश्यक अनुसन्धान तथा घटना स्थलको लागी उक्त स्थानमा जि.प्र. का. सुर्खेतबाट प्रतिवादी उदय चन्द पक्राउ परेको ।हात हतियार बरामदकैलाली जिल्ला भजनि नगरपालिका ९ आमबाडि स्थित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्र.ना.नि. गजेन्द्र बहादुर चन्द(९८५८४२३६४२) को प्रहरी टोली र तालुक सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्र.स.नि. लोकेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको सयुक्त टोलीले ऐ.ऐ.९ बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्न स्थान बस्ने निम्न मानिसहरु र निम्नानुसारको हात हतियार गोलि गठ्ठा सहित फेला पारि नियन्त्रणमा लिई इ.प्र.का.भजनी कैलालीवाट प्र.नि.युवन कुमार चौधरी (९८५८४९०३०५) को कमाण्डमा ७ जनाको टोली खटी गई थप अनुशन्धान कार्यको लागी इ.प्र.का.भजनी कैलालीमा राखिएको । निम्न पक्राउ गरिएका मानिसहरु १.जिल्ला कैलाली भजनि नगरपालिका ९ बस्ने बर्ष ५० को दिलिप कार्की । २.ऐ.ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की । ३.ऐ.ऐ. ५ बस्ने बर्ष ३० को सुरेश बिक । बरामद गरीएका हा.ह.,गो.ग.,अन्य सामानहरु १.NF BABY लेखिएको पेस्तोल थान-१,ऐ.को गोलि राउण्ड – ११,म्यागजिन थान-१ । २. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१,ऐ.को गोली राउण्ड -२४ । ३.कटुवा पेस्तोल थान-१ । ४.भरुवा बन्दुकको काठ मात्र थान-१,छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ । ५.मयुरको प्वाख २ गुच्चा । ६. जरायोको सिङ थान-३ ।ला.औ.सुर्खेत जिल्ला जि.प्र.का. सुर्खेतबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटि गई जिल्ला जाजरकोट कुशे गा.पा.५ खुर्पा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.१० शान्तीनगर टोल स्थित डेरा गरी बस्ने वर्ष २२ की दिलमाया सिंह ठकुरीको कोठामा चेकजाँच गर्दा निजको कोठामा रहेको दराज भित्र नेपाली नक्कली रुपैया रु.१२,४९,०००।– (बार्ह लाख उन्पचास हजार) फेला परेको र जिल्ला सुर्खेत भेरीगंगा न.पा.१२ ठकुरीटोलमा डेरा गरी बस्ने जिल्ला जाजरकोट कुशे गा.पा.७  समकोट गमौडी बस्ने बर्ष ३५ को कृष्ण ब.वली, ऐ.५ बस्ने बर्ष ३८ को प्रेम ब. बि.क. र ऐ.बस्ने बर्ष ३३ को राम ब.सिंहको कोठामा गई चेकजाँच गर्दा कालो भिर्ने झोलामा अ.११ किलो ला.औ.अफिम जस्तो देखिने गिलो पदार्थ (नापतौल नगरेको) सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखी थप अनुसन्धान भईरहेको ।धादिङ जिल्ला    बेनिघाट रोराङ गा.पा.२ आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढी बाट मलेखु तर्फ आउदै गरेको BR 06 Pc1167 नं.को इन्डियन महेन्द्रा गाडि लाई प्र.चौ.ताल्ति बाट खटिएको प्र.ह.यम प्रसाद न्यौपानेको टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार (पृथ्वी चम्पारण)थाना रक्सोल नोइपाढीह वडा.न.४ सहदेवा बस्ने अ.बर्ष ४५ को सरहज मियाँ लाई समेत नियन्त्रणमा लिई प्र.चौ.ताल्तिमा राखिएकोमा ऐ.०८:५३ बजे उक्त गाडी इ.प्र.का.गजुरीमा ल्याई गाडीको सम्पुर्ण पाटपुर्जा चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट (३१) वटा सानो ठुलो पोकामा अ.(१४३ के.जि. ८४० ग्राम) ला.औ.गाजा नियन्त्रणमा लिई आ.अ.भईरहेको ।उदयपुर जिल्ला कटारी न.पा.-०२ शस्त्र प्रहरी बल नेपाल कटारी सुरक्षा बेस कटारी उदयपुरबाट खटिएको स.प्र.नि. को कमाण्डमा खटिएको टोलीले जिल्ला उदयपुर कटारी न.पा.-०२ खोक्सा स्थित सिद्दिचरण लोकमार्गमा कटारीबाट मिर्चैया सिरहा तर्फ जादै गरेको को १ ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरो गाडीलाई रोकी चेक गर्दा उक्त गाडीमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा (१२ बोरामा) ४३६ के.जी. १४० ग्राम ला.औ. गांजा फेला परेकोले उक्त ला.औ.गांजा, बोलेरो गाडी र बोलेरो गाडी चालक जि.धनकुटा सहिदभुमी गा.पा.-२ बस्ने कुल बहादुर राईको छोरा बर्ष-२९ को तेज राईलाई नियन्त्रणमा लिई कार्यालयको पत्रसाथ ऐ. २०:२० बजेको समयमा अनुसन्धान तथा आबश्यक कार्वाहीको लागी इ.प्र.का.कटारी उदयपुरमा ल्याई बुझाएकोले उक्त ला.औ.गांजा, बोलरो गाडी र चालक बुझी लिई अनुसन्धान कार्य भईरहेको ।                                          

मिति २०८२।०३।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-३०

कर्तब्य ज्यानसुनसरी जिल्ला हरिनगर गा.पा. वडा नं ६  महरम चौक बस्ने गफार मियाँ को छोरी अं. वर्ष १८ की अरसी खातुनलाई निजकै भिनाजु देश भारत पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने सौकात मियाँको छोरा अं. बर्ष २९ को अजाद मियाँ जटले गोली प्रहार गरि घट्ना स्थलमै मृत्यु भएको गोलि प्रहार गर्ने निजको भिनाजु अजाद मियाँ जट तत्काल फरार रहेको थप बुझ्ने कार्य भइरहेको ,गोली हान्ने व्यक्तिको खो.त.जारी ।                                                    ज.ज.क.इलाम जिल्ला ताप्लेजुङ सिदिङवा गा.पा.४ साब्लाखुमा घर भई हाल जि.इलाम सुर्योदय न.पा.११ तिनघरे माईति घर बस्दै गरेको वर्ष २१ की महिलालाई  ऐ.केराबारी बस्ने वर्ष २५ को सोवित राई (JCB चालकको रुपमा काम गर्दै आईरहेको)ले डर त्रास देखाई मिति २०८१।०७।२५ गते बाट पटक पटक जवरजस्ती करणी गरेको भनी ऐ.०३।२९ गते १३:०० बजे इ.प्र.का.पशुपतिनगरमा पीडित उपस्थित भई जाहेरी दरखास्त दिनासाथ प्रहरी टोली खटी गई पिडकको घर वतनमा गई खो.त गर्दा फेला नपरेकोले खो.त.कार्य भईरहेको।भोजपुर जिल्ला साल्पासिलिछो गा.पा.५ मातेल बस्ने वर्ष १२ की बालिकालाई ऐ. बस्ने पीडितको काका वर्ष ३० को पुरूष र वर्ष १७ को सांकेतिक नाम (०८१/८२)०७-K ले ज.ज.क. गरेको भनी पीडितले मिति २०८२।०३।२६ गते प्र.चौ.दोभानेमा जानकारी गराउनासाथ तत्काल प्रहरी टोली खटी गई निज पीडकहरूलाई ऐ.२७ गते पक्राउ गरी ऐ.२८ गते जि.प्र.का.भोजपुरमा ल्याई अनुसन्धान कार्य भईरहेकोमा निज पीडितले जि.प्र.का.भोजपुरमा जाहेरी दरखास्त दिएको हुँदा ऐ.२९ गते निज सांकेतिक नाम (०८१/८२)०७-J र सांकेतिक नाम (०८१/८२)०७-K लाई सम्मानित भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको । पाँचथर जिल्ला फिदिम न.पा.१ फिदिम बजार स्थित बाटिका होटलमा देश भारत सिकिम घरभई हाल ऐ.बजारमा डेरा गरी बस्ने वर्ष २१ की महिलालाई मिति २०८२।०३।२८ गते २४:०० बजे ऐ. कुम्मायक गा.पा.४ बस्ने वर्ष २३ को उमेश तामाङ लगायत ५ जनाले सामुहिक ज.ज.क गरेको भन्ने ऐ.२९ गते १५:०० बजे खबर प्राप्त हुनासाथ जि.प्र.का पाँचथरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडक ५ जनालाई नियन्त्रणमा लिई दिन ५(पाँच)को म्यादथप गरी आ.अ भइरहेको ।                               अवैध (श्रोत नखुलेको) रकम बरामद                    मोरङ जिल्ला बिराटनगर म.न.पा.४ स्थित बिराटनगर बिमानस्थल सुरक्षा गार्ड बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिमानस्थलको टर्मिनल भवनमा चेकजाँच गर्ने क्रममा देश भारत बिहार राज्य फसियार घर बताउने अं.वर्ष ३२ को महमद रौनक जमिरलाई निजले बोकेको कालो झोलाभित्र श्रोत नखुलेको रु.५००/- दरका भारतीय नोट थान ५२७ (भा.रू.२ लाख ६३ हजार ५ सय) फेला पारी उक्त नगद ( ने.रू.४ लाख २१ हजार ६ सय) सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाएको ।                                                          ला.औ. मोरङ जिल्ला बिराटनगर म.न.पा.१६ हुलास चोक स्थित ला.औ.नि.ब्युरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको जि. मोरङ सुन्दरहरैचा न.पा.७ बस्ने वर्ष २१ को आविश उरावलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १६ मिलिग्राम फेला पारी ला.औ.सहित नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको।                                                          

मिति २०८२।०३।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२९

धारीलो हतियार प्रहार उदयपुर    त्रियुगा न.पा. १० आँखा अस्पताल नजिक ऐ. बस्ने वर्ष अ. २३ को राजेश मल्लिकलाई ऐ. बस्ने वर्ष अ.२४ को राकेश वि.क ले के कुन कारण चक्कुले प्रहार गर्दा निजको छाती, कुममा चोट लागी घाइते भएकोले उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगरमा लगी उपचार भइरहेको भन्ने खबर सोही अस्पतालमा खटिएको प्र.क मार्फत ऐ.०३/२९ गते राती ०२ :४० बजे जि.प्र.का.उदयपुरमा जानकारी प्राप्त भएको,उपचारमा निजको आमा संलग्न रहेको, अवस्था बोल्न नसक्ने गम्भीर रहेको, कुट्ने व्यक्ती तत्काल फरार रहेको,जि.प्र.का.बाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भइरहेको, कुट्ने व्यक्तीको खो.त.कार्य भइरहेको ।झै-झगडा/कुटपिटधनुषा    जिल्ला    बटेश्वर गा.पा.४ स्थित क्रिकेट ग्राउण्डमा क्रिकेट खेल्ने क्रममा खेलाडीहरू बिच झै-झगडा हुँदा ऐ.बटेश्वर गा.पा.३ कटानी टोल बस्ने वर्ष २३ को राजेश कुशवाहा समेत ५ जना घाईते भई १ जनालाई काठमाण्डौ तर्फ,२ जनालाई जानकी मेडिकल कलेज रमदैया र २ जनालाई ओम दिर्घायु हस्पिटल जनकपुर पठाएको,१ जनाको अवस्था गम्भीर, ४ जना मध्यम,  उक्त स्थानमा प्र.चौ.बटेश्वरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, झै-झगडामा संग्लन ऐ.४ बस्ने वर्ष २१ को भाग्यनरायण साह प्र.चौ.बटेश्वरको नियन्त्रणमा ।कैलाली जिल्ला    धनगढी उ.म.न.पा.१ स्थित कारागार कार्यालय कैलालीमा मिति २०८२।०३।२७ गते कारागार कार्यालयको भित्री ग्यालरिमा वेल्डिङ गरि दुई भागमा ब्लक बिभाजन गरेको भनी उक्त कारागार भित्र रहेका कैदि/थुनुवा बन्दीहरुले हो-हल्ला गरिरहेकाले सम्झाई बुझाई गर्ने कार्य भईरहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा ५१ जनाको टोली खटी गएको, थप बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल ज्यु समेत खटी जानु भएको, हो-हल्ला भएको अवस्थामा उक्त कारागारमा रहेका ज्यान मार्ने उद्दोग मुद्दाको कैदि जि.कैलाली टिकापुर न.पा.९ बस्ने बर्ष ३२ को खगेन्द्र बोगटीलाई नाकमा सामान्य चोट लागि उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, अवस्था सामान्य ।ला.औ.सिन्धुली जिल्ला कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास र अस्थाई ट्राफिक प्रहरी पोष्ट भिमान सहितको टोलीले विराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.सर्लाही बाग्मती न.पा.५ बस्ने वर्ष ४८ को निर बहादुर बूढाथोकीले चलाएको बा.५ ख ५०७५ नं. को हायस  गाडीलाई चेकजाँच गर्ने क्रममा सोही हायसको १० नं.सिटमा सवार जि.रुपन्देही मायादेवी गा.पा.४ बस्ने वर्ष ४७ को भगवान दास लोनियाको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ९५.०५० ग्राम र नगद रकम रु.५६,०००।–(छपन्न हजार) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।मोरङ    बिराटनगर म.न.पा.१४ मलाया रोड स्थितमा इप्रका रानी र ला.औ.नि.ब्युरो बिराटनगर बाट प्रह  को कमाण्डमा खटिएको संयुक्त टोलिले सडकको साईडमा को ३० प ४१० नम्बरको मो.सा.मा अडेस लागी गफ गरी रहेको जि.मोरङ बिराटनगर म.न.पा.१२ बस्ने बर्ष २३ को रोशन लाल महत्तो र देश भारत बिहार राज्य,अररिया जिल्ला,फुल्का थाना नं.पा. २ बस्ने बर्ष २१ को पवन कुमार यादवलाई संका लागी चेकजाँच गर्दा निजहरु मध्ये रोशन लाल महत्तोको साथ वाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १७४.३१ ग्राम सहित फेला पारी मो.सा. सहित दुबै जनालाई नियन्त्रणमा लिई राखेको ।मोरङ    कटहरी गा.पा.०३ कटहरी चोक स्थितमा प्र.चौ.कटहरीबाट खटिएको प्र.ब.ना.नि.को टोलीले चेकिङ गरी रहेको अवस्थामा चेकिङ टोली लाई देखी को. १ ख ४५१८ न.को ट्रक सोहि स्थानमा छाडि चालक फरार भएकोमा उक्त ट्रक चेकजाच गर्दा ला.औ.गाँजा १०५ बोरा ( अ.३१५० के.जी ) फेला पारी सुरक्षित साथ जि.प्र.का.मा ल्याई राखिएको ट्रक चालकको पहिचान तथा खो.त.भईरहेको ।

मिति २०८२।०३।२६ गते देखि ऐ. २७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२७

कर्तव्य ज्यान अर्घाखाँची जिल्ला सन्धीखर्क न.पा.१२ बाँसखर्क बस्ने वर्ष ७२ को जंग बहादुर नेपालीको झड्केलो छोरा अं.वर्ष ४० को झुपे नेपालीले आफ्नै घरमा मा.प.से.गरी बाबुलाई कुटपिट गरी मृत्यु घटनास्थलमा भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. अर्घाबाट प्र.व.ह.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जि.अ. सन्धिखर्क पठाईएको, कुटपिट गरी हत्या गर्ने झुपे नेपालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।ज.ज.क. /ज.ज.क.उधोग/बाल यौन दुरुपयोगरुपन्देही जिल्ला मिति २०८२।०३।२३ गते रातको  समयमा कोटहीमाई गा.पा.४ तुनिहवा बस्ने वर्ष १७ की  बालिकालाई  निजकै  घरको सुत्ने कोठामा गई ऐ.बस्ने वर्ष २३ को रहिस मुसलमानले ज.ज.क.गरेको भनी ऐ.२६ गते ०८:०० बजे इ.प्र.का.मझगाँवामा जानकारी प्राप्त हुनासाथ  इ.प्र.का.मझगाँवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक रहिस मुसलमानलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.मर्चवार रुपन्देही पठाएको ।नवलपरासी पश्चिम जिल्ला रामग्राम न.पा. ११ रानीपाकड बस्ने अं.वर्ष १७ की बालिकालाई ऐ.०३।२५ गते राती अं.००:०० बजे ऐ. राप्तीसुनारी गा.पा.७ थपथली गाँउ स्थायी घर भई हाल ऐ. रामग्राम न.पा.११ जमुवाड स्थित प्लाई बोर्ड उद्योगमा काम गरी सोही उद्योग भित्र बस्ने अं.वर्ष ३५ को हरि थारुले पीडितको आफ्नै घर पछाडी रहेको शौचालयमा गएको अवस्थामा पिडक एक्कासी उक्त शौचालयभित्र प्रवेश गरी ज.ज.क.गरेको भनी ऐ.२६ गते १०:३० बजे जि.प्र.का.मा जाहेरी दरखास्त हुना साथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।उदयपुर जिल्ला उदयपुरगढी गा.पा. वडा नं.७ मिति २०८२।०३।२५ गते अ.१६:०० बजेको समयमा सांकेतिक नाम गाईघाट १०३ (ग) को छोरी वर्ष १७ कि (नावालिका)सांकेतिक नाम १०३ लाई ऐ.ऐ. बस्ने वर्ष अ. २७ को धिरज मोतेले संवेदनशिल अंगमा समाति सुमसुम्याई बालयौन दुरुपयोग गरेको भनि पिडितको बाबुले आज मिति २०८२।०३।२६ गते अ.१५:०० बजेको जिल्ला प्रहरी कार्यालय उदयपुर जाहेरी दरखास्त दिएकोले अप्रपोष्ट नेपालटार उदयपुरमाबाट प्रसनि राम कुमार यादवको कमाण्डमा प्रहरी टोलि खटिगई निज धिरज मोतेलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ आवश्यक अनुसन्धान कार्य भइरहेको । कञ्चनपुर जिल्ला लालझाडी गाउपालीका वडा नम्बर ०६ चान्देब बस्ने बर्ष अ.५५ को प्रसादे ऐरले आफ्नो घरमा मोवाईल चार्ज गर्न आएकी ऐ.ऐ.ढक्का शिबिर बस्ने गोपाल सुनारकी छोरी बर्ष १० की परिवर्तित नाम कञ्चनपुर ७५बेलौरी(ढ )१ कुमारीलाई घरको कोठा भित्र शरिरका संबेदनशिल अंगमा छुने,समाउने,चलाउने,किस गर्ने र नाबालीकालाई समेत किस गर्न लगाएको भनि आज मिति २०८२।०३।२६ गते २१:०० बजेको समयमा पिडीतको आमा शान्ति सुनार ले इलाका प्रहरी कार्यालय बेलौरीमाबालयौन दुरुपयोग सम्बन्धी कसुरमा लिखित जाहेरी दिएको हुँदा तत्काल उक्त स्थानमा इलाका प्रहरी कार्यालय बेलौरीबाट प्र.ब.ना.नि को कमाण्डमा ७ जनाको टोली खटिगई, निज प्रसादे ऐरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलौरीमा राखीएको,अनुसन्धान भैरहेको ।डोटी जिल्ला पुर्विचौकी गा.पा. वडा नं. २ कुडासैन बस्ने बर्ष ३३ को खगेन्द्र ठकुल्लाले ऐ.ऐ. बस्ने बर्ष १३ की परीवर्तित नाम ७० सिलगढी २३(क) आफ्नै घरमा सुतेको अवस्थामा झ्याल बाट भित्र पसी करणीका आसयले समात्ने क्रममा बालिकाले हो हल्ला गर्दा खगेन्द्र ठकुल्ला भागी गएको भनि आज मिति २०८२।०३।२६ गतेको १३;०० बजेको समयमा जानकारी प्राप्त हुना साथ प्र.ब.ना.नि. विरेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिई गई निज खगेन्द्र ठकुल्ला लाई नियन्त्रणमा लिई यस का. को हिरासतमा राखी सम्पूर्ण प्रक्रिया पुरा गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।ईलाम जिल्ला सन्दकपुर गा.पा.१ आलुबारी स्थित बस्ने वर्ष ४२ को सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) ले निजको भाई वर्ष ३० को सांकेतिक नाम इलाम-आ-१(०८१/०८२) को श्रीमती वर्ष १९ की सांकेतिक नाम इलाम-आ (०८१/०८२) लाई  पिडितको घरमा ज.ज.क. प्रयास गर्न खोजेकोले पिडितको श्रीमानले देखि ऐ.०९;३० बजे प्रचौ बन्दुकेमा खबर प्राप्त हुनसाथ प्रचौ बन्दुकेबाट प्रनानि नागेन्द्र ब. बुढाथोकीको कमाण्डमा प्रहरी टोली खटि गई पिडक सांकेतिक नाम इलाम-आ १०(०८१/०८२) नियन्त्रणमा लिई ऐ. १२:४५ बजे जिप्रका ईलाममा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।झै-झगडा/कुटपिटजुम्ला जिल्ला पातारासी गा.पा.४ तिर्खु बस्ने अं.वर्ष ४९ को मदन नाथ धिताल र ऐ. बस्ने अं.वर्ष ३५ को राम बहादुर बोहरा बीच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा निज मदन नाथ धिताललाई छातिमा तथा शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि निजको श्रीमती डिलमाया धितालले ऐ.२३:०० बजे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ल्याई ICU मा राखि उपचार भईरहेको, अवस्था गम्भीर रहेको भनी ऐ. प्रतिष्ठानमा कार्यरत प्र.क.जि.प्र.का. जुम्लामा जानकारी गराएको र कुटपिट गर्ने व्यक्ति राम बहादुर बोहरालाई प्रहरी चौकी डिल्लिचौर जुम्लाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पक्राउ गरी प्रहरी चौकी डिल्लिचौर जुम्लाको नियन्त्रणमा राखिएको ।फुटकर ज्यानकाठमाडौं जिल्ला टोखा न.पा.९ मिलनटोल स्थित रामजी बुढाको ५ तले पक्की घर भाडामा लिई जि.सल्यान दार्मा गा.पा.५ घर हुने वर्ष ३६ को देवराज खड्काले संचालन गरेको न्यू भावना गेष्ट हाउसको तेस्रो तलाको ३०३ नम्बरको कोठामा मिति २०८२।०३।२५ गते अं.०६:०० बजे जि.धादिङ सिद्वलेख गा.पा.६ घर भई हाल का.जि.बौद्व बस्ने वर्ष २१ की सबिना मगर सहित ३ जना (केटी) साथीहरु गेष्टको रुपमा आई बसेकोमा निज सबिना मगर सुतेको बेडमा घोप्टो परी मृत अवस्थामा रहेको र उक्त कोठाको ढोका खुल्लै रहेको भन्ने खबर प्राप्त हुना साथ प्रभाग गोँगबुबाट प्र.नि.को कमाण्डमा ६ जना, जि.प्र.परिसर र वृत्त महाराजगंजबाट मुचुल्का टोली समेत खटी गई घटनास्थल लाशजाँच मुचुल्का कार्य भईरहेको,मृतकका साथी जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.१ घर भई हाल का.जि.गोकर्णेश्वर बस्ने वर्ष २३ की डोल्मा बम्जन सहित २ जनालाई थप आ.अ.कार्यको लागि नियन्त्रणमा लिईएको ।

मिति २०८२।०३।२५ गते देखि ऐ. २६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२६

ज.ज.क. उद्योग उदयपुर जिल्ला बेलका न.पा. ०९ बस्ने वर्ष २१ की महिलालाई ऐ.९ माछापुच्छ्रे सामुदायिक बनमा बाख्रा चराउन गएको मौका पारी मिति २०८२।०३।२३ गते अं.११:३० बजे,  ऐ.बेलका न.पा. ०८ भिमफेदी बस्ने वर्ष ४२ को धन्दे भन्ने तेज बहादुर राईले ज.ज.क.उद्योग गरेको भनि  पिडितको आमाले इ.प्र.का.मा ऐ. २५ गते  लिखित जाहेरी दिए पश्चात प्रहरी टोलि खटि गई निज पिडकलाई नियन्त्रणमा लिइएको साथै पिडितको अवस्था सामान्य रहेको ।              शंकास्पद मृत्युझापा जिल्ला बिर्तामोड न.पा.२ रामचौक स्थित सडक छेऊमा इ.प्र.का.अनारमनीबाट खटिएको प्र.स.नि.को टोलिले गस्ति गर्ने क्रममा तत्काल नामथर नखुलेको अ.बर्ष ४५ को पुरुष मानिस घाईते (टाउको लगायत शरिरको बिभिन्न भागमा चोट देखिएको) भई गम्भीर अबस्थामा फेला परी उपचारको लागी बिर्तासिटि अस्पताल पठाईएकोमा डाक्टरले चेकजाच गर्दा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको ।                                                  कैदी बन्दी मृत्युमोरङ जिल्ला विराटनगर म.न.पा.०५ घर भई जिल्ला कारागार मोरङमा रहेको ज.ज.क.मुद्दाको बन्दी वर्ष ४०को सन्तोष पाल लाई शरीर सुन्निएको, सास फेर्न गाह्रो हुने समस्या भएको कारण प्र.ह.को कमाण्डमा २ जनाले कोशी अस्पताल बिराटनगर लगी बेड भर्ना गरी उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.२५ गते १८:२५ बजे कोशी अस्पतालमा मृत्यु भएको,मृतकको शव सोही अस्पतालमा रहेको ।                                                      शिशु मृत फेला काभ्रे जिल्ला बनेपा न.पा.६ घर भई हाल का.जि. सुकेधारा बस्ने वर्ष ३६ की सिता दाहाल मिति २०८२।३।२४ गते ०५:३० बजे पेट दुखेको भनी काठमाण्डौ म.न.पा.०७ चावहिल स्थित हेल्पिङ हेण्ड्स अस्पतालमा आई अस्पतालको ईमर्जेन्सीमा रहेको शौचालयमा अं.५ महिना गर्वमा रहेको नवजात शिशु (छोरी) लाई जन्म दिएकोमा निजको साथी जि. पाँचथर घर भई हाल का.जि. बसुन्धारा बस्ने वर्ष ४० की कविता सेवा (लिम्बु) ले सुरुवालमा पोको पारी उक्त शौचालयको डस्टविनमा फालेको अवस्थामा ऐ.२५ गते अस्पतालको कर्मचारीले फोहोर निकाल्ने क्रममा मृत्त अवस्थामा फेला परेको निजको साथी कविता सेवा (लिम्बु) अस्पतालमै रहेको,प्रहरीको निगरानीमा उपचार भईरहेको उपचार पश्चात निजहरुलाई नियन्त्रणमा लिइएको ।                                                            ला.औ.झापा जिल्ला झापा गा.पा. ०१ सुडुखुट्टु स्थितमा इ.प्र.का.कुमरखोदबाट देश भारत बिहार राज्य जिल्ला किसनगंज सिंगीमारी पञ्चायत वडा न.०५ बस्ने वर्ष ६० को गबरी साह भारत बाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा निजले लागाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो खैरो पदार्थ प्लाष्टिक सहित १०० ग्राम फेला पारी साईकल सहित नियन्त्रणमा ।मोरङ जिल्ला धनपालथान गा.पा.०१गदियाखोला फुटबल ग्राउन्ड नजिक उखुबारीमा ला.औ.गाजा रहेको भन्ने सुचनाको आधारमा इ.प्र.का.रंगेलीबाट प्र.नि.,प्र.चौ.गडेरियाबाट प्र.स.नि., र BOP नोचाबाट स.प्र.नि.को कमाण्डमा खटिएको सयुक्त टोलीले बेवारिसे अबस्थामा ला.औ.गाँजा ८ सय २ के.जि. १०० ग्राम रहेको,सो गाँजा इ.प्र.का.रंगेलीमा ल्याई राखिएको ।झापा जिल्ला झापा गा.पा. ४ सुकुमबासी बस्ति स्थितमा भारतबाट नेपाल तर्फ साईकलमा सवार गरी आउदै गरेको जिल्ला झापा कनकाई न.पा.१ दुर्गापुर बस्ने अ.वर्ष ३० को पवन ऋषिदेबलाई गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको प्र.नि. र ला.औ. नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि. समेतको संयुक्त टोलीले  निजलाई चेकजाँच गर्दा निज चढि आएको साईकलको टायर भित्र रहेको ट्युबमा लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित अ.१५० ग्राम सहित नियन्त्रणमा ।

मिति २०८२।०३।२४ गते देखि ऐ. २५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२५

कर्तव्य ज्यान झापा अर्जुनधारा न.पा. ४ भाङवारी घर भइ हाल ऐ.८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने वर्ष २२ की गरिमा राई भन्ने गंगा सार्कीको कोठामा जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.वडा नम्वर ६ वैकुण्ठे घर भई ऐ.अर्जुनधारा न.पा.वडा न.८ वस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ को रमेश भुसाल गएको भनी निजको श्रीमती वर्ष ३२ की सुस्मिता भुसालले ऐ.बस्ने वर्ष ५४ की मैया श्रेष्ठ, ऐ. बस्ने बर्ष ३८ की बबिता बिक, ऐ.बस्ने बर्ष २४ की मेनुका पाँचकोटे र ऐ. बस्ने बर्ष ६० की नर्बदा सुनदास समेतलाई साथमा लिई गई निज गंगा सार्कीलाई कुटपिट गरी घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.शनिश्चरेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि शंखर अस्पताल शनिश्चरे लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा ऐ.२५ गते ०१:२० बजे चिकित्सकले मृत घोषणा गरेको, शव सोहि अस्पतालमा रहेको, कुटपिटमा संलग्न  ५ जना महिला र सुस्मिता भुसालको श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा, मृतकको आफन्त अस्पतालमा आई सकेको । ज.ज.क./ज.ज.क.उधोग खोटाङ-१९ गते दिउँसो १६:०० बजेको समयमा हलेसी तुवाचुङ न.पा. वडा नं. ०६ मंगलटार स्थित पिपलडाँडा मूनि बाटाघरे भन्ने ठाँउको विशाल क्षेत्रीको मकैबारी भित्र कानूनको विवादमा परेको वालक जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष १६ को सांकेतिक नाम ”६२” ले जिल्ला खोटाङ रावाबेशी गा.पा.-२ वतन भई हाल ऐ.हलेसी तुवाचुङ न.पा.-६ बस्ने वर्ष २४ की सांकेतिक नाम”६१” लाई जवरजस्ती करणी गरेको भनि पीडितले आज मिति २०८२।०३।२४ गते जि.प्र.का.खोटाङमा जाहेरी दरखास्त दिएको हुँदा घटनामा संलग्न सांकेतिक नाम ”६२” लाई आजै नियन्त्रणमा लिई यस कार्यालयको निगरानी कक्षमा राखी अनुसन्धान भई रहेको । चितवन जिल्ला  इच्छाकामना गा.पा. ३ खानी खोला तातुङ भन्ने स्थानमा ऐ.बस्ने वर्ष ३५ की महिलालाई घरमा कोही नभएको अवस्थामा घरको ढोका खोली कोठामा सुतिरहेको अवस्थामा जि.सिन्धुली दुधौली न.पा.५ घर भई हाल ऐ.बस्ने अं.२१ को पुरुषले ज.ज.क.गरेको भनि आज २४ गते १६:४५ बजे, अ.प्र.चौ.फिस्लिङमा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने पुरुष व्यक्तिलाई नियन्त्रणमा लिएको । धादिङ थाक्रे गा.पा.२ बस्ने वर्ष १७ की बालिकालाई ऐ.बस्ने वर्ष ६० को (काका नाता पर्ने) ले ज.ज.क.गरेको भनि ऐ.थाक्रे गा.पा.३ भुमेस्थान स्वास्थ्य चौकीमा उपचारको लागि आएको भनी उक्त स्वास्थ्य चौकीबाट ऐ.१६:०० बजे अ.प्र.पोष्ट सिम्लेमा खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गजुरीमा राखिएको । कैदी मृत्यु काठमाडौ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत महिला बन्दी सुधार गृहमा देश पाकिस्तान (लाहोर वाल्टन) स्थायि वतन भएकी वर्ष ५७ को ला.औ. मुद्दामा थुनामा रहेकी कैदी AYESHA HUSSAIN नसा सम्बन्धी बिरामी भई मिति २०८२।०३।२१ गते वीर अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारकै क्रममा निज कैदीको ऐ.२४ गते  अं.१०:५३ बजे मृत्यु भएको, कानुनी प्रकृयाको लागी प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई शव पो.मा.को लागी टिचीङ अस्पताल पठाईएको । थप विवरण  कारागार दाखिला मिति:- २०७१।०५।१० गते, सजाय:- १५ वर्ष, १० लाख जरिवाना मुद्दा चलाउने निकाय :- काठमाडौं । हा.ह.बरामद झापा इ.प्र.का.काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जिल्ला झापा मेचिनगर न.पा.६ स्थित मेचि भन्सार कार्यालयको परिसर भित्र सवारी साधन तथा यात्रु समेतको चेकजाँच गर्ने क्रममा देश भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी बस्ने बर्ष २५ को प्रतिक अग्रवालले चलाई लिई आएको WB74AJ0400 नम्बरको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार थान १ र निजले बोकेको साईड ब्याग भित्र प्लास्टिकको पोकोमा १८ थान उक्त  हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेकोले, उक्त अवैध हतियार, मोबाईल र सवारी साधन सहित निजलाई नियण्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टामा ल्याई अनुसन्धान कार्य भईरहेको । दाङ जिल्ला सल्यान कपुरकोट गा.पा.३ फलाटे घर भई हाल जिल्ला दाङ घोराही उ.म.न.पा.१५ बि.पी. चोक नजिक रहेको लोटस ट्रेनिङ सेन्टर (सिङगपुर आर्मी, ब्रिटिस आर्मी, ईन्डियन आर्मी, नेपाल आर्मी, नेपाल प्रहरीको ट्रेनिङ दिने भन्ने बुझिएको, निज अजय बि.क.ले ब्रिटिस आर्मी सम्बन्धि ट्रेनिङ गरिरहेको) मा ट्रेनिङ गरी (सोही ट्रेनिङ सेन्टरको होस्टेलमा) बस्ने वर्ष १९ को अजय बि.क.ले अवैध हतियार तथा गोली गठ्ठा गोप्य रुपमा लुकाई छिपाई राखेको भनी व.प्र.का.घोराहीमा जानकारी प्राप्त हुनासाथ व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुत्ने खाट मुनी राखेको कालो रंगको JORDAN लेखेको पछाडी भिर्ने र्‍याग्जिनको झोला भित्र राखेको 0.32pistol civil INGSF1902134300.32 Indian ord nance Factury लेखेको पेस्तोल थान-१ (एक), ऐ.ऐ.मा लाग्ने गोली थान-४ (चार), ऐ.ऐ.मा लाग्ने ७ राउण्ड क्षमता भएको म्याग्जिन थान-१ वरामद गरी हतियार सहित निज अजय बि.क.लाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान भईरहेको ।     ला.औ. झापा भद्रपुर न.पा.वडा न.७ चिँया पसल नजिक हुलाकी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्र.नि. बिजय चौहान र ला.औ.नियन्त्रण ब्युरो काकरभिट्टावाट प्र.ना.नि.कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलम र जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँयालाई शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरी माथी हातपात गरी भाग्न खोज्दा नियन्त्रणमा लिनको लागी चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३/३ गरी जम्मा ६ राउण्ड गोली फायर गरी जिल्ला झापा कचनकवल गा.पा. वडा नं. ५ बस्ने बर्ष ५५ को नशरुदिन मिँया । (निजको दाहिने खुट्टाको पिड्युलामा १ राउण्ड गोली लागी सामान्य घाईते भई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा  सामान्य उपचार पश्‍चात डिस्चार्ज भई कार्यालयमा ल्याईएको, निजको साथबाट १०२ ग्राम १० मिलि ग्राम ला.औ.ब्राउन सुगर जस्तप पदार्थ फेला परेको र देश भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ को मनिसुर आलमको साथबाट  ७० मिलि ग्राम ला.औ.ब्राउन सुगर बरामद गरी आवश्यक अनुशन्धान तथा कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालाय झापामा ल्याई राखीएको ।

मिति २०८२।०३।२३ गते देखि ऐ. २४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२४

कर्तव्य ज्यान-मोरङ, रतुवामाई न.पा. ६ शनिश्चरे बजार बस्ने अं.वर्ष ६० की टिकामाया कार्की मिति २०८२।०३।२१ गते ०८:०० बजे घाँस काट्न भनि हिंडेकोमा घर नफर्के पछि खोज्दै जाँदा ऐ. न.पा. ६ केशरवारी छेउ आफ्नै खेतमा ऐ.१६:०० बजे मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सिजुवाबाट प्र.नि.को कमाण्डमा टोली खटी कानूनी प्रकृया पूरा गरी शव पो.मा.को.लागि कोशी अस्पताल बिराटनगर पठाई पो.मा.प्रश्चात निजको छोराले शव बुझी लगेकोमा ऐ.२३ गते १६:०० बजे अनुसन्धान गर्ने क्रममा  ऐ.बस्ने आफ्नै देवर नाता पर्ने अं.वर्ष ६९ को टंक बहादुर बस्नेतलेनिज टिकामाय कार्कीलाई हँसियाको बिडले टाउकोको पछाडी घुच्चुकमा प्रहार गरी मारेको भन्ने खुल्न आएको,निजलाई हँसिया सहित नियन्त्रणमा लिई इ.प्र.का.सिजुवा ल्याई आ.अ.भईरहेको । धनकुटा न.पा. ९ खुरिला बस्ने वर्ष १६ को प्रमिश राईलाई आ.अ.को लागि  जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा प्रहरी टोली खटी गई घरबाटै नियन्त्रणमा लिई बाल निगारनी कक्षमा राखी अनुसन्धान कार्य भईरहेकोमा, निजले मिति २०८१।१२।०३ गते ऐ. धनकुटा न.पा.७ चुलिबनमा र २०८२।०३।१७ गते त्रिवेणि मा.बि.को साईन्स ल्याब तर्फ भवनको सिंढीमा  ऐ.बस्ने अं. वर्ष १३ की बालिकालाई ज.ज.क. गरेको भनि पिडितको आमाले जि.प्र.का. धनकुटामा जाहेरी दिएकोले उक्त अरोपित बालकलाई  दिन ५ म्याद थप भई आ.अ. भईरहेको, पिडित बालिकाको अवस्था सामान्य रहेको । ललितपुर, महाङ्काल गा.पा. ३ गोटीखेल धामीडाँडा स्थित ऐ.बस्ने वर्ष ६ की बालिकालाई ऐ.बस्ने वर्ष १४ को र ऐ. बस्ने वर्ष १५ को बालकहरूले ललाई फकाई ऐ. स्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर पीडितको आमाले मिति २०८२/०३/२३ गते २१:०० बजे प्रहरी वृत्त चापागाउँमा निवेदन दिए पश्‍चात ई.प्र.का. टुङ्गुनबाट प्र.ना.नि. सहितको टोली खटी गई निजहरुकै घरबाट नियन्त्रणमा लिई दुवै जनालाई प्रहरी वृत्त चापागाउँमा बुझाएको, निज पीडित बालिकाको मेडिकल पश्‍चात आमाको जिम्मा लगाई पठाईएको । जलि मृत्यु-काठमाडौं, जि.काभ्रे बनेपा न.पा.८ भोलाखा बस्ने वर्ष ५२ को हेमराज शाही मिति २०८२/३/१७ गते अं.०६:०० बजे, आफ्नै  घरको भान्सा  कोठामा खाजा बनाउने क्रममा एक्कासी ग्याँस लिग भई आगलागी हुँदा शरीरको विभिन्न भागहरु (७०-७५%) जलि घाइते भई स्थानीय अस्पताल सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. १०:०० बजे जि. काठमाडौं कीर्तिपुर न.पा.२ देवढोका स्थित रहेको कीर्तिपुर वर्न अस्पतालमा ल्याई उपचार भईरहेकोमा ऐ.२३ गते अं. २०:५३ बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएको, उक्त स्थान प्रहरी वृत्त कीर्तिपुरबाट ३ कि.मि.पश्‍चिम पर्ने । हा.ह.बरामद-तनहुँ, इ.प्र.का.बन्दीपुरबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले  ऐ.बन्दिपुर गा.पा.३ शेराटार स्थित बेलौती गैरा बाटोमा बेबारिसे अवस्थामा १ नाले भरुवा बन्दुक (साबुत) थान १ फेला पारी नियन्त्रणमा लिएको, आ.आ.कार्य भईरहेको । ला.औ.-चितवन, खैरहनी न.पा.९ स्थित खुरखुरे चोक नजिकै पूर्व-पश्चिम महेन्द्र राजमार्गमा लागु औषध गाँजा ओसार पोसार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.खैरहनीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बागमती प्रदेश ०६-०१ प ६९९६ नं.मो.सा.मा लुकाई छिपाई ल्याउँदै गरेको ५ किलो ८०० ग्राम गाँजा सहित ऐ. खैरहनी न.पा.१३ बस्ने वर्ष २४ को रोजन तिमल्सिना र ऐ.बस्ने वर्ष २५ को करण चौधरीलाई नियन्त्रणमा लिई इ.प्र.का.खैरहनीमा ल्याई आ.अ.कार्य भईरहेको|  मोरङ, धनपालथान गा.पा ०२ पैटामा स्थित प्र.चौ. अमाहि बरियातीबाट प्र.स.नि. को कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ जादै गरेको BR 38 Q 5686 नम्बरको भारतिय सुपर स्पलेण्डर मो.सा.लाई रोकी चेकजाँच गर्दा मो.सा चालक देश भारत जिल्ला अररिया पहुँसी ग्राम पंचायत -२ बस्ने बर्ष २२ को मोहमद ईर्सादले बोकेको प्लास्टिकको जेब्रा झोलाभित्र राखेको अन्दाजी २५ केजी गाँजा सहित मोसा र चालकलाई पक्राउ गरी थप अनुसन्धानको लागी इ.प्र.का.. रंगेलीमा ल्याएको ।

मिति २०८२।०३।२२ गते देखि ऐ. २३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२३

सिन जिल्ला विवरण कै ज.ज.क./यौन दुर्व्यवहार १. कञ्चनपुर जि.कैलाली धनगढी उ.म.न.पा.४ पुरानो खानेपानी ट्याङकी डेरा गरी बस्ने वर्ष १५ की बालिका(तेक्वान्दो प्रशिक्षार्थीलाई) ऐ.बस्ने वर्ष ३५ को पृथ्वी राज घिमिरे(तेक्वान्दो प्रशिक्षकले) तेक्वान्दो खेल सामग्री मध्येको कि- प्याड लिन जाउँ भनी मो.सा.मा राखि जि.कञ्चनपुर पुनर्वास न.पा.३ आफ्नो  तेक्वान्दोको कार्यालय भवनको दोस्रो तलाको कोठामा लगी मिति २०८२।०३।१२ गते १७:०० बजे र मिति २०८२।०३।१८ गते ११:०० बजे भिमदत्त न.पा.१८ को बसपार्क स्थित नाम थाहा नभएको होटलको कोठामा लगी पुनः ज.ज.क.गरेको भनी ऐ.२० गते २१:०० बजे इ.प्र.का. त्रिभुवनबस्तीमा जाहेरी दरखास्त दिएकोमा ऐ.२२ गते उक्त जाहेरी दर्ता गरी प्रतिबादी पृथ्बीराज घिमिरेको पक्राउ अनुमतिको लागि सम्मानित अदालत समक्ष पेश भएको, निज बालिकालाई सेफ हाउस धनगढी कैलाली पठाईएको, साथै उक्त ज.ज.क. गरी फरार रहेको पृथ्वी राज घिमिरे (तेक्वान्दो प्रशिक्षकको) खो.त. कार्य भईरहेको ।   २. भोजपुर भोजपुर २३ गते अन्दाजी ०१;०० बजेको समयमा जिल्ला भोजपुर रामप्रसाद राई गा.पा.८ बासिखोरा घर भई पौवादुङमा गा.पा.३ च्याङग्रे मामालीमा आई बसेको बिकास राईको श्रीमती वर्ष अं.२१ की प्रभा राई(मानसिक सन्तुलन ठिक नभएको) महिलालाई ऐ.पौवादुङमा गा.पा.३ तुसारे जंगल स्थित ऐ.गा.पा.३ बस्ने वर्ष अं.२३ को रोशन बिक र ऐ.ऐ.बस्ने वर्ष अं.२२ को दिपेश राईले निज महिला मामाघर तर्फ जाने क्रममा ज.ज.क. गरेको भनि पिडित महिला ऐ.०१;३० बजेको समयमा प्रचौ च्याङग्रेमा आई जानकारी गराउना साथ तत्काल प्रचौ च्याङग्रेबाट प्रबह ध्रुव कटुवाल(९८६२९४०२७७)को कमाण्डमा २ जना टोली खटिगई खोत गरी ऐ.०२;४० बजेको समयमा निजहरुलाई घरबाटै नियन्त्रणमा लिएको, थप अनुसन्धान तथा कारवाहीको लागि इप्रका तिवारीभञ्ज्याङबाट प्रसनि राधाकृष्ण पौडेलको कमाण्डमा ४ जना टोली खटिगई इप्रका तिवारीभञ्जयाङ भोजपुरमा ल्याई सोधपुछ तथा अनुसंन्धान कार्य भईरहेको,निज महिलाको दाहिने घुडामा सामान्य चोट,अबस्था सामान्य रहेको   ला.औ. १. मोरङ नेपाल प्रहरी केन्द्रीय लागु औषध अनुसन्धान ब्युरो काठमाण्डौबाट खटी आएको प्रनि राकेश यादब, लागु औषध अनुसन्धान ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटीएको संयुक्त प्रहरी टोलीले जिल्ला मोरंग रंगेली न पा वार्ड नं ८ स्थित डिल्लीराम श्रेष्ठको २ तले काठ ईटाले बनेको घरको मुनी तला दक्षीण पुर्ब तर्फको कोठामा रंगेली न पा ८ घर भई भाडामा बस्ने बर्ष अ.५४ को कृत्यानन्द ठाकुरको कोठामा ला.औ. कारोबार भईरहेको भन्ने सुचनाको आधारमा चेकजाँच गर्दा उक्त कोठाबाट प्लाष्टिक सहित ४२५ ग्राम ला.औ. खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित निज कृत्यानन्द ठाकुर, ऐ. रंगेली ८ दर्बेशा बस्ने बर्ष ३० को शुशिल बुढाथोकी र देश भारत अररिया जिल्ला कुर्शा कट्टा घर भएकी बर्ष अं.५० कि हसिना भन्ने बिजली खातुन समेतलाई पक्राउ गर्ने क्रममा निजहरु भाग्न खोजेकोले नेपाल प्रहरी केन्द्रीय लागु औषध अनुसन्धान ब्युरो काठमाण्डौबाट खटी आएको प्रनि राकेश यादबले बोकेको सानो चाईनिज पेस्तोलबाट १ (एक) राउण्ड हवाई फायर गरी निजहरुलाई उक्त ला.औ. खैरो हेरोईन जस्तो देखिने पदार्थ, ४ थान आईफोन र नगद ने.रु.१,२१,०००।– ( एक लाख एक्काईस हजार ) सहित नियन्त्रणमा लीई  इप्रका रंगेलीमा ल्याई आवश्यक अनुसन्धान भइरहेको ।   २. उदयपुर त्रियुगा न.पा. ११ पुरानो गाईघाट स्थित ऐ.बस्ने वर्ष ३० को विनोद चौधरीले प्रतिबन्धित लागू औषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अ.प्र.पोष्ट तरकारी बजारबाट प्र.ब.ह.को टोली खटी गई निजलाई चेकजाँच गर्दा निजको साथबाट अं. २/३ खिल्लि गाँजा, १०० ग्राम ७५० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र रु.३ हजार ४सय ३४ रुपैयाँ नगद समेत फेला परेकोले  नियन्त्रणमा लिई जि.प्र.का.ल्याई आ.अ. कार्य भईरहेको ।   ३. धादिङ बेनिघाट रोराङ गा.पा. ९ मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवनतर्फ जाँदै गरेको जि. धादिङ गजुरी गा.पा.७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्र.चौ. जोगिमाराबाट प्र.स.नि.को कमाण्डमा खटी गएको टोलिले चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा पोका पारेको ११ पोका अं.१० के.जि.५०० ग्राम फेला पारी ला.औ.गाँजा सहित अटो र अटो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.गजुरी पठाईएको ।   ४. काठमाडौं लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंबाट खटिएका प्रहरी कर्मचारीहरूले मिति २०८२।०३।२१ गते २३:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फ भन्सार जाँच पास एरियामा Bangkok Airways को उडान नम्वर TG309 मार्फतBANGKOK SUVARNABHU बाट काठमाडौं आएका भारतीय नागरिक पासपोर्ट नम्वर T7388935 बाहक वर्ष ६५ को RAKESH WAHAB लाई लागु औषध सेतो हेरोईन ६ किलोग्राम ५०० ग्राम, १०० दरको अमेरिकन डलर थान-२ समेतका दसिहरु सहित पक्राउ गरी लागु औषध नियन्त्रण व्यूरोमा प्रतिवेदन सहित दाखिला गरेका हुँदा पक्राउमा परेको व्यक्तिलाई काठमाडौं जिल्ला अदालतबाट लागु औषध गाँजा मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको,ऐ.२२ गते २०:०२ बजे केन्द्रीय प्रहरी परीचालन कक्षमा जाहेरी प्राप्त भएको ।  

मिति २०८२।०३।२० गते देखि ऐ. २२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२२

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. भोजपुर रामप्रसादराई गा.पा.१ हुर्बु भञ्ज्याङ स्थितबाट जि.भोजपुर भोजपुर न.पा.२ हेलौछा घर बताउने हर्क बहादुर राईको छोरा अ.वर्ष ३० को राजेन्द्र राईले मान्छे मारेको छु मलाई समात्न आउनु भनि ऐ.०१:१५ बजे टेलिफोन मार्फत जि.प्र.का.भोजपुरमा जानकारी गराउनासाथ अ.प्र.चौ.ओख्रेबाट प्र.स.नि.को कमाण्डमा ३ जनाको टोली खटी गई हेर्दा निज राजेन्द्र राईको पेटमा ३ ठाँउमा धारीलो हतियारले रोपिएको जस्तो चोट रहेको अवस्थामा फेला परेको हुदा निजलाई उपचारको लागी स्थानिय स्वास्थ्य क्लिनिकमा लगी उपचार भईरहेको अवस्था गम्भीर रहेको,निज घाईते संग बुझ्दा ऐ.२३:०० बजे जि.भोजपुर रामप्रसादराई गा.पा.२ धोत्लेखानीस्थित ससुराली घरमा सासु आमाले धारिलो हतियार चक्कु प्रहार गरे पछि मैले मेरो सासु,ससुरा,सालो र श्रीमतीलाई चक्कु प्रहार गरी मारी दिए भनि भनेको ऐ०३:५० बजे अ.प्र.चौ.ओख्रेबाट खटिएको प्र.ह.को कमाण्डमा टोली जि.भोजपुर रामप्रसादराई गा.पा.२ धोत्लेखानीस्थित ससुराली घरमा पुगेको हर्दा घर कोठाभित्र एउटै कोठामा ४ वटा शव निजको ससुरा जि.भोजपुर रामप्रसादराई गा.पा.-२ धोत्लेखानी बस्ने बर्ष अं. ६८ बेल बहादुर गिरी, निजको सासु ऐ.बस्ने अं.वर्ष ४५ की मन्जु गिरी, निजको श्रीमती  ऐ.बस्ने अं.वर्ष १५ की मनिषा गिरी र निजको सालो ऐ. बस्ने अं.वर्ष ९ को श्रवन गिरी समेत चारै शव फेला परेको हुदा अनुसन्धान तथा कानुनी प्रकृयाको लागी ई.प्र.का.घोडाटरबाट प्र.नि.को कमाण्डमा टोली र जि.प्र.का.बाट सोको टोलीसमेत त्यसतर्फ खटिएको र निज घाईते राजेन्द्र राईलाई थप उपचारको लागी २ जना प्र.क.को साथ लगाई जिल्ला अस्पताल भोजपुर पठाईएको, अवस्था गम्भीर,अन्य आ.अ.भईरहेको ।   २. बाँके बैजनाथ गा.पा. २ मकैबारी बस्ने वर्ष ६० को टोप बहादुर रोकायलाई निजको छोरा अं.वर्ष ३२ को भुपेन्द्र रोकाय ( मानसिक सन्तुलन ठिक नभएको भन्ने बुझिएको) ले आफ्नै घर आँगनमा सहोदर बुबालाई दाउराले टाउकोमा हानी घटनास्थलमा नै मारी फरार भएको भनि ऐ.२०:४५ बजे स्थानियले इ.प्र.का.बनकटवामा जानकारी गराउनासाथ उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा र इ.प्र.का. चिसापानीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का.कोहलपुरबाट प्र.ना.उ.को कमाण्डमा ११ जना र प्र.नि.को कमाण्डमा टोली खटी गएको, शब घटनास्थलमा नै रहेको, निज भुपेन्द्र रोकायको खो.त.भईरहेको, थप अनुसन्धानको लागि ऐ. २२:०५ बजे प्रदेश प्रहरी कार्यालय कर्णाली (हाल कोहलपुर बाँके)बाट प्र.ना.नि.को कमाण्डमा Dog सहित ४ जनाको टोली खटी गई शवको कानुनी प्रकृया इरा गरी पो.मा.को लागि भरी अस्पताल नेपालगंज पठाईएको ।   ज.ज.क. १. डडेल्धुरा मिति २०८२।०३।१८ गते १५:०० बजे परशुराम न.पा.८ जम्रानी गैरी गाँउ बस्ने वर्ष १२ की बालिकालाई छिमेकी तारा सिंह ठगुन्नाको घर पछाडि गएको समयमा ऐ.बस्ने वर्ष ५० को लक्ष्मण बहादुर धामीले ज.ज.क. गरेको भनी पीडितको बुवाले ऐ.२१ गते १४:०० बजे इ.प्र.का.जोगबुढामा निवेदन दिए प्र.नि.को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण पश्चात जि.प्र.का.पठाएको, पीडितको अवस्था सामान्य ।     मोरङ सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष ११ की बालिकालाई मिति २०८२/०२/०३ गते अं. १३:३० बजे ऐ.बस्ने वर्ष २९ को बिवेक भन्ने बिवस सार्कीले बालबालिका सम्बन्धि कसुर बाल यौन दुर्व्यबहार गरेको भनि ऐ.२० गते अं.०९:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.बेलबारीबाट प्र.ना.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भईरहेको ।     प्युठान स्वर्गद्वारी न.पा.९ धापखोला बस्ने वर्ष ९ की बालिका (शारिरीक रुपमा ख वर्गको अपाङ्ग)लाई मिति २०८२।०३।१७ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को बालकले  घरमा कोही नभएको मौका छोपी सुतिरहेको अवस्थामा निजको घरमा गई ज.ज.क.गरेको भन्ने खबर ऐ. ०३।२० गते १२:०० बजे प्राप्त हुनासाथ अ.प्र.पो.लामाचौरबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको ।   धारीलो हतियार (छुरा) प्रहार १. धनकुटा धनकुटा न.पा.९ मुलघाट बजार बस्ने वर्ष ४५ को सनम सुब्बा र निजको श्रीमती अं.वर्ष ४० की माया राई विच घरायसी विवाद हुदा श्रीमती वर्ष ४० की माया राईले निजको श्रीमान सनम सुब्बालाई मलद्धारमा छुराले प्रहार गरी घाईते बनाएको, उक्त स्थानमा प्र.चौ. मुलघाटबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई छुरा प्रहार गर्ने वर्ष ४० की माया राई र छुरालाई नियन्त्रणमा लिई प्र.चौ.मुलघाट धनकुटामा ल्याई राखी आवश्यक कार्वाहिको लागी जि.प्र.का.धनकुटापठाइएको ,निज घाईतेको अवस्था गम्भीर रहेको, घाईतेलाई उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको ।   सुधार केन्द्रबाट केटाहरू भागेको १. कैलाली गोदावरी न.पा.०१ भरतपुर स्थित जिल्ला कैलालि टिकापुर न.पा.०१ बस्ने बर्ष ३५ को बिमल कुमार भट्टले संचालन गरेको उग्रतारा सुधार केन्द्रमा रहेका ८४ जना मध्ये  २२जना केटाहरू सोहि केन्द्रमा वाडेनको रुपमा कार्यरत जिल्ला कैलालि टिकापुर न.पा.०१ बस्ने बर्ष ४८को भरत शाहको दुबै हात पछाडि समाति,आँखामा धुलो दलि  सोहि केन्द्रको पश्चिम दक्षिण तर्फको दिवाल भत्काई भागि फरार भएका भनि जानकारी गराउनासाथ उक्त स्थानमा इ.प्र.का.मालाखेतीबाट प्र.नि.को कमाणडमा टोली खटी गएको,भाग्ने केटाहरूको  बारेमा बुझ्ने कार्य भईरहेको ।   ला.औ. १. सुर्खेत वीरेन्द्रनगर न.पा. ५ रातोपुल स्थित ला.औ. नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका प्र.स.नि. कृष्ण चन्द र जि.प्र.का. सुर्खेतबाट खटिएका प्र.स.नि. दिपक शाही सहितको संयुक्त प्रहरी टोलीले जिल्ला कालिकोट पलाता गा.पा. ०२ घर भई हाल जिल्ला सुर्खेत वि.न.पा. ५ बस्ने बर्ष ३९ को पदम बहादुर बम लाई शंका लागि चेकजाच गर्ने क्रममा निजको साथबाट १ पोका ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ ग्राम ७०० मिलि ग्राम ला.औ. र एक थान Redmi मोवाईल सहित निजलाई  नियन्त्रणमा ल्याएको।     धनकुटा साँगुरीगढी गा.पा.६ भेडेटार चौक स्थित कोशी लोक मार्गमा  इ.प्र.का.भेडेटार धनकुटाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको चेकिङ् टोलीले तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको ना ४ ख ६३१८ न.को  यात्रुवाहक बस रोकी चेकजाँच गर्दा बसमा सवार ऐ. पाख्रिवास न.पा.८ बस्ने वर्ष ४६ को भिम बहादुर राई माथि संका लागी चेकजाँच गर्दा निज बसेको सिट मुनि लुकाई छिपाई राखेको जेब्रा झोला खोली हेर्दा ला.औ.गाँजा अं.७ के.जि.फेला परी ला.औ.गाँजा र निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनकुटामा ल्याई राखिएको,बस यात्रु लिई गन्तब्य तर्फ गएको     सुनसरी भोक्राहा नरसिंह गा.पा. ६ ढलान रोड स्थित सडक खण्डमा लागु औषध ओसार पसार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही प्र.व.ना.नि. र ला.औ.नि.ब्युरो बिराटनगरवाट  प्र.ह. को कमाण्डमा खटी गएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा को ३३ प २९२ नम्बरको मो.सा. मा जि. सुनसरी ईटहरी उ.म.न.पा. १७ पकली बस्ने वर्ष २४ को बलराम चौधरी र ऐ.वडा नं.१९ वस्ने वर्ष ३२ को अरविन्द्र भण्डारीलाई शंका लागि निजहरुको शरीर रितपुर्वक खानतलासी गर्ने क्रममा मो.सा. चालक वर्ष २४ को बलराम चौधरीले  लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १४ ग्राम ३० मिलिग्राम  र प्लाष्टिक वाहेक १२ ग्राम ३००मिलिग्राम फेला पारी निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई राखिएको घटना स्थल इ.प्र.का.लौकहीबाट अ.३ कि.मि. दक्षिण पर्ने ।  

मिति २०८२।०३।१९ गते देखि ऐ. २० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-२०

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. मोरङ मिति २०८२।०३।१८ गते अं.१५;०० बजे कटहरी गा.पा. ३ ईको पावर सलुसन प्रा.लि. भित्र को. १ त ५९३३  नं. को ट्रयाक्टर चालक ऐ. बस्ने अं.वर्ष ३० को हनुमान भन्ने दिपेश कामतले ना ५ ख ९६१६ नं. को ट्रक चालक जि.सर्लाही घुरकौली ८ बस्ने अं.वर्ष ४० को गोर्खा बहादुर डंगलाई दाउराले हिर्काउँदा टाउकोमा चोट लागी  घाइते भई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरमा लगी उपचार भईरहेकोमा, ऐ.१९ गते १५:१४ बजे निज गोर्खा बहादुर डंगको उपचार क्रममा  मृत्यु भएको भनि सोहि अस्पतालमा कार्यरत प्र.क.ले जानकारी गराएको लाश सोहि अस्पतालमा नै रहेको, र निज प्रतिवादीलाई पक्राउ गरी  अनुसन्धान कार्य भईरहेको ।   ला.औ. १. सुनसरी धरान उ.म.न.पा.१३ निशाने स्थित कोशी राजमार्गमा अ.प्र.चौ.अमरहाटबाट प्र.स.नि.को कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नं. को बस (तेह्रथुम-काठमाण्डौ चल्ने) चेकजाँच गर्ने क्रममा उक्त बसको डिकीमा रहेको २ वटा सुटकेश भित्र लुकाईछिपाई अं.४९ के.जि.७२५ ग्राम बराबरको गाँजा फेला पारी जि.भोजपुर पौवादुम्मा गा.पा.६ बस्ने बर्ष ३६ को जिवनराज राई र ऐ.बस्ने बर्ष ३१ को आरएन राईलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई आ.अ.भईरहेको,   २. सुर्खेत वीरेन्द्रनगर न.पा.६ बसपार्क स्थितबाट ला.औ. नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएका प्र.स.नि. र जि.प्र.का. सुर्खेतबाट खटिएका प्र.ब.ना.नि.को सहितको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर न.पा. १३ गुप्तिपुर बस्ने वर्ष २३ को कुशल श्रीमालले चलाएको भे ८ प ३३४० न. को स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा हेलमेटमा लुकाई छिपाई राखेको अबस्थामा नापतौल नगरेको १६ पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र ऐ. वीरेन्द्रनगर न.पा. १३ गुप्तिपुर स्थित ऐ. बस्ने वर्ष २७ को भक्त ब. सार्कीलाई आफ्नै घर नजिकै शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट नापतौल नगरेको २ पुडिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित जम्मा १८ पुडिया ला.औ.,निज दुबै जना र स्कुटी सहित नियन्त्रणमा लिई जि.प्र.का.सुर्खेतमा राखिएको   कुटपिट/झै झगडा १. मुगु मुगम कार्मारोङ गा.पा.०८ माग्री स्थित रहेको वडा कार्यालयमा ऐ.वडा न.९ चिमात बस्ने बर्ष अ.१९ को ओम प्रकाश एडी र ऐ.वडा न.७ बस्ने बर्ष अ.२८ को पेमा रिक्साङ लामाले मा.प.से.गरी वडा न.८ को वडा सचिव जिल्ला मुगु छायाँनाथ रारा न.पा.वडा न.४ भामबाडा बस्ने बर्ष ३५ को ढेड सिंह भामलाई कुटपिट गरेको भनि ऐ.वडाका वडा अध्यक्षले टे.फो.मार्फत ऐ.१९:०५ बजे खबर गरे पश्चात प्र.चौ.छायल मुगुबाट प्र.ब.ह.को कमाण्डमा ४ जनाको टोलि खटि गई बुझ्दाँ वडा सचिवको अवस्था सामान्य रहेको ऐ.वडाको पुर्व साईटको काठको दुई वटा झ्याल फुटाएको,राष्टिय परिचय पत्रको फम ४ वटा च्यातेको,३ वटा सोलार प्यानल पाता फुटाएको,निज ब्यक्तिहरु फरार रहेको खो.त.भईरहेको  

मिति २०८२।०३।१८ गते देखि ऐ. १९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१९

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. धनुषा जनकपुर उ.म.न.पा.१५ कुवारामपुर बस्ने अं.वर्ष ६५ को बासुदेव साहलाई निजकै ज्वाई ऐ.न.पा.२१ कुर्था बस्ने अं.वर्ष ४८ को बेचन महासेठले घरायसी,जग्गा विवादको कारणले चक्कुले निजको पेटमा प्रहार गर्दा गम्भीर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.१०:३० बजे मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको,उक्त स्थानमा प्र.चौ.हनुमाननगरबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा शव पो.मा. पश्चात आफन्तले बुझी लगेको,चक्कु प्र.चौ.हनुमाननगरमा ल्याई राखेको,चक्कु प्रहार गर्ने बेचन महासेठ फरार खो.त.कार्य भईरहेको ।   २. झापा मिति २०८२।०३।११ गते ०६:४० बजे शिवसताक्षी न.पा.९ संगम चौक बस्ने अमर तामाङको छोरा राष्ट्रिय रमणीय मा.वि.दुधेमा कक्षा ८ मा अध्यनरत वर्ष १५ को आदित्य तामाङ स्कुलबाट ट्युसन पढी घर तर्फ फर्कदै गर्दा ध्रुब तारा बोडिङ स्कुल दुधेमा अध्यनरत आयुस राई समेत ६ जनाले ऐ.११ स्थित प्लटिङमा बोलाई के कुन कारण कुटिपट गरी घाईते भई B&C अस्पताल बिर्तामोडमा ल्याई उपचारको क्रममा ऐ.१८ गते १३:४५ बजे मृत्यु भएको,  कुटपिट गर्ने ६ जनालाई ऐ.१६ गते नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा ३ दिन म्याद थप भएको । थप टिपोट :- मृत्यु पश्यत कर्तव्यमा जाहेर ।   ३. बारा कलैया उ.म.न.पा.१० मटिअर्वा बस्ने वर्ष ३५ को बच्चा मियाँले घरायसी समस्याको कारण आफ्नै श्रीमती वर्ष २३ की सहिना खातुनलाई मासु काट्ने दाउले टाउको र घाँटीमा प्रहार गरी घटनास्थलमै मृत्यु भएको,शव घरमै रहेको,उक्त स्थानमा प्र.चौ.मटिअर्वाबाट प्र.ह.को कमाण्डमा टोली खटी गई बच्चा मियाँलाई दाउ सहित नियन्त्रणमा लिई राखिएको ।   ज.ज.क./यौन दुर्वयवहार १ कपिलबस्तु मिति २०८२।०३।१७ गते अं १०:०० बजे बुद्धभुमी न.पा.१ बिरपुर बस्ने वर्ष ४ की  बालिकालाई निजको घरमा कोही नभएको मौका छोपी निज नावालिकालाई नाताले मामा ठुलो हजुरबुवा पर्ने जि.अर्घाखाँची शितगंगा न.पा.३ झिर्राथुम बस्ने वर्ष ३० को पुरुषले यौन दुर्व्यवहारगरेको भनीर ऐ.१८ गते ०९:०० बजे इ.प्र.का.गोरुसिंगेमा खबर प्राप्त हुनसाथ इ.प्र.का. गोरुसिङगेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.गोरुसिङमा राखी मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको, पीडितलाई ऐ.१८:३० बजे यौनजन्य स्वास्थ्य परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएको ।   ला.औ. २ मकवानपुर कैलाश गा.पा.९ खनचौर स्थित ऐ.बस्ने वर्ष अं.५५ को अर्जुन रूम्बाको गाई पाल्ने गोठमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई रितपुर्वक गोठ खानतलासी गर्दा निज अर्जुन रूम्बाले गाई पाल्ने गरेको गोठमा लुकाई छिपाई बोरामा बाँधी राखेको अवस्थामा १६८ किलो ३० ग्राम ला.औ.गाँजा फेला पारी बरामद गरी उक्त ला.औ.सहित निज अर्जुन रूम्बालाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा राखिएको, ।  

मिति २०८२।०३।१७ गते देखि ऐ. १८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१८

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १ रुकुम पश्चिम चौरजहारी न.पा. ०३ टाटागाँउ बस्ने अं.वर्ष ३२ को चन्द्र बहादुर बुढाथोकीले आफ्नै श्रीमती वर्ष ३० की देविका बुढाथोकीलाई धारिलो हतियार खुकुरीले घाँटीमा प्रहार गरी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. चौरजहारी रुकुम पश्चिमबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थलमा पुगी खुकुरी सहित निज चन्द्र बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिई जि.प्र.का. रुकुम पश्चिम पठाईएको र थप अनुसन्धानको लागी जि.प्र.का. रुकुम पश्चिमबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा. को लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पठाईएकोमा ऐ.१८ गते ०४:१० बजे शव जिल्ला अस्पताल सल्लेको शव गृहमा राखिएको, पक्राउ गरेको चन्द्र बहादुर बुढाथोकीलाई मेडिकल गरी जि.प्र.का हिरासत कक्षमा राखिएको ,,   ज.ज.क./ज.ज.क.उद्योग १ मकवानपुर   मनहरी गा.पा.१ मकरी बस्ने वर्ष अं. १४ कि बालिकालाई सोहि स्थान बस्ने वर्ष अं. २० को पुजन सिङ्ताङले बालिकाको घरमा गई कोठा भित्र प्रबेश गरी ज.ज.क. गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. पदमपोखरी मकवानपुरवाट प्र.ना.नि.को कमाण्डमा टोलि खटि गई निज पिडकलाई नियन्त्रणमा र बालिकालाई स्वास्थ्य परिक्षणको लागि अभिभावकको साथमा जि.प्र.का.मकवानपुरमा ल्याउने तयारी भईरहेको ,बालिकाको स्वास्थ्य अवस्था सामान्य   फुटकर ज्यान १ कैलाली जानकी गा.पा.९ अमरावति बस्ने वर्ष ८० की माता देवी शाही आफ्नै जस्तापाताले छाएको एक्लै बस्ने दुई तले घरको माथिल्लो तलामा आफु सुत्ने कोठाको खटियामा मृत्त अवस्थामा (घाटिमा घाउ/चोट भएको) रहेको भनी खबर प्राप्त हुनासाथ तत्काल इ.प्र.का.टिकापुर बाट प्र.ना.उ. को कमाण्डमा ७ जनाको प्रहरी टोलि खटि गई थप अनुसन्धान कार्य भई रहेको उक्त स्थानमा इ.प्र.का.टिकापुर बाट अ.८ कि.मि. उत्तर-पुर्व पर्ने । थप अपडेट:-ऐ.०८:५० बजेको समयमा सुदुरपश्चिम प्रदेश केनाईन शाखा धनगढी कैलालीबाट प्र.स.नि.को कमाण्डमा ४ जना प्रहरी र १ वटा DOG सहितको टोली घटनास्थलको लागी खटिई गएको । थपटिपोट;-ऐ.१०;४०बजे DOG सहितको टोली घटनास्थल पुगेको ऐ.१२;००बजे घटनास्थल कार्य पुरा गरी लाश पो.मा.को लागी टिकापुर अस्पताल टिकापुर पठाईएको । थप टिपोटः- ऐ. १२:५५ बजेको समयमा उक्त लाश टीकापुर अस्पतालको शब गृहमा राखिएको र केनाईन शाखा धनगढी कैलालीबाट खटिएको DOG सहितको टोली र टीकापुर अस्पतालबाट खटि गएको डा. बिपुल भट्ट र डा. लोकराज भण्डारी को टोली समेत फिर्ता भईसकेको ।   ला.औ. १ तनहुँ तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा अ.प्र.पोष्ट मुग्लिन पुलजिप तनहुँबाट प्र.स.नि.को कमाण्डमा खटिएको ५ जनाको चेकिङ टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा नारायणगढ तर्फबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८६३१ नं. को यात्रुवाहक माइक्रो बसको अन्तिम सिटमा सवार जिल्ला बारा पचरौता नगरपालिका वडा नं. ३ बस्ने वर्ष १९ को मुकेश कुमार पटेलले पछाडी भिर्ने कालो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको १३८ पत्तामा जम्मा १,३८० क्याप्सुल नियन्त्रित लागु औषध सहित निजलाई नियन्त्रणमा लिई इ. प्र. का आबुँखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भईरहेको माइक्रो बस आफ्नो गन्तब्य तर्फ गएको   २ रुपन्देही   तिलोत्तमा न.पा १७ पिपरहीया स्थित गोप्य सुचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि.र इ.प्र.का मंगलापुरबाट प्र.नि.को कमाण्डमा संयुक्त टोली खटी गई पिपरहीया देखि कोटिहवा तर्फ जाँदै गरेको लु ४९ प ४०० नं.को मो.सा.लाई शंकास्पद लागी चेकजाँच गर्दा मो.सा. चालक ऐ.भरौलिया बस्ने वर्ष २७ को करन प्रसाद थारुको साथमा सेतो प्लाष्‍टिक भित्र खैरो धुलो (ब्राउन सुगर ला.औ.जस्तो देखिने) सेतो प्लाष्‍टिक सहित अं. ७ ग्राम ४०० मिलिग्राम फेला परेको र पछाडि सवार ऐ. बस्ने वर्ष २५ को कपिल देव थारुको साथमा सेतो प्लाष्‍टिक भित्र खैरो धुलो (ब्राउन सुगर ला.औ.जस्तो देखिने) सेतो प्लाष्‍टिक सहित अं. ३ ग्राम ३५० मिलिग्राम र ने.रु.३५ सय नगद फेला पारी मो.सा. र निजहरुलाई इ.प्र.का. मंगलापुर रुपन्देहीमा नियन्त्रणमा राखिएकोमा ऐ.१९:१८ बजे  थप अनुसन्धानको लागी दुवै जनालाई इ.प्र.का. बुटवल पठाएको  

मिति २०८२।०३।१६ गते देखि ऐ. १७ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१७

सिन जिल्ला विवरण कै ज.ज.क. १. दाङ तुलसीपुर उ.म.न.पा.१७ मज्गै स्थित अलपत्र अवस्थामा फेला परि उद्धार गरी ऐ.६ हात्तीखौवा स्थित मानव सेवा आश्रममा राखिएकी जिल्ला रोल्पा लामिदारा घर बताउने वर्ष अं.१२ की परिवर्तित संकेत नाम ५६ तुलसीपुर ०८१-११८ लाई सोधपुछ गर्दा मिति २०८२।०३।१४ गते अं.१४:०० बजे पुरुष व्यक्तिले ललाई फकाई ऐ.घोराही उ.म.न.पा.११ पेरनी स्थित बाटो छेऊको झाँडीमा लगी ज.ज.क.गरेको भनी सोही आश्रमका सह-संयोजक सुशिला घर्ती समेतले इ.प्र.का.तुलसीपुर,दाङमा जानकारी गराए पश्चात तत्काल उक्त स्थानमा इ.प्र.का.तुलसीपुरबाट प्र.ब.ना.नि.को कमाण्डमाटोली खटिगई ऐ.१७ बकुलाही बस्ने वर्ष २५ को लक्ष्मण चौधरी रहेको कुरा खुल्न आई निजलाई मिति २०८२।०३।१५ गते पक्राउ गरी प्रतिवादीको बिरुद्धमा मानव सेवा आश्रम हात्तीखौवा तुलसीपुर दाङका सह-संयोजक सुशिला घर्ती समेतले जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दा शिर्षकमा संयुक्त जाहेरी दरखास्त दिएको,स्वास्थ्य परिक्षण गरी सम्मानित दाङ जिल्ला अदालत दाङबाट मिति २०८२।०३।१५ गते देखी लागु हुने गरी मिति २०८२।०३।१६ गतेको दिन ५ (पाँच) को म्यादथप अनुमती भई जि.प्र.का.दाङको हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको,पिडितको स्वास्थ्य परिक्षण गरी उल्लेखित जाहेरवालाहरुको संरक्षणमा रहेकी,अबस्था सामान्य रहेको ।   बिदेशी नागरिक मृत्यु ( फुटकर ज्यान ) १. काठमाण्डौ   'मिति २०८२।०३।१६ गते अं.१२:३० बजे Ireland घर भई काठमाण्डौ १६ पक्नाजोलमा रहेको जिवनरत्न तुलाधरले संचालन गरेको डिभाईन होटलको ६ तले घरको तेस्रो तलाको ६०२ नम्बरको कोठामा मिति २०८२।०३।११ गते देखी बस्दै आएको वर्ष ६५ को Edward James Antony ले ४ दिन देखी ढोका नखोलेको भनि खबर प्राप्त हुना साथ प्र.नि. प्रदिप सिबेदी (९८५१२९४९२२) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई ढोका खोलेर हेर्दा सुति रहेको अवस्थामा मृत्त फेला परेको, घट्नास्थल तथा लाशजाँच प्रकृती मुचुल्का लगाएतका कार्य भईरहेको, खबर प्राप्त;-१२;३० बजे, प्रहरी पुगेको;-१२;३५ बजे, । ऐ.मिति १७:०५ बजेको समयमा पो.मा.को लागी महाराजगंज स्थित टिचिङ अस्पताल पठाईएको ।   हात हतियार बरामद १. काठमाण्डौ   का.म.न.पा. ०८ तिलगंगा स्थित हतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा उपत्यका प्रहरी कार्यालय रानिपोखरी र प्रहरी वृत्त गौशलाको प्र.ना.उ.को प्रत्यक्ष निगरानी तथा समन्वयमा संयुक्त सादा पोशाक सहित खटिएको प्रहरी टोलिले का.म.न.पा.८ तिलगंगा स्थित अं.वर्ष ५३ को खडक ब. थपलियाको साडे ३ तला घरको भुई तलामा डेरा कोठा गरी बस्ने जि. महोत्तरी घर भई ऐ बस्ने अं वर्ष २९ को सुरेश कुमार राम र ऐ.घर भई बस्ने अं वर्ष २६ को दिनेश कु राम को डेरा कोठा भित्र किटक्याट लेखिएको बट्टा भित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान, ऐ.मा लाग्ने म्याग्जिन २ थान, DAOFENG radio set थान १, सोको LI-ION battery थान १, खुकुरी थान १ र मोबाईल थान ३ समेत फेला पारी कानूनी प्रकृया पुरा गरी अ अ कार्य जारी रहेको ।   फुटकर ज्यान(शंकास्पद) १. झापा शिवसताक्षी न.पा.९ बस्ने वर्ष १९ को रोमन थापा मिति २०८२।०३।१४ गते बिहान बिरामी भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगेर उपचार भईरहेकोमा सोही दिन अं.१०:३० बजे उपचारको क्रममा रोमन थापाको मृत्यु भएको र सोही दिन शव आफन्तले बुझी घरमा ल्याई राखेकोमा मिति २०८२।०३।१५ गते दाहसंस्कार गर्नको लागि तयारी गर्दा निज रोमन थापाको केही दिन अगाडि तत्काल पहिचान खुल्न नसकेको व्यक्तिहरुसँग झगडा भई कुटपिट भएको भन्ने अपुष्ट खबर निजको परिवारले सुनि ऐ.१६:३० बजे इ.प्र.का.झिलझिलेमा जानकारी गराएकोमा इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि प्रादेशीक अस्पताल भद्रपुर हुँदै ऐ.१६ गते १३:३० बजे रोमन थापाको शव पो.मा.को लागि वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा सुनसरी रेफर गरेको ।   पक्राउ/नियन्त्रण १. मोरङ विराटनगर म.न.पा.१५ बस्ने वर्ष २० को बिक्रम कुमार साह तेलीले बैंकमा रकम मौज्दात गर्न भनी मिति २०८२।०३।११ गते ११:१५ बजे रु.३,६४,०००/- (तीन लाख चौसठ्ठी हजार) लिई सिटी सफारीमा चढी बैंक तर्फ जाँदै गर्दा ऐ.१३ रानी स्थित राईस मिल छेउमा पुग्दा रातो स्कुटरमा सवार रहेका ३ जना अपरिचित मानिसहरुले उक्त सिटी सफारी रोकी निजलाई जि.प्र.का.मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ भनी सो स्कुटरको बीचमा जवरजस्ती राखी निजलाई ऐ. १४ जतुवा स्थित एकान्त स्थलमा पुर्‍याई डरत्रास देखाई निजसंग साथमा रहेको उक्त रकम डाका गरी फरार भएको भनी ऐ.१५ गते जि.प्र.का.मा जानकारी गराउना साथ प्र.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा सो वारदातमा प्रयोग भएको को १४ प ३३३० नं.को स्कुटर सहित ऐ.विराटनगर म.न.पा.८ बस्ने वर्ष २४ को समिर हुसेन र विराटनगर म.न.पा.६ बस्ने वर्ष २७ को आशिफ अंसारीलाई ऐ.१६ गते १४:०० बजे विराटनगर म.न.पा.८ हाटखोला छेउबाट नियन्त्रणमा लिई शरीर बन्धक बनाई डाका गरेको कसुर मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतमा म्याद थपको लागि पठाएको ।   ला.औ. १. मकवापुर कैलाश गा.पा.५ कटहरे स्थितमा ला.औ.नियन्त्रण व्युरो काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको र मकवानपुर प्रहरी टोलीले ऐ.कैलाश गा.पा.५ मा घर खानतलासी गर्दा ला.औ.गाँजा सहित मानिस नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पालुङबाट प्र.नि.र प्र.चौ.डाडाखर्कबाट प्र.व.ह.को कमाण्डमा टोली खटी गएकोमा ऐ. १३:२० बजेको समयमा पुगि थप बुझ्ने कार्य भईरहेकोमा ऐ. कैलाश गा.पा.५ कटहरे बस्ने बर्ष अं.७३ को हरि बहादुर वाइवा लगायत ७ जनाको घर खनतलासी गर्दा १०७४ के.जि ला.औ.गाँजा (तौल गर्न बाँकी)  फेलापारी ला.औ.गाँजा सहित ४ जनालाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ला.औ., ३ जनाको घरबाट ला.औ.मात्र नियन्त्रणमा लिएको, मानिस फेला नपरेको ।  

मिति २०८२।०३।१५ गते देखि ऐ. १६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१६

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. मोरङ   मिति २०८२।०३।१४ गते धनपालथान गा.पा.५ रंगपुर वैरिया बस्ने वर्ष ७ की नावालिका शरीरमा चोटपटक भएको अवस्थामा घरबाट अं.१५० मिटर उत्तरतर्फ रहेको श्री दुर्गा आधारभुत विद्यालय नजिक मृत अवस्थामा फेला परेकोमा अनुसन्धानको क्रममा शंकित वर्ष २२ का निज नावालिकाको काका नाता पर्नेले कसुरको स्वीकार गरेको हुँदा ऐ.१५ गते १५:०० बजे निजलाई हाडनातामा जवरजस्ती करणी र ज्यान सम्वन्धी कसुर (कर्तव्य ज्यान) मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतमा म्याद थपको लागि उपस्थित  गराईएको ।   फुटकर ज्यान १. काभ्रेपलान्चोक   बनेपा न.पा.१० पुल बजार स्थित ऐ.खानिखोला गा.पा.४ घर भई हाल बनेपा न.पा.८ चादनी चोकमा डेरा गरी बस्ने पञ्च राम लोप्चनको छोरा वर्ष अं.४० को दिपक लोप्चनलाई ऐ.बनेपा न.पा.५ बस्ने वर्ष अं.२८ को सविन कपाली समेत ४ जना मानिसहरुले रिक्सामा राखेर बनेपा न.पा.८ तिनधारा तर्फ लैजाने क्रममा ई.प्र.का.बनेपाबाट खटिएको प्रहरी QRT टोलिले चेकजाँच गरी सोधपुछ गर्दा ४ जनाबाट फरक-फरक कुरा खुल्न आएकोले शंका लागी ४ जनालाई नै नियन्त्रणमा लिई इ.प्र.का.बनेपामा राखिएको, अचेत दिपक लोप्चनलाई एम्बुलेन्स मार्फत शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा ऐ.२३:५५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, मृतकको शरिरमा निलडाम बाहिरी घाउ चोटपटक केहि नदेखिएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि इ.प्र.का.बनेपाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको   ज.ज.क./यौन दुर्वयवहार १. दाङ मिति २०८२।०३।१२ गते अं.२०:०० बजे जिल्ला रोल्पा रोल्पा न.पा.१० भोकासिवाङ घर भई हाल जिल्ला दाङ राप्ती गा.पा.८ पिपरी स्थित मामा घरमा बस्ने वर्ष १५ की बालिकालाई मेला हेर्न भनी जाँदै गरेको अवस्थामा जि.दाङ गढवा गा.पा.५ बस्ने वर्ष नखुलेको मोहम्मद साहिल खान मो.सा.मा आई मो.सा.पछाडी राखेर जि.दाङ राप्ती गा.पा.८ सिसहनिया पुल नजिक रहेको मोटर बाटोमा लगेर धाक धम्कि त्रास देखाई ऐ.२२:४५ बजे ज.ज.क.गरेको भनी पीडितको बुवाले इ.प्र.का.भालुबाङमा मिति २०८२।०३।१५ गते जबरजस्ति करणि मुद्दामा किटानी जाहेरी दरखास्त दिए पश्चात इ.प्र.का.भालुवाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडक मोहम्मद साहिल खानलाई नियन्त्रणमा लिई इ.प्र.का.भालुवाङमा ल्याई अनुसन्धान कार्य भईरहेको, पीडित बालिकाको अवस्था सामान्य रहेको,   २. कपिलवस्तु शुद्धोधन गा.पा.३ बस्ने वर्ष २५ की किशोरी मिति २०८२।०१।२२ गते अं.१०:१५ बजे बहिनीको विवाह भएकोले म सँग भएको नगद रु.२७००००। र ३ तोला सुनहरु पुर्‍याउनु पर्ने भएकोले सो सामानहरु सहित मलाई बहिनीको विवाहमा पुर्‍याउन बिहान प्रतिवादीहरु सुरेन्द्र यादव समेत ४ जनाको मिलोमतमा भैरहवाको चिया पसलमा लगेर लठ्याउने चिजवस्तु खुवाई भारतको मुम्बईमा लगेर डेरा कोठामा राखी बन्धक बनाई ४ जना नै प्रतिवादीहरुले मेरो इच्छा विपरीत कार्य गरेको हुँदा निजहरुलाई पक्राउ गरी कानून बमोजिम कारवाही होस भन्ने समेत व्यहोराको जाहेरी दरखास्त हुलाक मार्फत जि.प्र.का.कपिलवस्तुमा प्राप्त हुनसाथ जि.प्र.का.कपिलवस्तुको मुद्दा नं.२३१ (२०८१/०८२) मा मुद्धा दर्ता भई थप अनुसन्धान भईरहेको, पीडितलाई यौनजन्य स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाई पठाएको, अवस्था सामान्य रहेको, घटनामा संलग्न प्रतिबादी फरार, खो.त.कार्य भईरहेको ।   ३. इलाम   इलाम माई न.पा. २ शितलि स्थित हरियालि रेसम शैक्षिक सार्वजनिक गुठी नाम रहेको स्कुलमा सोहि स्कुलका संस्थापक ऐ.बस्ने वर्ष अ. ५२ को खेमराज ढकालले सोहि स्कुलमा कक्षा ६ र ७ मा अध्यनरत बालिकाहरुलाई बिभिन्न किसिमको  प्रलोभन, डर, त्रास देखाई यौन दुर्ब्यवहार गरेको भनी प्र.चौ.लोदिया दानाबारीमा ऐ.२०:०० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई प्र.चौ.लोदिया  दानाबारीमा ल्याई राखिएकोमा स्थानीय पिडित पक्षका अं.१०० जना प्र.चौ.दानाबारी आई कालो मोसो दल्नुपर्छ भनी बसेकोमा पीडितहरुको अभिभावकहरुलाई सम्झाई बुझाई गर्ने कार्य भइरहेको, सुरक्षार्थ प्र.चौ.दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा १२ जना, प्र.चौ.महमाईबाट ३ जना, जि.प्र.का.इलामबाट प्र.नि.को कमाण्डमा १० जनाको र सशस्त्र प्रहरीको स.प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, ऐ.१६ गते अं.००:५५ बजे पिडितहरुको अभिभावकहरुलाई सम्झाई बुझाई गरी आ-आफ्नो घर तर्फ गएको, जि.प्र.का.इलामबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले पिडक खेमराज ढकाललाई नियन्त्रणमा लिई जि.प्र.का.इलाममा ल्याई राखिएको,   ला.औ. १. धनकुटा   धनकुटा न.पा.१ हिले स्थित ला.औ.कारोबार भईरहेको भन्ने सुचनाको आधारमा प्र.चौ.हिलेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई ऐ.स्थित बस्ने वर्ष ३३ को राजेश तामाङको घर कोठा भित्र टेबलमा राखेको प्लाष्टिकमा प्याक गरेको अवस्थामा रहेको ६ पोका (तौल गर्न बाँकी) ला.औ.खैरो हिरोईन जस्तो देखीने लिसाईलो पदार्थ फेला पारी उक्त ला.औ.सहित सोही कोठा भित्र बसिरहेको ऐ.धनकुटा न.पा.१ बस्ने वर्ष २८ को दिपेश राई, ऐ.बस्ने वर्ष ३३ को राजेश तामाङ, ऐ.वर्ष २६ को सुजन तामाङ र ऐ.वर्ष २१ को सुमन तामाङलाई  नियन्त्रणमा लिई जि.प्र.का.धनकुटामा राखी आवश्यक अनुसन्धान भईरहेको   २. सिरहा   सिरहा न.पा.१७ कमलाधार स्थितमा स.प्र.बल नेपाल नं.७ गण हे.क्वा.सिरहाबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोली ऐ.सिरहा न.पा.१७ पटेर्वा बस्ने वर्ष ४५ को राम कुमार मुखियाले टाउकोमा नेपालबाट भारत तर्फ ९ पोका (तौल गर्न बाँकी) ला.औ. गाँजा लैजादै गरेको अवस्थामा उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ऐ.१६ गते ०१:५० बजे जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई बुझाईएको,  

मिति २०८२।०३।१३ गते देखि ऐ. १५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१५

सिन जिल्ला विवरण कै बच्ची मृत अबस्थामा फेला परेको (फुटकर ज्यान) १ मोरङ धनपालथान गापा ०५ बबिया बस्ने अक्षय सरदारको छोरी बर्ष अं. ५ की  बच्ची  आत्तिका सरदार हराएको भन्ने खबर आफ्न्तले ऐ.५;०० बजेको समयमा प्रचौ कर्सियामा जानकारी गराउन साथ प्रचौ कर्सियाबाट प्रनानि सुर्य बहादुर बस्नेतको कमाण्डमा प्रहरी टोलि खो. त गर्ने क्रममा ऐ.५ श्री दुर्गा अधारभुत बिधालयको बाहिर पट्टि बाटोको छेउमा निज बच्ची आत्तिका सरदार मृत अबस्थामा फेला पारी  घटना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा कानुनि प्रकियाको लागि प्रनि समेतको प्रहरी टोलि खटि गएको, ऐ. ०८;५५ बजे सम्पुर्ण कानुनी प्रकृया पुरा गरी लाश पो.मा.को लागि कोशि अस्पताल बिराटनगर तर्फ पठाइएको । इ.प्र.का.रंगेलीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।१४ गते अं.१२:३५ बजे ऐ. धनपालथान गा.पा.५ बस्ने अं.वर्ष २१ को अनिस सरदार (मृतकको काका) लाई नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा ल्याई आ.अ.भईरहेको ।   ज.ज.क./ज.ज.क.उद्योग २ सप्तरी सुरुङगा न.पा. ११ बस्ने अं. वर्ष ३५ की महिलालाई जि.सप्तरी बलान बिहुल गा.पा.१ बलान पटि टोल बस्ने अं.वर्ष ५० को चन्देश्वर सदा र ऐ.बस्ने अं.वर्ष ४५ को रामदेव सदाले निजलाई ज.ज.क.गरी दुबै जना फरार भएको भनी निज पीडितले जानकारी गराएकोमा ज.ज.क. गर्ने दुबै जनालाई स्थानीयहरुले नियन्त्रणमा लिई सामान्य कुटपिट गरी प्र.चौ. धाँतिमा ऐ. १०:०० बजे जानकारी गराउन साथ  प्र.स.नि.  र इ.प्र.का कडरबोनाबाट प्र.नि. को कमाण्डमा टोली खटी गई दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का कडरबोना  ल्याई राखेको,   कर्तव्य ज्यान २ मकवानपुर बागमती गा.पा.९ बेतिनी स्थितमा ऐ.बस्ने अं.वर्ष ५७ को राम ब.वाईवालाई ऐ.बागमती गा.पा.९ बेतिनी स्थितमा रहेको बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी जि.बारा निजगढ न.पा.३ सिंगोल बस्ने अं.वर्ष ३५ को कुमार थापाले धारिलो हतियार खुर्पाले प्रहार गरी गम्भीर घाईते बनाएको र खुर्पा प्रहार गर्ने ब्यक्तीले नजिक कोही आए मार्छु भनी सोही स्थानमा बसेको भनी ऐ.०६:३० बजे इ.प्र.का.फापरबवारीमा जानकारी प्राप्त हुनासाथबाट प्र.स.ह.को कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा घटनास्थलमा बेतिनी स्वास्थ्य चौकीबाट आएका स्वास्थ्यकर्मीले ऐ.०७:४५ बजे मृत घोषणा गरेको, शव घटनास्थलमा नै रहेको, खुर्पा प्रहर गर्ने कुमार थापा प्रहरीको नियन्त्रणमा रहेको ।   ३ सिरहा थप अपडेट:- मिति २०८२।०३।०८ गते २२:३० बजे कल्याणपुर न.पा.८ छोटकी मझाउ टोल बस्ने भरोसी दासको श्रीमती अं.वर्ष ३५ की बबिता देवी दास निजकै सासु आमा अं.वर्ष ५० की माया देवी दास बीच घरायसी बिवाद हुँदा ऐ.बस्ने छिमेकी अं.वर्ष ४० को बिरेन यादबले गई सोधपुछ गर्दा बिरेन यादब र बबिता देवी दास बिच पुन: विवाद भई बबिता देवी दासको ढाड, पिठ्युँमा भित्री चोट लागी मनकामना अस्पताल मिर्चैया पठाइएकोमा ऐ.१० गते ०९:०० बजे उपचार पश्चात डिस्चार्ज भएको, निजको सासुआमा माया देवी दासको शरीरको विभिन्न भागमा भित्री चोट लागी मनकामना अस्पताल मिर्चैयामा सामान्य उपचार पश्चत थप उपचारको लागि साई ट्रमा अस्पताल मुजेलिया जनकपुर हुँदै ऐ.१३ गते १७:०० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रिफर भई उपचार भइरहेकोमा ऐ.२३:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, बिरेन यादब सामान्य घाइते भएकोमा मंगलम अस्पताल मिर्चैयामा उपचार पश्चात डिस्चार्ज भई प्रहरीको नियन्त्रणमा रहेको, उक्त स्थानमा इ.प्र.का.कल्याणपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, ।   ला.औ. १ बारा परवानिपुर गा.पा.५ बहुअरी स्थितमा बिशेष सुचनाको अधारमा जि.प्र.का.बाराबाट प्र.नि.को कमाण्डमा, इ.प्र.का.प्रसौनीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का.सिमराबाट खटिएको संयुक्त टोलीले हेटौडाबाट बाराको गण्डक तर्फ आउदै गरेको प्र.३-०१-०२४ च.४६३० नं.को पिकप गाडिलाई रोकी चेकजाँच गर्दा पिकपमा धानको भुसको बोरा भित्र लुकाई छिपाई ल्याउदै गरेको अं.२१२ किलो ९२८ ग्राम ला.औ.गाँजा फेला पारी उक्त ला.औ.गाँजा, पिकअप गाडी र पिकअप गाडी चालक जि.मकवानपुर थाहा न.पा.४ पालुङ बस्ने अं.वर्ष २८ को रबि कार्की समेत ४ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनी रखी आ.अ.भइरहेको ।   २ सुनसरी बराहक्षेत्र न.पा.०५ तिनकुने स्थितमा प्र.चौ. भरौलबाट प्र.स.नि. को कमाण्डमा खटिगएको  टोलीले धरान बाट कालाबन्जार तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको टाटा कम्पनिको नानो कारलाई शंका लागी चेकजाँच गर्दा उक्त टाटा कम्पनिको नानो कारमा लुकाई छिपाई ल्याउदै गरेको ६ वटा कालो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित तौल गर्दा १२२ के.जि. र प्लाष्टिक बाहेक १२० के.जि. लागू औषध गाँजा फेला परेकोले  । कार चालक  जि. मोरङ महानगरपालिका ०४ इक्राही बस्ने वर्ष-२६ को धिरज गोसाई र सोही कारमा सवार जि.मोराङ जहदा गा.पा.०७ बस्ने वर्ष-२२ को बिकास यादव समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागी इप्रका महेन्द्रनगर सुनसरीमा ल्याई राखिएको   ३ मोरङ रतुवामाई न.पा.१ कुटुमगंज स्थितमा इ.प्र.का.सिजुवाबाट प्र.ना.नि.र श्री सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म वरडंगाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे.६ प ९६१२ नं.को मो.सा.मा सवार २ जना मानिसहरू माथि शंका लागि रोकी चेकजाँच गर्दा मो.सा.चालक जि. मोरङ रतुवामाई न.पा.४ बस्ने वर्ष ३५ को रंजित शर्माको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४२ ग्राम ३६० मिलिग्राम र शुद्ध तौल ४१ ग्राम ८१० मिलिग्राम फेला परेको, सोही मो.सा.मा पछाडी सवार ऐ. बस्ने वर्ष ३० को रोम बहादुर राजबंशीलाई समेत नियन्त्रणमा लिई निजहरु दुवै जना र मो.सा.नियन्त्रणमा लिई इ.प्र.का.सिजुवामा राखी थप अनुसन्धान कार्य भई रहेको, ।   ४ बारा पचरौता न.पा.७ धर्मनगर गाँउबाट २०० मिटर पश्चिम स्थित आपको बगैचामा प्र.चौ.पिपरपातीबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले धर्मनगरबाट भारततर्फ जाँदै गरेको BR 05 BE 9686 न.को मो.सा.लाई चेकजाँच गर्दा मो.सा.मा सवार भारत बिहार मोतिहारी बस्ने वर्ष २२ को अनरजित कुमार सहनी समेत २ जनाको साथबाट बोरामा अं.४ kg लागु औषध गाँजा फेला परेकोले उक्त ला.औ.र मो.सा.लाई दुवै जनालाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.सिम्रौनगढ पठाइएको,  

मिति २०८२।०३।१२ गते देखि ऐ. १३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१३

सिन जिल्ला विवरण कै ज.ज.क. १ पाल्पा रिब्दिकोट गा.पा.४ रानिठाटि बस्ने वर्ष १७ को बालकले मिति २०८२।०२।०३ गते अं.१०:३० बजे ऐ.बस्ने वर्ष ११ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.१२ गते १८:३० बजे टे.फो.मार्फत जि.प्र.का.पाल्पामा जानकारी गराउनासाथ प्र.चौ.हार्थोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई आरोपित बालकलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखी आ.अ.भइरहेको ।   २ सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा न.४ कृष्णटोल बस्ने वर्ष १२ की बालिकालाई मिति २०८२।०३।०९ गते ११:३० बजे देश भारत बिहार लोकेन्द्रपुर बस्ने वर्ष २२ को मन्टु कुमारले ज.ज.क.गरेको भनी मिति २०८२।०३।१२ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानकारी गराए पश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक मन्टु कुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी आ.अ.भइरहेको ।   कर्तब्य ज्यान १ अर्घाखाँची शितगंगा न.पा.६ पाखापानी बस्ने वर्ष ४२ को बिष्णु बहादुर बादीले सामान्य बिवादको कारण आफ्नै भाई वर्ष ३२ को बम बहादुर बादीलाई धारिलो हतियार (बञ्चरो) ले प्रहार गर्दा घाईते भई घाईतेलाई उपचारको लागि ठाडा स्वास्थ्य चौकी लगेकोमा ऐ.२३:१० बजे उपचारको क्रममा चिकीत्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही स्वास्थ्य चौकीमा राखिएको, उक्त स्थानमा प्र.चौ.जलुकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, धारिलो हतियार (बञ्चरो) र धारिलो हतियार (बञ्चरो) प्रहार गर्ने बिष्णु बहादुर बादी प्रहरीको नियन्त्रणमा रहेको   सुन बरामद १ काठमाडौं टोखा न.पा.९ गोंगबु शिवमन्दिर नजिक भित्री सडक खण्डमा नक्कली सुन बोकी हिँडेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोँगबुबाट प्र.नि.को टोली, सादा पोशाकको टोली साथै प्रहरी प्रभाग गोँगबुमा कार्यरत अपराध महाशाखाको टोली समेत खटी गई उक्त स्थानमा हिँडिरहेको जि. गोरखा बारपाक सुलिकोट गा.पा.२ घर भई हाल हाल का.जि.लोलाङ बस्ने वर्ष ३० को मानव घलेलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट निजले बोकेको रातो सानो ब्याग र ब्याग भित्र (GOLD 1 KILO 9999 ECD 956052) लेखेको पहेंलो रङको आयातकार आकारको धातु सहित फेला पारी निजलाई नियन्त्रणमा लिई प्रहरी प्रभाग गोँगबुमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।   हा.ह.बरामद १ प्युठान गौमुखि गा.पा.५ ओख्रे बस्ने वर्ष १९ को बिक्रम पाण्डेले भरुवा बन्दुक लिई हिँडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.पुजालिवासेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त. गर्ने क्रममा निजको घर भित्र लुकाई छिपाई राखेको अवस्थामा लाईसेन्स नभएको भरुवा बन्दुक थान १ फेला पारी निज बिक्रम पाण्डेलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।   अवैध रकम बरामद १ रौतहट गौर न.पा.१ भन्सार कार्यालय अगाडि स्थित भन्सार सुरक्षा गार्ड रौतहटबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AE 6705 नं.को  मो.सा.लाई शंका लागी चेकजाँच गर्दा उक्त  मो.सा.को सिट मुनि र हेल्मेटमा लुकाई छिपाई गरी ल्याउदै गरेको स्रोत नखुलेको रकम ने.रु.१०,०४,५००/-(दश लाख चार हजार पाच सय) सहित उक्त नं.को मो.सा.र मो.सा.चालक ऐ.गौर न.पा.१ ट्रान्सफर्मर चोक बस्ने वर्ष ३० को मोहम्मद करमान अलीलाई नियन्त्रणमा लिई  गौर भन्सार कार्यालय रौतहटमा बुझाउने पहल भईरहेको  ।   शंकास्पद बस्तु फेला १ पाँचथर फिदिम न.पा.६ शिवा बस्ने वर्ष अं.४० को भुपाल तुम्रोकको ढुङ्गा माटोको गारो जस्ताको छानो रहेको २ तले घरको माथिल्लो तलाको गारो सेपटीमा हेर्दा (गोलो डल्लो) ग्रिनेट जस्तो देखिने शंकास्पद बस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नवमीडाँडाबाट प्र.ह.को कमाण्डमा र जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त घरका मानिसहरु लगायत अन्य मानिसहरुलाई १०० मिटर वरिपरि हटाई उक्त स्थान सुरक्षित राखेको, डिस्पोजको लागि नेपाली सेनाको बिरदल गण ओदिन ब्यारेक पाँचथर संग समन्वयय गरी ऐ.१९:२० बजे डिस्पोजको लागि नेपाली सेनाको उपसेनानीको कमाण्डमा टोली खटी गई उक्त स्थानमा पुगेको, डिस्पोज हुन बांकि रहेको ।   ला.औ. १ बारा जितपुर-सिमरा उ.म.न.पा.१७ रामनगर चोक स्थित प्र.चौ.जैतापुरबाट प्र.स.निको कमाण्डमा खटिएको गस्ती टोलीले रामनगरबाट मधुवन तर्फ जाँदै गरेको नम्बर नलेखेको कालो-खैरो हिरो सुपर स्पेलेन्डर मो.सा.लाई रोक्न खोज्दा नरोकी भागेकोमा उक्त मो.सा.लाई लखेट्दै जाँदा मो.सा.चालक र पछाडि सवार दुवै जना मो.सा. र निजहरुको साथमा रहेको पहेलो रङको बोरा छाडी फरार भएको, उक्त बोरामा चेकजाँच गर्दा अं.२० के.जि.लागु औषध गाँजा बरामद गरी मो.सा.र लागु औषध गाँजा नियन्त्रणमा लिई प्र.चौ.जैतापुरमा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको ।   २ सिन्धुली कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्गमा इ.प्र.का.भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जि.महोत्तरी बर्दीबास न.पा.१ बस्ने वर्ष ३१ को एमिनल भुजेलले चलाएको म.प्र.०४-००१ज ०१५५ नं. को यात्रुवहाक EV हायस गाडीलाई चेकजाँच गर्दा सोही गाडीमा सवार जि.सर्लाही बरहथवा न.पा. ७ बस्ने वर्ष ३० को विक्रम चौधरीले लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध नाईट्राभेट-१० (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस ) र गाडीको छतमा राखेको जुटको बोराबाट लागुऔषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता  (प्रति पत्ता २० पिसको दरले जम्मा -२९,००० पिस ) फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।  

मिति २०८२।०३।११ गते देखि ऐ. १२ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१२

सिन जिल्ला विवरण कै ज.ज.क./ज.ज.क.उद्योग १ झापा मिती २०८१।१२।१३ गते १०:०० बजेको समयमा जिल्ला झापा दमक न.पा. वडा न.१ स्थितमा रहेको गम्भिरजंग लावतिको घरमा डेरा लिई बस्ने जिल्ला ईलाम चुलाचुली गा.पा. वडा  न.५ पोखरीटोल बस्ने रण बहादुर राईको छोरा बर्ष २५ को नबिन राईले सांकेतिक वतन ‘३c-५ बस्ने बर्ष १७ कि सांकेतिक नाम क्ष लाई ललाई फकाई डेराकोठामा लगी चुकुल लगाई धाक धम्की दिई जबर जस्ति करणी गरी फरार भएकोमा निज सांकेतिक नाम क्ष ले मिति २०८२।०२।२० गते अ.०८:३० बजे बिषादी सेवन गरी उपचार पश्चात मिति २०८२।०३।११ गते अ.१८:०० बजे इप्रका दमकमा जाहेरी प्राप्त हुन साथ इप्रका दमकबाट प्रनानि जित ब.कार्कीको कमाण्डमा टोली खटीगई निज नबिन राईलाई लाई खोज तलास भईरहेको पिडितलाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको,   शंकास्पद मृत्यु १ सिन्धुपाल्चोक भोटेकोशी गा.पा.५ कोलगाउँ बस्ने पदम तामाङको छोरी कक्षा ७ पढ्ने अं.वर्ष १५ की निशा तामाङ आफ्नै घरबाट अं.४०० मिटर पूर्व तर्फ रहेको छ्यादीखोला जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.हिन्दीबाट प्र.व.ना.नि. र इ.प्र.का.बाह्रबिसेबाट प्र.नि.र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गएको, मृतक बालिकाको शरीरका भागहरुमा निलडाम, चोटपटक तथा शरीर नग्न अवस्थामा रहेको, थप अनुसन्धानको लागि ऐ.१२:०० बजे प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजबाट प्र.नि.को कमाण्डमा २ वटा Dog सहितको टोली खटी गएको, आरोपीत ४ जना मध्ये ३ जिल्लाको नियन्त्रणमा, अन्या आवश्यक कार्य जारी,   बन्दक बनाई राखेका नेपालीहरुको उद्धार १ कञचनपुर भारतको उत्तराखण्ड प्रदेश, उधम सिंह नगर जिल्लाका रुद्रपुर, कासीपुर लगातयका बिभिन्न स्थानका घरहरुमा कामगर्ने सिलसिलामा बन्धक बनाई राखिएको अवस्थामा नेपाल सरकार, भारत सरकार, नेपाली राजदुतावास नयाँ दिल्ली, KIN INDIA, शुभ अवसर ग्राम नेपाल समेतको पहलमा ५८ (अन्ठाउन्न) जना नेपाली नागरिकहरुलाई आज मिति २०८२।०३।११ गते १७:५० बजेको समयमा कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट सु.प.प्र.प्र.का. धनगढीका प्रदेश प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर बि.क. ज्यू, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्र.जि.अ. लक्ष्मण ढकाल ज्यू, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख खड्क बहादुर खत्री र अन्य सरोकारवाला निकायहरुको सहकार्यमा यस कञ्चनपुर जिल्लासम्म सकुसल ल्याएको र सम्बन्धित घर ठेगानासम्म पुर्‍याउने पहल भईरहेको ।   ला.औ. १ झापा भद्रपुर न.पा.७ आनी मार्ग स्थित व.प्र.का.भद्रपुरबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बा.प्र.-०१-०२५ च ०८७७ नं.को कारलाई शंका लागी चेकजाँच गर्दा कारमा लुकाई छिपाई ल्याउदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ शुद्ध तौल २०० ग्राम ३९० मिलिग्राम फेला पारी कार चालक कार र जि.नुवाकोट वेलोरवडि न.पा.१३ बस्ने वर्ष ३० को  सजिन लामा समेत ४ जनालाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई राखिएको, थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जि.प्र.का.पठाईएको,   २ सिरहा भगवानपुर गा.पा.४ ठाडी बजार स्थित जि.प्र.का., इ.प्र.का.लहान र प्र.चौ.ठाडीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 32 AD 6993 को मो.सा.र BR32AK 6301 नं.को मो.सा.शंका लागी चेकजाँच गर्दा BR 32 AD 6993 नं.को मो.सा.चालक देश भारत बिहार राज्य मधुबनी जिल्ला ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने वर्ष ४० को राम नारायण साह , BR32AK 6301 नं.को मो.सा.चालक ऐ. ग्राम पञ्चायत गोईत प्रसाही बस्ने वर्ष २७ को राजन बाबु साहको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४० ग्राम ( गिलो पदार्थ भएकोले प्लाष्टिक बाहेक तौल हुन बाँकी) फेला पारी दुवै मो.सा.सहित दुवै जनालाई नियन्त्रणमा लिई प्र.चौ.ठाडीमा ल्याई राखिएको   ३ पर्सा पर्सा बिरगंज म.न.पा.२१ परवानिपुर चौक स्थित प्रहरी चौकी सिर्सिया,पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको टोलीले बिशेष सुचनाको आधारमा परवानिपुर बाट ड्राईपोट तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नं.को ट्रकलाई शंका लागि चेकजाँज गर्ने क्रममा उक्त ट्रकको पछाडीको ढालामा ला.औ.चरेश जस्तो देखिने पदार्थ फेला परेकोमा तौल गर्दा अं.३ क्विन्टल १७ के.जी. ५०० ग्राम रहेको  र ३ के.जी. ला.औ.चरेश जस्तो देखिने धुलो पदार्थ सहित ट्रक, ट्रक चालक  जि. मकवानपुर थाह न.पा.१२ बस्ने अं. वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानको साथबाट नगद ने.रु.१ लाख ९२ हजार बरामद गरी नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको  

मिति २०८२।०३।१० गते देखि ऐ. ११ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-११

सिन स्थान, मिति र समय विवरण कै ज.ज.क./ज.ज.क.उद्योग १ धनकुटा मिति २०८२।०३।०८ गते २१:०० बजे धनकुटा न.पा.८ सान्ताङ बस्ने वर्ष ५२ को खड्ग बहादुर राईले ऐ.बस्ने वर्ष ५० की महिलाको घर कोठामा प्रवेश गरी निज प्रतिवादीले साथमा बोकी ल्याएको धारिलो हतियार खुकुरी देखाई डर त्रासमा पारी जवरजस्ती करणी गरेको भनी जि.प्र.का.मा जानकारी प्राप्त हुन आएकोले निज प्रतिवादीलाई ऐ.९ गते १७:०० बजे नियन्त्रणमा लिई ऐ.१० गते सम्मानित धनकुटा जिल्ला अदालतमा म्याद थप गर्ने प्रकृया भईरहेको ।   आत्महत्या/आत्महत्या प्रयास (हामफालेर) १ चितवन राप्ती न.पा.४ चौकी डाँडा बस्ने वर्ष ४७ को लीला बहादुर प्रजाको श्रीमती वर्ष ४२ की कुमारी प्रजा घरमा श्रीमानसँग झगडा गरी मर्छु भनी घरबाट श्रीमान/श्रीमतीसँगै गई खहरे खोलाको भिरबाटसँगै हामफाल्दा निज श्रीमती कुमारी प्रजाको मृत्यु भएको र श्रीमान लिलाबहादुर प्रजाको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.भण्डाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल तर्फ पठाएको, अवस्था गम्भीर, घटनास्थल मुचुल्काको लागि इ.प्र.का.खैरहनिबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो.मा.को लागि भरतपुर सरकारी अस्पताल पठाईएको ।   धारिलो हतियार प्रहार १ भोजपुर षडानन्द न.पा.४ दिङलाबजार स्थित मिल टोलमा धन बहादुर बि.क.को घरमा कोठा बस्दै आएको ऐ.८ बस्ने वर्ष २४ की सफला रसाइलीलाई निजको कोठामा पुगी ऐ.वडा नं.७ सालबोटे वर्ष २३ को अन्जन रसाइलीले के कुन कारण सामान्य  बिवाद हुँदा अन्जन रसाईलीले खुकुरी प्रहार गरी सफला रसाईलीलाई घाइते बनाएको, घाईतेको टाउको पछाडि, टाउकोको बाया भागमा, चिउडो मुनी, पेट लगायत शरीरको बिभिन्न भागमा काटिएको, अवस्था बोल्न नसक्ने, उपचारको लागि  प्राथामिक स्वास्थ्य केन्द्र मुलपानीमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारी संखुवासभा पठाएकोमा उपचार हुन नसकी थप उपचारको लागि बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान रिफर भएको, अन्जन रसाईलीलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउँदा निजको दुवै खुट्टामा चोट देखिएकोले एक्सरे गरी हेर्दा दुवै खुट्टा फ्याक्चर देखिएको, निजसँग बुझ्दा उक्त घटना घटाई घटनास्थलबाट हामफाली भाग्ने क्रममा दुवै खुट्टामा चोट लागेको, निजलाई स्वास्थ्य केन्द्र मुलपानी भोजपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि इ.प्र.का.दिङलामा कार्यरत प्र.स.ह.कृष्ण कार्कीको जिम्मा लगाई बि.पि.कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको ।   ला.औ. १ सुनसरी   सुनसरी ०३/१० गते अं. २२;०० बजेको समयमा धरान उप-मनपा ५ देउरालीचोक घर भई हाल ऐ. झर्नाचोक स्थित कला खत्रीको घरमा डेरा गरी बस्ने हरीचन्द्र राईको छोरा वर्ष १९ को सुदिप भन्ने मुन्सन राईले ला.औ. कारोबार गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इप्रका धरानबाट सादा पोषाक र अप्रचौ देउरालीबाट प्रसनि विष्णु राजवंशी (९८४८४५६४२६ ) को कमाण्डमा प्रहरी टोली खटि गई निजको कोठामा रहेको जेब्रा झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा ट्रामाडोल -८,८७६ क्याप्सुल, Mefenic spas -७,८९० ट्याब्लेट, Nitrazepam -२० ट्याब्लेट, sparest-२९५ ट्याब्लेट र कोलिवन-३१२ ट्याब्लेट जम्मा १७३९० ट्याब्लेट  फेला पारी निजलाई समेत नियन्त्रणमा लिई गरी इप्रका धरानमा ल्याई अनुसन्धान भई रहेको, ।   २ मकवानपुर हेटौडा उ.म.न.पा.१० बसपार्क स्थित जि.प्रका.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.१२ पदमपोखरी बस्ने वर्ष १८ को प्रितम बल, जिचितवन भरतपुर म.न.पा.२ बस्ने वर्ष २२ को विजय सुनार र जि.मकवानपुर हेटौडा उ.म.न.पा.८ कमाने बस्ने वर्ष ३१ को राजकुमार खड्का(मो.सा.चालक) समेतलाई शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.खेरो हिरोईन जस्तो देखिने पदार्थ १६ ग्राम ४०० मिलिग्राम फेला परेकोले उक्त ला.औ.र निजहरुले प्रयोग गरेको बागमती प्रदेश ०३-००६ प १०१७ नं.को मो.सा.सहित निजहरूलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भइरहेको ।  

मिति २०८२।०३।०९ गते देखि ऐ. १० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-१०

सिन जिल्ला विवरण कै बिदेशी नागरिक मृत्यु १ रसुवा मिति २०८२/०३/०३ गते (17 Jun 2025) गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर घुम्न गएका फिजी, लाबासाका नागरिक पासपोर्ट नं.1136760 भएको वर्ष अं.५५ को DALIP SINGH मिति २०८२/०३/०७ (21 jun 2025) गते राती अं.२०:०० बजे लेक लागेर मृत्यु भई ऐ.९ गते १०:०५ बजे ऐ.गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाकामा ल्याई ना १ ज ३६०२ नं.को गाडीद्वारा घट्टेखोला स्थित हेलिप्याडमा ल्याई राखिएको, काठमाण्डौं ल्याई सकेको, हे.क.आउन बाँकी, साथमा नेपाली गाइड श्याम काजी गुरुङ(९८४१४४३९५२)  रहेको   ज.ज.क. / बाल यौन दुर्व्यवहार १ पर्वत बिहादी गा.पा.६ कोलडाँडा स्थित मकै बारीमा ऐ.६ शालिग्राम बस्ने बर्ष २२ को वसन्त बि.क.ले जिल्ला पर्वत पैँयु गा.पा.७ भोर्ले बस्ने बर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भन्ने खबर पिडितको आफन्तले मिति २०८२।०३।०९ गते बिहान ११:०० बजे इ.प्र.का.हुवास पर्वतमा जानकारी गराउन साथ प्र.नि.को. कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्वतमा ल्याई बिस्तृत स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान कार्य भईरहेको,निज पिडितको स्वास्थ्य परीक्षण गरीएको,   कैदी थुनुवा फरार १ मोरङ सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको चलानी नम्बर ३०९९ मिति २०८१।१२।१७ गतेको पत्रादेशानुसार २ बर्ष कैद तोकिएको विराटनगर म.न.पा.१३ बस्ने वर्ष ४० को बिजय संकर झा चेक अनादार मुद्दाको फरार प्रतिबादी जि.मोरङ विराटनगर म.न.पा.७ स्थित रहेको सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थितिको लागि लगेकोमा अदालत परिसरबाट भागी फरार रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेको ।   फुटकर ज्यान १ रुपन्देही बुटवल उ.म.न.पा.१४ मोतिगन्ज स्थित कुलोमा नामथर, वतन नखुलेकोअं.वर्ष ५० को जस्तो देखीने महिला मृत अवस्थामा रहेो भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.बिट बेलभरीयाबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, मृतक महिलाको टाउकोमा चोट देखिएको, थप अनुसन्धान कार्य भईरहेको,   ला.औ. १ मोरङ सुनवर्षी न.पा.८ हर्सजगडी नजिक प्र.चौ.सिक्टीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले सिक्टी डाईनिया भित्री सड्क खण्डमा सिक्टीबाट डाईनिया तर्फ जाँदै गरेको KTM 200 C.C.को चेचिस नं.MD2JPCXK6PC013282#, ईन्जिन नं.P-936*05474* भएको नं.प्लेट नभएको मो.सा.शंका लागी चेकजाँच गर्दा मो.सा.चालक ऐ.सुनवर्षी न.पा.८ सिक्टी बस्ने अनवर मियाको छोरा वर्ष अ.१९ को अकमल मियाको साथबाट ४२ ग्राम ४४० मिलिग्राम ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ. र मो.सा.मानिस निजलाई नियन्त्रणमा लिई इ.प्र.का.रंगेलीमा राखी आ.अ.भइरहेको,  

मिति २०८२।०३।०८ गते देखि ऐ. ९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०९

सिन जिल्ला विवरण कै कर्तब्य ज्यान १ सुनसरी बराहक्षेत्र न.पा.५ मुसहरी टोल बस्ने वर्ष ३० को सोनिया मुसहरले ऐ.७ गते २१:०० बजे मा.प.से.गरी आफ्नै घरमा आफ्नै श्रीमती वर्ष २४ की ढलिसदा मुसहर संग वादविवाद हुँदा निजलाई कुटपिट गर्दा घाईते भई घरमा नै राखेकोमा ऐ.८ गते ०९:२५ बजे मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.भरोलबाट प्र.स.नि.र इ.प्र.का.महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको, सोनिया मुसहर नियन्त्रणमा ।   ज.ज.क. / बाल यौन दुर्व्यवहार १ उदयपुर त्रियुगा न.पा.१० बस्ने परिवर्तित नाम गाईघाट ९७ (घ) की नातिनी  वर्ष १३ की परिवर्तित नाम गाईघाट ९७ लाई परिवर्तित नाम गाईघाट ९७ (क) ले आफ्नै छोरीलाई आफ्नै घर कोठामा ललाई फकाई पटक पटक ज.ज.क गरेको भनि मिति २०८२।०३।०८ गते अ.१६:०० बजे जिप्रका उदयपुरमा आई पिडितको हजुरआमाले जाहेरी दिन साथ जिप्रका  उदयपुरबाट प्रहरी टोलि खटि गई गाईघाट ९७ (क) लाई पक्राउ गरी जिप्रका उदयपुर ल्याई थप अनुसन्धान कार्य भइरहेको, पिडितलाई सेफ हाउसमा लगी राखेको स्वास्थ्य अवस्था सामान्य रहेको,   हा.ह.बरामद १ रुकुम पूर्व   मिति २०८२।०३।०७ गते २१:३० बजे सिस्ने गा.पा.२ दल्लुगैरा बस्ने बम बहादुर कामीको श्रीमती वर्ष ४३ की तृष्णा कामीलाई ऐ.बस्ने वर्ष ३२ को शेर बहादुर कामी र ऐ.बस्ने वर्ष २६ को हिराजंग कामीले निज बम बहादुर कामीको घरमा प्रवेश गरी निजको श्रीमती तृष्णा कामीलाई चक्कु प्रहार गरी घाईते बनाएको भनी खबर प्राप्त भएकोले इ.प्र.का.प्वाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई तृष्णा कामीलाई प्रहार गरेको धारिलो हतियार (चक्कु) खोज्ने क्रममा ऐ.८ गते ११:०० बजे ऐ.बस्ने बम बहादुर कामीको घरदेखि अं.३० मिटर उत्तर तर्फ निजकै मकै बारीमा सिस्नोको झाडीमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको ३ नाल (सावुत) भरुवा बन्दुक फेला पारी नियन्त्रणमा राखी बरामदी मुचुल्काको लागि जि.प्र.का.बाट प्र.व.ह.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य भईरहेको, घाईतेलाई थप उपचारको लागि ऐ.१३:४५ बजे पोखरा तर्फ रिफर । चक्कु प्रहार गर्ने शेर बहादुर कामी र हिराजंग कामी र  तृष्णा कामीको श्रीमान बम बहादुर कामी समेत ३ जना  प्रहरीको नियन्त्रणमा रहेको,   २ कैलाली   धनगढी उप-महानगरपालिका १२ पटरीघाट नेपाल भारत सिमाना स्थित पैदल हिडिरहेको अवस्थामा अ.प्र.पो.जुगेडा कैलालीबाट खटिएको प्र.ब.ना.नि. र जि.प्र.का.कैलाली अ.अ.समुहबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले देश भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब सिंह र ऐ.ऐ.बस्ने बर्ष २० को विपिन कुमारको साथबाट कटुवा पेस्तोल नाल – १ र ऐ.ऐ.मा लाग्ने गोली – १ राउण्ड बरामद गरि निजहरुलाई हतियार सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि तालुक जि.प्र.का.कैलालीमा पठाईएको ।   ३ सुनसरी   बराहक्षेत्र न.पा. ०५ अमहा सिमसार जंगल स्थित भित्रि सडक खण्डमा धरानबाट कालाबञ्जार तर्फ आउदै गरेको बा ६ च ८४०३ नम्बरको कालो कार प्र.चौ. भरौलबाट प्र.स.नि.को कमाण्डमा खटी गएको चेकिङ टोलीलाई देख्नसाथ उक्त कार रोकी चालक र ४/५ जना सवार मानिसहरू जंगल तर्फ भाग्नसाथ प्रहरी टोलीले उक्त कारलाई चेकजाँच गर्ने क्रममा कारको बिचको सिटमा WEBLEY & SCOTT LIT LONDON & BIPMINGHAM, MADE IN ENGLAND  नामक राइफल खाली बन्दुक (राउण्ड नभएको) फेला परेको, उक्त कार र राइफल बन्दुक इ.प्र.का. महेन्द्रनगरमा ल्याई राखिएको, तत्काल चालक र ४/५ जना सवार मानिसहरू फरार रहेकोले खो.त.कार्य भईरहेको,।   धारिलो हतियार प्रहार १ ललितपुर ललितपुर म.न.पा. ४ बिष्णुदेवी मन्दिर स्थित अपरिचित २ जना ब्यक्तिहरुसंग  बिवाद हुदां धारिलो हतियार प्रहार गर्दा जिल्ला महोत्तरी घर भई हाल ल.पु.जि. म.न.पा. ३ धोबिघाट बस्ने बर्ष ३० को रंजित मगर र जिल्ला कैलाली घर भई हाल ल.पु.जि. म.न.पा. ४ बिष्णुदेवी मन्दिर बस्ने बर्ष २४ को खगेन्द्र वयक  घाईते भएकोले उपचारको लागी पाटन अस्पतालअस्पताल र अल्का अस्पताल लगी उपचार भईरहेको,१ जनाको अवस्था गम्भीर, १ जना सामान्य, उक्त स्थानमा प्रहरी प्रभाग सानेपाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गरी फरार व्यक्तिहरुको खो.त. तथा अन्य अनुसन्धान कार्य जारी रहेको । थप अपडेट:- ऐ. १९:५० बजेको समयमा जि.ल.पु.म.न.पा. ०४ बिष्णुदेवी मन्दिर नजिक बाट घटनामा शंकास्पद निम्न २ जना ब्यक्तिहरुलाई प्र.बृ. सातदोबाटो बाट खटिएको सादा पोशाख (सिभिल) को टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । निम्न:- १) जि.ल.पु.म.न.पा. १३ एकान्तकुना बस्ने बर्ष २१ को मन्दिप खड्गी । २) जि.कैलाली जानकी गा.पा. ८ घर भई हाल जि.ल.पु.म.न.पा. १८ नख्खु बस्ने बर्ष २६ को बिरेन्द्र सिंह बिष्ट ।   ला.औ. १ उदयपुर बेलका न.पा.१ प्रहरी बिट आम्बासी अगाडि प्र.स.ह.को चेकिङ टोलीले चेकजाँच  गर्ने क्रममा रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको को १ ज ३६२८ नं. को म्याजिक भेनमा सवार ऐ.७ मैनामैनी बस्ने वर्ष ३१ को धन बहादुर राईको साथबाट अं.१२ के.जि.लागुऔषध गाँजा फेला पारी  नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  

मिति २०८२।०३।०६ गते देखि ऐ. ८ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०८

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. रुपन्देही बुटवल उ.म.न.पा.९ फाईनाईसचोक आईसिआई पथ स्थित गणेश पौडेलले संचालन गरेको हिमालय स्टोरको बाहिरपट्टि पेटीमा मागी खाई हिड्नेजस्तो देखिने अं.वर्ष ४५ को पुरुष व्यक्ति तन्नाले मुख छोपेको अवस्थामा मृत फेला परेको भनी प्रहरी बिट राजमार्ग चौराहामा जानकारी प्राप्त हुनासाथ व.प्र.का.बुटवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, मृतकको साथमा जि.गुल्मी मालिका गा.पा.६ बस्ने वर्ष २९ को ज्योति वि.क.को नामको भोटर कार्ड समेत फेला परेको, विगत ४ वर्षदेखि ऐ.सैनामैना न.पा.६ रामापुर बस्ने वर्ष ३७ को बालकृष्ण न्यौपानेसँग बुटवल बजारको एरियामा कवाड संकलन गरी हिँड्ने भन्ने बुझिएकोले शंकास्पद निज बालकृष्ण न्यौपानेलाई इ.प्र.का.बुटवलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले ऐ.बुटवल उ.म.न.पा.७ श्रवण पथमा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले ढुङ्गा प्रहार गरी मारेको भनी स्वीकार गरेको ।   २. कैलाली   थप अपडेट:-मिति २०८२।०३।०६ गतेको बिहान अ.०६:०० बजे, गौरीगंगा न.पा.०७ कैलाशपुर बस्ने लक्ष्मण नाथको श्रीमती बर्ष २५ को तुलसी नाथ आफ्नो घर नजिकै रहेको सडकको नालामा मृत अवश्थामा फेला परी आफन्तले घरको आँगनमा ल्याई राखेको खबर इ.प्र.का. मसुरिया कैलालीमा प्राप्त हुनासाथ प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल सुरक्षित राखी इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट प्र.ना.उ. को कमाण्डमा SOCO को टोली खटी गई ऐ. ११:०० बजेको समयमा घटनास्थल कार्य पुरा गरी लास पो.मा. को लागी से. १ च ४५७ नं. को एम्बुलेन्स द्वारा सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली पठाएको, मृतकको सुत्ने कोठामा निजको १६ दिनको बच्चा रहेको, मृतकको श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको, ऐ. ०७ गते १९:०० बजे मृतक तुलसी नाथ लाई कर्तव्य गरी हत्या गर्ने मृतककै देवर बर्ष २० को नबिन नाथ लाई पक्राउ गरी निजको साथ बाट मृतकले कानमा लगाउने गरेको सुनको रिङ थान – ८ (आठ) वटा र चाँदीको रिङ थान – ४ (चार) वटा  निज नबिन नाथको साथ बाट रीतपूर्वक बरामद गरिएको  ।   ज.ज.क. १. झापा   मिति २०८२।०२।३१ गते अं. १८:३० बजेको समयमा जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.७ डाँफे चौक स्थित सुन्दरलाल राजवंशीको चिया बगान स्थितमा सांकेतिक वतन ०४-१-११-छ बस्ने वर्ष १९ को सांकेतक नाम "A (081/082)" काका नाता पर्ने ऐ.बस्ने वर्ष १७ की सांकेतिक नाम "अं-१"लाई मिति २०८१।११।०३ गते अं. २३:०० बजेको समय देखी पटक पटक गरी अन्तिम पटक गरी ज.ज.क गरेको भनि मिति २०८२।०३।०५  गते अं.१९:०० बजे जि.प्र.का झापामा जाहेरी निवेदन दिइएको हुदाँ उक्त स्थानमा जि.प्र.का झापाबाट प्रसनि संजय माझीको कमाण्डमा प्रहरी खटि गई निज दुबै जनालाई नियन्त्रणमा लिई जिप्रका झापामा ल्याई सोधपुछ तथा अनुशन्धान कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको,उक्त स्थान जिप्रका झापाबाट २ किमि दक्षिण पश्चिम । जानकारीको लागि –पीडित जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ७ सालमारा बस्ने बर्ष ३५ को संजय राजवंशीको छोरी वर्ष १७ की स्वास्तिका राजवंशी । पिडकः- ऐ. बस्ने सोमलाल राजवंशीको छोरा वर्ष १९ को अर्जुन राजवंशी ।   २. प्यूठान मिति २०८२।०२।२२ गते अं.०९:०० बजे अर्घाखाची सितगंगा न.पा. ७ घर भई जि.प्युठान सरुमारानि गा.पा.२ मैदान खारा स्थित मामा घर गएकी वर्ष ४ की बालिकालाई ऐ.बस्ने (कानुनको बिबादमा परेको बालक) वर्ष १३ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.०६ गते १९:१५ बजे,खबर प्राप्त हुनासाथ जि.प्र.का.प्युठानबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियनम्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको ।   धारिलो हतियार(खुकुरी) प्रहार १. मकवानपुर हेटौडा उ.म.न.पा.७ हरीयाली बस्ने वर्ष ३२ को कृष्ण क्षेत्रीलाई सोही स्थान बस्ने वर्ष ४२ को मिन बहादुर लोप्चनले एक्कासी आई धारिलो हतियार(खुकुरी) प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट हरियालीबाट प्र.ह. र इ.प्र.का.पशुपतिनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम,  कुटपिट गर्ने मिन बहादुर लोप्चन फरार खो.त. कार्य भईरहेको ।   सुन बरामद १. कास्की पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि भारतबाट सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ. पोखरा म.न.पा.२२ पुम्दी भुम्दीबाट भारत घर भएको अं. वर्ष ४९ को कुलदिप सिंह र जि. रुपन्देही तिलोत्तमा न.पा.५ बस्ने वर्ष ४७ को राम बहादुर बि.क.समेत २ जनालाई सुन जस्तो देखिने पहेँलो रङको धातुबाट बनेका पत्थर सहितको गरगहना (मुन्द्रा, मंगलसुत्र लगायत) अं.८२ तोला सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।   हात हतियार बरामद १. झापा मेचीनगर न.पा. वडा न.६ काँकरभिट्टा बसपार्क स्थित इ.प्र.का. काँकरभिट्टाकाबाट प्र.ना.उको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजांच गर्दा देश भारत दुर्गानगर सिलिगुडि बस्ने वर्ष अं. ३५ को जय प्रकाश कुमार पाठकलाई  WB 70 G 3232 नं.को गाडि सहित नियन्त्रणमा लिई इ.प्र.का काँकरभिट्टामा ल्याई चेकजाँच गरि हेर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी राखेको STAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार १ थान र उक्त हतियारमा भएको म्याग्जिनमा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १-१ थान दाव सहितको खुकुरी जम्मा २ थान फेला परेको र जय प्रकाश कुमार पाठकको शरीरबाट REDMI मोवाईल १ थान, SAMSUNG कम्पनीको मोवाईल १ थान गरी जम्मा २ थान मोवाईल सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।   ला.औ. १. मकवानपुर मनहरी गा.पा.९ रजैया स्थित पूर्व-पश्चिम सडकखण्डमा नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले ऐ.०३।०५ गते अं.२१:३० बजे गस्ती गर्दै जाने क्रममा ऐ. मनहरी गा.पा.९ स्थितमा रहेको ज्यामिरे कालिका सामुदायिक बनभित्र मानिसहरुको आवाज बोलेको जस्तो सुनि जंगलभित्र गई हेर्दा उक्त टोलीलाई देख्नासाथ मानिसहरू भागेको, निजहरुले पिठ्युमा बोकी लिई हिडेको प्लाष्टिकको दुई वटा बोराभित्र लुकाई छिपाई ल्याएको ला.औ.गाँजा.नियन्त्रणमा लिई नेपाल सुरक्षा बेश कत्ले खोला मकवानपुरमा ल्याई राखेकोमा ऐ.०३।०६ गते १०.५० बजे इ.प्र.का.मनहरीमा ल्याई बुझाई तौल गर्दा ला.औ. गाँजा १२ के.जी.७७० ग्राम भएकोले थप अनुसन्धान कार्य भईरहेको ।   २. झापा   काकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर न.पा.वडा नं. ५ स्थित भन्सार चोकमा भारतबाट नेपाल तर्फ आई रहेको चालक जि. काठमाण्डौ म.न.पा. वडा नं.२६ बस्ने वर्ष २४ को निवेश कुँवरले चलाई लिई आई रहेको बा.प्रदेश ०१-०३० च ७७९३ नं.को नेटाकम्पनीको ब्लु रंगको कार रोकी चेक जाँच गर्ने क्रममा चालक निवेश कुँवरले कालो प्लाष्टिकमा प्याक गरि चालकबस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याई रहेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेकोले उक्त लागू औषध जस्तो देखिने खैरो लिसाइलो पदार्थलाई तत्कालै मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित ५१ (एकाउन्न) ग्राम ९९० (नौ सय नब्बे) मिली ग्राम रप्लाष्टिकं बाहेक ४७ (सडचालिस) ग्राम ६९० (छ सय नब्बे) मिलि ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिनेलिसाइलो पदार्थ र कारलाई नियमानुसार बरामद गरि कार चालक निवेश कुँवर र कारमा सवार जि.लमजुङ कोलासोतार गा.पा.वडा नं.७ बस्ने वर्ष २२ की नोजिना रानामगरलाई समेत नियन्त्रणमा लिई जि.प्र.का. झापामा ल्याई थप अनुसन्धान भई रहेको।  

मिति २०८२।०३।०५ गते देखि ऐ. ६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०६

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. मकवानपुर थाहा न.पा.१ कुन्छाल बस्ने मनोज गोपालीको श्रीमती वर्ष ५० की तुलमाया गोपालीलाई छिमेकी देवर नाता पर्ने सोही स्थान बस्ने अ.वर्ष ३५ को बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी घटनास्थलमा नै मृत्यु भएको (टाउको र जिउ छुट्टिएको) र बिमलमान गोपाली फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट बज्रबाराहीबाट प्र.स.नि., इ.प्र.का.पालुङबाट प्र.नि.र इ.प्र.का.भिमफेदीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार ब्यक्तिको खो.त.गर्ने क्रममा थाहा न.पा.३ थानाबजार स्थित इ.प्र.का.पालुङबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले खुकुरी सहित नियन्त्रणमा लिई इ.प्र.का.पालुङमा ल्याई राखेको, मृतकको माईतिपक्ष घटनास्थलमा आईपुगेको ,पो.मा.बाकी ।   ज.ज.क. १. इलाम   इलाम न.पा.७ बस्ने अं.वर्ष ४६ की बोली नआउने पूर्ण रुपले अपाङ्गता भएकी महिलालाई इलाम न.पा. ६ गढी बस्ने वर्ष ३२ को नर बहादुर विश्वकर्माले ज.ज.क गरेको भनी ऐ.०३।०५ गते अं.१४:३० बजे जि.प्र.का.मा पीडितको श्रीमानले जाहेरी दरखास्त दिनसाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी थप अनुसन्धान कार्य भईरहेको पिडितको अवस्था सामान्य ।   कैदि मृत्यु सम्बन्धी १. कैलाली   जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १ स्थित रहेको कारागार कार्यालय कैलालीमा रेहको बैकिङ कसुर मुद्धाको  कैदी जिल्ला डडेलधुरा भागेश्वर गाउपालिका ५ बस्ने बर्ष २८ को हरी सिंह पालीको प्रेसर कम भइ र  एक्कासी ज्वरो आई औ.उ.को लागी सेती प्रादेशिक अस्पताल धनगढीमा लगि डाक्टरको सल्लाह अनुसार बेडभर्ना गरी उपचार भई रहेको अवस्था सिरियस, उक्त स्थानमा जि.प्र.का. कैलाली बाट प्र.स.नि. अम्मर सिंह भण्डारी  (९८४९४०५५१५) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटि गएको । थप टिपोटः- मिति २०८२।०३।०३ गते ००;१५ बजे निज कैदिको उपचारको क्रममा मृत्यु भई लाश सोही अस्पतालमा नै रहेको । थप टिपोट ;- ऐ. ०१;३० बजे उक्त लाश पो.मा. को लागी सेती प्रादेशीक अस्पतालको लाश घरमा राखिएको ।   थप टिपोट;- मिति २०८२।०३।०४ गते अं.१८;४५ बजेको समयमा स.प्र.जि.अ. श्री किरण जोशीको संयोजकत्त्वमा ७ सदस्यी छानबिन समिति गठन गरिएको भनि जिल्ला प्रशसन कार्यालय कैलालीको  च.न.५७८३ को पत्र प्राप्त भएको । थप टिपोट ;-  मिति २०८२।०३।०५ गतेको अं.१५;०० बजेको समयमा जि.डडेल्धुरा भागेश्वर गाउपालिका ५ बस्ने बर्ष २७ कि मृतकको श्रीमती जानकी साउँदले कर्तव्य ज्यान मुद्धामा सु.प.प्र.प्र.का.धनगढी कैलाली दरबन्दी भई जि.प्र.का.कैलालीमा कार्यरत (क.को.न.३०८९५४ ) प्र.ना.नि.हरजित नाथलाई किटानी जाहेरी दिएको हुँदा निज प्र.ना.नि.लाई जि.प्र.का.कैलालीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको,पो.मा.को काम सम्पन्न भइ लास आफन्तलाइ बुझाउने काम भैरहेको ।   ला.औ. १. तनहुँ   आबुखैरैनी गा.पा. २ खानीखोला तुलसी होटल स्थितमा काठमाण्डौबाट गल्याङको लागी छुटेको ग २ ख १२६४ नं.को माइक्रो बस खाना खान रोक्ने क्रममा माइक्रो बसमा शंकास्पद झोला भेटिएको छ भन्ने खबर प्राप्त पश्चात यस कार्यालयबाट प्र.स.नि.चेत नाथ अधिकारी (९८४१८१८१४०) को कमाण्डमा ४ जनाको टोली खटि गई माईक्रो बस सहित झोलालाई यस कार्यालयमा ल्याई चेकजाच गर्दा उक्त खैरो रगको झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको अवैध लागु औषध पोल्यान (गाँजाको धुलो) तत्काल तौल गर्दा ५ किलो ५५ ग्राम फेला परेकोमा उक्त लागु औषध को-कसको भन्ने नखुलेको,माइक्रो बसको (धनी) चालक जिल्ला स्याङजा गल्याङ न.पा. १ बस्ने वर्ष ३३ को रोशन श्रेष्ठ र सह- चालक जिल्ला पर्वत स्थायी वतन भई हाल जिल्ला नवपरासी नवलपुर ३ घर बताउने वर्ष २६ को दिपक आचार्य समेतलाई आवश्यक सोधपुछको लगि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको।  

मिति २०८२।०३।०४ गते देखि ऐ. ५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०५

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. सर्लाही मिति २०८२।०३।०३ गते १९:३० बजे गोडैता न.पा. ६ बगदह बस्ने वर्ष २७ को  राम अधिन राय  र ऐ.बस्ने विलास रायको श्रीमती वर्ष ६८ की राम दुलारी राय बीच गोरेटो बाटोको बिषयलाई लिई झै-झगडा तथा कुटपिट हुँदा राम दुलारी राय र निजको बुहारी वर्ष ३५ की पबिता देवी घाईते भई प्रदेशिक अस्पताल मलंगवामा उपचार भईरहेकोमा राम दुलारी रायलाई थप उपचारको लागि काठमाडौं तर्फ लैजाने क्रममा जि.सिन्धुली माझिटार स्थित घाईतेको अवस्था बिग्रि जिल्ला सरकारी अस्पताल सिन्धुलीमा लगी चेकजाँच गर्दा डाक्टरले  ऐ.०४ गते १५:३५ बजे मृत घोषणा गरेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत  खबर प्राप्त भएको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने राम अधिन राय नियन्त्रणमा, पबिता देवीको अवस्था सामान्य ।   ज.ज.क., बालयौन दुर्व्यवहार १ मोरङ   उर्लाबारी न.पा.७ स्कुलडाँडा स्थित राधिका मा.वि.उर्लाबारी मोरङको कम्प्युटर कक्षा कोठामा ऐ.विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक जि.झापा दमक बजार बस्ने वर्ष ५५ को तीर्थ कुमार श्रेष्ठले मिति २०८२।०२।२६ गते १४:०० बजे सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत सांकेतिक नाम २०८१ उर्लाबारी ३० क लाई बाल यौन दुरूपयोग गरेको भनी पीडितको दिदी सांकेतिक नाम २०८१ उर्लाबारी ३० ले ऐ.०३।०४ गते १७:०० बजे इ.प्र.का.उर्लाबारीमा जाहेरी दरखास्त दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि कोशी अस्पताल विराटनगर पठाइएको, पीडक फरार रहेकोले खो.त.भइरहेको ।   शंकास्पद बस्तु फेला १ कञ्चनपुर   कृष्णपुर न.पा.९ चप्परखोला स्थित भगवती चौधरीको खेतमा रहेको केराको बोट उखेल्ने क्रममा उक्त बोट मुनी तारले बेरेको नट बोल्टले कसेको बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रैकवारबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको,ऐ.१९:३० बजे श्री बराह दल गुल्म भगतपुर ब्यारेक महेन्द्रनगर कञ्चनपुर बाट नेपाली सेनाका सह-सेनानी सुरज कटुवालको कमाण्डमा ७ जनाको टोली घटनास्थल तर्फ खटी गई हेरी फर्केको, ५ गते पुन: सेनाको टोलि  जाने, घट्ना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि रहेको ।   धारिलो हतियार प्रयोगद्वारा आत्महत्या ( आत्महत्या) १. काठमाण्डौ   बुढानीलकण्ठ न.पा.१ तौलुन स्थित निरशा श्रेष्ठको आमा वर्ष ६८ की बिन्दु कुमारी श्रेष्ठले धारिलो हतियार खुकुरी प्रयोग गरी आत्महत्या गरेको भनी प्रभाग बूढानीलकण्ठमा जानकारी गराउनासाथ प्रभाग बूढानीलकण्ठबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज मृतक महिला आफ्नै छोरी ज्वाईको घरमा बसी मधुमेह,प्याराल्याईसिस्को उपचार गराई रहेको र आज छोरी र ज्वाई काममा गएको अवस्थामा ११:०० बजेदेखी १५:५५ बजेसम्ममा घरमा कोही नभएको अवस्थामा निज मृत्तक बृद्व महिलाले धारिलो हतियार खुकुरी प्रयोग गरी आफ्नै शरीरमा चोट लगाई खाना खाने कोठाबाट रगतहरू चुहाउँदै शौचालयमा शव फेला परेको, थप अनुसन्धानको लागि बृत्त महाराजगंजबाट प्र.ना.उ.को कमाण्डमा SOCO अधिकृत सहितको टोली खटी कानुनी प्रकृया पश्चात शव पो.मा.का लागि त्रि.वि.शि.अ.महाराजगंज पठाएको, घटनास्थलबाट धारिलो हतियार खुकुरी समेत फेला परेको ।   ला.औ. १. काठमाण्डौ   का.जि.काठमाण्डौ म.न.पा.१५ अजिमा हल नजिक जि.धनुषा जनकपुर उ.म.न.पा.घर भई हाल ऐ.१५ अजिमा हल नजिक सोनाम शेर्पाको साढे दुई तले घरको भुई तलामा डेरा गरी बस्ने वर्ष २० की मनिषा ठाकुरको कोठामा ला.औ.वेचविखन भन्ने गोप्य सुचनाको आधारमा वृत्त स्वयम्भुबाट प्र.ना.उ.उद्वव सिंह भाटको कमाण्डमा खटिएको प्रहरीले उक्त स्थानबाट निम्न ला.औ.,मोबाईल फोन थान-२ र नेपालि रुपैयाँ २,२५,८००।-( दुई लाख पच्चिस हजार आठ सय) समेत बरामद गरी निज मनिषा ठाकुरलाई पक्राउ गरी वृत्त स्वयम्भुमा ल्याई राखिएको।घटनास्थल वृत्त स्वयम्भुबाट अं.६०० मिटर उत्तर पर्ने । निम्न ; १) ट्रमाडोल २१५० पत्ता ( २१५०० पिस ट्याब्लेट )। २) ( फेनारागन -२६० पिस ,डाईजापाम -२६०,नुर्फिन -२६० पिस ) गरी जम्मा ७८० एम्पुल  

मिति २०८२।०३।०३ गते देखि ऐ. ४ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०४

सिन जिल्ला विवरण कै फुटकर ज्यान १. रसुवा   नौकुण्ड गा.पा.५ र कालिका गा.पा.५ घट्टेखोला स्थित हाल नामथर वतन नखुलेको अं.वर्ष १६ की र अं.वर्ष १३ की २ जना बालिकाको शव खोलामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.कालिकास्थानबाट प्र.नि.र जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली पुगी बुझ्दा मृतकहरु ऐ.नौकुण्ड गा.पा.५ सिस्नेरि बस्ने लाल बहादुर मोक्तानको छोरीहरु अं.वर्ष १४ की (माइली छोरी) सर्गम मोक्तान र वर्ष १० की (कान्छी छोरी) सबिना मोक्तान रहेको, निजहरु ऐ.२ गते १७:०० बजे आफ्नै घरबाट ऐ.कालिका गा.पा.५ जिबजिबे स्थित कोठामा जान्छु भनी हिँडेको, निज मृतकहरुको हजुरआमा मंगली मोक्तान र ठुलो बुबा धन बहादुर मोक्तानबाट सनाखत हुन आएको, शवको कानुनी प्रकृया पश्चात पो.मा.को लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको । - मिति २०८२।०३।०३ गते अं.१९:०० बजेको समयमा निज मृतकको दिदी जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०५ बस्ने बर्ष १४ की सादना मोक्तान लाइ अनुसन्धानको शिलसिलामा आफन्त द्वारा आफै उपस्थित गराएको र मिति २०८२।०३।०४ गते ०१:२५  बजेको समयमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्र.ना.उ.हेम बहादुर शाहीको कमाण्डको टोलिले आवश्यक सोधपुछको लागि जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ किमारजुङ स्थित नौकुण्ड फेमिलि रिसोटबाट निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिइ इ.प्र.का. कालिकास्थान रसुवामा ल्याइ राखेको १.जिल्ला रसुवा नौकुण्ड गा.पा. वडा नं.०६ बस्ने बर्ष ४० को तेन्जेन थिङ तामाङ । २.ऐ.ऐ. बस्ने बर्ष २५  को आरिया घिसिङ । ३.ऐ.ऐ. बस्ने बर्ष ३८ को सिङ्गि वाङ्जु लामा । ४.ऐ.ऐ. बस्ने बर्ष १६  की डोल्मा घिसिङ   । ५.ऐ.ऐ. बस्ने बर्ष १५ की सजिना नेगी । ६.ऐ.ऐ. बस्ने बर्ष १६ की अनुसा घिसिङ ।   ज.ज.क./उद्योग २ झापा झापा ३१ गते रातको २४:०० बजेको समयमा जिल्ला झापा सांकेतिक वतन ‘०४-५-१७-च’ ( बास्तविक वतन कमल गा.पा.-६ गुवाबारी) स्थित आफ्नै घर कोठामा सांकेतिक नाम ‘ह’ लाई आफ्नै झडकेलो बुवा सांकेतिक नाम ‘ह १’ ले ज.ज.क. गरेको भनी आज मिती २०८२।०३।०३ गते अ.१९:३० बजेको समयमा इप्रका दमकमा जिल्ला झापा कमल गा.पा. वडा नं.६ स्थितमा रहेको श्री मंगलमय माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका बर्ष ४३ की लक्ष्मी ढकालले लिखित जाहेरी दिएकोमा निज सांकेतिक नाम ‘ह १’ लाई इप्रका दमकबाट खटिएको प्रसनि बाबुराम न्यौपानेको समेतको टोलीले निजलाई निजकै घरबाट नियन्त्रणमा लिई इप्रका दमकमा ल्याई थप अनुसन्धान भईरहेको ।   ३ सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा न.०२ कोलडाँडा बस्ने बर्ष ५८ की महिलालाई मिति २०८२।०३।०२ गते अ.८:३० बजे ऐ.बिरेन्द्रनगर न.पा.वडा न.०२ कोलडाँडा बस्ने वर्ष ५० को राम चन्द्र सुनारले जबरजस्ती करणी गरेको भनी मिति २०८२।०३।०३ गते १०:०० बजे जि.प्र.का.सुर्खेतमा जानाकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटी गई पिडक राम चन्द्र सुनारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ।   ४ ईलाम देउमाई न.पा.०२ खाम्द्रुङ स्थित सांकेतिक वतन ०३-५-६ बस्ने सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) को छोरी बर्ष अं.१९ की मानसिक सन्तुलन ठिक नभएको सांकेतिक नाम इलाम -क्ष (०८१/०८२) लाई निजकै बहिनी सांकेतिक नाम इलाम -क्ष-३(०८१/०८२)को boyfriend जिल्ला इलाम फाकफोकथुम गा.पा.०६ सिमसार बस्ने सारु भन्ने राई जातिको साथी तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसले ज.ज.क गरेको भनी आज मिति २०८२।०३।०३ गते अं.२०:३० बजे जि.प्र.का. इलाममा पिडितको बुबा सांकेतिक नाम इलाम क्ष-१(०८१/०८२) ले जाहेरी दरखास्त दिन साथ तत्काल इ.प्र.का. मंगलबारेबाट प्र.नि.को कमाण्डमा प्रहरी खटि  गई पिडकको खो.त. कार्य भई रहेको ।   सुन वरामद १ काठमाण्डौ एयर अरेवियाको उडान नं. G9 530 को फ्लाईट द्वारा शार्जाहबाट काठमाडौं आगमन भएकी यात्रु भारतीय नागरिक राहदानी नम्बर X73528851 वाहक वर्ष ५३ की MEENA SURJEET SINGH KHEMANI (महिला) लाई आगमन भन्सार एरियाको भन्सार चेकजाँच पश्चात टनेल गेट अगाडी निजको गतिबिधी शंकास्पद देखिएकोले उक्त स्थानमा डिउटी खटिएको प्रहरीले चेकजाँच गर्दा निजको मलद्वारबाट बेलना आकारको प्लास्टिकले र्‍याप गरेको ३ (तिन) वटा डल्ला सुन जस्तो देखिने अर्धठोस पदार्थ जम्मा अन्दाजी तौल ११५९ ग्राम सहित लुकाई छिपाई ल्याएकोले निजलाई नियन्त्रणमा लिई बरामद सामान त्रि.अ.बि.सु.का.गौचर लेखा शाखामा राखी निज महिलालाई पत्र सहित एकरात सुरक्षित राख्न प्रहरी बृत्त गौसाला पठाईएको, ऐ.०४ गते कार्यालय समयमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी त्रि.अ.वि.भन्सार कार्यालय सिनामंगल बरामदि सामान सहित पठाईने ।   पक्राउ/नियन्त्रण १ काठमाण्डौ अल्फावेट नखुलेको ९९७१ न.को गाडीमा मानिस अपहरण गरि लगेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ऐ.००;४५ बजेको समयमा का.जि.नागार्जुन न.पा.-०८ सहकारी चोक भिमढुङ्गाबाट बा १७ च ९९७१ नं.को स्कारपिओ गाडी र उक्त गाडीमा सवार जि. कालिकोट रास्कोट न.पा. ५ घर  भई हाल का.जि.का.म.न.पा.३० रातो पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाहीले देश भारत हैदराबाद काचिगौड स्थित एक घरमा चोरी गरेको भन्ने सूचनाको आधारमा हैदरावादबाट Inspector K Raghu Kumar को कमाण्डमा खटिएको प्रहरी टोलिले निजलाई मिति २०८२/०२/०३ गते १६:३० बजे जिल्ला ललितपुर, बंगलामुखीबाट दुई जना र ऐ. मिति ०३/०३ गते अ. २३;३० बजे का.जि.का.म.न.पा ३० रातोपुलबाट निज प्रशान्त शाहीकी श्रीमतीलाई समेत नियन्त्रणमा लिएर जाँदै गरेको अवस्थामा प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाही तथा अनुसन्धानको लागी . जि.कालिकोट रास्कोट न.पा.-५ घर  भई हाल का.जि.का.म.न.पा ३० रातो. पुल कोठा गरी बस्ने वर्ष २४ को प्रशान्त शाही ,जि.कालिकोट रास्कोट न.पा.५ घर  भई हाल ऐ. रातो पुल कोठा गरी बस्ने प्रशान्त शाहीको श्रीमती वर्ष १९ की निकिता बुढा शाही, जि.कालिकोट पचाल झरना गा.पा.०२ घर भई हाल का जि बुढानिलकण्ठ न.पा.०२ भंगाल बस्ने वर्ष २६ को युवराज शाही, जि. कैलाली घोडाघोडी न. पा.०१ घर भई हाल का जि गाठाटार कोठा गरी बस्ने वर्ष २५ को सागर शाही , जि. धादिङ नौविसे ०२ घर भई हाल का.जि.का.म.न.पा १४ स्युचाटार बस्ने वर्ष ४५ को सुवास रुपाखेती (चालक), देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Inspector  K Raghu Kumar, देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Sub Inspector Suresh Kumar ,देश भारत भई हैदरावाद प्रहरी परीसरमा कार्यरत Police Constable  Shiva Kumar लाई नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूमा ल्याई राखिएकोमा भारतीय प्रहरीहरू र चालक लाई  होटल  पिस जोनमा विहान सम्पर्क गर्ने आउने गरि राखिएको ।   ला.औ. १ बारा   जितपुर सिमरा उ.म.न.पा.८ ईम्लिप्रति स्थित फिल्डबाट बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट खटिएको सुचना संकलनको टोली र इ.प्र.का.सिमराबाट प्र.ह.को कमाण्डमा संयुक्त रुपमा खटिएको टोलीले ऐ.८ लोसण्डा बस्ने अं.वर्ष ४५ को रामपुकार सहनीलाई २ वटा बोरामा गरी अं.२२ के.जी.लागु औषध गाँजा सहित नियन्त्रणमा लिई इ.प्र.का.सिमरा बारामा ल्याई राखिएको ।   २ सुनसरी   भोक्राहा नरसिंह गा.पा.६ ढलान रोड स्थित इप्रका लौकही र ला.औ.नि.ब्युरो बिराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको जि. धनकुटा छथर जोरपाटी गा.पा.१ बस्ने वर्ष २९ को दिलिप गजमेर (विश्वकर्मा) लाई चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हेरोईन जस्तो देखिने पदार्थ २३.३६ ग्राम, OPPO कम्पनीको मोवाईल समेत फेला पारी निजलाई नियन्त्रणमा लिई जि.प्र.का. सुसनरीमा ल्याई थप अनुसन्धान भईरहेको ।   ३ कास्की   जि.प्र.का. कास्कीबाट प्र.नि. राज कुमार कार्की (९८४११८५४४८) को कमाण्डमा र लागू औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलिले जिल्ला कास्की पोखरा म.न.पा. ८ प्रतिभा मार्ग स्थित निम्न मो.सा. हरुमा सवार निम्न मानिसहरुलाई शंका लागी निजहरु को शरीर खानतलासी गर्दा निजहरुले बोकेको पछाडी भिर्ने कालो खैरो रंगको झोला भित्र लुकाइ छिपाइ राखेको अवैध लागुऔषध tapantadol-१०० mg को १०५० ट्याब्लेट, निजहरुले प्रयोग गरेको मो.सा. र मोबाइल ५ थान सहित नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की ल्याई राखेको, जि.प्र.का. कास्कीबाट अं. १ कि.मि. दक्षिण पर्ने, बि.बि. पछि । निम्न;- १) ग १७ प ७२३३ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ घारिकुलो बस्ने बर्ष २५ को राजेश ब. पौडेल । २) ऐ. मो.सा. पछाडि सवार जिल्ला चितवन घर भई हाल पोखरा ८ प्रतिभामार्ग बस्ने बर्ष २३ कि रोज कुँवर । ३) ग १४ प ३३५९ नं. को मो.सा. चालक जि. स्याङ्जा पुतलिबजार न.पा. ५ घर भई हाल पोखरा ७ पुरानो एयरपोर्ट बस्ने बर्ष २८ को मनोज रेग्मी । ४) ऐ. मो.सा. पछाडी सवार जिल्ला स्याङ्जा पुतलिबजार न.पा.२ घर भई हाल पोखरा १७ घारिकुलो बस्ने बर्ष २८ को राज ब. पौडेल ।  

मिति २०८२।०३।०२ गते देखि ऐ. ३ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०३

सिन जिल्ला विवरण कै ज.ज.क./ज.ज.क. उधोग १. मनाङ जि.गोर्खा धार्चे गा.पा.४ घर भई हाल जि.मनाङ नासो गा.पा.९ दानाक्यू स्थित सिनो हाईड्रोपावरको मेषमा बिगत ४ महिना देखि काम गर्दै आएकी अं.१४ वर्षकी बालिकालाई सोही हाईड्रोपावरमा स्टोरकिपर (सहायक) काम गर्ने जि. लमजुङ मर्स्याङदी गा.पा.३ टुनिखर्क बस्ने वर्ष ३१ को डुल बहादुर गुरुङले आफु सुत्ने कोठामा मिति २०८२।०१।१२ गते २२:०० बजे निजलाई ललाई फकाई गरी लगि जवरजस्ती करणी गरेको भनी ऐ.०२ गते जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोमा प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ज.ज.क.गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान  कार्य भईरहेको ।   बालबिज्याईकर्ताहरु बिच झै-झगडा तथा कुटपिट १. भक्तपुर   मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित बालसुधार गृहमा कानुनी विवादमा परेका बालबिज्याईकर्ताहरु बीच एक-आपसमा विवाद भई झै-झगडा तथा कुटपिट हुँदा जि.नुवाकोट बेलकोट गा.पा.१० घर भएको वर्ष १९ को राहुल परियार (ज.ज.क.मुद्धा) टाउकोमा चोट, अवस्था सामान्य), जि.सुनसरी भोक्राह नरसिंह गा.पा.५ घर भएको वर्ष १७ को साहेल मंसुरी (ज.ज.क.मुद्धा) ओठ, टाउको र निधारमा चोट, अवस्था सामान्य, जि.खोटाङ ऐसेलुखर्क महेश्वरी गा.पा.५ बस्ने वर्ष १८ को मेघराज बन (ज.ज.क.मुद्धा) दुबै आँखा सुन्निएको, अवस्था  मध्यम, तीनै जना घाईतेलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगेकोमा ऐ.१४:४० बजे २ जना डिस्चार्ज भएको,  मेघराज बनलाई थप उपचारको लागि वीर अस्पताल काठमाण्डौ लगी उपचार भईरहेको । फ्लोप अप १.      २ जना घाइते गरि ४ जनालाई बालसुधार केन्द्रबाट वृत ठिमीमा राखेको। २.      घाइते मेघराज बनलाइ काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा icu मा राखि उपचार भैरहे ३.      सिटी स्क्यानको  रिपोट Normal र Blood रिपोट आउन बाँकी ।   हातहतियार बरामद १ बाजुरा खप्तड छेडेदह गा.पा.६ नाइनालेक बस्ने रमेश बादी गन्धर्वको गोठ (छानो) मा अवैध बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.स.ह.र अ.प्र.पोष्ट आटिचौरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजको गोठमा खानतलासी गर्दा लुकाई-छिपाई राखेको भरुवा बन्दुक थान २ फेला पारी रमेश बादी गन्धर्वलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको ।   ला.औ. १. सुनसरी धरान उ.म.न.पा.१३ शिवधारा स्थित कोशी लोकमार्गमा स.प्र.बल, नेपाल सुरक्षा वेश धरानबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख.०८४८ नं.को मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा २१३० के.जि.ला.औ.गाँजा फेला पारी उक्त ला.औ.गाँजा र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि ऐ.११:०० बजे जि.प्र.का.मा बुझाएको, मिनि ट्रक चालक फरार, खो.त.भइरहेको ।   २. सुनसरी   ०१:३० बजेको समयमा इटहरी उपमहानगरपालिका २० तरहरा जंगल नजिकै स्थित कोशी लोकमार्गमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्र.नि. महेन्द्र पराजुली(९८४८१८४६९८) को कमाण्डको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको सबै सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ६११६ नं. प्लेट राखिएको सेतो कलरको मिनि ट्रकमा माथी सब्जि (बन्दाकोबी ४८ बोरा,आलु १२ बोरा) लोड भएको तल ला.औ. गाँजा ७० बोरा तौल गर्न बाँकी सहित ट्रक, ट्रक चालक जिल्ला धनकुटा सहिदभुमि गाँउपालिका ६ बस्ने बर्ष ३२ को राजेन्द्र राई र ट्रकमा सवार ऐ.ऐ. बस्ने बर्ष ३३ को सुनिल राई र चेकिङ स्थानमा शंकास्पद रुपमा आएका जिल्ला सुनसरी बराहक्षेत्र ९ बस्ने बर्ष ३४ को सुमन राई समेतलाई अनुसन्धानको लागी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको ।   ३. झापा   मेचीनगर न.पा.६ काँकरभिट्टा स्थित नेपाल भारतको सिमा क्षेत्र पुरानो मेचीपुलमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले भाडाको सिटि सफारीमा सवार भई आईरहेको ऐ.कन्काई न.पा.४ सुरुङगा बस्ने वर्ष ३३ को संञ्जित सिवा दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी लिने क्रममा लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ शुद्द तौल २१ ग्राम ९४० मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का.काँकरभिट्टा ल्याई राखिएको ।  

मिति २०८२।०३।०१ गते देखि ऐ. २ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०२

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १ अर्घाखाँची छत्रदेव गा.पा.३ शिख्र बस्ने वर्ष ३८ को रामु कुमाललाई निजकै श्रीमती वर्ष २७ की मेखमाया कुमालले आफ्नै घरमा घरायसी सामान्य विषयलाई लिई वाद विवाद गरी झै-झगडा गर्दा निजको श्रीमानले धारिलो हतियार (दाउ)ले श्रीमतीलाई प्रहार गर्दा श्रीमतीले सोही हतियार खोसी श्रीमानलाई टाउकोको पछाडीको भागमा प्रहार गरी हत्या गरेको भन्ने ऐ. ०६:३० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बल्कोट र जि.प्र.का.अर्घाखाँचीबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई धारिलो हतियार प्रहार गर्ने मेखमाया कुमाललाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, शव पोष्टमार्टम पश्चात दाहसस्कारको लागी आफ्नतले बुझी लगेको ।   २ सुनसरी रामधुनि न.पा.-२ शिवनगर बस्ने बर्ष ४० को सन्तोष चौधरीको घरमा बाधेको खसि-१ वटा र पाठि-१ वटा जिल्ला सुनसरी रामधुनि न.पा.-४ लालपुर बस्ने बर्ष अ.४२ को राकेश चौधरीले चोरी गर्दै गरेको निज घरधनिले देखि हो-हल्ला गर्ने क्रममा उक्त खसि र पाठि छोडी निज चोरी गर्ने मान्छे भागेकोमा निजलाई उक्त घरधनिले खेदाई खुकुरीले हातमा हान्द निज राकेश चौधरीको दाहिने हातमा काटि घाईते भई उपचारको लागि साई हस्पिटल झुम्कामा ल्याई उपचार पश्चात ऐ. ०४:४० बजे थप उपचारको लागि नोबेल हस्पिटल बिराटनगरको लागि लगेको र खुकुरी प्रहार गर्ने ब्याक्ति र खुकुरी नियन्त्रणमा लिई प्रस्तावित इप्रका रामधुनिमा ल्याई राखेको ।घाईतेको उपचारको क्रममा ऐ. ०५:१५ बजे मृत्यु भएको भनि ऐ. हस्पिटलको प्र.क.मार्फत जानकारी प्राप्त भएको ।   ज.ज.क. १ पाल्पा मिति २०८२।०२।३० गते १६:३० बजे, निस्दी गा.पा. ३ झिरुबास हलुवा बस्ने वर्ष ५१ को पुरुषले आफ्नै नातिनी २८ महिनाकी नाबालीकालाई ज.ज.क.गरेको भनि निज नाबालिकाको आमाले जि.प्र.का.पाल्पामा जबरजस्ती करणी कसूर अन्तर्गत कारवाही गरी पाउँ भनि ऐ.३।०१ गते १६:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिएको हुँदा प्र.चौ. रुक्सेभन्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई नियन्त्रणमा लिएको, बालिकाको स्वास्थ्य परिक्षण पश्चात निजकै आमाको जिम्मा लगाएको, अवस्था सामान्य ।   २ इलाम सांकेतिक वतन ०३-३-७ बस्ने सांकेतिक नाम इलाम-स-२(०८१/०८२) छोरी वर्ष १३ की सांकेतिक नाम “इलाम-स(०८१/०८२) लाई मिति २०८२।०२।३० गते २०:०० बजे सांकेतिक वतन ०३-३-८ बस्ने सांकेतिक नाम-ह-१(०८१/०८२) को छोरा वर्ष १७ को सांकेतिक नाम “इलाम-ह(०८१/०८२) ले ललाई फकाई गरी माई न.पा.८ चेपेखोलाको छेउमा लगी ज.ज.क.गरेको भनी ऐ.३१ गते १७:०० बजे पीडितको आमाले प्रचौ महमाई इलाममा जानकारी प्राप्त हुनसाथ प्र.व.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.१९:४५ बजे ऐ.माई न.पा.७ लक्ष्मी खोला स्थित फेला पारी नियन्त्रणमा लिई पीडक र पीडित दुबैलाई जि.प्र.का.इलाममा ल्याई राखिएको, पीडितको आमाले जि.प्र.का.इलाममा जाहेरी दरखास्त दिएको, पीडकलाई जिल्ला अदालत इलामबाट दिन ५ म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको, ।   धारिलो हतियार प्रहार १ ताप्लेजुङ फुङलिङ न.पा. ११ फावाखोला बस्ने लाल बहादुर काङ्लिवा लिम्बुको छोरा अं बर्ष १९ को राजु लिम्बु सुरज भट्टराईको दाउरा वोक्ने जाने क्रममा निजलाई माईला भन्ने लक्षुमण लिम्बु (भरीया) ले मा.प.से.गरी निज राजु लिम्बुलाई पछाडी बाट चिरपटले प्रहार गर्दा निजको वाँया पट्टीको टाउकोमा गहिरो चोट लागी उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुमा पठाएको, अवस्था गम्भिर रहेको, चिरपट प्रहार गर्ने मानिसलाइ नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखेको,उक्त स्थानमा पर्यटक प्रहरी सहायता डेक्स काफ्लेपाटी बाट प्रनानि को टोली खटी गएको, ।   २ ओखलढुङ्गा सिद्धिचरण न.पा.- ०१ नाल्सु बस्ने अ.बर्ष ६० को मानबिर थापा मगरलाई निजको आफ्नै छोरा अं. बर्ष २३ को  सन्दिप थापा मगरले खुर्मिले घाँटीमा रेटी घाइते बनाएको छ भनि ऐ.२०.१० बजेको समयमा ऐ. वडाका वडा सदस्यले प्रहरी चौकी निशंखेमा जानकारी गराउन  साथ प्रहरी चौकी निशंखेबाट प्र.स.नि.को टोली खटि गई निज घाईतेलाई उपचारको लागि सामुदायिक मिसन अस्पताल ओखलढुगा तर्फ पठाएको घाँटीमा चोट, अबस्था मध्यम ,खुर्मि बरामद गरि खुर्मिले रेट्ने मानिसलाई नियन्त्रणमा लिई जि.प्र.का. ओखलढुङगामा राखेको ,।   ला.औ. १ बांके मिति २०८२।०३।०१ गते अं.२०:०० बजे को समयमा जि.बाँके नेपालगंज उ.म.न.पा.१ प्रगतीनगर टोल स्थित ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट र अ.प्र.पोष्ठ बसपार्क नेपालगंज बाँकेबाट प्र.ना.नि.बिष्णु शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले ऐ.ऐ.बस्ने वर्ष २९ को चुनकुन पासीको घरमा ला.औ.ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्पे सुचनाको आधारमा निजलाई घर अगाडी सडक खण्डमा फेलापारी सोध पुछ तथा निजको शरीर समेत चेक जाँच गर्दा निजको दाहिने हातको मुठ्ठि भित्र सेतो रंगको प्लास्टिकको १ पुडिया र सोही आगनमा रहेको काठको पिर्का को खुट्टामा लुकाई राखेको स-साना ३५ वटा पुडिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेलापारी शुद्ध तौल १०६ ग्राम ८१० मिलि ग्राम र निजले लगाएको पाईन्टको गोजिमा १ थान मोबाईल र ला.औ.ब्राउन सुगर तौल गर्ने डिजिटल तराजु सहित निजलाई र निज को बहिनि बर्ष २५ की अन्जु पासीले महिला प्र.क.लाई धकलपकल गरेको हुदा निजलाई समेत सोध पुछको लागी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.बाँकेमा पठाएको, ।  

मिति २०८२।०२।३१ गते देखि ऐ. १ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०३-०१

सिन जिल्ला विवरण कै प्र. क. सम्बन्धी १. मोरङ   कानेपोखरी गा.पा. ७ डाँस पुल स्थित पुर्व पश्चिम राजमार्गमा पथरीबाट कानेपोखरी तर्फ जाँदै गरेको प्र १-०२-०४३ प२४७१ नं.को मोसा डाईभर्सनमा अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ. बेलबारी न.पा.४ बस्ने जि.प्र.का. ईलाम दरवन्दी भई हाल प्र.चौ.जमुना ईलाममा कार्यरत (जि.प्र.का. ईलामको कामको सिलसिलामा मिति २०८२/०२/३० गते देखी जवरजस्ती करणी मुद्दाको फरार प्रतिवादी लिला भन्ने लोक बहादुर थापाको खो.त एवम् पक्राउको लागी खटाइएकोमा, कम्प्यूटर कोड नं. – ४०८६९५) वर्ष ३१ को प्र.स.ह. जितेन्द्र चौधरी गम्भीर घाईते भई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे पठाएकोमा ऐ.२१:०५ बजे उपचारको क्रममा डा.ले चेकजाँच गर्दा मृत घोषणा गरेको, शव सोही अस्पतयालम रहेको, मो.सा.मा सवार मृतककै श्रीमती प्र.चौ. रक्से ईलाम दरवन्दी भई हाल प्र.चौ.जमुना ईलाममा कार्यरत.( जि.प्र.का. ईलामको कामको सिलसिलामा मिति २०८२/०२/३० गते देखी नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान ईकाइ कार्यालय धरानबाट लागू औषध परीक्षण प्रतिवेदन लिई आउन खटाइएकोमा, कम्प्यूटर कोड नं. – ४७००२३) वर्ष २६ की प्र.ज. बिमला धिमाल चौधरी कानबाट रगत बगेको, हात खूट्टामा चोट, अवस्था मध्यम ऐ मो.सा.मा सवार निजकै छोरा वर्ष २ को जेसन चौधरी टाउकोमा चोट, अवस्था मध्यम, दुवै जना घाइतेको अरनिको अस्पताल उर्लाबारीमा सामान्य उपचार पश्चात नोबेल अस्पताल बिराटनगर मोरङ पठाएको, उक्त स्थानमा इप्रका पथरीबाट प्र.स.नि.र अ.प्र.चौ.कानेपोखरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको,   मो.सा.अ.प्र.चौ.कानेपोखरीको नियन्त्रणमा।   ज.ज.क./ज.ज.क.उधोग १ तेह्रथुम   मिति २०८२।०२।२९ गते १३:०० बजे आठराई गा.पा.३ ह्वाकु बस्ने वर्ष ४८ को धन बहादुर ईङ्नाम भन्ने धनेन्द्र लिम्बुले ऐ. बस्ने अं.वर्ष ३२ की जन्मजात बोल्न तथा सुन्न नसक्ने महिलालाई निजकै घरमा आई ज.ज.क. गरेको अवस्थामा निजको आमाले देखि मिति २०८२।०२।३० गते १०:०० बजे इ.प्र.का.आठराईमा निवेदन दिनासाथ  प्र.ना.नि. को कमाण्डमा प्रहरी टोली खटी गई निज धनेन्द्र लिम्बुलाई आफ्नै घरमा लुकी छिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धानको  लागि जि.प्र.का.मा ल्याई हिरासत कक्षमा राखिएकोमा ऐ.३१ गते ११:०० बजे निज पीडितको आमाले जि.प्र.का.मा जाहेरी दिए पश्चात थप अनुसन्धान भईरहेको ।   हात हतियार बरामद १. मकवानपुर   राक्सिराङ गा.पा. १ ढुंगेन स्थितमा यस जि.प्र.का.मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा सोही स्थान बस्ने अं.बर्ष ५० को राजु स्याङ्तानको घरबाट ईटालियन पेस्तोल (7.65) नाल १, ऐ.को खाली म्याग्जिन २ थान, सोहि पेस्तोलमा लाग्ने गोलि १३ राउण्ड, घरेलु पेस्तोल थान १, सोहि पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, ला.औ.गाँजा २२ के.जि. ८०० ग्राम र ला.औ.अफिम जस्तो देखिने बस्तु तौल गर्दा १ के.जि. ३१० ग्राम फेला पारेको, निज राजु स्याङ्तानको घरबाट अं. ५०० मिटर नजिकै चन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोलामा रहेको घरेलु पेस्तोल नाल १, ऐ.मा लाग्ने गोली ५ राउण्ड, , ला.औ. अफिम जस्तो देखिने पदार्थ २ पोका तौल भएको १ के.जि. ४८० ग्राम फेला परेकोले उक्त सामान सहित निज राजु स्यांतानलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीयहरु अं. ५०/६० जनाको सङख्याले अबरोध गरी प्रहरी टोली माथी कटुवा पेस्तोलबाट गाडीको टायर र हवाई फायर गरेकोले प्रहरी टोलीबाट अपराध  9MM पेस्तोलबाट २ राउण्ड , सानो चा.पे.बाट ३ राउण्ड र SLR बाट  ५ राउण्ड गरी जम्मा १० राउण्ड हवाई फायर भएको भन्ने जानकारी प्राप्त हुना साथ जि.प्र.का. मकवानपुरबाट प्र.उ. को कमाण्डमा ४० जनाको थप टोली खटी गई प्रहरीलाई अवरोध गर्ने राजु स्याङ्तान र ऐ.राक्सीराङ गा.पा.१ ठुलोभाबर बस्ने बर्ष अं.४२ को बिर ब.लामालाई नियन्त्रणमा लिई जि.प्र.का. मकवानपुरमा राखिएको ।   ला.औ. १. काठमाडौं   चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा कांकडभित्ताबाट काठमाण्डौ तर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख ०९४६ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोली तथा ला.औ.नियन्त्रण ब्युरो,शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि.झापा मेची न.पा.१५ बस्ने वर्ष २९ को हिरालाल राजबंशीको साथबाट कालो प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको अवस्थामा ला.औ.खैरो हिरोइन १० ग्राम फेला परेकोले उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.को लागि माहानगरपालिका प्रहरी वृत्त थानकोट पठाइएको ।   २. कन्चनपुर   जि.प्र.का. कञ्चनपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले भिमदत्त न.पा. ३ तिलाचौर केदार टोल स्थित ऐ.ऐ. बस्ने वर्ष अ. ६० को राम सिंह साउदको घरमा खानतालासी गर्दा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २ के.जि.२६० ग्राम र शुद्ध तौल २ के.जि. १५५ ग्राम रितपुर्ब बरामद गरी ला.औ सहित निज राम सिंह साउदलाई नियन्त्रणमा लिई जि.प्र.का. कञ्चनपुरमा ल्याई थप अनुसन्धान भई रहेको ।  

मिति २०८२।०२।३० गते देखि ऐ. ३१ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-३१

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. भोजपुर भोजपुर न.पा.३ साउने घरभइ हाल टेम्केमैयुङ गा.पा.१ तिम्मा भाँगे ससुराली गाउँ स्थित बिगत ८/९ वर्ष देखिपद्म कुमारी राईको खाली घरमा बसोबास गरी बस्ने सुक्र राईको छोरा वर्ष ३० को प्रकास राई र निजको श्रीमती सुमित्रा राई ऐ.स्थित निज सुमित्रा राईको काकाको छोरा दिपुहाङ राईको घरमा गएको अवस्थामा घरयासी बिवादको कारण झै-झगडा हुँदा प्रकास राईले निजको श्रीमती वर्ष ३५ की सुमित्रा राईलाइ खुकुरी देखाई कुटपिट गर्न खोज्दा निजको श्रीमती सुमित्रा राईले  कोदालाको बिडले टाउको पछाडी कन्चटमा प्रहार गर्दा निज प्रकाश राई सामान्य घाईते भई सुतेकोमा ऐ.३० गते ०६:०० बजे बोल्न नसक्ने भएको हुँदा निज घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमानै मृत्यु भएको, कुटपिट गर्ने सुमित्रा राई प्रहरीको  नियन्त्रणमा ।   गोली प्रहारद्धारा आत्महत्या (आत्महत्या) १ दार्चुला नौगाड गा.पा.६ माथिलो रैचु बस्ने वर्ष ५७ को दलि ठगुन्नाले घरमा कोही नभएको अवस्थामा आफ्नै घरमा राखेको भरुवा बन्दुक लिई घर देखी अं.१०० मिटर टाढा गई भरुवा बन्दुकले आफैलाई  छातीमा गोली हानी मृत्यु भएको बन्दुक घट्नास्थलमा नै रहेको भन्ने ऐ.२३:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट धुलिगडाबाट प्र.स.नि.को.कमाण्डमा टोली खटी गएको,शव घटनास्थलमा रहेको ।   ज.ज.क./ज.ज.क.उधोग १ कैलाली जोशीपुर गा.पा.०५ बनकट्टा बस्ने वर्ष १४ की बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिका लाई ऐ. बस्ने वर्ष २५ को प्रवेश डगौराले ज.ज.क.गर्न खोजिरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.जोशीपुरबाट प्र.ब.ना.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।   २ मकवानपुर मनहरी गा.पा.६ रुपाचुरी बस्ने वर्ष १३ की बालिकालाई आफ्नै घर कोठाभित्र सुतिरहेको अवस्थामा जि.पर्सा धोबिनि गा.पा.१ भिकम्पुर पिपरा स्थाई वतन भई हाल साथिसंग भेटघाट गर्नको लागि आएको वर्ष १४ को बालकले यौनजन्य मनसायले  कोठा भित्र प्रबेश गरी पिडितलाई अंगालो हाली निजको संबेदनशिल अंगसमाई बालयौन दुर्व्यवहार कसुर गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मनहरी मकवानपुरबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई राखिएको ।   विदेशी नागरिक मृत्यु (भबितब्य ) १. रसुवा मिति २०८२/०२/२३ गते अ.०८:४० बजेको समयमा गोसाईकुण्ड गा.पा.२ रसुवागढी स्थित रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर गएकी मलेसियन नागरिक पासपोर्ट नं A57719298 भएकी वर्ष अं.५८ की R KUNASUNDARY J RAMACHANDRAN  स्वास प्रस्वासमा समस्या आई विरामी भई मिति २०८२/०२/३० गते अं. ०७:४५ बजेको समयमा चिनियाँ टोलीले जि. रसुवा गोसाईकुण्ड गा.पा.२ रसुवागढी नाकामा ल्याई उपचारको लागि,हे.क. द्धारा ग्राण्डी अस्पताल काठमाण्डौ तर्फ पठाउने पहल भईरहेकोमा ऐ.१३:२० बजे मौसम खराबको कारण हे.क. आउन नसकेकोले निज मलेसियन  नागरीक पासपोर्ट नं A57719298 भएकी अं.वर्ष ५८ की R KUNASUNDARY J RAMACHANDRAN लाई बा.प्र.०१००२ झ ६६८६ नं. को गाडिमा त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पठाइएकोमा ऐ २३:१० बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,  साथमा निजको श्रीमान K SELVARAJAH T KRISHNAN रहेको ।   ला.औ. १. काठमाण्डौ   जि.का.म.न.पा. १४ कुलेश्वर स्थित फलफुल मण्डि नजिकै रोकी राखेको भारतिय नं को कारमा केही व्यक्तिहरुले ला.औ बिक्रि बितरण तथा ओसार पसार गर्ने कार्य गरीरहेको भन्ने समेत व्यहोराको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.व.उ. र वृत्त कालिमाटीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलिले ऐ. कुलेश्वर मण्डि नजिकै सार्वजनिक खालि जग्गामा रोकी राखेको भारतिय नं. UP78CB9835 भएको SANTRO कारको अगाडी तर्फको बाँया भागबाट ला.औ.ट्रामाडोल निकाल्दै सोहि कारभित्र रहेको प्लाष्टिकको जेब्रा झोलामा राख्दै गरेकोअवस्थामा जिल्ला नुवाकोट पन्चकन्या गा.पा.०२ घर भई हाल का.जि.का.म.न.पा.१४ बल्खु बस्ने बर्ष २६ को राजु मिजारलाई फेला पारी रितपुर्वक निजको शरिर तथा भारतिय गाडी UP78CB9835 भएको SANTRO कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा ला.औ ट्माडोल ५८८० पत्तामा प्रत्येक पत्तामा १० क्याप्सुलको दरले ५८८०० र सोहि कारको डिकीमा रहेको अक्सिजन सिलिण्डर भित्र लुकाई छिपाई राखेको अवस्थामा ला.औ ट्रमाडोल १५१० पत्तामा प्रत्येक पत्तामा १० क्याप्सुल गरी जम्मा ला.औ ट्रामाडोल १५१०० गरी जम्मा ७३९० पत्तामा ला.औ ट्रामाडोल क्याप्सुल ७३९०० फेला पारी बरामत गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रण लिई प्रहरी वृत्त कालिमाटीमा राखिएको । उक्त घटनास्थल वृत्त कालिमाटीबाट अ. १ किमि उक्तर पर्ने । फेला परेको सामान तथा लागुऔषधको बिबरण : १. ट्रामाडोल – जम्मा ७३९० पत्ता (७३९०*१०= ७३९०० क्याप्सुल २. मोबाईल- बिभिन्न कम्पनीका २ थान ३. राजु चौधरी उल्लेख भएको परिचयपत्र थान १ ४. अक्सिजन सिलिण्डर थान १ ५. UP78CB9835 भएको SANTRO कार थान १  

मिति २०८२।०२।२९ गते देखि ऐ. ३० गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-३०

सिन जिल्ला विवरण कै कर्तव्य ज्यान १. दैलेख भैरवी गा.पा.६ हमाल टोल बस्ने वर्ष ४९ को राम बहादुर हमाललाई ऐ.बस्ने वर्ष ४७ को कुल बहादुर सिंह र वर्ष २१ को सुरेन्द्र सिंहले जग्गा सम्वन्धि बिषयलाई लिएर कुटपिट गरी घाईते भई उपचारको लागि ऐ.०५:०० बजे जि.अस्पताल दैलेखमा ल्याई उपचार भईरहेकोमा सामान्य उपचार प्रश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगि उपचार भईरहेकोमा ऐ.१०:०० बजे उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पानिपोखरी दैलेखबाट प्र.ह.को.कमाण्डमा टोली खटी गएको, शव सोही अपतालमा रहेको, कुटपिट गर्ने दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.दैलेखमा राखी आ.अ.भईरहेको ।पो.मा. बाकी   ३. नवलपरासी पूर्व देवचुली न.पा.३ आम्बास बस्ने वर्ष ९० को दील ब.थापाले आफ्नै श्रीमती वर्ष ७६ की जमुना थापालाई फलामको रडले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रजहरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आ.अ.भइरहेको, कुटपिट गर्ने दील ब.थापा प्रहरीको नियन्त्रणमा।पो.मा. बाकी   गोली प्रहार १. कैलाली (फरार प्रतिवादी पक्राउ गर्ने क्रममा गोली प्रहार) कैलाली २९ गते अं.१५:१६ बजे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली अनुसन्धान समुहको बिशेष सहयोग र समन्वयको आधारमा इ.प्र.का.टिकापुरबाट प्र.ना.उ.र व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको ११ जनाको संयुक्त प्रहरी टोलीले मिति २०८२/०२/१५ गते ऐ. टिकापुर न.पा.१ स्थितमा बसोबास गर्ने वर्ष ३१ को मानस भन्ने टेकेन्द्र बिष्टलाई ज्यान मार्ने मनसायले धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरी भागी फरार रहेका ज्यान मार्ने उद्योग चालु मुद्दाका फरार प्रतिवादी ऐ. धनगढी उ.म.न.पा.५ तारानगर बस्ने वर्ष २५ को मिलन चन्द र जि.अछाम मंगलसेन न.पा.५ बस्ने वर्ष २३ को रिदम ढुङ्गानालाई ऐ.कैलारी गा.पा.३ शिवरत्नपुर स्थित नेपाल भारत सिमा नजिकबाट भारत तर्फ गईरहेको अवस्थामा नियन्त्रणमा लिई निज प्रतिवादीहरुलाई इ.प्र.का.टिकापुर तर्फ लैजाँदै गरेको अवस्थामा ऐ.भजनी न.पा.७ हुलाकी राजमार्ग खण्डको हिक्मतपुर सामुदायिक वनमा पुग्दा प्रतिवादीहरुले पिसाब लाग्यो भनि रोक्न अनुरोध गर्दा सडकको दाहिने तर्फ जंगलमा पिसाब फेराउने क्रममा प्रहरीलाई हातपात गरी दुबै जना प्रतिवादीहरु दक्षिण जंगल तर्फ भागेको, निजहरुलाई पछ्याउने क्रममा रोक्न नमाने पछी प्रहरी टोलीबाट टाईप ७७ पेस्तोल बाट ५ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिने क्रममा प्रहरीको पेस्तोल खोसी भाग्न खोजेको अवस्थामा खटिएको प्रहरी टोलीले मिलन चन्दको बाँया खुट्टाको घुडा मुनि र रिदम ढुङ्गानाको दाहिने खुट्टाको घुडा मुनि १/१ राउन्ड गोली हानी नियन्त्रणमा लिई तत्काल उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाएको, दुबै जनाको अवस्था मध्यम रहेको, कुल जम्मा ७ राउण्ड गोली खर्च भएको, प्रहरी टोली सकुशल रहेको ।   ज.ज.क. १ मोरङ बिराटनगर म.न.पा.१३ स्थित अभिबादन गेष्ट हाउसको प्राङ्गणमा ऐ. म.न.पा.१४ बस्ने वर्ष ९ की बालिकालाई ऐ.०२।२८ गते अं.२१:४५ बजे देश भारत बिहार राज्य मधेपुरा जिल्ला ग्रामपञ्चायत सिंघियान वडा नं.१० बस्ने सदानन्द यादवको छोरा वर्ष ३९ को ओम प्रकाश यादवले आफैले ल्याएको BR 11 AT 2775  नम्बरको कार सोही गेष्ट हाउसको पार्किङ स्थलमा राखेकोंमा उक्त कारको बिचको सिटमा लगेर  राखी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रानीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई ओम प्रकाश यादवलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।   ४. तेर्हथुम परिवर्तित ठेगाना ०६-०६६-०४ बस्ने बर्ष ४० को परिवर्तित नाम आठराई (ठ-२) ले आफ्नै छोरी बर्ष १५ की परिवर्तित नाम आठराई (ठ-१) लाई पहिल्यै देखी पटक-पटक ज.ज.क.गरेको र अन्तिम पटक मिति २०८२।०२।२९ गते अ.१४;०० बजेको समयमा ज.ज.क.गरेको भनी स्थानियले प्रचौ छातेढुङ्गामा जानकारी गराउना साथ प्रसनि सुरज कुमार चौधरी (९८५२०६०५२३) को कमाण्डमा टोली खटिगई निज परिवर्तित नाम आठराई (ठ-२) लाई आवाश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिई जिप्रका तेह्रथुममा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखिएको । निज परिवर्तित नाम आठराई (ठ-१) को ठुलोबुवा परिवर्तित नाम आठराई (ठ) ले आज अ.१९;०० बजे जिप्रका तेह्रथुममा जाहेरी दिएको,थप अनुसन्धान कार्य जारी   अवैध रकम(स्रोत नखुलेको)बरामद १. बारा मिति २०८२।०२।२९ गते अं. १६:०० बजेको समयमा जि. बारा जितपुर सिमरा उ.म.न.पा. २ एरपोर्ट रोड स्थित बाट(बिशेष सुचनाको आधारमा) इ.प्र.का. सिमरा बाराबाट प्र.ना.उ. वेद प्रकाश जोशीको कमाण्डमा खटिएको टोलिले जि. पर्सा विरगंज म.न.पा. १६ बस्ने विजय महतोको छोरा अं. बर्ष १८ को सुरज कुसवाह कोईरीले बोकेको झोला भित्र स्रोत नखुलेको नगद ने.रु. १३,०७,५०० (तेह्र लाख सात हजार पाँच सय) रुपैया फेला पारि पैसा सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का. सिमरा बारामा ल्याई थप अनुसन्धान कार्य भईरहेको।   भरुवा बन्दुक नियन्त्रणमा १. दाङ बङ्लाचुली गा.पा.३ लेखटापा बस्ने बर्ष ४४ को  लुम बहादुर रावतले मा.प.से.गरी निजको श्रीमती ममता रावत र बुहारी तिर्सना रावत संग घरायसी बिबाद गरेको भनि इ.प्र.का. कमिरेचौरमा जानकारी प्राप्त हुनासाथ  इ.प्र.का. कमिरेचौरबाट प्र.स.नि.को टोली खटिगई छलफल गर्ने क्रममा निज लुम बहादुर रावत संग भरुवा बन्दुक रहेको भनि खुल्नासाथ जि.प्र.का.बाट प्र.नि.को टोली खटिगई घर देखि अं.५० मिटर दक्षिण तर्फ रहेको गोठ नजिक लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक फेला पारी, बन्दुक सहित निज लुम बहादुर रावतलाई नियन्त्रणमा लिई जि.प्र.का.दाङमा राखि आ.अ भइरहेको ।   २. मकवनापुर ईन्द्रसरोवर गा.पा.५ मधुवन स्थित झै-झगडा भई भरुवा बन्दुक पड्काएको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने वर्ष अं.६० को साङ्ग दोर्जे लामा (मा.प.से.गरेको) ले निजको बुहारी वर्ष अं.३७ की राधिका थोकर (श्रीमान बितिसकेको) अन्य केटाहरुसँग लागेको भनी आरोप लगाई खाना खान समेत नदिएको भनी झै-झगडा हुँदा ससुराले आफ्नै घरमा रहेको एक नाले भरुवा बन्दुक फायर गरेको भन्ने बुझिएकोले निज साङ्ग दोर्जे लामालाई भरुवा बन्दुक थान-१ सहित नियन्त्रणमा लिई आ.अ.भइरहेको, मानवीय क्षति नभएको, घरमा नाती वर्ष अं.९ को आशिष रुम्बा, नातिनी अं.वर्ष १६ की रस्सु रुम्बा, ससुरा, बुहारी गरी ४ जना रहेको, थप अनुसन्धानको लागि इ.प्र.का.भिमफेदीबाट प्र.ना.नि.को कमाण्डमा थप टोली खटी गएको ।   ला.औ. १. सुनसरी ईनरुवा न.पा. ४ बसचोक स्थित अप्रपोष्ट बसपार्कबाट खटिएको प्र.ब.हको टोलि र जिप्रका सुनसरीबाट खटिएको प्र.ब.हको टोलिले पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा.प्र.०२-०५२ प ७७५७ नं.को स्कुटरलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिकिबाट प्लाष्टिक सहित ३५.५४ ग्राम ( प्लाष्टिक बाहेक २७.९२ ग्राम) ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी स्कुटर चालक जिल्ला सिन्धुलि दुधौलि नपा १० बस्ने बर्ष ३३ को अर्जुन कटुवाललाई नियन्त्रणमा लिई अनुसन्धानको लागी निजको साथी जिल्ला उदयपुर कटारी नपा २ बस्ने बर्ष ३३ को सुमन माझि समेतलाई नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याई राखेको ।   २. काठमाण्डौ सिराहाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.-०३-००१ ख ३५३७ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिनको १ नं. सिटमा सवार जि.सिराहा रामधुनी बिष्णुपुर गा.पा.०३ घर हुने बर्ष २१ को अमन यादवले उक्त बसको क्याबिन अगाडीको सिसाको कोचमा लुकाई छिपाई ल्याएको सेतो रंगको प्लाष्टिकको प्याकेटमा खैरो हेरोईन जस्तो प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २५ (पच्चिस) ग्राम फेला परेकोले ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको  

मिति २०८२।०२।२८ गते देखि ऐ. २९ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०२-२९

सिन जिल्ल विवरण कै ज.ज.क. , बाल  यौन दुर्व्यवहार १ कपिलवस्तु जि.कपिलवस्तु कपिलवस्तु न.पा.०६ रुदौला टोल बस्ने बर्ष १८ की परिवर्तित नाम ५१(य) कपिलवस्तु (आफ्नै छोरी)लाई मिति २०८१।०२।२२ गते राती अं.२३:५५ बजेको समयमा ऐ.ऐ.बस्ने बर्ष ४५ को परिवर्तित नाम ५१(र) कपिलवस्तुले आफ्नै घरमा पटक-पटक ज.ज.क. गरेको र मिति २०८१।१०।११ गते राति अं.२२:१० बजेको समयमा ऐ.ऐ.बस्ने बर्ष १५ की परिवर्तित नाम ५१(स) कपिलवस्तु आफ्नै भतिजिलाई ऐ.ऐ.बस्ने बर्ष ४५ को परिवर्तित नाम ५१(र) कपिलवस्तुले आफ्नै घरमा ल्याई पटक-पटक ज.ज.क.गरेको भन्ने व्यहोराको किटानी जाहेरी दुवै जना पिडितहरुले मिति २०८२।०२।२७ गते १६:३० बजे यस कार्यालयमा प्राप्त हुनासाथ दुवै पिडितहरुलाई जिल्ला अस्पताल कपिलवस्तुमा लगी स्वास्थय परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएको, निज पिडक फरार रहेको खो.त.कार्य जारी घटना सम्बन्धमा थप अनुशन्धान कार्य भैरहेको । थप अपडेट;- ऐ. २०;०० बजे पिडक बर्ष ४५ को परिवर्तित नाम ५१(र) कपिलवस्तु जि.प्र.का.कपिलवस्तुको नियन्त्रणमा रहेको   २ धादिङ मिति २०८२/०२/२७ गते ०७:३० बजे त्रिपुरासुन्दरी गा.पा ७ गैरीगाउँ स्थित खहरे- अचनेटार सडक खण्डमा अवस्थित जुगे खोल्सामा जि.धादिङ त्रिपुरासुन्दरी गा.पा.७ बस्ने डील बहादुर थापाको छोरा वर्ष ४० को नकुल थापाले ऐ.बस्ने बालिका वर्ष १७ की बालिकालाई बाल यौन दुरुपयोग गरेको भनी ऐ.२७ गते १९:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त प्राप्त हुनासाथ टोली खटी गई घटनामा संलग्न प्रतिवादीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई मिति ऐ.२८ गते मुद्धा दर्ता भई म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।   ३ खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा.७ घर भई हाल ऐ.१ बेश क्याम स्थितमा 99 स्टोरका संचालक वर्ष २३ को धनिराम कटुवालले ऐ.२ बस्ने वर्ष १३ की बालिकालाई सोही स्टोरमा सामान किन्न आएको अवस्थामा बाल यौन दुर्व्यवहार गरेको भनी ऐ.१७:०० बजे जि.प्र.का.खोटाङमा जानकारी गराउनासाथ टोली खटी गई धनिराम कटुवाललाई नियन्त्रणमा लिई जि.प्र.का.खोटाङमा ल्याई थप अनुसन्धान भईरहेको ।   ला.औ. १ कन्चनपुर बेलौरी न.पा.६ बसपार्क स्थित इ.प्र.का.बेलौरीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले पैदल आउँदै गरेको जि. कैलाली घोडाघोडी न.पा.१ सुख्खड बस्ने वर्ष १७ को प्रदिप ओझा र ऐ. बस्ने वर्ष १६ को रोहन बिष्टलाई शंकालागि चेकजाँच गर्ने क्रममा निज प्रदिप ओझाले लगाएको ज्याकेटको कलरमा प्वाल पारी लुकाई छिपाई गरी राखेको अवस्थामा कालो प्लाष्टिकको २ वटा पोका फेला पारी प्लाष्टिक सहित तौल गर्दा ७.४१ ग्राम र शुद्ध तौल ६.५९ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलोपदार्थ फेला पारी बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा ल्याई थप आ.अ.भईरहेको   २ कैलाली   धनगढी उप-म.न.पा. २ स्थित सडक खण्डमा व.प्र.का.धनगढी कैलाली बाट प्र.नि. को कमाण्डमा खटिएको टोली र ला.औ.नि. ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. ९ घर भई सुदुर पश्चिम प्रदेश प्रहरी गण धनगढी कैलाली दरबन्दी भई सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत वर्ष २७ को प्र.ज. चिरञ्जिवी बि.क. लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३८० मिलिग्राम ला.औ. खैरो हिरोइन जस्तो धुलो पदार्थ फेला पारी बरामद गरि निजलाई समेत नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई थप अनुसन्धान भई रहेको ।   जुवातास १ ललितपुर महालक्ष्मी न.पा.०९ लुभु लामाटार ज्याकटा टोल स्थित जोसिराज राईको ३ तले घरको तस्रो तलाको कोठामा जुवातास खेलाई रहेको छ भन्ने सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय प्रहरी परिसर जावलाखेलबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले जुवातास खेलीरहेको अवस्थामा ऐ.महालक्ष्मी न.पा. ९ लुभु लामाटार बस्ने वर्ष ४० को जोसिराज राई समेत १३ जना मानिसहरुलाई नगद रु. ३ लाख ४७ हजार ६ य ३५ र  ८ बुक तास सहित नियन्त्रणमा लिई प्रहरी परिसर जावलाखेलमा ल्याई राखेको, उक्त स्थान प्रहरी प्रभाग लुभुबाट अन्दाजी २ कि.मी पुर्व दक्षिण पर्ने ।  

अधिक लोड >>
कम देखाउनुहोस्